काठमाडौं । विश्वको सबैभन्दा ठूलो इभी बजारको पहिचान बनाएको चीनले विद्युतीय
सवारीसाधनमा नयाँ खोजलाई निरन्तर चलाइरहेको छ । विश्वभर विद्युतीय कारको मूल्य कसरी घटाउन सकिन्छ भन्ने बहस चलिरहेको छ । यस्तोमा यूरोप, अमेरिका र अन्य एशियाली देशले बनाएका इलेक्ट्रीक कारको मूल्य उच्च रहेकोमा चिनियाँ एक कम्पनीले चाङ्ली नामको इलेक्ट्रीक कार ९०० डलर मूल्य तोकेर बजारमा ल्याएको छ ।
कार उत्पादनका लागि दुई वटा प्रमुख पक्षमा ध्यान दिइनु पर्छ । सबैभन्दा पहिला कार निर्माण गर्नु अघि डिजाइन र त्यसपछि उपयुक्त टेक्नलोजी छनौट गर्ने गरेको पाइन्छ । यी दुबै कामको लागि धेरै भन्दा धेरै रिसर्च एण्ड डेभलपमेन्टमा समय र पैसा लगानी गर्नु पर्ने हुन्छ ।
यी दुबै चरण पहिलो र खर्चिलो मानिन्छ । दोस्रो चरण सबैले सोचेको पक्ष हो जहाँ कार उत्पादन गर्न आवश्यक बस्तु र डिभाइसहरु जुटाउनु पर्छ । ठूला कार कम्पनीहरुले पहिलो पक्षमा धेरै खर्च गरेका हुन्छन् । जसका कारण कारहरुमा प्रयोग भएको वास्तविक मेटेरियल भन्दा रिसर्च डेभलपमेन्ट तथा कन्सेप्टको इन्जिनियरीङमा धेरै खर्च लाग्छ ।
तर, सबैभन्दा सस्तो इलेक्ट्रीक कार बनाएको चाङ्गीले भने रिसर्च र डेभलपमेन्टको पार्टलाई पुरै वेवास्ता गरेर गाडी बनाउन चाहिएको सामानको मूल्यलाई मात्र केन्द्रमा राखेको हो
चाङ्गीले ब्याट्रीमा लाग्ने खर्च कम गर्न यसमा लियम आयोनको सट्टा लिड एसिड ब्याट्रीको प्रयोग गरेको छ । जुन लिथियम आयोनभन्दा निकै सस्तो छ ।
ब्याट्रीपछि अर्को महत्वपूर्ण पार्टस् भनेको मोटर हो । कम्पनीले यसको पनि कस्ट कम गर्न उपाय निकालेको छ । चाङ्गीले आफ्नो इभीमा वासिङ मेसिनमा प्रयोग हुने १.६ हर्सपावरको मोटर प्रयोग गरिरहेको छ ।
त्यस्तै कम्पनीले सबै इभीमा हुने ब्याट्रीको डिसी पावरलाई एसी पावरमा कन्भर्ट गर्नका लागि प्रयोग हुने इन्भटर हटाएको छ । कम्पनीले आफ्नो कारमा एसी मोटरको सट्टा डिसी मोटर नै प्रयोग गरेर इन्भटरको आवश्यक्तालाई हटाएको हो । मूल्य घटाउन कै लागि कारमा अगाडि चक्कामा ब्रेक पनि दिइएको छैन । यो कारको पछाडि चक्कामा मात्रै ब्रेक लाग्ने टेक्नलोजी दिइएको छ ।
यती सस्तो मूल्यको कार कति स्पीडमा गुड्छ भन्ने प्रश्न स्वभाविक हुन्छ । कम्पनीका अनुसार यो कारको टप स्पीड ४० किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई एक पटक फुल चार्ज गरेपछि लगभग ६५ किलोमिटर गुडाउन सकिन्छ ।
कार निकै सस्तो भएपछि यसमा डिजीटल ड्यासबोर्ड र रियर पार्किङ क्यामरा समेत दिइएको छ । यो कारको टिकाउपन र सुरक्षाको विषयमा भने केही जानकारी प्राप्त भएको छैन ।
काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ। बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मंगलबार मुद्दा दायर भएको हो । यसअघि उनीबिरुद्ध पूर्वी नवलपरासीमा मुद्दा परेको थियो ।
तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।
पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक जबरजस्ती करणी गरेको बयानका क्रममा बताएकी छन् ।
पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बाध्य बनाउने गरेको बयानका क्रममा उल्लेख गरेकी छन् ।
‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भइ सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच मायारप्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका हुन् ।’
काठमाडौं । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ ।
विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा भने नेपाल रहेकाे छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड परेको छ । वल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित गरेको हो । वल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबै भन्दा खुशी देश बन्न सफल भएको हो।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणा जस्ता विभिन्न तत्वका आधारमा विश्व खुशी प्रतिवेदनले १ सय ५० देशलाई क्रमबद्ध गर्दछ । सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् ।
स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्यान्ड दशौँ स्थानमा छ। दक्षिण एसियामा नेपाल खुशी हुने देशको शीर्ष स्थानमा रहेको छ । नेपाल सूचीको ८५ औँ स्थानमा छ ।
भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औँ स्थानमा छ। चीन भने नेपाल भन्दा खुशी देशमा परेको छ। चीन ८२ औँ नम्बरमा रहेको छ ।
दाङ १५ फागुन । घाेराही उप-महानगरपालिका वडा नं. १७ मा अवस्थित नाथ सम्प्रदायकाे विशेष महत्व बाेकेकाे नेपालकै प्राचीन एवम् पुरातात्त्विक पहिचान रहेकाे गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा सदाझैँ फाल्गुण कृष्ण विजया दशमीका दिन ऐतिहासिक पीर स्थापना पर्व मेला सम्पन्न भएकाे छ ।
हरेक वर्ष फाल्गुण कृष्ण एकादशी अर्थात विजया एकादशीका दिनमा नयाँ पीर मठाधीश लगायत अन्य मठमा पूजा पाठ गर्नकालागि कर्मचारीकाे नियुक्ति छनाेट हुने गर्दछ । नयाँ पीर मठाधीश छनाेटका लागी अघिल्नो दिन साँझ बसेकाे भेष बाह्र पन्थ नाथ याेगीहररूकाे भेलाले याे निर्णय गर्ने गर्दछ । नयाँ रङ्ग राेगनले सिङ्गारिएकाे मठ परिसर त्यसमा पनि दुलहीकाे जस्तै सिङ्गार पटार गरिएकाे ऐतिहासिक दलिचा ( पूजा पर्व ) स्थनानमा नयाँ पीरलाई प्राचीन विधि अपनाई फेरिने परम्परा रहेकाे छ । अर्थात पीर बदलिने भए पीरकाे सम्पूर्ण जिम्मा नयाँ हुने पीरलाई हस्तान्तरण गर्ने साथै विधि सिकाउने पहिलाकाे पीरले गर्नुपर्ने हुन्छ ।
जस अनुसार आज पहिलेका पीर मठाधीश सन्ताेषनाथले नयाँ हुने पीर याेगी ब्रहमनाथलाई एक भव्य समाराेहमा पीरकाे जिम्मेवारी सुम्पीनु भएकाे हो । याेगी ब्रहमनाथ यसभन्दा अगाडि मृगस्थली गाेरखनाथ मठ काठमाडौमा रहेर विभिन्न जिम्मेवारी सम्हालि सक्नुभएका युवा हुनुहुन्छ । सिद्ध याेगी रत्ननाथले गुरु गाेरखनाथबाट प्राप्त गरेकाे पात्रदेवताकाे दैनिक तान्त्रिक विधिबाट पूजा गरिने परम्परालाई निरन्तरता दिने उद्धेश्य अनुरुप हरेक वर्ष यसै दिनलाई मुख्य साईत पारेर पीर फेर्ने गरिन्छ । पीर हुनकालागि याेग्य ,सपाङ्ग ,विवाह नगरेकाे ब्रह्मचर्यकाे पालन गरेकाे ,कानकाे चिरा लिएकाे याेगी व्यक्ति हुनुपर्ने नियम रहेकाे छ ।
यस वर्षका पीर ब्रहमनाथकाे जन्म पूर्वी नेपालकाे धरानमा भएको हो । यसै गरेर पीर लगायत पुजारी, भण्डारी सिरानेकाे छनाेट समेत पीर स्थापना मेला, पर्वकाे अघिल्लाे रात साँझ भेष १२ पन्थकाे समितिले गरि आज विजया एकादशीका शुभ दिनमा पीरकाे साथै अन्य ४ जनाकाे सार्वजनिक दलिचा पर्व स्थानमा घाेषणा गरिने चलन रहेकाे छ । यस पर्वका दिनमा स्थानिय ब्यक्तिहरुकाे जमघट पीर फेरेकाे हेर्नकालागि ठूलाे श्रद्धाका साथ मठ परिसर एवम् दलिचाकाे वरिपरि बस्ने गर्दछन् ।
यसै दिनकाे प्रतिक्षामा विशेष गरेर कपिलवस्तु, चन्द्राैटा, कृष्णनगर, घाेराही बजार लगायत भारतका व्यापारीहरुद्वारा मेलामा मिठाई, बदाम, नमकिन, फलफुल लगायत विभिन्न खाले खेलाैना बेच्नुका साथै पीङकाे पनि ब्यबस्था गरिएकाे हुन्छ। वि.स.८०९ मा स्थापना मानिएकाे याे ऐतिहासिक मठमा लाग्ने याे मेला पर्व नेपालकै ऐतिहासिक मेलाकाे रुपमा लिने गरेकाे पाईन्छ ।
घाेराही उप-महानगर पालिका वडा नं १७ चौघेरा स्थित झण्डै १३ सय वर्ष पुरानाे इतिहास बाेकेकाे नाथ सम्प्रदायकाे विशेष महत्व राखेकाे मठमा स्थापना भएकाे वैदिक गुरुकुल हाे । वि. सं.८०९ मा सिद्ध रत्ननाथबाट स्थापित नेपालकै अति प्राचीन मठ, मन्दिर मध्येकै श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा राष्ट्रगुरु योगी नरहरिनाथबाट वि.स.२०४६ काे आश्विन महिनामा काेटिहवन लगाए पश्चात् गुरुकुल सञ्चालनका लागि पटक पटक भेला गाेष्ठी हुँदै आएका थिए । वटुक तथा पढाउने गुरुकाे स्थायीत्व नभएकाले पठनपाठनकाे कार्य हुन सकिरहेकाे थिएन तापनि बेला बखत विद्यार्थीहरु मठमा जम्मा भएर शिक्षा लिईरहेकाे अवस्था थियाे । तर पूर्ण रुपमा गुरुकुलीय पद्धतिको स्थापित हुन सकिरहेकाे थिएन ।
वर्षहरु वितेर गइरहे । यसै क्रममा २०७५ सालदेखि मठमा स्थायी रुपमा आवासीय गुरुकुल सञ्चालनका लागि छलफल, परामर्श भैरहेकाे अवस्था थियाे । यसै क्रममा २०७६ वैशाख २४ गते अक्षय तृतीयकाकाे शुभ दिनमा विधिवत् रुपमा मठका साधुसन्त र समाजमा रहनु हुने अभिभावक, भद्रभलादमी, वुद्धिजिवीहरूकाे सामुहिक उपस्थितिले नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा वैदिक गुरुकुलकाे सुरुवात गरेकाे हाे ।
नाथ दर्शनका शिराेमणि राष्ट्रगुरु याेगी नरहरिनाथज्यूकाे सपना हरेक काेटिहवन स्थलमा गुरुकुल र गाैशाला खाेल्ने थियाे । जस अनुरुप वि.स. २०४६ साल आश्विन महिनामा लगाउनु भएकाे काेटीहवन स्थल यस श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ दाङमा झण्डै ३६ वर्ष पछि मात्रै गुरुकुलीय शैलीमा पठनपाठनकाे कार्य आवासीय रुपमा राखेर गराउने चाँजाेपाँजाे मिलाईएकाे हाे । सुरुवाती दिनहरूमा विहान ३ घण्टा संस्कृतका सामान्य अनुशासन र शिष्टाचारका कुराहरू, गुरु गाेरखनाथका वाणी, योगी नरहरिनाथद्वारा विभिन्न छन्दमा रचिएका कविताका श्लाेकहरूकाे पनि पठनपाठन गराई सुरु गरियाे । याे क्रमलाई अगाडि बढाउँदै लगी नेपाल महर्षि वैदिक फाउन्डेसन सँग यसलाई जाेडेर लग्ने उद्धेश्य अनुरुप दैनिक विहान वेलुका वटुकहरुलाई रुद्रि ,चण्डि तथा गीताका श्लाेकहरु पढाउन थालिएकाे हाे । याे क्रम निरन्तर अगाडि बढ्दै गयाे । यस गुरुकुललाई सरकारी निकाय सँग जाेडेर लैजाने र नेपाल सरकारकाे गुरुकुलीय पाठ्यक्रमलाई यहाँ लागु गरेर लगी दाङ जिल्लामा देवघाटका गुरुकुलहरू जस्तै एउटा नमुना गुरुकुल बनाउने उद्देश्यले वि.स.२०७७ कार्तिक २५ गते नेपाल सरकारको स्थानिय निकायबाट कक्षा ६ संचालन गर्ने अनुमति पाएकाे हाे । कक्षा ६ देखि औपचारिक पठनपाठन सञ्चालन गरेकाे गुरुकुलले हरेक साल एउटा कक्षा थप गर्दै लैजाने उद्धेश्य अनुरुप हाल कक्षा ७ पनि सञ्चालन गर्दै आएको छ । साथै गुरुकुलले निकट भविश्चयमै कक्षा १२ सम्म लैजाने सोचाइ राखेको छ ।
गोरखनाथ वैदिक गुरुकुल संभवत महिला प्राचार्य भएको पहिलो गुरुकुल हुन पुगेको छ । महिला प्राचार्य भएकै कारण पनि गुरुकुलमा कन्याहरूको आकर्षण बढ्दो छ । याे गुरुकुलमा वटुक तथा कन्या दुवैलाई पठनपाठन गराउँदै लग्नु याे गुरुकुलकाे अर्काे विषेषता हाे ।साथै यहाँ जुनसुकै जातजातीका विद्यार्थीहरू पनि गुरुकुलमा पठनपाठन गर्न आईरहेकाे अवस्था रहेकाे छ । अर्थात याे नेपालकाे एक समावेशी गुरुकुल हाे ।
गुरुकुलले गरेका कामहरू :
(१ ) साप्ताहिक रुपमा हरेक क्षेत्र र समुदायका वाैद्धिक व्यक्तित्वहरूलाई कार्यक्रममा बाेलाई सत्संग भेलाकाे महत्वलाई गुरुकुलकाे माध्यमबाट प्रचार प्रसार गर्दै गुरुकुललाई समाजसँग जाेड्दै लगेकाे छ । (२) समाजमा दाताहरुलाई गुरुकुलीय शिक्षा र वैदिक मन्त्रहरुकाे माध्यमबाट संस्कृत शिक्षाकाे महत्व बुझ्न र बुझाउनकालागि सजिलाे वातावरण बनाउँदै लगेकाे छ। (३) गाेष्ठी, सेमिनारहरूमा स्वस्ति वाचनकाे माध्यमबाट महत्वपूर्ण व्यक्तिहरूकाे ध्यान आकर्षण गराई गुरुकुलमा एकपटक जो कोहीलाई दान, सेवा गर्ने वातावरण बनाउँदै लगेकाे छ । (४) विशेष गरेर मध्य तथा सूदुर पश्चिम नेपालमा आफू जस्तै गुरुकुल खाेलेर प्रचार प्रसारमा नआएका तर गर्न खाेजिरहेका दूर दराजका गुरुकुलहरूलाई सहयाेगीकाे रुपमा लिएर भूमिका खेलि सबै गुरुकुलका वटुकहरूलाई उत्तिकै महत्व राखि सेवा, सहयाेगकाे वातावरण बनाउँदै लगेकाे छ । (५) साधु, सन्तहरूकाे उच्च सम्मान गर्दै सत्संगलाई विशेष महत्व दिई काेराेनाकाे विकराल परिस्थितिमा पनि अनलाईन प्रविधिकाे प्रयाेग गरी वटुकहरुलाई देश तथा विदेशका कार्यक्रममा सहभागी बनाएकाे छ । (६) हाल गुरुकुलले सबै गुरुकुलहरूलाई हरेक हप्ता समेट्दै लगेर गाेरखनाथकाे दर्शनकाे महत्वलाई आत्मसाथ गरि राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहका दिव्य उपदेशलाई प्रचार प्रसार गर्दै लगी राष्ट्र गुरु नरहरिनाथकाे राष्ट्र शान्ति विश्व कल्याण, विश्व शान्ति , राष्ट्र कल्याणकाे महान चिन्तनलाई विश्वमाझ राख्दै लगेर मठ, मन्दिर ,गुरुकुल,गाैशाला लगायत गुरुकुलीय पाठ्यक्रमका विषयमा विशेष चर्चा गर्ने उद्धेश्य अनुरुप गाेरक्ष चिन्तन जुम भर्चुअल कार्यक्रम चलाउँदै आएकाे छ । (७) धार्मिक तथा पर्यटन स्थलहरूको अध्ययन तथा अवलोकन भ्रमण गरि प्रचार प्रसार गरेको छ ।
गाेरखनाथ वैदिक गुरुकुलको अपिल
सनातन वैदिक दर्शन र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकाेलागी दाङ जिल्लामा गुरुकुलकाे अभावलाई न्यून गरि दाङ लगायत रुकुम, राेल्पा, प्यूठान, बाँके, बर्दिया हुम्ला, जुम्ला कालिकाेट लगायत छिमेकि मित्र राष्ट्र भारतबाट पनि प्रमुख चासाेकाे रुपमा लिईएकाे याे गुरुकुललाई आफुसक्दाे तन, मन, धन, जे जसरी हुन्छ पत्रं पुष्पम् काे भावना लिनुहुने सबैमा गुरुकुल परिवार धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछ।
दाता महानुभावहरुकाे दान ,दातब्यबाट चलिरहेकाे याे गुरुकुलकाे कुनै पनि प्रकारकाे स्थायी काेष नभएकाे साथै गुरुकुलकाे आफ्नाे भवन पनि नरहेकाले मठबाट प्रदान गरिएका पुराना काेठाहरुलाई मर्मत गरी दु:ख गुजाराका साथ वटुकहरूलाई व्यवस्थापन गरेर गुरुकुल अगाडि बढिरहेको छ। यस परिस्थितिमा गुरुकुल यहाँहरूकाे अमूल्य सल्लाह सुझाव सहयाेग तथा आशीर्वाद सधै अपेक्षा गर्दछ । वैदिक गुरुकुल राष्ट्र तथा दाङ जिल्लाकै गहना हाे । आउनुहोस् सबै मिली गुरुकुलको यस पवित्र कार्यमा हातेमालो गरौँ । आगे आगे गाेरख जागे ! जय शिव गाेरख ।
गाेरखनाथ वैदिक गुरुकुलम् मा सेवा गर्नकालागि निम्न बैकहरुकाे खाता मा रकम पठाउन सकिने छ ।
खाताको नाम : गाेरखनाथ वैदिक गुरुकुलम्
(१) नेपाल बैक लिमिटेड घाेराही,दाङ चल्ती खाता नं.०२७००१०७०६१६९२०००००१ (२) नेपाल एस वि आई बैक घाेराही दाङ चल्ती खाता नं. ४४०२५२४०२००००३ अथवा संम्पर्क व्यक्ति प्रकाश भट्टराई माेवाईल नंम्वर ९८४७८४६८८२ इमेल : prakashbhattarai028@gmail.com हवस् धन्यवाद ।
उदक कविताको विशिष्ट अङ्गको रूपमा रहेको डा. बमबहादुर थापाको धारणा ।
उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न भएको छ ।
उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जितालीले उदक नेपाली साहित्यमा कविताको एउटा विशिष्ट अङ्गको रूपमा रहेको महसुस भएको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. थापाले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्दै उदक लगाएत छोटा कविताहरू छोटो, मीठो, लेख्न, पढ्न र बुझ्न सहज भएको र यी सबै प्रविधिको उपलब्धी भएको बताउनुभयो । उहाँले सिर्जनालाई पहिले सर्जकको आँखाले हेरेर पछि सम्पादकको आँखाले हेरेर मात्र प्रकाशन गर्न अनुरोधका साथ शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले छोटो समयमा पनि उदकले नेपाली साहित्यमा व्यापकता पाएको धारणा राख्नुको साथै शुभकामना मन्तव्य सहित आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खलामा सरस्वती श्रेष्ठ (रुपन्देही), केशब न्यौपाने, प्रेम थापा, पुष्प राना, लक्ष्मीप्रसाद मिश्र, जमुना कायस्थ,रोशन पराजुली, देवेन्द्र खनाल, निर्मला सुवेदी, नवराज भट्ट, सुरेशचन्द्र घिमिरे, केशव ढकाल, कविता देवकोटा, उर्मिला पन्त पाण्डेय, सरस्वती राना, सुधा बाँस्कोटा ढकाल, चन्द्रावती अधिकारी, सोम लुइटेल, गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका उपाध्यक्ष सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
धादिङ – भिजिट भिसामा यूएई पुर्याएर एजेण्ट भागेपछि भोक भोकै परेका बेला साने परियारलाई एजेण्टले नै चिनाएका एक भारतीय नागरिकले भने ‘तिमीहरुलाई म टिकट काट्दिन्छु, तर मेरो सामान लानुपर्छ ।’
भारतीय नागरिकको त्यो बोली बाध्यतामा फसेका साने र उहाँका साथीलाई आफूलाई बचाउन भगवान स्वयं आए झैँ लाग्यो । किनकि उनीहरूलाई यूएईमा राम्रो काम र कमाइको प्रलोभन देखाएर लैजाने एजेण्ट सम्पर्क विहीन भइसकेका थिए ।
त्यो बेला उनीहरूको साथमा न बस्ने बास थियो न खाने गाँस । कमाउन गएको मानिस भोक भोकै परदेशी भूमिमा मर्नुभन्दा भारतीय नागरिकको सामान बोकेर भए पनि स्वदेश फर्कने निधो गरे साने र उहाँका साथीले ।
‘त्यो बेलामा अर्काको देशमा कुकुरको मराई हुनुभन्दा, आफ्नो देशमा जान जस्तो सुकै जोखिम पनि मोल्न तयार भयौँ’ साने भन्नुहुन्छ ‘हामीसँग कुनै विकल्प नै थिएन, लग्ने एजेण्ट सम्पर्क विहीन भइहाल्यो, अन्त कहाँ सम्पर्क गर्ने थाहा नै भएन ।’
भिजिट भिसाले झण्डै ज्यान लियो तीन वर्ष साउदीमा रोजगारी गरेर फर्कनुभएका सानेले सानोतिनो घर बनाउनुभयो । साउदीको धेरथोर कमाइमा थपथाप गर्न ऋण नै काढ्न पर्यो । त्यसमाथि बालबच्चा पढाउँदा सानेलाई ऋण लाग्यो । साहुले ऋण तिर्ने अर्को उपाय भएन । आफ्नै ठाउँमा गरिखाऊ न त भन्दा जागिर मिलेन । त्यसपछि सानेलाई साहुको ऋण तिर्न फेरि विदेश नै जानु पर्ने बाध्यता आइलाग्यो ।
‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।
परदेशी भूमिमा गर्नु पर्ने दुःख थाहा थियो सानेलाई । पर्ने अप्ठेराबारेमा पनि जानकारी नभएको होइन । ऋणमा डुबेको बेला एजेण्टले यूएई पठाउने कुरा बताए ।
‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।
एजेण्ट पनि नाताले सानेकी भान्जी पर्छिन् । भान्जीले नै भनेपछि उहाँले विश्वास गर्नुभयो ।
भने अनुसार नै सबै कुरा गर्नुभयो । साना किसान सहकारीमा घरजग्गा राखेर २ लाख ५० हजार रुपैयाँ लिनुभयो र एजेण्टलाई बुझाउनुभयो । सानेजस्तै भिजिट भिसामा यूएई जान गाउँका अन्य ६ जनाले पनि प्रतिव्यक्ति २ लाख ५० हजारका दरले पैसा बुझाए । एकै गाउँका ७ जना र गोरखाका एक जना गरी ८ जना २२ मार्च २०२१ अर्थात् २०७७ साल चैत ९ गते सोमबारका दिन यूएई उडे ।
यूएई उड्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का साने परियारसहित, सुजन परियार, धन बहादुर परियार, राजु परियार, गणेश परियार, दीपक परियार र तारा भण्डारी थिए ।
एजेण्टको मिठो कुरामा विश्वास गरेर यूएईमा टन्न कमाउने सपना बुन्दै यूएई त पुगे ।
एजेण्टले मासिक १२ सय यूएई दिर्हाम कमाइ हुने बताएका थिए । काम भने चकलेट प्याक गर्ने हो भनेका थिए ।
यूएई पुगेपछि १५ दिनसम्म त अजमानको एक भिल्लामा राम्रो गरी राखे एजेण्टले नै । तर १५ दिन पछि भने कम्पनीको साहु जेल परेको भन्दै साहु छुटेपछि मात्र काममा जान पाइने बताए । त्यो खबर सुन्दा उनीहरूको मनमा चिसो पस्यो ।
साने भन्नुहुन्छ,‘ला अब के होला भन्ने त जानसाथ लागेको थियो, तर के गर्नु आफ्नी भान्जीको विश्वास गर्दा फसियो ।’
एजेण्ट भागेपछि ट्वाइलेटको पानीले प्राण धान्यौँ साहु छुटेपछि काममा लगाइदिनहुन्छ भनेका एजेण्टको व्यवहार बिस्तारै फेरिन थाल्यो । १५ दिनपछि त्यहाँको बन्दोबस्त मिलाउने एजेण्ट नै सम्पर्क विहीन भए । न फोन लाग्यो न जाने बेलामा केही भने ।
त्यही एजेण्टको बोलिमा विश्वास गरेर यूएई पुगेका उनीहरू एजेण्ट नै हराएपछि बिचल्लीमा परे । एजेण्ट नै भागेपछि भने सानेसहित उहाँका साथीलाई अर्को समस्या आइपर्यो । आफ्नो नाम मात्र लेख्न जान्ने उनीहरूलाई विदेशको ठाउँमा कहाँ जाने, के गर्ने भन्ने थाहै भएन ।
खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ । ‘काम लगाइदिन्छु भन्दा भन्दै एजेण्ट नै भाग्यो, हामी त कहाँ जानु कसलाई भन्नु, केही पत्तै भएन,’ साने भन्नुहुन्छ,‘न पढ्न लेख्न आउने ।’
एजेण्ट भागेको एक महिनासम्म उनीहरू त्यही ठाउँमा आधा पेट खाएर दिन कटाउन थाले । एउटा कोठामा ८ जना पालैपालो सुत्थेँ ।
सानेका साथी गणेश परियार भन्नुहुन्छ ‘जिन्दगीमा त्यत्तिको दुःख त कहिले पनि भोग्न परेको थिएन ।’
खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ ।
घरमा फोन गर्नुहुन्थ्यो बेला बेलामा । घरका मानिससँग पनि रुनु बाहेक अर्को विकल्प थिएन ।
‘आफ्नो समस्या सुनाउँदा घरमा पनि रुने, हामी पनि रुने, रुदा रुँदै फोन काटिन्थ्यो ’ साने सुनाउनुहुन्छ ।
पहिले एजेण्टलाई चिनाउने भान्जी पर्ने निशा परिवारलाई पनि आफ्नो समस्या सुनाउनुभयो । तर भान्जीले पनि आफूले चिनेको मात्र भएको र आफ्नो त्यसमा कुनै हात नभएको बताइन । भान्जी निशामार्फत नै उनीहरूले एजेण्ट रुपेश कुमार ठाकुर र नवराज तामाङलाई चिनेका थिए । उनीहरूले नै यूएई पठाएका थिए ।
कुनै विकल्प नभेटेपछि उनीहरूले एजेण्टले नै चिनाएका एक भारतीय नागरिकलाई आफ्नो समस्या सुनाए ।
उनले निःशुल्क टिकट काटिदिने तर त्यसका लागि आफ्नो सामान लैजान पर्ने सर्त राखे ।
‘उसले त्यसोभन्दा पनि मन त यति खुसी भयो नि, अब त बाँचिने भयो भन्ने लाग्यो, जे सामान होस्, बोक्ने र घर जाने भन्ने नै भयो ’ गणेशले भन्नुभयो ।
सामान बोकेर भारतबाट नै जानु पर्ने, भारतीय नागरिकले राखेको अर्को सर्त थियो । त्यसपछि उनी ८ जनाको टिकट काटिदिन राजी भए ।
‘दुबईमा भोकै मर्नुभन्दा भारतमै मरौँ भन्ने सल्लाह गर्यौं, उसले के सामान पठाउँछ, कसरी पठाउँछ भन्ने कुरामा हामीलाई चिन्ता नै भएन, दीपक परियार त्यो क्षण सम्झनुहुन्छ ।
‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’
गएको असारमा दुबई विमानस्थलबाट उड्नुभन्दा अघि आठै जानालाई कालो कपडाको पाइन्ट लगाउन लगाए । कपडामा खरानीजस्तो धुलो राखेर सिलाएको थियो ।
‘पाइन्टमा खरानीजस्तो बस्तु राखेर सिलाइएको थियो, सुटकेसमा पनि माथि माथि चकलेट, काजु र तल भने पाइन्टमा राखेकोजस्तै कुरा राखिएको थियो,’ सानेले सुनाउनुभयो ।
एजेण्टले दिएको लुगा र सुटकेस बोकेर उनीहरू विमानस्थलमा प्रवेश गरे । मन डरले थुरथुर काँपेको थियो । तर उनीहरूको अघिल्तिर अर्को कुनै विकल्प थिएन । गणेशले भने ट्वाइलेटमा गएर लुगामा के रहेछ भनेर हेर्नुभयो ।
‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’
भारतीय नागरिकले आफूहरूलाई गलत सामान पठाउन लागेछन् भन्ने बल्ल अनुभव भयो उनीहरूलाई । किनकि उनीहरू उड्नुअघि भारतीय नागरिकले आठै जनाको फोटो खिचे र उनीहरूको कागजपत्रसहित भारतमा आफ्नो मानिसलाई पठाए । त्यसपछि जे परे पनि परोस् भनेर उनीहरूले भारतीय नागरिकले भने अनुसार नै विमानस्थलमा सामान्य तरिकाले सबै प्रक्रिया पुरा गरे ।
‘प्रत्येक ठाउँमा चेक गर्दा मुटु ढुक्क फुल्थ्यो, यही जेलमा परिन्छ कि जस्तो लाग्यो, तर मर्नुभन्दा बौलाउन बेस भने झैँ भयो ’ साने भन्नुहुन्छ ।
चेक हुने ठाउँमा उनीहरूको त्यो सामानको जाँच भएन । कुनै अप्ठेरो बिना दिल्ली विमानस्थलमा ओर्लिए ।
उनीहरू विमानस्थलमा ओर्लिदा त्यहाँ केही मानिसहरू बसिरहेका थिए । उनीहरूले नै विमानस्थलबाट एउटा कोठामा लगे । र लुगा फुकाल्न लगाए । सानेसहित उहाँका साथीले भारतीय नागरिकले लगाउन दिएको कालो पाइन्ट खोलेर सुटकेस पनि जिम्मा दिए । ती भारतीय नागरिकले नै उनीहरूलाई ३५ सय नेपाली रुपैयाँ दिए ।
त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।
सामान जिम्मा लगाएपछि उनीहरू एक अर्कालाई अङ्कमाल गर्दै निकै बेर रोए । बाँचेर नेपाल फर्कन पाइने भयो भनेर खुसीयाली मनाए । जीवितै आफ्नो देश पुगिनेमा उनीहरू ढुक्क भए ।
त्यही ३५ सय रुपैयाँले उनीहरू दिल्लीबाट काठमाण्डौ आउने बस चढे । कमाउने सपना बोकेर जुन लुगामा विदेश उडेका थिए त्यही लुगामा उनीहरू तीन महिना परदेशको दुःख भोगेर घरमा आइपुगे ।
त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।
आफ्नैको विस्वासमा जोखिम मोलेर विदेश जाँदा झण्डै ज्यानै गयो । भएको सम्पत्ति पनि गुम्ने अवस्था आएको छ । किनकि सहकारीबाट लिएको ऋण र ब्याज बढिरहेको छ ।
आफ्नै भान्जी भनेर विश्वास गर्दा आफू र आफ्नो छोरासहित एकै घरको तीन जना ठगीमा परेका पछुतो लाग्छ सानेलाई ।
‘आफ्नैले घात गर्लान् भन्ने के थाहा, विश्वास गरियो, झण्डै ज्यान गयो, घर फर्कन्न पनि ज्यानकै बाजी लगाउन पर्यो, अहिले ऋणै ऋण छ म के गरौँ’ साने पछुतो मान्दै भन्नुहुन्छ ।
एजेण्टको अर्को झुट विदेशमा काम र कमाइ नभएपछि उहाँहरूले आफूले तिरेको रकम भए पनि फिर्ता गर्न एजेण्टसँग माग गर्नुभयो । भान्जी निशामार्फत मुख्य एजेण्टहरुलाई सम्पर्क गर्नुभयो । एजेण्टले रकम दिन्न भनेन । तर ६ महिना बित्दा पनि दिएनन् पनि ।
उनीहरू एजेण्टले नै पैसा दिन्छन् कि भन्ने आशमा १० पटकभन्दा धेरै काठमाण्डौ धाइसके । तर धादिङबाट काठमाण्डौ आइपुग्दा पैसा दिन्छु भन्ने एजेण्ट कि त फोन उठाउँदैनन् कि त मोबाइलको स्विच आफ गरिदिन्छन् ।
‘दिन्छु भन्छन्, यहाँबाट काठमाण्डौ जान्छौँ, यो ठाउँमा आइज भन्छन् त्यहाँ जान्छौँ तर एजेण्ट आउँदैनन् ’ साने भन्नुहुन्छ ‘फेरि भोलि आइज भन्छन् भोलि त फोन नै लाग्दैन ।’
भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’
यता साना किसान कृषि सहकारीले ऋण तिर्नको लागि ताकेता गरिरहेको छ । भएको घर र जायजेथासमेत सहकारीमा राख्नुभएका सानेलाई अब बालबच्चा कसरी पाल्ने भन्ने अर्को चिन्ता थपिएको छ ।
‘काम त दिन सकेन, त्यो भुमरीमा मर्नका लागि छोडिदियो तर बाँचेर फर्किएका हामीलाई तिरेको रकम त दिए हुने नि,’ उनीहरू भन्छन् ।
राम्रो काम र कमाइको प्रलोभनमा आफू ठगीमा परेको भन्दै उनीहरू एजेण्टबाट रकम फिर्ताको माग गर्दै आप्रवासी स्रोत केन्द्र धादिङमा निवेदन दिन आइपुगेका छन् । केन्द्रले निवेदन दिएको र आवश्यक समन्वय र सहजीकरण भइरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।
उनीहरूलाई आजकाल भिजिट भिसामा विदेश जानुभन्दा साग र सिस्नु खान बेस जस्तो लाग्छ ।
भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’ यो खबर ऊजयालो अनलाइनका लागी रामकुमार थापाले तयार पारेका हुन्।
घोराही, १६ पौष । हाम्रो नोवेल साकोसको १३औं साधारण सभा तथा पाचौं अधिवेशन घोराही स्थित सुन्दर रमणीय स्थल बाह्रकुने दहमा शुक्रबार सम्पन्न भएको छ । साकोसकी अध्यक्ष सुषमा कुमारी रेग्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घाेराही उप-महानगरपालिका, राेजगारी तथा सहकारी प्रवर्द्धन शाखा प्रमुख हाेमलाल भुसालले पानसमा बत्ती बालेर गर्नुभएको थियोे। उक्त अवसरमा गाेरखनाथ वैदिक गुरुकुल चाैघेरा, दाङका बटुकहरूले स्वस्ती वाचन गरेका थिए।
संस्थाका उपाध्यक्ष केशवराज ढकालले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा काेषाध्यक्ष प्रकाश भट्टराईले आर्थिक प्रतिवेदन ,लेखा संयाेजक राजकुमार थापाबाट लेखा प्रतिवेदन तथा संस्थाका अध्यक्षबाट संस्थाकाे वर्तमान अवस्था र भावि याेजनाबारे सभामा प्रतिवेदन राख्नुभएकाे थियाे ।
संस्थाले जेष्ठ शेयर सदस्य खिमकान्त भट्टराई ,असल ऋणीमा हुलास गुप्ता र कमला वलीलाई सम्मान गरेकाे थियाे । त्यस्तै संस्थाले संस्थामा अतुलनीय याेगदान पुर्याउने शेयर सदस्यहरू मध्येबाट बसन्त के.सी.लाई सम्मान गरेकाे थियो भने उत्कृष्ट कर्मचारीमा अमृता कुमाललाई सम्मान गरेकाे थियोे। त्यस्तै सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरू मध्ये रेडियाे स्वर्गद्वारीकी समाचार वाचिका र बिबिसी नेपाली सेवा दाङ प्रतिनिधि एवं शेयर सदस्य बसुन्धरा गाैतमलाई सम्मान गरेकाे थियाे ।
त्यस्तै हरेक बर्ष झैँ यस वर्ष पनि SEE मा सर्वाेत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छाेराछाेरीहरू मध्येबाट एक छात्र र एक छात्रा गरि २ जना राेशन डाँगी र अन्जु खत्रीलाई पुरस्कृत गरेकाे छ । यसै बर्ष देखि सुरुवात गरेकाे बाल खुत्रुके खातामा उत्कृष्ट बचत कर्ता बालबालिका मध्येबाट गाेरखनाथ वैदिक गुरुकुल सिद्ध रत्ननाथ मठका वटुक प्राञ्जल भट्टराई र कन्या आरती याेगीलाई प्रमाण पत्र सहित पुरस्कृत गरेकाे छ ।
शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि भुसालले नाेबेल साकाेसकाे दिन प्रतिदिन हरेक वर्षकाे कृयाकलाप हेर्दा राम्राे रहेकाे र उद्देश्य अनुरुप कार्य गर्दै गएकाेमा खुसी ब्यक्त गर्नुभएकाे थियो। साथै उहाँले संस्थाले धर्म संस्कारकाे क्षेत्रमा पनि आफ्नाे सेवाका हातहरु बढाएका कारण बालबालिकाकाे सानाे सानाे संचित रकमलाई संकलन गर्न सकेकाे छ भन्दै चाैघेराकाे गुरुकुलका बालबालिकाहरुकाे प्रशंसा गर्नुभएकाे थियाे ।
संस्थालाई शुभकामना ब्यक्त गर्दै राष्ट्रिय सहकारी बैक घाेराही शाखाका प्रमुख डिल्लीराज दहालले शुभकामना सहित संस्थाकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दै राष्ट्रिय सहकारी बैक यस्तै राम्रा सहकारी सँग काराेवार गर्न पाउँदा खुसी लागेकाे धारणा व्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त बहादुर के.सी.ले गर्नुभएकाे थियाे ।
पहिलाे सत्रकाे समापन सँगै सञ्चालन भएको दोस्रो सत्रमा कोषाध्यक्ष प्रतिवेदन, लेखाको प्रतिवेदन अध्यक्षको प्रतिवेदन लगायत प्रस्तावित निति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित भएको थियो ।
दोस्रो सत्रमा संचालित अधिवेशनबाट संस्थाको आगामी ४ वर्षका लागि पुनः सुषमा कुमारी रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्व सहमतिबाट गठन गरेको थियो । जसको उपाध्यक्षमा केशवराज ढकाल सचिवमा प्रकाश भट्टराई काेषाध्यक्षमा दाेर्ण भण्डारी र सदस्यहरुमा नन्द प्रसाद केसी, भिमा डिसी , सुमित्रा शर्मा ,मिना विष्ट,परशुनारायण श्रेष्ठ लाई चयन गरेकाे थियो ।
नव निर्वाचित कार्यसमिति
त्यस्तै राजकुमार थापाको संयोजकत्वमा निर्मला न्याैपाने र समिरमणि गाैतम गरेर तीन सदस्यीय लेखा समिति सर्व सहमत रुपमा चयन गरेको थियो।
नव निर्वाचित लेखा समिति
त्यस्तै ऋण उपसमितिमा २ जना सदस्यहरूमा निरा केसी र बसन्ता थापालाई सर्वसहमत रुपमा चयन गरेको थियोे ।
नव निर्वाचित ऋण उपसमिति
त्यस्तै अधिवेशनले संस्थाका सल्लाहकारहरुमा शरद कुमार शर्मा, डिल्ली बहादुर बस्नेत, गिरिराज बुढाथाेकी, चेतलाल न्याैपाने र संस्थापक सदस्य पार्वती लाेहनीलाई सल्लाहकारमा मनाेनित गरेकाे थियोे ।
औपचारिक नामकरण नभए पनि भरत तालको नामले पोखरी चर्चित बनेको छ । नगरले पोखरीलाई माछा पोखरी बनाउने योजना तयार पारेको थियो । तर, स्थानीयले भरत ताल नामकरण गरिदिए ।
सर्लाहीको बागमती नदीछेउमै बनेको कृत्रिम पोखरीले पछिल्लो सयम निकै नै चर्चा बटुलिरहेको छ । सामाजिक सञ्जालदेखि सर्वसाधारणमाझ यसको चर्चाले पोखरीमा उठेको छालले जस्तै तरंग पैदा गरेको छ । चर्चासँगै पोखरीलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भिड लाग्न थालेको छ । हावाको वेगसँगै छल्किरहने पोखरीको पानी, नजिकै देखिने चुरे शृंखलाको दृश्य, पोखरीको एकातिरबाट बगिरहेको बागमतीको आवाजले सबैलाई मोहित पारिरहेको छ ।
१२१ बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी पुग्न पूर्व–पश्चिम लोकमार्गबाट दुईवटा बाटा छन् । पूर्वबाट आउँदा बागमती पुलदेखि एक किलोमिटर वरैबाट क्षेत्रीय बाटो प्रयोग गर्न सकिन्छ भने पश्चिमबाट आउँदा बागमती पुल काट्नेबित्तिकै बागमती किनारैकिनार तीन किलोमिटर दक्षिण गएपछि पुगिन्छ ।
पोखरी दुई भागमा छुट्टिने गरी बीचमा होटेल बनिरहेको छ । झट्ट हेर्दा काठमाडौंको रानीपोखरीको झल्को दिने पर्यटकहरूको भनाइ छ । पोखरीमा सञ्चालन भएका मोटरबोट र मिनी क्रुजले भ्रमणलाई झनै आनन्दित बनाएको पोखरी हेर्न आएका राजन खड्काले बताए ।
तालको चारैतिर फलामे रेलिङ लगाइएको छ भने भर्खरै लगाइएका बोटबिरुवाले पोखरी थप सुन्दर बनेको छ । अहिले नै यो पोखरी हेर्न छिमेकी मुुलुक भारतबाट समेत पर्यटक आउन थालेका छन् । शनिबार तथा सार्वजनिक बिदाको दिन यहाँ थप घुइँचो हुने गरेको छ ।
नवविवाहिता जोडी, पारिवारिक जमघट गर्नेहरूसमेत आउन थालेको पोखरीमा मोटरबोट सञ्चालन गर्ने बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काले बताए । यहाँ रहेका राइनोज, फिस्टेल जेटबोट, मोटर बोट, मिनी क्रुज शयर प्रमुख आकर्षण बन्ने गरेका छन् ।
मेयरले पोखरी दिए, जनताले नाम राखिदिए अैपचारिक नामकरण नभए पनि भरत तालको नामले पोखरी चर्चित बनेको छ । नगरले पोखरीलाई बागमती माछा पोखरी बनाउने योजना तयार पारेको थियो । तर, स्थानीयले भरत ताल नामकरण गरिदिए । पोखरीआसपासका होटेल, व्यवसायदेखि सवारीसाधनमा समेत भरत ताल लेखिएका छन् ।
पोखरी एक, विशेषता अनेक पोखरीका परिकल्पनाकार एवं बागमती नगरका मेयर भरतकुमार थापाले नगरको समग्र विकासको प्रयासस्वरूप पोखरी तयार भएको जानकारी दिए । देख्दा एउटा पोखरी मात्रै भए पनि यसको महत्व र विशेषता अनेक रहेको उनको भनाइ छ । पोखरी बनेसँगै आसपासमा सिँचाइ सुविधा पुगेकाले पर्यावरण संरक्षणमा ठूलो भूमिका खेल्ने उनले बताए । यस्तै, स्थानीयस्तरमा हुने रोजगारी, व्यवसाय विस्तारले पनि यो भेगका सर्वसाधारणको जनजीवन उकास्छ । स्थानीय, संघीय र प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको पोखरीमा हालसम्म ६५ करोड लागत भइसकेको नगरपालिकाको छ ।
पोखरीआसपासमा ३० वटा पिकनिक स्पट, पचासको हाराहारीमा चौतारा एवं प्रतीक्षालय निर्माण हुनेछन् । पोखरीको दक्षिणतर्फ फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्डबाट प्रस्ताव आएको नगर कार्यालयले जनाएको छ । पोखरीका कारण पाँच किलोमिटरकोे दूरीमा रहेको रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमती–११ मा पर्ने हरिहर क्षेत्रमा घुम्ने पर्यटकसमेत बढ्दै गएका छन् ।
काम गर्ने इच्छा शक्ति भए बिकास गर्न कस्ले रोक्छ र ? सर्लाहि जिल्ला ,बाग्मती नगर पालिकाका प्रमुख भरत कुमार थापाले सुरुवात गरेको भरत ताल ,बगैचा,सङै बन्ने फिल्म स्टुडियो ,केबलकार ,रेल स्टेशन आदिले भबिस्यमा पक्कै पनि यो पर्यटकिय स्थल बन्नेमा दुइ मत छैन । देसमा गफ गर्ने ,जनताको आखामा भ्रम छर्ने ,भिजन मिसन नभएका गफाडि नेता भन्दा भरत थापा जस्ता काम गर्ने इच्छा शक्ति भएका नेताको खाचो छ।
विगतमा अवैध गाँजा खेतीले बदनामी कमाएको ठोरी गाउँपालिका अहिले तोरी खेतीले आफ्नो गुमेको साखलाई फर्काउने तयारीमा जुटेको छ । अवैध गाँजा खेती नियन्त्रणमा प्रहरी प्रशासन जुटेसँगै विगत १० वर्षयता पर्सामा वैकल्पिक नगदे बालीको रुपमा ठोरीका किसानहरूले सुर्ती खेती र तोरी खेतीलाई अपनाएका छन् । हुन त गाँजा खेती र सुर्ति बालिले प्रवेश पाउनु भन्ला पहिले पनि उक्त क्षेत्र तोरी खेतीमा नै निर्भर थियो । गाँजा खेती विचमा केही बर्ष आएको हो । त्यसपछि पनि फाटफुट यहाँ फाटफु रुपमा गाँजा लगाउने र प्रहरीले फँडानी गर्ने हुँदै आएको छ । गाँजा लगाउन नपाउने भए पछि तोरी र सुर्ति खेती नगदे बालिको रुपमा पुनर्जिवित भएको हो । ठोरी क्षेत्रमा सूर्य टोबाको कम्पनीले सुर्ती खेती गर्न किसानहरूलाई मल, बिउ, दिएर प्रोत्साहित गर्दै आएको छ भने नगदे बालीको रुपमा रहेको तोरी खेती अझै पनि परम्परागतरुपमा नै छ । तोरी प्रसस्त हुने किसिमको माटो र हावापानी रहेको उक्त क्षेत्रमा उन्नत विधीबाट तोरी खेती गर्ने वा तोरीको हाइव्रिड विउविजन प्रयोग तर्फ किसानलाई कसैले पनि सीप नसिकाएको ठोरी५ सुबर्णपुर निवासी कृषक मनोज बस्नेतले बताउँछन् ।ठोरीका अधिकांश गाउँहरूमा अहिले तोरी फुलेर पहेलपुर छ । ठोरीको नयाँ बस्ती, सुन्दरबस्ती, ब्रह्मानगर, सुवर्णपुर, विजयबस्ती, रामनगर लगायतका क्षेत्रमा अहिले ठूलो परिणाममा तोरी खेती गरिएका छन् । उक्त क्षेत्रमा तोरीको फूल पहेंलै भएकोले यति बेला फोटो खिच्न एवं सेल्फी लिन पर्साको वीरगंज र भारतको नरकटियागंज देखि पर्याटकहरू आउने गरेको ठोरी–५का वडाअध्यक्ष रामबहादुर पाख्रीनले बताउनु भयो ।ठोरीका किसानहरू आय आर्जनमा तोरी खेतीले विशेष टेवा पुर्याउँदै आएको छ । गाँजा खेती भित्रनु भन्दा पहिले पनि यहाँका किसानहरुको बर्ष धान्ने नगदे बाली तोरी थियो । तिन ताका साहुसंग ऋण लिंदा समेत तोरीको समयमा तिर्ने वा तोरी व्याज तिर्छु भनि भाखा राख्ने चलन रहेको ठोरी गाउँपालिका वडा नम्बर ४ का बयोबृद्ध दोर्जे लामाले स्मरण गर्नुभयो । तोरी खेतीमा जङ्गली जनावरले समेत त्यति नोक्सानी नपुर्याउने र सिँचाइ पनि नचाहिने हुँदा ठोरीका किसानहरूले मुख्य बालीकै रुपमा तोरी खेती लगाउने गरेको ठोरी २ का वडाअध्यक्ष रामप्रकाश कुँवरले बताउनुभयो । यस वर्ष ठोरीमा मात्रे झण्डै ३ हजार बिगाहामा तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।