• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’मा एक नजर (परिचयात्मक समीक्षा)

  • १ आश्विन २०८१, मंगलवार ०७:३४ मा प्रकाशित

  • कृतिकार: वसन्त अनुभव

    समीक्षक: लक्ष्मण अर्याल

    वसन्त अनुभव रेडियो नेपालबाट प्रसारित हुने बाल कार्यक्रम सुनेर हुर्किएका अनि त्यसैको प्रभावले साहित्यतिर आकर्षित भएका स्रष्टा हुन् । विष्णुबहादुर र भीमाकुमारी खत्रीका कान्छा सुपुत्र हुन् उनी । उनको जन्म वि. सं. २०३५ साल वैशाख १० गते दाङ जिल्लाको साविक हापुर २ मा भएको हो । हाल उनी जन्मिएको त्यो ठाउँ दाङको घोराही उपमहानगरपालिका १२ गुर्जेमा पर्छ । स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर गरेका अनुभव हाल सरकारी सेवामा कार्यरत छन् ।

    वसन्त अनुभवको दुई व्यक्तित्व छ, सम्पादक र लेखक । व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह), लघुकथाको सुगन्ध स्मारिका (अङ्क ४ र ५) अनि ऐतिहासिक यात्रा (संयुक्त टुक्का कवितासङ्ग्रह) मा उनको सम्पादन क्षमता देख्न सकिन्छ भने लघुकथाको सुगन्ध १२ फूल १०८ सुगन्ध (२०७९ संयुक्त लघुकथा सङ्ग्रह) र नेपाली नस्ल (लघुकथा सङ्ग्रह)मा उनको लेखनकौशल झल्कन्छ । २०५४ सालबाट लघुकथा यात्रामा लागेका उनको पहिलो लिखित लघुकथा ‘महिला स्वतन्त्रता’ हो । यस विषयमा उनी आफैँले यो लघुकथा डायरीमा सुरक्षित छ भनेकाले उनको पहिलो लिखित लघुकथा कतै प्रकाशित नगरिएको भन्ने बुभिन्छ ।

    बीचमा निकै लामो समय लघुकथा नलेखी मौन बसेका उनले २०७८ सालदेखि लघुकथा लेखमा रफ्तार बढाएर त्यो मौनता तोडेका छन् । २०८० चैतमा ‘नेपाली नस्ल’ लघुकथा सङ्ग्रह प्रकाशित गराएर आफू लघुकथामा सक्रिय भएको उनले पुुष्टि गरेका छन् ।

    वसन्त अनुभवको नेपाली नस्ल सङ्ग्रहभित्र ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । ३४ वटा लघुकथाका शीर्षकहरू एकपदीय छन् भने बाँकी २० वटा लघुकथाका शीर्षकहरू द्विपदीय छन् ।

    उनका लघुकथाहरूमा नेपाली समाज मुखरित भएका छन् । पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ । सङ्ग्रहमा भुइँमान्छेहरूका समस्याहरू असरल्ल छन् । कतिपय लघुकथाले अभिधेयार्थको बाटो हिँडेका छन् भने कतिपय लघुकथाले प्रतीकात्मक र ध्वन्यात्मक अर्थको फेरो समाएका छन् । मानव र मानवेतर दुबै खाले पात्रहरूको उपयोग गरिएको छ । कतिपय लघुकथामा मान्छेका शारीरिक अवयव (पेट, मुख, हात, टाउको) पनि पात्र बनेर आएका छन् भने कतिपय लघुकथामा त मानवीय भावनाहरू (वेदना)ले पनि पात्ररूप धारण गरेका छन् । जसले गर्दा लघुकथालाई रोचक र पठनीय पनि बनाएको छ ।

    यस सङ्ग्रहका लघुकथाहरू रैखिक ढाँचाका नै छन् । उद्देश्य र आशय प्रष्ट छन् । सामाजिक, राजनैतिक, शैक्षिक बेथितिमाथि गरिएका प्रहारहरू निकै बलिया छन् । लघुकथाहरू भाषागत रूपमा सरल भएर पनि अर्थगत रूपमा गहन छन् । सम्वादमा मिठास छ । सम्पादनमा भने केही थोरबहुत कमीकमजोरी देखिएका छन् । लघुकथाको एकाध ठाउँमा एउटै आशय दिने वाक्यहरूको पुनरावृत्ति भएको छ । प्रकाशनमा हतारो नगरी यी पक्षहरू माथि सामान्य दृष्टि पुर्‍याउन सकेको भए यो लघुकथा सङ्ग्रहको ओज अझै बढ्ने थियो । यद्यपि, व्यङ्ग्यधर्मिता प्रखर रूपमा प्रकट भएको यो सङ्ग्रह आजकल प्रकाशित भएका लघुकथा सङ्ग्रहहरूमध्ये उम्दा सङ्ग्रह हो भन्न सकिने ठाउँ भने यथेष्ट छ ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’मा एक नजर (परिचयात्मक समीक्षा)

    महाबाणिज्य दूतावास जेद्दाका प्रमुख शत्रुध्वन पोखरेलको  ईस्लामिक दावा सेन्टरले गर्यो सम्मान तथा विदाई

  • ३० भाद्र २०८१, आईतवार ०१:०४ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! इस्लामिक दावा सेन्टर सनैया जेद्दा साउदी अरबद्वारा नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको  सम्मान तथा विदाई कार्यक्रम भब्यताका साथ सम्पन्न  गरेको छ।

    नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्य तथा दावा सेन्टरका नेपाली बिभागका  मन्जुर अलि मियाँको सभापतित्वमा रम्जान दिन मियाँद्वारा कार्यक्रम संचालन गरिएको थियो ! उक्त कार्यक्रममा बिशिस्ट अतिथिहरुमा महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले, एनआरएनए साउदिका उपाध्यक्ष राज कुमार गिरि र वरिष्ठ समाजसेवी तथा तमु धिं का भिम गुरुङ रहेका थिए । अतिथिहरुमा जालियातका मुदिरहरु अबु सल्मान तथा शेक तुर्की, मदिनाका प्रोफेसर महम्मद युसुब मदनी, एनआरएनए आरसिसिका कोषाध्यक्ष राजेस काफ्ले, नेपाली युवा क्लबका सह सचिब पवन पराजुली रहेका थिए ।

    मदिना युनिभर्सिटीका उमर फारुकद्वारा कुरानको स्लोक बाचन गर्दै सुरु गरिएको कार्यकममा मन्चमा आसिन अतिथि तथा बिशिस्ट अतिथिहरु द्वारा बिदाइ तथा शुभकामना मन्तब्य दिने क्रममा सत्रुध्वन सरको ४ बर्षे कार्यकालको दौरान नेपाली श्रमिकहरुलाइ दिनु भएको अमुल्य योगदान, संघ संस्था तथा श्रमिकहरु बिचको   प्रगाढ सम्बन्ध, र उहाँ जस्तो असल, मिजासिलो, अत्यन्तै  सहयोगी  मनका निजामती कर्मचारी अहिलेसम्म साउदी अरबमा कोइ नआएको , उहाँले सबैको मनलाई जितेर मन मस्तिष्कमा बस्न सफल हुनु भएको कुराहरूलाई खुलेरै तारिफ गर्दै सबैजना भाबुक भएका थिए । त्यसैगरी उहाँ जहाँ रहेपनी उहाँको उच्च  कदर, याद र सम्झना रहिरहने, उहाँलाई कहिले नबिर्षने पनि बताउनु भयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिदाइका प्रमुख पात्र सत्रुध्वन पोखरेलले पनि श्रमिकहरुको भावना र समस्यालाइ बुझेर आफुले सकेको अनगिन्ती श्रमिकहरुलाइ सहयोग गरेको र साउदिमा रहेका समाजसेवीहरु तथा विविध सामाजिक  संघ-संस्थाका पदाधिकारीहरु साथै यस्तै इस्लामीक सेन्टरहरुले श्रमिक समस्या समाधानमा ठूलो सहयोग गर्नु भएकोमा  हार्दिक आभार व्यक्त गर्दै अहिलेको नेटवर्किङ जमानामा आफू जहाँ रहेपनी  श्रमिक हक हितका लागि  आफुबाट हुने हरेक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

    अन्त्यमा इस्लामीक सेन्टर सनैयाद्वारा प्रमाणपत्र सहित सम्मान गर्दै उहाँले दिनु भएको योगदान को उच्च कदर गर्दै कार्यक्रम आयोजना गरिएको सभापति मन्जुर अलि मियाँले बताएका थिए। उहाँकै कारण एक आपसी मित्रता कायम रहेको एक आपसी चिनजान बढेको र श्रमिक हक हितमा श्रमिक समस्या समाधानमा टेवा पुगेको बताउदै उपस्थित सम्पुर्ण अतिथि गणहरु, समाजसेवीहरु, पत्रकार तथा सहयोगी साथिहरु साथै कार्यक्रममा उपस्थित सम्पुर्ण  दाजुभाइ दिदिबहिनीहरुलाइ धन्यवाद र आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

    कार्यक्रम समापन पछि उपस्थित सबैलाइ खानाको ब्यबस्था पनि गरिएको थियो । 

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, लोकप्रिय1 Comment on महाबाणिज्य दूतावास जेद्दाका प्रमुख शत्रुध्वन पोखरेलको  ईस्लामिक दावा सेन्टरले गर्यो सम्मान तथा विदाई

    नमस्ते स्वास्थ्य अभियान एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्मान कार्यक्रम

  • १८ भाद्र २०८१, मंगलवार २३:०३ मा प्रकाशित
  • १७ भदौ ।
    नमस्ते स्वास्थ्य अभियान एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको छ । कुसेऔँसीको तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर श्री आधारभूत विद्यालय गिठेपानीको प्रागणमा उक्त कार्यक्रमको आयोजना गरिएको थियोे । कार्यक्रममा ८० वर्ष नाघेका १५ जना वृद्ध वृद्धाहरूलाई अबिर लगाइदिएर एवम् चप्पल, टोपी तथा मह प्रदान गरेर सम्मान गरिएको थियोे ।

    नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा श्री आ.वि. गिठेपानीका प्र.अ. श्री गिरिराज भट्टराईले आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियोे । कार्यक्रममा वृद्ध आमाबुबाहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी दिनेश ओलीले नमस्ते स्वास्थय अभियानले उपलब्ध गराएको मह र टोपी दिएर र साहित्यकार एवम् समाजसेवी श्री सुरेशकुमार पाण्डेले पार्वता स्मृति साहित्य प्रतिष्ठानले उपलब्ध गराएको चप्पल प्रदान गरेर सम्मान गर्नुभएको थियोे ।

    कार्यक्रममा युवा समाजसेवीहरू अर्जुन पन्थी, केशर बहादुर रावत, भेष बहादुर रावत, खानेपानीकी श्रीमती यसोदा पाण्डे, अशोक भुसाल, वसन्त शर्मा, ब्लेड डोनट दाङ जिल्लाका अध्यक्ष शिवराज पाण्डे, श्रीमती देवी पाण्डे लगायत विभिन्न संघ संस्थाहरूबाट थुप्रै अतिथिहरूको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सञ्चालान ऋषिराम पाण्डेले गरेका थिए ।

    समाचारको श्रोत- मेसेन्जरमा प्राप्त

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज3 Comments on नमस्ते स्वास्थ्य अभियान एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्मान कार्यक्रम

    न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

  • १६ भाद्र २०८१, आईतवार २१:४८ मा प्रकाशित
  • १४ भाद्र / काठमाडौँ
    काठमाडौँको काँडाघारी स्थित New Star Pole English School’मा यही भाद्र १४ गते एकदिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ अनि ‘समाज सेवा हाम्रो उत्तरदायित्व’ भन्ने मूल नाराका साथ उक्त शिविर शुक्रबार सम्पन्न भएको हो ।

    बुद्ध डेण्टल हस्पिटल प्रा. लि. चावहिल’, ‘बडि मालिका हेल्थ केयर सेण्टर फोर्स पार्क गोठाटार’ र ‘गान्धी कम्युनिटी अस्पताल काँडाघारीको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थी गरेर लगभग साढे ७ सय जनाले नि:शुल्क दन्त परिक्षण गराएका थिए ।

    सओ अवसरमा सेवा गर्ने अवसर प्रदान गर्दै आवश्यक सहयोग पुर्‍याएकोमा विद्यालयका प्रिन्सिपल राजिव खरेल लगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू सबैमा आयोजकले धन्यवाद ज्ञापन गरेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

    घर घरमा गुरुकुल अभियान अन्तर्गत याेगमाया सदनबाट दाङकाे संस्कृत गुरुकुलमा सहयाेग

  • ७ भाद्र २०८१, शुक्रबार २३:१६ मा प्रकाशित

  • भाद्र ७ दाङ /
    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङ जिल्लाकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धाममा संचालित श्री माता पवित्रादेवी सांङ्गवेद संस्कृत विद्यालय गुरुकुलमा अध्ययनरत वटुकहरुकालागि आउँदै गरेकाे श्री कृष्ण जन्माष्टमिकाे शुभ अबसरमा भण्डाराकालागि घर घरमा गुरुकुल अभियान अन्तर्गत गुरुआमा जयन्ती सुवेदीज्यूबाट प्रशिक्षित भैरहनुभएका याेगमाया सदनका शिक्षार्थीज्यूहरु करुणा न्यौपाने,शान्ता रिसाल ,सुमित्रा सुवेदी ,नर्मदा आचार्य ,सुमित्रा आचार्य ,बिन्दु अर्याल ,यशाेदा अधिकारी ,सरस्वती पाैडेल ,शारदा कुईकेल र ईन्दिरा के. सि.ज्यूबाट रु५००५/- तथा अन्य २ जना भक्तबाट गुरुकुललाई सद्भाव सहित सहयाेग गर्ने ईच्छा प्रकट गर्नुभई रमेश आचार्य र कविता न्याैपानेज्यूबाट रु१०००/- गरि जम्मा रु६००५/- प्रदान भएकाे छ ।
    घर घरमा गुरुकुल अभियानद्वारा संस्कृत पठन पाठन गराउने उद्धेश्य अनुरुप सरल तथा सहजता पूर्वक सहभागी हुने वातावरण निर्माण गरि विभिन्न ठाँउकाे प्रतिनिधित्व गर्ने चर्चित स्थानहरुकाे नाममा ३७ वटा समूह बनाई हजाराैलाई संस्कृत शिक्षा पठन पाठन गराउँने आफ्नाे उद्धेश्यमा अगाडि बढिरहेकाे छ ।


    हाम्रा वैदिक धार्मिक ग्रन्थहरुलाई सरल तरिकाले सिक्ने सिकाउने वातावरण बनाउदै लगि यस अभियानले काठमाण्डाै,चितवन ,हेटाैडामा शाखा विस्तार गर्दै दाङमा पनि कार्यक्रम संचालन गरेकाे छ ।सहभागिहरुलाई विभिन्न सदनमा संगठित गरि हरेक एकादशीमा मठ,मन्दिर लगायत आश्रम गुरुकुलमा हाम्रा चाडपर्वहरुकाे महत्वलाई बुझाउँदै लैजाने अभियानका संयाेजक आचार्य गुरु कपिल सुवेदीज्यूले जानकारी गराउनु भएकाे छ ।


    अभियानले आफ्नाे कार्यक्रम दाङ जिल्लामा पनि संचालन गर्ने क्रममा प्रयासरत दाङकाे गुरुकुलकालागि सहयाेग जुटाउँदै आएकाे छ ।
    यस प्रकारकाे सद्भावले सबैलाई एकतावद्ध गर्नुका साथै संस्कृत शिक्षाकाे जगेर्ना केबल विद्यालय , विश्वविद्यालयले मात्रै गर्न नभ्याएकाे अबस्थामा यस अभियानले घर घरमा शिक्षा तथा संस्कारलाई सजिलरिनै पुर्याउनकालागि गरेकाे सत्कार्यले समाजलाई जागरुक बनाएकाे गुरुकुल तथा आश्रमका व्यवस्थापक गुरु प्रकाश भट्टराईज्यूले बताउनु भयाे साथै सबै अभियान कर्ता तथा याेगमाया सदन परिवार प्रति हार्दिक आभार सहित कृतज्ञता ब्यक्त गर्नु भएकाे छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज2 Comments on घर घरमा गुरुकुल अभियान अन्तर्गत याेगमाया सदनबाट दाङकाे संस्कृत गुरुकुलमा सहयाेग

    दाङका प्रमुख जिल्ला अधिकारी सार्वजनिक रक्षाबन्धन कार्यक्रममा

  • ४ भाद्र २०८१, मंगलवार ०७:५४ मा प्रकाशित

  • भाद्र ३ दाङ / सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङकाे उत्तरवाहिनी त्रिवेणी धाम शुक्रवारमा संचालित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत मा.वि (गुरुकुल) का वटुकहरुबाट घाेराहीकाे भानु चाेक तथा दामाेदर चाेकमा सार्वजनिक रक्षावन्धनकाे कार्यक्रम सम्पन्न भएकाे छ ।दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीज्यूकाे प्रमुख उपस्थितिमा गुरुकुलका वटुकहरुकाे स्वस्ति वाचन बाट शुरुवात गरिएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यूले आफैबाट रक्षाबन्धन गरी शुभारम्भ भएकाे थियाे ।
    जिल्लाका अभिभावक प्रमुख जिल्ला अधिकारीज्यूकाे प्रमुख उपस्थितिमा संचालित सार्वजनिक रक्षा वन्धन कार्यक्रमले हामीलाई सद्भाव , हाैसलाका साथै प्रेरणा प्रदान गरेकाे छ , सबैकालागि सर्व सुलभ रुपमा रक्षाबन्धनकाे सेवा प्रदान गर्ने नै गुरुकुलकाे आजकाे प्रमुख उद्धेश्य रहेकाे साथै आगामि दिनमा कसरी सर्वसुलभ तरिकाले हाम्रा चाडपर्वकाे महत्वलाई सबै माझ सरलीकृत तरिकाले बुझाउन सकिन्छ यसका बारेमा पनि गुरुकुलले नयाँ याेजना बनाउँदै लैजानेछ ।दाङ जिल्लामा संचालित गुरुकुलीय गतिविधिलाई समाज संग जाेडेर लैजानकालागि व्यवस्थापन समितिकाे यस बारेमा चासाे रहेकाे कुरा आश्रम तथा गुरुकुल व्यवस्थापक प्रकाश भट्टराईले कार्यक्रममा जानकारी गराउनु भयाे । भानु चाेक र दामाेदर चाेकमा बिहान ७:४५ देखि १० बजे सम्म साथै अन्य सार्वजनिक स्थान मठ मन्दिरमा गरि हजाराैंकाे संख्यामा गुरुकुलका वटुकहरुबाट रक्षाबन्धनकाे पुण्य अबसर प्राप्त गर्नु भएकाे थियाे ।

    श्रोत- सरस्वती कुटीबाट मेसेन्जरमा प्राप्त समाचार

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on दाङका प्रमुख जिल्ला अधिकारी सार्वजनिक रक्षाबन्धन कार्यक्रममा

    प्रजातान्त्रिक प्रध्यापक संघद्वारा गुरुकुलमा खाद्यान्न सहयाेग

  • ३ भाद्र २०८१, सोमबार ०५:२८ मा प्रकाशित

  • भाद्र २ दाङ/ ज्ञान केन्द्र तथा ध्यान केन्द्रकाे रुपमा विस्तार हुँदै गएकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धामधमा संचालित संस्कृत गुरुकुल तथा आश्रममा प्रजातान्त्रिक प्राध्यापक संग नेपालकाे १९ अेाें स्थापना दिवसकाे सुखद उपलक्ष्यमा दाङकै जेठाे क्याम्पस महेन्द्र बहुमुखि दाङका प्राध्यापकहरुद्वारा आज खाद्यान्न सहयाेग प्रदान भएकाे छ ।महेन्द्र बहुमुखि क्याम्पस इकाई समिति दाङका अध्यक्ष शंकर प्रसाद धितालकाे अध्यक्षतामा उक्त सामग्री गुरुकुललाई हस्तान्तरण गरिएकाे हाे ।


    संघका प्राध्यापकहरु दिनेश भट्टराई ,यम प्रसाद डाँगी,निश्चल हमाल,केदार पाठक ,षडानन्द खनाल सुदिप गाैतम,राजेन्द्रकुमार रेग्मी तथा अनिल रजाैरेज्यूबाट यहाँ अबस्थित उत्तरवाहिनी सरयू गंगा ,गंगेश्वर शिवालय ,ऐतिहासिक यज्ञशाला , आश्रम परिसरभित्र रहेकाे गुरुकुल , गाैशालाका साथै स्वतस्फूर्त बगिरहेकाे जल धाराकाे दर्शन एवम् अबलाेकन भयाे ।


    यस अबसरमा आश्रम तथा गुरुकुलकाे तर्फबाट आश्रम व्यवस्थापक प्रकाश भट्टराईले ले संघ दाता भक्त परिवार प्रति धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्नु भएकाे छ ।सबैकाे सु स्वास्थ ,दीर्घायु एवम् सुख शान्ति समृद्धिकाे हार्दिक मंगलमय शुभकामना प्रदान गरेकाे थियाे ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज2 Comments on प्रजातान्त्रिक प्रध्यापक संघद्वारा गुरुकुलमा खाद्यान्न सहयाेग

    घर घर गुरुकुल अभियानकाे दाङ गुरुकुलमा सहयाेग

  • १ भाद्र २०८१, शनिबार १३:४४ मा प्रकाशित
  • घर घर गुरुकुल अभियानकाे दाङ गुरुकुलमा सहयाेग :


    भाद्र १ दाङ /घाेराही उपमहानगर पालिका ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धाम स्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय गुरुकुल नेपाल संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा संचालित एक प्रयासरत गुरुकुल हाे ।

    गुरुकुलमा कक्षा ४ देखि ९ सम्म नेपाल लगायत मित्र राष्ट्र भारतबाट आएका ३० जना छात्र वटुकहरु अध्ययनरत छन् ।
    पछिल्लाे समय दाङ गुरुकुलमा देखिएकाे खाद्यान्न अभावकाे समयमा घर घर गुरुकुल अभियानकाे ध्यानाकर्षण भएकाे छ ।यस अभियानका संयाेजकआदरणीय गुरु आचार्य कपिल सुवेदीज्यूबाट उक्त अभियानकाे फेसबुक सञ्जाल मार्फत सूचना प्रवाह गरी गुरुकुलमा देखिएकाे समस्यालाई सद्भाव गर्नुभई अभियानका शिक्षार्थीहरुकाे तर्फबाट रु ६६,८८८/- खाद्यान्नकालागि सहयाेग प्रदान भएकाे छ । उक्त सहयाेग रकमबाट गुरुकुल संचालनमा देखिएकाे खाद्यान्न लगायत अन्य अति आबस्यक सामग्रीहरु खरिद गरिने कुराकाे जानकारी दाङ गुरुकुलका प्रशासन ब्यवस्थापककाे रुपमा निरन्तर खटिनु भएका गुरु प्रकाश भट्टराईज्यूले गराउनु भयाे ।
    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा त्यसकाे निरन्तरताकालागि घर घर गुरुकुल अभियान संस्कृत पठन पाठन गर्न ईच्छुक दिदीबहिनी ,माता तथा सम्पूर्णकालागि सकृय रुपमा लागिपरेकाे अभियान हाे ।हाल सम्म उक्त अभियानले ३७ वटा समूह बनाई हजाराैलाई संस्कृत शिक्षा पठन पाठनकाे वातावरण निर्माण गरि आफ्नाे उद्धेश्यमा अगाडि बढिरहेकाे छ ।


    हाम्रा वैदिक धार्मिक ग्रन्थहरुलाई सरल तरिकाले सिक्ने सिकाउने वातावरण बनाउदै लगि यस अभियानले काठमाण्डाै,चितवन ,हेटाैडामा शाखा विस्तार गर्दै दाङमा पनि कार्यक्रम संचालन गरेकाे छ ।सहभागिहरुलाई विभिन्न सदनमा संगठित गरि हरेक एकादशीमा मठ,मन्दिर लगायत आश्रम गुरुकुलमा हाम्रा चाडपर्वहरुकाे महत्वलाई बुझाउने क्रममा एकादशीपूजन , माहात्म्यपाठ पारायण तथा व्रतकथा श्रवण कार्यक्रमहरुकाे आयोजना गराउँदै उक्त स्थानहरुकाे धार्मिक तथा पर्यटकिय स्थलहरुकाे भ्रमण गराउँदै आएकाे छ ।
    अहिले यस अभियानले दाङ,प्यूठान जिल्ला लगायत भारतीय समाजमा पनि श्रद्धाकाे रुपमा पूजिएका सबैका आस्थाका केन्द्रमा रहनु भएका स्वर्गद्वारी महाप्रभुकाे नाममा सदन तयार गरि प्रशिक्षणकाे कार्य सुरु गरेकाे छ ।आउँदा दिनहरुमा सबै जिल्लाहरुमा समूह विस्तार गर्दै लैजाने अभियानका संयाेजक आचार्य कपिल सुवेदीलेज्यूले जानकारी गराउनु भयाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज1 Comment on घर घर गुरुकुल अभियानकाे दाङ गुरुकुलमा सहयाेग

    विनेसाम जापान शाखाको तेस्रो अधिवेशन तयारी सम्पन्न

  • २६ श्रावण २०८१, शनिबार १४:४९ मा प्रकाशित
  • विश्व नेपाली साहित्य महासंघ (विनेसाम), जापान शाखाको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    दिइएको जानकारी अनुसार “विश्वभरका साहित्यकारहरू एकजुट हौँ, नेपाली साहित्यलाई समृद्ध बनाऔॅं ।” भन्ने नाराका साथ यही अगष्ट ११, आइतवारका दिन सिनोकुबो, टोक्योमा अधिवेशन हुन गइरहेको छ ।

    कर्मथलो जापान बनाएर नेपाली कला र साहित्यलाई माया गर्ने सबैलाई समेट्दै आएको यस संस्थाले आफ्नो दुई कार्यकाल पूरा गरिसकेको छ । सोही अवसरमा सम्पूर्ण साहित्यिक सर्जकहरूलाई कार्यक्रममा सहभागी भई सिर्जना वाचनका लागि समेत आयोजकले आह्वान गरेको छ ।

    जापान शाखाको कार्यसमितिमा मनोनित दुई जनासहित १९ जना सदस्यहरू रहने व्यवस्था छ । उक्त संस्थाका संस्थापक अध्यक्ष देवीबहादुर इङ्नाम हुनुहुन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged म्यामराज राई2 Comments on विनेसाम जापान शाखाको तेस्रो अधिवेशन तयारी सम्पन्न

    गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

  • १० जेष्ठ २०८१, बिहीबार १४:३६ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङले गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ मा अवस्थित सर्वोदय उच्च माध्यमिक विद्यालय, सिसहनिया देउखुरीमा यही जेठ १५ गते उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।

    उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिने चिकित्सालयका सूचना अधिकारी बसन्त बहादुर के.सी.ले बताउनुभयो । शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण सेवाका साथै नि:शुल्क औषधी वितरण, भिडियो एक्सरे, प्रयोगशाला(सुगर जाँच) तथा परामर्श सेवा प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।

    शिविरमा नाक, कान र घाँटीको चेकजाँच, शल्यचिकित्सा( पाइल्स, फिसर, फिस्टुला लगायत गुदागत र अन्य रोगको चेकजाँच), वात तथा नशा रोग परिक्षण सेवा, बालरोग, छालारोग, काय चिकित्सा (जनरल आयुर्वेद) सेवा, स्त्री तथा प्रसूति रोग परिक्षण सेवा, लगायतका सेवाहरू उपलब्ध रहेको सूचना अधिकारी के.सी.ले बताउनुभयो ।

    साथै सूचना अधिकारी के.सी.ले शिविरमा आएर आफ्नो स्वास्थ्य समस्याको परिक्षण विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा गराई स्वास्थ्यलाभ लिनुहुन स्वास्थ्य समस्याबाट पीडित समस्त आमाबुबा, दाजुभाइ तथा दिदीहरूमा हार्दिक अपिल पनि गर्नुभयो ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P