• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

विशेष झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न

  • २१ आश्विन २०८१, सोमबार ०५:४८ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>—————
    १)
    डुङ्गालाई लगाउने पार
    आजका यी बालबालिका
    भोलिका हुन् कर्णधार !
    २)
    कदापि नगरौँ दुर्व्यवहार
    समुचित पालनपोषण अनि
    सुनिश्चित गरौँ बालअधिकार !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    //२//
    —————<•>—————
    साना हाम्रा बालक
    सिकाउँ राम्राे कुरा
    भाेलि देशका चालक ।
    ✍️
    तारप्रसाद चापागाईँ

    //३//
    —————<•>—————
    १)
    बालबालिका भविष्यको कर्णधार
    ज्ञानकाे कुरा सिकाऔँ
    गर्छन् देशको हेरविचार ।
    २)
    बालबालिका देशको सम्पत्ति
    असल शिक्षा दिएमा
    देशको हुनेछ प्रगति ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर

    //४//
    —————<•>—————
    १)
    शिक्षा भन्छौ नाइँ
    भन्नलाई देशका चालक
    बालक हिँड्छन् रोइकराइ !
    २)
    बालकलाई ज्ञान दिनू
    पढाएर बढाएर खुसीले
    पछि फाइदा लिनू !
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    //५//
    —————<•>—————
    बालबालिका भविष्य हाम्रो
    हेरचाह, गोडमेल गरौँ
    अनि हुनेछ राम्रो !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग

    //६//
    —————<•>—————
    १)
    हुन् पछिल्ला सिँढी
    आजका यी बालबच्चा
    बनुन् असल पिँढी ।
    २)
    गरौँ असल व्यवहार
    तिनै बालबालिका सबैका
    बन्छन् भविष्यमा आधार ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।

    //७//
    —————<•>—————
    १)
    बालबालिका भविष्यको कर्णधार
    संस्कार सिकाउनु पर्छ
    लगाउँछन् देशलाई पार ।
    २)
    राम्रो सोच बोकेर
    सिकाउनु पर्छ ज्ञान
    सभ्यतालाई अब तोकेर ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    //८//
    —————<•>—————
    १)
    बालबालिका भविष्यका सहारा
    उचित मार्गदर्शन पाए
    लिनेछन् देशको अभिभारा ।
    २)
    बनौँ असल अभिभावक
    राम्रो संरक्षण गरेमा
    बन्नेछन् देशकै साधक ।
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा

    //९//
    —————<•>—————
    १)
    फूल पृथ्वीभरिका मालिका
    शैशवावस्था र जवानी
    बीचको उमेर बालबालिका ।
    २)
    कदर गरौँ बच्चाको
    बालक एउटा नागरिक
    हामीसँगै पक्का हो ।
    ३)
    बालअधिकार सुरक्षित गरौँ
    प्रत्येक बालबालिकाका दिमागमा
    असल संस्कार भरौँ ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका

    //१०//
    —————<•>—————
    १)
    गर्नुपर्छ बालबालिकालाई प्यार
    भोलिको देशका सारथि
    नगरौँ कसैले अत्याचार ।
    २)
    हुन्छ खुसी अपार
    यही बालक जन्मदा
    घर उज्यालो परिवार !
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हनल चनपा६ मातातीर्थ

    //११//
    —————<•>—————
    १)
    साना हाम्रा बालबालिका
    देशको उन्नति गर्नेछन्
    बनाऔँ सुन्दर तालिका !
    २)
    शिक्षाको बाटो खोलेर
    सक्षम हामी पार्नुछ
    संस्कार संस्कृति घोलेर !
    ✍️
    कमल प्रसाद बगाले
    वालिङ्ग बजार स्याङ्जा

    //१२//
    —————<•>—————
    १)
    असल ज्ञान भरौँ
    बन्छन् देशको सान
    बालबालिकालाई माया गरौँ ।
    २)
    शिक्षा राम्रो दिएर
    चेतना भरौँ मनमा
    सधैंँ बालबालिकालाई लिएर ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।

    //१३//
    —————<•>—————
    १)
    किताबका धेरै पाना
    वीरता अनि साहसको
    गाएर सकिन्न गाना ।
    २)
    गृहकार्य समयमै गर
    आफूले नजानेको शब्द
    सिक्न अघि सर ।
    ३)
    बढाऔ उनको मनोबल
    दण्ड अनि सजाय
    होइन समस्याको हल !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ

    //१४//
    —————<•>—————
    १//
    बालबालिकालाई माया गरेर
    महान योद्धा बनाउन
    सघाउ लागि परेर ।
    २)
    देशको मुहार फेरिन्छ
    बालबालिकालाई जब हामीले
    कर्णधारको रुपमा हेरिन्छ ।
    ✍️
    ललिता गिरी सिन्धुली

    //१५//
    —————<•>—————
    भविष्यका कर्णधार बालबालिका
    जारी राखौँ पढाइलेखाइ
    बनाई सुन्दर तालिका !
    ✍️
    शलिक राम दाहाल
    चा न पा ३ झाैखेल

    //१६//
    —————<•>—————
    १)
    हात समाई लेखाउँ
    साना यी बालबालिकालाई
    असल बाटो देखाउँ ।
    २)
    प्रेम भाव छरौँ
    चोखो मनले बालबालिकालाई
    सबले माया गरौँ !
    ✍️
    दीप गोले तामाङ – रौतहट

    //१७//
    —————<•>—————
    १)
    कुमालेको काचो माटाे
    कर्णधार हुन् भविष्यका
    देखाउँ सही बाटाे ।
    २)
    नपारौँ मगजमा असर
    बालक हुन् खम्बा
    बनाउन नराखौँ कसर !
    ३)
    नमनाऔँ खाली दिवस
    बालशोषण अन्त्य गरौँ
    शोषकलाई पारी विवश ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि -५,जुम्ला

    //१८//
    —————<•>—————
    बालबालिका हाम्रो सान
    राम्रो शिक्षा दिलाए
    बढ्छ हाम्रो पहिचान ।
    ✍️
    धनुष न्यौपाने
    जुम्ला

    //१९//
    —————<•>—————
    बालबालिका देशका शान
    लिएर उच्च शिक्षा
    राख्दछन् राष्ट्रको मान ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    //२०//
    —————<•>—————
    १)
    बालबालिकालाई पढाऔँ राम्रो
    ज्ञानी बुद्धिजीवी बनाऔँ
    कर्णधार हुन हाम्रो ।
    २)
    बालबालिका काचो माटाे
    दिनुपर्छ शिक्षा राम्रो
    हिँडाऔँ राम्रो बाटाे ।
    ✍️
    कल्पना भण्डारी
    काठमाडौँ

    //२१//
    —————<•>—————
    १)
    पढ्नमा मन लगाऊ
    विद्या चाहिन्छ जीवनमा
    निद्रा सबै भगाऊ ।
    २)
    स्कुलमा ध्यान दिनुपर्छ
    विद्वान हुनकाे लागि
    त्यसैले भलाे गर्छ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर

    //२२//
    —————<•>—————
    १)
    बालबालिकालाई पढ्न सिकाउँ
    भविष्य हुन्छ उज्ज्वल
    उचित मार्गमा लगाउँ ।
    २)
    बालबालिका बगैंंचाका फूल
    अहिले जतन गरे
    बुढेसकालमा बन्छन् झुल ।
    ✍️
    देवकृष्ण काफ्ले

    //२३//
    —————<•>—————
    १)
    बालबालिकालाई माया गरौँ
    दिनलाई गुणस्तरीय शिक्षा
    सदैव लागि परौँ ।
    २)
    बालबालिका हाम्रा काेपिला
    दिएर ज्ञान सबैले
    बनाऔँ अझ जोशिला ।
    ३)
    असल संस्कार दिलाऔँ
    भविष्य सुनिश्चित पार्नलाई
    ज्ञानका रस पिलाऔँ ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    //२४//
    —————<•>—————
    बालबालिका हुन् कर्णधार
    असल मार्ग पहिल्याउनलाई
    सिकाऔँ असल व्यवहार ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    //२५//
    —————<•>—————
    १)
    कस्तो बनाउने कालिगढ
    समग्र देशलाइ उचाल्ने
    नगरौँ बालबालिकामाथि खेलवाड
    २)
    नपसोस् प्रभाव अशान्तिको
    पुस्तौँका कोपिला मास्न
    अन्धविश्वास र भ्रान्तिको ।
    ✍️
    लोक क्षेत्री

    //२६//
    —————<•>—————
    बालबालिका ज्ञानका ज्योति
    राम्रोसँग शिक्षा दिउँ
    भविष्यका कर्णधार माेती ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट ।।

    //२७//
    —————<•>—————
    आजका कर्णधार भएर
    भोलि कहाँ पुग्नेछौ
    दुःख कष्ट सहेर ।
    २)
    सम्हाल्छौ बुबाको काँध
    सङ्घर्षको मैदान धेरै
    समस्या समाधान बाँध ।
    ३)
    बालबालिका बाँच्न पाउन
    आफूखुशी रम्दै खेल्दै
    अधिकारमा धेरै रमाउन ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    //२८//
    —————<•>—————
    १)
    आजका साना कोपिला
    भोलि राष्ट्रलाई हाक्ने
    कर्मठ योद्धा जोशिला ।
    २)
    हाँसन सकुन् खुलेर
    शिक्षाको ज्योति अङ्गाली
    नजाउन् देश भुलेर ।
    ३)
    भोलिका तारा चम्किला
    फक्रन देऊ फुलेर
    कलिला साना कोपिला ।
    ✍️
    विवश पारदर्शी
    झापा

    //२९//
    —————<•>—————
    १)
    बालबालिका हुन् जीवन
    जिन्दगीका माया ममता
    आँखाका नानी कञ्चन ।
    २)
    गरौँ सबैले सम्बर्धन
    भविष्य सुन्दर बनाउन
    बच्चाको गर्दै समर्थन ।
    ✍️
    कविराज घिमिरे

    //३०//
    —————<•>—————
    बालबालिका भोलिका तारा
    पढ्न दिनुहोस् अहिले
    बोक्नेछन् देशको अभिभारा ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ

    //३१//
    —————<•>—————
    १)
    अपार मायाका खानी
    बुढेसकालका सहारा हाम्रा
    दुई आँखाका नानी ।
    २)
    असल अभिभावक जनाऔँ
    देश बनाउने चालकको
    भविष्य राम्रो बनाऔँ ।
    ३)
    गरेमा उनीहरुमाथि अत्याचार
    कर्तव्यबाट विमुख हुँदै
    बन्छन् दुर्व्यसनीको शिकार ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    //३२//
    —————<•>—————
    बालबालिका लेख पढ
    अनुपम कर्म गरेपछि
    भविष्यमा अगाडि बढ !
    ✍️
    आर्त अकुलीन

    //३३//
    —————<•>—————
    १)
    बालबालिका घरको सुकुन
    घरबार हुन्छ उज्यालो
    सिकाउँदा सदाचार गुण ।
    २)
    बाबुआमा गुरुजनको जिम्मेवारी
    असल शिक्षा दिएर
    बालबालिका बन्छन् शिष्टचारी ।
    ३)
    दिन उघ्रिदैँछ घमाइलो
    आउँदैछ चाडपर्वको मौसम
    बालबालिका गर्लान् रमाइलो ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ ।

    //३४//
    —————<•>—————
    बालबालिका भविष्य हाम्रो
    दिएर नैतिक शिक्षा
    बनाऔँ राष्ट्र राम्रो ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    //३५//
    —————<•>—————
    सबैका प्यारा बालबालिका
    ममता दिएर हुर्काऔँ
    सुन्दर फल डालीका ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।

    //३६//
    —————<•>—————
    बालबालिकालाई माया गर्नु
    कर्णधार हुन् देशका
    हेरचाहमा अघि सर्नु ।
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    //३७//
    —————<•>—————
    १)
    मिलाएर शुभ समयतालिका
    समुचित शिक्षादीक्षा दिलाऊँ
    सबल बन्नेछन् बालबालिका l
    २)
    गाउँ अनि नगरपालिका
    बालअधिकारको प्रत्याभूती देऊ
    पथभ्रष्ट हुँदैछन् बालबालिका l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    //३८//
    —————<•>—————
    १)
    आजका हाम्रा बालबालिका
    देशका हुन् भविष्य
    नपरुन् फन्दामा जालीका ।
    २)
    कमलो हृदयका कर्णधार
    जस्तो शिक्षा दिन्छौँ
    उस्तै बनाउँछन् व्यवहार ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    //३९//
    —————<•>—————
    १)
    बालबालिका सुन्दर सानाेमा
    ममता अनि प्रेमले
    लुकाऔँ अङ्गालोकाे छानाेमा ।
    २)
    बालश्रमकाे बिराेध गराैँ
    शाेषणमुक्त सभ्य समाज
    बनाउन चेतना भराैँ ।
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी

    //४०//
    —————<•>—————
    १)
    सानासाना बालक मानी
    रक्षा गरेकामा हामीलाई
    बन्नुपर्छ भोलि दानी ।
    २)
    हातमा किताब दिएर
    बालबालिकालाई गरे संरक्षण
    पढनेछन् मनमा लिएर ।
    ३)
    जगाउनु मनमा भावना
    आजको बिशेष दिनको
    सबैलाई छ शुभकामना ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    //४१//
    —————<•>—————
    १)
    नारामा सिमित भयो
    बालबालिका संरक्षण गर्ने
    सरकार कता गयो ?
    २)
    अनेक चाहना हाम्रो
    साना बालबालिका यी
    भोलिका सारथि राम्रो ।
    ✍️
    कला ढकाल झापा

    //४२//
    —————<•>—————
    १)
    आजका हाम्रा बालबालिका
    पढ्नुपर्छ तिमीहरू सबै
    बनाएर राम्ररी तालिका ।
    २)
    बालबालिका देशका कर्णधार
    थपिदिनु हुँदैन यिनलाई
    अनावश्यक घरायसी भार ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची ।

    //४३//
    —————<•>—————
    १)
    सबै अघि सरौँ
    बालबालिकालाई आफ्नो अधिकारबाट
    कहिले बन्चित नगरौँ ।
    २)
    बालबालिकाको सुरक्षा गर्नुपर्छ
    बालशोषण अन्त्य गर्न
    सबै अघि सर्नुपर्छ ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ

    //४४//
    —————<•>—————
    १)
    नहोस् अभाव अवसरको
    कोपिला हुन् बालबालिका
    फक्रेर आउन् चराचरको !
    २)
    संस्कार दिएर हुर्काउनु
    बालबालिकाले भूल गर्ला
    औधी गरेर नफुर्काउनु !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    //४५//
    —————<•>—————
    १)
    बालिका घरको शान
    राख्छिन् यिनले सधैँ
    बाबु, आमाकाे मान ।
    २)
    बालक देशको कर्णधार
    जिम्मेवारी छ काँधमा
    नबस्नु भई मझधार ।
    ✍️
    विनोद खाती
    मिरिक

    //४६//
    —————<•>—————
    शिशुहरूलाई माया गर
    दुनियाँलाई कसरी बुझाउने
    सबैमा ममता भर ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    //४७//
    —————<•>—————
    नपरोस् अनिष्टको छाया
    भविष्यको कर्णधार बालबालिकालाई
    दिउँ हौसला माया ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा

    //४८//
    —————<•>—————
    कलिला उमेरका बाबुनानी
    हुन्छन् खुल्ला दिलको
    सबैसँग हाँसिरहने बानी ।
    ✍️
    सुनगाभा पोखरेल

    //४९//
    —————<•>—————
    १)
    बालबालिका भोलिका सार
    जसले जेसुकै भनुन्
    यिनमै रहन्छ आधार ।
    २)
    बालबालिकाको स्याहार
    उज्वल भविष्य बनोस्
    गरौँ सबैले पुकार ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी

    //५०//
    —————<•>—————
    घरबाट सुरू गरौँ
    बालबालिकालाई संस्कार सिकाउन
    परिवार अघि सरौँ ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत

    //५१//
    —————<•>—————
    देश विकासका आधार
    तिनै कलिला मुना
    भविष्यका हुन् कर्णधार ।
    ✍️
    तोया नाथ चापागाईं
    दमक ३, झापा

    //५२//
    —————<•>—————
    १)
    बालक देशको कर्णधार
    उनिहरूलाई पढाई लेखाई
    बनाउँ सबले होनहार !
    २)
    सक्षम विवेकशील बनाउँ
    राम्रो संस्कार दिई
    आफ्नो सक्षमता जनाउँ ।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा

    //५३//
    —————<•>—————
    १)
    नखोसियोस् बाँच्ने अधिकार
    कसैले कहिल्यै नबनाऔँ
    बालबालिकालाई भेदभावको सिकार ।
    २)
    आत्मसम्मान कायम रहोस्
    बालबालिकाको बुझ्नुपर्छ भावना
    पराईको भर नपरोस् ।
    ३)
    स्वास्थ्य उपचारको खाँचो
    ध्यानाकर्षणको विषय बनोस्
    हुन्छन् नाजुक काँचो ।
    ✍️
    पृथक प्रकृति, झापा

    //५४//
    —————<•>—————
    १)
    नाम राख्ने थिएँ
    समाजमा आफ्नो आमाबुबाको
    बालबालिकालाइ उच्चशिक्षा दिए ।
    २)
    ज्ञानगुण सधैँ भरौँ
    टुहुरा बालबालिकालाई हामीले
    सक्दो सहयोग गरौँ ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया_८ // बस्तिपुर,, कर्माया // मकवानपुर

    //५५//
    —————<•>—————
    उज्यालो प्रभात नानीहरू
    देशका भविष्य जोगाउन
    जेल हुलौँ बलत्कारीहरू ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    //५६//
    —————<•>—————
    बुझ्नुपर्छ कुराकाे सार
    आजका नानी बाबुहरू
    भाेलिका हुन् कर्णधार ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    //५७//
    —————<•>—————
    १)
    नजाऊ छोडेर तिमी
    इन्द्रेणी जुनकिरी सबै
    उज्यालो छ रिमिझिमी !
    २)
    चौतारी बिसौनी रुन्छन्
    प्रीतिका गीत गजल
    हाम्रै साझा हुन्छन् ।
    ✍️
    घनश्याम कोइराला

    //५८//
    —————<•>—————
    माटोलाई आकार दिन
    ममता चाहिन्छ साँचोको
    सकिन्छ शीतलता लिन ।
    ✍️
    नागेन्द्रप्रसाद यादव

    //५९//
    —————<•>—————
    आज छौँ सानासाना
    हुनेछौँ भोलि ठूलो
    कोर्छौँ विकासका पाना ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी

    //६०//
    —————<•>—————
    बालबालिका अघि बढ्छ्न्
    दिनुपर्छ माया हौसला
    सफलताको शिखर चढ्छन् ।
    ✍️
    विष्णु पंगेनी (पाण्डे )
    वालिङ स्याङ्जा

    //६१//
    —————<•>—————
    १)
    राखौँ है शुभभावना
    बालदिवस पर्व आज
    सफलताको गरौँ कामना ।
    २)
    बालबालिका कच्चा माटो
    मायाले सिँचित गरौँ
    देशका हुन् पाटो ।
    ३)
    स्वच्छ भावनाका हुन्छन्
    राम्रो पालनपोषणले तिनी
    सुन्दर भविष्य बुन्छन् ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    //६२//
    —————<•>—————
    १)
    बालबालिकाको कुरा गरेर
    वर्ष बितेर जान्छ
    सधैँ निरासा भरेर ।
    २)
    उनीहरू निश्चिन्त छैनन्
    मात्र बालअधिकारका कुराले
    भविष्य कोर्ने हैनन् ।
    ३)
    हरेक बालबालिका कर्णधार
    देश यीनैले बनाउँछन्
    सरकारको लगानी आधार ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।

    //६३//
    —————<•>—————
    १)
    बालबालिकालाई भेदभाव नगरौँ
    बाँच्ने आधारहरू चाहिन्छ
    ज्ञानका शिक्षादीक्षा भरौँ !
    २)
    बालबालिका शोषणमा परेर
    भविष्यमा जान्छन् डिप्रेसनमा
    राखौँ संरक्षण गरेर ।
    ३)
    अहिले नानीहरू बालक
    भविष्यमा बन्नेछन् कर्णधार
    देशलाई हाँक्ने चालक !
    ✍️
    बेदु न्यौपाने

    //६४//
    —————<•>—————
    बालबालिकाको नैसर्गिक अधिकार
    दिनुपर्छ बुझेर सबैले
    सुनौलो हुन्छ संसार ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ

    //६५//
    —————<•>—————
    बालबालिका भोलिका कर्णधार
    जाेगाउँ हुर्काउँ सबैले
    हुन् बुढेसकालका आधार ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    //६६//
    —————<•>—————
    १)
    भोलिका कर्णधार बालबालिका
    रहरलाग्दा कोपिला सुन्दर
    प्रतिभाका नयाँ तालिका ।
    २)
    आकाशका उज्ज्वल तारो
    सदैव अँध्यारो मेटाउने
    विवेक नहोस् थारो ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।

    //६७//
    —————<•>—————
    १)
    आजका निर्दोष बालक
    सत्कर्मको ज्ञान दिऊँ
    बन्छन् मातृभूमिका चालक ।
    २)
    सुगन्धित फूल वागका
    बालक देशका शक्तिपुञ्ज
    ज्योति अमर रागका ।
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुुनसरी ।

    //६८//
    —————<•>—————
    फूलहरू जस्तै मालिका
    देशका कर्णधार हुन्
    आजका यी बालबालिका ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।

    //६९//
    —————<•>—————
    १)
    बालबालिका भोलिका कर्णधार
    खाना, स्वास्थ्य, शिक्षा
    पाउनु उनको अधिकार ।
    २)
    हामीबाट सिक्छन् बानी
    काँचो माटो हुन्छन्
    हाम्रो बाबु नानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    //७०//
    —————<•>—————
    १)
    रत्न बालबालिका कर्णधार
    राष्ट्र अनि परिवारका
    बनाउनु प्रेमले अपार ।
    २)
    घर पहिलो पाठशाला
    शिक्षा दिँदा औपचारिक
    बच्चामा ज्ञानको माला ।
    ३)
    बन्दछ संस्कारी सिपालु
    घर देश सजाउने
    असहाय दुःखीप्रति कृपालु ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    //७१//
    —————<•>—————
    बालशोषण हो अपराध
    नगर्नू कसैले पनि
    तोडेर कानुनको साँध ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    //७२//
    —————<•>—————
    १)
    बालबालिका देवता झोलिका
    गरौँ अगाध स्नेह
    कर्णधार हुन् भोलिका ।
    २)
    बालदिवस रहेछ भोलि
    हकअधिकार पाउन् सबैले
    रमाउन् मन खोली ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ

    //७३//
    —————<•>—————
    १)
    भोलिका सुन्दर सपना
    शिक्षाले दिनुपर्छ दर्शन
    रहिरहन्छ मनमा जपना ।
    २)
    आशाका सुन्दर फूलहरू
    फुलाउन सके फूलबारीमा
    हटाउँछन् राष्ट्रका शूलहरू ।
    ३)
    जगाउँ हौसला दिएर
    आशाका हाम्रा दीपहरू
    सुमार्ग असल लिएर ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही

    //७४//
    —————<•>—————
    १)
    बालबालिका हुन् कोपिला
    नफक्रिँदै चुड्नु हुँदैन
    भोलिका हुन् जोसिला ।
    २)
    अधिकारबाट बन्चित नगरौँ
    गिलो माटो हुन्
    समयमै रङ्ग भरौँ ।
    ✍️
    धनमाया चौधरी

    //७५//
    —————<•>—————
    १)
    बालबालिकामा गरौँ लगानी
    शिक्षा दिएपछि हेर
    हुनेछैन कदापि हानी ।
    २)
    बालबालिकालाई बराबर अधिकार
    पढ्ने लेख्ने बेला
    भविष्यकाे सुनिश्चित आधार ।
    ३)
    बालदिवस सफल पाराैँ
    हातमा हात राखेर
    हामी अगाडि साराैँ ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ

    //७६//
    —————<•>—————
    बालअधिकारको यो खेल
    सरकार बन्द गरिँदे
    आउला बाढी भेल ।
    ✍️
    मोहन आचार्य
    पाँचथर

    //७७//
    —————<•>—————
    १)
    भाेलिकाे सपना बालबालिका
    विदेश पठाउन राेकिएन
    बनाई वैदेशिक तालिका ।
    २)
    बालबालिका सन्तान हाम्रो
    उनीहरू भविष्यको कर्णधार
    व्यवहार सिकाओैँ राम्रो ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ

    //७८//
    —————<•>—————
    बालबालिका कर्णधार भोलिका
    उचित शिक्षा सँगसँगै
    संस्कार सिकुन् बोलिका ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    //७९//
    —————<•>—————
    १)
    बालबालिकाको गराैँ आशा
    शिक्षामा लगानी गरे
    हुनुपर्दैन भोलि निराशा ।
    २)
    ज्ञानको श्रोत शिक्षा
    उज्ज्वल भविष्यको लागि
    दिनुपर्छ बालबालिकालाई दीक्षा ।
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर

    //८०//
    —————<•>—————
    १)
    बालबालिका गहना घरका
    मायाले उठ्छ शिर
    कहिल्यै नसम्झाै परका ।
    २)
    बालबालिकाकाे बुझाैँ कुरा
    यातनाले टाढिन्छन सधैँ
    हुँदैन जीवन पूरा ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८काेटमाैला, सल्यान

    //८१//
    —————<•>—————
    बालबालिका बनुन् आधार
    देश अनि आमाबाबुको
    गरुन् सधैँ हेरविचार !
    ✍️
    सन्तु खत्री

    //८२//
    —————<•>—————
    १)
    देशमा छाउँदैन अन्धकार
    दिएमा राम्रो शिक्षा
    बन्छन् भविष्यका कर्णाधार ।
    २)
    चेतनाको सुगन्ध छरी
    फैलाउँछन् शिक्षाको बास्ना
    आफैँले परिश्रम गरी ।
    ३)
    उज्यालो बन्छ घर
    बाँच्दछन् स्वाभिमानी बनी
    बर्सन्न दुःखका कहर ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    //८३//
    —————<•>—————
    १)
    बालबालिका काँचो माटो
    हामी अविभावक भएर
    लगाउनुपर्छ सही बाटो ।
    २)
    चुकाउँदैनन् हाम्रो बोली
    बालबालिकाले देशका लागि
    केही गर्छन् भोलि ।
    ✍️
    लक्ष्मण देउवा, डोटी

    //८४//
    —————<•>—————
    १)
    केन्द्र, प्रदेश, पालिका
    बालबालिकालाई छुट्याउ बजेट
    भोलिका कर्णधार बालबालिका ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

    //८५//
    —————<•>—————
    बालबालिकालाई दिउँ शिक्षा
    स्वावलम्वी बनुन् आफैँ
    नमागुन् कसैसँग भिक्षा ।
    ✍️
    उर्मिला के.शी.
    धनकुटा

    //८६//
    —————<•>—————
    १)
    बालबालिका भविष्यका पूर्वाधार
    संस्कारले सुसज्जित बनाउनु
    बाेक्छन् देशकाे भार ।
    २)
    बालबालिका काँचो माटाे
    दिएर उचित शिक्षादीक्षा
    हिँडाउँ राम्राे बाटाे ।
    ३)
    बालबालिका सक्षम नभएमा
    हुन्न देशकाे उन्नति
    सन्तति विदेश गएमा ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।

    //८७//
    —————<•>—————
    हनन् नहाेस् अधिकार
    असल संस्कार दिउँ
    बन्छन् भाेलिका कर्णधार ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा

    //८८//
    —————<•>—————
    १)
    विद्यालय जान वञ्चित
    बालबालिकाको अधिकार नारामै
    भाषण भयो अतिरञ्जित ।
    २)
    बालक श्रमिक घरमा
    भाषण गर्दै नेता
    कसरी बस्ने भरमा ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    //८९//
    —————<•>—————
    १)
    दमन थिचोमिचो नगरौँ
    बालअधिकार जानौँ हामी
    अबोधमा शिक्षा भरौँ !
    २)
    मनको मैलो भगाऊँ
    बालबालिकाको कोमल मस्तिष्कमा
    असल भावना जगाऊँ !
    ३)
    कणकणमा देवको बास
    बालबालिकाको पीडा बुझी
    जगाऊँ उनीहरूमा आस ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न

    राेटरी क्वल अफ दाङ द्वारा संस्कृत गुरुकुल उत्तरवाहिनी दाङ लाई शाैचालय हस्तान्तरण

  • १९ आश्विन २०८१, शनिबार १६:३७ मा प्रकाशित

  • १९ आश्विन उत्तरवाहिनी दाङ ,
    घाेराही उपमहानगर पालिका वडा नं ७ उत्तरवाहिनी क्षेत्र ,शुक्रवार स्थित संस्कृत गुरुकुलमा Rotary Club of Dang club Id 83999 ले आज एक समाराेहका बीचमा संस्कृत गुरुकुललाई बेसिन सहितकाे ३ काेठे शाैचालय भवन हस्तान्तरण गरेकाे छ ।क्लबका अध्यक्ष दीपक सुवेदीकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंगका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे प्रमुख उपस्थितिमा उक्त शाैचालय हस्तान्तण गरेकाे हाे ।

    प्रमुख अतिथि पाेख्रेलले उद्धाटन मन्तब्यमा भन्नु भयाे – दाङ जिल्लामा संचालन भएकाे संस्कृत गुरुकुल संग प्रारम्भिक अबस्था देखिकै गुरुकुलीय गतिबिधिले आफुलाई धेरै प्रभावित गरेकाे छ ।हाम्राे भाषा र संस्कृतिकाे जगेर्नाकालागि जिल्लामा यस्ता गुरुकुलकाे ठूलाे भूमिका रहेकाले सबै मिलेर सहयाेग गर्न आबस्यक रहेकाे अबस्थामा राेटरी क्लबले यहाँ देखिएकाे टट्काराे समस्यालाई आत्मसात गरि शाैचालय निर्माणकाे प्रमुख भुमिका निर्वाह गरि समाजिक कार्यमा अग्रसरता प्रदान गरेकाेमा अध्यक्ष लगायत सम्पूर्ण परिवारलाई बधाई सहित धन्यवाद ज्ञापन गर्नु भएकाे छ ।आफु पनि यस गुरुकुल संग प्रारम्भिक अबस्था देखिनै जाेडिने माैका पाईरहेकाे सन्दर्भ राख्नु हुँदै पुन :भन्नुभयाे – आफ्नाे तर्फबाट पनि यहाँका वटुकहरुलाई आबस्यक परेका शैक्षिक सामग्री लगायतका बस्तुहरु उपलब्ध गराउनकालागि सक्दाे प्रयास रहने प्रतिकृया जनाउनु भयाे ।

    विद्यालय तथा आश्रमका तर्फबाट प्रकाश भट्टराईले सुरुवाति समयमा शाैचालयकाे टट्काराे समस्यालाई महसुस गर्नुभई आबस्यक खर्च संकलन गरि ब्यवस्था गरिदिनु भएकाले अब यहाँ आवासीय रुपमा रहेर अध्ययनरत ३० जना सहितकाे अन्य आगन्तुकशरुकालागि सहज भएकाे कुरा राख्दै क्लब परिवार प्रति कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नु भएकाे छ । क्लबका तर्फबाट शाैचालय निर्माणकाे जिम्मेवारी लिउनु भएका राेषन दहालबाट यहाँकाे मुख्य समस्याले राेटरी क्लबलाई केही कार्य गर्ने ईच्छा भित्रै देखि लागेकाले बिदेशी नागरिक लिण्डा सहितकाे दाता समुहलाई अभिप्रेरित गरी झण्डै ३ लाख सम्मकाे लागत लागेकाे बिवरण बताउनु भई सहयाेगी Rotary club of Anchorge East , Helping Hands For Nepal ( Linda Jay Jackson तथा राेटरि क्लब अफ दाङका राेटरियन साथिहरु सहितकाे परिवार प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्नु भएकाे छ ।अन्य मन्तब्य राख्नु हुनेमा समाजसेवी प्रकाश श्रेष्ठबाट गुरुकुललाई शाैचालय हस्तान्तरणका लागि सबैलाई बधाई दिदै शाैचालयकाे सुरक्षा र सरसफाईमा ध्यान पुर्याउनकालागि सम्बन्धित पक्षलाई सुझाव प्रदान गर्नु भएकाे छ । अन्तमा अध्यक्ष दीपक सुवेदीद्वारा सेवा गर्ने माैकाकालागि गुरुकुल परिवारलाई धन्यवाद सहित आगामि दिनमा पनि सहकार्य गरेर जाने प्रतिवद्धता सहित सबै प्रति आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भयाे । क्लबका सचिब बुद्धि प्रकाश शर्माद्वारा संचालित कार्यक्रममा उद्घाटनकाे अबसरमा वटुकहरुबाट स्वस्ति वाचन गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on राेटरी क्वल अफ दाङ द्वारा संस्कृत गुरुकुल उत्तरवाहिनी दाङ लाई शाैचालय हस्तान्तरण

    साताका उत्कृष्ट झिल्काहरू- २९

  • १९ आश्विन २०८१, शनिबार ०७:१२ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २९ का लागि झिल्काकारत्रय अर्जुन प्रसाद चौलागाईँ, रबि पौडेल र लक्ष्मी रिजालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    _____________________
    [१]
    १.
    उठ्छु बिहान सबेर
    योग, प्राणायाम, ध्यानमै
    जान्छ समय हेर ।
    २.
    बिहानको समय महत्वपूर्ण
    यस्तो विचार गर्दा
    शरीर हुन्न अपूर्ण ।
    ३.
    ध्यान पुर्याऊँ सबैले
    शरीरलाई स्वस्थ राख्न
    थालौँ अब आफैँले ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी
    <<<<<<•>>>>>>

    [२]
    १.
    बाढी पहिराे आयाे
    भयाे जनजीवन अस्तव्यस्त
    धेरैकाे ज्यान खायाे ।
    २.
    निरन्तर जान्छ पहिराे
    सडक अवरुद्ध छन्
    पिर पर्‍यो गहिराे ।
    ३.
    गरिबका सपना बग्याे
    बाढी अनि पहिराेले
    भएका सामान लग्याे ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    <<<<<<•>>>>>>

    [३]
    १.
    मुखले बरबराए भाइ
    विपरीत नगर्न भन्दा
    रहे मनमौजीमा दाइ ।
    २.
    हिसाब त मिलाएको
    कताबाट चित्त बुझेन
    चुहिने गोजी सिलाएको ।
    ३.
    कचकचमा व्यस्त छोरा
    भनेको मनमा नराखे
    बोक्नुपर्ला भविष्यमा बोरा ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप-१२, रूपनगर, सप्तरी
    _____________________

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का3 Comments on साताका उत्कृष्ट झिल्काहरू- २९

    किरात धर्मको मिथकीय शीर्षक ‘बुन्छत’ लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

  • १५ आश्विन २०८१, मंगलवार ०६:५८ मा प्रकाशित
  • म्यामराज राईकाे लघुकथासङ्ग्रह ‘बुन्छत’ २०८१ साल वैशाखमा प्रकाशित कृति हाे । हतुवागढी- ६ हाेम्ताङ भाेजपुरमा जन्मिएका राई जाेगबहादुर र आशबुङका छाेरा हुन् । स्नातक तहसम्मको अध्ययन गरेका राई पछिल्लो समय जापानमा बस्दै आएका छन् । साहित्यमा विशेष रूचि र लगाव भएका म्यामराज राई जापानमा बसेर पनि निरन्तर साहित्य साधनामा सम्लग्न छन् । नमस्ते आधुनिक लघुकथा मञ्चसँग प्रत्यक्ष रूपमा जाेडिएर काम गर्दै आएका राई समितिकाे सक्रिय सदस्य छन् । उनले लेखन तथा सम्पादन कार्य गरेकाे पाइन्छ । मूलतः कविता तथा लघुकथा सिर्जनामा सक्रिय राईका ‘हाम्रो बाटो'लघुकथासङ्ग्रह (२०७९), ‘बुन्छत’ लघुकथासङ्ग्रह (२०८१) का साथै ‘महक'टुक्का कवितासङ्ग्रह (२०८०) प्रकाशित छन् । यिनले खिम्दुङ् काेसेली साहित्यिक द्वैमासिक हवाई पत्रिकाका साथै लघुकथाकाे सुगन्ध अङ्क ४ र ५ काे सम्पादक भई काम गरेको देखिन्छ ।

    म्यामराज राईकाे पछिल्लो प्रकाशित कृति `बुन्छत´ लघुकथासङ्ग्रहमा ५४ वटा फघुकथाहरू समाविष्ट छन् । विविध समसामयिक विषयकाे प्रधानता रहेकाे यस सङ्ग्रहका कतिपय लघुकथाले अत्यन्त पृथक विषयलाई समेत प्रस्तुत गरेको देखिन्छ । यसको एउटा महत्त्वपूर्ण नमुना ४४ औं क्रममा रहेकाे ‘बुन्छत’ हाे । किराँत मिथकमा आधारित यस लघुकथाले किराँत जातिको बुन्छतप्रतिकाे आस्था विश्वासलाई प्रस्तुत गरेको छ । बुन्छतका तीन आकृतिमा ज्ञान, शक्ति र सुरक्षाको प्रतीक रहेको आस्थापूर्ण भाव लघुकथामा प्रस्तुत गरिएको छ ।

    बुन्छत लघुकथासङ्ग्रहमा समाविष्ट रचनाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका लघुकथाहरू समाविष्ट छन् । विषयगत विविधता रहेका यस सङ्ग्रहका लघुकथामा नैतिक अनैतिक सन्दर्भ, राजनीतिका सकारात्मक नकारात्मक क्रियाकलापहरू, मित्रताका सकारात्मक तथा नकारात्मक पक्षजस्ता विषयहरू समावेश गरेका छन् । अरूका देशको अनुशासित वातावरण देखेर प्रशंसा गर्ने तर आफूमा त्यसप्रकारकाे परिवर्तन नल्याउने नेपालीको प्रवृत्ति, जड्याहालाई स्वास्थ्य भन्दा नसाकाे माया हुने, आर्थिक अभावले दिने भय र पीडा, अरूलाई गुर्जाेकाे गफ लगाउने तर काेराेना लागेपछि हस्पिटल पुग्ने व्यापारी, डिग्री गरेर पनि शुद्ध नेपाली बाेल्न नसक्ने अवस्थाप्रतिकाे व्यङ्ग्य राईका लघुकथामा पाइन्छ । गीत सङ्गीतका क्षेत्रमा विवादित भए पनि नाफा हुने गरेको वास्तविकता, वनका पशु समस्या, नेपालीले प्रकृतिको दाेहन गर्ने गरेकाे यथार्थका माध्यमबाट व्यङ्ग्य प्रहार गरेको पाइन्छ । टिकटकका कारण हुने गरेका दुर्घटना, नारीहरूकाे गहना कपडाको आशक्ति, नयाँ पुस्ताको शहर माेह, गाउँ फर्कनु पर्दा आत्महत्या गर्ने प्रवृत्तिजस्ता मार्मिक सन्दर्भलाई राईले आफ्ना लघुकथामा उठाएको पाइन्छ ।

    सरल भाषाशैलीकाे प्रयोग गरि सहज र बाेधगम्य लघुकथा सिर्जना गर्ने राईले आफ्ना लघुकथाका माध्यमबाट कतै विकृति विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेको पाइन्छ भने कतै नैतिक उपदेश तथा सकारात्मक सन्देश सम्प्रेषण गरेकाे पाइन्छ । लघुकथा लेखनमा समर्पित भएर लागेका राईका लघुकथाहरू उत्तराेत्तर परिष्कृत हुँदै गएका छन् ।

    समीक्षक : डा.शंकरप्रसाद गैरे
    लेखक : म्यामराज राई
    कृति : बुन्छत
    विधा : लघुकथा
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    प्रकाशन वर्ष : २०८१, वैशाख
    मूल्य : ३३३/-

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged म्यामराज राई, लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on किरात धर्मको मिथकीय शीर्षक ‘बुन्छत’ लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

    पहिलो नजरमा अवधेश सिंह र उनको ‘मरजाद’

  • १४ आश्विन २०८१, सोमबार २०:२५ मा प्रकाशित
  • सर्जक- अवधेश सिंह
    समीक्षक- लक्ष्मण अर्याल

    लघुकथाकार अवधेश सिंहको जन्म २०१४ सालमा सिराहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका ४, ब्रह्मपुरीमा भएको हो । गणपति सिंह र अञ्जनदेवी दनुवारका कनिष्ठ पुत्ररत्न हुन् उनी । हाल उनको बसोबास काठमाडौँको नागार्जुन गाउँपालिका २, शान्तिटोलमा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा र यु.एस.ए.बाट Teaching English to the Speakers of Other Languages विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा आर्जन गरेका सिंहको मुख्य पेसा प्राध्यापन भए पनि हाल उनी अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका छन् । वि.सं. २०३६ सालतिर ‘दुपहरिया मे डुबैत सूर्य’ शीर्षकको कथा प्रकाशित गराएर साहित्ययात्रामा लागेका सिंहको ‘अवोध अभिलाषा’ शीर्षकको लघुकथा नै पहिलो लघुकथा हो जुन ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ नामक लघुकथाप्रधान फेसबुक पत्रिकामा २०७६ सालमा प्रकाशित भएको देखिन्छ ।

    ‘मरजाद’ लघुकथाकार सिंहको पहिलो प्रकाशित लघुकथासङ्ग्रह हो । प्रकाशन संस्था नमस्ते आधुनिक लघुकथा मञ्च र प्रकाशन वर्ष २०८१ वैशाख रहेको यो कृति एक मात्र प्रकाशित साहित्यिक पुस्तकका रूपमा दखिएको छ । हुनत सिंहका ‘मरजाद’का अतिरिक्त अन्य ४ वटा कृतिहरू पनि प्रकाशनमा आएका छन् । उनका साहित्येतर ४ कृतिमध्ये ३ वटा अङ्गेजी भाषामा र एउटा नेपाली भाषामा लेखिएको छ । अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू अङ्ग्रेजी भाषा सम्बद्ध नै छन् भने नेपाली भाषामा लेखिएको कृति दनुवार संस्कृतिको चिनारीसँग सम्बन्धित छ । आफ्नो भाषा र संस्कृति मासिए पहिचान पनि बिलाउँदै जान्छ । पढेलेखेका मानिसहरूले आफ्नो भाषा अनि संस्कृतिलाई बिर्सिंदै गएको आजको सन्दर्भमा दनुवार संस्कृतिसँग सम्बन्धित यो पुस्तक निकै उदाहरणीय पनि रहेको छ ।

    ‘मरजाद’मा ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । यी मध्ये एकपदीय र द्विपदीय संरचनाका शीर्षकहरू २६/२६ वटा छन् भने चतुष्पदीय संरचनाका शीर्षक २ वटा छन् । मर्यादा अर्थ बोकेर आएको कृतिको मूल शीर्षक आकर्षक छ तर यो शब्द प्रयोगमा अचाक्ली आइरहने शब्द भने होइन । यो शब्द लेखकको गाउँठाउँतिर बढी प्रयोग गरिने पनि हुनसक्छ । आयामका दृष्टिले ५३ वटा लघुकथाहरू २/२ पेजका र एउटा १ पेजको छ । भूमिका, विषयसूची (लघुकथा क्रम भनिएको) र अन्यका लागि १२ पेज र लघुकथाको पाठ्य रूपका लागि १०७ पेज खर्चिएको छ । लघुकथाका विषयहरू हाम्रै समाज वरपरका नै छन् । लेखकले कोरा कल्पनालाई यथार्थिक कल्पनालाई नै बढी महत्व दिएका छन् ।

    ‘मरजाद’भित्रका लघुकथाहरूलाई सर्सर्ती हेर्दा कुनैमा शीर्षक प्रभावी छ भने कुनैमा विषयवस्तु प्रभावी छ । कुनैमा सामाजिक यथार्थ बलियो बनी आएको छ भने कुनैमा आदर्शतिर ढल्किएको स्थिति छ । कुनैमा परिवेशको सजीव वर्णन छ भने कुनैमा स्थानीय भाषासंस्कृतिको रङ्गीन तस्बिर छ । कुनैमा कर्मवादी चिन्तन हावी छ भने कुनैमा शैक्षिक जागरणको स्वरलाई बुलन्द बनाइएको छ ।

    अन्त्यव्यवस्थापनका दृष्टिले अधिकांश लघुकथाहरू सशक्त नै छन् । लघुकथाहरूमा व्यङ्ग्य सघन छ । सम्वाद प्रभावकारी छन् । भाषा सरल र कताकति स्थानीय रङ घोलिएका छन् । लघुकथामा नेपालीमा कमै प्रयोग गरिने तत्सम शब्द पनि यदाकदा टुप्लुकिन्छन् । यस्ता शब्द प्रयोग गर्दा लेखकले निकै ध्यानपूर्वक प्रयोग गरेकाले पढ्दा ती बिझाउने खालका भने छैनन् । लेखकले सङ्ग्रहका लघुकथालाई त्यत्तिकै लहडमा नलेखी सोची–बुझी–संझी लेखेका हुन् भन्न सकिने ठाउँ छ । लेखनमा परिपक्वता झल्किएको छ । लेखकमा अन्तर्निहित बौद्धिक व्यक्तित्वले लघुकथा लेखनमा उनलाई राम्रै सघाएको छ । तर यति हुँदाहुँदै पनि ठाउँ ठाउँमा मुद्राराक्षसले भने बिछट्टै सताएको भने छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on पहिलो नजरमा अवधेश सिंह र उनको ‘मरजाद’

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ सम्पन्न

  • १२ आश्विन २०८१, शनिबार १३:२७ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    उसको आज आएन
    भोलिले जुग खायो
    गाइएको गीत गाएन ।
    २,
    लम्बेतान कहानी कह्यो
    कसले देख्यो अरुण ?
    अनगिन्ती पानी बह्यो ।
    ३,
    आजले भोलि ठेलिरह्यो
    पहाडको दु:ख सम्म्याउन
    हिजोले आज पेलिरह्यो ।

    • म्यामराज राई
      …
      १,
      रहरले होकी करले
      बाँचेका खाना नपाई
      गरिब दुःखी तरले ।
      २,
      आँसु कसैले नदेखोस्
      अर्काको खोसेर नखानु
      दुःख सधैँ मेटोस् ।
      ३,
      हजार सपना देख
      कर्म गरेर देखाऊ
      झिल्का सधैँ लेख ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      टुप्पोबाट पलाउने नासिन्छ
      घमण्ड बढ्छ मनमा
      उचालिँदै तल भासिन्छ ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      तिम्रो वचन कस्तो
      बिजाई मुटुमा चसक्क
      किन गर्‍यो यस्तो ?
      २,
      कसरी भुलौँ अतितलाई?
      कोशिस जारी राखें
      सकिएन बस्न रमाई ।
      ३,
      भुल्न प्रयास गरेँ
      त्यही भएर ठाउॅं
      छोडी अन्तै सरेँ ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      मलाई भेट्न बोलाएर
      केही कुरा नबोली
      चुपचाप बस्यो टोलाएर ।
      २,
      पहाडमा दिनदासा सुरु
      विकासको काम छैन्
      पहिरो खस्छ खुरुखुरु।
      ३,
      मायाको कुरा गर्‍यो
      सॅंगै बस्छु भन्दा
      ऊ पछाडि सर्‍यो ।
    • ललिता गिरी सिन्धुली
      …
      १,
      माफी माग्नुपर्ने मैले
      बिनासित्ती तिमी झुकिदियौ
      आफ्नैले सताउँछन् ऐले।
      २,
      हिॅंड्यौ बिरालोको चालमा
      घचाडेर लडाए साथीहरूले
      जुवाडे, फटाहाहरूको खालमा।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      संविधानभन्दा पनि माथि
      कोही हुन सक्दैनन्
      होइन त साथी!
      २,
      संविधानमा मौलिक हक
      छ उल्लेख गरिएको
      लाग्छ बोल्नलाई धक।
      ३,
      वीर योध्दाको योगदान
      भन्दछन् फेरि सबै
      उत्कृष्ट नेपालको संविधान।
    • सतीश पण्डित, भानु -६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      हिजोआज प्रेममा परे
      थाहा छैन खोइ !
      मैले के गरे ?
      २,
      बाउले गर्छन् गाली
      हिजोपनि कुटेका हुन्
      उचालेर हलोको फाली ।
      ३,
      दिमाग घुम्छ किन ?
      मैले सक्दिन तिमीलाई
      चोखो माया दिन ।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      बतास यहाँ चल्दैछ
      होसियार दलाल हो
      तिम्रो सत्ता ढल्दैछ ।
      २,
      यहाँ भाँड्नसम्म भाँडिसके
      नभएको सपना देखाइ
      यहाँ ढाँट्नसम्म ढाँटिसके ।
      ३,
      यहाँ खोला तर्दैछ
      जीवन गइसक्यो फेरि
      यिनकै भर पर्दैछ ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      लगाएको ढाका टोपी
      कति राम्रो सुहाएको
      कालो कपाल छोपी ।
      २,
      बसिन् उनी थचक्क
      आइ मेरो काखैमा
      भयो मन चसक्क।
      ३,
      भाषण एउटा कुरा
      मख्खै पारी बोल्छन्
      भित्र चलाई छुरा ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा
      …
      १,
      देश बेचेर खायो
      जनता चुपचाप छ
      नेता धेरै रमायो।
      २,
      लिम्पियाधुरा नेपालको भन्छ
      खाना पाए चुपचाप
      अनि देश बन्छ?
      ३,
      शरणार्थी काण्ड कता ?
      सुनिन्दैन आवाज अहिले
      भ्रष्टाचारी गए जता।
    • एवाइ प्रभात, सहिदभुमि, धनकुटा
      …
      १,
      जिन्दगी त्यसै चल्दैन
      मेहनत नगरे कसैले
      चुलोमा आगो बल्दैन ।
      २,
      नाजिक बनेर आयो
      आफू राम्रो भएर
      मलाई नराम्रो बनायो ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      मन सकिँदैन सिउन
      सङ्घर्षले सिकाउँछ यहाँ
      साहसिक जीवन जिउन ।
      २,
      बेकार जगमा लुकेर
      तरुवर बृहत् भए
      आखिरमा जाने सुकेर ।
      ३,
      बाधा हुनेछ बेअसर
      नित्य चिन्तन गरेमा
      जीवनमा नरहने कसर ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      फुरफुर नगर नासिन्छ
      घमण्डी चालको विचार
      आफै यहाँ भासिन्छ।
      २,
      कस्तो रहेछ चाला
      अरूलाई मारेर जिउने
      पर्ला अरूको पाला।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      भ्रम मात्र छर्छन्
      पुरा गर्छु भन्दै
      झुटा आश्वासनले भर्छन् ।
      २,
      गर्दै कुरा खासखुस
      यताउता मिलेन भन्दै
      नेताहरूले खाइरहन्छन् घुस ।
      ३,
      निकाल्न सक्नुपर्छ जुक्ति
      यो घुसखोरी नेताबाट
      कसरी पाइन्छ मुक्ति ?
    • हिरामाया श्रेष्ठ, गजुरी -१, धादिङ
      …
      १,
      प्रेम अचम्मको हुने
      एकैछिन बोल्न नपाउँदा
      मन धेरै रुने ।
      २,
      टुप्पोबाट पलाएको मातिन्छ
      बढ्छ अहङ्कार धेरै
      आखिरमा छिनैमा मासिन्छ।
      ३,
      मनको कुरा लेखेर
      भविष्य आफै बनाऊ
      सुन्दर सपना देखेर ।
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      जनताको राज भन्छन्
      आफै टन्न खाई
      भोट मात्रै गन्छन् ।
      २,
      नेताको भ्रष्ट मति
      जनताको ॲाखामा आँसु
      हाम्रो देशको गति ।
      ३,
      सम्पतिको भण्डार गन्छ
      जनतालाई चाहिन्न केही
      छादुन्जेल खाएर भन्छ ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      सम्भावनाको घर
      विदेश दौड़ने बाध्यता
      हातमुख नजोरिने डर ।
      २,
      माटो सुहाउँदो रोजगारी
      मजबुत समृद्धिको बाटोमा
      भरौँ सिर्जनाले खेतबारी ।
    • ममता पौडेल, बुढीगङ्गा -२,मोरङ
      …
      १,
      हिजोआज अनि भोलि
      आजको सदुपयोग गरौ
      अवश्यै भरिनेछ झोली।
      २,
      जीवन एक यात्रा
      हिडेँ चोटि पुगिन्छ
      न हिडेँ जात्रा।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      …
      १,
      परेको छ गारो
      पाखुरीले साथ दिँदादिँदै
      नहेप यति सारो ।
      २,
      लेख्नु धेरै थियो
      अधिकार आउला भनेर
      हेर्दाहेर्दै संसदले पियो ।
      ३,
      शिक्षक आन्दोलन आयो
      सहमतिलाई जेल पठाउँदा
      कसले के पायो ?
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      जो अन्याय अत्याचारी
      अधोगति देख्छौ देख्दैनौ
      ए काला भ्रष्टाचारी ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      संविधान देखाउने लेखियो
      न्याय छैन गरिबलाई
      हत्यारा बाहिर देखियो ।
      २,
      रास्ट्रको अपमान गर्दै
      नेता राजनीति गर्छन
      आफ्नो झोला भर्दै ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरी ।
      …
      १,
      श्रमिकले पाउने अधिकार
      दिन गाह्रो मालिकलाई
      गर्छौ किन प्रतिकार ?
      २,
      रुझिभिजि रोज कमाएको
      मालिकलाई नाफा पुर्‍याएर
      पाउने हक जमाएको ।
      ३,
      सङ्घर्ष भएर पहिले
      आफ्नो अधिकार पाउनलाई
      चाडपर्वको मुखमा जहिले ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ।
      …
      १,
      धोका दिन्न भनेर
      हिसाब चुक्ता गरायो
      पाई पाई गनेर ।
      २,
      विश्वासघात भयो भन्दै
      पश्चात्ताप गर्छ ऊ
      दुःखले विह्वल बन्दै !
      ३,
      सुन्दर फूल देखियो
      लोभि नजर दौडाई
      काँडा मात्रै टेकियो।
    • विवश पारदर्शी, झापा
      …
      १,
      हेर सारा गगन
      बादल वर्षालाई हाँस्दै
      सकेको पीडा सहन !
    • आर्त अकुलीन
      …
      १,
      दु:खको घैलो फोडिॅंदैन
      कुनै काम नभएपछि
      हातमुख पनि जोडिॅंदैन ।
      २,
      नगर्दा हुन्छ रहर
      गधा धोएर गाई
      बनाउन सक्दैनौ जिन्दगीभर ।
      ३,
      भ्रममा रुमलिन्न मित्र
      लाग्न थाल्यो तिम्रो
      नेताको जस्तो चरित्र ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      दुःख सम्झी नरुनु
      सुख अवश्यै आउँछ
      सधैँ सकारात्मक हुनु।
    • अरुण कुमार भुजेल, दार्जीलिङ्ग भारत।
      …
      १,
      ठोकेर मुटुमा किला
      खोज्दैछे ओठमा मुस्कान
      छन् आँखा रसिला ।
      २,
      सपना अपूरो अधुरो
      चारैतिर छ अन्धकार
      जीवनको ज्योति मधुरो ।
      ३,
      कालोनिलो निस्पट्ट सगर
      लाग्दैछ आजकल मलाई
      जिन्दगी मरुभूमि बगर ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      भन्नलाई स्वयम् मेरो
      सिन्दुर लगाई जग्गेमा
      घुमाइदिनु उसलाई सातफेरो ।
      २,
      दिन पनि खुलेको
      आहा! दशैँको बहार
      धान पनि झुलेको ।
      ३,
      घाम लाग्यो घमाइलो
      दिनमा गर्मी भएपनि,
      लाग्छ साह्रै रमाइलो ।
    • अमृत कोइराला, पोखरा
      …
      १,
      कोही नपाएर खान
      भोको यहाँ सबै
      सन्तुष्टि खोज्न जान।
    • सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
      …
      १,
      कसरी खोलूँ बह ?
      चम्किलो रातमा देखिन्छ
      जमिएला सुखको दह !
    • जनक बिसी, दक्षिणभारत कोचिन
      …
      १,
      आयो महिमा शारदको
      धरती अति शोभायमान
      भयो अन्त्य मेघको ।
      २ ,
      झुल्यो धानबाला खेतमा
      सयपत्री मखमली हाँस्यो
      रम्यो तनमन उल्लासमा ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनपा १४ साँगाबजार
      …
      १,
      उजाड भएपछि पाखाहरू
      सुख्खा रहे यहाँ
      हेर्ने पनि आँखाहरू ।
      २,
      आउँदैछन् हाम्रा चाडपर्व
      सुखद बनून् क्षणहरू
      लागोस् सबैलाई गर्व ।
      ३,
      सुनौलो रहोस् बिहान
      अन्तिम गन्तव्य हाम्रो
      केवल हो चिहान ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      चाड पर्वको भेल
      चामल छैन घरमा
      कसरी पकाउने सेल ?
      २,
      विदेशिएको छोरा टाढा
      दिलमा स्नेहको भावले
      बल्झन्छ घाउ गाढा ।
      ३,
      सुचना संचारको नाउमा
      प्रवेश भएर आजकल
      छाडा केटाकेटी गाउॅंमा ।
    • हिरालाल न्यौपाने, बानपा ८ काेटमाैला सल्यान
      …
      १,
      देश बेथितिले चल्छ
      अराजक जातततै देख्दा
      युवाको मन जल्छ।
      २,
      खेत बाँझो देखिन्छन्
      बन्द छन् उद्योगहरू
      युवा जति बेचिन्छन् ।
      ३,
      नेताको झगडा हुन्छ
      जनताले दुःख पाउने
      गुनासो कसले सुन्छ?
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      भित्रिँदै छन् चाडपर्व
      महङ्गी आकाशियो झनै
      लागेन खासै गर्व ।
      २,
      खेतबारी बाँझो राखेर
      लहैलहैमा हिँडेका युवा
      फर्किन्छन् दु:ख चाखेर ।
      ३,
      नभुलौँ भाषा भेषलाई
      गरेर पौरख यहीँ
      स्वर्ग बनाऔँ देशलाई ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      सत्य कहाँ गएछ
      यो धर्तीमा कसैलाई
      फूल काँडा भएछ ।
      २,
      जात्रा देखाए धेरै
      असल आफू मात्रै
      हारेर जित मेरै ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      सुखमा खुसी हुन्छ
      सम्हाल्न जानेन भने
      दुःखमा परेर रुन्छ !
      २,
      खास कोही भेटिएन
      भ्रममा पार्ने मात्रै
      अन्योलको वातावरण मेटिएन !
      ३,
      परिक्षा लिँदा दिँदा
      जीवनले मोड फेर्छ
      बेला बेला झुकिॅंदा !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
      …
      १,
      रङ्गिॅंदै छन् गाउँघर
      चाडपर्वले छोएर होला
      रित्तिॅंदै छन् शहर ।
      २,
      सुनसान परदेशको बसाइँ ,
      याद आउँछ गाउँघरको,
      बस्नुछ आँखा रसाई ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      सुन्दर जीवनको पाटो
      अकालमै चुँडेर यसलाई,
      नबनाऔॅं माटोको धुलो ।
      २,
      जीवन कर्कलाको पानी
      सुख दुःखसॅंग जुधेर,
      सबैले कटाऔॅं जिन्दगानी ।
      ३,
      मन बनेमा निराश
      दिक्क लाग्ने बाँच्नलाई,
      खुसीको नहुने आस ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      जोडी राधाकृष्ण जस्तै
      देखियो हजुरको पनि
      प्रसंशा चौतर्फी प्रशस्तै ।
      २,
      दुरी बढ्यो अचेल
      हामीबिचको आज किन ?
      हुनुपर्ने देखियो सचेत ।
      ३,
      कहानी राम सिताको
      लेख्नुपर्ने भयो फेरि
      आउॅंछ यो युगबिनाको ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      पाउन छोड्यो रासन
      अहोरात्र रुन्छ देश
      निरङ्कुश भयो शासन !
      २,
      मत्स्य न्याय भयो
      खोसिए मौलिक हक
      आशा भरोसा गयो ।
    • ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
      …
      १,
      जताततै घेरेको अभावले
      गरी खाने ठाउँबाट
      हटाइएछ राजनीति दबाबले।
      २,
      अधिकार पाउने आसमा
      खान छैन पेटभरि
      फर्के चरी बासमा।
      ३,
      कहिले पाउने अधिकार
      लडाइँको मैदान खाली
      गर्छ कस्ले प्रतिकार ।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      बादलले पानी पार्दछ,
      दुखलाई बाँडेर नलिए
      सहर्ष आँसु झार्दछ।
      २,
      रुखमा कोइली करायो,
      वसन्त आएको देखेर
      वर्षाद ऋतु डरायो।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      समयमै सोच्नुपर्छ अब
      पछुतो मानेर हुदैन,
      बिग्रन सक्छ जब।
      २,
      मान्छे भन्न डराउॅंछ
      आखालाई दोष किन,
      मनले मन पराउॅंछ।
      ३,
      मन पराउनु राम्रो
      धोका नदिनु कसैलाई,
      बैगुनी बानी हाम्रो।
    • शंकर कार्की
      …
      १,
      केहि लेख्न खोजे
      शवहरूको माला उनेर
      झिल्का कविता रोजे ।
      २,
      भावना पोख्ने ठाउँ
      साहित्यमा कविता हेर
      तीन लाइनको नाउँ ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      आँशुले मुख धोएर
      समस्या झनै बल्झिन्छ
      हुँदैन समाधान रोएर!
      २,
      चाहना थिएन भन्ने
      आशा लागेर हो
      तिम्रो नजिक बन्ने!
    • मन्दिरा सेढाई, मलेखु,धादिङ
      …
      १,
      राष्ट्रिय नेता रमाए
      निर्दोषको पसिनामा
      कस्तरी हैकम जमाए।
      २,
      सदमा हल्ला चल्दैछ
      भ्रष्टाचारी नेताले आज
      निर्दोसको आँखा छल्दैछ।
      ३,
      भयो सबैलाई थाहा
      नेताको भाषण शैली
      सबैलाई भयो चाहा।
    • कला ढकाल, झापा
      …
      १,
      स्वार्थी मानिसको जात
      बेकम्मा बन्दैछ आफू
      उठाउन नजान्दा हात।
    • कोपिला अधिकारी, गोरखा
      …
      १,
      बढायौ अचेल दुरी
      नढाँटीकन भन लौ
      के पर्यो मजबुरी?
      २,
      मायाप्रीतिको सुँइको पाए
      अबदेखि तिमीसँग भेट्न
      घरमै प्रतिबन्ध लगाए l
      ३,
      नबस्नु कत्ति पिरमा
      मायाको जित हुनेछ
      रहेछ भने तक्दिरमा l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      जनता दुःखमा घेरेको
      छैन अलिकति फिकिर
      नेता टुलुटुलु हेरेको।
    • बिरेन्द्र चौधरी, इटहरी, सुनसरी
      …
      १,
      देखाउनेको भिड लाग्छ
      भित्री कुरा बुझ्दैनन्
      उसकै पछि भाग्छ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      मनैबाट निकालौँ तितोपिरो
      एकैबारको जिन्दगी बाँच्दा
      बनाऔॅं सबैले सुवासिलो।
    • विष्णु पंगेनी(पाण्डे ), वालिङ -स्याङ्जा
      …
      १,
      शरद् महिना आयो
      गाउँ घरमा रमाइलो
      चाडपर्वमा खुसी छायो ।
      २,
      साहुले दिएको ऋण
      हुन्छ होला अप्ठ्यारो
      हुनेछ तिर्न घृण !
      ३,
      खर्चमा नहौसनु पर्वमा
      एक छाक अन्न
      अघाएर परौँ गर्वमा
    • बेदु न्यौपाने
      …
      १,
      भ्रष्टले मृत्यु देख्दैन
      लुट्छ जीवनभर देशलाई ,
      इज्जतले नाम लेख्दैन।
      २,
      इमानीले गर्छ कर्म
      अँगाल्छ सेवाको धारणा ,
      गर्छ ठूलो धर्म।
      ३,
      भोलि बिहान हुनेछ
      उदाउनेछन् कोही इमानी ,
      दुःखीको मन छुनेछ।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      मेटिन्छ कहिले आशा,
      लासको श्वासमा अडी ,
      चाडमा नखेल्नु पासा ।
      २,
      रुपैया खल्तीमा भए
      भइन्छ पीडामा हेर
      आवेग भेलमा गए ।
      ३,
      त्यसैले समय गति,
      बुझेर मानिस हिॅंडे ,
      सुध्रिन्छ उसको मति ।
    • जी.वि.कश्यप, घोराही, दाङ
      …
      १,
      आफ्नो कर्तव्य बुझौँ
      कान छाम्ने गर्नुपर्छ
      समयमै सबै सुझौँ ।
      २,
      धानको बाला लहराएको
      परिश्रमी किसान हर्षित
      दसैँको तरङ्ग तरङ्गाएको ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      समयले फन्को मार्‍यो
      उकाली ओराली गर्दै
      अघि बाटो सार्‍यो ।
      २,
      भर्न खोजीमा रहेछु
      हरेक इच्छाका झोलीहरू
      सबै कुरा सहेछु ।
      ३,
      भत्किन्छ सपनाको महल
      बनाउने कोसिसमा हुन्छु
      खुसीको गर्छु पहल ।
    • पुष्पा राई, बादेल, खाेटाङ ।
      …
      १,
      मुटुको हुन्छ चिरफार
      प्रेमको घारीमा पसेपछि
      नहुने रहेछ उपचार ।
      २,
      हरपल उसैको चाहना
      बुझ्नेले नबुझ्नेपछि बेकार
      मुटुभरि गुम्सिएका भावना ।
      ३,
      गर्छु आज वारपार
      निकाली फाल्छु उसलाई
      ठानी काँडे झार।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      गर्छौँ हामी गर्व
      राम्रो लाग्छ हामीलाई
      हाम्रै आफ्ना चाडपर्व ।
      २,
      हाम्रो संस्कृति बचाऔॅं
      मौलिकता बचाई राख्न
      सारा विकृति हटाऔॅं ।
      ३,
      आचार विचार हाम्रो
      सादा जीवन जिउँदा
      हुन्छ सधैँ राम्रो ।
    • जयनारायण नेपाल, इलाम ,सूर्य विनायक २, बालकोट ,भक्तपुर ।
      …
      १,
      दसैँ पनि आयो
      नेपाली मनहरूमा सधैँ ,
      हर्ष खुसीले छायो ।
      २,
      आउँदैछन् देशमा चाडपर्व
      नेपाली हुनामा मलाई ,
      लाग्छ सधैँ गर्व ।
    • श्रीकृष्ण धामी, बझाङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता3 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- २८

  • १२ आश्विन २०८१, शनिबार ११:०८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २८ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २८ का लागि झिल्काकारत्रय नवराज भट्ट, सुनगाभा पोखरेल र भुपेन्द्र के.सी.का उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    हेर सरकारकाे चाल
    धम्क्याउँछ उल्टै दाेषी
    कानुनको छ बेहाल ।
    २.
    गल्ती नगर्ने डर्दैन
    गर्छ निर्धक्क सामना
    कदापि पछाडि सर्दैन ।
    ३.
    सुशासन कायम गर्नू
    नत्र भ्रष्टाचार राेकिन्न
    यसमा अगाडि सर्नू ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर


    [२]
    १.
    परिरहेछ भदौरे झरी
    गुन्जन पानीको थोपाको
    भेट्नु मायालाई कसरी ?
    २.
    मौलिक हाम्रा चाडपर्व
    हुन् धरोहर खुसीका
    साच्चिँकै लाग्छ गर्व ।
    ३.
    कलिला उमेरका नानी
    हुन्छन् खुल्ला दिलको
    सबैसँग हाँसिरहने बानी !
    ✍️
    सुनगाभा पोखरेल


    १.
    चलिरहेछ पितृ पक्ष
    श्रद्धाभावले अर्पण गराैँ
    दान पितृदेव समक्ष ।
    २.
    पूर्वजले आँखा देखाए
    सानामा हुर्काई बढाई
    हामीलाई टाठाे गराए ।
    ३.
    ठूला भयाैँ अहिले
    अझै ज्ञानी बन्नुछ
    घमण्ड नगरौँ कहिले ।
    ✍️
    भुपेन्द्र के.सी.



    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २८

    पार्वती घिमिरे पौडेलकाे “काटाैँ दाउरा घाँस” सार्वजनिक

  • ९ आश्विन २०८१, बुधबार २०:५४ मा प्रकाशित
  • नुवाकाेट पञ्चकन्या गाउँपालिका २ कविलास निवासी पार्वती घिमिरे पाैडेलले स्थानिय मठ मन्दिर र पर्यटकीय स्थानहरूकाे वर्णन गर्दै तयार पारेकाे लाेकगीत काटाैँ दाउरा घाँस हालै सार्वजनिक भएकाे छ ।

    पार्वती घिमिरे पाैडेलका शब्दहरूमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीले स्वर दिनु भएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा डा.के.पि.पाैडेल, रितु बस्नेत, पार्वती घिमिरे पाैडेल लगायत स्थानिय वासिन्दा तथा केही साहित्यकारहरूकाे समेत अभिनय रहेकाे छ ।

    “पार्वती घिमिरे पाैडेल” नामक युट्युव च्यानलबाट सार्वजनिक भएकाे उक्त लाेकगीतकाे बारेमा बाेल्दै पाैडेलले स्थानिय परिवेशकाे हुवहु चित्रण गर्ने प्रयास गर्नुकाे साथै साेही स्थानहरूमा छायाङ्कन गरिएकाे कारण याे लाेकगीतले नुवाकाेट कविलासकाे परिचय उजागर गर्नुकाे साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने बताउनु भएकाे छ । साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने पाैडेलले यही गीत मार्फत सङ्गीत क्षेत्रमा डेब्यू गर्नु भएकाे हाे ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज3 Comments on पार्वती घिमिरे पौडेलकाे “काटाैँ दाउरा घाँस” सार्वजनिक

    आज तराई तथा मधेशमा जितिया पर्व धुमधामका साथ मनाउदै ।

  • ९ आश्विन २०८१, बुधबार ११:५९ मा प्रकाशित
  • जितिया पर्वको मुख्य दिन आज तराई तथा मधेसी समुदायका महिलाले धुमधामका साथ मनाउँदै छन्। कुल तीन दिनसम्म मनाइने यस पर्वको मूख्य अर्थात दोस्रो दिनमा महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन्। यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ। बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ।

    भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ। खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन्। त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ। जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने पर्व हो।

    यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन्। यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ। यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ। वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनीरसखर, भिजाएको केराउ, दही९च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ।

    अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन्।

    Posted in लोकप्रिय1 Comment on आज तराई तथा मधेशमा जितिया पर्व धुमधामका साथ मनाउदै ।

    साताका उत्कृष्ट झिल्काहरू- २७

  • ५ आश्विन २०८१, शनिबार ००:०७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २७ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २७ का लागि झिल्काकारत्रय सोमनाथ लुइटेल “रवि पाल्पाली”, नन्दलाल आचार्य र सुस्मिता अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    काम लगाउने ठालु
    परिश्रम गर्ने अर्कै
    सित्तैमा खाने कालू ।
    २.
    शुद्ध कहाँ पाइन्छ
    भेटाउन सकिन्न यहाँ
    खोजेर पनि खाइन्छ।
    ३.
    हुन खोज्छन् भगत
    नास्तिकले गर्छ पूजा
    सबै कुरा फगत ।
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”



    [२]
    १.
    राष्ट्रको ढुकढुकी सुन्दै
    संविधानले आशा जगाएको
    बस्छु मनमा गुन्दै ।
    २.
    संविधान शिरोधार्य बनोस्
    सबैको हृदयमा बसेर
    वैरीका जरा खनोस् !
    ३.
    कसैले लोभ गर्ला
    चुपचाप गर काम
    जे पर्ला पर्ला ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर



    [३]
    १.
    संविधान दिवसको शुभकामना
    प्रत्येक नेपाली जनलाई
    अन्यायसँग नहोस् सामना !
    २.
    छाओस् खुसी जनमा
    उत्कृष्ट संविधान पाएर
    सन्तोष होस् मनमा ।
    ३.
    नैतिकता हरेकमा भएमा
    उपयोग हुन्छ विवेकको
    नेता इमानदार रहेमा ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ



    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २७

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P