• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न

  • १४ मंसिर २०८१, शुक्रबार २१:५१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    सपना मनको चाह
    कल्पनाको एक पराकाष्ठा
    जीवन जिउने राह !
    २.
    सपना   तारा  चुम्ने
    यथार्थता जिन्दगीको अलग
    गरीबी चक्रमा घुम्ने !
    -वसन्त अनुभव
    घोराही उमनपा- १४, दाङ
    २)
    —————<•>—————
    १.
    सपना सारा चुम्ने
    काेसिस गरेपछि सपना
    हाम्रो वरिपरि घुम्ने !
    २.
    इतिहासमा नाम  लेख्ने
    रातदिन परिश्रम गरेपछि
    असल सपना देख्ने !
    -श्रीकृष्ण धामी – बझाङ
    ३)
    —————<•>—————
    १.
    सपना धेरै हुन्छ
    पुरा गर्न नसक्दा
    मनमा पीडाले छुन्छ ।
    २.
    सुनौलो भविष्यको रहर
    गर्दछन् सबै युवाहरू
    बनाउने सपनाको सहर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    ४)
    —————<•>—————
    सपना निद्रामा आउँदछ
    आहा आन्नद कति
    विपनामा सबै हराउँदछ ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ५)
    —————<•>—————
    १.
    सपना देखेर बाँचिन्छ
    पुरा भयो भने
    मज्जा सङ्गले नाँचिन्छ ।
    २.
    पालैपालो गरि आउँछौ
    सपनामा अनि कल्पनामा
    रहर बनी छाउँछौ ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ६)
    —————<•>—————
    १.
    हजारौँ सपना देख्ने
    रहरहरू पुरा गर्दै
    इतिहासमा नाम लेख्ने !
    २.
    असल सपना देखौँ
    राम्रो काम गर्दै
    विश्वमा नाम लेखौँ !
    -बेदु न्यौपाने
    ७)
    —————<•>—————
    सपना सबैले देख्नुपर्छ
    बिर्सन सकिन्छ बिउँझदा
    त्यसैले तुरुन्त लेख्नुपर्छ ।
    -देवी पन्थी
    ८)
    —————<•>—————
    १.
    सपमा देखेँ मैले
    थाले रहरहरू पलाउन
    तिमीसँग भेटुँ कहिले ?
    २.
    मनका यी रहरहरू
    खुसीका ती पल
    मुर्झाए कसाे गरूँ ?
    -सुशिलाा शिखा
    कगेश्वोरी काठमाडौँ
    ९)
    —————<•>—————
    १.
    लास कुर्छ कुरीले
    सपना ती साँच्दासाँच्दै
    उडायो आज हुरीले !
    २.
    मायाले ज्यानै लियो
    यो जीवनभरि तिमीसँगै
    बाँच्ने सपना थियोे ।
    -दीप गोले तामाङ रौतहट
    १०)
    —————<•>—————
    १.
    सपना देखिने अति
    ती पूरा हुँदैनन्
    बाँकी रहन्छन् कति !
    २.
    सपना देखिन्छ निदाएर
    सबै मनको कल्पना
    शून्य केही नपाएर !
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका,बोस्टन।
    ११)
    —————<•>—————
    १.
    सुकुम्बासी सपनाको घर
    खोलामा पर्यो  कठैबरी
    अन्तरकुन्तर लाग्छ डर !
    २.
    नेताहरू पुगे माथि
    जनता छन् खोलातिर
    सपना लाग्दैन साथी !
    -विवश पारदर्शी
    झापा
    १२)
    —————<•>—————
    १.
    सपना धेरै थियो
    झोला बोकेर हिँडे
    समयले धोका दियो ।
    २.
    सपना अनगिन्ती थियो
    घर  छोडेर भागेँ
    जवानीले सातो लियो ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    १३)
    —————<•>—————
    १.
    नहोस् सपना अधुरो
    कसैको देख्न नपरोस्
    भविष्य अब मधुरो !
    २.
    धेरैले सपना साँचेका
    साकार बनुन् जहिले
    आशा लिएर बाँचेका !
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    १४)
    —————<•>—————
    १.
    बोकेर मनभरी डर
    कसरी बाँच्नु यहाँ
    छैन कसैको भर !
    २.
    देशको हौँ शान
    यसैले त यहाँ
    राखौँ सबले मान !
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    १५)
    —————<•>—————
    १.
    जिन्दगीमा सपना देखेर
    यत्तिँकै मरिने भाे
    साहित्य सृजना लेखेर !
    २.
    हुँदैनन् सपनाहरू पूरा
    चाहनाहरू छन् धेरै
    रहरहरू रहे अधुरा !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    १६)
    —————<•>—————
    भविष्यको हुँदैन आकार
    गरेर परिश्रम कडा
    पार्नुपर्छ सपना साकार !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    १७)
    —————<•>—————
    १.
    मरेपछि नाम पाउन
    सत्कर्म आज गरौँ
    तारा बनेर उदाउन !
    २.
    जीवन लाग्छ अधुरा
    जहिल्यै पाइने हन्डर
    सपना नहुने पूरा !
    ३.
    सोचेको पुरा नहुँदा
    समालिन गाह्रो पर्छ
    मन भकानिएर रुँदा !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    १८)
    —————<•>—————
    १.
    जीवन बगर नहोस्
    सपना हराभरा बनाउने
    शान्ति सौम्य बनोस् ।
    २.
    बहिष्कारको सूचीमा दबाब
    हिंसाको सिकार नहुने
    निर्मुल होस् भेदभाव !
    -पृथक प्रकृति ,झापा
    १९)
    —————<•>—————
    सपना ननिदाई देख
    लक्ष्य राख उचालिने
    मीठाे लाग्ने लेख !
    -दीपक दाहाल
    २०)
    —————<•>—————
    सपना अधुरो भयो
    पूरा गर्न नपाएर
    जिन्दगी त्यसै गयो ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    २१)
    —————<•>—————
    १.
    सपनाको महल राम्रो
    ब्युझेर सम्झदा त्यहाँ
    हुन्छ कस्तो चाम्राे !
    २.
    जीवनसँगै सपना साँचेर
    पर्खिरहन्छन् सधैँ मानिसहरू
    सुनेको आधारमा बाँचेर !
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
    २२)
    —————<•>—————
    भविष्यको सपना देख्नू
    सबैले सम्झने छन्
    ऎतिहासिक नाम  लेख्नू ।
    -प्रेम थापा “मन”, बागलुङ
    २३)
    —————<•>—————
    सपनाकाेे अनेकाैँ आकार
    अन्तिम प्रहरमा देखेका
    हुन्छ भनिन्छ साकार !
    -काेपिला अधिकारी
    गाेरखा
    २४)
    —————<•>—————
    १.
    सपना थियो घेरो
    उडी चन्द्र छुने
    हावाले उडायो मेरो !
    २.
    विकासका योजना बग्यो
    भ्रष्टाचार छलकपटले नेपालीका
    सपनाहरू सबै लग्यो ।
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    २५)
    —————<•>—————
    १.
    सपना पूरा गर्नू
    सोचेर सम्झेर हेर
    अरूको भर नपर्नू !
    २.
    डराएर पूरा हुँदैन
    मनमा भए भरोसा
    असफलताले नै छुँदैन ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    २६)
    —————<•>—————
    १.
    सपना पूरा गर्न
    हुँदैन गरेर अल्छी
    सक्नुपर्छ अघि सर्न !
    २.
    सपनाको अनेक आकार
    सङ्घर्ष गर्दछ जसले
    उसकै उदेश्य साकार !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    २७)
    —————<•>—————
    १.
    जीवन एउटा सपना
    सपना देख्ने जिन्दगी
    अधुरै रहन्छन् कल्पना !
    २.
    मानिस सपना बुनेर
    दौडिन्छ उफ्रिन्छ सधैँ
    आशाको बाजा सुनेर !
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २८)
    —————<•>—————
    १.
    नेताका सपना पूरा
    जनताले सहने मात्र
    पोख्दै दुःखका कुरा !
    २.
    एकजुट हामी भएर
    नेपाललाई शिखरमा पुर्याऔँ
    न्यायको बाटोमा गएर !
    -सुस्मिता अधिकारी ,काठमाण्डौं
    २९)
    —————<•>—————
    १.
    भ्रष्टाचार निर्मुल देश
    हेर्ने रहर मेरो
    चारैतिर विकासे परिवेश !
    २.
    काँधमा काँध मिलाई
    पुरा गर्नुछ  चाहना
    पौरखी नङ्ग्रा खियाई ।
    -बिमल पोखरेल
    धरान -१७,पटनाली
    ३०)
    —————<•>—————
    १.
    सपना सुन्दर सजाउनू
    त्यसलाई साकार पार्न
    आफूलाई नित्य कजाउनू ।
    २.
    फोस्रो सपनाले हुन्न
    कर्म गरिएन भने
    सफलताले कहिले छुन्न ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ३१)
    —————<•>—————
    १.
    पुग्दैन सपना देखेको
    जिन्दगीमा त्यही हुन्छ
    निधारमा भावीले लेखेको !
    २.
    गरौँ सबैले कामना
    अवश्य पुग्नेछ एकदिन
    हामीले देखेका सपना !
    -अनिता भण्डारी, ताप्लेजुङ
    ३२)
    —————<•>—————
    भुलायो सपना देखाई
    जनताको  दुःख बुझेन
    झुक्यायो कसम खाई !
    -समुन्द्रा शर्मा
    ३३)
    —————<•>—————
    १.
    खुराफाती नेताको अब
    चकनाचुर भयो सपना
    जनता जागिसके सब !
    २.
    ढोङ्गीहरूले खोक्रो बनाएर
    हाम्रो सपनाहरू सबै
    उडाए डाँडा कटाएर !
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३४)
    —————<•>—————
    मीठो सपना देखाई
    केही गरेनन् पूरा
    जनताको सामु आई !
    -भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    ३५)
    —————<•>—————
    १.
    आशाको बेलो चुनेर
    दौडिन्छ मानिस सधैँ
    सुन्दर सपना बुनेर !
    २.
    सपना साकार पार्न
    सक्नु पर्दछ सबैले
    लाछी तनलाई बटार्न !
    -बाबुराम गौतम, गुल्मी
    ३६)
    —————<•>—————
    बुझ्नेलाई हुन्छ शिक्षा
    सपनाले केही दिन्छ
    अनाहक हुन्न दीक्षा !
    -जी.वि. कश्यप
    घाेराही, दाङ
    ३७)
    —————<•>—————
    १.
    सपनाहरू आफैँले रेटियो
    भित्रभित्रै गुम्सिएको चाहना
    आफ्नै हातले मेटियो ।
    २.
    काधमा बोकेर जिम्मेवारी
    अल्झियो जीवनको यात्रामा
    सपना भयो भारी ।
    -रुना कर्माचार्य दाहाल
    चितवन
    ३८)
    —————<•>—————
    १.
    कल्पनाभित्रकाे मीठो रहर
    प्रतिविम्बित हुन्छ सपनामा
    गर्नुपर्नेछ जपनाकाे कदर !
    २.
    सपना कल्पनाको सागर
    बिउँझेपछि हुन्छ फुस्सा
    अल्छीकाे हुन्न जाँगर !
    -प्रद्युम्न चालिसे
    ३९)
    —————<•>—————
    १.
    सपना रह्यो अधुरो
    आश अझै मेटिएन
    घाम पनि मधुरो !
    २.
    आश मर्ने भए
    के बुन्नु  सपना
    पात झर्दै  गए ।
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ४०)
    —————<•>—————
    सपना जीवनको कोर्नू
    सोचेर भविष्य बनाउने
    पसिनाले हिरा फोर्नू !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ४१)
    —————<•>—————
    १.
    सपना बेच्ने सहरमा
    आएको हजुर कमाउन
    सुनौलो भविष्यको रहरमा !
    २.
    कस्तो नमिठो देखेछु
    दिउँसै मृत्युको सपना
    यसर्थ झिल्का लेखेछु ।
    शब्दको खेलाडी ( विशु हाङ राई)
    विराटनगर मोरङ नेपाल
    ४२)
    —————<•>—————
    १.
    लाग्दैन बेर छुट्न
    सम्बन्ध कच्चा भए
    अनायास सपना टुट्न !
    २.
    सानो खुसीमा फुल्छ
    जीवन अस्थिर रहे
    रनवन मन डुल्छ ।
    -पुष्पा राई, बादेल, खाेटाङ
    ४३)
    —————<•>—————
    सपनाको संसारमा रमाएर
    हुँदैन कहिले पूरा
    अरूको हात समाएर !
    -ललिता गिरी, सिन्धुली
    ४४)
    —————<•>—————
    १.
    सपना सजाएर राखेको
    खल्ती मोटो देखेर
    अरूकै मोह चाखेको !
    २.
    सपना उच्च लिए
    विपनाले आकाश छुन्छ
    यति सुझाव दिएँ।
    -विनोद खाती, मिरिक
    ४५)
    —————<•>—————
    नपरौँ सपनाको भर
    बजाऔँ पाखुरी आफैँले
    परौँ कर्ममा भर !
    -बिबा तामाङ
    लापपञ्चर सिटोङ खरसाङ
    ४६)
    —————<•>—————
    भगवानको याद गर्नुहोस्
    सपनाहरू साकार पार्न
    पाखुरीमा हिम्मत भर्नुहोस् ।
    ✍️ संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    ४७)
    —————<•>—————
    १.
    ब्युँझिए सपना देखेर
    राम्रो भएन कहिल्यै
    भावीले नराम्रो लेखेर !
    २.
    सपना ठूलो देख्नू
    यथार्थ नलुकोस् कहिल्यै
    त्यसैको कथा लेख्नू !
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ४८)
    —————<•>—————
    १.
    मनमा सोचेका कुरा
    देखेका सपना हुन्छन्
    एकदिन हुनेछ पूरा !
    २.
    नेताको देखाउँछन् आस
    विकास सपना सबै
    पूरा हुँदैनन् पास !
    -कृष्ण बजगाई, भक्तपुर
    ४९)
    —————<•>—————
    रातको सपना विकार
    सत्यता हुन्छ दिनको
    भविष्य सुधार्ने आधार !
    -दिल ठकुरी, दार्जिलिङ
    ५०)
    —————<•>—————
    १.
    गरेर मनमा जपना
    पूरा नहोलान् तथापि
    देख्नू ठूलै सपना !
    २.
    सुनेनन् मेरा कुरा
    वैरी भैदिँदा आफ्नै
    सपना रहे अधुरा !
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न

  • १२ मंसिर २०८१, बुधबार २१:०२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    नघटोस् जीवनको नुर
    स्वास्थ्यको ख्याल राखौँ
    भगाऔँ चिन्तालाई दूर !
    २.
    बाइबल, कुरान, गीतामा
    मानवधर्ममा लगाऔँ मन
    चिन्ताले लान्छ, चितामा !
    -वसन्त अनुभव, दाङ
    २)
    —————<•>—————
    चिन्ताले दुब्लाउँदै गएँ
    रोगले कि शोकले
    दोधार आफैँ भएँ ।
    -सङ्गीता खरेल
    काठमाडौँ
    ३)
    —————<•>—————
    नघटोस् कसैको आयु 
    स्वस्थ रहौँ सबै
    स्वच्छ राखेर वायु !
    -कविता गुरुङ
    रोल्पा
    ४)
    —————<•>—————
    १.
    तड्पियो मन मुटु
    छोरो परदेश गयो
    ज्यान खायो कुटुकुटु !
    २.
    आनन्द कहाँ खोज्नु
    चिन्ताले सताको बेला
    खुसी कसरी रोज्नु ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ५)
    —————<•>—————
    मीठाे बाेल्ने धेरै
    छन् विश्वासघाती वरपर
    जरो काट्छ्न् मेरै !
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    ६)
    —————<•>—————
    १.
    चिन्ता गरेर रोग
    निम्त्याउनु हुन्छ मुर्खता
    पर्छ अकस्मात् शोक !
    २.
    निस्की चिन्ताबाट झट्ट
    हलुका हुनु राम्रो
    नत्र परिन्छ चौपट्ट !
    -मनोहरी पौडेल
    गैडाकोट १
    ७)
    —————<•>—————
    १.
    जिन्दगीमा चिन्ता नलेऊ
    आत्मा सन्तुष्ट गर
    आत्मा कसैलाई नदेऊ !
    २.
    चलन अनुसार चल्नुपर्छ
    नबुझी कहिल्यै नबोल
    उज्यालो हुँदै बल्नुपर्छ ।
    -बेदु न्यौपाने
    ८)
    —————<•>—————
    १.
    चिन्ता हो शत्रु
    रातोदिन पालेर राख्दा
    जीवन हुन्छ पत्रु ।
    २.
    चिन्ताको छैन उपचार
    मर्ने जीवन सम्झदा
    गर्नु हामीले बेकार !
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।
    ९)
    —————<•>—————
    नगर्नू चिन्ता भोलिको
    कटेर जान्छ समय
    सीमा राख्नु बोलीको ।
    -पुष्पा राई, बादेल, खोटाङ
    १०)
    —————<•>—————
    चिन्ताले पिरोलिएर नबसौँ
    हुने कुरा मेटिँदैन
    खाल्डोमा आफैँ नपसौँ !
    -रमेश दियाली
    शेल्पू सिटोंग, दार्जिलिङ
    ११)
    —————<•>—————
    सन्तोष हुन्न धनबाट
    नगरौँ कहिले चिन्ता
    खुसी हटाएर मनबाट !
    -दीप गोले तामाङ – रौतहट
    १२)
    —————<•>—————
    १.
    आउँछ यसरी भोलि
    याद गर मनमा
    नगर नमीठो बोली !
    २.
    कति सफा वायु
    मनको पीरलाई लाने
    भयो छोटो आयु ।
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    १३)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउँछ चितामा
    मनन् गर्नुपर्छ सबैले
    लेखिएको छ गीतामा !
    २.
    हुने हुनामी टर्दैन
    व्यर्थमा चिन्ता नगर्नू
    टाउको दुखाउनु पर्दैन ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत
    १४)
    —————<•>—————
    १.
    मनमा खुसी पालेर
    जोगाउँदै थिएँ याद
    हावामा दीप बालेर !
    २)
    समयको रोकिँदैन गति
    किन दिइरहन्छ दु:ख
    फसाएर चिन्तामा अति !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १५)
    —————<•>—————
    चिन्ता लिनु हुँदैन
    भन्छन् मान्छे सबै
    रोगले शरीर छुँदैन !
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    १६)
    —————<•>—————
    जीवनको गरौँ सदुपयोग
    नकारात्मक सोच्छ जसले
    उसैलाई चिन्ताको रोग !
    -प्रेम थापा “मन”बागलुङ
    १७)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउने चिता
    हुनेहुनामी हुन्छ नै
    खानु मज्जाले सीता !
    २.
    राम्राे  कर्ममा जुट्नू
    आएको समस्यालाई भुलेर
    जीवनको आनन्द लुट्नू !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    १८)
    —————<•>—————
    मनमा कुटुकुटु खान्छ
    खबरदारी गरे मनको
    कता भागेर जान्छ ।
    -दुर्गा आचार्य
    मोरङ
    १९)
    —————<•>—————
    १.
    चिन्ताले धेरै सतायो
    बाटोमा साथी भेटेँ
    बल्ल खुसी छायो ।
    २.
    चिन्ता गर्नु हुँदैन
    भगवान्मा विश्वास गर्नू
    छायाले कहिल्यै छुँदैन ।
    -बिधुत गुरुङ, गोरुबथान
    २०)
    —————<•>—————
    आउँछ दिन गनी
    मेरो मनमा चिन्ता
    लिन्न भन्दा पनि !
    -हिरामाया श्रेष्ठ
    २१)
    —————<•>—————
    कस्को मन रुँदैन
    सबैलाई हुन्छ पीडा
    चिन्ता लिनु हुँदैन ।
    -सरिता सेढाई, धादिङ
    २२)
    —————<•>—————-
    १.
    नचाहिने विचार घटाऔँ
    सकारात्मक राखी सोच
    मनको चिन्ता हटाऔँ !
    २.
    आफैँ बुझाउँ मन
    अरूले त जानाजानी
    दुखाइ दिन्छन् कोट्याइकन !
    -पशपती राई, खोटाङ
    २३)
    —————<•>—————
    चिन्ताले स्वास्थ्य बिगार्ने
    प्रभुको चिन्तन गरौँ
    गर्छ यसैले सपार्ने !
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    २४)
    —————<•>—————
    १.
    लाग्छ चिन्ता मलाई
    कतै शङ्काको हुरीले
    कोर्न सक्छ सलाइ !
    २.
    तिम्रो मायाले गलायो
    प्रियतम नजाऊ छोडी
    हृदय मेरो जलायो !
    -विवश पारदर्शी
    झापा
    २५)
    —————<•>—————
    चिन्ताले शरीर गलाउँछ
    मन स्वच्छ राखौँ
    आशाको दियो पलाउँछ ।
    -भुपेन्द्र राना मगर
    धादिङ
    २६)
    —————<•>—————
    १.
    चिन्ताले छोएको पल
    आखाँमा आँसु छल्किने
    जीवन लाग्ने खलखल ।
    २.
    चिन्ताले ज्यान सुकाउने
    वसन्त ऋतुको बेलामा
    मनमा उदासी छाउने ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    २७)
    —————<•>—————     
    जुकाझैँ पो ! टाँसिन्छ
    चिन्ताले जीवन मान्छेको
    रोग  शोकमा भाँसिन्छ ।
    -रुना कर्माचार्य दाहाल
      चितवन
    २८)
    —————<•>—————
    नलिउँ चिन्ता कसैले
    बिताउँ जीवन हाँसेर
    हाँसी, खुसी सबैले !
    -नागेन्द्रप्रसाद यादव
    २९)
    —————<•>—————
    १.
    चिन्ता  नलिनू  मनमा
    मानसिक विश्राम  लिनू
    स्फूर्ती  जगाई  तनमा स्फूर्ति !
    २.
    चिन्ताको  औषधी  हुँदैन
    छट्पटी  बढ्छ  मनमा
    खुसीले  ठ्याक्कै  छुँदैन ।
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    ३०)
    —————<•>—————
    देशको गति सम्झेर
    चिन्ता लाग्छ मलाई
    अनि बस्छु गम्केर !
    -कमल थापा
    ३१)
    —————<•>—————
    १.
    चिन्ता हो अभिशाप
    चितामा पुर्याउन सक्छ
    गरौँ मनदेखि सखाप !
    २.
    हुँदैन चिन्ताको नाप
    गलाउँदै लान्छ शरीर
    मानेर हुन्न पश्चाताप !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५, जुम्ला
    ३२)
    —————<•>—————
    सकिन्छ खुसी हुन
    त्याग्न सकेमा चिन्ता
    स्वस्थ भइन्छ सुन !
    -सुस्मिता अधिकारी ,काठमाणडौँ
    ३३)
    —————<•>—————
    कमजोर बनाउँछ चिन्ताले
    भन्छन् पुर्‍याउँछ चितामा
    समयमै मनबाट नफाले !
    -अनिता भण्डारी, ताप्लेजुङ
    ३४)
    —————<•>—————
    भयो हरे छिन्नभिन्न
    देशको हालत गिर्यो
    चिन्ताले शान्ति दिन्न ।
    -सन्तु खत्री
    ३५)
    —————<•>—————
    १.
    छोरीलाई अनमाउँदा पीर
    लागेको रुन्चे भतेरमा
    पकाएर खुवाइयो खीर !
    २.
    जन्तीको थिएन ताँती
    एकदमै कम आएर
    हामीलाई भयो जाती !
    -भगवती दवाडी
    ३६)
    —————<•>—————
    चिन्ताले खान्छ ज्यान
    चिन्तामुक्त बनेर बसौँ
    बचाउँ जीवनको शान !
    -देवकृष्ण काफ्ले
    ३७)
    —————<•>—————
    १.
    हाँसेर जीवन बिताऔँ
    दुई दिनकाे जिन्दगीमा
    सबैकाे भलाे चिताऔँ
    २.
    हटाइदिनु मनकाे मैलाे
    अन्धकार भैदिन्छ आखिर
    लक्ष्मीकाे आँगन दैलाे ।
    – नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ३८)
    —————<•>—————
    नलिनू चिन्ता कहिले
    दुःखकष्ट विपद परेमा
    खुसी रहनु जहिले !
    -समुन्द्रा शर्मा
    ३९)
    —————<•>—————
    १.
    चिन्ताले मदिरा पिएँ
    तिम्रो यादहरुमा
    दिल खोली जिएँ ।
    २.
    चिन्ता शत्रु हाम्रो
    नलिनु सधैँ मनमा
    खुसी हुनु राम्रो !
    -प्रेम शर्मा ” एकान्त प्रेमी ” कालेबुङ
    ४०)
    —————<•>—————
    १)
    चिन्ता लिनु हुन्न
    यसले पुर्‍याउँछ चितामा
    धामीले पनि छुन्न ।
    २.
    हुने घटना हुन्छ
    चिन्ता लिने नगर्नु
    विधातालाई कस्ले छुन्छ ।
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ४१)
    —————<•>—————
    लिन्न भन्दा आइलाग्ने
    रोग रहेछ चिन्ता
    तन सुकाउन जाइलाग्ने !
    ✍️ विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    ४२)
    —————<•>—————
    १)
    समस्या सबैमा आउँछ
    समाधान हुन्छ बिस्तारै हुन्छ
    खुसी आनन्द छाउँछ !
    २.
    दु:ख आउँछ जान्छ
    पिर लिन हुँदैन
    चिन्ताले जिउ खान्छ !
    -उर्मिला के.शी., धनकुटा
    ४३)
    —————<•>—————
    आफूलाई निर्धो ठानी
    चिन्ता नगरौँ हरदम
    चिन्ताले गर्छ हानी !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    ४४)
    —————<•>—————
    १.
    पिर चिन्ताले छोड्दैन
    दुःखी गरीब भएपछि
    आफन्तले  सम्बन्ध जोड्दैन ।
    २.
    बलेको आगो ताप्छन्
    गाउँघर  जताततै सबैले
    धन सम्पत्ति नाँप्छन् ।
    -कला ढकाल, झापा
    ४५)
    —————<•>—————
    १.
    नलिए चिन्ता मनमा
    कसरी बनिन्छ सफल
    नगाडे र्याल धनमा ?
    २.
    चिन्ताले चिन्तनशील बनाउला
    अनावश्यक चिन्ताले मान्छेलाई
    फेरि चितामा पुर्याउला !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ
    ४६)
    —————<•>—————
    १.
    चिन्ताको  रोग लागेर
    पुग्दछ मान्छे चितामा
    सक्दैन उम्किन भागेर !
    २.
    मनमा शान्ति पाउन
    गरेमा  सेवा दुखीको
    पर्दैन मन्दिर धाउन !
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ४७)
    —————<•>—————
    १.
    नगर्नू चिन्ता बेकार
    घट्छ जीउ चिन्ताले
    मान्छ मनले हार !
    २.
    नलिनू धेरै चिन्ता
    सफलता कहाँ मिल्छ
    मिहिनेत नगरी हिँड्दा !
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ४८)
    —————<•>—————
    चिन्ता राम्रो हुँदैन
    चितामा पुर्याउला यसले
    बसेमा टाढा छुँदैन ।
    -सरस्वती श्रेष्ठ
    (४९)
    —————<•>—————
    १.
    चिन्ता भयानक रोग
    आफैँमा उब्जिन्छ यो
    हटाउनु उत्तम योग ।
    २.
    चिन्ताले आगो बल्छ
    समालिन नसके मान्छे
    मुटुदेखि सारा जल्छ ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    ५०)
    —————<•>—————
    चिन्ता हो सलाइ
    जीउँदै मार्न सक्छ
    यसले भित्रभित्रै जलाई !
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ५१)
    —————<•>—————
    १.
    गुम्स्याएर राखेको कुरो
    चिन्ता बन्न पुग्छ
    राख्न हुँदैन अधुरो !
    २.
    त्याग  चिन्ता  पीर
    सकिन्छ आँट गर्दा
    मन   हुन्छ   स्थिर !
    -अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ५२)
    —————<•>—————
    १.
    व्याख्या गरौँ यसको
    नेतृत्वमा बस्नेहरूले नै
    चिन्ता गर्दैनन् देशको ।
    २.
    खुसीको रङ्ग छरौँ
    सहजै जिउन जिन्दगी
    चिन्ता कम गरौँ !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ५३)
    —————<•>—————
    चिन्ताले चितामा पुर्याउँछ
    नसोच्नू अरू केही
    झन् जीवन तुर्याउँछ ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    ५४)
    —————<•>—————
    १.
    चिन्ताले  जिन्दगी बन्दैन
    समस्या बुझे पनि
    कसैले बिचरा भन्दैन !
    २
    जब चिन्तामा पर्छ
    मानसिक सन्तुलन गुमाई
    देहत्याग नै गर्छ ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ५५)
    —————<•>—————
    १.
    चिन्ता गरेरै मर्यो
    नगर भन्दा मानेन
    बिचरा ठहरै पर्यो ।
    २.
    भन्छन् चिन्ता रोग
    कतिलाई बुझाउनु यहाँ
    बरू भगवान् ढोग !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ५६)
    —————<•>—————
    १.
    चिन्ताले जीवन जान्छ
    नलिनू तनाव व्यर्थै
    अकालै कालले लान्छ ।
    २.
    चिन्ताले मन जलाउँछ
    सुन्दर जीवन पनि
    जलाएर खरानी बनाउँछ ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५७)
    —————<•>—————
    १.
    आएको समस्या झेल्नुपर्छ
    हिम्मत जुटाऔँ सबैले
    जीवनको गाडी ठेल्नुपर्छ ।
    २.
    बगर बनाएर दामी
    दु:खद परिस्थिति छिचोल्दै
    अघिअघि जाऔँ हामी !
    -पृथक प्रकृति ,झापा
    ५८)
    —————<•>—————
    १.
    देशको चिन्ता छैन
    भ्रष्ट हुनाले नेता
    खोसियो जनताको चैन !
    २.
    राज्यकोष बाँडेर खाए
    जनताको मौलिक हकमा
    पुरै अङ्कुस लगाए ।
    -बाबुराम गौतम, गुल्मी
    ५९)
    —————<•>—————
    १.
    चिन्ता राेगकाे बीउ
    आफैँ उब्जिएर मनमा
    सारै गलाउँछ जीउ ।
    २.
    भाेक निद्रा भगाउन
    खप्पिस हुन्छ चिन्ता
    शरीरमा राेग लगाउन !
    -काेपिला अधिकारी
    गाेरखा ,सिरानचाेक
    ६०)
    —————<•>—————
    १.
    हुनेहार दैव नतार
    भन्ने उखान सुन्छु
    नलिउँ चिन्ता धुवाधार !
    २.
    नियति सकाराैँ सबै
    भागेर कहाँ जानु
    नलिउँ चिन्ता कबै !
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    ६१)
    —————<•>—————
    १.
    अराजकताको बीउ जाग्याे
    चिन्ता देशको भविष्यको
    सुनिन्छ नेताहरू भाग्याे ।
    २.
    सम्झिन्छु जनयुद्धको तर्क
    गतिविधिले लाग्छ चिन्ता
    पुरानै   बाटोमा   फर्क ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    ६२)
    —————<•>—————
    १.
    गल्तीले शिर झुकाउँछ
    सोचेर बोलौँ सधैँ
    चिन्ताले शरीर सुकाउँछ ।
    २.
    रोग चिन्ताले भेटायो
    खुसी आएन मेरो
    ईश्वरले लेख्दै मेटायो ।
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ६३)
    —————<•>—————
    बगिरहोस् जीवनको धारा
    सकारात्मक सोच ल्याऊँ
    सकिनेछ दु:ख सारा !
    -नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    ६४)
    —————<•>—————
    चिन्ता गरौँ बाआमाको
    भगवान् हुन् हाम्रा
    नगर तीर्थ धामाको !
    -सविता, भट्टराई, जनकपुरधाम
    ६५)
    —————<•>—————
    चिन्ताले ग्रसित भयो
    उपचारमै उठ्यो बास
    सारा खेतबारी गयो ।
    -बिरेन्द्र कुमार चौधरी
    इटहरी, सुनसरी
    ६६)
    —————<•>—————
    पागल हुन्छ मन
    चिन्तालाई स्थान दिए
    गल्दै जान्छ तन !
    -नन्दा धामी
    नौगाड दार्चुला
    ६७)
    —————<•>—————
    खाइरहन्छ भित्र कुटुकुटु
    जतिबेला हुन्छौ टाढा
    चल्दैन तिमिबिना मुटु !
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ६८)
    —————<•>—————
    १.
    चिन्ताले चिता ल्याउँछ
    पीरमर्का दिएर सधैँ
    ज्यान गलाएर सताउँछ ।
    २.
    सधैँ सताउने गर्छौ
    अमिट्य चोट दिई
    फेरि आफैँ डर्छौ ।
    -सञ्जीवराज जोशी विवस, कञ्चनपुर
    ६९)
    —————<•>—————
    चिन्ता लिई नथाक्नू
    हुने भएरै छोड़छ
    मनको चोट ढाक्नू !
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    ७०)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउँछ चितामा
    मुक्ति पाउन समस्याबाट
    समर्पित हुनू गीतामा !
    २.
    चिन्तनले अध्यात्मतर्फ डोहोर्याउँछ
    व्यर्थको चिन्ताले व्यक्तिलाई
    सिधैँ चितामा सुताउँछ ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ७१)
    —————<•>—————
    १.
    महिला हिंसा बढेछ
    नजर यता लगाऔँ
    समाज कता ढलेछ ?
    २.
    रूप छन् धेरै
    समाजमा महिला हिंसाका
    बसेका छन सहेरै !
    -देव मगर
    तिनाउ-१,,कचल,पाल्ला
    ७२)
    —————<•>—————
    १.
    विचारबाट मनमा पसेर
    दुःख दिन्छ चिन्ताले
    हरेक पलपलमा डसेर !
    २.
    बेलैमा नगरे निदान
    भित्रभित्रै खोक्रो बनाई
    लिन्छ चिन्ताले ज्यान !
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ७३)
    —————<•>—————
    १.
    चिन्ता भएमा मनमा
    पिरोल्छ भित्रभित्रै हरदम
    लाग्दैन घाम तनमा !
    २.
    समस्या  समाधान   हुँदैन
    बोकेर चिन्ताको भारी
    बाहिरी वातावरणले छुँदैन ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    ७४)
    —————<•>—————
    १.
    चिन्ताले पिरोलेको मन
    सुखले बस्दैन कहिले
    दुख्दछ भित्रसम्म तन !
    २.
    चिन्ता विषकाे भाँडो
    कतिले जानेर पिउँछन्
    लगाई घाँटी ठाडो !
    -विनोद खाती, मिरिक
    ७५)
    —————<•>—————
    १.
    मनमा भयो पिर
    छैन लहर खुसीको
    फुट्न खोज्छ शिर !
    २.
    चिन्ताले बाधा टर्दैन
    दुःख लाग्छ खाली
    आफैँलाई मन पर्दैन !
    -श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न

  • २९ कार्तिक २०८१, बिहीबार २०:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका ठन्डी मौसम विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    समय नआकौँ कम
    पर्नसक्छ स्वास्थ्य समस्या
    ठन्डीको छ मौसम !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    २)
    बढ्यो ठन्डीको मौसम
    काप्दैछ थरथर शरीर
    आगोले भएन कम !
    -हरिनारायण चौधरी
    —————<•>—————
    ३)
    १)
    लगाइदिनु तेल तताएर
    बालक अनि वृद्धलाई
    नमरुन् ठन्डीले सताएर !
    २)
    गाँस अनि बासमा
    उचित ध्यान पुर्याउनु
    अबको चार मासमा !
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    ४)
    बढ्दैछ ठन्डीकाे याम
    स्वास्थमा पर्छ असर
    ताप्नु बिहानको घाम !
    -भाेलामान बर्देवा (बैरागि माईलाे)
    धरान ८ सुनसरी
    —————<•>—————
    ५)
    १)
    ठन्डी बढेकाे याम
    ख्याल गरेर बस्नु
    ताप्दै रापिलो घाम !
    -जी.वि. चिन्तन
    घाेराही,दाङ
    —————<•>—————
    ६)
    ठन्डी मौसमको बेला
    झोलिलो तातो खानु
    नगर्नु स्वास्थ्यसँग रेला ।
    -अरुण कुमार भुजेल
    दार्जीलिङ्ग,भारत
    —————<•>—————
    ७)
    १)
    तात्तातो सुप खाऊँ
    न्यानो कपडा लगाएर
    आफूलाई चिसोबाट जोगाऊँ !
    २)
    व्यथाले हामीलाई सताउँछ
    बेलैमा बुद्धि नपुराए
    चिसोले शरीर गलाउँछ ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    ८)
    १)
    तराईमा चल्छ शीतलहर
    हिमालमा पर्छ हिउँ
    जीवन जिउन कहर ।
    २)
    गाउँ वा सहर
    आयो ठन्डी मौसम
    गरीबलाई तातोको रहर !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    ९)
    चिसो चिसो रातमा
    तातो तातो हुन
    चाहिन्छ कोही साथमा ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    १०)
    चिसो ठन्डीको याम
    अब हुन्छ प्यारो
    न्यानो तातो घाम ।
    -सरिता सेढाई धादिङ
    —————<•>—————
    ११)
    १)
    मौसम बदलिएर आयो
    सबै बनौँ होसियार
    चिसोले साह्रै सतायो ।
    २)
    अब ठन्डी जाग्छ
    न्यानो लुगा लगाऔँ
    आफैँ चिसो भाग्छ ।
    -बेदु न्यौपाने
    —————<•>—————
    १२)
    १)
    चिसोमा न्यानो लगाऊँ
    यसबाट बँच्नका लागि
    तातो झोझिलो खाऊँ ।
    २)
    ठण्डी मौसमको बेला
    न्यानो कपडा लगाउनुपर्छ
    नगरौँ स्वास्थ्यमा खेला !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    १३)
    १)
    तात्ताताे खाना खाऔँ
    चिसाे माैसमबाट हामीले
    आफ्नो शरीर बचाऔँ ।
    २)
    बचौँ ठन्डीकाे बेला
    हाेइन भने हामीलाई
    राेगकाे हुन्छ झमेला !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    —————<•>—————
    १४)
    १)
    बुढापाकालाई बढ्छ दम
    ख्याल गरौँ सबैले
    आयो चिसो मौसम ।
    २)
    तात्तातो खानेकुरा खाऊँ
    न्यानो लुगा लगाउँदै
    स्वस्थ भएर रमाऊँ !
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    १५)
    ठन्डी मौसम आयो
    स्वयम् ख्याल गरौँ
    कुहिरो चारैतिर छायो ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    १६)
    १)
    जाडो मौसम आयो
    जोगिएर बस्नु सबैले
    चिसोले ज्यान खायो ।
    २)
    तातोपानी खाना खाऊँ
    घाम तापौँ आँगनीमा
    न्यानो लुगाफाटो लगाऊँ !
    -दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    १७)
    पटुकीले कम्मर कस्नु
    मौसम छ ठन्डी
    तातो खाई बस्नु ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    —————<•>—————
    १८)
    जाडो बिस्तारै बढ्दैछ
    ख्याल गर्नु सबैले
    कपडाको मोल चढ्दैछ !
    -धनमाया चौधरी, कैलाली
    —————<•>—————
    १९)
    १)
    ठन्डी यो मौसमभरि
    न्यानो लुगा लगाऔँ
    शरीरको सुरक्षा गरी !
    -लक्ष्मण देउवा डोटी
    —————<•>—————
    २०)
    १)
    शीतल छ सहर
    चिसोले गलेको हुँदा
    तातोको छ रहर !
    २)
    जाडोको फैलियो लहर
    काँप्दै गरीबको जीवनले
    घामको गर्यो रहर !
    -लक्ष्मी रिजाल
    कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी
    —————<•>—————
    २१)
    बिस्तारै बढ्दैछ ठन्डी
    खोज्दैछ शरीरले पनि
    तातो न्यानो मन्डी !
    -शंकर कार्की, मकवानपुर
    —————<•>—————
    २२)
    ठन्डी बढेछ धेरै
    कसो गर्ने होला
    फाट्यो चोली मेरै !
    -सञ्जना शर्मा
    लुम्बिनी प्रदेश नेपाल
    लमही दाङ
    —————<•>—————
    २३)
    चिसो मौसमबाट बचौँ
    सबैमा सौहार्दता बाँडेर
    झिल्का कविता रचौँ !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    २४)
    पुसको महिना फुस्स
    बालक बुढाबुढीलाई चिसो
    जाडोले बनायो झुस्स !
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    २५)
    १)
    चिसो मौसम आयो
    धेरैजसो बाआमा केटाकेटीलाई
    साह्रै नै सतायो !
    २)
    न्यानो कपडा लगाऊँ
    चिसोबाट बँच्न हेर
    झोलिलो तातो खाऊँ ।
    -कला ढकाल, झापा
    —————<•>—————
    २६)
    १)
    टल्किन्छ शीतको थोपा
    प्रतिविम्ब ठन्डी मौसमको
    आहा ! न्यानो कनछोपा ।
    २)
    न्यानो राख्नु जीउलाई
    ठन्डी मौसमले सताउला
    बरफिलो सिरेटो आई !
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    २७)
    १)
    ठन्डी मौसम आयो
    गाउँ, सहर जताततै
    आफ्नो आधिपत्य जमायो ।
    २)
    आफ्नो ख्याल गर्नुहोला
    आवालवृद्ध ती सबैजनालाई
    चिसोले पार्ला कोलाकोला !
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    २८)
    १)
    जाडोमा चिया लिनु
    कुरा भन्नेहरूको पनि
    सोचेर तिमी भनिदिनु ।
    २)
    तातो कुरो खाऊँ
    यो जाडोको मौसममा
    छिट्टै घर जाऊँ ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    —————<•>—————
    २९)
    १)
    आकाश खुलेको रात
    बिहानीपख हुँदा सधैँ
    धर्तीभरि हुन्छ तुषारापात !
    २)
    जाडोले शरीर कमाउने
    न्यानो लुगा छैन
    ज्यान कसरी बचाउने ?
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    ३०)
    १)
    तातो कपडा लगायो
    चिसो मौसममा चट्ट
    तात्तातो कुरा खायो ।
    २)
    तातो खाना खाऊँ
    चिसो शुरू भयो
    दिनमा घुम्न जाऊँ ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ
    —————<•>—————
    ३१)
    १)
    आउँदैछ ठन्डी मौसम
    मिलाउनु छ चाँजोपाँजो
    बढ्दछ खोकी, दम ।
    २)
    हुनेले लुगाफाटा लगाउँला
    नहुनेले घाम आगो
    तापेर जाडो भगाउँला !
    -मोती योन्जन सुब्बा दार्जिलिङ।
    —————<•>—————
    ३२)
    १)
    ठन्डी माैसम आयो
    परिवर्तन भयो समय
    शीतलहरको कहर छायो ।
    २)
    न्यानो घाम ताप्नु
    ठन्डी मौसमको बेला
    शरीरको तापक्रम नाप्नु !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    ३३)
    १)
    चिसो हुँदैछ भयानक
    दीर्घ रोगीले विशेष
    ध्यान राखौँ एकपटक !
    २)
    बाक्लो कपडा लगाऔँ
    ताजा खानेकुरा खाई
    सजिलै जाडो भगाऔँ ।
    -खडक आर सि मिलन
    छेडागाड नगरपा२ साल्मा जाजरकोट
    —————<•>—————
    ३४)
    १)
    ठन्डी मौसमको आगमन
    जोगिऔँ हामी सबै
    स्वस्थ राखौँ तन !
    २)
    पानी पर्याप्त पिउनु
    व्यायाम गर्नु दिनहुँ
    न्यानो लुगा सिउनु ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    ३५)
    ठन्डी मौसमको जाडो
    फर्केर आई हेर
    पातलो लुगा घाँडो !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ३६)
    जीवनले दुःख पायो
    सबै सतर्क बनौँ
    जाडोको मौसम आयो ।
    -दीप गोले तामाङ
    🏠️चन्द्रपुर -१, पौराई, रौतहट
    —————<•>—————
    ३७)
    १)
    ठन्डी बढ्न थाल्यो
    राखौँ स्वास्थ्यमा ख्याल
    रोगले कदम चाल्यो ।
    २)
    मौसम अँध्यारो कालो
    धान काटेर खेतैभरि
    झ्यार्‍ पानीको पालो ।
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    ३८)
    १)
    ताताे खानेकुरा खाऊँ
    चिसाे बढ्दै गयाे
    न्यानाे लुगा लगाऊँ ।
    २)
    बाक्ला लुगा लगाऊँ
    शरीर न्यानाे राखी
    चिसाे सबै भगाऊँ ।
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    —————<•>—————
    ३९)
    हिँड्नु पर्छ खोजी
    ठन्डीले जीउ कठ्याङ्ग्रिदा
    बस्नुपर्छ घाम रोजी !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>—————
    ४०)
    १)
    रुघामार्कीले नाक छोयो
    तुषारापात परेको मन
    उनलाई सम्झेर रोयो ।
    २)
    डाँडापारी घाम झर्ला
    मायालु बिर्सियौ भने
    चिसोले कठ्याङ्ग्रिनु पर्ला !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी ।
    —————<•>—————
    ४१)
    १)
    मौसम आयो चिसो
    होसियार रुघाखोकी लाग्छ
    फेरि हुनसक्छ लिसो ।
    २)
    सर्दीमा जोगिएर जिउनु
    जिरा, अदुवा उमालेर
    चिया जस्तो पिउनु ।
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    ४२)
    गर्मीलाई विदा गरी
    चिसो ल्यायो मौसमले
    सेताम्मे हिउँ परी !
    -नन्दा धामी
    नौगाड, दार्चुला
    —————<•>—————
    ४३)
    मौसम आयो ठन्डीको
    पीडा सधैँ गरीबलाई
    अभाव खड्किन्छ मन्डीको !
    -बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    ४४)
    माैसम छ ठन्डा
    नेता छन् मस्त
    जनतालाई देखाउँदै डन्डा ।
    -जयनारायण नेपाल
    बालकोट ,भक्तपुर ।
    —————<•>—————
    ४५)
    १)
    चिसो बढेको बेला
    रुघाखोकीले सताउन सक्छ
    नठानौँ कसैले रेला ।
    २)
    चिसोले धेरै सताउँछ
    शीतलहर चल्दा तराईमा
    सब कोहीलाई अत्याउँछ ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ४६)
    १)
    ठन्डी मौसमको बेला
    तातो घाम प्यारो
    गर्मीमा त्यही हेला !
    २)
    चिसोमा हिउँ पर्छ
    तात्तातो कपडा किन्नु
    ज्यानमा गर्मी भर्छ ।
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————
    ४७)
    १)
    न्यानो लुगा लगाऔँ
    चिसो लाग्न सक्छ
    खोकी, ज्वरो भगाऔँ ।
    २)
    न्यानो लुगाको बजार
    जसरी पनि किन्नुपर्ने
    लाइनमा मान्छे हजार !
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    ४८)
    १)
    मौसम फेरिने मौका
    रुघाखोकीले सताउँछ निकै
    हान्छ यसले चौका ।
    २)
    उठ्नै नसकिने कस्तो ?
    ज्वरो निरन्तर आएर
    यसैले लैजान्छ जस्तो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    ४९)
    १)
    आयाे माैसम ठन्डी
    सुरक्षित रहनुपर्छ सबैले
    ओढ्नु हजुर मन्डी ।
    २)
    बेलाकाे हाेसियारी राम्राे
    माैसमअनुकूल पहिरनले धर्नु
    ज्यान सुरक्षित हाम्राे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    ५०)
    चिसो मौसमको बेला
    न्यानो कपडा लगाउनु
    नगर्नु स्वास्थ्यमा खेला ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    ५१)
    १)
    ताताे चियाकाे प्याला
    फाइदा गर्छ त्यसले
    फुटाउँदै ठन्डीको ताला !
    २)
    ऊनी लुगा लगाऊँ
    ठन्डी मौसम बुझेर
    चिसाे तह लगाऊँ ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    —————<•>—————
    ५२)
    घुमेर आयाे फेरि
    ठन्डीको माैसम हेर
    आकाश जमिन घेरी !
    -काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    ५३)
    १)
    गर्मीको समय गयो
    चिसो बल्झेर अझै
    जाडो जवान भयो ।
    २)
    बाँचौँ बचाउँ नेपालीपन
    प्रकृतिको नियम गतिलो
    सबै हामी सज्जन ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    —————<•>—————
    ५४)
    १)
    चिसो माैसम आयो
    चाहियो तातो लुगा
    कपडाले भाउ पायो ।
    २)
    धनाढ्य अकुत पैसावाला
    जस्तो होइन गरीब
    लाउन नपाउँदै जाला !
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ।
    —————<•>—————
    ५५)
    १)
    कतै छ हिउँ
    कतै पर्छ शीतलहर
    न्यानो कपडा दिउँ ।
    २)
    छ चिसाे लहर
    देशैभरि अहिले पनि
    सबैलाई छ कहर ।
    -रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    ५६)
    १)
    जाडोको जवानी चढ्यो
    गाउँघरदेखि सहरसम्म नै
    धुमधामले अघि बढ्यो ।
    २)
    मनतातो पानी खाऔँ
    बाक्लो लुगा लगाएर
    मात्र बाहिर जाऔँ ।
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    ५७)
    ठन्डी मौसम आयो
    दिन भए घमाइला
    रात्रिमा चिसो छायो ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    —————<•>—————
    ५८)
    १)
    लाग्यो मौसम ठन्डीको
    बजारमा न्यानो लुगाहरू
    बिक्न थाले मन्डीको ।
    २)
    भन्छन् जाँडो माघमा
    गरीबलाई ठन्डीले सताउँछ
    छैन लुगा ताकमा ।
    -दिल ठकुरी, दार्जिलिङ
    —————<•>—————
    ५९)
    १)
    जाडोमा चिसो पिउनु
    गर्मीमा तातो चाहिन्छ
    स्वस्थ भएर जिउनु ।
    २)
    चिसोबाट तात्ने हुन्छ
    सेलाएर जान्छ तातो
    अनि जाडोले छुन्छ ।
    -गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    ६०)
    १)
    मौसम जाडोको आयो
    थेग्न नसक्ने शरीर
    पीडाले झन् छ्ट्पटायो ।
    २)
    नसक्ने जाडो थाम्न
    आएछ समय अचेल
    शरीर थाल्यो काम्न !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    ६१)
    १)
    ठन्डी मौसम आयो
    शरीरले न्यानोपन खोज्न
    तातो कपडा पायो ।
    २)
    चारैतिर शीतको लहर
    सबेरै उठ्न सकिँदैन
    पर्खिनु घामको प्रहर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    —————<•>—————
    ६२)
    ठन्डी गोजीमा हात
    पकाउ आमा तातो
    खाइहाल्छु म भात !
    -बिबा तामाङ
    दार्जिलिङ
    —————<•>—————
    ६३)
    तात्तातो जहाँ पाइन्छ
    ठन्डी मौसमको बेला
    पौष्टिक आहार खाइन्छ ।
    -मोती सुब्बा
    —————<•>—————
    ६४)
    गुणकाे मूल तुलसी
    अक्सिजनकाे राम्राे स्राेत
    प्रयोग गरौँ रोपी !
    -हरिगाेपाल न्हुच्छेँपणरधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    —————<•>—————
    ६५)
    न्यानो लुगा लगाऊँ
    लौ यसपालिको जाडो
    सबै मिली भगाऊँ !
    -दीप गोले तामाङ, रौतहट
    —————<•>—————
    ६६)
    न्यानो भएर बस्नुपर्छ
    बड्दैछ ठन्डी मौसम
    हातखुट्टामा तेल घस्नुपर्छ ।
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    —————<•>—————
    ६७)
    स्विटर लगाएर जिउनु
    चिसो माैसम आएपछि
    तातोपानी सधैँ पिउनु ।
    -श्रीकृष्ण धामी, बझाङ
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३४ औँ शृङ्खला (बाढी पहिरो विषयक) सम्पन्न

  • २८ कार्तिक २०८१, बुधबार २३:३२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३४ औँ शृङ्खला (बाढी पहिरो विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>————–
    १)
    वर्षा भइदिदा अति
    बहुलायो बाढी पहिरो
    गर्दै जनधनको क्षति !
    २)
    बसौँ सुरक्षीत ठाउँमा
    जताततै छ प्रकोप
    सहर अनि गाउँमा !
    -वसन्त अनुभव
    घोराही, दाङ
    //२//
    —————<•>————–
    बनायौँ प्रकृतिप्रकोपको बाटो
    रमायौँ सुविधा भनेर
    क्षणभरमा बन्यो माटो ।
    -म्यामराज राई, भोजपुर
    //३//
    —————<•>————–
    समाज बनाऔँ राम्रो
    अखण्ड बनाउ देश
    कर्तव्य बुझेर हाम्रो !
    -सुरेशकुमार पाण्डे दाङ घोराही १८
    //४//
    —————<•>————–
    १)
    प्रकृतिले पुर्‍यायो हानी
    बाढीले बगाएर अचेल
    सकियो धेरैको जिन्दगानी !
    २)
    जनताको भयो नोक्सानी
    भिषण वर्षाको कारण
    दुखेको छ राजधानी !
    -पृथक प्रकृति ,झापा
    //५//
    —————<•>————–
    बर्सात सारै भयो
    भेल बाढीले जनजीवन
    सरकार कहाँ गयो ?
    -जनक बिसी
    दक्षिण भारत कोचिन
    //६//
    —————<•>————–
    १)
    गरीबको सपना बग्यो
    डुबानमा पर्‍यो तराई
    पहाड पहिरोले लग्यो ।
    २)
    शरदमा बाढी पहिरो
    कसरी मनाउने दसैँ
    मनमा चोट गहिरो !
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ
    //७//
    —————<•>————–
    १)
    बाढीले गर्‍यो क्षति
    उद्धारमा सक्षम भएनन्
    देखाए नेताले गति ।
    २)
    सबै सतर्कता बनौँ
    बाढीले वितण्डा मच्चायो
    खतरापूर्ण सूचना भनौँ ।
    -बेदु न्यौपाने
    //८//
    —————<•>————–
    धर्मको विनास भैरह्यो
    प्रकृतीको दोहनले होला
    बाढी पहिरो गैरह्यो !
    -रिता खराल, रुपन्देही
    //९//
    —————<•>————–
    १)
    छोडिदिऔँ नदीको बाटो
    मन लगाऔँ वृक्षारोपणमा
    जोगाऔँ आफ्नो माटो !
    २)
    नहोस् कतै क्षति
    पुर्याऔँ होस् बेलैमा
    रोकौँ सम्भावित खति ।
    -सुस्मिता अधिकारी ,काठमाडौं
    //१०//
    —————<•>————–
    १)
    पहिरो गयो अति
    जनधनको विनाश भयो
    डुब्यो राजधानी जति ।
    २)
    झरी वर्षाले गर्दा
    देशको हालत यस्तो
    प्राकृति प्रकोप पर्दा ।
    -एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    //११//
    —————<•>————–
    १)
    देशभरि बाढी पहिरो
    सडक, घरहरू डुबानमा
    पिडितमा चिन्ता गहिरो ।
    २)
    सुनकोशीको पुल झर्यो
    रामेछाप, सिन्धुली जोडिने
    जनतालाई आपत पर्यो ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    //१२//
    —————<•>————–
    १)
    खतरा उकालो लाग्यो
    अझै रोकिएन पानी
    पीडितले न्याय माग्यो ।
    २)
    ज्यानको जोखिम भयो
    संसारमा आधी हुरी
    दिनप्रतिदिन बढ्दै गयो ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    //१३//
    —————<•>————–
    १)
    बाढी पहिरो आयो
    प्रकृति निष्ठुरी हुँदा
    धेरैको ज्यान खायो ।
    २)
    पहाडमा मूल फुट्यो
    बाढी पहिरो जाँदा
    धेरैको बास लुट्यो ।
    -मन थापा
    पोखरा २१ बक्रेक
    //१४//
    —————<•>————–
    १)
    सामर्थ्यभन्दा बाहिरको कुरा
    बाढीले पुर्यायो क्षति
    प्रकृतिले हान्यो छुरा ।
    २)
    देश डुब्यो शोकमा
    घरखेत बगायो सबै
    बस्नुपर्ने भयो भोकमा ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    //१५//
    —————<•>————–
    १)
    समय समयको खेला
    हुनेगर्छ प्रकृति प्रकोप
    आउनसक्छ जुनसुकै बेला ।
    २)
    बर्सातमा भेलबाढी आउँछ
    बन्द हुन्छ बाटोघाटो
    मान्छेले दु:ख पाउँछ ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    //१६//
    —————<•>————–
    १)
    देश दुखेको बेला
    चिन्ता छैन नेतालाई
    गर्दैछन् भ्रमण मेला l
    २)
    बाढी अनि पहिरो
    हुन् प्राकृतिक विपत्ति
    चोट दिन्छन् गहिरो l
    -बाबुराम गौतम, गुल्मी
    //१७//
    —————<•>————–
    १)
    पानी आइरह्यो किन
    पीडितले मागे गुहार
    कोही आएनन् दिन !
    २)
    डुबायो किन जनतालाई
    टुलुटुलु हेरी बसेर
    नेपालीले धोका पाई ।
    -रक्षा कालि रे
    //१८//
    —————<•>————–
    १)
    वितन्डाले दुर्दशा निम्त्यायो
    रुवाबासी कोलाहल चारैतिर
    धनसम्पत्ति सबैको खायो !
    २)
    बादलुको कारण जलमग्न
    हाहाकार भयो पृथ्वीमा
    लाभा थाल्यो बग्न ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    //१९//
    —————<•>————–
    १)
    नचिताएको ठाउँमा पहिरो
    चिनारुको क्षती भएछ
    मुटुमा चोट गहिरो ।
    २)
    ढुङ्गालाई माटोको भर
    विश्वास अनि नाताको
    मान्नुपर्दैन कुनै डर !
    -मोती योन्जन सुब्बा, दार्जिलिङ।
    //२०//
    —————<•>————–
    १)
    अहाेरात्र बर्सियाे झरी
    धनजनकाे क्षति भयाे
    बचाउ लाैन हरि !
    २)
    दु:ख निम्छरोले पाउने
    गाँसबासकाे भयाे समस्या
    अब कता धाउने ?
    -प्रद्युम्न चालिसे
    //२१//
    —————<•>————–
    १)
    शहर भयो बेहाल
    रोकिदेऊ अब तिमी
    मर्ने भो हाल !
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    //२२//
    —————<•>————–
    साँघुरो पार्‍यौ निकास
    दुश्मन आफैँ बन्यौ
    आफ्नै गर्‍यौ विनाश ।
    -कपिल किशोर घिमिरे
    //२३//
    —————<•>————–
    बाढी पहिरो आयो
    नसोचेको आज देशमा
    गाउँ सहर डुबायो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    //२४//
    —————<•>————–
    १)
    बाढी आइरहन्छ दिनदिन
    सतर्कता अपनाउनुपर्छ हामीले
    अप्ठ्यारोमा पार्नसक्छ छिनछिन !
    २)
    लियो धेरैजनाको सास
    बाँचुन्जेल कस्लाई लाग्दैन
    धेरै बाँच्ने आस !
    -सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज
    //२५//
    —————<•>————–
    १)
    जायजात, जनधन, कृष्यमा
    क्षति ल्यायो प्रकोपको
    भावुक बनाई दृश्यमा !
    २)
    दुःखदायी समय‌ आयो
    निर्दयी प्रकोपले गर्दा
    जनजातिले दुःख पायो !
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    //२६//
    —————<•>————–
    १)
    सुरुङ मार्ग बनाऊँ
    बाढी पहिरोले रुवायो
    वैकल्पिक बाटो खनाऊँ ।
    २)
    अब भयो अति
    मुकदर्शक छ सरकार
    सहने हामीले कति ?
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    //२७//
    —————<•>————–
    १)
    प्रकृतिलाई खेल्न देऊ
    सत्य छ प्रकृति
    हामीले बुझ्नुछ भेऊ !
    २)
    दैवी विपत्तिले आहात
    मानवताको परीक्षा हुँदैछ
    मिलेर दिलाउनुछ राहात !
    -ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    //२८//
    —————<•>————–
    १)
    पानीको प्रकोपले सताउँदा
    पहिरोको डर भयो
    यसरी झरी पलाउँदा !
    २)
    पहाडमा पहिरो जाँदा
    मन रुन्छ मधेशमा
    बाढीले घर लाँदा !
    -अन्मोल मुस्कान
    तकदाह, छाउनी, दार्जिलिङ
    //२९//
    —————<•>————–
    फरक पर्दैन गहिरोले
    देशभर ठूलो क्षति
    आज बाढी पहिरोले !
    -दीप गोले तामाङ
    //३०//
    —————<•>————–
    १)
    चोट लाग्यो गहिरो
    देशभर विपत्ति आज
    बाढी र पहिरो !
    २)
    कतिको भयो उठिबास
    पहिरो र डुबानमा
    हराएको भेटिएन लास ।
    -सङ्गीता खरेल
    काठमाडौँ
    //३१//
    —————<•>————–
    १)
    निर्दय दैव भएर
    दुःख पाए जनताले
    बाढी पहिरो गएर !
    २)
    मर्दै गयो आस
    बाढी पहिरो प्रकोपमा
    भयो सबै नास !
    -सृष्टि एरी, तनहुँ
    //३२//
    —————<•>————–
    आयो बाढी पहिरो
    छाक कसरी टार्नु
    नेता सबै बहिरो ।
    -गंगाराम यादव
    औरावनी २ सुनसरी
    //३३//
    —————<•>————–
    बेमौसमी झरी परेको
    बाढी पहिरो गएर
    प्रकृतिले अन्याय गरेको !
    -कला ढकाल
    //३४//
    —————<•>————–
    कस्तो विडम्बनाको वर्ष
    सर्वत्र बाढी पहिरो
    लुट्यो जनको हर्ष !
    -तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    //३५//
    —————<•>————–
    १)
    समयले दिएको चोट
    निको पार्नेछ समयले
    समयकै हो अठोट !
    २)
    कारण बनियो बाढी
    गन्तव्य उहि सबैको
    जानैपर्छ सन्सार छाडी !
    -कमला पौडेल
    //३६//
    —————<•>————–
    १)
    वर्षाको गति अति
    बाढी पहिराले गर्दा
    देशमा जनधनको क्षति !
    २.
    वर्षाले बगायाे घर
    बाँच्ने जिउने पनि
    छैन अब भर ।
    -श्रीकृष्ण धामी – बझाङ
    //३७//
    —————<•>————–
    १)
    बाढी पहिरो गएछ
    यी लत्ताकपडा जोगाउँदा
    ज्यानमा खतरा भएछ ।
    २)
    बाढीपीडीत रुँदै आए
    सरकार छ मुकदर्शक
    जनताले हार खाए !
    -साहित्य प्रेमी सुशील
    धनगढी
    //३८//
    —————<•>————–
    १)
    बाढी बगायो घरबारी
    धनजनको क्षति न्यूनीकरणमा
    कमजोर भयो पूर्वतयारी !
    २)
    सजगतामा खेलाँची नगरौँ
    राजधानीकै अवस्था देखियो
    शासकको आसमा नपरौँ !
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    //३९//
    —————<•>————–
    १)
    पहाडमा पहिरो गयो
    भारी वर्षा नेपालभरि
    तराई जलमग्न भयो !
    २)
    घरभित्र बाढी पस्यो
    कति भयावह प्रकोप
    आँखाबाट आँसु खस्यो !
    -रमेश धामी, बझाङ
    //४०//
    —————<•>————–
    थामिएन अहिलेको झरी
    धेरैले ज्यान गुमाए
    बाढी पहिरोमा परी !
    -अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    //४१//
    —————<•>————–
    १)
    बाढी पहिराे आयाे
    भयाे जनजीवन अस्तब्यस्त
    धेरैकाे ज्यान खायाे !
    २)
    सडकमा आयो पहिराे
    सवार अबरुद्ध छन्
    पिर पर्याे गहिराे ।
    -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    //४२//
    —————<•>————–
    विपत्तिलाई सम्पत्ति बनाए
    केही बुझक्कडहरूले हामीलाई
    ऋणको थुप्रै लगाए !
    -नन्दलाल आचार्य
    बेलका-२, उदयपुर
    //४३//
    —————<•>—————
    १)
    आए बाढी पहिराे
    विपद छायाे अति
    पर्याे चाेट गहिराे ।
    २)
    गाँसबास जम्मै बगायाे
    सहारा कता खाेज्ने
    जिन्दगी आँसुमा डुबायाे ?
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार
    //४४//
    —————<•>————–
    आयो बाढी पहिरो
    भयो क्षति धेरै
    मनमा दुःख गहिरो ।
    -कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    //४५//
    —————<•>————–
    १)
    मापदण्ड मिचेका घर
    उर्लिएर आएको खोलाले
    बनायो सबै बगर !
    २)
    मानवता बाँकी रहेन
    छानोबाट गुहार माग्दा
    कसैको सहयोग भएन ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    //४६//
    —————<•>————–
    १)
    बगेकाे जिन्दगी पहिराेमा
    बाधी पहिराेकाे जाेखिम
    सरकार निद्रा गहिराेमा ।
    २)
    छतमा गरीब कराउँछ
    गर्ल्याम्म ढल्छ वासस्थान
    बालबच्चा सदा हराउँछ ।
    -हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला, सल्यान
    //४७//
    —————<•>————–
    १)
    विपत्तिमा मलम लगाऔँ
    कसैलाई काखापाखा नगरी
    सबैका समस्या भगाऔँ !
    २)
    प्रकृतिको हो खेल
    देखेको हुँदैन प्रकोप
    उर्लिदै आउँछ भेल !
    -धनमाया चौधरी कैलाली
    //४८//
    —————<•>————–
    मातियो बाढी पहिरो
    धनजनको क्षति उस्तै
    पीडा झन् गहिरो !
    -प्रेम थापा “मन”बागलुङ
    //४९//
    —————<•>————–
    १)
    पहिराेले बेहाल बनायो
    दुःख पीडा दिएर
    दैव पनि रमायो ।
    २)
    देशमै विपद् गयाे
    कस्ताे रहेछ जिन्दगी
    भगवान् नसाेचेकाे भयाे ।
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    //५०//
    —————<•>————–
    १)
    उर्लिएर आयो छाल
    हेर्दाहेर्दै डुबायो घर
    बनायो हेर बेहाल !
    २)
    पहिल्यै पुर्‍याई विचार
    सुरक्षीत ठाउँमा बसौँ
    नरोजी नदीको किनार !
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा. ६ सङ्खुवासभा।
    //५१//
    —————<•>————–
    १)
    प्रकृतिको चेतावनी हामीलाई
    जानिएन सचेत हुुन
    सुझाव सबै अग्रगामीलाई !
    २)
    सजिलोसँग जीवन पाइँदैन
    जानेहरू अब बितिसके
    उनीहरूलाई केही चाहिँदैन ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    //५२//
    —————<•>————–
    १)
    बर्सियो एकनास झरी
    गरायो धनजनको नास
    शोकाकुल छ कठैबरी !
    २)
    अटेरी गर्ने बानीले
    खोली किनार अतिक्रमण
    विध्वंस गर्यो पानीले !
    -बिमल पोखरेल
    धरान -१७,पटनाली
    //५३//
    —————<•>————–
    १)
    जताततै बाढी पहिरो
    जनधनको हानी देखेर
    लाग्यो चोट गहिरो !
    २)
    मिचेर बनायौँ प्रकृतिलाई
    सुविधा भनेर रमायौँ
    अहिले लग्यो बगाई !
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी
    //५४//
    —————<•>————–
    बाढी पहिरो जान्छ
    भिरपाखा र खोलामा
    घरखेत सबै लान्छ ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    //५५//
    —————<•>————–
    १)
    बाढी पहिरो आएर
    धनको भयो क्षति
    जीवन गयो बगाएर !
    २)
    बाढी पहिरोको डर
    धेरैको मृत्यु भयो
    जीवनको छैन भर !
    -कृष्ण बजगाई भक्तपुर
    //५६//
    —————<•>————–
    प्रकृति रुष्ट भयो
    अविरल वर्षा मुलुकमा
    धेरैको ज्यान गयो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    //५७//
    —————<•>————–
    कतै बाढी गयो
    पहिरोले कैयौँ ठाउँमा
    पीडितको उठिबास भयो ।
    -सरिता सेढाई, धादिङ
    //५८//
    —————<•>————–
    १)
    नसोचेको क्षति भयो
    थाहा छैन आजसम्म
    कतिको ज्यान गयो ।
    २)
    सरकारको नजाँदा ध्यान
    अकालमै गुमाउनु पर्‍यो
    गरीबले आफ्नो ज्यान ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    //५९//
    —————<•>————–
    पानीको काल जाग्यो
    सारा धानबाली नासेर
    वर्षा टाढा भाग्यो ।
    -भगवती दवाडी
    //६०//
    —————<•>————–
    १)
    गरीबकै हुने क्षति
    ध्यान जाओस् सरकार
    दुःख सहनु कति !
    २)
    गरीब रहरले हुँदैन
    जति हामी रुन्छौँ
    सरकार त्यति रुँदैन ।
    ✍️
    ललिता गिरी सिन्धुली
    //६१//
    —————<•>————–
    १)
    अविरल झरीले सतायो
    बाढी पहिराेकाे डर
    प्राकृतिक प्रकोपले अत्यायो ।
    २)
    जताततै बाढी पहिरो
    धनजनको धेरै क्षतिले
    मनमा चिन्ता गहिरो ।
    -दुर्गा भट्टराई
    माेरङ
    //६२//
    —————<•>————–
    १)
    आएर बाढी पहिरो
    मानव क्षति अति
    चोट लाग्यो गहिरो ।
    २)
    हरेक सालको कथा
    सरकारमा छैन चिन्ता
    बढ्दैछ सबको व्यथा ।
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
    //६३//
    —————<•>————–
    १)
    विध्वंसकारी बाढी पहिरो
    बित्यास पार्‍यो जनधन
    सरकार कस्तो बहिरो !
    २)
    प्रकोप बनेर आयो
    बाढी पहिरो देशभर
    क्षतिले मन खायो ।
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    //६४//
    —————<•>————–
    १)
    आएर बाढी पहिरो
    गरायो धनजनको क्षति
    मुटुमा चोट गहिरो ।
    २)
    धनको गरायो नास
    प्रकृति रिसाएर होला
    गरायो हाम्रो उठिबास !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    //६५//
    —————<•>———–
    १)
    कस्तो बाढी पहिरो
    चाडबाडको मुखैमा यसले
    ल्यायो समस्या गहिरो !
    २)
    निर्दयी दैव पनि
    गरीबकै कुटी रुचाउने
    किन हो अनि ?
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    //६६//
    —————<•>————–
    १)
    तारन्तार पानी आयो
    उब्जाउ हुने जमिन
    सबै बाढीले बगायो !
    २)
    वर्षा भइरह्यो चुरिएर
    कति टुहुरा भए
    बाआमा पहिरोमा पुरिएर !
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    //६७//
    —————<•>————–
    १)
    बाढी पहिरो भेल
    प्रकृतिको लिला कस्तो ?
    अचम्म लाग्यो खेल ।
    २)
    प्रकृतिको लिला कस्तो ?
    कसलाई दोष दिने
    सहनु पर्ने यस्तो ।
    -देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    //६८//
    —————<•>————–
    १)
    नदी किनारामा घर
    नियमका कुरा हावा
    बाढीको छैन भर !
    २)
    नदीको बाटो थुनेर
    अटेर भई आफैँ
    बस्यौ सपना बुनेर !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    //६९//
    —————<•>————–
    १)
    छल्की आयो छाल
    बेहाल छन् मान्छेहरू
    बनेर आयो काल !
    -कुसुम कुवँर ( बझाङ)
    //७०//
    —————<•>————–
    १)
    बाढी पहिरोले उठिबास
    क्षतिको सिमा छैन
    पीडितले पाएनन् गाँस !
    २)
    घरबाहिर निस्कन डर
    हिँडदा होस पुर्याउनु
    प्रकृतिको छैन भर ।
    -दुर्गा आचार्य
    मोरङ
    //७१//
    —————<•>————–
    बेमौसमी पानी आयो
    बाढी र पहिरोले
    जनधनको क्षति गरायो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    //७२//
    —————<•>————–
    १)
    नसाेचेकाे मात्र हुन्छ
    हेर्दाहेर्दै क्षति भयो
    कस्ले चीत्कार सुन्छ ?
    २)
    जताततै आयो पहिरो
    भयो धनजनको क्षति
    मनमा पीडा गहिरो !
    -दुर्गा भट्टराई
    मोरङ
    //७३//
    —————<•>————–
    १)
    गाउँमा गयाे पहिराे
    जाउँ बाटाे छैन
    पीर छ गहिरो ।
    २)
    मान्छे डुबे भेलमा
    भाग्यले दुई बाँचे
    नेता राजनीति खेलमा !
    -टङ्कबहादुर आलेमगर
    लिम्चुङबुङ- २, ताम्लिछा डाँडा गाउँ
    अहिले: त्रियुगा नगरपालिका, उदयपुर, काेशी प्रदेश
    //७४//
    —————<•>————–
    १)
    क्षति भयो ठूलो
    पसेर खोला बाढी
    बस्ती बनायो धुलो ।
    २)
    सधैँ आपतविपत पर्दा
    सहयोगी हात बढाऔँ
    दैवको लाठी झर्दा !
    -पद्मा काश्यप पाण्डे, मोरङ

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार २०:२२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    [१]
    १)
    बुझेर समयको माग
    मनाऔँ चाड बडादसैँ
    त्यागी आपसी रिसराग !
    २)
    देखासिकी, दबाबमा परेर
    फजुल खर्च नगरौँ
    अनावश्यक रिनधन गरेर !
    ✍️
    वसन्त अनुभव

    [२]
    १)
    खुसीले भरियोस् भावना
    सबैमा छाइरहोस् यस्तै
    बडादशैँको हार्दिक शुभकामना ।
    २)
    दुर्गाको पूजा गरेर
    खुसीयाली भई मनाऔँ
    जीवनमा रङ्ग भरेर ।
    ✍️ अर्जुन प्रसाद चौलागाईँ

    [३]
    १)
    बडादसैँको दिन्छु शुभकामना 
    दुर्गामाताले रक्षा गरून्
    गरौँ खुसीले सामना ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ

    [४]
    उच्च रहोस् भावना
    मेलमिलाप सद्भाव सहित
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।

    [५]
    कसैलाई काँडा नबिजोस्
    दसैँमा सबै रमाउँ 
    आँखा आँसुले नभिजोस् !
    ✍️
    सविता भट्टराई, जनकपुरधाम

    [६]
    उत्साहित रहोस् भावना
    भवानीले कल्याण गरुन्
    बडादशैँको हार्दिक शुभकामना !
    ✍️ बाबुराम गौतम, गुल्मी

    [७]
    १)
    अनुहारमा खुसीको चाहना 
    बडादसैँको उजागर गर्दै 
    हार्दिक मङ्गलमय शुभकामना !
    २)
    चाडपर्व आयो आँगनमा 
    सयपत्रीको  हार  बोकेर 
    खुसी  ल्यायो  जीवनमा !
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [८]
    जमरा टिका थापौँ
    बडादसैँको हार्दिक शुभकामना
    हर्ष उल्लास छापौँ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९]
    शुभकामना छ बडादसैँको 
    छाओस् हर्ष उमङ्ग
    पुगोस् चाहना सबैको !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    [१०]
    १)
    दशा नबनोस् यसपालि
    रक्षा गरे दसैँमा
    हे मङ्गला काली !
    २)
    जनताको बिजोग कस्तो
    हरायो बडादसैँको रौनक
    मसानघाटको सुनसान जस्तो ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    [११]
    १)
    सबैकोलागि सुखमय रहोस्
    विजयादशमीको हार्दिक शुभकामना
    दसैँ दशा नबनोस् !
    २)
    जताततै दुर्घटना सुनिन्छ
    जनताहरूको भयो बिचल्ली 
    दसैँमा आँसु पुछिन्छ ।
    ✍️
    सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज

    [१२]
    निधारमा टिका रातो
    दसैँमा आशिष सबैको
    रहोस् अजम्बरी नातो ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    [१३]
    स्वच्छ रहोस् भावना
    मनका चाहाना पुगुन्
    विजयदशमीको हार्दिक शुभकामना !
    ✍️
    बिष्णु पङ्गेनी पाण्डे 

    [१४]
    एकप्रकारको ठूलो चाडपर्व
    रमाइलो भेटघाट भएमा
    यसैमा मानौँ गर्व ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    [१५]
    १)
    विडम्बना बाढीको सामना
    दुर्गा भवानीको आशिर्वाद 
    मिलोस् सबैको चाहना !
    २)
    खुसी हुनु जरुरी 
    चाडपर्वमा आफन्तसँग भेट 
    मेटिन्छ भएको दूरी ।
    ✍️
    पृथक प्रकृति, झापा

    [१६]
    १)
    दसैँ तिहार गाैरव
    खुसीमै बितुन् पर्वहरू
    भागुन् जीवनका काैरव !
    २)
    सकाैँ गर्न सामना
    गलत चिन्तन बढार्ने
    बडादसैंकाे मङ्गलमय शुभकामना !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान

    [१७] 
    पुगोस् सबैको चाहना 
    रोकिएका काम बनुन्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    गंगाराम यादव 
    औरावनी सुनसरी

    [१८]
    नहोस् अशान्तिको सामना
    सहजै पुग्नू लक्ष्यमा
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा

    [१९]
    १)
    उत्साह र उमङ्ग
    धेरै छ मनमा
    यो दसैँको रङ्ग ।
    २)
    बढोस् सबैमा सद्भावना
    नवदुर्गाले कल्याण गरून्
    सम्पूर्णमा बडादसैँको शुभकामना !
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ

    [२०]
    मनाऔँ स्तर हेरेर
    तडकभडक ज्यादा देखाउँदा
    बस्लान् साहुले घेरेर !
    ✍️
    सरिता सेढाई धादिङ

    [२१]
    १)
    दसैँमा रमाउने चाहना
    लिई आशिर्वाद मान्यजनबाट
    आशिष र शुभभावना !
    २)
    आयो दसैँ पर्व
    दु:ख पिर बिर्सी
    मानौँ सबैले गर्व !
     ✍️
    मन थापा 
    पोखरा २१ बक्रेक

    [२२]
    १)
    बाढीले बगाउँदा घर
    यसपालीको दसैँ मनाउने
    मरिसक्याे सबै रहर ।
    ✍️
    सानु जाेशी
    सुदुर पश्चिम दार्चुला

    [२३]
    नहोस् खराब भावना 
    सकारात्मक सोच होस् 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    दीपा समभाव 
    दुबेकोल कोटाङ्ग

    [२४]
    १)
    बनाऔँ शुद्ध भावना
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [२५]
    रहिरहनुपर्छ सकारात्मक भावना
    आपतविपतमा नहुनू विचलित 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे

    [२६]
    १)
    सुखशान्ति खुसीको चाहना
    फलोस् फूलोस् जीवनभरि
    बडादसैँको मङ्गलमय शुभकामना !
    २)
    निधारमा टीका जमरा
    दुर्गा माताको आशिषले
    जीवन बनोस् हराभरा !
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    [२७]
    १)
    नेपालीमा उमङ्ग छाओस्
    आशिष आपासमा साटेर
    रम्न समृद्धि आओस् !
    २)
    गच्छेले चाडबाड मनाऔँ
    देखासिकी गरेर होइन 
    सभ्य सुसंस्कृत बनाऔँ !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला

    [२८]
    १)
    होस् सकारात्मक भावना
    नवदुर्गाले रक्षा गरुन्
    बडादसैँको सबैमा शुभकामना !
    २)
    विपत्ति नपरोस् देशमा
    सबै हाँसीखुसी रहुन्
    नेपाली आफ्नै भेषमा !
    ✍️
    बेदु न्यौपाने

    [२९]
    मिलन गराउने चाडपर्व 
    परिवार एउटै आँगनमा
    संस्कृतिमा गरौँ गर्व !
    ✍️
    कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी

    [३०]
    १)
    विजयादशमीको पावन अवसरमा
    दुर्गाभगवतीले बास गरून्
    सबै मानिसको घरघरमा !
    २)
    रङ्ग र रसैमा
    नराम्रो सुन्न नपरोस्
    यो साल दसैँमा !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ

    [३१]
    १)
    शान्ति वैभव आओस्
    बडादसैँको मङ्गलमय शुभकामना
    भवानीको आशीर्वाद लागोस् !
    २) 
    लागोस् देवीमा भक्ति
    टीका जमरा लगाई
    मिलोस् सृजनशील शक्ति !
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुनसरी ।

    [३२]
    १)
    सुखशान्ति सर्वत्र छाओस्
    कामना छ बडादसैँ
    खुसी बाेकेर आओस् !
    २)
    विकृति नभित्र्याऊँ कसैले
    संस्कार, संस्कृति जाेगाउँदै
    सद्भाव बाडाैँ सबैले !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा

    [३३]
    १)
    फेरि दसैँ आयो 
    उत्साह र उमङ्गसँगै
    जनजनमा खुसी छायो ।
    २)
    गरिबलाई हुन्छ पीर
    चाडबाड आएको बेला
    अवश्य हुन्छ फिकिर ।
    ✍️
    बिरेन्द्र कुमार चौधरी 
    इटहरी सुनसरी

    [३४]
    १)
    लिएर शुद्ध भावना
    माता दुर्गाको आशिर्वाद
    बडादसैँ पर्वको शुभकामना !
    २)
    बडादसैँ आइपुग्यो आँगन
    हाँसीखुसी उमङ्ग लिई
    चोखो सद्भाव राखन ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ

    [३५]
    स्वच्छ रहोस् भावना 
    दुख कसैमा नपरोस् 
    सबैमा छ शुभकामना !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [३६]
    आयो महान् चाडपर्व
    एकसाथ मिलेर मनाऔँ
    गर्दै देशको गर्व !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न . पा. ६ संखुवासभा

    [३७]
    खुसीको पल आउन् 
    सबैका घरमा दसैँमा 
    हर्षका किरण छाउन् !
    ✍️
    अन्मोल मुस्कान 
    तकदाह छाउनी, दार्जिलिङ

    [३८]
    जागाेस् सबैमा सचेतना
    नपराेस् लोकमा विपत
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार ।

    [३९]
    उत्साहको लहर आओस्
    बडादसैँ मनाऔँ यसपाली
    समृद्धि सबैमा छाओस् !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    [४०]
    १)
    लगाउनू साइतमा टिका
    खल्लो नहोस् दसैँ
    नझरोस् आँसुको ढिका !
    २)
    शत्रु बैरी नलागुन्
    अग्रजको आशिर्वादले सबै
    कोसौँ टाढा भागुन् !
    ✍
    काजल न्यौपाने, भोजपुर।

    [४१]
    समृद्धि, प्रगतिको कामना 
    परिवारमा खुसी छाओस्
    दसैँको मङ्गलमय शुभकामना !
    ✍️
    रुना कर्माचार्य दाहाल 
    चितवन

    [४२]
    १)
    टिका जमरा लगाएर
    पिङ खेल्न जानुपर्छ
    दुःख पीडा भगाएर !
    २)
    नेपालीको महान पर्व
    मनाउनु पर्छ मिलीजुली
    लिएर सधैँ गर्व ।
    ✍️
    कला ढकाल झापा

    [४३] 
    १)
    आउँछ प्रत्येक वर्ष 
    घुम्दै विजयादशमी यहाँ 
    ल्याएर उमङ्ग हर्ष !
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची

    [४४]
    उच्च रहोस् भावना
    शुभ होस् बडादसैँको
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर

    [४५]
    १)
    देवीको पूजा आराधना 
    शुभ मङगल होस् 
    सबैमा दसैँको शुभकामना !
    २)
    पशुपंक्षीको रातो रगतमा 
    नाम लिएर धर्मको 
    पाप गर्छन् जगतमा । 
    ✍️
    शान्ता पौडेल भट्टराई 
    टङ्कीसिनवारी, मोरङ

    [४६]
    १)
    हर्ष उल्लास छायो
    हरेक नेपालीको आँगनमा
    राष्टिय पर्व आयो ।
    २)
    पीडा भुलेर खुसीमा
    मन आनन्द बनाऔं
    मुस्कान भरी झुसीमा !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    [४७]
    आइरहाेस् उदारताकाे भावना 
    सम्पूर्ण नेपालीमा बडादसैँकाे
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [४८]
    १)
    दसैँमा टीका लगाउँ
    देवीको पूजा गरेर
    दुःखकष्ट सबै भगाउँ ।
    २)
    दसैँमा घरको रहर
    आशिर्वाद थाप्न जाने
    खतरा गाउँ सहर !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [४९] 
    नराख्नू नराम्रो भावना 
    एकासीमा फुलोस् फलोस्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    ललिता देउवा

    [५०]
    १)
    सबैको पुगोस् मनोकामना
    धनी या गरिबलाई
    यही बडादसैँको शुभकामना ।
    २)
    स-साना कुरामा रमाउँ
    देखासिकी गर्नु हुन्न
    खुसीले दसैँ मनाउँ ।
    ✍️
    धनमाया चौधरी, कैलाली

    [५१] 
    १)
    नलागोस् ऋण कसैलाई 
    फजुल खर्चलाई घटाएर
    उत्सव बनाऔँ दसैँलाई ।
    २)
    सद्भाव हाम्रो चाहना 
    खुसीयाली सबैमा ल्याएर 
    पूर्ण होओस् कामना !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    [५२]
    दसैँको पर्व आयाे
    पिरव्यथा सबै भुलेर
    सर्वत्र खुसी छायो ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत

    [५३] 
    दसैँमा जमरा टीका 
    शिरमा ठूलाबडाको हात 
    नहोस् आर्शिवाद फिका !
    ✍️
    साहित्य प्रेमी 
    सुशील धनगढी

    [५४]
    गरौँ विपत्तिको सामना
    टरेर जाओस् दशाहरू
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    पुष्पा राई
    बादेल, खाेटाङ

    [५५] 
    रमाइलो चाडपर्व आयो
    टिका, जमरा लगाउँदै 
    मनमा उमङ्ग छायो । 
    ✍️ 
    धनुष न्यौपाने 
    जुम्ला।

    [५६]
    हासेर दसैँ मनाउँ
    आशिष लिन हामीले
    ठूलाको घरमा जाउँ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    [५७] 
    १)
    चाडपर्व संस्कृति हाम्रो 
    फजुल खर्च नगरी
    दसैँ मनाऔँ राम्रो !
    २)
    दसैँ बनोस् खास
    दसैँको सबैलाई शुभकामना 
    नहाेस् कसैको उठिबास !
    ✍️
    राज कुमार राजभण्डारी खोटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५८]
    खुसीको दिन आयो
    मनभरी आनन्द छ
    दशैँको रमझम छायो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    [५९] 
    शुभकामना छ दसैँकाे
    सङ्कटभित्र हाँस्न सिकेर
    नसाेचाैँ दुर्भाव कसैकाे ।
    ✍️
    शम्भु गजुरेल, सिन्धुली

    [६०]
    सबैलाई दसैँकाे शुभकामना
    नेपालीकाे महान् चाड
    पूरा हाेउन् चाहना !
    ✍️
    नवराज भट्ट, कञ्चनपुर

    [६१] 
    दसैँ आयो भन्छन् 
    भत्किएको घर लिपेर 
    आशा मनमा गन्छन् ।
    ✍️
    विकास क्षेत्री अञ्जान 
    कैँजले, बिजनबारी दार्जिलिङ

    [६२]
    हामी सबको चाहना
    सुखशान्ति अनि समृद्धि
    विजयादशमीको हार्दिक शुभकामना !
    ✍️
    देवकृष्ण काफ्ले

    [६३] 
    बडादसैँमा भयो बबन्डर 
    आँखाहरू रसाउन छोडेनन्
    बाढीले दिएपछि हन्डर ।
    ✍️
    घनश्याम पन्त 

    [६४]
    हामी सबैको चाहाना
    दसैँमा पूरा होस्
    नहोस् कुनै बाहाना !
    ✍️
    नागेन्द्रप्रसाद यादव

    [६५] 
    हार्दिक शुभकामना  बडादसैँको
    मनमा हर्षोल्लास रहोस्
    शत्रु नाशिउन् सबैको ।
    ✍️
    मनोहरी पौडेल

    [६६]
    दर्शन गरेँ भवानी
    दसैँको हार्दिक शुभकामना
    रमाउँदै बितोस् जिन्दगानी !
    ✍️
    भगवती दवाडी, दमक, झापा

    [६७] 
    १)
     दसैँ खुसीको पर्व 
     मान्यजनको आशीर्वाद लिई
    गर्नुपर्छ हामीले गर्व ।
    २)
    हुनेछ सत्यको विजय 
    दुर्गा भवानीको कृपाले 
    शत्रुमा जागोस् भय ।
    ✍️
    जयनारायण नेपाल 
    इलाम 
    हाल सूर्यविनायक २ बालकोट,भक्तपुर 

    [६८]
    मनको दसैँले छोएको
    हँसिलो मुहार देखाई
    शुभकामना दिँदै रोएको ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६९] 
    १)
    दसैँ विशेष चाडपर्व 
    परिवारका सदस्य एकैठाउँमा
    हिन्दु हुनुमा गर्व ।
    २)
    विजयादशमीकाे हार्दिक शुभकामना 
    मनभित्रकाे कलमस पखाली
    शुद्ध बनाउनू भावना ।
    ३)
    असत्यमाथि सत्यकाे जित
    दसैँकाे हार्दिक शुभकामना 
    हाेस् सबैकाे हित ।
    ✍️
    प्रद्युम्न चालिसे 

    [७०]
    उच्च रहोस् भावना
    हटेर जाउन् सङ्कटहरू
    बडादसैँको सबैमा शुभकामना !
    ✍️
    दुर्गा भट्टराई
    माेरङ

    [७१] 
    बडादसैँको रौनक छायो
    खुसीको अनुपम अवसर
    नानीबाबुमा खुसी ल्यायो ।
    ✍️
    कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ

    [७२]
    सबैतिर दसैँ आयो
    रमाइलो पर्व हजुर
    मनमा खुसी छायो ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ

    [७३] 
    दसैँ शुभ बनाेस्
    राम्रोसँग मनाएकाे देखेर 
    सबैले राम्रो भनाेस् !
     ✍️
    रबि पाैडेल
    जैमिनी ७ ,बाग्लुङ

    [७४]
    भित्रिएसँगै घरमा चाडपर्व
    दुखसुख हुँदा पनि
    दसैँ हाम्रो गर्व ।
    ✍️
    सन्तु खत्री

    [७५] 
    दसैँमा संस्कृति झल्कियाेस्
    विकृतिहरू पन्छाएर सबै
    सुकृतिकाे राैनक छरियाेस् !
    ✍️ 
    ताराप्रसाद चापागाईँ

    [७६]
    १)
    आयो दसैँको भावना
    हिमाल तराई पहाड
    सबैमा मेरो शुभकामना !
    २)
    घरघरमा चाडपर्व छायो
    देशमा विपत्ति हुँदाहुँदै
    छपक्कै दसैँ आयो ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [७७]  
    १)
    नगरी कुरा चर्का
    एकले अर्कोको बुझ्नुपर्छ 
    समस्या अनि पिरमर्का ।
    २
    सबैलाई रमाइलोको चाहना 
    अर्काको सिको नगरौँ
    बडादसैँको सबैलाई शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली

    [७८]
    १)
    मनभरिका तिर्सना मेटेर
    हर्षोल्लासका साथ मनाऔँ
    दसैँ परिवार भेटेर ।
    २)
    बढदै जाओस् शान
    यो दसैँमा सबैका
    दाहिना हुन् भगमान ।
    ✍️
    लक्ष्मण देउवा डोटी

    [७९] 
    दिदीबहिनी एवम् दाजुभाइ
    सम्बन्ध प्रगाढ बनोस् 
    दसैँको शुभकामना सबैलाई !
    ✍️
    सुरेशकुमार पाण्डे 

    [८०]
    सुन्दर हाेस् भावना
    दसैँ अनि तिहारकाे
    सबैमा हार्दिक शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी, बझाङ

    [८१] 
    माैलाउन् मनका भावना 
    हजुरहरू तमाम सबैलाई 
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम 
    हाल भारतबाट 

    [८२]
    १)
    दशैँ आयो भन्छन्
    सर्वत्र छ रमाइलो
    केटाकेटी दक्षिणा गन्छन् ।
    २)
    वर्ष दिनको चाड
    रमाइलो हुने भयो
    दु:ख मान्न छाड ।
    ३)
    मेरो सधैँ चाहना
    सबैको भलो होस्
    दशैँको यही शुभकामना !
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [८३] 
    बाध्यता छ मनाउन
    नभए पनि शान्ति
    सन्तान खुसी बनाउन !
    ✍️
    मन्दिरा सेढाई 

    [८४]
    दसैँ आयो हजुर
    सबै अब रमाउनुपर्छ
    गरेर आ-आफ्नो सुर !
    ✍️
    मोहन आचार्य
    पाँचथर

    [८५] 
    आयाे दसैँ आँगनी
    आफन्त, साथीभाइसँगै रम्दैछु
    खुसीले म पनि ।
    ✍️
    भिक्षु ईश्वर 
    अछाम

    [८६]
    दसैँ आयो गाउँमा
    तर खुसी आएन
    अल्झियो बिरानो ठाउँमा !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज =२०
    राँझा एयरपोर्ट बाँके

    [८७] 
    टुप्लुक्क दसैँ आयाे
    खानु कि लाउनु
    मलाई दाेधार बनायाे ।
    ✍️
    दीपक दाहाल 

    [८८]
    १)
    जमरा अनि टीका
    निधारमा चट्ट लगाऔँ
    दसैँ नहोस् फिका !
    २)
    हत्यामा संग्लन नहुनू
    जिउनू समता भावले
    जीवकाे हत्यामा नरुनू !
    ✍️
    जी.वि.कश्यप, घाेराही, दाङ

    [८९] 
    १)
    कसरी बसौँ हेरी
    ऋणको भारी बोकाउन
    दसैँ आयो फेरि ।
    २)
    हुँदैछ यहाँ अस्तव्यस्त 
    होसियार परमाणुको होडबाजीले
    बनाउँदैछ संसारलाई ध्वस्त ।
    ✍️
    दीप गोले तामाङ

    [९०]
    १)
    घर जानेको लर्को
    नमनाउनू कसैले पनि
    ओढेर ऋणको बर्को ।
    २)
    चर्केर आउँछ छाती
    भोका, नाङ्गा देख्दा
    दसैँ नआएकै जाती ।
    ३)
    ल्याउँछन् खसी, बोका
    यो विपत्तिमा होलान्
    कतिका बालबच्चा भोका ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    [९१] 
    १)
    गाउँ अनि सहर
    चहलपहल निकै बढ्याे
    दसैँकाे आयाे लहर ।
    २)
    गएका विदेश काममा
    फर्किन्छन् चाड मनाउन 
    ती आफ्नै गामठाममा ।
    ✍️
    भुपेन्द्र के.सी.

    [९२]
    १)
    दुर्गा माताको शक्तिले
    हुन्छ सबैको कल्याण
    पूजा अनि भक्तिले ।
    २)
    थाप्छौँ जमरा टीका
    लिन्छौँ मान्यजनको आशिर्वाद
    नबनोस् चाड फिका ।
    ३)
    सबैमा खुसी आओस्
    नेपालीका घर आँगनमा
    चाडको माहोल छाओस् !
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९३] 
    १)
    चाडपर्व दसैँ आयो
    आदिशक्ति दुर्गा देवी
    भवानीको चर्चा छायो ।
    २)
    परदेशी घर आए
    टाढिएका ती परिवारसँगै
    निर्धक्क मिल्न पाए ।
    ३)
    भुलाएर व्यथा पीर
    पिङ खेल्दै रमाउँदै
    मनलाई राखे थिर !
    ✍️
    विवश पारदर्शी 
    झापा

    [९४]
    गर्दैछौँ दु:खको सामना
    विपत्तिमा कसरी दिउँ
    म दसैँको शुभकामना ?
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा

    [९५] 
    १)
    राखेँ मेरो भावना 
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [९६]
    चाडपर्व दसैँ आयो
    सबै एकजुट भएर
    चारैतिर खुसियाली छायो ।
    ✍️
    नेत्रबहादुर श्रेष्ठ
    सिन्धुपाल्चोक -१३

    [९७]
    दैलाेमा दसैँ आयाे
    बाेकेर पुर्खाको आशीर्वाद 
    खुसीले  मन रमायाे ।
    ✍️
    सन्दीप विश्वकर्मा 
    
    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साताका उत्कृष्ट झिल्काहरू- ३०

  • २६ आश्विन २०८१, शनिबार ०९:१८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ~<•>~
    [१]
    १)
    भाषण मिठा राम्रा
    लाग्छ छेपारा हुन्
    देशका नेता हाम्रा !
    २)
    बसाले कस्तो थिति
    स्वार्थबाहेक केही नसोच्ने
    घिनलाग्दो भो राजनीति !
    ३)
    पिट्छ्न् केही बोले
    अगाडि पछाडि हुन्छन्
    चम्चा र झोले !
    ✍️
    वसन्त अनुभव
    ~<•>~
    [२]
    १)
    नराम्रो कसैले नभनोस्
    फजुल खर्चले दसैँ
    कसैको दशा नबनोस् !
    २)
    ऋणले सेकिन्छ ढाड
    दु:ख पाउँछ घाँटीले
    नहेरी निल्दा हाड ।‌
    ३)
    बसेपछि जुवाको खालमा
    उजाडिन्छ सुन्दर घर
    डुबिन्छ ऋणको आहालमा ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [३]
    १)
    फूलजस्ताे मुस्कान छरी
    नजिक आउन खाेजिन्
    उनी मेराे वरिपरि ।
    २)
    दुबाेले भुइँ छाेपेछ
    हरियाली वसन्त भन्दै
    मन भने उजाडिएछ ।
    ३)
    दैलाेमा दसैँ आयाे
    बाेकेर आशीर्वाद पुर्खाकाे
    खुसीले मन रमायाे ।
    ✍️
    सन्दीप विश्वकर्मा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का2 Comments on साताका उत्कृष्ट झिल्काहरू- ३०

    झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न

  • २२ आश्विन २०८१, मंगलवार २१:२९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    [१]
    १)
    बुझेर समयको माग
    मनाऔँ चाड बडादसैँ
    त्यागी आपसी रिसराग !
    २)
    देखासिकी, दबाबमा परेर
    फजुल खर्च नगरौँ
    अनावश्यक रिनधन गरेर !
    ✍️
    वसन्त अनुभव

    [२]
    १)
    खुसीले भरियोस् भावना
    सबैमा छाइरहोस् यस्तै
    बडादशैँको हार्दिक शुभकामना ।
    २)
    दुर्गाको पूजा गरेर
    खुसीयाली भई मनाऔँ
    जीवनमा रङ्ग भरेर ।
    ✍️ अर्जुन प्रसाद चौलागाईँ

    [३]
    १)
    बडादसैँको दिन्छु शुभकामना 
    दुर्गामाताले रक्षा गरून्
    गरौँ खुसीले सामना ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ

    [४]
    उच्च रहोस् भावना
    मेलमिलाप सद्भाव सहित
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।

    [५]
    कसैलाई काँडा नबिजोस्
    दसैँमा सबै रमाउँ 
    आँखा आँसुले नभिजोस् !
    ✍️
    सविता भट्टराई, जनकपुरधाम

    [६]
    उत्साहित रहोस् भावना
    भवानीले कल्याण गरुन्
    बडादशैँको हार्दिक शुभकामना !
    ✍️ बाबुराम गौतम, गुल्मी

    [७]
    १)
    अनुहारमा खुसीको चाहना 
    बडादसैँको उजागर गर्दै 
    हार्दिक मङ्गलमय शुभकामना !
    २)
    चाडपर्व आयो आँगनमा 
    सयपत्रीको  हार  बोकेर 
    खुसी  ल्यायो  जीवनमा !
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [८]
    जमरा टिका थापौँ
    बडादसैँको हार्दिक शुभकामना
    हर्ष उल्लास छापौँ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९]
    शुभकामना छ बडादसैँको 
    छाओस् हर्ष उमङ्ग
    पुगोस् चाहना सबैको !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    [१०]
    १)
    दशा नबनोस् यसपालि
    रक्षा गरे दसैँमा
    हे मङ्गला काली !
    २)
    जनताको बिजोग कस्तो
    हरायो बडादसैँको रौनक
    मसानघाटको सुनसान जस्तो ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    [११]
    १)
    सबैकोलागि सुखमय रहोस्
    विजयादशमीको हार्दिक शुभकामना
    दसैँ दशा नबनोस् !
    २)
    जताततै दुर्घटना सुनिन्छ
    जनताहरूको भयो बिचल्ली 
    दसैँमा आँसु पुछिन्छ ।
    ✍️
    सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज

    [१२]
    निधारमा टिका रातो
    दसैँमा आशिष सबैको
    रहोस् अजम्बरी नातो ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    [१३]
    स्वच्छ रहोस् भावना
    मनका चाहाना पुगुन्
    विजयदशमीको हार्दिक शुभकामना !
    ✍️
    बिष्णु पङ्गेनी पाण्डे 

    [१४]
    एकप्रकारको ठूलो चाडपर्व
    रमाइलो भेटघाट भएमा
    यसैमा मानौँ गर्व ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    [१५]
    १)
    विडम्बना बाढीको सामना
    दुर्गा भवानीको आशिर्वाद 
    मिलोस् सबैको चाहना !
    २)
    खुसी हुनु जरुरी 
    चाडपर्वमा आफन्तसँग भेट 
    मेटिन्छ भएको दूरी ।
    ✍️
    पृथक प्रकृति, झापा

    [१६]
    १)
    दसैँ तिहार गाैरव
    खुसीमै बितुन् पर्वहरू
    भागुन् जीवनका काैरव !
    २)
    सकाैँ गर्न सामना
    गलत चिन्तन बढार्ने
    बडादसैंकाे मङ्गलमय शुभकामना !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान

    [१७] 
    पुगोस् सबैको चाहना 
    रोकिएका काम बनुन्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    गंगाराम यादव 
    औरावनी सुनसरी

    [१८]
    नहोस् अशान्तिको सामना
    सहजै पुग्नू लक्ष्यमा
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा

    [१९]
    १)
    उत्साह र उमङ्ग
    धेरै छ मनमा
    यो दसैँको रङ्ग ।
    २)
    बढोस् सबैमा सद्भावना
    नवदुर्गाले कल्याण गरून्
    सम्पूर्णमा बडादसैँको शुभकामना !
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ

    [२०]
    मनाऔँ स्तर हेरेर
    तडकभडक ज्यादा देखाउँदा
    बस्लान् साहुले घेरेर !
    ✍️
    सरिता सेढाई धादिङ

    [२१]
    १)
    दसैँमा रमाउने चाहना
    लिई आशिर्वाद मान्यजनबाट
    आशिष र शुभभावना !
    २)
    आयो दसैँ पर्व
    दु:ख पिर बिर्सी
    मानौँ सबैले गर्व !
     ✍️
    मन थापा 
    पोखरा २१ बक्रेक

    [२२]
    १)
    बाढीले बगाउँदा घर
    यसपालीको दसैँ मनाउने
    मरिसक्याे सबै रहर ।
    ✍️
    सानु जाेशी
    सुदुर पश्चिम दार्चुला

    [२३]
    नहोस् खराब भावना 
    सकारात्मक सोच होस् 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    दीपा समभाव 
    दुबेकोल कोटाङ्ग

    [२४]
    १)
    बनाऔँ शुद्ध भावना
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [२५]
    रहिरहनुपर्छ सकारात्मक भावना
    आपतविपतमा नहुनू विचलित 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे

    [२६]
    १)
    सुखशान्ति खुसीको चाहना
    फलोस् फूलोस् जीवनभरि
    बडादसैँको मङ्गलमय शुभकामना !
    २)
    निधारमा टीका जमरा
    दुर्गा माताको आशिषले
    जीवन बनोस् हराभरा !
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    [२७]
    १)
    नेपालीमा उमङ्ग छाओस्
    आशिष आपासमा साटेर
    रम्न समृद्धि आओस् !
    २)
    गच्छेले चाडबाड मनाऔँ
    देखासिकी गरेर होइन 
    सभ्य सुसंस्कृत बनाऔँ !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला

    [२८]
    १)
    होस् सकारात्मक भावना
    नवदुर्गाले रक्षा गरुन्
    बडादसैँको सबैमा शुभकामना !
    २)
    विपत्ति नपरोस् देशमा
    सबै हाँसीखुसी रहुन्
    नेपाली आफ्नै भेषमा !
    ✍️
    बेदु न्यौपाने

    [२९]
    मिलन गराउने चाडपर्व 
    परिवार एउटै आँगनमा
    संस्कृतिमा गरौँ गर्व !
    ✍️
    कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी

    [३०]
    १)
    विजयादशमीको पावन अवसरमा
    दुर्गाभगवतीले बास गरून्
    सबै मानिसको घरघरमा !
    २)
    रङ्ग र रसैमा
    नराम्रो सुन्न नपरोस्
    यो साल दसैँमा !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ

    [३१]
    १)
    शान्ति वैभव आओस्
    बडादसैँको मङ्गलमय शुभकामना
    भवानीको आशीर्वाद लागोस् !
    २) 
    लागोस् देवीमा भक्ति
    टीका जमरा लगाई
    मिलोस् सृजनशील शक्ति !
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुनसरी ।

    [३२]
    १)
    सुखशान्ति सर्वत्र छाओस्
    कामना छ बडादसैँ
    खुसी बाेकेर आओस् !
    २)
    विकृति नभित्र्याऊँ कसैले
    संस्कार, संस्कृति जाेगाउँदै
    सद्भाव बाडाैँ सबैले !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा

    [३३]
    १)
    फेरि दसैँ आयो 
    उत्साह र उमङ्गसँगै
    जनजनमा खुसी छायो ।
    २)
    गरिबलाई हुन्छ पीर
    चाडबाड आएको बेला
    अवश्य हुन्छ फिकिर ।
    ✍️
    बिरेन्द्र कुमार चौधरी 
    इटहरी सुनसरी

    [३४]
    १)
    लिएर शुद्ध भावना
    माता दुर्गाको आशिर्वाद
    बडादसैँ पर्वको शुभकामना !
    २)
    बडादसैँ आइपुग्यो आँगन
    हाँसीखुसी उमङ्ग लिई
    चोखो सद्भाव राखन ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ

    [३५]
    स्वच्छ रहोस् भावना 
    दुख कसैमा नपरोस् 
    सबैमा छ शुभकामना !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [३६]
    आयो महान् चाडपर्व
    एकसाथ मिलेर मनाऔँ
    गर्दै देशको गर्व !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न . पा. ६ संखुवासभा

    [३७]
    खुसीको पल आउन् 
    सबैका घरमा दसैँमा 
    हर्षका किरण छाउन् !
    ✍️
    अन्मोल मुस्कान 
    तकदाह छाउनी, दार्जिलिङ

    [३८]
    जागाेस् सबैमा सचेतना
    नपराेस् लोकमा विपत
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार ।

    [३९]
    उत्साहको लहर आओस्
    बडादसैँ मनाऔँ यसपाली
    समृद्धि सबैमा छाओस् !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    [४०]
    १)
    लगाउनू साइतमा टिका
    खल्लो नहोस् दसैँ
    नझरोस् आँसुको ढिका !
    २)
    शत्रु बैरी नलागुन्
    अग्रजको आशिर्वादले सबै
    कोसौँ टाढा भागुन् !
    ✍
    काजल न्यौपाने, भोजपुर।

    [४१]
    समृद्धि, प्रगतिको कामना 
    परिवारमा खुसी छाओस्
    दसैँको मङ्गलमय शुभकामना !
    ✍️
    रुना कर्माचार्य दाहाल 
    चितवन

    [४२]
    १)
    टिका जमरा लगाएर
    पिङ खेल्न जानुपर्छ
    दुःख पीडा भगाएर !
    २)
    नेपालीको महान पर्व
    मनाउनु पर्छ मिलीजुली
    लिएर सधैँ गर्व ।
    ✍️
    कला ढकाल झापा

    [४३] 
    १)
    आउँछ प्रत्येक वर्ष 
    घुम्दै विजयादशमी यहाँ 
    ल्याएर उमङ्ग हर्ष !
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची

    [४४]
    उच्च रहोस् भावना
    शुभ होस् बडादसैँको
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर

    [४५]
    १)
    देवीको पूजा आराधना 
    शुभ मङगल होस् 
    सबैमा दसैँको शुभकामना !
    २)
    पशुपंक्षीको रातो रगतमा 
    नाम लिएर धर्मको 
    पाप गर्छन् जगतमा । 
    ✍️
    शान्ता पौडेल भट्टराई 
    टङ्कीसिनवारी, मोरङ

    [४६]
    १)
    हर्ष उल्लास छायो
    हरेक नेपालीको आँगनमा
    राष्टिय पर्व आयो ।
    २)
    पीडा भुलेर खुसीमा
    मन आनन्द बनाऔं
    मुस्कान भरी झुसीमा !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    [४७]
    आइरहाेस् उदारताकाे भावना 
    सम्पूर्ण नेपालीमा बडादसैँकाे
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [४८]
    १)
    दसैँमा टीका लगाउँ
    देवीको पूजा गरेर
    दुःखकष्ट सबै भगाउँ ।
    २)
    दसैँमा घरको रहर
    आशिर्वाद थाप्न जाने
    खतरा गाउँ सहर !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [४९] 
    नराख्नू नराम्रो भावना 
    एकासीमा फुलोस् फलोस्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    ललिता देउवा

    [५०]
    १)
    सबैको पुगोस् मनोकामना
    धनी या गरिबलाई
    यही बडादसैँको शुभकामना ।
    २)
    स-साना कुरामा रमाउँ
    देखासिकी गर्नु हुन्न
    खुसीले दसैँ मनाउँ ।
    ✍️
    धनमाया चौधरी, कैलाली

    [५१] 
    १)
    नलागोस् ऋण कसैलाई 
    फजुल खर्चलाई घटाएर
    उत्सव बनाऔँ दसैँलाई ।
    २)
    सद्भाव हाम्रो चाहना 
    खुसीयाली सबैमा ल्याएर 
    पूर्ण होओस् कामना !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    [५२]
    दसैँको पर्व आयाे
    पिरव्यथा सबै भुलेर
    सर्वत्र खुसी छायो ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत

    [५३] 
    दसैँमा जमरा टीका 
    शिरमा ठूलाबडाको हात 
    नहोस् आर्शिवाद फिका !
    ✍️
    साहित्य प्रेमी 
    सुशील धनगढी

    [५४]
    गरौँ विपत्तिको सामना
    टरेर जाओस् दशाहरू
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    पुष्पा राई
    बादेल, खाेटाङ

    [५५] 
    रमाइलो चाडपर्व आयो
    टिका, जमरा लगाउँदै 
    मनमा उमङ्ग छायो । 
    ✍️ 
    धनुष न्यौपाने 
    जुम्ला।

    [५६]
    हासेर दसैँ मनाउँ
    आशिष लिन हामीले
    ठूलाको घरमा जाउँ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    [५७] 
    १)
    चाडपर्व संस्कृति हाम्रो 
    फजुल खर्च नगरी
    दसैँ मनाऔँ राम्रो !
    २)
    दसैँ बनोस् खास
    दसैँको सबैलाई शुभकामना 
    नहाेस् कसैको उठिबास !
    ✍️
    राज कुमार राजभण्डारी खोटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५८]
    खुसीको दिन आयो
    मनभरी आनन्द छ
    दशैँको रमझम छायो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    [५९] 
    शुभकामना छ दसैँकाे
    सङ्कटभित्र हाँस्न सिकेर
    नसाेचाैँ दुर्भाव कसैकाे ।
    ✍️
    शम्भु गजुरेल, सिन्धुली

    [६०]
    सबैलाई दसैँकाे शुभकामना
    नेपालीकाे महान् चाड
    पूरा हाेउन् चाहना !
    ✍️
    नवराज भट्ट, कञ्चनपुर

    [६१] 
    दसैँ आयो भन्छन् 
    भत्किएको घर लिपेर 
    आशा मनमा गन्छन् ।
    ✍️
    विकास क्षेत्री अञ्जान 
    कैँजले, बिजनबारी दार्जिलिङ

    [६२]
    हामी सबको चाहना
    सुखशान्ति अनि समृद्धि
    विजयादशमीको हार्दिक शुभकामना !
    ✍️
    देवकृष्ण काफ्ले

    [६३] 
    बडादसैँमा भयो बबन्डर 
    आँखाहरू रसाउन छोडेनन्
    बाढीले दिएपछि हन्डर ।
    ✍️
    घनश्याम पन्त 

    [६४]
    हामी सबैको चाहाना
    दसैँमा पूरा होस्
    नहोस् कुनै बाहाना !
    ✍️
    नागेन्द्रप्रसाद यादव

    [६५] 
    हार्दिक शुभकामना  बडादसैँको
    मनमा हर्षोल्लास रहोस्
    शत्रु नाशिउन् सबैको ।
    ✍️
    मनोहरी पौडेल

    [६६]
    दर्शन गरेँ भवानी
    दसैँको हार्दिक शुभकामना
    रमाउँदै बितोस् जिन्दगानी !
    ✍️
    भगवती दवाडी, दमक, झापा

    [६७] 
    १)
     दसैँ खुसीको पर्व 
     मान्यजनको आशीर्वाद लिई
    गर्नुपर्छ हामीले गर्व ।
    २)
    हुनेछ सत्यको विजय 
    दुर्गा भवानीको कृपाले 
    शत्रुमा जागोस् भय ।
    ✍️
    जयनारायण नेपाल 
    इलाम 
    हाल सूर्यविनायक २ बालकोट,भक्तपुर 

    [६८]
    मनको दसैँले छोएको
    हँसिलो मुहार देखाई
    शुभकामना दिँदै रोएको ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६९] 
    १)
    दसैँ विशेष चाडपर्व 
    परिवारका सदस्य एकैठाउँमा
    हिन्दु हुनुमा गर्व ।
    २)
    विजयादशमीकाे हार्दिक शुभकामना 
    मनभित्रकाे कलमस पखाली
    शुद्ध बनाउनू भावना ।
    ३)
    असत्यमाथि सत्यकाे जित
    दसैँकाे हार्दिक शुभकामना 
    हाेस् सबैकाे हित ।
    ✍️
    प्रद्युम्न चालिसे 

    [७०]
    उच्च रहोस् भावना
    हटेर जाउन् सङ्कटहरू
    बडादसैँको सबैमा शुभकामना !
    ✍️
    दुर्गा भट्टराई
    माेरङ

    [७१] 
    बडादसैँको रौनक छायो
    खुसीको अनुपम अवसर
    नानीबाबुमा खुसी ल्यायो ।
    ✍️
    कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ

    [७२]
    सबैतिर दसैँ आयो
    रमाइलो पर्व हजुर
    मनमा खुसी छायो ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ

    [७३] 
    दसैँ शुभ बनाेस्
    राम्रोसँग मनाएकाे देखेर 
    सबैले राम्रो भनाेस् !
     ✍️
    रबि पाैडेल
    जैमिनी ७ ,बाग्लुङ

    [७४]
    भित्रिएसँगै घरमा चाडपर्व
    दुखसुख हुँदा पनि
    दसैँ हाम्रो गर्व ।
    ✍️
    सन्तु खत्री

    [७५] 
    दसैँमा संस्कृति झल्कियाेस्
    विकृतिहरू पन्छाएर सबै
    सुकृतिकाे राैनक छरियाेस् !
    ✍️ 
    ताराप्रसाद चापागाईँ

    [७६]
    १)
    आयो दसैँको भावना
    हिमाल तराई पहाड
    सबैमा मेरो शुभकामना !
    २)
    घरघरमा चाडपर्व छायो
    देशमा विपत्ति हुँदाहुँदै
    छपक्कै दसैँ आयो ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [७७]  
    १)
    नगरी कुरा चर्का
    एकले अर्कोको बुझ्नुपर्छ 
    समस्या अनि पिरमर्का ।
    २
    सबैलाई रमाइलोको चाहना 
    अर्काको सिको नगरौँ
    बडादसैँको सबैलाई शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली

    [७८]
    १)
    मनभरिका तिर्सना मेटेर
    हर्षोल्लासका साथ मनाऔँ
    दसैँ परिवार भेटेर ।
    २)
    बढदै जाओस् शान
    यो दसैँमा सबैका
    दाहिना हुन् भगमान ।
    ✍️
    लक्ष्मण देउवा डोटी

    [७९] 
    दिदीबहिनी एवम् दाजुभाइ
    सम्बन्ध प्रगाढ बनोस् 
    दसैँको शुभकामना सबैलाई !
    ✍️
    सुरेशकुमार पाण्डे 

    [८०]
    सुन्दर हाेस् भावना
    दसैँ अनि तिहारकाे
    सबैमा हार्दिक शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी, बझाङ

    [८१] 
    माैलाउन् मनका भावना 
    हजुरहरू तमाम सबैलाई 
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम 
    हाल भारतबाट 

    [८२]
    १)
    दशैँ आयो भन्छन्
    सर्वत्र छ रमाइलो
    केटाकेटी दक्षिणा गन्छन् ।
    २)
    वर्ष दिनको चाड
    रमाइलो हुने भयो
    दु:ख मान्न छाड ।
    ३)
    मेरो सधैँ चाहना
    सबैको भलो होस्
    दशैँको यही शुभकामना !
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [८३] 
    बाध्यता छ मनाउन
    नभए पनि शान्ति
    सन्तान खुसी बनाउन !
    ✍️
    मन्दिरा सेढाई 

    [८४]
    दसैँ आयो हजुर
    सबै अब रमाउनुपर्छ
    गरेर आ-आफ्नो सुर !
    ✍️
    मोहन आचार्य
    पाँचथर

    [८५] 
    आयाे दसैँ आँगनी
    आफन्त, साथीभाइसँगै रम्दैछु
    खुसीले म पनि ।
    ✍️
    भिक्षु ईश्वर 
    अछाम

    [८६]
    दसैँ आयो गाउँमा
    तर खुसी आएन
    अल्झियो बिरानो ठाउँमा !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज =२०
    राँझा एयरपोर्ट बाँके

    [८७] 
    टुप्लुक्क दसैँ आयाे
    खानु कि लाउनु
    मलाई दाेधार बनायाे ।
    ✍️
    दीपक दाहाल 

    [८८]
    १)
    जमरा अनि टीका
    निधारमा चट्ट लगाऔँ
    दसैँ नहोस् फिका !
    २)
    हत्यामा संग्लन नहुनू
    जिउनू समता भावले
    जीवकाे हत्यामा नरुनू !
    ✍️
    जी.वि.कश्यप, घाेराही, दाङ

    [८९] 
    १)
    कसरी बसौँ हेरी
    ऋणको भारी बोकाउन
    दसैँ आयो फेरि ।
    २)
    हुँदैछ यहाँ अस्तव्यस्त 
    होसियार परमाणुको होडबाजीले
    बनाउँदैछ संसारलाई ध्वस्त ।
    ✍️
    दीप गोले तामाङ

    [९०]
    १)
    घर जानेको लर्को
    नमनाउनू कसैले पनि
    ओढेर ऋणको बर्को ।
    २)
    चर्केर आउँछ छाती
    भोका, नाङ्गा देख्दा
    दसैँ नआएकै जाती ।
    ३)
    ल्याउँछन् खसी, बोका
    यो विपत्तिमा होलान्
    कतिका बालबच्चा भोका ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    [९१] 
    १)
    गाउँ अनि सहर
    चहलपहल निकै बढ्याे
    दसैँकाे आयाे लहर ।
    २)
    गएका विदेश काममा
    फर्किन्छन् चाड मनाउन 
    ती आफ्नै गामठाममा ।
    ✍️
    भुपेन्द्र के.सी.

    [९२]
    १)
    दुर्गा माताको शक्तिले
    हुन्छ सबैको कल्याण
    पूजा अनि भक्तिले ।
    २)
    थाप्छौँ जमरा टीका
    लिन्छौँ मान्यजनको आशिर्वाद
    नबनोस् चाड फिका ।
    ३)
    सबैमा खुसी आओस्
    नेपालीका घर आँगनमा
    चाडको माहोल छाओस् !
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९३] 
    १)
    चाडपर्व दसैँ आयो
    आदिशक्ति दुर्गा देवी
    भवानीको चर्चा छायो ।
    २)
    परदेशी घर आए
    टाढिएका ती परिवारसँगै
    निर्धक्क मिल्न पाए ।
    ३)
    भुलाएर व्यथा पीर
    पिङ खेल्दै रमाउँदै
    मनलाई राखे थिर !
    ✍️
    विवश पारदर्शी 
    झापा

    [९४]
    गर्दैछौँ दु:खको सामना
    विपत्तिमा कसरी दिउँ
    म दसैँको शुभकामना ?
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा

    [९५] 
    १)
    राखेँ मेरो भावना 
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    ~~~~~~~~~~
    [९६]
    चाडपर्व  दसैँ  आयो
    सबै  एकजुट  भएर
    चारैतिर खुसियाली छायो ।
    ✍️
    नेत्रबहादुर श्रेष्ठ
    सिन्धुपाल्चोक -१३
    ~~~~~~~~~~

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव3 Comments on झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न

    झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न

  • २२ आश्विन २०८१, मंगलवार २१:२६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>————–
    १)
    समावेशी उत्कृष्ट संविधान
    सर्वत्र छ खुसी
    जन जनमा मुस्कान !
    २)
    हटोस् अन्याय अत्याचार
    शुभकामना संविधान दिवसको
    पाउन् सबैले अधिकार !
    ✍️
    वसन्त अनुभव

    २//
    देशमा संविधान आएको 
    जनताले संङ्घर्ष गरेर
    नेता यताउता छाएको ।
    ✍️
    शोभा आचार्य गौतम

    ३//
    संविधान देशको शान
    इज्जत भनेको ठूलो
    गर देशको मान ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    ४//
     १)
     नयाँ संविधान आयाे
    तर अधिकार आएन
    राष्ट्रले के पायाे ?
    २)
     संविधानमा अधिकार लेखियाे
    न्याय नदिने न्यायालयमा
    राजनैतिक धाँधली देखियाे ।
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी

    ५//
    १)
    संविधान कालो बनाए
    देश खोक्रो पारेर
    भ्रष्टचारी नेता गनाए ।
    २)
    संविधान पालना नगर्नेहरू
    सत्तामा रहुन्जेल स्वादिलो
    भ्रष्टाचारीहरू बर्बराउँछ अरू ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    ६//
    संविधान कस्तो बनायो 
    देशमा जनता मर्दा
    आफ्नो खुसी मनायो ।
    ✍️
    सञ्जना शर्मा, लमही दाङ

    ७//
    १)
    संविधान बारे जानुन्
    मूल कानुन नेपालको
    सबैले राम्रोसँग मानुन् ।
    २)
    वीर सहिदको योगदान
    देशमा आयो गणतन्त्र
    लेखियो उत्कृष्ट संविधान ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ

    ८//
    धारा अध्यादेश संविधानमा 
    देशको  सुरक्षा  सर्वोपरी 
    नरहौँ  फोस्रो  अभिमानमा ।
    ✍️
     मोती योन्जन सुब्बा,  दार्जिलिङ

    ९//
    मान्नुपर्छ नियम संविधान
    अलि सप्रेला समाज
    रहला हाम्रो आत्मसम्मान ।
    ✍️
    सुनगाभा पोखरेल

    १०//
    लाग्छ संविधान यस्तो 
    बेल पाकेको खुसी 
    कागलाई नभएको जस्तो ।
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    ११//
    संविधान दिवस धारा
    नेताले बुझेनन् कानुन
    अहिले देखाए पारा ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    १२//
    मूल कानुन जानुन्
    आफ्नै मर्यादामा रहेर
    सबैले पालना गरुन् ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ स्याङ्जा

    १३//
    १)
    उत्कृष्ट संविधान बनाए
    गरेर घृणित काम
    सबै नेता गनाए ।
    २)
    सुधाराैँ सबले मति
    गरेर कार्यान्वयन संविधानकाे
    बढाऔँ विकासको गति ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    १४// 
    बनाउँ देश हाम्रो 
    संविधान नियम ल्याई 
    स्वर्गझैँ सुन्दर राम्रो ।
    ✍️
    गंगाराम यादव 
    औरावनी, सुनसरी

    १५//
    १)
    संविधानले नीति खोजेको
    सरकारले बनायो अन्धो
    जनताले आफैँ रोजेको ।
    २)
    जनताले बलिदान दिए
    सङ्घर्षमा लड्दै गएर
    नेताहरूले हुर्मत लिए !
    ३//
    संविधान दिवसको भावना
    सबै राष्ट्रिय जनसमुदायमा
    संविधानको हार्दिक शुभकामना !
    ✍️
    बेदु न्यौपाने

    १६//
    १)
    भन्छन् उत्कृष्ट संविधान
    जनता देखिँदैनन् खुसी 
    कसरी दिन्छन् सम्मान ?
    २)
    चाहेझैँ राम्रो बनोस्
    समावेशी सर्वत्र भई
    अझै उत्कृष्ट रहोस् ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।

    १७//
    १)
    सबैले पालना गरौँ
    संविधानको मूल कानुन
    यसको महत्त्व भरौँ।
    २)
    क्षमायाचना त गरौं
    गल्ती भए हजुर
    भ्रष्टमा राष्ट्रबाद भरौं ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    १८//
    संविधान आएको दिन 
    मौलिक अधिकारक साथ
    जानेनन् हात लिन ।
    ✍️
    साहित्य प्रेमी सुशील 
    धनगढी

    १९//
    १)
    मान मर्यादा भुलेर
    कानुन लुकाउँछन् देशमा
    भाषण छाड्दै खुलेर।
    २)
    जनतालाई राहत दिन
    बनेन संविधान मर्यादाको
    शान्तिको सास लिन।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    २०//
    १) 
    भविष्यको उज्ज्वल तारा 
    अत्याचार धेरै भयो 
    संविधान तोड्ने पारा ।
    २) 
    सबैतिर कुर्सी तानातान 
    किन राखेउ सरकार 
    कामै नलाग्ने संविधान ।
    ✍️
    अन्मोल मुस्कान 
    तकदाह छाउनी, दार्जिलिङ।

    २१//
    दुनियाँको मुहार फेर्ने
    यो संविधान खै ?
    सबैको भाग्य केर्ने ।
    ✍️
    दीप गोले तामाङ – रौतहट

    २२//
    १)
    विधानका पानामा केरियोस्
    अब आउँदो संविधानमा 
    गन्हाउने नेता फेरियोस् ।
    २)
    मरिजाने यो चोला 
    यहाँ कुर्सीकै लागि 
    बग्छ रगतको खोला ।
    ✍️
    हिरामाया श्रेष्ठ 
    गजुरी १ धादिङ

    २३//
    कागजमा लेखिएको ज्ञान
    आफैँ पालना गर्दैनन्
    जसले बनायो संविधान !
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ

    २४//
    १)
    ऐतिहासिक यो संविधान
    कागजमा कैद भयो
    व्यवहारमा मात्र उखान ।
    २)
    संविधान बनाए जनता
    विदेशी चलखेल भयो
    बढी भयो स्वतन्त्रता ।
    ३)
    देश बनाए अचानो
    जनताको उस्तै हाल
    मानो न छानो ।
    ✍️
    सुरेशकुमार पाण्डे, दाङ घोराही १८

    २५//
    १)
    संविधान आहा भनुन्
    अध्ययन गरेर अक्षरस:
    ठूलो कानुनविद् बनुन् ।
    २)
    संविधानको संरक्षण गर्नू
    हाम्रो कर्तव्य हो
    बर्खिलापमा अघि नसर्नू ।
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा

    २६//
    दीप प्रज्वलन गरेर
    संविधान दिवस मनाऔँ
    देशभक्ति मनमा भरेर ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।

    २७//
    सबैभन्दा ठूलो ऐन
    सानालाई भने नियम
    ठूलालाई सधैँ चैन !
    ✍️
    आर्त अकुलीन

    २८//
    छैन   यहाँ     नुन 
    अर्काको भर परेर
    के  गर्नु   कानुन ?
    ✍️
    नागेन्द्रप्रसाद यादव 

    २९//
    संविधान आफैँलाई बनाए
    कानुन सबैलाई हुनुपर्नेमा
    गणतन्त्रको धज्जि उडाए ।
    ✍️
    शंकर कार्की, मकवानपुर

    ३०//
    १)
    संविधान दिवसको शुभकामना 
    मूल कानुन भनेर 
    जागाेस् सबैमा भावना !
       २)
    जसले कानुन मिच्यो
    उत्कृष्ट संविधान भन्दै 
    राष्ट्रकाे सम्पत्ति घिच्यो ।
       ३)
    जसले संविधान बनाए
    लिएर हातमा कानुन 
    आज आफैँ गनाए ।
    ✍️
    राज कुमार राजभण्डारी  खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।

    ३१//
    संविधान देशको आधार
    गर्व गर्छौँ हामी
    स्वतन्त्र सबै पूर्वाधार ।
    ✍️
    कार्की डिबी माकुम

    ३२//
    यसमा म आइनँ
    आँसु छ आँखाभित्र
    लेख्ने शब्दै पाइनँ !
    ✍️
    ऋजु दिल्पाली

    ३३//
    संविधान कानुनकाे मूल
    सबै नेपाली जनताले
    पालनामा नगरौँ भूल !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार

    ३४//
    मूल कानुन संविधान
    पूर्णतः पालना गरे 
    जनताकाे हुन्छ मान ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल 
    सन्धिखर्क-२, कुर, अर्घाखाँची

    ३५//
    शान्ति बढ्दै जाओस्
    संविधान बनाउदै,,
    हिंसाकर्म घट्दै आओस् !
    ✍️
    कुसुम कुवँर (बझाङ)

    ३६//
    सही प्रक्रियाको संविधानले
    जनतामा प्रगति दिलाउँछ 
    स्वाभिमान र पहिचानले ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ

    ३७//
    १)
    ल्याएको हो संविधान
    जनयुद्ध र जनआन्दोलनले
    जनतामा इज्जत मान !
    २)
    चुन्न सकेनौँ ड्राइभर
    गणतन्त्रको रथ हाक्ने
    खोक्रो भयो घर !
    ✍️
    लोकबहादुर क्षेत्री

    ३८//
    कानुन सबैले मानुन्
    आफ्नो हकअधिकार खोज्दै 
    सबैले यथार्थता जानुन् !
    ✍️
    तोयानाथ चापागाईं
    दमक,झापा

    ३९//
    १)
    संविधान दिवसको शुभकामना
    सकल नेपालीजनहरूको हेर
    नहोस् अन्यायसँग सामना ।
    २)
    छाओस् खुसी जनमा
    उत्कृष्ट संविधान पाएर
    सन्तोष होस् मनमा ।
    ३)
    नैतिकता हरेकमा भएमा
    उपयोग हुन्छ विवेकको
    नेता इमानदार रहेमा ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    ४०//
    १)
    ठूलाबडालाई छ चैन
    गरिब असहायलाई भने
    लाग्दछ कडा ऐन ।
    २)
    सदनमा होडबाजी गर्छन् 
    भ्रष्टाचारी नेताको नाटकमा
    सोझा निमुखा पर्छन् ।
    ३)
    संविधान दिवस मनाए
    न्याय बराबर छैन 
    औपचारिकता मात्र जनाए ।
    ✍️
    कला ढकाल झापा

    ४१//
    १)
    सारा नेपालीको चाहना
    मौलिक हक नखोसियोस्
    संविधान दिवसको शुभकामना ।
    २)
    नेपालीको साझा संविधान
    जनताको सुरक्षा गर्ने
    मुख्य कानुनको सम्मान ।
    ३)
    नेपाली जनताको ज्ञान
    अनुशासनमा बस्नु पर्छ
    देशको कानुन जान ।
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    ४३//
    संविधानले गरोस् जय
    हाम्रो भनुन् सबैले
    कसैमा नहोस् भय ।
    ✍️
    कपिलकिशोर घिमिरे 

    ४४//
    कानुनले भन्ने गर्छ
    संविधान सबैभन्दा माथि
    सबैले मान्नु पर्छ ।
    ✍️
    अरुण कुमार भुजेल
    दार्जीलिङ्ग, भारत

    ४५//
    संविधान दिवस मनाउँ
    कागजमा मात्र होइन 
    व्यवहारमा पनि जनाउँ ।
    ✍️
    बुद्धिमान दनुवार (  सुरुङ्गेली कान्छो  )
    कनकाई ४ झापा

    ४६//
    १)
    नेताले गरे लुट
    यो संविधान हेर्दा
    जनलाई छैन छुट ।
    ✍️
    दुर्गा भट्टराई
    माेरङ

    ४७//
    १)
    देश र जनताकाे
    शिला नै हाे 
    सबै देशकाे एकताको ।
    २) 
    संविधान दिवसको शुभकामना 
    देशविदेशमा हुनेहरू सबैको
    पुगोस् इच्छा चाहना !
    ✍️
    ईश्वर साउद (भिक्षु) 
    रामाराेसन गाउपालिका ६ सुदुरपशचिम अछाम

    ४८//
    बनोस् दुखीको पहिचान
    अधिकार लिपिबद्व गरेर
    रङ्ग भरोस् संविधान !
    ✍️
    राज बहादुर बडुवाल
    कनकसुन्दरी-५,जुम्ला

    ४९//
    १)
    देश चलाउने ऐन
    मान्नु पर्ने नियम
    सानालाई छैन चैन ।
    २)
    अत्याचारबाट उकास्ने संविधान 
    जता हेर्यो हर्ष
    सबैको ओठमा मुस्कान ।
    ✍️
    धनमाया चौधरी,  कैलाली

    ५०//
    संविधान दिवस मनाऔँ
    हातमा हात राखेर
    नेपालमा नै रमाऔँ !
    ✍️
    मोहन आचार्य
    पाँचथर

    ५१//
    १)
    सोचौँ मनमा एकैछिन 
    नेपाली नेपालमै अट्ने 
    कहिले आउला दिन ?
    २)
    बोल्दा पुर्याउँदैनन् होश
    नालायक देश हाँक्ने 
    संविधानको के दोष ? 
    ३)
    जनताले रगत बगाए 
    कानुन हातमा लिएर
    नेताले खुट्टा घुमाए ।
    ✍️
    शान्ता पौडेल भट्टराई 
    टङ्कीसिनवारी, मोरङ

    ५२//
    १)
    राष्ट्रको ढुकढुकी सुन्दै
    संविधानले आशा जगाएको
    बस्छु मनमा गुन्दै ।
    २)
    संविधान शिरोधार्य बनोस्
    सबैको हृदयमा बसेर
    वैरीका जरा खनोस् !
    ✍️
    नन्दलाल आचार्य,
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा ।

    ५३//
    संविधानबाट थियोे आस
    केही भएन सोचेजस्तो 
    जनता छन् निरास ।
    ✍️
    जनक बिसी 
    स्वर्गद्वारी नगरपालिका ५ सारी  प्यूठान 
    हाल दक्षिणभारत कोचिनबाट

    ५४//
    १)
    संविधान बनेर आयो
    जनता भोकै घरमा
    नेताले छादुन्जेल खायो ।
    २)
    संविधानको लिएर नाम
    मात्रै रहेछन् खाने
    खोइ गरेको काम ?
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    ५५//
    १)
    गरेर आपसमा तानातान
    कुर्सीका लोभी नेताले 
    बिगारे राम्रो संविधान ।
    २)
    संविधान राम्रो बनाए
    आफैँले पालना गरेनन् 
    त्यसमै पानी खन्याए ।
    ✍️
    सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
    झिल्का लेखन अभियान - ३३

    ५६//
    सार्वभौम देशको पहिचान
    तलमाथि हुनुहुन्न दबाबमा
    शक्तिमान् रक्षक संविधान ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    ५७//
    १)
    संविधान संसोधनीय हुनुपर्छ
    नाफामुखी होइन जनमुखी
    हरेक व्यवधान फुनुपर्छ ।
    २)
    स्रोत हेरेर  कानुन
    कार्यान्वयन गरेपछि देखिन्छ 
    त्यसको गुण अवगुण !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    ५८//
    जनतालाई खै संविधान
    रगतको बगाएर खोला
    अधिकार छैन समान ।
    ✍️
    सङ्गीता खरेल
    काठमाडौं

    ५९//
    कस्तो संविधान आयो 
    यहाँ हत्याराले जेलबाट 
    वर्षेनी मुक्ति पायो ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    ६०//
    १)
    जसले बनाए संविधान
    तोड्ने गर्छन् तिनैले
    जिउँदो लासको चिहान ।
    २)
    संविधान सबैभन्दा ठूलो
    केवल नामको बनाए
    सत्ताधारीको निमित्त खुकुलो ।
    ✍️
    पृथक प्रकृति, झापा

    ६१//
    १)
    नच्यात्नु संविधानका मर्म
    गरिबहरूकाे उत्थान अभियान
    ल्याउनु  असल  कर्म ।
    २) 
    आफ्ना हुल्ने दाउहरू
    हुत्याएर टाढै फाल
    सम्झ चहराएका घाउहरू ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला सल्यान

    ६२//
    १)
    कसका लागि संविधान
    नेताहरूलाई सधैँ मोज
    जनता हुने अपमान ।
    ✍️
    ललिता गिरी, सिन्धुली

    ६३//
    १)
    कहिल्यै हुँदैन प्रगति 
    हाम्रो देशका भ्रष्टाचारीहरूको 
    अब नसुध्रिए मति ।
    २)
    देशका यूबा खाडीमा 
    संविधान दिवस मनाउन 
    नेता चिल्ला गाडीमा ।
    ✍️
    लक्ष्मण देउवा डोटी 

    ६४//
    समावेशी जातीय पहिचान
    अझै बनोस् जनतामैत्री
    सुशासन सहितको संविधान !
    ✍️
    वेल थोकर

    ६५//
    १)
    संविधानलाई पत्रु बनाए
    जनतालाई मूर्ख ठानी 
    आफूलाई राजा भनाए ।
    २)
    नेताको देखाउँने दाँत 
     जनतालाई भोकै पारी 
     पुरियो यिनको आँत ।
    ३)
     फेरिएन  पुरानो बानी  
    शासकको रूप उस्तै 
    जनतालाई छैन पानी !
    ✍️
    जयनारायण नेपाल 
    इलाम ,हाल सूर्यविनायक २
    बालकोट ,भक्तपुर ।

    ६६//
    संविधान एउटा अधिकार
    सरकार र जनताबीचको
    परिभाषित सम्बन्धको आधार !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹

    ६७//
    संविधान हाम्रो शान
    नेपाल आमालाई हँसाउन
    राखौ यसको मान।
    ✍️
    सविता भट्टराई, जनकपुर

    ६८//
    संविधान पुस्तकमा सिमित
    जनता अभावमा सदासर्वदा
    विकृति रहेकाे अव्यवस्थित ।
    ✍️
    प्रद्युम्न चालिसे

    ६९//
    १)
    संस्कृति संस्कार संविधान 
    समय  सचेतना सबल
    सबैको सहभागिता  सम्मान ।
    २)
    विचरण विशुद्ध विद्वान
    विराजमान विभु विघत
    विकल विधि विद्यमान ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ

    ७०//
    संविधान देशमा हुनुपर्छ
    भ्रष्टाचारी सबै खोरमा
    फटहाहरू हात धुनुपर्छ ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    ७१//
    राम्रो संविधान बन्यो
    जनता जस्ताको त्यस्तै 
    पर्ख अझै भन्यो ।
    ✍️
    पुष्पा राई, खाेटाङ 

    झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>————–
    १)
    समावेशी उत्कृष्ट संविधान
    सर्वत्र छ खुसी
    जन जनमा मुस्कान !
    २)
    हटोस् अन्याय अत्याचार
    शुभकामना संविधान दिवसको
    पाउन् सबैले अधिकार !
    ✍️
    वसन्त अनुभव

    २//
    देशमा संविधान आएको 
    जनताले संङ्घर्ष गरेर
    नेता यताउता छाएको ।
    ✍️
    शोभा आचार्य गौतम

    ३//
    संविधान देशको शान
    इज्जत भनेको ठूलो
    गर देशको मान ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    ४//
     १)
     नयाँ संविधान आयाे
    तर अधिकार आएन
    राष्ट्रले के पायाे ?
    २)
     संविधानमा अधिकार लेखियाे
    न्याय नदिने न्यायालयमा
    राजनैतिक धाँधली देखियाे ।
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी

    ५//
    १)
    संविधान कालो बनाए
    देश खोक्रो पारेर
    भ्रष्टचारी नेता गनाए ।
    २)
    संविधान पालना नगर्नेहरू
    सत्तामा रहुन्जेल स्वादिलो
    भ्रष्टाचारीहरू बर्बराउँछ अरू ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    ६//
    संविधान कस्तो बनायो 
    देशमा जनता मर्दा
    आफ्नो खुसी मनायो ।
    ✍️
    सञ्जना शर्मा, लमही दाङ

    ७//
    १)
    संविधान बारे जानुन्
    मूल कानुन नेपालको
    सबैले राम्रोसँग मानुन् ।
    २)
    वीर सहिदको योगदान
    देशमा आयो गणतन्त्र
    लेखियो उत्कृष्ट संविधान ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ

    ८//
    धारा अध्यादेश संविधानमा 
    देशको  सुरक्षा  सर्वोपरी 
    नरहौँ  फोस्रो  अभिमानमा ।
    ✍️
     मोती योन्जन सुब्बा,  दार्जिलिङ

    ९//
    मान्नुपर्छ नियम संविधान
    अलि सप्रेला समाज
    रहला हाम्रो आत्मसम्मान ।
    ✍️
    सुनगाभा पोखरेल

    १०//
    लाग्छ संविधान यस्तो 
    बेल पाकेको खुसी 
    कागलाई नभएको जस्तो ।
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    ११//
    संविधान दिवस धारा
    नेताले बुझेनन् कानुन
    अहिले देखाए पारा ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    १२//
    मूल कानुन जानुन्
    आफ्नै मर्यादामा रहेर
    सबैले पालना गरुन् ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ स्याङ्जा

    १३//
    १)
    उत्कृष्ट संविधान बनाए
    गरेर घृणित काम
    सबै नेता गनाए ।
    २)
    सुधाराैँ सबले मति
    गरेर कार्यान्वयन संविधानकाे
    बढाऔँ विकासको गति ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    १४// 
    बनाउँ देश हाम्रो 
    संविधान नियम ल्याई 
    स्वर्गझैँ सुन्दर राम्रो ।
    ✍️
    गंगाराम यादव 
    औरावनी, सुनसरी

    १५//
    १)
    संविधानले नीति खोजेको
    सरकारले बनायो अन्धो
    जनताले आफैँ रोजेको ।
    २)
    जनताले बलिदान दिए
    सङ्घर्षमा लड्दै गएर
    नेताहरूले हुर्मत लिए !
    ३//
    संविधान दिवसको भावना
    सबै राष्ट्रिय जनसमुदायमा
    संविधानको हार्दिक शुभकामना !
    ✍️
    बेदु न्यौपाने

    १६//
    १)
    भन्छन् उत्कृष्ट संविधान
    जनता देखिँदैनन् खुसी 
    कसरी दिन्छन् सम्मान ?
    २)
    चाहेझैँ राम्रो बनोस्
    समावेशी सर्वत्र भई
    अझै उत्कृष्ट रहोस् ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।

    १७//
    १)
    सबैले पालना गरौँ
    संविधानको मूल कानुन
    यसको महत्त्व भरौँ।
    २)
    क्षमायाचना त गरौं
    गल्ती भए हजुर
    भ्रष्टमा राष्ट्रबाद भरौं ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    १८//
    संविधान आएको दिन 
    मौलिक अधिकारक साथ
    जानेनन् हात लिन ।
    ✍️
    साहित्य प्रेमी सुशील 
    धनगढी

    १९//
    १)
    मान मर्यादा भुलेर
    कानुन लुकाउँछन् देशमा
    भाषण छाड्दै खुलेर।
    २)
    जनतालाई राहत दिन
    बनेन संविधान मर्यादाको
    शान्तिको सास लिन।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    २०//
    १) 
    भविष्यको उज्ज्वल तारा 
    अत्याचार धेरै भयो 
    संविधान तोड्ने पारा ।
    २) 
    सबैतिर कुर्सी तानातान 
    किन राखेउ सरकार 
    कामै नलाग्ने संविधान ।
    ✍️
    अन्मोल मुस्कान 
    तकदाह छाउनी, दार्जिलिङ।

    २१//
    दुनियाँको मुहार फेर्ने
    यो संविधान खै ?
    सबैको भाग्य केर्ने ।
    ✍️
    दीप गोले तामाङ – रौतहट

    २२//
    १)
    विधानका पानामा केरियोस्
    अब आउँदो संविधानमा 
    गन्हाउने नेता फेरियोस् ।
    २)
    मरिजाने यो चोला 
    यहाँ कुर्सीकै लागि 
    बग्छ रगतको खोला ।
    ✍️
    हिरामाया श्रेष्ठ 
    गजुरी १ धादिङ

    २३//
    कागजमा लेखिएको ज्ञान
    आफैँ पालना गर्दैनन्
    जसले बनायो संविधान !
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ

    २४//
    १)
    ऐतिहासिक यो संविधान
    कागजमा कैद भयो
    व्यवहारमा मात्र उखान ।
    २)
    संविधान बनाए जनता
    विदेशी चलखेल भयो
    बढी भयो स्वतन्त्रता ।
    ३)
    देश बनाए अचानो
    जनताको उस्तै हाल
    मानो न छानो ।
    ✍️
    सुरेशकुमार पाण्डे, दाङ घोराही १८

    २५//
    १)
    संविधान आहा भनुन्
    अध्ययन गरेर अक्षरस:
    ठूलो कानुनविद् बनुन् ।
    २)
    संविधानको संरक्षण गर्नू
    हाम्रो कर्तव्य हो
    बर्खिलापमा अघि नसर्नू ।
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा

    २६//
    दीप प्रज्वलन गरेर
    संविधान दिवस मनाऔँ
    देशभक्ति मनमा भरेर ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।

    २७//
    सबैभन्दा ठूलो ऐन
    सानालाई भने नियम
    ठूलालाई सधैँ चैन !
    ✍️
    आर्त अकुलीन

    २८//
    छैन   यहाँ     नुन 
    अर्काको भर परेर
    के  गर्नु   कानुन ?
    ✍️
    नागेन्द्रप्रसाद यादव 

    २९//
    संविधान आफैँलाई बनाए
    कानुन सबैलाई हुनुपर्नेमा
    गणतन्त्रको धज्जि उडाए ।
    ✍️
    शंकर कार्की, मकवानपुर

    ३०//
    १)
    संविधान दिवसको शुभकामना 
    मूल कानुन भनेर 
    जागाेस् सबैमा भावना !
       २)
    जसले कानुन मिच्यो
    उत्कृष्ट संविधान भन्दै 
    राष्ट्रकाे सम्पत्ति घिच्यो ।
       ३)
    जसले संविधान बनाए
    लिएर हातमा कानुन 
    आज आफैँ गनाए ।
    ✍️
    राज कुमार राजभण्डारी  खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।

    ३१//
    संविधान देशको आधार
    गर्व गर्छौँ हामी
    स्वतन्त्र सबै पूर्वाधार ।
    ✍️
    कार्की डिबी माकुम

    ३२//
    यसमा म आइनँ
    आँसु छ आँखाभित्र
    लेख्ने शब्दै पाइनँ !
    ✍️
    ऋजु दिल्पाली

    ३३//
    संविधान कानुनकाे मूल
    सबै नेपाली जनताले
    पालनामा नगरौँ भूल !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार

    ३४//
    मूल कानुन संविधान
    पूर्णतः पालना गरे 
    जनताकाे हुन्छ मान ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल 
    सन्धिखर्क-२, कुर, अर्घाखाँची

    ३५//
    शान्ति बढ्दै जाओस्
    संविधान बनाउदै,,
    हिंसाकर्म घट्दै आओस् !
    ✍️
    कुसुम कुवँर (बझाङ)

    ३६//
    सही प्रक्रियाको संविधानले
    जनतामा प्रगति दिलाउँछ 
    स्वाभिमान र पहिचानले ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ

    ३७//
    १)
    ल्याएको हो संविधान
    जनयुद्ध र जनआन्दोलनले
    जनतामा इज्जत मान !
    २)
    चुन्न सकेनौँ ड्राइभर
    गणतन्त्रको रथ हाक्ने
    खोक्रो भयो घर !
    ✍️
    लोकबहादुर क्षेत्री

    ३८//
    कानुन सबैले मानुन्
    आफ्नो हकअधिकार खोज्दै 
    सबैले यथार्थता जानुन् !
    ✍️
    तोयानाथ चापागाईं
    दमक,झापा

    ३९//
    १)
    संविधान दिवसको शुभकामना
    सकल नेपालीजनहरूको हेर
    नहोस् अन्यायसँग सामना ।
    २)
    छाओस् खुसी जनमा
    उत्कृष्ट संविधान पाएर
    सन्तोष होस् मनमा ।
    ३)
    नैतिकता हरेकमा भएमा
    उपयोग हुन्छ विवेकको
    नेता इमानदार रहेमा ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    ४०//
    १)
    ठूलाबडालाई छ चैन
    गरिब असहायलाई भने
    लाग्दछ कडा ऐन ।
    २)
    सदनमा होडबाजी गर्छन् 
    भ्रष्टाचारी नेताको नाटकमा
    सोझा निमुखा पर्छन् ।
    ३)
    संविधान दिवस मनाए
    न्याय बराबर छैन 
    औपचारिकता मात्र जनाए ।
    ✍️
    कला ढकाल झापा

    ४१//
    १)
    सारा नेपालीको चाहना
    मौलिक हक नखोसियोस्
    संविधान दिवसको शुभकामना ।
    २)
    नेपालीको साझा संविधान
    जनताको सुरक्षा गर्ने
    मुख्य कानुनको सम्मान ।
    ३)
    नेपाली जनताको ज्ञान
    अनुशासनमा बस्नु पर्छ
    देशको कानुन जान ।
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    ४३//
    संविधानले गरोस् जय
    हाम्रो भनुन् सबैले
    कसैमा नहोस् भय ।
    ✍️
    कपिलकिशोर घिमिरे 

    ४४//
    कानुनले भन्ने गर्छ
    संविधान सबैभन्दा माथि
    सबैले मान्नु पर्छ ।
    ✍️
    अरुण कुमार भुजेल
    दार्जीलिङ्ग, भारत

    ४५//
    संविधान दिवस मनाउँ
    कागजमा मात्र होइन 
    व्यवहारमा पनि जनाउँ ।
    ✍️
    बुद्धिमान दनुवार (  सुरुङ्गेली कान्छो  )
    कनकाई ४ झापा

    ४६//
    १)
    नेताले गरे लुट
    यो संविधान हेर्दा
    जनलाई छैन छुट ।
    ✍️
    दुर्गा भट्टराई
    माेरङ

    ४७//
    १)
    देश र जनताकाे
    शिला नै हाे 
    सबै देशकाे एकताको ।
    २) 
    संविधान दिवसको शुभकामना 
    देशविदेशमा हुनेहरू सबैको
    पुगोस् इच्छा चाहना !
    ✍️
    ईश्वर साउद (भिक्षु) 
    रामाराेसन गाउपालिका ६ सुदुरपशचिम अछाम

    ४८//
    बनोस् दुखीको पहिचान
    अधिकार लिपिबद्व गरेर
    रङ्ग भरोस् संविधान !
    ✍️
    राज बहादुर बडुवाल
    कनकसुन्दरी-५,जुम्ला

    ४९//
    १)
    देश चलाउने ऐन
    मान्नु पर्ने नियम
    सानालाई छैन चैन ।
    २)
    अत्याचारबाट उकास्ने संविधान 
    जता हेर्यो हर्ष
    सबैको ओठमा मुस्कान ।
    ✍️
    धनमाया चौधरी,  कैलाली

    ५०//
    संविधान दिवस मनाऔँ
    हातमा हात राखेर
    नेपालमा नै रमाऔँ !
    ✍️
    मोहन आचार्य
    पाँचथर

    ५१//
    १)
    सोचौँ मनमा एकैछिन 
    नेपाली नेपालमै अट्ने 
    कहिले आउला दिन ?
    २)
    बोल्दा पुर्याउँदैनन् होश
    नालायक देश हाँक्ने 
    संविधानको के दोष ? 
    ३)
    जनताले रगत बगाए 
    कानुन हातमा लिएर
    नेताले खुट्टा घुमाए ।
    ✍️
    शान्ता पौडेल भट्टराई 
    टङ्कीसिनवारी, मोरङ

    ५२//
    १)
    राष्ट्रको ढुकढुकी सुन्दै
    संविधानले आशा जगाएको
    बस्छु मनमा गुन्दै ।
    २)
    संविधान शिरोधार्य बनोस्
    सबैको हृदयमा बसेर
    वैरीका जरा खनोस् !
    ✍️
    नन्दलाल आचार्य,
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा ।

    ५३//
    संविधानबाट थियोे आस
    केही भएन सोचेजस्तो 
    जनता छन् निरास ।
    ✍️
    जनक बिसी 
    स्वर्गद्वारी नगरपालिका ५ सारी  प्यूठान 
    हाल दक्षिणभारत कोचिनबाट

    ५४//
    १)
    संविधान बनेर आयो
    जनता भोकै घरमा
    नेताले छादुन्जेल खायो ।
    २)
    संविधानको लिएर नाम
    मात्रै रहेछन् खाने
    खोइ गरेको काम ?
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    ५५//
    १)
    गरेर आपसमा तानातान
    कुर्सीका लोभी नेताले 
    बिगारे राम्रो संविधान ।
    २)
    संविधान राम्रो बनाए
    आफैँले पालना गरेनन् 
    त्यसमै पानी खन्याए ।
    ✍️
    सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
    झिल्का लेखन अभियान - ३३

    ५६//
    सार्वभौम देशको पहिचान
    तलमाथि हुनुहुन्न दबाबमा
    शक्तिमान् रक्षक संविधान ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    ५७//
    १)
    संविधान संसोधनीय हुनुपर्छ
    नाफामुखी होइन जनमुखी
    हरेक व्यवधान फुनुपर्छ ।
    २)
    स्रोत हेरेर  कानुन
    कार्यान्वयन गरेपछि देखिन्छ 
    त्यसको गुण अवगुण !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    ५८//
    जनतालाई खै संविधान
    रगतको बगाएर खोला
    अधिकार छैन समान ।
    ✍️
    सङ्गीता खरेल
    काठमाडौं

    ५९//
    कस्तो संविधान आयो 
    यहाँ हत्याराले जेलबाट 
    वर्षेनी मुक्ति पायो ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    ६०//
    १)
    जसले बनाए संविधान
    तोड्ने गर्छन् तिनैले
    जिउँदो लासको चिहान ।
    २)
    संविधान सबैभन्दा ठूलो
    केवल नामको बनाए
    सत्ताधारीको निमित्त खुकुलो ।
    ✍️
    पृथक प्रकृति, झापा

    ६१//
    १)
    नच्यात्नु संविधानका मर्म
    गरिबहरूकाे उत्थान अभियान
    ल्याउनु  असल  कर्म ।
    २) 
    आफ्ना हुल्ने दाउहरू
    हुत्याएर टाढै फाल
    सम्झ चहराएका घाउहरू ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला सल्यान

    ६२//
    १)
    कसका लागि संविधान
    नेताहरूलाई सधैँ मोज
    जनता हुने अपमान ।
    ✍️
    ललिता गिरी, सिन्धुली

    ६३//
    १)
    कहिल्यै हुँदैन प्रगति 
    हाम्रो देशका भ्रष्टाचारीहरूको 
    अब नसुध्रिए मति ।
    २)
    देशका यूबा खाडीमा 
    संविधान दिवस मनाउन 
    नेता चिल्ला गाडीमा ।
    ✍️
    लक्ष्मण देउवा डोटी 

    ६४//
    समावेशी जातीय पहिचान
    अझै बनोस् जनतामैत्री
    सुशासन सहितको संविधान !
    ✍️
    वेल थोकर

    ६५//
    १)
    संविधानलाई पत्रु बनाए
    जनतालाई मूर्ख ठानी 
    आफूलाई राजा भनाए ।
    २)
    नेताको देखाउँने दाँत 
     जनतालाई भोकै पारी 
     पुरियो यिनको आँत ।
    ३)
     फेरिएन  पुरानो बानी  
    शासकको रूप उस्तै 
    जनतालाई छैन पानी !
    ✍️
    जयनारायण नेपाल 
    इलाम ,हाल सूर्यविनायक २
    बालकोट ,भक्तपुर ।

    ६६//
    संविधान एउटा अधिकार
    सरकार र जनताबीचको
    परिभाषित सम्बन्धको आधार !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹

    ६७//
    संविधान हाम्रो शान
    नेपाल आमालाई हँसाउन
    राखौ यसको मान।
    ✍️
    सविता भट्टराई, जनकपुर

    ६८//
    संविधान पुस्तकमा सिमित
    जनता अभावमा सदासर्वदा
    विकृति रहेकाे अव्यवस्थित ।
    ✍️
    प्रद्युम्न चालिसे

    ६९//
    १)
    संस्कृति संस्कार संविधान 
    समय  सचेतना सबल
    सबैको सहभागिता  सम्मान ।
    २)
    विचरण विशुद्ध विद्वान
    विराजमान विभु विघत
    विकल विधि विद्यमान ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ

    ७०//
    संविधान देशमा हुनुपर्छ
    भ्रष्टाचारी सबै खोरमा
    फटहाहरू हात धुनुपर्छ ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    ७१//
    राम्रो संविधान बन्यो
    जनता जस्ताको त्यस्तै 
    पर्ख अझै भन्यो ।
    ✍️
    पुष्पा राई, खाेटाङ 
    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव5 Comments on झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न

    झिल्का लेखन अभियानको ३२ औँ शृङ्खला (प्राथमिक उपचार विषयक) सम्पन्न

  • २२ आश्विन २०८१, मंगलवार २१:२३ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३२ औँ शृङ्खला (प्राथमिक उपचार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>—————
    १)
    मानवताको जागृत गरौँ
    भिडियो बनाउन होइन
    घाइतेमा प्राण भरौँ !
    २)
    मिल्दछ यसैमा धर्म
    आफ्नो बिरानो नभनी
    गरेमा निस्वार्थ कर्म !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    //२//
    —————<•>—————
    १)
    एकापसमा सहयोग गराैँ
    पशुतुल्य व्यवहार हाेइन
    सेवामा लागि पराैँ ।
    २)
    सेवा नै धर्म
    यसैमा भलाे हुनेछ
    राम्रो गरेमा कर्म ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारत
    //३//
    —————<•>—————
    १)
    रोएर हुन्न साथी
    छोएर शिखर आँफै
    जीवन पुग्छ माथि ।
    २)
    गालीमा ताली दिँदै
    के जिउनु जिन्दगीमा
    केवल बदला लिँदै ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी
    //४//
    —————<•>—————
    काेही बाँच्छ भने
    प्राथमिक उपचार गर्नू
    काेमल हृदय बने ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    //५//
    —————<•>—————
    फूल रोपेर हेर
    स्याहार पुगे गमलामा
    जगत् जगमगाउॅंछ एकफेर ।
    ✍️
    म्यामराज राई, भोजपुर
    //६//
    —————<•>—————
    १)
    मानवताको गरौँ व्यवहार
    एकदिन मात्र नभई
    सकेसम्म भइरहोस् लगातार ।
    २)
    एकापसमा गरौँ सहयोग
    यसरी मिलेर गर्दा
    हट्छ लागेको रोग।
    ३)
    गर्दा अरूको सेवा
    भगवान्ले आशिष् दिई
    पाउँछ त्यसैले मेवा ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    //७//
    —————<•>—————
    १)
    मानव भएर धर्म
    गरौँ यही हो
    मान्छेको सेवा कर्म ।
    २)
    दुखेकोमा मलम लगाऊँ
    गरौँ असल कर्म
    समाज सेवा जनाऊँ ।
    ३)
    चेतनशील प्राणी मानव
    समाजसेवामा लागौँ सधैँ
    कहिल्यै नहुनू दानव ।
    ✍️
    बेदु न्यौपाने
    //८//
    —————<•>—————
    १)
    जहाँ पर्छ आवश्यक
    प्राथमिक उपचार गरेर
    गरौँ मानिसको रेखदेख !
    २)
    मेहनतसँग दुर्घटना जोडिन्छ
    प्राथमिक उपचार नदिँदा
    मानवताको आधार छोडिन्छ !
    ३)
    प्राथमिक उपचारको महत्त्व
    परेकालाई गएर सोधौँ
    अनि बुझिन्छ सारतत्त्व !
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    //९//
    —————<•>—————
    १)
    मानवको जस्तो व्यवहार
    घाइते अवस्थामा देखाऊँ
    यही जीवनको सार ।
    २)
    सबै रमिता हेर्छन्
    अझ भिडियो बनाउँदै
    भिडभाड गर्दै घेर्छन् ।
    ३)
    रमिता हेर्नुको साटो
    घाइतेमा तुरुन्त अपनाऔँ
    प्राथमिक उपचारको बाटो ।
    ✍️
    ललिता गिरी सिन्धुली
    //१०//
    —————<•>—————
    १)
    अस्पताल जानुभन्दा पहिले
    घटनाको सम्भावना घटाउन
    होसियार रहनुपर्छ जहिले ।
    २)
    होसियारी अपनाइरहँदा बारबार
    आकस्मिक दुर्घटनाहरू घटेमा
    गर्नुपर्छ प्राथमिक उपचार ।
    ३)
    अस्पताल नपुग्दासम्म बचाउन
    जानेसम्मको उपचार गर्दै
    बिमारी पुऱ्याऔँ जचाउन ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    //११//
    —————<•>—————
    १)
    आगजनी दुर्घटना हुँदा
    छिटो उद्धार गरौँ
    घाइते छट्पटीमा रुँदा ।
    २)
    घटनास्थलको नबनाई भिडियो
    प्राथमिक उपचार दिन
    स्ट्रेचर बोकेरै हिँडियो ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    //१२//
    —————<•>—————
    १)
    घटनास्थलमा तुरुन्त गएर
    प्राथमिक उपचार दिइयो
    सेवाभावले अग्रसर भएर !
    २)
    पहिला अनुमति लिन्छौँ
    बेहोशीमा भएको भए
    मुखबाट श्वास दिन्छौँ ।
    ३)
    उनको अवस्था हेर्छौँ
    साबुनपानीले घाउलाई धोएर
    सुतीको कपडा बेर्छौँ ।
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    //१३//
    —————<•>—————
    चाहिने प्राथमिक उपचार
    व्यवस्था गरेर राखौँ
    जीवनरक्षाका निम्ति उपकार ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    //१४//
    —————<•>—————
    मानव धर्म निभाउँ
    प्राथमिक उपचार गरेर
    घाइतेको ज्यान बचाउँ ।
    ✍️
    अनिता कार्की, पाँचथर
    //१५//
    —————<•>—————
    मानिस घाइते हुँदाखेरि
    गर्नुपर्छ प्राथमिक उपचार
    उसको अवस्था हेरी |
    ✍️
    सरिता सेढाईं, धादिङ
    //१६//
    —————<•>—————
    १)
    कुनै दुर्घटना घटे
    अस्पताल लानु पहिले
    समस्या घट्छ खटे ।
    २)
    घटना घटेको ठाउँमा
    उपलब्ध सामग्री प्रयोगले
    उपचार गरिन्छ घाउमा ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि -५,जुम्ला
    //१७//
    —————<•>—————
    १)
    अस्पताल पुर्‍याउनु पहिल्यै
    प्राथमिक उपचार गर्नु
    दुर्घटनामा परेकाेलाई जहिल्यै ।
    २)
    बिरामीको ज्यान बचाउन
    प्राथमिक उपचार गर्दै
    अस्पताल लानु जचाँउन ।
    ३)
    बुझेर पीडितकाे मर्म
    साथ सहयोग गर्दा
    हुन्छ सधैँ धर्म ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    //१८//
    —————<•>—————
    १)
    मानवता दर्साउँ सबैमा
    प्राथमिक उपचार गरेर
    समय नफालौं कबैमा ।
    २)
    आपसी सहयोग बढाउँ
    घटना देखेको हुँदैन
    जोखिममा ज्यान नचढाउँ ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    //१९//
    —————<•>—————
    घटनास्थलमै हुन्छ उपचार
    पहिले जिन्दगी बाँचेमा
    देखिन्छ सुन्दर संसार !
    ✍️
    आर्त अकुलीन
    //२०//
    —————<•>—————
    क्षति न्यूनिकरण गर्नलाई
    प्राथमिक उपचार गरेमा
    पर्दैन बिरामी मर्नलाई ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    //२१//
    —————<•>—————
    सही प्राथमिक उपचारले
    क्षतिलाई जाेगाउन सकिन्छ
    मानवीय साेच व्यवहारले ।
    ✍️
    जी.वि.कश्यप
    घाेराही,दाङ
    //२२//
    —————<•>—————
    जीवन एउटा उपहार
    खतराबाट बच्न बचाउनलाई
    सिकौँ प्राथमिक उपचार !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    //२३//
    —————<•>—————
    नमानेर कत्ति घाँडो
    घाइतेलाई उपचार गर्न
    पुर्‍याउनुपर्छ है चाँडो ।
    ✍️
    दीप गोले तामाङ – रौतहट
    //२४//
    —————<•>—————
    आकस्मिक अवस्था आएमा
    गर्नुपर्छ प्राथमिक उपचार
    हामीले अवसर पाएमा ।
    ✍️
    कला ढकाल, झापा
    //२५//
    —————<•>—————
    १)
    अस्पताल लैजाऔँ पहिले
    प्राथमिक उपचार गरेर
    बचाऔँ बिरामी जहिले !
    २)
    गरेर प्राथमिक उपचार
    तत्काल अस्पताल पठाऔँ
    घाइतेलाई हामी हरबार ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    //२६//
    —————<•>—————
    नघटोस् घटना जहाँ
    घटेमा आवश्यक पर्छ
    प्राथमिक उपचार त्यहाँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातिर्थ
    //२७//
    —————<•>—————
    मान्छेको उपचार गरौँ
    धर्म हुन्छ जिन्दगीमा
    सधैँ अगाडि सरौँ ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    //२८//
    —————<•>—————
    सरकार बाँच्छ मागेर
    जनता औषधी पाउँदैनन्
    मर्छन् रुघा लागेर ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    //२९//
    —————<•>—————
    नगरे उपचार समयमा
    सक्ला बन्न क्यान्सर
    शुरूमै गाउँको श्वास्थालयमा ।
    ✍️ लोक क्षेत्री
    //३०//
    —————<•>—————
    मानवताको पहिलो धर्म
    घाइतेलाई उपचार गर्नु
    मानिन्छ उत्तम कर्म ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    //३१//
    —————<•>—————
    सन्देश सुनौँ अहिले
    प्राथमिक उपचार गरौँ
    अस्पताल जानुभन्दा पहिले ।
    ✍️
    सङ्गीता खरेल
    काठमाडौँ
    //३२//
    —————<•>—————
    १)
    अनौठो रहेछ संसार
    कति अभागीको निधारमा
    हुँदैन प्राथमिक उपचार।
    २)
    सेवा नै मानवधर्म
    प्राथमिक उपचार गर्नु
    मानवको पहिलो कर्म ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ, भारत।
    //३२//
    —————<•>—————
    १)
    प्राथमिक उपचारकाे घनत्व
    दुर्घटनाकाे बेलामा धेरै
    हुन्छ यसकाे महत्व ।
    २)
    सतर्क सजग भएर
    प्राथमिक उपचार गराैँ
    घटनास्थलमा शिघ्र गएर ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    //३३//
    —————<•>—————
    १)
    जनता भोकले मर्छन्
    विशेष उपचार नेताले
    विदेशी अस्पतालमा गर्छन् ।
    २)
    जनताले सिटामोल पाएनन्
    अस्पतालको कुरै नगरौँ
    गाउँमा डाक्टरै आएनन् ।
    ✍️
    कृष्ण बजगाई भक्तपुर
    //३४//
    —————<•>—————
    जीवन जाेगाउँ सबैकाे
    प्राथमिक उपचार गरेमा
    जान्छ ज्यान कबैको ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    //३५//
    —————<•>—————
    मानिसको सेवा गरौँ
    मानवको कल्याण हेतु
    सधैँ अघि सरौँ ।
    ✍️
    जनक बिसी
    दक्षिणभारत कोचिन
    //३६//
    —————<•>—————
    १)
    घाइते बिरामी धाउँछ
    अस्पतालको बेडमा बसी
    दुख्यो पोल्यो चिच्याउँछ ।
    २)
    प्राथमिक उपचार राम्रो
    ओखती सामान्य हुन्छ
    स्वास्थ्य बिग्रँदैन हाम्रो ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    //३७//
    —————<•>—————
    १)
    गरौँ गम्भीर विचार
    त्यागेर दम्भ ईर्ष्या
    गरौँ मनले उपचार !
    २)
    नपखाली मनको मैलो
    हुँदैन प्राथमिक उपचार
    बोकेर पापको थैलो !
    ३)
    पुर्‍याऊ खानमा ध्यान
    ओठ जीब्रो नबाँधे
    जान्छ बेकारमा ज्यान !
    ✍️
    ऋजु दिल्पाली(राजेन्द्र घिमिरे)
    ईटहरी १ सुनसरी
    //३८//
    —————<•>—————
    १)
    हुनेगर्छ दुर्घटना यात्रामा
    पहिला क्यामेरा नझिकौँ
    प्राथमिक उपचारको मात्रामा।
    २)
    खोजौँ साधन पुर्‍याउन
    स्वास्थ्य केन्द्रमा हतारले
    घाइतेको ज्यान बचाउन ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    //३९//
    —————<•>—————
    १)
    प्राथमिक उपचार गर्नु
    कर्तव्य निर्वाह गर्नलाई
    सदासर्वदा अघि सर्नु ।
    २)
    गरौँ आकस्मिक सेवा
    प्राथमिक उपचार गरेर
    देऔं स्वास्थ्यमा टेवा ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    //४०//
    —————<•>—————
    १)
    बाँच्नु पहिलो अधिकार
    जीवन अमूल्य हुन्छ
    दिउँ प्राथमिक उपचार ।
    २)
    चोटमा मल्हम पट्टी
    ज्वरोमा पट्टी पानीको
    नबढ्दै उपचार पद्धति ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    //४१//
    —————<•>—————
    १)
    तयारी राखौँ पहिल्यै
    जतिखेरै दुर्घटना हुनसक्छ
    राखौँ मलमपट्टी जहिल्यै ।
    २)
    नराखौँ रोगीलाई लम्पसार
    बचाउनु मानवको धर्म
    गरेर प्राथमिक उपचार ।
    ३)
    यथाशिघ्र उपचार भनेकै
    ससाना स्वास्थ्यकेन्द्रको स्थापना
    नजिकमा राम्रो बनेकै ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    //४२//
    —————<•>—————
    १)
    सेवाको गर काम
    सबैलाई तिमी यहाँ
    तब हुन्छ नाम ।
    २)
    गाउँमा छैन अस्पताल
    हुँदैनन् बिरामी निको
    नेताको स्वार्थी चाल ।
    ३)
    सामाजिक सेवा राम्रो
    मन हुन्छ आनन्द
    कतिको मनै चाम्रो।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    //४३//
    —————<•>—————
    १)
    सामाजिक प्राणी भएपछि
    सामान्य उपचार गर्नुपर्छ
    देखेर नजिकै गएपछि ।
    २)
    बिरामी सामान्य देखेपछि
    घरेलु उपचार गर्नु
    हस्पिटलले छोड्दैन लेखेपछि ।
    ३)
    औषधी राख्नुपर्छ घरमा
    झट्ट बिरामी पर्दा
    पर्नुपर्दैन अरूको भरमा ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    //४४//
    —————<•>—————
    हेर घटना घट्नेबित्तिँकै
    मोबाइल तेर्साउने होइन
    मानवता देखाउ निकै ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे)
    वालिङ् -८स्याङ्जा
    //४५//
    —————<•>—————
    १)
    सेवाले धर्म हुन्छ
    सुखदुःख बाडे आपसमा
    सबैको मन छुन्छ ।
    २)
    पीडामा मलम लगाऊँ
    प्राथमिक उपचार गरेर
    कलियुगमा पुण्य कमाऊँ ।
    ३)
    प्राथमिक उपचार गरौँ
    अरू गर्न नसके
    घाउमा मलम भरौँ ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    //४६//
    —————<•>—————
    सधैँ दुर्घटनाका समाचार
    तयारी अवस्थामा बसौँ
    गर्नलाई प्राथमिक उपचार ।
    ✍️
    सुनगाभा पोख्रेल
    //४७//
    —————<•>—————
    भएमा चेतनाको सार
    सोचमोच गरी राखे
    घरमै प्राथमिक उपचार !
    ✍️
    सन्तु खत्री
    //४८//
    —————<•>—————
    १)
    गरौँ सबैको सेवा
    आफ्नो धर्म निभाए
    मिल्छ हामीलाई मेवा ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    //४९//
    —————<•>—————
    प्राथमिक उपचारको ज्ञान
    भएमा मात्र पनि
    बच्छ धेरैको ज्यान ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    //५०//
    —————<•>—————
    प्राथमिक उपचार राम्रो
    सबैलाई जान्न आवश्यक
    ज्यान जोगिन्छ हाम्रो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    //५१//
    —————<•>—————
    सहयोगको राखौँ विचार
    घाइते देख्नासाथ सबैले
    गरौँ प्राथमिक उपचार ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    //५२//
    —————<•>—————
    जे भेटिन्छ घटनास्थलमा
    उपचार गरी बचाऊ
    घाइतेलाई उही पलमा ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    //५३//
    —————<•>—————
    १)
    घटना घटेको ठाउॅंमा
    प्राथमिक उपचार गरेर
    रगत रोकौॅं घाउमा !
    २)
    बाँच्ने सबैको अधिकार
    अस्पताल जानुभन्दा पहिला
    गरौॅं प्राथमिक उपचार !
    ✍️
    सर्मिला बोहरा,बैतडी
    //५४//
    —————<•>—————
    अचानक घटनाको लागि
    प्राथमिक उपचारमा लागौँ
    मानवता ज्युँदो राखी ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।
    //५५//
    —————<•>—————
    १)
    नबगोस् रगत लगातार
    देखेमा कोही घाइते
    गरौँ प्राथमिक उपचार ।
    २)
    शुरुमा घाइतेको उपचार
    जीवन अमूल्य सबैको
    गरौँ सही व्यवहार ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    //५६//
    —————<•>—————
    १)
    पर्दाखेरि आकस्मिक मार
    घरमै दिलाऊँ बिरामीलाई
    तुरुन्तै प्राथामिक उपचार l
    २)
    जताऊँ मानवीय व्यवहार
    देख्नासाथ घाइते व्यक्ति
    गरौँ प्राथमिक उपचार l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    //५७//
    —————<•>—————
    अत्यावश्यक हुन्छ गाउँमा
    प्राथमिक उपचार पनि
    बनाउनुपर्छ हरेक ठाउँमा ।
    ✍️
    शंकर कार्की,मकवानपुर
    //५८//
    —————<•>—————
    १)
    घरमा गरिएको उपचार
    प्रभावकारी हुनाले बन्छ
    स्वास्थ्य नबिग्रने आधार ।
    २)
    पीडितको नजिकै परौँ
    दुर्घटना हुँदा घाइतेलाई
    सकेसम्म सहयोग गरौँ ।
    ३)
    अकालमा जाँदैन ज्यान
    उपचारको लागि दिनुपर्छ
    मान्छेले मान्छेको ध्यान ।
    ✍️
    पृथक प्रकृति ,झापा
    //५९//
    —————<•>—————
    १)
    दुर्घटना भएको ठाउँमा
    प्राथमिक उपचार गरे
    रगत रोकिन्छ घाउमा ।
    २)
    घटना हुन्छ जब
    सडकमा छट्पटाउँछ बिरामी
    भिडियो खिच्छन् तब ।
    ३)
    सहयोगी हुनुपर्छ जगत
    उपचार पाए तत्कालै
    रोकिन्छ बगेको रगत ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    //६०//
    —————<•>—————
    १)
    हुन्छ दूर्घटना गाडी
    भिडियो बनाउन व्यस्त
    उद्दार गर्न छाडी ।
    २)
    बुझेकै छैन यहाँ
    प्राथमिक उपचारको मर्म
    मानवता छैन जहाँ ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    //६१//
    —————<•>—————
    घाइते देखिन्छ जहिले
    प्राथमिक उपचार गरौँ
    अस्पताल लैजानुभन्दा पहिले ।
    ✍️
    अमृत कोइराला
    पोखरा
    //६२//
    —————<•>—————
    १)
    जनताको गर्नुपर्छ सरकार
    नेताहरूकाे मात्रै होइन
    नि:शुल्क प्राथमिक उपचार ।
    २)
    कर्तव्य बुझेर बनाैँ
    सरकार ठट्टा होइन
    चलाउनै नजान्नेलाई नभनाैँ ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    //६३//
    —————<•>—————
    मर्ने गर्छन् अन्जानमा
    प्राथमिक उपचार नपाएरै
    आघात पर्छ प्राणमा ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर
    //६४//
    —————<•>—————
    जोसुकै दुर्घटनामा पर्दा
    ज्यान जानबाट जोगिन्छ
    प्राथमिक उपचार गर्दा ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    //६५//
    —————<•>—————
    १)
    रमितेको घुइँचो हुन्छ
    मान्छेले मानवता नदेखाए
    साह्रै मन रुन्छ ।
    २)
    हुँदैन पछाडि हट्न
    हामी सबैले सक्नुपर्छ
    प्राथमिक उपचारमा खट्न ।
    ३)
    मानिस त्यतिकै मर्छ
    प्राथमिक उपचारमा खटिनु
    हाम्रो दायित्वमा पर्छ ।
    ✍️
    लक्ष्मण देउवा, डोटी
    //६६//
    —————<•>—————
    १)
    सत्कर्मतिर नै सरेमा
    भन्छन् हुन्छ राम्रो
    दुःखीहरूको सेवा गरेमा ।
    २)
    रगत बगेमा हाम्रो
    गरौँ प्राथमिक उपचार
    हुन्छ ज्यानलाई राम्रो ।
    ३)
    उपचार नपाए नानी
    निको हुँदैन चोटहरू
    जान्छ ज्यान सानी ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोकपर्सा
    //६७//
    —————<•>—————
    १)
    दुर्घटना जीवनमा पर्नसक्छ
    प्राथमिक उपचारले घाइतेको
    जीवनबाट जोखिम टर्नसक्छ ।
    २)
    गरौँ सद्भावपूर्ण व्यवहार
    हुन्छ घाइतेसँगै बस्दा
    हाैसला प्राथमिक उपचार ।
    ३)
    मानवअधिकार संविधानकाे धारामा
    नेता रुघाखोकीमा विदेशतिर
    सिटमाेलविना जनता पारामा ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    //६८//
    —————<•>—————
    हुनसक्छ दुर्घटना हेर
    आफ्नो ज्ञान सीपले
    घाइतेलाई मायाले घेर ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    //६९//
    —————<•>—————
    दुर्घटनामा परेका नरलाई
    प्राथमिक उपचार गरेर
    जिम्मा दिउ डाक्टरलाई ।
    ✍️
    दुर्गा भट्टराई
    माेरङ
    //७०//
    —————<•>—————
    १)
    आत्तिएर काम गर्दा
    बिग्रने बोझ काँधमा
    अरूको भरमा पर्दा ।
    २)
    आपतमा अपनाऔँ सदाचार
    शत्रु नै होस्
    गरौँ प्राथमिक उपचार ।
    ✍️
    राजेश्वरी राजोपाध्याय
    ललितपुर


    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव2 Comments on झिल्का लेखन अभियानको ३२ औँ शृङ्खला (प्राथमिक उपचार विषयक) सम्पन्न

    झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न

  • २२ आश्विन २०८१, मंगलवार २१:२० मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने लगभग ८ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>—————
    १)
    डुङ्गालाई लगाउने पार
    आजका यी बालबालिका
    भोलिका हुन् कर्णधार !
    २)
    कदापि नगरौँ दुर्व्यवहार
    समुचित पालनपोषण अनि
    सुनिश्चित गरौँ बालअधिकार !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    //२//
    —————<•>—————
    साना हाम्रा बालक
    सिकाउँ राम्राे कुरा
    भाेलि देशका चालक ।
    ✍️
    तारप्रसाद चापागाईँ

    //३//
    —————<•>—————
    १)
    बालबालिका भविष्यको कर्णधार
    ज्ञानकाे कुरा सिकाऔँ
    गर्छन् देशको हेरविचार ।
    २)
    बालबालिका देशको सम्पत्ति
    असल शिक्षा दिएमा
    देशको हुनेछ प्रगति ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर

    //४//
    —————<•>—————
    १)
    शिक्षा भन्छौ नाइँ
    भन्नलाई देशका चालक
    बालक हिँड्छन् रोइकराइ !
    २)
    बालकलाई ज्ञान दिनू
    पढाएर बढाएर खुसीले
    पछि फाइदा लिनू !
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    //५//
    —————<•>—————
    बालबालिका भविष्य हाम्रो
    हेरचाह, गोडमेल गरौँ
    अनि हुनेछ राम्रो !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग

    //६//
    —————<•>—————
    १)
    हुन् पछिल्ला सिँढी
    आजका यी बालबच्चा
    बनुन् असल पिँढी ।
    २)
    गरौँ असल व्यवहार
    तिनै बालबालिका सबैका
    बन्छन् भविष्यमा आधार ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।

    //७//
    —————<•>—————
    १)
    बालबालिका भविष्यको कर्णधार
    संस्कार सिकाउनु पर्छ
    लगाउँछन् देशलाई पार ।
    २)
    राम्रो सोच बोकेर
    सिकाउनु पर्छ ज्ञान
    सभ्यतालाई अब तोकेर ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    //८//
    —————<•>—————
    १)
    बालबालिका भविष्यका सहारा
    उचित मार्गदर्शन पाए
    लिनेछन् देशको अभिभारा ।
    २)
    बनौँ असल अभिभावक
    राम्रो संरक्षण गरेमा
    बन्नेछन् देशकै साधक ।
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा

    //९//
    —————<•>—————
    १)
    फूल पृथ्वीभरिका मालिका
    शैशवावस्था र जवानी
    बीचको उमेर बालबालिका ।
    २)
    कदर गरौँ बच्चाको
    बालक एउटा नागरिक
    हामीसँगै पक्का हो ।
    ३)
    बालअधिकार सुरक्षित गरौँ
    प्रत्येक बालबालिकाका दिमागमा
    असल संस्कार भरौँ ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका

    //१०//
    —————<•>—————
    १)
    गर्नुपर्छ बालबालिकालाई प्यार
    भोलिको देशका सारथि
    नगरौँ कसैले अत्याचार ।
    २)
    हुन्छ खुसी अपार
    यही बालक जन्मदा
    घर उज्यालो परिवार !
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हनल चनपा६ मातातीर्थ

    //११//
    —————<•>—————
    १)
    साना हाम्रा बालबालिका
    देशको उन्नति गर्नेछन्
    बनाऔँ सुन्दर तालिका !
    २)
    शिक्षाको बाटो खोलेर
    सक्षम हामी पार्नुछ
    संस्कार संस्कृति घोलेर !
    ✍️
    कमल प्रसाद बगाले
    वालिङ्ग बजार स्याङ्जा

    //१२//
    —————<•>—————
    १)
    असल ज्ञान भरौँ
    बन्छन् देशको सान
    बालबालिकालाई माया गरौँ ।
    २)
    शिक्षा राम्रो दिएर
    चेतना भरौँ मनमा
    सधैंँ बालबालिकालाई लिएर ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।

    //१३//
    —————<•>—————
    १)
    किताबका धेरै पाना
    वीरता अनि साहसको
    गाएर सकिन्न गाना ।
    २)
    गृहकार्य समयमै गर
    आफूले नजानेको शब्द
    सिक्न अघि सर ।
    ३)
    बढाऔ उनको मनोबल
    दण्ड अनि सजाय
    होइन समस्याको हल !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ

    //१४//
    —————<•>—————
    १//
    बालबालिकालाई माया गरेर
    महान योद्धा बनाउन
    सघाउ लागि परेर ।
    २)
    देशको मुहार फेरिन्छ
    बालबालिकालाई जब हामीले
    कर्णधारको रुपमा हेरिन्छ ।
    ✍️
    ललिता गिरी सिन्धुली

    //१५//
    —————<•>—————
    भविष्यका कर्णधार बालबालिका
    जारी राखौँ पढाइलेखाइ
    बनाई सुन्दर तालिका !
    ✍️
    शलिक राम दाहाल
    चा न पा ३ झाैखेल

    //१६//
    —————<•>—————
    १)
    हात समाई लेखाउँ
    साना यी बालबालिकालाई
    असल बाटो देखाउँ ।
    २)
    प्रेम भाव छरौँ
    चोखो मनले बालबालिकालाई
    सबले माया गरौँ !
    ✍️
    दीप गोले तामाङ – रौतहट

    //१७//
    —————<•>—————
    १)
    कुमालेको काचो माटाे
    कर्णधार हुन् भविष्यका
    देखाउँ सही बाटाे ।
    २)
    नपारौँ मगजमा असर
    बालक हुन् खम्बा
    बनाउन नराखौँ कसर !
    ३)
    नमनाऔँ खाली दिवस
    बालशोषण अन्त्य गरौँ
    शोषकलाई पारी विवश ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि -५,जुम्ला

    //१८//
    —————<•>—————
    बालबालिका हाम्रो सान
    राम्रो शिक्षा दिलाए
    बढ्छ हाम्रो पहिचान ।
    ✍️
    धनुष न्यौपाने
    जुम्ला

    //१९//
    —————<•>—————
    बालबालिका देशका शान
    लिएर उच्च शिक्षा
    राख्दछन् राष्ट्रको मान ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    //२०//
    —————<•>—————
    १)
    बालबालिकालाई पढाऔँ राम्रो
    ज्ञानी बुद्धिजीवी बनाऔँ
    कर्णधार हुन हाम्रो ।
    २)
    बालबालिका काचो माटाे
    दिनुपर्छ शिक्षा राम्रो
    हिँडाऔँ राम्रो बाटाे ।
    ✍️
    कल्पना भण्डारी
    काठमाडौँ

    //२१//
    —————<•>—————
    १)
    पढ्नमा मन लगाऊ
    विद्या चाहिन्छ जीवनमा
    निद्रा सबै भगाऊ ।
    २)
    स्कुलमा ध्यान दिनुपर्छ
    विद्वान हुनकाे लागि
    त्यसैले भलाे गर्छ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर

    //२२//
    —————<•>—————
    १)
    बालबालिकालाई पढ्न सिकाउँ
    भविष्य हुन्छ उज्ज्वल
    उचित मार्गमा लगाउँ ।
    २)
    बालबालिका बगैंंचाका फूल
    अहिले जतन गरे
    बुढेसकालमा बन्छन् झुल ।
    ✍️
    देवकृष्ण काफ्ले

    //२३//
    —————<•>—————
    १)
    बालबालिकालाई माया गरौँ
    दिनलाई गुणस्तरीय शिक्षा
    सदैव लागि परौँ ।
    २)
    बालबालिका हाम्रा काेपिला
    दिएर ज्ञान सबैले
    बनाऔँ अझ जोशिला ।
    ३)
    असल संस्कार दिलाऔँ
    भविष्य सुनिश्चित पार्नलाई
    ज्ञानका रस पिलाऔँ ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    //२४//
    —————<•>—————
    बालबालिका हुन् कर्णधार
    असल मार्ग पहिल्याउनलाई
    सिकाऔँ असल व्यवहार ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    //२५//
    —————<•>—————
    १)
    कस्तो बनाउने कालिगढ
    समग्र देशलाइ उचाल्ने
    नगरौँ बालबालिकामाथि खेलवाड
    २)
    नपसोस् प्रभाव अशान्तिको
    पुस्तौँका कोपिला मास्न
    अन्धविश्वास र भ्रान्तिको ।
    ✍️
    लोक क्षेत्री

    //२६//
    —————<•>—————
    बालबालिका ज्ञानका ज्योति
    राम्रोसँग शिक्षा दिउँ
    भविष्यका कर्णधार माेती ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट ।।

    //२७//
    —————<•>—————
    आजका कर्णधार भएर
    भोलि कहाँ पुग्नेछौ
    दुःख कष्ट सहेर ।
    २)
    सम्हाल्छौ बुबाको काँध
    सङ्घर्षको मैदान धेरै
    समस्या समाधान बाँध ।
    ३)
    बालबालिका बाँच्न पाउन
    आफूखुशी रम्दै खेल्दै
    अधिकारमा धेरै रमाउन ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    //२८//
    —————<•>—————
    १)
    आजका साना कोपिला
    भोलि राष्ट्रलाई हाक्ने
    कर्मठ योद्धा जोशिला ।
    २)
    हाँसन सकुन् खुलेर
    शिक्षाको ज्योति अङ्गाली
    नजाउन् देश भुलेर ।
    ३)
    भोलिका तारा चम्किला
    फक्रन देऊ फुलेर
    कलिला साना कोपिला ।
    ✍️
    विवश पारदर्शी
    झापा

    //२९//
    —————<•>—————
    १)
    बालबालिका हुन् जीवन
    जिन्दगीका माया ममता
    आँखाका नानी कञ्चन ।
    २)
    गरौँ सबैले सम्बर्धन
    भविष्य सुन्दर बनाउन
    बच्चाको गर्दै समर्थन ।
    ✍️
    कविराज घिमिरे

    //३०//
    —————<•>—————
    बालबालिका भोलिका तारा
    पढ्न दिनुहोस् अहिले
    बोक्नेछन् देशको अभिभारा ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ

    //३१//
    —————<•>—————
    १)
    अपार मायाका खानी
    बुढेसकालका सहारा हाम्रा
    दुई आँखाका नानी ।
    २)
    असल अभिभावक जनाऔँ
    देश बनाउने चालकको
    भविष्य राम्रो बनाऔँ ।
    ३)
    गरेमा उनीहरुमाथि अत्याचार
    कर्तव्यबाट विमुख हुँदै
    बन्छन् दुर्व्यसनीको शिकार ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    //३२//
    —————<•>—————
    बालबालिका लेख पढ
    अनुपम कर्म गरेपछि
    भविष्यमा अगाडि बढ !
    ✍️
    आर्त अकुलीन

    //३३//
    —————<•>—————
    १)
    बालबालिका घरको सुकुन
    घरबार हुन्छ उज्यालो
    सिकाउँदा सदाचार गुण ।
    २)
    बाबुआमा गुरुजनको जिम्मेवारी
    असल शिक्षा दिएर
    बालबालिका बन्छन् शिष्टचारी ।
    ३)
    दिन उघ्रिदैँछ घमाइलो
    आउँदैछ चाडपर्वको मौसम
    बालबालिका गर्लान् रमाइलो ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ ।

    //३४//
    —————<•>—————
    बालबालिका भविष्य हाम्रो
    दिएर नैतिक शिक्षा
    बनाऔँ राष्ट्र राम्रो ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    //३५//
    —————<•>—————
    सबैका प्यारा बालबालिका
    ममता दिएर हुर्काऔँ
    सुन्दर फल डालीका ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।

    //३६//
    —————<•>—————
    बालबालिकालाई माया गर्नु
    कर्णधार हुन् देशका
    हेरचाहमा अघि सर्नु ।
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    //३७//
    —————<•>—————
    १)
    मिलाएर शुभ समयतालिका
    समुचित शिक्षादीक्षा दिलाऊँ
    सबल बन्नेछन् बालबालिका l
    २)
    गाउँ अनि नगरपालिका
    बालअधिकारको प्रत्याभूती देऊ
    पथभ्रष्ट हुँदैछन् बालबालिका l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    //३८//
    —————<•>—————
    १)
    आजका हाम्रा बालबालिका
    देशका हुन् भविष्य
    नपरुन् फन्दामा जालीका ।
    २)
    कमलो हृदयका कर्णधार
    जस्तो शिक्षा दिन्छौँ
    उस्तै बनाउँछन् व्यवहार ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    //३९//
    —————<•>—————
    १)
    बालबालिका सुन्दर सानाेमा
    ममता अनि प्रेमले
    लुकाऔँ अङ्गालोकाे छानाेमा ।
    २)
    बालश्रमकाे बिराेध गराैँ
    शाेषणमुक्त सभ्य समाज
    बनाउन चेतना भराैँ ।
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी

    //४०//
    —————<•>—————
    १)
    सानासाना बालक मानी
    रक्षा गरेकामा हामीलाई
    बन्नुपर्छ भोलि दानी ।
    २)
    हातमा किताब दिएर
    बालबालिकालाई गरे संरक्षण
    पढनेछन् मनमा लिएर ।
    ३)
    जगाउनु मनमा भावना
    आजको बिशेष दिनको
    सबैलाई छ शुभकामना ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    //४१//
    —————<•>—————
    १)
    नारामा सिमित भयो
    बालबालिका संरक्षण गर्ने
    सरकार कता गयो ?
    २)
    अनेक चाहना हाम्रो
    साना बालबालिका यी
    भोलिका सारथि राम्रो ।
    ✍️
    कला ढकाल झापा

    //४२//
    —————<•>—————
    १)
    आजका हाम्रा बालबालिका
    पढ्नुपर्छ तिमीहरू सबै
    बनाएर राम्ररी तालिका ।
    २)
    बालबालिका देशका कर्णधार
    थपिदिनु हुँदैन यिनलाई
    अनावश्यक घरायसी भार ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची ।

    //४३//
    —————<•>—————
    १)
    सबै अघि सरौँ
    बालबालिकालाई आफ्नो अधिकारबाट
    कहिले बन्चित नगरौँ ।
    २)
    बालबालिकाको सुरक्षा गर्नुपर्छ
    बालशोषण अन्त्य गर्न
    सबै अघि सर्नुपर्छ ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ

    //४४//
    —————<•>—————
    १)
    नहोस् अभाव अवसरको
    कोपिला हुन् बालबालिका
    फक्रेर आउन् चराचरको !
    २)
    संस्कार दिएर हुर्काउनु
    बालबालिकाले भूल गर्ला
    औधी गरेर नफुर्काउनु !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    //४५//
    —————<•>—————
    १)
    बालिका घरको शान
    राख्छिन् यिनले सधैँ
    बाबु, आमाकाे मान ।
    २)
    बालक देशको कर्णधार
    जिम्मेवारी छ काँधमा
    नबस्नु भई मझधार ।
    ✍️
    विनोद खाती
    मिरिक

    //४६//
    —————<•>—————
    शिशुहरूलाई माया गर
    दुनियाँलाई कसरी बुझाउने
    सबैमा ममता भर ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    //४७//
    —————<•>—————
    नपरोस् अनिष्टको छाया
    भविष्यको कर्णधार बालबालिकालाई
    दिउँ हौसला माया ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा

    //४८//
    —————<•>—————
    कलिला उमेरका बाबुनानी
    हुन्छन् खुल्ला दिलको
    सबैसँग हाँसिरहने बानी ।
    ✍️
    सुनगाभा पोखरेल

    //४९//
    —————<•>—————
    १)
    बालबालिका भोलिका सार
    जसले जेसुकै भनुन्
    यिनमै रहन्छ आधार ।
    २)
    बालबालिकाको स्याहार
    उज्वल भविष्य बनोस्
    गरौँ सबैले पुकार ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी

    //५०//
    —————<•>—————
    घरबाट सुरू गरौँ
    बालबालिकालाई संस्कार सिकाउन
    परिवार अघि सरौँ ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत

    //५१//
    —————<•>—————
    देश विकासका आधार
    तिनै कलिला मुना
    भविष्यका हुन् कर्णधार ।
    ✍️
    तोया नाथ चापागाईं
    दमक ३, झापा

    //५२//
    —————<•>—————
    १)
    बालक देशको कर्णधार
    उनिहरूलाई पढाई लेखाई
    बनाउँ सबले होनहार !
    २)
    सक्षम विवेकशील बनाउँ
    राम्रो संस्कार दिई
    आफ्नो सक्षमता जनाउँ ।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा

    //५३//
    —————<•>—————
    १)
    नखोसियोस् बाँच्ने अधिकार
    कसैले कहिल्यै नबनाऔँ
    बालबालिकालाई भेदभावको सिकार ।
    २)
    आत्मसम्मान कायम रहोस्
    बालबालिकाको बुझ्नुपर्छ भावना
    पराईको भर नपरोस् ।
    ३)
    स्वास्थ्य उपचारको खाँचो
    ध्यानाकर्षणको विषय बनोस्
    हुन्छन् नाजुक काँचो ।
    ✍️
    पृथक प्रकृति, झापा

    //५४//
    —————<•>—————
    १)
    नाम राख्ने थिएँ
    समाजमा आफ्नो आमाबुबाको
    बालबालिकालाइ उच्चशिक्षा दिए ।
    २)
    ज्ञानगुण सधैँ भरौँ
    टुहुरा बालबालिकालाई हामीले
    सक्दो सहयोग गरौँ ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया_८ // बस्तिपुर,, कर्माया // मकवानपुर

    //५५//
    —————<•>—————
    उज्यालो प्रभात नानीहरू
    देशका भविष्य जोगाउन
    जेल हुलौँ बलत्कारीहरू ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    //५६//
    —————<•>—————
    बुझ्नुपर्छ कुराकाे सार
    आजका नानी बाबुहरू
    भाेलिका हुन् कर्णधार ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    //५७//
    —————<•>—————
    १)
    नजाऊ छोडेर तिमी
    इन्द्रेणी जुनकिरी सबै
    उज्यालो छ रिमिझिमी !
    २)
    चौतारी बिसौनी रुन्छन्
    प्रीतिका गीत गजल
    हाम्रै साझा हुन्छन् ।
    ✍️
    घनश्याम कोइराला

    //५८//
    —————<•>—————
    माटोलाई आकार दिन
    ममता चाहिन्छ साँचोको
    सकिन्छ शीतलता लिन ।
    ✍️
    नागेन्द्रप्रसाद यादव

    //५९//
    —————<•>—————
    आज छौँ सानासाना
    हुनेछौँ भोलि ठूलो
    कोर्छौँ विकासका पाना ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी

    //६०//
    —————<•>—————
    बालबालिका अघि बढ्छ्न्
    दिनुपर्छ माया हौसला
    सफलताको शिखर चढ्छन् ।
    ✍️
    विष्णु पंगेनी (पाण्डे )
    वालिङ स्याङ्जा

    //६१//
    —————<•>—————
    १)
    राखौँ है शुभभावना
    बालदिवस पर्व आज
    सफलताको गरौँ कामना ।
    २)
    बालबालिका कच्चा माटो
    मायाले सिँचित गरौँ
    देशका हुन् पाटो ।
    ३)
    स्वच्छ भावनाका हुन्छन्
    राम्रो पालनपोषणले तिनी
    सुन्दर भविष्य बुन्छन् ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    //६२//
    —————<•>—————
    १)
    बालबालिकाको कुरा गरेर
    वर्ष बितेर जान्छ
    सधैँ निरासा भरेर ।
    २)
    उनीहरू निश्चिन्त छैनन्
    मात्र बालअधिकारका कुराले
    भविष्य कोर्ने हैनन् ।
    ३)
    हरेक बालबालिका कर्णधार
    देश यीनैले बनाउँछन्
    सरकारको लगानी आधार ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।

    //६३//
    —————<•>—————
    १)
    बालबालिकालाई भेदभाव नगरौँ
    बाँच्ने आधारहरू चाहिन्छ
    ज्ञानका शिक्षादीक्षा भरौँ !
    २)
    बालबालिका शोषणमा परेर
    भविष्यमा जान्छन् डिप्रेसनमा
    राखौँ संरक्षण गरेर ।
    ३)
    अहिले नानीहरू बालक
    भविष्यमा बन्नेछन् कर्णधार
    देशलाई हाँक्ने चालक !
    ✍️
    बेदु न्यौपाने

    //६४//
    —————<•>—————
    बालबालिकाको नैसर्गिक अधिकार
    दिनुपर्छ बुझेर सबैले
    सुनौलो हुन्छ संसार ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ

    //६५//
    —————<•>—————
    बालबालिका भोलिका कर्णधार
    जाेगाउँ हुर्काउँ सबैले
    हुन् बुढेसकालका आधार ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    //६६//
    —————<•>—————
    १)
    भोलिका कर्णधार बालबालिका
    रहरलाग्दा कोपिला सुन्दर
    प्रतिभाका नयाँ तालिका ।
    २)
    आकाशका उज्ज्वल तारो
    सदैव अँध्यारो मेटाउने
    विवेक नहोस् थारो ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।

    //६७//
    —————<•>—————
    १)
    आजका निर्दोष बालक
    सत्कर्मको ज्ञान दिऊँ
    बन्छन् मातृभूमिका चालक ।
    २)
    सुगन्धित फूल वागका
    बालक देशका शक्तिपुञ्ज
    ज्योति अमर रागका ।
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुुनसरी ।

    //६८//
    —————<•>—————
    फूलहरू जस्तै मालिका
    देशका कर्णधार हुन्
    आजका यी बालबालिका ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।

    //६९//
    —————<•>—————
    १)
    बालबालिका भोलिका कर्णधार
    खाना, स्वास्थ्य, शिक्षा
    पाउनु उनको अधिकार ।
    २)
    हामीबाट सिक्छन् बानी
    काँचो माटो हुन्छन्
    हाम्रो बाबु नानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    //७०//
    —————<•>—————
    १)
    रत्न बालबालिका कर्णधार
    राष्ट्र अनि परिवारका
    बनाउनु प्रेमले अपार ।
    २)
    घर पहिलो पाठशाला
    शिक्षा दिँदा औपचारिक
    बच्चामा ज्ञानको माला ।
    ३)
    बन्दछ संस्कारी सिपालु
    घर देश सजाउने
    असहाय दुःखीप्रति कृपालु ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    //७१//
    —————<•>—————
    बालशोषण हो अपराध
    नगर्नू कसैले पनि
    तोडेर कानुनको साँध ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    //७२//
    —————<•>—————
    १)
    बालबालिका देवता झोलिका
    गरौँ अगाध स्नेह
    कर्णधार हुन् भोलिका ।
    २)
    बालदिवस रहेछ भोलि
    हकअधिकार पाउन् सबैले
    रमाउन् मन खोली ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ

    //७३//
    —————<•>—————
    १)
    भोलिका सुन्दर सपना
    शिक्षाले दिनुपर्छ दर्शन
    रहिरहन्छ मनमा जपना ।
    २)
    आशाका सुन्दर फूलहरू
    फुलाउन सके फूलबारीमा
    हटाउँछन् राष्ट्रका शूलहरू ।
    ३)
    जगाउँ हौसला दिएर
    आशाका हाम्रा दीपहरू
    सुमार्ग असल लिएर ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही

    //७४//
    —————<•>—————
    १)
    बालबालिका हुन् कोपिला
    नफक्रिँदै चुड्नु हुँदैन
    भोलिका हुन् जोसिला ।
    २)
    अधिकारबाट बन्चित नगरौँ
    गिलो माटो हुन्
    समयमै रङ्ग भरौँ ।
    ✍️
    धनमाया चौधरी

    //७५//
    —————<•>—————
    १)
    बालबालिकामा गरौँ लगानी
    शिक्षा दिएपछि हेर
    हुनेछैन कदापि हानी ।
    २)
    बालबालिकालाई बराबर अधिकार
    पढ्ने लेख्ने बेला
    भविष्यकाे सुनिश्चित आधार ।
    ३)
    बालदिवस सफल पाराैँ
    हातमा हात राखेर
    हामी अगाडि साराैँ ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ

    //७६//
    —————<•>—————
    बालअधिकारको यो खेल
    सरकार बन्द गरिँदे
    आउला बाढी भेल ।
    ✍️
    मोहन आचार्य
    पाँचथर

    //७७//
    —————<•>—————
    १)
    भाेलिकाे सपना बालबालिका
    विदेश पठाउन राेकिएन
    बनाई वैदेशिक तालिका ।
    २)
    बालबालिका सन्तान हाम्रो
    उनीहरू भविष्यको कर्णधार
    व्यवहार सिकाओैँ राम्रो ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ

    //७८//
    —————<•>—————
    बालबालिका कर्णधार भोलिका
    उचित शिक्षा सँगसँगै
    संस्कार सिकुन् बोलिका ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    //७९//
    —————<•>—————
    १)
    बालबालिकाको गराैँ आशा
    शिक्षामा लगानी गरे
    हुनुपर्दैन भोलि निराशा ।
    २)
    ज्ञानको श्रोत शिक्षा
    उज्ज्वल भविष्यको लागि
    दिनुपर्छ बालबालिकालाई दीक्षा ।
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर

    //८०//
    —————<•>—————
    १)
    बालबालिका गहना घरका
    मायाले उठ्छ शिर
    कहिल्यै नसम्झाै परका ।
    २)
    बालबालिकाकाे बुझाैँ कुरा
    यातनाले टाढिन्छन सधैँ
    हुँदैन जीवन पूरा ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८काेटमाैला, सल्यान

    //८१//
    —————<•>—————
    बालबालिका बनुन् आधार
    देश अनि आमाबाबुको
    गरुन् सधैँ हेरविचार !
    ✍️
    सन्तु खत्री

    //८२//
    —————<•>—————
    १)
    देशमा छाउँदैन अन्धकार
    दिएमा राम्रो शिक्षा
    बन्छन् भविष्यका कर्णाधार ।
    २)
    चेतनाको सुगन्ध छरी
    फैलाउँछन् शिक्षाको बास्ना
    आफैँले परिश्रम गरी ।
    ३)
    उज्यालो बन्छ घर
    बाँच्दछन् स्वाभिमानी बनी
    बर्सन्न दुःखका कहर ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    //८३//
    —————<•>—————
    १)
    बालबालिका काँचो माटो
    हामी अविभावक भएर
    लगाउनुपर्छ सही बाटो ।
    २)
    चुकाउँदैनन् हाम्रो बोली
    बालबालिकाले देशका लागि
    केही गर्छन् भोलि ।
    ✍️
    लक्ष्मण देउवा, डोटी

    //८४//
    —————<•>—————
    १)
    केन्द्र, प्रदेश, पालिका
    बालबालिकालाई छुट्याउ बजेट
    भोलिका कर्णधार बालबालिका ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

    //८५//
    —————<•>—————
    बालबालिकालाई दिउँ शिक्षा
    स्वावलम्वी बनुन् आफैँ
    नमागुन् कसैसँग भिक्षा ।
    ✍️
    उर्मिला के.शी.
    धनकुटा

    //८६//
    —————<•>—————
    १)
    बालबालिका भविष्यका पूर्वाधार
    संस्कारले सुसज्जित बनाउनु
    बाेक्छन् देशकाे भार ।
    २)
    बालबालिका काँचो माटाे
    दिएर उचित शिक्षादीक्षा
    हिँडाउँ राम्राे बाटाे ।
    ३)
    बालबालिका सक्षम नभएमा
    हुन्न देशकाे उन्नति
    सन्तति विदेश गएमा ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।

    //८७//
    —————<•>—————
    हनन् नहाेस् अधिकार
    असल संस्कार दिउँ
    बन्छन् भाेलिका कर्णधार ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा

    //८८//
    —————<•>—————
    १)
    विद्यालय जान वञ्चित
    बालबालिकाको अधिकार नारामै
    भाषण भयो अतिरञ्जित ।
    २)
    बालक श्रमिक घरमा
    भाषण गर्दै नेता
    कसरी बस्ने भरमा ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    //८९//
    —————<•>—————
    १)
    दमन थिचोमिचो नगरौँ
    बालअधिकार जानौँ हामी
    अबोधमा शिक्षा भरौँ !
    २)
    मनको मैलो भगाऊँ
    बालबालिकाको कोमल मस्तिष्कमा
    असल भावना जगाऊँ !
    ३)
    कणकणमा देवको बास
    बालबालिकाको पीडा बुझी
    जगाऊँ उनीहरूमा आस ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P