राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७०औँ श्रृङ्खला छन्द संगम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। वर्तमान समयमा छन्द कविता लेख्ने परम्परा हराउँदै गएको परिपेक्षमा राप्ती साहित्य परिषद् दाङ शाखाले त्रैमासिक रूपमा छन्द संगम कार्यक्रम गर्दै आएको छ। सो कार्यक्रममा दाङका उल्लेखित मात्रामा छन्दमा कलम चलाउने तथा अरू विधामा कलम चलाउने साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण नेपाल, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार साहित्यकार कमलमणि देवकोटा, मोहन दाहाल, हरिप्रसाद पौडेल “स्वर्णशिखा, प्रगतिशील लेखक सङ्घ दाङ शाखाका कोषाध्यक्ष चन्द्रबहादुर थापा वीणा रोका,नारद प्रसाद भण्डारी,सुरेश कुमार पाण्डे, दामोदर पौडेल , महेश कुमार न्यौपाने, नगेन्द्र गुरु लगायतका कविहरूले छन्दका कविता वाचन गर्नुभएको थियो।
राप्ति साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी तथा सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विशिष्ट अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषमले आफ्नो रचनासहित हराउँदै गएको छन्द कवितालाई छन्द संगमले मलजल गर्ने काम गरेको बताउनुभएको थियो। त्यसैगरी प्रमुख अतिथिको रुपमा रहनुभएका वरिष्ठ साहित्यकार उत्तमकृष्णले मजगैयाँले रचनासहित छन्द प्रशिक्षणका साथै छन्दबारे विशेष वहस कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो। राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।
मातातीर्थ औँसी पर्व २०८१ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ८० वर्ष नाघेका ११ जना वृद्ध आमाहरूलाई सम्मान गरिएको छ ।
नमस्ते स्वास्थ्य अभियानको आयोजनामा घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीमा आयोजित कार्यक्रममा पार्वता स्मृति साहित्य प्रतिष्ठानका संस्थापकद्वय श्री सुरेशकुमार पाण्डे र श्रीमती देवा पाण्डेले संयुक्त रूपमा वृद्ध आमाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियोे ।
केशर बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य अतिथि सुरेशकुमार पाण्डेले आमाहरूको सम्मान उनीहरू जीवित छँदै गर्नुपर्ने, मरेर गरिने दानपुन्यभन्दा जीवित छँदै औषधी उपचार गर्ने र सबै छोरा बुहारीहरूले मिठो बोल्ने र सम्मान दिनुपर्ने कुरा बताउनुभयो ।
उक्त अवसरमा नमस्ते अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेले अभियानका तर्फबाट आमाहरूलाई मिठाई तथा फलफूल वितरण गर्नुभएको थियोे ।
कार्यक्रममा श्रीमती डेमा पाण्डेद्वारा गीत र श्रीमती अम्बिका भट्टराईद्वारा आमा सम्बन्धी मुक्तक वाचन गरिएको थियोे ।
नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वसन्तराज शर्माले गर्नुभएको थियोे ।
नेपालमा धेरै पहिले देखि नै विभिन्न चाडपर्वहरु मनाउँदै आइएको छ। दशैँ, तिहार, तीज, छठ, माघी, ल्होसार, होली , क्रिशमस, उधौँली, उभौँली, लगायतका दर्जनौँ चाडपर्व विभिन्न समयमा विभिन्न जातजाति र समुदायले मनाउने गर्दछन्। दशैँ, तिहार, तीज भने नेपालका महान् पर्व हुन। होली पर्वलाई पनि एक रमाइलो पर्वको रुपमा लिने गरिन्छ।
होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ। त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ।यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ ।
होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।
होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ।
२०८०/१०/२८ गते आइतबार विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखाको आयोजनामा कवि द्वय प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचनअन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुलुङ विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ टोकियोमा सम्पन्न भएको छ ।
विशिष्ट अतिथिको रूपमा रहनुभएका नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलन गरी नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम सुरु भएको थियो । विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’को प्रमुख अतिथि र विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय महासचिव सुनिता राई कन्दाङ्वा विशिष्ट अतिथिको रूपमा भर्चुअल माध्यमबाट तथा भौतिक उपस्थितिमा अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासङ्घ जापानका अध्यक्ष फुर्वा शेर्पा, नेपाली जनप्रगतिशील मञ्च जापानका, महासचिव दावा शेर्पा तथा किरात याक्थुङ चुम्लुङ जापान, उपाध्यक्ष मनकुमार तुम्सा लगायत आमन्त्रित अतिथिहरूले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक विमोचन गरेका थिए ।
गंगा गगनको स्वागत मन्तव्यसॅंगै अगाडि बढेको कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा कृतिहरुको विमोचन तथा विमोचित कृतिका सर्जकहरूको लेखन अनुभव सुन्ने थियो । त्यसै गरी भौतिक तथा भर्चुअल माध्यमबाट अतिथिहरूको शुभकामना मन्तव्य सेसन थियो । भर्चुअल माध्यमबाट जोडिई अतिथि आसन ग्रहण गरेका भोजपुरबाट राष्ट्रिय कविता महोत्सव -२०७८ को विजेता कविता राई र इटहरीका वरिष्ठ भाषाविद् श्री दिनेश पौडेलले कर्मथलो जापान बनाएका नेपाली साहित्यमा कलम चलाउनेहरूको यो अनुकरणीय र महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुन पाउॅंदा असाध्यै खुसी लागेको बताए । प्रवासी नेपाली मञ्चको अध्यक्ष कुलचन्द्र खरेलले शुभकामना मन्तव्य दिॅंदै भने – “साहित्यबाट हरसमाजले केही न केही शिक्षा पाउने र सच्चिनुपर्ने ठाउॅंमा सच्चिन प्रेरित समेत गर्ने भएकोले विश्वको जुनसुकै भूगोलमा पुगे पनि आफ्नो समाजका लागि कलमकर्मीले निरन्तर लेखिरहनुहोस् ।” भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङतानले ‘ओ पेङ्दोर्जे’ एउटा दस्ताबेजको रूपमा दाबी गर्दै नवपुस्ताको लागि यो कवितासङ्ग्रहले सेतुको काम गर्ने बताए । पेङ्दोर्जे मेरै पुस्ताले खोज्नुपर्थ्यो र मैले खोजें, उनले अगाडि थपे । लोकार्पित ‘सिनकानसेनको देशबाट’को सर्जक प्रविण लामा ‘अपरिचित’ले आफ्नो कर्मथलो जापानमा सिनकानसेन(बुलेट रेल) जसरी हरेक विकासका कामहरू द्रुत गतिमा कुद्छन् । त्यसरी नै आफ्नो मातृभूमि समेत भइदिए हुन्थ्यो भन्ने आशयमा लेखिएका कविताहरू सङ्गृहीत भएको बताए । अझ भनौँ नैतिक दबाब देशसम्म पुगोस् भन्ने चाहना रहेको बताए ।
दोस्रो चरणमा खुला रचना वाचन रहेको थियो । विनेसामको सल्लाहकार भुवन रोकाले मन्तव्यसहित रचना तथा बिमन किराती, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो, म्यामराज राई लगायत करिब एक दर्जन साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिए ।
कार्यक्रमको महत्त्वपूर्ण भाग अर्थात गाउॅं फर्किरहेको परदेशी टोकियो साँझ तेस्रो चरणमा राखिएको थियो । उक्त चरणमा कवि सयपत्री थुलुङ्को एकल कविता वाचन राखिएको थियो । करिब एक दर्जन जति वाचित उनका कविताहरू भर्खरै बजारमा आएको गाउॅं फर्किरहेको परदेशी कवितासङ्ग्रहमा सङ्गृहीत छन् । सयपत्रीको काव्य सामर्थ्य स्रोता, दर्शकलाई आफ्ना कवितामार्फत सुदूर सम्झनामा पुराउनु हो । यो साँझले पनि साँच्चिकै सबैलाई मन्त्रमुग्ध बनायो । करिब ४० जना जति साहित्यप्रेमीहरूको उपस्थिति रहेको हलमा तालीको गडगडाहटले गुन्जायमान भएको थियो । कार्यक्रम समापन हुनुपहिले अर्थात अन्तिम चरणमा गंगा गगनको शब्द र भ्वाइस अफ नेपाल, सिजन -५ को विजेता विनोद राईको सङ्गीत र स्वरमा रहेको निबुखोले सोल्टिनी बोलको गीत सार्वजनिक गरिएको थियो । उपस्थित दर्शकहरू कम्मर मर्काउॅंदै छमछमी नाचेका थिए ।
स्मरण रहोस्, विनेसाम, जापान शाखाका लामा सदस्य, सयपत्री सहसचिव तथा गगन सचिव समेत हुन् । करिब तीन घण्टासम्म चलेको कार्यक्रम विनेसामका महासचिव रविन्द्र दिखुक्पाले सन्चालन गरेका थिए । सभाध्यक्षको रूपमा रहेका विनेसाम, जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुले भर्चुअल तथा भौतिक रूपमा उपस्थित हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।
कक्षा ९ पढ़ने छात्रा सोनी गुप्ता राष्ट्रीय बाल दिवसको अवसरमा एक दिनको लागि प्रधानाध्यापक बनेकी छन।
“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी”भन्ने नारासहित ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा आजO पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर -५ भौराटार स्थित श्री नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमा आज एक दिनको लागि कक्षा ९ कि छात्रा सोनी गुप्ता प्रधानाध्यापक हुन भएकी छिन ।
विधालयको महत्त्वपूर्ण काम बहेक अरु सबै जिम्मेवारी एक दिनको लागि प्राप्त गरेकी बाल प्र.अ. गुप्ताको सभापतित्वमा आज बाल दिसवको अवसरमा बिधालयको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा छ देखि कक्षा एघार सम्मका चौविस जना बिद्यार्थीहरु सहभागी भएका थिए । त्यस्तै बालकक्षा देखि कक्षा पाँच सम्मका बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार विभिन्न बालमैत्री खेल खेलाइएको र बिजेताहरुलाई पुरस्कर , मेडल तथा प्रमाणपत्र वितरण गरिएको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिनु भयो ।
बालबालिकाहरुको ब्याक्तित्व विकासका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाले प्रत्येक बालबालिका ठूलो रूपमा परिवार र समाजको लागि बहुमूल्य उपहार हो। विधालयमा बिना भेदभाव बालबालिकाहरुको उपस्थितिले खुशीको प्रतिनिधित्व गर्दछ भन्ने कुरामा जोड दिदै सम्पूर्ण बालबालिकाहरुलाईमा बाल दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।
बिधालय व्यवस्थापन समितिका सदस्य, विधालयका शिक्षक , शिक्षिका , कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिती रहेका कार्यक्रमको सहजीकरण शिकक्ष संदीप कुमार जैसवालले गर्नु भएको थियो ।
अभिभावक संघ नेपालको केन्द्रीय स्टेन्डिङ्ग कमिटीको बैठक साउन ३१ गते ललितपुरको मान भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव पुरीको सभापतित्व, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्य र कोशी प्रदेशका संयोजक देवी पन्थीको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकले निम्नलिखित बुँदामा व्यापक छलफल गरी निर्णयमा पुगेको थियोे ।
१. नेपाल सरकारले शिक्षा ऐन परिमार्जन गर्दै शिक्षा विधेयक २०८० सरोकारवालासँग छलफल नगरी ल्याउने प्रयास गरेकोमा अभिभावक संघ नेपालको विरोध रहेको छ। बैठकले निजी विद्यालय गुठीमा जाने या कम्पनी ऐन अन्तर्गत रहने सम्बन्धित विद्यालयको ऐच्छिक विषय भएकाले गुठीमा जान बाध्य गराउनु नेपालको संविधान २०७२ विपरीत रहेको ठहर गरेको छ। शिक्षा उपभोगमा सरोकार राख्ने सरोकारवाला संघसंस्थाको भूमिका निश्चित नगरी विधेयक ल्याएमा शिक्षा मन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको छ। यसका लागि संघको एक प्रतिनिधि मण्डल सचेत गराउन अविलम्ब शिक्षा मन्त्रालय पुग्ने निर्णय गरिएको छ।
२. बैठकले सामुदायिक विद्यालयले कक्षा बाह्रसम्मको शिक्षा अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा अंग्रेजी माध्यममा पढाउने बाहानामा चन्दा, सहयोग आदि शीर्षकमा लिइरहेको शुल्कलाई अवैध ठहर गरेको छ।
३. बैठकले संघको जिल्ला , प्रदेश र केन्द्रीय सम्मेलन ६ महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
४. बैठकले अभिभावक संघ नेपालको मुखपत्र “अभिभावक आवाज ” प्रकाशित गर्ने निधो गरेको छ।
५. बैठकले अभिभावक संघ नेपालको सदस्यता शुद्धीकरण अभियान चलाउने निर्णय गरेको छ।
मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ थप गरिएको संशोधन प्रति मानव अधिकार तथा शान्ति समाजको काठमाडाैँमा विरोध प्रदर्शन
संसद्मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ ‘क’ मा थप गरिएको संशोधन विधेयकमा केही मानव अधिकार विरोधी प्रावधान रहेको भन्दै त्यसको विरुद्धमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आयोजना गरिएको धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडाैँ शाखा सभापति भगवान पुडासैनी लगायत ७० जना भन्दा बढी अधिकारकर्मीहरू सहभागी कार्यक्रममा;
लाेकतन्त्रकाे मर्म विराेधी विधेयक फिर्ता गर !
संवैधानिक सर्वाेच्चता कायम गर !
अपराधीलाई उन्मुक्ति दिने काम बन्द गर !
विधिकाे शासनकाे सम्मान गर !
स्वेच्छाचारी विधेयक फिर्ता गर !
मानव अधिकार विराेधी विधेयक फिर्ता गर !
हिंसालाई बढावा दिने विधेयक फिर्ता गर !
जस्ता विभिन्न नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा संशोधन विधेयकका सन्दर्भमा शान्ति समाजको अवधारणा बारे केन्द्रिय सभापति रामकृष्ण बरालले धारणा राख्दै उक्त संशोधन विधेयक अविलम्ब फिर्ता लिन आग्रह गरेका थिए।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको प्रथम लुम्बिनी प्रदेश अधिवेशन प्रदेश राजधानी राप्ती गाउँपालिका दाङमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले भगवान धनवन्तरीको तस्बिरमा माल्यार्पण गरेर र पानसमा बत्ती बालेर गर्नुभएको थियोे । कार्यक्रम नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, जिल्ला कमिटी, दाङको आयोजनामा भएको थियोे । समाजका दाङ जिल्ला कमिटी अध्यक्ष शोभाकान्त अधिकारीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा राप्ती गा.पा.अध्यक्ष प्रकाश बिष्ट, प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङका निर्देशक डा.सन्तोष कुमार ठाकुर, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा.पुष्पराज पौडेल, राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा.मदनकुमार बि.सी., नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय अध्यक्ष देवराज लामिछाने, सचिव गोकुल पराजुली, नेपाल आयुर्वेद औषधि व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष देव बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका आयुर्वेद स्वास्थ्यकर्मीहरूको बाक्लो उपस्थिति रहेकोे थियोे । समाजका केन्द्रिय सचिव यमलाल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने मोहनसिंह सुनारले गर्नुभएको थियो ।
आयुर्वेद स्वास्थ्यकर्मी सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन
अधिवेशनको उद्घाटन सत्र समापन भएसँगै बसेको बन्द सत्रले मोहनसिंह सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको थियोे । जसको उपाध्यक्षद्वयमा ध्रुवराज भण्डारी (खुल्ला) र ओमहरी भट्टराई (गैरसरकारी), सचिवमा वसन्त रावत, कोषाध्यक्षमा थानेश्वर न्यौपाने र सदस्यहरूमा सन्तोष भण्डारी (दाङ), यकराज भण्डारी (बाँके), प्रांशु ढकाल (रुपन्देही), जनक खनाल (रोल्पा), शिव प्रकाश चौधरी (कपिलवस्तु), सविता भट्टराई (प्युठान), गणेश पौड्याल (खुल्ला), प्रशान्त घिमिरे (पाल्पा), सरिता खनाल (महिला), निरन्जन बि.सी. (अर्घाखाँची) रहनुभएको छ ।
२४ मङ्सिर /घाेराही दाङ हाम्राे नाेवेल वचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आफ्नो १४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डि.सीले आज आयोजित कार्यक्रममा बिच पानसमा बत्ती बालेर उक्त सभाको उद्घाटन गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष सुषमा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रूपमा घोराही उपमहानगरकी उपमेयर हुमा डि.सी. र विशिष्ट अतिथिका रूपमा घोराही -१५ की जनप्रतिनिधि कृष्णा रानाको उपस्थिति रहेकोे थियो ।
संस्थाका उपाध्यक्ष केशवराज ढकालबाट स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा विभिन्न महानुभावहरूले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आफ्नो मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि हुमा डि.सी.ले सहकारी हरेक निकायसँग जाेडिएकाे हुनाले केवल पैसा जम्मा गर्ने र निकाल्ने मात्र नभई मानिसकाे जीवनकाे हरेक क्षेत्र सँग जाेडिएकाे हुनाले जिम्मेवारी वहन गर्ने कार्यमा सहकारीकाे ठूलाे भुमिका रहेकाे भन्नुहुंँदै शिक्षा,स्वास्थ तथा विभिन्न खाले हिंसाका बारेमा सचेतना जगाउने कार्यमा सहकारीले अझै भूमिका समाजमा अपनाउनु पर्ने कुरामा जाेड दिनुभयो । साथै उहाँले गुरुकुलका विद्यार्थीहरुलाई संस्थाले समेटेकाेमा खुसि प्रकट गर्नुभयाे ।
त्यस्तै विशिष्ट अतिथि घाेराही १५ कि जनप्रतिनिधि सदस्य कृष्णा रानाले आफ्नो मन्तव्य राख्दै संस्थाकाे उन्नति प्रगतिकालागि शुभकामना ब्यक्त गर्नुभयो । साथै उहाँले सहकारीका लागि आफ्नाे व्यक्तिगत तथा वडाकाे तर्फबाट सधै सकारात्मक सहयाेग रहने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै मन्तव्य राख्नुहुनेमा नेपाल अपाङ्ग संग खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाकी अध्यक्ष रुपा वली , गाेरखनाथ वैदिक गुरुकुलकी प्राचार्य सन्ताेषी सुवेदी ,संस्थाका सल्लाहकार चेतलाल न्याैपाने, शरद शर्मा लगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो ।
कार्यक्रममा काेषाध्यक्षकाे प्रतिवेदन /संस्थाकाे आर्थिक प्रतिवेदन काेषाध्यक्षकाे अस्वस्थताका कारण संस्थाका व्यवस्थापक पुर्ण बहादुर वलीले प्रस्तुत गर्नुभएकाे थियाे भने लेखा संयाेजक राजकुमार थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । संस्थाकी अध्यक्ष रेग्मीले संस्थाकाे बार्षिक गतिविधि र आगामि कार्यक्रमका बारेमा जानकारी गराउनु हुँदै सबैका जिज्ञासा माथि प्रकाश पार्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरूलाई प्रमुख अतिथिले अबिर दोसल्लाद्वारा सम्मानित गर्नुभएको थियोे । सम्मानित हुनेमा असल ऋणि सदस्यहरू २ जना, असल बचतकर्ता सदस्यहरू २ जना, संस्थालाई याेगदान पुर्याउने सदस्य १ जना, उत्कृष्ट पत्रकार १ जना, असल ऋणि सदस्यहरूबाट २ जना तथा संस्थाका जेष्ठ शेयर सदस्य १ जना हुनुहुन्थ्यो ।
कार्यक्रममा गाेरखनाथ वैदिक गुरुकुल चाैघेराका विद्यार्थीहरुबाट स्वस्ति वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश भट्टराईले गर्नुभएको थियोे ।
कमाउन जति सजिलाे छ ,दान गर्ने निकाय छनाेट गर्न धेरै गाह्रो छ । शास्त्रमा एउटा कुरा उल्लेख गरिएकाे पाईन्छ । त्याे हाे पराेपकार नै धर्म हाे ।पराेपकारकाे अर्थ एउटा छ भने कस्ताे ठाँउमा पराेपकार गर्ने ? त्यसकाे अर्थकाे अनर्थ हुन गएमा पराेपकार नभई पछुताे पनि हुनसक्छ । पराेपकार भनेकाे आवश्यक परेकालाई उपकार गर्ने कार्यलाई नै भनिन्छ । दान गर्ने त हाे ,कस्ताे निकायलाई गर्ने याे अझै महत्वपूर्ण हुन्छ । कसैले उसकाे आवश्यक्ता देखेरनै दान गरेकाे हुन्छ ।त्यस बस्तु उसैले प्रयाेगमा ल्याउँदछ भने मात्रै दानीलाई राम्राे हुन्छ । अर्थात उसलाई आत्मसन्तुष्टि मिल्दछ । अब यहाँनेर बुझ्नैपर्ने कुरा कतै गलत स्थानमा दान गरिरहेकाे त छैन ? या भनाै दान गरेकाे बस्तु बेचेर उस्ले धन आर्जन गरेकाे छ भने पनि दान गर्नेलाई पुण्य प्राप्त नहुने कुरा शास्त्रमा उल्लेख गरेकाे पाईन्छ । एउटा प्रश्न यहाँ उब्जियाे धेरै भएकाे घरमा राख्ने ठाउँ नभएमा नबेचेर के गर्ने ? याे कुरा हामीले बिर्सन हुँदैनकि भेरै भएमा केही दान गरेर पनि दाेष कटाउन सकिन्छ ।त्यसैले कमाउन जति सजिलाे छ दान गर्ने निकाय छुट्याउन गाह्रो अझै छ ।
यसै सिलसिलामा दाङकाे सिद्ध रत्ननाथ मठमा संचालित गाेरखनाथ वैदिक गुरुकुल चाैघेरामा दान गर्नकालागि गुरुकुलमा प्राय हरेक दिन केही न केही नगद तथा बस्तु आईरहेका छन् । यहाँ नि:शुल्क रुपमा गुरुकुलीय शिक्षा प्राप्तिका लागि जिल्लाभित्र तथा बाहिरका वटुक विद्यार्थीहरु रहेका छन् । समय जाडाेकाे छ । माथि टिनकाे छानाे रहेकाे छ । टिनपनि प्वाल परेका छन् । शीत तप तप चुहिएकाे अवस्थामा उनिहरुलाई न्यानाे कपडा निकै सुविधा बनेकाे छ ।
घाेराही भिङ्ग्रेली परिवारका धेरै सदस्यहरुकाे याेगदान बन्दै गएकाे छ गुरुकुलमा ।प्यूठानकाे भिङ्गिबाट बसाई सराई गरेर आएकाले नै भिङ्ग्रेलि परिवारकाे रुपमा दाङमा चिनिन्छ याे परिवार । यही मंसिर २२ गते रमेश राजभण्डारी ॐ शिरडि साई मन्दिरका अध्यक्ष पिता,पुत्र तथा नातिनिलाई लिएर गुरुकुलमा पाल्नु भई सबै विद्यार्थीहरुकालागि न्यानाे सल, दक्षिणा तथा फलफुल प्रसाद प्रदान गर्नु भएकाे छ ।
त्यस्तै आजकै दिन सगरमाथा सिमेन्टका गाेग्ली निवासी अमर सुवेदीज्यूबाट सबैकालागि न्यानाे कम्बल प्रदान भएकाे छ । यस शुभ कार्यकालागि गुरुकुल परिवारले दानिज्यूहरुप्रति कृतज्ञता ब्यक्त गर्दै सबै मिलेरनै याे गुरुकुललाई दाङमा हुर्काअेाें भनी आह्वान गरेकाे छ ।