नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न, मोहनसिंह सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन

  • २७ पुष २०७९, बुधबार २२:०० मा प्रकाशित
  • नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको प्रथम लुम्बिनी प्रदेश अधिवेशन प्रदेश राजधानी राप्ती गाउँपालिका दाङमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले भगवान धनवन्तरीको तस्बिरमा माल्यार्पण गरेर र पानसमा बत्ती बालेर गर्नुभएको थियोे ।
    कार्यक्रम नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, जिल्ला कमिटी, दाङको आयोजनामा भएको थियोे ।
    समाजका दाङ जिल्ला कमिटी अध्यक्ष शोभाकान्त अधिकारीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा राप्ती गा.पा.अध्यक्ष प्रकाश बिष्ट, प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङका निर्देशक डा.सन्तोष कुमार ठाकुर, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा.पुष्पराज पौडेल, राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा.मदनकुमार बि.सी., नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय अध्यक्ष देवराज लामिछाने, सचिव गोकुल पराजुली, नेपाल आयुर्वेद औषधि व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष देव बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका आयुर्वेद स्वास्थ्यकर्मीहरूको बाक्लो उपस्थिति रहेकोे थियोे । समाजका केन्द्रिय सचिव यमलाल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने मोहनसिंह सुनारले गर्नुभएको थियो ।

    आयुर्वेद स्वास्थ्यकर्मी सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन

    अधिवेशनको उद्घाटन सत्र समापन भएसँगै बसेको बन्द सत्रले मोहनसिंह सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको थियोे । जसको उपाध्यक्षद्वयमा ध्रुवराज भण्डारी (खुल्ला) र ओमहरी भट्टराई (गैरसरकारी), सचिवमा वसन्त रावत, कोषाध्यक्षमा थानेश्वर न्यौपाने र सदस्यहरूमा सन्तोष भण्डारी (दाङ), यकराज भण्डारी (बाँके), प्रांशु ढकाल (रुपन्देही), जनक खनाल (रोल्पा), शिव प्रकाश चौधरी (कपिलवस्तु), सविता भट्टराई (प्युठान), गणेश पौड्याल (खुल्ला), प्रशान्त घिमिरे (पाल्पा), सरिता खनाल (महिला), निरन्जन बि.सी. (अर्घाखाँची) रहनुभएको छ ।

    Leave a Reply