साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] सपना समृद्ध नेपाल यथार्थमा देशको हाल ! -वसन्त अनुभव घोराही, दाङ [२] सेतु नबनाउने नेता फेरि नबन्ने विजेता ! -भगवती दवाडी ,झापा [३] गणतन्त्र विकासकाे गति उँधाे कि उँभाे ? -राेशन पराजुली,धरान [४] अप्रसिद्ध पशुको ज्यान नेताको अर्कैतिर ध्यान ! -अच्युत घिमिरे सर्पाङ, भुटान [५] गणतन्त्र पुल विकास कर्णालीमा खच्चरको निकास ! -बेदु न्यौपाने [६] निरीह बोझसॅगै अड्केर गएन प्राण सर्केर ! [७] लाचार मौनता कहिलेसम्म पीडाले आँखा टम्म ! -संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [८] चाल मेरो देशको येस्तो छ हाल ! -अनिता भण्डारी ताप्लेजुङ [९] जीवन उकाली ओराली पिर कहालीलाग्दो भिर ! -आर्त अकुलीन [१०] तर्ने बनायो पुल खच्चरकाे जिन्दगीमा भूल ! -श्रीकृष्ण धामी – बझाङ [११] अवस्था सपनाको नेपाल यथार्थमा विकासको चाल ! -बुद्धिप्रसाद लामिछाने कैलाली [१२] दोभान लाचार सरकार जोगाउनै कठिन जीवन ! -सरस्वती वली [१३] सोच मेरो हाम्रो समाज आसाको त्यान्द्रो ! -मधुसूदन शर्मा रोल्पा [१४] पशुलाई गधा बनाई देशलाई भ्रष्टचारमा डुबाई ! -डुकछिरिङ लेपचा थाना लाईन,भारत [१५] माथि ठाडो भिर तल जङ्घार मजधार ! -कमला देवकोटा, पाल्पा [१६] बिचरा निरीह पशु चेतनशील मानवको दादागिरी ! [१७] विडम्बना जोखिममा ज्यान सरकारले दिदैन ध्यान ! -पृथक प्रकृति ,झापा [१८] जीवन उकाली ओराली समृद्ध नेपालको परिवहन ! -धनमाया चौधरी कैलाली [१९] दुर्गम विकासको गति सुध्रिएन नेताको मति ! -कला ढकाल झापा [२०] चुडियो पुलको रसी खच्चर बिचमै फसी ! -चक्र शाही ,लम्की, कैलाली । [२१] विकास बहानाकाे इतिहास खाेजाैँ बर्बादिकाे निकास ! -रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२२] उस्तै जनतालाई सास्ती राज्य सञ्चालकलाई मस्ती ! -प्रेम थापा “मन”बागलुङ [२३] जुर्मुराएको गरेर देखाउँछु विकासे बजेट चुर्मुर्याएको ! -घनश्याम पन्त हरिवन सर्लाही [२४] नेपाल समृद्धिको सपना जताततै देखियो बेहाल ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा.-६, दोलखा । [२५] अकल लाखौलाख हातमा पुल भाँचिएको रातमा ! -अम्बिका अधिकारी झापा बिर्तामोड [२६] खच्चर गधाको सामाज्य छैन केही अवसर ! -नागेन्द्रप्रसाद यादव [२७] खच्चड नतरी पुल काल आयो मूल ! -एवाइ प्रभात सहिदभुमि धनकुटा [२८] लोकतन्त्र जोडिएन देश पिताजीको फुलिसक्यो केश ! -पशपती राई खोटाङ । [२९] वास्तविक एकातिर हुन्छ देखिने अर्कातिर रहन्छ !
नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । [३०] आश्वासन भरिएको विकास यत्रतत्र भयानक विनाश ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [३१] बिजोग हेर हरिबिजोग साच्चै कन्त बिजोग ! -दुर्गा अधिकारी भमरकोटे, हाल कपन । [३२] व्यापार हत्ते प्राणीकाे जूवा आँप झटाराे ! -चन्द्रावती अधिकारी [३३] स्थिति नाजुक देखियो हाम्रो देशको बेथिति ! -शोभा आचार्य गौतम काठमाडौँ [३४] विपत्ति जुनसुकै बेला पशुलाई गरेनन् हेला ! -दीपा समभाव खोटाङ्ग [३५] यथार्थता अमानवका कारण मानवको भयो दुर्गति ! [३६] कस्ताे हाे राज्यसत्ता खाने मात्र भत्ता ! -डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [३७] अवस्था विकास गर्न योग्य नेतृत्वको खाँचो ! -सुस्मिता अधिकारी ,काठमाडौँ [३८] आपत्ति जनतालाई सास्ति धन्य विकासको गति ! -सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके [३९] खच्चर नगरौँ हेला यस्तो सङ्कटको बेला ! -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा-३,काभ्रे [४०] विकट विकासमा ओझेल भ्रष्टले गरे झालझेल ! [४१] कठै विकासको हाल सुध्रिएन नेताको चाल ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ [४२] देश चौपट सारा मात्र झुट्टा नारा ! -विवश पारदर्शी झापा, [४३] भारी बोकेर लैजानु कसरी पुल तारी ! -घनश्याम पौडेल,पोखरा [४४] यस्तो नहोस् भनेर विरोध गरौँ कनेर ! -लक्ष्मी रिजाल, रुपनगर, सप्तरी [४५] विकास झाेलुङ्गे पुल मारिए पशुका हुल ! -ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ [४६] नाजुक कर्णाली पुल बन्यो हियाेमा शूल ! -केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [४७] सङ्कट निर्दोष दोसाध देखिन्न जहाज चढेर ! -प्रभादेवी पौडेल चितवन [४८ चित्र हेरी खोज वास्तविकता मूलको भित्र ! -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३९ पुल पुल कति भन्छौ ? चट्ट चढ भ्यू टावर मोज गर, निर्धक्क घुम ट्वन्टीफोर आवर । ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~ [१] भाँचियोस् पुल नै, मरून् प्राणी, छैन कुनै बाल जसरी नि, पर्नुपर्यो, खाली आफूलाई माल । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ [२] विकृति छ राजनीतिमा विकास गाेजीतिर भ्यू टावरले संसार देख्याे छैन पुल भिर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~<•>~ [३] भोकमरीले मरून् कि बगोस् रगतको खाल मस्ती गर्ने हो सदनमा विकास कछुवाको चाल । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौं ~<•>~ [४] आइसक्यो भनेको मनसुन बाटो बिराएर कता पो गयो गर्मी बढेर सहन नसकी मान्छेहरूको बिचल्ली पो भयो । ✍️ पवनकुमार बुढाथोकी काठमाडौं ~<•>~ [५] भोकमरीले मरे नि हेर्न कसलाई चासो ? आफ्नै हातको राखन् धरन् मनमा चट्ट हाँसो । ✍️ बेदु न्यौपाने ~<•>~ [६] जेहोस् बाल मतलब दुनो आफ्नैतिर सोझ्याउॅंने फाइदाको लागि लड्दैछु अरू जो सुकै होउॅंन् रुने। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [७] पुल बनाउने पैसा छैन, भ्यू टावरको सान बाढी आउँदा रमिता हेर्ने असल नेता छान। ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । ~<•>~ [८] जनतालाई अलमल्याउन नेता जे नै गर्छन् आफू लिन्छन् चाैरासी व्यञ्जन जनता भाेकै मर्छन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~ [९] देशमा गतिलो छैन, हजुर पुल बाटो बिराउँदा जनतालाई भूल । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ [१०] भाँचियोस् पुल नै, पहिरोले पुरियोस् बस्ती, ठिकै लाग्छ फेरि बनाउँदा आउने आफ्नो भागले, उत्साह जाग्छ । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [११] आवश्यकता अनुसारको काम गर बोल सत्य साँचो दुर्गम ठाउँमा विकास गर छैन भ्यू टावरको खाँचो । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ [१२] कति चुस्छौ रगत विविध करको नाउँमा भोट लिन फेरि आउनु पर्ला हाम्रो गाउँमा । ✍️ सविता भट्टराई, जनकपुर ~<•>~ [१३] भ्यू टावर बनाओस् यात पुल खाेजीनितिकाे छैन खासै खाँचो जसले देशको विकास गर्छ उसलाई दिनु देशको साँचो । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [१४] कुराले सकिन्छ हुन्छ खोकिदियो विकास पुल सडक नालाको कतै छैन निकास । ✍️ चुडामणि ध्रुव देवकोटा ~<•>~ [१५] केवलकार चढ्न पाए भ्यू टावर किन ? पैसा भए त सबै कुरा मिल्छ एकैछिन । ✍️ बाबू विराज कपिलवस्तु ~<•>~ [१६] खाेलापारि तर्नु पर्दा तुईन चुडिएर मर्नुपर्ने नेता भए ओखतीमुलाे विदेश गई गर्नुपर्ने । ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला,सल्यान ~<•>~ [१७] जनताले खान नै गाँस छैन ठाउँ ठाउँमा बन्यो चढ्न भ्यू टावर परिवारै घुमफिर जनताले तिरेको करमा पाउँदा पावर । ✍️ सुशील शिखा काठमाडौँ कागेश्वरी ~<•>~ [१८] यो देशमा बन्ने हैन आवश्यक पुल कर्म गरौँ हामी सब धेरै गर्यौं भूल । ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [१९] पुल बनाउने पैसा झ्वामझ्वाम चट्ट बैङ्कमा राखेर वर्षैपिच्छे जनताको आँखामा छारो हाली दिन भाकेर । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ [२०] क्या अनौठो छ सपनाको सहर सपनाभित्र हराएका रहर । ✍️ आर्त अकुलीन ~<•>~ [२१] जनताको पसिनाबाट नै कर असुल पारेर रमाए गगनचुम्बी महल भ्यू टावर राखेर । ✍️ कला ढकाल झापा ~<•>~ [२२] भाषण गर्दा नेताले देश र जनता भन्छन् मेरै पुल राम्रो बनाउन नसक्नेका फुर्ती अझ धेरै । ✍️ प्रेम थापा “मन”बागलुङ ~<•>~ [२३] जन्तु, मान्छेको मूर्ति, गेट, टावर धेरै बनाउने हो लाेकतन्त्रमा विकास कुकर्मले डुङ्डुङ्ती गनाए पनि बेजोडा हाै छैन हाम्रो विरुद्धमा निकास । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ [२४] जनताको गॅास कटाई भ्यू टावर बनाउने खानुसम्म खाएर विकास भएको जनाउने । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ [२५] चारवर्षलाई मोज गरौँ चुनावमा भोज गरौँ जनतालाई मख्ख पार्दै संसदभित्र फेरि सरौँ । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ~<•>~ [२६] नियत छैन विकासको र बनाउँछन् भ्यू टावर पुल किन चाहियो भत्किन्छ देश हुन्छ झरझर । ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ~<•>~ [२७] पुलकै नाम बेची सजियाे घर आँगन र दुनियाँ गरिब दीनदुखीहरूकाे सपना भयाे छियाछिया । ✍️ ईश्वर साउद रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ~<•>~ [२८] भ्यू टावर बनाएर के भयो ? हान्यो मुटुमा शूल भ्यू टावर होइन नदीमा बनाउ बलियो पुल । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [२९] हेर्नुपर्छ यो दुनियाँ ! रङ्गीबिरङ्गी भ्यू टावर चढेर चाहे पुल भाँचियोस् मतलब छैन चाहे मरोस् लडेर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ~<•>~ [३०] गधा बस्ने सहर छैन केही रहर । ✍️ नागेन्द्रप्रसाद यादव ~<•>~ [३१] रोजगारको कुरा गर्छौ, जाउँ हेर्ने भ्यू टावर किन चाहियो पुल यहाँ, महलको छ लहर । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ [३२] नेताहरूमा भयाे धेरै मुखकाे कला भएन अरू केही थपे घरकाे तला । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-१, कुर, अर्घाखाँची ~<•>~ [३३] विकास भन्दै विनासको बहार ल्याउँदैछु आफ्ना नातिपनातिलाई उकास्न भ्याउँदैछु । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । ~<•>~ [३४] सबै राखे पनि यो मन खोलिनँ धेरै कुरा हजुर मैले बोलिनँ । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~<•>~ [३५] जनताको छाती टेकी शिखरमा चढ्न थाल्यौ शक्ति त तिम्रो हातमा छ, देश नर्कमा फाल्यौ । ✍️ शंकर कार्की,मकवानपुर ~<•>~ [३६] फस्दैछ रे देश विपदमा सरासर किन गर्छौ कुरा बनाउने भ्यू टावर । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे,लबनेपा १४ साँगा बजार। ~<•>~ [३७] सुख्खा मौसममा नभ्याउने तिमी असारे झरी यो, पानी रिमीझिमी। ✍️ मोती सुब्बा ~<•>~ [३८] ठीक बेठीक हेर्दैनन् लाग्छन् शासककै हुलमा शासकको ध्यान भ्यू टावरमा, जाँदैन पुलमा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ [३९] नीति निर्माण गर्दैछन् रित्तो कुर्सीहरूले हाजिरी छँदैछ भनेर के हुन्छ अरूले ? ✍️ पुष्पा राई, ऐसेलुखर्क, खोटाङ । ~<•>~ [४०] हेलिकोप्टर सित्तैमा छ किन चाहियो मलाई मरे मरोस् न ! कठोर मन आउँदैन पलाई । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [४१] पुल शूल बन्छ, ढुङ्गो माटो टेकिन्छ भ्यू टावर बने, पर पर देखिन्छ । ✍️ विवश पारदर्शी झापा ~<•>~ [४२] चार वर्षे सत्ता हो गरिन्छ मजाले मोजमस्ती ऎन कानुन आफ्नै हो पेवा गरिन्छ जबर्जस्ती । ✍️ इन्दु श्रेष्ठ, चितवन ~<•>~ [४३] भाषणले मात्रै भए सबैतिर विकास कतै पनि छैन पुल सडककाे निकास । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~<•>~ [४४] मासु र रक्सीमा सबै जनता भुल्याए पुल बनाउने रकम त आफैँ खाए । ✍️ दुर्गा भट्टराई मोरङ ~<•>~ [४५] बेकामे भ्यू टावरहरू तिमी आफैँ चढ त्यही बसी जनता बगेको खबर पढ । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ [४६] भ्यू टावर बनाउनुभन्दा बनाऊ पुल मान्छे हौ मान्छे जस्तै बनेर सुधार भूल । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ~<•>~ [४७] भ्यू टावर चढन पाएका छौ खुसी बन जन उद्याेगधन्दा खाेलेपछि त कमाउँछ धन । ✍️ जी.वि.कश्यप, घाेराही, दाङ । ~<•>~ [४८] आवश्यक ठाउँमा खै पुल छैन, भ्यू टावर अनेक ठाउँ नाफाको दृष्टिमात्र नलगाऊ गएर हेर ती आफ्नै गाउँ ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ [४९] किन चाहिए बाटा, पुल म त्यहाँ हिँड्न पर्दैन सत्तामा के म एक्लै छु र उसले केही गर्दैन । ✍️ सबिता खड्का कैलाली ~<•>~ [५०] हाहाकार नै मच्चियो लौन भयौ काकाकुल हे प्रभु ! वर्षा लाग्द नि फुटेन पानीको मूल । ✍️ वेल थोकर तामाङ बकैया_८ मकवानपुर ~<•>~ [५१] गरिबको पसिना बेची नाम कमाउने नेतासँग परेँ दिक्क जनता मेरो भगवान् नै हुन् भन्दै भाषण छाट्दै पार्छन् हेर ठिक्क । ✍️ बिकास छेत्री अन्जान कैजले, बिजनबारी, दार्जिलिङ। ~<•>~ [५२] विकासको रकम सबै खाए बचेको पैसाले पुल बनाए । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~<•>~ [५३] हामी तुइन तरेकै छौँ ज्यान जोखिममा मोलेर मोजमस्ती गर्दै हिँड अझै नि चट्ट छाती खोलेर | ✍️ सरिता सेढाई धादिङ ~<•>~ [५४] खोलानाला उत्खनन् गरेर बनायौँ भ्यू टावर गरिब दुखीलाई मारेर देखाउदै छौँ पावर । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~<•>~ [५५] मोज र भोजको युगमा थितिका कुरा नगर समाजलाई उँभो लग्छु भनेर अघि नसर । ✍️ लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ~<•>~ [५६] यत्रतत्र छ समस्या गतिछाडा सत्ता अल्पमत बहुमतका नाममा भत्ता । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ~<•>~ [५७] आम्दानीको रुख रोप्यौ लिई नेताको पावर भन्छौ कति सजिलो गरेर चढ भ्यू टावर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ [५८] तुइन हटाउ खोला र नदीमा बनाउ पक्की पुल ढाँट छल गरी लुटेर खाई नपार्नु है रनभुल । ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ। हाल चनपा६ मातातीर्थ
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६०औँ) शृङ्खलाका लागि लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘कालो हिरा’, लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘सम्प्रदाय’ र लघुकथाकार भूमिका गैरे, तिमिल्सिनाको लघुकथा ‘बाध्यता’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~ ——————-<•>——————
[१] लघुकथा: कालो हिरा
✍️ तुलसी पण्डित उनी रूपमा अति रूपवती थिइन् । बजार जाँदा उनको अचानक एक काली केटीसँग भेट भयो । उनले अट्टहास गर्दै भनिन्- “यस्तो कालो रूपलाई कसले मन पराउँछ र ? अब तेरो जिन्दगीभर विवाह नहुने भयो ?” “हेर ! आजभोलि कालाको दिन पनि आएको छ । मेरो अगाडि तिम्रो जिन्दगी फिका नै हो ।”
“कसरी पत्याउँ यो कुरा ?” “उही तरकारी बेसिजनमा उत्पादन गरियो भने कति महङ्गो पर्न जान्छ । त्यसैले समय सबैको पक्षमा उर्लन्छ ।”
“आफ्नो बखानले केही हुनेवाला छैन । ऊ त्यो आउँदै गरेको केटा एकदम धनाढ्य छ । उसले धेरै फिलिम निर्माण गरेको छ । हामी ऊसँग विवाहको प्रस्ताव राख्यौँ । अनि थाहा हुन्छ, कसलाई मानिसले मन पराउँछ ?”
केटो त्यही आइपुग्यो । उनीहरूले केटातिर फर्कँदै भने- “हामी दुईजनामा तिमीले कसलाई मन पराउँछौ; उसैसँग विवाह गर । हाम्रो यो अमूल्य उपहार तिमीलाई ।” केटोले सोच्यो, गम्यो र मुस्कुराउँदै भन्यो- “यो कालो हिरा अमूल्य छ । म उनैसँग विवाह गर्छु ।” ——————-<•>—————— [२] लघुकथा: सम्प्रदाय
✍️ धनसिंह विश्व “नानी, बाबु ! कस्का छोरा हौँ ? नाम के हो ?” दश/बाह्र वर्षका बालबालिका एक्लै मन्दिरमा पूजा गर्नआएको देखेर पुजारीले अचम्म मान्दै सोधे । बालकले हाँस्दै भन्यो- “बाजे ! म मोमद फिरोजको छोरा हुँ । मोमद हरुन हो मेरो नाम ।” पुजारी अचम्म मान्दै फेरि भन्छन्- “अनि यहाँ ? कहाँ हिँडेको ? हातमा फूल, अछेता, धूप पनि बोकेका छौ त ?”
“बाजे ! भोलिदेखि हाम्रो वार्षिक परिक्षा छ। त्यसैले पूजा गरौँ भनेर आएको । बरु भन्नुहोस् न ! सरस्वती माता कहाँ हुनुहुन्छ ?” हतोत्साहित हुँदै बालकले भन्यो। “अनि तिमी गलत ठाउँ आयौ नि त बाबु ! तिमी त मस्जिद जानुपर्थ्यो। अल्लाहलाई पूज्नु पर्नेथ्यो। बाटो बिर्सेउ कि ? कसो ?” पुजारीले ठट्टा मुद्रामा हाँस्दै भने ।
“किन ? तपाईँको भगवान् हाम्रो भगवान् भन्दा सानो हो ? तपाईँको भगवान्ले मलाई परिक्षामा सफल बनाउँन सक्नुहुन्न र ?” बालकले जिज्ञासा राख्दै भन्यो। “त्यसो होइन ! तर तिमीहरू मुस्लिम हौँ। हामी हिन्दु । तिमीहरू मुस्लिमको लागि मस्जिद छ भने हाम्रो मन्दिर।” स्पष्टीकरण दिँदै भने। “भगवान् त सबैको एउटै होइन र ? त्यही भगवान्ले त हामी सबैलाई बनाएका हुन् नि ! भनेपछि अहिले मन्दिरमा के भगवान् छैनन् ?” फेरी प्रश्न गर्यो। पुजारी केही झर्को मानेझैँ गरी भने- “होइन ! तिम्रो र हाम्रो जात, धर्म, संस्कार, संस्कृति केही पनि मिल्दैन बाबु ! बरु तिमी मस्जिद नै जाऊ । त्यही ठिक छ तिमीलाई ।” बालकले भने- “होइन बाजे ! कसरी मिल्दैन र ? पोहोर गाड़ी दुर्घटनामा पर्दा मेरो अब्बुले दिएको रगत तपाईँसित मिल्यो त ! होइन ?” गेजिङ प० सिक्किम ——————-<•>—————— [३] लघुकथा: बाध्यता
✍️ भूमिका गैरे, तिमिल्सिना “कति धौ भयो, यो नाति हुर्काउँदा ? बाबाआमा अस्ट्रेलिया छन् । उही गएर केही समय बसेर लिएर आइयो ? राम्ररी राति पनि सुतिनँ म । चार/पाँच चोटी राति उठेर बोतलबाट दुध ख्वाउँथे ? त्यो दुधे बालक ल्याएर अहिले यत्रो भयो ।” सम्झँदै बुढीले भनिन् । “हो त नि ! यसका बाबाआमालाई एकछिन फुर्सद छैन । व्यस्त जीवन, पैसाको मोह भयो । परिस्थिति पनि त्यस्तै छ, के गर्ने ? यसको स्याहारसुसार कसले गर्ने ? त्यही भएर हामी नै हुर्काउँछौँ नाति भनि ल्याइयो । अहिले ठूलो भयो स्कुल खुरुखुरु जान्छ । बुझ्ने भइसक्यो । साउँभन्दा ब्याजको माया।” नातितिर हेर्दै पुलकित मुद्रामा बुढाले भने ।
अरूबेला त ठिकै हो । बिरामी भयो भने मलाई त ! साह्रै डर लाग्छ, किन हो ? कतै केही भई हाल्ने पो हो कि भनेर सात्तै जान्छ जान नि ? आफ्ना छोराछोरी हुर्काउँदा खै यस्तो विधि थाहा पाइएन । बस्तुभाउ, मेलापात, दाउरा, घाँस गर्नुपर्थ्यो । दु: ख थियो । दुखैदु:खले हुर्किएका हुन् बरा ! छोराछोरी त ?” बुढीले थपिन् ।
“अहिले त ध्यान नै यसैको मात्र छ । के खान्छ ? कस्तो लाउँछ ? कहाँ जाने भन्छ ? यसैको चाकडी गर्दागर्दै दिन बित्छ । पहिले र अहिलेका दिन यिनै हुन् क्यारे ! समयले कहाँबाट कहाँ ल्यायो, है बुढा ?
मोबाइलमा घन्टी बज्यो । भिडियो कल गरे छोराबुहारीले । “ “ल ! आऊ आऊ सुबोध नाति । हेर त ! तिम्रो बाबाआमाको फोन आयो । ल आऊ त बोल्न ।” ऊ आफ्नै पारामा खेलिरह्यो । कति गर्दा नि पिटिक्कै बोलेन ? वास्तै गरेन । सबैले अनेक प्रयत्न गरे तर सुबोधले ध्यानै दिएन ।
बाआमाले हामीलाई कति माया गर्छन् ? एकछिन छोड्दैनन् । पुच्छर लाएर हैरान पार्छ । आफ्ना बाबाआमाले बिचरा ! कति गर्छन तर पनि बोल्नै खोज्दैन, किन हो ? कतै आमाबाबा र सन्तान बीचको दुरी बढ्ने त होइन ? वास्तै गर्दैन, मलाई त सम्झदा नि डर पो लाग्छ त ? मलिन् मुख मुन्द्रामा बुढीले भनिन् ।
बुढाले घोरिँदै सोचेर भने- “आमाबुबाको माया, स्पर्श केही पाएको छैन ? अनि कसरी माया बसोस् त ? यो बाध्यात्मक परिस्थितिले निम्त्याएको दुरी पनि ठीक होइन ।” ——————-<•>——————-
साताका उत्कृष्ट झिल्का कविताको १७औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १७ का लागि झिल्काकारत्रय लक्ष्मण देउवा डोटी, पुष्पा सुवेदी र सञ्जना शर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
———<•>——— [१] १// कर्मको फल मिठो सधैँ दुःखमा रमाउने म गाउँले ठिटो । २// सङ्घर्षको भारी बोकेर पुग्न सकिन्न गन्तव्यमा बीचमा पाइला रोकेर । ३// दुःखको जङ्घार तरेर जिउनुको अर्थ सिकाई एकदिन जानुछ मरेर । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई🇳🇵 ———<•>——— [२] १// राजनीति शब्दको अर्थ गलत परिभाषित भयो अर्थको लाग्यो अनर्थ । २// भ्रष्टाचारको धमिरो फालौँ राजनीतिलाई पृष्ठभूमि बनाएर राष्ट्रियताको जग बसालौँ । ३// नबिर्सनू ए साथीभाइ ! गन्तव्यमा पुगे भनी हेर आफ्नो उद्गमस्थललाई । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके ———<•>——— [३] १// आस गरेर बसेछौ अरूको मात्रै आज त्यसैले तल खसेछौ । २// मेहनत गरेर खानू आफ्नो यही ठाउँमा उब्जिन्छ है मानु । ३// मेहनत गरेर मरिँदैन गरेर अठोट आजै अरूको भर परिँदैन । ✍️ सञ्जना शर्मा ———<•>———
कवि तथा समालोचक पुष्कर रिजाल “पुष्प”को एकल कविता वाचन घोराही दाङमा भव्य रूपमा सम्पन्न भएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाँ विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कवि तथा समालोचक साहित्यकार रिजालले गद्य तथा पद्य गरी एक दर्जनभन्दा बढी कविता वाचन गर्नुभएको थियो। ती वाचित रचनाहरूको समीक्षा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.टीकाराम उदासीले गर्नुभएको थियो। समीक्षक उदासीले पुष्कर रिजालका रचना भाव तथा कलाका दृष्टिकोणले उत्कृष्ट रहेको बताउनुभएको थियो।
राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा प्रगति लेखक संघ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” र वरिष्ठ साहित्यकार गणेश विषमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लेखक संघ दाङ शाखाका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, सिस्नुपानी नेपाल दाङ शाखाका अध्यक्ष डा.लोकराज पराजुली, झिल्का साहित्य समाज, नेपालका अध्यक्ष वसन्त अनुभव, विश्व नेपाली साहित्य प्रतिष्ठान, दाङ शाखाका अध्यक्ष तथा साहित्यकार डा.कृष्णराज डिसी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखकसघ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा लगायत विभिन्न साहित्यिक संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो।
त्यसैगरी सो कार्यक्रममा गीतकार प्रकाश केसी, गायक तथा संगीतकार सन्तोष रजौरे ,गजलकार खिम केसी, साहित्यकारहरू नगेन्द्र गुरु, डा.प्रेम योगी, शारदा शर्मा,गोपाल भुसाल अभिलाषी,धनसिंह गिरी,सुशीला आचार्य, वीणा रोका, विन्दु अधिकारी,देवेन्द्र रिजाल, महेश कुमार न्यौपाने, सुवाष न्यौपाने,शरद गौतम, रामकुमार पौडेल,दामु शर्मा,वसन्त पोखरेल, शोभाकान्त अधिकारी ,नमा शर्मा, तारा न्यौपाने, होम बहादुर रेग्मी , सुशीला कुमारी रेग्मी, रिमा गौतम,एच.एन .पाण्डे,अरुण कुमार नेपाली योजना बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।
विश्व नेपाली साहित्य महासंघ, दाङ शाखा अध्यक्ष एवम् राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो। सो कार्यक्रममा एकल रचना वाचक साहित्यकार रिजाललाई परिषद्को तर्फबाट प्रशंसापत्रले सम्मान गरिएको थियो।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उनान्सयाैं हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९९ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०२/२८ बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुशी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ मुटु दुखेको औषधी किन्न पाए किन्ने धेरै थिए होला। दुश्मन जति सबै नै विन्न पाए विन्ने धेरै थिए होला। काे कस्ताे काे कस्ताे निधारमा लेखिएको हुदैन रहेछ आँखाले हेरेर मात्र चिन्न पाए चिन्ने धेरै थिए हाेला सधैं भरि लत्याएर हिन्न पाए हिन्ने धेरै थिए हाेला । सुशीला पाैडेल पञ्चाङ्ग:०२ सङ्घर्षै सङ्घर्ष भनेर जान्नु छ जीवनमा। सारा खुसी हराएपनि धान्नु छ जीवनमा। सहज र असहज यो सब भावीको लेखाइ, कति कुरा मिहेनतले छान्नु छ जीवनमा। जे पर्दछ आफ्नो भागमा मान्नु छ जीवनमा।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 पञ्चाङ्ग:०३
पञ्चाङ्ग:०३ दिनहुँ झगडा गर्ने परिवार किन चाहियो। आफ्नै पेट मात्रै भर्ने परिवार किन चाहियो। अब कुनै नाटक चैं नदेखाउनु महाेदय, घमण्डको बिज छर्ने परिवार किन चाहियो। हाम्रो खुसी सबै हर्ने परिवार किन चाहियो। ह्यारिस
पञ्चाङ्ग:०४ बन्द कलकारखाना खोल्ने बात दिनुपर्छ युवा लक्षित काम ल्याउने हात दिनुपर्छ सबै मिली देश विकासमा लाग्न सकेदेखि नकावधारी शोषकलाई लात दिनुपर्छ रगत चुस्ने मच्छडलाई मात दिनुपर्छ ।
पञ्चाङ्ग:०५ समतामूलक समाज बने पो राम्रो हुन्थ्यो बालकदेखि बृद्धका आवाज यी हाम्रो हुन्थ्यो समानताले एकता ल्याउन नसकेपछि परिवर्तनका नारा सब किन चाम्रो हुन्थ्यो ? परिमार्जन गरिनु पर्ने बानी दाम्रो हुन्थ्यो ।
भुमिका गैरे, तिमिल्सिना
गैंडाकोट , नवलपुर पञ्चाङ्ग:०६ सेठजी हुँदासम्म गाउँमा कसैले दुख पाएनन् हजुर सारा दुखी उनैको घरधाए अन्त कतै धाएनन् हजुर बलेकै आगो त ताप्ने हो सबैले कसले ताप्छ र निभेको बिल्ली मर्दा सबैआए त सेठ मर्दा कोहि आएनन् हजुर बाचुन्जेल त गुणगान गाए मरेपछि गाएनन् हजुर। -पशपती राई खोटाङ्ग।
झिल्का लेखन अभियानको १७ औँ शृङ्खला (रक्तदान विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
[१] १// पुण्यको कर्म महान जिन्दगी बचाउन कसैको गरौँ नित्य रक्तदान । २// मान्नुहुँदैन कुनै डर भइन्नँ कमजोर, रोगी बन्छ रक्त निरन्तर । ३// आँखाबाट आँसु नझरून् पाऊन् पीडितले रक्त अभावले कोही नमरून् ! ✍️ वसन्त अनुभव घोराही, दाङ ————-==———– [२] १// रक्तदान महादान गरौँ बिरामीलाई बचाई अब स्वर्गको बाटो तरौँ । २// डर किन लिने ? मर्न लागेको बिरामी बचाउन रगत दिने । ३// रक्तदान पुण्यको काम गर्नु कर्तव्य हाम्रो रहनेछ असल नाम । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ————-==———– [३] रत्तदान सबैले गरौँ सबैभन्दा ठूलो धर्म गर्न पछि नपरौँ । ✍️ कला ढकाल झापा ————-==———– [४] १// मैले बिन्ती गर्दछु पुण्य मिल्छ जानेर रक्तदान गराैँ भन्दछु । २// नराखी कुनै अभिमान साेचेर हित अरूको मासिक गराैँ रक्तदान । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। ————-==———– [५] १// रक्तदानले जीवन बचाउँछ पुण्य मिल्दछ सत्कर्मले रगतले जीवन पाउँछ । २// रक्तदान कार्य महान आनन्द मिल्दछ मनमा रोगीले पाउँछ जीवनदान । ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि ————-==———– [६] १// काम गरौँ महान सबैजना एकजुट भई गरेर अमूल्य रक्तदान । २// दिउँ आलो रगत बाँच्न सकोस् आरामले हेर्दै संसार जगत । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ————-==———– [७] १// मान्छे हुन्छ महान सघाउन अप्ठ्यारोमा परेकालाई सबैले गरौँ रक्तदान । ✍️ शंकर कार्की, मकवानपुर । ————-==———– [८] १// रक्तदान जीवनकै दान पुण्य मिल्छ ठूलो कमजोरीको हुँदैन भान । २// रगत हुन्छ रातो दान गर्दा उत्तम यसैमा छ सातो । ✍️ दीपा गुरुङ्ग (समभाव) खोटाङ्ग ————-==———– [९] १// रक्तदानले जीवन बाँच्छ मनमा शान्ति लिई निरोगी भएर नाँच्छ । २// थोपा रगत भए बिरामी उपचार छैन गरिबी धेरै सहे । ✍️ अम्विका अधिकारी झापा बिर्तामोड ————-==———– [१०] खुसी बाँडेर जिऔँ हामीले रक्तदान गरेर कसैको घाउ सिऔँ । ✍️ पृथक प्रकृति ————-==———– [११] १// सेवा ठूलो धर्म गरौँ रक्तदान खुसीले बुझौँ सबैको मर्म । २// नहोस् अभाव रगतको रक्त संकलन केन्द्रमा भलो होस् जगतको । ३// सक्छौ बन्न जीवनदाता गरेर रगतको दान खोलौँ पुण्यको खाता । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ————-==———– [१२] १// रक्तदान नै जीवनदान गराैँ सहयोग सबैले कसैलाई नहाेस् भान । २// राताे रगत हुन्छ सहयोग गरियाे भने मानिसको मन छुन्छ । ३// रक्तदानकाे बानी बसालाैँ सबैलाई काम लाग्ने ठाउँमा रगत खसालाैँ ! ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि ————-==———– [१३] १// भविष्य हुन्छ साकार रक्तदान काम राम्राे जीवनले लिन्छ आकार । २// गर्नुपर्छ यस्ताे धर्म हुन्छ पुनर्जन्म जनको बुझ्नुपर्छ मानवीय मर्म । ३// रक्तदान ठूलाे कर्म अभावमा दिनु सबै हुँदैन मान्नु सर्म । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची ————-==———– [१४] सके गरौँ रक्तदान मानवधर्म हो ठूलो यहीँ हुनेछ सान । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ————-==———– [१५] १// गराैँ सबैले रक्तदान सबैले बुझेर राखाैँ मान्छे हुन्छ महान । २// यहीँ सबैकाे सान मानव सेवा गरेँ हुँदैन दुःखकाे भान । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । ————-==———– [१६] सकेसम्म गर्नुस् रक्तदान हजुरको सानो सहयोगले बाँच्नेछ कसैको ज्यान ! ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ————-==———– [१७] १// गराेैँ सहर्ष रक्तदान बुझेर सबैकाे मर्मलाई काम हुन्छ महान । २// जीवनकाे गति बुझेर बचाउनु पर्छ बिरामी अमूल्य रक्तदान गरेर । ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर ————-==———– [१८] १// रक्तदान महान धर्म अरूको ज्यान बचाउँदै सुधारौँ आफ्नो कर्म । २// थोपा थोपा रगतको महत्व हुन्छ रोगीलाई कल्याण हुन्छ जगतको ! ३// आवश्यकतामा रक्तदान गरेर हुन्छ उपचार रोगीको जाँदैन कोही मरेर । ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा। ————-==———– [१९] १// हामीले गरौँ रक्तदान भनिन्छ जीवनदान हो दानीलाई गरौँ सम्मान । २// रहौँ सजग पनि बेच्न नपाओस् रक्त बन्नलाई कोही धनी । ३// दिउँ आवश्यक मानिसलाई नि:शुल्क सहयोग हामीले गर्नुपर्छ मानवता जगाई । ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ————-==———– [२०] १// काम पवित्र महान देशले सम्झिने गरी मान्छेले गरून् रक्तदान । २// सबैले बुझौँ मर्म जिन्दगीको हरेक क्षणमा सेवा ठूलो धर्म । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ————-==———– [२१] १// मानवीय पुण्यकर्म ठान मानिसको जीवन बचाउने उत्तम महादान रक्तदान ! २// अपार दानको महिमा रक्तदानमा स्थापित भए बढ्छ मानवीय गरिमा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ————-==———– [२२] गरौँ मिली रक्तदान भगवानको रुप बनी हुन्छौँ अनि महान । ✍️ गंगाराम यादव औरावनी २ सुनसरी ————-==———– [२३] १// जीवदान हो रगत निरन्तर गरौँ सेवा विश्वासमा चल्छ जगत । २// छैन अरू कुनै रगतको दानभन्दा उत्तम गर दान जुनै । ३// अर्काे छैन जीवनदान हुन्छ धर्म ठूलाे रक्तदान कार्य महान । ✍️ ईश्वर साउद रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ————-==———– [२४] १// पुण्यको कर्म रक्तदान मानवताको भावना रहोस् सामाजिक सेवा महान । २// रक्तदानभन्दा ठूलो दान अरू छैन केही पुण्य अनि महान । ३// दिनुपर्छ समयमा अवदान रक्तदान अमूल्य मानवमा समय रहेछ बलवान । ✍️ दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ ————-==———– [२५] १// रक्तदान महान काम सबैले रक्तदान गरौँ रक्तसंचार नडराई जाम । २// रक्तदान रेडक्रसमा गई महिला पुरुष सबैले रक्तदानमा सहभागी भई । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ————-==———– [२६] जसले गर्छ रक्तदान सहयोग नै मानवताको त्यो हो महान । ✍️ प्रेम थापा “मन”, बागलुङ ————-==———– [२७] १// धर्मकर्म हो महान बाँचौ अनि बचाऊ दिएर थोपा रक्तदान । २// थोपा थोपा रगतको महादान सँधै विश्वलाई खाँचो हुन्छ मद्दतको । ३// गाउँ, सहर जागौँ मान्छेमा चेतना जगाउँदै पुण्य कर्मतिर लागौँ । ✍️ राजनारायण राई राजदल बस्ती सोनादह ————-==———– [२८] सबैले गरौँ रक्तदान स्वस्थ राखौँ शरीरलाई पाइन्छ सबैको सम्मान । ✍️ धड्कन जैशी, अछाम ————-==———– [२९] १// सुन्दर कार्य रक्तदान ठूलो काम संसारकै कर्म पुण्य महान । २// गरौँ सबैले रक्तदान सधैँलाई जीवित बन्ने नाम उच्च सम्मान । ✍️ कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा गण्डकी प्रदेश ————-==———– [३०] १// मिलेर सहयोग गरौँ काम गर तिमी यसको परिभाषा भरौँ । २// रङ्ग लागेको सपना कति ठूलो मन कहिले होला थपना ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ————-==———– [३१] १// रक्तदान दिने कर्म दुविधामा नपरी गरौँ यही मानव धर्म । २// रक्तदानमा अघि सरौँ थोरै भए पनि हजुर मानवसेवा गरौँ । ३// रक्तदान हो महादान ज्यान बचाए कसैकाे पाइन्छ ठूलो सम्मान । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ————-==———– [३२] १// हामीले गरेमा रक्तदान पलाउॅंछ रगत अझै यसबाट हु्न्न नोक्सान । २// रक्तदान हो जीवनदान पुण्यकर्म यही भन्दै चलाऊॅं सबैले अभियान । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ————-==———– [३३] १// हामी मानव महान बुझेर मर्म सबैको गरौँ सबैले रक्तदान । २// पुनर्जीवन पाउनेछ एक थोपा रगतले ओठमा खुसी छाउनेछ । ३// गरेर ठूलो धर्म रक्तदान गरौँ साथी बुझेर सबको मर्म । ✍️ वेल थोकर तामाङ मकवानपुर ,बकैया_८//बस्तिपुर ————-==———– [३४] मानव हामी समान मर्नु नपरोस् अकालमा गरौँ सबैले रक्तदान । ✍️ सरिता सेढाई धादिङ ————-==———– [३५] दिएमा हामीले रगत ज्यान बच्छ बिरामीको निरोगी हुन्छ जगत । ✍️ बाबुराम पाण्डे ————-==———– [३६] १// कसैको बाँच्छ ज्यान आउनुहोस् गरौँ सबैले मिलेर यहाँ रक्तदान । २// बुझौँ सबैको मर्म रक्तदान गर्नु पनि हो हाम्रो धर्म । ३// हाँस्दै गाउँदै रमाऔँ सबैलाई सहयोग गरेर हामी पुण्य कामाऔँ । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ————-==———– [३७] १// सबै गरौँ रक्तदान हुन्छ काम पुण्यको मिल्छ है मानसम्मान । २// कोही छैन पराइ रगत सबको एक हातमा हात समाई । ✍️ धनमाया चौधरी, कैलाली ————-==———– [३८] १// त्यही हुनेछ महान जीवन दिन्छ अरूलाई गरेर रगतको दान । २// एक पोका रगतले जीवित रहे कोही जयकार गर्छ जगतले । ३// पाउँदा कतै अवसर रक्तदान गरौँ सबैले आशिर्वाद पाउँछौँ जीवनभर । ✍️ नन्दा धामी नौगड, दार्चुला ————-==———– [३९] १// राम्रो उत्कृष्ट कर्म रक्तदान मानवजातिको निम्ति पुण्य अनि धर्म । २// दिएर घट्दैन कहिले रगत हाम्रो शरीरको गरौँ पुण्य पहिले । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौं ————-==———– [४०] १// कर्मले बनौँ महान अमूल्य जीवन हाम्रो गरौँ स्वस्फूर्त रक्तदान । २// बुझेर बिरामीको मर्म रक्तदान गरेमा सधैँ हुनेछ पुण्य, धर्म । ३// मृत्युको मुखबाट बचाओैँ रक्तदान धर्म ठानी बिरामीको परिवार हसाँओैँ । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर । ————-==———– [४१] १// रक्तदान जीवनदान ज्यान बचाऔ अरूको गरी कर्म महान । २// सकुन्जेल गरौँ रक्तदान धर्म एक बुझी रहोस् सुकर्मको भान । ✍️ तोया नाथ चापागाईं दमक,झापा ————-==———– [४२] गरौँ सबैले रक्तदान जीवन बन्दछ अजम्मरी सत्कर्म सधैँ जान । ✍️ तेजप्रसाद खनाल, लमही,दाङ। ————-==———– [४३] बाँच्छ कसैले ज्यान मनमा सङ्कोच नलिई सबैले गरौँ रक्तदान । ✍️ प्रविना प्रयासी ओखलढुङ्गा ————-==———– [४४] १// एउटै रगतको मानव रक्तदानको भागीदार बनौँ हटाई मनको दानव । २// सत्कर्मको काम गरौँ मानवताको ह्रदय बोकी सुबिचारले आफूलाई भरौँ । ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। ————-==———– [४५] मानव मन टल्कियोस् रक्तदान गरेर सधैँ सेवा गर्न पल्कियोस् । ✍️ पशपती राई, खोटाङ । ————-==———– [४६] १// नगरौँ कहिल्यै धुम्रपान राखेर जीवन निरोगी गरौँ सबैले रक्तदान ! २// एकदिन सबैले मर्नुछ कर्म सम्झेर मानवताको खुसीले रक्तदान गर्नुछ । ३// बचाऔँ आफू बाँचेर क्षणभङ्गुर छ जीन्दगी केही जादैन साँचेर । ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ————-==———– [४७] १// रक्तदान कार्य महान जोगाए ज्यान कसैको पाइन्छ जीवनभर सम्मान । २// गरौँ सबैलाई मद्दत सकिँदैन दिएर कहिले हाम्रो शरीरको रगत । ३// रक्तदान सबैले गरौँ असल कर्म ठानी हामी अघि सरौँ । ✍️ रुना कर्माचार्य दाहाल, चितवन ————-==———– [४८] १// गरौँ सबैले रक्तदान जिताउन मुखबाट मृत्युको पाउनेछ उसले जीवनदान । २// स्वच्छ पानी पिएर महान कार्य गरौँ रगतलाई दान दिएर । ३// मर्नेछौँ सबै एकदिन छैनन् अजम्बरी कोही सेवा गरौँ हरदिन । ✍️ दीप गोले तामाङ चन्द्रपुर-१, रौतहट ————-==———– [४९] १// गरेको राम्रो रक्तदान दु:खमा सहयोग गर्ने व्यक्ति सबै महान । २// एकथाेपा रगत भए मानवको बन्छ महान सेवा गर्दै गए । ✍️ श्रीकृष्ण धामी – बझाङ ————-==———– [५०] १// रक्तदान सबैले गरौँ एकअर्काको सेवा गर्न सधैँ अगाडि सरौँ । २// रक्तदान ठूलो धर्म बचाउन ज्यान अर्काको गरौँ राम्रो कर्म । ३// रगत नपाएर जहाँ कतिका ज्यान जान्छ रक्तदान गरौँ यहाँ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ————-==———– [५१] १// बाँच्न चाहिने रगत रक्तदान धर्म ठूलो बचाउँछाै हामी जगत । २// धन भुटेकाे खाजा रक्तदान गर्न नडराओैँ जीवनदान ठूलाे राजा । ३// रक्तदान पुण्यकाे बाटाे पाउछ बिरामी बेलैमा बेतुक धनसम्पत्तिकाे साटाे । ✍️ हिरालाल न्याैपाने बानपा ८, काेटमाैला सल्यान ————-==———– [५२] बाँच्छ बिरामीको ज्यान मनमा सङ्कोच नलिई सबैले गरौँ रक्तदान । ✍️ प्रविना प्रयासी ओखलढुङ्गा ————-==———– [५३] १// सबै सहयोगी बनौँ रक्तदान जीवनदान हो सबैलाई यही भनौँ । २// रक्तदान सबैले गरौँ पीडामा पीडा साटेर एकअर्कामा खुसी भरौँ । ३// आफ्नो नहुँदा धन सहयोगी भावना भएको होओस् हाम्रो मन । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौं 🇳🇵 ————-==———– [५४] १// रक्तदान जीवनमा महादान गरिबको सेवामा लागौँ रक्तदान सबैको सम्मान । २// रक्तदान नै जीवनदान मानवको ठूलो धर्म रक्तदान हो महान । ✍️ बेदु न्यौपाने ————-==———– [५५] १// सबैको गरौँ सम्मान जीवन बचाउन कसैको ठूलो सेवा रक्तदान । २// जिन्दगीको सागर तर्नलाई दुनियाँको हुन्छ ईच्छा आऊ केही गर्नलाई । ३// शुद्ध खाऊ खानपान कसैको सेवा सम्झी खुसीले गरौँ रक्तदान । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। ————-==———– [५६] १// रक्तदान हो महादान सङ्कलन केन्द्रमा जाऔँ चलाएर बृहत् अभियान l २// बाँच्छ कसैको ज्यान मानवता जताउँदै गरौँ निसङ्कोच भएर रक्तदान l ३// रक्तदानले असर गर्दैन परमर्म बुझ्ने मान्छे मरेर पनि मर्दैन l ✍️ बाबुराम गौतम, गुल्मी ————-==———– [५७] १// रक्तदान गर्ने महान दिन्छन् जीवन जसले उसको हुन्छ मान । २// नयाँ जीवन पाएर खुसी हुँदै उसले रक्तदान गाथा गाएर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ————-==———– [५८] दम्भले सत्कर्म छुँदैन अकस्मात् परिन्छ बिरामी रक्तदानमा हट्नु हुँदैन । ✍️ लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २देउपुर पर्वत् ————-==———– [५९] १// रक्तदान भन्छन् जीवनदान गर्छ रक्तदान जसले पाउँछ उसले सम्मान । २// रक्तदान महान दान हुँदा कमी रगतको दुखी हुन्छ ज्यान । ३// रगत जीवनको धन चल्दछ रगतको भरमा हाम्रो मुटुको धड्कन । ४// चल्दैन जीवनको गति कमी हुँदा रगतको पुर्याउँछ जीवनकै क्षति । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मतातीर्थ ————-==———– [६०] १// ठूलो दान रक्तदान कर्म गरौँ पुण्यको भइन्छ हेर महान । २// जीवन बाँच्छ कर्मले उद्धार मनले दिउँ बुझाउँछ मानव धर्मले । ✍️ हन्नाह छेत्री ————-==———– [६१] १// धर्म हाे रक्तदान गर्नुपर्छ अरूलाई नि भलाइ हुने जीवनदान । २// पाएर पनि फगतमा मरिलानु के छ रक्तदान गर जगतमा । ३// शिर, पाउ, काया सबैतिर सर्छ रगत नभए हुन्न माया । ✍️ मनुहाङ किराँती साेलु ————-==———– [६२] १// गराैँ सबैले रक्तदान गरेर नित्य मानवसेवा पाओैँ धेरै सम्मान । २// हटाओैँ दु:ख मानवकाे असल काम गरेर छाैडाैँ व्यवहार दानवकाे । ३// थाेपा रगतले कसैलाई ज्यान बचाउन सक्छ आह्वान गराैँ सबैलाई । ✍️ रामप्रसाद पुरी, बादेल,खाेटाङ । ————-==———– [६३] १// मानवधर्म यो निभाऔँ ज्यान बच्छ कसैको रक्तदान गर्न जाऔँ । २// विचार राखौँ महान जिन्दगी बचाउन लागौँ गरौँ सबैले रक्तदान । ✍️ अनिता कार्की पाँचथर ————-==———– [६४] १// बनाैँ हामी दानी चार महिना पुगेपछि गरौँ रक्तदान जानी । २// रक्तदान सबैले गराैँ अरूकाे ज्यान बचाएर मनमा खुसी भराैँ । ३// तेइसाैँ पटक दिएँ रगत दिँदा मज्जा मैले भरपुर लिएँ । ✍️ भवानी पाेखरेल (बाबू विराज) कपिलवस्तु जीतपुर ————-==———– [६५] १// मठमन्दिर धाउनु पर्दैन गरेमा रक्तदान जीवनमा हाम्रो योगदान मर्दैन । २// देखाउन लेखाउन नखोज पुण्य कमाउनुपर्छ हामीले मानवता बाहेक नरोज । ३// जीवनमा धर्मकर्म गर्नैपर्छ संसार केवल नाट्यशाला भवसागर हामीले तर्नैपर्छ । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ————-==———– [६६] १// सकिँदैन रगत दिएर केवल बन्छ आहारविहारले जाँदैन शरीर खिएर । २// रक्तदानले हुन्छ जीवनदान बाँच्छ अर्को भने दिन सङ्कोच नमान । ३// सृष्टिका अनमोल रत्न अकस्मात् पर्छन् पीडामा उठाउन गरौँ प्रयत्न । ✍️ मनोहरी पौडेल गैडाकोट १ ————-==———– [६७] १// बचाउँ मानवले मानव मित्र सम्झी सबै बसाउँ सुन्दर भव । २// गराैँ रक्तदान सबले आपसमा हामी मिलेर सेवा गर्नु तनमनले। ✍️ हरिगाेपाल न्हुन्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । ————-==———– [६८] १// ठूलो कर्म जीवनदान मर्न आँटेकालाई बचाउने त्यत्तिकै ठूलो रक्तदान । २// दानलाई स्थिरता चाहिन्छ निस्वार्थ कर्म गरे सुफल अवश्य पाइन्छ । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । ————-==———– [६९] १// जीवनको सुरक्षा गर्छ राखेर सहयोगी भावना हामीले रक्तदान गर्नुपर्छ । २// खुसीमा मन रुँदैन रक्तदान धर्म हो यसमा भेद हुँदैन । ३// कसैको जीवन बचाउन तुच्छ वचन पनि हामीले सक्नुपर्छ पचाउन । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत ————-==———– [७०] १// मनुष्य चोला उपहार नसोचौँ कुभलो कसैको सहयोग ठूलो उपकार । २// बाँच्दछ प्राणी रगतले अरूको जीवन बचाउँदा पुज्दछ सारा जगतले । ३// रगतको मूल्य अमूल्य रक्तदान गरे अरूलाई जीवन बन्छ मातृतुल्य । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ————-==———– [७१] रक्तदान नै जीवनदान चालाैँ अभियान सबैले धर्म मिल्छ महान । ✍️ काेपिला अधिकारी सिरानचाेक -७ गाेरखा ————-==———– [७२] १// पुण्यका लागि दान सबैले महत्त्व बुझाैँ उत्तम हो रक्तदान । २// गरेर असल कर्म रक्तदान जीवनदान जानी कमाउँ मिलेर धर्म । ३// मिल्नेछ मीठो मेवा नियमित रक्तदान गरी गर्नुछ मान्छेको सेवा । ✍️ जयनारायण नेपाल ————-==———– [७३] निरन्तर रक्तदान गरौँ स्वस्थ व्यक्ति सबैले पीडितमा खुसी छरौँ । ✍️ पुष्पा राई ऐसेलुखर्क, खोटाङ । ————-==———– [७४] १// अकालमा जाँदैन ज्यान प्रष्ट पाएमा हामीले चाहिने जति रक्तदान । २// दुखीको दुःख हरौँ पुण्य कार्य मानिन्छ रक्तदान गर्ने गरौँ । ३// सेवा नै धर्म पुण्य मिल्छ सधैँ गरे राम्रो कर्म । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा, नेपाल
अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र यीमध्ये अधिकांश भारतीय नागरिक रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बीबीसीलाई भनेका छन् ।
कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा अरू करिब ५० जना घाइते भएका छन् ।
कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्थे । कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलको भ्रमण गरेका थिए ।
काठमाडौं- नेपाल र श्रीलंकाबीच बुधबार बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण रद्द भएको छ। खेल हुने तय भएको अमेरिकास्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल रद्द भएको हो।
समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाबीच बिहान ५:१५ बाट खेल सुरु हुने कार्यतालिका रहेको थियो। तर वर्षाका कारण टस समेत नभइ खेल रद्द भएको हो।
समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन्।
यो सँगै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। यसअघि श्रीलंका सुरुवाती दुई खेलमा पराजित भएको थियो। नेपालको भने यो दोस्रो खेल हो।
विश्वकपअन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पहिलो खेल गुमाएको थियो।
पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले दोस्रो खेल बंगलादेशसँगपनि हारेको थियो।
अब अन्तिम खेल बाँकी हुँदा श्रीलंकाको केवल १ अंक रहेको छ। यदि उसले अन्तिम खेल जितेपनि अब शीर्ष आठमा पुग्ने छैन।
साप्ताहिक झिल्का लेखन अभ्यासको २१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू- —++—
१, छु व्यस्त साधनामा जसरी थियो वाल्मिकी चाहे परूँ सामनामा । २, रुख काटिन्छन् जब पाखापखेरी रुन थाले धरती डढ्यो तब । ३, तिमी हौ विश्वास जिउने आधार माया धड्किरहन्छ खुसीको सास ।
वसन्त अनुभव, घोराही, दाङ … १, खुसीको बोकी हाँसो हिॅंड्यौ भनेको सुनेँ लिएर हाम्रो नासो । २, रित्तियो मेरो खल्ती एकचोटि भनिदेऊ न कहाँ भयो गल्ती ? ३, नछोपी दाउ चौका दिएको भए हुन्थ्यो एकचोटि सुधर्ने मौका ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, वातावरण दिवस मनाइयो यसो खोस्रेर बिरुवा रोप्न उपस्थिति जनाइयो । २ एउटा बिरुवा रोपियो थोरै पानी तुर्क्याएर औपचारिक देखाएर छोपियो। ३ हराभरा बनोस् जङ्गल आगो नलगाऔॅं सुक्खामा हुनेछ सबैलाई मङ्गल ।
चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ … १, सधैँ खुसियाली छाउँछ मिलन भए परिवारमा सुख, शान्ति आउँछ । २, तराई, पहाड, हिमाल लाग्छ सबैभन्दा राम्रो मेरो प्यारो नेपाल । ३, जून अनि घाम बुबाआमा हुन् मेरा जिउँदो देवता चारधाम ।
अनिता भण्डारी, ताप्लेजुङ … आनन्द मन घुमेर लाउने खाने रमाउने फर्की आउँदैन उमेर ।
ताराप्रसाद चापागाई, धुनिबेसी … १, दिलको माया दिएको हरायौ तिमी कता भुल्नको लागि पिएको। २, जलेर मन मेरो तिमी पराई हुँदा मर्यो मायाको फेरो। ३, टनकपुर फेरि रुँदैछ सुन्दैन बसेर कुर्सीमा विदेशी मालिक हुँदैछ।
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १ एकदिन जान्छ गुड्दै नफर्किने समयको गति हेर्दाहेर्दै सबै उड्दै। २ नहुने भएछ पुरा सोचेको कुरा कहिले भएछ सबै अधुरा। ३ अन्तैतिर नाता जोडेछौ नयाँ भेटेपछि तिमीले पुरानो माया तोडेछौ।
कला ढकाल, झापा … १ सिर्जना गर्ने दिलासा प्रचण्ड घामले ततायो नवीन बनेन जिज्ञासा । २ नहुने साथमा सिरानी एक्लियो जिन्दगी अचेल यस्तै हजारौँ कहानी । ३ बाटोमा बग्दैन सरिता अध्ययनबिनाको त्यो साहित्य भावमय बन्दैन कविता ।
भगवती दवाडी ,झापा … १, हामीले गर्नुपर्छ भर जिउँदो भगवान् हुन् भन्छन् सबैले डाक्टर। २, बिरामीको छेउमा आई सधैँभरि दिन्छन् शीतल , आफ्नो पीडा लुकाई। ३, सुख्खालाई बनाउँछन् हरियाली जीवन हाम्रो बचाउँने, डाक्टर हुन् शक्तिशाली ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १. जनता थाङ्नामा सुताउँदै झर्ला खाउॅंलाको आशा बित्यो पोखेको उठाउँदै । २. अर्काको धनमा दसैँ किच्च हाँस्दै सहने देखी डराउनुपर्छ सधैँ । ३. कहानी किन गर्नु लाज पचेको देखेर हेर्नेलाई लाजले मर्नु ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १ मन रोयो धेरै पुछी दिने छैन आँसु गयो खेरै। २ मानिसको असीमित चाहना सहजै हुँदैनन् बुझ्ने मनभित्रको सही भावना । ३ मौसमले धोका दिॅंदा देश शोकमा पर्यो मानिसको ज्यान लिॅंदा।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर … १ भएन घुमन्ते जीवन बनेर यात्रु सधैँलाई घुमाउॅंदै हिॅंड्ने रनबन। २ उल्झिन्छन् समस्यमा नाता धुमिल हुँदै जान्छन् सम्झना ऋणका खाता। ३ मानिस भएर जन्मिए सैतानको व्यवहार गर्दै निर्दोषको रगत पिए।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १ रातमा आउने पानी दिनको चर्को घाम धेरैलाई पुर्याउने हानी । २ प्रकृतिले जाल बुनेछ सतर्कता अपनाउनु सबैले अत्यधिक वर्षा हुनेछ।
संगीता खरेल, चन्द्रागिरी 8 काठमाडौं … १, ढुङ्गाको लगाई सिरानी आकाश ओढेर सडकमा गरिबले बिताउँछ जिन्दगानी।
बिके मुखिया, दार्जीलिङ,भारत … १. कोही गल्ती गरेर कहिले नमाग्ने माफी हाँस्छन् दागा धरेर। २. भन्छन् बगरको बास कुनै उपाय नभएपछि साथमा रहेन आस । ३. हाडी जस्तो फुट्यो सम्बन्ध पनि हजुर पुनः चट्याङले कुट्यो।
पृथक प्रकृति … १, किन हेरिन्छ माथि भूलेको सम्झना कति नभन ऐ साथी ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, ईर्ष्या हुँदैन साँच्नु रुँदै मर्छ मानवता दम्भले हुँदैन बाँच्नु ! ~ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … क/ छोड्दिन काव्य साधना झेल्नु परे पनि अनेक खाले सासना l ख/ आएछ कि ह्रासकाल सरकार फेर्दाफेर्दै बित्यो सरकारको यो साल l ग/ कतै छैनन् सक्षम जता हेर्यो उतै नेता देखिन्छन् अक्षम l
बाबुराम गौतम, गुल्मी … १, लिखित कतिपय अलिखित गाउॅंदै जाने यहाँ जीवन सङ्घर्षको गीत। २, जीवन काँडेदार फूल सुराक्षित कोही छैन मन्दिरमा चढाइन्छ त्रिशूल। ३, जीवनको अर्थ भेटियो लेख्नुथ्यो रहरको कथा बगरमा पुगेर मेटियो!
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १. म नयन खोल्छु सही तथ्य कुरामा अघि सरी बोल्छु । २. जहाँ विश्वास हुन्छ सदा परस्पर एकार्काको मनले मन छुन्छ ।
प्रेम थापा “मन”बागलुङ … (१) बनाउॅंछ उसैले मूर्ख जसको व्यवहार झुटा हार्दछ सत्यवादी तुर्क । (२) हुँदैन औषधी मूर्खको हरायो पुर्खाको सत्य बाहुल्यता छ उसको । (३) घोर कलियुग आयो आर्जनका झुटो व्यवहारले मौलिक युग हरायो ।
लोकबहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर ,पर्वत … १, मनको दियो बालेर जिउनु छ हाँसीखेली दु:ख पीडा फालेर। २, राम्रो काम गरेर जीवन फूलझैँ बनाउनु ईश्वरको भर परेर ।
वेल थोकर तामाङ, मकवानपुर ,बकैया – ८, बस्तिपुर … १, आफैँले दु:ख पाउॅंछ मान्छेको गलत कर्मले प्राकृतिक विपत् आउॅंछ । २, जीवजन्तु सबै भाग्दछ मान्छेको कारणले गर्दा जङ्गलमा डढेलो लाग्दछ । ३, सर्वश्रेष्ठ प्राणी लेखियो धरती बिगार्ने कर्ममा मान्छे अगाडि देखियो ।
दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर … १) बाहिर फुलबुट्टे झोला नवीनता रहेनछ भित्र आडम्बरी नबिताऔॅं चोला । २) मात्तिएर जवानीको जोस विगारी सकिएछ घरबार खुल्यो बल्ल होस । ३) सबैलाई आफ्नै ठान्छु भित्री रहस्य बुझिएन बारम्बार धोखा खान्छु ।
हिरालाल न्यौपाने, बानपा ८ कोटमौला, सल्यान … १, सधैँभरि दिन्छु साथ भन्ने गर्थ्यो तिमी छोड्यौ आज हात ।
गंगाराम यादव, औरावनी २ सुनसरी … १. प्रचण्ड भैरहेछ गर्मी देश द्रोहन गर्नेहरू धेरै छन् अधर्मी। २. अन्याय कति गर्छौ ? एकदिन पक्कै तिमी कालै नआई मर्छौ । ३. नबढाऊ जनतासँग दूरी पालो सधैँ नरहला किन गर्छौँ चुरीफुरी?
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। … १. सफलताले शिखर चुमेर मेहनत गर्नुपर्छ खुसीले नहिॅंडौँ अनावश्यक घुमेर। २. जिन्दगी आउँदैन फर्केर त्यसै खेर नफालौँ किन हिॅंड्छौ तर्केर ? ३. मनमुटु जलाई नहिन्नु पुर्याउॅंछ चिन्ताले चितामा आफूले आफैँलाई नचिन्नु।
घनश्याम पन्त, हरिवन सर्लाही … १, अनौठो समय साल किन प्रत्येकको आँगनमा घुमेर आउँछ काल !
आर्त अकुलीन … १ छोड्दा राम्रो रिसराग खानुपर्छ सधैँ हामीले तितो करेला, साग । २ किन लाउनु दोष हुनु थियो भयो पोख्नु हुन्न रोष । ३ खोज्दैछ यस्तो ठाउँ जहाँ बुद्धत्व मात्रै बास बसेको गाउँ ।
दीपा गुरुङ्ग समभाव, खोटाङ्ग … (१) भोकले मेहनत सिकाउँछ मानिसको आचरण हो भोगले विलासी बनाउँछ। (२) राखेर आपसमा भेदभाव आफैँलाई महान् ठान्छौ कस्तो मानसिक अभाव ? (३) छुवाछुतले आँखा छोपिन्छ तर मतलबका कुरा छोएर सुनपानी चोखिन्छ।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ … १, विकासले बिनास गर्यो आज सुख खोज्दा ज्यान धरापमा पर्यो ।
मन्दिरा सेढाई, मलेखु,धादिङ … १) तिमी देशभक्ति कसरी सीमा मिचिॅंदा हेर्छौ तिमी राष्ट्रघाती यसरी !
रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १. रित्तियो देशको ढुकुटी बाँडीचुँडी सिध्याए सारा थन्क्याए बनाई सुकुटी ! २. गर्दैनन् कमाइ धन्दा जोहो नगर्ने पशुपक्षी सुखी छन् मान्छेभन्दा !
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १) जीवन यात्राले थाकेर मन छ बिसाउनु उमेरले मात्रै पाकेर। २) भोलि खुसी आउनलाई थुप्रै विकल्प थिए आफैँभित्र स्वयं रमाउनलाई।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १. हातमा बोकेर पारपत्र डुल्दै त्यो मरुभूमिमा नेपाली परे अलपत्र । २. हेर्नुस् हाम्रो समाज किन स्वार्थी दुनियाँ ? दुःखीको सुन्दैन आवाज । ३. हाम्रो देशको शिक्षा ठुलाबडाकै गर्छ चाकडी कस्तो यो दीक्षा ?
दीप गोले तामाङ, चन्द्रपुर -१, पौराई, रौतहट … १. सनातन हिन्दु धर्म राम्रो धेरै दर्शन बुझ्छ जनको मर्म । २. धर्म छोड्ने बानी बनायो मान्छे यस्तो गर्ने सबै हानी । ३. प्रकृति हाम्रो सुर हामी देव मान्छौ हुँदैन कोही दूर ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १) पाइॅंदैन मिलनसार मन कलियुगको प्रभाव यस्तै सर्वत्र भेटिन्छ दुर्जन। २) चल्दैन हिजोआज अर्मपर्म गाउँघर सहर बन्यो हरायो पुराना कर्म। ३) संस्कृति अनि संस्कार खोलाको गीत भयो खाए नेपालीले मार।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १. लथालिङ्ग बनाए देश भ्रष्टाचारी ,जाली नेताले हरायो रहनसहन भेष। २. खुबै फूर्ती लाउँछन् भोट माग्ने बेला नमस्कार गर्दै आउँछन्। ३. आफ्नो लागि झुक्छन् जनतालाई समस्या पर्दा नेता दुलोभित्र लुक्छन्।
साबित्री प्याकुरेल, धादिङ … १. उमेर पनि ढल्कियो जवानीको रङ्ग सुकेर बुढेसकालतिर अब सल्कियो। २. विश्वास नभएको मन हुँदैन कहिले आफ्नो अरूले कमाएको धन। ३. जीवन बगेको खोली खेरो नफालौँ व्यर्थैमा आउॅंदैन फेरि भोलि।
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी दार्जिलिङ … १, एकछिन सोचेर बोल होसियार बनी सधैँ मनको कुरा खोल ।
बिरेन्द्र कुमार चौधरी, इटहरी – १६, सुनसरी … १ मायाविनाको त्यो पल कसिएको कण्ठ जस्तो बनाउँछ भाव विह्वल। २ माया गर पवित्र माकुराको जालोले जस्तो अड्याई राख्छ भित्र।
कोपिला अधिकारी, सिरानचोक -७, गोरखा … १/ कविता भन्न खोज्दा निबन्ध भयो रे आफ्नै मन रोज्दा । २/ भोक लागेको बेलामा ढुङ्गो स्वादिलो हुन्छ काम गर्ने मेलामा । ३/ पानीले खोज्दैन रानी मात्र खोज्छ तीर्खा जीवनको हो खानी ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर … १, सृजना फुलाउने रहरहरू काँडा बनी आएपछि फैलिए रोगका जहरहरू । २, हिजो आहा ! भयो आज निर्बल हुँदा जीवन निरासिॅंदै गयो ।
दुर्गा भट्टराई, मोरङ … १) मनमा शीतल ल्याऊ गर्मी पर भगाएर स्याउ सधैँ खाऊ । २) जङ्गल सबै मासेर आँसु लाग्यो पशुको रुन्छौ हामी हाँसेर।
सविता भट्टराई, जनकपुर … १, सत्य रहेछ सपना नब्युउँझिदा सम्म मात्र ब्युउँझेपछि भ्रमकै थपना ।
सुरेश कार्की, काठ. – ७ … १ जीवन सत्कर्मले सजाउनु आखिर छाडिन्छ संसार संस्कृति मिलेर बचाउनु । २ उदासीमा बज्दैन ताली दुःख सहेमा सुख प्रभुकै बनौँ माली । ३ बेठिक मजाक उडाउनु ? चिन्ता गर्नु व्यर्थ बिन्ती सधैँ चढाउनु ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १. मिठा गफ गरी चौतारीमा सॅंगसॅंगै बसौँ अलि नजिक सरी। २. बगैँचामा सुटुक्क पस्छु तिमी आऊ है! म कुरी बस्छु। ३. सुख पाउने रहर भाग्य मेरो खोटो देख्न पाइन सहर।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, झिल्काको तलतल कस्तो सकस परिरह्यो बेस्सरी बिहानीको चिया जस्तो। २, नलेखौँभन्दा पनि नहुने अन्य केही लेख्दा शब्दले मन नछुने। ३, झिल्का लेख्दैछु रमेर यथार्थ भावहरू खोज्दैछु शब्दहरू धेरै गमेर ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा … १. पैसामा जोडिएको नाता स्वार्थले भरिएको बोली हुन्न अप्ठ्यारोमा छाता। २. खाइन्छन् झुटा कसम बगाउँदै अश्रु धारा बिर्सन्छन् आफ्नै खसम। ३. ओझेल पारिन्छन् सपनाहरू खोली घातका पानाहरू निचोरिॅंदै मिठा सिर्जनाहरू।
तोया नाथ चापागाईं, दमक, झापा, नेपाल … १) आयो ऋतु ग्रीष्म आकाश धर्ती तातेर बन्ने भयो भीष्म । २) छैन शीतल कही कोठा ओछ्यान तातै आउँदा पानीमा रही। ३) चिसो पानी परे शीतल हुन्थ्यो होला आकाश धरा भरे ।
रसज्ञ छहरा, कावासोती-३ नवलपुर, नेपाल … १, गणतान्त्रिक शासन व्यवस्था मन्त्रीमण्डल गठन विघटन जनताको उस्तै अवस्था । २, जनताको बुझ्दैनन् चाहाना पात्र प्रवृत्ति त्यस्तै अनेक बनाउँछन बाहाना। ३, लाग्न छाड्यो आस गर्दैनन् काम कसैले जनतालाई बनाए निराश ।
सतीश पण्डित, भानु – ६, चुँदी तनहू (हाल चनपा ६ मातातीर्थ) … १, सिमसिमे पानी आयो साँझपख हेर त तनमा सितल छायो । २, दिनहरू बितेर जान्छन् एकपछि अर्को गर्दै मान्छेलाई बुढेसकालतिर लान्छन् ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १. मनलाई खुसी राखेर गर्नुछ सङ्घर्ष सधैँ पुग्नुछ लक्ष्य ताकेर। २. सोच्दै अगाडि बढेर इज्जत पर्छ कमाउनु अनगिन्ती अब पढेर। ३. देशको माया गरेर सधैँ अगाडि बढनु छाती गौरवले भरेर।
दुर्गा आचार्य, मोरङ … १/ कतै आगो बलेको कस्ले देख्छ यहाँ भित्र मुटु जलेको ।
शोभा आचार्य गौतम, काठमाडौँ … १. सुन्दर शान्त देश मेरो देशमा कसैलाई पनि नलागोस् ठेस । २. सफलता खोज्ने आस चलेको छ घामपानीमा मुटु धड्कनको सास । ३. सडकमा पानीको काम छैन हजुर मजदुरलाई काम गर्दा आराम ।
श्रीकृष्ण धामी – बझाङ … १, प्रेममा पागल बनेर सहर, बजार घुमेछौ बाबाआमा बारी खनेर । २, बेरोजगार भए बसे बिचल्ली परेमा गरिबी साधुले खरानी घसे । ३, हुँदैन सोचेको कुरा पर्खेर बसे परदेशी भए लालाबाला टुहुरा ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १ साथीसँग रमाउने मन आज मोबाइलको गेममा, समाजबाट टाढिॅंदै जन | २ कस्तो माहोल बनायो कोरोना पश्चातको समयले , प्रविधिले आधिपत्य जमायो। ३ बन्दैछ मोबाइल आज झन् प्रिय पुस्तकभन्दा एकलौटी गर्दैछ राज।
सुस्मिता अधिकारी ,काठमाडौँ … (१) होइन प्रेमको भिखारी स्वार्थमा सम्बन्ध राख्ने सम्पतिको औकात निहारी । (२) सम्वन्धमा धन हेरिॅंदैन आत्मीयता चोखो हुनुपर्छ कुनै पर्खालले छेकिॅंदैन । (३) सम्झिनेहरूले माया तोडेपछि खोजखबर लिनै छोडिदियो अर्कैतिर सहयात्रा जोडेपछि ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १) सिॅंढीले उक्लिनु सिकाउँछ सागरमाथाको चुचुरा देखाउॅंदै सङ्घर्षले सफलता पुराउँछ । २) म रोज्छु फूल उ रोज्छिन् काँडा भँचियो प्रेमको पुल।
राजनारायण राई, राजदल बस्ती सोनादह … १. धर्तीमै छ आनन्द स्वर्गको कुरा नगरॅौ प्रकृतिले दिन्छिन् परमानन्द । २. नेता आए घरमा आश्वासन दिएर गए नबसॅौ यिनका भरमा । ३. जनता भोकै राखेर आश्वासन मात्रै दिॅंदै आए सत्ता चाखेर ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १ , सृष्टि, स्थिति ,संहारको मूल मानौँ झिल्का सबै चराचर भवको । २ , बुझेर मात्र बालौँ उसको गुण जानी समयमै बुझी सम्हालौँ ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार … १ सजाऔॅं नेपाल हाम्रो सबै मिलेर जाऔॅं बनाऔॅं सुन्दर राम्रो! २ मेची गण्डकी काली सलल पानी बग्छन् हामी नेपाली माली। ३ हिमाल उच्च हेर संसार पर्छ दङ्गै सौन्दर्य अति धेर ।
कमल प्रसाद बगाले रेग्मी, वालिङ बजार स्याङ्जा, गण्डकी प्रदेश … १) खोल आफ्नो दृष्टि बाली ज्ञानको दियो पाउॅंछौ भिन्न सृष्टि । २) नगर्नु कसैको हेला हात्ती पनि पर्नसक्छ हेर कमिलाको फेला । ३) फूलसरि बास्ना छर्नु हजारौँ चोट सहेर पनि परोपकार गर्नु ।
रुना कर्माचार्य दाहाल ,चितवन … १. बालबालिका भोलिका कर्णधार उचित पालनपोषण दिऔँ भविष्य बनाउॅंछन् यादगार । २. विभेदको अन्त्य गरौँ छोरा छोरी बराबरी, समानताको शिक्षा भरौँ ।
पुष्पा राई, बादेल, खोटाङ … १) हेरेर घरि जूनलाई याद आउॅंछ मायाका साटेको मायाको गुनलाई । २) मुछिएका यी हातहरू रगत र पसिनामा मिठा लाग्छन बातहरू । ३) आएपछि समस्याको थुप्रोमा चाल्नुपर्ने हुन्छ पाउहरू लुक्नु हुँदैन झुप्रोमा ।
ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, कर्ममा विश्वास गरौँ समयको सदुपयोग गर्दै जीवन सौन्दर्यले भरौँ । २, समयको निरन्तर गति पच्छ्याउन प्रयास नगरे रोकिन्न कहिल्यै कति ? ३, विगतको समीक्षा राम्रो गर्न कोशिस गरेमा भविष्य बन्छ हाम्रो ।
जय नारायण नेपाल, इलाम (हाल सूर्यविनायक २ बालकोट भक्तपुर ) … १. जीवनमा धोका पाएर अर्थ छैन बाँच्नुको मर्छु पासो लाएर । २. देखाउँदैनन् कसैले चासो आफन्तविहीन आफैँ भएपछि कसलाई पोखौँ गुनासो । ३. ज्यान बलिदान दिएर मर्न बेस बाँच्नुभन्दा अर्थ छैन जिएर ।
ललिता गिरी, सिन्धुली (हाल काठमाडौं) … १. कर्मको फल मिठो सधैँ दुःखमा रमाउने म गाउँले ठिटो । २. सङ्घर्षको भारी बोकेर पुग्न सकिन्न गन्तव्यमा बीचमा पाईला रोकेर । ३. दुःखको जङ्घार तरेर जिउनुको अर्थ सिकाई एकदिन जान्छौँ मरेर ।
लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई) … १. फूलको सुन्दरता देखेर रमाउन सक्छ मान्छे काँडामा पाइला टेकेर । २. सङ्घर्षको यात्रा हाम्रो यसरी बुझौँ सबैले जीवन चल्छ राम्रो । ३. कर्मको खेती गरौँ पौरखी हातहरू चलाउँदै स्वदेशकै लागि मरौँ ।
पद्मा काश्यप पाण्डे, मोरङ … १) लाउने खाने उमेर खुसीले मानव रमाऊ फर्केर आउँदैन घुमेर । २) हाम्रो जीवनको भर राखेर भक्ति भावना मनमा सम्झौँ ईश्वर ।
बेदु न्यौपाने … १. सकिए रुख ढलेर यस्तै पारा भए सकिन्छन् मान्छे जलेर। २. जङ्गल सबै मासियो आधुनिकताको नाउँ लिएर प्रदुषणसँग नाता गाँसियो। ३. बचाउनु विश्वको धन सचेत भए आजै बाँच्छ हरेक जीवन।
विमल खतिवडा माइला, सिलगढी, भारत … १, बाहिरबाट हुँदैछ गोल चोक्टा उनैले खान्छन् भित्रकाले खान्छन् झोल ।