नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले आगामी शुक्रबार तीसौँ विश्व आदिवासी दिवस मनाउने।

  • २४ श्रावण २०८१, बिहीबार ०१:१९ मा प्रकाशित
  • नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले यहि आउँदो ९ अगष्ट २०२४ शुक्रबारका दिन “संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर !
    प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!”
    भन्ने मूल नाराका साथ ३०औं बिश्व आदिबासी दिवस मनाउने भएको छ।

    विभिन्न नेपाली आदिम सस्कार,सस्कृति झल्किने सास्कृतिक कार्यक्रम सहित आयोजना गरिने सो कार्यक्रममा साउदी अरबको पूर्वी क्षेत्रमा वा साउदी अरबको कुनै पनि क्षेत्रमा बसोबास गरी रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

    कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित कुक जोन होटल मा आगामी शुक्रबार हुने भएको छ।

    One thought on “नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले आगामी शुक्रबार तीसौँ विश्व आदिवासी दिवस मनाउने।

    1. Eu simplesmente não poderia sair do seu site antes de sugerir que realmente gostei das informações padrão que uma pessoa fornece sobre seus visitantes. Voltarei incessantemente para verificar novas postagens

    Leave a Reply