• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ सम्पन्न

  • १८ भाद्र २०८१, मंगलवार २१:४६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    प्रकोपले नागरिक बेपत्ता
    कयौँ छन् घरबारविहीन
    ठालुले ढुक्दैछ सत्ता ।
    २,
    रुखो बोल्नेको योगदानमा
    मुसुक्क मुस्काउनेको मुस्कानभन्दा
    शिर निहुराउॅंछु सम्मानमा ।
    ३,
    बैँसालु भल बगिजाओस्
    बगाउॅंदैन जोगिएर बसे
    डराएर भाग्यो, नठानोस् ।

    • म्यामराज राई
      …
      १,
      रहेन कसैको भर
      छन् केवल स्वार्थीहरू
      स्वाभिमान मिट्ने डर ।
      २,
      मुलुक सतीको सरापमा
      भलो हुँदैन गर्नेको
      जिन्दगी पर्छ धरापमा ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      डराएर घरमा बसेका
      मौकामा चौका हान्नलाई
      भाग्य आफैँ कसेका ।
      २,
      बुझ्ने गर कुरा
      नबुझी हुन्न काम
      नचलाउने मुखका छुरा ।
      ३,
      बयोवृद्ध घुम्छन् सत्तामा
      मौका हेरेर बसेका
      ध्यान गएको भत्तामा ।
    • बेदु न्यौपाने
      …
      १,
      कसैको हुन्न भर
      स्वार्थी दुनियाँ चिन्दाचिन्दै
      किन मान्ने डर?
      २,
      जोगाऔँ आफ्नो मुलुक
      चारैतिर छन् वैरी
      आँखा लगाउँछन् पल्याकपुलुक।
      ३,
      देश भएमा स्वाभिमान
      सबैतिर फिॅंजिन्छ आफ्नो
      बेग्लै खाले सान।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      समाधिस्थ ध्यान धारणा
      चित्तका वृत्तिहरूमा निरोध
      गरौँ प्राणायाम साधना ।
      २,
      मन वचन कर्म
      तन स्वस्थ रहेमा
      गर्नसकिन्छ हामीले धर्म ।
      ३,
      नगरौँ कसैको अपमान
      बालबृद्ध नारी असहायको
      सम्मान गर्नुपर्छ समान ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      महत्त्व कस्तो बनाए
      विकृति विसङ्गति बढ्यो
      चाडपर्व मँहगो गराए ।
      २,
      कति दिन खाने
      समय दरले बर्बाद
      कता कता जाने ?
      ३,
      मन राख्नै पर्ने
      गर्मीले खाना माग्दैन
      शरीरमा असर गर्ने ।
    • भगवती दवाडी, झापा
      …
      १,
      नहिडौँ प्रतिशोध पालेर
      जीवित राखौँ अभिलाषा
      इमानदारीको पोको सम्हालेर ।
      २,
      भरोसा गर्नै चर्को
      बुझ्न सकिँदैन कहिले
      मनको कालो धर्को।
      ३,
      इच्छाहरू पर सारेर
      नबसौँ रुँदै सधैँ
      निधार गाँठो पारेर।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      कहिले बाढी पहिरो
      कहिले कोभिड, डेङ्गु
      चोट लाग्यो गहिरो।
      २,
      नजिकिन थाले चाडपर्व
      चोट पर्यो नबिर्सिने
      छैन मनमा गर्व।
      ३,
      मनमा छैन हर्ष
      थिलथिलो पार्यो प्रकोपले
      रहेछ दशाको वर्ष।
    • सतीश पण्डित, भानु -६, चुँदी तनहूँ
      हाल चनपा ६ मातातीर्थ
      …
      १,
      दिनभरि काम गर्नुपर्छ
      नित्य कर्म मेरो
      सबेरै खेतमा झर्नुपर्छ।
      २,
      बालीमा बाँदरले दिक्क
      केही कसैको राखेन
      खेतीपाती चौपायालाई ठिक्क।
      ३,
      आरक्षणको प्राय वरिपरि
      जनावर दिनभरि लखेट्यो
      आउॅंछन् घरी घरी ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप, काठमाडौँ
      …
      १,
      देशमा मलिलो माटो
      पसिनाले सिचौँ हामी
      विदेश जानु साटो।
      २,
      हिमाल पहाड तराई
      बलियो हुन्छ देश
      एक ढिक्का गराई।
      ३,
      सबैले मिठो बोलौँ
      शान्ति स्थापना हुन्छ
      आफ्नो प्रतिभा खोलौँ।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
      …
      १,
      छैन स्वार्थीको भर
      पार्छन् तिनले अफ्ट्यारो
      सधैँ बस्नु पर।
      २,
      तिम्रो बोली मधुरो
      भन्नप पनि कसरी
      सम्बन्ध रह्यो अधुरो ।
      ३,
      गर्न सिकौँ समान
      उपल्लो जाति भन्दै
      कति गर्छौ अपमान ?
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      सुरक्षित महसुस हुन्न
      मिठा भाषनले अब
      जनताको मन छुन्न ।
      २,
      मनपरी बढ्यो महङ्गी
      चासो छैन कसैलाई
      गर्छन् कुरा सप्तरङ्गी ।
    • पुष्पा राई, खोटाङ
      …
      १,
      छरौँ चारैतिर उमङ्ग,
      मोतिराम भट्ट जन्मजयन्तीमा,
      साहित्यको विभिन्न रङ्ग ।
      २,
      चिन्नु पर्छ चिज,
      संस्कृतिको गरौँ जगेर्ना ,
      नबनाऔॅं भड्किलो तिज,
      ३,
      हुँदैछ खोला धमिलो,
      कता पहिरो गयो ,
      मन भयो अमिलो ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      मन हुन्छ उदास
      उच्च विचार नपाए
      दिव्यात्मामा प्रभुको बास ।
      २,
      आध्यात्मिकको जीवन खास
      चिन्तनमा मात्र रहँदा
      प्रभुले सुनिदिने आस ।
      ३,
      दुःखमा सुखको आभास
      भर छैन जीवनको
      कहिले रोकिन्छ श्वास ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      सबैतिर खुसी छायो
      मुस्कान ल्याउॅंदै ओठमा
      फेरि तिज आयो ।
      २,
      खुसी हुँदै रमाउँदै
      सभ्य भएर मनाउनुपर्छ
      आफ्नो संस्कार समाउँदै ।
      ३,
      पुगोस् मनका भावना
      सम्पुर्णमा हरितालिका तीजको
      हार्दिक मङ्गलमय शुभकामना ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      मान्छेले खोज्छ मान
      स्वार्थ देखियो मनमा
      चाहन्छ ऊ गुणगान।
      २,
      मायामा ठुलो घात
      जीवन बेहाल हुने
      नसुतेर जान्छ रात।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      फुलाऊ फूल माटोमा
      स्वार्थी यी नेताहरू
      हिॅंड्दैछ गलत बाटोमा ।
      २,
      साम्राज्यवाद हैकम ढल्दैछ
      होसियार संसारभरिका मानव
      तेस्रो विश्वयुद्ध चल्दैछ ।
      ३,
      पाइॅंदैन असत्य ढाक्नलाई
      खोजिरहेछ वास्तविक नायक
      अब देश हाँक्नलाई ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      संस्कृति जोगाउने काम
      संस्कार पहिचान हाम्रो
      सबैले राखौँ नाम !
    • आर्त अकुलीन
      …
      १,
      मरेको छैन आशा
      आऔॅं सङ्घर्ष गरौँ
      जानु पर्दैन खासा !
      २,
      नबोकौँ अर्काको भारी
      विवेक स्वाभिमान बेचेर
      बाँझो भए खेतबारी ।
      ३,
      नबसौँ अन्याय खपेर
      बन्दैन मुलुक यसरी
      पुर्खाको नाम जपेर ।
    • ऋजु दिल्पाली, इटहरी -१, सुनसरी
      …
      १,
      बाँच्नुहुन्न कहिल्यै डरले
      स्वार्थीको बिचमा पनि
      हुँदैन कसैको भरले ।
      २,
      जुरमुराउॅंछन् यहाँ साँढे
      प्रगतिको बाटो रहेन
      देश जताततै भाँडे ।
      ३,
      उर्लिएको बैँस सम्हाल
      तीजको बेलामा फुरुकफुरुक
      गीत नाच कमाल ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      तिज आयो देशमा
      शिरफूल लाएर जाउॅंला
      डोरी बाटी केशमा ।
    • इन्दिरा देवकोटा
      …
      १,
      चौतारीमा बिसाएर भारी
      थकाइ मारेर हजुर
      पुग्नुपर्ने अब डाँडापारि ।
      २,
      तिजको नाममा विकार
      लाग्दैछ रत्यौली जस्तो
      नबनोस् विकृतिको सिकार ।
      ३,
      दिदीबहिनी साथीको भेला
      नितान्त भड्किलो नाचगान
      तिजलाई बनाएका रेला ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      आयो रमाइलो तिज
      जोगाउ संस्कृति हाम्रो
      नखाऔॅं नखाने चिज।
      २,
      स्वदेशमै फुल्छ फूल
      विदेशीको गोठालो बन्ने
      नगरौँ साथी भुल।
    • वि के मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      नगर कसैमा भर
      जिन्दगी उसै चल्छ
      हुँदैन तिमीलाई डर।
      २,
      गर असल काम
      यो जीवनको यात्रामा
      रहोस् अमर नाम।
      ३,
      कति जान्छ पहिरो ?
      सम्झनाभरि राखेर पनि
      माया भयो गहिरो।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      खाँदा तिजको दर
      ख्याल गर्नु सबैले
      हुन्छ ग्याष्ट्रिकको डर ।
      २,
      गर्नुहुँदैन फजुल खर्च
      धनजनको हुन्छ क्षति
      हुँदैन शरीरमा वर्च ।
      ३,
      बनाउनुस् राम्रो सोच
      चाडपर्व मनाउदा धेरै
      नहुनुहोस् कोही लोच ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      सबैको मनोकामना पुगोस्
      पाटी प्यालेस धाउने
      दिदीबहिनीको मन घुमोस्।
    • कला ढकाल, झापा
      …
      १,
      समयले फर्केर पर्खॅंदैन
      चाहेमा जनताबाट सम्भव
      रोकेर छेकेर फर्कॅंदैन।
      २,
      कालसँग कुर्सी जिस्किरहेको
      आउँछ विपत्तिको बबण्डर
      हातहातबाट ज्वाला निस्किरहेको।
      ३,
      क्रान्तिको आकार हुँदैन
      कालसँग कहिल्यै नजिस्किनु
      स्वार्थको सपनीले छुँदैन ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      भ्रष्टाचारी डुङ्डुङ्ती गनाए
      देश कङ्गाल पारेर
      आफ्नै महल बनाए ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      आकाशको रङ्ग निलो
      मायाको पीडा नभनौँ
      दुखिरहने यो पिलो ।
      २,
      भदौरे झरी परेर
      स्निग्ध देखियो पहाड
      बादल यताउता सरेर ।
      ३,
      चाडपर्वको मौसम आयो
      गरिबलाई पर्छ मर्का
      धनीले तडकभडक देखायो ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      जननी खस भाषाको
      छरपष्ट छन् सम्पदा
      पलाएन किरण आशाको ।
      २,
      मार्सी फाँट झुलेका
      मनमोहक हाम्रो सिन्जा
      मनुष्य छन् भुलेका ।
    • राज बहादुर बडुवाल, कनकासुन्दरि -५,जुम्ला
      …
      १,
      देखेर के गर्नु ?
      पावर उसैको छ
      हावामा उडान भर्नु !
      २,
      संस्कृतिमा विकृति आयो
      छाडा तिज गीत
      पुरानोले दु:ख पायो !
      ३,
      लज्जाहीनता समाज पार्दै
      आधा शरीर छोपी
      छाडा संस्कृतिमा सिॅंगार्दै !
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      कृषिप्रधान नेपाल विशाल
      प्राकृतिक विपत्तिले गर्दा
      खाँदैछ किसानको कपाल l
      २,
      फलिफाप भएन कृष्टि
      उपेक्षित छन् किसानहरू
      सरकारको पर्दा वक्रदृष्टि l
      ३,
      चहर्‍याइरहेछ किसानको घाउ
      स्थलगत अनुगमन गरी
      शीघ्र मल्हमपट्टी लगाऊ l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      प्रकोपले सत्यनाश गर्‍यो
      तीजपर्व आएको बेला
      विरहमा रुन पर्‍यो ।
      २,
      हर्‍यो सुख चैन
      के लाउनु पिरती ?
      मनमा शान्ति छैन।
      ३,
      सारा मन्छे घुमाएर
      पर्‍यो रुन कठैबरी
      आज शक्ति गुमाएर !
    • विवश पारदर्शी, झापा
      …
      १,
      गरगहना सारी लाउँछु
      सभ्य संस्कृति झल्काउने
      तीज धुमधामले मनाउँछु।
      २,
      भीडभाड होहल्ला सहरको
      कसले मान्ने सरसल्लाह
      अनुशासन अभाव पालनको ।

    ३,
    महँगी अभावको सामना
    देश विकासमा अधोगति
    लाचार गरिबको भावना ।

    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      आफ्ना आफ्नै रहर
      लक्ष्य शिखर चुम्ने
      सङ्घर्षमय हर प्रहर।
      २,
      दैवको आफ्नै लीला
      प्रकृतिको आफ्नै दुनियाँ
      फुट्दछन् कठोर शिला।
      ३,
      देहको अनेक यात्रा
      अविरल छ पाइला
      देखिन्छन् अनेक जात्रा।
    • तोया नाथ चापागाईं, दमक, झापा
      …
      १,
      छातीमा हात राखेर
      उन्नति गरौँ देशमा
      दलाल सबै मासेर!
      २,
      भ्रष्टाचार बढेर गयो
      भ्रष्ट मिलेर यहाँ
      कङ्गाल बनाउने भयो!
      ३,
      जुटेर अब देशभरि
      प्रगति गरौँ यहाँ
      सधैँ अगाडि सरी ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार, स्याङ्जा
      …
      १,
      नउडाउ आकाशमा मन
      सम्हाल कठोर दुखलाई
      साध्य नसम्झ धन ।
      २,
      दुखाउछ कस‌ैले मन
      अर्कोलाई त्यस्तै हुने
      बिज्ने काँडा नबन ।
      ३,
      खुराक सम्झ आलोचना
      आफ्नैले भन्छ सच्याउन
      गल्तीको गर समालोचना ।
    • हिरालाल न्यौपाने, बानपा ८, काेटमाैला, सल्यान
      …
      १,
      सत्ताको आशले झुटो,
      चिनेर बोल्यो प्रजातन्त्रले,
      चुनाव चिन्हको बुटो।
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      चेलीबेटी भेटघाट घरको
      गरेर महिनौ अगाडिदेखि
      नदिनु नाम दरको!
      २,
      पीडामा छ माइतीघर
      आफै पकाउँछौँ यसपालि
      रातीमा खाने दर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      ठेलमठेल गरी नाच्ने
      लाजको भकारो देखाइ
      तीजको मियो भाँच्ने ।
      २,
      दरमा रक्सी लिएर
      नाच्छन् अचेलका चेली
      खोया बोतल पिएर ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      भिटामिन ज्यादा पाइने
      बनाउन तरकारी मिठो ,
      हरपल गोलभेडा चाहिने ।
      २,
      लोचनको रोग भगाऔॅं
      गोलभेडाको बनाएर जुस,
      बिरामीलाई जहिल्यै खुवाऔॅं ।
      ३,
      रोग हुँदैन साझा
      अल्सरलाई राम्रो हुन्छ ,
      खाएमा गोलभेडा ताजा।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      कर्मशील हात जोडेर
      बाँच्न सिकौँ धर्तीमा
      विकृति सबै तोडेर ।
      २,
      नसोध हाल मलाई
      बुझ्नै नसकी चरित्र
      गइन् मन जलाई ।
      ३,
      बुझेर तिजको मर्म
      मनाऔॅं पर्व गर्वले
      नछोडौँ कसैले धर्म ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      चरीको पालो आयो
      वेदना पोख्ने समय
      तीजले लहर ल्यायो ।
      २,
      हिन्दु नारीको चाड
      मनाऔॅं सबै उमङ्गले
      मुखमा पुगोस् माड।
      ३,
      संस्कृति जोगाउन मनाऔॅं
      नभित्र्याऔॅं विकृति विसङ्गति,
      गरिबको दुरी घटाऔॅं ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      यति कुरा जान्नुपर्छ
      जगत् चित्तको रूप
      स्वप्नतुल्य भनी मान्नुपर्छ !!
    • सुरेश कार्की
      …
      १,
      छ गर्मी बढेको
      पसिनाले भिजेको शरीर
      छ पुरै डढेको ।
      २,
      माहोल बनाएर हेर
      पुछुताउनु पर्ला पछि
      टुट्न लाग्दैन बेर।
      ३,
      जीवन सङ्घर्ष रहेछ,
      बुझ्दै बिते दिनहरू
      अब ढिलो भएछ।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      समयको साक्षी हुँदैन
      टारेर केही नटरेपछि
      एकान्तमा किन रुदैँन !
      २,
      टिप्स दिँदै सान
      उचालेर टुप्पामा पुर्‍याई
      तिजलाई बढायो सम्मान !
      ३,
      जिउँदो लास जिउनेहरू
      पैतालामा घाम नलाग्ला
      निसासिन रक्सी पिउनेहरू !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      आमाको हातले पाकेको
      दर खान आऊ
      चेलिबेटी तिम्रैलाई राखेको ।
      २,
      विशेष चलिरहेको पर्व
      नाच्दै रमाउने तिज
      साथीहरू बाँड्ने हर्ष ।
      ३,
      सुखको पल त्यहाँ !
      कस्तो रमाइलो थियो
      मिलिजुली खेल्थ्यौँ जहाँ ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन – ६, सदुरपश्चिम, अछाम
      …
      १,
      दर खाने दिन
      अब नजिक आयो
      भाइ आउँछ लिन |
      २,
      तीजका गीत गाएर
      गरिन्छ है रमाईलो
      ताली मादल बजाएर |
      ३,
      अचेल एक महिनादेखि
      दर खाँदै हिॅंड्नेको
      झार्नुपर्छ लौ ! सेखी ।
    • सरिता सेढाई, धादिङ
      …
      १,
      बनियो भने लेखक
      एकदिन पक्कै मैले ,
      निकाल्ने छु पुस्तक ।
      २,
      घामले के गर्‍यो ?
      शितल छैन आज
      ज्यानबाट पसिना झर्‍यो ।
      ३,
      पानी पर्ने भयो
      भन्दाभन्दै मैले यहाँ
      बत्ती पनि गयो ।
    • अमृत कोइराला, पोखरा -१८, चंखपुर
      …
      १,
      तिजको बहार आयो
      भड्किलो नहुनु कोही
      चेलीको लहड पलायो ।
      २,
      मिलेर आगनमा दामी
      नाच्नु गाउनु खुलेर
      माइतीको नाक थामी ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      आँखा भएका अन्धा
      स्वार्थमा गर्ने लुटपुट
      फैलिएको लुटको धन्दा ।
      २,
      कालीगण्डकी त्रिशूली दायाँबायाँ
      बिचमा मेरो बास
      ठुल्ठुलो रूखको छाया ।
      ३,
      सम्पूर्णमा शुभ गोधूलि
      आआफ्ना भावको झिल्का
      लेखौँ सबैले मिलिजुली ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे
      …
      १,
      नपर्नु कसैको भर
      विश्वास गर्दै पाखुरीको
      कर्म गर्न सर।
      २,
      बचाई राख धन
      भविष्यमा काम लाग्छ
      सहयोगी हुँदैन जन।
      ३,
      हेर्दा मात्रै राम्रो
      कलियुगमा मान्छेको मन
      डुङ्गाझैँ हुन्छ चाम्रो।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत
      …
      १,
      आफ्नैको छैन विश्वास
      स्वार्थमा अडेको दुनिया
      दिलाउॅंछन् नमिठो आभास ।
      २,
      मनमा खुसी छायो
      भेटघाट हुने माध्यम
      तीज पर्व आयो ।
      -कोपिला अधिकारी, गोरखा
      …
      १,
      बाटोमा पैरो गइदियो
      जनताको सेवा नगर्नेलाई
      प्रकृति बहाना भइदियो।
      २,
      असत्यले जितेको देख्दा
      रिस उठ्छ इमानीलाई ,
      अपराधीले उपदेश लेख्दा।
      ३,
      गाउॅंले सम्झना मनभरिको
      दुःखमा सहयोग गर्ने ,
      याद आयो दौँतरीको।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      तिजको दिन्छु शुभकामना
      दिदीबहिनी मिलेर मनाऔॅं
      साटौँ सुखद भावना।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      निराशामा डुब्यो मन
      सकिएन गर्न केही
      व्यर्थै बित्यो जीवन।
      २,
      सुन्दैनन् उपदेश गाली
      बहिरा नेताहरूको छ
      देशको ढुकुटीमा हालिमुहाली ।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके
      …
      १,
      मायालुको बोली रसिलो
      सबैलाई मख्ख बनाउने
      जिउ छ कसिलो ।
      २,
      नेता भए शाकाहारी
      देश रित्तो बनाए
      बन्छन् अनि ब्रह्मचारी ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा
      …
      १,
      म खाँदिनॅं दर,
      दर खाने दिन,
      खाउला माइती घर!
      २,
      भड्किलो भयो रहर,
      मौलिकता बेचेर व्यापक,
      बिग्रिए सबका नजर।
      ३,
      केवल खान लाउन,
      बङ्ग्याई आज रीतिरिवाज ,
      सकिन्न सुख पाउन ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      आयो तिज पर्व
      माइती चेलीको मिलन
      हो हाम्रो गर्व ।
      २,
      पिताले गरेका योगदान
      कुसे औॅंसीमा जस्तै
      गर्नुपर्छ सधैँ सम्मान ।
      ३,
      आयो हरितालिका तिज
      श्रीमान् श्रीमती सम्बन्धमा
      राखोस् समानताको बीज ।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २, बालकोट भक्तपुर
      …
      १,
      हाँसो खुसीको कथा
      यहाँ रचना गर्नुपर्छ
      छोपेर पिर व्यथा ।
      २,
      गर्छन् मान्छे अभिमान
      दुई दिने जीवनको
      केही छैन ठेगान ।
      ३,
      दुःख मनभित्र लुकेको
      चाहना सबको खुसी
      कहाँ हुन्छ पुगेको ?
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      झुपडीको होला बास
      खुसीले बिताउॅंला जीवन
      खाएर दुई गाँस ।
      २,
      ऐेस, आराम नहोस्
      सानो स्वार्थ छ
      जीवन धान्न पुगोस् ।
    • नन्दा धामी, नौगाड दार्चुला
      …
      १,
      आफ्नो संस्कृति अपनाऔॅं
      पर्वको नाममा तडकभडक
      कहिल्यै विकृति नचलाऔॅं ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      कसैको भर गर्दिनॅं
      लक्ष्य पूरा नगरी
      सायद म मर्दिनॅं ।
      २,
      पीडाले जेलिएर जिउन
      साह्रै गाह्रो हुन्छ
      टुक्रिएको मुटु सिउन।
      ३,
      बोझ घटाएर जान्छु
      म मरेपछि तिमी
      मोटाउँदै जानू, कान्छु।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      म गर्व गर्छु
      नेपाली हुनुमा यहाँ
      आशाका भाव भर्छु ।
      २,
      अथाह प्रकृतिको धनी
      मेरो देश नेपाल
      माया छ नि ।
      ३,
      मलाई मेरै पारा
      मन पर्छ हजुर
      हामी नेपाली सारा
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      सधैँ बाढीको डर
      गरिबको कारणले हो
      बस्न पाइएन घर ।
      २,
      आशाको दियो बालेर
      अझै जिउँदैछु म
      मनमा पिर पालेर ।
      ३,
      यो नदेखिने काल
      भेटे यही धर्तीमा
      मैले बिच्छ्याउॅंथेँ जाल।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      छैन कसैको भर
      आफ्नै मान्छे हत्यारा
      मनमा सधैँ डर ।
      २,
      हाम्रो सुन्दर संस्कृतिलाई
      छाडा गीत गाउनेले
      विकृत बनाए बाइ !
      ३,
      सकिएन माइत जान
      एकमहिना अघिदेखि ठिक
      होइन दर खान ‌।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      इज्जत पाउन साह्रो
      पाए पछि हामीलाई
      जोगाउन कति गाह्रो।
      २,
      बैगुनीलाई गुणले मार्नु
      आफ्नो सिद्धान्तको अघि
      आफू कहिले नहार्नु।
    • विनोद खाती, मिरिक
      …
      १,
      शिखा भई जल्यो
      कोऱ्यौ बा भविष्य
      सन्तानका लागि फल्यो ।
      २,
      बा जिउँदा देवता
      ल्याउँछन् खुसी झोलामा
      सन्तान प्रेममा एकता ।
    • ममता पौडेल, बुढीगङ्गा -२, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०९

  • १८ भाद्र २०८१, मंगलवार ०८:४० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय नौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:


    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०९ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०५/०३
    यसपटक अभ्यासको दिन जनै पूर्णिमा वा रक्षा बन्धन परेको हुँदा सोही विशेष पञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    हामीले चाडपर्व मान्नु पर्छ।
    सबैले परम्परा धान्नु पर्छ।
    रक्षा बन्धनको शुभकामना,
    कसरी मनाउने जान्नु पर्छ।
    पर्व आफ्नै देशकाे छान्नु पर्छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    तागाधारी जन जति सबै श्रावणी पर्व मान्छन्।
    रक्षाबन्धन् सुखद मनले लाउदा गर्व मान्छन्।
    ज्ञानी ध्यानी ऋषि जति सबै भावनामा जगाई,
    श्रद्धा राख्दै तिल जल दिदै सानले अर्ब मान्छन्।
    लेख्दै छाेडे हितकर कुरा शास्त्र ती खर्ब मान्छन्।
    ताेयानाथ सुवेदी
    २०८१/०५/०३

    पञ्चाङ्ग:०३
    रक्षा बन्धनले रक्षा गरोस् सबैमा
    सुख शान्ति र समृद्धि भरोस् सबैमा।
    सम्पूर्णमा शुभकामना छ आजको,
    ज्ञानको प्रकाश पूरा छरोस् सबैमा।
    दुःख र,पीडा सम्पूर्ण हरोस् सबैमा।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    पृष्टभूमीको झगडा कत्ति खर्ब रोकेर आयो
    यो भाद्र महिना जात्रै जात्रा सर्व चोकेर आयो
    ऋषितर्पणी, रक्षाबन्धन या त जनै पूर्णीमा
    अमूल्य सम्बन्धको प्रतीक पर्व तोकेर आयो
    विश्वास र दायित्वको मुख्य गर्व बोकेर आयो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०५
    जनैपूणिर्माको महत्त्व खास हुन्छ
    प्राय यो पर्व हाम्रो भाद्र मास हुन्छ,
    परम्परा,संस्कृतिमा छ बिबिधता,
    राम्रो संस्कारमा ईश्वर बास हुन्छ,
    कर्ममा केही त प्राप्तको आस हुन्छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    पर्वको आफ्नै विशेषता छ मनाउन हामीले जान्नु पर्छ
    चाडले देखासिखी नगरि परम्परालाई धान्नु पर्छ
    हरेक चाडपर्वको छ अर्थ किन डुब्नु ऋणमा व्यर्थ
    दशैंमा टिका जमरा लाउने हो तिहारमा फूलमाला
    जनैपूणिर्माको दिन दाइने हातमा डोरो बान्नु पर्छ
    चाडपर्वलाई हामीले समाजको दर्शन ठान्नु पर्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    तागाधारीहरूको महत्त्वपूर्ण पर्व यही हो
    हिन्दु हुनुमा सबैलाई भएको गर्व यही हो
    जनैपूर्णिमामा जनै र तागो लगाउनु पर्छ
    तयारी जनैधागोमा रमाउँछन् सर्व यही हो
    भारतका राखी बिक्छन् खर्बाैँ खर्व यही हो ।

    श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०९

    झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

  • १७ भाद्र २०८१, सोमबार २०:२१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>—————
    समस्यासँग खेल्दै जुहारी
    हरदम चलिरहन्छ्न् पिता
    बोकी काँधमा जिम्मेवारी !
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    —————<•>—————
    पहिलो भगवान् पिता
    परिवारका वरिष्ठ गुरु
    पावन ग्रन्थ गीता ।
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    पिताको मर्म बुझेर
    सम्मान् गर्न सिकौँ
    पसिनामा आफू रुझेर ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    बाबाले ढाल बनेर
    हरेक दुःख सहे
    नभुलुन् बाटो भनेर ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    —————<•>—————
    सुन्दर संसार देखाउने
    भगवान् हुन् पिता
    साँवा अक्षर लेखाउने ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    तिम्रै छहारीमा बढाई
    संस्कार सिकायौ बा
    संसार देखायौ पढाई !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    —————<•>—————
    बुवा गृहस्थीको मर्म
    सुखदु:खमा हुन्छ धैर्यता
    तत्परतामा गर्ने कर्म ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    नदेउ कहिले दुख
    सम्मान गर सधैँभरि
    त्यहीँबाट हुन्छ सुख ।
    ✍️
    शंकर कार्की,मकवानपुर।
    —————<•>—————
    विश्वभरिका बुवाहरूलाई सम्मान
    हार्दिक शुभकामना कुसेऔँसीको
    सुखशान्ति दिनरात साँझबिहान ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    खुलेर जीउन सिकाए
    आफूले खाई नखाई
    शिक्षामा सधैँ जिताए ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    तिम्रा पिल्सिएका हातहरू
    बन्यो जीवनको आधार
    दीर्घ रहुन् साथहरू !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    बुबा घरको छानो
    सन्तानलाई ओत दिई
    जुटाउॅंछन् दिनहुँ मानो ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    —————<•>—————
    नदेउँ पितालाई दुख
    गरौँ सधैँ सम्मान
    दिएर खुसी सुख ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ
    —————<•>—————
    प्रेरणाका बहुमूल्य गजुर
    सुमार्गमा हिँड्दैछु बाबा !
    सम्झनाको कन्दरामा हजुर ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    घरको खाँबो उनी
    सधैँ आदरसम्मान गरौँ
    उनको आज्ञा सुनी ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    —————<•>—————
    बुवालाई नदेउँ दुख
    आशिष मिलेमा उनको
    भविष्यमा मिल्छ सुख ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    आफ्नो पैताला फुटाएर
    सधैँ छोराछोरीकै निम्ति
    ल्याउनुभयो खानेकुरा जुटाएर ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    सुख बाबुलाई देऊ
    संसार सानो छ
    दुःख तिमी लेऊ ‌।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    —————<•>—————
    बनेर शितल छहारी
    सन्तानको दु:ख ओत्छन्
    आफ्ना इच्छा मारी l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बाबुआमालाई
    साथमा रहन्छु दिनरात ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    औँला समाई हिँडायौ
    कठिन जटिल गोरेटोमा
    पिताजी संघर्षमा भिँडायौ ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    पानी मिठो कुवाको
    अनुशरण गरौँ सधैँ
    हामी सबैले बुबाको ।
    ✍️
    दीप गोले तामाङ – रौतहट
    —————<•>—————
    बुवाकाे सम्मान गर
    उनकाे संरक्षणमा पालियौ
    उनकाे सेवामा मर ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    सन्तानको बलियो काँध
    सधैँ हौसला दिने
    बुवा हुन् बाँध ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    उर्जाका स्रोत पिता
    संघर्षका हुन् सारथि
    सन्ततिका साक्षात् गीता ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    पिता ज्युदो भगवान
    औशी मात्र नभनी
    गरौँ सधैँ सम्मान ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    सरणमा हामी परौँ
    बुवा हाम्रा भगवान
    सधैँ सम्मान गरौं ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    बुबाकाे बुझाै दुख
    परिवार सदा रमाउँदै
    पाउँछाै जीवनमा सुख ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान।
    —————<•>—————
    सन्तानलाई अमृतवाणी पिलाई
    पथमा लम्काउने सदा
    माटोमा पसिना मिलाई !
    ✍️
    राज बहादुर बडुवाल
    जुम्ला
    —————<•>—————
    जरालाई नबिर्सौं शाखाले
    बुबाको मुख हेरौँ
    अन्तर्मनको स्वच्छ आँखाले ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    मन चङ्गा हुन्थ्यो
    सिरमा उनको स्पर्सले
    पीडामा उनीसँगै रुन्थ्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    खन्छु अवश्य कुवा
    भएर अब प्रतिबद्ध
    सधैँ बाँच्छु, बुवा !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    बाबा साच्चै महान्
    आँट भरोसाको केन्द्र
    मेरा लागि भगवान् ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    —————<•>—————
    गुणकाे माला उनेर
    बुवाकाे गलामा पहिर्‍याउँ
    मनले श्रद्धा अर्पेर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँलप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    —————<•>—————
    सकेनछ भावीले लेख्न
    भाग्यमा रहेनछ मलाई
    बुबाकाे अनुहार देख्न ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    —————<•>—————
    माया गरौँ जिउँदैमा
    निरास नपारौँ कहिल्यै
    खुवाउँ मीठो हुँदैमा ।
    ✍️
    धनमाया चौधरी
    कैलाली
    —————<•>—————
    हेर्ने बुवाकाे मुख
    जन्मदाता भगवान हुन्
    नदिउँ कहिले दुख !
    ✍️
    गाेपालप्रसाद दाहाल
    दमक-५ झापा
    —————<•>—————
    मार्गदर्शक उनको मुहार
    नलानू बुबालाई बृद्धाश्रम
    बृद्धावस्थामा देऊ गुहार ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    बुबा तिम्रो आशिर्वाद
    त्यति भए पुग्छ
    मलाई आजीवन साथ ।
    ✍️
    ईश्वर साउद(भिक्षु )
    रामाराेसन गाउपलिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    तिमीलाई भगवान मान्छु
    सधैँ बनोस् आशिर्वाद
    मनको धड्कन ठान्छु ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    दु:ख मैलो धुने
    भएको दिएर सन्तानलाई
    आफू रित्तिनु हुने ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    बुवा घरको छानो
    हरेक समस्या झेलेर
    जोगाई ख्वाए मानो !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    रमाई उनका सन्सारमा
    खेलेँ हाँसेर खाएँ
    जाे थियो भन्सारमा ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    —————<•>—————
    बुबालाई वचन दिएँ
    मानवता खोज्छु भनी
    आशीर्वाद थाप्लोमा लिएँ ।
    ✍️
    लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी, मधेश, नेपाल
    —————<•>—————
    बुवा जिउँदो भगवान
    सन्तानको रक्षा गर्ने
    सधैँ गरौँ सम्मान ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया ८ // कर्माया/ मकवानपुर
    —————<•>—————
    पराइ जस्तै सम्झिन्छन्
    बुवाकै अगाडि छोरीलाई
    दाजुभाइ किन तर्सिन्छन् ?
    ✍️
    सुनगाभा पोखरेल
    —————<•>—————
    कुरा धेरै काट्छन्
    घरमा बा नभएकोले
    आफन्तले पनि ढाट्छन् ।
    ✍️
    कला ढकाल
    —————<•>—————
    सदा पितालाई हेरौँ
    केवल औँसीमा होइन
    उहाँका मर्यादा नफेरौँ ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>————–
    सृष्टिको रचना गर्ने
    परिवारको खम्बा पिता
    जीवनको रङ्ग भर्ने ।
    ✍️
    कृष्ण बजगाई
    भक्तपुर
    —————<•>—————
    भन्छन् बाबा गगन
    परिवारलाई पाल्न उनले
    लाउँछन् आफ्नो तन ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    पिता छन् देवतातुल्य
    हुन् सन्ततिका धरोहर
    हुन्न उनको मूल्य ।
    ✍️
    जयनारायण नेपाल
    इलाम , हाल सूर्यविनायक २
    बालकोट ,भक्तपुर ।
    —————<•>—————
    प्रेरणाका स्रोत पिता
    उच्च सम्मान राख्दछ
    भागवत ग्रन्थ गीता ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    घरमा खुसीको मेला
    बाबाले ल्याउनु हुन्छ
    लुकाउँदै हातको ठेला ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    ईश्वर हुन् बुवा
    आजकल म भएँ
    एकदमै स्वार्थी बटुवा !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    पीडाका भेलहरू रोकी
    बुवाले सत्मार्गमा डोर्‍याए
    दु:खका पहाडहरू बोकी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    बाबा सात समुद्रपारि
    जानुभयो घर छोडेर
    बोकेर रिनको भारी !
    ✍️
    सर्मिला बोहरा, बैतडी
    —————<•>—————
    घाम लाग्यो घमाइलो
    बाबाको मुख हेर्दा
    हुन्छ साह्रै रमाइलो ।
    ✍️
    अनामिका
    —————<•>—————
    दिनुपर्छ उच्च सम्मान
    सम्झेर सबै सन्तानले
    उहाँले दिएको योगदान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    —————<•>—————
    नभनी आफ्नो दुख
    काँडामा टेकेर पनि
    दिन्छन् सधैँ सुख ।
    ✍️
    नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    बुवाको बलियो काँध
    संसारको सारा दु:ख
    रोक्ने सुन्दर बाँध ।
    ✍️
    वि के मुखिया
    दार्जिलिङ, भारत
    —————<•>—————
    समाउने पाइनँ हात
    वाल्यकालमै गुमाएँ बाबा
    रोएर बित्दछन् रात !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    —————<•>—————
    चाउरी परेको मुख
    राम्ररी हेरविचार गरौँ
    नदिई कुनै दुख ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    धमिलो पानी कुवाको
    सुकेर जान्छ घामले
    गर्छु सेवा बुवाको !
    ✍️
    बिधुत गुरुङ
    गोरुबथान भारत
    —————<•>—————
    बाबुु शिरकाे टाेपी
    सन्तति रक्षा खातिर
    राख्ने समस्या छाेपी ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    शिक्षाको ज्ञान छरिदिने
    महान् हुन् पिता
    मनमा शान्ति भरिदिने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    —————<•>—————
    अभावको जिन्दगी जिउँछन्
    सन्तानलाई खुसी राख्न
    आफू आँसु पिउँछन् ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    छैन चामल घरमा
    कसरी चलाउनु घर
    त्यो ज्यालाको भरमा ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    बाबा खम्बा घरका
    बुझ्नेलाई यथार्थ कुरो
    उनै हुन्छन् भरका ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    पर्दा विरामी साथमा
    हुँदैन है कोही
    सेवा गर्ने गाथमा ।
    ✍️
    लोक बहादुर क्ष्रेत्री
    —————<•>—————
    धेरै गर्नुभयो दुख
    बाबा हजुरलाई सधैँ
    दिनेछौँ हामीले सुख ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    पुगोस् मनको चाहना
    सबै नेपाली बन्धुहरूलाई
    कुसेऔँसी छ शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>—————
    बुवाको आशीर्वाद लिन
    मलाई माफ गरिदिनुस्
    यसपालि आउन सकिनँ ।
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    आशिष लाग्दै जाओस्
    धर्तीले बिदा गरेपछि
    स्वर्गमा बास होस् !
    ✍️
    लक्ष्मण देउवा डोटी
    —————<•>—————
    बुबाकाे परलाेकमा बास
    टुहुराे भइयाे छिट्टै
    औँसी लाग्दैन खास ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    बुबाको त्यो काँध
    छैन कम्जोर पक्कै
    भन्दा कुनै बाँध ।
    ✍️
    अमृत कोइराला
    पोखरा
    —————<•>—————
    सम्झदा खस्दछ्न् ढिका
    बुवाको सामु अरू
    सम्बन्ध लाग्दछ फिका !
    ✍️
    साहित्य प्रेमी
    धनगढी
    —————<•>—————
    चारैतिर घुम्छन् आँखा
    खोज्दै न्यानो काख
    बुवा डुलेको पाखा ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी ।
    —————<•>—————
    वर्षको मात्र एकदिनमा
    सजाएर यो मुहारपुस्तिका
    हुँदैन सम्मान छिनमा ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बुबालाई
    साथ रहन्छु दिनरात ।
    ✍️
    सतिश पण्डित
    —————<•>—————
    छैनन बुवा जस्ताे
    काेही पनि संसारमा
    कसैले नमानाैँ सस्तो !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा !
    —————<•>—————
    फुटेका कुर्कुच्चा हेर
    फेसबुकमा फोटो होइन
    बाबाको दिनचर्या फेर !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    भदाैकाे मास छायाे
    आज कुसेऔँसी आउँदा
    बाबाको याद आयाे ।
    ✍️
    भवानी पोखरेल( बाबु बिराज)
    बाणगंगा १ जितपुर कपिलवस्तु
    —————<•>—————
    बुबाको मुख हेर्नू
    नपर्खनू त्यो कुसेऔँसी
    सधैँ मायाले बेर्नू ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा-२ , मोरङ
    —————<•>—————
    बालाई राखौँ मनमा
    जिउँदो देउता हुन्
    सन्देश दिउँ जनमा ।
    ✍️
    सविता भट्टराई
    जनकपुरधाम
    —————<•>—————
    नक्कली आँसु नझार
    जाऊ आँसु पुछ्न
    मुखले ठिक्क नपार ।
    ✍️
    शम्भु गजुरेल
    —————<•>—————
    बाबा आँखाको दृष्टि
    आमा हुन् जन्मदाता
    अडेको छ सृष्टि ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव2 Comments on झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

    न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

  • १६ भाद्र २०८१, आईतवार २१:४८ मा प्रकाशित
  • १४ भाद्र / काठमाडौँ
    काठमाडौँको काँडाघारी स्थित New Star Pole English School’मा यही भाद्र १४ गते एकदिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ अनि ‘समाज सेवा हाम्रो उत्तरदायित्व’ भन्ने मूल नाराका साथ उक्त शिविर शुक्रबार सम्पन्न भएको हो ।

    बुद्ध डेण्टल हस्पिटल प्रा. लि. चावहिल’, ‘बडि मालिका हेल्थ केयर सेण्टर फोर्स पार्क गोठाटार’ र ‘गान्धी कम्युनिटी अस्पताल काँडाघारीको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थी गरेर लगभग साढे ७ सय जनाले नि:शुल्क दन्त परिक्षण गराएका थिए ।

    सओ अवसरमा सेवा गर्ने अवसर प्रदान गर्दै आवश्यक सहयोग पुर्‍याएकोमा विद्यालयका प्रिन्सिपल राजिव खरेल लगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू सबैमा आयोजकले धन्यवाद ज्ञापन गरेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

    साताका तीन लघुकथा- ६२

  • १६ भाद्र २०८१, आईतवार १६:५४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६२औँ) शृङ्खलाका लागि लघुकथाकार बाबुकाजी सुवाल ‘विकेश निराशी’को लघुकथा ‘बुढो हड्डी’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘विवश’ र लघुकथाकार प्रतिज्ञा प्रतिज्ञाको लघुकथा ‘झोला’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुढो हड्डी

    ✍️ बाबुकाजी सुवाल ‘विकेश निराशी’
    एक महिनाअघि विदेशबाट फर्केको नाति सहनीलाल चार पाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा परिन् ।
    -“बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?” नथुनीले नातिलाई सोधिन् ।
    -“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।” सँगै आएका मान्छेहरूलाई बन्चराहरू र डोरी सुम्पिँदै सहनीलालले भन्यो ।

    -“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू ! नमास्नू, त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ, त्यसले । त्यही बारीको आँप तिमीहरूले खायौ, बढ्यौ, पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा ! नमास ।”
    नथुनी बज्यैले गहभरि आँसु पारेर गला अवरुद्ध गर्दै भनिन् ।
    -“अब ती आँपका रुखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” सहनीलालले बज्यैलाई सम्झायो ।
    -“हो त नि है ! यो बुढो हड्डीको के काम ?” नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।

    २०८१ भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी
    ——————-<•>——————


    २)
    लघुकथा: विवश

    ✍️ सुरेशकुमार पाण्डे
    -“साहुजी ! मेरो छोरी बिमार छिन् । कृपया मलाई पाँच हजार ऋण दिनुहोस्; मेरो तलबबाट चुक्ता गरुँला ।” सेरुले साहु मुरलीधरसँग बिन्ती बिसायो ।
    -“हेर सेरु ! मसँग एउटा फुटेको कौडी छैन यो वेला । तँलाई कसरी दिउँ ? अरू यता सुन् तँ काम नसकिकन नजानू नि ।” मुरलीधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो ।
    -“तर साहुजी मेरो छोरीको जिन्दगी दाउमा छ । उनलाई एक सय चार डिग्री जरो छ । अस्तिदेखि पैसा नभएर सदरमुकाम ठूलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रुपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु । दुई दिनको बिदा दिनुहोस् ।” सेरुले फेरि दुवै हात जोड्यो ।

    -“तीन दिनदेखि नमरेकी तेरी छोरी आजै मर्छे ? काम नसक्दै तँलाई म छुट्टी दिन सक्दैनँ । काम सकेर जा, अनि फेरि भोलि कामको बेला आइपुग नि । नत्र काममा नआए पनि हुन्छ बुझिस् ।” मुरलीले आफ्नो अडान छाडेन ।

    उता सेरु अत्यन्तै चिन्तित थियो । पाँच वर्षकी छोरी बिरामी भएकोले ‘कहाँ लिएर जाने’ भन्ने चिन्ता थियो । साहुले पैसा दिन पनि मानेन ।
    ऊ आँगनीमा व्याकुल अवस्थामा उभिएको थियो । साहु मुरलीधर कुर्सीमा विराजमान थियो ।
    -“साहुजी नमस्ते !” प्रदिप टुप्लुक्कै आइपुग्यो ।
    -“सेरु ! अर्को कुर्सी ले त भित्रबाट ।” साहुले आदेश गर्यो । सेरुले कुर्सी ल्याइदियो ।
    -“पर्दन सर ! म बस्न लाग्दैन । बरु यो दशहजार रकम राख्नुस्, अरू पछि हिसाब गरौँला ।” प्रदिपले दशहजार रुपैयाँ मुरलीधरलाई थमायो र फर्कियो ।

    सेरु मनैमन खुसी भयो । साहुसँग रुपैयाँ आयो । ‘अब मेरो छोरीको उपचार हुन्छ ।’
    -“साहुजी ! पैसा आइहाल्यो । अब मलाई मेरो तलब दिनुहोस् ।” फेरि हात जोड्दै ऊ मुरलीधरको अगाडि उभियो ।
    -“सेरु ! यो पैसा अर्कै कामको लागि हो, दिन मिल्दैन । अरू पैसा सुको छैन ।” मुरलीधरले फेरि पनि बहाना बनायो ।

    सेरुको सहनशिलताको बाँध टुट्यो । उसले मुरलीधरको हात मरक्क मर्क्याइदियो र सबै पैसा खोस्यो । घरमा अरू कोही पनि थिएनन् । त्यसपछि सेरु फटाफट घर गयो र छोरीलाई अस्पताल लगेर भर्ना गर्यो । केहीबेरमै प्रहरी लिएर मुरलीधर अस्पताल पुग्यो ।
    -“सर ! सेरुले मसँग एकपल्ट छोरी बिमार छ भनेको भए म आफैँ अस्पताल पुराइदिन्थेँ । तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन ।” मुरलीधरले छाती चौडा गराउँदै भन्यो । उता सेरुले प्रहरीलाई मोबाइलमा रिकार्ड गरेको सुनाउँदै थियोे ।

    दाङ घोराही १८
    २८-०८-२०२४(१२-०५-२०८१)
    ——————-<•>—————–


    ३)
    लघुकथा: झोला

    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    -“जाने बेलामा हाँसेर बिदा गर्नु है ” उनले भने तर उनको आँखाहरू भरिएका थिए । आँसु खस्नलाई हतार गरिरहेका थिए ।

    बुढी आमाले सकी नसकी छोराको निधारमा रातो टीका टाँस्दै आशिर्वाद दिइन् ।
    -“भगवानले तेरो सधैँ रक्षा गरुन् !”
    उनलेे श्रीमती र आमासँग बिदा मागेर जान आँटेका थिए, आमाले प्रश्न गरिन् ।
    “बाबु ! झोला गरुङ्गो छ, कसरी लग्छस् ?”

    उनले दुखी हुँदै भने ।
    -“योभन्दा त पीरको झोला बोक्न गाह्राे हुँदोरहेछ, आमा !”

    मेहेलकुना सुर्खेत
    २०८१/५/१३
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव, साताका तीन लघुकथा2 Comments on साताका तीन लघुकथा- ६२

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७१ सम्पन्न

  • १५ भाद्र २०८१, शनिबार २२:२२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    तिज
    रक्सीको दर
    संस्कृति दैवको भर !

    • वसन्त अनुभव
      [२]
      तिज
      नारीको पर्व
      हुँदैन रक्सीको गर्व !
    • बेदु न्यौपाने
      [३]
      यस्तैले
      आत्महत्या गराउँदैछ
      आफैलाई टुक्राटुक्रा बनाउँदैछ !
    • निरज कोइराला, इटहरी
      [४]
      नारी
      विकृतिको पहिचान
      तिज आयो होसियारी !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [५]
      विकृति
      विपरित काम
      परिमार्जित हाम्रो संस्कृति !
    • सविता के.सी.
      [६]
      रक्सी
      दरमा पर्दैन
      सच्चा नारी गर्दैन !
    • चक्र शाही, लम्की, कैलाली
      [७]
      तिज
      संस्कृति भन्दा
      धेरै विकृती फैलियो !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [८]
      संस्कृति
      हाम्रो पहिचान
      बचाउने सबैको काम !
    • आर्त अकुलीन
      [९]
      तिज
      पचेपछि लाज
      रक्सी दर आज !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [१०]
      संस्कृति
      नेपालीको पहिचान
      नभित्र्याउँ हामीले विकृति !
    • सरस्वती वली
      [११]
      तिज
      भयो विकृति
      भित्र्यायो छाडा संस्कृति !
    • दीप गोले तामाङ, रौतहट
      [१२]
      विकार
      तिजको नाम
      रत्यौली बनाउने काम !
    • पृथक प्रकृति, झापा
      [१३]
      आधुनिक
      तिजको दर
      रक्सीले दिन्छ भर !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [१४]
      तिज
      रोकौँ विकृति
      बदलेर मनाउँदै आकृति !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [१५]
      कदर
      छ तिजको ?
      नाच गर्नुपर्छ बदर !
    • नागेन्द्रप्रसाद यादव
      [१६]
      तिज
      खाने दर
      कस्ताे आयाे लहर ?
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धीखर्क-२, कुर, अर्घाखाँची
      [१७]
      तिज
      नेपाली पहिचान
      पूँजीपतिहरूले गर्दा गिरावट !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [१९]
      तिज
      नारीको पर्व
      नखाउँ हानिकारक चिज !
    • धनमाया चौधरी, कैलाली
      [२०]
      तिज
      चेलीहरूको हतास
      छाडा संस्कृतिकाे बतास !
    • रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [२१]
      बिग्रेका
      यिनै नारीहरू
      बेइज्जती धर्तीका भारीहरू !
    • सरिता सेढाई, धादिङ
      [२२]
      दर
      रक्सी खानेको
      के होला भर ?
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [२३]
      कठैबर
      ठाडो घाँटीमा
      खाएछन् तिजको दर !
    • विवश पारदर्शी, झापा
      [२४]
      तिज
      रोपौ अब
      संस्कारको अनुपम बिज !
    • दीपा समभाव, खोटाङ्ग
      [२५]
      संस्कार
      हराउँदै व्यथितिले
      गाँज्यो भड्किला रीतिले !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [२६]
      तिज
      महिलाको चाड
      मौलिक संस्कृतिको सत्यानास !
    • रघु थापा, सु न पा -१
      [२७]
      विकृती
      कस्तो आयो
      भड्किलो संस्कृति बनायो !
    • मङ्गला उपाध्याय
      [२८]
      तिज
      उच्छृङ्खल पर्व
      छैन कुनै गर्व !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा-३, काभ्रे
      [२९]
      संस्कृति
      बढेको विकृति
      मासिँदै हाम्रो पहिचान !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, दीपनगर, कैलाली
      [३०]
      तिज
      नारीको खुसी
      बचाऔँ हाम्रो संस्कृति !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
      [३१]
      तिज
      नारीको नाच
      मिलेर बचाऔँ संस्कृति !
    • कविता आचार्य, कैलाली
      [३२]
      तिज
      नबिर्स संस्कृति
      भित्र्याउन हुँदैन विकृति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३३]
      तिज
      नारीको नाच
      मिलेर बचाऔँ संस्कृति !
    • कविता आचार्य, कैलाली
      [३४]
      तिज
      संस्कृतिकाे बिज
      नारी साैभाग्यकाे कामना !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३५]
      तिज
      भित्र्याउँदै विकृति
      मदिरालाई मान्दै संस्कृति !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [३६]
      दर
      दुधकाे तर
      भए चेलीबेटी पर !
    • भवानी घिमिरे, सर्लाही
      [३७]
      मानेर
      परम्परागत मनाउने
      तिजको संस्कृति थामेर !
    • दुर्गा आचार्य, मोरङ
      [३८]
      तिज
      राेप्दैछन् बिज
      नारी अस्मिताकाे रुख !
    • राेशन पराजुली, धरान
      [३९]
      तिज
      चलेकाे चलन
      सबैकाे जित पर्व !
    • भाेलामान बर्देवा

    धरान-८, सुनसरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७१ सम्पन्न

    पानसद्वारा साउदी अरबमा तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न!

  • १४ भाद्र २०८१, शुक्रबार १७:१९ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रबासी नेपाली एकता समाज
    पानसद्वारा नेपालीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा बृहत सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।


    हिजो शुक्रबार साउदी अरबको पूर्वी क्षेत्र दमामको होलिडे रेस्टुरेन्टको हलमा भएको उक्त कार्यक्रममा पूर्वी क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दिदीबहिनीहरु तथा दाजुभाई भेला भई उक्त कार्यक्रमको शोभा बढाएका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर5 Comments on पानसद्वारा साउदी अरबमा तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न!

    साउदी अरबमा हुने तिज विशेष कार्यक्रममा चर्चित गायिका प्रीती आले आउदै।

  • १३ भाद्र २०८१, बिहीबार १८:१६ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले साउदी अरबको पूर्वी क्षेत्रमा हरितालिका तिज कार्यक्रम मनाउने भएको छ।

    संघले चर्चित गायिका प्रीती आलेको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रम गर्ने भएको हो भने उक्त कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने बताईएको छ।
    कार्यक्रम ०६ सेप्टेम्बर २०२४ (भाद्र २१ गते) का दिन बिहान ११:०० बजे देखी साँझ ५:०० बजे सम्म सादी रिसोर्ट सफ्वा, जुबेल हाईवे, दम्माम साउदी अरबमा हुने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबर4 Comments on साउदी अरबमा हुने तिज विशेष कार्यक्रममा चर्चित गायिका प्रीती आले आउदै।

    विशेष झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न

  • ११ भाद्र २०८१, मंगलवार २१:०६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-


    १)
    नटखट कृष्ण काले
    गोपीनीको मन मुटुमा
    चट्ट डेरा जमाइहाले ।
    ✍️
    वसन्त अनुभव

    घोराही, दाङ

    २)
    श्रीकृष्णको मुरली साधना
    आज कृष्ण जन्माष्टमीको
    सबैमा मङ्गलमय शुभकामना !
    ✍️

    बेदु न्यौपाने

    ३)
    श्रीकृष्ण जन्माष्टमी मनाएँ
    सबैलाई शुभकामना छ
    पूजा गरेर जनाएँ !
    ✍️

    अम्बिका अधिकारी

    ४)
    कृष्ण जन्माष्टमीको शुभकामना
    शक्तिको अपरम्पार उनी
    गरौँ शुध्दताले याचना !
    ✍️
    शोभा आचार्य गौतम

    काठमाडौँ

    ५)
    श्रीकृष्ण जन्माष्टमी मनाउँदै
    एकमाथि छन् अनेक
    झिल्का कविता बनाउँदै !
    ✍️
    रबि पाैडेल

    दक्षिण भारत पाण्डेचरी

    ६)
    पिरतीमा देखिन्छन् धोएका
    अछुतो देखिन्नन् कोही
    भेटिएनन् संसारमा नरोएका ।
    ✍️

    चुडामणी देवकोटा

    ७)
    अष्टमीको मनोरम पर्व
    मनाउँदै रमाउँदै हामी
    सबैले गरौँ गर्व !
    ✍️

    मोती सुब्बा

    ८)
    अत्याचारको अन्त्य गर्ने
    अलौकिक शक्तिका धनी
    गर्छन् सबैलाई मनपर्ने !
    ✍️

    कला ढकाल

    ९)
    हिन्दुले मान्ने पर्व
    तीजको छेउछाउ पर्ने
    सबैलाई लाग्छ गर्व !
    ✍️

    भगवती दवाडी, झापा

    १०)
    श्रीकृष्ण जन्माष्टमीको दिन
    मानेर चाडको रूपमा
    मनाउन भए तल्लीन !
    ✍️

    पृथक प्रकृति, झापा

    ११)
    काले कृष्ण गोपाल
    जगतभरि तिम्रै चर्चा
    हे देवकी नन्दलाल !
    ✍️
    सुनगाभा पोखरेल

    नेपालगन्ज

    १२)
    चुनौतिको गरौँ सामना
    सबैमा सफलता मिलिरहोस्
    श्रीकृष्ण जन्माष्टमीको शुभकामना !
    ✍️

    पुष्पा राई, खाेटाङ

    १३)
    पुगोस् सबको चाहना
    श्रीकृष्ण जन्माष्टमीको सबैलाई
    हार्दिक हार्दिक शुभकामना !
    ✍️
    वेल थोकर तामाङ

    मकवानपुर, बकैया, कर्माया

    १४)
    हिंँड्छन् बाँसुरी बजाउँदै
    काले कृष्ण नक्कले
    सैयौँ गाेपीनी कजाउँदै ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर

    १५)
    बन्दैनन् पोशाक लगाई
    बालख कृष्ण बन्छन्
    केवल कुसंस्कार भगाई !
    ✍️
    सुरेशकुमार पाण्डे

    दाङ घोराही १८

    १६)
    कृष्णको शरणमा जाऔँ
    मनको शुद्धताको लागि
    भजन कीर्तन गाऔँ !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-क्यानडा,क्यालगरी।

    १७)
    मनको गहिराइलाई बुझ्ने
    ज्ञान दिए कृष्णले
    अन्तर मनसङ्ग जुझ्ने ।
    ✍️
    दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    १८)
    मन भए पवित्र
    बनाउछन् भन्छन् उनैलाई
    कृष्णले परम मित्र ।
    ✍️
    सीमा कार्की समर्पण

    मेलचोक पर्सा

    १९)
    कृष्ण जन्माष्टमीको कामना
    फैलिरहोस् सुगन्धको सुवास
    पुराहोस् सबैको मनोभावना !
    ✍️

    कृष्ण बजगाई

    २०)
    गर्छु श्रीकृष्णमा बन्दना
    आफ्नै आस्थाको संस्कार
    श्रीकृष्ण जन्माष्टमीको शुभकनमना !
    ✍️

    ऋजु दिल्पाली

    २१)
    चोरेर खाने दही
    हरे ! कृष्ण मुरारे
    मान्ने हामी सही ।
    ✍️

    नागेन्द्रप्रसाद यादव

    २२)
    कृष्ण जन्माष्टमी आज
    सबैलाई सुखी राख्नू
    हाम्राे बचाउनू लाज !
    ✍️
    सविता भट्टराई

    जनकपुर

    २३)
    कृष्ण मुरली बजाइदेऊ
    तिम्रो गर्दछु आराधना
    देशबाट कंसलाई हटाइदेऊ ।
    ✍️
    सतीश पण्डित

    भानु६ चुँदी तनहूँ

    २४)
    पहिरन भएपनि साधा
    साह्रै सुन्दर देखिएकी
    कृष्णकी प्यारी राधा !
    ✍️
    काजल न्यौपाने

    भोजपुर,बोखिम।

    २५)
    विष्णुको रूप लिएर
    विभिन्न लिला देखाउथे
    चोरीचोरी दही पिएर ।
    ✍️

    ललिता गिरी सिन्धुली

    २६)
    असत्यको संहार गर्न
    आउनू कृष्ण फेरि
    विश्वमा मानवता भर्न ।
    ✍️
    सुस्मिता अधिकारी

    काठमाडौँ

    २७)
    श्रीकृष्णको मुरलीको धुन
    सुनेर गोपिनीहरू मख्ख
    बजाउने भगवान हुन ।
    ✍️

    धनमाया चौधरी

    २८)
    मनमा श्रीकृष्णको नाम
    हुंँदैन कहिल्यै अनिष्ट
    फत्ते हुन्छन् काम !
    ✍️

    लोकबहादुर क्षेत्री

    २९)
    नदेऊ आँसु झर्न
    अधर्मी धेरै भए
    आइदेऊ उद्दार गर्न ।
    ✍️
    अन्मोल मुस्कान

    तकदाह छाउनी, दार्जिलिङ।

    ३०)
    कृष्ण कृष्ण बोलेर
    भजन गाऔँ सबैले
    हृदय यो खोलेर !
    ✍️
    त्रिलोचन भण्डारी

    मेचीनगर,झापा

    ३१)
    कृष्णको भजन गाउँदै
    भक्तजन बसेका छन्
    श्रीकृष्ण अष्टमी मनाउँदै ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    ३२)
    कृष्णाष्टमीको हार्दिक शुभकामना
    सुखशान्तिसँग बाँच्ने रहरहरू
    पूर्ण होउन् मनोभावना !
    ✍️

    गुणनिधि घिमिरे, अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव2 Comments on विशेष झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ सम्पन्न

  • ११ भाद्र २०८१, मंगलवार २०:५१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    डम्फु तिमी बजाउॅंछौ
    केही नसोची दायाँबायाँ
    आखिरीमा के पाउॅंछौ ?
    २,
    बोकेर एउटा आनीबानी
    हात्तीको दाँत देखाउॅंछौ
    भन्न नपाइएला पानी ।
    ३,
    अन्नपानीले बाँचेको ज्यान
    अहम् भावना किन ?
    हृदयबाटै गरौँ योगदान ।

    • म्यामराज राई
      …
      १,
      माटोमा जन्मिएर हामी
      नगरौँ हेला कसैलाई
      नभनौँ दमाई, कामी !
      २,
      रगत एउटै हुन्छ
      काटे सबैको रातो
      गालीले मुटु छुन्छ ।
      ३,
      चुहिने छाता हातमा
      छेकिॅंदैन पानि पनि
      कति हिॅंडाउनु साथमा ?
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      सबैको एउटै धरती
      टाढा नजिक छैनौ
      होस् सबैको अग्रगति।
      २,
      माया बसोस् गाढा
      रगत सबैको एउटै
      नभनौँ नजिक टाढा।
      ३,
      फूलको बास्ना मिठो
      सबैलाई दिने उही
      नलागोस् कसैलाई टिठो।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      जातीय विभेद नगरौँ
      मानव हामी एउटै
      मनमा ज्ञान भरौँ ।
      २,
      आफ्नो संस्कार बचाऔँ
      सबैले बुझ्ने गरौँ
      इतिहासको बाटो रचाऔँ ।
      ३
      भलाई हुन्न डम्फुले
      काम गरेर देखाऊ
      बजाउँछ डम्फु लम्फुले ।
    • वेदु न्यौपाने
      …
      १,
      तिज पर्व आयो
      दर खाँदै खुसी
      महिना नै बितायो ।
    • ताराप्रसाद चापागाईँ
      …
      १
      एक हातले ताली
      बज्दैन भन्ने बुझ्दैनौ
      भेट्छौ समाजको गाली ।
      २
      हिंसा अहंभावना लोभ
      काम क्रोध ईर्ष्याले
      दुनियाँदारमा बढ्दछ क्षोभ ।
      ३
      सक्छौ गर सत्कर्म
      अपराध नगर कहिल्यै
      कम्तिमा थाम्नु स्वधर्म ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १
      परम्परा त्यागेर किन ?
      विकृति फैलाउँदै यसरी
      सम्झेर लाग्छ घिन।
      २
      तीन दिनको पर्व
      महिना दिनभरि मनाउने
      कसरी गर्नु गर्व।
    • सङ्गीता खरेल, काठमाडौं
      …
      १,
      कतै तिजको लहर
      कतै डम्फुको ताल
      विविधताको काठमाडौं सहर !
      २,
      चल्नु हुँदैन कुसंस्कारमा
      हुनुपर्छ नि बहस
      जातमा होइन विचारमा !
      ३,
      कसले बुझ्छ मोल
      पेलिनुपर्छ निर्धाले मात्रै
      रूप फेर्दैछ कोल !
    • दीपा समभाव, दुबेकोल खोटाङ्ग
      …
      १,
      बसी खाने ठालु
      किसानलाई दु:ख दिए
      फुट्ला तिम्रो तालु।
      २,
      परिश्रमले धन कमाउनु
      सुखमय जिन्दगी बनाई
      हर्ष उल्लासले रमाउनु।
      ३,
      तिजको लहर आयो
      दर खाने निउॅंले
      महिना दिन बितायो ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      पत्रकारिता कमाउ धन्दा
      नबनाऊँ सचेत बनौँ
      धनले इमान् मन्दा।
      २,
      फोहोर भयो राजनीति
      अराजक भए लिडर
      सफा हुँदैन सितिमिती।
      ३,
      पहेँलो सेतो पोशाक
      बेइमान लुक्ने टालो
      बनाए सत्य खाक।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      नौमती बाजा बजाएर
      आजै घर भित्र्याउॅंछु
      तिमीलाई डोलीमा सजाएर ।
      २,
      भनेको मान खुरुक्क
      धेरै जिद्दी गरेमा
      बोकेर लैजान्छु जुरुक्क ।
      ३,
      नसुन अर्काको कुरा
      मनमा भएका रहरहरू
      सबै गरिदिन्छु पूरा ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
      …
      १,
      सेलोमा डम्फु बजाउॅंछु।
      डम्फु तामाङको चिनारी ।
      यसैमा पहिचान पाउॅंछु ।
    • वेल थोकर तामाङ
      …
      १,
      मलाई जालमा पार्यौ
      बस्यौ विदेश गएर
      धुरुधुरु रुवाइ मार्यौ।
      २,
      यति सुन्दर देश
      हाम्रो कारणले त
      बिग्रँदै गयो परिवेश।
      ३,
      छैन हाँसो ओठमा
      नलागे पनि विश्वास
      गर्नुपर्ने कालो कोटमा।
    • सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      खोलेर बात मनको
      कुरा गरौँ मिलेर
      भलो हुन्छ जनको।
      २,
      दिल छोयो मेरो
      राम्रो तिम्रो कुराले
      नाच्यो नयन सेरोफेरो।
      ३,
      फूलको बिरुवा रोपेको
      आहा! बगैंचामा सुन्दरता
      देखियो धर्तीलाई छोपेको ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा
      …
      १,
      गरेर काम खास
      खुसीले हरेक मनमा
      हुन्छ ईशको बास !
    • आर्त अकुलीन
      …
      १,
      देशमा जताततै पहिरो
      गाउँ भयो युवाविहीन
      समाजमा चिन्ता गहिरो।
      २,
      देशमा भ्रष्टाचारको जालो
      देश छाडेर नजाऔॅं
      समाऔॅं फटाहाहरूको कठालो।
      ३,
      घरबारीमा सुन फल्छ
      युवाहरू एकमतले उठ
      भ्रष्टाचारीको सत्ता ढल्छ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      बोकेर डरको भारी
      कतै पनि अब
      सुरक्षित छैन नारी ।
      २,
      कस्तो हुन्छ दृष्टिमा
      सुरक्षित छैन कतै
      छोरी नजन्मिऊन् सृष्टिमा ।
      ३,
      सबै अघि सर्नुपर्छ
      अन्त्य गर्न ज्यादती
      हामी लक्ष्यमा लागिपर्नुपर्छ ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      कहिलेसम्म बस्ने मागी
      यी देशद्रोही कहिल्यै
      सोचेनन् देशको लागि ।
      २,
      देशमा अँध्यारो छायो
      एमसीसी र एसपीपीले
      अमेरिकी सेना आयो ।
      ३,
      सकिन्न कहिले छेकेर
      दलालहरू मोटाएका छन्
      युवा सबै बेचेर ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      नेपाली माटो भुलेर
      किन त्यतै रमायौ
      उमेर गयो डुलेर!
      २,
      किन दास बन्दैछौ
      पसिना बेचेर रमायौ
      नेपाल हाम्रो भन्दैछौ ।
      ३,
      फर्केर आउलौ नेपाल
      उजाड बनाए देशयो
      बनाउँ सुन्दर विशाल!
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      धनको धेरै खोजीमा
      आफैलाई कहिले नबेचौं
      केही नरहोस् गोजीमा।
      २,
      प्यार थियो राधामा
      घृणाको जिन्दगी नबिताऔॅं
      सकियोस् जीवन आधामा।
      ३,
      पसिनाको कमाई रसिलो
      धर्य राखौं मनलाई
      इज्जत बाधौँ कसिलो।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
      …
      १,
      हाँसो बालापनले पायो
      समय बलवान् हुन्छ
      खुसी जिम्मेवारीले खायो ।
      २,
      सबै समयको खेला
      परिस्थिति वक्र भएपछि
      लाग्छ चुनौतीको मेला !
      ३,
      मानसिक अपाङ्ग हुन्छ
      अन्धभक्त कार्यकर्ता हुँदा
      मुलुक एक्लिॅंदै रुन्छ ।
    • ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
      …
      १,
      तिथि पाइने पात्रो
      जिउँदो रहँदा कहिल्यै
      किन्न नपाइने कात्रो।
      २,
      संस्कारमा जीवन सारौँ
      मनमा प्रभु बन्दना
      जीवनलाई मात्र सुधारौँ ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      श्रीमती सुन सम्झेर
      तिजमा रुन्छिन् बरै !
      आमा नुन सम्झेर।
      २,
      गरिबीको कथा भयो
      नामर्दको श्रीमती बनेछु
      रहरहरू सबै गयो।
      ३,
      धनबिना मधुवन कसरी ?
      निमोठेर रहर कल्पना
      रहरहरू ढल्दैछन् यसरी।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      कति गाह्रो भयो
      कथाको माध्यमबाट बुझ्नु
      जिन्दगी बितेर गयो।
      २,
      आशा गरे मनमा
      फेरि उठेर जानेछु
      नाम कमाउँछु धनमा।
      ३,
      लेख्छु झिल्का यहाँ
      मनको कुराहरू राखेर
      तिमी छौ कहाँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      रमाइलो गर्ने आयो
      चेलीहरूका खुसीको समय
      सबैको हाँसो छायो।
      २,
      तिजको गीत गाउॅंदै
      महिना दिन रमाउछ
      देशमा विकृति फैलाउॅंदै।
      ३,
      सच्चा सपूत देशमा
      खोजीरहेछ सबै जनताले
      गौतम बुद्धको भेषमा।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      गाढा बनोस् माया
      सुखदु:ख भए नि
      जीवनमा नपरोस् छाया ।
      २,
      पिपलको सितल छाया
      छुटनु हुँदैन सानू,
      हाम्रो बसेको माया ।
    • मन थापा, पोखरा २१ बक्रेक
      …
      १,
      स्वास्थ्यलाई हुने हित
      गुर्जोको सेवन गर्दा
      हुन दिॅंदैन सङ्क्रमित ।
      २,
      हिंसाको खबर आयो
      जतिसुकै असुरक्षित नारी
      जनमानसमा कहर ल्यायो ।
      ३,
      आफ्नो समस्या गम्भीर
      अरूको चाहिँ धुलो
      अछामको भए दानवीर ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      टाढा हुन्छु भन्छौ
      मेरो माया मारेर
      पाइला अन्तैतिर गन्छौ।
      २,
      सदनमा होडबाजी चलेको
      भ्रष्टाचारी नेताको अभिनयमा
      सोझा जनता ढलेको।
      ३,
      साँच्चै छैन सरम
      सदनमा बस्ने मान्छेको
      छैन गतिलो इलम।
    • कला ढकाल झापा
      …
      १,
      नगर्दा कसैको हानी
      दोष लगाइदिन्छन् यहाँ
      निर्दोषलाई सबै जानाजानी ।
      २,
      परेको बेला बिरामी
      कसलाई बोलाउँदा राम्रो
      डाक्टर या धामी ?
      ३,
      टुट्न सक्छ मन
      अरूको कुराले यहाँ
      गर्नु सदैव जतन ।
    • अमृत कोइराला, पोखरा -१८,चंखपुर
      …
      १,
      सुरक्षित छैनन् नारी
      गरिखान छ गाह्रो
      बोकेर डरको भारी ।
      २,
      कुम्फु कराँते सिकेर
      हतियार आत्मरक्षाको निम्ति
      दैनिक समय झिकेर ।
      ३,
      गोप्य हतियार मानेर
      लाइसेन्स झोली नपर्ने
      सुरक्षित रहौं जानेर ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      जिन्दगी प्रकृतिको जिम्मेवार
      ल्यायौँ न लानु
      निरन्तर चलिरहन्छ, दमदार!
      २,
      बाटो बनएर हिँड्नु
      सङ्घर्ष छँदैछ त्यहाँ
      आफ्नो कमजोरीसँग भिड्नु!
      ३,
      सुखदुःख जीवनको पाटो
      जीवनमा रोज्नु पर्ने
      छुट्टा छुट्टै बाटो!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      विकृत भयो तीज
      ह्विस्की बियर बाहेक
      देखेन खाने चिज ।
      २,
      तीज पर्व मनाऔँ
      भड्किलो नगरी संस्कृति
      भव्य सभ्य बनाऔँ ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      पर्व यो हरितालिका
      मनाउन थाले आजभोलि
      नगर तथा गाउँपालिका ।
      २,
      महिलाकाहरूको महान चाड
      हिजोआज पुरूषसँग नाच्दा
      मस्कियो नारीहरूको ढाड ।
      ३,
      चलन खाने दर
      तिथिमिति छैन कुनै
      कसको पर्ने भर ?
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      जिन्दगी चलाउन सघाऊ
      समस्याको हुरिबाट मित्र
      ती आफन्तहरूलाई बचाऊ ।
      २,
      दु:ख नगर बढार्न
      आफै बढारिन्छ धुलो
      पर्दैन तिमीले झार्न ।
      ३,
      सङ्गतले मति बिग्रियो
      ओरालोमा हिॅंडिरहेको जिन्दगी
      चोर चोरीबाटै पक्रियो ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      रहर तीजमा नाँच्ने
      उफ्रेर बाडुली कम्मर
      मर्काइ मर्काइ भाँच्ने ।
      २,
      विकृति बढेर आयो
      तीजको नचाहिँदो गीत
      दुनियाँ यसरी हसाँयो ।
      ३,
      माइती घर जानुछ
      दिदी बहिनी मिलेर
      दर पकाएर खानुछ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      कुकर्मको काम गरियो
      तिनै कामको परिणामले
      नराम्ररी तल झरियो।
      २,
      उपदेश दिनलाई सजिलो
      देखाउनै गाह्रो कामगरेर
      दुखिरहन्छ फिलाको पिलो।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      कुरा अधिक राम्रो
      चाला निकै तुच्छ
      बिगार्यो छवि हाम्रो ।
      २,
      लेख्छ आफै मेट्छ
      कस्तो दुइजिब्रे चाला
      तब गोदाइ भेट्छ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      मनाउनु पर्छ तिज
      संस्कार संस्कृति र परम्पराको
      मास्नु हुँदैन बीज।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      संसारमा ठुलो माया
      सक्छौ भने तिमी
      दिएर बस्नु छाया ।
      २,
      धनीलाई मात्रै मान्छन्
      भन्छन् नि भन्नलाई
      सन्तोष ठुलो ठान्छन् ?
      ३,
      तिम्रो माया लाग्छ
      भन्नेले भनोस् जेसुकै
      रातभरि आँखा जाग्छ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
      …
      १,
      धन कमाउने बहानामा
      बालबच्चा बिचल्ली पारी
      बिलासिता जीवनको चाहामा ।
      २,
      हिराको महत्त्व नबुझ्ने
      बिदेशमा पसिना पोख्ने
      ठेस लाग्दा सुझ्ने ।
      ३,
      विदेशी भूमि हराभरा
      स्वदेशमा सिन्को नभाँच्ने
      उसैको बारी जरा ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      तीजमा अब रमेर
      मनाऔॅंला चाड यसपालि
      आफन्त सबै जमेर ।
      २,
      दुःख पीडा भुलेर
      बाँडौँला खुसी भेटमा
      एक अर्कामा खुलेर।
    • पुष्पा राई, खाेटाङ
      …
      १,
      सकारात्मक भए पालक
      सुन्दर शब्द सिकाऔॅं
      असल बन्छ बालक ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      रमाउने दिन आए
      तिजको गीत सुनेर
      नाच्नेहरू धेरै रमाए।
      २,
      मिठा सुरिला भाकामा
      गाउॅंछन चेलीले गीत
      नाच्दै भिर पाखामा।
    • सुनगाभा पोखरेल, हाल:नेपालगन्ज
      …
      १,
      सभ्य भाषाका गीत
      गाएर भुलौँ पिर
      पुरातन तिजको रीत ।
      २,
      विडम्बना छाउॅंदै तिजमा
      सुरापान मस्ति नहोस्
      लिएर डान्सबार लिजमा ।
      ३,
      नारीको ठुलो पर्व
      हरिको गरेर पूजा
      मनाउॅंदा हुने गर्व ।
    • हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला,सल्यान
      …
      १,
      दुःखमा आत्तिने बानी
      धैर्यता र साहसले
      जीवन चल्छ सानी ।
      २,
      पितापुर्खाको आशिष् पाएर
      छॅंदैछ मनमा संकल्प
      सधैँ कोसिस गरेर ।
      ३,
      शान्तिको दीप जलाई
      सधैँ उज्यालो पार्नुपर्छ
      आफूभित्रको आफ्नो मनलाई ।
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      फूलको रस चुसेर
      लोभी भवरा उड्यो
      गयो बोट सुकेर ।
      २,
      बिहान बेलुका रातमा
      सम्झना झल्झली आउँछ
      तस्बिर उनकै हातमा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      कसैको भएन भर
      घमण्ड चुलिएपछि यहाँ
      सिन्दुरबाटै मारिने डर !
      २,
      अनपेक्षित खबर लेखियो
      अनुशासनको पाठ सिकाउन
      छोरालाई आवश्यक देखियो।
      ३,
      आफन्त सारालाई रुवायो
      भरिएपछि रिसको घडा
      आफ्नै जिन्दगी डुबायो ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      घन्काउॅंदै सन्देशको मन्दरा
      नविनतम लघुकाव्य झिल्काले
      छिचोलोस् कुना कन्दरा l
      २,
      ओजिला होउन् शब्द
      झिल्काको भाव बुझेपछि
      पाठक बनून् स्तब्ध l
      ३,
      आआफ्नो ठाउँमा बसी
      झिल्का कविता कोरौँ
      पोखेर भावको मसी l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      आयो भन्दै तिज
      गीत गाए कलाकारले
      रोपेर विकृतिको बीज ।
    • चन्द्रकली राना मगर, नौबहिनी -३, प्युठान
      …
      १,
      सपना सुन्दर सबै
      निन्द्रसँगै सबै मेटियो
      विपना बेहाल कठै !
      २,
      उ मौन बस्छ
      शब्दहरूले ऐॅंठन पार्दै
      मेरो गला कस्छ।
      ३,
      कुराहरू सङ्लो छैन
      विश्वास नगर्नु कसरी
      उनी पराई हैन।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १,
      मुटुको घाउ देखिन्न
      याद गर हत्केलाले
      कहिल्यै सूर्यलाई छेकिन्न ।
      २,
      मनभरि पीडाको झोला
      थाहा छैन जिन्दगी
      कहाँ अन्त्य होला ।
      ३,
      मनको मैलो फाल्न
      न सकेँ सिलाउन
      न सकेँ टाल्न।
    • ललिता गिरी सिन्धुली (हाल काठमाडौं नेपाल)
      …
      १,
      काक्रोले गर्मी भगाउँछ
      पानीको मात्रा पुराई,
      ग्यास्टिकलाई रोक लगाउँछ ।
      २,
      स्वास्थ्य स्वस्थ बन्छ
      काक्रो खाँदा जहिल्यै ,
      रक्तचाप ठिक रहन्छ ।
      ३,
      शरीर निरोगी बनाऔॅं
      धेरै फाइदा पाइने,
      काक्रो सधैंभरि खाऔॅं ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      आयो तिजको लहर
      भोक भोकै व्रत बस्दै
      रमाइलो दार्जिलिङ सहर ।
      २,
      आयो तिज पर्व
      माइती जाने लहर
      सबैले गरौं गर्व ।
    • प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ
      …
      १,
      समाजको जन्जिर तोडेर
      एक बनौं हामी
      प्रेमिल हृदय जोडेर ।
      २,
      दुनियाँ संसार भुलेर
      मिठो सुवास छरौँ
      फूलझैँ सुन्दर फुलेर।
      ३,
      बनोस् प्रेम गीत
      चोखो माया गर्नेको
      सदैव हुन्छ जीत ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      गौरा पर्व आयो
      आम नेपालीको माजमा ,
      सधैँ खुसीले छायो ।
      २,
      गौरामा खुसी हर्ष
      खेल्न बोल्न पाउँदा,
      सकियो अन्तिम निष्कर्ष ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      राष्ट्र पहिचान हाम्रो
      हामी सबै मिलेर
      बनाउँ देश राम्रो ।
      २,
      हुन् संस्कृति कृति
      कदापि भित्रनु हुन्न
      हस्तक्षेपी ती प्रवृति ।
      ३,
      देखासिकी गर्न छोडौँ
      समाज विकास गर्न
      अन्धविश्वासका पर्खाल तोडौँ ।
    • जयनारायण नेपाल, इलाम, (हाल सूर्य विनायक -२, बालकोट ,भक्तपुर)
      …
      १,
      हातमा छ मोबाइल
      भएन झिल्का राम्रो
      नखुल्दा स्मरणको फाइल ।
      २,
      आज झिल्का जुरेन
      समय धेरै बित्यो
      शब्दहरू फुर्दै फुरेन ।
      ३,
      लिखत पक्का हुन्छ
      भावनामा विकार आए
      कानुनले पनि छुन्छ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      पञ्च बिरुडा भिजाई
      पञ्चदेवलाई साक्षी राखी
      पुजिन्छ गौरा देवीलाई ।
      २,
      दुलही जस्तै बजाउँदा
      मन शान्त हुन्छ
      गोर्या कथा सुनाउँदा ।
      ३,
      गौरालाई शिरमा राखेर
      उपासिका लोरी गाउँदै
      रमाइलो गर्छन् नाचेर ।
    • नन्दा धामी, नौगाड दार्चुला
      …
      १,
      महान् हुन् ईश
      अब कसले पत्याउने
      नसुनाऊ उठ्छ रिस ।
    • सुरेश कार्की
      …
      १,
      तिजको दर पाक्दैन
      अब त घरघरमा
      नाचेर चेली थाक्दैन ।
      २,
      तिज आयो रम्मझम
      लाग्न थाल्यो अचम्म
      सबै चेली छमछम ।
    • इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३
      …
      १,
      धन मात्र सॅंगाल्छ
      लोभले सत्य देख्दैन ,
      असन्तोषी जीवन अँगाल्छ ।
      २,
      दुवैतिर उनी ठिक्क
      फाइदा लिन्छिन् धेरैसँग ,
      सोझा पर्छन् दिक्क।
      ३,
      शरीर बुढो होला
      सम्पत्ति बोझ लागेर ,
      मानवीय भावनाले छोला।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      ढुङ्गोमा जीवन देख्नेहरू
      रक्ताम्य छन् आजकल
      दु:खका कथा लेख्नेहरू !
      २,
      अनेकौँ थरी थालमा
      आश्वासनका छन् परिकार
      जनता नेताको जालमा !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      आमाको हातको ढकनी
      माली गाईको घ्यू
      खानलाई बिदा मगनी ।
      २,
      जीवन अर्कैको हातमा
      दासत्व अन्त्य भएन
      विभेद लिङ्ग साथमा ।
    • ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
      …
      १,
      हाँसौँ, खेलौँ, रमाऔॅं
      वर्ष दिनको तिजमा
      आफ्नै संस्कृति समाऔॅं ।
      २,
      विसङ्गति, विकृति हटाई
      खानुपर्छ तिजैको दर
      आफ्नै संस्कृति जोगाई ।
    • उर्मिला के.सी, धनकुटा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P