• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २३:०७ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    राई माइलाको गाउॅं
    कुर्सीमा लडाइॅं भइरहे
    उजाड बन्छ ठाउॅं ।
    २,
    ऊ मुस्कुराउनलाई मुस्कुराउॅंछ
    दुनियाँ छ बेमतलब
    दु:ख पसिनामा बगाउॅंछ ।
    ३,
    पाएमा अलकत्रा खान्छु
    सोचेँ, सित्तैको बेसाहा !
    मेहनतले दैनिकी धान्छु ।

    • म्यामराज राई
      …
      १,
      गर्नुगर्‍यो ऎनाले यार
      भ्रष्टाचारी खोज्दै थिएँ
      देखायो आफ्नै अनुहार !
      २,
      मिलेर खाउँ पालैपालो
      सकेसम्म छिराऔँ सत्तामा
      भाइ, भतिजा सालो !
      ३,
      गुन्डागर्दी एउटै नीति
      पार्टी झन्डा अलगअलग
      भ्रष्टाचारको बस्यो थिति ।
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४ दाङ
      …
      १,
      स्वार्थ बाँडेर पालो
      राष्ट्रिय सम्पत्ति सके
      खान गर्छन् हातेमालो !
      २,
      बाढी पहिरोले सताएको
      राहत दिनु छैन
      मुखले मात्रै बताएको ।
      ३,
      राज्यसत्ता दलाल भयो
      आर्थिक उन्नति छैन
      ऋण बढेर गयो ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      गरौँ आफैँले हिम्मत
      नजान्दाको परिणामले यहाँ
      नहोस् कसैको हबिगत।
      २,
      आँट गर्दको परिणाम
      एकदिन सफल भई
      अनि बन्छ काम।
      ३,
      भइन्छ गर्दागर्दै सफल
      एक पटक बिग्रिॅंदैमा
      नगरौँ है अदलबदल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछाप-सुनापति-१
      हाल:-अमेरिका, बोस्टन
      …
      १,
      पीडित जनता मरिरहे
      छैन सरकारको ध्यान
      सत्ताको पिर परिरहे ।
    • वेल थोकर
      …
      १,
      खोज्दा देशको पहरेदार
      भाग बाली संसदमा
      भेटिए विदेशीको यादगार ।
      २,
      कता खोज्ने बास
      मानिस जता गयो
      उतै खोसियो गाँस।
      ३,
      जति भागे पनि
      अगाडि ठिङ्ग उभिन्छ
      समस्या दर्शक बनी।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      राम्रो हुँदा तानातान
      बिग्रियो परिस्थिति अब
      ढुङ्गा मुढा हानाहान ।
      २,
      हुँदाहुँदै बिगार्यौ मति
      अब भन कसरी
      सुधार्छौ यो गति ?
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. – ६ संखुवासभा
      …
      १,
      हाम्रा सबै गाउँ
      सत्तामा होडबाजी चलिरहे।
      उजाड हुनेछन् ठाउँ!
      २,
      कामको कर्म गर
      सानोतिनो भन्दैन कामल।
      कर्ममा भर पर।
      ३,
      संसार जाली भएछ
      लुटपाट कमिसन खानेलाई!
      देशमा ताली गएछ।
    • बेदु न्यौपाने
      …
      १,
      मेरो प्यारो आदर्श
      भुल्न कहाँ सकिन्छ
      सम्झिॅंदा मनमा हर्ष ।
      २,
      सकेसम्म हिम्मत गर
      हातमा सीप भएपछि
      पर्दैन कसैको भर ।
      ३,
      साउन महिनाको संस्कार
      बुझ्नु केही छैन
      देखासिखी बन्यो आधार ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
      …
      १,
      देश लुट्नेको होडबाजी
      कतै छैन सुशासन
      उस्तै सबै पाजी।
      २,
      उठ युवा अब
      राष्ट्र बर्वाद भो
      राष्ट्र बन्छ तब।
    • तेजप्रसाद खनाल, लमही दाङ
      …
      १,
      प्रतिभा योग्यता छोडेर
      भाइ भतिजा भन्नेलाई
      सम्मान हात जोडेर ?
      २,
      प्रतिभाको गला कस्नेहरू
      ह्वास्स काखी गनाउँला
      काखीको न्यानोपनमा बस्नेहरू।
      ३,
      घर फर्की आए
      उजुरी सुन्ने हाकिम
      हिलोमा लतपत पाए ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ
      …
      १,
      गर्नुछ असल कर्म
      इमानदार राष्ट्रसेवक बने
      हुनेछ ठुलो धर्म ।
      २,
      देशमा बिग्रियो थिति
      सत्ता आलापालो गर्ने
      नेताले बनायो नीति ।
      ३,
      पालोपालो सत्ता चलाऔॅं
      जनताले जेसुकै भनून्
      कुकर्मको फायल जलाऔॅं ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      लुट्नसम्म त लुटे
      शक्तिको आडमा भएर,
      निर्दोष बनी छुटे ।
      २,
      रजाइँ तिनकै भयो
      जसले बदमासी गर्दै,
      सत्तामा आज गयो।
      ३,
      थालेका छन लुट्न
      अनुहार मात्रै फरक,
      सिपालु गफ चुट्न।
    • शंकर कार्की, मकवानपुर ।
      …
      १,
      घोडाको हिँड्ने चाल
      अनौठो लाग्ने सबैलाई
      पहाडमा उसको काल।
      २,
      बाध्नु मायाको डोरी
      कस्तो रमाइलो हुन्छ
      काली देखिने गोरी।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      तिमीहरू कुर्सी तानातान,
      साच्चै भेडा बनायौ
      जनतालाई छैन सम्मान ।
      २,
      भगवान आमा मेरै ,
      खायो कि खाएन,
      पिर लिन्छिन् धेरै ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      फुलेपछि फूल झर्नैपर्छ
      यी लेन्डुप दोर्जेहरुलाई
      देश निकाला गर्नैपर्छ ।
      २,
      गैरी खेत झरेर
      आउन सकिन प्रिय
      म बन्धनमा परेर ।
      ३,
      भाँडा राम्रो तामाको
      कहिले बिर्सन नसकिने
      माया मिठो आमाको ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      भ्रष्टाचार सबै नेताहरू
      कुनै अछुत रहेन
      चार दिवालभित्र केटाहरू ।
      २,
      देश लुट्नेको होडबाजी
      चमत्कार देखाउनुपर्छ हेर
      प्रथम हुनेभो काजी।
    • एवाइ प्रभात
      सहिदभुमि धनकुटा
      …
      १
      जनतालाई सधैँ पीरमा
      फेरबदलको यो राजनीति
      कहिले हुन्छ स्थिरमा।
      २
      जेष्ठ नागरिकले चलाउँदै
      देशको हविगत अब
      उठ्न नसक्ने थलाउँदै।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
      …
      १,
      नदिने बज्यैले बार्छन्
      साँझ पर्यो भनेर
      चिम्टालाई चिम्टेले टार्छन् ।
      २,
      हेरेर मन बुझाउनेहरू
      घुटुक्क थुक निलेर
      कतिपय हुन्छन् झुक्याउनेहरू।
      ३,
      सावनमा वर्त बर्सेनि
      राल चुहाउँदै खानेकुरामा
      सिद्धि होला अनि।
    • दिल ठकुरी दार्जिलिङ
      …
      १,
      हरियो चुरा लाउँला
      व्रत बसेर सोमबारको
      मन्दिर हामी जाउँला ।
      २,
      जोगाउन गाह्रो सत्ता
      बढी पहिरोमा परेर
      जनता छन् बेपत्ता ।
      ३,
      राम्रो नाम कमाऔँ
      गुरुहरूको सम्मान गर्दै
      गुरु पुर्णिमा मनाऔँ ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      सङ्कल्पमा प्रभु चयन
      कुकर्म गर्दा आफ्नै
      साक्षी हुने नयन ।
      २,
      सुकर्म मानवता धर्म
      परिश्रमको फल सुखदायी
      कल्याण हिन्दुत्व मर्म ।
      ३,
      दुष्टलाई प्रभुले दमन
      मरेर जाने चोलामा
      बेकारमा ईर्ष्या जलन ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      भयो सधैं हार
      लाग्छ मनमा छटपटी
      युद्द गरेछु बेकार।
      २,
      छैन मनमा शान्त
      जान मन लाग्छ
      खोजी ठाँउ एकान्त।
      ३,
      बन्नु असल साथी
      कोही छैन हजुर
      ईश्वरभन्दा त माथि।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      सत्ताधारीको साझा अभ्यास
      राजनैतिक खेल खेल्दाखेल्दै
      देशको स्थिति सत्यानास ।
      २,
      अनुशासनको पद्धति नबसाएसम्म
      राज्य चलाउनेहरूको बेथिति
      हेर्दाहेर्दै लागिरहेछ अचम्म ।
      ३,
      प्रजातन्त्रवादका खोक्रा नारा
      स्वतन्त्र हुँदा निरङ्कुसताबाट
      ठगिँदारहेछन् जनता सारा ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      त्रिशुलीमा पल्टेर गाडी
      नेपाली यात्रु बेपत्ता
      छामियो नेताको नाडी ।
      २,
      जनताको स्थिति बेहाल
      चालेनन् राम्रो चाल
      बुन्छन् षडयन्त्रको जाल ।
      ३,
      दुःखीले गरेर काम
      पर्याप्त पाएनन् माम
      कमाउँछन अरूले दाम ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-१, कुर, अर्घाखाँची
      …
      १,
      मध्यरातमा रुम मिलाए
      मुलुक उथलपुथल भएर
      कयौँ मानिसहरू बिलाए ।
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      नगरे बादलले घात
      हेर्नेछु आज आनन्दले
      मैले जुनेली रात ।
      २,
      जून हेर्दै टोलाउँछु
      सानी तिम्रो सम्झनामा
      एकोहोरो मैले बोलाउँछु।
      ३,
      सगैँ जून हेरेको
      याद आयो आज
      तिमीले अङ्गालोमा बेरेको ।
    • अमृत कोइराला, पोखरा -१८, चंखपुर
      …
      १,
      जिन्दगीमा घाम पानी
      प्यारीको छैन यहाँ ,
      हेर्नुहोस् नराम्रो बानी ।
      २,
      आँगनमा सजाए फूलबारी
      तिमी मलाई भेट्न ,
      आऊ घरी घरी ।
      ३,
      गर्नु होला कर्म
      राष्ट्रसेवक नै भएपछि ,
      सुरक्षा ठूलो धर्म ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      त्रासित हरिणी सुन्दरी
      समाउन सकिन्थ्यो किन
      भाला सोझ्याउँछन् कठैबरी !
      २,
      आत्माको ज्योति चम्केको
      मानवका नष्ट हृदयहरू
      भाला खुकुरीमा लम्केको।
      ३,
      बुझेनन् सज्जनले समस्त
      प्रभातकी किरणमै धब्बा
      तर्कवितर्कमा छन् व्यस्त ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      कुकुर बिराला देखेर
      आजै होसियार बनौँ
      जीवन गाथा लेखेर !
      २,
      तिमीले लेखेको कलम
      खुसीले मन सन्तुष्टि
      मलाई भयो मलम !
      ३,
      चौतर्फी गरेर छल
      तिम्रो भ्रष्ट मतिले
      गाउँघर बनायौ कल !
    • आर्त अकुलीन
      …
      १
      परिवर्तनशील हुँदोरहेछ समय,
      कस्तो जमना यो
      भाग्यो लाज, भय ।
      २
      सदन पनि कस्तो
      डाक बडाबड गर्ने
      लिलाम बजार जस्तो ।
      ३,
      गर्नै पर्यो कुरा
      माया अनि पिरतिका
      बोक्छ कुराको चुरा ।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      सारो राम्रो भयो
      ताला चाबी सबै
      चोरको हातमा गयो !
      २,
      मुखमा ताला लाऊँ
      निर्भय भै अब
      सबै मिली खाऊँ !
    • विवश पारदर्शी, झापा
      …
      १,
      परिश्रम गर्न नसके
      फलको आशा नगर्नु
      अरूको हेपाइमा नफसे ।
      २,
      फूलको बासना हुन्छ
      पुतलीले रस चुसेर
      असल व्यक्ति रुन्छ ।
      ३,
      राजनिती फोहोरी खेल
      मैदानमा लड्न सक्दैन
      कुर्सीमा सधैंभरि झेल ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      बोकेर खोक्रो नारा
      सदन भित्र देखाउँछन्
      झुटो आश्वासन सारा।
      २,
      महॅंगीले जनता मर्दैछन्
      सरकार सत्तामोहमा परेर
      अन्याय धेरै गर्दैछन् ।
      ३,
      नेता सदनमा हल्लिएका
      सोझा निमुखा जनता
      कर तिर्नमा डल्लिएका।
    • कला ढकाल झापा
      …
      १,
      पेशा गर्छ चोर
      उसैको हुन्छ दिन
      कुरा गर्छ सोर !
      २,
      कोठाभित्रको त्यो राजनिती
      बुझ्नै सकेनन् कसैले
      कालो धन्दाको रणनीति !
      ३,
      टुक्केको कुरा टुक्कैमा
      कुरा गर्छ मुखैले
      विकास गर्छ मुक्कैमा !
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      सधैं पीडा हत्तेरी
      असार गयो आयो
      साउने झरी फेरि!
      २,
      दाउरा , घाँस, पँधेरो
      गर्न गाह्रो बर्खामा
      मन हुन्छ अँधेरो!
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १,
      यता लापत्तालाई खोज
      उता गर्छन् नेताहरू
      कुर्सीमा बसेर मोज ।
      २,
      नराम्रो देशको हाल
      एक आपसमा नेताज्यूलाई
      कुर्सीमा भयो मालामाल ।
      ३,
      राजनीतिक भो लुट
      राजा आऊ देशमा
      भ्रष्टाचारीलाई छानेर भुट ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      मान्छेलाई जितेर भोकले
      युगौँ दास बनायो
      हैरानी थप्यो शोकले ।
      २,
      मोबाइल शत्रु बन्यो
      आफैंलाई बिर्सेर पो
      मान्छेले धरातल खन्यो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा ।
      …
      १,
      बाटो अवरुद्ध पहिरोले
      जतिसुकै ढ्याङ्ग्रो ठटाउनु
      सुन्दै सुन्दैनन् बहिरोले ।
      २,
      नगर्नु जाती जानाजानी
      बर्सातमा खन्याएको बजेट
      बेकार बालुवामा पानी ।
      ३,
      हुञ्जेल हेर्‍यो तमासा
      समयले नेटो काटेपछि
      हेर्दाहेर्दै पल्ट्यो पासा ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १ ,
      पोको खोलेर जोड्नु
      धोको पुर्याई सधैँ
      मित्रता कहिल्यै नतोड्नु ।
      २ ,
      जीवन हाम्रो छोटो
      सदा हाँस्नु खेल्नु
      लगाएर न्यानो भोटो ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      चिन्ताले मन खायो
      श्रावणको भेलपछि अब
      भदौरे गर्मी आयो ।
      २,
      अखण्ड राष्ट्र रही
      नेपाली भएको गर्व
      हिमाल माथ सही ।
      ३,
      युवाका पाउ अडिए
      देशमा सुशासन आउने
      विगतका याद भरिए ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      भयो मेरो हार
      दुःखी बने मन
      कसरी तर्ने जङ्घार ?
      २,
      मिठो बोली राम्रो
      हेरिरहेको तिमीलाई पनि
      कसरी बन्यो चाम्रो ?
      ३,
      संसारमा आएको माया
      भुलिदिने तिमी मलाई
      बनिरहन्छु तिम्रो छाँया।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १.
      झुटको खेती गरेर
      के पाउॅंछौ आखिरमा
      जान्छौ एकदिन मरेर।
      २.
      बिग्रेपछि सत्ता समीकरण
      जनतालाई गलाको पासो
      नेताहरूलाई पोषण भरण।
    • पुरुषोत्तम फुयाल, खोटाङ
      …
      १,
      अँध्यारोमा प्रकाश छर्ने
      गुरु टुकी हुन्
      अज्ञानीलाई ज्ञान भर्ने।
      २,
      धैर्यशाली हुन्छन् गुरु
      सहनशीलताका खानी पनि
      दिन्छन् ज्ञान खुरुखुरु।
      ३,
      आज्ञा गुरुको मानौँ
      माने गुरुको आज्ञा
      विद्वान बनिन्छ जानौँ।
    • सतीश पण्डित, भानु -६, चुँदी तनहूँ
      (हाल चनपा – ६ मातातीर्थ)
      …
      १,
      रगत पसिना बगाउँछु
      मेहनत गरेर म
      आफ्नै पौरखले रमाउँछु।
      २,
      हातमा मेहदी चुरा
      शिवको अर्चना गरेँ
      सपना भयो पूरा ।
    • प्रविना प्रयासी ओखलढुंगा
      …
      १,
      मुखले बरबराए भाइ
      विपरीत नगर्न भन्दा
      रहे मनमौजीमा दाइ ।
      २,
      हिसाब त मिलाएको
      कताबाट चित्त बुझेन
      चुहिने गोजी सिलाएको ।
      ३,
      कचकचमा व्यस्त छोरा
      भनेको मनमा नराखे
      बोक्नुपर्ला भविष्यमा बोरा ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
      …
      १,
      समयले छल गर्यो
      गन्तव्यमा पुग्न नपाउँदै
      जिन्दगीको आशा मर्यो ।
      २,
      सत्य यही हो
      सहाराबिनाको जिन्दगी हजुर
      बाँचेर के भो ?
      ३,
      बचाउको नारा करायो
      छोपेर होला कलियुगले
      गुरुप्रतिको श्रद्धा हरायो ।
    • त्रिलोचन भण्डारी, मेचीनगर,झापा
      …
      १,
      मान्नु चाड पर्व
      मितव्ययी बनी सबैले
      सँस्कृतिको गर्नु गर्व।
      २,
      लगाएर हरियो चुरा
      उपवास बसी गरेको
      हुन्छ मनोकामना पूरा।
      ३,
      सुरु भयो साउन
      नरनारी मिलेर जाऊँ
      शिवलिङ्गमा जल चढाउन l
    • अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ,भारत
      …
      १.
      श्रावणका हरिया चुरा
      मेहेन्दीले रङ्गिएका हत्केला
      नहानियोस् संस्कारमा छुरा।
      २.
      श्रावण मासका सोमबार
      उपसना उनै भोलेको
      महिमा जसको अपरम्पार।
      ३.
      शिव मन्दिरमा जल
      एकाग्र चित्त भक्त
      खोजिन्छ मिठो फल।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      सावनको महिना हरियो
      परदेश लागेको उनी
      यसरी मझधारमा परियो ।
      २,
      हरियो साडी चुराको
      ल्याईदिउला भन्थ्यौ तिमीले
      भरोसा लागेन कुराको ।
      ३,
      सन्चै होला कहन्छु
      कुशलताको कामना गर्दछु
      पीर जतिसुकै सहन्छु ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      गर्दाखेरि कर्तव्य वहन
      गरिन्छ यो देशमा
      देशभक्तको पुत्ला दहन l
      २,
      सरकार हुँदा थपना
      अरथी उठ्यो न्यायको
      ब्रह्मलीन भए सपना l
      ३,
      सतीले सरापेको देशमा
      विधिसम्मत गर्न खोजे
      फसाइन्छ जघन्य केसमा l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      हरियालीले पाखा छायो ।
      किसान खोज्दै खोरियामा
      मजाले फलफूल खायो ।
      २,
      हिलाम्मे सडक छाडेर ।
      ठेकेदार पस्यो नगरमा
      रातो झण्डा गाडेर ।
      ३,
      आषाढमा वजेट रित्तियो
      बाटोघाटो कमसल बनाइ।
      योजनाको काम सिद्धियो ।
    • हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला, सल्यान
      …
      १,
      नहिॅंड्नु कुबाटो रोजेर
      समय नै ढल्किएपछि
      पाइन्न इज्जत खोजेर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      दर्कियो पानी सानू
      असारे झरी यो
      चुहिएला कि छानु।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      नझुकेर फलेको हाँगो
      कहाँ भेटिन्छ भन
      जिन्दगी औषधी हो ।
      २,
      बटुलेर जिन्दगीलाई संसारमा
      हिॅंड्ने आदत बसाउॅंदैछु
      सबैको सामु सवारमा।
      ३,
      सम्झेर आफ्नै यार
      शिर निहुराएर बारम्बार
      झुक्याएर आफ्नै अनुहार ।
    • ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      फूल फुल्यो बारीमा
      नारी चट्टै सुहाँउछिन्
      लगाउँदा रातो सारीमा ।
      २,
      देशै भष्ट्राचारको थलो
      राजनीति मात्र खेल्ने
      नेता गर्दैन भलो।
      ३,
      निर्दोष फसाउने जाल
      नेताहरूले नै बुनेपछि
      हुन्छ देशको बेहाल ।
    • मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
      …
      १,
      सत्तामा गए पुराना
      लछार पाटो लाउॅंदैनन्
      गरिबको उस्तै छाना ।
      २,
      बाढी, पहिरो गएर
      दु:ख पाए जनताले
      जोखिम पूर्ण भएर ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १
      देशमा हुनुपर्छ शान्ति
      रिस ईर्ष्या क्रोधले
      हट्छ मनको कान्ति ।
      २
      चिताले मरेकोलाई जलाउँछ
      भन्छन् चिन्ताले जिउँदोलाई
      रोगव्याधले मान्छेलाई ढलाउँछ ।
      ३
      हुनुहुन्न मान्छे चाम्रो
      असल कुरा सिक्नलाई
      देखासिकी गरे राम्रो ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २
      बालकोट ,भक्तपुर)
      …
      १,
      भरिॅंदा मनमा अहङ्कार
      नोक्सान हुन्छ आफ्नै,
      भोग्नुपर्छ जहिल्यै हार ।
      २,
      रिसले आफैँलाई खान्छ
      जान्दछ सम्मान जसले
      उसैको पहिचान लान्छ ।
      ३,
      रिस ठूलो रोग
      जाग्छ हरपल मनमा
      बदला लिने भोग ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      गणतन्त्र भनी खोक्छौ
      आफ्नाको गल्तीमा पनि
      फेरि आफैँ बोक्छौ ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      कविता फलेन कविहरू,
      फलाउने उपाय खोज्दा,
      बिगारे कविका छविहरू ।
      २,
      रहरमा शहर पस्ने,
      फसेर कुलतमा भरे,
      उपाय सुधारशालामा बस्ने।
      ३,
      विनाअभ्यास केही नखोज
      गन्तव्य छिचोल्न गाह्रो
      सहज पदमार्ग रोज ।
    • मनोहरी पौडेल, गैँडाकोट १
      …
      १,
      मेरो गाउँ नागबेली
      रहस्यमय जीवन बित्यो
      पुरानो शैलीमा नखेली।
      २,
      दिनमा कोदाली खनेर
      आमाले खाजा दिनुहुन्थ्यो
      छोरी भोकाई भनेर ।
      ३,
      आनन्द उही आउँछ
      मेरो प्यारो जन्मभूमि
      सधैँ माया लाउँछ ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ, नेपाल)
      …
      १,
      गुरु पूर्णिमामा आयो
      गुरुलाई आदरको ओइरो,
      जीवन सार्थक लाग्यो।
      २,
      दिवसको जस्तै दिन
      हरेक दिन भइदिए,
      वृद्धहरू रुन्थे किन ?
    • सुस्मिता अधिकारी, काठमाडौँ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता5 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४४ सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २२:५५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४४
    उनकै नाममा मेहदी लाए हातमा हरियो चुरा
    कुराकानी हाम्रो मिलेमा छिट्टै विवाह गर्ने छ कुरा ।
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    प्रेम गर्‍यौ मसँग तिमीले कुरा अन्तै छिन्यौ
    महल देख्दा झुपडी छोडी चुपचाप हिन्यौ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    मेहदी चुरा लगाएर खाेज्ने महादेव झैँ पति
    व्रत छ एउटाकाे नाममा तर प्रेमी कति कति ?
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    ~<•>~
    मायालु प्रेमकाे बतासले छुने छ भनेको थिए पहिले
    चुरापाेते अर्कैले किनिदिएछ राम्रै ठानेकाे छु अहिले ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी ।
    ~<•>~
    साउनमा मेहदी र चुरामा रङ्गिदैमा शिव आउँदैनन्
    घरमा कलह झगडा नित्य भए नारी खुसी पाउँदैनन् ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    मैले पठाएको चुरा पोते बाला पाएकी पाएनौ
    मेरा नामको मेहदी हातैभरि लायौ की लाएनौ ।
    ✍️वेल थोकर
    ~<•>~
    एउटाको नाउँमा लाउँछन् मेहदी र हरियो चुरा पाेते सारी
    मौका परे अर्कै प्रेमीसँग हात समाई घुम्न जान्छन् मकै घारी ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    ~<•>~
    हरिया चुरा हरियाे कपडा लगाउँछिन् नारी
    साउनमा लगाउँछिन् हरियाे झैँ देखिने सारी।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    ~<•>~
    हातमा मेहदी चुरा लाउँदैमा बिबाह हुँदैन
    कर्म गर्ने कोही कसैलाई यस्ता कुराले छुँदैन ।
    ✍️ चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    ~<•>~
    भोलि जस्तोसुकै होस्, गर्नु छ सपना पूरा
    फेरि साउन लाग्यो, फेर्नु छ हरियो चुरा ।
    ✍️ शंकर कार्की
    मकवानपुर ।
    ~<•>~
    तिम्रै नाउँको मेहदी छ भन्थ्यौ हातमा
    तिमी कहाँ चम्पट कस्यौ आधि रातमा।
    ✍️ रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    ~<•>~
    पहिला गर्यौँ प्रेम अहिले किन दियौँ धोका
    अब फेरि पनि कसरी होला है खुला ढोका?
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    जुनीजुनी सँगै जिउने होस् सपना पूरा
    तिम्रै नामको लाएको छु मेहदी र चुरा ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    चाहिँदैन मलाई हातमा साउने चुरा
    माया दिनु सधैँ नरोप्नु वचनले छुरा
    ✍️ काजल न्यौपाने
    भोजपुर।
    ~<•>~
    बिहेपछि लाउनु पर्छ, सिन्दुर पोते चुरा
    श्रावणको महिना लाग्यो, सुन्न आमाको कुरा ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    कलियुगको हुने भो असर
    दण्ड सजायमा प्रभु नजर ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    मेहदी र हरियो चुरा लाउनु हातैभरि
    बस्नु तिमी सजिएर शृङ्गार पटार गरी ।
    ✍ नवशिला।
    नवदेव मार्ग, लालभित्ती,बेलबारी,मोरङ।
    ~<•>~
    मेहदी र चुराभन्दा चाहिन्छ सधैँ तिम्रो हात
    परदेशमा कसरी बिताउँदै छौ प्यारा रात ।
    ✍️ सङ्गीता खरेल
    काठमाडौँ
    ~<•>~
    प्रेम एउटासँग, सुकार्नो कस्ने अर्कैतिर
    मेहन्दी चुरामा सजिएर दियौ ठूलो पिर।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    लगाऊ खुबै चुरा ती हरिया हरिया
    भएका छन् उनी, मिमहरूकै भरिया ।
    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ ।
    ~<•>~
    मेरा नामकाे लगाउनु मेहदी हातमा हरियो चुरा
    याे वर्ष साेचेकाे सपना हाम्रो छिटै हुनेछ प्यारी पूरा ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    अहिले लगाइराख हातभरि मेहदी र हरिया चुरा,
    मङ्सिरमा विवाह गर्ने सल्लाह गरेर मिलाउँला कुरा ।
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    उकालो देखेर भिर
    मनमा लाग्दैछ पिर !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    हरिया चुरा, सारी लगायौ खै त के पो पायौ ?
    संस्कृतिलाई लात मार्यौ र पाश्चात्यता धायौ !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    हातमा लगाउ मेहदी फूलबुट्टा काटेर
    केशमा लगाउ अनि काेर कपाल बाटेर ।
    ✍️ शालिक राम दाहाल
    झाैखेल३ चाँगु
    ~<•>~
    लाखाैँ क्लेश मनमा बाेकी साेमवार शिव मन्दिर धाउने
    जग्गेमा लाएकाे नाता नै ताेडी अर्कैसँग आँखा जुधाउने।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ , साँगाबजार ।
    ~<•>~
    श्रावण महिनामा हातमा हरियो चुरा
    हे ! भगवान् हाम्रा सबै सपना हाेउन् पूरा ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम , हाल भारतबाट
    ~<•>~
    नाैलो नयाँ मायाप्रीति तिमीसँगै गाढा भई बसिगयाे
    सिँगारेर देखाऊ रूप हाम्रो मिलन अब पक्का भयो ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    मनमा सपना मीठो सोचेर बसेका थियौ होला
    चुरा पोते लगाउन आउन तर्न सकिन खोला ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    हिन्दु नारी लगाएकाे छु, तिम्राे नाउँको सिन्दुर पाेते चुरा
    मन पर्दैन मलाई त ! नक्कली विदेशी व्यापारीका कुरा ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    प्रेमकाे नाममा गर्ने धेरै नाटक
    जीवनकाे यहाँ छैन काेही पाठक ।
    ✍️डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~<•>~
    तिम्रो मनको चाहना छिट्टै होस् पुरा
    हतारमा नगर्नु बिहे जस्तो कुरा ।
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    किन होला जताततै विकृतिका कुरा मात्रै सुन्छ
    जस्ले लाउँछ मेहन्दी, चुरा उसकै बिछोड हुन्छ ।
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ~<•>~
    साउन महिनाको नाटक गरी, हेर लगाइछ्यौ चुरा
    भेटघाट कहिल्यै भएको छैन, के को विवाहको कुरा ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    साउन मासका हरिया ती मेहन्दी र चुराले
    मन नफाटाउनु पछि जाली र झेली कुराले ।
    ✍️ घनश्याम पन्त
    हरिवन सर्लाही
    ~<•>~
    साउन माहिनामा हरियो लाउन कसले सिकायो
    आरोग्यको अफवाह फैलाएर चुरापोते बिकायो ।
    ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
    ~<•>~
    चुरापाेते हरियाे लाए नि मन चाहिँ राख्छाै कालाे
    कहिले फाल्न सकिएला र खै माकुराेकाे झैँ जालाे ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ~<•>~
    माया भनेर कसैलाई नदिनु कहिले विश्वासमा धोका
    मेहदी चुरामा मख्ख पर्दै मनमा नलिउ खुसीको पोका ।
    सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज
    ~<•>~
    हरियो चुरा र मेहदी बेच्नेले पैसा कमाए
    एक महिना राम्रो व्यापार भयो भनी रमाए ।
    ✍️ कला ढकाल झापा
    ~<•>~
    हरियो चुरा, मेहदी किनिदेऊ न प्यारा !
    तिम्रै लागि त हो नि साँचेको जीवन सारा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग
    ~<•>~
    यो भूमिमा शक्ति खेलाउनेहरूलाई सधैँ हरियाली साउन लाग्यो
    शक्तिबाट पीडितहरूका भएका घरखेत पनि बाढीसंगै भाग्यो !
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौं
    ~<•>~
    हतारिनु हुन्न हजुर वर्षा मासको बेला
    कुरा मिलाई राखि असाेजतिर हुनु भेला ।
    ✍️ अरुण कुमार भुजेल
    गोरू बथान कालेबुङ,भारत।
    ~<•>~
    पर्खेर बसेकी छु कहिले आउछौ भन
    उतातिर लागेछौ कि यता दिएर मन ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    अरू केही चाहिँदैन देखाउनु सदैव आफ्नोपन
    सम्बन्ध गाढा राख्ने भए नगर्नु कहिल्यै गनगन l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    एकले लगाई हिँडे सबैले लगाउनु पर्ने
    देखासिकी गरेर हिँडदा त आफ्नै संस्कार हर्ने ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    मेहदी र हातमा छिनछिन चुरा किन्देऊ प्यारा
    कसौँला लगनगाँठो खुसी बनाई दुनियाँ सारा ।
    ✍️ प्रविना प्रयासी
    ~<•>~
    लगाई मेहदी, पहेला वस्त्र, लगाई हरिया चुरा
    व्रत बस्छु मन्दिर जान्छु प्याराको सपना गर्छु पूरा |
    ✍️ सरिता सेढाई धादिङ
    ~<•>~
    सुहाउँछ तिम्रो हातमा मेहदी र चुरा
    लगनगाँठो कस्ने इच्छा छिट्टै हुन्छ पूरा ।
    ✍️ चेतन खनाल (दाह्रीवाला)
    बङ्गलाचुली १ दाङ
    ~<•>~
    नलाए नि मेहदी अनि हातमा हरियाे चुरा
    राेकिदैँन है आखिरमा विवाहका खास कुरा ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    मेहदी र चुरा, हरियो लगाएर सारी
    व्रत बसेर शिव कहाँ भेटिन्छन् र नारी ?
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरि -५, जुम्ला
    ~<•>~
    वाणी पूरा नभए कुरा आउँछ लातको
    चुरासुराको कुरा नगरौँ यस्तो बातको ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनपरूप-१२, प्रगतिटोल, सप्तरी ।
    ~<•>~
    हातमा सुहाउँदो छ मेहदी र हरियो चुरा
    घरी घरी हुँदैन नि बिहे घरमा रून्छन् भूरा।
    मोती सुब्बा
    ~<•>~
    मेरो नामको लगायो तिमीले कति हरियो चुरा
    भाग्य मेरो रहेछ अधुरो यसैले भएन पुरा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    हरियो वस्त्र चुरा मेहदीमा गर्छन् नारी आफू उपवास
    चाहारी भट्टी पुरुष एकाबिहानै गर्छन् उल्टै उपहास ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    माया एउटासँग विवाह गर्छौ अर्को
    बैँस हुन्जेल अघिपछि लाउछौ लर्को ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    हत्केलामा मेहदी हातमा हरिया चुरा
    बाटो मोडी नहान्नु है मेरो दिलमा छुरा ।
    ✍️ तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    ~<•>~
    मायाप्रेम हुँदैन हातमा लेखेर
    हेर पछि नलाउ अरूकाे देखेर ।
    ✍️ कुशल कँडेल
    ~<•>~
    तिम्रै नामको लगाएको छु हातमा मेहदी र चुरा
    अबदेखि नहिँड्नु ढाटेर पछि लाग्दै सुन्दरी सुरा ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    देखाउँछिन् हातको मेहदीमा एउटाको नाम
    बिहे गर्छु भनेर पैसा धुत्ने किन गर्छन् काम ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    काेही खाेज्छन् मेहदी र हरिया ती पाेते चुरा
    मेराे भने काेही छैन छेउमा गर्ने मीठा कुरा ।
    ✍️ हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला,सल्यान।
    ~<•>~
    साउनभरि हरियो लगाऊ कि रातो किनाऊ
    महादेव पुकार्दै पतिदेवलाई नै छिनाऊ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ~<•>~
    मेहदी लगाऊ मेरो नामको माया
    माया मर्दैन हाम्रो परे पनि छाया ।
    ✍️ धनुष न्यौपाने “यात्री”
    जुम्ला
    ~<•>~
    एउटाको नाममा हातमा मेहदी चुरा लगाएर
    भाग्यको खेल हो के गर्ने लगेछ अर्कैले भगाएर ।
    ✍️ सबिता खड्का, कैलाली
    ~<•>~
    साउनको महिना महिलाहरू लगाउँछन् मेहदी र चुरा
    हुने केही होइन स्वाङ पार्दै गर्छन् फेरि नानाभाँतिका कुरा ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ, हाल चनपा६ मातातीर्थ
    ~<•>~
    देखावटी रमझम के गर्नु मन पाे ! सफा गर
    तिमीले चोखो माया दिए म पनि पर्थे तिम्रै भर ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४४ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६५ सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २२:५० मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    नेता
    छन् मालामाल
    हेर देशको हाल !

    • वसन्त अनुभव
      [२]
      वाध्यता
      तुइनकाे तार
      झुन्डिएर खाेला वारपार !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      [३]
      तुइनमा
      मानव बाध्यता!
      खोला वारपार जोखिममा !
    • बेदु न्यौपाने
      [४]
      तुइन
      कठिन परिस्थिति
      बाध्यताको गहिरो खाडल !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, सङ्खुवासभा
      [५]
      नेता
      विदेशीका दाश
      युवाको भुटियो बास !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [६]
      विवशता
      सयौँ वर्ष
      मनमा छैन हर्ष !
    • तेजप्रसाद खनाल
      लमही, दाङ
      [७]
      तुइन
      चुनावमा हटाए
      जनतालाई दुःख कटाए !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नपा-३, आनन्दवाग
      [८]
      वाध्यता
      खाेला तर्ने
      साधन केवल तुइन !
    • नवराज भट्ट, कञ्चनपुर
      [९]
      विकाश
      भाषणमा हुन्छ
      जनता तुइनामा झुडिन्छ !
    • रमा पन्त, पाल्पा
      [१०]
      तुइन
      देशको घाँडो
      भोट माग्ने भाँडो !
    • घनश्याम पौडेल, पोखरा
      [११]
      तुइन
      टुक्केको टुक्का
      जनताको मुखमा मुक्का !
    • रघु थापा, सुनपा-१
      [१२]
      यात्रा
      गर्नुपर्ने आखिर
      रहर होइन बाध्यता !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१३]
      तुइन
      भाषणमा विकास
      देशले पाएन निकास !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [१४]
      भाषण
      सुन्नमा मज्जा
      जनता सबै दास !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [१५]
      अप्ठ्यारो
      दुःखीलाई लाने
      नेतालाई मागी खाने !
    • निरज कोइराला
      इटहरी -१६
      [१६]
      गरेर
      सरकारले भुल
      बिजाेग नभएर पुल !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [१७]
      नेता
      भ्रष्टचारी देशको
      बेहालत जनता स्वदेशमा !
    • डुकछिरिङ लेपचा
      मिरिक, बसती, डुपटिन
      [१९]
      छलकपट
      आयु छोटो
      अन्तिममा नहुने भोटो !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [२०]
      कठै
      विकटको अवस्था
      कसले बुझ्छ व्याथा !
    • सरिता सेढाई, धादिङ
      [२१]
      कठिन
      जीवनको यात्रा
      सजिलो छैन दिनप्रतिदिन !
    • सरस्वती वली
      [२२]
      सरकार
      पात जस्तै
      गर्न थाल्यो फ्यारफ्यार !
      डा. देवी पन्थी
      [२३]
      मत
      विश्वासको होईन
      स्वार्थी भ्रष्टाचार
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [२४]
      उदक
      कर्णाली
      कष्टकर कथा
      बालुवाटारमा के थाहा ?
    • सङ्गीता खरेल, काठमाडौं
      [२५]
      कठै
      मेरो देश
      सुध्रिएन कहिल्यै परिवेश !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [२६]
      जीवन
      तुइनको रिवन
      कहिले चट्ट, झट्ट !
    • सविता के.सी.
      [२७]
      बाध्यता
      जाेखिमपूर्ण यात्रा
      भर छैन् जिन्दगीको !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [२८]
      तुइन
      मानवले चढ्नु
      एकाएक खाेला बढ्नु !
    • श्रीकृष्ण धामी, बझाङ
      [२९]
      जीवन
      जिउन कठिन
      पारी तर्न तुईन!
    • कमला देवकोटा, पाल्पा
      [३०]
      जनता
      तुईनको भर
      परेन नेताको नजर !
    • भुपेन्द्र राना मगर
      धादिङ
      [३१]
      सपना
      आकाशे फल
      मेरो माटोको पीडा !
    • आर्त अकुलीन
      [३२]
      सरकार
      केवल नामको
      जनतालाई भएनन् कामको !
    • पृथक प्रकृति
      [३३]
      नेता
      कुर्सीको लुछाचुँड
      ध्यान गएन यता !
    • धनमाया चौधरी, कैलाली
      [३४]
      नेता
      भोटको सोझो
      तिर्नुपर्छ कि कसो ?
    • अच्युत घिमिरे
      सर्पाङ, भुटान
      [३५]
      प्रगति
      विकास समृद्धी
      सरकार देशको बेइज्जती !
    • विवश पारदर्शी, झापा
      [३६]
      तुइन
      गरौँ विस्थापित
      हुन्छ गणतन्त्र स्थापित !
    • वासुदेव ज्ञवाली
      तानपा-१, पाल्पा
      [३७]
      वाध्यता
      जिम्मेवारीको भारी
      बोकेर जाँदैछु पारी !
    • कला ढकाल, झापा
      [३८]
      बाध्यता
      भोक्नेलाई खतरा
      देख्नेलाई भने जात्रा
    • सुरेश न्यौपाने, कैलाली
      [३९]
      भेल
      जनताले झेल्दै
      नेताले देखाएर खेल्दै !
    • दीपा समभाव, खोटाङ्ग
      [४०]
      हेरियो
      त्यही तुइन
      सरकार मात्रै फेरियो !
    • पशपती राई खोटाङ
      [४१]
      नेताहरू
      तिमीलाई मस्ती
      जनतालाई भयो सास्ती !
    • सुरेश चन्द्र घिमिरे, कपन
      [४२]
      कष्ट
      दुःख देख्दैनन्
      नेता छन् भ्रष्ट !
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      [४३]
      तुइन
      कठिन यात्रा
      सरकारले बुझ्दैन ब्यथा
    • राज कुमार राजभण्डारी, खाेटाङ्ग
      [४४]
      देश
      कठिन परिस्थिति
      नेताको बिगि्रएको मति !
    • मङ्गला उपाध्याय
      [४५]
      गाल
      राजनीतिकाे हाल
      जनता तुइनमा बेहाल !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४६]
      नियती
      अन्धकार भोलि
      सरकार मरेको अनिभुती !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४७]
      राजनीति
      लाेकहित कार्य
      नेतृत्व भ्रष्टाचारमा लिप्त !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४८]
      नदी
      विकासको गति
      दैनन्दिन मजदुरको दुर्गति !
    • पागल भिक्षुक
      जानकी-८, कैलाली
      [४९]
      नेतृत्व
      युगौँदेखि मर्दा
      तुइन सामुमा आउँछ !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, रूपनगर, सप्तरी
      [५०]
      जनता
      छन् मारमा
      सरकार चुर्लुम्म भ्रष्टाचारमा !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५१]
      कष्टकर
      जनताको बिजोग
      बाध्यता तुईनको भर !
    • दुर्गा आचार्य, मोरङ
      [५२]
      विकास
      गाउँमा आएन
      तुइनले आराम पाएन !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५३]
      तुइन
      नगरौँ खेलवाड
      खोजौँ मिलेर निकास !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५४]
      नेता
      आश्वासनका ढिक्का
      जनतालाई पार्दछन् फिका !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [५५]
      तुइन
      पहाडीकाे जीवनसूत्र
      नेताकाे कुर्सी मार्ग !
    • टीकाराम जाेशी, टीकापुर
      [५६]
      जीवन
      नदीझै बगेको
      पिरले तुइनमा अडेको !
    • कविता आचार्य, कैलाली
      [५७]
      सरकार
      सुनामी आउँदा
      गर्दैन अवसर पाउँदा !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव5 Comments on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६५ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको २३ औँ शृङ्खला (आदिकवि भानुभक्त विषयक) सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २२:३७ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २३ औँ शृङ्खला (आदिकवि भानुभक्त विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    क)
    नेपाली साहित्यका रवि
    राष्ट्रिय विभूति भानुभक्त
    हुन् हाम्रा आदिकवि !
    ख)
    रामायण, भक्तमाला पनि
    पस्किए प्रश्नोतरी, बधूशिक्षा
    होउन् कर्तव्यपरायण भनी ।
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    क)
    भानुभक्त जस्तै बनेर
    बढेको आज अगाडि
    ज्योति छर्छु भनेर !
    ख)
    आयो अब पालो
    हित हुने काममा
    बोक्नु पर्छ कोदालो !
    ✍️ सञ्जना शर्मा, लमही दाङ
    ————-==———–
    [३]
    क)
    भानुभक्त थिए कवि
    अद्वितीय लेखनका उनकाे
    बनाए आफ्नाे छवि ।
    ख)
    रामायण उनले लेखे
    लेखे नेपाली भाषामा
    उनले हृदयमा देखे ।
    ✍️ नवराज भट्ट, कञ्चनपुर
    ————-==———–
    [४]
    भानुभक्त हुन आदिकवि
    ज्ञान उनकै सिक्नुछ
    देखिन्छ कविको छवि !
    ✍️ धनमाया चौधरी, कैलाली
    ————-==———–
    [५]
    क)
    असल साहित्यका छवि
    नेपालका महान सपुत
    हुन् भानुभक्त आदिकवि
    ख)
    धेरै गरे प्रचार
    दिएर ठूलो योगदान
    भानुभक्त बने साहित्यकार ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [६]
    क)
    घाँसीकाे कुराले छाेयाे
    कविता लेख्न थाले
    इतिहास सम्झेर राेयाे ।
    ख)
    भानु जयन्ती मनाउँ
    समर्पण गर्दै आफूलाई
    कवि जस्तै बनाउँ ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ————-==———–
    [७]
    क)
    नेपाली साहित्यको छवि
    उज्जर पार्न खोज्दाखोज्दै
    अस्ताएका थिए आदिकवि l
    ख)
    घाँसीबाट प्रेरित भएर
    भाषा बोधक बने
    नेपाली साहित्यमा रहेर l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [८]
    क)
    चुँदी रम्घा गाउँ
    संसारमै फैलियो उनको
    भानुभक्त हो नाउँ ।
    ख)
    वधूशिक्षा, भक्तमाला रामायण
    चिनायो विश्वमै भानुभक्त
    साक्षात् स्वरूप नारायण ।
    ग)
    अर्ती घाँसीको पाई
    जीवन सार्थक पारे
    सुन्दर काव्य बनाई !
    ✍️ कमल बगाले
    ————-==———–
    [९]
    क)
    नेपालीका कवि भानु
    माना खाएर आफ्नै
    भएका छन् छानु ।
    ख)
    युग अनुसारको दिए
    चेतना बुझेर जानेसम्म
    बुज्रुकहरूले जानेर लिए ।
    ग)
    हेला नगरौँ भाषालाई
    भाषाहरू सबै समान
    सबै नेपाली दाजुभाइ ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [१०]
    सारा हटाइ बाधक
    सिर्जना जीवन मान्ने
    थिए भानु साधक !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [११]
    जब घाँसीलाई देखे
    मनमा लिएर ज्ञान
    प्रशस्त कृतिहरू लेखे ।
    ✍️ वेल तामाङ
    ————-==———–
    [१२]
    क)
    भानुभक्त अमर भए
    रामायण काव्य लेखेर
    इतिहासमा चम्केर गए ।
    ख)
    घाँसीको अर्ती ज्ञानले
    संस्कृति कला छोडेर
    भए प्रख्यात ध्यानले
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [१३]
    क)
    भानुभक्त आदिकवि भए
    सिके घाँसीसँग पनि
    साहित्यिक यात्रामा गए ।
    ख)
    तनहुँको रम्घमा जन्मिए
    धनञ्जय मायाको कोखमा
    बाजेले हौसला दिए ।
    ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ————-==———–
    [१४]
    बनाएर साहित्यमा छवि
    साहित्यलाई अमर बनाउने
    नेपाली सपुत आदिकवि ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [१५]
    क)
    बनाई साहित्यमा छवि
    उदाए साहित्य जगतमा
    कहलिए उनी आदिकवि ।
    ख)
    नेपाली साहित्यको सेवा
    रामायण कण्ठस्थ गरेर
    फैलाए जगतमा टेवा ।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [१६]
    क)
    नेपाली भाषाकाे एकता
    जान्छ श्रेय भानुलाई
    कवितामा उत्तिकै क्षमता ।
    ख)
    कस्ता बाैद्धिक घाँसी
    भानुभक्तलाई प्रेरणा यिनले
    दिन्थे अरे हाँसी ।
    ग)
    कविता लेख्थे छन्द
    दिने आनन्द मनलाई
    मुस्कान थियाे मन्द ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१७]
    क)
    घाँसीबाट अर्ती लिएर
    आदिकवि बन्यौ तिमी
    नेपालीमा कविता दिएर ।
    ख)
    सत्कर्ममा अघि सरेर
    नेपालीको घरघर पुर्‍यायौ
    रामायण अनुवाद गरेर ।
    ग)
    सम्झेर आफ्नै भाइ
    कृतिहरू प्रकाशित गर्दै
    मोतीरामले चिनाए तिमीलाई ।
    ✍️ अरुण कुमार भुजेल, गोरुबथान, कालेबुङ, भारत।
    ————-==———–
    [१८]
    क)
    भानुकाे भावना अङ्गाली
    उपकार गराैँ सबैकाे
    जनमनकाे साहित्य सङ्गाली ।
    ख)
    घाँसीकाे मनाेभाव बुझेर
    तिर्खा मेटाउँ प्यासीकाे
    दिव्य चक्षु खाेलेर ।
    ✍️ हरिगापाल न्हुच्छेँ प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ————-==———–
    [१९]
    क)
    भानु तिम्रा संझनामा
    छन्दहरू बग्न थाले
    नेपालको कुना कन्दरामा !
    ख)
    भाषाबाट दिन आवाज
    सजिलो बनायौ भानु
    बाँधियो तत्कालीन समाज ।
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [२०]
    क)
    भानुको भाषिक एकीकरण
    राम्रो कार्यशैलीको नमूना
    उनकै परौँ चरण ।
    ख)
    वहुजन हितायको काम
    सरल रामायण लेखी
    जगतमा राखे नाम ।
    ग)
    कारागारमा बसी लेखेर
    सुधारात्मक सन्देश दिए
    हिजोका समाज देखेर ।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२१]
    क)
    घाँसीबाट प्रेरणा पाएका
    आदिकवि भानुभक्त अमर
    नेपाली मनमा छाएका ।
    ख)
    नेपाली भाषा सजिलो
    साहित्यमा पुर्‍याए योगदान
    बनाएका थिए मलिलो ।
    ग)
    इतिहासमा नाम लेखाए
    महान बनेका भानुभक्त
    साहित्यको बाटो देखाए ।
    ✍️ पृथक प्रकृति
    ————-==———–
    [२२]
    क)
    लेखौँ झिल्का सभ्य
    मनाऔँ भानु जयन्ती
    लेखेर सुनाएर भव्य ।
    ख)
    हुन् नेपाली रक्त
    दुनियाँका मनमा सजिने
    राष्ट्रिय विभूति भानुभक्त ।
    ✍️ दीप गोले तामाङ, रौतहट
    ————-==———–
    [२३]
    क)
    तनहुँको रम्घामा जन्मिएका
    घासीको प्रेरणाबाट उनी
    आदिकवि नामले चिनिएका।
    ख)
    पहिलो महाकाव्य भनियो
    भानुभक्तको रामायण नै
    इतिहासमा नाम गनियो ।
    ✍️ कला ढकाल झापा
    ————-==———–
    [२४]
    क)
    भानुभक्त दिलका कवि
    पुगे अनि पुगिरहे
    नपुगेका ठाउँमा रवि ।
    ख)
    आँखाले देखेको छाडेनन्
    दर्जनको छाती चिरे
    सज्जनलाई कहिल्यै माडेनन् ।
    ✍️ नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर । हाल– एनेलकुटी, सिरहा ।
    ————-==———–
    [२५]
    क)
    भानु तिमी आऊ
    काठमाडौँ नगरीलाई पुन:
    रामायणको भाका सुनाऊ !
    ख)
    चुँदीबेँसी एक्लै परेछन्
    घाँसीले घाँस काट्ने
    कान्ला पहिरोमा झरेछन् ।
    ग)
    भानु पुन: आऊ
    चुँदीबेँसीसँगै खुसी भई
    नेपाली भाषामा रमाऊ ।
    ✍️ शशी आचार्य
    ————-==———–
    [२६]
    क)
    भानुको नाम जप्दै
    लेखौँ झिल्का कविता
    शब्दमा शब्द थप्दै ।
    ख)
    साहित्यमा ठुलो योगदान
    थियो आदिकवि भानुभक्तको
    घाँसीबाट लिएर ज्ञान ।
    ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो), कनकाई ४ झापा
    ————-==———–
    [२७]
    क)
    नेपाली भाषाको सुरु
    दिनको तुलनामा रात
    आदिकवि सबैको गुरु ।
    ख)
    भाषाको पहिलो काम
    कहिलेसम्म यसरी पर्खिरहने
    भानुभक्तले राखे नाम ।
    ग)
    सबैले गरौँ मान
    दुनियाँको नजरमा देखिन्छ
    नेपालीको उनी शान ।
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
    ————-==———–
    [२८]
    क)
    एउटा कुवा खन्ने
    घाँसीबाट प्रेरणा मिल्यो
    मरेर अमर बन्ने !
    ख)
    घाँसीबाट प्रेरणा पाएर
    रामायण अनुवाद गरिकन
    सुनाए सबैलाई गाएर ।
    ✍️ पशपती राई खोटाङ ।
    ————-==———–
    [२९]
    क)
    ज्ञानका दाता भानुभक्त
    भद्र शालीन सदा
    अमर हुनुहुन्छ सशक्त ।
    ख)
    हुन् ज्ञानका ज्योति
    नेपाली साहित्य जगतका
    अमूल्य रत्न मोती ।
    ग)
    मनकाे बादल हटाउने
    उहाँ नै हो
    ज्ञानको बाटाे देखाउने ।
    ✍️ ईश्वर साउद (भिक्षु )
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [३०]
    क)
    भानुको नाम लिएर
    लेखौँ झिल्का कविता
    शब्द शब्द सिएर ।
    ख)
    बनाए अलग्गै छवि
    चम्किए साहित्य क्षेत्रमा
    नाम लिएर आदिकवि ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [३१]
    क)
    आदिकवि थिए भानु
    रामायणका पारखी अनि
    नेपाली साहित्यको रानु ।
    ख)
    गरेका ठूला काम
    विश्वभरि कहलिए
    भानु भनेर नाम ।
    ग)
    ज्ञान सबैले पाए
    भानुभक्तको जयन्तीको अवसरमा
    भानुको गुणगान गाए ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    ————-==———–
    [३२]
    भानुभक्त सशक्त आदिकवि
    नेपाली भाषा साहित्यका
    सधैँ उदाउँदो रवि ।
    ✍️ शोभा आचार्य गौतम
    ————-==———–
    [३३]
    क)
    भानुभक्त हुन् आदिकवि
    नेपाली साहित्यमा उनले
    राखे उच्च छवि।
    ख)
    प्रेरणा घाँसीबाट पाए
    तत्पश्चात् नेपाली साहित्यमा
    अमिट छाप बनाए ।
    ग)
    साहित्यमा थपे ज्ञान
    मरेर गए पनि
    सदा उँचो सम्मान।
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [३४]
    बाह्र सत्ताइसे कुरा
    कस्लाई उदाउँदा हुन्
    यस्तो लाग्ने छुरा !
    ✍️ सुरेश कार्की
    ————-==———–
    [३५]
    सबको मनमा भानुभक्त
    साहित्य, कला, संस्कृति
    सबमा होस् अनुरक्त ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    [३६]
    क)
    देखाएरै आफ्नाे छवि
    उनी भानुभक्त बन्नसके
    नेपालका नामुद आदिकवि ।
    ख)
    साहित्यकाे जग बसाए
    हरेक नेपाली मुटुमा
    कवित्व भाव पसाए ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ————-==———–
    [३७]
    क)
    बनाई छुट्टै छवि
    भानुभक्त तिमी बन्यौ
    नेपाली साहित्यका आदिकवि ।
    ख)
    बिहानै उदाएझैँ रवि
    चम्कियो साहित्य क्षेत्र
    भानुभक्त बनेर आदिकवि ।
    ✍ Amrit KO Ira Ala, पोखरा -१८ ,चंखपुर
    ————-==———–
    [३८]
    क)
    रामायण नेपालीमा अनुवाद
    भानुभक्तले गरे सहजै
    लेखियो सर्वत्र निर्वाध ।
    ख)
    प्रेरणा घाँसीको देखियो
    जाग्यो परोपकारी भावना
    नेपालीमा रामायण लेखियो ।
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ————-==———–
    [३९]
    क)
    भानुभक्त साहित्यले भन्यो
    गरेर ठूलो परिश्रम
    अमर आदिकवि बन्यो ।
    ख)
    खै कसले देख्यो
    नेपाली भाषाको रामायण
    भानुभक्तले नेपालीमा लेख्यो ।
    ✍️ भुपेन्द्र राना मगर, धादिङ
    ————-==———–
    [४०]
    क)
    रामायण अनुवाद गरेर
    बसे नेपाली मनहरूमा
    सुन्दर साहित्य छरेर ।
    ख)
    कृतिको महिमा बढाए
    लिएर घाँसीबाट प्रेरणा
    साहित्यमा नै रमाए ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    [४१]
    क)
    मान सम्मान सभ्य
    देशमा भानुको जन्मजयन्ती
    साहित्यमा पाराैँ भव्य ।
    ख)
    राखेर साहित्यमा छवि
    मरेर पनि अमर
    छन् भानुभक्त आदिकवि ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [४२]
    क)
    भाषा साहित्यको छवि
    प्रकाश समान फैलाउने
    विभूति हुन् आदिकवि !
    ख)
    युगानुयुग सर्वश्रेष्ठ द्रष्टा
    आदिकवि भानुभक्त हुन्
    नेपाली साहित्यका स्रष्टा ।
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [४३]
    क)
    भएका विशिष्ट छवि
    घाँसीकाे प्रेरणाले गर्दा
    भए आज आदिकवि ।
    ख)
    रामायण र भक्तमाला
    रामलाल पात्र बनाएर
    भित्र रहेर सालाखाला ।
    ग)
    नाम उनको भानुभक्त
    एकदिनमा काव्य लेख्ने
    थियाे उनमा सशक्त ।
    घ)
    केही हुँदैन नामले
    भन्ने लाग्यो उनलाई
    घाँसीकाे एक कामले ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज), चार नम्बर कपिलवस्तु
    ————-==———–
    [४४]
    क)
    भानुभक्त साहित्यका रवि
    भाषालाई सबल बनाए
    हाम्रा आदरणीय आदिकवि ।
    ख)
    गुञ्जियो रामायण घरघरमा
    बाल, वृद्ध अनपढहरूलाई
    कण्ठस्थ सुनेको भरमा ।
    ग)
    भाषा बनाए समृद्धिशाली
    उनेर शब्दहरूका माला
    विश्वमा पहिचान नेपाली ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
    ————-==———–
    [४५]
    साहित्यका हस्ती आदिकवि
    सदैव हाम्रो मनमा
    बसेका बनाएर छवि |
    ✍️ सरिता सेढाई, धादिङ
    ————-==———–
    [४६]
    गरेर कठोर काम
    आदिकवि भानुभक्त जस्तो
    बल्ल हुन्छ नाम ।
    ✍️ गंगाराम यादव, औरावनी २ सुनसरी
    ————-==———–
    [४७]
    घरमै मिल्यो दीक्षा
    घाँसीबाट ज्ञान पाए
    लेखे उत्कृष्ट वधूशिक्षा ।
    ✍️ सुनगाभा पोखरेल, हाल नेपालगन्ज
    ————-==———–
    [४८]
    क)
    पछाडिको घटना देखे
    दुरदर्शी नजर उनको
    रामायण भानुले लेखे ।
    ख)
    भानुभक्त जयन्ती मनाउँ
    पुण्यको काम गरेर
    समाजसेवी आफूलाई जनाउँ ।
    ✍️ सीमा कार्की समर्पण, मेलचोक पर्सा
    ————-==———–
    [४९]
    क)
    संस्कृत भाषालाई नेपालीमा
    छन्दोबद्ध अनुवाद गरे
    आदिकविले आफ्नै कसिमा ।
    ख)
    रामायण गुञ्जियो घरघरमा
    सबैले श्लोक भनिरहन्थे
    नेपाली जातिका थरथरमा ।
    ग)
    भानु जयन्तिको उपलक्षमा
    विश्वका सम्पूर्ण साथीसङ्गीहरूलाई
    ससम्मान भक्तिसाथ शुभकामना !
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [५०]
    क)
    बहुभाषी नेपाली जनलाई
    बनाए एक भानुभक्तले
    बहुजातीय नेपाली मनलाई ।
    ख)
    लेखे अनेकौँ कृतिं
    मौलिक रूपको रामायणसँग
    लगाए सबैले प्रीति ।
    ✍️ सतीश पण्डित, भानु ६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ।
    ————-==———–
    [५१]
    थियौ भानुभक्त साधारण
    रामायण गरेर उल्था
    छोयौ नेपालीको मन ।
    ✍️ राजु भन्डारि, बैरिया १ कपिलवस्तु
    ————-==———–
    [५२]
    देखिए पहिले सशक्त
    नेपाली साहित्य जगतमा
    उनै आदिकवि भानुभक्त ।
    ✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [५३]
    क)
    आदिकवि भानुभक्त आचार्य
    भावनाले भरिपूर्ण साहित्यमा
    कदम चलाएका अनिवार्य !
    ख)
    घाँसीको लय लेख्थे
    उनी भानुभक्त आचार्य
    संसार त्यसैमा देख्थे !
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ————-==———–
    [५४]
    क)
    घाँसीबाट पाए ज्ञान
    त्यही अर्ती भयो
    गरेनन अरू ध्यान ।
    ख)
    साहित्यका छवि बनेर
    अजर अमर बने
    आदिकवि भानुभक्त भनेर ।
    ✍️ लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
    ————-==———–
    [५५]
    क)
    नेपाली साहित्यका धरोहर
    साहित्यमा कलम चलाए
    भानुभक्तलाई मानेर भर ।
    ख)
    घाँसीले कुवा खनाए
    उनकै अर्तीबाट आज
    आदिकवि भानुभक्त बनाए ।
    ✍️ ललिता गिरी सिन्धुली, हाल काठमाडौँ नेपाल
    ————-==———–
    [५६]
    क)
    उनै भानु आदिकवि
    नेपाली साहित्यको सान
    बढाए अतुलनीय छवि ।
    ख)
    रघुवंशी गाएर गान
    नेपालीमा भयो उल्था
    साहित्यको अलौकिक सान ।
    ✍️ तोया नाथ चापागाईं, दमक,झापा,नेपाल
    ————-==———–
    [५७]
    क)
    निरन्तर कलम समायौ
    जिन्दागी सुम्पियो लेखनमा
    शीर्षस्थानमा ठाउँ बनायौ ।
    ख)
    भानुभक्त साहित्यका राजा
    अतुलनीय योगदान दिए
    बनेँ सबैका साझा ।
    ✍️ राजन ग्याल्दाङ् घले ( गोरखा )
    ————-==———–
    [५८]
    क)
    प्रेरणाका स्राेत भानु
    निदाए पनि उठेका
    सत्यमार्ग बुझ सानू ।
    ख)
    धनदाैलत भन्दा ठूलाे
    समाजलाई चेतना दिने
    भानुले खनेका कुलाे ।
    ✍️ जि.बि. चिन्तन
    ————-==———–
    [५९]
    क)
    भानु पराेपकारी थिए
    बटुवालाई पानी खान
    चट्ट कुवा खनाइदिए ।
    ख)
    घाँसीबाट शिक्षा लिए
    सबैले पढन सक्ने
    सरल रामायण दिए ।
    ✍️दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर ।
    ————-==———–
    [६०]
    भाषा साहित्यको नक्षत्र
    आदिकवि बनेर छायौ
    साहित्यमा राज एकछत्र ।
    ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    ————-==———–
    [६१]
    क)
    भानुभक्त थिए आदिकवि
    गए साहित्यमार्फत समाजमा
    छोडेर आफ्नो छवि ।
    ख)
    भानुभक्त साहित्यका तारा
    लेखे रामायण काव्य
    चिनिए विश्वमा सारा ।
    ✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही
    ————-==———–
    [६२]
    क)
    भाषामा मिठास लोकप्रियता
    सबैको मुखमा झुण्डिएको
    संस्कार संस्कृति संयमता ।
    ख)
    घाँसीको थियो प्रेरणा
    बाढी छुट्यो भाषाको
    फूलाएर कलमको फणा ।
    ग)
    भाषा बनिरह्यो जीवन्त
    युगका महान् कवि
    रहिरहन्छन् मनमा अनन्त।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [६३]
    क)
    भानु हुन् आदिकवि
    देशको उज्ज्वल तारा
    साहित्य जगतको रवि।
    ख)
    भानुले रामायण लेखे
    साहित्य राम्रो बनाउन
    उनैले आँखा देखे ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [६४]
    क)
    भानुभक्त हाम्रा आदिकवि
    रामायण श्लाेक जनजिब्राेमा
    उदाएझैँ हरदिन रवि ।
    ख)
    बुद्धि धनले नआउने
    कुवा खन्ने घाँसीलाई
    पथप्रदर्शक भानुभक्तले पाउने ।
    ✍️ हिरालाल न्याैपाने, बानपा ८, काेटमाैला, सल्यान
    ————-==———–
    [६५]
    क)
    साहित्य क्षेत्रमा महान
    आदिकवि हुन् साहित्यको
    गरौँ सबैले सम्मान ।
    ख)
    लेखी कृति हजार
    अमर छन् सधैँ
    बने आदिकवि साहित्यकार ।
    ग)
    आदिकवि हुन् जान
    कोरेर रचना सधैँ
    गरे साहित्यमा योगदान ।
    ✍️ अरुणा बास्कोटा, धादिङ
    ————-==———–
    [६६]
    क)
    भानुभक्त अग्रज कवि
    श्रद्धासुमन अर्पण गराैँ
    बचाई उनको छवि ।
    ख)
    भाषा साहित्य संस्कृति
    हो पहिचान हाम्रो
    हटाऔँ खराब प्रवृति ।
    ग)
    छ हाम्रो चाहना
    भानु तिम्रो जयन्तीमा
    सबैलाई हार्दिक शुभकामना !
    ✍️ जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ।
    ————-==———–
    [६७]
    चम्किए साहित्यमा भानु
    बचाए भाषा साहित्य
    बनेर समाजकाे रानु ।
    ✍️ ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
    ————-==———–
    [६८]
    नेपाली साहित्यका नामी
    रामायण पढ्दा सम्झन्छौँ
    आदिकवि भानुभक्तलाई हामी।
    ✍️ पुष्पा सुवेदी, नेपालगन्ज, बॅाकें।
    ————-==———–
    [६९]
    क)
    भानु हुन् नक्षत्र
    नेपालका हाम्रा लागि
    यिनकै नाम यत्रतत्र ।
    ख)
    देशलाई उजिल्याउने रवि
    भानुभक्त सबैले मान्नु
    यिनै नेपालका आदिकवि ।
    ग)
    राखे देशको नाम
    आफू अमर भए
    गरेर उज्ज्वल काम ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ————-==———–
    [७०]
    क)
    भानुभक्तको जयन्ती आज
    अमर बने सधैँलाई
    पारेर साहित्यलाई साज ।
    ख)
    धेरै कृतिहरू लेखे
    चिनिए उनी विश्वसामु
    सबैले उनलाई देखे ।
    ग)
    वर्षमा एकदिन सम्झना
    विश्वभरी रहेका नेपालीहरूलाई
    भानु जयन्तीको शुभकामना !
    ✍️ अनिता कार्की, पाँचथर
    ————-==———–
    [७१]
    हाम्रा हुन् भानु
    प्रेरणा लिने भए
    भाषाका एक रानु ।
    ✍️ लक्ष्मी रिजाल, रुपनगर, सप्तरी, मधेस
    ————-==———–
    [७२]
    आदिकवि भानुभक्त थिए
    निरन्तर कलम चलाई
    साहित्यमा योगदान दिए ।
    ✍️ धनुष न्यौपाने
    जुम्ला
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव6 Comments on विशेष झिल्का लेखन अभियानको २३ औँ शृङ्खला (आदिकवि भानुभक्त विषयक) सम्पन्न

    साउदीमा नेपाली नर्सद्वारा आत्महत्या

  • ७ श्रावण २०८१, सोमबार १८:३६ मा प्रकाशित
  • साउदी अरबमा कार्यरत एकजना नेपाली नर्सले आत्महत्या गरेकी छिन्।

    साउदी अरबको पूर्वीक्षेत्र कतिपको अल बदर अस्पतालमा कार्यरत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ घर भएकी २४–२५ वर्षीया गीता देउजाले आत्महत्या गरेको नेपाली दूतावास रियादले जनाएको छ।

    आत्महत्या गरेकी देउजाले सुसाइट नोट लेखेकी छिन्। आफ्नै कारणले आत्महत्या गर्न लागेको र अरू कसैको कारण नभएको उनले लेखेको सुसाइड नोटमा उल्लेख गरिएको बताईएको छ।

    खबर अनुसार शव नेपाल नपठाउन सुसाइड नोटमा आग्रह गरिएको बताईएको छ। अहिले साउदी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको नेपाली दूतावासले जनाएको छ।

    मृतक देउजा करिब एक वर्षअघि साउदी अरब पुगेकी थिइन्। उनकी दिदी लक्ष्मी देउजा पनि नर्सकै रूपमा त्यही अस्पतालमा कार्यरत छिन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर5 Comments on साउदीमा नेपाली नर्सद्वारा आत्महत्या

    अमेरिकी डलरको भाउ हालसम्मकै महँगो ।

  • ६ श्रावण २०८१, आईतवार ११:०० मा प्रकाशित
  • आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा तोकिएको छ।

    यो मूल्य हालसम्मकै उच्च हो।

    यसअघि गत असार ७ गते डलरको भाउ १३४ रूपैयाँ १५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रूपैयाँ १२ पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ३९ पैसा तोकिएको छ। 

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८७ पैसा पाइन्छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७७ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ४९ पैसा र बिक्रीमा २८ रूपैयाँ ६२ पैसा पाइन्छ।

    आइतबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९४ पैसा तोकिएको छ।

    Posted in अर्थ, मुख्य खबर5 Comments on अमेरिकी डलरको भाउ हालसम्मकै महँगो ।

    साताका तीन लघुकथा- ६१

  • ५ श्रावण २०८१, शनिबार १५:५८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६१औँ) शृङ्खलाका लागि लघुकथाकार दीपक लोहनीको लघुकथा ‘युद्ध’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘दोष कस्को’ र लघुकथाकार आचार्य प्रभाको लघुकथा ‘हरियो मौसम’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    ——————-<•>——————

    [१]
    लघुकथा: युद्घ

    ✍️ दीपक लोहनी

    उनीसँग आँखा र मसँग मन थियो । अफसोच यी दुई बिच भीषण युद्घ थियो । उनी भन्थिन् ।
    -“तिम्रो मन डरपोक छ ।”
    म भन्थेँ ।
    -“तिम्रा नयन नशालु छन् ।”

    -“तिम्रो मनमा भावनाहरू छैनन् ।”
    -“तिम्रो आँखामा सपनाहरू छैनन् ।”

    -“तिम्रो मन कठोर र जड झैँ छ ।”
    -“तिम्रो आँखा भोको र प्यासी छ ।”
    हैरान भएर, मैले मेरो मनलाई ढुङ्गा बनाएँ र उनको हृदयमा जोडले हानिदिएँ ।
    उनले त्यसलाई च्याप्प समाइन् र आँखाकै झ्यालखानामा थुनिदिइन् ।
    हाम्रो युद्ध अझै जारी छ ।

    कुरिलो घर, काठमाडौँ ।
    ——————-<•>——————

    [२]
    लघुकथाः दोष कस्को ?

    ✍️ मित्र ‘उराठी’ गौतम
    “आफ्नो त यस्तै सानो छ । तैपनि जसोतसो निर्वाह चलाइएको छ ।” साथीसँग दुखेसो पोख्यो घनश्यामले ।
    “तिमीले त यही भए पनि बनायौ । आफू त उपत्यका छिर्नै सकिएन । छोइनसक्नुको जग्गा कसरी किन्नु ? जेनतेन किने पनि घर कसरी बनाउनु ? ” ज्ञानहरिले विवशता प्रकट गर्यो ।

    बिहानी हिँडाइमा गफ गर्दै उनीहरू उकालो चढिरहेका थिए ।
    “त्यो बेला ऋणधन गरिवरि भर्खर प्लटिङ्ग गरेको एक टुक्रा लिइयो । पछि पहाडतिर भएको घरखेत बेचेर मुस्किलले त्यही सानो घर ठडाइयो । बाआमा त गाउँ छोड्न मान्दै मान्नुभएको थिएन । बल्लतल्ल फकाएर ल्याएको ।” घनश्यामले सङ्क्षेपमा विगतको कथा सुनायो ।
    “बाआमाको कुरा ठिकै त हो नि ! बुढेसकालमा आफ्ना साथीसङ्गती, इष्टमित्र छोडेर आफूले पसिना बगाएर जोरेको श्रीसम्पत्ति छोडेर पराइ भूमिमा बसाइँ सर्न कहाँ मान्छ त मनले ? आफ्नो गाउँको प्राकृतिक हावापानीमा स्वतन्त्र भै खेली खाएका बुढाबुढीलाई सहरको बन्द कोठामा ल्याएर राख्नु त जेल हाल्नु जस्तै त हो नि !” मनमा लागेको कुरा सर्लक्क सुनायो ज्ञानहरिले
    ।
    असिनपसिन भएका उनीहरू डाँडोमा पुगेर सुस्ताए ।
    “हेर ! खत्तमै पारे नि, दलेहरूले ।भएको सबै उब्जाऊ भूमि प्लटिङ्ग गरेर कङ्क्रिटको जङ्गल बनाए । अलिकति पारिलो घाम ताप्नु र स्वच्छ हावा खानु पनि दुर्लभै भयो, यो सहरमा । कसरी टिक्ने हो अब ?” डाँडोबाट तलतिर नियाल्दै लाजै पचाएर दलेलाई सराप्यो घनश्यामले ।
    अमरपुर, गुल्मी । हाल तिलोत्तमा-२,रुपन्देही
    ——————-<•>——————

    [३]
    लघुकथा: हरियो मौसम

    ✍️ आचार्य प्रभा
    म कौँसीमा केही सब्जी, तरकारीहरूको बिरूवा रोप्दै थिएँ । अचानक पछाडिबाट आएको मायाको आवाजले झस्किएँ । ऊ भन्दै थिई ।
    -“रिना बजार जाने होइन ? हरिया चुरा र मेहन्दी लाउँन ।”
    मैले भने।
    -“किन लाउँनु पर्यो, हरियो चुरा र मेहन्दी ?”
    उसले भनी।
    -“ए लाटी ! यो श्रावणको महिना होइन ? यो महिनामा हरियो पोते, चुरा र मेहन्दी लाउँदा श्रीमानको आयु बढ्छ रे ! फेरि यो त चाड पनि हो नि !”

    जवाफमा मैले भनेँ ।
    -“यस्तो फजुलको कुरा मसँग नगर । त्यो हरियो पोते, चुरा र मेहन्दी लाउँने पैसाले त घरमा हरियो सागसब्जी, फलफूल ल्याऊ र घरमा सबैलाई खुवाऊ न ! शरीर तन्दुरुस्त हुन्छ । दीर्घायु बन्नलाई त खानपानमा पो ध्यान दिनु पर्छ ।”
    मेरो कुरा सुनेर उसले मुख बटार्दै भनी । -“खाकै छन् नि ! रेष्टुरेन्टबाट मगाउँदै म:म:, चाउमिनहरू । किन खाइराख्नुपर्यो फलफूल ? पेट भर्नु त हो ।”
    मैले जवाफमा भनेँ ।
    -“यस्तै हाम्रो कुबिचारले त ! हामी दिनप्रतिदिन कुपोषणको शिकार बन्दै जाँदैछौँ नि !”
    फेरि उसले जिद्दी गरी।
    -“हिँड न रिना जाऊँ । कमसेकम मेहन्दी त लाउँ ।”
    मैले मेरो करेसाको मेहदीको बोट देखाउँदै भनेँ ।
    -“मेरै बारीमा मेहन्दीको बोट छ । म किन पैसा फालूँ ? यही टिपेर लाउँछु नि !”

    उसले झर्किंदै भनी।
    -“तिमीसँग विचारै मिल्दैन र त ! तिमी एक्ली हुन्छौ । सबै साथीहरू गइसके । म पनि गएँ ।” भन्दै ऊ अगाडि बढी ।
    मैले रोक्दै भनेँ ।
    -“ल ! साँच्चै हरियै बस्तु लाउँने चाड हो भने यो हरियो साग लैजाऊ र परिवारलाई पकाएर खुवाऊ । तिमीहरूलाई साउन महिनाको यही कोसेलीसहित शुभकामना ।”
    ऊ, साग बोकेर बाटो लागी ।
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथा4 Comments on साताका तीन लघुकथा- ६१

    साताका उत्कृष्ट झिल्काहरू- २२

  • ५ श्रावण २०८१, शनिबार १०:३३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २२ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २२ का लागि झिल्काकारत्रय भिक्षु ईश्वर, मनोहरी पौडेल र सविता भट्टराईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    [१]
    क)
    मेरो मृत्युकाे खबर
    आज थाहा पाएँ
    बितेकाे केही प्रहर ।
    ख)
    दु:खहरूकाे सम्मेलन हुँदैछ
    याे मनकाे दुनियाँमा
    पीडाहरूले शिखर छुँदैछ ।
    ग)
    सम्झिएर उसैलाई घरी
    याद आउँछ मनमा
    सधैँ साउने झरी ।
    ✍️ भिक्षु ईश्वर


    [२]
    क)
    जिन्दगी बनाउन गाह्राे
    बगाउने ठेगान छैन
    वर्षामा पर्दछ साह्रो ।
    ख)
    घुमेर आउने कालमा
    नसुध्रिने स्थिति हाम्रो
    फसियो कुटनैतिक चालमा ।
    ग)
    नेपाल धर्तीको स्वर्ग
    बनाए अख्तियार पाउनेले
    लडाइँ झगडाको नर्क ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट,१


    [३]
    क)
    भएछ बर्सात झरी
    रोपाइँ कतै नछुटोस्
    पुगोस् अन्न वर्षैभरि !
    ख)
    कसैलाई पनि नघोच
    सुमधुर बनाऊ नाता
    सकारात्मक राख सोच !
    ग)
    झिल्का भयो साथी
    कहिल्यै पनि ननिभोस्
    पुगोस् माथि माथि !
    ✍️ सविता भट्टराई, जनकपुर


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का6 Comments on साताका उत्कृष्ट झिल्काहरू- २२

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-१०४

  • ५ श्रावण २०८१, शनिबार ०९:३५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय चार अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०४ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०३/३१
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    विकास केहाे भन्ने थाहा छैन कसैलाई।
    जुन जाेगी आए नि डाहा छैन कसैलाई।
    भ्रष्टाचारकाे बिगबिगी हुने भयाे अब,
    नेता वा नेतागिरी चाहा छैन कसैलाई।
    देशकाे राजनीति आहा छैन कसैलाई।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    परिवर्तन भयो व्यवस्था तर मान्छे उही हुन्
    असल मान्छे यहाँ आज को छ र मान्छे उही हुन्
    नयाँ भन्छन् मुखले मात्र कुरा पुरानै छ यहाँ
    गठबन्धन् यता उता छैन भर मान्छे उही हुन्
    असुरक्षा र अशान्तिको भयो डर मान्छे उही हुन् ॥
    गुणनिधि घिमिरे अमेरिका
    पञ्चाङ्ग :०३
    मृत्यु आउँछ नटर्ने टारेर शाश्वत हो
    तिथि र मिति नसर्ने सारेर शाश्वत हो
    जीवन नै यो मिल्दैन दोबारा प्रभुकृपा
    दुष्टले पुण्य नगर्ने चाहेर शाश्वत हो
    व्यर्थ यहाँ आफ्नै मन बारेर शाश्वत हो ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    पञ्चाङ्ग:०४
    विकाशको नारा लगाउँछन् यहाँ।
    उधोगति धारा बगाउँछन् यहाँ।
    कुरा मात्र ठूला गर्ने केही हैन,
    आफूले नै सारा जगाउँछन् यहाँ।
    आफ्नो लागि तारा मगाउँछन् यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग:०५
    राखेर दिलमा ठाउँ जीवनमा
    सजाउँ प्रभुकै नाउँ जीवनमा
    अरूले रुखो बोलेर के भयो र?
    हेलिमेली देख्न पाउँ जीवनमा
    पवित्र बनेर छाउँ जीवनमा।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०६
    साउन भरि हातमा मेहन्दी र चुरा लगाउँछन्
    कहीँ कतै नि खाली नहोस् भनेर पूरा लगाउँछन्
    आफूलाई नै बिर्सी परिवारका लागि बाँच्ने नारी
    सहँदैनन् त्यसलाई जो नराम्रो कुरा लगाउँछन्
    गिद्धे नजर लायो भने घाँटीमै छुरा लगाउँछन् ।

    श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन

    पञ्चाङ्ग:०७
    साउन लाग्यो पहेंलो साडी र चुरा लगाउनु पर्छ

    शिवलाई खुशी पार्न मन त पूरा लगाउनु पर्छ

    देखासिखी नै किन नहोस् मानेका छन् जानी नजानी

    देवत्व आस्था जोगाउन कुरा झुरा लगाउनु पर्छ

    संस्कृति जोगाउन पनि राम्रा कुरा लगाउनु पर्छ

    भूमिका गैरे तिमिल्सिना
    गैंडाकोट ४ , नवलपुर

    पञ्चाङ्ग:०८
    बाटो र घाटो बन्द भयो जनतालाई मार परेको बेला।
    नेताहरुलाई सत्ता हतार देशमा भार परेको बेला।
    सरकार फेरिए पनि छ गरिबको हालत उस्तै होला,
    यसरी सधैँ फेरिन्छ व्यवस्था जनता हार परेको बेला।
    पीडितको मुखमा माड लागोस् भोकले तार परेको बेला।

    कमला देवकोटा, पाल्पा

    पञ्चाङ्ग :०९
    ढल्दिन भन्ने घमण्ड पनि,ढल्नैपर्छ आखिर।
    पत्थर पनि अन्ततोगत्वा,गल्नैपर्छ आखिर।
    जब स्पर्शले आफ्नो रङ्ग,देखाउन थाल्छ अनि,
    जति कठोर तपस्वी हवस्,चल्नैपर्छ आखिर ।
    अन्ततः समाजको नजर,छल्नैपर्छ आखिर।
    *
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    पञ्चाङ्ग:१०
    असार श्रावण महिनामा पानीले जनधनको क्षति हेर।
    नेताहरूलाई पत्तो छैन आफ्नै देशमा भएको खती हेर।
    वर्षाले बाढी पहिरो गराएर प्राणी जीवनमा अस्तव्यस्त,
    सत्ताको लुछाचुँडिमा नेताले बिर्सेका छन् जनता जति हेर।
    कलिको मोहमा परेर जाँदैछन् सबै नै सत्तामा सती हेर।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:११
    यहाँ खोला र खोल्साका बास काटेर बार्नु बेरा तिमीले,
    खानु आफैले श्रम गरेर खोज्नु पर्देन डेरा तिमीले।
    कोशी बगेकीछन् कल कल गरेर किन्नु पर्देन पानी,
    आफ्नै देशमा फर्क कृषि गर नास्पाति र केरा तिमीले,
    छिमेकीको बाख्राले खान्छ चित्राको लगाउ धेरा तिमीले।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग;११

    विसंगति र विकृति हटाउन थाल्न सक्नुपर्छ देशबाट भ्रष्ट नीति फेंदैबाट ढाल्न सक्नुपर्छ
    सुखी र समृद्ध नेपाल नै बनाउनकाे लागि त, हुने खाने र हुँदा खाने बीच अन्तर फाल्न सक्नुपर्छ भाेका नाङ्गा जनता सरकारले पाल्न सक्नुपर्छ ।

             राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग:१२

    आँखा हेरेन आज आकाशले पानी झारी राख्यो ।
    कसैको भनाइ मान्दै मानेन काम जारी राख्याे ।
    उर्लियाे बेढङ्गले जताततै छताछुल्ल भइ , ,
    खुशी खाेसेर दुनियाँकाे आफ्नो मन भारी राख्यो ।
    हिँड्याे ठाउँ छाेडी आफूलाई वारी र पारी राख्याे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१३
    साउनभरि हातमा हरियो चुरा लाउने
    बाँकी एघार महिना त मात्रै कुरा लाउने
    कुरा गर्यो कुरैको दु:ख भन्छन् देश बनेन
    जो गर्छु भन्छ काम उसैमाथि शुरा लाउने
    ठुला मान्छे ठुलै भैगो काममा भुरा लाउने
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव7 Comments on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-१०४

    जमिन भासिँदा सिंगो बस्ती जोखिममा

  • ४ श्रावण २०८१, शुक्रबार १३:०८ मा प्रकाशित
  • पर्वत– जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिंगो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो । 

    गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् । जमिन भासिएपछि स्थानीयले प्लास्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रमनरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्गलामिछानेले जानकारी दिए। उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् । 

    वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिममा परेका जानकारी दिए। केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ ।

    यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनको खाँका तयार गर्न निर्देशन दिएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए। 

    पालिकाले अनुमानित लागत र डिजाइन तयार गरेपछि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री गुरुङले आश्वासन दिएका छन् । 

    बस्ती माथिको जमिन भासिएपछि सडकमा सवारी आगमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष लामिछानेले बताए। गाउँपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

    सोही खण्डअन्तर्गत दराक र थामर्जुङ, पहरे, काउछे, भगरिका केही घर पहिरोको जोखिममा रहेका पालिका कार्यालयले जनाएको छ ।

     यस वर्षको मनसुन सक्रिय भएपछि मोदी गाउँपालिकाको वडा नं २ देउपुरको जरुवामा रहेको दलित बस्ती पूर्ण रुपमा बगरमा परिणत भएको छ । यहाँ बस्दै आएका १५ परिवार विस्थापित भएका छन् ।

    Posted in मुख्य खबर, समाज1 Comment on जमिन भासिँदा सिंगो बस्ती जोखिममा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P