साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६२औँ) शृङ्खलाका लागि लघुकथाकार बाबुकाजी सुवाल ‘विकेश निराशी’को लघुकथा ‘बुढो हड्डी’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘विवश’ र लघुकथाकार प्रतिज्ञा प्रतिज्ञाको लघुकथा ‘झोला’ उत्कृष्ट तीनभित्र परेका छन् ।
——————-<•>——————
[१] लघुकथा: बुढो हड्डी
✍️ बाबुकाजी सुवाल ‘विकेश निराशी’ एक महिनाअघि विदेशबाट फर्केको नाति सहनीलाल चार पाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा परिन् । -“बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?” नथुनीले नातिलाई सोधिन् । -“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।” सँगै आएका मान्छेहरूलाई बन्चराहरू र डोरी सुम्पिँदै सहनीलालले भन्यो ।
-“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू ! नमास्नू, त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ, त्यसले । त्यही बारीको आँप तिमीहरूले खायौ, बढ्यौ, पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा ! नमास ।” नथुनी बज्यैले गहभरि आँसु पारेर गला अवरुद्ध गर्दै भनिन् । -“अब ती आँपका रुखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” सहनीलालले बज्यैलाई सम्झायो । -“हो त नि है ! यो बुढो हड्डीको के काम ?” नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।
२०८१ भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी ——————-<•>——————
२) लघुकथा: विवश
✍️ सुरेशकुमार पाण्डे -“साहुजी ! मेरो छोरी बिमार छिन् । कृपया मलाई पाँच हजार ऋण दिनुहोस्; मेरो तलबबाट चुक्ता गरुँला ।” सेरुले साहु मुरलीधरसँग बिन्ती बिसायो । -“हेर सेरु ! मसँग एउटा फुटेको कौडी छैन यो वेला । तँलाई कसरी दिउँ ? अरू यता सुन् तँ काम नसकिकन नजानू नि ।” मुरलीधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो । -“तर साहुजी मेरो छोरीको जिन्दगी दाउमा छ । उनलाई एक सय चार डिग्री जरो छ । अस्तिदेखि पैसा नभएर सदरमुकाम ठूलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रुपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु । दुई दिनको बिदा दिनुहोस् ।” सेरुले फेरि दुवै हात जोड्यो ।
-“तीन दिनदेखि नमरेकी तेरी छोरी आजै मर्छे ? काम नसक्दै तँलाई म छुट्टी दिन सक्दैनँ । काम सकेर जा, अनि फेरि भोलि कामको बेला आइपुग नि । नत्र काममा नआए पनि हुन्छ बुझिस् ।” मुरलीले आफ्नो अडान छाडेन ।
उता सेरु अत्यन्तै चिन्तित थियो । पाँच वर्षकी छोरी बिरामी भएकोले ‘कहाँ लिएर जाने’ भन्ने चिन्ता थियो । साहुले पैसा दिन पनि मानेन । ऊ आँगनीमा व्याकुल अवस्थामा उभिएको थियो । साहु मुरलीधर कुर्सीमा विराजमान थियो । -“साहुजी नमस्ते !” प्रदिप टुप्लुक्कै आइपुग्यो । -“सेरु ! अर्को कुर्सी ले त भित्रबाट ।” साहुले आदेश गर्यो । सेरुले कुर्सी ल्याइदियो । -“पर्दन सर ! म बस्न लाग्दैन । बरु यो दशहजार रकम राख्नुस्, अरू पछि हिसाब गरौँला ।” प्रदिपले दशहजार रुपैयाँ मुरलीधरलाई थमायो र फर्कियो ।
सेरु मनैमन खुसी भयो । साहुसँग रुपैयाँ आयो । ‘अब मेरो छोरीको उपचार हुन्छ ।’ -“साहुजी ! पैसा आइहाल्यो । अब मलाई मेरो तलब दिनुहोस् ।” फेरि हात जोड्दै ऊ मुरलीधरको अगाडि उभियो । -“सेरु ! यो पैसा अर्कै कामको लागि हो, दिन मिल्दैन । अरू पैसा सुको छैन ।” मुरलीधरले फेरि पनि बहाना बनायो ।
सेरुको सहनशिलताको बाँध टुट्यो । उसले मुरलीधरको हात मरक्क मर्क्याइदियो र सबै पैसा खोस्यो । घरमा अरू कोही पनि थिएनन् । त्यसपछि सेरु फटाफट घर गयो र छोरीलाई अस्पताल लगेर भर्ना गर्यो । केहीबेरमै प्रहरी लिएर मुरलीधर अस्पताल पुग्यो । -“सर ! सेरुले मसँग एकपल्ट छोरी बिमार छ भनेको भए म आफैँ अस्पताल पुराइदिन्थेँ । तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन ।” मुरलीधरले छाती चौडा गराउँदै भन्यो । उता सेरुले प्रहरीलाई मोबाइलमा रिकार्ड गरेको सुनाउँदै थियोे ।
दाङ घोराही १८ २८-०८-२०२४(१२-०५-२०८१) ——————-<•>—————–
३) लघुकथा: झोला
✍️ प्रतिज्ञा प्रतिज्ञा -“जाने बेलामा हाँसेर बिदा गर्नु है ” उनले भने तर उनको आँखाहरू भरिएका थिए । आँसु खस्नलाई हतार गरिरहेका थिए ।
बुढी आमाले सकी नसकी छोराको निधारमा रातो टीका टाँस्दै आशिर्वाद दिइन् । -“भगवानले तेरो सधैँ रक्षा गरुन् !” उनलेे श्रीमती र आमासँग बिदा मागेर जान आँटेका थिए, आमाले प्रश्न गरिन् । “बाबु ! झोला गरुङ्गो छ, कसरी लग्छस् ?”
उनले दुखी हुँदै भने । -“योभन्दा त पीरको झोला बोक्न गाह्राे हुँदोरहेछ, आमा !”
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] तिज रक्सीको दर संस्कृति दैवको भर !
वसन्त अनुभव [२] तिज नारीको पर्व हुँदैन रक्सीको गर्व !
झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
१) नटखट कृष्ण काले गोपीनीको मन मुटुमा चट्ट डेरा जमाइहाले । ✍️ वसन्त अनुभव
घोराही, दाङ
२) श्रीकृष्णको मुरली साधना आज कृष्ण जन्माष्टमीको सबैमा मङ्गलमय शुभकामना ! ✍️
बेदु न्यौपाने
३) श्रीकृष्ण जन्माष्टमी मनाएँ सबैलाई शुभकामना छ पूजा गरेर जनाएँ ! ✍️
अम्बिका अधिकारी
४) कृष्ण जन्माष्टमीको शुभकामना शक्तिको अपरम्पार उनी गरौँ शुध्दताले याचना ! ✍️ शोभा आचार्य गौतम
काठमाडौँ
५) श्रीकृष्ण जन्माष्टमी मनाउँदै एकमाथि छन् अनेक झिल्का कविता बनाउँदै ! ✍️ रबि पाैडेल
साप्ताहिक झिल्का लेखन अभ्यासको ३२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, डम्फु तिमी बजाउॅंछौ केही नसोची दायाँबायाँ आखिरीमा के पाउॅंछौ ? २, बोकेर एउटा आनीबानी हात्तीको दाँत देखाउॅंछौ भन्न नपाइएला पानी । ३, अन्नपानीले बाँचेको ज्यान अहम् भावना किन ? हृदयबाटै गरौँ योगदान ।
म्यामराज राई … १, माटोमा जन्मिएर हामी नगरौँ हेला कसैलाई नभनौँ दमाई, कामी ! २, रगत एउटै हुन्छ काटे सबैको रातो गालीले मुटु छुन्छ । ३, चुहिने छाता हातमा छेकिॅंदैन पानि पनि कति हिॅंडाउनु साथमा ?
रवि पौडेल, दक्षिण भारत पाण्डेचरी … १, सबैको एउटै धरती टाढा नजिक छैनौ होस् सबैको अग्रगति। २, माया बसोस् गाढा रगत सबैको एउटै नभनौँ नजिक टाढा। ३, फूलको बास्ना मिठो सबैलाई दिने उही नलागोस् कसैलाई टिठो।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, जातीय विभेद नगरौँ मानव हामी एउटै मनमा ज्ञान भरौँ । २, आफ्नो संस्कार बचाऔँ सबैले बुझ्ने गरौँ इतिहासको बाटो रचाऔँ । ३ भलाई हुन्न डम्फुले काम गरेर देखाऊ बजाउँछ डम्फु लम्फुले ।
वेदु न्यौपाने … १, तिज पर्व आयो दर खाँदै खुसी महिना नै बितायो ।
ताराप्रसाद चापागाईँ … १ एक हातले ताली बज्दैन भन्ने बुझ्दैनौ भेट्छौ समाजको गाली । २ हिंसा अहंभावना लोभ काम क्रोध ईर्ष्याले दुनियाँदारमा बढ्दछ क्षोभ । ३ सक्छौ गर सत्कर्म अपराध नगर कहिल्यै कम्तिमा थाम्नु स्वधर्म ।
गुणनिधि घिमिरे, अमेरिका … १ परम्परा त्यागेर किन ? विकृति फैलाउँदै यसरी सम्झेर लाग्छ घिन। २ तीन दिनको पर्व महिना दिनभरि मनाउने कसरी गर्नु गर्व।
सङ्गीता खरेल, काठमाडौं … १, कतै तिजको लहर कतै डम्फुको ताल विविधताको काठमाडौं सहर ! २, चल्नु हुँदैन कुसंस्कारमा हुनुपर्छ नि बहस जातमा होइन विचारमा ! ३, कसले बुझ्छ मोल पेलिनुपर्छ निर्धाले मात्रै रूप फेर्दैछ कोल !
दीपा समभाव, दुबेकोल खोटाङ्ग … १, बसी खाने ठालु किसानलाई दु:ख दिए फुट्ला तिम्रो तालु। २, परिश्रमले धन कमाउनु सुखमय जिन्दगी बनाई हर्ष उल्लासले रमाउनु। ३, तिजको लहर आयो दर खाने निउॅंले महिना दिन बितायो ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, पत्रकारिता कमाउ धन्दा नबनाऊँ सचेत बनौँ धनले इमान् मन्दा। २, फोहोर भयो राजनीति अराजक भए लिडर सफा हुँदैन सितिमिती। ३, पहेँलो सेतो पोशाक बेइमान लुक्ने टालो बनाए सत्य खाक।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, नौमती बाजा बजाएर आजै घर भित्र्याउॅंछु तिमीलाई डोलीमा सजाएर । २, भनेको मान खुरुक्क धेरै जिद्दी गरेमा बोकेर लैजान्छु जुरुक्क । ३, नसुन अर्काको कुरा मनमा भएका रहरहरू सबै गरिदिन्छु पूरा ।
लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई) … १, सेलोमा डम्फु बजाउॅंछु। डम्फु तामाङको चिनारी । यसैमा पहिचान पाउॅंछु ।
वेल थोकर तामाङ … १, मलाई जालमा पार्यौ बस्यौ विदेश गएर धुरुधुरु रुवाइ मार्यौ। २, यति सुन्दर देश हाम्रो कारणले त बिग्रँदै गयो परिवेश। ३, छैन हाँसो ओठमा नलागे पनि विश्वास गर्नुपर्ने कालो कोटमा।
सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, खोलेर बात मनको कुरा गरौँ मिलेर भलो हुन्छ जनको। २, दिल छोयो मेरो राम्रो तिम्रो कुराले नाच्यो नयन सेरोफेरो। ३, फूलको बिरुवा रोपेको आहा! बगैंचामा सुन्दरता देखियो धर्तीलाई छोपेको ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा … १, गरेर काम खास खुसीले हरेक मनमा हुन्छ ईशको बास !
आर्त अकुलीन … १, देशमा जताततै पहिरो गाउँ भयो युवाविहीन समाजमा चिन्ता गहिरो। २, देशमा भ्रष्टाचारको जालो देश छाडेर नजाऔॅं समाऔॅं फटाहाहरूको कठालो। ३, घरबारीमा सुन फल्छ युवाहरू एकमतले उठ भ्रष्टाचारीको सत्ता ढल्छ।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ … १, बोकेर डरको भारी कतै पनि अब सुरक्षित छैन नारी । २, कस्तो हुन्छ दृष्टिमा सुरक्षित छैन कतै छोरी नजन्मिऊन् सृष्टिमा । ३, सबै अघि सर्नुपर्छ अन्त्य गर्न ज्यादती हामी लक्ष्यमा लागिपर्नुपर्छ ।
अनिता भण्डारी, ताप्लेजुङ … १, कहिलेसम्म बस्ने मागी यी देशद्रोही कहिल्यै सोचेनन् देशको लागि । २, देशमा अँध्यारो छायो एमसीसी र एसपीपीले अमेरिकी सेना आयो । ३, सकिन्न कहिले छेकेर दलालहरू मोटाएका छन् युवा सबै बेचेर ।
दीप गोले तामाङ, रौतहट … १, नेपाली माटो भुलेर किन त्यतै रमायौ उमेर गयो डुलेर! २, किन दास बन्दैछौ पसिना बेचेर रमायौ नेपाल हाम्रो भन्दैछौ । ३, फर्केर आउलौ नेपाल उजाड बनाए देशयो बनाउँ सुन्दर विशाल!
कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा … १, धनको धेरै खोजीमा आफैलाई कहिले नबेचौं केही नरहोस् गोजीमा। २, प्यार थियो राधामा घृणाको जिन्दगी नबिताऔॅं सकियोस् जीवन आधामा। ३, पसिनाको कमाई रसिलो धर्य राखौं मनलाई इज्जत बाधौँ कसिलो।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ। … १, हाँसो बालापनले पायो समय बलवान् हुन्छ खुसी जिम्मेवारीले खायो । २, सबै समयको खेला परिस्थिति वक्र भएपछि लाग्छ चुनौतीको मेला ! ३, मानसिक अपाङ्ग हुन्छ अन्धभक्त कार्यकर्ता हुँदा मुलुक एक्लिॅंदै रुन्छ ।
ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … १, तिथि पाइने पात्रो जिउँदो रहँदा कहिल्यै किन्न नपाइने कात्रो। २, संस्कारमा जीवन सारौँ मनमा प्रभु बन्दना जीवनलाई मात्र सुधारौँ ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, श्रीमती सुन सम्झेर तिजमा रुन्छिन् बरै ! आमा नुन सम्झेर। २, गरिबीको कथा भयो नामर्दको श्रीमती बनेछु रहरहरू सबै गयो। ३, धनबिना मधुवन कसरी ? निमोठेर रहर कल्पना रहरहरू ढल्दैछन् यसरी।
घनश्याम पन्त, हरिवन सर्लाही … १, कति गाह्रो भयो कथाको माध्यमबाट बुझ्नु जिन्दगी बितेर गयो। २, आशा गरे मनमा फेरि उठेर जानेछु नाम कमाउँछु धनमा। ३, लेख्छु झिल्का यहाँ मनको कुराहरू राखेर तिमी छौ कहाँ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, रमाइलो गर्ने आयो चेलीहरूका खुसीको समय सबैको हाँसो छायो। २, तिजको गीत गाउॅंदै महिना दिन रमाउछ देशमा विकृति फैलाउॅंदै। ३, सच्चा सपूत देशमा खोजीरहेछ सबै जनताले गौतम बुद्धको भेषमा।
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १, गाढा बनोस् माया सुखदु:ख भए नि जीवनमा नपरोस् छाया । २, पिपलको सितल छाया छुटनु हुँदैन सानू, हाम्रो बसेको माया ।
मन थापा, पोखरा २१ बक्रेक … १, स्वास्थ्यलाई हुने हित गुर्जोको सेवन गर्दा हुन दिॅंदैन सङ्क्रमित । २, हिंसाको खबर आयो जतिसुकै असुरक्षित नारी जनमानसमा कहर ल्यायो । ३, आफ्नो समस्या गम्भीर अरूको चाहिँ धुलो अछामको भए दानवीर ।
पृथक प्रकृति ,झापा … १, टाढा हुन्छु भन्छौ मेरो माया मारेर पाइला अन्तैतिर गन्छौ। २, सदनमा होडबाजी चलेको भ्रष्टाचारी नेताको अभिनयमा सोझा जनता ढलेको। ३, साँच्चै छैन सरम सदनमा बस्ने मान्छेको छैन गतिलो इलम।
कला ढकाल झापा … १, नगर्दा कसैको हानी दोष लगाइदिन्छन् यहाँ निर्दोषलाई सबै जानाजानी । २, परेको बेला बिरामी कसलाई बोलाउँदा राम्रो डाक्टर या धामी ? ३, टुट्न सक्छ मन अरूको कुराले यहाँ गर्नु सदैव जतन ।
अमृत कोइराला, पोखरा -१८,चंखपुर … १, सुरक्षित छैनन् नारी गरिखान छ गाह्रो बोकेर डरको भारी । २, कुम्फु कराँते सिकेर हतियार आत्मरक्षाको निम्ति दैनिक समय झिकेर । ३, गोप्य हतियार मानेर लाइसेन्स झोली नपर्ने सुरक्षित रहौं जानेर ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, जिन्दगी प्रकृतिको जिम्मेवार ल्यायौँ न लानु निरन्तर चलिरहन्छ, दमदार! २, बाटो बनएर हिँड्नु सङ्घर्ष छँदैछ त्यहाँ आफ्नो कमजोरीसँग भिड्नु! ३, सुखदुःख जीवनको पाटो जीवनमा रोज्नु पर्ने छुट्टा छुट्टै बाटो!
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, विकृत भयो तीज ह्विस्की बियर बाहेक देखेन खाने चिज । २, तीज पर्व मनाऔँ भड्किलो नगरी संस्कृति भव्य सभ्य बनाऔँ ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, पर्व यो हरितालिका मनाउन थाले आजभोलि नगर तथा गाउँपालिका । २, महिलाकाहरूको महान चाड हिजोआज पुरूषसँग नाच्दा मस्कियो नारीहरूको ढाड । ३, चलन खाने दर तिथिमिति छैन कुनै कसको पर्ने भर ?
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, जिन्दगी चलाउन सघाऊ समस्याको हुरिबाट मित्र ती आफन्तहरूलाई बचाऊ । २, दु:ख नगर बढार्न आफै बढारिन्छ धुलो पर्दैन तिमीले झार्न । ३, सङ्गतले मति बिग्रियो ओरालोमा हिॅंडिरहेको जिन्दगी चोर चोरीबाटै पक्रियो ।
ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, रहर तीजमा नाँच्ने उफ्रेर बाडुली कम्मर मर्काइ मर्काइ भाँच्ने । २, विकृति बढेर आयो तीजको नचाहिँदो गीत दुनियाँ यसरी हसाँयो । ३, माइती घर जानुछ दिदी बहिनी मिलेर दर पकाएर खानुछ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, कुकर्मको काम गरियो तिनै कामको परिणामले नराम्ररी तल झरियो। २, उपदेश दिनलाई सजिलो देखाउनै गाह्रो कामगरेर दुखिरहन्छ फिलाको पिलो।
होमप्रसाद नेउपाने, धरान,सुनसरी … १, कुरा अधिक राम्रो चाला निकै तुच्छ बिगार्यो छवि हाम्रो । २, लेख्छ आफै मेट्छ कस्तो दुइजिब्रे चाला तब गोदाइ भेट्छ ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार … १, मनाउनु पर्छ तिज संस्कार संस्कृति र परम्पराको मास्नु हुँदैन बीज।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, संसारमा ठुलो माया सक्छौ भने तिमी दिएर बस्नु छाया । २, धनीलाई मात्रै मान्छन् भन्छन् नि भन्नलाई सन्तोष ठुलो ठान्छन् ? ३, तिम्रो माया लाग्छ भन्नेले भनोस् जेसुकै रातभरि आँखा जाग्छ ।
रामप्रसाद पुरी, बादेल, खाेटाङ । … १, धन कमाउने बहानामा बालबच्चा बिचल्ली पारी बिलासिता जीवनको चाहामा । २, हिराको महत्त्व नबुझ्ने बिदेशमा पसिना पोख्ने ठेस लाग्दा सुझ्ने । ३, विदेशी भूमि हराभरा स्वदेशमा सिन्को नभाँच्ने उसैको बारी जरा ।
धनमाया चौधरी, कैलाली … १, तीजमा अब रमेर मनाऔॅंला चाड यसपालि आफन्त सबै जमेर । २, दुःख पीडा भुलेर बाँडौँला खुसी भेटमा एक अर्कामा खुलेर।
पुष्पा राई, खाेटाङ … १, सकारात्मक भए पालक सुन्दर शब्द सिकाऔॅं असल बन्छ बालक ।
प्रेम थापा “मन”बागलुङ … १, रमाउने दिन आए तिजको गीत सुनेर नाच्नेहरू धेरै रमाए। २, मिठा सुरिला भाकामा गाउॅंछन चेलीले गीत नाच्दै भिर पाखामा।
सुनगाभा पोखरेल, हाल:नेपालगन्ज … १, सभ्य भाषाका गीत गाएर भुलौँ पिर पुरातन तिजको रीत । २, विडम्बना छाउॅंदै तिजमा सुरापान मस्ति नहोस् लिएर डान्सबार लिजमा । ३, नारीको ठुलो पर्व हरिको गरेर पूजा मनाउॅंदा हुने गर्व ।
हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला,सल्यान … १, दुःखमा आत्तिने बानी धैर्यता र साहसले जीवन चल्छ सानी । २, पितापुर्खाको आशिष् पाएर छॅंदैछ मनमा संकल्प सधैँ कोसिस गरेर । ३, शान्तिको दीप जलाई सधैँ उज्यालो पार्नुपर्छ आफूभित्रको आफ्नो मनलाई ।
कृष्ण बजगाई, भक्तपुर … १, फूलको रस चुसेर लोभी भवरा उड्यो गयो बोट सुकेर । २, बिहान बेलुका रातमा सम्झना झल्झली आउँछ तस्बिर उनकै हातमा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, कसैको भएन भर घमण्ड चुलिएपछि यहाँ सिन्दुरबाटै मारिने डर ! २, अनपेक्षित खबर लेखियो अनुशासनको पाठ सिकाउन छोरालाई आवश्यक देखियो। ३, आफन्त सारालाई रुवायो भरिएपछि रिसको घडा आफ्नै जिन्दगी डुबायो ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, घन्काउॅंदै सन्देशको मन्दरा नविनतम लघुकाव्य झिल्काले छिचोलोस् कुना कन्दरा l २, ओजिला होउन् शब्द झिल्काको भाव बुझेपछि पाठक बनून् स्तब्ध l ३, आआफ्नो ठाउँमा बसी झिल्का कविता कोरौँ पोखेर भावको मसी l
बाबुराम गौतम, गुल्मी … १, आयो भन्दै तिज गीत गाए कलाकारले रोपेर विकृतिको बीज ।
चन्द्रकली राना मगर, नौबहिनी -३, प्युठान … १, सपना सुन्दर सबै निन्द्रसँगै सबै मेटियो विपना बेहाल कठै ! २, उ मौन बस्छ शब्दहरूले ऐॅंठन पार्दै मेरो गला कस्छ। ३, कुराहरू सङ्लो छैन विश्वास नगर्नु कसरी उनी पराई हैन।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ … १, मुटुको घाउ देखिन्न याद गर हत्केलाले कहिल्यै सूर्यलाई छेकिन्न । २, मनभरि पीडाको झोला थाहा छैन जिन्दगी कहाँ अन्त्य होला । ३, मनको मैलो फाल्न न सकेँ सिलाउन न सकेँ टाल्न।
ललिता गिरी सिन्धुली (हाल काठमाडौं नेपाल) … १, काक्रोले गर्मी भगाउँछ पानीको मात्रा पुराई, ग्यास्टिकलाई रोक लगाउँछ । २, स्वास्थ्य स्वस्थ बन्छ काक्रो खाँदा जहिल्यै , रक्तचाप ठिक रहन्छ । ३, शरीर निरोगी बनाऔॅं धेरै फाइदा पाइने, काक्रो सधैंभरि खाऔॅं ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, आयो तिजको लहर भोक भोकै व्रत बस्दै रमाइलो दार्जिलिङ सहर । २, आयो तिज पर्व माइती जाने लहर सबैले गरौं गर्व ।
प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ … १, समाजको जन्जिर तोडेर एक बनौं हामी प्रेमिल हृदय जोडेर । २, दुनियाँ संसार भुलेर मिठो सुवास छरौँ फूलझैँ सुन्दर फुलेर। ३, बनोस् प्रेम गीत चोखो माया गर्नेको सदैव हुन्छ जीत ।
रुना कर्माचार्य दाहाल, चितवन … १, गौरा पर्व आयो आम नेपालीको माजमा , सधैँ खुसीले छायो । २, गौरामा खुसी हर्ष खेल्न बोल्न पाउँदा, सकियो अन्तिम निष्कर्ष ।
श्रीकृष्ण धामी – बझाङ … १, राष्ट्र पहिचान हाम्रो हामी सबै मिलेर बनाउँ देश राम्रो । २, हुन् संस्कृति कृति कदापि भित्रनु हुन्न हस्तक्षेपी ती प्रवृति । ३, देखासिकी गर्न छोडौँ समाज विकास गर्न अन्धविश्वासका पर्खाल तोडौँ ।
जयनारायण नेपाल, इलाम, (हाल सूर्य विनायक -२, बालकोट ,भक्तपुर) … १, हातमा छ मोबाइल भएन झिल्का राम्रो नखुल्दा स्मरणको फाइल । २, आज झिल्का जुरेन समय धेरै बित्यो शब्दहरू फुर्दै फुरेन । ३, लिखत पक्का हुन्छ भावनामा विकार आए कानुनले पनि छुन्छ ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, पञ्च बिरुडा भिजाई पञ्चदेवलाई साक्षी राखी पुजिन्छ गौरा देवीलाई । २, दुलही जस्तै बजाउँदा मन शान्त हुन्छ गोर्या कथा सुनाउँदा । ३, गौरालाई शिरमा राखेर उपासिका लोरी गाउँदै रमाइलो गर्छन् नाचेर ।
नन्दा धामी, नौगाड दार्चुला … १, महान् हुन् ईश अब कसले पत्याउने नसुनाऊ उठ्छ रिस ।
सुरेश कार्की … १, तिजको दर पाक्दैन अब त घरघरमा नाचेर चेली थाक्दैन । २, तिज आयो रम्मझम लाग्न थाल्यो अचम्म सबै चेली छमछम ।
इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३ … १, धन मात्र सॅंगाल्छ लोभले सत्य देख्दैन , असन्तोषी जीवन अँगाल्छ । २, दुवैतिर उनी ठिक्क फाइदा लिन्छिन् धेरैसँग , सोझा पर्छन् दिक्क। ३, शरीर बुढो होला सम्पत्ति बोझ लागेर , मानवीय भावनाले छोला।
सुस्मिता अधिकारी, काठमाडौँ … १, ढुङ्गोमा जीवन देख्नेहरू रक्ताम्य छन् आजकल दु:खका कथा लेख्नेहरू ! २, अनेकौँ थरी थालमा आश्वासनका छन् परिकार जनता नेताको जालमा !
वसन्त अनुभव, घोराही, दाङ … १, आमाको हातको ढकनी माली गाईको घ्यू खानलाई बिदा मगनी । २, जीवन अर्कैको हातमा दासत्व अन्त्य भएन विभेद लिङ्ग साथमा ।
ममता पौडेल, बुढीगङ्गा – २, मोरङ … १, हाँसौँ, खेलौँ, रमाऔॅं वर्ष दिनको तिजमा आफ्नै संस्कृति समाऔॅं । २, विसङ्गति, विकृति हटाई खानुपर्छ तिजैको दर आफ्नै संस्कृति जोगाई ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] पुरुष पिठ्युँमा भारी काँधमा परिवारको जोम्मेवारी !
वसन्त अनुभव [२] कुप्रो गरिबिको भुप्रो पिठ्युँमा भारिको थुप्रो !
एक जना शिक्षकले लामो समयदेखि शिक्षण पेसा गर्दै आइरहेका थिए। उनको शिक्षण कला पनि सन्तोषजनक नै थियो। विद्यार्थीको मनोविज्ञान बुझ्ने प्रयास गर्दै शिक्षण गर्थे । कक्षाकार्य, गृहकार्य, परियोजनाकार्य,एकाइ परीक्षा, मासिक परीक्षा,त्रैमासिक परीक्षा जस्ता निरन्तर मूल्याङ्कनका साधनहरूद्वारा सकेसम्म विद्यार्थीको सिकाइ उपलब्धि विकास गराउने प्रयत्न पनि गर्थे। सिकाइ उपलब्धि पनि राम्रै थियो।यी कार्यहरू गर्ने हुँदा विद्यालय प्रशासनले पनि उनलाई एक असल शिक्षकको रुपमा लिने गर्थ्यो।
एक दिनको कुरा हो,शिक्षक दैनिक जस्तै एउटा कक्षाकोठामा शिक्षणको लागि प्रवेश गरेका थिए।कक्षाकोठामा प्रवेश गरेपछि उनले विद्यार्थीलाई भने,” विद्यार्थी भाइबहिनीहरू कापी र कलम तयार पार।” शिक्षकले भनेअनुसार सबै विद्यार्थीले कापी कलम तयार पारे। शिक्षकले कक्षाकार्य दिए। कक्षाकार्य थियो। आमा शीर्षकमा निबन्ध लेखन। शिक्षकको निर्देशन अनुसार विद्यार्थीले दिइएको शीर्षकमा कक्षाकार्य गर्दै गए।
कक्षाकोठामा भएका सबै विद्यार्थीले खुरूखुरू कक्षाकार्य गरे। शिक्षकलाई बुझाउन पनि थाले तर एकजना विद्यार्थीले भने कक्षाकार्य नगरेर झोक्रिएर बसिरह्यो। कक्षाकार्य गरेन। अब शिक्षकलाई रिस उठ्यो। उनले एक दुई थप्पड लगाए। विद्यार्थी रुन थाल्यो। ऊ भावविह्वल भएर रोइरह्यो। अझ रुन्छन् भनेर शिक्षकले फेरि एक थप्पड लगाएर सोधे,” किन कक्षाकार्य गरिनस्?।” विद्यार्थीले अझ रुँदै भन्यो,” मेरी आमा आजभन्दा चार वर्ष पहिला बित्नुभएको थियो। आज मलाई आमाको साहृै याद आयो। मुटु छियाछिया भयो अनि मैले कक्षाकार्य गर्न सकिन।” विद्यार्थीको कुरा सुनेर शिक्षकले पछुतो मान्दै उक्त विद्यार्थीसँग माफी मागे।
भाद्र ७ दाङ / सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङ जिल्लाकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धाममा संचालित श्री माता पवित्रादेवी सांङ्गवेद संस्कृत विद्यालय गुरुकुलमा अध्ययनरत वटुकहरुकालागि आउँदै गरेकाे श्री कृष्ण जन्माष्टमिकाे शुभ अबसरमा भण्डाराकालागि घर घरमा गुरुकुल अभियान अन्तर्गत गुरुआमा जयन्ती सुवेदीज्यूबाट प्रशिक्षित भैरहनुभएका याेगमाया सदनका शिक्षार्थीज्यूहरु करुणा न्यौपाने,शान्ता रिसाल ,सुमित्रा सुवेदी ,नर्मदा आचार्य ,सुमित्रा आचार्य ,बिन्दु अर्याल ,यशाेदा अधिकारी ,सरस्वती पाैडेल ,शारदा कुईकेल र ईन्दिरा के. सि.ज्यूबाट रु५००५/- तथा अन्य २ जना भक्तबाट गुरुकुललाई सद्भाव सहित सहयाेग गर्ने ईच्छा प्रकट गर्नुभई रमेश आचार्य र कविता न्याैपानेज्यूबाट रु१०००/- गरि जम्मा रु६००५/- प्रदान भएकाे छ । घर घरमा गुरुकुल अभियानद्वारा संस्कृत पठन पाठन गराउने उद्धेश्य अनुरुप सरल तथा सहजता पूर्वक सहभागी हुने वातावरण निर्माण गरि विभिन्न ठाँउकाे प्रतिनिधित्व गर्ने चर्चित स्थानहरुकाे नाममा ३७ वटा समूह बनाई हजाराैलाई संस्कृत शिक्षा पठन पाठन गराउँने आफ्नाे उद्धेश्यमा अगाडि बढिरहेकाे छ ।
हाम्रा वैदिक धार्मिक ग्रन्थहरुलाई सरल तरिकाले सिक्ने सिकाउने वातावरण बनाउदै लगि यस अभियानले काठमाण्डाै,चितवन ,हेटाैडामा शाखा विस्तार गर्दै दाङमा पनि कार्यक्रम संचालन गरेकाे छ ।सहभागिहरुलाई विभिन्न सदनमा संगठित गरि हरेक एकादशीमा मठ,मन्दिर लगायत आश्रम गुरुकुलमा हाम्रा चाडपर्वहरुकाे महत्वलाई बुझाउँदै लैजाने अभियानका संयाेजक आचार्य गुरु कपिल सुवेदीज्यूले जानकारी गराउनु भएकाे छ ।
अभियानले आफ्नाे कार्यक्रम दाङ जिल्लामा पनि संचालन गर्ने क्रममा प्रयासरत दाङकाे गुरुकुलकालागि सहयाेग जुटाउँदै आएकाे छ । यस प्रकारकाे सद्भावले सबैलाई एकतावद्ध गर्नुका साथै संस्कृत शिक्षाकाे जगेर्ना केबल विद्यालय , विश्वविद्यालयले मात्रै गर्न नभ्याएकाे अबस्थामा यस अभियानले घर घरमा शिक्षा तथा संस्कारलाई सजिलरिनै पुर्याउनकालागि गरेकाे सत्कार्यले समाजलाई जागरुक बनाएकाे गुरुकुल तथा आश्रमका व्यवस्थापक गुरु प्रकाश भट्टराईज्यूले बताउनु भयाे साथै सबै अभियान कर्ता तथा याेगमाया सदन परिवार प्रति हार्दिक आभार सहित कृतज्ञता ब्यक्त गर्नु भएकाे छ ।
सिरहा, भदौ ५ गते । नेपाली लघुकथा साहित्य फाँटमा स्वस्तिका सिम्खडाको ‘प्राणप्रतिष्ठा’ र नन्दलाल आचार्यको ‘लौरो’ नामक दुई लघुकथासङ्ग्रहको लोकार्पण भयो । कक्षा पाँचमा अध्ययनरत आख्यानप्रेमी गजल आचार्य र अर्का पीयूष आचार्यद्वारा संयुक्तरूपमा लोकार्पण भएको थियो । उक्त दुबै कृतिको लोकार्पण समारोहको आयोजक संस्था बुढ्यौली साहित्य समाज, मधेस प्रदेश समिति र लघुकथा प्रतिष्ठान नेपाल हुन् ।
बुढ्यौली साहित्य समाज, मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेको सभाध्यक्ष, बुढ्यौली साहित्य समाज, नेपालका अभियन्ता रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य, शब्दाङ्कुर साहित्यप्रधान मासिक पत्रिकाका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ र पूर्व प्रधानाध्यापक तथा लघुकथा विमर्शक रमेन्द्र कोइरालाको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, प्रगतिशील लेखक संघ सप्तरीका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज, सप्तरीका कार्यवाहक अध्यक्ष मेघराज पौड्याल, बुढ्यौली साहित्य समाज, सिरहाका अध्यक्ष गणेश अधिकारी, साहित्यकार खगेन्द्र बस्याल, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, कल्याण पन्तलगायतका अतिथिहरूले लोकार्पित कृति बारे बोल्नुभएको छ ।
लघुकथा प्रतिष्ठान नेपालका व्यवस्थापक त्रय मनोहर पोखरेल, रचना शर्मा, मीना साह ‘एन्जल निलु’, साहित्यप्रेमी हरि आचार्य लगायतले लोकार्पण समारोह रोचक र स्मरणीय भएको बताउँदै लोकार्पित कृति बारे आआफ्ना धारणा राख्नुभएको थियोे । उक्त अवसरमा ‘प्राणप्रतिष्ठा’ र ‘लौरो’ लघुकथासङ्ग्रहले लघुकथाको विकासमा विशेष अर्थ राख्ने बताउँदै विशिष्ट अतिथि रमेन्द्र कोइरालाले भन्नुभयो; “स्व. सिम्खडाको एउटै पुस्तक ध्रुबतारा झैं चम्किरहने छ । एक वाक्यमा आकस्मिक उठान, एक वाक्यमा हठात् समापन, एक परिवेश एक घटना र एक उद्देश्यको विशिष्टता लघुकथाको पहिचान हो । यस कुरामा दुबै कृति हदैसम्म सचेत रहेको पाएको छु ।”
स्वस्तिका सिम्खडाकाे ‘प्राणप्रतिष्ठा’मा उनिएका लघुकथामा बिन्दुमा सिन्धु रहेको र आशावादी जीवनदृष्टि एवं सामुहिक भावनाको स्वर जगाएका छन् भन्ने विचार अतिथि खगेन्द्र बस्यालले व्यक्त गर्नुभयो । नन्दलाल आचार्यको ‘लौरो’का लघुकथाहरू आकारमा साना भए पनि सर्वाङ्ग पूर्णता रहेको विचार राख्दै बस्यालले भन्नुभयो; “यस ‘लौरो’का लघुकथाले गहन विषयलाई फरक शैलीमा व्यक्त गरेका छन् । लघुकथा रसिला, स्वादिला, कसिला, पोटिला र चोटिला बन्न सफल छन् ।” शारीरिक अवस्था प्रतिकूल हुँदाहुँदै पनि शिक्षक जस्तो समाजको गहन जिम्मेवारी निर्वाह गरिरहेको भन्दै अतिथि मेघराज पौड्यालले भन्नुभयो; “नन्दलाल आचार्य मधेसको साहित्यिक जगतको एक गहकिलो साहित्यिक नक्षत्र हो ।”
‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहमा जीवनको अनुभूतिलाई कथाकथामा सजाउने सीप र सामर्थ्य रहेको बताउँदै आयोजक मनोहर पोखरेलले भन्नुभयो; “निजत्व झल्कने शैलीमा मान्यजनलाई सम्मान अनि भ्रष्ट, बिकृत मानसिकतालाई व्यङ्ग्य गरेकी छिन् स्वस्तिका सिम्खडाले । परिवार र समाजका अन्तरकुन्तरमा चियाउँदै वर्गीय विषमता र अन्तर्विरोध अनि युगीन सामाजिक जीवनको कुनाकाप्चामा निरीक्षण गर्दा प्राप्त अनुभूतिलाई संश्लेषित गरेर कथात्मक बान्की दिएकी छिन् ।” मानवीय जीवनका विभिन्न आयामलाई सूक्ष्म रूपले निहालेका नन्दलाल आचार्यले विषमतायुक्त समाजका अन्तर्विरोध केलाउँदै बिग्रँदो अवस्थाप्रति चिन्ता जाहेर गरेर सर्जक र असल नागरिकको जिम्मेवारीबोध गरेका छन् भन्दै मनोहरले थप्नुभयो; “सामाजिक जीवनलाई सूक्ष्म रूपले छामेका आचार्यले ‘लौरौ’ लघुकथा सङ्ग्रहमार्फत सचेतनापूर्वक समानता र सकारात्मक दृष्टिकोणका साथ जीवन उतारेका छन् ।”
स्वस्तिकाले लेखेर पनि त्यसै गुम्साएर राखेका मनका वेदनालाई ‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक लक्ष्मी रिजालले प्राण भरिदिने कार्य गरेको बताउँदै कार्यक्रमआयोजक सदस्य रचना शर्माले भन्नुभयो; “सूक्ष्म तथा गहन विषयबस्तुलाई मार्मिक एवम् वैचारिक तवरले उनेर तयार पारिएको स्वस्तिका सिम्खडाको लघुकथा सङ्ग्रह हो- ‘प्राणप्रतिष्ठा’ । सामाजिक विसंगति निर्मूलका लागि विद्रोह भाव बोकेको नन्दलाल आचार्यको लघुकथासङ्ग्रह ‘लौरो’ले साहित्यको धरोहर निर्माणमा कोशेढुङ्गाको काम गरेको छ ।”
स्वस्तिका सिम्खडा एउटा कुशल अनि प्रकृतिवादी आख्यानकार भएको बताउँदै एन्जल निलुले भन्नुभयो; “उनको ‘प्राणप्रतिष्ठा’ कृतिमा हृदयस्पर्शी शब्दहरूको सुन्दर संयोजन भेटेँ ।” त्यस्तै उनले नन्दलाल आचार्यको ‘लौरो’ लघुकथाकृतिमा मौलिक स्वाद र उत्कृष्ट लेखाइ रहेको बताउनुभयो । आचार्यको ‘लौरो’ लघुकथाकृतिमा सामाजिक विषयवस्तुलाई घनिभूत रूपमा उठाएको बताउँदै अतिथि मीना देवकोटाले स्वस्तिकाको लघुकथा लेखनको शैलीपक्ष मनमोहक रहेको बताउनुभयो । त्यस्तै ‘प्राणप्रतिष्ठा’ एउटै कृतिले स्वस्तिकालाई साहित्यमा जीवन्त पारेको मनोभावना समेत ओकल्नुभयो ।
लोकार्पण कार्यक्रममा बोल्दै लक्ष्मी रिजालले भन्नुभयो; “आफूले भोग्नुपरेको समयलाई ३३ लघुकथामा उनेकी छन् स्वस्तिकाले । अनुभूतिलाई चट्ट मिलाएर लघुकथाको फ्रेममा ढाल्न सक्ने उनमा अद्भुत क्षमता देखेकी छु मैले ।” उनले नन्दलाल आचार्यका १११ लघुकथाले समाजका अनेकन पक्षको शल्यक्रिया गरेको समेत बताउनुभयो । दुबै कृति एकसरो छिचोल्ने सौभाग्य पाएको बताउँदै कार्यक्रमका उद्घोषक समेत रहनुभएका हरि आचार्यले भन्नुभयो; “थोरै शब्दमा लामो कहिरन समेट्न सक्नु लघुकथाको विशेषता रहेछ । दुबै कृति यसमा चनाखो रहेको भेटेँ ।” प्रमुख अतिथि समेत रहेका रमेशमोहन अधिकारीले लोकार्पित दुबै कृतिले साहित्यमा महत्त्व राख्ने बताउनुभएको थियोे । कार्यक्रम पौने दुई घण्टासम्म चलेको थियोे ।
(समाचार श्रोत: लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी )
झिल्का लेखन अभियानको २५ औँ शृङ्खला (गुरुपूर्णिमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————— १) बाआमा पहिलो गुरु घर मेरो पाठशाला गर्नलाई सिकाइ सुरु । २) गराएर ज्ञानको पान सत्मार्गमा हिँड्न सिकाए राख्दै सबैको मान । ✍️ वसन्त अनुभव, घोराही, दाङ —————<•>————— १) पृथ्वी नै गुरु सबैले हेर्नुहोला मलाई गर सबैले सुरु । २) कबाट कविता सुरु संसारमा सबैभन्दा पहिले ज्ञान नै गुरु । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— गुरु हाम्रा मार्गदर्शक सम्मान गराैँ ज्ञानकाे नदुखाऊँ मन भरसक। ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ —————<•>————— १) पृथ्वी बाआमा गुरु सन्सार बिचित्र रहेछ बल्ल बुझेँ सुरु । २) बाआमा पहिलो गुरु स्कूल दोश्रो चरण बोलिचाली कखरा सुरु । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ —————<•>————— १) गुरुको चरण परौँ श्रद्धा अनि भक्तिसँगै सबैले आत्मचिन्तन गरौँ । २) गुरुलाई सम्झी मनमा राखी आदरसत्कारको भावना छरौँ शिष्य जनमा । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा। —————<•>————— गुरु मिले गुरुवर मिल्यो अनमोल विद्या नहुने कुनै तौल । ✍️ नागेन्द्रप्रसाद यादव —————<•>————— १) मान्नुपर्छ गुरुका कुरा भइन्छ असल व्यक्ति हुँदैन नत्र पूरा । २) गुरु नभए निस्सार छैन जगतमा केही सिकाउने ठूलो चमत्कार ! ✍️ सुनगाभा पोखरेल हाल: नेपालगन्ज —————<•>————— १) सत्मार्गमा डोराउने गुरु ज्ञानको ज्योति छरेर जिन्दगी बनायो सुरु । २) आमाबा हुन् भगवान् सुन्दर संसार देखाउने प्रथम शिक्षक महान् । ३) फैलाई ज्ञानको ज्योति हाम्रो भाग्यरेखा चम्काउने गुरु हुन् हिरामोती । ✍️ वेल थोकर —————<•>————— १) उज्यालाे दिने गुरु लाग्नुपर्छ हामी सबै सम्मान गर्न सुरु । २) खाेलेर तेस्राे आँखा सम्पूर्ण ज्ञान पाएपछि मिल्दछ जीवनकाे भाखा । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची —————<•>————— तिमी सबैका पथप्रदर्शक ज्ञानका विपुल भण्डार हामी सबैका मार्गदर्शक । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । —————<•>————— १) ज्ञानमा लगाएको ताला बाआमा, गुरु भागिदार घर पहिलो पाठशाला । २) गुरु हुन महान् जो जहाँ पुगोस् उनै हाम्रा भगवान् ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। —————<•>————— उत्तम शिक्षा गुरुको मनमा लिनुपर्छ सधैँ अन्तिम बिच सुरुको । ✍️ भुपेन्द्र राना मगर धादिङ —————<•>————— १) सन्सारमा तिनै सज्जन रित्तिएको मगजमा प्लास्टर मजबुत बनाउँछन् बन्धन । २) मान्नैपर्ने विश्वभरि महान् सुमार्ग देखाउने अनवरत निस्वार्थी अनि ज्ञानवान् । ३) निष्ठावान् विचारका धनवान् गुरुहरू ज्ञानका भकारी ईश्वर गुरु भगवान् । ✍️ घनश्याम पन्त हरिवन सर्लाही —————<•>————— १) नमो नम शिवाय माता पिता प्रणाम जय गुरु ईश्वराय ! २) गुरु ढोगे चरण गर्छु कोटी प्रणाम साथ सधैँ शरण ! ३) वाणी श्रुति मधुर देवाधि देव गुरु धन्य ज्ञानी हजुर ! ✍️ पुष्कर अथक रेग्मी, पाल्पा —————<•>————— १) जीवनको ज्याेति गुरु स्कुलबाट हुन्छ पहिले गुरुबाट पढाइ सुरु । २) शिक्षामा उत्कृष्ट बनाई याद हुन्छ सधैँ गुरुजीकाे अमूल्य भनाइ । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————— १) नयाँ यात्रा सुरु आमाबुबा पछिको सधैँ बाटो देखाउने गुरु । २) शिक्षाको ज्योति बाल्दै जीवन सहज बनाउने कुविचारको भावलाई ढाल्दै । ✍️ सङ्गीता खरेल चन्द्रागिरी ८ काठमाडौं —————<•>————— सत्मार्गको दिर्घ बाटो पहिल्याई दिने गुरु मेटाउदै कुमार्गको टाटो । ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल —————<•>————— १) मातापिता प्रथम गुरु सिकाए अनेक व्यवहार शिशु शिक्षा खुरुखुरु । २) प्रणाम गुरुको चरणमा अन्धविश्वास हटाइदेऊ न आएँ हजुरको शरणमा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— जीवन मार्गका सुरु सदा अन्धकार चिर्ने महान् हुन् गुरु ! ✍️ आर्त अकुलीन —————<•>————— ज्ञानदाता गुरुलाई सम्मान मातापिता प्रथम गुरु हाम्रालागि सदा महान ! ✍️ इमान सिंह के.सि. व्यास ९ धनुवेसी कलेस्ति तनहुँ —————<•>————— १) ज्ञान दिनुहुन्छ गुरु कोटिकाेटी नमन छ भनेको मान्छौँ खुरुखुरु । २) गुरु विश्वासको पात्र धेरै खुसी हुन्छन् दिँदा आभार मात्र । ३) भविष्यको निर्माणमा साथ राम्रोसँग आशिर्वाद दिन्छन् निर्धक्क चुमेर माथ । ✍️ पृथक प्रकृति ,झापा —————<•>————— १) गरौँ वन्दना सुरु बा आमा हुन् हाम्रा प्रथम गुरु । २) गुरुबाट पाईन्छ ज्ञान नम्र जिज्ञासु बनी पढ्नु लगाएर ध्यान । ✍️ अरुण कुमार भुजेल गोरुबथान,कालेबुङ,भारत। —————<•>————— माता पहिला गुरु जीवनको पहिलो पाठशाला जीवन हुन्छ सुरु । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १) मिल्छ गुरुबाट ज्ञान एकचित्त भएर सबैले गराैँ हरपल ध्यान । २) दुःख हरण गर्ने गुरु माता पिता ज्ञानकाे ज्योति छर्ने । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट —————<•>————— १) गुरुको चरण परौँ सबैजना सक्षम बनेर देशको विकास गरौँ । २) गुरुलाई भगवान मानौँ गर्न हुँदैन हेला पिता सम्मान ठानौँ । ✍️ काजल न्यौपाने भोजपुर। —————<•>————— १) अँध्यारोमा प्रकाश छर्ने गुरु टुकी हुन् शिष्यमा ज्ञान भर्ने । २) गुरुको आज्ञा मानौँ माने गुरुको आज्ञा पुगिन्छ माथि जानौँ । ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ —————<•>————— १) जीवनमा खाँचो गुरु हुन् बाटो देखाउने अन्त्यमा अथवा सुरु । २) मान्न आवश्यक एक देवता जस्तै पुजिने प्रयोग गरेमा विवेक । ३) गुरु कठिन बन्न गर्नुपर्छ श्रम धेरै सजिलो छ भन्न । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ । —————<•>————— १) गुरुलाई सम्मान गरौँ श्रद्धा र भक्तिभावले सधैँ चरणमा परौँ । २) शिक्षाको ज्योति छर्ने माता पिता गुरुलाई नगरौँ अपमान गर्ने । ✍️ कला ढकाल, झापा —————<•>————— १) कखरा सिकाइ सुरु पाठशाला मेरो घर बाआमा हुन् गुरु । २) गुरूको चरण परौँ माता पिता गुरुलाई सधैँ सम्मान गरौँ । ✍️ प्रविना प्रयासी, ओखलढुंगा —————<•>————— १) बाआमाले ज्ञान दिएको अरूको राम्रो गर्नु त्यही संस्कार लिएको । २) पहिलो पाठशाला घर सिकाइ सुरु गर्न बाआमाको हुन्छ भर ! ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई —————<•>————— १) हुन्छन् गुरु उदाहरणीय दिई शिक्षा दीक्षा लाखौँ शिष्यका पूजनीय । २) शिष्य संस्कारी उद्यमी हेर्न चाहन्छन् गुरुजन लगनशील सदा परिश्रमी । ✍️ मनोहरी पौडेल गैडाकोट १ —————<•>————— १) आमाले दिएको ज्ञान भन्दा ठूलो अरू हुँदैन केही जान । २) हात समाई लेखाउने सधैँ सत्मार्गको बाटो बाआमा हुन् देखाउने । ३) आमा घरको गुरु घर पहिलो पाठशाला यहीँबाट सिकाइ सुरु । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौं नेपाल —————<•>————— १) गुरु ज्ञानको भण्डार लिए शिक्षा दीक्षा हुन्छ उज्ज्वल संसार । २) गरौँ सम्मान गुरुको नभुलौँ असल कर्म यही संस्कार सुरुको । ३) राखौँ भावना उच्च मानव जुनी सर्वश्रेष्ठ नगरौँ व्यवहार तुच्छ । ✍️ शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर । —————<•>————— १) गुरुकाे सम्मान गराैँ बाबु आमा नचिढाउँ स्वर्गकाे आसमा मराैँ । २) गुरुकै दिव्य ज्ञानले हामी सम्मानित हुनेछाैँ रमाउछाैँ सभ्य ज्यानले । ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला, सल्यान —————<•>————— १) गुरु हुन् शान गर्नुपर्छ हामी सबैले भगवान् गुरुहरूको सम्मान ! २) असल नाम कमाऔँ गुरुहरूको सम्मान गर्दै गुरुपूर्णिमा पर्व मनाऔँ । ✍️ अनिता भण्डारी, ताप्लेजुङ —————<•>————— १) गुरुप्रतिको श्रद्धा जगाऔँ दिएर उच्च सम्मान अज्ञानता भुवनबाट भगाऔँ । २) बाेकौँ सबैले चाहना राखेर दिलमा गुरुहरूलाई दिउँ खुलेर शुभकामना ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— १) मार्गदर्शक गुरु मेरा मातापिता समेत ती गाउँघर र छिमेकका । २) गर्छन् अक्षराङ्क सिकाउने राम्रो लेख्न लगाई हात थामी डोर्याउने । ✍️ रसज्ञ छहरा —————<•>————— गुरु हाम्रा महान धर्तीको पहिलो पाठ गरौँ हामी सम्मान । ✍️ बिरेन्द्र कुमार चौधरी इटहरी, सुनसरी —————<•>————— १) जन्मदिने हाम्रा बाआमा साक्षात् दिव्य स्वरुप देखिन्छन् कृष्ण राधामा ! २) तपस्याकाे बरदान गुरु प्रतिक्षाकाे फल फलाउने प्रतिफल दिन सुरु । ✍️ ईश्वर साउद (भिक्षु) रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम —————<•>————— १) त्यतिकै मिल्दैन ज्ञान गुरुविनाको चेलामा अपूर्ण ज्ञान रहन्छ जान । २) हरेकले गुरुलाई मान बिनासिकाई र बुझाई पाइदैन कतै ज्ञान । ✍️ शंकर कार्की,मकवानपुर —————<•>————— १) गुरुकै भरमा परेर सफलताको शिखर चुमेकाे शिक्षाको सन्देश छरेर । २) आमाबाबु पहिलो गुरु असल बाटो देखाउन उनीहरूले गरे सुरु । ३) श्रद्धाले शिर झुकाई गुरुकाे सम्मान गरौँ ज्ञानको भण्डार फुकाई । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । —————<•>————— १) शून्यबाट गर्छन् सुरु साक्षात् भगवान् हुन् आमाबाबु अनि गुरु ! २) गुरु हुन् तरु श्रद्धा गरौँ सदैव दिनु पर्दैन अरू ! ✍️ बाबुराम गौतम, गुल्मी —————<•>————— अप्ठ्यारो छ गुरुलाई चौतर्फी गुरु हुँदा सम्झाउनै सकिन्न चुरुफुरुलाई । ✍️ देवी पन्थी —————<•>————— जीवनको सार बताएर खुसी रहन्छन् गुरुवर्ग शिष्यलाई बाटो देखाएर। ✍️ सुस्मिता अधिकारी काठमाडौँ —————<•>————— १) आमाबाबा नै हुन् जीवनको पहिलो गुरु बिर्सनु हुँदैन गुन । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— १) भगवान सरह गुरु अपमान गरे सधैँ रुनुपर्ला बसी धुरुधुरु । २ छर्छन् शिक्षाको दीप आफू सरह बनाउन सिकाउँछन् अनेक सीप । ३) गुरुले भनेको मानेर अगाडी बढौँ सबै भगवान् बराबर ठानेर । ✍ अमृत कोइराला पोखरा -१८,चंखपुर —————<•>————— १) चेलाहरूमा ज्ञान भरेर गुरु तिमी महान भित्री दीप छरेर। २) हाम्रा गुरु महान संसारै उज्यालो फिजाई बढाउछन् विद्यार्थीको सान । ३) आजैदेखि गरौँ सुरु सत्यको मार्ग चल्न राखी साथमा गुरु । ✍️ शशी आचार्य —————<•>————— १) गुरुले सबैलाई हेर्छन् विद्यालयमा शिक्षा दिएर नजान्ने विद्यार्थीलाई केर्छन् । २) गुरुले विद्या दिए सबैका आँखा खाेलेर पढाएर के लिए ? ✍️ नवराज भट्ट कञ्चनपुर —————<•>————– १; उज्यालो भविष्यको सुरु संसार देखाउने हामीलाई महान् हुन् गुरु । २; ज्ञानका खानी गुरु भगवान रुपी बुबाआमा उनै अन्तिम सुरु । ✍️ मन्जु बोहरा, बझाङ —————<•>————— १) पहिलो पाठशाला सुरु घरबाटै हुन्छ सबैको बाबाआमा हुन् गुरू ! २) क्याम्पस वा स्कुलको सम्मान सत्कार गरौँ शिक्षाको दिव्य मूलको ! ✍️ साबित्री प्याकुरेल, धादिङ्ग। —————<•>————— १) गुरु साच्चै महान् ज्ञानको ज्योति भर्ने हाम्रो लागि भगवान् ! २) गुरु हजुर दीप जीवन अर्पेर दिन्छौँ ज्ञान र सीप ! ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु —————<•>————— १) पहिलो गुरु बाआमा बिर्सनु हुँदैन कहिले पूजा गर्नु रामा । २) गुरु हुन् महान् अज्ञानीलाई ज्ञान दिने बाआमा गुरु भगवान् । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— १) गुरु हुन्छ ठोक्कर शिक्षा लिनु होला नबन्नु सधैँको बेघर । २) आमा पहिलो गुरु सबै काम हुन्छ आमाबाट नै सुरु । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— १) गुरुको महिमा अपार बुझेर उहाँको आदर्श आफ्नो जिन्दगी सपार । २) अन्धकारलाई दियौ ज्योति यो अज्ञानीको मस्तिष्कमा सुम्पियौ अमूल्य मोती । ✍️ पुरुषोत्तम फुयाल खोटाङ —————<•>————— १) गुरु नै सहयोगी उनै हुन् भर दिन्छन् शिक्षा जीवनोपयोगी । २) गुरुलाई संसार मान्नू यिनै हुन् उपदेशक यिनकै भनाइ मान्नु । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— १) गुरु हुन् ज्ञानदाता सबले सम्मान गरौँ अटुट हाम्रो नाता ! ✍️ सरिता सेढाई, धादिङ —————<•>————— १) भविष्य सुन्दर लेखाउने गुरु हुन् सबैलाई असल मार्ग देखाउने । २) पूर्णिमाको हार्दिक शुभकामना गुरुप्रति छ आदरसम्मान रहिरहोस् यही भावना ! ३) जथाभावी सकिन्न छाउन असक्षम सरस्वती माता गुरुको महिमा गाउन । ✍️ सरस्वती श्रेष्ठ, इटहरी —————<•>————— १) आज्ञानुगामी रहोस् मनोभावना दिनानुदिन शैक्षिक प्रगतिको सम्पूर्णमा हार्दिक शुभकामना । २) दिनहरू बितिरहुन् मङ्गलमय गुरुपूर्णिमाको छ शुभकामना गुरुशिष्यको होओस् जयजय । ✍️ गुणनिधि घिमिरे अमेरिका —————<•>————— १) गुरु ज्ञानका खानी सम्मान गर्न उनको त्यागौँ नराम्रा बानी । २) दोस्रो भगवान् गुरु गरेमा अपमान उनको पछुताइ रुनुपर्छ धुरुधुरु । ३) ज्ञानको ज्योति छर्ने गुरु हुन् महान् अभरमा सहयोग गर्ने । ४) देखाऔँ सधैँ सदाचार मातापिता अनि गुरुलाई नगरौँ अभद्र व्यवहार । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— १) संस्कार दिने माता शिक्षा दिने गुरु ज्ञानका हुन् दाता । २) उज्यालो पूर्णिमाको रात बन्छ मानिस विद्वान पाएमा गुरुको साथ । ✍️ अम्बिका गिरी, विराटनगर —————<•>————— बाआमा हुन् मार्गदर्शक संस्कार गुरुको शिक्षा नभुल्नू है भरसक । ✍️ बेदु न्यौपाने —————<•>————— १) दत्तात्रयका चाैबिस गुरु पहिलो शिक्षक आमा घरपरिवारबाट हुन्छ सुरु । २) गुरुचरणमा राखे शिर आनन्दले हर्षित भई छैन मलाई पीर । ३) गुरुवर ज्ञानको ज्याेति छर्ने समाजमा निरन्तर जानेर सँगाल्नु माेती । ४) गुरु ज्ञानकाे भकारी मज्जाले ज्ञान बटुल्नू आदेश सबै सकारी । ✍️ प्रद्युम्न चालिसे —————<•>————— जसले गर्छ सुरु ज्ञान र शिक्षाको जानेमा सबका गुरु । ✍️ प्रेम थापा “मन” बागलुङ —————<•>————— १) गुरुदक्षिणा भनी जानौँ सधैँभरि आज्ञाकारी भई दिएको दीक्षा मानौँ । २) बिना गुरुको ज्ञान कहाँ मिल्छ र एकाग्रता नभई ध्यान । ३) शिष्यमा अनुशासन सुरु संस्कारले मान्छन् जहिले आमाबुबा अनि गुरु ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— १) गर्छिन् काम खुरुखुरु देखाउँछिन् सही बाटो आमा पहिलो गुरु ! २) नयनको फूल बनाउन मार्गदर्शन दिनुहुन्छ गुरु चेलालाई उच्चमा पुर्याउन । ३) गुरुको आसिक लिएर हामी अघि बढेमा जानुपर्दैन व्यर्थै खिएर । ✍️ सीमा कार्की समर्पण । मेलचोक पर्सा —————<•>————— गुरुप्रति श्रद्धा जगाऔँ लिएर दिव्य ज्ञान अचेतना सदैव भगाऔँ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— १) अक्षर ज्ञानको सुरु उज्यालोको पहिलो किरण हाम्रा सबै गुरु । २) असल सोच भरौँ नडुबाउँ आँसुमा कसैलाई गुरुको सम्मान गरौँ । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। —————<•>————— गुरु ज्ञानको सागर ज्ञान बुद्धि बढ्छ उहाँहरुलाई गर्दा आदर ! ✍️ दीपा समभाव खोटाङ्ग —————<•>————— १) बिहानीको प्रफुल्ल रवि सबै गुरुको शरणमा बन्छ ठूलो छवि । २) ज्ञानगुनका हुन् खानी बाँड्दै हिँड्ने धरामा सबै आफ्नै मानी । ३) ज्ञानको ज्योति छर्ने फलामको चिउरा चपाउँदै ज्ञानका कुरा भर्ने । ✍️ धनुष न्यौपाने” यात्री” जुम्ला —————<•>————— गरौँ गुरुको मान वेदव्यासको सम्झना गर्दै लिउँ सकेको ज्ञान । ✍️ सन्तु खत्री —————<•>————— १) गुरुकाे उपदेश मान्दा जीवन सफल बन्छ आफ्नो कर्तव्य जान्दा । २) हुन् ईश्वर भगवान् आमाबाबा प्रथम गुरु हाम्रा लागि महान् ! ✍️ दुर्गा भट्टराई मोरङ —————<•>————— १) पाठशालामा सिकाइ सुरु सत्यको बाटोतिर लम्क बाआमा भगवान् गुरु ! २) पुगोस् हरेक चाहना रहनू सदा खुसी गुरुपूर्णिमाकाे हार्दिक शुभकामना । ✍️ श्रीकृष्ण धामी – बझाङ —————<•>————— १) गर्नुहुन्न कदापि अपमान सत्मार्ग देखाउने गुरुको सम्मान गर्नुपर्छ जान । २) आजैदेखि गरौँ सुरु भविष्य निर्माणको लागि चाहिन्छ हामीलाई गुरु । ३) गुरु हाम्रो ईश कुरा बुझ्यो भने भाग्य विधाता जगदीश । ✍️ दीप गोले तामाङ रौतहट —————<•>————— गुरु विनाको चेला असल ज्ञानी भए किन गर्नु हेला ? ✍️ दिल ठकुरी —————<•>————— १) गुरुलाई गर्छौँ मान शिक्षादीक्षा दिनेको हामीले बढाउँछौँ सधैँ शान । २) हिन्दु धर्म ग्रन्थमा ज्ञान दिने गुरुलाई भगवान्को छ उपमा। ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। —————<•>————— १) गुरुपूर्णिमा पवित्र दिन सम्मान गरी तिर्नुपर्छ गुरुको अथाह रिन ! २) गरौँ गुरुको श्रध्दाभक्ति आदर गर्न सिकौँ निष्ठा हो शक्ति ! ३) बाबुुआमा पहिलो गुरु घर पहिलो पाठशाला घरबाटै शिक्षा सुरु । ✍️ जयनारायण नेपाल सूर्यविनायक २, बालकोट ,भक्तपुर । —————<•>————— १) नगर्नू कसैले अपमान अक्षर चिनाउने गुरुको गर्नुपर्छ सधैँ गुणगान । २) विश्वासपूर्ण रहोस् नाता मार्गदर्शन गर्ने गुरु हुनुहुन्छ ज्ञानका दाता । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही —————<•>————— पुजौँ सबले गुरु चित्त नदुखाउँ उनको जिन्दगी बन्छ सुरु ! ✍️ धनमाया चौधरी, कैलाली —————<•>————— कहानी छन् लामा जिन्दगीको पहिलो गुरु नमन छ बाबाआमा ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— हिम्मत दिने तिमी जतिसुकै देऊ गुरु हामी उर्वर जिमी ! ✍️ लक्ष्मी रिजाल कञ्चनरूप १२, रूपनगर, सप्तरी । —————<•>————— गुरुकै उपदेशमा लहरी सत्ज्ञानमा रमाउँदै हामी सिउरिन्छौँ माथमा पगरी ! ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा —————<•>————— पाठकाे सिकाइ सुरु पहिलो पाठशाला घर बाआमा भगवान् गुरु ! ✍️ श्रीकृष्ण धामी -बझाङ —————<•>————— गुरुकाे महिमा बुझेर मनाऔँं गुरुपूर्णिमा पर्व उनैलाई भगवानझैँ पुजेर । ✍️ भवानी पाेखरेल (बाबू विराज) कपिलवस्तु —————<•>————— ज्ञान दिने गुरु घर पहिलो पाठशाला सिकाइ यहीँबाट सुरु । ✍️ अर्जुन चौलागाईं —————<•>————— गुरुलाई गर्नुपर्छ मान साक्षात् भगवान् हुन् भित्री हृदयदेखि जान ! ✍️ सतिश पण्डित —————<•>————— गुरुको महिमा बुझेर गुरुपूर्णिमा मनाऔँ सबैले स्मृति गङ्गामा डुबेर । ✍️ दीप गोले —————<•>————— गुरुलाई सदैव मान्नुपर्छ संस्कार सिकेर हामीले असल कर्महरू जान्नुपर्छ । ✍️ सञ्जना शर्मा —————<•>————— १) ज्ञानको नयन गुरु सबैले राखौँ मनमा गरौँ प्रचार सुरु । २) ज्ञान दिने गुरु मनको कुरा बुझ्ने अज्ञानको अन्त सुरु । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— गुरुको आशिक लिएर हामी अघि बढेमा जानुपर्दैन हेर खिएर ! ✍️ सीमा कार्की समर्पण —————<•>————— गुरु हुन् ईश उचित शिक्षा नपाए धूर्त बन्छ मानिस l ✍️ बाबुराम गौतम —————<•>————— १) गुरुलाई सम्मान गरौँ उनलाई भगवान् सम्झेर ज्ञानको झोली भरौँ । २) उज्यालो दिन सुरु आफू जलेर अरूलाई शिक्षा दिने गुरु । ✍️ कला ढकाल झापा —————<•>————— १) गरौँ ज्ञानका कुरा सबैलाई शिक्षा देनु नछाड्नू काम अधुरा । २) तलबको भन्दा माया शिक्षाको हुन्छ शिक्षकलाई सबैमा परोस् छाया । ३) नमन् सबै गुरु सबैभन्दा पहिला भयो आमाबाटै शिक्षा सुरु ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— गुरुले भनेको मान्नुपर्छ अन्यथा बुझ्नुभयो नि मिसन चौरासी धान्नुपर्छ । ✍️ सुरेश कार्की —————<•>————— असल नाम कमाऔँ गुरुहरूको सम्मान गर्दै गुरुपूर्णिमा पर्व मनाऔँ । ✍️ अनिता भण्डारी ताप्लेजुङ —————<•>————— जय गुरु देव: जय जय महेश्वरा: जय सरस्वती सत्यमेव: । ✍️ मनोहरी पौडेल —————<•>————— १) गुरुको चरण परेर असल मान्छे बनौँ राम्रो काम गरेर । २) गुरुको भर परौँ गुरुलाई सम्मान गर्दै जीवनमा रङ भरौँ । ✍️ काजल न्यौपाने भोजपुर। —————<•>————— ज्ञानका ज्योति गुरु नदेखेकाे ठाउँमा पुराउछन् पुज्न गराैँ सुरु । ✍️ भिक्षु ईश्वर अछाम —————<•>————— आमाबाबा नै हुन् जीवनको पहिलो गुरु बिर्सनु हुँदैन गुन । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— गुरु देवतासरी हाम्रो सधैँभरि ज्ञान दिने सिकाउने शिष्यलाई राम्रो । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ । —————<•>————— १) गरौँ वन्दना सुरु बा आमा हुन् हाम्रा प्रथम गुरु । २) गुरुबाट पाइन्छ ज्ञान नम्र जिज्ञाशु बनी पढ्नु लगाएर ध्यान । ✍️ अरुण कुमार भुजेल गोरुबथान,कालेबुङ,भारत। —————<•>————— १) पहिलो चरण गरौँ आमाबुबा अनि गुरुमा नमनले ज्ञान भरौँ । २) ज्ञान आशिस लिएर अगाडि बढौँ सधैँ गुरु सम्मान दिएर ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— १) गुरु ज्ञानको भण्डार लिए शिक्षादीक्षा पक्कै हुन्छ उज्वल संसार । २) गरौँ सम्मान गुरुको नभुलौँ असल कर्म यही संस्कार सुरुको । ३) राखौँ भावना उच्च मानव जुनी सर्वश्रेष्ठ नगरौँ व्यवहार तुच्छ । ✍️ शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर । —————<•>—————- १) भएपछि सृष्टिको सुरु यहाँ समयसित सँगसँगै बाटो देखाइदिने गुरु । २) गुरुको स्थान कहाँ ? हेर रातमा आकाश नक्षत्र चम्किछ जहाँ ! ३) गुरुलाई सम्मान गरौँ जति बाँड्यो घट्दैन जताततै ज्ञान छरौँ । ✍️ पशपती राई, खोटाङ । —————<•>————— ज्ञान बाड्ने गुरु कबाट पढ्दै गर्दा जीवन हुन्छ सुरु ! ✍️ रवि पौडेल —————<•>————— ज्ञानका खानी गुरु अक्षर आरम्भमा आमाबाट चेतना आउन सुरु ! ✍️ भगवती दवाडी —————<•>————— १) ज्ञान दिने गुरु घर पहिलो पाठशाला ज्ञान सिक्यौँ खुरुखुरु । २) जसले गर्छ सम्मान बढ्छ ज्ञान उसैको गुरुको बढ्छ सान ! ३) पुजौँ सबैले गुरु चित्त नदुखाउँ उनैको जिन्दगी बन्छ सुरु । ✍️
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] करेला ईश्वरीय स्वरूप श्री गणेशाय नम: !
वसन्त अनुभव [२] करेला साैन्दर्य आकर्षक गणेश भगवान मुर्ति !
केसर बाेहरा ‘सङ्घर्ष’ अछाम, हाल भारत [३] करेला हरियो रूप गणेशको छ स्वरूप !
बेदु न्यौपाने [४] सर्वत्र फैलिएकाे शक्ति सधैँ भगवान्काे भक्ति !