• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साताका तीन लघुकथा- ६३

  • २३ भाद्र २०८१, आईतवार १२:५८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६३औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘बुबाको मुख’, लघुकथाकार मोहन पोखरेलको लघुकथा ‘आवरण’ र लघुकथाकार प्रार्थना खनाल जोशीको लघुकथा ‘अपुग महसुस’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुबाको मुख

    ✍️ धनसिंह विश्व
    बेलुका अफिस छुट्टी भएपछि एकजना साथीको घरमा हुस्की रक्सी तान्दै तिन पत्तीको खेल खेल्न थाल्यौँ । आठदस हजार रुपैयाँ गोजीमा बोकेर बसेको के थिएँ, खेल नसकिँदै गोजी रित्तो भएपछि आधारातमा चुपचाप घर गएर सुतेँ।

    मेरी आठ वर्षकी छोरी रेश्मा र तेह्र वर्षको छोरो राकेश बिहान सातै बजे ओछ्यानमा आएर कम्मल तान्दै भने,
    -“बुबा ! उठ्नुहोस् । ‘हेप्पी फादर्स डे’ बुवा !”
    म झसङ्ग भएँ । राकेशकी आमा गीताले भान्साबाटै कराउँदै भनिन्-
    -“रेश्मा, बुबा राती अबेला सुत्नुभा’छ, त्यहाँ हल्ला नगर ।”
    म निदाएको नाटक गर्दै सुतिरहेँ, अनि मनमनै सोचेँ,
    -‘ओहो ! आज बुबाको मुख हेर्ने दिन । कुसेऔँसी । आफ्नो त बुबा बितेको पनि बीस वर्ष भैसक्यो । अब कस्को मुख हेर्ने र ?’ के के सोचेँ । मनले मानेन अनि उठेँ ।

    नानीहरू आएर फेरि मलाई प्रणाम गर्दै भने, -“हेप्पी फादर्स डे, बुवा !”
    दुवै आएर मेरो काखमा बसे अनि बिस्तारै छोरोले कानमा भन्यो,
    -“उफ् ! बुबा, मुख गनाउँदैछ ।”
    छोरीले पनि नाक समाउँदै भनी,
    -“छि: बुवा ! अझै रक्सी गनाउँदैछ । खोइ ! बिहानै रक्सीले बिग्रिएको मुख पनि के हेर्नु र !”
    गेजिंग प० सिक्किम।
    ——————-<•>——————

    २)
    लघुकथा: आवरण

    ✍️ मोहन पोख्रेल
    जीवनप्रसादजीका एक छोरा र एक छोरी थिए । श्रीमतीलाई उमेरमै रोगले लग्यो । दु:खजिलो गर्दै छोराछोरी हुर्काए । छोरी पढनमा तेज थिई, खर्च गरेर राम्रैसँग पढाए । छोरा पनि सामान्य पढेर कमाउनतिर लागी ।

    हुर्केकी छोरी गतिलै कुटुम्ब हेरेर बिहे गरिदिए । राम्रो कुटुम्ब र भाइबन्धुका अगाडि छोरासँग सल्लाह गरी ऋण धन गरी बिहेमा गतिलै खर्च गरे ।
    अनि मधुमेह र रक्तचापका पीडित जीवनजीका बाउछोरा मेहनत गर्दै रिन उतार्दै निर्वाह गर्नतर्फ लागे ।
    केही समयपश्चात् जीवनजी रोगले काम गर्न नसक्ने भएपछि घरव्यवहार र बाबुको उपचारको भार समेत छोरा योगेनको काँधमा पर्‍यो, तैपनि हरेस नखाई धान्न पछि हटेन । दिदी कहिलेकाहीँ चिहाएर जान्थिन ।
    कुसेऔँसी आयो । दिदी आफ्नै मोटरमा फलफूल, मिठाइ, केही लुगा लिएर आइन् र बाबुको अगाडि राखिन् । जीवनजीले भने,
    -“नानी यी मिठाइ, म के गरुँ ? सुगर, प्रेसरको रोगी खानुहुँदैन ।”
    -“अँ बुबा ! हजुर पनि, बल्ल आएको बाबुको मुख हेर्ने दिन, म बुबा खुसी भएको हेरेर खुसी हुन आएकी, आज त मेरो मन राख्दिनुस् । अनि बाबुसँग बसेर सामान सहित सेल्फी लिएर फेसबुकमा पोष्ट गरिन् । क्याप्सन थियो,
    -“बाबाको खुसी नै मेरो खुसी । बाबाको सुस्वास्थ्य र दिर्घायुको कामना !”

    सम्पन्न दिदी आएकीले उपचार र घरव्यवहारले चेपेको योगेशलाई आशा पलायो र भन्यो,
    -“दिदी ! यी बाबाले खान नमिल्ने मिठाइभन्दा बरु बाबाको औषधी सकिएको थियो, दुई हप्तापछि डाइलाइसिस गर्नुपर्ने थियो ।” आसलाग्दो नजरले दिदीको मुख हेर्‍यो ।
    दिदीले कुरो बुझिन र जङ्गिइन्,
    -“अँ, बाको कमाइ खाने, अंश खाने तँ, उपचार गर्ने म ? के त्यो तेरो दायित्व हो, मलाई के दिएका छौ र ?”
    तब बाले आँखा टिल्पिलाउँदै भने,
    -“हो छोरी ! केही दिन सकिनँ, म रोगीले । बरु यी कपडा पनि लैजाऊ, कति खर्च गर्छ्यौ बाँचे भने अर्को साल फोटो खिच्न काम लाग्छ । मिठाइ पनि मेरा नातिनातीनाले खान्छन्, लैजाऊ छोरी ! फोटो खिचिहाल्यौ, म यसै खुसी छु !”
    ——————-<•>—————–


    ३)
    लघुकथाः अपुग महसुस

    ✍️ प्रार्थना खनाल जोशी
    आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नातिनातिनालगायत छोराबुहारीहरू र छोरीज्वाइँ प्रस्तुत भए ।

    अरू दिन आफ्नै कर्ममा व्यस्त भए पनि आज सपरिवारमा एकैठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसर बाँकी राखेनन् ।
    -“बुवा ! हजुरलाई हामी सबै जम्मा भएर कुसेऔँसी मनाएकोमा केही त खड्केको छैन नि ?”
    कान्छो छोरोले सोध्यो । बुवाको तत्काल जवाफ दिए,
    -”जेठा छोराका परिवार पनि भएकाभए अझ सुनमा सुगन्ध हुन्थ्यो ।”
    सुकेधारा, काठमाडौँ
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ६३

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५१ सम्पन्न

  • २३ भाद्र २०८१, आईतवार ०८:२७ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५१
    ऋण धन गरी मनाइयो तिज पर्व
    समस्याहरू ज्युँका त्युँ छैन केही गर्व ।

    ✍️ वसन्त अनुभव
    ~<•>~

    टुक्कामाथि टुक्काको १५१ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    भोलिदेखि  साहु  छल्दै  हजुर  हिँड्नुपर्ने  हुन्छ
    गरिब, दु:खी आर्तहरूको आवाज कसले सुन्छ ?
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    हुनथाल्यो नि चाडपर्वमा देखाउने होड
    गर्दैछन् नारीहरू तडकभडकमा जोड ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    [३]
    तिजसँगै महङ्गी  पनि पछि लागेर पो आयो
    यो गरिबको मनमा  हेर कालो बादल छायो ।
    ✍️
    पवनकुमार बुढाथेाकी
    काठमाडौं
    [४]
    दुःख गरी कमाएका थिए परदेशको बास गरी
    एकछिनको रमाइलोले तातो घाम जीवनभरि ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [५]
    दीन दु:खीले मनाउन बाध्य छन् हरेक पर्व कनेर
    नाङ्गो आङ र भोकोपेट लिई माग्नु कोसँग के भनेर ?
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    [६]
    जे जति छन्, त्यसैमा पर्व मनाउनू है साथी
    ज्यादै तडकभडक गर्दा ऋण काँधमाथि ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    [७]
    तीज पर्व सधैँ आउँछ प्रत्येक आर्थिक वर्ष
    फजुल खर्च गर्दा हामीलाई धेरै लाग्छ हर्ष ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [८]
    धनीकै रै’छ सबै चाडपर्व गरिबको लागि के नै भयो
    उपाय केही नभएपछि  तिजको रहर मेटिँदै गयो ।
    ✍️
    सुनगाभा पोखरेल
    [९]
    साथी ऋण काढेर नयाँ सारी, गहना किनियाे
    घरमा जेसुकै हाेस् बाहिर देखाउन हिँडियाे ।।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    [१०]
    मान्नैपर्यो, पैसा छैन भनी मिल्दैन पन्छिन
    तिज, पञ्चमी यस्तै चाड आउँछ दिनदिन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।
    [११]
    सकियो यसपालिको तिज पर्स खाली बनाएर
    अर्को साल आउनू नयाँ जोश जाँगर जनाएर ।
    ✍️
    कृष्ण बजगाई भक्तपुर
    [१२]
    चाडपर्व पनि उसैको, जसको छ भरिलो गोजी
    नहुनेलाई त आइपर्ने दुःख पीडा खोजी खोजी ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [१३]
    तिजको सबैले  जसोतसो खायो दर र भोज
    आमाबाउको टाउकोमा ऋण अरूलाई मोज ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर सिटोङ
    [१४]
    तीज पर्वले सिकायो बढी खर्च गर्न नारीलाई
    साहुलाई तिर्न पैसा छैन कसरी  बस्नु रमाई ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    [१५]
    भड्किलाे र खर्चिलाे भाे तिज पर्व हेर
    पीडामाथि पीडा थप्याे ऋण लगाएर ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [१६]
    यसपालि ऋण गरेर मनायौं, हरितालिका तीज मज्जाले
    मनोरञ्जन पनि गर्यौं तर हुस्की बियरको सहायताले।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१७]
    सङ्गिनी मात्रै  थियो पिडा पोख्ने माध्यम पहिले पहिले
    भड्किलो तिज मनाउनेले बुझ्छन् र परम्परा अहिले !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    [१८]
    ऋण काढी मनायौँ तीज
    नआओस् अब भो यो चीज ।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    [१९]
    जेनतेन  दु:ख  सुख तीज मनाइयाे
    आफैँले आफैँलाई नै  ऋणी बनाइयाे।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर कपिलवस्तु
    [२०]
    सादा जीवन उच्च विचार नै हरायो
    तडकभडक तिजले ऋणी गरायो ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२१]
    सन्सारमा ऋण दुश्मन कसैलाई नलागोस्
    काम गरेर दुख हटाउने साहस जागोस् ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ।
    [२२]
    दुई दिनको जिन्दगीमा  रमाउँदै आजै माेज गर
    ऋण धनमै चल्दै गर्छ जीवन भाेलिकाे छैन भर ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२३]
    दरकाे नाममा रातभरि मासु खान्छन्
    बिहान व्रत भन्दै फेरि मन्दिर जान्छन्।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    [२४]
    घाँटी हेरी हाड निल्नुपर्छ भन्ने भुलेर
    चेलीले अति गरे पार्टी प्यालेस डुलेर ।
    ✍️
    कला ढकाल झापा
    [२५]
    ऋण धन भए पनि लगातार चाड आयो खुब खर्चिलो भएर
    ऎया नभनी नभनी मान्नै पर्‍यो परिवारको त्यो चित्तमा गएर ।
        ✍️
    बेदु न्यौपाने
    [२६]
    खुसीका साथ आयो नि तिज पर्व
    तिज आउँदा नारीलाई  झन् गर्व ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    [२७]
    ऋण काढेर नै भए पनि खानैपर्यो दर
    नत्र त समाजमा अटाइदैन भन्ने डर ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    [२८]
    संस्कृति बचाउने नाममा नराम्रो विकृति भित्रियाे  तीज पर्वमा हेर
    दर खादा चाडकाे बदनाम गरी रक्सी वियर खाने नारी भयो धेर।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी  ५ संगमकाेलानी राधे राधे भक्तपुर ।
    [२९]
    तीजले नदिनु दियो ऋणको भारी
    कसरी लैजाने यो जीवन लतारी !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [३०]
    सही तरिकाले फस्टाएर जाओस् तिज
    नरोपौँ है कुसंस्कारको कहिल्यै बीज ।
    ✍️
    बि.कुलुङ रंगबुले
    दार्जिलिङ
    [३१]
    घमण्ड देखाएर के गर्नु आज
    समाजमा भोलि हुनेछ नि लाज ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [३२]
    शान्ति सेवामा गरेर कर्म
    आखिर सत्य हुनेछ धर्म !
    ✍️
    आर्त अकुलीन
    [३३]
    देखासिकी गर्दै मान्यौँ तीज फुर्ती देखाएर धेर
    ऋण सम्झी सम्झी पछुताई रुन पर्यो यतिखेर।
    ✍️
    विवश पारदर्शी
    झापा,
    [३४]
    मैले चाहेर के भो तिमीले चाहेनौ
    सधैँ हिँड्ने बाटो आज किन आएनौ ?
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३५]
    मन दुख्ने किन तीज मनाएको
    मुटु खाने कुरो किन जनाएको ?
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [३६]
    जसरी हुन्छ मनाइयो तिज पर्व
    संस्कृतिमा रमाउँदा लाग्दछ गर्व।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [३७]
    मान्नुथियाे मानिहाल्याै अब के लिन्छाै पीर
    दायाँबायाँ पैसा खाेजी साहुको ऋण तिर ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [३८]
    समस्यामा पारेर आफैँलाई पर्व मान्नु हुँदैन
    आफैँलाई सताउने हो अरू कसैलाई छुँदैन ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    [३९]
    दिनभर नाचियो हरे
    उस्तै र उही बह भरे ।
    ✍️
    नागेन्द्रप्रसाद यादव ।
    [४०]
    कति मज्जाले गरियो तीज पर्व
    खै त कसैमा छैन हजुर गर्व ‌।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [४१]
    हर्ष उल्लास साथ तिज पर्व मानाइयो
    खुसी भए सबै सहज भन्ने जनाइयो  ।
    ✍️
    सबिता खड्का कैलाली
    [४२]
    हिजो नै अर्काको देखासिकीमा उडायौ सम्पत्ति
    आज घर बाउ बिरामी परे पैसा छैन रत्ति ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    [४३]
    ऋण  गरी  चाडबाड  मनाउनु छैन
    लुछ्ने चुस्ने खानेकुरा दर पनि हैन।
    ✍️
    महेन्द्र मान बलामी
    [४४]
    वर्ष दिन दुख काट्ने तिजकाे एकदिन खुसी
    खरकाे  छाना फेर्न सकिएन चुल्होभित्र ढुसी ।
    ✍️
    हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान
    [४५]
    खान लाउन र नाच्न त मजै आयो
    तीजको खर्च हेर्दा त विरक्तै छायो ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४६]
    बाटोभरि पैह्रो गयो माइत जान डराएँ
    चाडका मौलिकता आज भोलि कता हराएँ ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [४७]
    घुमीफिरी आयो हाम्रो यो तीज पर्व
    मितब्ययिता अपनाउँ  हाम्रो गर्व ।
    ✍️
    कमला देवकोटा,  पाल्पा
    [४८]
    सकियो तिज शान्त भो बल्ल सहरबजार
    रक्सी र मासु खर्च भो टन्नै नौ दश हजार ।
    ✍️
    ध्रुव खोटाङ
    [४९]
    पोहोर झैँ ऋण काढेर मनाइयो तीज यो वर्ष
    आर्थिक बोझ झनै थपिदा खोसियो मनको हर्ष l
    ✍️ 
    बाबुराम गौतम, गुल्मी
    [५०]
    परिवारमा शोकका बीच मनाइयो तीज पर्व
    भिनाजुको स्वर्ग हुँदा मलाई केही भएन गर्व।
    ✍️
    भगवती दवाडी ,झापा
    [५१]
    मनाउनु पर्छ पर्व वर्ष दिनमा आउने
    किनेर ल्या’को रातो साडी फेरी फेरी लाउने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [५२]
    घाँटी हेरि हाड निल्नु भन्ने उखान थियाे
    भुल गरेर किन त ! हजुर ऋण लियो ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    [५३]
    ऋणको भारी बोकेर मजाले तुजुक देखायौ
    तीज पर्व मनाउॅदा जड्याहॅामा नाम लेखायौ ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५४]
    विदेशबाट  बुढाले  पठाइदिए   मीठो  मसिनो खाएँ ।
    कसैको बाउको खा’को छैन मैले खाफ्नै लोग्नेको उडाएँ ।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा
    [५५]
    भुसको  रोटी बुहारीले वर्षैभरि खान्थे अरे
    मिठो दर दुःख पीडा पोख्न माइत जान्थे भरे ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा – २ , मोरङ
    [५६]
    मनाइयो तिज रिन काढेर भए पनि
    अर्को साल बाँचिन्छ, मरिन्छ के थाहा अनि ?
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५७]
    लगाए देखाउनकै लागि सबै चिज
    भड्किलो बन्दै गयो अचेल हाम्रो तिज ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [५८]
    महिना दिन चल्यो तिजको दर खाएनन् खिर
    खै कति पो रित्तियो रुपियाँ पैसा मान्दैछन् पीर ।
    ✍️
    शुक्रराज कुँवर
    [५९]
    कति खानु दर नि पुरै महिनाभर
    वर्षभरि कमाएकाे छिनमै नछर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    [६०]
    पूरा हुने कामना मनभरि आशा लिएर
    बाँचिरहेछु तिम्रो प्रतिक्षामा आँसु पिएर ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    [६१]
    जता पनि छताछुल्लै मदिरा भन्छन् तिजी पर्व,
    यस्तो देख्दादेख्दै पनि कसरी  गरौँ हामी गर्व।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [६२]
    संस्कार संस्कृति हो तिज मनाउन पर्यो
    सेखासेखले तिजको अनुशासन झर्यो ।
    ✍️
    हन्नाह छेत्री
    [६३]
    सकियो रमझम तीजको
    तिर्नुछ दाम चिजबिजको।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ,भारत।
    [६४]
    दर खान पार्टी धाउँदा नारी भए कायल
    महङ्गीले तिजको बेला मर्द बने घायल।
    ✍️
    -रामशरण न्यौपाने, भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव3 Comments on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५१ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७२ सम्पन्न

  • २२ भाद्र २०८१, शनिबार २१:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    तिज
    सांस्कृतिक पर्व
    मौलिकतामा गरौँ गर्व !

    वसन्त अनुभव
    [२]
    तिज
    सांस्कृतिक साधना
    चाडपर्वमा मिल्यो घना !

    अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [३]
    तिज
    जताततै रमाइलो
    दर खाने प्रविधि !

    केसर बाेहरा ‘सङ्घर्ष’
    अछाम हाल- भारत
    [४]
    तिज
    नारीको पर्व
    संस्कृतिमा गरौँ गर्व !

    बेदु न्यौपाने
    [५]
    तिज
    मौलिकता घट्यो
    विकृति विसङ्गति बढ्यो !

    रमा पन्त, पाल्पा
    [६]
    तिज
    नाचेर मनाऔँ
    अनुशासित जीवन बनाऔँ !

    रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
    [७]
    तिज
    असजिला सारी
    महिलालाई हुँदैन भारी !

    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [८]
    तिज
    नाचगान रमाइलो
    अचेल विकृति भाँडभैलो !

    नारायण कोइराला
    तानसेन, पाल्पा हाल-कुवेत
    [९]
    तिज
    पटुका कस्नलाई
    काम छोडी बस्नलाई !

    डा. देवी पन्थी
    [१०]
    तिज
    रमाइलो पर्व
    जसको अरबौँ अर्थ !

    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [११]
    तिज
    लगाई सारी
    रमाउँछन् नाचेर नारी !

    रचना शर्मा प्रतीक्षा, ललितपुर
    [१२]
    मौलिकता
    हराउँदै गयो
    संस्कार उदास भयो !

    सङ्गीता खरेल, काठमाडौं
    [१३]
    संस्कृति
    जाेगाउने तिज
    बिग्रँदै गयाे तजबिज !

    ताराप्रसाद चापागाईँ, धुनिबेसी
    [१४]
    तिज
    मिलन हाम्रो
    भब्य झनै राम्रो !

    सुरेशकुमार पाण्डे
    दाङ घोराही-१८
    [१५]
    तिज
    भड्किलो बन्दैछ
    संस्कार संस्कृती घट्दैछ !

    दीपा समभाव
    दुबेकोल, खोटाङ्ग
    [१६]
    तिज
    गरि भेटघाट
    मनाऔंं सबैले एकसाथ !

    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा. ६ संखुवासभा
    [१७]
    तिज
    पर्व महान
    माइती चेलीको शान !

    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [१९]
    संस्कृति
    माैलाउँदै बिकृति
    नअगाँलाैँ छाडा प्रवृति !

    निरज कोइराला , इटहरी
    [२०]
    तिज
    देखिए विकृति
    समाजले दिन्न स्वीकृति !

    नवराज भट्ट, कञ्चनपुर
    [२१]
    चाड्पर्व
    मौलिकतामा विकृती
    धरापमा नेपाली संस्कृति !

    राजाराम रत्गैंया, अमौरा, कैलाली
    [२२]
    तिज
    जताततै देखियो
    सञ्जालमा रातो भेटियो !

    कला ढकाल, झापा
    [२३]
    तिज
    हिन्दु पर्व
    नत्यागौँ आफ्नो सर्म !

    सविता के.सी.
    [२४]
    तिज
    मिलन हाम्रो
    नारीलाई सारी राम्रो !

    श्रीकृष्ण धामी, बझाङ
    [२५]
    तिज
    महिलाको पर्व
    सबैले गरौँ गर्व !

    अनिता भण्डारी, ताप्लेजुङ
    [२६]
    संस्कार
    गयो वाइनमा
    तिज होटल लाइनमा !

    घनश्याम पन्त, हरिवन, सर्लाही
    [२७]
    तिज
    भएको भड्किलो
    गरौँ सबैले तजबिज !

    केन्द्रप्रकाश बराल, इलाम
    [२८]
    तिज
    महत्व जानौँ
    संस्कृति ठूलो ठानौँ !

    सुस्मिता अधिकारी, काठमाडौँ
    [२९]
    तिज
    कतै रमाइलो
    कतै अगचको गर्त !

    प्रेम थापा ‘मन’, बागलुङ
    [३०]
    तिज
    मौलिक पर्व
    मौलाउँदै साँस्कृतिक हर्ष !

    आर्त अकुलीन
    [३१]
    तिज
    रमाउने दिन
    कसैलाई नलागोस् रिन !

    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    [३२]
    तिज
    रमाइलो पर्व
    नेपालीलाई लाग्छ गर्व !

    शोभा आचार्य गौतम, काठमाडौँ
    [३३]
    तिज
    शिवको उपसना
    संसार कल्याणको कामना !

    कमला देवकोटा, पाल्पा
    [३४]
    संस्कृति
    नाचेर उत्ताउलो
    भित्रियो धेरै विकृति !

    नागेन्द्रप्रसाद यादव
    [३५]
    तिज
    खस्किँदै गयो
    संस्कृति विकृत भयो !

    सुरेश न्यौपाने
    [३६]
    मनाेरञ्जन
    संस्कृति व्यञ्जन
    नगरेकोमा राम्रो अतिरञ्जन !

    रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [३७]
    तिज
    माइतीघर जाने
    स्वतन्त्र उत्सव मनाउने !

    पृथक प्रकृति ,झापा
    [३८]
    तिज
    नपाइने चिज
    गर्दै आफ्नो तजबिज !

    गोपेन्द्र रिजाल, पाँचथर
    [३९]
    तिज
    मौलिकता मासेर
    रोपिदैछ बिकृतिको बीज !

    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी-१, सुनसरी
    [४०]
    तिज
    साँस्कृतिक पर्व
    उदाङ्गो हुँदैछ मर्म !

    त्रिलोक रामदम
    [४१]
    तीज
    देखासिकी भो
    आफ्नै संस्कृति त्यागेर !

    दीप गोले तामाङ, रौतहट
    [४२]
    तिज
    मनाऔँ उमङ्गले
    हिन्दु नारीको पर्व !

    धनमाया चौधरी, कैलाली
    [४३]
    तिज
    मासियो बीज
    हरायो असली चिज !

    पशपती राई, खोटाङ
    [४४]
    तिज
    रातो साडी
    सजिएकी छन् नारी !

    बुद्धिप्रसाद लामिछाने
    घोनपा-८, कैलाली
    [४५]
    तिज
    विकृति हटाऔँ
    संस्कृतिकाे जगेर्ना गराैँ !

    श्रद्धा आचार्य, पोखरा
    [४६]
    तिज
    सांस्कृतिक पर्व
    मानि राखे गाैरव !

    भाेलामान बर्देवा
    धरान-८, सुनसरी
    [४७]
    तिज
    पुरूष कमाउने
    महिला माइत रमाउने !

    घनश्याम पौडेल, पोखरा
    [४८]
    संस्कृति
    हाम्रो जोगाउ
    आउन थाल्यो विकृति !

    दुर्गा आचार्य, मोरङ
    [४९]
    तिज
    मौलिकता हरायो
    नारीले विकृति निम्त्यायाे !

    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
    [५०]
    तिज
    नारीकाे पर्व
    संस्कार संस्कृतिमा गर्व !

    प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे
    [५१]
    तिज
    मौलिकतामा रमाउने
    संस्कार सस्कृति जोगाउने !

    सरस्वती वली
    [५२]
    तिज
    भिन्नभिन्न चलन
    एउटै धर्ममा फरक !

    सुरेशचन्द्र घिमिरे
    [५३]
    हरितालिका
    सृष्टिकर्ता जन्मदाता
    आधा संसारका मालिक !

    दुर्गा अधिकारी भमरकोटे
    [५४]
    तिज
    माइतीसँग भेट
    रमाउने संस्कार जोगाउने !

    कविता आचार्य, कैलाली
    [५५]
    तिज
    नाच्नु गाउनु
    विकृति यसमा नल्याउनु !

    समुन्द्रा शर्मा, सुनसरी
    [५६]
    तिज
    झाङ्गिदै विकृति
    परनिर्भरमा पर्यो संस्कृति !

    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [५७]
    तिज
    नारीहरुकाे पर्व
    मनाएर गराैँ गर्व !

    उर्मिला के.सी., धनकुटा
    [५८]
    तिज
    रमाइलो पर्व
    रमाउन नमान्ने सर्म !

    सरिता काफ्ले
    कोहलपुर-८, पिपरी, बाँके
    [५९]
    मौलिकता
    झल्किनु राम्रो
    चाडपर्वमा संस्कृति हाम्रो !

    होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    [६०]
    तिज
    एक परम्परा
    विकृतिले भरियो धरा !

    तोया नाथ चापागाईं
    दमक, झापा, नेपाल
    [६१]
    तिज
    दरलाई सलामी
    विकृति भोजको मलामी !

    ऋजु दिल्पाली

    ईटहरी-१, सुनसरी

    ६२.
    पर्व
    हरितालिका तिज
    हाम्रो संस्कृति सजीव!

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७२ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको २९ औँ शृङ्खला (तिज पर्व विषयक) सम्पन्न

  • २१ भाद्र २०८१, शुक्रबार १९:५९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २९ औँ शृङ्खला (तिज पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>—————
    जाँडको दर खाएर
    नमासौँ है संस्कृति
    छाडा गीत गाएर !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    महिलाहरूकाे पावन पर्व
    हरितालिका तीजमा खुसी
    हुन्छन् नेपालीजन सर्व ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची ।
    —————<•>—————
    नारीले संस्कृति मान्छन्
    तीजमा दर भनेर
    जाँड रक्सी खान्छन् ।
    ✍️
    ललिता गिरी, सिन्धुली
    —————<•>—————
    रक्सीको बोतल बोकेर
    दर खाएर नाच्छन्
    रक्सी मात्रै धोकेर ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    —————<•>—————
    तीजको रहर आयो
    दर खाने दिनमा
    घरमा खुसी छायो ।
    ✍️
    सञ्जना शर्मा दाङ लमही
    —————<•>—————
    लगाएर राताे सारी
    रक्सी वियर पिउँदै
    मनाउँछन् तीज नारी ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    नगरौँ धेरै खर्च
    सामान्य तिज मनाऔँ
    नत्र पछुताउनु पर्छ ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    तिजमा माइत गएर
    गरिन्छ खुब रमाइलो
    दिदीबहिनी जम्मा भएर ।
    ✍️
    सरिता सेढाई, धादिङ
    —————<•>—————
    मौलिकता कतै छैन
    बोल्दै छाडा भद्दा
    लिन्छन आनन्द चैन !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    —————<•>—————
    पुगोस् मनको चाहना
    संस्कारी बनौँ सबै
    हरितालिका तिजको शुभकामना !
    ✍️
    कार्की डिबी माकुम
    —————<•>—————
    तीज संस्कार हाम्रो
    विकृति नआओस् दरमा
    खुसीले रमाएकै राम्रो ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ
    —————<•>—————
    नेपालीको पर्व तिज
    विशेष भेट दिदीबहिनीको
    जुटाउँछिन् आमाले चिजबिज ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    तिज उल्लासमय बनोस्
    नभनुन् छि: छि:
    सबले आहा भनोस् !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    तीजको खुसी नारीमा
    रितीरिवाज हो हाम्रो
    नाचौँ रातो सारीमा ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    नारीको चाडपर्व तिज
    आफ्नो संस्कृतिलाई बिर्सिएर
    देखाउँदै विकृतिका बीज ।
    ✍️
    शंकर कार्की,मकवानपुर ।
    —————<•>—————
    महान् चाड तिज
    छायो सर्वत्र खुसियाली
    रोपौँ संस्कृतिको बीज ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    —————<•>—————
    कसले भनाइ टेर्‍यो
    पर्वहरू भड्किला बन्दा
    संस्कारले रूप फेर्‍यो ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>—————
    छैन हामीलाई जलन
    तीजकाे अघिल्लो दिनमा
    खासमा दरको चलन ।
    ✍️
    भवानी पाेखरेल ( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    —————<•>—————
    रातो सारी लर्काएर
    आउनु बहिनी तीजमा
    नाचौँला कम्मर मर्काएर ।
    ✍️
    कला ढकाल, झापा
    —————<•>—————
    आफ्नै देशमा कमाउने
    तिजको अनुपम रहर
    नाच्ने हाँस्ने रमाउने !
    ✍️
    आर्त अकुलीन
    —————<•>—————
    विकृतिको बाटो तोडेर
    बर्बाद पार्छ देखासिकीले
    संस्कृति जोगाउँ छोडेर ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    खाएर मदिरा बियर
    बिगारे संस्कृति हाम्रो
    पश्चिमा चलन लिएर ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    बन्न सकोस् तीज
    सबै नेपाली जनमानसमा
    असल संस्कृतिको बीज ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    —————<•>—————
    लगाई रातो चोला
    पहिरिएर रातै सारी
    पुज्नु मनले भोला !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    रौनकता छायो देशमा
    चेलीहरू तीजमा रमाउँदै
    रातो हरियो भेषमा ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ
    —————<•>—————
    संस्कृति जोगाउँदै मानौँ
    हाम्रा विभिन्न पर्व
    तीजको महत्व जानौँ ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>—————
    तिज मनाएर रमाउँला
    चेलीलाई ल्याई माइतमा
    संस्कार आफ्नो थमाउँला ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    महत्वपूर्ण पर्व आयो
    सबै नेपाली चेलीबेटीमा
    निकै खुसीयाली छायो ।
    ✍️
    चेतन खनाल (दाह्रीवाला)
    बङ्गलाचुली १ दाङ
    —————<•>—————
    नारीप्रधान चाड तीजमा
    जाँदैन मन कसैको
    सुलभ अर्गानिक चिजमा ।
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    घाम लागे घमाइलो
    सबैलाई सौहार्द थप्दै
    तीज होस् रमाइलो ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    —————<•>—————
    तीजमा माइत जाने
    आमाले पकाएको आहा
    मिठो दर खाने ।
    ✍️
    मन थापा
    पोखरा २१ बक्रेक
    —————<•>—————
    मिठो दर खाएर
    जोगाऔँ सभ्यता संस्कृति
    सभ्य गीत गाएर ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी , मोरङ
    —————<•>—————
    तिज खुसीको दिन
    व्रत बस्छन् दिदीबहिनी
    गाउन नाच्न तल्लीन ।
    ✍️
    पृथक प्रकृति, झापा
    —————<•>—————
    हाम्रो नेपाल देश
    तिजमा विकृति देखेर
    साह्रै दुख्यो केश ।
    ✍️
    सानू सपना पौडेल
    —————<•>—————
    अन्नजल केही नखाई
    तिज मनाउँछन् नारीहरूले
    पूजा गरी शिवलाई ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    रातो सारी लगाएर
    तीज मनाऔँ दिदीबहिनी
    मिठो दर खाएर ।
    ✍️
    सविता भट्टराई, जनकपुरधाम
    —————<•>—————
    छाडा अश्लील नगाऔँ
    नाचौँ गाउँघरकै आँगनीमा
    पार्टी प्यालेस नधाऔँ !
    ✍️
    देव कृष्ण काफ्ले
    पाेखरा१, कास्की
    —————<•>—————
    भनौँ कहिलेलाई तिज
    छैन ठेगान मितिको
    गाउँदै खान्छन् चिज ।
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर पर्वत
    —————<•>—————
    दर खानू चेली
    टन्न मन रमाएर
    यो तिजमा हाँसीखेली !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    —————<•>—————
    तीज साँस्कृतिक चाड
    सभ्य तरिकाले मनाऔँ
    नगरौँ कसैले खेलबाड ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    तीजको मर्म बुझेर
    आफ्नो संस्कृति मनाऔँ
    विकृति विसङ्गतिसँग जुझेर ।
    ✍️
    विवश पारदर्शी
    झापा,
    —————<•>—————
    बारुले कम्मर भाचौँ
    तिज आयो घुमीफिरी
    दिदीबहिनी मिलेर नाचौँ ।
    ✍️
    जनक बिसी
    दक्षिणभारत कोचिनबाट
    —————<•>—————
    कस्तो पर्व आयो
    तीजको नाउँमा हेर
    अनेक विकृति छायो ।
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर
    —————<•>—————
    बल्ल जुरेको साइत
    यसपालि दर खान
    जाने हो माइत ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    रीत दर खाने
    छाडा गीत गाएर
    संस्कार कता लाने ?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    —————<•>—————
    खुसी भएर रमाऔँ
    विकृती विसङ्गति हटाउँदै
    सबैले तीज मनाऔँ ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    हेरेर खानू तीजमा
    बाहुनकी छोरी भन्छ्यौ
    नडुब्नु सेतो फिँजमा ।
    ✍️
    देवी पन्थी
    —————<•>—————
    नारीको पर्व तिज
    मनाऔँ हामी मिलेर
    हाम्रो संस्कृति बिच ।
    ✍️
    धनुष न्यौपाने
    —————<•>—————
    नारीको पर्व आयो
    दरको नाममा रक्सी
    समाजमा विकृति छायो ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    —————<•>—————
    चेलीले नाचेर मनाए
    मिलेर दर खाँदै
    खुसीमा सबै रमाए !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    —————<•>—————
    रातो साडी लगाएर
    साथीसँग नाच्छौँ गाउँछौँ
    मिठो दर खाएर !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    महिलाको राखौँ मान
    संस्कृति बचाउन सकेमा
    बढ्नेछ आफ्नै सान ।
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।
    —————<•>—————
    दारुको खाने दर
    कस्तो जमाना आयो
    संस्कृति हराउने डर ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    —————<•>—————
    मनाउँ सभ्य तिज
    प्रतिनिधि बनोस् पर्वको
    सभ्यताको रोपेर बीज ।
    ✍️
    पुष्पा राई, खाेटाङ
    —————<•>—————
    तिज संस्कृति हाम्राे
    धेरै भड्किलाेपन बढेर
    लाग्न थाल्याे नराम्राे ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    —————<•>—————
    नारीको तिजको रीत
    माइतीमा जाने आस
    गाउँछन् मिलेर गीत ।
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    गएर माइतीघर आमासँग
    पकाएको दर खाइन्छ
    परम्परागत तिउन तामासँग ।
    ✍️
    सुनगाभा पोखरेल
    —————<•>—————
    तीजमा सारी लगाऔँ
    शाकाहारी भाेजन गरेर
    आफ्नाे सभ्यता बचाऔँ ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    रूप पार्वतीकाे धरेर
    गर्छिन् भक्ति नारीले
    नाथकाे ध्यान गरेर !
    ✍️
    टिकाराम जोशी
    —————<•>—————
    एक महिनाको दर
    नखाऔँ कसैले पनि
    संस्कृतिमा पराैँ भर ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    सकिनँ माइत आउन
    दाइको इज्जत जाला
    छैन गहना लाउन ।
    ✍️
    सृष्टि एरी
    तनहुँ
    —————<•>—————
    जाओस् तिज तताएर
    जोगाउँदै धर्म संस्कृति
    सन्देश असल बताएर ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    तिजलाई भव्य मनाउँ
    शुभकामना आदानप्रदान गरौँ
    सेतो फिँजमा नरमाउँ ।
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    —————<•>—————
    साह्रै मन रुन्छ
    दिदीबहिनी नहुँदा घरमा
    तिज खल्लो हुन्छ ।
    ✍️
    अमृत कोइराला
    पोखरा
    —————<•>—————
    यसपालिको रमाइलो तीजमा
    जोगाऔँ सबैले संस्कृति
    नफसौँ महङ्गो चिजबिजमा ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    तीजको लर्को छायो
    हाम्रा दिदीबहिनी माझमा
    उमङ्ग भरेर ल्यायो !
    ✍️
    रिता खराल,रुपन्देही
    —————<•>—————
    आयो विदेशी घेरेर
    संस्कृति सबै गुुमिसक्यो
    बस्छन् सबै हेरेर ।
    ✍️
    दीप गोले तामाङ, रौतहट
    —————<•>—————
    तन्कियो अचेल तिज
    खोयाबिर्के सितन नानाथरी
    खान्छन् अनेक चिज ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    बसौँ सम्मान पाएर
    आफ्नो इज्जत नफालौँ
    भट्टीमा रक्सी खाएर ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    चाडपर्वको नाउँमा विकृति
    भित्रिदैछ अचेल हेर
    जोगाउन चलाऔँ जागृति ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ -स्याङ्जा
    —————<•>—————
    भन्छन् तिज आयो
    वर्ष दिनको चाड
    दर जाँड खायो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    तिज भड्किलो भयो
    खल्बलिदैँ पारिवारिक सद्भाव
    मौलिकता हराउँदै गयो ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट ,१
    —————<•>—————
    नारीको तिज महान्
    सफल पारौँ मिली
    खुसी हुन्छन् भगवान् !
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    संस्कारले नपरोस् रुन
    तिज मौलिक पर्व
    विकृतिलाई हुँदैन छुन ।
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    खर्चिलो तिज मनाएर
    सम्पत्ति उडाउनु हुन्न
    घर कङ्गाल बनाएर ।
    ✍️
    कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    रमाइलोसँग तीजमा नाचौँ
    मौलिकतालाई नभुली कत्ति
    आफ्नो संस्कृतिलाई बचाऔँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    पकाऊ आमा दर
    मान्यजनसँग विदा लिई
    आउँछु म माइतीघर !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    सुखदु:ख मिसाई गीतमा
    कला संस्कृति जोगाउँदै
    नाचौँला सँगसँगै तीजमा ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृत”
    पनौती न.पा-३,काभ्रे
    —————<•>—————
    पूजा आराधना नाचगान
    रमाउँदै तिजकाे अन्त्य
    घरकाे बढ्छ सान ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला,सल्यान।
    —————<•>—————
    तीजको लहर आयो
    गाउँ सहर जताततै
    हर्ष उल्लास छायो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    माैलिक संस्कृतिमा रमाउँ
    सुनमा सुगन्ध घाेली
    तिजमा मन बहलाउँ ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँ प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    —————<•>—————
    माइतीघर गएर अब
    मिलेर चेली माइती
    रमाउँदै नाचौँला सब ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    तीजको गित गाउने
    माइतीघर गएपछि त
    कति धेरै रमाउने ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    नारी चाड तिज
    व्रत किन बस्ने
    खाएर मिठाे चिज ?
    ✍️
    मनुहाङ किराँती साेलु
    —————<•>—————
    पर्वलाई धुमधामले मान्ने
    तीजसँग पिरती लगाउँदै
    सनातनी धर्म ठान्ने ।
    ✍️
    लक्ष्मी रिजाल
    रूपनगर, सप्तरी
    —————<•>—————
    स्वतन्त्रताकाे नामा वितण्डता
    संस्कारमा भित्र्याउने विकृति
    समाजमा छायाे उद्दण्डता ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    लिन आउथे साइतमा
    उहिले हाम्रो तीजमा
    मीठो मसिनो माइतमा ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    हर्षले तिज मनाऔँ
    दिदिबहिनी भेला भई
    आफ्नो संस्कार जनाऔँ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    आनन्द लिँदै तिजको
    चट्ट बनाई खाऔँ
    दर मौलिक चिजको !
    ✍️
    सन्तु खत्री
    —————<•>—————
    रमाइलो तिजकाे पर्व
    खुसीले मनाउन पाउँदा
    चेलीबेटीलाई लाग्छ गर्व ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    —————<•>—————
    विशुद्ध राख्नुपर्छ भावना
    आशिर्वाद दिनुहुन्छ शिवले
    पूरा हुनेछन् चाहना !
    ✍️
    नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    मौलिकता अङ्गालेर रमाऔँ
    परम्परागत तरिकाले मिलेर
    एकैपटक दर खाऔँ ।
    ✍️
    सङ्गीता खरेल
    काठमाडौँ
    —————<•>—————
    घरमा चेली नहुँदा
    खल्लो हुन्छ तीज
    दाजुभाइ सँगै रुँदा !
    ✍️
    मोहन आचार्य
    हिलिहाङ ४ सिबुवा पाँचथर
    —————<•>—————
    कलुषित नराख बीजमा
    आफन्तमा सम्बन्ध बढाेस्
    सद्भावलाई बढाओैँ तिजमा ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    —————<•>—————
    रमाइलो बाड्दै आयो
    साराको मन जित्दा
    विकृति मुट्ठीभरि पायो ।
    ✍️
    नन्दलाल आचार्य अक्षान्त
    सिद्धार्थटोल, उदयपुर
    —————<•>—————
    आओ दिदीबहिनी यतातिर
    तीजमा नाचौँ, गाऔँ
    भुलेर सारा दु:खपिर ।
    ✍️
    रचना शर्मा प्रतीक्षा, ललितपुर
    —————<•>—————
    तीजमा कम्मर भाँच्नुपर्छ
    रमाइलो गर्दै दिदीबहिनी
    एकसाथ रमाएर नाच्नुपर्छ ।
    ✍️
    काजल न्यौपाने
    भोजपुर, बोखिम
    —————<•>—————
    रमझम तिज छायो
    दिदीबहिनी रमाइलो गर्ने
    मौका लिएर आयो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    तीजको रहर लाग्यो
    दीदीबहिनी लिन जाने
    रहर भित्रैबाट जाग्यो ।
    ✍️
    साहित्य प्रेमी
    —————<•>————
    खानुपर्छ सात्विक दर
    जोगाऔँ मौलिक संस्कृति
    नपरौँ विदेशीको भर !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    —————<•>—————
    संस्कृतिको सुन्दर बीज
    हिन्दु समुदाय चारैतिर
    फैलियो बनेर तिज ।
    ✍️
    म्यामराज राई, भोजपुर
    —————<•>—————
    तिज नारीको पर्व
    मनाऔँ सबै मिलेर
    मौलिकतामा गरेर गर्व ।
    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ
    —————<•>—————
    तीजको लहर मनमा
    दरको मिठासले रङ्गीन
    शान्ति छाउने जनमा !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    —————<•>—————
    सबै नाचाैँ चेली
    तिजकाे याे बेलामा
    साथीसङ्गी मिलेर खेली ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    —————<•>—————
    दारुको दर खाएर
    विकृत बन्दैछ संस्कृति
    रत्यौली गीत गाएर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    तीज पर्व नारीको
    नाच्ने गाउने रमाउने
    चर्चा रातो सारीको !
    ✍️
    भगवती दवाडी ,झापा
    —————<•>—————

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको २९ औँ शृङ्खला (तिज पर्व विषयक) सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५० सम्पन्न

  • १९ भाद्र २०८१, बुधबार ००:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५०
    हिजोआज खै किन मलाई पर्छ साह्रो ?
    तीज हो कि रत्यौली छुट्याउनै भो गाह्रो ।
    ~<•>~

    व्याङ्ग्यात्मक टुक्का लेखन शृङ्खला: १५० मा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    १.
    टु पिसको मच्छरदानी हुने गर्छ तनमा
    न पर्वको लाज ढाक्छ्न् न इज्जत छ मनमा ?
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    २.
    गीत कस्ता बनाएका सुन्नै गाह्रो हुने
    नृत्य उस्तै शव्द छैनन् हाम्रो मन छुने ।
    भगवती दवाडी ,झापा
    ३.
    हिड्नै पर्यो तीज मनाउन सारी लगाउँछु फेरी
    पोइ भनाउँदा ती के भएका हुन् आँखा तर्छन् हेरी ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    ४.
    भित्रियो तिजमा देखासिखी बढ्यो हरेक कुरामा
    कति नाचियो आमा दिदीसंँग बाल्यावस्था भुरामा।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    ५.
    तीज मनाउन रेष्टुरेन्टमा गएको श्रीमती मेरी
    दर खाएर घर आइपुग्दा चिनेन मलाई फेरि ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    ६.
    तीज मनाउन मान्छेहरू होटल, रेष्टुरा चले
    वियरसँग चोचे सितन, खाँदाखाँदै त्यही ढले ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ७.
    साहित्यमा छन् अनेकथरी रस
    चुप लाग तमासा हेरेर बस ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ८.
    लाग्दैन कसैको चिन्ता पिर छैन केही डर
    रक्सी अनि मासु सङ्गै खाइन्छ तिजको दर ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ९.
    कार्तिकमै बिहे हुन्छ, मान्छे वा कुकुर के भन्नु
    तीजको दर कति दिन खाने, कसरी पो गन्नु ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    १०.
    जति हेर्छु उति राम्रो,मन यसै जाग्ने
    तिज हो कि गाईजात्रा उस्तैउस्तै लाग्ने।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ११.
    संस्कृति जोगाउने गर्नुछ काम
    जोगाएर सबैले राख्नु छ नाम !
    ✍️
    आर्त अकुलीन
    १२.
    रेष्टुरेन्टमा रक्सी खाएर छर्छन् दरको भ्रम
    परम्परा संस्कृतिको देखिन्छ यहाँ टुटदो क्रम ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    १३.
    तीजको गीत सुनेर म छक्क परेको
    होइन रत्यौली खेलेको जस्तै गरेको ।
    ✍️
    कला ढकाल, झापा
    १४.
    तीजको दरसँग चट्ट टिप्स लाएपछि
    गाह्रो त भैहाल्छ नि नानाभाँती खाएपछि ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    १५.
    हाम्रो संस्कृति रमाइलो पर्व हो तिज
    सबैले जोगाउ नखाउ अभक्ष्य चिज।
    ✍️
    वि के मुखिया
    दार्जिलिङ,भारत।
    १६.
    जिन्दगी जिउन छ यहाँ कति गाह्रो
    सम्झी बसे सबै काम हुन्छ नि साह्रो।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    १७.
    निर्लज्ज तीजको गीतले संस्कृति माथि प्रहार
    लोप हुने भयो सनातन परम्परा संस्कार ।
    ✍️
    कृष्ण बजगाई। भक्तपुर
    १८.
    आज तिम्रो बिस्ताराले पोल्यो
    बिस्तारै आफ्नै पोल त खोल्यो ।
    ✍️
    नागेन्द्रप्रसाद यादव ।
    १९.
    तीज हाम्रो संस्कृतिको रमाइलो हो पाटो
    भावी पिँढीलाई संस्कार दिने यो हो बाटो ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    २०.
    आजभोलि तीज गीत कस्ता हुन थाले
    हेर्दा पनि कताकता लाज लाग्ने खाले ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    २१.
    तिजको दर खाको हो कि पाटी भोज
    छुट्याउन सकिँदैन गर्छन् है मोज ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २२.
    तिजमा पर्व मनाउँछन् रातो सारी लगाउँदै
    रत्यौली खेल्छन् छिमेकी बिहे भोजमा सघाउँदै।
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ।
    २३.
    खै कुन्नि कस्तो खाले संस्कृति हो यो तीज?
    जताततै देख्छु म त वियरको फिँज ।
    ✍️
    बि.कुलुङ रंगबुले
    दार्जिलिङ रंगबुल
    २४.
    गाह्रो पर्ला भनेर नै लाएको हो जालो जस्तो टालो
    तीज पर्व मान्ने आयो नयाँ परिवर्तनको पालो ।
    ✍️
    विवश पारदर्शी
    झापा
    २५.
    लगातार नेपाली संस्कृति हराउन थाल्यो
    शब्द र नृत्य नराम्रा,यही विकृतिले गाल्यो ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    २६.
    तिजको मौलिकता लाग्छ हराउँदै गयो
    जसरी हुन्छ रमाइलो गर्ने पर्व भयो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    २७.
    मैले पनि छुट्याउनै सकिन भन्छन् तीजका गीत
    सुन्न हेर्न लाज भयो नि बसेर परिवारसित |
    ✍️
    सरिता सेढाई धादिङ
    २८.
    कुन जमाना आयो यस्तो खै सुन्न हेर्न लाउने गाह्रो
    यही पाराले हो भने संस्कृति जोगाउन झनै साह्रो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा. ६ संखुवासभा ।
    २९.
    वेदनाले त पाेल्दैन यहाँ आज बिस्ताराले पाेल्छ
    लाज थाम्छन् कसरी ? शरिरमा एकपिसकाे खाेल्छ।
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ।
    ३०.
    अश्लीलतामा रमाउनु नै संस्कृतिकाे उपहास
    याैवनकाे आहालमा डुब्दै जाँदा इज्जतकाे नास ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला सल्यान।
    ३१.
    कतै रमाइलो कतै भने छ रुवाबासी,
    अस्तित्व नै मेटाएर कसरी बस्नु हाँसी ।
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ३२.
    भन्छन् देख्दा पनि लाज लाग्ने छाडा भयो तीज
    राम्रोका लागि राम्रो नै चाहिन्छ होलान् नि बीज ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३३.
    देखेका छैनन् दुःख पार्टी गर्दै दिनहुँ नाँच्छन्
    तीजको नाममा महिनौ नै दर खाँदै हाँस्छन् ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ३४.
    हेर्नै हुन्न नाङ्गो नाँच नसुन्नु अश्लिल गीत
    पुरानै संस्कृतिसँग लगाउनु पर्छ मीत ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ३५.
    कता हराए माैलिक भाखा तिजकाे गीतमा
    झुम्न थालेछ सबैजना आयातित रीतमा ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    ३६.
    विकृति र विसङ्गतिले गाउँघरमा छायो
    ठाडो घाँटी लगाएर दर खाने दिन आयो ।
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ३७.
    नारी तिज तिमी नारी चिन्न सके टर्छ
    किन तिज ? के हाे तिज ? साेच्न सक्नुपर्छ ।
    ✍️
    जी.वि.कश्यप
    घाेराही,दाङ
    ३८.
    हुँदाहुँदै संस्कारमा नि आयो विकृति
    के भनी राख्लान् खै पुस्ताले नि अब स्मृति ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    ३९.
    तीजको रमझमलाई पचाउॅंनै भयो गाह्रो
    छाडा प्रवृति बढ्दै जाँदा कति हुन लाग्यो साह्रो।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    ४०.
    तीजका गीत भन्दा बढी छाडा गीत आउन थाले
    कपडा त झन् कस्ता लाउछन् यीनले इज्जत फाले।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    कपिलवस्तु
    ४१.
    तिजकाे माैलिकता पाउनै भयाे गाह्रो
    दर खान्छन् कि दारु खुट्याउनै पाे साह्राे ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा ।
    ४२.
    चाडको नाममा पनि ढोङ्गको परिवेश रचिन थाल्यो तीजमा,
    समाजलाई नकारात्मक विचार छरेर नाङ्गो नाच्छन् गीतमा।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी,दार्जिलिङ।
    ४३.
    छाडापन भित्र्याएर मौलिक साँस्कृतिक पर्व तीजमा
    इङ्गित गर्दै नाँच्न थाले अति संवेदनशील चिजमा l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ४४.
    संस्कार संस्कृतिमा हिजोआज विकृति छायाे
    शिक्षाले भूषित नारी परम्परा भुल्दै आयाे।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४५.
    जता छाडा उतै गाढा, बन्न चाहन्छ मानव
    रत्यौली तिजको पर्व, मिसमास भयो हव ।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ४६.
    परिवार बसेर हेर्न र सुन्न नमिल्ने गीत आयो
    यस्ता शब्दलाई पनि हेर कसले स्वीकृति जनायो ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ४७.
    जति खान्छौ खाऊ तिम्रो पेट कहिल्यै अघाएन
    त्यत्ति माया लगाऊ भन्थे मेराे मन रमाएन ।
    ✍️
    शालिकराम दाहाल
    चा न पा ३ झाैखेल
    ४८.
    बुद्धको शान्ति सन्देस बिर्सेकाे नि कति भयो
    परेवाका जोडी हरे ! भाग्नु पर्ने गति भयो ।
    ✍️
    तुलसी शर्मा
    दार्मा १,सल्यान
    ४९.
    समाजमा संस्कार कता गयो संस्कृतिको कुरै छोडे
    इज्जत छैन बाउ माइतीको परम्परा अन्तै मोडे ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ५०.
    नजिकिँदै गर्दा यो तीजको पर्व
    विकृतिले गर्दा छोड्यो लाग्न गर्व ।
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    ५१.
    फेसन फेरियाे संस्कृति फेरियाे
    तीज पर्वमा झन् विकृति हेरियाे ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५० सम्पन्न

    नमस्ते स्वास्थ्य अभियान एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्मान कार्यक्रम

  • १८ भाद्र २०८१, मंगलवार २३:०३ मा प्रकाशित
  • १७ भदौ ।
    नमस्ते स्वास्थ्य अभियान एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको छ । कुसेऔँसीको तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर श्री आधारभूत विद्यालय गिठेपानीको प्रागणमा उक्त कार्यक्रमको आयोजना गरिएको थियोे । कार्यक्रममा ८० वर्ष नाघेका १५ जना वृद्ध वृद्धाहरूलाई अबिर लगाइदिएर एवम् चप्पल, टोपी तथा मह प्रदान गरेर सम्मान गरिएको थियोे ।

    नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा श्री आ.वि. गिठेपानीका प्र.अ. श्री गिरिराज भट्टराईले आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियोे । कार्यक्रममा वृद्ध आमाबुबाहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी दिनेश ओलीले नमस्ते स्वास्थय अभियानले उपलब्ध गराएको मह र टोपी दिएर र साहित्यकार एवम् समाजसेवी श्री सुरेशकुमार पाण्डेले पार्वता स्मृति साहित्य प्रतिष्ठानले उपलब्ध गराएको चप्पल प्रदान गरेर सम्मान गर्नुभएको थियोे ।

    कार्यक्रममा युवा समाजसेवीहरू अर्जुन पन्थी, केशर बहादुर रावत, भेष बहादुर रावत, खानेपानीकी श्रीमती यसोदा पाण्डे, अशोक भुसाल, वसन्त शर्मा, ब्लेड डोनट दाङ जिल्लाका अध्यक्ष शिवराज पाण्डे, श्रीमती देवी पाण्डे लगायत विभिन्न संघ संस्थाहरूबाट थुप्रै अतिथिहरूको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सञ्चालान ऋषिराम पाण्डेले गरेका थिए ।

    समाचारको श्रोत- मेसेन्जरमा प्राप्त

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज3 Comments on नमस्ते स्वास्थ्य अभियान एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्मान कार्यक्रम

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ सम्पन्न

  • १८ भाद्र २०८१, मंगलवार २१:४६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    प्रकोपले नागरिक बेपत्ता
    कयौँ छन् घरबारविहीन
    ठालुले ढुक्दैछ सत्ता ।
    २,
    रुखो बोल्नेको योगदानमा
    मुसुक्क मुस्काउनेको मुस्कानभन्दा
    शिर निहुराउॅंछु सम्मानमा ।
    ३,
    बैँसालु भल बगिजाओस्
    बगाउॅंदैन जोगिएर बसे
    डराएर भाग्यो, नठानोस् ।

    • म्यामराज राई
      …
      १,
      रहेन कसैको भर
      छन् केवल स्वार्थीहरू
      स्वाभिमान मिट्ने डर ।
      २,
      मुलुक सतीको सरापमा
      भलो हुँदैन गर्नेको
      जिन्दगी पर्छ धरापमा ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      डराएर घरमा बसेका
      मौकामा चौका हान्नलाई
      भाग्य आफैँ कसेका ।
      २,
      बुझ्ने गर कुरा
      नबुझी हुन्न काम
      नचलाउने मुखका छुरा ।
      ३,
      बयोवृद्ध घुम्छन् सत्तामा
      मौका हेरेर बसेका
      ध्यान गएको भत्तामा ।
    • बेदु न्यौपाने
      …
      १,
      कसैको हुन्न भर
      स्वार्थी दुनियाँ चिन्दाचिन्दै
      किन मान्ने डर?
      २,
      जोगाऔँ आफ्नो मुलुक
      चारैतिर छन् वैरी
      आँखा लगाउँछन् पल्याकपुलुक।
      ३,
      देश भएमा स्वाभिमान
      सबैतिर फिॅंजिन्छ आफ्नो
      बेग्लै खाले सान।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      समाधिस्थ ध्यान धारणा
      चित्तका वृत्तिहरूमा निरोध
      गरौँ प्राणायाम साधना ।
      २,
      मन वचन कर्म
      तन स्वस्थ रहेमा
      गर्नसकिन्छ हामीले धर्म ।
      ३,
      नगरौँ कसैको अपमान
      बालबृद्ध नारी असहायको
      सम्मान गर्नुपर्छ समान ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      महत्त्व कस्तो बनाए
      विकृति विसङ्गति बढ्यो
      चाडपर्व मँहगो गराए ।
      २,
      कति दिन खाने
      समय दरले बर्बाद
      कता कता जाने ?
      ३,
      मन राख्नै पर्ने
      गर्मीले खाना माग्दैन
      शरीरमा असर गर्ने ।
    • भगवती दवाडी, झापा
      …
      १,
      नहिडौँ प्रतिशोध पालेर
      जीवित राखौँ अभिलाषा
      इमानदारीको पोको सम्हालेर ।
      २,
      भरोसा गर्नै चर्को
      बुझ्न सकिँदैन कहिले
      मनको कालो धर्को।
      ३,
      इच्छाहरू पर सारेर
      नबसौँ रुँदै सधैँ
      निधार गाँठो पारेर।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      कहिले बाढी पहिरो
      कहिले कोभिड, डेङ्गु
      चोट लाग्यो गहिरो।
      २,
      नजिकिन थाले चाडपर्व
      चोट पर्यो नबिर्सिने
      छैन मनमा गर्व।
      ३,
      मनमा छैन हर्ष
      थिलथिलो पार्यो प्रकोपले
      रहेछ दशाको वर्ष।
    • सतीश पण्डित, भानु -६, चुँदी तनहूँ
      हाल चनपा ६ मातातीर्थ
      …
      १,
      दिनभरि काम गर्नुपर्छ
      नित्य कर्म मेरो
      सबेरै खेतमा झर्नुपर्छ।
      २,
      बालीमा बाँदरले दिक्क
      केही कसैको राखेन
      खेतीपाती चौपायालाई ठिक्क।
      ३,
      आरक्षणको प्राय वरिपरि
      जनावर दिनभरि लखेट्यो
      आउॅंछन् घरी घरी ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप, काठमाडौँ
      …
      १,
      देशमा मलिलो माटो
      पसिनाले सिचौँ हामी
      विदेश जानु साटो।
      २,
      हिमाल पहाड तराई
      बलियो हुन्छ देश
      एक ढिक्का गराई।
      ३,
      सबैले मिठो बोलौँ
      शान्ति स्थापना हुन्छ
      आफ्नो प्रतिभा खोलौँ।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
      …
      १,
      छैन स्वार्थीको भर
      पार्छन् तिनले अफ्ट्यारो
      सधैँ बस्नु पर।
      २,
      तिम्रो बोली मधुरो
      भन्नप पनि कसरी
      सम्बन्ध रह्यो अधुरो ।
      ३,
      गर्न सिकौँ समान
      उपल्लो जाति भन्दै
      कति गर्छौ अपमान ?
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      सुरक्षित महसुस हुन्न
      मिठा भाषनले अब
      जनताको मन छुन्न ।
      २,
      मनपरी बढ्यो महङ्गी
      चासो छैन कसैलाई
      गर्छन् कुरा सप्तरङ्गी ।
    • पुष्पा राई, खोटाङ
      …
      १,
      छरौँ चारैतिर उमङ्ग,
      मोतिराम भट्ट जन्मजयन्तीमा,
      साहित्यको विभिन्न रङ्ग ।
      २,
      चिन्नु पर्छ चिज,
      संस्कृतिको गरौँ जगेर्ना ,
      नबनाऔॅं भड्किलो तिज,
      ३,
      हुँदैछ खोला धमिलो,
      कता पहिरो गयो ,
      मन भयो अमिलो ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      मन हुन्छ उदास
      उच्च विचार नपाए
      दिव्यात्मामा प्रभुको बास ।
      २,
      आध्यात्मिकको जीवन खास
      चिन्तनमा मात्र रहँदा
      प्रभुले सुनिदिने आस ।
      ३,
      दुःखमा सुखको आभास
      भर छैन जीवनको
      कहिले रोकिन्छ श्वास ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      सबैतिर खुसी छायो
      मुस्कान ल्याउॅंदै ओठमा
      फेरि तिज आयो ।
      २,
      खुसी हुँदै रमाउँदै
      सभ्य भएर मनाउनुपर्छ
      आफ्नो संस्कार समाउँदै ।
      ३,
      पुगोस् मनका भावना
      सम्पुर्णमा हरितालिका तीजको
      हार्दिक मङ्गलमय शुभकामना ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      मान्छेले खोज्छ मान
      स्वार्थ देखियो मनमा
      चाहन्छ ऊ गुणगान।
      २,
      मायामा ठुलो घात
      जीवन बेहाल हुने
      नसुतेर जान्छ रात।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      फुलाऊ फूल माटोमा
      स्वार्थी यी नेताहरू
      हिॅंड्दैछ गलत बाटोमा ।
      २,
      साम्राज्यवाद हैकम ढल्दैछ
      होसियार संसारभरिका मानव
      तेस्रो विश्वयुद्ध चल्दैछ ।
      ३,
      पाइॅंदैन असत्य ढाक्नलाई
      खोजिरहेछ वास्तविक नायक
      अब देश हाँक्नलाई ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      संस्कृति जोगाउने काम
      संस्कार पहिचान हाम्रो
      सबैले राखौँ नाम !
    • आर्त अकुलीन
      …
      १,
      मरेको छैन आशा
      आऔॅं सङ्घर्ष गरौँ
      जानु पर्दैन खासा !
      २,
      नबोकौँ अर्काको भारी
      विवेक स्वाभिमान बेचेर
      बाँझो भए खेतबारी ।
      ३,
      नबसौँ अन्याय खपेर
      बन्दैन मुलुक यसरी
      पुर्खाको नाम जपेर ।
    • ऋजु दिल्पाली, इटहरी -१, सुनसरी
      …
      १,
      बाँच्नुहुन्न कहिल्यै डरले
      स्वार्थीको बिचमा पनि
      हुँदैन कसैको भरले ।
      २,
      जुरमुराउॅंछन् यहाँ साँढे
      प्रगतिको बाटो रहेन
      देश जताततै भाँडे ।
      ३,
      उर्लिएको बैँस सम्हाल
      तीजको बेलामा फुरुकफुरुक
      गीत नाच कमाल ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      तिज आयो देशमा
      शिरफूल लाएर जाउॅंला
      डोरी बाटी केशमा ।
    • इन्दिरा देवकोटा
      …
      १,
      चौतारीमा बिसाएर भारी
      थकाइ मारेर हजुर
      पुग्नुपर्ने अब डाँडापारि ।
      २,
      तिजको नाममा विकार
      लाग्दैछ रत्यौली जस्तो
      नबनोस् विकृतिको सिकार ।
      ३,
      दिदीबहिनी साथीको भेला
      नितान्त भड्किलो नाचगान
      तिजलाई बनाएका रेला ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      आयो रमाइलो तिज
      जोगाउ संस्कृति हाम्रो
      नखाऔॅं नखाने चिज।
      २,
      स्वदेशमै फुल्छ फूल
      विदेशीको गोठालो बन्ने
      नगरौँ साथी भुल।
    • वि के मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      नगर कसैमा भर
      जिन्दगी उसै चल्छ
      हुँदैन तिमीलाई डर।
      २,
      गर असल काम
      यो जीवनको यात्रामा
      रहोस् अमर नाम।
      ३,
      कति जान्छ पहिरो ?
      सम्झनाभरि राखेर पनि
      माया भयो गहिरो।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      खाँदा तिजको दर
      ख्याल गर्नु सबैले
      हुन्छ ग्याष्ट्रिकको डर ।
      २,
      गर्नुहुँदैन फजुल खर्च
      धनजनको हुन्छ क्षति
      हुँदैन शरीरमा वर्च ।
      ३,
      बनाउनुस् राम्रो सोच
      चाडपर्व मनाउदा धेरै
      नहुनुहोस् कोही लोच ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      सबैको मनोकामना पुगोस्
      पाटी प्यालेस धाउने
      दिदीबहिनीको मन घुमोस्।
    • कला ढकाल, झापा
      …
      १,
      समयले फर्केर पर्खॅंदैन
      चाहेमा जनताबाट सम्भव
      रोकेर छेकेर फर्कॅंदैन।
      २,
      कालसँग कुर्सी जिस्किरहेको
      आउँछ विपत्तिको बबण्डर
      हातहातबाट ज्वाला निस्किरहेको।
      ३,
      क्रान्तिको आकार हुँदैन
      कालसँग कहिल्यै नजिस्किनु
      स्वार्थको सपनीले छुँदैन ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      भ्रष्टाचारी डुङ्डुङ्ती गनाए
      देश कङ्गाल पारेर
      आफ्नै महल बनाए ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      आकाशको रङ्ग निलो
      मायाको पीडा नभनौँ
      दुखिरहने यो पिलो ।
      २,
      भदौरे झरी परेर
      स्निग्ध देखियो पहाड
      बादल यताउता सरेर ।
      ३,
      चाडपर्वको मौसम आयो
      गरिबलाई पर्छ मर्का
      धनीले तडकभडक देखायो ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      जननी खस भाषाको
      छरपष्ट छन् सम्पदा
      पलाएन किरण आशाको ।
      २,
      मार्सी फाँट झुलेका
      मनमोहक हाम्रो सिन्जा
      मनुष्य छन् भुलेका ।
    • राज बहादुर बडुवाल, कनकासुन्दरि -५,जुम्ला
      …
      १,
      देखेर के गर्नु ?
      पावर उसैको छ
      हावामा उडान भर्नु !
      २,
      संस्कृतिमा विकृति आयो
      छाडा तिज गीत
      पुरानोले दु:ख पायो !
      ३,
      लज्जाहीनता समाज पार्दै
      आधा शरीर छोपी
      छाडा संस्कृतिमा सिॅंगार्दै !
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      कृषिप्रधान नेपाल विशाल
      प्राकृतिक विपत्तिले गर्दा
      खाँदैछ किसानको कपाल l
      २,
      फलिफाप भएन कृष्टि
      उपेक्षित छन् किसानहरू
      सरकारको पर्दा वक्रदृष्टि l
      ३,
      चहर्‍याइरहेछ किसानको घाउ
      स्थलगत अनुगमन गरी
      शीघ्र मल्हमपट्टी लगाऊ l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      प्रकोपले सत्यनाश गर्‍यो
      तीजपर्व आएको बेला
      विरहमा रुन पर्‍यो ।
      २,
      हर्‍यो सुख चैन
      के लाउनु पिरती ?
      मनमा शान्ति छैन।
      ३,
      सारा मन्छे घुमाएर
      पर्‍यो रुन कठैबरी
      आज शक्ति गुमाएर !
    • विवश पारदर्शी, झापा
      …
      १,
      गरगहना सारी लाउँछु
      सभ्य संस्कृति झल्काउने
      तीज धुमधामले मनाउँछु।
      २,
      भीडभाड होहल्ला सहरको
      कसले मान्ने सरसल्लाह
      अनुशासन अभाव पालनको ।

    ३,
    महँगी अभावको सामना
    देश विकासमा अधोगति
    लाचार गरिबको भावना ।

    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      आफ्ना आफ्नै रहर
      लक्ष्य शिखर चुम्ने
      सङ्घर्षमय हर प्रहर।
      २,
      दैवको आफ्नै लीला
      प्रकृतिको आफ्नै दुनियाँ
      फुट्दछन् कठोर शिला।
      ३,
      देहको अनेक यात्रा
      अविरल छ पाइला
      देखिन्छन् अनेक जात्रा।
    • तोया नाथ चापागाईं, दमक, झापा
      …
      १,
      छातीमा हात राखेर
      उन्नति गरौँ देशमा
      दलाल सबै मासेर!
      २,
      भ्रष्टाचार बढेर गयो
      भ्रष्ट मिलेर यहाँ
      कङ्गाल बनाउने भयो!
      ३,
      जुटेर अब देशभरि
      प्रगति गरौँ यहाँ
      सधैँ अगाडि सरी ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार, स्याङ्जा
      …
      १,
      नउडाउ आकाशमा मन
      सम्हाल कठोर दुखलाई
      साध्य नसम्झ धन ।
      २,
      दुखाउछ कस‌ैले मन
      अर्कोलाई त्यस्तै हुने
      बिज्ने काँडा नबन ।
      ३,
      खुराक सम्झ आलोचना
      आफ्नैले भन्छ सच्याउन
      गल्तीको गर समालोचना ।
    • हिरालाल न्यौपाने, बानपा ८, काेटमाैला, सल्यान
      …
      १,
      सत्ताको आशले झुटो,
      चिनेर बोल्यो प्रजातन्त्रले,
      चुनाव चिन्हको बुटो।
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      चेलीबेटी भेटघाट घरको
      गरेर महिनौ अगाडिदेखि
      नदिनु नाम दरको!
      २,
      पीडामा छ माइतीघर
      आफै पकाउँछौँ यसपालि
      रातीमा खाने दर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      ठेलमठेल गरी नाच्ने
      लाजको भकारो देखाइ
      तीजको मियो भाँच्ने ।
      २,
      दरमा रक्सी लिएर
      नाच्छन् अचेलका चेली
      खोया बोतल पिएर ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      भिटामिन ज्यादा पाइने
      बनाउन तरकारी मिठो ,
      हरपल गोलभेडा चाहिने ।
      २,
      लोचनको रोग भगाऔॅं
      गोलभेडाको बनाएर जुस,
      बिरामीलाई जहिल्यै खुवाऔॅं ।
      ३,
      रोग हुँदैन साझा
      अल्सरलाई राम्रो हुन्छ ,
      खाएमा गोलभेडा ताजा।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      कर्मशील हात जोडेर
      बाँच्न सिकौँ धर्तीमा
      विकृति सबै तोडेर ।
      २,
      नसोध हाल मलाई
      बुझ्नै नसकी चरित्र
      गइन् मन जलाई ।
      ३,
      बुझेर तिजको मर्म
      मनाऔॅं पर्व गर्वले
      नछोडौँ कसैले धर्म ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      चरीको पालो आयो
      वेदना पोख्ने समय
      तीजले लहर ल्यायो ।
      २,
      हिन्दु नारीको चाड
      मनाऔॅं सबै उमङ्गले
      मुखमा पुगोस् माड।
      ३,
      संस्कृति जोगाउन मनाऔॅं
      नभित्र्याऔॅं विकृति विसङ्गति,
      गरिबको दुरी घटाऔॅं ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      यति कुरा जान्नुपर्छ
      जगत् चित्तको रूप
      स्वप्नतुल्य भनी मान्नुपर्छ !!
    • सुरेश कार्की
      …
      १,
      छ गर्मी बढेको
      पसिनाले भिजेको शरीर
      छ पुरै डढेको ।
      २,
      माहोल बनाएर हेर
      पुछुताउनु पर्ला पछि
      टुट्न लाग्दैन बेर।
      ३,
      जीवन सङ्घर्ष रहेछ,
      बुझ्दै बिते दिनहरू
      अब ढिलो भएछ।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      समयको साक्षी हुँदैन
      टारेर केही नटरेपछि
      एकान्तमा किन रुदैँन !
      २,
      टिप्स दिँदै सान
      उचालेर टुप्पामा पुर्‍याई
      तिजलाई बढायो सम्मान !
      ३,
      जिउँदो लास जिउनेहरू
      पैतालामा घाम नलाग्ला
      निसासिन रक्सी पिउनेहरू !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      आमाको हातले पाकेको
      दर खान आऊ
      चेलिबेटी तिम्रैलाई राखेको ।
      २,
      विशेष चलिरहेको पर्व
      नाच्दै रमाउने तिज
      साथीहरू बाँड्ने हर्ष ।
      ३,
      सुखको पल त्यहाँ !
      कस्तो रमाइलो थियो
      मिलिजुली खेल्थ्यौँ जहाँ ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन – ६, सदुरपश्चिम, अछाम
      …
      १,
      दर खाने दिन
      अब नजिक आयो
      भाइ आउँछ लिन |
      २,
      तीजका गीत गाएर
      गरिन्छ है रमाईलो
      ताली मादल बजाएर |
      ३,
      अचेल एक महिनादेखि
      दर खाँदै हिॅंड्नेको
      झार्नुपर्छ लौ ! सेखी ।
    • सरिता सेढाई, धादिङ
      …
      १,
      बनियो भने लेखक
      एकदिन पक्कै मैले ,
      निकाल्ने छु पुस्तक ।
      २,
      घामले के गर्‍यो ?
      शितल छैन आज
      ज्यानबाट पसिना झर्‍यो ।
      ३,
      पानी पर्ने भयो
      भन्दाभन्दै मैले यहाँ
      बत्ती पनि गयो ।
    • अमृत कोइराला, पोखरा -१८, चंखपुर
      …
      १,
      तिजको बहार आयो
      भड्किलो नहुनु कोही
      चेलीको लहड पलायो ।
      २,
      मिलेर आगनमा दामी
      नाच्नु गाउनु खुलेर
      माइतीको नाक थामी ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      आँखा भएका अन्धा
      स्वार्थमा गर्ने लुटपुट
      फैलिएको लुटको धन्दा ।
      २,
      कालीगण्डकी त्रिशूली दायाँबायाँ
      बिचमा मेरो बास
      ठुल्ठुलो रूखको छाया ।
      ३,
      सम्पूर्णमा शुभ गोधूलि
      आआफ्ना भावको झिल्का
      लेखौँ सबैले मिलिजुली ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे
      …
      १,
      नपर्नु कसैको भर
      विश्वास गर्दै पाखुरीको
      कर्म गर्न सर।
      २,
      बचाई राख धन
      भविष्यमा काम लाग्छ
      सहयोगी हुँदैन जन।
      ३,
      हेर्दा मात्रै राम्रो
      कलियुगमा मान्छेको मन
      डुङ्गाझैँ हुन्छ चाम्रो।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत
      …
      १,
      आफ्नैको छैन विश्वास
      स्वार्थमा अडेको दुनिया
      दिलाउॅंछन् नमिठो आभास ।
      २,
      मनमा खुसी छायो
      भेटघाट हुने माध्यम
      तीज पर्व आयो ।
      -कोपिला अधिकारी, गोरखा
      …
      १,
      बाटोमा पैरो गइदियो
      जनताको सेवा नगर्नेलाई
      प्रकृति बहाना भइदियो।
      २,
      असत्यले जितेको देख्दा
      रिस उठ्छ इमानीलाई ,
      अपराधीले उपदेश लेख्दा।
      ३,
      गाउॅंले सम्झना मनभरिको
      दुःखमा सहयोग गर्ने ,
      याद आयो दौँतरीको।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      तिजको दिन्छु शुभकामना
      दिदीबहिनी मिलेर मनाऔॅं
      साटौँ सुखद भावना।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      निराशामा डुब्यो मन
      सकिएन गर्न केही
      व्यर्थै बित्यो जीवन।
      २,
      सुन्दैनन् उपदेश गाली
      बहिरा नेताहरूको छ
      देशको ढुकुटीमा हालिमुहाली ।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके
      …
      १,
      मायालुको बोली रसिलो
      सबैलाई मख्ख बनाउने
      जिउ छ कसिलो ।
      २,
      नेता भए शाकाहारी
      देश रित्तो बनाए
      बन्छन् अनि ब्रह्मचारी ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा
      …
      १,
      म खाँदिनॅं दर,
      दर खाने दिन,
      खाउला माइती घर!
      २,
      भड्किलो भयो रहर,
      मौलिकता बेचेर व्यापक,
      बिग्रिए सबका नजर।
      ३,
      केवल खान लाउन,
      बङ्ग्याई आज रीतिरिवाज ,
      सकिन्न सुख पाउन ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      आयो तिज पर्व
      माइती चेलीको मिलन
      हो हाम्रो गर्व ।
      २,
      पिताले गरेका योगदान
      कुसे औॅंसीमा जस्तै
      गर्नुपर्छ सधैँ सम्मान ।
      ३,
      आयो हरितालिका तिज
      श्रीमान् श्रीमती सम्बन्धमा
      राखोस् समानताको बीज ।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २, बालकोट भक्तपुर
      …
      १,
      हाँसो खुसीको कथा
      यहाँ रचना गर्नुपर्छ
      छोपेर पिर व्यथा ।
      २,
      गर्छन् मान्छे अभिमान
      दुई दिने जीवनको
      केही छैन ठेगान ।
      ३,
      दुःख मनभित्र लुकेको
      चाहना सबको खुसी
      कहाँ हुन्छ पुगेको ?
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      झुपडीको होला बास
      खुसीले बिताउॅंला जीवन
      खाएर दुई गाँस ।
      २,
      ऐेस, आराम नहोस्
      सानो स्वार्थ छ
      जीवन धान्न पुगोस् ।
    • नन्दा धामी, नौगाड दार्चुला
      …
      १,
      आफ्नो संस्कृति अपनाऔॅं
      पर्वको नाममा तडकभडक
      कहिल्यै विकृति नचलाऔॅं ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      कसैको भर गर्दिनॅं
      लक्ष्य पूरा नगरी
      सायद म मर्दिनॅं ।
      २,
      पीडाले जेलिएर जिउन
      साह्रै गाह्रो हुन्छ
      टुक्रिएको मुटु सिउन।
      ३,
      बोझ घटाएर जान्छु
      म मरेपछि तिमी
      मोटाउँदै जानू, कान्छु।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      म गर्व गर्छु
      नेपाली हुनुमा यहाँ
      आशाका भाव भर्छु ।
      २,
      अथाह प्रकृतिको धनी
      मेरो देश नेपाल
      माया छ नि ।
      ३,
      मलाई मेरै पारा
      मन पर्छ हजुर
      हामी नेपाली सारा
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      सधैँ बाढीको डर
      गरिबको कारणले हो
      बस्न पाइएन घर ।
      २,
      आशाको दियो बालेर
      अझै जिउँदैछु म
      मनमा पिर पालेर ।
      ३,
      यो नदेखिने काल
      भेटे यही धर्तीमा
      मैले बिच्छ्याउॅंथेँ जाल।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      छैन कसैको भर
      आफ्नै मान्छे हत्यारा
      मनमा सधैँ डर ।
      २,
      हाम्रो सुन्दर संस्कृतिलाई
      छाडा गीत गाउनेले
      विकृत बनाए बाइ !
      ३,
      सकिएन माइत जान
      एकमहिना अघिदेखि ठिक
      होइन दर खान ‌।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      इज्जत पाउन साह्रो
      पाए पछि हामीलाई
      जोगाउन कति गाह्रो।
      २,
      बैगुनीलाई गुणले मार्नु
      आफ्नो सिद्धान्तको अघि
      आफू कहिले नहार्नु।
    • विनोद खाती, मिरिक
      …
      १,
      शिखा भई जल्यो
      कोऱ्यौ बा भविष्य
      सन्तानका लागि फल्यो ।
      २,
      बा जिउँदा देवता
      ल्याउँछन् खुसी झोलामा
      सन्तान प्रेममा एकता ।
    • ममता पौडेल, बुढीगङ्गा -२, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०९

  • १८ भाद्र २०८१, मंगलवार ०८:४० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय नौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:


    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०९ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०५/०३
    यसपटक अभ्यासको दिन जनै पूर्णिमा वा रक्षा बन्धन परेको हुँदा सोही विशेष पञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    हामीले चाडपर्व मान्नु पर्छ।
    सबैले परम्परा धान्नु पर्छ।
    रक्षा बन्धनको शुभकामना,
    कसरी मनाउने जान्नु पर्छ।
    पर्व आफ्नै देशकाे छान्नु पर्छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    तागाधारी जन जति सबै श्रावणी पर्व मान्छन्।
    रक्षाबन्धन् सुखद मनले लाउदा गर्व मान्छन्।
    ज्ञानी ध्यानी ऋषि जति सबै भावनामा जगाई,
    श्रद्धा राख्दै तिल जल दिदै सानले अर्ब मान्छन्।
    लेख्दै छाेडे हितकर कुरा शास्त्र ती खर्ब मान्छन्।
    ताेयानाथ सुवेदी
    २०८१/०५/०३

    पञ्चाङ्ग:०३
    रक्षा बन्धनले रक्षा गरोस् सबैमा
    सुख शान्ति र समृद्धि भरोस् सबैमा।
    सम्पूर्णमा शुभकामना छ आजको,
    ज्ञानको प्रकाश पूरा छरोस् सबैमा।
    दुःख र,पीडा सम्पूर्ण हरोस् सबैमा।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    पृष्टभूमीको झगडा कत्ति खर्ब रोकेर आयो
    यो भाद्र महिना जात्रै जात्रा सर्व चोकेर आयो
    ऋषितर्पणी, रक्षाबन्धन या त जनै पूर्णीमा
    अमूल्य सम्बन्धको प्रतीक पर्व तोकेर आयो
    विश्वास र दायित्वको मुख्य गर्व बोकेर आयो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०५
    जनैपूणिर्माको महत्त्व खास हुन्छ
    प्राय यो पर्व हाम्रो भाद्र मास हुन्छ,
    परम्परा,संस्कृतिमा छ बिबिधता,
    राम्रो संस्कारमा ईश्वर बास हुन्छ,
    कर्ममा केही त प्राप्तको आस हुन्छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    पर्वको आफ्नै विशेषता छ मनाउन हामीले जान्नु पर्छ
    चाडले देखासिखी नगरि परम्परालाई धान्नु पर्छ
    हरेक चाडपर्वको छ अर्थ किन डुब्नु ऋणमा व्यर्थ
    दशैंमा टिका जमरा लाउने हो तिहारमा फूलमाला
    जनैपूणिर्माको दिन दाइने हातमा डोरो बान्नु पर्छ
    चाडपर्वलाई हामीले समाजको दर्शन ठान्नु पर्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    तागाधारीहरूको महत्त्वपूर्ण पर्व यही हो
    हिन्दु हुनुमा सबैलाई भएको गर्व यही हो
    जनैपूर्णिमामा जनै र तागो लगाउनु पर्छ
    तयारी जनैधागोमा रमाउँछन् सर्व यही हो
    भारतका राखी बिक्छन् खर्बाैँ खर्व यही हो ।

    श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०९

    झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

  • १७ भाद्र २०८१, सोमबार २०:२१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>—————
    समस्यासँग खेल्दै जुहारी
    हरदम चलिरहन्छ्न् पिता
    बोकी काँधमा जिम्मेवारी !
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    —————<•>—————
    पहिलो भगवान् पिता
    परिवारका वरिष्ठ गुरु
    पावन ग्रन्थ गीता ।
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    पिताको मर्म बुझेर
    सम्मान् गर्न सिकौँ
    पसिनामा आफू रुझेर ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    बाबाले ढाल बनेर
    हरेक दुःख सहे
    नभुलुन् बाटो भनेर ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    —————<•>—————
    सुन्दर संसार देखाउने
    भगवान् हुन् पिता
    साँवा अक्षर लेखाउने ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    तिम्रै छहारीमा बढाई
    संस्कार सिकायौ बा
    संसार देखायौ पढाई !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    —————<•>—————
    बुवा गृहस्थीको मर्म
    सुखदु:खमा हुन्छ धैर्यता
    तत्परतामा गर्ने कर्म ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    नदेउ कहिले दुख
    सम्मान गर सधैँभरि
    त्यहीँबाट हुन्छ सुख ।
    ✍️
    शंकर कार्की,मकवानपुर।
    —————<•>—————
    विश्वभरिका बुवाहरूलाई सम्मान
    हार्दिक शुभकामना कुसेऔँसीको
    सुखशान्ति दिनरात साँझबिहान ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    खुलेर जीउन सिकाए
    आफूले खाई नखाई
    शिक्षामा सधैँ जिताए ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    तिम्रा पिल्सिएका हातहरू
    बन्यो जीवनको आधार
    दीर्घ रहुन् साथहरू !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    बुबा घरको छानो
    सन्तानलाई ओत दिई
    जुटाउॅंछन् दिनहुँ मानो ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    —————<•>—————
    नदेउँ पितालाई दुख
    गरौँ सधैँ सम्मान
    दिएर खुसी सुख ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ
    —————<•>—————
    प्रेरणाका बहुमूल्य गजुर
    सुमार्गमा हिँड्दैछु बाबा !
    सम्झनाको कन्दरामा हजुर ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    घरको खाँबो उनी
    सधैँ आदरसम्मान गरौँ
    उनको आज्ञा सुनी ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    —————<•>—————
    बुवालाई नदेउँ दुख
    आशिष मिलेमा उनको
    भविष्यमा मिल्छ सुख ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    आफ्नो पैताला फुटाएर
    सधैँ छोराछोरीकै निम्ति
    ल्याउनुभयो खानेकुरा जुटाएर ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    सुख बाबुलाई देऊ
    संसार सानो छ
    दुःख तिमी लेऊ ‌।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    —————<•>—————
    बनेर शितल छहारी
    सन्तानको दु:ख ओत्छन्
    आफ्ना इच्छा मारी l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बाबुआमालाई
    साथमा रहन्छु दिनरात ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    औँला समाई हिँडायौ
    कठिन जटिल गोरेटोमा
    पिताजी संघर्षमा भिँडायौ ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    पानी मिठो कुवाको
    अनुशरण गरौँ सधैँ
    हामी सबैले बुबाको ।
    ✍️
    दीप गोले तामाङ – रौतहट
    —————<•>—————
    बुवाकाे सम्मान गर
    उनकाे संरक्षणमा पालियौ
    उनकाे सेवामा मर ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    सन्तानको बलियो काँध
    सधैँ हौसला दिने
    बुवा हुन् बाँध ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    उर्जाका स्रोत पिता
    संघर्षका हुन् सारथि
    सन्ततिका साक्षात् गीता ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    पिता ज्युदो भगवान
    औशी मात्र नभनी
    गरौँ सधैँ सम्मान ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    सरणमा हामी परौँ
    बुवा हाम्रा भगवान
    सधैँ सम्मान गरौं ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    बुबाकाे बुझाै दुख
    परिवार सदा रमाउँदै
    पाउँछाै जीवनमा सुख ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान।
    —————<•>—————
    सन्तानलाई अमृतवाणी पिलाई
    पथमा लम्काउने सदा
    माटोमा पसिना मिलाई !
    ✍️
    राज बहादुर बडुवाल
    जुम्ला
    —————<•>—————
    जरालाई नबिर्सौं शाखाले
    बुबाको मुख हेरौँ
    अन्तर्मनको स्वच्छ आँखाले ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    मन चङ्गा हुन्थ्यो
    सिरमा उनको स्पर्सले
    पीडामा उनीसँगै रुन्थ्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    खन्छु अवश्य कुवा
    भएर अब प्रतिबद्ध
    सधैँ बाँच्छु, बुवा !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    बाबा साच्चै महान्
    आँट भरोसाको केन्द्र
    मेरा लागि भगवान् ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    —————<•>—————
    गुणकाे माला उनेर
    बुवाकाे गलामा पहिर्‍याउँ
    मनले श्रद्धा अर्पेर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँलप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    —————<•>—————
    सकेनछ भावीले लेख्न
    भाग्यमा रहेनछ मलाई
    बुबाकाे अनुहार देख्न ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    —————<•>—————
    माया गरौँ जिउँदैमा
    निरास नपारौँ कहिल्यै
    खुवाउँ मीठो हुँदैमा ।
    ✍️
    धनमाया चौधरी
    कैलाली
    —————<•>—————
    हेर्ने बुवाकाे मुख
    जन्मदाता भगवान हुन्
    नदिउँ कहिले दुख !
    ✍️
    गाेपालप्रसाद दाहाल
    दमक-५ झापा
    —————<•>—————
    मार्गदर्शक उनको मुहार
    नलानू बुबालाई बृद्धाश्रम
    बृद्धावस्थामा देऊ गुहार ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    बुबा तिम्रो आशिर्वाद
    त्यति भए पुग्छ
    मलाई आजीवन साथ ।
    ✍️
    ईश्वर साउद(भिक्षु )
    रामाराेसन गाउपलिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    तिमीलाई भगवान मान्छु
    सधैँ बनोस् आशिर्वाद
    मनको धड्कन ठान्छु ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    दु:ख मैलो धुने
    भएको दिएर सन्तानलाई
    आफू रित्तिनु हुने ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    बुवा घरको छानो
    हरेक समस्या झेलेर
    जोगाई ख्वाए मानो !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    रमाई उनका सन्सारमा
    खेलेँ हाँसेर खाएँ
    जाे थियो भन्सारमा ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    —————<•>—————
    बुबालाई वचन दिएँ
    मानवता खोज्छु भनी
    आशीर्वाद थाप्लोमा लिएँ ।
    ✍️
    लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी, मधेश, नेपाल
    —————<•>—————
    बुवा जिउँदो भगवान
    सन्तानको रक्षा गर्ने
    सधैँ गरौँ सम्मान ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया ८ // कर्माया/ मकवानपुर
    —————<•>—————
    पराइ जस्तै सम्झिन्छन्
    बुवाकै अगाडि छोरीलाई
    दाजुभाइ किन तर्सिन्छन् ?
    ✍️
    सुनगाभा पोखरेल
    —————<•>—————
    कुरा धेरै काट्छन्
    घरमा बा नभएकोले
    आफन्तले पनि ढाट्छन् ।
    ✍️
    कला ढकाल
    —————<•>—————
    सदा पितालाई हेरौँ
    केवल औँसीमा होइन
    उहाँका मर्यादा नफेरौँ ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>————–
    सृष्टिको रचना गर्ने
    परिवारको खम्बा पिता
    जीवनको रङ्ग भर्ने ।
    ✍️
    कृष्ण बजगाई
    भक्तपुर
    —————<•>—————
    भन्छन् बाबा गगन
    परिवारलाई पाल्न उनले
    लाउँछन् आफ्नो तन ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    पिता छन् देवतातुल्य
    हुन् सन्ततिका धरोहर
    हुन्न उनको मूल्य ।
    ✍️
    जयनारायण नेपाल
    इलाम , हाल सूर्यविनायक २
    बालकोट ,भक्तपुर ।
    —————<•>—————
    प्रेरणाका स्रोत पिता
    उच्च सम्मान राख्दछ
    भागवत ग्रन्थ गीता ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    घरमा खुसीको मेला
    बाबाले ल्याउनु हुन्छ
    लुकाउँदै हातको ठेला ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    ईश्वर हुन् बुवा
    आजकल म भएँ
    एकदमै स्वार्थी बटुवा !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    पीडाका भेलहरू रोकी
    बुवाले सत्मार्गमा डोर्‍याए
    दु:खका पहाडहरू बोकी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    बाबा सात समुद्रपारि
    जानुभयो घर छोडेर
    बोकेर रिनको भारी !
    ✍️
    सर्मिला बोहरा, बैतडी
    —————<•>—————
    घाम लाग्यो घमाइलो
    बाबाको मुख हेर्दा
    हुन्छ साह्रै रमाइलो ।
    ✍️
    अनामिका
    —————<•>—————
    दिनुपर्छ उच्च सम्मान
    सम्झेर सबै सन्तानले
    उहाँले दिएको योगदान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    —————<•>—————
    नभनी आफ्नो दुख
    काँडामा टेकेर पनि
    दिन्छन् सधैँ सुख ।
    ✍️
    नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    बुवाको बलियो काँध
    संसारको सारा दु:ख
    रोक्ने सुन्दर बाँध ।
    ✍️
    वि के मुखिया
    दार्जिलिङ, भारत
    —————<•>—————
    समाउने पाइनँ हात
    वाल्यकालमै गुमाएँ बाबा
    रोएर बित्दछन् रात !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    —————<•>—————
    चाउरी परेको मुख
    राम्ररी हेरविचार गरौँ
    नदिई कुनै दुख ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    धमिलो पानी कुवाको
    सुकेर जान्छ घामले
    गर्छु सेवा बुवाको !
    ✍️
    बिधुत गुरुङ
    गोरुबथान भारत
    —————<•>—————
    बाबुु शिरकाे टाेपी
    सन्तति रक्षा खातिर
    राख्ने समस्या छाेपी ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    शिक्षाको ज्ञान छरिदिने
    महान् हुन् पिता
    मनमा शान्ति भरिदिने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    —————<•>—————
    अभावको जिन्दगी जिउँछन्
    सन्तानलाई खुसी राख्न
    आफू आँसु पिउँछन् ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    छैन चामल घरमा
    कसरी चलाउनु घर
    त्यो ज्यालाको भरमा ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    बाबा खम्बा घरका
    बुझ्नेलाई यथार्थ कुरो
    उनै हुन्छन् भरका ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    पर्दा विरामी साथमा
    हुँदैन है कोही
    सेवा गर्ने गाथमा ।
    ✍️
    लोक बहादुर क्ष्रेत्री
    —————<•>—————
    धेरै गर्नुभयो दुख
    बाबा हजुरलाई सधैँ
    दिनेछौँ हामीले सुख ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    पुगोस् मनको चाहना
    सबै नेपाली बन्धुहरूलाई
    कुसेऔँसी छ शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>—————
    बुवाको आशीर्वाद लिन
    मलाई माफ गरिदिनुस्
    यसपालि आउन सकिनँ ।
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    आशिष लाग्दै जाओस्
    धर्तीले बिदा गरेपछि
    स्वर्गमा बास होस् !
    ✍️
    लक्ष्मण देउवा डोटी
    —————<•>—————
    बुबाकाे परलाेकमा बास
    टुहुराे भइयाे छिट्टै
    औँसी लाग्दैन खास ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    बुबाको त्यो काँध
    छैन कम्जोर पक्कै
    भन्दा कुनै बाँध ।
    ✍️
    अमृत कोइराला
    पोखरा
    —————<•>—————
    सम्झदा खस्दछ्न् ढिका
    बुवाको सामु अरू
    सम्बन्ध लाग्दछ फिका !
    ✍️
    साहित्य प्रेमी
    धनगढी
    —————<•>—————
    चारैतिर घुम्छन् आँखा
    खोज्दै न्यानो काख
    बुवा डुलेको पाखा ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी ।
    —————<•>—————
    वर्षको मात्र एकदिनमा
    सजाएर यो मुहारपुस्तिका
    हुँदैन सम्मान छिनमा ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बुबालाई
    साथ रहन्छु दिनरात ।
    ✍️
    सतिश पण्डित
    —————<•>—————
    छैनन बुवा जस्ताे
    काेही पनि संसारमा
    कसैले नमानाैँ सस्तो !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा !
    —————<•>—————
    फुटेका कुर्कुच्चा हेर
    फेसबुकमा फोटो होइन
    बाबाको दिनचर्या फेर !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    भदाैकाे मास छायाे
    आज कुसेऔँसी आउँदा
    बाबाको याद आयाे ।
    ✍️
    भवानी पोखरेल( बाबु बिराज)
    बाणगंगा १ जितपुर कपिलवस्तु
    —————<•>—————
    बुबाको मुख हेर्नू
    नपर्खनू त्यो कुसेऔँसी
    सधैँ मायाले बेर्नू ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा-२ , मोरङ
    —————<•>—————
    बालाई राखौँ मनमा
    जिउँदो देउता हुन्
    सन्देश दिउँ जनमा ।
    ✍️
    सविता भट्टराई
    जनकपुरधाम
    —————<•>—————
    नक्कली आँसु नझार
    जाऊ आँसु पुछ्न
    मुखले ठिक्क नपार ।
    ✍️
    शम्भु गजुरेल
    —————<•>—————
    बाबा आँखाको दृष्टि
    आमा हुन् जन्मदाता
    अडेको छ सृष्टि ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव2 Comments on झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

    न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

  • १६ भाद्र २०८१, आईतवार २१:४८ मा प्रकाशित
  • १४ भाद्र / काठमाडौँ
    काठमाडौँको काँडाघारी स्थित New Star Pole English School’मा यही भाद्र १४ गते एकदिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ अनि ‘समाज सेवा हाम्रो उत्तरदायित्व’ भन्ने मूल नाराका साथ उक्त शिविर शुक्रबार सम्पन्न भएको हो ।

    बुद्ध डेण्टल हस्पिटल प्रा. लि. चावहिल’, ‘बडि मालिका हेल्थ केयर सेण्टर फोर्स पार्क गोठाटार’ र ‘गान्धी कम्युनिटी अस्पताल काँडाघारीको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थी गरेर लगभग साढे ७ सय जनाले नि:शुल्क दन्त परिक्षण गराएका थिए ।

    सओ अवसरमा सेवा गर्ने अवसर प्रदान गर्दै आवश्यक सहयोग पुर्‍याएकोमा विद्यालयका प्रिन्सिपल राजिव खरेल लगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू सबैमा आयोजकले धन्यवाद ज्ञापन गरेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P