• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

एनआरएनए साउदीद्वारा संचालित “नेपालमा अक्सिजन पठाऔं, आफन्त बचाऔं” अभियान भोलिदेखि अन्त्य हुँदै ।

  • ५ जेष्ठ २०७८, बुधबार ००:१६ मा प्रकाशित
  • समर्पण

    १८ मे २०२१, साउदी अरब ! बिश्वमा तिब्रताका साथ फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमित नेपालीहरुलाइ सहयोग गर्न एनआरएनएद्वारा संचालित  नेपालमा अक्सिजन पठाऔं, आफन्त बचाऔं” अभियान भोलि देखि अन्त्य गर्ने जानकारी गराएको छ ।
    नेपालमा पनि दिनानुदिन नियन्त्रण भन्दा बाहिर गइरहेको अबस्थामा एनआरएनए साउदीले गत हप्ता देखि सहयोग रकम संकलन गर्दै आइरहेको थियो । एनआरएनए साउदीले एक बिग्यप्ती जारी गर्दै सहयोग पुर्‍याउनु हुने सम्पुर्ण सबैलाई हार्दिक आभार  तथा धन्यवाद  व्यक्त गर्दै भोलिदेखि अभियान अन्त्य हुने जनाएको छ ।
    साथै सम्पुर्ण संकलित रकमको पुर्ण विवरण फेसबुक पेजबाटनै केही दिनमा सार्बजनिक गरिने सोही बिग्यप्तिद्वारा जानकारी गराएको छ । 


    बिग्यप्तिमा जनएको छ :-

    “कोभिड-19 को चपेटामा परेका बिरामीहरु अक्सिजन नपाएकै कारण आफ्ना प्रियजनहरुकै अगाडि अकालमा ज्यान गुमाएका दर्दनाक दृश्यहरुबाट गैर आबासिय नेपाली संघ, मध्यपुर्बको गम्भीर ध्यानाकर्षण भई केहि सहयोग गरौं भनी आकस्मिक बैठक बसि यस क्षेत्रमा भएका राष्ट्रिय समन्वय परिषदको सहयोग र सहकार्यमामा अत्यावश्यक जिबनपयोगी अक्सिजन सिलिन्डर तत्काल पठाएर सास प्रस्वास लिन कठिनाइ भएका बिरामीहरु लाई राहत दिन सकियोस भन्ने अभिप्रायबाट ५६० थान सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरि सम्बन्धित अस्पतालमा पठाइसकिएको छ । मानवीय सहयोगको यस अभियानमा स्वस्फुर्तरूपमा अगाडि आएर सक्दो सहयोग गर्नुभएकोमा एन आर एन ए र मातृभूमिका सम्पुर्ण प्रियजनहरुको तर्फबाट सम्पुर्ण मनकारी ब्याक्तित्वहरु, नागरिक समाज, संघ संस्था तथा आप्रवासी नेपालीहरुमा हार्दिक नमन गर्दछौं । यसरी सामाजिक सन्जालमा गरिएको आह्वानलाई हृदयगम गरेर सहयोग गर्नुभई यस अभियानलाई साथ दिनुभएकोमा धन्यवाद प्रकट गर्दै भोलि मिति १९ मै २०२१ बुधबार देखी यो अभियान अन्त्य हुने जानकारी गराउन चाहान्छौं ।पुनस्च: तपाईंहरुको सहयोग रकमको पुर्ण लेखाजोखा समाजिक सन्जालबाटै केही दिनमा जानकारी दिइनेछ ।”


    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए साउदीद्वारा संचालित “नेपालमा अक्सिजन पठाऔं, आफन्त बचाऔं” अभियान भोलिदेखि अन्त्य हुँदै ।

    निम्बस ग्रुप बिरगंजद्वारा २५ सय पिस माक्स र २० लिटर सेनिटाईजर सामुदायिक सेवा केन्द्र छपकैया-२ लाई हस्तान्तरण ।

  • ४ जेष्ठ २०७८, मंगलवार १०:५७ मा प्रकाशित
  • बीरगंज , जेष्ठ ०४

    हाल बिश्वमा महामारीको रुपमा फैली रहेको कोभिड -१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुप बिरगंज पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ पर्सालाई २५ सय पिस माक्र्स र २० लिटर सेनिटाईजर हस्तान्तरण गर्नु भएको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले पर्सा पोस्टलाई जानकारी दिनु भयो।
    त्यसैगरि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा र राईजिङ्ग बिरगंज नेपालको पहलमा आज श्रीराम हल अगाडि प्रहरी बिट , सामुदायिक सेवा केन्द्र अफिस अगाडि र ईदगाह चौकमा बाटोमा माक्स नलगाई हिडनेहरुलाई निसुल्क माक्स बितरण र हातमा सेनिटाईजर छर्कने काम भएको थियो ।यो कार्य निरन्तर हुने र सामुदायिक सेवा केन्द्रलाई निम्बस ग्रुपले ३ पिस आक्सीमिटर र ३ पिस जरो नप्ने थर्मामिटर सहयोग गर्ने भएको हुदा कसैले आफ्नो ज्वरो नाप्न र अक्सिजनको मात्रा थाहा पाउन सामुदायिक सेवा केन्द्र वा प्रहरी बिट छपकैयामा सम्पर्क गर्न समेत अध्यक्ष ठकुराईले जानकारी दिनु भयो।
    आज मंगलवार बिहान ७ :०० बजेदेखि ८ :०० सम्म १ घन्टा माक्स बितरण गरिएको थियो । सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको नेतुत्वमा माक्स बितरण भएको थियो । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिब प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा सिंह , सदस्य अजित कुमार भुजेल , राईजिङ्ग बिरगंज नेपालका आरजु खान , ईमामुल हक , ज्याउल हक , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ का प्रहरी सहायक निरीक्षक गोबिन्द राय यादव , प्रहरी हवल्दार सैलेन्द्र प्रसाद यादव , प्रहरी जवान राजकुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on निम्बस ग्रुप बिरगंजद्वारा २५ सय पिस माक्स र २० लिटर सेनिटाईजर सामुदायिक सेवा केन्द्र छपकैया-२ लाई हस्तान्तरण ।

    खाडी मुलुकबाट पठाइएको ५६० अक्सिजन नेपाल सरकारलाई हस्तान्तरण, कुन प्रदेशलाई कति?

  • २ जेष्ठ २०७८, आईतवार १४:३४ मा प्रकाशित
  • समर्पण रम्जान

    २ जेष्ठ २०७८, साउदी अरब ! “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” भन्ने मुल भावनाका साथ मध्यपुर्वको एनआरएनएद्वारा संचालित अभियानमा मध्यपुर्वका खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुको सहयोगमा हिजो शनिबार १ जेष्ठ ओमन बाट नेपाल सरकारलाई पठाइएको ५६० थान अक्सिजन सिलिन्डर आज हस्तान्तरण गरिएको छ ।

    नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा गैर आवासीय नेपाली संघको सक्रियतामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर पठाएका ५६० थान अक्सिजन सिलिन्डर आज नेपाल सरकारको स्वास्थ्य मन्त्री लाई हस्तान्तरण गरिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् ।


    उक्त सिलिण्डरहरू देशका विभिन्न प्रदेशमा वितरण गरिने छ । जस अनुसार १०० थान सुदूरपश्चिममा, २०० थान लुम्बिनीमा, १०० थान कर्णालीमा, ८५ थान प्रदेश नम्बर २ मा, र ७५ थान गण्डकी प्रदेशमा प्राथमिकताक्रम अनुुुसार स वितरण गरिने अध्यक्ष पन्तले जानकारी गराएका छन् ।

    उक्त अभियानअन्तर्गत विभिन्न देशहरुमा रहेका एनआरएनए बाट थप दोस्रो चरण, तेस्रो चरण, सहयोग नेपाल जाने क्रम जारी रहेको र ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने जानकारी गराउदै सहयोग र सजीकरणमा जुट्न सबैमा अनुरोध गर्नुको साथै यस कार्यमा साथ सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई अध्यक्ष पन्तले धन्यवाद दिइएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on खाडी मुलुकबाट पठाइएको ५६० अक्सिजन नेपाल सरकारलाई हस्तान्तरण, कुन प्रदेशलाई कति?

    सिकारी र प्रहरीबिच गोली हानाहान, एक जना पक्राउ

  • ३१ बैशाख २०७८, शुक्रबार १०:२९ मा प्रकाशित
  • रासस 

    फाइल तस्बिर

    सर्लाही ३१ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढङ्गानाले जानकारी दिए ।

    चार/पाँच जनाको समूहका रहेका सिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीन/चार राउण्ड हवाई फायरसमेत गरेका प्रहरी निरीक्षक ढुङ्गानाले बताए । 

    सिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफमा दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

    प्रहरीमाथि हवाई फायर गरी अन्य सिकारी भागे पनि ईश्वरपुर नपा–४ का अन्दाजी  ५२ वर्षीय रणबहादुर गोलेलाई प्रहरीले तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको छ । 

    गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद एक बट्टा, प्रदेश–२–०३२प २५२२ नंको मोटरसाइकल र बिआर३०यु ४६७७ नंको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए । 

    मारिएको निलगाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरूको खोजी अघि बढाएको प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on सिकारी र प्रहरीबिच गोली हानाहान, एक जना पक्राउ

    पर्सामा कोरोना सङ्क्रमित महिलाको मृत्यु, थपिए १५६ नयाँ सङ्क्रमित

  • ३१ बैशाख २०७८, शुक्रबार १०:२२ मा प्रकाशित
  • messenger sharing button

    वीरगञ्ज, ३१ बैशाख । नारायणी अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    अस्पतालमा बैशाख १८ गतेदेखि कोरोना पुष्टि भएर उपचार गराइरहेकी ५० वर्षीय सखुवापर्सौनी गाउँपालिकाको दकैला बहुवरीकी महिलाको मृत्यु भएको हो ।

    उनको गएराति ९ बजेर ३५ मिनटमा नारायणी अस्पतालस्थित अईसियू वार्डमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार गम्भीर किसिमको निमोनियाबाट पिडित महिलालाई अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

    योसँगै पर्सामा बिहिबार मात्रै ११ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोनाबाट एकै दिनमा मर्ने यो अहिलेसम्म कै सबैभन्दा धेरै संख्या हो । 

    थपिए १५६ सङ्क्रमित

    वीरगञ्जस्थति नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षणमा थप १ सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    अस्पतालस्थित पिसिआर प्रयोशालामा पर्सा, बारा लगायतका जिल्लाबाट ल्याएइको २ सय ८८ जनाको थ्रोट स्वाब नमुनालाई परिक्षण गर्दा ४९ महिलासहित १ सय ५६  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै पर्सा जिल्लाका बासिन्दा छन् । पर्साका १ सय १४, बाराका ३२, रौतहटका ८ सर्लाही र महत्तरीका १/१ जना गरी १ सय ५६ जनामा कोरोना देखिएको डा. दासले जानकारी दिए ।

    सङ्क्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ९० वर्षसम्म रहेका छन् भने उनीहरुको सिटि भ्यालु १४.१ देखि ३५.९ सम्म रहेको छ ।

    श्रोत यात्रा डेली

    Posted in ताजा अपडेटLeave a Comment on पर्सामा कोरोना सङ्क्रमित महिलाको मृत्यु, थपिए १५६ नयाँ सङ्क्रमित

    बुढानिलकण्ठमा देउवा-प्रचण्ड २० मिनेट कुराकानी

  • ३० बैशाख २०७८, बिहीबार १६:१७ मा प्रकाशित

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुढानिलकण्ठमा भएको छलफल सकिएको छ।
    बिहीबार दिउँसो देउवा निवासमा उनीहरूबीच कुराकानी भएको थियो।
    स्रोतकाअनुसार सभापति देउवा र अध्यक्ष प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड देउवा निवासबाट निस्केका छन्।
    उनीहरूबीच बहुमतको सरकार दाबी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियो। तर के निर्णय भयो भन्नेबारे केही खुलेको छैन।
    कांग्रेस पदाधिकारी बैठक पनि अब केहीबेरमा देउवा निवासमा बस्दैछ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।
    देउवाले आजै जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए।

    Posted in ताजा अपडेटLeave a Comment on बुढानिलकण्ठमा देउवा-प्रचण्ड २० मिनेट कुराकानी

    एनआरएनए अफ्रिका द्वारा पश्चिम नवलपरासी जिल्लामा ६० थान अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण

  • ३० बैशाख २०७८, बिहीबार ००:१५ मा प्रकाशित
  • हिक्मत थापा

    एनआरएनए अफ्रिकाको  स्वदेशमा अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत आज पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण  गरिएको छ । 

       पुर्व मन्त्री  मा.देवेन्द्र कंडेलज्युको बिशेष पहलमा एनआरएनएका अफ़्रिकिन शाखाहरुको  आर्थिक सहयोग,लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्राम को ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज लुम्बिनी प्रदेश सभा सद्स्य  मा.वैजनाथ जैसवाल ज्यु,जिल्ला समन्वय प्रमुख श्री शिव शंकर राय,रामग्राम कार्यपालिका सद्स्य श्री सुनिता श्रेष्ठ,समाजसेवी त्रिलोक श्रेष्ठ ,युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगयातको उपस्तिथिमा प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र मिश्र ज्युलाई प्रारम्भिक सुरुवातमा ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको छ ।   

      लायन्स कल्ब बुटवल स्टार  एवं लायन्स 325B2 एरिया चिफ (संयोजक श्री सन्दिप कसौधन),लियो क्लब रामग्राम शाखा (अध्यक्ष श्री बिकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठ) लाई बुटवल  क्षेत्रका पाँच जिल्लामा एनआरएनए अफ्रिकाको तर्फबाट सहयोग समन्वय गरि रहनु भएका एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले बिशेष  आभार ब्यक्त गर्नु भएको छ ।

        बुटवल क्षेत्रका पुर्व नवलपरासी , पश्चिम नवलपरासी , पाल्पा , अर्धाखाची र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्दैछ । एनआरएनए कङ्गो , मोजाम्बिके , घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरि रहेका छन ।   त्यस क्षेत्रको एनआरएनए अफ्रिकाको तर्फबाट संयोजन गरिरहनु भएका  एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री  संग थप सहयोग संयोजनका लागि सम्पर्क गर्न हुन समेत  एनआरएनएका मित्रहरू र मनकारी महानुभावहरुमा अनुरोध गरिएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनए अफ्रिका द्वारा पश्चिम नवलपरासी जिल्लामा ६० थान अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण

    कविता “लकडाउन -२”

  • २९ बैशाख २०७८, बुधबार १६:५९ मा प्रकाशित
  • जायदा खातुन

    खोक्रो आडम्बर ओढी देशलाई अन्धकार तर्फ धकेल्ने नेता चाहिँदैन ।
    देशको रक्षक बनी जनतालाई निर्मम प्रहार गर्ने सत्ता चाहिँदैन ।।

    निराशाका रेखाहरू मेट्न नसक्ने सामन्त्य राज्य चाहिँदैन ।सडकमा प्राण छोड्ने बनाएर कुर्सीको खेलमा व्यस्त हुने सरकार चाहिँदैन ।।

    गरीब, दु:खीलाई भोकै मार्ने समृद्धिका नारा चाहिँदैन ।
    जनमतलाई भ्रष्टाचारको लाइसेन्स बनाउने सर्वहारा चाहिँदैन ।।

    लास मात्र गन्ने नीति तिम्रो राजनीतिको सार चाहिँदैन ।
    स्वाभिमानीलाई भिख दिने विदेशीको पार चाहिँदैन ।।

    आशीर्वाद हो जीवन अभिशापको नाम चाहिँदैन ।
    स्वास्थ्य रक्षा गर सरकार धरहराको शान चाहिँदैन ।।

            - जायदा खातुन
    Posted in ताजा अपडेट, साहित्यLeave a Comment on कविता “लकडाउन -२”

    कोरोना उपचामा प्रयोग हुने रेम्डेसिभरको मुल्य सहित सम्पर्क नम्बरहरु,

  • २९ बैशाख २०७८, बुधबार १६:४६ मा प्रकाशित
  • फाइल फोटो

    २९ बैशाख २०२८। सरकारले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने उपयोगी औषधि रेम्डेसिभर का लागी सम्पर्क नम्बर र मुल्य सहित विक्रेताको नम्बर जारी गरेको छ।

    रेम्डेसिभर औसधि सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सार्बजनिक सूचना जारी गर्दै निजी क्षेत्रबाट ल्याइएको रेम्डेसिभर औषधिको विक्री गर्ने निजी सप्लायर्सको नाम र नम्बर सार्वजनिक गरेको हो।

    आयन हेल्थ केयरले मंगलबार बंगलादेशबाट २२ हजार भाइल रेम्डेसिभर औषधि ल्याएको छ । मन्त्रालयका अनुसार अस्पतालको डाक्टरको पृस्कृप्सन सहितको सिफारिशमा निजी सप्लायर्स आयन हेल्थ केयर प्रालि कुपण्डोल ललितपुरका डा. अबुल अन्सारी ९८००५५५९१०, सुवास ९८१०१९४४१६, विमल ९८४१५०६३७०, कमल ९८५११२४६३९ मा सम्पर्क गरेर उक्त औषधि ४९०० मा किन्न सकिने बताएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना उपचामा प्रयोग हुने रेम्डेसिभरको मुल्य सहित सम्पर्क नम्बरहरु,

    NRNA मध्यपूर्वले ६ सय अक्सिजन सिलिंडर नेपाल पठाउने

  • २८ बैशाख २०७८, मंगलवार ००:५७ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ मध्यपूर्वले १० मेई २०२१ क दिन एक  पत्रकार सम्मेलन गरि कोरोना महामारीका कारण अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान नगुमोस भन्ने उदेश्यले ६०० वटा अक्सिजन सिलिन्डर नेपाल पठाउने जानकारी गराएका छन् |
    गैर आवासीय नेपाली संघ मध्यपूर्वको कार्य योजना र ओमान स्थित रहेको नेपाली दूतावासको कुटनीतिक सहयोगमा ४० लिटर क्षमताको ६०० वटा अक्सिजन सिलिन्डर र सोहि मात्रामा रेगुलेटर बढीमा एक साता भित्रमा नेपाल पठाउने गैर आवासीय नेपाली संघका सचिव आर के शर्माले जानकारी दिनु भएको छ | उहाँका अनुसार उक्त अक्सिजन सिलिन्डर नेपाल सम्म पुर्याउन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  ओमानका अध्यक्ष विकल झा र आईसीसी प्रवक्ता डी बि क्षेत्रीले व्यवस्थापन तथा समन्वय गरिरहनु भएको  छ | 
    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमानका अध्यक्ष विकल झाका अनुसार ५५० वटा अक्सिजन सिलिन्डर अहिले उपलब्ध रहेको र कागजी कामकारबाहीका लागि नेपाली दूतावास ओमानले सहयोग गरिरहेको छ | उनका अनुसार उक्त सिलिन्डर सबै कानुनी प्रक्रिया पुरा गरि एक साता भित्र नेपाल पठाई सकिने छ |
    संघका सल्लाहकार टि बि क्षेत्रीले करिब एक लाख अमेरिकी डलर लागत रहेको उक्त सिलिन्डर नेपाल सरकारको रोहबरमा अति आवश्यक रहेको सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई वितरण गरिने छ  भने अति प्रभावित क्षेत्र र विशेषत: स्वास्थ्य चौकीहरुलाई प्राथमिकतामा राखी सिलिन्डर वितरण गरिने बताउनु भएको छ |
    जानकारी दिने क्रममा मध्यपूर्व सहसंयोजक मनोज श्रेष्ठका अनुसार नेपाल पठाउने अक्सिजन सिलिन्डरको लागि लाग्ने लागत रकम मध्यपूर्वका राष्ट्रिय समन्वय परिषदहरु र मध्यपूर्वमा कार्यरत गैर आवासीय नेपालीहरु बाट संकलन गरिने छ | हाल सम्ममा राष्ट्रिय समन्वय परिषदहरु साउदीले ५ लाख ५० हजार, बह्राईनले ६ लाख, ओमानले ३ लाख, कतारले ७ लाख, कुवेतले २ लाख र यूएईले २ लाख रुपैयाँको प्रतिवद्धता जनाईएको छ  भने रकम अपुग रहेमा थप रकम राष्ट्रिय समन्वय परिषदहरुले  उपलब्ध गरिने वचन प्राप्त भएको  छ |

    कार्यक्रममा मध्य पूर्व सहसंयोजक राजेन्द्र अर्यालले स्वदेशमा नेपाली दाजु भाई दिदीबहिहरू उपचारको क्रममा अक्सिजन अभावको कारण मृत्यु शैय्यामा छट्पटिँदै गरेको दर्दनाक घटनाहरूले जो कोहीको मनमा पिडा हुने भन्दै अक्सिजनकै अभावका कारण कसैले मृत्युवरण नगरोस भन्ने उदेश्यले अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेको जनाउनु भएको छ भने उहाँले यस पुण्यको कार्यमा सहभागी भई आ-आफ्नो क्षमता अनुसार सक्दो सहयोग गर्न मध्य पूर्वमा कार्यरत श्रमिक दाजु भाई दिदीबहिनीहरू, सामाजिक संघ संस्थाहरू र सम्बन्धित संघ संस्थाहरूमा आवद्ध सामाजिक अभियान्तहरूलाई अपिल गर्नु भएको छ।
    मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालको संचालन र मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रममा अतिथिको रुपमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव आर के शर्मा, प्रवक्ता डी बि क्षेत्री, सल्लाहकार टि बि कार्की लगायत क्षेत्रीय पदाधिकारीहरु, राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो |

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on NRNA मध्यपूर्वले ६ सय अक्सिजन सिलिंडर नेपाल पठाउने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P