• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

“अपन राधेमाई युवा क्लव”द्वारा राहत बितरण शुरू।

  • १३ जेष्ठ २०७८, बिहीबार २०:२८ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज

    जेठ १३ । “अपन राधेमाई युवा क्लव” द्वारा गरीब, असाहाय, नीमुठा,ज्याला मजदुरी गरी कमाएर खाने जस्ता नागरिकहरुको लागि राहत वितरण अभियान आज बाट सुरु भएको क्लबका अध्यक्ष पवन यादवले बताएको छन।

    एड् फोर लिभिङ लाइफ संग समन्वय गरी अपन राधेमाई युवा क्लव ले आज एकै दिन १० जना लाई राहत वितरण गरियो।

    राहत सामग्रीमा २५ केजी चामल,१ लिटर तेल, १पकेट नून,३पिस डेटोल साबुन,२००ग्राम सोयाबिन,२ केजी दाल,१ केजी चना र मास्क पनि वितरण गरिएको छ।


    “हुने ले दिएर जाऔं न हुनेले लिएर जाऔं” मिसन लिएर निरन्तर यस क्लवले अगाडि बढ्ने क्लबको अध्यक्ष यादवले बताउनु भयो।

    बढ्दो दोस्रो निषेधाज्ञा का कारण गरिब, असहाय, दैनिक ज्यालाँ दारी मा काम गर्ने हरू लाइ खाध्न्न सामाग्रीहरुको मार्का परेको हुनाले हिजो पहिलो दिन २ घर र दोस्रो दिन ” अपन राधेमाई युवा क्लब ” रानीघाट, राधेमाई, लगायत गरि ८ घरमा राहत वितरण गरेका छ।

    हाम्रो क्लब का लागि घरको स्तम्भ जस्तो खडा उभिदिनू हुनको लागि ( Aid for living life) लाई हृदय देखि नै धन्यवाद भने कुरा क्लबका अध्यक्ष यादवले दिएको जनकारी गराएको छन।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on “अपन राधेमाई युवा क्लव”द्वारा राहत बितरण शुरू।

    पर्सामा जारी निषेधाज्ञा १ हप्ता थपिइयो ,जेठ २० गते राति १२ बजेसम्मको लागि

  • १२ जेष्ठ २०७८, बुधबार १९:४० मा प्रकाशित
  • वीरगञ्ज, १२ जेठ । पर्सा जिल्लामा जारी निषेधाज्ञा पाँचौं पटक थपिएको छ । बैशाख १६ गतेदेखि जिल्लामा जारी निषेधाज्ञालाई आज पाँचौं पटकको लागि थपिएको हो ।

    बुधबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय गरेको छ ।

    विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ सङ्क्रमणको नियन्त्रण र रोकथामका निषेधाज्ञा प्रभावकारी देखिएको हुनाले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    निषेधाज्ञाको आदेशलाई पालना नगर्नेलाई प्रचलित कानून बमोजिम कारवाही समेत गरिने जनाइएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on पर्सामा जारी निषेधाज्ञा १ हप्ता थपिइयो ,जेठ २० गते राति १२ बजेसम्मको लागि

    नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवादका सम्बन्धमा नेपाल प्रेस युनियन बेलायतले निकाल्यो प्रेस बिग्यप्ती

  • १० जेष्ठ २०७८, सोमबार ०२:१२ मा प्रकाशित
  • २३ मे २०२१, प्रेस विज्ञप्ती

    “नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवादका सम्बन्धमा नेपाल प्रेस युनियन बेलायत शाखाको ध्यानाकर्षण भएको छ।
    नेपाल पत्रकार महासंघ बेलायत शाखाको गत ९ मे २०२१ मा बसेको बैठकको म्यान्डेट विपरीत शाखाको पाँचौ अधिवेशन निर्वाचन कार्यक्रम समेत प्रेस युनियन बेलायतको समेत नेतृत्व गरि बेलायत शाखाका महासचिव समेत रहेका महासचिव संजयभक्त कंडेललाई समेत थाहै नदिई प्रकाशित गर्नुले पाँचौ अधिवेशन निष्पक्ष हुनेमा प्रेस युनियन बेलायत आंशका व्यक्त गर्दछ ।

    शाखाका संस्थापक सदस्य तथा सल्लाहकार समेत रहेका प्रेस युनियन बेलायत अध्यक्ष विपिन निरौलाको समेत उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा १३ जुनमा भर्चुअल रुपमा अधिवेशन गर्ने र सोही दिन भर्चुअल रुपमै नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । उक्त सर्वसम्मत निर्णय विपरीत निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेको प्रति नेपाल प्रेस युनियन गम्भिर आपत्ति प्रकट गर्दछ । विधानमै नभएको र बैठकले “म्यान्डेड “नै नदिएको “पोष्टल भोट” लगायतका निर्णय सहितको निर्वाचन नियमावली जारी गर्नुलाई षडयन्त्र होइन भन्न सकिदैन ।

    शाखाका सल्लाहकार एवं वरिष्ठ पत्रकार भगीरथ योगी केन्द्रीय प्रतिनिधिका रुपमा नियुक्त भैसक्नु भएको हुदा निर्वाचनका पुर्व प्रकाशित कार्यतालिका तत्काल स्थगित गरि सहमति र सहकार्यबाट बिबाद समाधान गरी अगाडी बढन नेपाल प्रेस युनियन बेलायत आव्हान गर्दछ । साथै, वार्ता र छलफलका लागि नेतृत्वदायी भुमिका तथा सहजकर्ताका भुमिका समेत निर्वाह गर्न प्रेस युयिनन वेलायत तयार रहेको जानकारी गराउन चाहान्छु।

    यस नेपाल बेलायत पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन र नेतृत्व चयनको बेलामा बर्ष पुरस्कार तथा सम्मान जस्ता कार्यले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यस्ता कार्यहरु नगर्न र त्यस्ता विवादित पुरस्कार तथा सम्मान ग्रहण नगरि दिनु हुन पनि सम्वन्धित सबै पक्षलाई हार्दिक अनुरोध र सचेत गराउन चाहान्छौ । हालको नरेश खपांगी मगर अध्यक्ष रहेको कार्यसमिति पनि महासंघको केन्द्र, सरोकारवाला संघ संगठनहरु र प्रेस युनियन बेलायतको सहमति तथा सहकार्यमा गठन भएको स्मरण गराउन चाहान्छु ।

    आगामी दिनमा पनि त्यस्तै प्रकारको सहमति र सहकार्य गरेर बेलायतस्थित सम्पुर्ण पत्रकारहरुलाई एकजुट बनाई कोरोना महामारीको यस बिषम परिस्थितिमा सामाजिक सद्भाव कायम राखि सामाजिक एकता निर्माण गर्न नेपाल प्रेस युनियन सधै तत्पर छ । बेलायत शाखाको विवादका बिषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष र केन्द्रीय पदाधिकारीहरुलाई पनि यस विज्ञप्ती मार्फत समस्या समाधानका लागि तत्काल पहल गरिदिनु हुन अनुरोध गर्दछु ।”

    धन्यवाद ।

    बिपिन निरौला
    अध्यक्ष
    नेपाल प्रेस युनियन बेलायत

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवादका सम्बन्धमा नेपाल प्रेस युनियन बेलायतले निकाल्यो प्रेस बिग्यप्ती

    बिदेशमा रहेका गोर्खालीले पठाए ८ लाख बराबरको स्वास्थ्य सामाग्री ।

  • १० जेष्ठ २०७८, सोमबार ०२:०२ मा प्रकाशित
  • समर्पण रम्जान

    २३ मे २०२१ ! गोर्खा समाज जापान र ग्लोबल गोर्खा समाजले “नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं” “आफू बचौं र अरुलाइ पनि बचाउँ” मुल अभिप्राय बोकेर संकलित रकमबाट पठाइएको ८ लाख बराबरको स्वास्थ्य सामाग्री गत सनिश्चवार ११ वटा स्थानीय तहलाई सदरमुकामबाट हस्तान्तरण गरेको छ ।
    नेपालमा दिनानुदिन बड्दै गइरहेको कोरोना संक्रमितका कारण गोर्खामा पनि यसको असर दिनानुदिन बड्दै जाने क्रममा कर्मभुमी बिदेशमा रहेका गोर्खालीहरुले आफ्नो जिल्लामा संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि यो पहिलो चरणको स्वास्थ्य सामग्री पठाएका हुन् ।


    गोर्खाको ११ स्थानीय तहमा वितरण गरिएका स्वास्थ सामाग्रीहरु संक्रमितको संख्याको हिसाबले कुनै तहमा बढी त कुनैमा कम राखी वितरण गरिएको छ । स्वास्थ्य सामाग्रीमा अक्सिमिटर,अन्टिजिन किट र माक्स वितरण गरिएका छन् ।

    भिमसेन थापा गाउँपालिकामा ३० पिस अक्सिमिटर, ६० पिस एन्टिजेन कीट,५००० पिस माक्स, गोरखा नगरपालिकामा ३० पिस अक्सिमिटर, ७० पिस एन्टिजेन कीट,८००० पिस माक्स, गण्डकी गाउँपालिकामा ३० पिस अक्सिमिटर, ७० पिस एन्टिजेन कीट,८००० पिस माक्स, सहिदलखन गाउँपालिकामा २५ पिस अक्सिमिटर, ५० पिस एन्टिजेन कीट,५००० पिस माक्स, सिरानचोक गाउँपालिकामा २० पिस अक्सिमिटर, ५० पिस एन्टिजेन कीट,५००० पिस माक्स, बारपाक सुलिकोट गाउँपालिकामा २० पिस अक्सिमिटर, ४२ पिस एन्टिजेन कीट,५००० पिस माक्स, आरुघाट गाउँपालिकामा २० पिस अक्सिमिटर, ४० पिस एन्टिजेन कीट,५००० पिस माक्स, धार्छे गाउँपालिकामा २० पिस अक्सिमिटर,४००० पिस माक्स, अजिरकोट गाउँपालिकामा २० पिस अक्सिमिटर, ४००० पिस माक्स, पालुङटार नगरपालिकामा ३० पिस अक्सिमिटर, ६० पिस एन्टिजेन कीट,८००० पिस माक्स, र चुमनुर्बी गाउँपालिकामा १५ पिस अक्सिमिटर, ३००० पिस माक्स, गरि जम्मा २३२ पिस अक्सिमिटर, ४५० पिस एन्टिजेन कीट,६०,००० पिस माक्स वितरण गरिएको कुरा ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताएका छन् ।


    गोर्खा सदरमुकाममा वितरण गर्ने क्रममा कोभिड १९ को बढ्दो संक्रमण र स्रोत साधनहरुको अभाव भईरहेका बेला विदेशबाट गोर्खालीहरुले आफ्नो जिल्लालाई मायाँ गर्दै पठाएको सहयोग निकै उपयोगी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
    यसैगरी दोस्रो तथा तेस्रो चरणको लागी आवाश्यक थप सहयोग बिभिन्न देशमा रहेका गोर्खालीसँगको सहयोगमा संकलन गरिरहेको ग्लोबल गोरखा समाजका अध्यक्ष अधिकारीले जनाएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on बिदेशमा रहेका गोर्खालीले पठाए ८ लाख बराबरको स्वास्थ्य सामाग्री ।

    एकता लेडिज जेसिसको अध्यक्षमा श्रुती घिमिरे चयन ।

  • ९ जेष्ठ २०७८, आईतवार १९:०३ मा प्रकाशित

  • एकता लेडिज जेसिस, काठमाण्डौको अध्यक्षमा श्रुति घिमिरे सर्वसम्मतिबाट चयन हुनु भएको छ ।

    कोभीड-१९ को संक्रमण महामारी चलिरहेको समयमा भर्चुअल माध्यमबाट भएको छलफलबाट वर्ष २०७८कोलागि घिमिरेलाई सर्वसम्मतिबाट अध्यक्ष पदको जिम्मेवारी दिइएको हो ।

    नवगठित कार्य समितिको उपाध्यक्षमा मलिना पाण्डे, सचिवमा एलिसा पौडेललाई चयन गरिएको छ भने अस्मिता पन्त कोषाध्यक्ष पदमा सर्वसम्मतिले चयन हुनु भएको हो ।

    नव गठित कार्यसमितिका अध्यक्ष श्रुती घिमिरेले आफ्नो कार्यकालमा जेसिसको सिद्धान्त अनुसार अगाडी बढ्ने तथा समाजिक क्षेत्रमा उच्चतम सेवाभावसहित प्रस्तुत हुने प्रतिवद्धता जनाउनु भयो ।

    Posted in ताजा अपडेटLeave a Comment on एकता लेडिज जेसिसको अध्यक्षमा श्रुती घिमिरे चयन ।

    गाउँ पनि छोडेनौ नि

  • ८ जेष्ठ २०७८, शनिबार ११:२३ मा प्रकाशित
  • गाउँ पनि छोडेनौ नि, नत छोड्यौ शहर ।
    जता हेर्यो हे कोरोना!, मात्र तिम्रै कहर ।

    नत भन्यौ बालबच्चा, नत जवान वृद्ध,
    निलेकैछौ कुप्लुक्कै, मान्छे चारै प्रहर ।

    कामधन्दा बन्द भाछ, बल्नै छोड्यो चुल्हो,
    गरिबदु:खी सोच्न विवश, पिउने होकी जहर ।

    जगतको हाल देख्दा, यो मन साह्रै दुख्छ,
    अविरल बगिराख्छ, यी आँखाका नहर ।

    दोस्रो तेश्रो भेरियन्ट, बंशज वृद्धि गर्दै,
    विश्व ध्वस्त पार्ने तिम्ले, गर्यौ कित ठहर ।

    Posted in ताजा अपडेट, साहित्यLeave a Comment on गाउँ पनि छोडेनौ नि

    एनआरएनए साउदीको क्षेत्रीय समिती जेद्दाको अधिवेशन सम्पन्न, अध्यक्षमा चेतनाथ निरौला निर्वाचित ।

  • ८ जेष्ठ २०७८, शनिबार ०१:२३ मा प्रकाशित

  • २१ मे २०२१, साउदी अरब ! एनआरएनए साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिती जेद्दाको छैटौं अधिवेशन २१ मे शुक्रवारका दिन जुम भर्चुअल प्रबिधिबाट सम्पन्न भएको छ ।
    उक्त छैटौं अधिवेशन बाट २०२१-२०२३ कार्यकालको लागि चेतनाथ निरौलाको अध्यक्षतामा १० सदस्यीय कार्य समिति निर्वाचित भएका छन्। अध्यक्षमा चेतनाथ निरौला, उपाध्यक्षमा डि. पि. अर्याल, सचिवमा चिरञ्जिवि बस्नेत, सहसचिवमा लक्ष्मि थापा मगर, कोषाध्यक्षमा राजेश काफ्ले, सह-कोषाध्यक्षमा आनन्द प्रसाद पाण्डे र सदस्यहरुमा अनिल राना, देवराज अर्याल, पूजा सुनार र अर्जुन प्रसाद काफ्ले निर्विरोध निर्वाचित भएका छन् । 

    जेद्दा क्षेत्रीय समितिका निवर्तमान अध्यक्ष राज कुमार गिरिको सभापतित्वमा सचीव चिरञ्जीवी बस्नेतद्वारा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका कार्यवाहक महाबाणिज्य दुत सत्रुधन पोखरेल, बिशिस्ट अतिथिमा एनआरएनए मध्यपुर्वका सह संयोजक राजेन्द्र अर्याल, बिशेष अतिथिमा एनआरएनए साउदीका अध्यक्ष तेज बहादुर थापा, अतिथिहरुमा आइसिसी सदस्यहरु मध्यपुर्वकी सान महिला सदस्य यास्मिन बेगम, नारायण पास्वान, एनआरएन साउदिका संरक्षक राजु सैयद, प्रमुख सल्लाहकार डम्बर यादब, कार्यक्रममा उपस्थिति रहनु भएका छिमेकी संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा सम्पुर्ण उपस्थित एनआरएनए कर्मिहरुले आ आफ्नो ठाउँमा आशन ग्रहण गर्दै २०१९-२१ कार्यकाल सफलताका साथ समापन गरेकोमा निर्वर्तमान कार्यसमितिलाई हार्दिक अभार, धन्यवाद तथा बधाई ज्ञापन गर्दै बर्तमान नव निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल २०२१-२३ सफलताको शुभकामना दिइएको थियो ।

    निर्वाचित भएपछि नव निर्वाचित अध्यक्ष चेतनाथ निरौला आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै श्रमजिवी नेपाली श्रमिकहरुमाझ आइपर्ने हरेक समस्या समाधान, उद्धार, राहत तथा क्षतिपूर्तिको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबै वर्गसँग समन्वय र सहकार्य गर्ने, जनचेतना मुलक श्रमिक अन्तरक्रिया, स्वास्थ्य सम्बन्धि सचेतना अभियान, खेलकुद कार्यक्रम तथा विविध बौद्धिक कार्यक्रमहरुको आयोजना गर्ने,
    महिला श्रमिकहरुको सहभागितालाई संस्थामा आबद्द गर्न आवश्यक कदम चालिने,
    वास्तविक पिडित श्रमिकहरुको पहिचान गरि उनीहरुको हक-हितको पक्षमा काम गर्ने हरेक तह र तप्काका व्यक्ति, संस्था तथा निकाय संग सहयोग र सहकार्य गरि आगामी कार्यकालको लागि हाम्रो नारा नै “सहयोग, सहकार्य र एकता, जेद्धा आर. सी. सी. को प्रतिबद्धता” बनाउने कुरा सबैमा सार्बजनिक गराएका थिए ।
    एनआरएनए आइसिसीको महाधिवेशन नजिकिदैं गर्दा प्रत्येक एनसिसिले अगामी जुलाई भित्रमा आफ्नो अधिवेशन गरिसक्नुपर्ने निर्देशन सँगै एनआरएनए साउदी अरबले पनि आफ्नो मातहतका ६ वटा स्थानीय र ५ वटा क्षेत्रीय समन्वय समितीहरुलाइ मे २०२१ भित्रमा आआफ्नो अधिवेशन गरिसक्न दिइएको निर्देशन अनुसार एनआरएनए साउदीको दम्माम र अलखोर स्थानीय समिति र अल कासिम क्षेत्रीय समन्वय समितिको अधिबेशन सम्पन्न गराइसकिएको र आज जेद्दा क्षेत्रीय समन्वय समितीको अधिवेशन पनि समापन भएको एनआरएनए साउदीका अध्यक्ष तेज बहादुर थापाले जानकारी गराए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए साउदीको क्षेत्रीय समिती जेद्दाको अधिवेशन सम्पन्न, अध्यक्षमा चेतनाथ निरौला निर्वाचित ।

    राष्ट्रपतिले दिएको समय सकियो, प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी

  • ७ जेष्ठ २०७८, शुक्रबार १७:१९ मा प्रकाशित
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिएको छ।

    निर्धारित समय भित्र नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दाबी प्रश्तुत गरेका छन्।

    सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भट्टराई-यादव पक्षका सांसद र एमालेका खनाल-नेपाल समूहका नेताहरूको हस्ताक्षरसहित देउवा शितल निवास पुगेका थिए।

    कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

    यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्।

    शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन्।

    प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफूले र जसपाका ३२ सांसदको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोले गरेको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्।

    ‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ’, एमाले नेता विष्णु रिमालले भने, ‘दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।’

    जसपामा केही दिनअघिमात्रै महन्थ ठाकुर र राजेन्द्र महतो समूहले महतोलाई संसदीय दलको नेता चुनेको थियो।

    प्रधानमन्त्रीमा दाबी पेश गरेर ओली शितल निवासबाट बाहिरिइ सकेका छन्। १४९ सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी पेश गर्न गएका विपक्षी गठबन्धनका नेताहरू अहिले पनि शितल निवासमै छन्।

    copied:setopati

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on राष्ट्रपतिले दिएको समय सकियो, प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी

    राधा पौडेल फॉउंडेशन काठमाडौंबाट प्राप्त भएको स्वास्थ सामग्री प्रकाश थारूद्वारा नारायणि अस्पतालका मेसुलाई हस्तान्तरण

  • ७ जेष्ठ २०७८, शुक्रबार १५:५७ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा
    जेठ ०७ । सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा नारायणि अस्पतालले बिभिन्न स्वास्थ्य सामग्री पाउने भएको छ।

    राधा पौडेल फॉउंडेशन काठमाडौंबाट २ थान अक्सिजन कन्सट्रेटरस सहित बिभिन्न स्वास्थ्य सामग्री प्राप्त ग़री बिरगंज नारायणि अस्पतालको नव नियुक्त कार्यबाहक मेडिकल सुप्रिटेन्ट डॉक्टर बिरेन्द्र प्रधानलाई सामाजिक अभियन्ता प्रकाश थारूले हस्तान्तरण गरेको छन।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरीयन्टको व्यापक रुपमा प्रभाव परिरहेको विषम परिस्थितिमा ऑक्सिजन कॉन्सनट्रेटर २थान,
    पल्स ऑक्सिमिटर १० पीस, पी पी ई सेट १०थान, पैड २५ पीस, फेस शील्ड ५० पीस बिरगंज नारायणि अस्पताललाई अभियन्ता थारूले हस्तान्तरण गरेको छन।

    यो स्वास्थ्य सामग्री राधा पौडेल फॉउंडेशन काठमाडौंबाट आर्थिक सहयोग पाएको अभियन्ता थारूले जनाएको छन।

    सो कार्यक्रममा नारायणी अस्पतालमा कार्यरत डॉक्टर सरोज सिंह,डॉक्टर रोशन अली लगायत डॉक्टरहरुको उपस्थित रहेको शैलेन्द्र त्रिपाठीले बताउनु भयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on राधा पौडेल फॉउंडेशन काठमाडौंबाट प्राप्त भएको स्वास्थ सामग्री प्रकाश थारूद्वारा नारायणि अस्पतालका मेसुलाई हस्तान्तरण

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधवार एकै दिन भए १३ अन्तरराष्ट्रिय उडान

  • ५ जेष्ठ २०७८, बुधबार २२:४४ मा प्रकाशित
  • फाइल फोटो

    काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधवार एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

    विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार बुधवार नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ । नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ । भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ ।

    यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान गर्नेछ । सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौँ ल्याउँदैछ भने एयर चार्टर्ड सर्भिसको काठमाडौँ–दिल्ली उडान भएको छ । मङ्गलबार ११ उडान निर्धारण गरिएको थियो । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी १० उडान सञ्चालन हुनेछन् । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका हुन् ।

    अन्तरराष्ट्रिय उडान माथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि नेपालमा अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगायतको थियो । आन्तरिक उडान पनि वैशाख १६ देखि स्थगित छ । यो बीचमा नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन भइरहेको छ ।

    राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याउने निर्णय भएको छ । गत वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् । प्रावास खबर बाट।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधवार एकै दिन भए १३ अन्तरराष्ट्रिय उडान

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P