पर्सामा कोरोना सङ्क्रमित महिलाको मृत्यु, थपिए १५६ नयाँ सङ्क्रमित

  • ३१ बैशाख २०७८, शुक्रबार १०:२२ मा प्रकाशित
  • messenger sharing button

    वीरगञ्ज, ३१ बैशाख । नारायणी अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    अस्पतालमा बैशाख १८ गतेदेखि कोरोना पुष्टि भएर उपचार गराइरहेकी ५० वर्षीय सखुवापर्सौनी गाउँपालिकाको दकैला बहुवरीकी महिलाको मृत्यु भएको हो ।

    उनको गएराति ९ बजेर ३५ मिनटमा नारायणी अस्पतालस्थित अईसियू वार्डमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार गम्भीर किसिमको निमोनियाबाट पिडित महिलालाई अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

    योसँगै पर्सामा बिहिबार मात्रै ११ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोनाबाट एकै दिनमा मर्ने यो अहिलेसम्म कै सबैभन्दा धेरै संख्या हो । 

    थपिए १५६ सङ्क्रमित

    वीरगञ्जस्थति नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षणमा थप १ सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    अस्पतालस्थित पिसिआर प्रयोशालामा पर्सा, बारा लगायतका जिल्लाबाट ल्याएइको २ सय ८८ जनाको थ्रोट स्वाब नमुनालाई परिक्षण गर्दा ४९ महिलासहित १ सय ५६  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै पर्सा जिल्लाका बासिन्दा छन् । पर्साका १ सय १४, बाराका ३२, रौतहटका ८ सर्लाही र महत्तरीका १/१ जना गरी १ सय ५६ जनामा कोरोना देखिएको डा. दासले जानकारी दिए ।

    सङ्क्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ९० वर्षसम्म रहेका छन् भने उनीहरुको सिटि भ्यालु १४.१ देखि ३५.९ सम्म रहेको छ ।

    श्रोत यात्रा डेली

    Leave a Reply