खाडी मुलुकबाट पठाइएको ५६० अक्सिजन नेपाल सरकारलाई हस्तान्तरण, कुन प्रदेशलाई कति?

  • २ जेष्ठ २०७८, आईतवार १४:३४ मा प्रकाशित
  • समर्पण रम्जान

    २ जेष्ठ २०७८, साउदी अरब ! “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” भन्ने मुल भावनाका साथ मध्यपुर्वको एनआरएनएद्वारा संचालित अभियानमा मध्यपुर्वका खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुको सहयोगमा हिजो शनिबार १ जेष्ठ ओमन बाट नेपाल सरकारलाई पठाइएको ५६० थान अक्सिजन सिलिन्डर आज हस्तान्तरण गरिएको छ ।

    नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा गैर आवासीय नेपाली संघको सक्रियतामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर पठाएका ५६० थान अक्सिजन सिलिन्डर आज नेपाल सरकारको स्वास्थ्य मन्त्री लाई हस्तान्तरण गरिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् ।


    उक्त सिलिण्डरहरू देशका विभिन्न प्रदेशमा वितरण गरिने छ । जस अनुसार १०० थान सुदूरपश्चिममा, २०० थान लुम्बिनीमा, १०० थान कर्णालीमा, ८५ थान प्रदेश नम्बर २ मा, र ७५ थान गण्डकी प्रदेशमा प्राथमिकताक्रम अनुुुसार स वितरण गरिने अध्यक्ष पन्तले जानकारी गराएका छन् ।

    उक्त अभियानअन्तर्गत विभिन्न देशहरुमा रहेका एनआरएनए बाट थप दोस्रो चरण, तेस्रो चरण, सहयोग नेपाल जाने क्रम जारी रहेको र ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने जानकारी गराउदै सहयोग र सजीकरणमा जुट्न सबैमा अनुरोध गर्नुको साथै यस कार्यमा साथ सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई अध्यक्ष पन्तले धन्यवाद दिइएका छन् ।

    Leave a Reply