संयुक्त अरब इमिरेट्स (यूएई) सरकारद्वारा यही आउँदो १२मे २०२१ बुधबार देखि लागू हुने गरी नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाका हवाई यात्रुहरुलाई यूएई प्रवेशमा रोक लगाएको छ ।
यो निर्णयसँगै नेपाल बङ्गलादेश पाकिस्तान पनि कोभिड-१९ शुरु भएता प्रवेशमा रोक लगाइएको भारत सँगै सामेल भएको छ । भने यो बाट रोजगारीको सिलसिलामा यूएई रहेका कामदारहरुलाई प्रभावित गर्नेछ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् । यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन । यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो । बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउदै अल्पकालिन तथा दिर्घकालीन योजना सहित अघि बढ्नु पर्ने सुझाव दिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुदाहुदै पनि कोरोना भाइरस तिब्र रुपमा बढी रहँदा विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए । बैठकमा संघका उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसंग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सकृयतमा टेलिमेडिसिन संचालन भै रहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए । बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिड बिरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सकृय रहन सबै राष्ट्रिय समितिलाई आब्हान गरे । बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराईदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन् । बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कोरोना भाइरसको संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी दिए । संघका महासचिव डा हेम राज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रिेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिती थियो । बैठकमा बोल्ने बक्ताहरुले कोभिड १९ बिरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसिआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमित हरुको स्वास्थ्य लाभको कामना गरेको थियो ।
वैशाख, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान-५ का १८ वर्षीय सुवास परियार रहेका छन् ।
धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी (एसपी) भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । साभार :-अनलाइन खबर
५ मइ २०२१, साउदी अरब ! बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड-१९ ले दिनानुदिन नेपालमा पनि बड्दो विकराल अवस्था निम्त्याइरहेको बेलामा एनआरएनए साउदी अरबले पनि आर्थिक सहयोग रकम संकलन कार्य अगाडी बढाउदै सबैलाई सहयोग का लागी आव्हान गरेको छ ।
नेपालमा बेला बेलामा आइ पर्ने हरेक प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आइरहेको एनआरएनए ले नेपालमा बिगत केही दिन देखी कोरोना पोजेटिभको संख्या अत्याधिक बड्दै गइरहेको र उक्त अवस्थालाई नियन्त्रण गराउन एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तले सबै देशका एनआरएनए लाई आग्रह गरेका छन् । एनआरएनए एनसीसी र आईसीसी प्रतिनिधिहरुको बसेको आकस्मिक बैठकको निर्णय अनुसार प्रत्येक एनसीसीलाई द्रुत गतिमा आर्थिक वा सामग्री मार्फत महामारीको विरूद्ध लड्न, नेपालको प्रयासलाई तुरुन्त समर्थन गर्न र योगदान पुर्याउन अनुरोध गरेका छन्। आफ्नो मातृभूमिलाई अक्सिजन, भेन्टिलेटरको सख्त आवश्यकता रहेको र नेपालमा विशेष गरी काठमाडौंमा COVID-१९ को द्रुत गतिमा तथा खतरनाक फैलावटलाइ रोक्नका लागि शिफ्ट ट्रीटमेन्ट केन्द्रहरू बनाउने जानकारी गराएको छ।
यो भयावह अबस्थाले स्वास्थ्यकर्मीहरूलाई अत्याधिक काम र तनावग्रस्त भएको अबस्थामा उचित र समयमै हेरचाह, अक्सिजन, भेन्टिलेटरहरू, अस्पतालमा पर्याप्त ठाउँ आदि जस्ता सरल चिकित्सा सुविधाहरूको अनुपलब्धताको कारण धेरै व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका कारण यसबाट सजग रहन पनि आग्रह गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि एनआरएनए आइसिसी को आग्रह अनुसार एनआरएनए साउदी अरबले पनि एक आकस्मिक बैठक राखी सहयोग रकम उठाउन सुरु गरेको छ । फलस्वरूप बैठकलको निर्णय अनुसार एनआरएनए साउदीले न्युनतम ५ लाख सहयोग गर्ने र अधिकतम जति पनि हुन सक्ने जनाएको छ ।
यदि कसैले इच्छुक भएर सहयोग गर्न चाहनेहरुलाइ साउदी अरबका विभिन्न क्षेत्रहरूमा रहेका आफ्ना एनआरएनए प्रतिनिधि को विवरण सेयर गर्दौ उहाँ हरुलाइ सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
वीरगञ्ज, २१ बैशाख । पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि ८ दिन थप्न सिफारिस गरिएको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि २२ गते राति १२ बजे सकिने समय थियो ।
तर त्यसको अघिल्लो दिन मंगलवार (आज) बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले निषेधाज्ञा बैशाख ३० गते राति १२ बजेसम्म लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अधयक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा उपयोगी भएको ठहर गर्दै चेन ब्रेक गर्न लम्ब्याउनुपर्ने निस्कर्ष निकाल्दै सिफारिस गर्ने निर्णय भएको हो ।
बैठकमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य कुमार ठाकुर, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्मुख कामेश्वर चौरसिया, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अधयक्ष अनुप तिवारी, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल लगायतको उपस्थिती रहेको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)का निर्णयहरु (२०७८–०१–२१)
निर्णय नं १
DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।
निर्णय नं २
हाल जिल्लाको कोभिड–१९ को संक्रमणको अवस्था नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा भए/गरेका कामको समिक्षा गर्दै यस सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकारका निर्णय र निर्देशनहरु DCCMC एवं स्थानीय तह र सम्बद्ध निकायहरुबीचको आपसी समन्वयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने÷गराउने ।
निर्णय नं ३
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८–०१–१९ को कोभिड–१९ नियन्त्रण सम्बन्धी निर्णयहरु बैठकमा प्रस्तुत भई छलफल भयो र यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरियो ।
निर्णय नं ४
यस जिल्लामा संचालित अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न अनुरोध गर्ने र यसका लागि चाहिने आवश्यक सहयोग गर्ने । हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने । अन्यत्र क्षेत्रमा आपूर्ति नगर्ने । अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भन्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने ।
निर्णय नं ५
यस जिल्लामा कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड–१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८–०१–३० गते राती १२ः०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।
निर्णय नं ६
कोभिड–१९ को संक्रमित विरामीको उपचार गर्न बीरगंज महानगरपालिकाद्वारा बीरगंज महानगरपालिका भित्र उपयुक्त स्थानमा १०० बेड क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने । त्यसैगरी तत्कालै १०० बेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने ।
निर्णय नं ७
कोभिड–१९ को परिक्षण गर्ने कार्यलाई सहज बनाउन बीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउने ।
निर्णय नं ८
नारायणी अस्पताल विकास समिति, पर्साबाट माग गरिएका निम्न २ जना कर्मचारीहरुलाई कोभिड–१९ को विरामीको उपचार गर्ने काममा खटाईएकोमा निजहरुसँग नारायणी अस्पतालले बढिमा चार महिनाको करार सम्झौता गरी सोही अस्पतालले कार्य गरेको प्रमाणित गरेको आधारमा निजहरुलाई प्रदेश सरकारले DCCMC लाई उपलब्ध गराएको बजेटबाट नियमानुसारको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।
बैशाख २० । समाज परिर्वतन नेपालले आज वडा प्रहरी कार्यालय श्रीपुरलाई बिस्कुट र चाउचाउ हस्तान्तरण गरेको छ ।
कोभिड नियन्त्रणमा खटेका प्रहरीहरुलाई खाजाको लागि चाउचाउ र बिस्कुट सहयोग गरिएको छ।
कार्यक्रममा सहभागी समाज परिर्वतन नेपाल पर्साका अध्यक्ष अकलेश साह वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतम प्रेम भण्डारी सस्थाका सचीव राहुल साह राजन साह संदिप महतो लगायतका सहभागी थियो।
१८ वैशाख, काठमाडौं । दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ ।
तुलसीपुर उपमहानगरपालिका-६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो ।
लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए ।
उनका अनुसार कारबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गएर हेर्दा शव भेटिएको हो ।
शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् । दाङका एसपी गणेश चन्दका अनुसार घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान सुरू भइसकेको छ।
वैसाख १८ काठमाडौं____कोभिड– १९ संकट व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले भारतसँगका २२ नाका बन्द गर्न सिफारिस गरेको छ । भारतबाट आउने धेरै व्यक्तिमा संक्रमण देखिएपछि ३५ मध्ये १३ नाका मात्रै सञ्चालन गर्न समितिले सिफारिस गरेको हो ।
सिसिएमसीको शुक्रबारको बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । यी नाकाबाट भित्रनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाइनेछ ।
बैठकले निषेधाज्ञालाई थप बलियो बनाउन पनि सिफारिस गरेको छ । उद्योगहरू सञ्चालन गर्न दिए पनि मजदुरलाई कार्यालयमै राख्नुपर्ने समितिको सिफारिस छ ।
कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । शुक्रबारसम्म अत्यधिक प्रभावित २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तीन जिल्लामा आंंशिक र २० मा जिल्लाभर नै निषेधाज्ञाको निर्णय भएको छ ।
गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा प्रदेश नम्बर १ को झापा र सुनसरीमा निषेधाज्ञाको निर्णय भएको छ । झापामा आइतबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । सुनसरीमा शुक्रबार रातिदेखि पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ ।
प्रदेश नम्बर २ को पर्सामा मात्र निषेज्ञाधा छ । बागमती प्रदेशमा उपत्यकाबाहेक चितवनमा निषेधाज्ञा छ । काभ्रे र मकवानपुरलाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिम भएको जिल्लाको सूचीमा राखिसकेको छ । यी जिल्लामा पनि निषेधाज्ञाको तयारी भइरहेको छ ।
गण्डकीको कास्कीमा जिल्लाभर तथा बाग्लुङको बाग्लुङ नगरपालिकामा धेरै संक्रमण देखिएका वडा नम्बर १२, १३ र १४ वडामा निषेधाज्ञा लागू गरिएको छ । लुम्बिनीको बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा लागू भइसकेको छ भने बर्दियामा आंशिक मात्र रहेकोमा २० वैशाखदेखि जिल्लाभरि नै लागू गर्ने निर्णय भइसकेको छ ।
कर्णालीका सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोटमा जिल्लाभर तथा कालिकोटको खाँक्राचक्र गाउँपालिकाको वडा नम्बर ११ मा मात्र निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरामा जिल्लाभर तथा दार्चुलाको मार्मा गाउँपालिका, व्यास गाउँपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकाको अधिकांश वडामा निषेधाज्ञा जारी गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।
गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाईन (टेलिफोन) सेवा सुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार भारतमा तिब्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भए पछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको सुरुआत गरेको हो ।
कोरोना भाइरस सम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेल मार्फत त्यहाँ रहेका चिकित्सकहरुसंग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ । हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने छन् ।
सो सेवा संचालन गर्नको लागि डा. अरुण पौडेल (नयाँ डिल्ली), डा. अविरल निधी (नयाँ डिल्ली), डा. सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो । कोरोना भाइरसको संक्रमण कारण हाल सम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।