हेटौंडा -९ निवासी दिपेश सिंह जिसि करिब १ बर्ष पहिले भागेर काम गर्ने क्रममा संम्पर्क बिहिन भएको हुँदा उहाँको खोजी गरिदिन दाजुले समाजिक संघ संस्था तथा दूतावास रियादलाइ अनुरोध गरेका छन् ।
आज भन्दा १ बर्ष अगि रोजगारीको शिलशिलामा साउदीमा ड्राइभरमा गएका सिंह कम्पनि बाट लाईसन पाएको तीन महिना पछि सो कम्पनी छोडी अन्यत्र भागी काम गर्दा पुलिसले समाती १० दिनपछि छोडेको जानकारी गराएका छन् । छोडेको पाँचदिन पछि फेरि उसको दाजुलाई जेलबाट फोन आएको जानकारि गराएका तर कुन जेल बाट फोन आको भन्ने थाहा नभएको र अहिले सम्पर्क बिहिन भएको हुँदा उहाँको खोजी गर्न सबैमा आग्रह गरेका छन् ।
उहाँलाई खोजी गरि नेपाल फिर्तिको लागी पनि अनुरोध गरेका छन ।
सिरानचाेक, गाेरखा । सिरान्चाेक गाउँपालिका वडा नम्बर ७ का भूकम्प पिडित नागरिकहरुले घर बनाए पछिका किस्ता रकम लिनका लागि हैरानी मात्र बेहाेर्नु परेन । प्राविधिकलाइ उनले मागेजति रकम बुझाउनु पर्याे । घरकाे दाेस्राे र तेस्राे किस्ता लिने क्रममा कम्तिमा रु एक हजार पाँचसय देखि बढिमा १५ हजार सम्म बुझाउनुपर्नै नियम प्राविधिकले बनाएका थिए । यसरी रकम बुझाउँदा कुनै रसिद लिनुपर्दैन न कुनै भाैचर नै भर्नुपर्छ । जनप्रतिनिधिहरुले यस्ताे काम भइरहेकाे बारेमा कल्पना सम्म गर्न सकेका छैनन् । जनप्रतिनिधिलाइ थाहै नदिएर गलत काम गरेका प्राविधिकले वडा नम्बर २ मा पुगेपछि खुलेआम रकम असुलेका छन् ।
भूकम्प पुनर्निमार्ण प्राधिकरणका प्राविधिकहरु छिटाे गरी किस्ता प्राप्त गर्न केही रकम दिनुपर्ने भन्दै गाउँ गाउँ पुग्छन् । जिल्ला देखि केन्द्र सम्म सेटिङ हुन्छ पैसा नदिएर कहाँ आउँछ किस्ता रकम छिटाे भन्दै रकम असुल्ने गर्छन् ।
जिल्लाकाे सिरान्चाेक गाउँपालिका वडा नम्बर २ थालाजुङमा काम गर्ने प्राविधिक सुरेन्द्र कुमार यादवले साेही स्थानका तिलक भण्डारीसँग लिएकाे रु १५ हजार मिडियाले थाहा पाएकाेले फिर्ता गर्नु परेकाे बताए । इकाे प्यानल प्रयाेग गरेर बनाइएकाे भूकम्प प्रतिराेधि घरकाे किस्ता रकम लिनका लागि प्राधिकरणका प्रमुख शुशिल ज्ञवाली देखि नै सेटिङ मिलाउनु पर्ने र त्यसका लागि २५ हजार लाग्ने बताएका यादवले अन्तिममा १५ हजार सम्ममा काम मिलाउन सक्ने गरी रकम लिएका थिए। पक्तिकारकाे सम्पर्कमा आएका यादवले आफूले उक्त रकम सापटी स्वरुप लिएकाे र गाउँमा अर्कै हल्ला चलेपछि माेवाइल बैँकिङ मार्फत फिर्ता गरिसकेकाले यसकाे समाचार नबनाउन आग्रह गरे ।
पछिल्लाे चरणमा थालाजुङमा ४० काे सँख्यामा घर बनिरहेकाे यादवकाे भनाइ छ । घर निर्माण पछिकाे किस्ता रकम छिटाे गरी लिनका लागि केही रकम अनिवार्य दिनुपर्ने नियम यहाँकाे गाउँमा रहेकाे भूकम्प पिडित नागरिकहरु बताउँछन् । रकम नदिए खातामा किस्ता नआउने र दिए छिट्टै आउने यहाँकाे नियम गाउँलेहरु माझ रहेकाे पाइयाे।
भूकम्प पिडितहरुले छिटाे गरी घर बनाउन भन्ने धारणा पुनर्निमाण प्राधिकरणकाे रहेकाे जिल्ला आयाेजना कार्यन्वयन इकाइ ( अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गाेरखाका गाेरखा प्रमुख रामशरण आचार्य बताउँछन् । कुनै पनि प्राविधिकले सेवाग्राहिसँग आर्थिक लाभ लिएकाे थाहा पाएमा कारवाहीका लागि सिफारिस गरिने उनकाे भनाइ छ ।
यादवले वडामा काम गर्ने सहायक कर्मचारी गाेपिलाल बस्नेत मार्फत ११ हजार रुपैयाँ पठाएर खमारीका जीत बहादुर अधिकारीलाइ फिर्ता गरे । अधिकारीले आफुसँग यादवले दिएकाे दुइ हजार पाँचसय राखेर बाँकी रकम अन्यलाइ फिर्ता दिए । रेट्राे फिटीङका लागि परेका घरहरुकाे किस्ता सिफारिस प्राविधिकले गर्नुपर्ने र त्यसबापत केही रकम लाग्ने प्रावधान यस वडामा रहेकाले रकम उठाउनु परेकाे प्राविधिक यादव बताउँछन् । रेट्राे फिटीङका ४० घरधुरीबाट मात्रै रकम लिएकाे उनले बताए ।
पैसा दिएकाे कुरा कसैलाइ भनेमा किस्ता रकम नआउने सन्देश प्राविधिकले दिएकाले भूकम्प पिडितहरु खुल्न चाहदैनन् । यादवले खमारी टाेलका नर बहादुर बस्नेतबाट १५००, जीत बहादुर अधिकारीबाट २५००, प्रेम बहादुर थापाबाट २५००, खाेप बहादुर बस्नेतबाट २५००,सीमा बस्नेतबाट १५०० घरमै पुगेर लिए । जामुनेबेशीका भक्त बहादुर भण्डारीकाे घर टाढा भएकाले अफिसमै आएर बुझाउन भनियाे र भण्डारीले वडा कार्यालयमा पुगेर २५०० रुपैयाँ यादवलाइ थमाए ।
सिरान्चाेक ७ का नागरिकहरुले जसरी सजिलै पैसा दिनेमा थालाजुङका नागरिकहरु नरहेकाे यादवकाे गुनासाे रहने गरेकाे गाउँलेहरुले बताएका छन् । तपाइँहरु किस्ता रकम छिटाे चाहियाे भन्नु हुन्छ काठमाण्डाै देखिका मानिसहरुलाइ मिलाउनुपर्छ पैसा नदिए काम गर्दैनन मागे जति दिनुहुन्न भन्दै दिए जति रकम यादवले लिएका हुन् । तेश्राे किस्ताका लागि फाइल अघिल्ला प्राविधिकलाइ पेश गरेका र अहिलेसम्म किस्ता रकम नआएकाले छिटाे गरी ल्याउन बाबुराम बस्नेतले एक हजार मात्र दिए हुने भएकाले उनले एक हजार मात्र दिए । तपाइँकाे पनि दुइ हजार पाँचसय लाग्छ भनेका यादवले दिन्न बरु भनेपछि हुन्छ हजारमा नै मिलाउँछु भनेर यादव भनेका थिए ।
पक्तिकारले सेवाग्राहि बनेर फाेन गर्दा घरका चारै दिशाबाट खिचिएका फाेटा, शाैचालयका फाेटा र गाउँलेहरुले दिए सरहकाे शुल्क लिएर वडा कार्यालय आउन भनेका थिए । सेवाग्राहीसँग रकम लिएका यादवले आफूहरुले सापटी दिएकाे र फिर्ता भइसकेकाे सन्देश दिन आग्रह गर्दै पत्रकारले थाहा पाएमा जागिर समेत जान सक्ने भन्दै घरघर पुगेर गुनासाे गरेका छन् । यादवले ४० घरधुरीबाट मात्रै रकम लिएकाे स्विकार गरेका छन् भने गाउँलेहरुका अनुसार रेट्राे फिटिङमा परेका घर सहित ६५ भन्दा धेरै घरधुरीबाट यादवले रकम उठाए छन् ।
सेवाग्राहिसँग रकम लिएकाे कुरा गाउँपालिका तहमा पुगेपछि पालिका प्रमुखले अनियमितता भएकाे खण्डमा आफूले सँरक्षण गर्न नसक्ने बताएसँगै केही रकम फिर्ता भएकाे खुल्न आएकाे छ । प्राविधिक यादवले विभिन्न तहमा फाेन सम्पर्क गरी समाचार नलेखिदन आग्रह गरेका थिए ।
सेवाग्राहीसँग आर्थिक लाभ लिने तपाइँकाे कार्यालय मातहतका कर्मचारीलाइ के कारवाही हुन्छ भन्ने प्रश्नमा सहरी विकास तथा भवन डिभिजन कार्यालय गाेरखाकी प्रमुख सुनिता श्रेष्ठले लिखित निवेदन आएमा विभागिय कारवाही हुने बताइन ।
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रवक्ता भगवान अर्यालयले सेवाग्राहिसँग रकम लिने कुरा साेच्न नसकिने बताए । काम सम्पन्न भएपछि प्राविधिकले सिफारिस गर्ने हाे । यसबाेरमा विस्तृत विवरण पठाइदिन उनले आग्रह गरे । मनासलु.कम ले छापेको छ ।
२४ अप्रिल २०२१ ! साउदी अरब ! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबले आफ्नो मातहतमा रहेका पुर्वी क्षेत्रका दम्माम स्थानीय समन्वय समिति र खोबर स्थानीय समन्वय समितिको २०२१-२०२३ कार्यकालका लागी २३ अप्रिल २०२१ शुक्रबारका दिन जुम बिद्धुतिय माध्यमबाट भब्यताका साथ अधिवेशन सम्पन्न गरेको छ।
हरि थापाको नेतृत्वमा अधिबेशनबाट दम्माम स्थानीय तहमा ११ सदस्यीय समिती र दुर्गा बहादुर खड्काको नेतृत्वमा अल खोबर स्थानीय तहमा ७ सदस्यीय समिती सर्बसम्मति चयन भएको छ ।
स्थानिय समन्वय समिति दम्मामको २०२१–२०२३ कार्यकालका लागी अध्यक्षमा हरि थापा, उपाध्यक्षमा दिपक खाण, सचिवमा राम बहादुर खड्का, सह-सचिव राम थापा, कोषाध्यक्षमा रमेश राजवंशी, सह-कोषाध्यक्षमा सरोज कुमार मण्डल, प्रवक्तामा सुरज आचार्य, सदस्यमा पासांग शेर्पा, सदस्यमा संजित कुमार पासवान, सदस्यमा तेज बहादुर शाही, सदस्यमा ओम नारायण श्रेष्ठ सर्बसम्मत चयन भएका छन् ।
स्थानिय समन्वय समिति अल–खोबर २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा दुर्गा बहादुर खड्का, सचिवमा हरि ओली, सह-सचिवमा मोति राज चाम्लिंग, कोषाध्यक्षमा जय थारु, सह कोषाध्यक्षमा होमनाथ भण्डारी, सदस्यमा लाल प्रसाद धिताल, सदस्यमा बसन्तराज भण्डारी सर्बसम्मत चयन भएका छन् ।
एनआरएनएका विभिन्न तह र समितिहरुमा आवद्ध आइसिसी मध्यपुर्व सह संयोजक राजेन्द्र अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, नारायण पासवान, एनसिसि साउदी अरबका अध्यक्ष तेज थापा, संरक्षक राजु सैयद, प्रमुख सल्लाहकार डमर यादव, उपाध्यक्ष विशाल श्रेष्ठ, रोशन श्रेष्ठ, भोला पौडेल, का.बा. कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, केन्द्रीय पदाधिकारी नरेन्द्र कार्की, शुक्र मोक्तान लगायतका एनआरएनए प्रतिनिधिहरु साथै क्षेत्रीय तथा स्थानीय समन्वय समितिका पदाधिकारीहरु र अन्य नेपाली श्रमिकहरुको उपस्थिति रहेको उक्त कार्यक्रम एनआरएनए साउदीका महासचिव उमेश भट्टराईले संचालन गरेका थिए । कार्यक्रममा खोबर स्थानीय समितिका अध्यक्ष बिष्णु भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो। ।
काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विस २०७२ को भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको वस्ती लाप्राकका बासिन्दाका लागि गैरआवासीय गुम्सीपाखामा निर्मित नमुना बस्ती आज हस्तान्तरण गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, माननीय हरिराज अधिकारीलगायतको समुपस्थितिमा ५७३ वटा आवास र अन्य सामुदायिक पूर्वाधार हस्तान्तरण गरिएको एनआरएनएनका अध्यक्ष कुमार पन्तले बताए । अध्यक्ष पन्तले अन्ततः यो दिन आयो भन्दै बस्ती हस्तान्तरण् गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘यस परियोजनामा हरेक गैरआवासीय नेपालीको तन, मन र धन परेको छ। उहाँहरूसहित सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद’, अध्यक्ष पन्तले भने । विस २०७२ सालको भूकम्पले ध्वस्त पारेको गोरखाको ऐतिहासिक गुरुङ बस्तीलाई नयाँ ठाउँमा स्थानान्तरण गरीएको छ । लाप्राकीका लागि गुप्सीपाखामा गैरआवसीय नेपाली संघ (एनआरएन) ले निर्माण गरेको एकीकृत वस्तीको निर्माण पूरा भई आज एक कार्यक्रमका बिच राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीइओ शुशील ज्ञवाली,गोर्खाका सांसद हरिराज अधिकारी,एनआरएनएका अध्यक्ष कुमार पन्तसहित एनआरएनएका पदाधिकारीहरुको उपस्थितिमा उक्त बस्ति हस्तान्तरण गरिएको हो । गाउँपालिका वार्ड नं. ४ को गुप्सी पाखामा एकै किसिमका पाँच सय ७३ वटा घरहरु निर्माण भएका छन् । उक्त घर एनआरएनले उपहारको रुपमा निर्माण गरिदिएको हो ।
समुद्र सतहदेखि २७५० मीटर उचाइमा अवस्थित उक्त बस्ती २०७३ फागुनमा निर्माण सुरु गरिएको थियो । भूकम्पले ध्वस्त पुरानो लाप्राक बस्तीको भौगोलिक हिसाबले कमजोर र पहिरोको जोखिमका कारण त्यही ठाउँमा पुनर्निर्माण गरी बस्नु अनुपयुक्त भएपछि गुप्सीपाखामा पुनर्निर्माण गरिएको हो । गुप्सीपाखा लाप्राकीको पुरानो भेंडीगोठ र चरनक्षेत्र हो । सरकारले बस्तीको लागि उपयुक्त ठाउँको रुपमा गुप्सीपाखालाई घरनिर्माण गर्न जग्गा उपलब्ध गराएको हो । बस्ती बनाउन आर्थिक सहयोग चाहिँ एनआरएनले गरेको थियो । गिट्टी, वालुवा–ढुंगा, काठ र श्रमदान स्थानीयले व्यवस्था गरेका थिए । दुईकोठे भवनमा टाँडी र कौसी छ । घरको बाहिरपट्टि शौंचालय निर्माण गरिएको छ । प्रत्येक घर ३ आना २५ पैसा क्षेत्रफलमा बनेको छ । लाप्राक गोरखाको गुरुङ समुदायको ऐतिहासिक बसोवास थलो हो । भूकम्पको केन्द्रबिन्दु बारपाकबाट करिब १२ किलोमीटरको दूरीमा पर्ने लाप्राकलाई पनि २०७२ सालको भूकम्पले सम्पूर्ण रूपमा ध्वस्त बनाएको थियो, जसमा परी २४ जना लाप्राकीले ज्यान गुमाएका थिए । ‘गैरआवासीय नेपाली संघको महत्वपूर्ण मेघा प्रोजेक्ट अन्तर्गतको लाप्राक नमूना बस्तीको निर्माण कार्य सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुशी छौँ । अब, सम्पूर्ण प्रक्रिया पूरा गरेर आज एक कार्यक्रमको आयोजना गरि जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गरियो एनआरएनए अध्यक्ष कुमार पन्तले भने । विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो’, । ५७ करोड ६६ लाख भन्दा बढीको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, नेपाल सरकार, स्थानीय सरकारलगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ पन्तले भने । ‘गैरआवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको ऐतिहासिक लाप्राक नमूना बस्तीको निर्माण सम्पन्न गर्दै हस्तान्तरण गराउँदा गौरवान्वित महसुस गरेको संघको उपाध्यक्ष सोनाम लामाले बताए उनले आफु निर्वाचीत भएर आएसँगै आफुलाई लाप्राक नमूना बस्ती परियोजनाको जिम्मा दिइएको र डेढ वर्षको अथक प्रयासपछि आफुले पाएको जिम्मेवारी पूरा गर्न सफल भएको बताए । परियोजना सम्पन्न भएसँगै हामी सबै एनआरएनएको सपना साकार भएको छ’, लाप्राक नमूना बस्ती परियोजनाका संयोजकसमेत रहेका एनआरएनएका उपाध्यक्ष लामाले बताए । यस नमूना बस्तीका सबै लाभग्राहीहरु, सबै कर्मचारी तथा परामर्श दाताहरु तथा सहयोग गर्नुहुने सबैप्रती एनआरएनएले आभार प्रकट गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा एनआरएनका अध्यक्ष कुमार पन्त,उपाध्यक्ष सोनाम लामा,बद्रि केसि ,सचिब गौरी केसि, युवा संयोजक हिमाल गुरुङ, एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपाने,युरोप सहसंयोजक कृष्ण तिमल्सिना,अमेरिकाज सहसंयोजक आरसी पोखरेल,परियोजनाका सहसंयोजक श्याम तामाङ्गलगाएत पदाधिकारीको उपस्थिति रहेको थियो ।
परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए ।
आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो । साथीभाइहरुको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे । उनी स्थानिय अस्पतालमा साढे दुई बर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधि मध्ये तीन महिनासम्म त भूजेल कोमामा परेका थिए । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले दुई करोड ५० लाख ९८ लाख २३ हजार रिहाद० को बिल थमाईदियो । खानबस्न समेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए । बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनी विरुद्ध मुद्धा दायर गरेको थियो । सोही मुद्दाका कारण भूजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे । विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । नेपाली दूतावासको विशेष पहलकदमी पछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो । भूजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका भूजेलको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो ।
संघको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदी देखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुर्नस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो । भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ ।
वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा क्रण लिएका भूजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ । परिवारसँगको भेट पछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता साहुको क्रण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ ।
साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।
संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री के।सीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।
उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हाल सम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७००० भन्दा बढी नेपाली श्रमिहरुलाई राहत तथा उद्दार सम्बन्धि सहयोग पुर्याएको बताए । समाचार श्रोत चिरन शर्मा ।
८ वैशाख, काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् । मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको जनाएको छ । वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका ५ देश धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने देश हो । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ । हेर्नुहोस् शिक्षा मन्त्रालयको सूचना
६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना स्टाट नर्सको मृत्यु भएको छ ।
भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।
डा. थापाले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३/४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको हो ।’
यसअघि आइतबार राति १२ बजे बाँकेको कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
साउदी अरब ! बिदेशमा रहेर एनआरएनए सदस्य बन्दै ग्लोबल आइडी लिएका नेपालीहरुले १६५ संघसंस्था बाट बिशेष छुट सहित सहुलियत पाउने भएका छन् ।
एनआरएनए ग्लोबल सदस्य आइडी किन ? भन्ने सम्बन्धमा एनआरएनएले बिशेषगरि केही बुँदागत रुपमा जानकारी गराउँदै आफ्नो आधिकारिक वेबसाईट बाट जानकारी गराएको छ ।
साझा पहिचान एनआरएनए विश्वव्यापी नेपालीहरूका लागि विश्वव्यापी संस्था हो यो कार्डले साझा पहिचान देखाउनेछ र सदस्यहरूमा एकता ल्याउनेछ ।
ग्लोबल मान्यता यसले विश्वव्यापी मान्यता प्रदान गर्दछ र विश्वभरि नेपालीहरूको साझा पहिचानलाई रेखांकित गर्दछ।
उत्साहजनक छुट यस कार्डलाई विभिन्न संस्थामा प्रयोग गरेर NRNA सदस्यहरूलाई विभिन्न क्षेत्रका संगठनहरूबाट उत्साहजनक छुट तथा सहुलियतहरु लिन सकिन्छ। यसैै अन्तर्गत जो एनआरएनए को सदस्य लिइएको र उसित ग्लोबल आइडि कार्ड छ भने नेपाल भित्र र बिदेशमा रहेका स्वास्थ्य, शिक्षा,बैंक, होटल,रेस्टोरेन्ट , टुर ट्राभल्स, मेडिया, आइटि लगायतका क्षेत्रका १६५ संघसँस्थाबाट सहुलियत प्राप्त गर्न सक्ने छन् ।
थप बृस्तित जानाकारीको लागी तलको लिन्क खोलेर हेर्न बुझ्न सक्नुहुनेछ ।
मुग्लिन, ३ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा रहेका कुनै पनि बिरामीले अब नि:शुल्क रगत पाउने भएका छन्। इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन बिच गाउँपालिकामा रहेका जुनसुकै बिरामीलाई रगतको आवश्यकता परेमा नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएपछी इच्छाकामनाका नागरिकले रगतको शुल्क तिर्न नपर्ने भएको हो। सो सम्बन्धी दुबै संस्था बिच बिहिवार सम्झौता भएको हो। सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष गीता कुमारी गुरुङ र रेडक्रसको तर्फबाट जिल्ला सभापति ज्ञानशाली न्यौपानेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचय पत्र वा सिफारिस पत्रको प्रतिलिपी भने बुझाउनु पर्नेछ। यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिका भन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुबिधा लिन पाउनेछ। सम्झौतामा उल्लेख भए अनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको नि:शुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ। यो संगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो। उक्त समाचार इच्छाकामना न्युज लए छापेको छ ।
चितवन फिस्लिङ, ४ बैशाख । देशको विभिन्न भुभागमा आज आएको हावाहुरीले देशको अधिकांस ठाउँमा क्षेती पुर्याएको छ ।
कतै स्कुल त कतै घरमा क्षेती पुर्याएको छ भने आज आएको हावाहुरीले चितवनको फिस्लिङ र गोरखा जिल्लाको भुम्लिचोक जोड्ने निर्माणधिन मोटरेबल पुलमा क्षति पुर्याएको इच्छाकामना न्युज ले जनाएको छ। हावाहुरीले क्षति पुर्याउदा पुलको करिब ४ मिटर भाग माथिपट्टी सारिदिएको स्थानिय एंव संचारकर्मी दानबहादुर गुरुङले जानकारी दिएका छन्। तस्बिर: दान बहादुर गुरुङ । इच्छाकामना न्युज