
साउदी अरब ! बिदेशमा रहेर एनआरएनए सदस्य बन्दै ग्लोबल आइडी लिएका नेपालीहरुले १६५ संघसंस्था बाट बिशेष छुट सहित सहुलियत पाउने भएका छन् ।
एनआरएनए ग्लोबल सदस्य आइडी किन ? भन्ने सम्बन्धमा एनआरएनएले बिशेषगरि केही बुँदागत रुपमा जानकारी गराउँदै आफ्नो आधिकारिक वेबसाईट बाट जानकारी गराएको छ ।
साझा पहिचान
एनआरएनए विश्वव्यापी नेपालीहरूका लागि विश्वव्यापी संस्था हो यो कार्डले साझा पहिचान देखाउनेछ र सदस्यहरूमा एकता ल्याउनेछ ।
ग्लोबल मान्यता
यसले विश्वव्यापी मान्यता प्रदान गर्दछ र विश्वभरि नेपालीहरूको साझा पहिचानलाई रेखांकित गर्दछ।
उत्साहजनक छुट
यस कार्डलाई विभिन्न संस्थामा प्रयोग गरेर NRNA सदस्यहरूलाई विभिन्न क्षेत्रका संगठनहरूबाट उत्साहजनक छुट तथा सहुलियतहरु लिन सकिन्छ। यसैै अन्तर्गत जो एनआरएनए को सदस्य लिइएको र उसित ग्लोबल आइडि कार्ड छ भने नेपाल भित्र र बिदेशमा रहेका स्वास्थ्य, शिक्षा,बैंक, होटल,रेस्टोरेन्ट , टुर ट्राभल्स, मेडिया, आइटि लगायतका क्षेत्रका १६५ संघसँस्थाबाट सहुलियत प्राप्त गर्न सक्ने छन् ।
थप बृस्तित जानाकारीको लागी तलको लिन्क खोलेर हेर्न बुझ्न सक्नुहुनेछ ।
https://nrna-discounts.org/?

