२० अगस्ट २०२१, साउदी अरब ! नेपाली दुताबास रियाद साउदी अरबले आज २० अगस्ट २०२१ शुक्रबारका दिन अल कासिम क्षेत्रमा राहदानी नविकरण घुम्ती सेवा सम्पन्न गरेको छ ।
पुर्व सूचना अनुरुप नेपाली दूतावास रियादको आयोजना र एनआरएनए आरसिसि अल कासिम तथा गन्तव्य नेपालको सहकार्यमा संचालन गरिएको उक्त सेवा कार्यक्रममा करिब १७० जना नेपाली श्रमिकहरुले सेवा प्राप्त गरेका थिए । जसमध्ये १४१ जनाले राहदानी नविकरण गराएका थिए, २६ जनाले बनेर आएका नयाँ पासपोर्ट बुझेका थिए भने ३ जनाले ट्राभल डकुमेन्ट लिएका थिए । उक्त घुम्ती सेवा कार्यक्रममा नेपाली दूतावास रियादबाट आउनु भएका द्दितिय सचिब तारा खनाल, तृतीय सचिब आनन्द सुबेदी, साथै स्थानीय कर्मचारी हेमन्त आचर्यको उपस्थितिमा सहजीकरणको सेवा प्रदान गरिएको थियो । उक्त राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका पदाधिकारीहरु तथा गन्तब्य नेपालका अभियान्ताहरुले सहयोग गरेको कुरा एनआरएनए आरसिसि अल कासिमका सचिब ध्रुब राज कटुवालले जानकारी दिए ।
नेपाली दूतावास रियादले यो भन्दा पहिले पनि साउदी को विभिन्न भुभागमा एनआरएनए साउदीको सहकार्यमा यस्तै प्रकारका घुम्ती सेवा सम्पन्न गरिसकेको र हजारौं नेपाली श्रमिकहरुले सेवा लिसकेका छन् ।
उदक साहित्य यात्रा नामक फेसबुक पेजको आयोजनामा आयोजित १३ औँ उदक अभ्यास शृङ्खला शुक्रवार सम्पन्न भएको छ । प्रत्येक शनिवार सन्चालन गरिने उक्त अभ्यास शृङ्खला यसपटक भने शुक्रवार सञ्चालन गरिएको थियो ।
काव्य विधाको उपविधाको रूपमा परिचित उदकको विकास र उन्नयनका लागि अभ्यास शृङ्खला सञ्चालन गरिएको उदकका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो । उहाँका अनुसार विहान देखि अपरान्ह ४ बजेसम्ममा ५७ जना उदकयात्रीहरूले सहभागिता जनाउनु भएको थियो । सहभागीहरूलाई दिइएको चित्रको गहन भाव खुल्ने गरि एक/एक वटा उदक लेख्न भनिएको थियो ।
अभ्यासका लागि दिइएको तस्बिर
तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :
१ कमल ब्रह्माजीको आसन मनु कैटभको उत्पति ! ✍️ रमा पन्त, पाल्पा
२ प्रभात उषा किरण हर्षका मधुर गीत ! ✍️ अविराज व्यञ्जन, लुम्बिनी, नेपाल
३ रङ्गिन किरण छाया कमल फक्रिएको दृश्य ! ✍️ चक्र शाही, कैलाली
४ कमल फुल्छ हिलाेमा सुन्दर उत्कृष्ट फूल ! ✍️ नवराज भट्ट, महेन्द्रनगर
५ पानीमा फूलको छाया अस्ताउँदो रविको माया ! ✍️ बालकृष्ण खनाल, टीकापुर
६ साैन्दर्य कमल तालमा सूर्य किरण लालमा ! ✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ
७ कमल हिलोको जीवन बुझ्न सके अमूल्य ! ✍️ अम्बिका कार्की, चितवन
८ लालीमा कमल फुल्दा तरङ्गित यो मन ! ✍️ रमेश प्रभात, चितवन
९ फूल प्रकृतिको उपहार मनै लाेभिने बासना ! ✍️ राजकुमार राजभण्डारी ,भक्तपुर
१० कमल तैरिने पानीमा उषा किरण छाया ! ✍️ राम न्यौपाने, कैलाली
११ ढकमक्क फुलेकाे कमल प्रकृतिमा सुन्दर झलमल ! ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
१२ प्रतिनिधित्व ब्रह्माजीको स्वामित्व अमूल्य कमलको अस्तित्व ! ✍️ ईश्वरी अधिकारी, लमजुङ
१३ बर्षात् रोएका रातहरू आकाश खुल्ने आशामा ! ✍️ वेदप्रसाद रिजाल, इलाम
१४ किरण वर्षा समाप्त शरद ऋतु आगमन ! ✍️ सरस्वती श्रेष्ठ, इटहरी
१५ सौन्दर्य प्रकृतिको खानी फूल जस्तै जवानी ! ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
१६ कमल सन्ध्याको लालीमा खुसी अभिव्यक्त गर्दै ! ✍️ विनय तामाङ, भक्तपुर
टुक्का दुई हरफमा लेखिने कविता हो । यसका दुबै हरफमा बराबर अक्षर हुनुपर्छ । एक हरफमा ५ देखि २७ अक्षरसम्म राखेर टुक्का रचना गर्न सकिन्छ । टुक्का काब्य विधाको उपविधाको रूपमा चिनिन्छ ।
टुक्का कविताको उन्नयन र जगेर्नाका लागि टुक्का साहित्य समाज, काठमाडौले नियमित टुक्का लेखन अभ्यास, टुक्का वाचन कार्यक्रम लगायत विविध कार्यक्रम सन्चालन गर्दै आएको छ ।
प्रस्तुत छ विमानस्थल विषय अन्तर्गत रहेर १४ जना टुक्काकारले रचना गर्नुभएको उत्कृष्ट टुक्काहरू
१) पुगिन्छ दूरमा कुनै जहाँ समाज नै कहाँ, विमानमा चढेर एक रम्य बन्दथ्यो जहाँ। २) चरा बनेर उड्न सक्दथे युवा विमानमा, विमान नै बन्यो चरा उडेर त्यो विदेशमा। ✍️ पौडेल विमुन्स, पाेखरा
१ दैनिक हजाराैं छन् मान्छेहरूकाे लर्काे, माैन विमानस्थल मान्दैन कुनै झर्काे। २ रङ्गमञ्च हाे कि पागलखाना याे विमानस्थल, कसैका छन् रमाइला, कसैका विदारक पल। ✍️ ताराप्रसाद चापागाईं धुनिबेशी न.पा.९, धादिङ
१) दूर्गम गाउँहरू पनि सहजै जोडिन्छ, ठाउँ-ठाउँमा जब विमानस्थल खोलिन्छ। २) विमानस्थलले धेरै कुरामा सहयोग गर्छ, सरकारले समयमै कुरा स्पष्ट बुझ्नु पर्छ। ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।
१) आकाशबाट यात्रु बोकी चरा आउँछ भूतल, थकाइ मेटी विश्राम गर्न खोज्दै विमानस्थल । २) देशका खम्बा युवा जति विमानस्थलमा, संसारका कुनाकुना पुग्छन् पलपलमा । ३) विमानस्थलमा जहाज गर्छ अवतरण, तलमाथि परेमा केही हुन्छ मृत्युवरण । ✍️ श्रीकृष्ण शर्मा, पोखरा
१) उहिले विमान नहुँदा पशुपति हिँडेर जान्थे , धेरै तिर्थालु भक्त बाटोमा मकै भटमास खान्थे । २) अहिले ठाउँ ठाउँमा हेर्नुत विमानस्थल बनिसक्यो, एक देश बाट अर्को देश जान सजिलो छ भनिसक्यो। ✍️ कमला पाण्डे, झापा
१) देश-विदेशमा ओहोरदोहोर गर्ने ठाउँ, संवेदनशील छ विमानस्थल सोची जाऊँ! २) रोजगारीमा जान्छ युवा विमानस्थल हुँदै परिवारले स्वीकार्छन् बाकसको लास रूँदै! ३) विमानस्थल त कालो व्यापारको अड्डा भयो ठूला माछाको सेटिंग सानालाई ढड्डा रह्यो! ✍️भूषण जंग ललितपुर नेपाल, हाल अस्ट्रेलिया
१) बिमानस्थल भएर जग्गा ब्यापार दलाललाई सजिलो , यसले देश बिदेशमा आवश्यक जान आउन रसिलो । २) बिमानस्थलले असल खराव दुईकाम गराउँछ , बुझ्नेको श्रीखण्ड नजान्ने लाई खुर्पाको बिँड बनाउँछ। ३) यसले गरिबलाई आकाशको तारा, बैज्ञानिक र धनीलाई ऐश्वर्य सारा । ✍️ बेदु न्यौपाने ,काठमाडौ
१) बोलाउँछ युवालाई परदेश पठाउँछ, निर्दयी छ विमानस्थल् देशै रित्तो बनाउँछ । २) भिसा ठोकी उड्नेहरू कति धनीमानी भए, बन्द बक्सा भित्र फर्के स्वप्नाहरू कतिपय । ३) टुलुटुलु हेरिबस्छन् मानिसका शवहरू, तथ्याङ्क राख्छ विमानस्थल गनिकन बरू । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
१) एक एक रुपियाँ उठाएर विमानस्थल बनाऊँ सबैले थोरै भएनी सधैं बनाउनेलाई सघाऊँ। २) विमानस्थल हाम्रो कहिले बन्छ, भनेको जस्तो कस्ले पो यहाँ गर्छ। ✍️ प्रेम सुनार, दैलेख
१) दिनौ दिन लाम लाग्छन् बिमानस्थल, युवाको पीडा देख्दा मर्माहत छ पल। २) आउने जानेहरू लाम हुन्छ मज्बुरी, सरकारको ध्यान जानुपर्छ जरुरी। ✍️ सुरेश कुमार पान्डे, दाङ
१) विमानस्थल खोल्ने होइन बन्द गरौँ, युवाहरूले देशमा स्वाभिमान छरौँ। २) सातसमुन्द्र पारी जान विमानस्थल चाहिने, परदेशी त्यो आँगनीमा इश्वर रहून् दाहिने। ✍️ मुक्तिनाथ अधिकारी , भरतपुर,चितवन ।
१) क्षणैभरमा अायाे चट्ट फेराे लायाे माथि, भयाे जस्तो छ चमत्कार अाऊ हेर साथी । २) बाेकी उड्न सक्छ बाेझा पहूँच गाैचर सम्म, अवरुद्ध हुनसक्छ वायु बदलिँदा डम्म । ३) हिजोआज विमानस्थल सुन्य प्रायः भयाे, फैलिएर महामारी संसारभरि गयाे । ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।
१) वैज्ञानिक आविष्कार हुन् राम्ररी बुझ्दै जाऊँ विमानस्थल बिदेश जान यान चढ्ने ठाउँ। २) मानिसले बनाएका हुन् यस्ता महान कुरा, हामीले गर्नुपर्छ बाँकी रहेका काम पूरा । ३) एक ठाउँबाट अर्को विकट बस्ती जान, हवाईजहाज नै हाम्रो सहारा हो मान । ✍️ दुर्गा भट्टराई, मोरङ
१) राम्रोसँग बुझेर नै राम्ररी जाऊँ, विमानस्थल परदेश जाने ठाउँ। २) राम्रो ठाउँ हेर जानु पर्छ विदेश, मलाई देख्न मन छ त्यो परिवेश! ✍️ शाेभा अर्याल, बुटवल १४ रुपन्देही
मलाई गन्तब्यमा पुराउने भर्याङ स्वइच्छाले चल्नका लागि प्रमाण दिने मतदाता मेरा कुरा सुनिदिने श्रोता मलाई अघि पछि घेरेर मौरीको रानो बनाउने तपाईँहरु, त्यसैले, तपाईँलाई जनता भनिन्छ, र म, माननीय “सभासद” ।
मलाई राजनीतिक दलले चुनाव लड्न टिकट दिन्छ जनतालाई यसो यसो भन्नु लेखेर दिन्छ म पर्चा पढेर सुनाउँछु घोषणा पत्र भन्छन् त्यसलाई ती प्रतिबद्धताहरु पूरा गर्नु पर्छ कि पर्दैन ? मलाई थाहा छैन, तपाईँहरु त झन जान्नै चाहनु हुन्न किन कि, तपाई आफै सार्वभौमसत्ता सम्पन्न नागरिक हुनुहुन्छ र म, काठमाडौं पुगेको “सभासद” ।
पम्पले तेल फ्रिमा दिन्छ बसले तपाईहरुलाई फ्रिमा बोक्छ होटलले खाना फ्रिमा खुवाउँछ गार्मेण्टले चुनाव चिन्हसहितका क्याप र भेष्टहरु फ्रिमा बाँड्छ पर्चा पम्ल्पेटहरु फ्रिमा छरिन्छन् यिनीहरु किन यसरी फ्रिमा सेवा दिन्छन् ? म सार्वजनिक गर्न आवश्यक ठान्दैन तपाईहरु त अनभिज्ञ नै हुनुहुन्छ कि न कि, तपाई स्वस्तीक छाप हो, र म बे–लगाम “सभासद” ।
तपाईहरुलाई थाहा छ, चुनावको केही दिन अगाडि घर घरमा मेला लाग्छन् झुप्रादेखि महलसम्म खुशीका पुलिन्दाहरु बाँडिन्छन् जनताका नाममा टाउकेहरु कोही बेचिन्छन्, कोही किनिन्छन् कहाँबाट आउँछ, किनबेच गर्ने पैसा ? तपाईहरुलाई किन जान्नु पर्यो र ? त्यसको हिसाब म मन्त्री भएपछि मिलान गर्ने छु किन कि, म त्यसैका लागि राजनीति गरेको माननीय “सभासद” ।
तपाईँले चाहेजस्तो भाषा संस्कृति, इतिहास, पूरातत्व सार्वभौमिकता, स्वाधीनता र असंलग्नताको रक्षा गर्ने ठेक्का मैले लिएको छैन हुन त, म प्रमाणित जनप्रतिनिधि नै हो, तर मैले तपाईँ जनताको होइन, राजनीतिक दल र अदृष्य शक्तिको प्रतिनिधित्व गरिरहेको छु किन कि म उनैको आज्ञापालक माननीय “सभासद” ।
दम्माम साउदीअरब | राहदानीको म्याद सकिएर नवीकरण गर्नु पर्ने नेपाली नागरिकहरू कोरोना महामारी र अन्य कारणले दूतावास रियाद सम्म जान नसकिएकाहरूलाई अस्थाई घुम्ति शिबिर संचालन गरी दूतावासको सेवा प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सउदीको सहजीकरण र नेपाली दूतावास रियादको सहकार्यमा साउदी अरबको पूर्वीय प्रान्तको दम्माम फैसलियाह स्थित अल असेमाह रेस्ट हाउसमा १३ र १४ अगस्त २०२१ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त राहदानी सहजीकरण अस्थायी शिविर बाट पहिलो दिन ४ सय जना भन्दा बढी सेवा ग्राहीले सेवा प्राप्त गरे भने सेवा ग्राहीको अत्याधिक चाप रहेको कारण पूर्व कार्य योजना नरहे पनि १४ अस्टमा पनि उक्त सेवा प्रधान गरिएको दूतावासका प्रथम सचिव ऋषी आचार्यले बताएका छन्। उनका अनुसार सेवा ग्राहीको सहजतालाई ध्यानमा राखी दोस्रो दिनको लागी समय निर्धारण सहित टोकन बितरण गरिएको थियो । कुल ७५० टोकन बितरण गरिएकोमा ४ सय भन्दा बढीलाई शुक्रवार बिहान ७ बजे देखी रातको १० मा सेवा दिईए पनि बाँकीलाई समय अभावका कारण दोस्रो दिन पनि निरन्तर राहदानी नवीकरणको फारम संकलन गरिएको र कुल ७ सय ५३ जनाको राहदानी नवीकरणको आवेदन फारम संकलन गरिएको जनाएको छ। भने सोही अवधीमा नवीकरण भएर आएको ५२९ जनाको राहदानी मध्ये ३०० जनाको राहदानी वितरण पनि गरेको छ ।
उक्त दुईदिने अस्थाई शिविर मार्फत गैर आवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रिय सहसंयोजक राजेन्द्र अर्यालका अनुसार उपचाररत अशक्त बाँकेका राजेश परियार लगाएत कुल १ हजार ३ सय ५३ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् भने राहदानी नवीकरणको लागी फारम संकलन गर्न दूतावासका प्रथम सचिव ऋषी आचार्यको नेतृत्वमा स्थानिय जनसंपर्क अधिकारी हरी घिमिरे लगायतको टोलीको उपस्थिती रहेको थियो । उक्त कार्यमा सेवा ग्राहीको सहजताको लागी सहजीकरण तथा सहयोग गर्न गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अन्तर्गत नव निर्वाचित आईसीसी सदस्य तेज बहादुर थापा, राष्ट्रीय समन्वय परिषद अध्यक्ष डमर कुमार यादव लगायत राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय समितिका विभिन्न तहमा रही कृयाशिल पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
साप्ताहिक उदक लेखनको १२ औं अभ्यास शृङ्खला शनिबार सप्पन्न भएको छ । ‘उदक साहित्य यात्रा’ नामक पेजको आयोजना आयोजित उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका नेपाली भाषी ८० जना उदक यात्रीको सहभागिता रहेको अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक कविताका प्रवर्तक आर्त अकुलिनले बताउनुभयो ।
प्रशिक्षक अकुलिनका अनुसार उदक श्रष्टाहरूलाई तस्बिर उपलब्ध गराई सोही अनुसारको गहन भाव झल्किने १/१ उदक अपरान्ह ५ बजेसम्म लिंकमा राख्न भनिएको थियो । प्रशिक्षक अकुलिनले अभ्यास शृङ्खलामा सहभागी सम्पूर्ण श्रष्टाहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
काव्य विधा अन्तर्गत उपविधाको रुपमा परिचित उदक कविता नविनतम विधा हो । उदक भनेको तीन हरफको कविता हो । जसको पहिलो हरफमा एक शब्द, दोश्रो हरफमा दुई शब्द र तेश्रो हरफमा ३ शब्द रहेको हुन्छ । उदक कविताको उन्नयन र विकासका लागि उदक साहित्य यात्रा नामक पेजले साप्ताहिक रुपमा अभ्यास शृङ्खला संचालन गर्दै आएको छ ।
उदक लेखन अभ्यासमा दिइएको तस्बिर
प्रस्तुत छ तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू
१ लाली सूर्योदयको बेला देखिने मेची महाकाली ! ✍️ राम न्यौपाने, कैलाली
२ सूर्योदय सुन्दर दृश्य अनेकन कहानी अदृश्य ! ✍️ वसन्त अनुभव, दाङ
३ अस्ताउँदैन सूर्य कहिल्यै फेरि नयाँ बिहानी ! ✍️ परमेश्वर कार्की, कैलाली
४ सूर्योदय पारिलो किरण स्वास्थ्य लाभदायक युक्त ! ✍️ चक्र शाही, कैलाली
५ बुढ्यौली अपरिहार्य प्रक्रिया नगर्नुहोस् कहिल्यै ठट्यौली । ✍️ तिला लेकाली, मोरङ
६ गोधूलि अस्ताउँदै रवि एउटा बुढो रूख ! ✍️ आर्त अकुलीन, कैलाली
७ सूर्योदय उजाड जीवनमा आशाको किरण छर्दै ! ✍️ विनय तामाङ, भक्तपुर
विभिन्न अवसर पारेर निरन्तर टुक्का लेखन प्रतियोगिता, टुक्का लेखन अभ्यास शृङ्खला सन्चालन गर्दै आएको टुक्का साहित्य समाज काठमाडौले विश्व स्तनपान सप्ताह २०७८ (श्रावण १७ गतेदेखि २३ गते) को अवसर पारेर १६ औं टुक्का अभ्यास शृङ्खला सम्पन्न गरेको छ ।
आमाको दुध शिशुको निम्ति अमृत समान हुन्छ, त्यसमा पनि विगौती दुधको कुरै बेग्लै छ । आमाको दुधले शिशु तथा बच्चाको पेट भर्ने अर्थात भोक मेट्ने मात्र गर्दैन । उसको वृद्धि विकासका लागि पोषण प्रदान गर्नुका साथै विभिन्न रोग विरुद्ध रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि रोग लाग्नबाट समेत बचाउने गर्दछ । तोके बमोजिम स्तनपान गराएमा आमालाई सुत्केरी भएको ६ महिनासम्म स्तनपानले गर्भनिरोधको काम गर्ने बताइन्छ ।
सोही तथ्यलाई मध्यनजर गर्दै जनचेतना फैलाउने उद्देश्यले नर्सिङ पेसामा आवद्ध समाजकि सचिव विमुन्स पौडेलको सक्रियता एवं संयोजकत्वमा संचालित उक्त शृङ्खलामा ४० जना टुक्काकारहरूको सहभागिता रहेको थियो । काव्य विधाको उपविधाको रूपमा जन्मिएको टुक्का कविता दिन दुईगुना रात चौगुना बढ्दै गएको देखिन्छ । टुक्का कविताको उन्नयन र जगेर्नाका लागि टुक्का साहित्य समाज, विभिन्न मिडियाहरू लगायत टुक्काप्रेमी साहित्यकार सक्रिय रहेको समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले बताउनुभयो । संयोजक पौडेल र समाजका अध्यक्ष चापागाईंले विश्व स्तनपान सप्ताह २०७८ मा सहभागी हुने सम्पूर्ण टुक्काकारमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्नुभएको थियो । प्रस्तुत छ, विश्व स्तनपान सप्ताह, २०७८ को अवसरमा सहभागी टुक्काकारहरूका उत्कृष्ट टुकाहरू ।
विश्व स्तनपान दिवस सम्बन्धित उत्कृष्ट टुक्काहरु
[१] १. ईश्वरले दिए सर्वोत्कृष्ट नारीलाई हक, सम्मानको पालना गरौं हामी नमानि धक। २. शिशुको स्वास्थ्यको लागि अमृत रैछ स्तनपान, सौन्दर्य बिग्रन्छ भनी गल्ति नगरौं जानाजान । ३. आधुनिक नारी जोड दिन्छन् पिलाउँन कृत्रिम दुध, अप्रत्यक्ष असर हो रोग संग जीवनभर जुध । ✍️ शर्मिला श्रेष्ठ ललितपुर, हालपरदेश
[२] १. अमृत थियो त्यो शरीर सुकाएर शिशु भिजाएकी, उनै हुन् आमा हाँसी हाँसी जीवनमा आँशु बगाएकी। २. आमाको त्यागले शिशु निस्फिक्री यस धर्तीमा हुर्कन्छ, बिर्सिन्छ दूधको भारा र आमा फाल्न बगर खुर्कन्छ । ३. स्तनपान अमृत सरि थियो जीवनकै ऐना बन्ने, शिशुवस्थामा मिले बन्छ भोलि स्वस्थ नागरिक भन्ने। – पौडेल विमुन्स, पाेखरा
[३] १. दशधारा दूध हाे शिशुकाे अमृत पान, अाफै भन्दा धेरै माया गर्ने अामा महान। २. स्तनपान जरुरी छ कृतिम अाहार हुन्न, अाँत बलियाे भए पछि राेग व्याधिले छुन्न। – ताराप्रसाद चापागाईं धुनिबेशी न.पा. -०९, धादिङ
[४] १. स्तनपान हो शिशुको पहिलो अधिकार, आमाको प्राकृतिक कर्तव्य सर्वस्वीकार। २. स्तनपान सौन्दर्यको खिलाप हैन आज, आफ्नै शिशुको पालनमा केको हुने लाज। ✍️भूषण जंग अस्ट्रेलिया।
[५] १. कलिला साना मुनाहरू जन्मिएकाछन् कति, आवश्यक स्तनपान गराउनुपर्छ अति l २. बच्चाहरू जन्माएर नै मर्ने आमाहरू धेरै भए, आमाको स्तनपान नपाएर कति बच्चा खेर गए l ✍️ रिता खराल रुपन्देही
[६] १. स्तानपान गराए बालक हुन्छ निरोगी, आमाहरू यसको लागि हुन्छन् सहयोगी। २. छाड आमाले ध्रुमपान मध्यपान बनाऊँ निरोगी, आफ्ना शिशुको सुन्दर भविष्यलाई बन सहयोगी। ✍️ सुरेशकुमार पान्डे दाङ
[७] १. छोराछोरी जन्माएपछि यति कुरा जान, सबैभदा पहिला त गराऊ स्तनपान। २. अब गर्भ राखी जन्म दिई नमान्नु है हार , स्तनपान गर्न पाउँनु उसको अधिकार । ✍️अभागी ललिता सिन्धुली
[८] १. शुक्रअणु भ्रुण बाट हुन्छ गर्भाधान , पूर्णावधी पार गरी जन्मिन्छ सन्तान । २. जन्मदाकाे साथसाथै स्तनपान गरे , शिशु स्वच्छ मुखमा अमृत पर्याे अरे। ✍️रामकृष्ण दुवाडी पाेखरा
[९] १. शिशुलाई स्तनपानले सधैँ पोषिलो गर्छ, अमृत समान बच्चालाई खुवाउनु पर्छ । २. अमृत सरि स्तनपान गराएर बच्चालाई, निरोगी बन्न दियौं आफ्नै जीवनका खम्बालाई। ✍️ दुर्गा भट्टराई मोरङ
[१०] १. नगराएर बच्चालाई स्तनपान, जानी जानी गएको छ बच्चाको ज्यान। २. बढ्दैछ आमाहरूमा किन ठुलो विभेद, दूध नचुसाएर किन गर्छन् काम खेद। ✍️ –पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[११] १. तिम्रो मातृवात्सल्य बुँदबुँदमा झर्छ, बच्चालाई स्तनपान गराउनुपर्छ । २. धन्य हुन् ती सबै आमा जसले अमृतपान गरायौ, आफ्ना सन्तानलाई रोगसँग लड्न समर्थ बनायौ । ✍️ रचना शर्मा “प्रतीक्षा” ललितपुर, महालक्ष्मी न. पा.
[१२] १. शिशुलाई जसले सधैँ स्तनपान गराउँछ, स्वस्थ्य हुन्छन् सन्तान अनि रोग ब्यथा हराउँछ। २. आमाको दुध अमृत हुन्छ जन्मन साथ बच्चालाई, सचेतना फैलाऊँ अहिलै दिदी बहिनी दाजु भाइ। ✍️ नवशिला बेलबारी न. पा.- २ लालभित्ती, मोरङ हाल: गोदावारी लालितपुर
[१३] १. बच्चालाई स्तनपानले पाेषण भर्छ, हानी गर्ने तत्वबाट रक्षा पनि गर्छ । २. आमा हुन चाहनेले यति कुरा जान , जन्मसिद्ध अधिकार हुन्छ स्तनपान। ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[१४] १. राम्रो हो बच्चालाई स्तनपान गराउने बानी, जन्मेको एक घन्टा भित्रै दुध पिलाउनु नानी। २. दुध खुवाए आमाको स्वास्थ्य राम्रो हुन्छ मान्नु, रोगसँग सधैँ लड्ने शक्ति प्राप्त हुन्छ जान्नु। ✍️ इश्वरी अधिकारी लमजुङ्ग
[१५] १. शिशु जन्मेदेखि छ महिनासम्म स्तनपान, खुवाउनु पर्दैन अन्नपानी सबैले जान। २. माछा, मासु ,सागपात र गेडागुडी सुत्केरीलाई, अनि पो शिशु स्वस्थ्य हुन्छ प्रशस्त स्तनपान पाई। ✍️ विशाल सुवेदी मकवानपुर
[१६] १. झाडापखाला निको पार्ने अचुक उपाय हो स्तनपान अलिकति यो पनि त हो परिवार नियोजन समान। २. बिग्रिन्छ भन्दै अनुहारको सुन्दरता गराउँदैनन् स्तनपान पश्चातापमा पर्दछन् पछि नचिन्दा शिशुले आफ्नै आमाको स्थान। ✍️ मुक्तिनाथ अधिकारी भरतपुर चितवन।
[१७] १. शिशुलाई स्तनपान गरी बचाउनु हुन्छ , विरामी हुँदा आमाको मन आँत्तेर नै रुन्छ। २. स्तनपान गरेर नै भोलि जाँगर चल्छ, जिन्दगी भर उसमा खुसीको दियो बल्छ । ✍️ कल्पना थामी सिन्धुपाल्चोक
[१८] १. दिनहुँ अामाकाे स्तनपान गराए बच्चा हुन्छ निराेगी, अाफ्ना सन्तानलाई खुवाउनकाे लागि हुन्छ सहयोगी। २. सन्तानलाई स्तनपान गराउनु मान्नु हुदैन नि लाज, अाफ्ना बालबालिकाहरूकाे पछिल्लो भविष्य सोच्नु छ अाज। ✍️ शाेभा अर्याल रुपन्देही -१४ बुटवल
[१९] १. स्तनपानको कमीले गर्दा लाग्छ रोग, राम्रो सँग पायो भने भाग्छ भोगसोग। २. हुर्काउन पर्छ बच्चालाई त स्तनपान गरी, भेदभाव नगरौ छोराछोरी दुबै बराबरी। ✍️ जगत थापा बझाङ्ग
[२०] १. स्तनपान गर्नु बच्चाको अधिकार , आमा कर्तव्य निष्ठामा गर्छिन् स्वीकार। २. स्तनपानले रोगसँग लड्ने क्षमता बढाउँछ, आमाको दुधले बच्चालाई पौष्टिकता दिलाउँछ । ✍️ बेदु न्यौपाने काठमाडौ
[२१] १. आमाको दूध बच्चाको अधिकार, बिग्रेला नारीको तनको आकार। २. खुवाउनु छ ल्याक्टोजिन र लिटो, कसरी हुन्छ बच्चा तन्नेरी ठिटो। ✍️ रघु न्यौपाने पाेखरा
[२२] १. बच्चाको अधिकार हो स्तनपान, यसबाट निरोगी बन्छन् सन्तान। २. स्वस्थ रहेपो तन सधैँ रहन्छ स्वस्थ मन, स्तनपानले दिन्छ बच्चालाई स्वस्थ जीवन। ✍️ रुपा पौडेल कुपण्डोल, ललितपुर
[२३] १. नौ महिना गर्भ भित्रभित्रै, रक्त सिञ्चित गराएकी जन्मेपछि, भोक लाग्यो बा ! भन्दै दूध आफ्नो पिलाएकी । २. सुत्केरी आमाले सन्तानलाई, गराइन् स्तनपान त्यो नै हो बालकका लागि, जीवन अमृत समान । ✍️ गोपाल कृष्ण डंगोल महाराजगञ्ज, काठमाण्डू, हाल: इटहरी, प्रदेश नं १
[२४] १. मानिस या पशु आमा भनेको जन्म दाता हुन, स्तनपान गराउँदै सुनाउँछिन् मीठा धुन। २. नम्र स्वरमा बोलाउँदै भन्छिन्,यता आऊ, मेरो काखमा बसेर सोँच्छिन् तिमी रमाऊ। ✍️ कमला पाण्डे पराजुली झापा
[२५] १. स्तनपान शिशुको निम्ति अनौठो भोजन, मेट्छ प्यास खुशीले सदा बिर्सन्छ रोदन। २. अमृत मानी बच्चाले चुस्छ सामिप्य बढाई, पाएर शक्ति हुर्कँदै जान्छ काखमा रमाई । ✍️ त्रिलोचन भण्डारी मेचीनगर,झापा
[२६] १. आमाले ममता भर्दछिन् स्तनमा अमृत सरी, नवजातलाई पिलाउँछन् उनले प्रेम गरी। २. स्तनपान गर्न पाए भने बालक हुन्छन् स्वस्थ, आमा ले नि पोषण युक्त खाना खानुपर्छ मस्त । ३. नवजातलाई पूर्ण भोजन हो आमाको दूध, आमाले नै बुझ्नु पर्छ मातृ शिशुका कुरा खुद । ✍️ पुष्पासायरा बिराटनगर ।
[२७] १. अबोध बालकलाई काख भरेर, बच्चा स्वस्थ्य राखौँ स्तनपान गरेर । २. बच्चा हूँ स्तन र खुनको, ऋणी गरिदेऊ गुनको । ३. बच्चाको आत्मा नमार्नु, सदा देवी रुप धार्नु । ✍️ रिजाल विनोद बेलबारी माेरङ्ग
[२८] १. नारी तिमी स्तनपान जो गराऊ, शिशुलाई सधैं अमृत पिलाऊ। २. निरोगी हुन्छिन् रे दूध खुवाउने आमा, शिशु तेजस्वी र स्वस्थ बन्छ भन्थे मामा। ३. आमाको स्तनपान बच्चाकै हो दिव्य रस, बेला बेला शिशुलाई टन्न ख्वाएर बस । ✍️ भगवती साधिका दमक, झापा
[२९] १. विश्व स्तनपान दिवश हामी सबैले मनाऊँ, शिशुलाई स्तनपान गर्नै पर्छ भनी जनाऊँ। २. जन्मेको छ महिना सम्म अामाले स्तनपान गराउँनै पर्छ, स्तनपान नगरे शिशुलाई रोग व्याध ले आक्रमण गर्छ। ३. यही मूल्य मान्यता विश्व स्तनपान दिवशले गर्दछ, अामा हरूले यो कुरा अनुसरण गर्दै जानू पर्दछ। ✍️ लक्ष्मी श्रेष्ठ बिर्तामोड झापा
[३०] १. आमाको दशधारा दूध पिएरै गर्छ ठूला कुरा, एक पेग लगाई चलाउँछ आमालाई नै छुरा। २. दशधारा दूध खुवाई ठूलो बनाउँछिन, अलिकति बच्चा रोए दौडी उनी आउँछिन। ✍️ – प्रशान्ति राई सामसिङ्ग खासमहल कालेबुङ्ग
[३१] १. आमा र बच्चाको स्वास्थ्यलाई हित, स्तनपान गराउनु नै उचित। २. राम्रोसँग स्तनपान अब नभए बच्चा, शारीरिक र मानसिकले हुने छ कच्चा। ✍️ रविन भण्डारी कानेपोखरी २,दलेली,मोरङ
[३२] १/ अमृत हो मातृ दुध, प्राकृतिक वरदान, पौष्टिक तत्वयुक्त हुन्छ, ताजा शिशुले खान । २/ फाल्नु हुँदैन विगौती दुध, शिशुलाई खुवायौं रोग कुपोषण लाग्नबाट उसलाई जोगायौं। ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[३३] १. शिशुका आमाले स्तनपान गराऔँ अनिवार्य, शरीर वृद्धि पर्याप्त भिटामिन अपरिहार्य। २. छ महिनासम्म बच्चालाई दुध छुटाउन हुँदैन, पौष्टिक आहार भएकोले सामान्य रोगले छुँदैन। ✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर हाल:-जापान
[३४] १. म आमा हुँ,सहज स्तनपान गराउँछु, शिशुको स्तनपान:मातृत्वमा हराउँछु। २. मेरो सन्तानभन्दा ठूलो छैन कुनै सुख, सौन्दर्यभन्दा रसिलो शिशुको दुधे मुख। ✍️ निर्मला शाही ठकुरी दैलेख, हाल दार्जिलिंग, भारत
[३५] १. स्तनपान बच्चाको लागि अमृत सरि हुन्छ, काखमा सुती आमाको मन र मुटु नै छुन्छ । २. आमा तिमी महान हौ दिन्छ्यौ संसारमा जीवनदान, नछाड नवजात शिशुलाई गराउन स्तनपान । ✍️ राजेशराज गड्तौला रतुवामाई-१०, मोरंग हाल- प्रवास
[३६] १. शिशुको नैसर्गिक अधिकार हो स्तनपान, उपयोग गर्न पाउने भाग्यमानी सन्तान। २. आमाको दूधमा शिशुको प्राण अडेको हुन्छ, स्तनपान गर्न नपाए कुपोषणले छुन्छ। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
[३७] १. स-साना बालबालिकाका लागि हुन्छ अमृत समान, अधिकार हो उसको पाउनु पर्छ पूर्ण स्तनपान ! २. स्तनपान रोग कुपोषण सँग लड्ने प्राकृतिक शक्ति, आजको स्वस्थ बालबालिका भोलिका युवा देशको भक्ति! ३. स्वस्थ बालबालिकाले नै भोलि देशको गरिमा बढाउँछ, तन्दुरूस्त भए मात्र स्वाभिमानको लागि बलि चढाउँछ। ✍️ शरद प्रधानाङ्ग विराटनगर-७
[३८] १, आमाको सहस्र अमृत धारा, शिशुको स्वास्थको दिव्य सहारा । २, महान छिन् तिनी आमा जसले स्तनपान गराइन , जसलाई हुँदैन दुःख कहिल्यै सृष्टि जोगाइन। ३, बालबच्चा को पहिलो आहारा स्तनपान, आफू सुकेर पनि हुर्काउँछिन् ती सन्तान । ✍️ राजेश्वरी राजाेपाध्याय पाटन ललितपुर
[३९] १. जन्मेको एक घण्टा भित्रमै गराउनू स्तनपान, आमाको दूध बालकलाई हुन्छ अमृत समान । २. सानामा पर्याप्त स्तनपान नपाएको बच्चा, मधुमेह जस्तो घातक रोगले हुन्छ कच्चा । ३. आफूले आँसु पिएर पनि बर्साउँछिन् अमृतका धारा, आमाको दूध नै एक हो जसमा पाइन्छन् पोषण सारा । ✍️ श्रीकृष्ण शर्मा पोखरा
[४०] १. जन्मेको छ भर्खर बच्चा गर्छ स्तनपान, भन्छन् सबै आमाको दूध अमृतसमान । २. राम्रो स्वास्थ्य बनाउन स्तनपान गराऊ, पोषिलोले निरोगिता भिटामिन बढाऊ। ३. भविष्यका कर्णधार हुन आजका यि नानी, छ महिना सम्म लगाऔ स्तनपानको बानी । ✍️ माधव पोखरेल गोज्याङ्ग्रे उदयपुर गाईघाट हाल ताप्लेजुङ
विमानस्थलका सबै सेवा यथावत रूपमा सञ्चालन चितवन — भरतपुर विमानस्थलको विशिष्ट कक्ष (भीआईपी रुम)मा शनिबार बिहान आगलागी भएको छ । आगलागीले सो ठाउँका केही उपकरण र फर्निचर नोक्सान भए पनि विमानस्थलका अन्य सबै सेवा जारी नै रहेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाले बिहान साढे ६ बजेतिर लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिएको बताए । ‘भीआईपी कक्षमा आगो लाग्दा त्यहाँका दुईवटा एसी, दुईवटा पंखा, तीनवटा सोफा र स्यानिटाइजर बक्समा क्षति पुगेको छ । आगो छिट्टै नियन्त्रणमा आयो,’ डीएसपी थापाले भने । बिजुली सर्ट भएका कारण आगलागी भएको उनले बताए । सो ठाउँलाई विद्युत् सञ्जालबाट अलग गरेपछि विमानस्थलका अन्य सबै सेवा सुरु भएको भरतपुर विमानस्थल कार्यालयका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिए ।
‘हाम्रै विमानस्थलमा फायर स्टेसन छ । त्यहाँको फायर भेहिकल तत्कालै आएर लगभग १० मिनेटमा आगो नियन्त्रणमा लियो । आगो लागेको ठाउँमा जाने विद्युत् लाइन हटायौं । यो काम गर्न लगभग एक, सवा एक घण्टा जति लाग्यो । त्यसपछि विमानस्थलमा सवै सेवा सुरु भए । जहाज आउने, उड्ने गरेका छन्,’ विमानस्थलका सूचना अधिकारी शर्माले भने । कान्तिपुर बाट
टुक्का साहित्य समाज काठमाडाैंले अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मिति २०७८ श्रावण २८ गते ‘१५ औ वृहत् टुक्का लेखन अभ्यास श्रृङ्खला’ सम्पन्न गरेको छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको संयाेजनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल भारत लगायत बिश्वका विभिन्न देशका नेपाली भाषी सर्जकहरूले सहभागीता जनाउनु भएको थियो । अध्यक्ष चापागाईंका अनुसार सहभागी टुक्काकारहरूलाई “युवा” विषयमा अभ्यास गर्न भनिएको थियो ।
अभ्यासका क्रममा ८४ जना टुक्काकारहरूको उत्कृष्ट टुक्काहरू संकलन गरिएको थियो भने उक्त टुक्काहरूको सम्पादन समाजकी सचिव विमुन्स पाैडेलले गर्नुभएकाे थियाे।
उक्त अवसरमा समाजका अध्यक्ष ताराप्रसाद चापागाईं र सचिव विमुन्स पौडेलले आयाेजककाे तर्फबाट अन्तराष्ट्रिय युवा दिवसकाे शुभकामना व्यक्त गर्नुकाे साथै सक्रिय सहभागिताका लागि सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएकाे थियोे ।
काव्य विधाको उपविधाका रूपमा परिचित टुक्का कविताको उन्नयन र विकासका लागि समाजले दैनिक, साप्ताहिक तथा महत्त्वपूर्ण दिवसको अवसर पारेर निरन्तर कार्यक्रम सन्चालन गर्दै आएको समाजका अध्यक्ष चापागाईंले जनाउनुभयो ।
प्रस्तुत छ, अन्तराष्ट्रिय युवा दिवसकाे अवसरमा उत्कृष्ट टुक्का लेख्ने टुक्काकारहरूका टुक्काहरू –
========== ====== [ १ ] १. कसरी मनाउँ खै!अन्तर्राष्ट्रिय युवा दिवस, रोजगार बिना बाध्य भए विदेशीन विवस । २. देशको बलिया खम्बा बनाउँनु थियो युवा हाम्रा, शिक्षित भए नि जागिर छैन कसरी बनुन् राम्रा। – शर्मिला श्रेष्ठ, भैंसेपाटी, ललितपुर हाल अमेरिका
~~~~~~~~~~~~~~~~~~~~~ [२ ] १. युवा हो! अझै जाऊ अगाडि देश हाँक्न नहट पछाडि। २. समाज विकास युवाको हात देशको शक्ति युगकै सौगात। – भूषण जंग ललितपुर, हाल अस्ट्रेलिया
~~~~~~~~~~~~~~~~~~~~~ [ ३ ] १. युवा देशका प्राण हुन्छन ऋण पनि, नौनी बनाउन सक्छन बञ्जर खनी। २. युवाको शक्ति नलागे देश बन्दैन, आज देशमा रोजगार कत्ति छैन। ४ बञ्जर जमिनमा पनि फलाउँछन् सुन, युवा शक्ति हुनेगर्छ सधै अमूल्य गुन। – सुरेशकुमार पान्डे, दाङ घोराही १८
~~~~~~~~~~~~~~~~~~~~~ [ ४ ] १. हौसला नपाए युवा कमजोर हुने शक्ति हो युवा स्याबासीले नै दु:ख धुने । २. युवाको काँधमा जिम्मेबारी दिएर हेर, सरकार! युवा शक्ति बाहिरियो जमेर । – पुष्पासायरा, बिराटनगर
~~~~~~~~~~~~~~~~~~~~~ [ ५ ] १ उठ जाग युवा हिड्नु छ देश बाेकेर, रक्षा खातिर बैरीलाई गाेली ठाेकेर। २ भविष्य काेर्ने राजनेता ती खै कता गए, युवा शक्ति सबै विदेश पलायन भए। – ताराप्रसाद चापागाई धुनिबेशी ९, धादिङ
~~~~~~~~~~~~~~~~~~~~~ [ ६ ] १. बलिया पाखुरी हुने सबै युवा विदेश हिँडे खबर आयो दुस्मनले उनका टाउका गिँडे। २. म बुढीया चुहिने घरमा छु, जवान छोरा डलर गन्छन् बुझ्नै नसकिने छ्याङ्फ्याङ् बोलेर नबुझ्ने? भन्दै खोइरो खन्छन्। – पौडेल विमुन्स,पाेखरा
~~~~~~~~~~~~~~~~~~~~~ [ ७ ] १. युग भन्नू युवा नै हो तारा जस्तै चम्किनू नयाँ युग ल्याउनु छ उन्नतिमा लम्किनू २. नयाँ खोज नयाँ विचार अब ल्याउनु पर्छ जुनेलीमा शीतको थोपा जसरी जुन छर्छ। – दस्ता कौशिक पाँचथर,हिलिहाङ्ग-२,सिंहपुर।
~~~~~~~~~~~~~~~~~~~~~ [ ८ ] १. हातमा हात मिलाउनु उठ्नुपर्छ युवा, जल पानीले भरियोस् प्रकृतिको कुवा । २. देशमा सुधार ल्याउनु मिली सबै युवा, आफ्नै बारीमा फलेको खाई मकैको पुवा । – कल्पना थामी सिन्धुपाल्चोक
~~~~~~~~~~~~~~~~~~~~~ [ ९ ]
१. मातृभूमि मेरी आमा गर्छु म त देशको भक्ती, समृद्धि र बिकास हुन्छ जुटे भने युवाशक्ती। २. देश भित्रै युवा हरू लाई रोजगारी दिनु पर्छ, समुन्नत बन्छ यो देश अग्रगामी सन्देश छर्छ। – नवशिला बेलबारी-२,लालभित्ती,मोरङ हाल गोदावारी ,लालितपुर
~~~~~~~~~~~~~~~~~~~~~ [ १० ] १. कृति राख्न खनाउनु छ मिलेर सबैले कुवा, परिवर्तन ल्याउन देशमा जाग्नु पर्छ युवा। २. जाँड,रक्सी, चुरोट नपियौं नखेलौं तास,जुवा, कुलतमा नफसौं ल होसियार है हामी युवा। –पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
~~~~~~~~~~~~~~~~~~~~~ [ ११ ] १. देशका शक्ति युवाहरू केटी हुन् वा केटा मानौँ देश चरा हो युवा यसका पखेटा । २. ढल्नुहुन्न युवा तिमी हौ यो देशको मियो बाल्नुपर्छ सबै मिली यहीँ आस्थाको दियो । – श्रीकृष्ण शर्मा, पोखरा
~~~~~~~~~~~~~~~~~~~~~ [ १२ ] १. विदेश पलायन भए युवा जति, स्वदेशमा घट्दै गयो मानिसको मति। २. हातमा सर्टिफिकेट मात्र बोकेर के गर्नु, सधैं अर्काकै देशमा परेको छ बाँझो चर्नु – सरस्वती श्रेष्ठ, इटहरी
~~~~~~~~~~~~~~~~~~~~~ [ १३ ] १. युवा तिमी देशका हाै दरिला खम्बा अाफैँ मेहनतले खानुपर्छ अम्बा । २. पैसाका लागि विदेश नजाऊ अाफ्नै देशमा पसिना बगाऊ । – लक्ष्मि घिमिरे दाहाल
~~~~~~~~~~~~~~~~~~~~~ [ १४ ] १. नक्कल किन पार्छौ युवा पैसा पनि चिन्नुपर्छ ट्याक्सी किन चाहियो तिमी साझा बस किन्नुपर्छ। २. मादल भिरे हुदैन र गितार किन भिर्नु घरमा खाए हुदैन र होटल किन छिर्नु। – मन्दिरा सेडाई मलेखु, धादिङ
~~~~~~~~~~~~~~~~~~~~~ [ १५ ] १. विदेश पलायन भए कति कति, युवा नै हुन् राष्ट्रका अमूल्य सम्पत्ति । २. युवा मलम पट्टी गर देशको घाउ, बुढापाका घरमा बस बाटो देखाऊ । – रिजाल विनोद बेलबारी २ मोरङ
~~~~~~~~~~~~~~~~~~~~~ [ १६ ] १. जिम्मेवारी काँधमा बोकी लम्क युवक, साथ हाम्रो सधै छ नदेखाउ रूपक। २. राष्ट्र शक्ति युवा तिमी राख शिरमा यो देश, नेपालीको शान हौ नि बचाई राख है भेष । – माधव पोखरेल, गोज्याङ्ग्रे उदयपुर गाईघाट हाल ताप्लेजुङ
~~~~~~~~~~~~~~~~~~~~~ [ १७ ] १. युवावर्ग नै देश विकासका मेरुदण्ड हुन, मुलुकको उन्नतिमा पो भेटिनेछ स्पष्ट जून। २. युवा वर्ग निर्यात गरी पन्छिंदै छ सरकार, सबै युवा एक मनमा हुनुपर्छ दरकार। – निर्मला शाही ठकुरी, दैलेख
~~~~~~~~~~~~~~~~~~~~~ [ १८ ] १. जवानी चडेर युवा हुँदैछ, बिग्रिन्छ भनेर मन रुँदैछ । २. सधै आस गर्छु उसकै भर परी, खुसी दिन खातिर जान्छ दुःख टरी। – होम, प्रसाद न्याैपाने धरान,सुनसरी
~~~~~~~~~~~~~~~~~~~~~ [ १९ ] १. नेपाल हाम्राे देश नेपाली हाम्राे नाम, देशलाई जाेगाउन युवा गराैं काम। २. जाग्नु पर्छ निदाएका हामी सबै जुटौँ, देश विकासमा युवा गिटी पनि कुटौँ – अरुण नदी खत्री, काठमाडाैं
~~~~~~~~~~~~~~~~~~~~~ [ २० ] १. गाउँमा खेतबारी सबै बाँझो नै छन् फलाउनु पर्छ सुन, युवाशक्ति सबै मिलेर हामीले देश लगाउनु छ गुन। २. हाम्रो देशका युवशक्ति विदेशी चक्कर, रातदिन धेरै दु:ख पाए खाए सारै ठक्कर। – शाेभा अर्याल, बुटवल
~~~~~~~~~~~~~~~~~~~~ [ २१ ] १. पहाड थेग्ने युवाको बल देशमा लगाऊँ, गरिबी सबै हटाई यहाँ चेतना जगाऊँ । २. प्रशस्त पानी हजारौं खानी यहीँ छन् हेर, अर्काको दास बन्ने बानी अहिले नै फेर । – रचना मोक्तान “यात्री” नमोबुद्ध न. पा. ५, काभ्रे ।
~~~~~~~~~~~~~~~~~~~~~ [ २२ ] १. हामी युवाहरू एकसाथ जागँ, देशको विकास गर्न सबै लागौँ। २ सुन्दर भविष्य हामी खोजौँ, आजै बाट राम्रो बाटो रोजौँ। – खगिन रिदम लामा खोटाङ ईन्द्रेणी पोखरी
~~~~~~~~~~~~~~~~~~~~~ [ २३ ] १. देश यो माथि जुरुक्कै उठ्छ युवाले उचाले, फोहोर जति मिल्काऊँ सबै बढारौँ कुचाले । २. देशका खम्बा बलिष्ठ युवा विदेश नजाऊ, देशमै सुन फल्दछ हेर हरेस नखाऊ । – डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
~~~~~~~~~~~~~~~~~~~~~ [ २४ ] १. काम कर्तव्य बाकी छ धेरै अब कहिलै न भनौ भोलि , हामी युवा न जागे भर्दछ कसले आमा को रित्तो झोली! २ नेपाल आमा मा समर्पित छोरो म काममा खट्छु, शान्त रहन्छु तर आइ लागेमा किन पछि हटछु! – विशनु सिंह बस्नेत, ल. पु.१३, कुसुन्ती।
~~~~~~~~~~~~~~~~~~~~~ [ २५ ] १. तिम्रै सोचबाट प्रगतिको मूल फुट्ने गर्छ हे युवा! तिम्रो उद्योगमानै देश जुट्नु पर्छ। २. पहिलो बीउ मायाको यहाँ, युवाले नै छर्छ कति गहिरो चाहना त्यो! सन्सार मक्ख पर्छ। – अर्जुन उप्रेती (अप्रतिम) असम, भारत
~~~~~~~~~~~~~~~~~~~~~ [ २६ ] १. युवा देशविकासका मेरूदण्ड , भ्रष्टाचारका लखेट मुण्ड चण्ड । २. हे युवा कति बजाउँछाै अन्धो बनेर ताली , किन केही देख्दैनाै तिमी जनता रित्तो थाली । – प्रधुम्न चालिसे कटुञ्जे, भक्तपुर
~~~~~~~~~~~~~~~~~~~~~ [ २७ ] १. देशभक्त युवा जाग्नुपर्छ अब, देश विकासमा लाग्नुपर्छ सब । २. हाम्रा सिमाना त सारेर मेटिँदैछ, बिस्तारै देश टुक्राएर बेचिँदैछ। – दुर्गा भट्टराई, मोरङ
~~~~~~~~~~~~~~~~~~~~~ [ २८ ] १ पढ़ेलेखेका युवा, पीड़ा बेरोजगारीको घूसखोरीले के गरी चल्ने खेतबारीको। २ जागीर बिक्छ पैसामा काम छैन डिग्रीको युवाहरू बिग्रिए कसको जिम्मा बिक्रीको। – पदमा शर्मा आंचल कालचिनी, प. बंगाल
~~~~~~~~~~~~~~~~~~~~~ [ २९ ] १. युवा हुन् देशका खम्बा मानव स्रोत जुटाउने, रोपेर ज्ञानका दल सिर्जना मुल फुटाउने । २. युवाकाे जाेश जाँगरमा फेर्दछ देशले मुहार, बन्दछ मुलुक समृद्ध पर्दैन सापटी गुहार – त्रिलोचन भण्डारी मेचीनगर, झापा
~~~~~~~~~~~~~~~~~~~~ [ ३० ] १. मातृभूमि नै माथमा सजाई युवाअघि बढ्छन्, देशको माटो सिरमा लगाई युद्धभूमि चढ्छन्। २. देशको सिर उच्च राख्ने सदा युवा भए पुग्छ, युवा स्थिर रहेभने यहाँ देशको मूल सुक्छ। – धनुष न्याैपाने, गुठिचौर गाउँपालिका ०४ जुम्ला बिगारे हाल – सुर्खेत
~~~~~~~~~~~~~~~~~~~~~ [ ३१ ] १. वृद्धभत्ता खाने नेता कति बोल्न जानेका, यूवाले नै यो देशको अर्थतन्त्र धानेका । २. फर्की आऊ यूवाहरू स्वदेशमा रमाउँला, सबैमिली फटाहाका कठालोमा समाउँला । –ऋषिराम खनाल, मध्यबिन्दु- ६ नवापुर ।
~~~~~~~~~~~~~~~~~~~~~ [३२ ] १. बाँझो खेतबारीमा अब झन् नौलोपन भरौं, आफ्नो देशमा रोजगारी आफै सृजना गरौं। २. गौराङ्गको अत्याचार गोर्खालीले सहेर, दुःख पाउँछौ युवा हौं परदेश गएर। – रविन भण्डारी, मोरङ
~~~~~~~~~~~~~~~~~~~~~ [ ३३ ] १. बेलैमा सजग भएर होसपूर्वक कर्म गर्नु है युवा, नबनोस् जीवन बुढो गोरुलाई नारिएको हलो र जुवा। २. उत्साह उमङ्ग र जोशको भण्डार हुनुपर्दछ युवापन, ओइलाएको घाम जस्तो हुँदा कठिन हुन्छ जीवनयापन। –प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
~~~~~~~~~~~~~~~~~~~~~ [ ३४ ] १. अन्तरास्ट्रिय युवा दिवस परेको छ आज, आफ्नो सान मान राख्नू युवा नमानेर लाज। २. एकवद्ध भै आऊ हे! युवा तिम्रो छ आशा अब, देशले चोला फेर्ला काँध मिलाई आउँछौ जब। – कमला देवकोटा, पाल्पा
~~~~~~~~~~~~~~~~~~~~~ [३५ ] १. युवा नै हुन् देशका खम्बा राष्ट्रभार थाम्ने, गाह्रोपर्छ पहाड नि टिक्न उनको साम्ने। २. परिवर्तनका संवाहक हुन् युवा कर्णधार, हर मुस्किल आईपर्दा राष्ट्रमा लाउछन् पार । – वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
~~~~~~~~~~~~~~~~~~~~~ [ ३६ ] १. मनमा राख युवा अामाका घाउ, विदेश हैन स्पदेशमा रमाऊ। २, नजाऊ युवा तिमी मरुभूमि तिर , पसिना बगाऊ स्वदेशकै हौ वीर। – राजेश्वरी राजाेपाध्याय पाटन, ललितपुर
~~~~~~~~~~~~~~~~~~~~~ [ ३७ ] १ युवाकै काँधमा आएकोछ देशको अभिभारा सुल्झाउनु पर्छ अब मिली समस्याहरू सारा। २ युवा दिवस मनाउँदैछौ नेपाली हामी खै? युवा स्वरोजगार छिमेकिकै आरक्षणमा बस्नु पर्ने, कहिलेसम्म होला बेकार। – अबजस चन्द्र, झापा
~~~~~~~~~~~~~~~~~~~~~ [ ३८ ] १. आजका युवा भोलिका कर्णधार नगर उपेक्षा गर अङ्गिकार २. युवा बलियो भए मात्र देश बलियो हुन्छ यिनलाई पोषण गरे मात्र आकाश छुन्छ –गृष्मा पाैड्याल टाेकियाे, जापान
~~~~~~~~~~~~~~~~~~~~~ [ ३९ ] १ देशमा धेरै सशक्त युवा त थिए, सबैलाई खाडी तिर पठाई दिए। ३ देशको मुहार फेर्न पाएनौँ हामी युवा भएर, रगत र पसिना बेच्नु पर्यो परदेश गएर। – जगत थापा, बझाङ्ग
~~~~~~~~~~~~~~~~~~~~~ [ ४० ] १ तिमीले गर्नुपर्छ देशमा सेवा, उठ जाग लम्क है मिल्नेछ मेवा। २ नेपालमा नै केही गरौं भन्ने बढोस् चेतना, आफ्नै मातृभूमिमा युवाहरू गर साधना। – भगवती दवाडी ,दमक, झापा
~~~~~~~~~~~~~~~~~~~~~ [ ४१] १ नीति छ रोजगारीको कार्यान्वयन हुँदैन, ठुलाले कुम्ल्याए देशमा कानुनले छुँदैन। २ नेपालीको कुशलताले धेरै देश धनी भए, अधिकार स्थापित नहुँदा गुलामी बन्न गए। – म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
~~~~~~~~~~~~~~~~~~~~~ [४२ ] १ यही विषय दोहोरिँदैछ बारम्बार युवा नै धन अनि देशको कर्णधार। २ तिमी देशको मेरूदण्ड भई बाँच्नू जाति र माटोको माया मनमा साँच्नू । निरूविन्दु परियार, जल्ढक्का कालेबुङ्ग
~~~~~~~~~~~~~~~~~~~~~ [४३ ] १ युवाहरुका ती सहयोगी हात, अघि बढे पाउँछ देशले साथ। २ युवा देशका मेरुदण्ड थाम्नु पर्छ भार, विकासको मूल फुटाउने शक्ति अपार। – अम्बिका गिरी, विराटनगर
~~~~~~~~~~~~~~~~~~~~~ [ ४४] १. धरोहरमा नै खिया लाग्यो भने सबै सखाप हुन्छ, कर्मयोद्धा बाकसमा फर्किँदा नेपालीको मन रुन्छ। २. युवाको जोश जाँगर हाम्रो देशमा खाँचो भयो, नभन सरकार बिदेशमा कोटा खाली रह्यो। – इश्वरी अधिकारी, लमजुङ्ग
~~~~~~~~~~~~~~~~~~~~~ [४५ ] १ बिना युवा देश चलाउन सकिन्न युवाशक्ति अहँ कमजाेर बनिन्न। २ युवा शक्ति शसक्त बनाउनु पर्छ तब युवाले देशकाे विकास गर्छ । – सुस्मिता नेपाल, सुनसरी
~~~~~~~~~~~~~~~~~~~~~ [ ४६] १. रगतको बलिदान दिन सक्ने युवा माटोमा बरु दुःख गर नखेल जुवा २. अब पछि हट्नु हुन्न जागौं विकासको खम्बा बनी लागाैँ। – साधना पाैडेल, अाेखलढुंगा
~~~~~~~~~~~~~~~~~~~~~ [ ४७ ] १ सत्यताको मसी कलममा राखेर , बढौं अघि युवा इतिहास छापेर । २ युवाशक्त्ति मिलेर बचाऊँ है आफ्नो देश , अब कोही पनि युवा भुल्दैन परिवेश । – बेदु न्यौपाने, काठमाडौ ।
~~~~~~~~~~~~~~~~~~~~~ [ ४८ ] १. घरबार सबै बन्धक राखी साउदी कतार गए, प्राणसँग पैसा साट्दा सम्झ ती पल के भए। २. नजाअाैं विदेश युवा साथी यहीँ गराैँ काम, लाखौं करोड कमाए नि खानु त हाे माम। – काजी तामाङ ग्याबा चैनपुर -४,संखुवासभा
~~~~~~~~~~~~~~~~~~~~~ [ ४९ ] १. गरेर मेहनत चम्काउनु आफ्नो भविष्य र नाम, जुुन मनपर्छ गर्नु हे युवा सानो ठूलो हुन्न काम। २. समय मै गर काम , युवा जोश होशले पछुताउनु नपरोस्, जीवन बनाऊ उज्यालो , दया प्रेम राख आमाको आँसु नझरोस्। – मिसु श्रेष्ठ काँडाघारी , काठमाडौं
~~~~~~~~~~~~~~~~~~~~~ [ ५० ] १ अन्तराष्ट्रिय युवा दिवस मनाऔँ विश्वलाई जगाऔँ, अशान्ति अनि मनमुटावलाई घृणा भावले भगाऔ। २ अमनचैन ल्याउनलाई युवाहरू पर्छ जाग्नु, अरूको आत्मा रुवाउने भावनाहरू पर्छ त्याग्नु। – राजेश भट्टराई सैनामैना ११,रुपन्देही हाल सुर्खेत
~~~~~~~~~~~~~~~~~~~~~ [ ५१ ] १- युवा हुन् देशका मुटु धड्केमा बाँच्दछ देश, सत्कर्मी आँटी मनले जित्छन् संसार अशेष। २- जति तातो रगत हुन्छ उत्तिकै हुन्छ विवेक, युवाको चेतना भित्र चम्कन्छ झन् आशाको लेक। – नारायण खनाल, मालारानी ,अर्घाखाँची
~~~~~~~~~~~~~~~~~~~~~ [ ५२ ] १. देशका खम्बा अघि बढे प्रगतिले चुम्छ विकासका लहरहरू सबैतिर घुम्छ । २. अघि बढ युवाशक्ति देशलाई तिम्रो छ खाँचो जाली झेली पाखा लगाउने तिमीसँग छ साँचो । – लोकमणि गौतम शिवसताक्षी -९ झापा
~~~~~~~~~~~~~~~~~~~~~ [ ५३ ] १ युवा दिवस भएर हजुर साँच्चै के गर्नु , नेपालमा प्रगति ठुलो के छर भर पर्नु। २ बाध्यताले परेको छ प्रदेश तिर धाउन , कहिले अाउला पालो नेपालमा रमाउन । – कान्छी बिनिता विश्वकर्मा बाजुरा
~~~~~~~~~~~~~~~~~~~~~ [ ५४ ] १ देश बनाउने हामी नै हो नबनाऊ गुट सानो ठुलो,जात हैन सबै एक भैई जुट । २ सुकि गयो सबै ज्यान तिम्रो हेरन आज त केहिबेर थकाइ मेटन । – मुस्कान मिलु राई सोलुखुम्बु
~~~~~~~~~~~~~~~~~~~~~ [ ५५ ] १ म त कुरा सुनाउँछु यहाँ सत्य साँचाे, युवा शक्ति देशलाई सधैँ हुन्छ खाँचो । २ युवालाई दिनुपर्छ राम्रो सीप, ज्ञान, दुनियाँमै युवा शक्ति हुन्छन् उर्जावान। – केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
~~~~~~~~~~~~~~~~~~~~~ [ ५६ ] १ हेर सबै लुटेरा स्याल भए, देश नाङ्गो भयो उठ युवा अत्याचारले पनि सीमा नाघी गयो ! २ युवा जोश जाँगर निकाल, देश ब्युँताउन विकाशको मूल फेरि यै, धर्तीमा फुटाउन ! – गोपाल कृष्ण डंगोल महाराजगञ्ज, काठमाडाैं हाल: इटहरी, प्रदेश नं १
~~~~~~~~~~~~~~~~~~~~~ [ ५७ ] १. नसा भाङ्ग खाएर युवा बिग्रनु हुँदैन भविष्यको टेवा तिमी अरूले कतै छुँदैन। २. देशको सारा भविष्य छ युवाको हातमा समाजमा केही काम गरेको हेर्छु साथमा। – प्रशान्ति राई सामसिङ्ग खासमहल कालेबुङ्ग
~~~~~~~~~~~~~~~~~~~~~ [ ५८ ] १. देशको कर्णधार युवावर्ग अब जाग्नु पर्छ, कर्मठ युवाहरू अघि नसरे अरू को सर्छ? २. युवा शक्ति भन्दा ठूलो अर्को शक्ति हुन्न, युवाले आँटेको काम विरोधीले छुन्न। – अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग
~~~~~~~~~~~~~~~~~~~~~ [ ५९] १ युवाले देश हाँक्छ जब बिकास हुन्छ देश तब । २ गोरु नार्ने युवा भए , मलिलो हुन्छ देशको माटो युवाहरू समाऊ काम, बुढापाकाहरूको साटो । – बिके माकजू , भक्तपुर ।
~~~~~~~~~~~~~~~~~~~~~ [ ६० ] १ युवा सबै जागेर नेपालमा अब्बल विकास पर्छ रचाउँनु , देशको निम्ती सबैले रगत र पसिना धेरै पर्छ बगाउँनु l २ आवश्यक छ यहाँ सबैको साथ सहयोग किम्ती, उठ युवा सबै एकजुट भएर देशको निम्ती l – रिता खराल , रुपन्देही
~~~~~~~~~~~~~~~~~~~~~ [ ६१ ] १. युवा तिमी देशका खम्बा विकास गर्न अगाडी बढ, नाम राख्न आफ्नो मातृभूमिको सगरमाथा नै चढ । २. बुढाले मात्रै चलाउने देश युवाले सम्हाल्ने कहिले, बागडोर तिम्रो हातमा नभए विकास हुन्न अहिले । – राजेशराज गड्तौला रतुवामाई-१०, मोरंग हाल- प्रवास
~~~~~~~~~~~~~~~~~~~~~ [ ६२ ] १. हे युवा बन दक्ष सिपाही यो देशको नाममा लेऊ देश निर्माण कार्यको अभिभारा काँधमा। २. क्रान्ति अनि परिवर्तनका संवाहक युवा ठानी, बनौँ कर्मठ, लगनशील, इमानदार र ज्ञानी। – लक्ष्मण समीर, बर्दिया, हाल काठमाडौ
~~~~~~~~~~~~~~~~~~~~~ [ ६३ ] १, युवाहरू देशका भविष्यकाे कर्णधार हुन, मातृभूमि लाई जोगाउँन बगाउने छन् खुन। २ युवाहरू नजागे मातृभूमि संकटमा पर्दैछ, नेताहरू मिलिजुलि देश बेच्ने बिचार गर्दैछ। – लक्ष्मी श्रेष्ठ बिर्तामोड झापा
~~~~~~~~~~~~~~~~~~~~~ [ ६४ ] १ युवालाई साना देखि ठुला सम्म सम्मान गरौ, विकासमा सात समुन्द्र तर्नै परे पनि तरौ। २ लाखौं लाखमा अगाडि हुन्छन् युवाहरू, नराम्रो भन्दा राम्रो काम गरौ है बरु। – प्रेम सुनार, दैलेख
~~~~~~~~~~~~~~~~~~~~~ [ ६५ ] १, देश बनाउन युवाको, पाखुरी चाहिन्छ, युवाको जिम्मेवारी बाट तर्कन पाईन्छ? २, वैरीले देशलाई ताक्छ, तिमी परदेश ताक्छौ, अाफ्नै माटोमा सुन फल्छ,पचास डिग्रीमा पाक्छौ? – चिरञ्जीवी ढकाल नेपालगन्ज उपमहानगर पालिका-२० बाँके लुम्बिनी प्रदेश -नेपाल
~~~~~~~~~~~~~~~~~~~~~ [ ६६ ] १ नभूल युवा नसामा तिमी बिलायो संसार युवाले एक नपारे विश्व कसरी बन्ला र ? २ अबेर भयो संसार हॉक्न जागेर हेरन तिमीले चाहे लाग्दैन बेर काँचुली फेरन । – इन्दिरा देवकाेटा, कपिलबस्तु
~~~~~~~~~~~~~~~~~~~~~ [ ६७ ] १. युवा हुन् विकास गर्ने देशका बलिया खम्बा फर्की आऊ स्वदेशमा नै युवा हुनुपर्छ थम्बा २. बाध्यता नहोस् युवा बिदेशिन आमा रुवाएर, बस यतै देश आमा प्यारी आफन्त हँसाएर । – तारा घिमिरे, संखुवासभा
~~~~~~~~~~~~~~~~~~~~~ [ ६८ ] १. विदेश कर्म भुलेर गाउँमै खुसी भरौं हामी युवा मिलेर देशको उन्नत गरौँ। २. तिमी देशको भविष्य नत आफूलाई चिन्छौ युवाशक्ति नष्ट गरेर किन मातेर हिन्छौ । – प्रकाश बुढाथोकी। असम भारत।
~~~~~~~~~~~~~~~~~~~~~ [ ६९ ] १ फर्की आउन युवा हो आफ्नो देशमा केही गर्नुछ, रगत पसिना बगाएर देशकै लागि मर्नुछ। २ घरको र देशको हालत सम्झेर परदेश जाँदैछौ , नियतीले अकालैमा जवानैमा सिलटिमुर खाँदैछौ। – कमला पाण्डे पराजुली, झापा
~~~~~~~~~~~~~~~~~~~~~ [ ७० ]
देश रित्तियो बेरोजगारले युवा सबै विदेश पठाएर, बाँकी सबै नेताले तान्छ आफ्नै पकेटमा जाँडमा डुबाएर। – उषा के.सी., ललितपुर ~~~~~~~~~~~~~~~~~~~~~ [ ७१ ] १. युवा हुन् देशका खम्बा, बलियो बन्छ त्यो घर, मिलाेस् राेजगारी भित्रै, नजाऊन् ती परपर । २. शिक्षित, सभ्य, इमानदार, स्वस्थ युवाशक्ति, आवश्यक छ देशलाई सबल देशभक्ति । – दुर्गा बनवासी सिवाकाेटी , झापा
~~~~~~~~~~~~~~~~~~~~~ [ ७२ ] १ आजका कोपिला भोलिको कर्णधार हुन, उज्यालोको घाम ती युवा अधेरीको जून । २ अघि बढ युवा देशको नाम चलाऊ, शान्तिको दियो हाम्राे तेल थप्दै जलाऊ । – हिमा आर.सी मेहेलकुना सुर्खेत
~~~~~~~~~~~~~~~~~~~~~ [ ७३ ] १ कु-संस्कारलाई फाल्दै सुसंस्कारलाई मान्नु, युवाबाटै स्वच्छ समाज बनाउनु छ जान्नु । २ अनुजलाई माया अग्रजलाई सम्मान दिनु, राष्ट्रियता मनमा राखी विश्वबाटै ज्ञान लिनु । – धनु शर्मा, पाेखरा
~~~~~~~~~~~~~~~~~~~~~ [ ७४ ] १. तिमी हौ नवयुवा युग-वाहक नफाल समय खेर अनाहक। २. विकृतिमा हैन विकृतिको बिरुद्धमा लाग, कति अचेत बन्छौ सधैँ युवा, अब त जाग । – रचना शर्मा प्रतीक्षा, ललितपुर ।
~~~~~~~~~~~~~~~~~~~~~ [ ७५ ] १. देश को भार आफैले बोकौँ युवालाई स्वदेश मै रोकौँ २. युवा आफै अगाडि बढ देशको रक्षा गर्न लड ! – लव खड्का, बुढानिलकण्ठ काठमाडाैं।
~~~~~~~~~~~~~~~~~~~~~ [ ७६ ] १ युवा शक्तिको पौरखले मोती फलाउँछ माटोमा, पोख्नू स्वदेशमै पसिना विदेशी भूमिको साटोमा। २ सुन्दर राष्ट्र निर्माणमा अब युवा अघि सरौँ, देशको स्वर्णिम भविष्य कोर्नलाई लागि परौँ। – पाैडेल रुपा, कुपण्डाेल ललितपुर
~~~~~~~~~~~~~~~~~~~~~ [ ७७ ] १ पस्केर पसिना बालुवा माथि, हतास नहोस् परदेशी साथी । २ बनाऊ भनेर घर छोडेको थियो, ननिभोस् त्यो झुपडिको आसाको दियो । – बिष्णु पादुका
~~~~~~~~~~~~~~~~~~~~~ [ ७८ ] १. देशमा मन्त्री कुदाउँछन् चिल्ला कार, युवा जति सबै यहाँ वेरोजगार । २. युवा जति किन खाडी पसेका , नेता भुँडी पल्टाएर बसेका। – अभागी ललिता, सिन्धुली
~~~~~~~~~~~~~~~~~~~~~ [ ७९ ] १. युवा शक्ति बिदेशिए किन? देश ब्यूँझाउने आँखा चिन। २. हातेमालो गरी युवा-युवती अघि बढ्नु, विदेशीको चोर हात भाँचिने गरी चढ्नु। – रतन पाण्डे ‘पारतन’, दार्जिलिङ्ग
~~~~~~~~~~~~~~~~~~~~~ [ ८० ] १ मिलेर सबै युवा बनाऊ हाम्रो देश, बगाइ पसिनाकाे खेती फुलाऊ केश। २ नेपाली युवा हाे युद्ध गर्न अगाडि सर्छन्, भुलेर अाफन्त अरबकाे खाडीमा मर्छन्। – दिपा मग्राती, चतरा सुनसरी
~~~~~~~~~~~~~~~~~~~~~ [ ८१ ] १ समाजका युवाहरू गाँजा र भाङमा हराए, अामा बाबू नखा छाेरा भन्दै दिन रात कराए। २ अाजका युवा तिमी भाेलि देशकाे कर्णधार बनिने, असल काम गरी बन हरेककाे अौलामा गनिने। – रिना यल्माे, दार्जीलिङ्ग
~~~~~~~~~~~~~~~~~~~~~ [ ८२ ] १ रास्ट्रका अमूल्य गहना,जोसिला युवा उठ अब, तिम्रो उपस्थितिको महशुस देशले गर्छ तब। २ कर्तव्य तिम्रो माटोको सुरक्षा अनि अपनत्वको आभाष, घर चलाउन निस्कनु पर्ने अवस्था देश छोडी प्रवास । – प्रदीप के रिमाल इटहरी -८ सुनसरी
~~~~~~~~~~~~~~~~~~~~~ [ ८३ ] १ रमाईलो छ खुशिलाग्यो कविता लेखेर साहित्यिक युवा पिढीकोजमात देखर। २ देशको ऊर्जा युवा शक्ति बिदेशिँदै गएको नेताहरुले यै खोजेको भनेको झैं भएको। – ईशहाक हुसैन, सिमरा उ.म.न.पा. १४ बारा
~~~~~~~~~~~~~~~~~~~~~ [ ८४ ] १ जुटौं सबै युवा हामी काँधमा काँध मिलाएर देशको बिकास गरौं आँट भरोसा दिलाएर। २ जोगाएर राखौं युवाहरू आफ्नो संस्कृति भित्रनबाट रोकौं आजै पश्चिमी बिकृती। – कोकिला चौधरी बैजनाथ १, बाँके 🌹 जय टुक्का! जय साहित्य!! 🌹
१) पठायो कसैले छ यो हातमा बन्दी खाम हजुर संकलित होलान् कति भ्रष्टाचारीका नाम हजुर बाध्य हुनेछु अख्तियारको दैलोमा पुर्याउँन यो के सहि तरिकाले आउला न्यायको घाम हजुर?
२) आउँनु तिमी त्यहाँ केही छ को आभास दिन्छु पछ्याउँदै गरेसि उपायका सुवास दिन्छु अहँ कसैको कुरा नसुनी लम्किनु अगाडि तिम्रै खुट्टा तानीरहनेको पर्दाफास दिन्छु।
३) चौघरामा कैद भएकी हो लगाम लगाएपछि नूर गिर्नु स्वभाविकै हो छलछाम लगाएपछि पुरुष प्रधान समाजको बाहुल्यता यथावत मुख खोल्नै डराउँछे नीलडाम लगाएपछि ।
४) बस्ती बगाएको गाउँमा सघाउँन पाए हुन्थ्यो वन जोगाउँने कसम खुवाउँन पाए हुन्थ्यो स्वार्थपूर्ति खेलमा काटिन्छन् जंगल जथाभावि जरै उखेली भ्रष्टाचार भगाउँन पाए हुन्थो।
५) कस्लाई पोखुँ पीडा भर पेटको ठेगान छैन कता पो राहत बाड्दैछ गेटको ठेगान छैन संजाल भरि राहत बाडेको तस्विर छ भन्थे कठै! अस्तब्यस्त यो बेला नेटको ठेगान छैन ।