काठमाडौ, १५ भाद्र । टुक्का साहित्य समाजले नियमित रूपमा टुक्का अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ । टुक्का कविताको विकास र उन्नयनका लागि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष एवं टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का काव्य विधा अन्तर्गतको नविनतम विधा भएपनि छोटो समयमै धेरै साहित्यकार एवं पाठकहरू बिच लोकप्रिय हुन पुगेको छ । जुन कुरा टुक्का लेखन अभ्यास कार्यक्रमहरूमा हुने उल्लेख्य साहित्यकारहरूको सहभागीताले पनि पुष्टि गरेको छ ।
प्रस्तुत छ, २० जना सक्रिय टुक्काकारहरूद्वारा भोक शिर्षकमा रचना गरिएका उत्कृष्ट टुक्काहरू
१. भोकले दिलाएको सङ्गत धेरै टाढा नजाला, सधैँ उस्तै पोटिलो रहदैन होला तिम्रो गाला। २. पेटले माग्ने एक भोजन थियो, तिमीले भन्छौ पेटले दुःख दियो। ✍️ पौडेल विमुन्स, पाेखरा
१. सधै अभाव पीडा छाउँछ हुम्ला जुम्ला तिर, नहट्ने भो कैले पनि रोग र भोकको पिर। २. धनी फेर्छन् महल हरू गरिब भोकै मर्छन्, दुःखीहरू मात्रै किन यस्तो चपेटामा पर्छन्। ३. छैन एकजोर राम्रो लुगा छैन मिठो खाना, मक्किएर चुहिने भा,छ हाम्रो घरको छाना। ✍️ नवशिला बेलबारी -२, लालभित्ती, मोरङ हाल: गोदावारी, ललितपुर
१. इच्छा अनि अाकंक्षाका भाेक थरी थरीका, अतृप्त मन भित्र पीडा जीवन भरिका। २. भाेकले नै दु:ख दियाे भाेकले नै खुसी, नियन्त्रणमा नहुँदा बनायाे कलुषी। ✍️ ताराप्रसाद चापागाईं
१. बिहान खायाे अाधा पेट भरे छैन खान, यो कोरोनाले पाइदैन काम गर्न जान। २. कहिल्यै पनि पुगेन नि पेट भरी खाना, हाम्रा सबै छोरा छोरीको फाटिसक्यो नाना। ✍️ नानीबाबा अधिकारी, कलंकी
१. भोक कुन चरिको नाम हो फुटपाथमा माग्नेलाई सोध, एक मुठी अन्न दान गरेर गरिबीको खुसी हुन्छ बोध। २. महलमा बस्नेलाई के थाह छ भोक कस्तो हुन्छ, च्यातिएका फाटेका धुजा धुजा देखेर मन रून्छ। ३. देखावटी पुराण लगाउँनु भन्दा अनाथ वृद्धआश्रम् मा दान गर, मरेर जाँदा पुण्य हुन्छ भने बाँचुन्जेल सम्म आफ्नो घरमा शान्ति भर। ✍️ कमला पाण्डे पराजुली, झापा
१. कसैलाई खानाको भोक कसैलाई ज्ञानको, जताततै भोकभोकै छ कसैलाई मानको । २. उसलाई कालीको भोक उसलाई सालीको, घुस्याहा नेतालाई लाग्ने भोक सधैं तालीको । ३. गरीबलाई अन्नको भोक त धनीलाई पैसा गन्नको, विश्वकै धनीलाई अझै भोक कसैले नजितुन् भन्नको । ✍️ वसन्त अनुभव , घोराही १४, दाङ ।
१. आनन्दले जो निदाउँछ केही छैन शोक, बताइदेऊ भोजन मीठो या हुन्छ भोक ? २. भइरहेछन् घम्साघम्सी अनि यी आतिसबाजी, भोक मेटाउन मान्छे हुन्छ जे काम गर्न राजी । ३. भोककै कारण मान्छेले गर्यो धर्तीमा सारा उन्नति, यसको पूर्ति नभए बेलामा रहन्न यो जिउमा गति । ✍️ श्रीकृष्ण शर्मा, पोखरा
१. सबै साथी भाइ भेला भएर चोकमा, खाइन्थ्यो चुरोट तीन दिनको भोकमा। २. भोलि भन्दा आजैको चिन्ता के खानु, रिंँगटा लाग्थ्यो रोडमा कता जानु। ✍️ बादल गुरुङ वियोगी, कपन,काठमाडौं
१. गरिबको भोक धनीको मोजमस्ती रमाइलो, कहिले आउला दु:खीको जीवनमा घमाइलो । २. कहिलेकाहॅी जीवनमा भोकको अनुभव गरेर हेर, कस्तो हुन्छ तब मात्रै बुझ्नेछौ तिमी फ्यॅाक्दा खानेकुरा खेर। ३. दुई मुठी भीख मागी गरिब आफ्नो भोक मेट्छ, त्यही भीख नदिएर धनी उसैको गला रेट्छ । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरंग
१. असहायलाई पनि भोक निकै लाग्दो होला, हामीले खाना नदिँदा उसको मन रोला । २. भोक मेटाउन आँसु पिएर हुन्न साथी, केही खान दिएर सम्मान गरौँ अशक्त माथि । ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
१. तिर्खा लाग्दा जसरी धाउनु पर्दछ हामीले खोला, भोक लाग्दा पेटमा पटुकी कसेर हुँदैन होला॥ २. चाहिन्छ भोक मार्नलाई थोरै भए पनि अन्न, बिना परिश्रम कहाँ पाईन्छ पेट भरि टन्न। ३. तितो मिठो जस्तोसुकै होस् भोक लाग्दा चाहिन्छ, चौरासी ब्यञ्जन सम्झने हो त्यसै कहाँ नै पाईन्छ। ४. सन्तुष्टि हुनुपर्छ खाना खाँदा खेरि, धेरै हुँदा फ्याल्नु हुन्न पाइन्न फेरी। ✍️ पुर्णबहादुर श्रेष्ठ, पनौती-३,काभ्रे
१. सधैं अभाव छट्पटी अनि मनमा शाेकैशोक, साहुको काममा जानु हो खाली पेट भोकैभोक । २. गरिबको जिन्दगीमा छैन खाने कुरा, दुःखीका सधैं रहने सपना अधुरा। ३. कमाई गरौं त आफ्नो खनी खाने छैन खेतबारी, बस्नु छ एक मुठ्ठी अन्न नपाउदै मेख मारी । ✍️ दुर्गा भट्टराई , मोरङ
१ सबैभन्दा ठूलो महामारी शोकले, जस्तोसुकै काम गराउँछ भोकले । २ कसरी बुझम् खोइ नारी मनको भाषा ? राम्री सुन्दरी पाउने मेरो अभिलाषा । ३. आफैं धामी, आफैँ बोक्सी बन्छ काँडो, भरिदैन कहिल्यै चुहिने भाँडो ! ४. आशा बोकी हिँडे साहित्यको शिखर चुम्ने, मेरो छ एउटा धोको यो संसार घुम्ने । ✍️ रिजाल विनोद , बेलबारी २मोरङ
️१. अाँखामा अाँशु छ, मनमा छ शाेक के शक्ति हाेस् ? जब, अाँतमा छ भाेक ! २. कमाउने काेही छैन, न छ बारी बस्नु छ रूँदै, भाेकाे पेट बटारी ! ३. गरिबकाे घर, छैन केही खाने बिना कात्राे धर्ती छाेडी, माथि जाने ✍️ गाेपाल कृष्ण डंगाेल इटहरी,सुनसरी, प्रदेश नं-१
१. अघाएकै हुन्न कहिल्यै सम्पति वा दम्पत्तीले, कति पो उज्यालो दिन्छ र सूर्य अघि मम्बत्तीले। २. न सुतेर अघाउँछ सधैँ निन्द्राको दासले, आस्थामा अघाउँदैन ऊ ईश्वरको आशले। ३. भोकैभोक नभए जिन्दगी हो कि हैन, पाए वा नपाए खान व़ास्ता केही छैन। ✍️ होम प्र, नेउपाने , धरान,सुनसरी
१. जति धेरै खाए पनि उति नै किन लाग्छ नि भाेक, सुख शान्ति जतिसुकै भए पनि मनमा छ शाेक। २. दिनहुँ काेराेना बढेर पाइन म काममा जान, साँझ बिहानकाे लागि पनि छैन भित्र केही खान। ✍️ शाेभा अर्याल, रुपन्देही १४ बुटवल
१. हुनेखाने लाई के थाहा होला भोकले मान्छे रुन्छ , फोहोरमा खोजीखानेलाई सोध भोक कस्तो हुन्छ । २. कामदारले काम गर्दा ढिलाभो भने साहू कतिजाग्छ , बोल्छ तर बुझ पचाएर यिनीहरूलाई भोकलाग्छ । ✍️ बेदु न्यौपाने , काठमाडौ
१. हुने खाने जति सधैँ भोज मै रम्ने गर्छन् , निर्धा जनता रोग,शोक र भोक मै मर्छन्। २. भोक-भोकै बस्ने रहर कहाँ कसलाई पो हुन्छ? भोकमरी मै परोस् न जनता शोषक कहाँ रून्छ? ३. रछानमा खाना खोज्नेलाई सोधन भोक कस्तो हुन्छ? तिनीहरुको उत्तर सुनेर तिम्रो मन पक्कै रून्छ। ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ्ग पश्चिम।
१• ल्याएर हालीदेऊ घाॅस एक डोको, जति खान दिए पनि देखिन्छ भोको। २• सारङ्गी जस्तो भईसकेछ पेट, गाह्रो छ हुन हात मुखको भेट। ३• भोकले त ऑखा देख्नै छोडियो, भातमारा अन्तै नाता जोडियो। ✍️ घनश्याम पौडेल, सृजना चोक, पोखरा
१. मोफसलका जनता सधैँ भोक-भोकै, नेता छन् शहरमा छैन कुनै शोकै। २. सिटामोल छैन डाक्टर छ कहाँ, रोग शोकले जनता मरे यहाँ । ३. सत्तामुखी भए नेता आफ्नो मात्र ताल, नयाँ खोजौँ बरु राम्रा थोत्रा जति फाल। ✍️ सूर्य मणि रेग्मी, चितवन
दम्माम साउदीअरब | गैर आवासीय नेपाली संघको राष्ट्रीय समन्वय परिषदहरूको अधिवेशन सकिए संगै केन्द्रीय समन्वय परिषदको अन्तर्राष्ट्रीय महाधिवेशनको सरगर्मी निक्कै बढेको छ। विभिन्न केन्द्रीय पदहरूमा आफ्नो उम्मेदवारी दिनेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ। मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २१/२३ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ एनसीसी साउदीलाई प्रतिनिधित्व गर्दै आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन्। क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै मध्यपूर्वको श्रमिक हकहितलाई प्राथमिकता दिंदै ५ बूँदे घोषणा पत्र पनि जारी गरेका छन्।
कपिलवस्तु , कपिलवस्तु मायादेबी गाउपालिका वडा नंबर ८ का वडा अध्यक्ष कृष्णनारायण तिवारी नबोलिकन काम गर्ने निर्वाचित जनप्रतिनिधिको रुपमा चिनिन्छ। मायादेवी गाउपालिका वडा नंबर ८ विजुवा गाविसवाट विकसित नयाँ वडा भएको कारण पनि वडा अध्यक्ष तिवारीलाई विकास निर्माणका कार्यमा धेरै चुनौति रहेको थियो। ती चुनौतिलाई पनि सहज ढंगवाट कार्य सम्पादन गर्न सिपालु वडा अध्यक्ष तिवारीसंग हिमाल दृष्टिले लिएको विशेष अन्तरवार्ताको सार–संक्षेप यहाँ प्रस्तुत छ । यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ, पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ ? –केही योजनाहरु पुरा हुन बाँकी छ । मुख्य काम भनेको सडक चौडा गर्ने काम शुरुवात भएको छ । खानेपानी वितरणमा समस्या भएर बोरिङ गर्ने काम भएको छ, भने शिक्षा र स्वास्थ्यका काम सम्पन्न भएको छ ।
वडाले गर्ने काम भनेको ढल व्यवस्थापन पनि हो ढल निर्माणको काम कहाँनिर पुग्यो ? –हुन त निर्वाचन गर्ने समयमा ढल निर्माणको काम योजनामा थिएन, यहाँका जनताको मुख्य समस्या मध्ये ढल निर्माण पनि एक हो । त्यसै कारण हामीले यसलाई पनि मुख्य समस्याका रुपमा राखेका छौं । जति विकास निर्माणका कुराहरु यहाँले अघि सार्नु भएको थियो, जुन उपलब्धीहरु हासिल भएको छ , त्यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? –आफ्नो काम प्रति सन्तुष्ट नहुने त कुरै भएन । तर, जति सन्तुष्ट हुनुपर्ने हो– त्यति चाँहि भएको छैन् । नयाँ वडा भएको हुनाले भौतिक पूर्वाधारको कुरा धेरै छन्। गर्न चाहेर पनि कतिपय कतिपय काम गर्न नसकिएको अवस्था छ । जनताको चाहना कस्तो हुन्छ भने अहिले नै गर्नु पर्छ तुरुन्तै हुन पर्छ भन्ने छ। एकै ठाउँमा बजेट खर्च गर्न सकिदैन र गर्न पनि हुँदेैन । काम धेरै भएको छ तर, देखिएको छैन । आफ्नो कार्यकालको जति अवधि छ । अब यो अवधिमा कस्ता विकासका मुद्दाहरु प्राथमिकतामा राखेर अघि बढ्नु भएको छ ? –हामीले अबको योजनामा शिक्षा र स्वास्थ्यलाई जोड दिदै भौतिक पूर्वाधार, चौडा बाटो निर्माण, त्यसै गरी हाम्रो जमिन भनेको भूक्षय बढी हुने खालको छ। त्यसलाई प्राथमिकता दिएर काम गर्ने योजना छ । अब कार्यकाल सकिएपछि फेरि यहाँको विचार के छ ? यही पदमा उठ्ने कि के गर्ने ? फेरि आफू निर्वाचित हुन के जनताको मन जिते जस्तो लाग्छ ? –जनताले के भन्छन् , जनताको कुरा हो, पार्टीको कुरा हो । तर, सेवामा निरन्तर रुपमा लागिरहन्छु । पार्टी र जनताको निर्णय नै हामी आत्मसाथ गछौं । अब निर्वाचित भएर जनताको मन जित्ने कुरा चाहिँ के हो भने दुईवटा मुख्य काम एउटा जनतालाई सेवा दिने र अर्को विकास निर्माणको काम हो । हामीले वडामा जनतालाई कुनै पनि सेवामा कन्जुस्याई गरेका छैनौं । जनतालाई निरास पनि बनाएका छैनौं। मेरो विचारमा जनता खुशी छन् । यस्तो खालको काम गरिरहँदा चुनौति पनि धेरै हुन सक्छन्, यसको सामना र समाधान कसरी गर्नु भएको छ ? चुनौती हरेक काममा हुन्छन् । धेरै वर्ष सम्म स्थानिय निर्वाचन नहुँदा मान्छेहरुमा बढी स्वतन्त्रता भए । जसले गर्दा मानिसहरु सबै बिज्ञ भए । सबै जान्ने भए, यसको मतलब तँ भन्दा म जान्ने छु भन्ने भावनाको विकास भयो । राम्रो काम गर्ने जनप्रतिनिधिलाई पनि अप्ठ्यारो अवस्था आयो । सोचे अनुरुपको काम गर्न सकिएन । चुनौतीको कुरामा जहाँ जस्तो चुनौती आउँछ। चुनौतीको अध्ययन गरेर त्यही अनुरुप समाधान गर्दै जान्छौ।
टुक्का साहित्य समाज, काठमाडौले हिन्दुहरूको पर्व श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर यहि भाद्र १३ गते “वृहत टुक्का लेखन अभ्यास श्रृङ्खला-१८” सम्पन्न गरेकाे छ।
टुक्का साहित्य समाजकी सल्लाहकार शर्मिला श्रेष्ठकाे संयाेजकत्वमा संचालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूका ८० जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । उक्त शृङ्खलाको टुक्का लेखन र संकलनमा संयोजक श्रेष्ठलाई समाजका अध्यक्ष ताराप्रसाद चापागाई र सचिव विमुन्स पाैडेलले पनि सहयोग गर्नुभएको थियोे । श्रीकृष्ण जन्माष्टमी काे पावन अवसरमा आयोजित शृङ्खलामा उहाँहरूद्वारा सहभागी सर्जकहरूमा हार्दिक धन्यवादका साथ शुभकामना व्यक्त गरिएको थियो ।
टुक्का काव्य विधा अन्तर्गतको नविनतम उपविधाहरू मध्ये एक हो । जसलाई समान अक्षर संख्यामा अन्त्यानुप्रास सहित दुई हरफमा लेख्ने गरिन्छ । टुक्का कविताको उन्नयन र विकासका लागि टुक्का साहित्य समाजले नियमित टुक्का लेखन अभ्यासका साथै विशेष शृङ्खला पनि सञ्चालन गर्दै आएको छ ।
अभ्यासकाे शृङ्खलामा संकलन गरिएका टुक्काहरू
[१]
१. कृष्ण जन्माष्टमीकै दिन भयो मथुरा झलमल,कंसको तय मरण, सत्यको जितमा श्रीमद्भागवत उदाहरणीय,पापीका लागि ग्रहण। २. दुर्जन,अत्याचारीको थलमा कृष्णको जन्मले धन्य भयो द्वापरयुग, कलियुगी कंस दहन गर्नुपर्छ प्रभु!फेरि जन्म लिन नेपाल पुग। ✍️ शर्मिला श्रेष्ठ ललितपुर, हाल अमेरिका
[२] १. देवकी र वासुदेवलाई यमुनाले डाक्दै ल्याइन्, वृन्दा वनले गाेठालाेमा कन्हैयाकै दर्शन पाइन् । २. धृष्टताले जलाउँछ कंस जले जस्तै गरि, साँचो प्रेम बाँचिदिन्छ राधा कृष्ण बाँचे सरि। ✍️ धनु शर्मा, पाेखरा
[३] १. विष्णु भगवान् को आठौँ अवतार कन्हैया कृष्ण प्यारा, जगत् भलाईकाे उपदेशले सचेत गरायाै सारा। २. युद्ध मैदानमा दिएका थिए उपदेश राम्रा, संसारका मार्ग निर्देशक कृष्ण भगवान् हाम्रा । ✍️ ताराप्रसाद चापागाईं धुनिबेशी नगरपालिका ९, धादिङ
[४]
१. तिमी हौ हर युगका दुःख नासक, तिमी नै सत्य कुराका हौ प्रचारक । २. तिमी कृष्ण युगयुगसम्म न्याय मूर्ति, किन दानव फेरि बलको राख्छ फुर्ती। ✍️ पौडेल विमुन्स, पोखरा कास्की
[५] १. युगका युग पुरूष तिमी हौ प्रभु कृष्णा, तिम्रो सम्झनाले मात्र पनि मेटिन्छ तृष्णा। २. हे कृष्ण तिम्रो लिला अपरम्पार परमात्मा, जोडिएका प्रभु तिमी प्रेमीहरू भित्र आत्मा। ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७
[६]
१ कंशले नि घुडा टेक्यो चलेन उसको जोर, ठुला ठुला दानव जित्यौं तिमी मख्खन चोर। २ श्रीमद् भागवत पुराण बन्यो तिम्रै वाणी लेखि, कर्म र फलको सुन्दर ब्याख्या भेट्छौ पढेदेखि । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[७]
१ कृष्ण जन्माष्टमी हामी पुजा गर्छौ, जिन्दगी भर उनकै भर पर्छौ। २ कृष्ण जन्माष्टमी कृष्णजिको पुजा गरौं, हामी सबैले उनकै जस्तो ज्ञान भरौं। ✍️ जगत थापा, बझाङ्ग
[८]
१ दही चोरी खाने उनै भगवान कृष्ण नै थिए, दुष्ट कंशलाई मार्न भनी कृष्णले जन्म लिए l २ महान हुनुहुन्छ है भगवान कृष्ण देव अवतार, सबैले बुझ्नु संसारमा भगवानको लिला छ अपार l ✍️ रिता खराल, रुपन्देही
[९]
१. सबै भक्तहरूको उनै हुन् सहारा, बाँसुरी बजाउने राधाका पियारा । २ मखन मन पराउने हुन् चित्त चोर, कृष्ण हृदयमा राख्न बनाउँछु खोर । ✍️ रिजाल विनोद, बेलबारी २ मोरङ
[१०]
१. जन्म भएथ्याे मथुराकाे जेलमा, अधेराेथ्याे बत्ती थिएन तेलमा । २. कृष्णजीले सधैं मक्खन, मिस्री नाैनी मिठाे मानी खाएर, राधाजी साथ रासलिला रचाएथ्याै बृन्दावन अाएर । ✍️ लक्ष्मी घिमिरे दहाल, दमक -७ झापा
[११]
१. हे कृष्ण तिमीले वंशी बजाइ देउन, दु:ख पाएं धेरै मैले काखमा लेउन । २. भन्छन् कृष्ण तिम्रा त गोपिनी धेरै थिए अरे, लिला अति भयो प्रभु अब पटक्कै नगरे । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरंग हाल- प्रवास
[१२]
१. श्रीकृष्णकाे भाे लिला ठुला, माेहमा सारा जगत् भुला । २. आइद्याैन हे कृष्ण कुकर्मी मास्नकन, पुकार गर्दछु हर दिन भगवन । ✍️ प्रधुम्न चालिसे भक्तपुर कटुञ्जे, सु न पा ५
[१३]
१. युग परिवर्तन गर्ने महान विचारक श्रीकृष्ण हुन, सब छोडेर शान्ति खातिर महाभारत युद्ध गराउन । २. श्रीकृष्णका पदमा आफ्ना सब दर्द थुपारी, भुलेर आफ्नो कर्म, केवल नबसौँ गुहारी । ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।
[१४]
१. जन्मिए कृष्ण त्यो अधेरी रातमा, वसुदेव देवकी थिए साथमा। २. मखन खाने बासुरी बजाउने, कृष्ण नाममा मन यो रमाउने। ✍️ रघु न्याैपाने, पाेखरा
[१५]
१. सकेजति जप, ध्यान, दान गर्ने गर्छु , कृष्णकाले सम्झिएर शरणमा पर्छु । २. कृष्णले ज्ञानको कटारी चलाए, प्राण चुसी पुतना भैमा ढलाए । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[१६]
१. कृष्णजीको लीला बुझ्न चाहिन्छ शुद्ध तनमन, आचार विचार शुद्ध राखे, सुधरिन्छ जीवन। २. भौतिक प्रेमलाई न तौल तिमी त्यो रासलीलामा, अखण्ड प्रेमको हेर निशानी वृंदावन सिलामा। ✍️ पदमा शर्मा आंचल, कालाचिनी, भारत
[१७]
१ भाद्रकृष्ण अष्टमीको मध्यरात झलमल, श्रीकृष्ण तिमी जन्मिँदामा सबै थे अलमल । २ जन्मिनेबित्तिकै बिछोडियौ प्यारो काख आमाको, दूधै नखाई गोकुल पुग्यौ हर्कतले मामाको । ✍️ श्रीकृष्ण शर्मा, पोखरा
[१८]
१. द्वापरयुगमा अवतरित हुनुभए’थ्यो श्री कृष्णा, पूरा भए’थ्यो मानव जातिको प्रभु मिलनको तृष्णा। २. एउटा कंसको विनाश गर्न पनि भगवान श्रीकृष्ण आफैँ अघि सरे, कलियुगमा जन्मिए झनै धेरै कंसहरू भगवान नै ओझेल परे। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
[१९]
१. बाच्छा रहे मथुरामा गाई बृन्दाबन , हामी कतै नजाउ है कृष्ण यहि छन । २. गोकुल खोज्यौ मथुरा खोज्यौ खोज्यौ बृन्दाबन , बाहिर कतै छैनन् कृष्ण हाम्रै मनमा छन । ✍️ मन्दिरा सेढाई, मलेखु धादिङ
[२०]
१. भाद्र कृष्ण अष्टमी तिथि अन्सार, श्रीकृष्ण ज्योती छ उज्यालो सन्सार। २. मन्त्रमुग्ध आनन्द बाँसुरी धून, लम्किन्छ कृष्णभाव़ चन्द्रमा छुन । ✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी
[२१]
१. कृष्ण तिम्रो मुरलीको धुन अति मिठो , घरको धन्दा छोडी राधा पुग्थिन छिटो । २. यशोदाका पुत्र तिमी कृष्ण कन्हैया , तिम्रो चाल देखि छक्क यशोदा मैंया । ✍️ इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३
[२२]
१. श्री कृष्ण जन्माष्टमीको दिन घर-मन्दिर सजाइन्छ, हरि किर्तनमा मस्त भइकन् शंख-घण्टा बजाइन्छ। २. पूर्ण अवतार प्रिय प्रभु सोह्रै कलाले युक्त, श्री कृष्ण कृपाले हुन्छ भवसागरबाट मुक्त। ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।
[२३]
१. कृष्णजी को जन्म भएथ्यो मथुरा को जेलमा, बुवा आमा दुवै थिए हतकडी र नेलमा। २. जन्म भन्दा पहिले आकाश वाणी दियो, देवकीका आठौ पुत्र कंश मार्ने थियो । ✍️ सरस्वती श्रेष्ठ, इटहरी
[२४]
१ साँझ घर अाऊ कृष्ण बत्ती बालेकी, मन शुद्ध पारेकी छु मैलो फालेकी। २ हे कृष्ण प्यारा तिमी साथ पाऊँ , ति चरणको धूलो माथ लाऊँ। ✍️ सावित्री न्यौपाने, काठमाडाैं
[२५]
१. मान्छेका त बिचार छन् अनेक, आखिर श्रीकृष्ण रहेछन् एक। २. आध्यात्मिक ज्ञान त शान्तिका लागि, लोभ मोह सबै मनबाट त्यागी। ✍️ तेजप्रसाद खनाल, दाङ।
[२६] १. श्रीकृष्णजी नै हुन् देवादि देव सारा सृष्टिका सार, द्वापर युगमा मथुरामा भो अपूर्व अवतार ! २. कृष्णले कर्मयोग,ज्ञानयोग आदि भाव जगाए, समस्त मानवको कल्याणमा गीता ज्ञान बगाए! ✍️भूषण जंग ललितपूर 🏠हाल प्रवास
[२७]
१. ज्ञानको भण्डार पनि कृष्ण जि लाई भने, सोह्र सय गोपिनीको प्यारो कसरी बने? २. जति ज्ञानी भए पनि कृष्ण जि त दहि चोर हुन, मख्ख पार्नलाई बजाई दिन्छन बाँसुरीको धुन। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[२८]
१. हातमा बाँसुरी शिरमा मयुर प्वाँख रुप तिम्रो झलल, शीतल बागमा, गोपिनी साथमा यमुनाको गीत सलल। २. पापको घडा भरिँदै जाँदा लियौ तिमीले न्यायको रक्षार्थ जुनी, लोकको उपकार गर्नुपर्ने मनमा कुरा कृष्ण तिमीले गुनी। ✍️ गंगा खड्का बूढानीलकण्ठ १, काठमाडौँ
[२९]
१ मख्खन चोर समेत हुन कृष्णा पनि भने, धेरैले उनैका राम्रा नराम्रा बिचार गने। २ सबैका राम्रा बिचार अगालेर बढे, धार्मिक र भौतिक जगत सबै पढे। ✍️ सुरेशकुमार पान्डे दाङ घोराही १८,
[३०] १. द्रौपदीको वस्त्रहरण हुँदा श्री कृष्णजीले नै लाज बँचाए, कौरवको क्रुरता नङ्ग्याएर त्रिलोक सबैका मन हँसाए। २. गोकुलमा कनैयाले दही चोर्थे छोएपछि अमृत तुल्याइ छोड्थे। ✍️ रतन पाण्डे’पारतन’, दार्जीलिङ।
[३१]
१. कृष्ण जिले बासुरी बजाए, सोह्रसय गाेपिनी लजाए। २. कृष्ण लिला संसार भुलाउने, अघि पछि गाेपिनी डुलाउने। ✍️ अरुण नदी खत्री, काठमाडाैं ।
[३२]
१. तिम्रो भजन सुन्न पाउँ कृष्ण जी, बराबरी तिमी ,यी हाम्रा शिवजी । २. दहीको ठेकी छ हाम्रो सानो घरमा, तिमीलाई ठान्छौं हामी तिम्रै भरमा। ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
[३३]
१. बासुरीको धुनमा रमाइरहेछु अाज, प्यारा कृष्ण अाउ पहिराई दिज्छु म ताज। २. भवसागर बाट कृष्ण जपेर मुक्ति पाऊँ, गिताकाे मर्म बुझी याे जीवन पार लगाऊँ। ✍️ रश्मी रिमाल, झापा
[३४]
१. भदौ महिनाको अष्टमीको रातमा, जन्मे बाल कृष्ण कंस कारागारमा। २. बसुदेव देवकीको पुत्र रुप लिएर, दुष्टहरु नास गरे सदबुद्धि दिएर । ✍️ कमला देवकोटा, पाल्पा
[३५]
१. बर्षि रह्यो मुस्लधार पानी,भयो तिम्रो अवतार, जन्म्यौ तिमी कृष्णा खुल्यो त्यसदिन आफै कारागार। २. मथुरा बासीमा थियो धेरै नै त्रास , कंश थियो कृष्णा तिम्रो मृत्युको प्यास। ✍️ सुरेखा चाम्लिङ्ग सुर्यबिनायक २, भक्तपुर
[३६]
१. भगवान बनी कृष्ण यो धर्तीमा आए, पाण्डवहरुलाई दु:ख बाट बचाए। २. हरेक काम सजिलै गर्न सक्ने उनी महान्, संसार भर चिनिए कृष्ण बनेर भगवान्। ✍️ लालीमाया थापा मगर प्यूठान
[३७]
१. सत्रसय गोपिनिका एक कृष्ण कनैया हुन, मथुरामा बाँसुरीकाे बजाए चारैतिर धुन। २. यत्ति मीठो बाँसुरी यो ,कहाँ बज्यो आज, कता लुक्यौ कृष्ण काले,आऊ हामी माझ। ✍️ शाेभा अर्याल, रुपन्देही, बुटवल
[३८]
१. जन्माष्टमी कृष्णकाे ध्यानमा ब्यस्त, दुख हटी खुसी हाेस् मनमा मस्त। २. कृष्ण भेट्ने याे मनकाे चाहाना, व्रत ध्यानमा अनेकाै बाहाना। ✍️ प्रेम सुनार, दैलेख
[३९] १. कहिले होईन मनका कुरा मुखमा ल्याइ फोर्ने, श्री कृष्णले त गर्थे अरे सधैं ठेकिको दहि चोर्ने । २. पराम्परा देखि चली आएको चलन, चाडपर्व आउँदा मन हुन्छ जलन । ✍️ ललिता अभागी, सिन्धुली
[४०]
१. कृष्ण काले तिम्राे रासलिला के सुनाउनु, सोह्रसय गाेपिनी राधालाई चुनाउनु। २. कोपिला बनेर धर्तिमा फुल्न नपाउदै, मार्न तयार कंस मामा जाल बुनाउदै। ✍️ मोहन तरामु मगर गुल्मी नेपाल , हाल यूएई
[४१]
१. राधा हुन् महान नारी, कन्हैया कि अति प्यारी। २. सबैको जीवन नै उज्ज्वल रहोस् मेरो चाहना, श्रीकृष्णा जन्माष्टमीको सबैलाई शुभकामना। ✍️हिउँकला हाँसी खतिवडा अछाम,
[४२]
१. कालको सार्है डर त्यो बेला कृष्णले पचाए, उनैले गरे कंसको बध संसार बचाए । २. त्यो सत्य त्रेता द्वापर कली युग पो गनेर, श्रीकृष्ण जन्मे लोकको हीत गर्न नि भनेर । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[४३]
१• मथुरामा जन्मिएर गोकुलमा गए, सुदामा र बलराम खेल्ने साथी भए। २• सानो छॅदा दही चोर्ने बालाकृष्ण काले, जवानीमा गोपीनी नै सताउन थाले। ✍️ घनश्याम पौडेल, सृजना चोक पोखरा
[४४]
१. कथा, घट्ना, वृतान्तका एक पृय पात्र, थरिथरि अवतार श्रीकृष्णजी मात्र । २. धर्ती अनि स्वर्गलाेककै मनमुटुका प्यारा, अलाैकिक गुणका धनी प्रेमालापका तारा। ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा
[४५]
१. द्वापरमा जन्मिएर नि पुज्य देव बने , साेह्रसय गाेपिनीलाई मायाँ गर्छु भने । २. बालापनमा दहि चाेरी खान्थे कृष्ण काले , भक्तजनले जन्माष्टमी ब्रतराख्न थाले । ✍️ रामकृष्ण दुवाडी, पाेखरा
[४६]
१. कृष्ण तिम्रो व्रत बस्छु भक्त बनेर, तिमी जस्तै बुद्धिमानि बन्छु भनेर। २. कृष्ण जन्माष्टमी व्रत बसि पुण्य कमाऔं , मन भित्र भएका दुष्कर्म सबै भगाऔं। ✍️ काेकिला चाैधरी, बाँके
[४७]
१. कंशले भरे पापको घडा विष नै भरेर, उन्मुक्ति दिए कंशको बध कृष्णले गरेर । २. हस्तीनापूर जितेरै छाडे कृष्णले लडेर, तूफानसरि युद्धमा उनी अगाडि बढेर । ✍️ रचना मोक्तान ” यात्री” नमोबुद्ध न. पा. ५, काभ्रे
[४८]
१. कृष्ण काले नक्कले नक्कल नपार, तिम्रै लिला मायाले भुलायाै संसार। २. साेह्रसय गाेपिनीलाई वशमा पारेर, प्यारा कृष्ण कन्हैया नजाउ माया मारेर । ✍️ वसन्ती भण्डारी, सुर्खेत
[४९]
१. आठौँ गर्भ देवकीको लिइ ,आठौँ औतार विष्णुको, प्रेम भावले मनाऔँ आज, जन्माष्टमी सहिष्णुको। २. पुतना जलाए अत्याचारी, कंशको वध गरे, आफू चिनाउन अर्जुनलाई, विश्वरुप धरे । ✍️ गाेपाल कृष्ण डंगोल महाराजगञ्ज, काठमाण्डौँ
[५०]
१. माधव गोपाल धरतिमा आउँन, हे कृष्ण राधे हामीलाई बचाउँन। २. देवकी को आठौ पुत्र कंस ले चिनेन त कहिलै, उनकै हातबाट मर्नु पर्यो निहु खोज्थ्यो जहिलै। ✍️ कमला पाण्डे पराजुली झापा
[५१]
१. देश सिध्याउने कंसहरू गर्नु है! बेलैमा होस्, कलियुगमा तिम्रै निम्ति कृष्ण जन्मनु नपरोस् । २. शक्ति ज्ञान धैर्य सुमार्ग जगतमा कृष्ण बनी आए, मनाउँछौ जन्मोत्सव उनैले जीउने कला सिकाए। ✍️ अरुणा श्रेष्ठ ‘अनु’ , भद्रपुर नगरपालिका ३ भिमनगर, झापा
[५२]
१. मख्खन चाेर कृष्ण जन्मेको देशमा, दानवहरू छन मान्छेको भेषमा। २. भगवान कृष्ण सधै सत्यको साथ खडा थियौ, सारथी बनी हरपल अर्जुनकाे साथ दियौ। ✍️ रिना याेल्माे, दार्जीलिङ्ग
[५३]
१. आध्यात्मको दिव्य ज्योति सबैतिर छर्ने ज्ञानमार्ग पेल्लाउन सहयोग गर्ने । २. धन्य धन्य भए सबै गिता ज्ञान पाई कोटी कोटी नमस्कार गर्छु कृष्णलाई। ✍️ धनुष न्याैपाने गुथिचौर गाउँपालिका०४ जुम्ला बिगारे हाल सुर्खेत ।
[५४]
१. मख्खन चोर्दै अाउ कृष्ण,मुरलि हात समाई, तिम्रैं भक्ति जपिरहुला,भजन गर्दे रमाई । २. सधैं भरि तिम्रै नाम जपौंला यहि भावना, भदौं महिनाको जन्म दिनमा “शुभकामना” । ✍️ दुर्गा अाचार्य, मोरङ
[५५] १. आउ कृष्ण अर्जुनलाई सँगै लिएर आउ, सत्य र धर्मको लागि धनुष वाण चलाउ। २. कृष्णकै लिलामा रचिएको गिता पुजिन्छ, रुक्मिणि र राधाजीको गुणगान सुनिन्छ । ✍️ लक्ष्मण समीर, बर्दिया
[५६] १. भाद्रकृष्ण अष्टमीको रात लियौ जन्म सबैको पीडा ति हर्न, कृष्णको अवतारमा आयौ तिमी दुःखी जनको उद्धार गर्न । २. हे नन्दलाला बालक छँदा नै अनेक लीला रचायौ, मुखमा तिमीले यशोदा मैयाँलाई ब्राह्मण्ड देखायौ । ✍️ राजेन्द्र प्रधान पासा, दार्जिलिङ, भारत ।
[५७] १. काले,कन्हैया,हे घन श्याम, श्री कृष्ण मुरारी तिम्रो नाम। २. अत्याचारी राजा थिए कंस मामा, मारेर उद्धार गर्यौ बाबा आमा। ✍️ बि.के. मुखिया, दार्जीलिङ्ग
[५८] १. नौनी माखन चोरेर तिमी खाने, भक्तको मन संधै हरेर लाने। २. कृष्ण तिमी यो मनमा संधै भरि नै बस्नु, अन्धकार यो मनमा उज्यालो भई पस्नु। ✍️ प्रसान्ती राई सामसिङ्ग खासमहल (कालेबुङ)
[५९] १. बहिनीका पुत्र मार्यो त्यो कंसले सात , आठौं गर्भ लिनुभयो श्रीकृष्णको गाथ । २. श्रीकृष्णले जन्मलिनुभयो मामा कंसको कारागारमा , बासुदेवले पुर्याउनुभयो नन्द यसोदाका प्यारमा । ✍️ बेदु न्यौपाने, काठमाडौ
[६०] १. जन्मिए कृष्ण भरियो देवकी माताको कोख, खुसीमा परिणत आमाको पुरा भयो शोख। २. असत्यको हार सत्यको हुन्छ जित, कंशको नाश कृष्णबाट भयो हित। ✍️ बिना रोका, घोराही दाङ्ग।
[६१] १. द्वापर युगको पिता वसुदेव, माता देवकीका, श्रीकृष्ण भगवान् विश्वास हुन् हिन्दु धर्मावलम्बीका। २. बिष्णुको आठौँ अवतार बनी जन्मदिन गोकुलाष्टमी, मथुरा र वृन्दावनमा मनाउँछन् केही नराखी कमी। ✍️ म्यामराज राई हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान
[६२]
१. जगमा सूर्यको ज्योति सरी, मान्छौं श्रीकृष्णको रुप हरि। २. जन्माष्टमीको पर्वमा, हर्ष मनाऊँदै, राति उत्सव मनाऊँ भजन गाउँदै । ✍️ भगवती दवाडी, दमक झापा
[६३]
१. रुक्मिणीलाई भेट्न जान्थे माया आधाआधा, नक्कले थे कृष्ण काले मन परेकी राधा। २. सबैका प्यारा कृष्ण काले थिए धन्दुकारी , मखन चोर्थे लुकाउथे गोपिनिका सारी। ✍️ अबजस चन्द्र, झापा
[६४] १. मै हु तिम्रो काले कृष्ण तिमी हौ मेरी राधा रानी, यती धेरै किन होला मनपरेको तिम्रो बानी। २. आउनु राधे भेट्न तिमी मलाई बृन्दाबनमा, अगालेर राख्छु प्यारी तिमीलाई मेरो मनमा। ✍️ नवशिला बेलबारी-२,लालभित्ती, मोरङ।
[६५] १. वृन्दा वनको गोठाले कृष्ण चन्चले, मन तान्छ सधैं त्यो मुरली छन्दले। २. कृष्ण जन्म दिनको शुभकामना, भगवान् कृष्णलाई मीठो सम्झना। ✍️ भुपेन्द्र राना मगर, धादिङ
[६६]
१. शोह्र सय गोपिनीका साथ रमाउछन , लिलाले परेमिलता प्यार जमाउछन। २. कृष्ण काले नक्कलेका चकचके बानी, राधा प्रिय प्रेमिका रे बाकी आठ रानी । ✍️ रामजी लामिछाने, पाेखरा
[६७]
१. मन चाहिँ त्यो सफा थियो भए नि कृष्ण काले, भन्नेले त भनिदिन्छन् उनी थिए रौसे भाले। २. अति सुन्दर र चमत्कारी कृष्णको गर्नु के कुरा, हरेक ज्ञान, योग र युक्तिमा थिए पुरा का पुरा । ✍️ परिक्रमा श्रेष्ठ, धरान
[६८]
१. आजैकादिन जन्मेका भगवान कृष्ण थिए, सोह्रसय गोपिनीमा राधिका रोजेर लिए । २. भगवान काले कृष्ण जन्मिएर ज्योति छर्ने, अहिलेका कृष्णहरु आफ्नै भुँडीमात्र भर्ने । ✍️ ऋषिराम खनाल, मध्यबिन्दु -६ नवलपुर ।
[६९]
१. दहि चाेरी खादै हिड्छाै सबै पर्छन् छक्कै, साेह्रसय गोपिनीलाइ नि पारिदिन्छौ मख्कै। २. बाँसुरीको धुन बजाइ लिला गरिदिन्छौ, कंश मारी यशोधालाइ खुशि भरिदिन्छौ। ✍️ नानीबाबा अधिकारी, कलंकी काठमाडौं
[७०]
१. रुप अनेकौं कृष्णले जान्ने चर्तीकला वासुरीको धुन उस्तै अति मिठो गला। २. सत्यको नै जित हुन्छ भन्ने सन्देश कता गयो? फेरि प्रकट हुनु कृष्ण जि सन्सार मैलो भयो । ✍️ इश्वरी अधिकारी, लमजुङ्ग
[७१]
१. दुःख हरण गर्ने तिम्रो काम उत्कृष्ट भन्दछन् संकर्षण हलो जोत्दै कृष्णका नाम त्यै गन्दछन्। २. राधा आराधना गर्छिन् खास रास रचाउँछिन् रासकै रसका थोपा कृष्ण जप्न अचाउँछिन्। ✍️ छत्रपति दाहाल उग्रचण्डी नाला, चुनाताल बनेपा न.पा. ३, काभ्रेपलाञ्चोक
[७२]
१. श्रीकृष्णले दही चोरेर अनेकौं दु:ख दिने गरेका, रासलीला गरेर गोपिनीका बस्त्र समेत हरेका । २. कृष्णजीको लीला छ यहाँ अपरम्पार, यही मार्ग हिड्ने गरौं पाइन्छ नि सार । ✍️ दुर्गा भट्टराई, मोरङ
[७३]
१. फुटाएर हण्डी चुहाए मखनको धारा, चकचके कृष्ण थिए सबैका धेरै प्यारा। २. वनभरी गाईवस्तु सबलाई नचाउँदै, मीठो स्वरमा कृष्णजीले बासुरी बजाउँदै। ✍️ रविन भण्डारी, मोरङ
[७४]
१. हे राधा ! हे कृष्ण ! द्वापरबाट कलियुगमा आउ , यस युगमा बढ्यो अशान्ति कसरी समाउँ पाउ। २. चारैतिर अशान्ती बढ्यो शान्ती कहिले हुन्छ कृष्णा , भुखमरीको नै आगो दन्कियो कहिले मिट्छ तृष्णा। ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
[७५]
१. जन्माष्टमीको दिन आयो दहि केरा पनि खाने , श्रीकृष्णको जन्मदिन सबै व्रत रहन्छ माने। २. म माया गर्छु श्रीकृष्ण भगवानलाई, त्यसैले पनि वर्त बस्छु खाना नखाई। ✍️ कान्छी बिनिता विश्वकर्मा, बाजुरा
[७६] १. आठाै गर्भ रहेको देवकीको साथमा , कृष्णको जन्म भयो अष्टमीको रातमा। २. झट्ट हेर्दा श्याम वर्ण घुम्रिएकाे बाल, हन्डि फोरी मखन खाने चतुरो चाल । ✍️ अम्बिका गिरी, विराटनगर
[७७]
१. हे ! गोबिन्द , गोपाल , मोहन मुरलीधर तिम्रो पुजाआजा हुन्छ सदैव घर घर । २. दुर भाग्छ दु:ख दर्द हाय , बालकृष्णको भजन गाए । ✍️ बिके माकजू , भक्तपुर।
[७८] १, हुँन काले कृष्ण सबैको प्यारो, कृष्ण नभए जगत अँध्यारो। २, कृष्णको वचनले नै मानव चलेका, उनकै बाणीले जगत सबै बलेका । ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
[७९]
१. जब कृष्णले भगवान काे रुप लिएर अाए, पृथ्वीमा धनि गरिव सबैले सुख शान्ति पाए। २. म कृष्ण भगवान मान्छु, पुज्नलाइ मन्दिर जान्छु। ✍️ दीपा मग्राती, चतरा, सुनसरी ।
[८०]
१. कृष्ण काले नक्कलेले मोहनी लगायो प्यारो रैछ ग्वाले कृष्ण हृदय जगायो । २. कृष्ण तिम्रो प्रेम ठूलो साथी बनाउन बंशी धुन सुन्न पाउँ वंशी बजाउन । ✍️ पुष्पासायरा । बिराटनगर ।
उमेश कुशवाहा पर्सा,भादौ १२ / हंड्रेट्स(१००) ग्रुपका अध्यक्ष बिनय गिरीको नेतृत्वमा दरबार होटल बीरगंजको प्राँगमा कार्यक्रम गरी नया सदस्यहरुलाई स्वागत गरिएको छ।
द हंड्रेट्स (100 ) ग्रुप नामक संस्थाले आज एक कार्यक्रम गरी नया सदस्यहरुलाई टिकामाल लगाई स्वागत गरेको मनेजमेट अध्यक्ष आकाश भगत मालीले हिमालयन दृस्टिलाई जानकारी गराएको छन।
नया सदस्यमा ६ जना महिला सहित १२ जना थापिएको छन।
यस संस्थाले कोरोनाको बेला राहत बितरण ,जनचेतना मुलक कार्यक्रम तथा समाजप्रति बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ। स्वागत कार्यक्रममा ग्रुपका अध्यक्ष तथा सदस्यहरुको उपस्थित रहेकोथियो।
काठमाडौं । पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरलजस्तै भयो । उक्त भाइरल भिडियो, भोजपुरी गीतको एउटा छोटो क्लिप हो । जसमा एक युवकले गीतमार्फत नै एउटा फोटो स्टुडियोको विज्ञापन गरिरहेका छन् ।
गीतमा देखिएको भिडियो वीरगन्ज जिल्ला अदालत नजिकको भगवती फोटो स्टुडियोको हो । जसलाई ११ वर्षदेखि स्थानीय युवा सन्तोष कुसाहाले सञ्चालन गरिरहेका छन् ।
सन्तोषले आफ्नो करिब डेढसय स्क्वायर फिटमा रहेको पसललाई ब्रान्डिङ्ग गर्ने उद्देश्यले गीत बनाएका थिए । गीत युट्य्बमा राखेपनि भिडियो बनाएका थिएनन् । त्यहि गीतको सानो क्लिपलाई नजिकका भाईलाई अभिनय गरेको भिडियो बनाउन लगाए । त्यहि भिडियो बनाएपछि टिकटकमा राखेपछि भ्यूज आउन थाल्यो ।
फोटो खिँच्ने, सम्पादन गर्ने, भिडियो सुटिङ तथा मिक्सिङ गर्ने, स्थानीय भोजपूरी भाषाको एल्बम सूटिङ गर्नेदेखि विवाह तथा विभिन्न कार्यक्रमहरुमा फोटो भिडियोको व्यवसायिक सेवा समेत स्टुडियोले दिदैँ आइरहेको छ । सन्तोषले पसलको भाडा मासिक ८ हजार तिर्दै आइरहेका छन् ।
अदालत जस्तो अति व्यस्त क्षेत्रको परिसरमा रहेको सन्तोषको व्यवसाय मज्जाले चल्छ । तर आफ्नो स्टुडियोलाई केही फरक तरिकाले प्रचार गरौं भन्ने हुटहुटी चलेपछि उनले गीतलाई माध्यम बनाए ।
भोजपुरी गीत लेख्दै आएका आफ्ना नजिकका भाई बिक्की कुसुहालाई गीत लेख्न लगाएर उक्त गीतलाई अर्का छिमेकी भाई ब्रिजलाल यादवलाई गाउन लगाए । ६ महिना अगाडी उक्त गित एउटा एल्बम सहित जेबी म्युजिक नामको युट्युब च्यानलमार्फत सार्वजनिक भयो । गीत सबै नजिकका साथीभाईसँग मिलेर गर्दा जम्मा २ हजार खर्च भएको सन्तोष बताउँछन् ।
‘भगवती स्टुडियोमा फोटो खिचवाउ’ बोलको यो गीत ३ मिनेट १४ सेकेण्डको छ । युट्युबमा आउँदा यो गीतबारे कसैलाई थाहा नै थिएन । तर गत साता सन्तोषले उक्त गीतको केही सेकेण्डको क्लिपलाई टिकटकमा राखेपछि सामाजिक सञ्जालमा भाइरल बन्यो ।
टिकटकपछि फेसबुकका ट्रोल पेजमा स्थान पाएको सन्तोषको प्रचार सामाग्रीलाई धेरैले अनेकन प्रतिक्रिया व्यक्त गरेका छन् ।
आफ्नो स्टुडियोको गित एकाएक सामाजिक सञ्जालभरी भाइरल बनेपछि सन्तोष आश्चर्य र हर्षित दुबै छन् ।
‘हामी जस्तो वीरगन्जको एउटा सामान्य स्टुडियोको गीत यसरी सामाजिक सञ्जालभरी भाइरल भइदिदाँ धेरै खुशी लागेको छ,’ सन्तोषले भने । गीत भाइरल बनेपछि दिनमा १५, २० ओटा फोन कलहरु भगवती फोटो स्टुडियोबारे सोध्ने मानिसहरुको आईरहेको उनी सुनाउँछन् ।
जुन प्रयोजनका लागि गीत निकालेको थियो त्यसले सार्थकता पाएको अहिले उनलाई महसुस हुन थालेको छ । सामान्य परिवारका सन्तोष र उनका भाईले विगत ११ वर्षदेखि फोटो स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।
उनको स्टुडियोमा दैनिक ग्राहकहरुको भीड बाक्लिन थालेको छ । यसबाहेक सन्तोषले पछिल्लो समयमा अत्याधुनिक भिडियो सूटिङ प्रविधि ड्रोन समेत प्रयोग गर्न थालेका छन् । उनले ५० हजार देखि एक लाखसम्मका विभिन्न स्थानीय भिडियो तथा फोटो प्रोजेक्टमा काम गरिसकेको बताउँछन् ।
सन्तोष कुसाहा त एक उदाहरण मात्र हुन् । पछिल्लो समय व्यापारिक तथा व्यवसायिक प्रचार प्रयोजनका लागि समेत प्रयोग हुने टिकटकले धेरै साना घरेलु तथा मझौला व्यवसायहरुलाई आफ्नो सेवाको प्रचार प्रसारमा सहयोग पुर्याएको छ । https://www.youtube.com/embed/9aeKjc13vjk?start=70
रियाद साउदीअरब| नेपाल आदीवासी जनजाती महासंघ साउदीको खोबार स्थित क्लासिक रेस्टोरेन्टको सभाहलमा २७ अगस्ट २०२१ का दिन पूनर्गठन भेला सम्पन्न भएको छ । २००५ मा गठन भएको जनजाति महासंघ राष्ट्रीय समन्वय समिति साउदी अरब २०१२ देखी निस्कृय रहेको थियो भने पुनर्गठन भेलाले खेम तमुलाई अध्यक्षमा चयन गरिएको छ। त्यसतै भेलाले वरिष्ठ उपाध्यक्षमा नवराज योन्जन, उपाध्यक्षहरू बसन्त लिम्वु, भिमसरी पुन मगर र लाल बहादुर मगर मनोनित भएको छ। संघको महासचिवमा रोशन कुमार श्रेष्ठ, उप महासचिव रबिन राई, सचिव सुमन सहयात्री योंग्हाङ, सह सचिव मोती चेमजोङ चयन भएको गरिएको छ। त्यसतै चित्र कुमार राई कोषाध्यक्ष, ओम कुमाल सहकोषाध्यक्ष र विजय लामा प्रवक्ताको रूपमा चयन गरेको छ भने सदस्यहरूमा मित्र मणि राई, भिमा लिम्बु, प्रेम ईजम लिम्बु, बल बहादुर कुमाल, दुर्गा आले मगर, अकल प्रधान, अन्जान गुभाजु, राम माया तमाङ, जित मान तमु, मिना तमाङ, राज श्रेष्ठ, भिम बुढा मगर र पुष्पा राई चयन गरिएको छ ।
संघले पुनर्गठन भेला बाट प्रमुख सल्लाहकारहरूमा विरेन्द्र कुमार चौधरी सहित सल्लाहकारहरूमा प्रेम सिंजाली मगर, राजेश सेंदाङ, सुर्य श्रेष्ठ, जयदेव चाम्लिं नारायण गुरूङ र तुलसी गुरूङलाई चयन गरेको छ। खेम तमुको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका श्रम काउन्सेलर जिवन राईको उपस्थिति रहेको थियो भने विशेष अतिथिको रूपमा आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा दूतावासका जनसंपर्क अधिकारी हरी घिमीरे, संघिय लोकतांत्रिक राष्ट्रीय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन रविन राईले गरेको थियो भने चित्र कुमार राईले स्वागत मन्तव्य राखेको थियो।
उदक साहित्य यात्रा नामक फेसबुक पेजको आयोजनामा आयोजित १४ औँ उदक अभ्यास शृङ्खला शुक्रवार सम्पन्न भएको छ ।
काव्य विधाको उपविधाको रूपमा परिचित उदकको विकास र उन्नयनका लागि नियमितरूपमा अभ्यास शृङ्खला सञ्चालन गरिदै आएको उदकका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबार विहानैदेखि अपरान्ह ५ बजेसम्ममा सहभागीहरूलाई दिइएको चित्रको गहन भाव खुल्ने गरि एक/एक वटा उदक लेख्न भनिएको थियो । जसमा ६१ जना उदकयात्रीहरूले सहभागिता जनाउनु भएको थियो । अभ्यास समापन सँगै उदकका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
अभ्यासका लागि दिइएको तस्बिर
तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :
✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️ १ स्वतन्त्रता निश्चल निर्मल जल जमिन आकाश ! ✍️ रमा पन्त, पाल्पा
२ शान्त सुन्दर वातावरण चरा भएर उड्नु ? ✍️ पुष्पा सायरा, विराटनगर
३ वातावरण धमिलो नहोस् एक अर्काको कारण ! ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
४ गाेधूलि समय सार सृष्टिकाे मूल आभाष ! ✍️ राेशन पराजुली, धरान
५ स्वतन्त्रता सुन्दर शान्त हरेक प्राणीको अधिकार ! ✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली
६ व्योम सफा स्वच्छ पक्षीको खुला रजाइँ ! ✍️ अमृता देवकोटा, कैलाली
७ स्वच्छ रमणीय प्रकृति चरीको स्वतन्त्र उडान ! ✍️ सावित्री अधिकारी, काठमाडौँ
८ पंक्षी निर गगन अनुपम सुन्दर वातावरण ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका-१४, दाङ
९ प्रकृति मरुभूमिको तातो सिउँडीका तिखा काँडा ! ✍️ सविता के.सी., काठमाडौँ
१० आकाश स्वन्त्रताको प्रकाश प्रकृति आफैमा कपास ! ✍️ ईश्वरी अधिकारी, लमजुङ
११ आकाश स्वतन्त्र पक्षी आहा! सुन्दर प्रकृति ! ✍️ पवित्रा कुमारी महरा, घोराही, दाङ
१२ पक्षी गोधूलि साँझमा निवासतिर प्रस्थान गर्दै । ✍️ विनय तामाङ, भक्तपुर
१३ भानु तिम्रो आगमन लिएर आशाको किरण ! ✍️ गोपालप्रसाद पौड्याल, विराटनगर
१४ उद्देश्य धर्ती आकाश चरीकाे उडान मृगतृष्णा ! ✍️ मुना दाहाल, ललितपुर
१५ प्रकृती आकर्षक दृश्य पक्षी गगन हिमाल ! ✍️रिता खराल, रुपन्देही
टुक्का साहित्य समाजले नियमित टुक्का लेखन अभ्यास कार्यक्रम शृङ्खला सञ्चालन गर्दै आएको छ ।
टुक्का कविताको विकास र उन्नयनका निम्ति दैनिक, साप्ताहिक र विभिन्न पर्व एवं दिवसको अवसर पारेर टुक्का लेखन अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष एवं टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनुभयो ।
प्रस्तुत छ, शिवशङ्कर शीर्षक अन्तर्गत सृजना गरिएका १० जना टुक्काकारहरूको उत्कृष्ट टुक्काहरू
१. भोला तिमी मलाई विश्वास साँच्न देऊ, आराधना जगाऊँ तिम्रो सदैव छेउँ। २. उस्तै हुदैन यात्रा सोझो सलक्क बग्ने, हुन्छन् कुनै नकारा मान्छे चिनेर ठग्ने। ✍️ पौडेल विमुन्स, पाेखरा ~~~~~~~~~~~~~~~~~~~~~~
१. देवादिदेव महादेव हुन् शिवशङ्कर भोला, जीवन सार्थक पार्न प्रभु दर्शन दिनुहोला । २. त्रिदेवमध्ये एक रूप शिव संहारकर्ता, मानिसको जीवनबाट अनिष्टलाई हर्ता । ३. त्रिपुण्डधारी त्रिपुरारी कैलाश अधिपति, शिवजीको नामले भवसागर तरे कति । ✍️ श्रीकृष्ण शर्मा, पोखरा ~~~~~~~~~~~~~~~~~~~~~~
१. लाग्दछ मलाई रमाइलो शंकरजीको दरबार, दर्शन पाउने इच्छाले छोडेर आयौ त्यो घरबार। २. बग्दछिन् गङगा धर्तीमा तिम्रै शिरबाट झरेर, नागहरू बेरिएछन् गलामा गहना बनेर । ३. बाघको छाला ओछ्याई पलेटी कसेका भोला, मानिस भई बाँच्नलाई कठिन भयो यो चोला। ✍️ तारा घिमिरे, संखुवासभा ~~~~~~~~~~~~~~~~~~~~~~
१. अब कसैले पनि भाङ्ग धतुरा नखाए, नसिलो वस्तु सँग कत्ति साईनो नलाए। २. धर्मको सार बुझौँ, पालौँ आमा बाबा ढाँटी चोरी नगरौँ बनौँ सच्चा खाँबा ३. राम्रो कथालाई सिक अंगालन सबै, नराम्रो बानी ब्यहोरा नराखन कबै। ✍️ सुरेशकुमार पान्डे, दाङ घोराही-१८ ~~~~~~~~~~~~~~~~~~~~~~
१. अनेक रुप धारण गर्ने शिव शंकर भाेला, तिम्रै ध्यानमा लगि रहाेस सारा मानव चाेला। २. शिव शम्भाे महादेव तिमी हाै कैलाश पति, राैद्र रुप नदेखाउनु संसार हुन्छ खती । ✍️ ताराप्रसाद चापागाईं धुनिबेशी नगार पालिका -९, धादिङ ~~~~~~~~~~~~~~~~~~~~~~
१. सनातनीहरू सत्यम् शिवम् सुन्दरम् भन्छन् , ओम नमः शिवाय जप्न मै मस्त रहन्छन्। २. साउन महिनाको अन्तिम सोमबार हो आज, शिवलाई जल अर्पण गर्यो र नमानी लाज। ३. धैर्य-सहनशीलता र अनेकतामा एकताको चित्र, शिव परिवारबाट सिक्नु पर्ने कुरा सिक्यौ के त मित्र? ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग। ~~~~~~~~~~~~~~~~~~~~~~
१. जयजय हे महादेव शिव भोलेबाबा, शिवको नाममा कोही पनि नहूँ है काबा। २. श्रावणको अन्तिम दिन शिव व्रत बसेर, पुजापाठ रमाइलो गरौँ घरमै जमेर । ३. हरि ॐ नम: शिवाय भजौँ सबैले , आफ्नो कर्तव्य नछोडौँ है कसैले । ✍️ बेदु न्यौपाने , काठमाडौ ~~~~~~~~~~~~~~~~~~~~~~
१. मानिसको मरिजाने दुईदिने चाेला, काे पहिले काे पछि निर्णय गर्ने भाेला। २. भाेले बाबा पुकार्छू लगाएर भक्ति , शिव आफैँ मलाई दिनुहाेला शक्ति । ३. कैलाशपति भनिने शिवशङ्कर भाेला, हामी दु:खी भक्तलाई दर्शन दिनुहाेला। ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ~~~~~~~~~~~~~~~~~~~~~~
१. ॐ नम: शिवायःजय: पार्वतीका पति, जप ध्यान नगरेरै बिग्रिएछ मति । २. अात्मैदेखि निरन्तर गरून् नित्य भक्ति, भक्तिभावले प्राप्त हुनेछ दिब्य शक्ति। ३. तेत्तीसकाेटी देवता छन् भुवनमा अाज, सबैभन्दा ठूला शिव एउटै तिम्रो राज । ✍️ रामकृष्ण दुवाडी, पाेखरा । ~~~~~~~~~~~~~~~~~~~~~~
१. पूजन गर्नुछ आज भोलेबाबालाई, उनकै भक्तिमा मन मन्दिर सजाई। २. आयौं हामी भक्त हे नाथ शरणमा छौ आज, सदैव देऊ सत्वुद्धि सप्रोस् हाम्रो समाज । ३. हुन् भगवान् सकलका मात्र एक, तर पुकारिन्छ लिई नाम हरेक । ✍️ दुर्गा भट्टराई , मोरङ
१० भदौ, चितवन । आज अविरल परेको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। मुग्लिन नारायणगढ सडक बिचमा पर्ने भरतपुर महानगरपालिका २९ सेतिदोभानमा अहिले साँझ साढे ८ बजेतिर पहिरो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको हो।
पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर चल्ने सम्पुर्ण सवारी साधनहरुलाई मुग्लिन बजार र रामनगरमा रोक्न सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुर्य मगरले जानकारी दिए। अहिले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा भिषण पानी परिरहेकोले सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन्। इच्छाकामना न्युज.कमले जनाएको छ ।