१९ मंसिर, काठमाडौं । पछिल्ला खेलहरुमा राम्रो स्कोर बनाउन नसकेका कप्तान ज्ञानेन्द्र मल्लले बिहीबार भुटानविरुद्ध शतक प्रहार गरे । १०७ रनमा आउट भएका उनी टी-२० मा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर पनि बनेका छन् ।
१३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा १०० रन बनाएपछि उनले छोरीलाई शतक समर्पण गरेका छन् ।
मल्लका दुई महिनाकी छोरी छिन् । उनले काखमा बच्चा लिएको संकेत गर्दै शतक उनलाई ‘डेडिकेट’ गरेका हुन् । शतक समर्पण पूर्वयोजना हो भन्ने प्रश्नमा उनले भने, ‘९९ रन बनाएपछि शतक हुन्छ भन्ने भयो र यो निर्णय गरेँ ।’
भुटान कमजोर टिम हो । तर त्यसविरुद्ध बनेको शतकले पनि आफूलाई आत्मविश्वास बढाउन मद्दत गर्ने बताए । शतक शतक नै हो । त्यहाँ (मैदानमा) गएर खेल्नुपर्छ, बल हान्नुपर्छ । जस्तो टिम भएपनि बललाई रनमा परिणत गर्नुपर्ने हुन्छ,’ कप्तान मल्ल भन्छन्, ‘अझ राम्रो गर्न बाँकी नै छ ।’
९५ रन बनाएको भुटानलाई अझ कम रनमा समेट्न सक्नुपर्ने उनको जोड थियो । ‘फिल्डिङ, बलिङ अझै अपेक्षा अनुसार भएन । अझ सुधार गर्ने ठाउँहरु छन्,’ उनले भने
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ ।श्रीलङ्का तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पाँच कस्यसहित चौथो, बङ्गलादेश एक स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन । नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो । कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ ।नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात÷सात स्वर्ण जितेको हो । ललितपुरको सातदोबाटोस्थित कराते हलमा आज भएका नौ स्पर्धामा नेपालले सात स्वर्ण र दुई रजत पदक जितेको हो । नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पा¥यो ।पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते । यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते । पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते । यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्पm सात स्वर्ण पदक जितेको छ ।सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको हलमा आज १३ स्वर्णको छिनोफानो भएको थियो । श्रीलङ्काले तीन, भारतले दुई तथा बङ्गलादेशले एक स्वर्ण जित्यो । नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन् । उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन् । यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला समूह पुम्सेतर्पm १७–२९ उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) तथा २३ वर्षमाथिको उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जितेको हो ।यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि आजै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् ।
(चितवन) — धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।
रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । यसअघि भुकम्प प्रभावितहरूका लागि नमुना वस्तीहरू निर्माणको अनुभव बटुलेको फाउण्डेशनले देश विदेशका नेपालीहरूले दिने सहयोगबाट रंगशाला बनाउने महत्वकाक्षी योजना अगाडी सारेको हो । डिपिआर बनेको दुई वर्षभित्र रंगशाला निर्माण सक्ने योजना छ । गएको कात्तिक ६ गते विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक भएको थियो । लगत्तै मैदान निर्माणको काममा संलग्न भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले बताए । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ७० मिटर ब्यास भएको क्रिकेट मैदान तयार हुँदैछ । ‘मैदानको क्षेत्र सम्याउने, पुर्ने काम गरेका छौं । ड्रेनको काम पनि अगाडी बढेको छ’ कट्टेलले भने । इन्जिनियर राजेश थापा मगरले यो कामको रेखदेख गरेका छन् । ‘दुबो राख्ने र पीच बनाउने कामपछि हुन्छ । त्यसको लागि चाहिने संरचनाको काम हामीले गरी रहेका छौं । झण्डै ४० प्रतिशत प्रगति भएको छ,’ इन्जिनियर थापा मगरले भने । झन्डै २० दिनमा यति काम भएको उनले बताए । मैदानको काममा बिहान ६ बजेदेखि रातिसम्म खट्ने गरेको कट्टेलले बताए । फाउन्डेसनले काम सुरु गरेपछि गत जेठमा स्थानीयबीच विवाद हुँदा निर्माण क्षेत्रमा लगाएको जस्ताको अस्थायी बार डोजर चलाएर स्थानीयले भत्काइदिएका थिए । त्यसपछि रंगशाला निर्माण हुने वा नहुने भन्ने बारेमा अन्यौल छाएको थियो । यो घटनापछि आर्थिक संकलन अभियान पनि राम्रोसँग चल्न सकेको छैन । चितवनका स्थानीय तहले रंगशाला निर्माणमा जुट्ने प्रतिवद्धता देखाएपछि फाउन्डेसन साउनदेखि काममा फर्केको थियो । फाउन्डेसन अहिले मैदान निर्माणमा केन्द्रित भएको छ । त्यसपछि प्याराफिट राख्ने संरचना बनाउने र अन्य कामहरूमा लाग्ने योजना छ । फाउन्डेसनले काम सुरु गरे पनि आर्थिक स्रोतको भने अभाव खड्केको छ । तीन अर्बको योजनाका लागि अहिलेसम्म ६ करोड रुपैयाँको हाराहारीमा मात्रै सहयोग घोषणा भएको छ । फाउण्डेशनका अनुसार रकम भने त्योभन्दा पनि कम प्राप्त भएको छ । निर्माण परिसरमै नमुना मैदानअन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलभित्रै फाउन्डेशनले नमुना क्रिकेट मैदान निर्माण गरेको छ । निर्माण पूरा भएका कारण शुक्रबारदेखि खेल सुरु भएको छ । रामपुरमा रहेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका छटौं र सातौं ब्याचका विद्यार्थीबीच ट्वान्टी–२० क्रिकेट प्रतियोगिता नै सम्पन्न भयो । जिल्लामा आयोजना हुने क्रिकेट प्रतियोगिता यही मैदानमा गर्ने योजना बनाएको कट्टेलले बताए । ‘चितवनमा यो जस्तो राम्रो क्रिकेट मैदान अन्यत्र सायदै होला । हामीले जिल्लामा पनि खेल हुने छन् अब यही खेलाउने तयारी गर्दैछौं,’ कट्टेलले भने । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तयार हुँदै गरेको क्रिकेट मैदानभन्दा उत्तर तर्फ नमुना क्रिकेट मैदान छ । गुरुयोजना अनुसार रंगशालाको पार्किङ क्षेत्रमा अहिले नमुना मैदान रहने छ । रंगशाला तयार हुँदै जाँदा त्यो क्षेत्र पार्किङकै लागि प्रयोग हुनेछ ।
१६ मंसिर, अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।
पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।
नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् ।
नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् ।
जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।
रणनीतिअनुसार खेल्यौं र जित्यौं : प्रशिक्षक टमाटा
खेलपछि अनलाइनखबरसँग कुरा गर्दै नेपाली राष्ट्रिय महिला टिम प्रशिक्षक जगत टमाटाले रणनीति अनुसार नै खेलेकोले जित सम्भव भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘जे सोचेका थियौं । त्यही प्लानिङ मुताबिक नै खेल्यौं,’ उनले भने, ‘माल्दिभ्स नयाँ टिम हो । तर, त्यही मौका उठाएर कमभन्दा कम समयमा म्याच प्याक गर्यौं ।’
टमाटाले अञ्जली र काजलले पहिलो म्याचमा उत्कृष्ट खेलेकाले पनि थोरै बलमै जित सम्भव भएको बताए । ‘हुन त खेलमा सबैको भूमिका बराबर हुन्छ । फिल्डिङ, बलिङ सबैले राम्रै गरेका हुन् ।’
१ ओभरमै जित निकालेकाले साग अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा पनि राम्रो सुरुआत भएको टमाटाले बताए । उनले भने, ‘आजको खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे । तर, आउने खेलमा पनि यही स्पिड कायम गर्न जरुरी छ ।’
नेपाली टिम बलियो : माल्दिभ्स
नेपाली टिम माल्दिभ्सभन्दा राम्रो र उत्कृष्ट खेलेकै कारण जितेको माल्दिभ्सकी कप्तान जुना मारियाले प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘नेपाल हामीभन्दा राम्रो टिम हो ।
त्यसमा पनि हाम्रो पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले पनि गाह्रो भएको हो ।’ मारियाले आफूहरु हारभन्दा पनि राम्रो देशसँग खेलको अनुभव लिन पाएकोमा खुसी लागेको बताइन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नेपालले बंगलादेशको सामना गर्ने भएको छ । श्रीलंका र बंगलादेश दुवै टेस्ट मान्यता प्राप्त देश हुन् ।
५ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्मा गरिएको हेरफेर र नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको नयाँ कार्यविभाजन आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।
कान्तिपुृरले ‘ओलीलाई सरकार, दाहाललाई दल’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । एकीकरणको १८ महिनापछि नेकपाका दुई अध्यक्षबीचको कार्यविभाजन कसरी सफल भयो भन्ने जिज्ञासाको जवाफ पनि आज कान्तिपुरले खोजेको छ । स्रोतको हवाला दिँदै कान्तिपुरमा लेखिएको समाचारअनुसार, यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका छ । ‘ओली र दाहालले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो’, घटनाक्रमबारे जानकार नेकपाका एक नेतालाई कोट गर्दै कान्तिपुरले लेखेको छ ।
एक्लाएक्लै विगतमा गरिएका समझदारी कार्यान्वयनमा ओलीले उदासीनता देखाएपछि प्रचण्डले भरपर्दो साक्षी खोजेको र राष्ट्रपतिको रोहवरमा नयाँ कार्यविभाजन गरिएको कान्तिपुर समाचारको निष्कर्ष छ ।
मन्त्रिपरिषद्मा थपिएका नयाँ अनुहारबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक समाचार बनाएको छ ।
कालापानी क्षेत्रका बासिन्दाले १९९५ मै तत्कालीन नेपाल सरकार मातहतका निकाय–व्यक्तिलाई बसोबासको तिरो तिरेको तथ्य पनि कान्तिपुरले आज उजागर गरेको छ । समाचार अनुसार तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।
खोजीका क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको र भूमिसुधार मन्त्रालयले केही वर्षअघि अभिलेखालयलाई बुझाएको समाचारमा उल्लेख छ ।
राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगले कान्तिपुरसँग बताएअनुसार, १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पसाको तिरो बुझाएको प्रमाण भेटिएको जनाएको छ । त्यसमा हाल भारतीय पक्षबाट अतिक्रमित गुञ्जी (कुञ्जी) का बासिन्दाले पनि तिरो बुझाएको सूची देखिन्छ । तिरो प्रमाणमा हाल भारततर्फ पारिएका नावी र कुटी गाउँका बासिन्दाको नामसमेत उल्लेखख छ । तिरोस्वरुप केही बासिन्दाले मानापानी अन्न र केहीले पसा बुझाएको प्रमाण देखिन्छ ।
अन्नपूर्णले ‘दाहाल कार्यकारी’ शीर्षकमा सत्तारू नेकपाले शक्ति संघर्षमा रहेका पार्टीकाजोर पाइलट प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजन टुंगिएको छ । अन्नपूर्णले ओली र प्रचण्डको राजनीतिक यात्राबारे पनि चर्चा गरेको छ ।
नागरिकले मन्त्रिपरिषद् पुनर्गठन, नेकपा अध्यक्षद्वयको कार्यविभाजनसँगै नेपालबाट हराएको मूर्ति अमेरिकामा भेटेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रले द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव भएको लेखेको छ ।
नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुवेलस्थित कुकजोन रेस्टुरेण्टमा नोभेम्बर ८ शुक्रबार भएको हो ।
कार्यक्रमका अतिथि साउदी घेदुङका उपाध्यक्ष शम्सेर तामाङ समुदायभित्र संस्कृति प्रशिक्षण अनिवार्य भएको बताए । विश्वभरि छरिएर रहेका तामाङ समुदायको भौगोलिक रुपमा अलगअलग संस्कृति छ, उनले भने । घेदुङका प्रवास शाखाहरुले तत्काल गर्नुपर्ने कामहरू भनेको नेतृत्व विकास, भाषा, धर्म, लिपी लगायलाई एकरुपता गराउनु हो, उपाध्यक्ष शम्सेरले भने ।
घेदुङका सदस्य फुर्वा पाख्रिनले स्वागत मन्तव्यका क्रममा प्रवासमा व्यस्तताका बाबजुद समेत उपस्थिति भएर उर्जा दिलाएकोमा धन्यवाद दिदै घेदुङलाई बृहत बनाउन पदाधिकारीहरुले जिम्मेवारीबोध गर्नुपर्ने बताए ।
समारोहमा अतिथि जिफण्ट सहयोग समूह साउदीका बरिस्ठ उपाध्यक्ष राईले मन्तव्यका क्रममा पूर्वी क्षेत्रका घेदुङले छोटो समयमा छलाङ मारेको बताए । उपाध्यक्ष राईले जिफण्ट साउदीले श्रमिकहरुका मुद्दामा घेदुङसँग सहकार्य गरेर जाने बताए ।
कार्यक्रमका सभापति विजय तामाङले प्रशिक्षण कार्यक्रम सोचेभन्दा सफल भएको बताउँदै आगामी कार्यक्रमहरुमा यसरी नै उत्साहित रूपले साउदीको पूर्वी क्षेत्रमा रहेका सम्पूर्ण तामाङहरुलाई घेदुङको छातामुनि ल्याउनुपर्ने दायित्व बढेको बताए ।
त्यसैगरी घेदुङका सदस्यहरू हिरा बम्जन, अस्मिता तामाङ, बृखराम तामाङ, कल्पना तामाङ, रञ्जु तामाङ, अर्जुन तामाङ, जीतबहादुर गोले लगायतले मन्तव्यका क्रममा घेदुङको क्षेत्रीय समितिले छोटो समयमा धेरै सचेतना मुलुक कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । वक्ताहरुले घेदुङलाई अझ बृहत बनाउन पदाधिकारीहरुले विशेष भूमिका खेल्नुपर्ने औल्याए ।
कार्यक्रममा घेदुङकी क्षेत्रीय सल्लाहकार राममाया मोक्तानले फापरे र सदस्य जीतबहादुर गोलेले चौतारी भाकाको गीत प्रस्तुत गरेको थियो । त्यसैगरी घेदुङकी उपाध्यक्ष पुतली तामाङ सदस्यहरू डोल्मा तामाङ, रञ्जु तामाङ, मुस्कान तामाङ, कमली तामाङ, अर्जुन तामाङ लगायतले तामाङ गीतहरुमा बेजोड प्रस्तुति गरेको थियो ।
नेपालको पश्चिमेली तामाङहरुमा विशेष गरेर रसुवा, धादिङ, नुवाकोट लगायका जिल्लामा म्हेन्दोमाया, मानेदोरा, साईकोले लगायतका गीत तथा नृत्य चर्चित छन् । त्यसैगरी पूर्वका तामाङ समुदाय विशेष गरेर दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, सिन्धुली लगायतमा फाफरे, सेलो, डाम्फु लगायत गीतहरू चर्चामा रहने गर्छ ।
घेदुङका कोषाध्यक्ष लालबहादुर लामाले कार्यक्रम सञ्चालन गरेको थियो ।
अमेरिका : अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा ल्याएका छन्। न्यूयोर्कमा नेपालीले अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा ल्याएका हुन्।
करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो।
बैंक संचालनमा आएपछि यहाँ रहेका नेपालीलाई उद्यमशील बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ। अमेरिकामा शाखाखोल्ने लक्ष्य सहितक्रेडिट समिति, सुपरीवेक्षण समितिलगायत विभिन्न उपसमितिसमेत बनाएर काम गरिरहेका छौं, कार्य समितिका सचिव अन्जन श्रेष्ठले भने, ‘यस बैंकको मुख्यलक्ष्य नेपालीलाई नै धनी बनाउनु हो।’
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति कोषाध्यक्ष विराज रिजालले अमेरिकामा रहेका सबै नेपालीलाई शेयर किनेर बैंक धनी बन्न सुझाएका छन्। यो बैंकको शेयर किन्नु भनेको यस बैंकको धनी बन्नु हो, अनि डिभिडेन्टका लागि भागिदार हुनु हो। प्रमुख कार्यकारी अधिकृत रिजालले बैंकले अहिले १० हजार डलर बराबर व्यक्तिगत ऋण उपलब्ध गराई रहेको जानकारी समेत दिएका छन्।
यस बैंकमा खाता हुने सदस्यले मात्रै कर्जा र अन्य कारोबार गर्न पाउनेछन्। अहिले करिव दुई सय सदस्यबाट तीन हजार डलरका दरले शेयर उठाइएको छ। बैंकले नेपाली समुदायबाट एक सय मिलियन डलर जम्मागर्ने र सोही अनुसारको कारोबार गर्ने लक्ष्य लिएको छ। अहिले प्रति शेयर २५ डलरका दरले बिक्री भइसकेको छ।