• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ८४

  • १२ असार २०८१, मंगलवार ०७:४३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चौरासीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८१/०३/०६गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८४[चौरासीऔं]  चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~
    पञ्चाङ्ग:०१
    हात्ती हाे कि फूल हाे मलाई थाहा भएन।
    किन हाे किन त्याे कतै बाट आहा भएन।
    प्राकृतिक  जस्ताे  छदै  छैन  है  हेर्दामा,
    हेर्नलाई   कुनै   मन देखि   चाहा भएन।
    कसैले   लिएर   गए  पनि  डाहा भएन।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    हेर्दा देखिन्छ बडेमान हात्तीको भान छ।
    दायाँबायाँ तर्फ हेर्दा सेता ठुला कान छ।
    देखिन्छ टाउको बीच भागमा लामो सुँढ,
    दुबै  पट्टी  पहेँलो  रातो फूलको सान छ।
    शरीर  हरियो  जरा  लहरा  को  टान छ।
           ✍️
               बेदु न्यौपाने 🌹🌹
    पञ्चाङ्ग:०३
    ठूलो  छ  हात्ती  जिउ  र ज्यान कसरी पाल्दो हो
    घाँस  र  पात  खानमा  ध्यान  कसरी  हाल्दो हो
    साग  र   सब्जी   मिलाइ   बन्यो   भर्खर  भर्खरै
    होला र कस्तो चङ्ख की प्यान कसरी भाल्दो हो
    नयाँ छ हात्ती नौलो त्यो छ्यान कसरी चाल्दो हो।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०४
    नाङ्ला जस्तो ठूला कान गणेशजी
    हरियो   लराको   तान   गणेशजी
    हेर्ने  दृष्टि  राम्रो  भए  राम्रै  हुन्छ ,
    भगवान  सर्वमान  गणेशजी
    शिव पार्वतीको  सान  गणेशजी ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५

    हात्तीलाई गणेश भगवान मानिएको रुप हो,
    पहिलो पुजा गर्दा खेरि सधैँ बानिएको रुप हो।
    नित्य पुजा गर्दा जहिले पनि आराधना गरिन्छ,
    युगौँ युग देखि चलि हामीले जानिएको रूप हो,
    संस्कारको हरेक क्षण क्षण धानिएको रुप हो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    हेर्दा बिरुवामा हात्तीको भान हुन्छ
    गणेशको प्रतीकको त्यो सान हुन्छ
    कस्तो विचित्र देखियो गणेश चित्र
    जहाँ छन् नि  ईश्वर त्यहाँ मान हुन्छ,
    ईश्वरको नाममा दिऊ, दान हुन्छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    आहा ! णेशकाे मुर्ति देख्छु ।
    फूलहरुकाे  त पूर्ति  देख्छु ।
    छ  सजिएको  राम्रोसँग  है,
    कलाकारकाे त्यो फूर्ती देख्छु
    धाक  दिने  उही  सुर्ती देख्छु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०८
    हात्ती होस् कि भुसुना संसारमा पेट कसैको खाली हुदैन
    यो सुन्दर बगैंचा मानवकै हो यहाँ अरु माली हुदैन
    कति सुन्दर रुप देखाई मुस्कुराउँदैछ प्रकृति  हेर
    रिसाउँदा नि सुवास दिन्छ उसको मुखमा गाली हुदैन
    प्रकृतिले सबैलाई बचाउँछ मान्छे जस्तो जाली हुदैन
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    गणेश  नाम  रहेछ  उसको।
    ठगाहा  काम  रहेछ उसको।
    ज्यान भने मत्ता हात्तीको जस्तो,
    दिमाग  जाम  रहेछ  उसको।
    कथामा  चाम  रहेछ  उसको ।

    प्रभा पोखरेल
    अमेरिका
    पञ्चाङ्ग:१०
    देख्दा खेरि हात्तीको भान हुन्छ।
    लाग्दैछ   गणेशकाे   थान  हुन्छ
    प्राकृतिक  भन्दा   कृत्रिम   तिर,
    फुलबुटा    भर्नेको    मान हुन्छ।
    मनुष्यको     दैनिक  शान हुन्छ।
    ह्यारिस

    पञ्चाङ्ग: ११
    देख्दा पनि अनौठो लाग्छ आजकल
    चित्र हेर्दा खुल्दुली जाग्छ आजकल
    के के बाट बन्छ्न् हो चित्र बन्न पनि
    हेर्दैमा  चिन्ता  दूर  भाग्छ आजकल
    समयले  के के हो  माग्छ  आजकल ।
    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभवLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ८४

    नमस्ते आधुनिक लघुकथा मञ्चको छैटौँ वार्षिकोत्सव, १२ जना व्यक्ति तथा संस्थाद्वारा प्रायोजन

  • ११ असार २०८१, सोमबार २१:४७ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले विभिन्न कार्यहरू गर्दै आफ्नो छैटौँ वार्षिकोत्सव यही २०८१ साल असार ९ र १० गते मनाइरहेको छ । उक्त कार्यक्रममा वरिष्ठदेखि कनिष्ठ सर्जकहरूलाई अभिनन्दन, पुरस्कार तथा सम्मान घोषणा लगायतका कार्यहरू भइरहेका छन् ।

    उक्त वार्षिकोत्सव कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले प्रायोजन गर्नुभएको थियोे । प्रायोजन गर्नेहरू तपसिल बमोजिम रहनुभएको छ ।

    तपसिल-

    • १. श्री हिमालयन अर्गानिक चिया, राप्ती न.पा.- ८ चितवन (घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’)
    • २. श्री यमुना प्रधानाङ्ग ‘मुना’, वीरगन्ज म.न.पा.- ६, मीनाबजार, पर्सा । हाल- भक्तपुर काठमाडौँ ।
    • ३. श्री वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
    • ४. श्री मीठू कुमारी पाठक, राप्ती न.पा.- ८ चितवन
    • ५. श्री श्रीकृष्ण पौडेल, माछापुच्छ्रे गा.पा.- ६, धिताल, कास्की ।
    • ६. श्री अनुग्रह रानामगर ‘पुष्प’, पाँचखपन न.पा.- ६ सखुवा, मगरगाउँ ।
    • ७. श्री सरिता उप्रेती, राप्ती न.पा.- ७ चितवन
    • ८. श्री दीपक खड्का, भरतपुर म.न.पा.- ११, चितवन
    • ९. श्री अमरनाथ साह, कलैया, बारा । हाल अमेरिका
    • १०. श्री देवी परियार, राप्ती न.पा.- ८, चितवन
    • ११. श्री राजु उपाध्याय, भरतपुर म.न.पा.- ११, विशाल चोक, चितवन
    • १२. श्री कलावती गिरी, खैरहनी न.पा.- ८, चितवन

    मञ्चले प्रायोजन गर्नुहुने सबै व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गरेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on नमस्ते आधुनिक लघुकथा मञ्चको छैटौँ वार्षिकोत्सव, १२ जना व्यक्ति तथा संस्थाद्वारा प्रायोजन

    प्राविधिकद्वय प्रधानाङ्ग र बडाललाई ‘वर्ष प्राविधिक सारथि सम्मान-२०८१’ प्रदान

  • ११ असार २०८१, सोमबार २०:०३ मा प्रकाशित
  • प्राविधिकद्वय अमित प्रधानाङ्ग र आयुष बडाललाई वर्ष प्राविधिक सारथि सम्मान-२०८१ प्रदान गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान गरेको हो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष एवम् आधिकारिक वाचक यमुना प्रधानाङ्ग ‘मुना’ले फेसबुक लाइभ गरेर लघुकथा वाचन गर्दा प्राविधिक सहयोग गरेर लघुकथाको उन्नयनमा सहयोग पुर्‍याएको हुँदा उक्त सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

    त्यस्तै नमस्ते आधुनिक लघुकथा मञ्चको एकल लघुकथा वाचन कार्यक्रमकी वाचक प्रतीक्षा पौडेलको लघुकथा वाचन कार्यक्रममा प्राविधिक सहयोग गरेर लघुकथा उन्नयनमा सहयोग गरेवापत आयुष बडाललाई सम्मान गरिएको थियोे ।

    उपाध्यक्ष एवम् आधिकारिक वाचक यमुना प्रधानाङ्ग ‘मुना’ले फेसबुक लाइभ गरेर लघुकथा वाचन गर्दा प्राविधिक सहयोग गरेर लघुकथाको उन्नयनमा सहयोग पुर्‍याएको हुँदा उक्त सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on प्राविधिकद्वय प्रधानाङ्ग र बडाललाई ‘वर्ष प्राविधिक सारथि सम्मान-२०८१’ प्रदान

    मातृभाषी लघुकथाकार राईलाई ‘वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान’ प्रदान

  • ११ असार २०८१, सोमबार १९:२३ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान २०८१ बाट मातृभाषी लघुकथाकार म्यामराज राईलाई प्रदान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर राईलाई सम्मानित गरेको हो ।

    स्रष्टा राईले पछिल्लो समय बान्तवा (राई) भाषामा लघुकथा सिर्जना गर्ने, नेपाली भाषामा लेखिएका लघुकथाहरूलाई बान्तवा ( राई ) भाषामा अनुवाद गर्दै संस्थाको फेसबुक समूहमा निरन्तर रूपमा प्रेषण गरिरहनुभएको छ ।

    आफ्नो स्थापनाकालदेखिनै संस्थाले राष्ट्रभाषाका साथै मातृभाषाको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ र मातृभाषी लेखकहरूलाई प्रोत्साहन र सम्मान पनि गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस वर्षको ‘वर्ष मातृभाषी लघुकथा सम्मान’बाट राईलाई सम्मानित गरिएको मञ्चले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged म्यामराज राई, वसन्त अनुभवLeave a Comment on मातृभाषी लघुकथाकार राईलाई ‘वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान’ प्रदान

    रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’

  • ११ असार २०८१, सोमबार १७:०८ मा प्रकाशित
  • बडिगाड गा. पा.-२, खर्बाङ, बागलुङमा अवस्थित रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र सोही रेडियोमा कार्यरत समाचारवाचक एवम् प्राविधिक सारथि अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’ सम्मानबाट सम्मानित हुनुभएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उहाँहरूलाई सम्मान गरेको हो ।

    रेडियो सारथिलाई निरन्तर लघुकथा वाचन र रेडियो तरङ्गबाट लघुकथा विशेष कार्यक्रम ‘लघुकथा आँगन’ प्रसारण गर्नकालागि स्थान उपलब्ध गराएवापत र उक्त रेडियोमा कार्यरत प्राविधिक अनिष पाठकलाई उक्त कार्यक्रममा निरन्तर प्राविधिक संयोजन गरेर योगदान दिनुभएवापत उक्त सम्मानद्वारा सम्मानित गरिएको मञ्चले जनाएको छ ।

    लघुकथा विशेष रेडियो कार्यक्रम ‘लघुकथा आँगन’को सञ्चालन सञ्चारकर्मी एवम् मञ्चका आधिकारिक लघुकथा वाचक कमल पौडेलले गर्दै आउनुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’

    वर्ष स्तम्भकार सम्मानबाट वसन्त अनुभव र वर्ष उत्कृष्ट पत्रिका सम्मानबाट हिमालयन दृष्टि सम्मानित

  • ११ असार २०८१, सोमबार १६:१४ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष स्तम्भकार सम्मा, २०८१’बाट स्तम्भकार वसन्त अनुभवलाई र ।
    ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१ बाट ‘हिमालयन दृष्टि मिडिया प्रा. लि.’लाई सम्मान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानबाट सम्मानित गरेको हो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथाहरू छानेर स्तम्भकार वसन्त अनुभवले ‘साताका तीन लघुकथा’ स्तम्भ हिमालयन दृष्टि अनलाइन पत्रिकामा निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । पत्रकारिताको माध्यमबाट उहाँले लघुकथाको उन्नयन र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

    मञ्चका सचिव समेत रहनुभएका अनुभवले लघुकथाको लेखन, सम्पादनका अलावा कथा, कविता, मुक्तक, निबन्ध, गीत, गजल, झिल्का, टुक्का, उदक, पञ्चाङ्ग, चारु लगायत विविध विधामा कलम चलाउने गर्नुहुन्छ । अनुभव विभिन्न संस्थाहरूका कार्यसमितिमा रहेर कार्य गर्दै आउनुभएको छ । उहाँ झिल्का कविताको प्रवर्तक एवम् झिल्का साहित्य समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

    त्यस्तै लघुकथालाई लगातार वर्षभरि समाजमा फैल्याउनका लागि स्तम्भ प्रदान गरेर योगदान पुर्‍याएकोमा हिमालयन दृष्टि अनलाइन पत्रिकालाई पनि ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१’ द्वारा सम्मान गरिएको छ । “साताका तीन लघुकथा” स्तम्भ विगत लामो समयदेखि यसै पत्रिकामार्फत सञ्चालन हुँदै आइरहेको छ, जसको सञ्चालन वसन्त अनुभवले गर्दै आउनुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव1 Comment on वर्ष स्तम्भकार सम्मानबाट वसन्त अनुभव र वर्ष उत्कृष्ट पत्रिका सम्मानबाट हिमालयन दृष्टि सम्मानित

    ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा लाेहनी र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन; चालिसेलाई ‘आदर्श लघुकथा सर्जक सम्मान’

  • ११ असार २०८१, सोमबार ०९:२१ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गर्ने भएको छ । त्यस्तै ‘आदर्श लघुकथा सर्जक सम्मान” द्वारा साहित्यकार एवम् समालोचक डा. विदुर चालिसेलाई सम्मान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक उक्त कुरा घोषणा गरेको हो

    नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स. २०८१ सालका लागि लामाे समयदेखि समालाेचना एवं साहित्यका विभिन्न विधा तथा उपविधामा आजीवन साधनारत रही आख्यानकाे छाेटाे आख्यात्मक संरचनाका रूपमा कथा-कुथुङ्ग्री समेतकाे सिर्जनामार्फत नेपाली साहित्यमा पुर्याउनुभएकाे याेगदानका लागि वरिष्ठ साहित्यकार एवं कथा-कुथुङ्ग्रीका रचनाकार श्री पुष्कर लाेहनीलाई “कथा-कुथुङ्ग्री सिर्जना नायक”को रूपमा अभिनन्दन गर्न लागेको हो ।

    त्यस्तै नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा लेखनमा विशिष्ट याेगदान गर्नुभएका वरिष्ठ लघुकथाकर श्री ध्रुव मधिकर्मीलाई “अविश्रान्त लघुकथा साधक” का रूपमा अभिनन्दन गरिने भएकाे छ ।

    साथै कविता, समालाेचना, भाषाविज्ञान एवं लघुकथाकाे समेत रचना गरी विभिन्न विधा एवम् उपविधासहित उपविधागत बृहत्तर आकारकाे “शताब्दम् महाशक्ति” लघुकथा महासङ्ग्रह जस्ताे एक आदर्श कृतिकाे सृजनामार्फत नेपाली साहित्यमा पुर्‍याउनुभएको विशिष्ट योगदानका लागि भाषाविद् एवम् वरिष्ट साहित्यकार डा. विदुर चालिसेलाई “आदर्श लघुकथा सर्जक” सम्मान प्रदान गरिने भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव2 Comments on ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा लाेहनी र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन; चालिसेलाई ‘आदर्श लघुकथा सर्जक सम्मान’

    ‘पहिरो’लाई लघुकथालय पुरस्कार

  • ११ असार २०८१, सोमबार ०७:२० मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार ललिता दोषीको लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरेको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको दोस्रो दिन अर्थात् असार १० गते उक्त पुरस्कारको घोषणा गरेको हो ।

    २०८० सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गरिएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘पहिरो’ लाई छ्नोट गरेको थियोे ।


    २०८० सालमा स्थापित उक्त पुरस्कारको रकम ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ । गतवर्ष उक्त पुरस्कार लघुकथाकार शेखर कुमार श्रेष्ठकृत लघुकथा सङ्ग्रह ‘बोकाको खुसी’ लाई प्रदान गरिएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on ‘पहिरो’लाई लघुकथालय पुरस्कार

    वर्ष लघुकथा सर्जक एवम् पाठकमा पाण्डे र वर्ष उत्कृष्ट वाचकमा काफ्ले सम्मानित

  • ११ असार २०८१, सोमबार ०६:५२ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा सर्जक, २०८१’ एवम् ‘वर्ष पाठक, २०८१’ बाट लघुकथाकार सुरेशकुमार पाण्डेलाई र ‘वर्ष उत्कृष्ट लघुकथा वाचक, २०८१’ बाट सञ्चारकर्मी विवेक काफ्लेलाई सम्मान गरेको छ । आफ्नो छैटौँ वार्षिकोत्सव अवसर पारेर २०८१ असार ९ गते मञ्चले घोषणा गरेको हो । मञ्चले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, सम्मान एवम् प्रशंसा पत्र प्रदान गर्दै आइरहेको छ ।

    वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथाकारहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको छ । यस वर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डे प्रथम हुन सफल हुनुभएकोले उहाँलाई नगद रु.७०००/- सहित ‘वर्ष लघुकथा सर्जक २०८१’ द्वारा सम्मान गरिएको हो ।

    त्यस्तै मञ्चको भित्तोमा प्रेषित लघुकथाहरू पढेर सबैभन्दा धेरै प्रतिक्रिया दिनेहरू मध्ये पनि लघुकथाकार श्री सुरेशकुमार पाण्डे नै प्रथम हुनुभएको हुँदा उहाँलाई ‘वर्ष पाठक २०८१’ बाट पनि सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि ४०००/- रहेको छ ।

    त्यस्तै मञ्चले वर्षभरि मञ्चका लघुकथाहरू वाचन गरेर लघुकथाको उन्नयन र प्रवर्द्धनमा सघाउने लघुकथा वाचकहरू मध्ये पनि वर्ष उत्कृष्ट वाचक छानेर हरेक वर्ष नगद पुरस्कार सहित सम्मान गर्दै आएको छ । यस वर्षको वर्ष उत्कृष्ट वाचकको रूपमा हरेक साता लघुकथाहरू वाचन गरी मञ्चको आधिकारिक फेसबुक पेज र रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको रेडियो तरङ्गबाट प्रसारण गर्नुहुने सञ्चारकर्मी एवम् आधिकारिक लघुकथा वाचक श्री विवेक काफ्लेलाई नगद रु ५०००/- सहित ‘वर्ष उत्कृष्ट वाचक २०८१’ बाट सम्मान गरिएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on वर्ष लघुकथा सर्जक एवम् पाठकमा पाण्डे र वर्ष उत्कृष्ट वाचकमा काफ्ले सम्मानित

    पौडेल र घलेलाई हेमलता स्मृति लघुकथा सम्मान प्रदान

  • १० असार २०८१, आईतवार ००:१० मा प्रकाशित
  • युवा लघुकथाकारद्वय प्रभादेवी पौडेल र राजन ग्याल्दाङ् ‘बुद्धिसिङ’ घले ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८१’ बाट सम्मानित हुनुभएको छ । आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।

    कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहन गर्न प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।

    ५५ वर्ष मुनिका एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका दुई वर्षमा दुई पुरुष तथा दुई महिला गरी ४ सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभवLeave a Comment on पौडेल र घलेलाई हेमलता स्मृति लघुकथा सम्मान प्रदान

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P