• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साताका तीन लघुकथा

  • २५ भाद्र २०७९, शनिबार ०८:५५ मा प्रकाशित
  • ‘साताका तीन लघुकथा’को अठारौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (विष, सौभाग्य र अनपेक्षित प्रश्न) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : विष

    ✍️ नन्दलाल आचार्य
    ‘म जान्न भन्दाभन्दै जान बाध्य पार्नुभयो, आमा !’ दीपकले घरबाट छुट्टिने बेलामा आमासँग भनेको थियो ।

    ‘तेरा बाबु त जाँडमा हराइरहेका छन् । तँ पनि लुकिछिपी हराउन थालिस् र पो ।’ यसो भन्दै आमाले गहभरि आँसु बनाइन् ।

    आमाले भएको एक्लो छोरालाई पराइ मुलुकमा पठाउने दुईटा काइदा थिए– पहिलो, दीपकले पढ्न छाड्यो । दोस्रो उसका दौंतरीलाई भाँड्यो भन्ने व्यापक गुनासो थियो । अमिलो मन बनाएर दीपकका पाइला अघि बढे ।

    उसको मनमा मन्द विष फैलिरहेको थियो । ‘दीपकले दौतरी भाँड्यो’ भन्ने उक्तिलाई ऊ हरदम सम्झन्थ्यो । उसले निकै मेहनत गर्यो । कृषिफर्मको नोकरीमा उसले काम मात्र गरेन सीप पनि सिक्यो ।

    दीपकले जीवनमा कहिल्यै नसिकेको र सिक्ने कल्पना पनि नगरेको कुरा सिक्यो । आफू विदेश आउँदा लागेको ऋण चुक्ता गरिदियो । त्यसपछि एक पैसा पठाएन ।

    ‘सन्तान बढेर सुख देलान् भनेको आफैँ कमाएर एक्लै कुपुकुपु हसुर्दा रहेछन् ।’ दीपकको पैसा नपठाउने बानीलाई कटाक्ष गर्दै एक छिमेकी भने ।

    अर्का छिमेकीले सिधै थपे; ‘दीपके जस्तो पाखण्डी छोरो त कसैको नजन्मियोस् ।’

    ‘म पैसा दिन्छु तर अहिले असमर्थ छु ।’ बाबुआमालाई दीपक हरदम यसै भन्दै थप्थ्यो; ‘भीडको पछि लागेर मलाई नसराप्नु । तपाईंहरूको छोरो मान्छे बन्न गइरहेको छ ।’

    नभन्दै आठ वर्षपछि दीपक घर फिर्यो तर सुको देखाएन । यस पटक सबैले उसलाई हकारे । पैसा कहाँ उडाइस् र किन भनेर कारण सोधे ।

    उसले भन्यो; ‘मैले कमाएको पैसा अरू पैसा तान्न गएको छ । फर्कनासाथ ब्याजसहित फर्काउँछु ।’

    सुन्नेले ओठ लेप्र्याए ।

    तीन महिनापछि बाबुआमाको नाममा ‘विष्णु+भगवती’ कृषिफर्म खुल्यो । अहिले सात जनालाई रोजगार र मासिक डेढ लाख आम्दानी गर्न थाल्यो फर्मबाट ।

    पहिले बद्ख्वाइँ गर्नेहरू अहिले दीपक स्तुति गाएर थाक्दैनन् । दीपक भने त्यस क्रियाकलापलाई समेत अधोगति यात्राको मन्द विष सझिरहेछ ।

    • सिर्जनाकुटी, सिरहा ।

    [२] लघुकथा : सौभाग्य

    ✍️ राज कुमार कार्की
    महिमा दैनिक कार्यालय जाँदा टाइट पेन्ट टिसर्ट लगाएर जान्थिन् । उनका श्रीमान् महेश भन्थे, “तिमी साधारण पोसाकमा हिड्ने गर । सौभाग्यमा सजिने गर । यो तिम्रो सुरक्षाको लागि भनेको…….!”

    “भयो, भयो ! म सत्य युगकी नारी हैन्; घुम्टोमा मुन्टो लुकाउने ।” झर्किदै महेशलाई आँखा तरिन् । महेश दिक्क मानेर चुप हुन्थे।

    महिमा प्रायः नयाँ नयाँ जिन्स पेन्ट र टिसर्टमा सजिएर काममा जान्थिन् । यसरी जाँदा आउँदा बाटोभरि सुसेल्ने, अश्लील शब्दको प्रयोग, छेडछाड गर्ने, टाँसिन खोज्ने जस्ता अनेक गिद्धे हर्कत भोग्नु पर्थ्यो ।

    एकचोटि ढोकामा उभिएर भान्से बज्यै महिमातिर हेरेर भन्दै थिइन्, “सारी चोलोमा नानीलाई कस्तो देखिन्थ्यो होला ?” महिमा केही नबोली कोठाभित्र पसिन् ।

    महेश काममा गइसकेका थिए । महिमा पनि आज सारी चोलो र सिन्दुर पोतेमा सजिएर काममा हिँडिन् । आज बाटो शून्य थियो । महिमा अगाडि बढिसकेकी थिईन्, पछाडिबाट आवाज आयो, “यार विवाहित पो रहिछ । जिस्काउनु हुन्न ।”

    महिमा घर आएर ऐना अगाडि उभिएर शिरदेखि पाउसम्म आफूलाई नियालिन् ऐनामा अनि आफैँलाई चुम्दै ,”वाउ ! मेरो सौभाग्य” भन्दै मस्किइन् ।

    [३] लघुकथा : अनपेक्षित प्रश्न

    ✍️ मिसु श्रेष्ठ
    विद्यालयदेखिकै नजिककी साथी मानवी । लामो समयको अन्तरालमा सामाजिक सञ्जालले नजिक पार्यो । उनको सामाजिक सेवाप्रतिको लगावले म प्रभावित भएँ । रुचि मिलेकोले हाम्रो मित्रता प्रगाढ बन्यो । उनको सामाजिक गतिविधिका फोटो, भिडियो लाइक र कमेन्ट गर्ने म नै पहिलो व्यक्ति थिएँ ।
    केही समयदेखि उनलाई कतै देख्न नपाउँदा खिन्न थिएँ । फोन गर्न त सक्थेँ तर ….।

    फेसबुक नोटिफिकेशनले उनको स्टाटस अपडेटको जानकारी दियो । तीजका विभिन्न स्थान र समयका तस्बिर/ भिडियोहरू थिए । लाइक गरेँ । शुभकामना दिएँ । अनलाइन देखेर प्रश्न राखेँ,- “समाजसेवी मानवीको रङ्गीन गतिविधि उचित हो त ?”

    “नेपाली हिन्दु नारी हुनुको नाताले तीजका गतिविधिमा सामेल हुनु अनुचित हो र ?”

    “तीज आउनु कता कता … थरीथरीका साडी, खानपिन, भड्किलो नाच अति भएन र ?”

    “टीका, पोते, चुरा, साडी भड्किलो हो र ? के अङ्ग प्रदर्शन छ र त्यहाँ ? फेरि, दुई चार हजारको खाना खर्च र बाह्र महिनामा दुई चार दिन रमाइलो गर्नु अति हो र ?”

    उनी रिसाए झैँ लागेर हत्तपत्त बोले,- “होइन्, होइन् ! जिस्केको मात्र हो नि !”
    “हेर न सामाजिक सञ्जालमा पनि नाना आलोचनाहरूको ओइरो छन् । सधैँ घर र कार्यालयमा व्यस्त नारी तिजको बहानाले साथीहरूसँग भेटघाट गर्नु अन्यथा हुन्छ र ? यी सब नारीलाई चुल्हो र चौकामा मात्र देख्न चाहने पुरुष मानसिकताको उपज हो ।” उनको बोलीमा रुष्टता थियोे ।

    “ठिक छ त ! झन् राम्रा राम्रा फोटो हेर्न पाइएको छ ।” मैले सम्बन्ध बिग्रन नदिने कोसिस गरेँ ।
    “साथी ! तिमीले वर्षभरिमा रमाइलो गर्दा कति खर्च गर्यौ, लेखाजोखा छ त ? उताबाट रुखो स्वर सुनिँदै थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री कृष्ण सुदामाका उत्कृष्ट उदकहरू

  • २५ भाद्र २०७९, शनिबार ०७:४८ मा प्रकाशित
  • १.
    प्रेम
    पवित्र बन्धन
    जीवनदायी अमृत घडा !

    २.
    सम्बन्ध
    कसिलो सान्निध्य
    मरणोपरान्त चौपट्ट थकथकी !

    ३.
    स्वार्थ
    किर्नु डसाइ
    तत्क्षण सम्बन्ध विच्छेद !

    • कृष्ण सुदामा, चितवन
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कृष्ण सुदामाका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • २५ भाद्र २०७९, शनिबार ०७:४४ मा प्रकाशित
  • १.
    काया
    बेकारकाे माया
    मरेपछि आफ्नै पराई !

    २.
    नजर
    सकारात्मक नकारात्मक
    नयनमा विश्लेषणकाे क्षमता !

    ३.
    पानी
    समुद्रकाे भाेक
    वर्षात् बढीपैराेकाे जाेखिम!

    ४.
    माेबाईल
    अनिवार्य साधन
    बच्चाहरूकाे पढाई बर्बाद !

    ५.
    शान्ति
    नारा जुलुस
    ताेडफाेड सम्पत्तिमा आगजनी !

    ६.
    गठबन्धन
    स्वार्थकाे भाँडाे
    अविश्वास पापी मन !

    ७.
    महँगाई
    कमजाेर अर्थब्यबस्था
    विदेशी ऋणकाे भार !

    ८.
    पर्यटन
    राेजगारीका अवसर
    राज्वकाे गतिलाे आधार !

    ९.
    शासन
    कानूनकाे पालना
    पुरस्कार दण्डकाे ब्यबस्था !

    १०.
    दुध
    पाेषणयुक्त खाना
    गाईपालनकाे सट्टा कुखुरामा !

             - नवराज भट्ट
         महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट उदकहरू

  • २५ भाद्र २०७९, शनिबार ०७:२८ मा प्रकाशित
  • १. जीवन
    फगत् उपहार
    सङ्घर्षमै लाग्छ पार !

    २. जन्म
    एक सौभाग्य
    मुठीभर श्वासको भरोसा !

    ३. संसार
    अनौँठो जादुमय
    बाँचुञ्जेल सधैँ भय !

    ४. समानता
    ईश्वरीय रुप
    मेटिऊन् विभेदका रङ्ग !

    ५. सद्भाव
    मानवीय गुण
    सम्बन्ध बन्छ पुर्ण !

    ६. पीडा
    अवश्य जगतमा
    हरेकको हुन्छ जीवनमा !

    ७. शिक्षा
    चेतनाको पर्याय
    नहोस् न्यायको विपर्याय !

    ७ . निरक्षर
    देखिन्छन् ज्ञानी
    शिक्षित किन अज्ञानी ?

    ८. गुजारा
    गरिबको पेट
    बाध्यता खाडीमा भेट !

    ९. रहर
    सजाएर तनमा
    शान्तिको अभाव मनमा !

    १०. भ्रष्टाचार
    देशको दुर्गति
    बढ्दैछ कति कति !

         तेजप्रसाद खनाल 
         लमही दाङ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट उदकहरू

    बेलायती महारानी एलिजाबेथको निधन

  • २४ भाद्र २०७९, शुक्रबार ००:०० मा प्रकाशित
  • सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।

    महारानी एलिजाबेथले आफ्नो जीवनमा थुप्रै उतारचढावको सामना गरेकी थिइन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।

    एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । पारिवारिक जीवनमा उनी कैयौं अप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन् । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।

    उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन् । करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

    महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।

    सन् १९९६ मा चार्ल्स र डायनाबीच विवाहको १५ वर्षमै सम्बन्धविच्छेद भएपछि शाही परिवारप्रति आलोचना बढ्यो । त्यसको अर्को वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा डायनाको निधन भएपछि मानिसहरू राजसंस्थाप्रति नकारात्मक बन्दै गए । डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको राजसंस्थाप्रति जनताको सम्मान कायम राख्नका लागि एलिजाबेथले थुप्रै चुनौती सामना गरिन् ।

    राजकुमारहरु विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन् ।

    तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन् । पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो । त्यसको ६ महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो ।

    महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो । चार दिन सार्वजनिक बिदा दिएर गरिएको ‘प्लेटिनम जुब्ली’ समारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए । त्यस अवसरमा महारानीले राजकुमार चार्ल्स, ड्युक अफ केन्टलगायत शाही परिवारका सदस्यमाझ राजदरबारको बाल्कोनीबाट सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएर हौसला प्रदान गरेकी थिइन् ।

    उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on बेलायती महारानी एलिजाबेथको निधन

    उदक यात्री उर्मिला पन्त पाण्डेयका केहि उदकहरू

  • २३ भाद्र २०७९, बिहीबार ०८:२५ मा प्रकाशित
  • उदक :१
    जीवन
    सुख दु:खको
    अनुभवको सुन्दर पेटारो !

    उदक :२.
    जीवन
    एक कथा
    माया तथा मोह !

    उदक :३.
    जीवन 
    एक गठबन्धन
    प्रेमिल सामाजिक परिवेश !

    उदक :४.
    जीवन
    एक यात्रा
    अनिश्चित समय बहाउको !

    उदक :५.
    जीवन 
    एक चक्र
    समय नदिको धार !

    उदक :६.
    जीवन
    एक पाहुना 
    मानव चोला आधारको !

    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका केहि उदकहरू

    साउदीमा हात गुमाएका नेपालीलाई “नेपाली साझा मंच” साउदीद्वारा आर्थिक सहयोग

  • २३ भाद्र २०७९, बिहीबार ०३:१८ मा प्रकाशित
  • ८ सेप्टेम्बर २०२२, बिहीबार ! साउदी अरब वैदेशिक रोजगारीको सिलसिलामा केही बर्ष पहिले साउदी आएर काम गर्दै गर्दा गत जुलाईमा ड्युटी जाने क्रममा सवारी दुर्घटना परी एक हात गुमाएका दाङका हेम राज खत्रीलाइ “नेपाली साझा मंच” साउदीद्वारा आर्थिक सहयोग गरेको छ ।

    डुट्यिको समयमा सवारी दुर्घटना परि घाइते भएका र उहाँको उपचार पछि उनको कम्पनीले कुनै रकम बिना नेपाल पठाउन लागेको अबस्थामामा उहाँ नेपाली राजदूताबास रियादको सम्पर्कमा पुगेर आफ्नो शरीरको एक महत्त्वपूर्ण अंग गुमाउनु परेको र उल्टै आफुले पाउनु पर्ने बिमा रकम नदिकन
    कम्पनीले नेपाल् पठाउन लागेको कुरा अबगत गरि सहयोगको लागि अनुरोध गरेका थिए ।
    उहाँको अनुरोध पछि दूतावासले पुनः बिमाको लागि प्रोसेस गर्न उनको कम्पनीलाई लगाएपनी उनी कार्यरत कम्पनी सप्लाई रहेको हुँदा बिमा रकम पाउने कुनै ग्यारेन्टी नभएको हुदा खत्रीको आगामी जीवनमा केही भएपनि सरल सहज होस भनी नेपाली साझा मन्चले केही सकेको आर्थिक सहयोग गरेको संस्थाका उप संयोजक अन्जान गुभाजुले जानकारी गराउनु भयो ।
    उहाँको सहयोगका लागि संस्था मंचका अध्यक्ष अकल प्रधान , जेद्वा संयोजक टिकाराम पान्डे ,अलखुम्र संयोजक तेज ब सिन्धुली ,केन्द्रिय सदस्य पुन्य प्र घिमिरे लगायत दम्मामका अन्य साथीहरुको पहलमा ने रु ६९ हजार १ सय ९९ रुपैया ४८ पैसा संकलन गरि खत्रीको खातामा रेमिटबाट जम्मा गरिएको गुभाजु ले जानकारी गराए ।
    साथै उहाँको बिमाको रकमका लागि पहल भैरहेको पनि गुभाजुले जानकारी गराए ।

    पीडित खत्रीलाई आर्थिक सहयोग गरि मानवीयता व्यक्त गर्नु हुने जेद्वा टिम ,अलखुम्र टिम र दम्माम टिम ,राजु केसी, काजी गुरुङ ,राज नेपाली ,चन्द्र बहादुर ,दिनेश रम्तेल, एफपिआईमा कार्यरत दाजुभाइ लगायत सम्पूर्ण मनकारीमनहरुमा नेपाल साझा मन्च साउदीले आभार व्यक्त गर्दै पीडित बिरामी घाइते खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा हात गुमाएका नेपालीलाई “नेपाली साझा मंच” साउदीद्वारा आर्थिक सहयोग

    वीरगन्ज महानगरको निर्देशन : मेन रोड अतिक्रमण गरि बनाइएका संरचना ३५ दिन भित्र हटाउन

  • २२ भाद्र २०७९, बुधबार १५:२० मा प्रकाशित
  • facebook sharing button
    messenger sharing button
    sharethis sharing button

    निर्वाचनलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमानाका ४८ घण्टाअघिदेखि बन्द गरिने
    facebook sharing button

    वीरगन्ज,२१ भदौं : वीरगन्ज महानगरपालिकाले मेनरोडमा सडक अतिक्रमण गरि बनाइएका भौतिक संरचनाहरु हटाउन निर्देशन दिएको छ ।

    वीरगन्जको गण्डक चोक देखि पावरहाउस चोक , मुर्ली , घण्टाघर , माइस्थान , आदर्शनगर , वीर्ता , छपकैया , भन्सार हुदै शंकराचार्य प्रवेशद्वार सम्मको क्षेत्रको मेनरोडमा सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु हटाउन सूचना जारी गर्दै महानगरपालिकाले निर्देशन दिएको हो ।

    वीरगन्जको मेनरोड विस्तार गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा अनधिकृत रुपमा बनाइएका घर, टहरा, पसल लगायतका संरचना हटाउन महानगरपालिकाले मङगलबार ३५ दिने सूचना जारी गरेको हो ।

    गण्डक चोक देखि शंकराचार्य गेट सम्मको मेनरोडको दायाँ र बायाँ दुवै तिर सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु ३५ दिन भित्र हटाउन आग्रह गर्दै सूचना जारी गरिएको वीरगन्जका मेयर राजेशमान सिंहले जानकारी दिए ।

    उक्त सुचना मार्फत महानगरले सडकको दुवै तर्फ निर्माण भएका घर , टहरा वा अन्य कुनै संरचनाको वीरगन्ज महानगरपालिकाबाट नक्सा पास गरे नगरेको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको ( भदौं २१ देखि) ३५ दिन भित्र अर्थात आगामी असोज २५ गते सम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा उपस्थित हुन पनि सम्बन्धित व्याक्तिलाइ आग्रह गरिएको छ ।

    साथै महानगरले सुचना मार्फत सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भएमा स्थानीय सरकार सन्चालन ऐन २०७४ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

    मेयर सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले यसअघि महानगरपालिकाले नाला अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएर खाली गराएकोमा अब भने मेनरोड विस्तारका लागि सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउने अभियानको थालनी गरिएको बताए ।

    Posted in मुख्य खबरLeave a Comment on वीरगन्ज महानगरको निर्देशन : मेन रोड अतिक्रमण गरि बनाइएका संरचना ३५ दिन भित्र हटाउन

    सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

  • २१ भाद्र २०७९, मंगलवार २३:३८ मा प्रकाशित
  • २१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

    प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

    पल शाहलाई ढाई वर्ष जेल सजाय

  • २१ भाद्र २०७९, मंगलवार २०:१४ मा प्रकाशित
  • तुलसीपुर । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।

    बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on पल शाहलाई ढाई वर्ष जेल सजाय

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P