
८ सेप्टेम्बर २०२२, बिहीबार ! साउदी अरब वैदेशिक रोजगारीको सिलसिलामा केही बर्ष पहिले साउदी आएर काम गर्दै गर्दा गत जुलाईमा ड्युटी जाने क्रममा सवारी दुर्घटना परी एक हात गुमाएका दाङका हेम राज खत्रीलाइ “नेपाली साझा मंच” साउदीद्वारा आर्थिक सहयोग गरेको छ ।
डुट्यिको समयमा सवारी दुर्घटना परि घाइते भएका र उहाँको उपचार पछि उनको कम्पनीले कुनै रकम बिना नेपाल पठाउन लागेको अबस्थामामा उहाँ नेपाली राजदूताबास रियादको सम्पर्कमा पुगेर आफ्नो शरीरको एक महत्त्वपूर्ण अंग गुमाउनु परेको र उल्टै आफुले पाउनु पर्ने बिमा रकम नदिकन
कम्पनीले नेपाल् पठाउन लागेको कुरा अबगत गरि सहयोगको लागि अनुरोध गरेका थिए ।
उहाँको अनुरोध पछि दूतावासले पुनः बिमाको लागि प्रोसेस गर्न उनको कम्पनीलाई लगाएपनी उनी कार्यरत कम्पनी सप्लाई रहेको हुँदा बिमा रकम पाउने कुनै ग्यारेन्टी नभएको हुदा खत्रीको आगामी जीवनमा केही भएपनि सरल सहज होस भनी नेपाली साझा मन्चले केही सकेको आर्थिक सहयोग गरेको संस्थाका उप संयोजक अन्जान गुभाजुले जानकारी गराउनु भयो ।
उहाँको सहयोगका लागि संस्था मंचका अध्यक्ष अकल प्रधान , जेद्वा संयोजक टिकाराम पान्डे ,अलखुम्र संयोजक तेज ब सिन्धुली ,केन्द्रिय सदस्य पुन्य प्र घिमिरे लगायत दम्मामका अन्य साथीहरुको पहलमा ने रु ६९ हजार १ सय ९९ रुपैया ४८ पैसा संकलन गरि खत्रीको खातामा रेमिटबाट जम्मा गरिएको गुभाजु ले जानकारी गराए ।
साथै उहाँको बिमाको रकमका लागि पहल भैरहेको पनि गुभाजुले जानकारी गराए ।
पीडित खत्रीलाई आर्थिक सहयोग गरि मानवीयता व्यक्त गर्नु हुने जेद्वा टिम ,अलखुम्र टिम र दम्माम टिम ,राजु केसी, काजी गुरुङ ,राज नेपाली ,चन्द्र बहादुर ,दिनेश रम्तेल, एफपिआईमा कार्यरत दाजुभाइ लगायत सम्पूर्ण मनकारीमनहरुमा नेपाल साझा मन्च साउदीले आभार व्यक्त गर्दै पीडित बिरामी घाइते खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

