वीरगन्ज महानगरको निर्देशन : मेन रोड अतिक्रमण गरि बनाइएका संरचना ३५ दिन भित्र हटाउन

  • २२ भाद्र २०७९, बुधबार १५:२० मा प्रकाशित
  • facebook sharing button
    messenger sharing button
    sharethis sharing button

    निर्वाचनलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमानाका ४८ घण्टाअघिदेखि बन्द गरिने
    facebook sharing button

    वीरगन्ज,२१ भदौं : वीरगन्ज महानगरपालिकाले मेनरोडमा सडक अतिक्रमण गरि बनाइएका भौतिक संरचनाहरु हटाउन निर्देशन दिएको छ ।

    वीरगन्जको गण्डक चोक देखि पावरहाउस चोक , मुर्ली , घण्टाघर , माइस्थान , आदर्शनगर , वीर्ता , छपकैया , भन्सार हुदै शंकराचार्य प्रवेशद्वार सम्मको क्षेत्रको मेनरोडमा सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु हटाउन सूचना जारी गर्दै महानगरपालिकाले निर्देशन दिएको हो ।

    वीरगन्जको मेनरोड विस्तार गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा अनधिकृत रुपमा बनाइएका घर, टहरा, पसल लगायतका संरचना हटाउन महानगरपालिकाले मङगलबार ३५ दिने सूचना जारी गरेको हो ।

    गण्डक चोक देखि शंकराचार्य गेट सम्मको मेनरोडको दायाँ र बायाँ दुवै तिर सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु ३५ दिन भित्र हटाउन आग्रह गर्दै सूचना जारी गरिएको वीरगन्जका मेयर राजेशमान सिंहले जानकारी दिए ।

    उक्त सुचना मार्फत महानगरले सडकको दुवै तर्फ निर्माण भएका घर , टहरा वा अन्य कुनै संरचनाको वीरगन्ज महानगरपालिकाबाट नक्सा पास गरे नगरेको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको ( भदौं २१ देखि) ३५ दिन भित्र अर्थात आगामी असोज २५ गते सम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा उपस्थित हुन पनि सम्बन्धित व्याक्तिलाइ आग्रह गरिएको छ ।

    साथै महानगरले सुचना मार्फत सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भएमा स्थानीय सरकार सन्चालन ऐन २०७४ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

    मेयर सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले यसअघि महानगरपालिकाले नाला अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएर खाली गराएकोमा अब भने मेनरोड विस्तारका लागि सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउने अभियानको थालनी गरिएको बताए ।

    Leave a Reply