९ माघ / मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर बस्ने अन्दाजी २५ वर्षिय अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने राम प्रसाद सापकोटा घाइते भएका छन । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको टाउकामा गहिरो चोट लागेको छ । त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको छ ।
९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ ।
शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने हामीले निर्णय गरेका छौं । अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्छौं ।’कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताए । उनले भने, ‘अहिलेको समयलाई हेरेर परीक्षा गर्नसक्ने सबै परिस्थितिलाई आंकलन गरेर हामीले कसरी कुन मोडालिटीबाट गर्ने भन्ने कुराहरु अलि पछि गर्छौं ।’
यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।
एसईईको परीक्षा प्रदेशस्तरीय गराउने बोर्डको तयारी
बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।
संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष शर्माले बताए । ‘संविधानको मर्म अनुसार परीक्षाको व्यवस्थापन हुनपर्छ । अब हुने परीक्षाहरू त्यहीअनुसार व्यवस्था हुनुपर्छ भन्ने लाइनबाट धेरै कुराहरू भएका छन् ।’ उनले भने, ‘प्रदेशलाई व्यवथापकीय पक्षमा कसरी धेरै संलग्नता गराउने भन्ने छलफल भइरहेको छ । यही वर्षदेखि प्रदेशस्तरीय गराउने तयारीमा जुटेका छौं ।’
बोर्डले अब संघीय शिक्षा ऐन पनि त्यही अनुरुप बन्नुपर्छ भनेर काम गरिरहेको समेत शर्माले जानकारी दिए ।
एकादेशमा एक घरकाे नजिकै एक दुखी महिला थिइन् । उनी फिसिक्क हाँस्थिन् । नेपाली पहिचानकाे रूपमा रूग्ण मुहार, खिस्रिक्क हँसाइ, प्यात्त माेटाे बसाइ, जिङ्ग्रिङ्ग मुन्द्राइ कपाल खुस्केला जस्ताे सास, धम्कीले गाँजिएकाे दम र ह्वासल्याङमा देखिन्थिन् । उनलाई सबैले दुखी महिलाकाे रूपमा चिनिदिन्थे । उनकाे पहिचान थियाे । –“सामना !” सबैकाे आँखा अगाडि एकाएक एउटा अर्काे नयाँ चेहरा पर्थ्याे । तीनै महिलाले झैँ जीवन व्यतित गरेका व्यक्तिहरूकाे जीवन कथा पनि कम मार्मिक थिएन । जीवनभर कहिल्यै संस्कारित नभएका, हिमालयकाे कन्चन जलले ननुहाएका, फाेहरी र दृढ पात्र थिए । –“अलि बाबा !” उनीहरूकाे बिच एकदिन धर्मयुग बारे युद्ध चल्याे । महिलाले धर्मका बारे व्याख्या गरिन् । –“सनातन धर्म !” नयाँ चेहराकाे अलि बाबा एक मुठाे साग देखाएर वरिपरिका मान्छेहरूलाई भने !” –“धर्म अफिम भएकाेले याे अमानत हाे !” जब धर्म र अफिमकाे द्वन्द्व चल्न थाल्याे तब चुल्हाेमा खिचडी फत्किन थाल्याे । सामना र अलि बाबाकाे बाटाेमा अफिम र धर्मले लठ्ठिदै दुवैकाे जम्काभेट भयाे । उनीहरूले सल्लाह गरे। –“अब बाेली फेराैँ !” बाेली फेर्दैजाँदा उनीहरूकाे चुल्होमा फत्केकाे खिचडीमा एक अचम्मकाे आवाज आयाे । –“भट्टाकाे उद्याेग गर !” जब स्थापित उद्याेग चल्याे । काेही बेराेजगार त काेही घरबार विहिन, काेही सहिद त काेही अपाङ्ग हुन थाले । बेराेजगारका मालिकले हाैस्याएर भने । –“खाडीकाे श्रम शिविर देखेका छाै ?” भट्टामा डढेर अँगार भएका विचरा बेरोजगार, घरवार विहिन र अपाङ्गहरूले दर्शन भेटमा भने । –“हजुर हिमालमा जाडाे छ, उता कस्ताे छ ?” –“गरम !” हिमालयमा सामना र अलि बाबा मात्र बाँकी थिए । उनीहरूले पलपलमा सिरिन्जले घाेचेर रगत तानिरहेका थिए । –“पसिनाकाे कर !” काठमाण्डौ
२. लघुकथा : लोग्नेमान्छे
✍️ घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’
रात ढल्किँदै जाँदा सदा झैँ फेरि पनि उसको शारीरिक चाहना श्रीमतीले इन्कार गर्छिन् र अर्कै पट्टि कोल्टे फर्केर सुत्छिन् ।
“तँ, काम नलाग्ने, भइस् !” ऊ रिसाउँछ, घोँडा झैँ हिनहिनाउँछ र स्वास्नीलाई जबरजस्ती आफूतिर तान्छ । उसकी स्वास्नी विवश बनेर जिउँदो लास झैँ लम्पसार पर्छिन् , हरेक रात, उसको हिंस्रक आक्रमण सहेर ।
-“के म बजारबाट किनेर ल्याइएकी वस्तु हुँ र जतिखेर, जे मन लाग्यो गर्न ? लोग्ने मान्छेको जात कस्तो ! के सबैका लोग्नेहरू मेरै जस्ता हुन्छन् ?” श्रीमतीको मनले सोच्ने गर्छ ।
एकरात श्रीमती हिंस्रक र उन्मत्त बूढो लोग्नेलाई ओच्छ्यानमा पछार्दै भागेर बुहारीको ढोका ढकढकाउन पुग्छिन् ।
ढोका खोल्दा, सासुलाई अस्तव्यस्त उभिएको देखेर अचम्म मान्दै बुहारी सोध्न खोज्छिन् तर सासू भित्र पसेर हतारमा चुकुल लगाउँछिन् र भन्छिन् , “आज देखि म तिमीसँगै सुत्छु । छोरा पनि विदेशमा छ । म भएपछि तिमीलाई पनि एक्लो महसुस हुँदैन ।”
बुहारीले चकित् हुँदै सोध्छिन् , “के भयो र आमा ?”
“के भन्नु ! लोग्नेले श्रीमतीको अप्ठेरो र अनिच्छा पनि बुझे पो सँगै बस्नु !”
बुहारीले कुरा बुझिछिन् के रे ! खिन्न भावमा एकछिन टोलाउँछिन् ।
“कता डुब्दैछौ, बुहारी ? सुत, म पनि सुत्छु, अब !”
झस्किँदै बुहारीले सासू आमालाई सोध्छिन् , “के ससुरा बाले बल प्रयोग गर्नु भो ?”
“अँ ! यो उमेरमा पनि खुब दुख दिन्छन् । मासिक धर्म रोकिएको पनि १० बर्ष भयो । अब त मेरो शारीरिक इच्छा नै मरिसकेको छ । हैन, लोग्ने मान्छेको इच्छा चैँ, मान्छे नमरुन्जेल सम्म नमर्ने रहेछ कि के हो, जति बूढो भयो उति….!”
” तपाईं बुबाको कोठामा नसुते पनि अर्को कोठामा सुत्नुस् न, हुन्न ?”
“हुन्न नि बुहारी, उतै पुगिहाल्छन् नि, गिजोल्न !”
बुहारीले पनि यही मौकामा सासू आमालाई भनिदिइन् – “तपाईंकै छोरा पनि कम्ता बदमास छ र ? विदेशमै बसेर हरेक रात मलाई निर्वस्त्र बनाउँछ, स्मार्ट फोनको पर्दामा । म पनि धर्मसङ्कटमा छु, आमा ! के सबै लोग्ने मान्छे उस्तै हुन् , त ?” राप्ती-८, चितवन
३. लघुकथा: मुकुण्डो
✍️ गंगा खड्का
” छोरा ! हामीले सकभर तिमीहरूलाई दु:ख दिन नखोजेको। तर अब नभनी भएन । बालाई कोरोनाले सिकिस्त बनायो । अस्पताल नलगी भएन । छिटो बिदा मिलाएर आओ ।” सन्तोषीले काठमाडौँमा बस्ने छोरा रुपकलाई फोनमा भनिन् ।
“आमा ! म यति टाढाबाट आउन्जेल बालाई अस्पताल पुराउन ढिलो हुन्छ । म पैसा पठाइदिन्छु । गाउँमा कसैलाई भनेर अस्पताल लैजाँदै गर्नु । म अस्पतालमै आउँछु।”
छोराको कुरा सुनेर सन्तोषीले आत्तिदै भनिन् , ” बाबु प्लेनमै भए पनि छिटो आऊ । असली मान्छेका अभावमा गाउँ त रित्तै छ । गाउँमा त मान्छेका मुकुण्डो लगाएका मानवता विहिन मान्छे मात्रै बस्छन् ।” बूढानीलकण्ठ ,काठमाडौँ
काठमाडौ, ०८ माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३६ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
२२ जनवरी २०२२, साउदी अरब !केही दिन देखी पेट दुख्ने र अचेत भएर बिरामी अबस्थामा रहेका एक नेपालीको समाजिक संजालमा भिडियो भाइरल भएका एक नेपाली लाइ उद्दार गरि नेपाल फर्काइयो भन्ने खबर झुठो रहेको र अहिले उहाँ जेद्दामा नै रहेका र उहाँको उद्दारका लागी दूतावास तथा संघसंस्थामा अपील गरिएको छ ।
नेपाल घर जाजरकोट भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानालाई अहिलेसम्म कम्पनीले इकमा पनि नदिएको कन्ट्र्याक्ट सकिदा समेत नेपाल पनि नपठाएकोले काम छोडेर बसेका, र पाकिस्तानी नागरिकसित झगडा गरेका कारण पुलिसले पक्रेर जुठो केस लगाउदै दुई दिन जेल राखेर निकालेको एनआरएनए अल कासिमका संरक्षक तथा नेपाल एम्बेस्सी अल कासिमका स्वंयमसेवक बिशाल श्रेष्ठले जानकारी गराएका छन् । उहाँको कम्पनीमा कार्यरत ८ नेपाली मध्य ६ जनाको यहि २५ जनवरीमा फ्लाइट भएको र उहाँ रानाको अन्य केस लगाएर इक्स्जिट नलागेको पनि जानकारी दिएका छन् । उहाँलाई अहिले खानको लागि पनि समस्या रहेकोले एनआरएनए साउदीलाइ सहयोगको लागि पीडितको नम्बर 0578195903 सहिर सेयर गर्नुको साथै उहाँको नेपाल फिर्ती सहयोगको लागि नेपाली महाबाणिज्य दूतावास जेद्दा लाई अनुरोध गरिएको र नेपाली महाबाणिज्य दूतावास जेद्दाले सहयोगको लागि निरन्तर समन्वय गरिरहेको कुरा श्रेष्ठले जानकारी दिएका छन् !
साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को पहिलो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।
साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको पहिलो शृङ्खलाको प्रशिक्षकमा सुशीला पौडेल र सविता के.सी. रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार अबदेखि प्रत्येक हप्ताको बिहीबार उक्त अभ्यास शृङ्खला सञ्चालन गरिनेछ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।
यस शृङ्खलाका लागि चित्रको संकलन कार्यक्रमका परिकल्पनाकार सोमनाथ लुइँटेल “रवि पाल्पाली” ले गर्नुभएको थियो ।
चित्रपट
अभ्यासका लागि राखिएको चित्रपट
सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू
पञ्चाङ्ग ०१
हरियाली बीचमा सुन्दर घर भेटिएका छन्। रातो माटो र कमेरोले राम्ररी लेपिएका छन्। पहाडका स्वास्थ्यकर घर हेर्दा हुन्छन् चिटिक्क, यिनमा बढी गर्मी र चिसो दुवै छेकिएका छन्। प्रकृतिको बिचमा घरको छानो देखिएका छन्
🇳🇵सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग ०२
वनको शितलताले जेलिएको मेरो सुन्दर घर रातो माटो कमेरोले लेपिएको मेरो सुन्दर घर लिपेर चट्ट पारी राख्छु कोमल हृदय भित्र चित्र सङ्गी साथिको आँखामा भेटिएको मेरो सुन्दर घर खरको छानो पातिले बेरिएको मेरो सुन्दर घर।
🇳🇵सरिता काफले , बाँके कोहलपुर ।
पञ्चाङ्ग ०३
महल होइन झुपडीको बास भए पुग्छ मलाई सुख होइन केबल तिम्रो पास भए पुग्छ मलाई पसिनाको कमाइमा बाँच्न परोस् झुक्न नपरोस् मीठो हैन मात्र सन्तोषको गास भए पुग्छ मलाई महलको त्रास हैन तिम्रो सास भए पुग्छ मलाई।
🇳🇵निर्मला सुवेदी “जिज्ञासु”, बागलुङ।
पञ्चाङ्ग ०४
मुरीका कुरा हुन्छ घरमा एक मानु छैन हप्तौं भयो भोक भोकै खाने अन्न दानु छैन दिन भरि साहुको मेला साँझमा खाली हात बिरामी भई काम नगरे रिस सानु छैन कुन जाडो कुन झरी ओत लाग्ने छानु छैन ।
🇳🇵चेतना पोखरेल , मोरङ
पञ्चाङ्ग ०५
गाउँमै किन नहोस् सानो, स्वर्ग जस्तै घर छ मेरो माटे भित्तो फुसको छानो, स्वर्ग जस्तै घर छ मेरो स्वार्थ, लोभ, मोह केही छैन संसारकै सुखी छु म, खान पुग्दछ आधा मानो, स्वर्ग जस्तै घर छ मेरो छैन कतै कुटिल गानो, स्वर्ग जस्तै घर छ मेरो ।
🇳🇵वसन्त अनुभव घोराही, दाङ
पञ्चाङ्ग ०६
निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको सहयोग अनि सद्भावना मित हुन् गाउँको शहरभन्दा बढी गाउँघर हो मेरो देश बगेका ती छाँगा छहरा संगीत हुन् गाउँको हुँदैनन् कोही पराई सबै प्रित हुन् गाउँको
🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम
पञ्चाङ्ग ०७
पहाडको सौम्य घर प्यारो लाग्छ । ढुङ्गा र माटोको भर प्यारो लाग्छ । हाँसियो खेलियो छाँगा छहरामा , पीपल छेउमा वर प्यारो लाग्छ । नेपाली हुनुको थर प्यारो लाग्छ ।
🇳🇵आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ०८
महल हैन फुसकै छानो भएपुग्छ मलाई कामगरी खान एक मानो भएपुग्छ मलाई जे जस्तो छ आफ्नै रमाउने बानी छ पेटभर्न पिडालुको गानो भएपुग्छ मलाई गाउँमा आफ्नै सानो भएपुग्छ मलाई।
🇳🇵सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ०९
जंगल बीचमा सानो घर राम्रो लाग्छ मलाई यहाँ ढुङ्गा र माटाेकाे चर राम्रो लाग्छ मलाई गाउँमा स्वर्गिय आनन्द पाइन्छ झुपडीमा शहर भन्दा धेरै गाउँको भर लाग्छ मलाई गाउँ वरपर अति नै सुन्दर लाग्छ मलाई ।
🇳🇵दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग १०
लहरै सुन्दर घर, आहा कति राम्रो छानामा छ खरै खर, आहा कति राम्रो सधैँ बस्न पाऊँ म यस्तै गाउँघरमा नजिकै होऊन् निर्झर, आहा कति राम्रो घुमुन् त्यँही चराचर, आहा कति राम्रो
🇳🇵केशब न्यौपाने, नुवाकोट
पञ्चाङ्ग ११
गाउँघरकाे गाँस राम्राे जहाँआफ्नाे पन छ भिर पाखाकाे बास राम्राे जहाँ आफ्नाे पन छ। कति खाेजेँ पाईन खुसी , हार्दिकता शहरमा बाह्रै मास मधुमास राम्राे जहाँ अाफ्नाे पन छ पुर्ख्याैली नै खास राम्राे जहाँ अाफ्नाे पन छ।
🇳🇵चन्द्रावती अधिकारी ,बाँके कोहलपुर
पञ्चाङ्ग १२
स्वर्ग जस्तो सुन्दर थियो गाउँ अनि बस्ती , बिर्सि सके अचेल सबै नाउँ अनि बस्ती । प्रकृतिको सुन्दर घरमा रमाइलो थियो , कसरि कता खोजौ त्यस्तै पाउँ अनि बस्ती , भग्नावशेस मात्र छरे ठाउँ अनि बस्ती ।
🇳🇵दुर्गा आचार्य , मोरङ
पञ्चाङ्ग १३
हरियाली पाखा भित्र मेरो सानो घर छ, त्यही सानो घरको हेर् धेरै ठूलो भर छ, सम्पत्ति र प्रतिष्ठा हो मेरो पैत्रिक घर अन्न-वाली प्रशस्तै नत भोकको डर छ, गोठ भरि गाई-बस्तु कूँडे भरि तर छ।
🇳🇪 अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १४
अहो ! सुन्दर छटाले भरिएको सुन्दर घर हाम्रो प्रकृतिको यो काखमा सजिएको सुन्दर घर हाम्रो कैयौ सन्तती जन्मे यहीँ र त नेपाल भन्न पाइयो हरेकको तन मन मिसिएको सुन्दर घर हाम्रो आमा बाबाले उपहार दिएको सुन्दर घर हाम्रो ।
🇳🇵प्रेम थापा , बाग्लुङ
पञ्चाङ्ग १५
मेराे गाउँ सफा छ सुन्दर अहाे! फाेहाेर छिर्दैन क्यै जाली मानिस हुन्न गाउँ घरमा,धाएर पिर्दैन क्यै बस्दा भित्र समेत शीतल हुने,छानाे भएकाे हुँदा गर्मी बढ्न गएर दुर्बल भई,पुर्लुक्क गिर्दैन क्यै काेही भ्रष्ट पुग्यो त्यहाँ र पिटिए,तत्काल फिर्दैन क्यै।
🇳🇵ताेयानाथ सुवेदी, काठमाडौं
पञ्चाङ्ग १६
निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको सहयोग अनि सद्भावना मित हुन् गाउँको शहरभन्दा बढी गाउँघर हो मेरो देश बगेका तिनै छाँगा छहरा गीत हुन् गाउँको हुँदैनन् कोही पराई सबै प्रित हुन्! गाउँको
🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम
पञ्चाङ्ग १७
पहाडको काखमा आहा ! मेरो सानो गाउँ छ पुर्खाको पसिनाले अर्जेको यहि ठाउँ छ जति नै टाढा गए पनि भुल्न सकिन मैले प्रकृतीको अनुपम सितल यस्को नाउँ छ तान्छ मनलाई लाग्छ फर्केर त्यही जाउँ छ ।
🇳🇵इन्दिरा देवकोटा , कपिलवस्तु न .पा .३
पञ्चाङ्ग १८
स्वर्ग जस्तो गाउँमा नि सानाे मेराे घर छ पक्कि नभएनि छानामा सुन्दर खर छ बुढा बा अामा हेर्छन् मेराे बाटाे अाँखा तान्दै म छु परदेश, उनकाे मै माथि भर छ उतै भएनि मन शरीर अाज पर छ ।
🇳🇵रामराजा के. सी.,फर्पिङ , काठमाडौं
पञ्चाङ्ग १९
स-साना घर बनाउनेको लाइन चर्को छ जताततै यताउति बारै बारको धर्को छ कतै उत्साह कतै निराशा छाएको देखिन्छ कुन घर जाउँ, मान पाउँ भन्नेको लर्को छ आफ्नालाई कसरी जोगाउने पिर घर्को छ ।
🇳🇵रचना प्रतीक्षा ,काठमाडौं
पञ्चाङ्ग २०
सहरबासी हो, गाउँको घर भयो आहा! सबैलाई त्यही घरमा जुनी काटी हेर हुन्छ थाहा सबैलाई प्रकृतिमा बाँच्नका लागि बनाइएका सुन्दरता हुन् विकास छैन, अभावमा दिन बित्दा, पाहा सबैलाई सहर जस्तै समुन्नतहोस् भन्ने छ चाहा सबैलाई ।
🇳🇵सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २१
दुर्गम भएपनि खरले छाएको मेरो घर छ भगवानको आशिर्वादले पाएको मेरो घर छ सितल हुन्छ गाउँमा नै सुविधा दाउरा घाँसको दु:ख कष्ट गरि कमाएर लाएको मेरो घर छ पौरखि हातले कमाएर खाएको मेरो घर छ।
🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग २२
सुन्दर पहिचान हाम्रो सान नेपाली हु म सद्भाव सहिष्णुता दिएर मान नेपाली हु म गौरव छ घर गोरसले पुर्ण अर्गानिक छ आर्जन गरि पुराउछु कुटेर धान नेपाली हु म गुन्द्रीमा छ आनन्द लगाइ तान नेपाली हु म।
🇳🇵 गणेश पौडेल चितवन।
पञ्चाङ्ग २३
फुसको छानो घर छ सानो सुन्दर संसार अहिले सम्म पुग्दैछ मानो सुन्दर संसार सरर आयो हिमाली हावा रमायो खुशीले पोषिलो खाना दुख्दैन गानो सुन्दर संसार लेखेर बस्छु गितको पानो सुन्दर संसार