• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

लागुऔषध कारोबारी समात्न गएका प्रहरीले मोबाइल चोरेपछि…

  • ७ माघ २०७८, शुक्रबार १२:१२ मा प्रकाशित
  • धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्।

    प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा प्रहरी टोली पुगेको थियो। कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो।

    त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगरसहित समातिएका थिए।

    प्रहरी टोलीमा गएका माल र बुढाले एक-एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

    ‘उनीहरूबाट एउटा-एउटा मोबाइल चोरी भएको फुटेजमा देखियो, ती मोबाइल बरामद भइसकेको छ,’ अधिकारीले भने।

    पक्राउ परेकालाई शुक्रबार म्याद थपका लागि अदालतमा लैजाने प्रहरीको तयारी छ।

    Copied:setopati

    Posted in ताजा अपडेटLeave a Comment on लागुऔषध कारोबारी समात्न गएका प्रहरीले मोबाइल चोरेपछि…

    त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

  • ६ माघ २०७८, बिहीबार १६:२८ मा प्रकाशित
  • त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।  परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।  
    कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो । 

    Copied:ratopati

    Posted in ताजा अपडेटLeave a Comment on त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

    साहित्यकार गुणनिधि घिमिरेको कविता “मेरो देश”

  • ६ माघ २०७८, बिहीबार १२:०१ मा प्रकाशित
  •             -मेरो देश

    देशको समसामयिक वास्तविक कुरा
    गर्न मलाई मन लाग्यो हुन्छ हुन्न पुरा ।१।

    कोही नेता केही गर्छु भन्दै अघि सर्ने
    कोही चाहिँ पद खोज्न जबर्जस्ती गर्ने ।२।

    जनतामा जाँदा कोहिता चुनावमा गिरे
    राष्ट्रिय सभा भित्र त्यसै झ्यालबाट छिरे ।३।

    जनतालाई बिर्सिएर कुर्सीको लोभ् गरे
    जनता चाहिँ अशान्ति मै अलपत्र परे ।४।

    द्वन्द्व काल प्रलयमा चल्थे बारुद गोला
    प्रधानमन्त्री हुँदा कस्ले के के गरे होला ।५।

    दुनियाँमा साँचो सत्य त्यस्को हिसाब हुन्छ
    नेता खुशी हुँदा होलान् जनता यहाँ रुन्छ।६।

    जनतालाई रुवाएर कति चइन् गर्छौ
    अजम्बरी कोही छैन नी तिमी पनि मर्छौ ।७।

    प्रधानमन्त्री हुँदा खेरी के के नाप्यौ भन
    कस्तो काम गर्यौ तिमिले रुष्ट भए जन ।८।

    कस्तो मुख लाएर जान्छौ जनतामा फेरि
    जनता पनि चुप लागी बस्ने छैनन् हेरी ।९।

    हामी जनता पनि उस्तै पछि पछि लाग्ने
    पाए सम्म बसी रहने नपाएमा भाग्ने ।१०।

    राजा राखौँ योग्य राजा हुने कोही छैनन्
    खोक्रा नेता धोक्रा भर्ने गर्ने केही हैनन् ।११।

    मान्छे मारे धोखा दिएर सिधा सादा लाइ
    आफु मात्रै महल चढे ठुला राजा भइ ।१२।

    सिनो माथि गिद्ध जस्तो लुछा चुँडी गर्छन्
    तिम्रा लागि गाउँ घर्का जन्ता कति मर्छन् ।१३।

    तिम्रा राम्रो बुद्धि भए जनता किन रुन्थ्यो
    हाम्रो देश मा छिट्टै छिट्टै विकास त हुन्थ्यो ।१४।

    मेरो देश नेपाल लाई कति रुवाएको
    नेताहरू ! किन यसरी देश डुवाएको ।१५।

    सुइँको पाई बिदेशी ले राष्ट्र हाम्रो खाला
    हाम्रो देश इण्डिया र चाइना तर्फ जाला ।१६।

    जनता पनि होसियार हुनु पर्छ अब
    अशान्ति र खतरा लाइ तोड्दै जाउँ सब ।१७।

    देशको रुप फेर्नलाइ बुद्धि हुने जति
    एकै ठाउँमा जम्मा हुनु गर्नु एकै मति ।१८।

    फटाहा चोर जाली चिनी निचोरेरै मार
    अत्याचारी अन्यायी लाइ निमिट्यान्न पार ।१९।

    अनि मात्र देश बन्दछ सत्य बाटो छान्नु
    सत्य शुद्ध मान्छे हरुको कुरा सबै मान्नु ।२०।

    दुष्ट क्रुद्ध पापी हरुको पिछा गर्न छोड
    सबै मिली अन्याय अत्याचार लाइ तोड ।२१।

    घुँडा धसी बक्सिङ हान्दै दुष्ट नेता मार्न
    नयाँ पिँढी जाग अब देश सुन्दर पार्न ।२२।

    शान्ति पूर्ण तरिकाले मार्न सिक्नु पहिले
    संसदिय मुड्की हान्नु मौका पर्छ जहिले ।२३।

    बदमास फटाहालाई जेल्मा कोची हाल्नु
    भ्रष्टाचार गर्नेलाई कारबाही ले गाल्नु ।२४।

    जायजेथा जफत गर्नु चारै पाटा मोड्नु
    गाउँ घर का कुना कुना घुमाएर छोड्नु ।२५।

    पद्धतिको शासन भए देशको मुहार
    फिर्ला नत्र सधैं नै माग्नु पर्ला है गुहार ।२६।।।

    — गुणनिधि घिमिरे #पाँचथर #प्रसंग #देश
    —++ मोरङ हाल अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साहित्यकार गुणनिधि घिमिरेको कविता “मेरो देश”

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • ६ माघ २०७८, बिहीबार ०७:५१ मा प्रकाशित
  • ✍️ आर्त अकुलीन
    १
    मध्यरात
    आकाशमा बादल
    चौतर्फी पानीको छिटा !

    २
    पृथ्वी
    एकताका प्रतीक
    कर्तव्यनिष्ठ राष्ट्रिय सेनानी !

    ३
    रहर
    अतृप्त चाहाना
    सहर खोलीको बगर !

    ४
    लेक
    गुराँसे डाँडा
    सुन्दर भीर पाखा !

    ५
    हिँउ
    जमेको पानी
    सबैको आँखाको नानी !

    ६
    हिमाल
    हिउँको यात्रा
    जीवन मृत्यु सङ्घर्ष !

    ७
    आश्रम
    गरिबको घर
    जीवन जिउने आधार !

    ८
    मकर
    त्रिवेणी स्नान
    बिहानी घामको अपेक्षा !

    ९
    हिमाल
    हिउँको स्वरूप
    अव्यक्त पत्थरको कहानी !

    १०
    सङ्कीर्ण
    कुवाभित्रका भ्यागुता
    सङ्कुचित कुवाको संसार !

    ११
    पहरा
    अनुपम छहरा
    वीर गोर्खालीको छाती !

    १२
    झरना
    पहराको पानी
    सुन्दर आँखाको नानी !

    • आर्त अकुलीन, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • ५ माघ २०७८, बुधबार १९:१९ मा प्रकाशित
  • रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। 

    जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ की ४१ वर्षीया मीना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरलाई हत्या गरेको प्रहरीले जानकारी दिएको छ। 

    इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक लक्ष्मन वली नेतृत्वको टोलीले मंगलबार बेलुका घरनजिकै बारीमा ढुंगाले टाउकोदेखि छातीसम्म छोपिएको अवस्थामा शव फेला परेको थियो। 

    घटना अनुसन्धानका क्रममा श्रीमती मीनाले नै श्रीमानको कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ। 

    मीनाले हँसिया तथा ढुंगाले प्रहार गरी श्रीमानको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ। 

    प्रहरीका अनुसार मीनाको विगत केही वर्षयता मानसिक असन्तुलन रहेको भन्ने कुरा छिमेकीबाट खुलेको प्रहरीले बताएको छ। 

    आरोपित मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    Copied:setopati

    Posted in ताजा अपडेटLeave a Comment on रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    नेपालमा ओमिक्रोनका कारण संक्रमितको मृत्यु भएको छ?

  • ५ माघ २०७८, बुधबार १४:५३ मा प्रकाशित
  • नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेयता संक्रमितहरूको मृत्यु भए पनि सरकारले अहिलेसम्म ओमिक्रोनका कारण मृत्यु भएको भनेर सार्वजनिक गरेको छैन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पुसको दोस्रो सातादेखि नेपालमा ओमिक्रोन संक्रमण बढ्न थालेको देखिएको छ। र यस अवधिमा झन्डै ३० जना संक्रमितको मृत्यु भएको छ। ती संक्रमितहरूको मृत्युको कारण ओमिक्रोन हो वा पुरानै डेल्टा भेरियन्ट भन्ने पुष्टि भएको छैन।

    यसबारे सोधिएको प्रश्नमा स्वास्थ्य मन्त्रालयले आलटाल जवाफ दिएको छ। ‘अहिलेको मृत्युलाई हामीले छुट्याएर हेरेका छैनौं। संक्रमण अहिले प्राय: ओमिक्रोनकै छ,’ मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, ‘पछिल्लो संक्रमणका कारण पनि मान्छेको ज्यान गएको छ। र पछिल्लो संक्रमणहरू प्राय: नयाँ भेरियन्ट नै हो।’

    कुनै पनि संक्रमितको मृत्युको कारण कुन भाइरस हो भनेर यकिन गर्न जिनोम सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। जुन कुरामा मन्त्रालयले उदासिनता देखाएको छ। मन्त्रालयले सिक्वेन्सिङको काम इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ। तर महाशाखाले संक्रमितको मृत्युको कारण यकिन गर्न ठोस रूपमा सिक्वेन्सिङको काम अगाडि बढाएको छैन।

    हिजो-अस्ति मृत्यु भएकाहरूमा ओमिक्रोन थियो कि डेल्टा भनेर छुट्याउन सक्दैनौं। त्यसको स्पष्ट जवाफ मसँग छैन,’ महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले भने, ‘पछिल्लो समय सिक्वेन्सिङ भएको छैन। फेरि सिक्वेन्सिङ गर्दा मृतकको नमूना पनि लिन्छौं।’

    मन्त्रालयले हालसम्म गरिएका सिक्वेन्सिङमार्फत् २७ जना ओमिक्रोन संक्रमित भटिएको आधिकारिक जानकारी दिएको छ। यद्यपि अहिले जसरी संक्रमण व्यापक फैलिरहेको छ, त्यो ओमिक्रोनकै कारण रहेको भन्नेमा मन्त्रालय सहमत छ। त्यसले गर्दा पनि मन्त्रालयले अब ओमिक्रोन हो वा होइन भनेर यकिन गर्नेतिर चासो दिएको छैन।

    सिक्वेन्सिङको काम खर्चिलो र केही समय लाग्ने भएकाले सबै पोजेटिभ वा मृतकको सिक्वेन्सिङ गर्नुपर्ने आवश्यकता हुन्न। विकसित देशहरूले पनि सबै नतिजाहरूको सिक्वेन्सिङ गरेका छैनन्। भारतकै हकमा पनि थोरै मृत्युहरू मात्र ओमिक्रोनका कारण भएको भन्ने तथ्यांक बाहिर आएका छन्।

    नेपालमा भने एकजना मृतकको पनि भेरियन्ट यकिन गर्न सिक्वेन्सिङको काम अगाडि बढेको छैन। अहिले संक्रमितहरूको ज्यान कुन भेरियन्टका कारणले गएको भन्ने यकिन गर्नसके त्यसले भाइरसविरूद्ध लड्न राणनीतिक सहयोग पुर्‍याउँछ। अहिले फैलिएको ओमिक्रोन भेरियन्ट कम घातक भनिरहँदा मृतकको संख्या बढे सोहीअनुसार सरकारले आगामी रणनीति तय गर्नुपर्ने हुन्छ।

    Copied:setopati

    Posted in ताजा अपडेटLeave a Comment on नेपालमा ओमिक्रोनका कारण संक्रमितको मृत्यु भएको छ?

    तुलसीपुरमा चोरी गर्ने गिरोह पक्राउ

  • ५ माघ २०७८, बुधबार ११:२६ मा प्रकाशित
  • दाङको तुलसीपुरमा चोरी गर्ने गिरोह पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीन जनाले व्यबसायीक रुपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरुले नै गर्दै आएको बताए । अहिले दुईजनालाई पक्राउ गरेको र एक जनाको खोजी कार्य जारी रहेको उनले बताए । ‘गिरोहमा तीन जना व्यक्ती सक्रिय भएको अनुसन्धानबाट खुल्यो ति मध्ये दुईजनालाई हामीले पक्राउ गरिसकेका छौं, अर्का एकजनाको खोजी कार्य भइरहेको छ’,उनले भने‘अहिले यस क्षेत्रमा जति चोरी हुने गरेका छन्, यी तिनै जना मिलेर गरेको पाइयो ।’

    पक्राउ पर्नेमा तुलसीपुर ५ घरका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. वडा नं. १० नारायणपुर निवासी १९ बर्षीय बिषाल परियार रहेका छन् । तर उनीहरु लामो समयदेखि तुलसीपुर ६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका छन् ।

    उनीहरुले यस क्षेत्रमा चोरी गर्ने व्यबसाय नै सञ्चालन गरेको पाईएको प्रहरी नायब उपरीक्षक अर्यालको भनाई छ । सीसी क्यामेराको निगरानी र अन्य अनसन्धानबाट उनीहरु शंकास्पद भएपछि ईप्रका तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा गएको प्रहरीले टोलीले कोठामा छापा मार्दा चोरी गरेका बिभिन्न सामाग्रीहरु भेटिएको र बरामद समेत गरेको बताए ।

    उनीहरुको कोठाबाट माछा जस्तो आकार भएको दाप सहितको खुकुरी थान १ राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप थान १, बच्चाले हातमा लगाउने चाँदिको जस्तो देखीने बाला थान १, चाँदीको जस्तो देखीने सिक्री थान १, फलामको हतियार नोख थान १, फलामको ३ फिट ३ ईन्च लामो सरिया थान १, रा १ प ५४७३ नम्बरको मोटरसाईकलको दर्ता किताब थान १, ११९६२१५० नम्बरको को ममता डीसी (दाङ)को राहदानी थान १, ०६६२७९०३ नम्बरको चोकमणी गिरी (दाङ) को राहदानी थान १, कानमा लगाउने पहेलो रङ्गको गहना २ जोडी , पहेलो रङ्गको मंगलसुत्र थान १,पहेलो रङ्गको चुरा थान २, लाभा कम्पनीको फुटेको मोबाईल थान १ र बेन्चो कम्पनीको मोवाईल एक थान बरामद गरिएको छ ।

    अहिले यी सामग्रीका मालिकहरु आएर आफ्नो सामान पहिचान गर्ने गरेको समेत प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।‘अहिले जुन सामान हामीले बरामद गरेका छौं, ति सामाग्रीहरु मेरा हुँन भन्दै मालिकहरु आउने गर्नुभएको छ’, उनले भने‘यस क्षेत्रमा हरेक चोरीका काम गर्ने गरेका छन् ।’

    उनीहरु यस अघि पनि पक्राउ परेर छुट्ने गरेको समेत प्रहरीले बताएको छ । माघीकै दिन राती तुलसीपुरको सल्यान रोडका पसलहरु चोरी गर्नेहरु समेत उनीहरुनै रहेको प्रहरीले बताएको छ । पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीकालागि चुनौति बन्दै गएको थियो । उनीहरुलाई पक्राउ गरेपछि चोरीका घटनामा कमी आउन सक्ने प्रहरी नायब उपरीक्षक अर्यालको भनाई छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on तुलसीपुरमा चोरी गर्ने गिरोह पक्राउ

    कोटेश्वरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने गम्भीर घाइते

  • ५ माघ २०७८, बुधबार १०:४३ मा प्रकाशित
  • टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा २६ वर्षीय अनन्त लिम्बु छन्। मोरङ घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।

    मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो।

    ना १ प ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते रहेको मैनालीले बताए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको उनले बताए। चालकसहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको मैनालीले बताए।

    Copied:setopati

    Posted in ताजा अपडेटLeave a Comment on कोटेश्वरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने गम्भीर घाइते

    उदक यात्री लक्ष्मीप्रसाद फुयालका उत्कृष्ट उदकहरू

  • ४ माघ २०७८, मंगलवार २०:२३ मा प्रकाशित
  • १
    हिमाल
    टलटल टल्कने
    हिमचुली पानीको मुहान !

    २
    हिमचुली
    सेता हिमटाकुरा
    मनमोहक दन्त लहर !

    ३
    यार्सागुम्बा
    जीव वनस्पति
    समिश्रण अद्भुत जडिबुटी !

    ४
    जडीबुटी
    वनपाखा चिनेमा
    जीवन उपयोगी जङ्गल !

    ५
    समय
    चक्र घुमेर
    दिनरात दु:खसुख बराबर !

    ६
    दिनरात
    अध्यारो उज्यालो
    प्रकृतिको सुन्दर लीला !

    ७
    प्रकृति
    अथाह गहिरो
    जीवन चक्र फेरिने !

    ८
    जीवन
    जन्म मृत्यु
    सृष्टिको अविरल यात्रा !

    ९
    सृष्टि
    अलौकिक रचना
    जलमा थलमा नभमा !

    १०
    जल
    सिञ्चित रगमा
    कणमा नभमा सबमा !

    • लक्ष्मीप्रसाद फुयाल
      शनिश्चरे, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री लक्ष्मीप्रसाद फुयालका उत्कृष्ट उदकहरू

    उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खला सम्पन्न; २८ जना उदक यात्रीहरूको उत्साहजनक सहभागिता !

  • २ माघ २०७८, आईतवार २२:५४ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खला सम्पन्न भएको छ ।

    उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठान, चन्द्रागिरी साहित्य प्रतिष्ठान तथा खोरिया साहित्य समाजका अध्यक्ष वरिष्ठ साहित्यकार जनार्दन अधिकारी धड्कनले उदक सिर्जनामा यसको संरचनागत पक्षमा ध्यान दिँदै उदक कविता भएकोले कविताको भावगत मर्मलाई बुझेर उदक लेखनलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले जोसँग जे छ उसले त्यही दिने गरेको विचार राख्दै काव्यिक विधा उदक वाचन गर्नुको साथै उदक वाचन कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खलामा खगेन्द्र बस्याल सरस्वती श्रेष्ठ (रुपन्देही), केशब न्यौपाने, प्रेम थापा, पुष्प राना, रोशन पराजुली, निर्मला सुवेदी, नवराज भट्ट, सुरेशचन्द्र घिमिरे, केशव ढकाल, कविता देवकोटा, उर्मिला पन्त पाण्डेय, सरस्वती राना, चन्द्रावती अधिकारी, सोम लुइटेल, गुणनिधि घिमिरे, लक्ष्मी बस्याल, रामराजा केसी, सुशिला पौडेल, वसन्त अनुभव, श्रद्धा आचार्य, कमला देवकोटा, सरस्वती श्रेष्ठ (इटहरी), चन्द्रावती अधिकारी लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो । उहाँले कार्यक्रममा अब्बल दर्जाका उदकहरू वाचनले कार्यक्रममा थप उर्जा दिएको बताउनुभयो ।

    उदक साहित्य समाज नेपालका उपाध्यक्ष सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खला सम्पन्न; २८ जना उदक यात्रीहरूको उत्साहजनक सहभागिता !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P