• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

साउदी अरबले बढायाे कच्चा तेलको मूल्य

  • २३ जेष्ठ २०७९, सोमबार १९:३२ मा प्रकाशित
  • विश्वमा सर्वाधिक तेल निर्यात गर्ने साउदी अरबले एशियाका खरिदकर्ताहरुलाई ठुलो झटका दिएको छ । साउदी अरबले जुलाईकालागि कच्चा तेलको मूल्य वृद्धि गरेको छ । कडा आपूर्ति र गर्मीमा हुने धेरै मागको समयमा खरिदकर्ताहरुका लागि सो देशले कच्चा तेलको मूल्य धेरैले बढाएको छ ।

    कच्चा तेलको मूल्य एक डलरदेखि डेढ डलरसम्म बढ्ने संभावना रहेको बताइएकाे थियो । तर एशियाका लागि जुलाईमा अरब लाइटकाे आधिकारिक बिक्री मूल्य (ओएसपी) जूनभन्दा प्रति ब्यारेल २.१ डलरले बढेकाे छ । मूल्य बढेर ओमान वा दुबई बन्दरगाहमा प्रतिब्यारेल ६.५ डलर पुगेकाे थियाे जुन मे महिनाको रेकर्ड स्तर नजिक रहेको छ ।

    सोहि विषयमा एक एशियाली तेल व्यापारीले कच्चा तेलको मूल्यमा आएको यो उछाल विशेषगरी अरब लाइटकालागि अप्रत्याशित रहेको बताए ।

    जूलाईका लागि तेलको मूल्य बढाएपछि तेलको मूल्य प्रति ब्यारेल १२० डलर पुगेको छ । ब्रेण्ट क्रुड तेल प्रति ब्यारेल ३२ सेन्ट वा ०.३ प्रतिशतले बढेर १२०.०४ डलर रहेको छ । ब्रेण्ट क्रुड तेलले उच्च स्तर १२१.९५ डलरसम्म छोएको थियो ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on साउदी अरबले बढायाे कच्चा तेलको मूल्य

    ‘एनिमल’मा खलपात्रको भूमिकामा विपिन, अनिल कपुरसँग ‘स्क्रिन सेयर’ गर्ने 

  • २३ जेष्ठ २०७९, सोमबार १५:४५ मा प्रकाशित

  • काठमाडौं । बलिउड फिल्म ‘एनिमल’मा अभिनेता विपिन कार्कीले खलपात्रको भूमिका निर्वाह गर्ने भएका छन् । अधिकांश दृश्यमा अनिल कपुरसँगै हुने र आफू ‘एन्टागोनिस्ट’ भूमिकामा देखिने विपिनले अनलाइनखबरलाई जानकारी दिए ।

    सन् १८७० को एक चर्चित भारतीय पहलमानको भाइको भूमिकामा आफू प्रस्तुत हुन लागेको उनले जनाए । ‘छिनछिनमै इमोसनको उतारचढाव आउने पात्रको रोलमा म हुनेछु । त्यो चरित्र भनेको छिनमा हाँस्ने र छिनमै रुने हुनेछ,’ उनले भने ।अनिल कपुरसँग अधिकांश समय पर्दामा सँगै देखिने भए पनि मुख्य पात्र भएकाले रणवीर कपुर र बबी देवलसँग पनि थोरै समय स्क्रिन सेयर हुनसक्ने उनले बताए । अहिले फिल्मको दोस्रो चरणको छायांकन भइरहेको र आफू चाहिं तेस्रो चरणको छायांकनमा सहभागी हुने विपिनले बताए ।अहिले काठमाडौंमा छायांकन भइरहेको फिल्म ‘के घर के डेरा’को छायांकनपछि विपिन मुम्बई जाने तयारीमा छन् । आफ्नो भागको ८० प्रतिशत छायांकन सकिएको र सकिने बित्तिकै हिंड्ने उनले बताए । ‘एनिमल’मा विपिनको छायांकन तालिका पाँच दिनको हुनेछ ।

    मुख्य पात्रबीच असमझदारी चर्कंदै जाँदा कसरी मानिसमा जनावरको स्वभाव विकसित हुन्छ भन्ने कथामा ‘एनिमल’ निर्माण हुन लागेको हो । फिल्ममा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको समेत अभिनय हुनेछ ।

    विपिन ‘एनिमल’ छायांकनबाट फर्किएपछि केही नेपाली फिल्मको छायांकनमा व्यस्त हुनेछन् । नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’माथि बन्न लागेको सोही नामको फिल्ममा विपिन देखिनेछन् ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on ‘एनिमल’मा खलपात्रको भूमिकामा विपिन, अनिल कपुरसँग ‘स्क्रिन सेयर’ गर्ने 

    बिदामा गएर समयमै नफर्किए साउदीमा तीन वर्ष प्रतिबन्ध

  • २२ जेष्ठ २०७९, आईतवार १४:४२ मा प्रकाशित

  • रियाद – बिदामा गएका विदेशी नागरिकहरू तोकिएको समयभित्र साउदी अरब नफर्किएमा ३ वर्षसम्म पुनरागमनमा प्रतिबन्ध लगाउने साउदी सरकारले जनाएको छ ।

    साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजत) ले एक्जिट र रि-इन्ट्री भिसा लिएर निश्चित अवधिभित्र नफर्केका आप्रवासीलाई ३ वर्षसम्म राज्य प्रवेशमा प्रतिबन्ध लगाइने जनाएको छ ।

    भिसामा तोकिएको अवधिभित्र प्रवासी फर्किएन भने रोजगारदाताले नयाँ भिसा जारी गर्नुपर्ने जवाजातले जनाएको छ । ‘निकास र फिर्ता आएन’ वाक्यांश कुनै पनि प्रवासीको लागि रेकर्ड गरिनेछ, जसले एक्जिट र रि-इन्ट्री भिसा जारी गरेको थियो, जवाजातले भनेको छ ।

    भिसाको म्याद समाप्त भएको दुई महिना पछि स्वचालित रूपमा आफूले छाडेर नफर्केका प्रवासीलाई दर्ता गर्न पहिले जस्तै राहदानी विभागमा जानु नपर्ने संकेत गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

    प्रवेश प्रतिबन्धको अवधि भिसा समाप्त भएको मितिबाट गणना गरिने र हिजरी क्यालेन्डरको आधारित हुनेछ । जावाजतका अनुसार आगमनलाई राज्यमा प्रवेश गर्नबाट रोक्ने निर्णयमा आश्रित र उनीहरूसँगै आउनेहरूलाई समावेश गर्दैन ।

    जवाजातले छोरा वा छोरीहरू जस्ता आप्रवासीका आश्रितहरू, एस्कर्टहरूको प्रस्थान र तिनीहरूको नफर्किने सम्बन्धमा प्रतिक्रिया दिँदै अभिभावकहरूले अबशेर प्लेटफर्ममा उनीहरूको निरन्तर उपस्थिति गरी उनीहरूलाई रद्द गरी छाडिने बताएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on बिदामा गएर समयमै नफर्किए साउदीमा तीन वर्ष प्रतिबन्ध

    साउदीमा मृतक गोर्खाका दाउरेको शव एनआरएनए आरसिसी अल कासिमको सहयोगमा नेपाल पुग्यो ।

  • २२ जेष्ठ २०७९, आईतवार ०३:२३ मा प्रकाशित
  • ५ जुन २०२२, साउदी अरब ! गोर्खा जिल्ला सहिद लखन गाउँपालिका घर भइ बिगत केहि बर्षदेखि साउदी अरबको अल कासिम स्थित अल-वतनिया कम्पनीमा मृतक अबस्थामा रहेका दाउरे थापाको शव एनआरएनए आरसिसी अल कासिमको समन्वयमा र नेपाली राजदूतावास साउदी अरबको अमुल्य सहयोगमा नेपाल पुगेको छ ।

    २७ मार्च २०२२ आइतबारका दिन आफ्नै कम्पनीमा काम गर्ने क्रममा थापाको अचानक दुखद मृत्युबरण हुन पुगेको र तत्पश्चात एनआरएनए-आरसिसी, अल कासिमले नेपाली दूतावास सित र कम्पनीसित निरन्तर समन्वय गरि मृतक थापाको शव करिब दुई महिनामा गत शुक्रबार ३ जुन २०२२ का दिन नेपाल पुर्याउन सफल रहेको संस्थाका सचीव ध्रुब कटुवालले जानकारी गराएका छन् । थापाको शव नेपाल पुगेर अन्तिम संस्कार पनी भइ सकेको सचीव कटुवालले जानकारी गराएका छन्

    सचीव कटुवालका अनुसार थापाको मृत्यु पछी दूतावास तथा कम्पनीबाट पूरा गरिनु पर्ने सम्पुर्ण प्रक्रियाहरुका लागी एनआरएनए आरसिसी अल कासिम टिमद्वारा दूतावास रियाद तथा मृतकको कम्पनीमा बारम्बार समन्वय गरेर मृतक शरिरलाई छिटो भन्दा छिटो नेपाल पठाउन सफल रहेको जनाए ।

    साथै उक्त कार्यमा अमुल्य सहयोग गर्नु हुने नेपाली राजदुतावास रियादका प्रथम सचिब, श्री ऋषिराज आचार्य, एनआरएनए अल-कासिमका अध्यक्ष रम्जान दिन मियाँ, एनआरएनए, एनसिसी साउदीका निबर्तमान उपाध्यक्ष तथा आर सि सी अल कासिमका संरक्षक विशाल कुमार श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष कृष्ण अधिकारी, सह-कोशाअध्यक्ष वीर बाहादुर तामाङ पन्जिकृत सदस्य बाबू सिम्रन गोर्खाली, आरसिसी अल कासिम टिम, साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई एनआरएनए आरसिसी अल कासिमले हार्दिक आभार तथा धन्यवाद प्रदान गरेको छ ।।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा मृतक गोर्खाका दाउरेको शव एनआरएनए आरसिसी अल कासिमको सहयोगमा नेपाल पुग्यो ।

    फाइबर अप्टिक केबलमार्फत युरोप-एसिया जोड्दै ग्रिस र साउदी अरेबिया 

  • २१ जेष्ठ २०७९, शनिबार ११:३२ मा प्रकाशित

  • काठमाडौं । ग्रिस र साउदी अरेबियाले फाइबर अप्टिक केबलमार्फत एसिया र युरोपलाई जोड्ने तयारी गरेका छन् । यी दुई देशले संयुक्त रुपमा यो परियोजना अघि बढाउन लागेका हुन् ।

    यसका लागि समुन्द्र सतहका साथै भूमिमा समेत फाइबर बिछ्याउने याेजना ल्याइएकाे छ । यो परियोजना ग्रिक र साउदी अरब सरकारको संयुक्त लगानी रहेको टेलिकम कम्पनीबाट सञ्चालित ‘मेना हब’ ले गर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

    समाचारमा जनाइए अनुसार आउँदो जुलाईमा याे परियाेजनाका लागि सम्झौता हुनेछ । त्यसका आधारमा सन् २०२५ सम्म यो परियोजना सम्पन्न हुने अनुमान गरिएकाे छ ।

    यसका लागि ८० करोड युरो अर्थात् १० खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने जनाइएको छ । 



    Posted in अन्तर्राष्ट्रियLeave a Comment on फाइबर अप्टिक केबलमार्फत युरोप-एसिया जोड्दै ग्रिस र साउदी अरेबिया 

    एनआरएनए आइसिसी उपाध्यक्ष यास्मिन बेगमको अध्यक्षतामा महिला बिभागको बैठक सम्पन्न ।

  • २१ जेष्ठ २०७९, शनिबार ०४:१६ मा प्रकाशित

  • ४ जुन २०२२, साउदी अरब ! गैर आवसिय नेपाली संघ अंतराष्ट्रीय समन्वय परिषद अंतर्गत रहेको महिला विभागको पहिलो बैठक मिति २ जून २०२२ को दिन एनआरएनए आइसिसी उपाध्यक्ष यास्मिन बेगमको अध्यक्षतामा सम्पन्न भएको छ ।

    आइसिसीकि अध्यक्ष रबिना थापाको प्रमुख आतिथ्यमा बसेको उक्त बैठकमा IES का महिला पदाधिकारीहरु सचिब टिका गुरुंग , महिला सहकोषाध्यक्षद्वय यमुना भट्टराई , अमृता कंचन थापाको साथमा महिला संयोजकद्वय संगीत मरहट्टा र विमला सापकोटाको साथै विभिन्न क्षेत्रका महिला क्षेत्रीय संयोजक तथा उपसंयोजकहरु क्रमशः तृष्णा काफ़्ले शर्मा अमेरिकाज़ ,उषाकिरण बारिया ओसेनिया , शांति अधिकारी एशिया प्याशिफ़िक ,पारू मल्ल यूरोप क्षेत्र , डाक्टर इंदिरा तिवारी साउथ कोरिया,इंदिरा त्रिपाठी अमेरिकाज़ समेतहरुको उपस्थिति रहेको थियो ।
    परिचयात्मक तथा सम्पूर्ण नव निर्वाचित महिला पदाधिकारी हरु लाई बधाई तथा शुभकामना कार्यक्रम बाट शुरू भएको उक्त बैठकमा कार्यकाल २१-२३ का निमित्त महिला तथा बालबालिकाको क्षेत्रमा बिशेष गरि महिला स्वास्थ्य र बालबालिका हरुको शिक्षाको परियोजना बारेमा विस्तृत छलफल गर्दै अन्य तह तप्कामा रहनु भएका महिला पदाधिकारीहरु सँगको बृहत छलफल पछि कस्तो परियोजना अघि सार्ने भन्ने बारे समेत निर्णय गरिएको कुरा उपाध्यक्ष यास्मिन बेगम ले जानकारी दिनु भयो ।

    सचिब टिका गुरुङद्वारा संचालित उक्त बैठक अति नै मिठासपूर्ण अनी सभ्य तवरमा महत्त्वपूर्ण बिषयहरुमा छलफल गरि सम्पन्न भएको उपाध्यक्ष बेगमले जानकारी दिनु भयो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए आइसिसी उपाध्यक्ष यास्मिन बेगमको अध्यक्षतामा महिला बिभागको बैठक सम्पन्न ।

    प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

  • २० जेष्ठ २०७९, शुक्रबार २०:४१ मा प्रकाशित
  • काठमाडौं । प्रवासी नेपाली  समन्वय समिति (पीएनसीसी) को १३ औं बर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । प्रवासमा रहेका नेपाली श्रमिकको हकहितको लागि स्थापना गरिएको संस्था २०६६ सालमा स्थापना भएको हो ।

    वैदेशिक रोजगारमा संलग्नहरू सदस्य रहने गरी ” फर दी माईग्रेन्ट बाई दी माईग्रेन्ट ” भन्ने मुल मन्त्रका साथ प्रवासी नेपाली समन्वय समिति ( पीएनसीसी) गैर सरकारी सामाजिक संस्थाको रूपमा स्थापित भएको संस्थाले जनाएको छ । यस दौरानमा राष्ट्रिय , क्षेत्रिय र अन्तराष्ट्रिय स्तरमा संस्थाले श्रमिकका विविध पक्षहरूलाई संबोधन गर्ने प्रयास गरेको संस्थाले जनाएको छ ।

    वैदेशिक रोजगारीको क्रममा विविध परिस्थितिमा समस्यामा परेका करिव २९ हजार भन्दा बढि आप्रवासी श्रमिक र उनीहरूका परिवारको विविध समस्याहरूको सहजिकरण गरेको संस्थाले उल्लेख गरेको छ ।

    संस्थाले मलेसिया तथा खाडी लगायतका देशमा रहेका नेपाली श्रमिकका समस्या बारे बारे पैरवी, उद्धार, सहजिकरण गर्दै आएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

    अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्यो : चार जनाको ज्यान गयो, केही घाइते 

  • १९ जेष्ठ २०७९, बिहीबार ०९:३२ मा प्रकाशित

  • अमेरिकाको ओक्लाहोमा राज्यको टुलसामा रहेको एउटा अस्पतालमा गोली चलेको छ ।

    चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गोली चलाउने पनि मारिएको बीबीसीले जनाएको छ ।

    गोली चलेको सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको त्यहाँका प्रहरी उपप्रमुख एरिक डालग्लिशले बताउनुभएको छ ।

    अस्पतालमा आक्रमण गर्नुको उद्देश्य खुलेको छैन । गएको हप्ता टेक्ससमा रहेकाे एउटा विद्यालयमा भएको आक्रमणमा परि २१ जनाको ज्यान गएको थियो ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्यो : चार जनाको ज्यान गयो, केही घाइते 

    दुबईमा मृत्यु भएका साउदको शव एक महिना पछि नेपाल ल्याइयो।

  • १९ जेष्ठ २०७९, बिहीबार ०१:०९ मा प्रकाशित
  • कञ्चनपुर : दुबईमा मृत्यु भएका बेदकोट नगरपालिका ४ विजयनगर बगुनका २२ वर्षीय खडक साउदको शव एक महिना पछि नेपाल ल्याइएको छ।

    मृतकका दाजु शेरसिंह साउदले बुधवार त्रिभुवन विमानस्थलमा शव बुझेको बेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।

    शव बुझेपछि विमानस्थल बाटै गाडीमा आफन्त सहितलाई घर पठाईएको छ।

    उनका अनुसार साउद तीन महिना अघि भिजिट भिसामा दुबई गएका थिए। वैशाख २४ गते साउदको अचानक मृत्यु भएको थियो।

    भिजिट भिसामा दुबई गएका साउदकाे शव ल्याउन त्यहाँ रहेका नेपालीले तीन लाख रकमको व्यवस्था मिलाएका हुन्। नेपाल सरकारले भिजिट भिसामा गएको शव ल्याउन नसकिने बताएपछि त्यहाँ रहेका नेपालीले सहयोग गरेको बताइएको छ।

    थाह खबर बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on दुबईमा मृत्यु भएका साउदको शव एक महिना पछि नेपाल ल्याइयो।

    प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी)साउदी अरब र सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबको समन्वयमा खाद्यान्न सहयोग :

  • १८ जेष्ठ २०७९, बुधबार ०१:११ मा प्रकाशित
  • वैदेशिक रोजगारीका लागि साउदीअरब आएका ८ जनालाई सुदुर पश्चिमेली नेपाली समाजको सहकार्यमा प्रवासी नेपाली समन्वय (पीएनसीसी) ले खाद्यान्न सहयोग गरेको सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबका सचीव केशव सिंह धामी ले बताएका छन् ।
    साउदी अरबको आभा क्षेत्रमा खाद्यान्नको अभावमा रहेका
    पीडितका बारेमा आएको जानकारी पश्चात् सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबका सचीव केशव सिंह धामी, महासचिव केशव बहादुर सिंह र पीएनसीसी साउदी अरबका संयोजक गणेश अर्यालको पहलमा पीडितहरुलाई पीएनसीसी द्वारा चामल, दाल, तेल, प्याज लगायतका खाद्यान्न सामग्री १०दिन सम्म पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । साउदि अरबको दक्षिण पश्चिमी प्रान्तिय सहर आभा स्थित उनीहरूलाई कम्पनीद्वारा कामविहीन भई खानाको समेत समस्या रहेको निवेदन आएपछि खाद्यान्न अभाव झेलिरहेकाहरुलाई सहयोग गरिएको हो।

    काठमाडौंको अनामनगरमा केन्द्रिय कार्यालय रहेको पीएनसीसीले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या झेलिरहेकाहरूलाई आफ्नै सेल्टरमा राखेर कानुनी, लगायत अन्य मुद्दाहरू पहल गरिनुका साथसाथै पीडितलाई बिदेशमा बाट वा सोदेशबाटै घरसम्म पुग्ने टिकट खर्चको व्यवस्था पनि गरिरहेको छ।

    पीएनसीसीको प्रवास शाखा हालसम्म साउदी अरेबिया, दुबई, कतार, ओमान, कुवेत लगायतका देशमा छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी)साउदी अरब र सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबको समन्वयमा खाद्यान्न सहयोग :

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P