९३ जना नेपालीहरुको बहिर्गमन भिसा (Exit visa) लागेको नेपाली राजदूतावाद्वारा जानकारी

  • २४ जेष्ठ २०७९, मंगलवार २१:४० मा प्रकाशित
  • बहिर्गमन भिसा (Exit visa)

    नेपाली राजदूतावास समक्ष बहिर्गमन भिसा (Exit visa) को लागि निवेदन दिएका मध्ये केही व्यक्तिहरुको Exit भिसा प्राप्त भएको सूचना ।

    ७ जुन २०२२, साउदी अरब ! साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा ३१ मे देखि ०७ जुन २०२२ सम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा – ९३ जनाको वहिर्मन भिसा (exit visa) प्राप्त भएको नेपाली दूतावास रियादले आफ्नो फेसबुक पेजद्वारा जानकारी गराएको छ ।

    नामहरुको सूचि सहित सेयर गर्दै लिष्टमा नाम आएका नेपाली रूले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरेको छ । र, एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्न पनि अनुरोध गरेको छ ।

    सुचनामा उल्लेख छ “दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसाको विवरण समेत समावेश गरिनेछ ।

    एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

    • इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेका
    • वा साउदी आएको ३ महिना भन्दा बढि समयसम्म पनि इकामा नबनाइदिएका
    • वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गर्न सकिनेछ ।

    इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न मिल्दैन ।”


    नेपाली राजदूतावास
    रियाद ।

    Leave a Reply