
विश्वमा सर्वाधिक तेल निर्यात गर्ने साउदी अरबले एशियाका खरिदकर्ताहरुलाई ठुलो झटका दिएको छ । साउदी अरबले जुलाईकालागि कच्चा तेलको मूल्य वृद्धि गरेको छ । कडा आपूर्ति र गर्मीमा हुने धेरै मागको समयमा खरिदकर्ताहरुका लागि सो देशले कच्चा तेलको मूल्य धेरैले बढाएको छ ।
कच्चा तेलको मूल्य एक डलरदेखि डेढ डलरसम्म बढ्ने संभावना रहेको बताइएकाे थियो । तर एशियाका लागि जुलाईमा अरब लाइटकाे आधिकारिक बिक्री मूल्य (ओएसपी) जूनभन्दा प्रति ब्यारेल २.१ डलरले बढेकाे छ । मूल्य बढेर ओमान वा दुबई बन्दरगाहमा प्रतिब्यारेल ६.५ डलर पुगेकाे थियाे जुन मे महिनाको रेकर्ड स्तर नजिक रहेको छ ।
सोहि विषयमा एक एशियाली तेल व्यापारीले कच्चा तेलको मूल्यमा आएको यो उछाल विशेषगरी अरब लाइटकालागि अप्रत्याशित रहेको बताए ।
जूलाईका लागि तेलको मूल्य बढाएपछि तेलको मूल्य प्रति ब्यारेल १२० डलर पुगेको छ । ब्रेण्ट क्रुड तेल प्रति ब्यारेल ३२ सेन्ट वा ०.३ प्रतिशतले बढेर १२०.०४ डलर रहेको छ । ब्रेण्ट क्रुड तेलले उच्च स्तर १२१.९५ डलरसम्म छोएको थियो ।

