नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च,साउदी अरबको आगामी २०२२ अगस्ट ५ गते रियादमा हुन गईरहेको दोस्रो राष्ट्रिय अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई मुख्य अतिथिका रूपमा आउने भएका छन्
प्रवासी नेपाली मञ्च,साउदी अरबका प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण कार्की द्वारा गराइएको जानकारी अनुसार साउदी अरबको रियाद स्थित एक्जिट १८ मा १२:३० मा सुरु हुन गइरहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न भट्टराई आउने भएका हुन्।
पिएनसीसी द्वारा प्रवासी संग डाक्टर” को ७औ श्रृंखलामा पेट तथा कलेजोसम्बन्धी समस्याहरुको रोकथाममा केन्द्रित रहने ।
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी श्रावण १गते अथार्त जुलाई १७मा प्रवासी संग डाक्टर” को ७औ श्रृंखलामा पेट तथा कलेजोसम्बन्धी समस्याहरुको रोकथाममा केन्द्रित रही कार्यक्रम सञ्चालन हुने भएको छ।
आगामी कार्यक्रममा बिर तथा नर्भिक अस्पतालमा आफ्नो सेवा दिँदै आउनुभएका कलेजो तथा पेट विशेषज्ञ डाक्टर पुकार थापा द्वारा कलेजो तथा पेट सम्बन्धी समस्या तथा त्यसको सामाधानबारे सल्लाह सुझाव लगायत विशेष छलफल हुने पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा पनि यो समस्या देखिँदै आएको छ । आजभोलि कलेजो बिग्रिएर अस्पताल आइपुग्ने ५० प्रतिशतभन्दा बढीको कारण मदिराको अत्याधिक सेवन नै हुने गरेको पाइन्छ । केही वर्षअघिसम्म ५० –६० वर्षको उमेरका मदिरा सेवनकर्तामा देखिने यो समस्या अहिले कतिपयको ३५ मै र धेरैको ४० वर्षमा देखिन थालेको छ । त्यसैले मदिराका कारण कलेजो बिग्रिएर अस्पताल पुग्नेको चाप बढ्दै गएको छ ।
पछिल्लो दशकमा नेपालीह्रूको खानपान शैलीमा परिवर्तन आएको छ । अझ युवावर्गमाझ मदिराको कुलत अत्याधिक बढिरहेको छ । यसले कलेजो रोगको समस्या निम्त्याइरहेको छ । कुनै समय भाइरल हेपाटाइटिस (बी र सी) र अन्य कारणले कलेजो बिग्रिने समस्या धेरै रहेकोमा पछिल्लो समय मदिराका कारण कलेजो क्षति बेहोरेका बढी छन् ।
खासगरी खाडी मुलुक साउदी कतार यूएईको तापक्रम अत्यधिक बढी भएको र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको खानपानमा त्यती ध्यान नपुर्याउने भएकोले पनि यस्ता समस्याहरु बढ्दै गएको विशेषज्ञ डाक्टरहरुको ठम्याई रहेको छ।
तसर्थ प्रवासी नेपाली समन्वय समितिले यी यावत कुराहरुलाई ध्यानमा राख्दै विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्यमा आउने समस्या न्यूनीकरण हेतु यो कार्यक्रम गर्न लागेकाले प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिन पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो ।
कार्यक्रम नेपाली समयअनुसार साँझ ७:३०हुनेछ ।
जुम माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी :-zoom
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार हत्यापछि प्रहरीले पत्रकार सम्मेलन गरेको छ । प्रहरीले गोली चलाएको ठाउँबाट ४१ वर्षीय संदिग्ध टेत्सुया यामागामीलाई पक्राउ गरेको जनाएको छ । शिन्जो आबेको स्थानीय समय अनुसार १७:०३ मा निधन भएको हो ।
उनको मृत्युपछि यो मुद्दा हत्या अनुसन्धानमा परिणत भएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि ९० जनाको कार्यदल गठन गरिएको छ । प्रहरीका अनुसार संदिग्ध तेत्सुया यामागामीले पूर्वप्रधानमन्त्रीमाथि गोली चलाएको स्वीकार गरिसकेका छन् । उनले हत्याका लागि घरेलु बन्दुक प्रयोग गरेको अधिकारीहरुलाई बताए ।
प्रहरीका अनुसार, संदिग्ध शूटरले भने कि उनको एउटा विशेष संगठनसँग गुनासो छ र उनलाई विश्वास छ कि शिन्जो आबे त्यो संगठनको हिस्सा थिए। त्यसैले उनले आबेहरूलाई गोली हाने।
संदिग्ध तेत्सुया यामागामीको घरमा खोजी गरेपछि प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार जस्तै हातले बनाइएका अरु हतियार पनि फेला पारेको छ ।
अधिकारीहरूका अनुसार हातले बनाएका हतियारका अलावा धेरै विष्फोटक पदार्थहरू पनि फेला परेकाले त्यस क्षेत्रलाई सुरक्षित घोषणा नभएसम्म वरपरका क्षेत्रलाई खाली गर्न भनिएको छ।
धातु र काठ जस्ता सामग्री मिसाएर बन्दुक बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले थ्रीडी प्रिन्टर प्रयोग गरी बन्दुक बनाइएको पुष्टि गरेको छैन। यसका साथै यो आक्रमण संदिग्ध व्यक्तिले एक्लै गरेको हो वा उनलाई कसैले सहयोग गरेको थियो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पत्रकार सम्मेलनमा सिन्जो आबेले सम्बोधन गरिरहेको कार्यक्रमको सुरक्षाबारे पनि प्रहरीसँग प्रश्न उठाइएको थियो ।
एक पत्रकारले शिन्जो आबेले भाषण दिंदा मानिसहरूलाई उभिन र हिड्ने ठाउँ किन थियो भनेर सोधे। यसमा कसको गल्ती हो वा कसको जिम्मेवारी हो भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ छ ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडकमा भाषण दिइरहेका बेला आक्रमण भएको हो ।
जापानी सञ्चारमाध्यममा गोली लागेर आबेलाई हृदयघात भएको पनि बताइएको छ । जापान टाइम्सका अनुसार गोलीको चोटका कारण आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र रगत बगेको थियो।
प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । शंकास्पद आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ। उनी नारा शहरका बासिन्दा हुन् । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेको हो ।
शुक्रवार, आषाढ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।
ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौ २४ असार / जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनी एक सभामा सम्बोधनका क्रममा ढलेका थिए । प्रत्यक्षदर्शीहरूले उनको शरीरबाट रगत बगिरहेको देखेको र गोली पड्केको आवाज सुनेको बताएका छन् । त्यहाँका सन्चार माध्यमहरुले उनको अवस्था नाजुक रहेको समाचारमा जनाइएको छ ।
दमाम -साउदी अरबको वाणिज्य मन्त्रालय अन्तर्गत पूर्वी प्रान्तको एक अदालतले व्यावसायिक ठगीको आरोपमा एक साउदी नागरिक सहित १० विदेशी कामदारलाई सात लाख बिस हजार जरिवाना सहित अधिकतम एक वर्षको जेल सजाय सुनाएको छ
दमामको फौजदारी अदालतले उक्त अवैध फ्याक्ट्रीका मालिकलाई एक वर्षको जेल सजाय सुनाएको छ भने १० भारतीय र बंगलादेशी नागरिकलाई छ महिनाको जेल सजाय सुनाइएको छ।
दोषीहरू विरुद्ध कुल साउदी रियाल सात लाख बिस हजार जरिवाना गरिएको थियो। अदालतले व्यावसायिक ठगीमा संलग्न उनीहरूको प्लान्ट बन्द गर्न र बरामद नक्कली उत्पादनहरू जफत र नष्ट गर्न पनि आदेश दिएको छ।
कातिफ गभर्नोरेटको एक निजी फार्ममा सञ्चालित इजाजत विनाको प्लान्टमा मिसावटयुक्त सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री गर्ने कारखाना सञ्चालन गरेको आरोपमा ती नागरिक र विदेशीहरूलाई दोषी ठहर गरिएको थियो।
सुर्ती र गुड़को मिश्रण तयार गरी स्थानीय बजारमा बिक्री गर्न भ्रामक व्यापारिक तथ्याङ्क राखेर प्याकेजिङ गरी व्यवसायिक तथ्याङ्क लुकाएर ठगी गर्ने, उद्योगका मालिक र त्यस कार्यमा संलग्न बिदेशी कामदार अरुलाई समेत दोषी ठहर गरिएको छ।
यस्ता ठगी विरुद्धको कानुनमा तीन वर्षसम्म कैद र १० लाख रियालसम्म जरिवाना वा दुवै सजाय, तथा दुईवटा स्थानीय पत्रपत्रिकामा दोषीहरु ko नाम सार्वजनिक गरिने र उक्त कार्यमा लागिने खर्च दोषी बाटै असुलउपर गरिने र विदेशीलाई देश निकाला गर्ने व्यवस्था छ।
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी अशाढ १७ गते अथार्त जुलाई १ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।
प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बोर्ड बारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा बोर्डको कार्यालय गठन सम्बन्धि निति, बोर्डले दिने सेवा, सेवा लिन आउदा अपाउनुपर्ने आवश्यक प्रक्रिया बारे जानकारी दिईनेछ ।
कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ७ बजेर ३० मिनेटमा सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।
खोटाङ । साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् ।
साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका हुन् ।
रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउने गरी काठमाडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडौं पुगेकी छन् । उनी हाल बच्चा च्यापेर आफन्तसँग म्यानपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् ।
म्यानपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक-पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए । ‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो । आठ-नौँ पटक म्यानपावर धाइसक्यौँ,’ राईले भने, ‘दूतावासले सहयोग गरिरहेकै छ तर म्यानपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन म्यानपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ।
मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अनुसन्धान जारी
काठमाडौँ — अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् । सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
सान एन्टोनियो अमेरिका-मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ । उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन ।
अमेरिका आप्रवाससम्बन्धी विषय राजनीतिक मुद्दाको विषय बन्ने गरेको छ । गत वर्ष अमेरिका-मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको जमातलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन् ।
सोमबार भएको घटनालाई पनि यहि क्रममा भएको हुन सक्ने आशंका गरिएको छ । यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको द गार्जियनले उल्लेख गरेको छ ।