• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

साउदी अरब लगायत तीन देशमा राजदूत नियुक्त ।

  • २४ असार २०७९, शुक्रबार १६:५८ मा प्रकाशित

  • शुक्रवार, आषाढ
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।

    ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी अरब लगायत तीन देशमा राजदूत नियुक्त ।

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

  • २४ असार २०७९, शुक्रबार १३:१५ मा प्रकाशित
  • काठमाडौ
    २४ असार / जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    उनी एक सभामा सम्बोधनका क्रममा ढलेका थिए । प्रत्यक्षदर्शीहरूले उनको शरीरबाट रगत बगिरहेको देखेको र गोली पड्केको आवाज सुनेको बताएका छन् । त्यहाँका सन्चार माध्यमहरुले उनको अवस्था नाजुक रहेको समाचारमा जनाइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

    ठगीको आरोपमा एक साउदी नागरिक सहित १० विदेशी कामदारलाई सात लाख बिस हजार जरिवाना सहित जेल सजाय ।

  • २२ असार २०७९, बुधबार ०९:२८ मा प्रकाशित
  • प्रतिकात्मक फोटो

    दमाम -साउदी अरबको वाणिज्य मन्त्रालय अन्तर्गत पूर्वी प्रान्तको एक अदालतले व्यावसायिक ठगीको आरोपमा एक साउदी नागरिक सहित १० विदेशी कामदारलाई सात लाख बिस हजार जरिवाना सहित अधिकतम एक वर्षको जेल सजाय सुनाएको छ

    दमामको फौजदारी अदालतले उक्त अवैध फ्याक्ट्रीका मालिकलाई एक वर्षको जेल सजाय सुनाएको छ भने १० भारतीय र बंगलादेशी नागरिकलाई छ महिनाको जेल सजाय सुनाइएको छ।

    दोषीहरू विरुद्ध कुल साउदी रियाल सात लाख बिस हजार जरिवाना गरिएको थियो। अदालतले व्यावसायिक ठगीमा संलग्न उनीहरूको प्लान्ट बन्द गर्न र बरामद नक्कली उत्पादनहरू जफत र नष्ट गर्न पनि आदेश दिएको छ।

    कातिफ गभर्नोरेटको एक निजी फार्ममा सञ्चालित इजाजत विनाको प्लान्टमा मिसावटयुक्त सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री गर्ने कारखाना सञ्चालन गरेको आरोपमा ती नागरिक र विदेशीहरूलाई दोषी ठहर गरिएको थियो।

    सुर्ती र गुड़को मिश्रण तयार गरी स्थानीय बजारमा बिक्री गर्न भ्रामक व्यापारिक तथ्याङ्क राखेर प्याकेजिङ गरी व्यवसायिक तथ्याङ्क लुकाएर ठगी गर्ने, उद्योगका मालिक र त्यस कार्यमा संलग्न बिदेशी कामदार अरुलाई समेत दोषी ठहर गरिएको छ।

    यस्ता ठगी विरुद्धको कानुनमा तीन वर्षसम्म कैद र १० लाख रियालसम्म जरिवाना वा दुवै सजाय, तथा दुईवटा स्थानीय पत्रपत्रिकामा दोषीहरु ko नाम सार्वजनिक गरिने र उक्त कार्यमा लागिने खर्च दोषी बाटै असुलउपर गरिने र विदेशीलाई देश निकाला गर्ने व्यवस्था छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on ठगीको आरोपमा एक साउदी नागरिक सहित १० विदेशी कामदारलाई सात लाख बिस हजार जरिवाना सहित जेल सजाय ।

    पीएनसीसी द्वारा बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै

  • १६ असार २०७९, बिहीबार १९:०४ मा प्रकाशित
  • काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी अशाढ १७ गते अथार्त जुलाई १ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

    प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बोर्ड बारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा बोर्डको कार्यालय गठन सम्बन्धि निति, बोर्डले दिने सेवा, सेवा लिन आउदा अपाउनुपर्ने आवश्यक प्रक्रिया बारे जानकारी दिईनेछ ।

    कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ७ बजेर ३० मिनेटमा सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पीएनसीसी द्वारा बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै

    साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका सुनिल राईको सव स्वदेश ल्याउन भएको ढिलाई प्रति परिवारको गुनासो ।

  • १६ असार २०७९, बिहीबार १४:०० मा प्रकाशित
  • खोटाङ । साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् ।

    साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका हुन् ।

    रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउने गरी काठमाडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडौं पुगेकी छन् । उनी हाल बच्चा च्यापेर आफन्तसँग म्यानपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् ।

    म्यानपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक-पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए । ‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो । आठ-नौँ पटक म्यानपावर धाइसक्यौँ,’ राईले भने, ‘दूतावासले सहयोग गरिरहेकै छ तर म्यानपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन म्यानपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका सुनिल राईको सव स्वदेश ल्याउन भएको ढिलाई प्रति परिवारको गुनासो ।

    अमेरिका-मेक्सिको सीमा नजिकै ट्रकमा ४६ जनाको शव फेला

  • १४ असार २०७९, मंगलवार ०९:०३ मा प्रकाशित
  • मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अनुसन्धान जारी


    काठमाडौँ — अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

    टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् । सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
    मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    सान एन्टोनियो अमेरिका-मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ । उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन ।

    अमेरिका आप्रवाससम्बन्धी विषय राजनीतिक मुद्दाको विषय बन्ने गरेको छ । गत वर्ष अमेरिका-मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको जमातलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन् ।

    सोमबार भएको घटनालाई पनि यहि क्रममा भएको हुन सक्ने आशंका गरिएको छ । यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको द गार्जियनले उल्लेख गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on अमेरिका-मेक्सिको सीमा नजिकै ट्रकमा ४६ जनाको शव फेला

    साउदीमा रहेका ९९ जना नेपालीले ६० दिनभित्र साउदी छोड्नु पर्ने 

  • १२ असार २०७९, आईतवार १५:१० मा प्रकाशित
  • साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ वहिर्गमन भिसा पाएका छन् । यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुको नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेको हो । 

    रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा उपलब्ध गरेको हो । ‘साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र इकामा नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा १७–२३ जुन २०२२ सम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ९९ जनाको वहिर्मन भिसा प्राप्त भएको छ,’ दूतावासले आज विज्ञप्ति जारी गर्दै भनेको छ ।  

    अवैध रुपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रुपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धीत देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । 

    एक्जिट भिसा आएकाहरुलाई दूतावासमा आएर भिसा लिएर जान विज्ञप्तिमा भनिएको छ । एक्जिट भिसा आएको ६० दिन भित्र स्वदेश फर्कनु पर्ने नियम साउदी अरबको रहेको छ ।

    ‘दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । र, एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु हुन अनुरोध गरिन्छ,’ नेपाली दूतावासले भनेको छ । 

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on साउदीमा रहेका ९९ जना नेपालीले ६० दिनभित्र साउदी छोड्नु पर्ने 

    सलमान र एर्दोगानबीच भेटवार्ता: साउदी र टर्कीको सम्बन्ध नयाँ उचाइमा 

  • ९ असार २०७९, बिहीबार ११:५२ मा प्रकाशित

  • काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि बिग्रिएको सम्बन्धलाई पूर्णतया सामान्य बनाउने उद्देश्यले टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानसँग वार्ता गर्न वर्षौंपछि पहिलो पटक बुधबार टर्कीको भ्रमण गरेका छन् ।

    यसअघि गत अप्रिलमा एर्दोगानले पनि साउदीको भ्रमण गरेका थिए । सन् २०१८ मा टर्कीको स्तानबुलस्थित वाणिज्यदूतावासमा साउदीका अमेरिका निवासी पत्रकार खशोग्गीको हत्या भएको थियो ।

    पत्रकार खशोग्गीको हत्यामा मुद्दा चलाउन एवं क्षेत्रीय शक्तिहरू बीचको सम्बन्ध सुधार गर्न एर्दोगनले साउदीको भ्रमण गरेका थिए ।

    उनले त्यहाँ रहँदा युवराज मोहम्मदसँग एक वार्ता गरेका थिए । सो क्रममा टर्कीको संकटग्रस्त अर्थतन्त्रलाई राहत दिन मद्दत गर्न साउदीले लगानीको सम्भावना बढाएको थियो ।

    एर्दोगानले गत हप्ता रियादका डि फेक्टो लिडर प्रिन्स मोहम्मदसँग अंकारामा हुने वार्ताको क्रममा सम्बन्धलाई अझैं उच्च तहमा लैजान के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने बताएका थिए ।

    यस भ्रमणले दुई देशबीचको सम्बन्ध दरार आएको अवस्थाबाट हटाउँदै पुरानै मजबुत स्वरुपमा लैजाने सम्भावना बढाएको छ । एक टर्कीका वरिष्ठ अधिकारीले रोयटर्सलाई भनेका छन्, साउदी र टर्की बीचको सम्बन्धमा ‘नयाँ युग शुरु हुनेछ’।

    यस्तै टर्कीको घटेको विदेशी मुद्रा भण्डारलाई पुनःस्थापित गर्न मुद्रा स्वैप लाइनको वार्तासमेत हुने विश्वास गरिएको छ ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on सलमान र एर्दोगानबीच भेटवार्ता: साउदी र टर्कीको सम्बन्ध नयाँ उचाइमा 

    एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

  • ६ असार २०७९, सोमबार १६:१० मा प्रकाशित
  • गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको छ।उनका अनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप उच्च छ। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन्।

    यसैगरी एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारीदिए।हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रहेको छ। भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् छ हजार ६०० कममा सेवा दिँदै आएको जनाइएको छ।जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए।
    साभार कान्तिपुर दैनिक बाट

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

    वार्षिक एक लाख रेमिटेन्स पठाउनेले सेयर पाउने ।

  • ५ असार २०७९, आईतवार २१:४६ मा प्रकाशित
  • वैदेशिक रोजगारीमा रहेकाहरूले वार्षिक रूपमा निश्चित रकम रेमिटेन्स पठाएको आधारमा मात्रै प्राथमिक सेयर निष्काशन (आइपिओ)मा दिइन लागिएको आरक्षणमा सहभागी हुन पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले यसको लागि कार्यविधि बनाइरहेको छ।

    ‘अहिलेलाई वार्षिक करिब एक लाख रुपैयाँ रेमिटेन्स पठाएकाहरूले आरक्षण सहितको यस योजनामा सहभागिता पाउने गरी कार्यविधि बनाउने तयारी गरिरहेका छौं,’ कार्यविधि निर्माण समितिका एक सदस्यले भने, ‘यस्तो रेमिटेन्स रकमको टुंगो लाग्न बाँकी छ। तर सेयरमा आरक्षण पाउन रेमिटेन्समा केही न केही योगदान गरेको भने हुनुपर्नेछ।’

    मुलुकको विदेशी मुद्रा सञ्चितिमा ह्रास आएसँगै यस्तो मुद्रा भित्र्याउने विभिन्न उपायमध्ये सेयरमा आरक्षणको अभ्यास गरिन थालिएको हो। आगामी आर्थिक वर्षको लागि पेश भएको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने उल्लेख गरिएको छ। आरक्षण दिइने कोटा बजेटमा घोषणा भए अनुसार नै हुनेछ।

    वैदेशिक रोजगारीमा रहेकाहरूले पनि सेयरमा छुट्याइने कोटाअनुसार सेयर भर्न डिम्याट एकाउन्ट खोल्नुपर्ने हुन्छ। यस्तो खाता अनलाइन फारम भरेर पनि खोल्न सकिने व्यवस्था गरिन लागिएको छ। यस्तो खाता खोल्दा ग्राहक पहिचान विवरण पनि आवश्यक पर्छ।

    हाल कुनैपनि कम्पनीले जारी गरेको सेयर खरिद गर्न सेयर खाता अनिवार्य हुन्छ। यस्तो सेयर खातालाई डिम्याट एकाउन्ट समेत भनिन्छ। अहिले निक्षेप संग्रहकर्ता (सेयर खाता खोलिदिने संस्था) को रूपमा सेयर ब्रोकर र विभिन्न बैंकहरूले काम गरिरहेका छन्।

    वैदेशिक रोजगारीमा रहेकासँग पहिलो चरणमा भिडिओ कलबाट उनीहरूको आफ्नो व्यक्तिगत विवरण लिइने योजना बोर्डको छ। पछि रोजगारीमा रहेकाहरू नेपाल फर्किएको समयमा डिम्याट खोलिएको संस्थामा एकपटक उपस्थित भएर यस्तो पहिचान अद्यावधिक गराउनुपर्ने हुन्छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on वार्षिक एक लाख रेमिटेन्स पठाउनेले सेयर पाउने ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P