एनआरएनए साउदीद्वारा १५ औँ वार्षिकोत्सव कार्यक्रम गर्दै ।

  • ३ श्रावण २०७९, मंगलवार ०१:१८ मा प्रकाशित
  • समर्पण रम्जान

    १८ जुलाइ २०२२, साउदी अरब ! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यही आउँदो २९ जुलाई २०२२ शुक्रवारका दिन १५ औँ वार्षिकोत्सव कार्यक्रम गर्ने भएको छ ।

    साउदी अरबमा दिनानुदिन बड्दै गइरहेको श्रमिक समस्यालाई मध्यनजर गर्दै श्रमिक अन्तर्कृया सहितको आयोजित उक्त कार्यक्रममा साउदी अरबका नियोग-उपनियोगका सरकारी प्रतिनिधिहरु, संघका विभिन्न तह र ओहोदाका पदाधिकारीहरू, पंजीकृत सदस्यहरू, विभिन्न क्रियाशील संघ संस्थाका पदाधिकारीहरू, विभिन्न संचार माध्यमा आवद्ध संचार कर्मीहरू, विभिन्न पेशा र व्यवसायमा आवद्ध बुद्धिजीवी तथा समाजसेवीहरू, विभिन्न विधाका कलाकर्मी कलाकारहरू र साउदीअरबमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई आमन्त्रण गरिएको छ ।

    नेपाली दूतावास रियादको प्रमुख आतिथ्यमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा संस्थाको २०२१-२३ कार्यकालकी पहिलो एक बर्षमा संस्थाद्वारा गरिएका गतिविधि प्रस्तुत गर्नुको साथै उपस्थित दर्शकहरुलाइ स्थानीय नेपाली कलाकारहरुद्वारा सांस्कृतिक मनोरञ्जन दिने कुरा संस्थाका अध्यक्ष डम्बर यादबले जानकारी गराए !

    २९ जुलाइ शुक्रबार हुने उक्त कार्यक्रम रियाद स्थित एक्जिट-९, सोहना सुपरमार्केट पछाडी, समर पार्टी प्यालेस मा विहान १०ः०० बजे देखी साँझ ६ः०० बजे सम्म रहने पनि अध्यक्ष यादवले जानकारी गराउदैँ साउदी अरबमा रहने सम्पुर्ण नेपाली हरुलाइ कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।

    Leave a Reply