• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

साउदीको रियाद लगायत विभिन्न ९ शहरमा २४ घण्टे कर्फ्यू आदेश

  • २५ चैत्र २०७६, मंगलवार ०१:५१ मा प्रकाशित
  • साउदी संवाददाता

    रियाद/साउदी अरब

    साउदी सरकारले भर्खरै जारी गरेकाे सूचना अनुसार साउदी अरबमा फैलिएकाे कोरोना भाइरसको संक्रमण रोक्ने उदेश्य स्वरूप आज मिति २०७६।१२।२४ (अप्रिल ६, २०२०) साेमबारबाट लागू हुने गरी रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखाेबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यू आदेश जारी गरेको यहाँको गृह मन्त्रालयले जनाएको छ।

     पछिल्लो २४ घण्टामा थप १३८ कोभिड १९ को संक्रमित सहित २५२३ पुगेको छ। आज सम्ममा ३८ जनाको मृत्यु भएको र ५५१ जना उपचार पछि निको भएका छन भने १९३४ जनाको उपचार भईरहेको छ। साउदी अरबमा संक्रमित हरूको ४७ प्रतिशत साउदी नागरिक रहेको छ भने ५३ प्रतिशत आप्रवासीहरू रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. मोहम्मद अब्देल आलीले बताएका छन्।


    यसै क्रममा रियाद स्थित रहेको नेपाली राजदुतासले साउदीको सबै क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना गर्न  अनुरोध गरेका छन् ।सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किन समेत दुतावासले अनुरोध गरेका छन्  ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on साउदीको रियाद लगायत विभिन्न ९ शहरमा २४ घण्टे कर्फ्यू आदेश

    कोरोना संक्रमणले यूएईको दुबईमा ४० वर्षीय नेपाली महिलाको मृत्यु

  • २४ चैत्र २०७६, सोमबार २१:३० मा प्रकाशित
  • संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु कामदारको रूपमा कार्यरत ४० वर्षीय रुपन्देही देबदह-६ की बिनु पराजुलीको कोरोना भाईरसको कारण गत ३ अप्रिल २०२० शुक्रवार मृत्यु भएको पुस्टि भएको छ । 

    ती महिला कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो र अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो भने पोस्टमार्टम रिपोर्ट आइसकेको थिएन।
    दुबई प्रहरीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो।
     उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको पनि जनाएको छ।

    यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् भने हालसम्म ११ जना पुगेको छ। तीमध्ये दुई जनालाई निको भइसकेको छ।यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ। एकसय ६७ जनालाई निको भइसकेको छ। ११ जनाको मृत्यु भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on कोरोना संक्रमणले यूएईको दुबईमा ४० वर्षीय नेपाली महिलाको मृत्यु

    गैरआवासीय नेपाली संघको कार्यकारीहरुको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न:

  • २३ चैत्र २०७६, आईतवार २३:२४ मा प्रकाशित
  • साउदी संवाददाता

    गैरआवासीय नेपाली संघ कार्यकारीहरु (एनआरएनए आइइएस) को बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको कुरा हिमालयन दृष्टिलाई प्रवक्ता डि बि क्षेत्रीले जानकारी गराएका छन् ।
    उक्त बैठकले कोभिड १९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट १ करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको कोभिड १९ संबन्धि उपचार र रोकथामका लागि आवश्यक सामानहरु खरिद गरि नेपाल सरकारलाइ हस्तान्तरण गर्ने, त्यो भन्दा उपरान्तको संकलन र सहयोग रकम भने विदेशमानै बस्ने नेपालीहरुको सहयोगको लागि राहत स्वरुप खर्च गरिने निर्णय भएको छ।यसका साथै  संघको अनलाइन एप्सबाट न्यूनतम देखी अधिकतम सम्म रकम आफ्नो ठाउँबाट नै दिन सकिने र जुन  आफ्नै फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड अथवा  क्रेडिटकार्ड प्रयोग गरि सहयोग गर्न  सकिने ब्यबस्था छ। जसमा आफूले दिएको रकम आफैंले र अरुले गरेको सहयोग समेत  उक्त वेबसाइटमा गएर हेर्न सकिनेछ। यति मात्र होइन, यसलाई अझै पारदर्शी बनाउन कोषाध्यक्ष महेश श्रेष्ठको नेत्रित्वमा अझै थुप्रै बिधि र प्रक्रियाहरु गरिंदै जाने निर्णय पनि उक्त बैठकले गरेको छ।


    संघका सबै क्षेत्रहरुमा कोभिड १९ को लागि समितिहरु बनाएर नेपाली श्रमिकहरूको सहयोगार्थ भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) हरुलाई निर्देशन जारि भएकोमा त्यसलाई निरन्तरता दिने निर्णय भएको छ भने नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने सम्पूर्ण संघ-संस्था र प्रतिष्ठित एवं संबन्धित व्यक्तिहरुको समेत प्रतिनिधित्व हुने गरि समिती बनाउने र सोहि समितिले सहयोग, समन्वय र उद्धारको लागि काम गर्न नेपाल सरकारसंग प्रस्ताव गर्ने साथै  यसका लागि संघका अध्यक्ष कुमार पन्तले पहल गर्ने निर्णय समेत भएको छ।


    कोरोना संबन्धि संघको हेल्थ कमिटीले विभिन्न सूचना र थप जानकारी गर्दै गरेको छ। अब पनि आफ्ना कुनै जिज्ञासा भए उहाँ हरुलाई सम्पर्क गर्न जानकारी गराउने निर्णय गरिएको छ। क्षेत्र र सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेका कोभिड १९ संबन्धि गतिबिधि मात्र होइन अन्य गतिबिधि पनि संचार तथा प्रकाशन समितिलाइ पठाउन यस अघि नै निर्देशन/इमेल गरिएको छ। उपरान्त सबै एनसीसी र क्षेत्रीय स्तरका सबै गतिबिधि पठाउन ध्यानाकर्षण  गराउने निर्णय भएको छ। बैठकले सम्पूर्ण एनसीसी, क्षेत्रीय संयोजक (आरसी), सम्पूर्ण एनआरएन कर्मी र विदेश स्थित रहेका नेपालीहरु, संघ-संस्थाहरुको सहयोगको लागि हार्दिक ज्ञापन गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, समाजLeave a Comment on गैरआवासीय नेपाली संघको कार्यकारीहरुको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न:

    COVID-19 प्रभावित नेपाली श्रमिक उद्धारको लागी मध्यपूर्व क्षेत्रिय उद्धार समिती गठन:

  • २२ चैत्र २०७६, शनिबार १८:१७ मा प्रकाशित
  • साउदी संवाददाता

    गैरआवासिय नेपाली संघ मध्यपूर्वले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूमा COVID 19 का कारण आउन सक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै सहजिकरण गर्नका लागी एनआरएनए मध्यपूर्व क्षेत्रिय उद्धार समिती गठन गरेका छन्।


     एनआरएनए आईसिसी मध्यपूर्व संयोजक प्रविन  गुरुङको संयोजगत्वमा गठित उक्त क्षेत्रिय उद्धार समितीले मध्यपुर्वका सम्पूर्ण राजदुताबासको दैनिक प्रतिवेदन  प्रत्येक एनसीसी मार्फत जानकारी लिने, महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति भयवित हैन सजक रहन नेपाली समुदायलाई प्रोत्साहीत गर्ने र गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारले गरेको आह्वानलाई सम्पुर्ण प्रबासी कामदारहरूमाझ पुर्याउने जस्ता रणनीतिहरू कार्यन्वयन गर्ने भएका छन् ।


    उक्त समितीमा एनआरएनए आईसिसी मध्यपूर्व सहसंयोजक  मनोज कुमार श्रेष्ठ उप-संयोजक तथा राजेन्द्र अर्याल प्रवक्ता रहेको छ भने सदस्यहरूमा राज रेग्मी    (कतार), सुमित्रा पौडेल (कुबेत), येसमिन बेगम सैयद (साउदी अरब), रमेश  भट्ट  (कतार), नारायण पासवान  (साउदी), ठाकुर प्रसाद ढुंगाना  (युएई), अमित राई  (कुवेत), अजय यादब (ओमन), लाल प्रसाद पुन (बहराईन), नबिन पौडेल (युएई), राजु केशी (युएई), नेत्र प्रसाद शर्मा  (युएई), अब्दुल बासिद (कतार), होम नाथ शर्मा  (कतार), युब राज शर्मा  (कतार), केबी हमाल  (कतार), मोहम्मद मुक्तदा मुसलमान  (कतार), प्रकास कोईराला  (युएई), तेज थापा  (साउदी अरब), सुजन केसी  (कुवेत), लक्ष्मी गिरि  (बहराईन) र सेवन्त पुर्जा पुन  (ओमन) रहेका छन्।


    त्यसैगरी समितीको मिडिया संयोजकमा मेघराज सापकोटा (युएई) रहेको छ भने सदस्यहरू शुक्र मोक्तान  (साउदी अरब), सुवास शर्मा  (युएई), दिप जङ शाहा (कतार), अमर श्रेष्ठ (बहराईन), माधब  शाही (कुवेत) र पूर्ण बि.क. पहाडी (ओमन) रहेका छन्।यसै सन्दर्भमा सहजताको लागी मध्यपूर्वका सबै एनसिसीहरूको सम्पर्क नंबर पनि सार्वजनिक गरेका छन्, जसमा सुजन केसी (कुवेत:००९६५९४४७१२२२), प्रकाश कोईराला (यूएई: ००९७१५०६५८१४४३), लक्ष्मी गिरी (बह्राईन: ००९७३३८११२३७०), मोहम्मद मुक्तदा (कतार:००९७४७४४४९५९२), सेवन्त पूर्जा (ओमन: ००९६८९१७५४०७९) र तेज थापा (साउदी: ००९६६५०४४३८३७७) रहेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on COVID-19 प्रभावित नेपाली श्रमिक उद्धारको लागी मध्यपूर्व क्षेत्रिय उद्धार समिती गठन:

    मायादेबी गाउँपालिकामा १३ शैय्या सहितको क्वारेन्टाइन कक्ष स्थापना:

  • १२ चैत्र २०७६, बुधबार १६:१८ मा प्रकाशित
  • राघवेंद्र चौबे 

     

    कपिलवस्तु/नेपाल – 

    कपिलवस्तुको मायादेबी गाउँपालिका पकडीमा क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । श्री छत्र पाली तीर्थ देबी उच्च माध्यमिक विद्यालयको भवनमा ३ शैय्या र जनता माध्यमिक विद्यालयमा १० शैय्या गरी १३ शैय्या  सहितको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । सिमा नाका देखी नजिक रहेको गाउँपालिकामा कोरोना भाइरसको जोखिम उच्च रहेकाले  क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले बताए । कोरोना भाइरस प्रभावित मुलुक बाट आएका नागरिक तथा कोरोना भाईरसको आशंका देखिएको मानिसहरुलाई १४ दिन यसै स्थानमा राखिने चौधरीले बताए ।


     उक्त कक्षमा गाउँपालिकाले दुई जना स्वास्थ्य कर्मीलाई हेरचाहाको लागी राखिने भएको छ भने भारत बाट प्रबेश गर्ने नागरिकलाई सिमा क्षेत्रमा हेल्प डेक्सको ब्यवस्था गरिएको स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले बताए । विश्वमा महामारीको रूप लिएको कोरोना भाइरस बाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने यादवको भनाइ छ । समान्य लापरबाहीले यो रोग महामारीको रुपमा फैलिने बताउँदै गाउँपालिका भित्र सुरक्षित र सजक रहन आग्रह गरेका छन् ।
     त्यस्तै सोही गाउँपालिकाको वडा नंम्बर ३ मा रहेको नव निर्मित फुलीक स्वास्थ्य चौकीमा भोली सम्मा आइसोलेसन वार्ड पनि स्थापन गरिने भएको छ।

    विश्वलाई नै आतंकित तुल्याएको COVID-19 कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिन थाले संगै हाल सम्म तिन जना उक्त भाईरसको संक्रमितहरू भेटिएको छ। यस भाईरसको महामारी रोक्न नेपाल सरकारले  चैत्र ११ देखी लागु हुने गरी एक हप्ताको लागी लकडाउन घोषणा गरिसकेको छ।

    Posted in ताजा अपडेटLeave a Comment on मायादेबी गाउँपालिकामा १३ शैय्या सहितको क्वारेन्टाइन कक्ष स्थापना:

    COVID-19 कोरोना बाट सजक रहन NRNA साउदिको अपिल :

  • ११ चैत्र २०७६, मंगलवार १५:१९ मा प्रकाशित
  • रियाद/साउदी अरब

    विश्वभर महामारिको रूपमा फैलिंदै गरेको प्राणघातक रोग कोरोना भाईरस (NOVEL CORONA VIRUS-COVID19) ले नेपाल लगायत संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली हरुमा डर त्रासको वातावरण सृजना गरिरहेको परिपेक्षमा साउदी अरबमा रहेका नेपाली श्रमिकहरु प्रति भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यानजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको सचिवालयले २३-मार्च-२०२० का दिन बिशेष आकस्मिक बैठकआह्वान गरेको थियो। बैठकले कोरोना भाईरस उध्दार सम्बन्धी घनिभूत छलफल द्वारा निर्णय गर्दै NRNA  साउदिका अध्यक्ष तेज बहादुर थापाको संयोजकत्वमा (अन्तरराष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्व गर्ने गरी दुई जना सदस्य तेज बहादुर थापा-अध्यक्ष र धुर्ब कुमार रिजाल-बरिष्ठ उपाध्यक्ष) लाई चयन गर्दै साउदी अरबका बिभिन्न शहरमा रहेका क्षेत्र बाट थप ८ जना प्रतिनिधिहरु सहित १० सदस्सिय कोरोना भाईरस उध्दार समिती समिती गठन गरेको छ।

    साउदी अरबमा रहेका कुनैपनी नेपालीहरुमा समस्या पर्न गएमा  नेपाली राजादुताबास रियाद र नेपाली महाबाणिज्य दुताबास जेध्दाको तल उल्लेखित नम्बरहरुमा यथा शिघ्र संपर्क गर्नुहुन वा एनआरएनए एनसिसी साउदि अरबका तपसिलका प्रतिनिधिहरुलाई संपर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

    नेपाली राजादुताबास रियाद:(0114611108) र हटलाइन(0559389600) 

    नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683)

    साउदी सरकारले गत साता देखी १४ दिने होम क्वारेन्टाइन निर्देश जारी गरेको थियो परन्तु संक्रमितको संख्या ह्वात्तै बढन थालेपछी २३-मार्च बाट लागु हुने गरी साँझ ७ बजे देखी बिहान ६ बजेसम्म २१ दिने कर्फ्यु आदेश जारी गरेको छ। यस्तो बिषम परिस्थितिमा बिशेष गरी साउदी अरबलाई आफ्नो कर्मथलो बनाएर बस्दै आउनु भएका सम्पूर्ण नेपाली जनसमुदाय तथा आम नेपाली श्रमिकहरुमा नआत्तिन,नहडबडाउन, शशंकित नहुन, भ्रमित नहुन र साउदी सरकारले जारी गरेको हरेक निती निर्देशनको पूर्ण रूपमा पालन गर्नुहुन  संस्थागत अनुरोध गर्दछौँ। साथै कोरोना भाईरस बाट आफु सचेत रहंदै अरुलाई पनि सचेत गराउन बिनम्र अनुरोध गर्दछौं।

    बिशेष साबधानी:

    • साउदी सरकारले जारी गरेको हरेक निर्देशको पूर्ण रूपमा पालना गर्ने र कानुन बिपरितका कुनै पनी गतिबिधी नगर्ने।
    • अनावश्यक र अनाधिकृत संचार माध्यम, सामाजिक सन्जाल, युट्युब तथा अन्य माध्यम बाट आएका अपुष्ट समाचारहरुको भ्रममा नपर्ने। र तेस्ता रिपोर्टहरु आफु जानकार नभै बिभिन्न सन्जाल बाट आएका समाचारहरु पोष्ट या शेयर नगर्ने।
    • अनावश्यक रूपमा भिडभाड स्थानमा भेला नहुने र कुनै जमघट वा कार्यक्रम नगर्ने।
    • स्वास्थ्यको पूर्ण रूपमा ख्याल गर्दै नियमित आहार, ब्यायाम, सरसफाइमा बिशेष ध्यान दिने। भरसक उमालेर पानी पिउने र आँफैले बनाएको खाना खाने।
    • नियमित रुपमा साबुन लगाएर हात धुने र एन्टिबेक्टेरियल, हेन्ड सानीटाइजर लगायत अन्य जिवाणुनाशक पदार्थको प्रयोग गर्ने।
    • खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक-मुख छोप्ने र प्रयोग गरिएको रुमाल, टिस्स्यु बन्द फोहोरदानीमा फाल्ने।
    • नियमित रूपमा मास्कको प्रयोग गर्ने र रुघाखोकी वा ज्वरोका लक्षण देखिएका ब्यक्तिहरु संग टाढा बस्ने तर तुरुन्त आवश्यक सहयोग गर्ने।
    • आफु र आफ्ना परिवारजनमा ज्वरो,खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै हस्पिटल जाने वा कुनै बिपत्तिमा परेमा माथि उल्लेखित सम्बन्धित निकायमा संपर्कमा आउने।
    • अत्यावश्यक रूपमा यात्राा गर्नुपरेमा साउदी सरकारले यात्रा सम्बन्धी निर्देशनहरू जस्तै प्रवेशमा निषेध, क्वारेन्टाईनको आवश्यकता आदिको अध्ययन गर्ने।
    • अपरिचित ब्यक्तिले दिएको कुनै पनि भोजन सेवान नगर्ने वा बस्तु नलिने।

    अन्त्यमा: तिब्र रूपमा फैलिएको संक्रमणको उन्मुलनको उपाय यथा शिघ्र निस्कोस, अबरुध्द भएका सरकारी तथा गैर सरकारी वा अन्य कार्यालयहरु छिट्टै सुचारु हुन सकुन, सम्पूर्ण नेपालीहरुमा डर त्रासको बातावरणको अन्त्य होस, परदेशमा अलपत्र परेका वा घर बिदामा गएर पुन: आफ्नो कर्मथलो फर्किन नपाएकाहरुको छिटो समाधान होस भन्नेमा गैर आवासिय नेपाली संघ साउदी अरब आशाबादी छौं।

    प्रवक्ता

    गैर आवासिय नेपाली संघ

    राष्ट्रिय समन्वय परिषद-साउदि अरब

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on COVID-19 कोरोना बाट सजक रहन NRNA साउदिको अपिल :

    कोरोना भईरसको नियन्त्रण तथा उपचारको लागी नेपाल सरकारलाई एनआरएनएको एक करोड रुपैयाँ सहयोग

  • १० चैत्र २०७६, सोमबार २२:२४ मा प्रकाशित
  • काठ्माण्डौँ/नेपाल

    हाल विश्व व्यापी महामारीको रूपमा फैलिएको COVID-19 कोरोना भाईसको नियन्त्रण तथा उपचारको लागी गैरआवासीय नेपाली संघले आर्थिक सहयोगको घोषणा गरेको छ । संघको २० मार्च २०२० आइतबारका दिन बसेको ७२ औं बैठकले १ करोड रुपैँया बराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाह बमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरेको हो ।


     संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिती त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी पनि गरेको छ ।


    नेपालमा हाल सम्ममा विश्व भरी फैलिएको कोराना भाईरसको संक्रमितको संख्य दुई जना रहेको पुस्टि भएको छ। पहिलो बिरामी ३ जनवरी २०२० मा चिनको हुवेई प्रान्तको वुहान बाट नेपाल फर्किएको ३२ वर्षिय पूरूष रहेको थियो भने दोस्रो बिरामी १७ मार्चमा फ्रान्स बाट कतार हुँदै नेपाल फर्केकी २१ वर्षिय महिला रहेको पुस्टि भएको छ। पहिलो बिरामी १३ दिनको उपचार पश्चात निको भएर घर फर्किसकेको छ भने दोस्रो बिरामी शुक्रराज शास्त्री ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भईरहेको छ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना भईरसको नियन्त्रण तथा उपचारको लागी नेपाल सरकारलाई एनआरएनएको एक करोड रुपैयाँ सहयोग

    COVID-19 कोरोनाका कारण साउदी अरबमा थप प्रतिबन्धहरू

  • ८ चैत्र २०७६, शनिबार ०१:५७ मा प्रकाशित
  • रियाद/साउदी अरब

    विश्व व्यापीरूपमा अतांकित तुल्याएको कोरोना भाईरसको प्रकोप फैलिने क्रम साउदी अरबमा पनि बढ्दै गएको छ। COVID-19 कोरोनाको प्रभावलाई नियन्त्रण गर्नको लागी सम्भव भए सम्मको सबै संयन्त्र उपयोग गर्न साउदी सरकार लागी परेको स्पस्ट देखिन्छ ।

    अन्तर्राष्ट्रिय उडानमा गत आईतवार बाट लागु हुने गरी दुई साताको लागी प्रतिबन्ध लगाएको थियो भने २१ मार्च २०२० शनिवार बाट लागु हुने गरी दुई साताका लागी थप आन्तरिक उडानका साथ साथै  सार्वजनिक यातायातका बसहरू, रेल वेए सेवा र पब्लिक ट्याक्सीहरूलाई प्रतिबन्ध लागाएको छ।यस अघि नै साउदी सरकारले विद्यालय तथा विश्वविद्यालय, व्यापारिक केंद्रहरू, बालबालिकाको मनोरंजनार्थ खोलिएका फन पार्कहरू, सरकारी कार्यालय तथा मातहदमा रहेका एजेन्सी(सहजकर्ता) कार्यलयहरू बन्द गरिसकेको छ।घोषित प्रबन्धको अवधिमा मेडिकल क्षेत्र र सुपर मार्केटहरू खुल्ला रहने जनाएको छ। यसका साथै विशेष प्रकारका आवागमनहरू खुल्ला रहने जनाएको छ।

    २० मार्च शुक्रबार साँझ सम्ममा साउदी अरबमा नयाँ ७० जना संक्रमित सहित ३४४ जनामा COVID-19 कोरोना भाईरसको संक्रमण पोजेटिभ भेटिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on COVID-19 कोरोनाका कारण साउदी अरबमा थप प्रतिबन्धहरू

    साउदी अरबमा कोरोनाको प्रकोप बढ्दै

  • २७ फाल्गुन २०७६, मंगलवार ००:०४ मा प्रकाशित
  • दम्माम/साउदी अरब

    नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्येका एक साउदी अरेबियामा COVID-19 (कोरोना) भाइरस बाट संक्रमितको संख्यामा सोमवार सम्ममा थप चार जना सहित १५ पुगेको पुष्टि भएको छ। यस महामारीलाई नियन्त्रणको लागी ९ मार्च २०२० बाट लागु हुने गरी साउदी सरकारले विद्यालय तथा विश्व विद्यालयहरू अर्को सुचना जारी नभए सम्मको लागी बन्द गरिएको छ भने संक्रमित बिरामी भेटिएको साउदीको पूर्वी शहर दम्मामको कतिफ र सिहात क्षेत्रमा अत्यावश्यक  आवगमन बाहेक अन्य आवागमनमा रोक लगाईएको छ।

    साउदी सरकारले सोमबारबाट युएई, कुवेत, बहराइन, लेवनान, सिरिया, दक्षिण कोरिया, इटली, इराक लगायतका देशहरूमा हवाई आवागमन बन्द गरेको छ भने आफ्नो नागरिकलाई ओमन, फ्रान्स, जर्मनी, टर्की र स्पेनको भ्रमणमा रोक लगाईएको छ साथै लेवनान, ईजिप्ट, ईटाली र दक्षिण कोरिया बाट आएका आप्रवासीहरूलाई दुई हप्ता सम्मको लागी self-quarantine मा रहन भनेको छ। यसका साथ साथै साउदी सरकारले COVID-19 को प्रति रक्षाको लागी WHO लाई एक करोड डलर ($१० मिलियन) बराबरको सहयोग गरिने घोषणा गरेको छ। यसै सन्दर्भमा रियाद स्थित नेपाली दूतावासले साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।

    नेपाली दूतावासले सोमबार आफ्ना फेसबूक पेजबाट एक सूचना जारी गरि झन्डै साउदीमा कार्यरत साँढे तीन लाख नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् । दूतावासले तत्काल सभा, सम्मेलन, भेटघाट, विभिन्न कार्यक्रम नगर्न समेत नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

    हवाई आवागमन बन्द गरेपछि यूएई ट्रान्जिट हुँदै नेपाल पठाउनका लागि सोमबार विमानस्थल पुगेका तीनजना नेपाली महिलाहरुलाई पुनः दूतावासमै फिर्ता ल्याएको दुताबासका द्वितीय सचिव भरत खनालले जानकारी दिए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on साउदी अरबमा कोरोनाको प्रकोप बढ्दै

    संसदीय दलले साउदी अरबको दम्माममा अन्तर्कृया कार्यक्रम सम्पन्न

  • २३ फाल्गुन २०७६, शुक्रबार २१:३९ मा प्रकाशित
  • दम्माम/साउदी

    नेपाली राजदुताबासको आयोजनामा नेपाल उद्योग वाणिज्य श्रम तथा उपभोक्ता समितीका प्रतिनिधी सांसद बिमल प्रसाद श्रीवास्तवको नेतृत्वमा सुरक्षित आप्रवासी नेपाली श्रमिक  सम्बन्धमा गठित संसदीय दलले साउदी अरबको दम्माममा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ। साउदीको भ्रमणमा रहेको उक्त संसदीय दलमा सांसदहरू भीमसेन दास प्रधान, दुर्गा कुमारी विश्वकर्मा, गोपाल बहादुर बम, प्रमोद शाह, सूर्य नारायण यादव, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधी सांसद सुदिप पाठक, संसद भवनका उप-सचिव शिव दत्त बराल, श्रम मन्त्रालयको प्रतिनिधी केशव राज सुबेदी, शाखा अधिकृत रविलाल नेपाली र नेपाली दुताबास रियादका द्वितिय सचिव भरत खनाल सम्मिलित थियो।

    दम्माम स्थित होलिडेज् रेष्टुरेण्टको सभाहलमा ५ मार्च २०२० का दिन सम्पन्न उक्त कार्यक्रम नेपाली दुताबास रियादका द्वितिय सचिव भरत खनालले संचालन गरेका थिए भने कार्यक्रममा मन्तव्य राख्ने क्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधी सांसद सुदिप पाठकले कार्यक्रमको उदेश्य बारे बोल्दै विषयगत सल्लाह सुजाव दिन कार्यक्रममा सहभागीहरूलाई आग्रह गरेका थिए।


    कार्यक्रममा साउदी अरबमा क्रियाशील रहेको एनआरएनए, जिफन्ट नेपाल, तमुधी लगायत विभिन्न सामाजिक संघ संस्थाले आ-आफ्नो संस्थागत धाराणा सहित सुझाव र ज्ञापन पत्र बुझाएका थिए। जसमा वर्तमान अवस्थामा घरेलु कामदारहरू असुरक्षित रहेका कारण प्रतिबन्धित नै हनु पर्नेमा सबैको एक मत रहेको थियो भने कार्यक्रममा बोल्दै सांसद भीमसेन दास प्रधानले घरेलु कामदारहरूको लागी अनुमति नेदिने कुरामा ढुक्क हुन सबैलाई अनुरोध गरेका थिए।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, राजनीति, समाजLeave a Comment on संसदीय दलले साउदी अरबको दम्माममा अन्तर्कृया कार्यक्रम सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P