साउदी संवाददाता

गैरआवासीय नेपाली संघ कार्यकारीहरु (एनआरएनए आइइएस) को बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको कुरा हिमालयन दृष्टिलाई प्रवक्ता डि बि क्षेत्रीले जानकारी गराएका छन् ।
उक्त बैठकले कोभिड १९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट १ करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको कोभिड १९ संबन्धि उपचार र रोकथामका लागि आवश्यक सामानहरु खरिद गरि नेपाल सरकारलाइ हस्तान्तरण गर्ने, त्यो भन्दा उपरान्तको संकलन र सहयोग रकम भने विदेशमानै बस्ने नेपालीहरुको सहयोगको लागि राहत स्वरुप खर्च गरिने निर्णय भएको छ।यसका साथै संघको अनलाइन एप्सबाट न्यूनतम देखी अधिकतम सम्म रकम आफ्नो ठाउँबाट नै दिन सकिने र जुन आफ्नै फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड अथवा क्रेडिटकार्ड प्रयोग गरि सहयोग गर्न सकिने ब्यबस्था छ। जसमा आफूले दिएको रकम आफैंले र अरुले गरेको सहयोग समेत उक्त वेबसाइटमा गएर हेर्न सकिनेछ। यति मात्र होइन, यसलाई अझै पारदर्शी बनाउन कोषाध्यक्ष महेश श्रेष्ठको नेत्रित्वमा अझै थुप्रै बिधि र प्रक्रियाहरु गरिंदै जाने निर्णय पनि उक्त बैठकले गरेको छ।
संघका सबै क्षेत्रहरुमा कोभिड १९ को लागि समितिहरु बनाएर नेपाली श्रमिकहरूको सहयोगार्थ भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) हरुलाई निर्देशन जारि भएकोमा त्यसलाई निरन्तरता दिने निर्णय भएको छ भने नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने सम्पूर्ण संघ-संस्था र प्रतिष्ठित एवं संबन्धित व्यक्तिहरुको समेत प्रतिनिधित्व हुने गरि समिती बनाउने र सोहि समितिले सहयोग, समन्वय र उद्धारको लागि काम गर्न नेपाल सरकारसंग प्रस्ताव गर्ने साथै यसका लागि संघका अध्यक्ष कुमार पन्तले पहल गर्ने निर्णय समेत भएको छ।
कोरोना संबन्धि संघको हेल्थ कमिटीले विभिन्न सूचना र थप जानकारी गर्दै गरेको छ। अब पनि आफ्ना कुनै जिज्ञासा भए उहाँ हरुलाई सम्पर्क गर्न जानकारी गराउने निर्णय गरिएको छ। क्षेत्र र सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेका कोभिड १९ संबन्धि गतिबिधि मात्र होइन अन्य गतिबिधि पनि संचार तथा प्रकाशन समितिलाइ पठाउन यस अघि नै निर्देशन/इमेल गरिएको छ। उपरान्त सबै एनसीसी र क्षेत्रीय स्तरका सबै गतिबिधि पठाउन ध्यानाकर्षण गराउने निर्णय भएको छ। बैठकले सम्पूर्ण एनसीसी, क्षेत्रीय संयोजक (आरसी), सम्पूर्ण एनआरएन कर्मी र विदेश स्थित रहेका नेपालीहरु, संघ-संस्थाहरुको सहयोगको लागि हार्दिक ज्ञापन गरिएको छ।

