कोरोनाको कहर : स्थानीय युवा शेषनाथ पटेल द्वारा खाद्यान सामग्री बितरण

  • २३ चैत्र २०७६, आईतवार २१:४५ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज चैत २३

    विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरसलाई मध्य नजर गर्दै आज लकडाउनको १३ औं दिन बीरगंज महानगरपालिका १६ नगवा का सकृय युवा शेषनाथ पटेलले आफ्नो ब्यक्तिगत पकेटबाट अति विपन्न ,गरिब, एकल महिला, गरीखाने ब्यक्ति, अपाङ्गहरुलाई राहत खाद्यान सामग्री वितरण गरिएको हुन।

    राहत सामग्री वितरणमा ५ किलो चामल, १ प्याकेट नुन, .
    ०.५ किलो दाल, १ किलो आलु, साबुन, लगायतका समानहरु वितरण गरिएको छ । राहत स्वरुप खाद्यान्न सामग्री राजदेव महारा,भूलन महारा,जैनुल देवान, राधा किशुन पटेल गरी १५ जना अति विपन्न, गरिब, एकल महिला, अपाङ्ग परिवारहरुलाई वितरण गरिएको हुन।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचनका लागि स्थानीय युवा पटेलले सल्लाह सुझाव समेत दिएका थिए ।

    बितरण गर्ने बेला गाउँको भद्राभलदामि,अगुवा तथा पत्रकार उमेश कुशवाहा,मुना ठाकुरको उपस्थित समेत रहेको थियो।

    Leave a Reply