
उमेश कुशवाहा
बिरगंज
पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शंकास्पद मृत्युको घटनामा प्रहरीले पक्राउ गरी छानबीन शुरू गरेको छ।
पक्राउ पर्नेमा उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासु ५५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी र अर्को एक ब्यक्ति रहेका छन् ।
पक्राउ परेका चरै जनाले बुहारी उर्मिलाको घाटमा लगेर दाहसंस्कार गरिरहेको अवस्थामा शनिबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए।
आधा भाग जलिसकेको अवस्थामा मृतकको शव पनि नियन्त्रणमा लिएको सिंहले बताए ।
यदि हत्या नभएको भए बिहान हुननदी मध्यरातमा घाटमा लागि किन दाह संस्कार गर्नु परेको स्थानीयले कानाखुसी गरिरहेका थिए।

