
–वसन्त अनुभव-
कोभिड १९ को विश्वब्यापी महामारीका कारण नेपाल पनि एक गंभिर मोडमा पुगेको छ । नेपालका दुबै छिमेकी राष्ट्रहरु चीन र भारत जहा एउटा छिमेकीले कोरोनालाई कोरल्ने उपाधी पाएको छ भने अर्को छिमेकीले कोरोनासंग सिँगौरी खेलिरहेको छ ।
लकडाउनका कारण यतिबेला मजदुर, गरिब तथा विपन्न वर्ग सबैभन्दा पीडित हुन पुगेका छन । दैनिक काम नगरी बिहान र साझको दुई छाकको पनि जोहो गर्न नसक्ने तिनीहरुको चुल्हो विस्तारै चिसो हुँदै गएको छ । खान नपाएर भोकभोकै बसेको, रोएको, तड्पिएको कारुणिक घटना सामाजिक संजाल र न्युजका भित्ताहरुमा पोखिएको भेटिन्छ । कतिले त आफ्नो ज्यानै फालेको पनि सुनिन्छ ।
जोखिममा रहेको राष्ट्र नेपाल पनि कोरोनाबाट अछुतो रहन सकेन । कोरोनाको कारण मृत्यु भएको कुनै घटना पुष्टि नभएपनि ९ जना कोरोना संक्रमित भएको पुष्टि भने भएको छ । संक्रमित थपिने क्रम पछिल्लो समय बाक्लिए पनि सरकारले हिम्मत भने हारेको छैन ।
कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि चेन ब्रेक हेतु मुलुकमा अहिले लकडाउन जारी छ । सोही लकडाउनका कारण यतिबेला मजदुर, गरिब तथा विपन्न वर्ग सबैभन्दा पीडित हुन पुगेका छन । दैनिक काम नगरी बिहान र साझको दुई छाकको पनि जोहो गर्न नसक्ने तिनीहरुको चुल्हो विस्तारै चिसो हुँदै गएको छ । खान नपाएर भोकभोकै बसेको, रोएको, तड्पिएको कारुणिक घटना सामाजिक संजाल र न्युजका भित्ताहरुमा पोखिएको भेटिन्छ । कतिले त आफ्नो ज्यानै फालेको पनि सुनिन्छ ।
सरकारले पनि ती विपन्न वर्गको स्थितिलाई मध्यनजर राख्दै तिनिहरुको डाटा कलेक्सन गर्दै गरेको छ । तर पनी सरकारबाट राहत दिने कार्यमा भएको ढिलाइका कारण ती वर्गले राहत महसुस गर्न सकिरहेका छैनन । केही निकाय बाहेक धेरै जसोले अझै डाटा कलेक्सन, एनालाइसिस, इन्टरपृटेसनमै दिन गुजारिरहेका छन । केही स्थानिय निकायले भने राहत बाड्न शुरु गरेको पनि सुनिन्छ ।
यस्तो विषम परिस्थितिमा स्वतस्फूर्त रुपमा केही ब्यक्ति वा संघसंस्थाले चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामानहरु सहयोग गर्दै आइरहेको छन । जुन ज्यादै सह्रानिय कार्य हो । ती स्व:स्फुर्त रुपमा सहयोगका हात बढाउने ब्यक्तिहरुको हातमा अंकुस लगाउने गरेको हल्ला यदाकदा सुनिन थालेको छ ।
ती अंकुस लगाउने हातहरुले ईर्ष्यायुक्त दिमाग नचलाएर आफ्नै हात अघि बढाए भैगो नि अरुको खुट्टो किन तान्नुपर्यो । ती सहयोगीहातहरु त विना लोभ, लालच, घाम,पानी, दु:ख नभनी मानवताको नाताले खटिरहेका छन । आफू लंगडो भए भन्दैमा अरुको खुट्टो पक्डेर रोक्नु कदापी न्यायोचित हुन सक्दैन ।
समस्यासँग जुधिरहेका ती विपन्न वर्गको चिसो चुल्होमा कसैले आगो बाल्न खोज्छ भने त्यस कार्यमा आवश्यक सहयोग गर्नुको साटो अवरोध शृजना गर्न खोज्नु जिम्मेवार ब्यक्ति र निकायलाई शोभा दिदैन ।
बरु कतै समन्वयको अभाव छ भने समन्वय गर्न सुझाउनु पर्यो । कसैलाई लुट्न पो पाइदैन, विपतमा परेकालाई सहयोग गर्न त पाउनु पर्यो नि । बरु आफुभित्रको ईर्ष्या, आडम्बर, ईगो आदिलाई निकालेर सहयोग पो गर्ने कि ।

