• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

प्रबासी नेपाली एकता मन्च साउदी अरबको प्रथम बैठक सम्पन्न

  • १० फाल्गुन २०७६, शनिबार १४:११ मा प्रकाशित
  • राजु खनाल

    साउदी- नेकपाको प्रबास संगठन प्रबासी नेपाली एकता मन्च, साउदी अरबको प्रथम बैठक २१ फेब्रुअरी २०२०, शुक्रबार दम्माम स्थित एक होटलमा सम्पन्न भएको छ। पहिलो बैठकले बिभिन्न निर्णय गर्नुका साथै आगामी कार्ययोजना समेत बनाएको छ। बैठकले बिगतमा गरिएका सबै निर्णयहरुलाई अनुमोदन गरेको छ भने आउदो मार्च १३ शुक्रबारको दिन अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम समेत राखेको छ ।  साथै  सिफारिस गरी पठाएका केन्द्रिय सदस्यहरु मध्ये कतिपय एक्जिट गैसकेको र कतिपय सदस्यहरूले विभिन्न  कारणले रजिनामा दिएको हुँदा केन्द्रिय कमिटीमा फेरबादल समेत गरेको छ। शिवराज जैसी अधक्ष्य र राजु खनाल सचिब रहेको ३५ सदस्ययी केन्द्रिय कमिटीमा सदस्यहरू   अच्युत बोगटी, अमर श्रेष्ठ,  अन्जन सुब्बा, आकाश केसी,  इश्वर नेगी तामांग ॠषिराम भट्टराई, ओम घले,कमल खरेल, कमल महत, कमल शाही, कृष्ण कार्की,किशोर राइ,  गोबिन्द ओली, जेन लामा,   मन बहादुर थापा, मोहम्बद एकवाल आजाद,   प्रशुराम मिश्र,  प्रदीप जङ केसी,बलराम गिरी, बशन्त राई, बाबु लाल  बुढा, बाबुराम तामांग, बिमल गौतम,    भक्त कार्की, भुपाल तमाङ, यम लामा, रमेश गिरी,  राजेन्द्र खत्री,राम चन्द्र वाग्ले,  रुद्र कुमार कार्की, रुपक वाइबा तमाङ,लेखमान गुरुङ,  हरी बुढाथोकी  रहेका छन ।
    तत्कालीन नेकपा एमाले र  नेकपा माओबादी केन्द्रको एकिकरण पश्चात  बनेको नेकपाले तत्कालिन प्रबासी संगठन प्रबासी नेपाली मन्च र नेपाली जनप्रगतिशिल मन्च एकिकरण गर्न एक कार्यदल बनाएको थियो   जसमा  साउदी अरबको एकिकरणको लागि नेकपाले तत्कालिन एमाले बाट बलराम गिरी र राजु खनाल तत्कालिन  माओबादी केन्द्रबाट कमल शाही र बाबुलाल बुढा रहने गरी ४ सदससिय कार्यदल बनाएको थियो। सोही कार्यदलले शिवराज जैसी अध्यक्ष र राजु खनाल सचिब रहने गरी ३५ सदससिय सिफारिसको लागि पार्टी केन्द्रमा पठाएको थियो । केन्द्रले अनुमोदन गरे सँगै मन्चको पहिलो बैठक बसेको हो।
    साथै बैठकले मन्च एकिकरणको लागि महत्वपूर्ण भूमिका खेलेकोमा कार्दलका सदस्यहरु बलराम गिरी,कमल शाही, राजु खनाल र बाबुलाल बुढालाई बिशेष धन्यवाद दिँदै विशेष योगदानको उच्च मुल्याङ्कन गर्ने समेत जनाएको छ।

    Posted in राजनीति, समाजLeave a Comment on प्रबासी नेपाली एकता मन्च साउदी अरबको प्रथम बैठक सम्पन्न

    एनआरएनए एनसिसी साउदीको नेपाल सरकार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरूको कार्यदललाई संस्थागत १० बुँदे ज्ञापन पत्र

  • ४ फाल्गुन २०७६, आईतवार ०१:०४ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद/साउदी अरब- एनआरएनए एनसिसी साउदी अरबले नेपाल सरकार परराष्ट्र मन्त्रालयको नेतृत्वमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरू नेपाली राजदुतास रियादका तर्फ बाट नियोग उप-प्रमुख दिलिप पौड्याल,परराष्ट्र मन्त्रालयका सह सचिव तथा मध्य एसिया, पश्चिम एसिया साथै अफ्रिका  महासाखा प्रवन्ध निर्देशक  हरीश चन्द्र घिमीरे, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत कुल बहादुर राना मगर,  वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्ले र नेपाली राजदुताबास मलेशियाका पूर्व राजदूत डा. ऋषिराज अधिकारी संमिलित  भ्रमणदल तथा श्रमिक समस्या समाधान तथा न्युनिकरण सम्बन्धमा सल्लाह सुझाव संकलन कार्यदललाई एक कार्यक्रममा १४ फेब्रुअरी २०२० का दिन संस्थागत  १० बुँदे ज्ञापन पत्र बुझाएको छ।
    एनआरएनए आईसिसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, सदस्य यशमीन वैगम, पूर्व मानार्थ सदस्य राजु शैयद, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज थापा र प्रमुख सल्लाहकार डम्मर यादवले उक्त कार्यदल मार्फत नेपाली दुताबास रियाद, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयलाई बुझाईएको ज्ञापन पत्रमा उल्लेखीत बुँदाहरू यस्तो रहेको छ:

    १.म्यान पावार ब्यवसायी र बिचौलिया द्वारा नेपाली श्रमिक माथि ठगी: नेपाल सरकारले खाडी मुलुकमा काम गर्न जाने नेपाली श्रमिकका लागि फ्री भिसा फ्री टिकट निती जारी गरेको वर्षौं बितिसक्दा पनि म्यान्पावर व्याबसायीहरुले ठग्ने प्रकृया अझै रोकिएको छैन । नेपाल सकारद्वार निर्धारित सेवा शुल्क लाइ बेवास्त गरि १ लाख देखी डेढलाख सम्म रकम लिने र मात्र १० हजारको रसिद थमाइने कार्यले आज सम्म पनि निरन्तरता पाइरहेको छ । यस्तो प्रकारको ठगी गर्ने व्याबसायीलाई कानुनी दायारामा ल्याएर यथाशिघ्र कारबाही गर्नको निम्ती हामी संस्थागत माग गर्दछौं ।

    २.सम्झौता अनुसारको तलब सेवा सुविधा नपाउनु: बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका नेपाली कामदारहरुले भोग्नु परेका  समस्याहरु मध्येको  प्रमुख समस्या सम्झौता अनुसारको  तलब सेवा सुविधा नपाउनु हो । नेपालमा म्यानपावर एजेन्सी र कामदार विच भएको सम्झौतालाइ साउदी अरबमा रोजगारदाता कम्पनीले हु-बहु कार्यान्वयन नगर्दा नेपाली कामदारहरु निकै तनावग्रस्त हुने गरेका छन्, फलतः उनिहरु केही बढि तलव पाउने आशामा भागेर काम गर्न बिवश हुंदा अवैध कामदारको रुपमा शिकार हुने गरेका छन् । यसमा कामदार भगाउन प्रेरित गर्ने विचौलियाहरुको पनि बिगबिगी रहेको छ । अवैध कामदारहरुलाइ साउदी अरबको  कानुनले हेर्ने दृष्टिकोण र उनिहरुले भोग्नु परेको समस्या निकै दर्दनाक रहेको छ । यसको रोगथामका लागि नेपाल सरकार र सम्बन्धित निकायले  गम्भीरता पूर्वक यथाशिघ्र  कदम अघि बढाउन हामी संस्थागत अनुरोध गर्दछौं ।

    ३.श्रम सम्झौता: साउदि अरब र नेपाल सरकार विच हुने भनिएको श्रम सम्झौताले हालसम्म पनि पूर्णता  पाउन सकिरहेको छैन,जसको प्रत्यक्ष मार लाखौंको संख्यामा रहेका नेपाली श्रमिकहरु माथि परि रहेको छ । यदि श्रम सम्झौता भई कार्यान्वयन भएमा बुंदा नम्बर २ मा उल्लेखित समस्या अवश्य न्यूनीकरण हुनेथियो । त्यसकारण सम्बन्धित सरोकारवालाहरुलाइ कुटनैतिक पहल गरि यथासम्भव श्रम सम्झौता कार्यान्वयनका लागि हामी संस्थागत अनुरोध गर्दछौं ।

    ४.पुन: श्रम स्विकृतिको नयां नितिले निम्त्याएको प्रतिकूल असर:  हालै नेपाल सरकारद्वारा कार्यान्वयन गरिएको पुन:श्रम स्वीकृतिको व्यवस्थाले खाडी मुलुक अन्तर्गत साउदि अरबमा रहेका नेपाली कामदारहरु निकै मारमा परेका छन् र सास्ती बेहोर्नुपरेको छ भने पुन: श्रम सम्बन्धी नयाँ नितिले कतिपय घर बिदामा गएका कतिपय नेपालीहरु साउदी फर्कन नपाइ आफ्नो रोजगारी बाट समेत हात धुनु परेको छ । एसार्थ नयाँ नियम थप व्यववस्थित वा पुरानै नियम यथावत राख्न वा सहजता  गर्न हामि अनुरोध गर्दछौं । साथै  श्रम नविकरण सम्बन्धी: सम्बन्धित देशका राजदुताबास बाट नै शुरु गरिने पछील्लो सरकारको घोषणा अझै कार्यन्वयन हुन नसकेकोले हामी संस्थागत ध्यानाकर्षण गराउन चाहन्छौं।

    ५.श्रमिका समस्या छिटो समाधान गर्नको निम्ती स्वयंसेवक परिचालन सम्बन्धी: बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा आएका नेपाली श्रमिकहरु भौगलिक हिसाबले झन्डै भारत जत्रो १३ प्रान्तिय यो देशमा रियाद स्थित नेपाली राजादुताबास र जेध्दा स्थित नेपाली महावाणिज्य दुताबासको पहुंच देखी टाढा रहेका नेपाली श्रमिकहरु समस्यामा पर्दा तत्काल उध्दार कार्यमा कठिनाई आएको नजीर बिगत देखी कायमै छ। यस्ता दुरदराजमा रहेका नेपाली श्रमिकको सहयोग, उध्दार तथा राहत गर्ने उध्देश्यले गैर आसाविय नेपाली संघका कृयाशिल पदाधिकारीहरुलाई बिभिन्न शहरहरुमा परिचालित गर्न सम्बन्धित निकाय समक्ष समन्वय गरी परिचय(सुरक्षा)पत्र बिगतमा सिमित उपलब्ध गराइएता पनि प्रयाप्त नभएकोले उक्त कार्यलाई अझै शशक्त गराउनको निम्ती पहल गर्न सम्बन्धित निकाय तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण र पहल गर्नको निम्ती हामी संस्थागत अनुरोध गर्दछौं ।

    ६.साउदी अरबमा काम गर्ने नेपालीको जीवन रक्षा: बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा आई सडक दुर्घटनामा परि मृत्‍युवरण गरेका, कामको दौरान अन्य दुर्घटनामा परि अंगभंग भएका, काम गर्ने शिलशिलामा जान अन्जानमा बिभिन्न केसहरुमा फसी जेल जीवन बिताइरहेका नेपालीहरुको संख्या उल्लेख्य रहेकोछ। यी र यस्ता मारमा परेका श्रमिकहरुको जीवन रक्षार्थ विवरण संकलन गरी  उध्दार,राहत तथा क्षतिपूर्तीको ब्यबस्था गर्नको निम्ती नेपाल सरकारको सम्बन्धित निकायसंग यथा सम्भव समन्वय गरी कार्यन्वयन गर्नको निम्ती हामी संस्थागत अनुरोध गर्दछौं।

    ७.दक्ष जनशक्ती तथा बिदेशमा सिप सिकेर नेपाल फर्केका नेपाली श्रमिकको ब्यबस्थापन: नेपाली कामदारहरु:विशेषगरी रोजगारीका सिलसिलामा खाडि मुलुकमा आउने श्रमिकहरुलाई सुरक्षित,मर्यादित र सम्मानजनक रोजगारीका लागि बिदेश पठाउनु पूर्व नेपालमा सीप मुलुक तालिमको ब्यबस्था,अभिमुखिकरण तालिम, सम्बन्धित देशको नियम कानुन सम्बन्धी ज्ञानको तालिम गरेर मात्र बिदेश पठाउने ब्यबस्था र बिदेशमा सिप सिकेर नेपाल फर्केका नेपालीहरुको नेपालमै रोजगारिको ब्यबस्था गर्नको निम्ती नेपाल सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरुलाइ विशेष चासो एवम् ध्यानाकर्षणका लागि हामी संस्थागत अनुरोध गर्दछौं ।

    ८.नेपाली महिला कामदारहरुको सुरक्षा र ब्यबस्थापन: नेपाल सरकारले खाडी मुलुकमा जाने घरेलु महिला कामदारको निम्ती रोक लगाएपनी छिमेकी देश भारत लगायत अन्य तेस्रो मुलुक हुदै साउदी अरब छिरेका नेपाली घरेलु महिला कामदारहरुको संख्या दिनानुदिन बडदो छ। साउदी अरबमा रहेका केही म्यान पावर ब्याबसायी तथा बिचौलिया संगको मिलिमतोमा नेपालमा  रहेका म्यानपावर ब्याबसायीहरु र बिचौलियाहरुले अन्य देश मार्फत नेपाली महिला साउदी भित्र्याउने गरेको पाइएको छ।  यस्ता अबैध कार्य गर्नेहरु बिरुध्द कडा कारबाही गर्दै रोक लगाउनुको साथै तत्काल समस्या समाधानको निम्ती नेपाल सरकारको सम्बन्धित सरोकारवाला निकाय संग हामी संस्थागत जोडदार अनुरोध गर्दछौं।

    ९.नेपाली श्रमिकहरुको न्युनतम ज्यालाको मापदन्ड: नेपाली राजदूतावास/महावाणिज्यदूतावासको विशेष पहलमा नेपाली कामदारहरुको न्युनतम तलवको पछील्लो मापदण्ड सराहनीय रहेतापनी कयौं रोजगारदाता कम्पनीहरुले त्यसलाई कार्यान्वयन गरेका छैनन्। नेपालका म्यानपावर ब्याबसायीहरुले बनाएका झुटा सम्झौता पत्र जो साउदी अरबमा पुग्ने बित्तिकै खोसिन्छन र च्यातिन्छन अनी नेपालीले नबुझ्ने अरबी भाषामा अर्को सम्झौता पत्रमा हस्ताक्षर गराउने गर्दछन जसको कारण कैयौं रोजगारदाता कम्पनिले कार्यन्वयन गर्नुको सट्टा भने बमोजिमको तलब, सेवा सुबिधा दिन  बाट बन्चित गरेका छन्। त्यस्ता कम्पनीहरुको अभिलेख र तथ्यांक संकलन गरि थप निगरानी बढाउंदै साउदी पठाउनु पूर्व डिमाण्ड पत्र प्रमाणिकरणमा सम्बन्धित निकायले प्रमाणिकरण गरी बैदेशिक रोजगार बिभागमा प्रत्येक नेपालीको अभिलेख सुरक्षित राख्दै न्यायोचित ब्यबस्थापन गर्नको निम्ती हामी संस्थागत माग गर्दछौं।

    १०.दक्ष कामदारहरुको पैठारी: नेपालमा अ-दक्ष (लेबर) कामदार मात्रै पाईन्छन भन्ने संकुचित मान्यता राखि साउदीबाट अधिकांश रोजगारदाता कम्पनिले त्यस्तै कामदारका लागि मात्रै माग गरेको पाइने गरेको छ। त्यसका लागि नेपाली राजदुतावास,  एवम् नेपाल सरकारले साउदीका रोजगारदाता कम्पनी तथा सम्बन्धित निकाय हरुसँग समन्वय गरि नेपालबाट दक्ष कामदारहरु (डक्टर,नर्स, ईन्जिनियर आदि) साउदिको श्रमबजारमा भित्र्याउनका लागि पहल गर्न हामी संस्थागत अनुरोध गर्दछौं ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, विचार, समाजLeave a Comment on एनआरएनए एनसिसी साउदीको नेपाल सरकार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरूको कार्यदललाई संस्थागत १० बुँदे ज्ञापन पत्र

    परराष्ट्र मन्त्रालय र वै.रो.विभागले साउदीमा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्न अन्तर्कृया कार्यक्रम सम्पन्न

  • ३ फाल्गुन २०७६, शनिबार २३:०५ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद/साउदी- नेपाल सरकार र नेपाली राजदुताबास रियादको आयोजनामा साउदी अरबको पूर्वि शहर दम्माम स्थित रोज रेष्टुरेण्टमा १४ फेब्रुअरी २०२० शुक्रबारका दिन एक औपचारिक कार्यक्रम गरी वर्तमान अवस्थामा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्ने उदेश्यले अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।नेपाली दुताबास रियादका पूर्वी प्रान्त दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमीरेले संचाल गरेको  उक्त कार्यक्रममा नेपाली राजदुतास रियादका तर्फ बाट नियोग उप-प्रमुख दिलिप पौड्यालको उपस्थिती रहेका थिए भने नेपाल बाट साउदी भ्रमणमा रहेका कार्यदलका पदाधिकारीहरू रहेका थिए। उक्त कार्यदलमा परराष्ट्र मन्त्रालयका सह सचिव तथा मध्य एसिया, पश्चिम एसिया साथै अफ्रिका  महासाखा प्रवन्ध निर्देशक  हरिष चन्द्र घिमीरे, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत कुल बहादुर राना मगर,  वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्ले र नेपाली राजदुताबास मलेशियाका पूर्व राजदूत डा. ऋषिराज अधिकारी रहेका थिए। 


    उक्त कार्यक्रम तथा कार्यदलको मुख्य उदेश्य वैदेशिक रोजगारलाई अझै सुरक्षित र मर्यादित बनाउनको लागी निती नियमको तर्जुमा गर्न सम्बन्धित राष्ट्रमा रहेको नेपाली राजदुताबास र उक्त राष्ट्रमा कार्यरत कामदारहरूबाट सल्लाह सुझाबहरू संकलन गर्दै प्रतिवेदन तयार गरी सम्बन्धित विभाग र मन्त्रालयलाई बुझाउने रहेको परराष्ट्र मन्त्रालय सह सचिव हरिष चन्द्र घिमीरेले  मन्तव्यको क्रममा बताए। उनले उक्त प्रतिवेदनको आधारमा वैदेशिक रोजगार सम्बन्धी  नेपाल सरकारले कार्यनिती तथा कार्यदिशा तय गरिने पनि बताए।


    कार्यक्रममा एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, सदस्य याशमिन वैगम र नारायण पासवान, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापा लगायतका पदाधिकारीहरू,  संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य श्रीयावा लिम्बु लगायत साउदी अरबमा रहेका विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो। भने सबै संघ संस्थाले उक्त कार्यदललाई आ-आफ्नो संस्थागत सल्लाह सुजाव सहितको ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाईएका थिए।


    अन्तर्कृया कार्यक्रममा उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने क्रममा दुताबासको तर्फबाट उपनियोग प्रमुख दिलिप कुमार पौड्याल, वैदेशिक रोजगार विभागको तर्फबाट डा. भिष्म कुमार भुसाल र परराष्ट्र, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट सह सचिव हरिष चन्द्र घिमीरेले जवाफ दिएका थिए।
    जवाफ दिने क्रममा साउदीमा घरेलु कामदारहरू माथी सोधिएको प्रश्नमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्लेले नेपाल सरकारले उल्लेख गरिएको बुँदाहरूमा साउदी सरकारले सहमती नजनाए सम्म वर्तमान व्यवस्था नै कायम रहने बताएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on परराष्ट्र मन्त्रालय र वै.रो.विभागले साउदीमा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्न अन्तर्कृया कार्यक्रम सम्पन्न

    कुवेतमा भएको दुर्घटनामा ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि

  • २ फाल्गुन २०७६, शुक्रबार ०३:५५ मा प्रकाशित
  • कुवेत स्थित अल मुत्ला सिटी प्रोजेक्टको कार्याक्षेत्रमा   बालुवाको ढिस्कोले पुरिएर भएको दुर्घटनामा ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। 


    कुवेत स्थित रहेको नेपाली राजदुताबासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा १२ फेब्रुअरी २०२० बुधबार निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो जसमा पाल्पाका एक बहादुर गाहा, सिराहका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरूङ, दाङका श्याम नारायण चौधरी रहेका छन् भने अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको छ।दुई जना घाईते कुमार शाह र रमेश मण्डलको  कुवेतको जाहारा अस्पतलमा उपचार भई रहेको छ।


    चिनियाँ कम्पनी(CGGC)ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासी बालुवा र ढुंगा खसेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on कुवेतमा भएको दुर्घटनामा ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि

    साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध ।

  • १ फाल्गुन २०७६, बिहीबार ०९:२५ मा प्रकाशित
  • रियाद साउदी अरब- साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध ।वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहांको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्बति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन् । विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिड्ने ज्यानै समेत जोखिममा परेका घटनाहरु हुने गरेका छन् ।यस्ता विकराल समस्यालाई न्यूनिकरण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले राजदूतावासले यो जानकारीमूलक सूचना सार्वजनिक गरेको छ ।साउदी अरबः एक संक्षिप्त परिचयसाउदी अरब अधिराज्य (المملكةالعربيةالسعودية) अरबी प्रायदिपको सबैभन्दा ठूलो देश हो । यसको सीमा ८ मुलुकसंग जोडिएको छ । उत्तर-पश्चिममा जोर्डन, इजिप्ट पर्छन भने उत्तरमा ईराक, कुवेत, पूर्वमा बहराइन, कतार, र संयुक्त अरव इमिरेट्स पर्दछन । त्यसैगरी दक्षिण पूर्वमा ओमन, दक्षिणमा यमन लगायतका देश रहेका छन  । केहीक्षेत्रसँग दक्षिण पूर्वमा पर्सियन खाडी अरवको खाडीले छोएको छ भने उत्तर-पूर्व र पश्चिममा [लाल सागर/Red Sea] रहेको छ । यो अधिराज्यको अनुमानित जनसङ्ख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २१,५०,००० वर्ग किलोमीटर रहेको छ । यस मुलुकमा १३ प्रान्त (Province) छन ।यो मरूभुमीको देश हो । पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो देशका मुख्य आर्थिक स्रोत हुन् । यहाँको हावापानी सुख्खा छ । पानी नपर्ने र अत्यधिक गर्मी हुने हुन्छ । वर्षातको समयमा बाहिरको तापक्रम ५० डिग्रीभन्दा माथि पुग्छ ।साउदी अरव एक इस्लामीक राष्ट्र हो । विश्वका इस्लाम धर्माबलम्वीहरूको ठूला धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा रहेको हुंदा यो अधिराज्यलाई “दुई पवित्र मस्जिदको भूमी” पनि भनिन्छ । यहाँका राजालाई यी दुई धार्मिक स्थलको संरक्षक (Custodian of Two Holy Mosques) मानिन्छ । संसार भरिबाट वर्षेनी लाखौं ईस्लाम धर्मावलम्बी मक्का मदिनामा हज (हिजरी पात्रोको १२ औं महिनामा) र उमराह (वर्षैभरी) गर्नको लागि आउदछन । यहांको न्याय प्रणाली पूर्णतः ईस्लामिक कानून (सरिया कानून) मा आधारित छ ।यस मुलुकमा अनेकौ ठूला, मझौला र साना उद्योग, व्यवसाय, आयोजना सञ्चालन भएकोले कामदारहरूले मुलुकभित्र जुनसुकै ठाँउमा पनि काम गर्न जानुपर्ने हुन्छ ।कफला पद्बतिः यो खण्ड राम्रोसंग पढ्नुहोस् ।यो मुलुकको भिषा कफला पद्धति (Sponsorship System) मा आधारित छ । कफला पद्धति भनेको स्पोन्सरको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो । कफिल (Sponsor) भनेका मालिक (Owner) हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमतिपत्र) जारी वा नविकरण गर्न वा कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन ।कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति हो । कफला पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । कफला पद्बतिको उद्बेश्य राम्रो भएता पनि यो पद्बतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउन सक्छ । कफिलमा निहित अधिकारः भिषा उपलब्ध गराउने, विधिवत अकामा जारी तथा नविकरण गर्ने, वहिर्गमन/पुनः प्रवेश भिषा (Exit/Re-entry-ख्रुजनिहाइ/ख्रुजअहुदा ) दिलाउने, कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न स्वीकृति दिने/लिने, रोजगारदाता परिवर्तन गर्न वा कम्पनी छोडन अनुमति दिने वा कामदारलाई स्वदेश फर्कन/फर्काउन एक्जिट/रिइन्ट्र भिषा जारी गर्ने आदि रहेका छन् ।कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा (हरूप/Runaway) जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज (सफर मम्नु/Travel ban) लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा  मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसंग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ । कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ ।केही निश्चित अवस्थाहरू जस्तैः कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन । यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने वा छोडाउने हुन्छ जसबाट कामदार अलेखवद्ब भइ अझ ठूलो समस्यामा पर्ने हुन्छ । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन् ।साउदी अरबमा कफिलले मात्र अकामा अद्यावधिक गरेर वैधबाटोबाट कामदारलाई एक्जिट भिषा दिलाउन सक्ने कुरा माथि उल्लेख गरिसकिएको छ । कफिलले एक्जिट/रिइन्ट्रि भिषा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुदैन । अलेखवद्ध कामदारलाई कुनै मुद्धा मामिला नभए र स्पोन्सरले हरूब लगाएको भए डिपोर्टेशन सेन्टर/सफरजेल बाट एक्जिट भिषा जारी गरी स्वदेश फर्कन सकिन्छ । तर कतिपय मुद्धा भएका वा चोरी गरेर पनि मानिस गैरकानूनी बाटोबाट स्वदेश फर्केको पनि पाइन्छ । तर यो अत्यन्त जोखिमपूर्ण हो ।कम दुःखमा नै नेपालमै परिवारका साथमा बसेर क्रमशः बढी आय आर्जन गर्न सकिन्छ । आफ्नै समाजमा रहेर देश र समाजकै विकासमा योगदान गर्न सकिन्छ ।साउदी अरबमा आउने गरी योजना बनाउदै गरेको महिला दिदीबहिनीहरु हुनुहुन्छ भने थप विचार गरेर मात्र पाइला चाल्नुहोला । महिलाहरुका समस्या धेरै आएकाले सप्लाई र कन्ट्रक्टिङ कम्पनीबाट महिलाहरु ल्याउन बन्द गरिएको छ । घरेलु कामदारमा साउदी आउन बन्देज छ ।साउदी अरबमा काम गर्न आउने सोचमा रहेका नेपालीहरूले निम्न वुंदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउने निर्णय गर्नुहुन अनुरोध छःमाथि उल्लेख कफला पद्बतिका बारेमा प्रष्ट भएर मात्र पूर्व तयारी चरणमा प्रवेश गर्नुहोस् ।
    पूर्व तयारी चरण१. कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामको लागि नेपाल सरकारले तोकेको पारिश्रमिक कति छ थाहा पाउनुहोस् । अदक्ष कामदारका लागि नेपाल सरकारले साउदी रियाल १ हजार र खाना वापत ३०० तोकेको छ । अन्य पदहरुका पारिश्रमिकका बारेमा यकिन हुनुहोस् ।२. त्यो कामका लागि आवश्यक सीप छ छैन विचार गर्नुहोस् । सीप नभए सिक्नुहोस् ।३. सीप सिकेको भनि प्रमाणपत्र मात्र नलिनुहोस्, वास्तविक रूपमा तालिम लिएर नै सीप सिक्नुहोस्, प्रमाणपत्र लिनुहोस् ।४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) बाट सीप परीक्षण प्रमाणपत्र समेत लिनुहोस् ।५. सीप परीक्षण नभएको सीप प्रमाणपत्रको मान्यता हुदैन । त्यस्तो प्रमाणपत्रले तोकिएको सुविधा पनि नपाइने भएकाले यकिन गर्नुहोस् ।६. सीप भएर प्रमाणपत्र नभएपनि समस्या हुनसक्छ । कुनै कुनै पेशा सीपयुक्त हुने र त्यसको सीप परीक्षण प्रमाणपत्र वेगर अकामा पनि नवन्ने हुनसक्दछ ।७. साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुहोस् ।८. फाइदा नहुने भए विचौलिया र मेनपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो चाख र सीप अनुसारको केही पेशा, व्यवसाय गर्नुहोस् । नेपालमा नै नेपालकै लागि परिवारकासाथ बसेर आनन्दसंग काम गर्न सकिन्छ ।यो सकरात्मक पक्षलाई पटक पटक मनन गर्नुहोस् ।९. नेपाल मै बसेर केही गर्छु भन्ने निर्णय गर्नुभयो भने यो नै उत्तम निर्णय हुनेछ ।१०. अब मानौं आउने नै निर्णय गर्नुभयो । यस अवस्थामा विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भिषामा मात्र साउदी आउनुहोस् । मेनपावर कम्पनी कस्तो प्रकारको हो विभिन्न स्रोतबाट यकिन गर्नुहोस् । विचौलियाहरूको विश्वास नगर्नुहोस् । कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिनुहोस् ।११. वर्किङ भिषा बाहेक अन्य भिषा (भिजिट भिषा, हज/उमरा भिषा, फ्रि वर्क/आजाद भिषा) बाट काम गर्ने भनि नआउनुहोस् । भिजिट भीसामा पठाएर थुप्रै नेपालीहरूलाई अलपत्र बनाएका घटनाहरू प्रशस्त रहेका छन् । सजग हुनुहोस् । विशेष गरी महिला कामदारलाई कुवेत, यूएइ र भारतको बाटो हुदै भिजिट भीसामा साउदी अरब ल्याउने गरेको पाइएको छ । यसरी आउने महिलाहरु वर्षौसम्म विना पारिश्रमिक रोजगारदाताको चरम शोषणमा पर्ने गरेका प्रशस्त घटनाहरु छन् । तसर्थ अनावश्यक प्रलोभनमा नपर्नुहुन वैदेशिक रोजगारीमा जाने सोचका महिलाहरुलाई विशेष अनुरोध छ । गैरकानूनी रूपमा सक्रिय एजेन्टहरु वैदेशिक रोजगारीका नाममा महिलाको वेचविखनमा लागिपरेका हुनसक्छन् ।१२. आफ्नै चिनजानका मानिस एजेन्ट भएर तपाइलाई गलत सूचना दिएर ठगी गर्न सक्छन । पहिला साउदीमा काम गर्न आइसकेका वा कम्पनीमा काम गरिरहेका साथीभाइ संग कुरा बुझेर मात्र आउनुहोस् । अथवा कम्पनीको नाम काम ठाम कस्तो छ स्पष्ट बुझेर मात्र आउनुहोस् ।१३. संझौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउनुहोस् ।१४. साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई नबुझाउनुहोस् ।१५. दश देखि बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाइ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।१६. नेपालमा नै नेपाली मेनपावर र एजेण्टले ठगेमा विदेशमा विदेशीले तपाईलाई ठग्दैन भन्नै सकिदैन । जसलाई जति रकम बुझाउनुहुन्छ त्यसको भर्पाइ लिनुहोस् । भरपाई वेगर रकम वुझाउनु गलत हो । गलतको परिणाम गलत नै हुन्छ ।१७. साउदी अरबमा कामदारको रूपमा आउदा वढी शारिरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । तपाईको स्वास्थ्य कमजोर छ वा कुनै विरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनु भएको छ भने नआउनुहोस् ।१८. घरेलु तथा सामाजिक हिंसाबाट मुक्ति, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (Depression) आदि समस्या भइ नेपालका सुधार गृहमा राखि सुधार ल्याउनु पर्ने अवस्थाका व्यक्तिलाई साउदी अरबमा पठायो भने सुधार हुन्छ भन्ने भ्रममा परिवारका सदस्यले साउदी अरव नपठाउनुहोस् आफू नआउनुहोस् । त्यस्ता कामदार यहां आएर सुधार हुने नभइ झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएका छन् । यसमा गम्भीर हुनुहोस् ।१९. विशेषगरी कतिपय महिला कामदारहरुलाई विभिन्न प्रलोभनमा पारेर उत्पत्तिको मुलुक, बाटोमा पर्ने मुलुक तथा गन्तव्य मुलुकमा समेत चरम शोषण हुने गरेकाले महिलाहरुले वैदेशिक रोजगारीमा आउनुपूर्व गम्भीर विचार गर्नुहोस् ।२०. यहांको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माणक्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा विचौलिया एव मेनपावर कम्पनीहरूले गलत जानकारी दिइ पठाउने गरेको पाइएको छ । सम्झौतापत्र राम्ररी पढेर मात्र सहिछाप गर्नुहोस् । सम्झौतापत्रमा जे भएपनि काम भने विचौलिया वा मेनपावरले भने अनुसार हुन्छ भन्ने भ्रम बोकेर नआउनुहोस् ।२१. पारिश्रमिकका विषयमा स्पष्ट हुनुहोस् । नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता नगर्नुहोस् । गत वर्ष नेपाल सरकारले साउदी अरवमा आउने नेपाली कामदारका विभिन्न पदहरूकालागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जस अनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्नुहोस् । ओभरटाइम वा अन्य सुविधा सम्बन्धि यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिन्छ । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नआउनुहोस् ।२२. सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जादैछु भन्नेमा प्रष्ट हुनुहोस् । कागजातमा उल्लेख कम्पनीकाबारेमा वेभसाइट एवं अन्य श्रोतबाट बुझ्नुहोस् । Recruitment Company, Manpower Solution जस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाई पनि बहु तहसम्मको सप्लाई हुने भएकोले विचार पुर्याकएर मात्र आउनुहोस् । अधिकांश सप्लाई कम्पनीमा पारिश्रमिक तथा अतिरिक्त समयको सुविधा न्यून हुनेगरेका समस्या आइरहेका छन् ।२३. सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्राक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ ।
    तयारी चरणः१.माथिका सबै बुंदाहरू पढिसकेपछि साउदी अरब आउने निश्चित  गर्नुभयो भने संभव भएसम्म एकपल्ट सम्बन्धित कम्पनीको विषयमा वेवसाइट हेरेर वा ति कम्पनीमा काम गर्ने नेपालीसंग सम्पर्क गरेर सबै कुरा बुझ्नुहोस् । उक्त कम्पनीमा काम गर्ने कामदारको सम्पर्क नं. तपाइलाई पठाउने भनिएको मेनपावरबाट उपलब्ध हुन सक्छ । रोजगारदाताको फोन नं लिएर पनि कुरा गर्न सकिन्छ ।२.पासपोर्ट, भिषा, करारपत्र, श्रम स्वीकृति, रकम वुझाएको भर्पाई लगायतका कागजातहरु ठिक दुरूस्त भए नभएको यकिन गर्नुहोस् । सवारी चालक काममा आउनेले यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्रको अभिलेख प्रमाण सहित आउनुहोस् । नक्कली लाइसेन्स लिएर नआउनुहोस् ।३.कागजात ठिक भएपछि एक सेट छाँयाप्रति घरमा छोडेर आउनुहोस् ।४.रोजगारदाताले दिने सुविधाः तलब, आवास, खाना, ओभरटाइम, कार्यघण्टा, कार्यदिन सहितको श्रम संझौता रोजगारदाताको सही भएको छ छैन विचार पुर्यािउनुहोस् । दोहोरो श्रम संझौता गरेर नआउनुहोस् । जव तपाई २ वटा संझौता बोकेर आउनुहुन्छ समस्या त्यही बाट शुरू भयो भन्ने बुझ्नुहोस् ।५.एयरपोर्टसम्म लिन आउने व्यक्तिको नाम र सम्पर्क नम्वर लिनुहोस् । कफिल (Sponsor) वा मुदिर (Manager) को सम्पर्क नम्वर पनि लिइराख्नुहोस् । नेपाली राजदूतावासको वेभसाइट तथा फेसबुकका सूचनाहरु हेर्नुहोस् तथा टेलिफोन नं पनि लिनुहोस् ।६.अरेविक भाषाको सामान्य शव्दावली बुझ्ने र सोध्न सक्ने भएर आउनु राम्रो हो । २ दिनको अभिमुखिकरण तालिम लिएर आउनु अनिवार्य छ । तालीम नलिइ प्रमाणपत्र मात्र लिएर नआउनु  होस् ।७.साउदी अरबको कुन ठाँउमा जानुपर्ने, जहाजवाट कहाँ पुगिने, कति समय लाग्ने, यकिन गरेर सोही अनुसार खर्च र अन्य आवश्यक व्यवस्था गरेर आउनुहोस् ।८.नेपाल सरकारले घरेलु कामदार (हाउसमेड, निजी ड्राइभर, वगैचे तथा भान्से आदि) लाई साउदी अरब आउन श्रम स्वीकृति प्रदान गर्दैन । यस्ता कामदारको हकमा स्थानीय श्रम कानून समेत लागु हुँदैन । यसर्थ, कसैको लोभलालच वा आश्वासनमा परेर गलत तरीका वा बाटोबाट यस्ता काममा नआउनुहोस् ।९.अन्य मुलुक भएर साउदी अरब नआउनुहोस् । विविध कारणले आउनुपरेमा सम्बन्धित देशमा भएको नेपालको नियोगको अनुमति लिएर मात्र आउनुहोस् । यसरी आउनेले पनि आफ्नो सुरक्षा र मर्यादाको विषयमा गम्भिर सोचविचार गरेर मात्र आउनुहोस् ।क)यात्राको चरणः१.आवश्यक कागजातः पासपोर्ट, भिषा, करारपत्र, आवश्यक खर्च, लुगाफाटा लिएर आउनुहोस् । साउदीमा गैर कानूनी हुने पदार्थहरूः मदिराजन्य पदार्थ, नसालु पदार्थ, गुटखा, मर्चा तथा चिकित्सकको प्रेस्क्रिप्शन भन्दा बाहिरका औषधी आदि नल्याउनुहोस् ।२.विमानस्थलको श्रम डेस्कमा सोधेको विषयमा सही जानकारी दिनुहोस् । श्रम डेस्कमा सोध्दा पैसा १० हजार दिएको भन्ने तर विदेशमा पुगेपछि बढी दिएको हो नभन्नुहोस् । जे सत्य हो, त्यही सबै ठाँउमा भन्नुहोस् । ठगिएको शंका भएमा जिल्ला प्रशासन कार्यालय वा वैदेशिक रोजगार विभाग वा एयरपोर्टको श्रम डेस्क वा प्रहरीमा उजुरी दिनुहोस् ।३.स्वदेशकै विमानस्थलबाट आउनुहोस् । स्वीकृति वेगर विदेशी मार्ग वा विमानस्थल प्रयोग गरेर आउदै हुनुहुन्छ भने तपाइ दुःखको भुमरीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।४.यात्राको चरणमा विमानस्थल र प्रवेषाज्ञाका प्रकृयाको वारेमा पूर्व जानकारी लिनुहोस् र सभ्य तरिकाले सोही अनुसार आचरण र व्यवहार गर्नुहोस् ।५.साउदी अरबको विमानस्थलको अध्यागमन क्लियर भएपछि आफूलाई लिन आउने मानिस सही हो होइन (नाम वा फोन नं. बाट) यकिन गर्नुहोस् । पासपोर्ट जसलाई पायो उसैलाई नदिनुहोस् । अर्कै रोजगारदाताले लैजान सक्ने भएकोले चनाखो हुनुहोस् ।साउदी अरब आउने सोचमा रहनुभएका नागरिकहरू एवं सरोकारवाला सबैले माथि उल्लेख जानकारीमूलक विषय वस्तुलाई पटक पटक पढी मनन गर्नुहोस् । वैदेशिक रोजगारी सोचे सुने जस्तो सजिलो छैन ।देश भित्रै रोजगारी वा स्वरोजगारीका अवसर खोजौं ।
    नेपाली राजदूतावास,रियाद, साउदी अरब

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध ।

    तामाङ घेदुङले साउदीको दम्माममा सोनाम ल्होछार मनाईने

  • ६ माघ २०७६, सोमबार २२:१६ मा प्रकाशित
  • साउदी अरब/ तामाङ समुदायको  संस्था  नेपाल तामाङ घेदुङको साउदी पूर्वी क्षेत्रिय समन्वय समिति दमामले यहि जनवरी २४ तारिख शुक्रबार दम्माम स्थित पारागन होटेलमा दिनको १२ बजे बाट संचालन हुने गरी “जिवा/नाम्युङ” (मुसा वर्ग) २८५६ औं सोनाम ल्होछार कार्यक्रमका  साथ अधिवेशन गरिने भएको छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिनलाई नयाँ वर्ष अर्थात ल्होछारको रूपमा मनाउँदै आएका छन् भने घेदुङले पहिलो पटक दम्माममा ल्होछार मनाउन लागेको हो।


    नेपाली दुताबासका नियोग उप प्रमुख दिलिप पौडेलको प्रमुख  आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न हुने जानकारी घेदुङले गराएका   छन् । ल्होछार कार्यक्रमलाई सव्य र भव्य बनाउन बृहतरुपमा प्रचार प्रसारको तिब्र  तयारिमा रहेको पनि जानकारी गराएका छन्।उपाध्यक्ष शम्सेर तामाङको संयोजनमा सांस्कृतिक टिम ल्होछार कार्यक्रममा स्थानीय कलाकारहरु दिक्षा थापा, दिव्या थापा, आईशा अर्याल, तपश्या अधिकारी, लाल ब लामा, लक्ष्मी तामाङ ,रोशन तामाङ ,मोनिक तामाङ ,अस्मिता घिसिङ ,राम माया तामाङ ,पुतली तामाङ ,मुना तामाङ ,रन्जु लामा,अस्मिता तामाङ ,मन्जु परियार धन कुमारी पुन मगर ,इस्माईल मिया ,फनिन्द्र कार्की लगायतले प्रस्तुती दिने घेदुङका  उपाध्यक्ष तामाङले जानकारी गराएका छन् ।


    तामाङका अनुसार स्थानीय कलाकारहरुले तामाङ गीत, फाफारे गीत, डम्फू नाच, तामाङ सेलो,म्हेन्दोमाया लगायतमा बेजोड प्रस्तुति दिने भएका छन् । यसै बिच घेदुङ द्वारा “जिवा/नाम्युङ” (मुसा वर्ग) २८५६ सोनाम ल्होछार कार्यक्रम तथा अधिवेशनमा साउदी स्थित संघसंस्थाहरु, बुद्धिजीवी, सामाजिक अभियन्ता , पत्रकार, व्यवसायी लगायत तामाङ तथा गैर तामाङहरुलाई उपस्थित भइ कार्यक्रम भव्य  र सव्य  रुपमा सफल पारिदिन अनुरोध गरेका छन् ।कार्यक्रमको अन्तिम तयारी पनि पूरा हुन लागेको घेदुङ सचिब सुबाश मोक्तानले बताए । सन् २०१९ जुन ६ तारिख गठन भएको तदर्थ समिति साउदी घेदुङ क्षेत्रीय समन्वय समिति दमामले विभिन्न सामाजिक अभियान साथै तामाङ जातीय पहिचान र तामाङ मौलिक संस्कृती उत्थानको लागि पहल गर्दै आईरहेको छ ।

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तामाङ घेदुङले साउदीको दम्माममा सोनाम ल्होछार मनाईने

    एनआरएनए साउदी अरबको रियाद क्षेत्रिय समन्वय समिति पूनर्गठन, अध्यक्षमा हेम सुबेदी

  • ३ माघ २०७६, शुक्रबार २२:४६ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद-साउदी, रियाद स्थित नेपाली राजदुताबासको प्रांगणमा एक कार्यक्रम आयोजना गरी एनआरएनए एनसिसी साउदीको उपस्थितीमा रियाद क्षेत्रिय समन्वय समिति पुनर्गठन गरिएको छ।१७ जनवरी २०२० शुक्रबारका दिन पुनर्गठित उक्त क्षेत्रिय समन्वय समितीको अध्यक्षमा हेम सुवेदी र महिला उपाध्यक्षमा मेनू सिटौला ओडारी चयन भएको छ भने सचिवमा सुजन शेर राई, कोषाध्यक्षमा विवेक श्रेष्ठ, सहकोषाध्यक्षमा पूर्ण कुमार मगर निर्विरोध चयन भएका छन् भने यसै गरी बाँकी पदाधिकारी उक्त समन्वय समितीको पहिलो बैठकले चयन गर्ने भएको छ।


     उक्त कार्यक्रममा गैर आवसिय नेपाली संघ साउदी अरबका संस्थापक महासचिव बिमल गौतम, सदस्य द्वय ओम घले र बिरेन्द्र चौधरी, भू.पू. मध्यपूर्व क्षेत्रिय सह संयोजक राजु सैयद, वर्तमान आईसिसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, २०१९/२०२१ का लागि आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज थापा, महासचिव उमेश भट्टराई, उपाध्यक्ष रोशन श्रेष्ठ, उपाध्यक्ष भोलानाथ पौड्याल लगायतका पदाधिकारी, नेपाली जनसंपर्क समितीका सभापती  दिपक रेगमी, महासचिव सुरेश राज त्रिपाठी लगायतका पदाधिकारी, प्रवासी  नेपाली एकता मंचका संयोजक शिवराज जैशी, महासचिव राजु खनाल लगायतका पदाधिकारीहरू सथै अन्य सामाजीक संस्थाका प्रतिनिधीहरू र पत्रकार तथा मिडिया कर्मिहरूको उपस्थिती रहेको थियो । 

    Posted in अन्तर्राष्ट्रिय, समाजLeave a Comment on एनआरएनए साउदी अरबको रियाद क्षेत्रिय समन्वय समिति पूनर्गठन, अध्यक्षमा हेम सुबेदी

    तपाइको आजको राशिफल

  • २ माघ २०७६, बिहीबार ०३:४५ मा प्रकाशित
  • आज २०७६ साल माघ ०२  गते, बिहीबार , तदअनुसार १६ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण  षष्ठी , नक्षत्र: हस्ता , नेपाल संवत: ११४० पोहेलागा षष्ठी, राशी: कन्या

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभदायक यात्रा होला । रोकिएकाकाम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिलावा मित्रबाट विशेष सहयोग मिल्नेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) महत्त्वपूर्ण कामको थालनी हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसारउपलब्धि पनि राम्रै पाइएला । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) सामान हराउने वा चोरी हुनेसम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झनआउनेछ, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धैर्य एवं लगनशीलताले अवसरदिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलतामिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योगवा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँकोकाम पुरा हुनेछ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।लाभदायक यात्रा हुनेछ 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज लगनशीलताको कमिले गर्दा ठूलोउपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाटविरोधपनि आउन सक्छ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले विभिन्न अवसर जुराउनेछ ।मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुचि बढ्नेछ ।घरमा अतिथीको आगमन हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला ।साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) धर्म,कर्म तथा समाजसेवामामन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) यात्रामा मालसामान हराउन सक्छ ।सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ, तर वैदेशिकक्षेत्रमा सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) अरुलाई प्रभावित पारेर काम बन्नेछ ।रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्येधनलाभ हुनेछ । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १ माघ २०७६, बुधबार ००:२८ मा प्रकाशित
  • आज २०७६ साल माघ ०१  गते, बुधबार , तदअनुसार १५ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण  पञ्चमी, नक्षत्र: उत्तर फल्गुणी , नेपाल संवत: ११४० पोहेलागापञ्चमी , राशी: सिंह 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज प्रेम जीवन सुखद् रहनेछ । एउटैकामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्म कर्ममामन लाग्नेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) निर्णय कार्यान्वयन हुन सक्दैनन् ।आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलोबन्नेछ, सचेत रहनु होला । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज अनुहारमा कान्ति र मनमाशान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ। धर्म,कर्ममा मन लाग्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समयआएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ला ।धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सामाजिक तथा धार्मिक कार्यमा रुचिबढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारीनिकाएको भय रहला ।  

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभवमिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमाधन खर्च हुनसक्छ । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः सुरु हुनसक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । मठमन्दिरको भ्रमण हुनेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सजिलै अरूको मन जित्न सकिनेछ ।आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मन भावुक बन्न सक्छ ।नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्चहुनेछ, तर राजनीतिक क्षेत्रबाट सफलता हात पर्ने देखिन्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीखालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।  

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धार्मिक यात्राको योग छ  । विपरितवर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धाफाइदा हुने योग छ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २९ पुष २०७६, मंगलवार ०१:०० मा प्रकाशित
  • आज २०७६ साल पौष २९  गते, मंगलबार, तदअनुसार १४ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण चतुर्थी , नक्षत्र: मघा, नेपाल संवत: ११४० पोहेलागा चतुर्थी , राशी: सिंह 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बौद्धिकताको विकास हुनेछ ।आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिलाआउन सक्छ । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुनर्मिलनको योगपनि रहेको छ ।प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगकोसहयोग मिल्ला । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । भूमि लाभ रहला । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दबाब र तनाव बढेको महसुस हुनेछ ।मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटोदुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वाआफन्तको सहयोग मिल्नेछ । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो यात्रा सफल नै हुन्छ, तर लामोयात्राबाट हानि हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक रसांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।  

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) कला र गलाको प्रभाव बढ्नेछ ।सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) भाग्यले साथ दिए पनिमनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुनसक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।   

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथिविजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यकोचर्चा चल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज मनमा प्रसन्नता छाउनेछ । विद्या रबुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।शुभकार्यको चर्चापनि चल्नेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P