• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

तपाइको आजको राशिफल

  • २८ पुष २०७६, सोमबार ०२:४५ मा प्रकाशित
  • आज २०७६ साल पौष २८  गते, सोमबार, तदअनुसार १३ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण तृतीया , नक्षत्र: अश्लेषा, नेपाल संवत: ११४० पोहेलागा तृतीया, राशी: कर्कट 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामानहराउने वा चोरी हुने भयछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ। शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ  । कला र गलाकोप्रभाव बढ्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ ।दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।शुभकार्यको चर्चा चल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्न पाइएला । वैदेशिकक्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमासफलता मिल्नेछ । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सरकारी निकाएको भय रहला ।व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।  

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज रोकिएको धन हात पर्ला । धर्मकर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमासत्कारपनि पाइनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज आफन्त संग भेट घाट हुनेछ । आफ्नोक्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाटदोहोरो लाभ मिल्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुन्दर पहिरनले ब्यक्तित्वमानिखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बन्न लागेको काम विग्रिनेछ । प्रेममाबाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्नपुगिएला सचेत रहनुहोला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोगपाईनेछ । पदोन्नतीको सम्भावना प्रवलछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अरुलाई प्रभावित पारेर काम बन्नेछ ।मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ ।व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला ।कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २७ पुष २०७६, आईतवार ०१:३५ मा प्रकाशित
  • आज २०७६ साल पौष २७  गते, आईतबार, तदअनुसार १२ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण द्वितीया, नक्षत्र: पुष्य, नेपाल संवत: ११४० पोहेलागा द्वितीया , राशी: कर्कट 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) ताके अनुरूप काम नबन्नाले दिक्कलाग्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामा खर्च पनिबढ्नेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) दैनिक कार्यमापनि प्रगती हुनेछ । घरमाअतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमासफलता मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिककार्यमा मन जाला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कृत्यको योगछ । मनमा शान्तिर अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्यअघि बढ्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  पारिवारिक उल्झनमा परि आँटेको कामविग्रनेछ । स्वास्थ्यमा समस्या आउला । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउनसकिनेछ । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीकोलाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापारव्यवसायमापनि फाईदा होला । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसरदिलाउनेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज बन्न लागेको काम विग्रिनेछ ।आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनिउत्तिकै रहनेछ ।  

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अनुहारमा कान्ति र मनमाशान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिकोसहयोग पनि पाईनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज शुभकार्यको चर्चा चल्नेछ ।वाक्चतुर्याईँले सङ्कल्प सिद्ध  हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मीआज भाग्यले विभिन्न अवसरजुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनिराम्रै पाइएला ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २६ पुष २०७६, शनिबार ०१:०१ मा प्रकाशित
  • आज २०७६ साल पौष २६  गते, शनिबार , तदअनुसार ११ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण प्रतिपदा , नक्षत्र: पुनर्वसु, नेपाल संवत: ११४० पोहेलागा पारू, राशी: मिथुन 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रतिष्ठित काम गरेर अवसर हात पार्नेसमय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मनलाग्नेछ । मनोबल उच्च रहनेछ ।  

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले साथ दिनेछ । दाम, इनाम रप्रतिष्ठा कमाउने बेलाछ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममामन लाग्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मनप्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णायक क्षमतामा कमी आउनेछ ।प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागिसंघर्श गर्नु पर्ला । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  राज्यबाट मान सम्मान पाइनेछ ।कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामाविभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभसमाचार सुन्न पाइएला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ ।विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा गर्दा सचेत हुनुपर्नेछ ।महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।नजिकका व्यक्तिबाट धोका पाइएला । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ । साहित्यतथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावलेअरुको मन जित्न सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) भाग्यले विभिन्न अवसरजुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।स्वास्थ्यमा सुधार आउनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमिलाभपनि रहला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज महत्त्वपूर्ण कार्यमा व्यवधानआइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएकोअनुभूतिपनि हुनेछ ।  

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २५ पुष २०७६, शुक्रबार ०४:२९ मा प्रकाशित
  • आज २०७६ साल पौष २५  गते, शुक्रबार, तदअनुसार १० जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल पूर्णिमा, नक्षत्र: आर्द्रा, नेपाल संवत: ११४० पोहेलाथ्व पुन्हि, राशी: मिथुन 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनोरञ्जनका साथै धार्मिक कार्यमारुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साहछाउला । वस्त्र लाभपनि हुनेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाटविशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमासफलता मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समयछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय प्रतिकुल भई कुलतमा मन जानेछ। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगनशीलताको कमिले गर्दाठूलो उपलब्धि हातपार्न नसकिएला । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  भाग्यले विभिन्न अवसर जुराउनेछ ।आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभमिल्नेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला।  प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमानिखारता ल्याउनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वाहान सुखपनि मिल्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन गरेका काममाढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ।दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज लाभ,हानी,आय,व्यय,सुख,दुखवरावरी मध्यम खालको  दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिकहुने अवसर मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) विद्या र बुद्धिको विकासहुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।  

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ ।चोटपटकपनि लाग्न सक्नेछ । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    साउदी अरबबाट पर्यटक नेपाल पठाउने लक्ष्यसहित नेपाली राजदूतावास साउदी द्वारा भ्रमण वर्षको समुद्घाटन

  • २५ पुष २०७६, शुक्रबार ०३:३७ मा प्रकाशित
  • रियाद  । नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्य सफल पार्न साउदी अरबबाट पर्यटक नेपाल पठाउने लक्ष्यसहित नेपाली राजदूतावास साउदी अरबले जनवरी ०७ तारिख मंगलबारका दिन रियादस्थित क्राउन प्लाजा होटेलको सभाहलमा भ्रमण वर्षको समुद्घाटन गरेको छ ।

    नेपाल र साउदी अरबको राष्ट्रिय धुनसँगै कार्यक्रमका सभापति, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले भिजिट नेपाल २०२० लेखेको केक काटेर नेपाल भ्रमण वर्षको उद्‌घाटन गरेका थिए ।

    नेपाली राजदूतावासका राजदूत प्रा.डा. महेन्द्र  सिंह राजपुतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुरा काउन्सिलका मेम्बर डा. अब्दुल्ला अल सदुन थिए ।  त्यस्तै विशिष्ट अतिथिहरूमा साउदी च्याम्बर काउन्सिलका सदस्य डा अब्दुल्लाह अहमद् अल महदी, डाइरेक्टर जनरल मोफा डा. मोहम्मद अल समरी, ज्वाइन्ट सेक्रेटरी मिनिस्टर अफ इन्टेरियरका डा अब्दुल्लाह अल खरैसी र साउदी कमिसन टुरिजम एन नेसनल हेरिटेजका मेनेजर फाहद अल अब्दुल करिम तथा सगरमाथा चढ्न सफल साउदी अरबका महिला नेली अख्तर र साउद अल ईदीलगायत रहेका थिए ।कार्यक्रममा अन्य देशका प्रतिनिधिहरू र साउदी अरेबियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरूको समेत बाक्लो उपस्थित थियो ।

    कार्यक्रमका सभापति राजदूत राजपुतले शुभकामना मन्तव्य राख्दै साउदी अरब र नेपालको सम्बन्ध अत्यन्तै राम्रो रहेको प्रस्ट पार्दै नेपालको बारेमा व्याख्या गरेका थिए। साथै  विश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा चढ्न सफल साउदी अरबका महिला नेली अख्तर र साउद अल ईदीको प्रशंसा गरेका थिए  ।

    कार्यक्रममा विश्वको अग्लो सगरमाथा शिखर चढ्न सफल नेली अख्तर र साउद अल ईदीले सगरमाथा आरोहण गर्दाको विभिन्न भिडियो क्लिप्सहरुसमेत देखाएर नेपाल एउटा सुन्दर देश पर्यटकीय देश रहेका भन्दै प्रशंसा गरेकी थिइन् । उनले भनिन्— ‘मलाई नेपालको प्रकृति अत्यन्त प्यारो लाग्यो । नेपाल र नेपालीको विविधता झन् लोभ्याउने खालको रहेछ म फेरि नेपाल पटकपटक जान चाहन्छु ।

    नेपाल बाट फर्केका  साउदी अरबका पत्रिका अल वातान दैनिकका वरिष्ठ पत्रकार मोहाब अलावरल आफ्नो नेपाल भ्रमणको अनुभव सुनाएका थिए। मोहाब अलावरलाई राजदूतावास र नेपाल पर्यटन बोर्डबीचको समन्वयमा डिसेम्बर २३ देखि जनवरी १ सम्म ११ दिने परिचयात्मक भ्रमणमा नेपाल पठाईएको थियो। काठमाण्डौमा नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा उनी सहभागी भएर साउदी अरब फर्केका थिए। उनले अहिले सम्ममा ३६ वटा देश भ्रमण गरेको तर सबै भन्दा राम्रो र उचित दरमा विभिन्न रमणिय ठाउँहरु घुम्न सकिने देश नेपाल मात्र रहेको भन्दै नेपालको प्रशंसा गरेका थिए ।

    कार्यक्रममा सहभागी नेपालीहरु बाहेक अन्य अथितिहरुलार्इ लक्की ड्र मार्फत हिमालयन एयरलाइन्स, फ्लाई दुबई, वातान एयरलाइन्स, ईतिहात एयरलाइन्स, जजिरा एयरलाइन्स लगायतको प्रायोजनमा ७ जना भाग्यमानी लाई दुई तर्फी हवाई टिकट प्रदान गरिएको थियो ।

    नेपाली दूतावास रियादका नियोग उप प्रमुख दिलिप पौडेलले धन्यवाद मन्तव्य राखेसँगै समापन भएको  उक्त कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव बिपिन दवाडीले  संचालन गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबबाट पर्यटक नेपाल पठाउने लक्ष्यसहित नेपाली राजदूतावास साउदी द्वारा भ्रमण वर्षको समुद्घाटन

    तपाइको आजको राशिफल

  • २४ पुष २०७६, बिहीबार ०१:४४ मा प्रकाशित
  • आज २०७६ साल पौष २४  गते, बिहिबार , तदअनुसार ०९ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल चतुर्दशी, नक्षत्र: मृगशिरा, नेपाल संवत: ११४० पोहेलाथ्वचतुर्दशी, राशी: मिथुन 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) ठीक समयमा सही निर्णय लिनसकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलतामिल्नेछ । लाभदायक यात्रा हुनेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिकक्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मककाममा जुट्ने समय छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसरदिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीरमा स्फूर्ति र उमङ्गको कमीआउनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामाअल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  साथीभाइले पनि राम्रै सहयोगजुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमाअतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्नेछ ।   

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) महिला वा मित्रबाट विशेष सहयोगमिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलतापाइएला । लाभदायक यात्रा होला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँकाम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथासमाजसेवामा मन लाग्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताको कमिले गर्दाठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमितखर्चसमेत बढ्ने योग छ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ। घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेकोकामपनि पुरा होला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अरुलाई प्रभावित पारेरकाम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) परिश्रमअनुसार उपलब्धि पनि राम्रैपाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथासंगीतमा रुचि बढ्नेछ ।  

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) बन्न लागेको काम विग्रिनेछ । स्वस्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीकाममा उल्झन आउनेछ । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २३ पुष २०७६, बुधबार ०२:४२ मा प्रकाशित
  • आज २०७६ साल पौष २३  गते, बुधबार, तदअनुसार ०८ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल त्रयोदशी , नक्षत्र: रोहिणी, नेपाल संवत: ११४० पोहेलाथ्वत्रयोदशी , राशी: वृष

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभसमाचार आउन सक्छ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) परिश्रम गर्दा धनार्जन हुनेछ । ठीकसमयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरकोकारोवारबाट सफलता मिल्नेछ । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) स्वास्थ्यमा समस्या आउनेछ ।अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा सफलता मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्मतथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।पुनर्मिलनको योगपनि  रहेको छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  रमणीय र सुखद् यात्राको योग छ ।आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गकालागिपनि श्रेष्ठ समय रहेकोछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँस्रोतहरू पत्ता लाग्नेछन् । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज यात्रामा मालसामान हराउन सक्छ ।गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला, तरसहकर्मीबाट सहयोग मिल्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथीभाईसंग समय बित्नेछ ।व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) महत्त्वपूर्ण कामको थालनी हुनेछ ।मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।आर्थिक उन्नति हुनेछ । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नसोचेको ठाउँबाट धनागमहुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।आर्थिक कारोवारमा सफलता पाइएला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आफ्नो विचार विपरित निर्णय हुनेछ ।गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ , तर  कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।बेलुकीपख भने खर्च बढ्न सक्छ । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    खाडीका चार मुलुकमा काउन्सेलर र श्रम सहचारी सिफारिश

  • २२ पुष २०७६, मंगलवार ०९:१३ मा प्रकाशित
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी सिफारिश गरेको छ । मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई सिफारिश गरेको प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए । यस्तै बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई सिफारिश गरिएको छ ।

    “सिफारिश गरिएको काउन्सेलर र सहचारी परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा जानेछन्”, उनले भने, “उनीहरुले नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै सम्बन्धित मुलुकसँग संवाद गर्नेछन् ।” काउन्सेलर र सहचारीको दरबन्दी श्रम मन्त्रालयमै हुनेछ भने काम कारबाही परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्नेछ । उनीहरुले प्रत्येक महिना श्रम मन्त्रालयमा मासिक प्रगति विवरण पठाउनु पर्नेछ ।

    झण्डै दुई वर्षअघि काउन्सेलर र सहचारी छनोटको प्रक्रिया शुरु भए पनि सिफारिश हुन सकेको थिएन । काउन्सेलर र सहचारी छनोटलाई पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालयले नयाँ मापदण्ड बनाउने तयारी थालेपछि तत्कालीन अवस्थामा सिफारिश हुन सकेको थिएन ।

    श्रम मन्त्रालयले श्रम काउन्सेल र सहचारी छनोटका लागि २०७४ माघ २५ मा सूचना प्रकाशित गरेको थियो । सो क्रमममा काउन्सेलर र सहचारीका लागि पाँच÷पाँच जनाले आवेदन दिएका थिए । पूरानो प्रक्रियालाई निरन्तरता दिन मन्त्रालयले गत मङ्सिर २६ गते अन्तर्वार्ताका लागि पुनः सूचना प्रकाशित गरेको थियो ।

    लामो समयसम्म श्रम काउन्सेल र सहचारी नियुक्त हुन नसक्दा अप्ठ्यारोमा परेका नेपाली कामदारको उद्धार तथा सहजीकरणमा गर्न समस्या हुँदै आएको थियो । काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्थाबमोजिम काउन्सेलर तथा सहचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

    मापदण्डअनुसार श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र र मातहतका कार्यालयका कर्मचारी मात्र काउन्सेलर र सहचारी छनोट प्रक्रियामा सहभागी हुन पाउनेछन् । वैदेशिक रोजगार ऐन, २०६४ ले श्रम काउन्सेलर र सहचारी नियुक्तिको व्यवस्था गरेको छ । ऐनको दफा ६८ को उपदफा (१) मा वैदेशिक रोजगारमा पाँच हजार वा सोभन्दा बढी कामदार पठाइएका मुलुकमा कम्तीमा राजपत्राङ्कित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने व्यवस्था छ ।

    यस्तै वैदेशिक रोजगार नियमावली, २०६४ ले श्रम सहचारी नियुक्त गर्दा एक हजार वा सोभन्दा बढी महिला कामदार पठाइएका मुलुकमा महिला श्रम सहचारी नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

    सहचारीको जिम्मेवारी के ?

    श्रम सहचारीले नेपाली कामदार रहेका मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमनसम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम तथा अन्तर्राष्ट्रिय मानव अधिकार तथा कामदारको हित संरक्षणार्थ चालेका कदम बारे नेपाल सरकारलाई जानकारी दिनुपर्ने छ ।

    यस्तै कामदार, रोजगारदाता संस्था वा इजाजतपत्रवालाबीच कुनै विवाद उत्पन्न भएमा समस्या समाधान गर्न सहयोग गर्ने, वैदेशिक रोजगारको क्रममा अलपत्र अवस्थामा परेका कामदारलाई स्वदेश फिर्ता गर्न गराउन आवश्यक व्यवस्था गर्नुपर्ने छ ।

    त्यस्तै सम्बन्धित देशमा नेपाली कामदारको सीपअनुसारको काम उपलब्ध हुने भएमा सोसम्बन्धी जानकारी नेपाल सरकारलाई उपलब्ध गराउने, प्राकृतिक विपत्तिमा परेका वा कुनै कारणवश मृत्यु भएका कामदारको शव सम्बन्धित मुलुक वा रोजगारदाता संस्थाको सहयोगमा स्वदेश फिर्ता पठाउन पहल गर्ने, नेपालबाट कामदार आपूर्ति गर्न सरकारीस्तरमा द्विपक्षीय सम्झौता गर्न प्रयास गर्नुपर्नेछ । कामदारलाई आवश्यक परामर्श प्रदान गर्ने र निजलाई सम्झौतामा उल्लिखित कार्य बाहेक अन्य कार्य गर्न निरुत्साहित गर्ने, कामदारको लागि असर पार्न सक्ने क्रियाकलापको सुपरिवेक्षण गर्नुपर्नेछ ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on खाडीका चार मुलुकमा काउन्सेलर र श्रम सहचारी सिफारिश

    तपाइको आजको राशिफल

  • २२ पुष २०७६, मंगलवार ००:२७ मा प्रकाशित
  • आज २०७६ साल पौष २२  गते, मंगलबार , तदअनुसार ०७ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल द्वादशी, नक्षत्र: कृत्तिका , नेपाल संवत: ११४० पोहेलाथ्वद्वादशी, राशी: वृष

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक साथ सहयोगले उल्लेख्यकार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रोकिएका काम पुनः सुरु हुन सक्छन् ।जोश,जाँगर र उमङ्ग बढ्नेछ ।  वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमारुची बढ्नेछ । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) निर्णय कार्यान्वयन हुन सक्दैनन् ।आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर कामबन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।    

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिककृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वारोजगारको अवसर मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मन भावुक र उत्ताउलो बन्नला ।अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधाआइपर्ला । प्रेममपनि मनमुटाव आउनेछ । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।पढाइमा प्रगति हुनेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीखालको समय छ । धार्मिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिकपदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज प्रेमीको सहयोगपाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।साथै सफल यात्राका योग पनि देखिन्छन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारीनिकाएको भयपनि रहला । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिककार्यमा प्रगति हुनेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर१ भारतमा आउने

  • २१ पुष २०७६, सोमबार २१:५८ मा प्रकाशित
  • संसारकै सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर१ भारतमा आउने भएको छ ।

    चाइनिज कम्पनी ग्रेटवाल मोटर्सले आगामी फेब्रुअरीमा हुने अटो एक्सपोमा सो कारका साथै केही एसयूभी समेत प्रदर्शन गर्ने भएको छ । यससँगै ग्रेटवाल मोटर्स भारतीय बजारमा प्रवेश गर्ने योजना बनाएको छ ।

    यसको मूल्य पनि धेरै छैन । यसको मूल्य ८ हजार ६८० देखि ११ हजार २९३ अमेरिकी डलर सम्म पर्छ । नेपाली रुपैयाँमा हिसाब गर्दा यसको मूल्य ९ लाख ७५ हजार देखि १२ लाख ७० हजार रुपैयाँ जति पर्छ ।

    यसको मूल्यमा कमी ल्याउनका लागि कम्पनीले सिधै ग्राहकलाई यो कार बिक्री गर्ने योजना बनाएको छ अर्थात यसका लागि कुनै डिलर नियुक्ति गरिने छैन । यो सानो इलेक्ट्रिक कारलाई ३ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी समेत दिइने छ ।

    शानदार ४ ढोका भएको सो कारको नाम २०१९ ओरा आर १ (2019 Ora R1) राखिएको छ । यसमा ४७ एचपीको मोटर र ३५ किलोवाट आवरको ब्याट्री राखिएको छ । यसको टप स्पिड एक सय किलोमिटर प्रतिघण्टा छ ।

    ओरामा भएका तीन अक्षर ओ, आर र एको अर्थ ओपन, रिलायबल र अल्टरनेटिभ हुन्छ । युवापुस्ता र सहरी वासिन्दालाई लक्ष्यित गरी यो कार ल्याइएको कम्पनीको भनाइ छ ।

    विभिन्न ५ कलर अप्सनमा उपलब्ध सो कारमा हाई स्ट्रेन्थ स्टिल फ्रेमको प्रयोग गरिएको छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गरिएको छ, जसका कारण ‘हेलो ओरा’ भनेर यसलाई खोल्न समेत सकिन्छ ।

    विभिन्न ४ भेरिएन्टमा यो कार उपलब्ध छ । टाढैबाट गाडीको स्ट्याटस चेक गर्न सकिन्छ । त्यसैगरी एक्टिभ एयर कन्डिसनर प्रयोग गर्न, ढोका खोल्न र बन्द गर्न तथा इलेक्ट्रिक चार्जिङका लागि समेत आवश्यक व्यवस्था मिलाउन सकिन्छ ।

    अन्य स्ट्यान्डर्ड फिचरको रुपमा ब्लुटुथ की, भेइकल मोबाइल फोन कनेक्सन सिष्टम र हिल स्टार्ट असिष्ट सिष्टम उपलब्ध छ ।

    टप भेरिएन्टमा डेटाइम रनिङ लाइट, इलेक्ट्रिकल पार्किङ ब्रेक, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ६ एयरब्याग र स्मार्ट फ्रन्ट भ्यु सिष्टम उपलब्ध छ ।

    ग्रेटवाल मोटरका उत्पादन नेपालमा भने पहिले देखि नै उपलब्ध छन् । यद्यपि राम्रो बिक्री नभएका कारण यसको बजार नेपालमा राम्रो भएन । इलेक्ट्रिक कार पनि नेपालमा आउछ नै भन्न सकिन्न ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर१ भारतमा आउने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P