काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३०
समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?
वसन्त अनुभव
[१] केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन नजर उही दृश्य उही फरक हेरिँदैन । ✍️ वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२] सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष सम्भावना बोकेर आओस् यसपालीको नववर्ष । ✍️ नवशिला
[२४] नैराश्य नभइकन मनाउनु नयाँ वर्ष एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष। ✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालिम्पोङ,भारत।
[२५] खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष, हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष। ✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२६] फाल्न सक्छ बढारेर समस्याको जाक नयाँ वर्ष तय गर्ला खान दुई छाक ! ✍️ विवश पारदर्शी
झापा
[२७] गते फेरियो बार फेरियो, फेरियो महिना र साल लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल । ✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२८] एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष ! ✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल
[२९] बाहिर सुनाैलाे बाेक्राे भित्रभित्रै सबै खाेक्राे। ✍️ हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगाबजार।
[३०] देशको हालत बिजोग छ, नववर्ष आए पनि सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि। ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा [३१] गते बार फेरिए, फेरिए महिना र साल लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल । ✍️ दुर्गा भट्टराई
मोरङ
[३२] समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।
✍️ सुस्मिता अधिकारी , काठमाडौँ
[३३] समस्या जहीँका तही छन् आयो नयाँ वर्ष उही छ दिन अनि रात उमङ्ग न हर्ष । ✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[३४] नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल । ✍️ दीपा समभाव
दुबेकोल खोटाङ्ग
[३५] सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[३६] आयो नयाँ वर्ष खै के लिएर आयो बस्ती घच्घचायो निदबाट जगायो ।
✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
[३७] हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन् युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।
✍️ बाबुराम गौतम, गुल्मी
[३८] भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।
✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
[३९] शुभेच्छा यही पस्किएँ आज यथार्थ उन्नत बनाेस् समाज । ✍️ रामकृष्ण दुवाडी
पाेखरा
[४०] नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका । कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका । ✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[४१] पुरा होउन् मनले सोचेका ती हरेक चाहना सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।
✍️ कृष्ण धामी – बझाङ
[४२] पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[४३] नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस् अलकति दया र मानवताकाे सत्ता देशले पाओस् । ✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४४] उदायो नवीन वर्ष मनमा देखियो हर्ष !
✍️ आर्त अकुलीन
[४५] लिई आऊ सुख समृद्धि र दिगो हर्ष सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।
✍️ पद्मा काश्यप पाण्डे, मोरङ
[४६] समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला, यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[४७] वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्
नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।
✍️ बेदु न्यौपाने 🇳🇵
[४८] सबैकाे मनमा खुुसी अनि हर्ष दु:ख भुलाएर आयाे नयाँ वर्ष। ✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
[४९] देश र तिम्रो समस्या बारे मलाई के थाहा ? नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।
✍️ म्यामराज राई, भोजपुर
[५०] आयो नयाँ वर्ष दु:ख मेटियोस् भोकोपेट भर्ने बाटो भेटियोस् । ✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[५१] बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ? ✍️ तोया नाथ चापागाईं
दमक,झापा
[५२] आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष । ✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[५३] खाली पेट भर्नलाई अब गरौं है सुरु समस्याको समाधानमा आफै बन्नु गुरु ।
✍️ धनुष न्यौपाने
[५४] नयाँ वर्षले सबैमा सुख शान्ति छाओस् सिर्जना गर्न अति धेरै जाँगर आओस् भगवती दवाडी ,झापा ~<•>~
झिल्का लेखन अभियानको नवौँ शृङ्खला (नववर्ष विशेष) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले नववर्ष २०८१ को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
———-<•>———- उदाहरण झिल्का: खुसीयाली जताततै हर्षको कमी नरहोस् कदापि शुभकामना हजुर नववर्षको ! ✍️ वसन्त अनुभव घोराही, दाङ
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- ———-<•>———-
१// पुगोस् हरेकको चाहना नरहून् कोही दरिद्र नयाँ वर्षको शुभकामना ! ✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका- १४, दाङ
२// घुम्दै आयो नववर्ष सारा नेपालीको घरआँगनमा छाओस् उमङ्ग हर्ष ! ✍️ मन्दिरा सेढाई
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२९ आँखा छोप्नु कान थुन्नु नि सकिन्न भने बरु किन जल्छौ म जे गरुँ देखीनसहनेहरू ? वसन्त अनुभव
[१] जल्नेहरू जलिरहून् खरानी नै बनून् आफ्नो बाटो नछोड जसले जे जे भनून् । ✍️ वसन्त अनुभव घोराहीउपमहानगरपालिका १४, दाङ [२] पत्रपत्र जलेर खरानी भएको बेला आगोमा घिउ थप्न भएछौ आएर भेला । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [३] नेताको बोलीमा फेरि तिमी भुलियो हन चियामा त कति चिनी गुलियो । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [४] हेर्दिनँ भने पनि देखिन्छ आँखा अघि भएपछि यस्ताे हर्कत गर्नुभन्दा त ! मर ढुक्क गएपछि । ✍️ बाबू विराज बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु [५] हावा निकै चल्यो सत्ता हेर ढल्यो । ✍️ नागेन्द्रप्रसाद यादव, दाङ [६] आँखा छोप्छु मुखै थुन्छु भुलिदिन्छु भनी झल्को मेट्न सकिएनँ घाँटी रेटे पनि । ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ [७] मानव बेचिने देशमा मानवताको छैन कदर कानुन हुँदाहुँदै पनि हुने सजाय किन बदर ? ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [८] छन् यहाँ धेरै अरूको उन्नति अनि प्रगतिमा जल्नेहरू केही गर्न सक्दैनन् आखिर अह्राएको बुद्धिमा चल्नेहरू । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [९] यहाँ सोच्दैछन् कसरी सकिन्छ छल्न अरूको प्रगति भयो कि थाल्छन् जल्न । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत [१०] कसैले सक्तैन छेक्न जल्ने मानव जातिलाई आफ्नो कर्तव्य नभुली बढौँ सही बाटो समाई । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [११] जल्नेहरू हिँड्छन् सधैँ मुन्टो बटारेर के नै खालो सार्लान् र खै खुट्टा लतारेर ! ✍️ विवश पारदर्शी झापा [१२] जलेर सकिनु सकियो सबै भित्र भित्र हेर्नु सिवाय हेर्दै बस जलेको त्यो चित्र ✍️ बेदु न्यौपाने [१३] धेरै धेरै सम्झना हजुर, आँखा छोप्नु किन नि? मात्र सम्झेको बहिरो बन्न सकिनँ, केही भन्न सकिनँ, व्यर्थ किन बम्केको ? मोती सुब्बा दार्जिलिङ निमकी डाँडा । [१४] लाग्छ उन्नतिको शिखरमा पाइला टेकी मरुँ प्रशस्त छन् आँखा लोभी र मन पापी गर्नेहरू। ✍️ भुपेन्द्र राना मगर धादिङ [१५] खानु जति खायौ अब अति भयो बल्ल पो तिम्रो पालो हेर आएछ आफूले गरेको बेइमानीले बल्ल लाग्दैछ मुटु कलेजो खाएछ। ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी [१६] नजलाऊ धेरै जल्नै बाँकी के छ र अब मिसिएपछि खरानी माटो नै भयो जब । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [१७] मान्छेहरूको स्वभाव नै जल्ने हो जल्न दिनु बरु घिऊ तेल थपिदिनु गुनासो नलिनु । ✍️ भुजेल अरुण शान्ति गोरुबथान,कालिम्पोङ,भारत। [१८] अरूको प्रगतिमा जल्ने रिसको आगो आफैँ गल्ने । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [१९] भित्ताको पनि कान हुन्छ सुन्नुपर्ने सस्तो हत्केलाले घाम नै छेक्ने भन तिमी कस्तो । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला [२०] गरिखानेकाे आरिस गर्छौ, तिमी आफैँ गर्दैनाै केही, त्यसै मर्छाै पापैपापले भरेको घडा बाेकेर, भवसागर कसरी तर्छाै । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२१] नेता न हुँ यो देशको तिमीहरूले नै चुनेको मलाई किन रिस गर्छौ अवसर मैले पाएको छु मैले भकारी नभरे के तिमीहरुले भर्छौ ? ✍️ पवनकुमार बुढाथेाकी काठमाडौँ [२२] गाँउ खायौ, सहर खायौ, खायौ सिङ्गो देश जनतालाई झुक्याएर फेर्यौ आफ्नो भेष । ✍️ ध्रुव श्रेष्ठ हाल,काठमाडौ । [२३] अरूको खुट्टा तान्नेहरू धेरै छन् यहाँ जान्नेहरू । ✍️ बि कुलुङ रंगबुल दार्जिलिङ [२४] आफूले गर्न सक्दैनन् अरूलाई भन्छन् सजिलो गरी छक्कै पर्छु आजभोलि कस्तो हो रुवाउँछन् धरधरी। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा [२५] परिश्रमी त देखासिकी सधैँ आफैँ गरिखान्छन् आरिसे गरिखान नसकी रिसले मरिजान्छन् । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । [२६] जतिसुकै अग्लाे टाकुराेमा बसेर काैलासे पनि लाज उद्रिन्छ विधि विधान मिचेर गरेका कामले खै कसरी बानी सुध्रिन्छ । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [२७] आँखा जलिरहेछ, पोलिरहेछ यो मन अरूको प्रगति देख्दा असह्य हुन्छ झन । ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । [२८] के के गर्न मन छ तिम्रो आफ्नो खुसी गर काम कुरो बिगारेर मेरो भर नपर । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर हाल- एनेलकुटी, सिरहा । [२९] मैले आँखा छोपे पनि सत्य कहाँ लुक्ला ? गल्ती स्विकारी जनसामु अब को झुक्ला ? ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [३०] उद्यमीको ढुङ्गामा मेवा फल्छ आरिस गर्ने सलाइझैँ जल्छ । ✍️ बिके मुखिया दार्जिलिङ,भारत। [३१] प्रगतिमा जल्नेलाई जलिरहनदेऊ जता हुन्छ आफ्नो भलो त्यतै शरण लेऊ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [३२] आँखा खोलेर हेर्नु कान कोट्याएर सुन्नु के देख्छौ सुन्छौ अरू दुश्मन पनि कुनै दिन काम लाग्छ रे दोष नथोपर्नु बरु । ✍️ चुडामणी देबकोटा चनपा१३काठमाण्डौ [३३] वायुमण्डलमा प्रदुषण सार्है भयो चर्को लाग्न थाल्यो मानवदेखि प्रकृतिलाई झर्को । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं [३४] तिमी जस्ता भ्रष्टहरूको त को छ र साथी जस्ले गर्छ असल कर्म ऊ नै हुन्छ माथि । ✍️ दस्ता कौशिक [३५] जसले जति गरून् प्रगति उन्नति, किन आँखा तराैँ हामी पनि गराैँ सकेजति प्रगति त्यसै किन मराैँ । ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगाबजार। [३६] झिँगाको सरापले डिँगो मर्दैन जे गर्छौ गर सुर नछोडी गर्छु काम जली मर्नेहरू मर । ✍️ सतीश पण्डित चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ [३७] आलोचना गरेर सदनमा बिताए एकले अर्काको कुभलो मात्र चिताए। ✍️ कला ढकाल, झापा [३८] आरिसेहरू जलिरहन्छ अरू के काम वास्ता गर्न छोडिदिए, कमाउनु छ दाम । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा [३९] म जे गरौँ जसो गरौँ न तिमीलाई केको खसखस अर्काको प्रगति देखेर जल्नेहरू आँखा चिम्ली बस । ✍️ अनिता भण्डारी ताप्लेजुङ [४०] जल्न खोज्छन् आफ्नाहरू, सफलताको शिखर चढ्दा गन्तव्य भुल्नुहुन्न परिश्रमी बनी अगाडि बढ्दा । ✍️ शंकर कार्की,मकवानपुर । [४१] कोसिस गरेको हो हजुर मूर्खलाई पाठ सिकाउन कतै अन्धो कतै बहिरो हुनुपर्छ सम्बन्ध टिकाउन। ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [४२] मनमा सधैँ हामीले खुसी नै खुसी त छर्नु मरेर गए पनि इतिहासमा नाम भर्नु। ✍️ श्रीकृष्ण धामी – बझाङ [४३] अरूको रिस गरे उल्टै आफूलाई नै खन्छ आफ्नै कर्ममा विश्वास गर्ने ठूलो मान्छे बन्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ, काठमाडौँ [४४] कस्ले देख्छ र यहाँ भित्र भित्रै मन बल्छ आगोमा हिड्नेकै यहाँ पाइलाहरू जल्छ । ✍️ दीपा समभाव खोटाङ्ग [४५] जल्नेहरू जलेर नै मरुन् छोड्दैनौँ आफ्नो ताल लोभको प्यास जागिरह्यो भए पनि मालामाल l ✍️ बाबुराम गौतम, गुल्मी [४६] दुईजिब्रेको चालै त्यस्तै कुरा लगाइरहने भएको थिचोमिचोमा हामी अब किन सहने ? ✍️ प्रेम थापा “मन”बागलुङ [४७] सङ्कीर्णताको राग अलाप्दै नसोध के भो भनी झन् अघि अघि बढ्दै जानु विध्न बाधा आए पनि । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा [४८] जल्नेलाई जल्न दिने सहवास मैले माने किचकिचेको सङ्गत छोडी अन्त कतै जाने । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [४९] गाउँ र बस्ती मिलेर सारा सबैले सपार माटोको माया बुझेमा आज हुनेछ अपार ! ✍️ आर्त अकुलीन ~<•>~
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] नियाल सर्वप्रथम आफूभित्र सबै मनोवृत्ति सम्हाल !
वसन्त अनुभव [२] मनाेभाव कर्मकाे डाेरी खाेज्दै जीवनकाे यथार्थ !
साताका उत्कृष्ट झिल्काहरू- १० साताका उत्कृष्ट झिल्का कविताको १० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १० का लागि झिल्काकार त्रय मंगला उपाध्याय, बिके मुखिया र दिल ठकुरीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू ~<•>~
[१] १. माया, ममताको स्वभाव देखिदैन कसैमा अहिले बन्दैछ दुनियाँ खराब ! २. फेरि आउँदैछ नववर्ष शुभकामना छ सबैलाई सबैमा छाओस् हर्ष ! ३. स्वस्थ राख्न जीवन बिहान बेलुकी प्रभातफेरि चङ्गा बनाउने तन । ✍️
मंगला उपाध्याय
[२] १. आरिसले सीप सिकिँदैन मूल उद्देश्य देखासिकी भाग्य कलमले लेखिँदैन । २. रात उज्यालो पुर्णिामाले औँसीको अन्धकार रात सहारा पारूहाङ सुम्निमाले । ३. आस्था टुट्दा मनमा जीवनको सङ्घर्ष सम्झेँ उर्जा भरेँ तनमा । ✍️
दिल ठकुरी (दार्जिलिङ )
[३] १. रुखमा पालुवा पलायो गीत गाउँदै चरीले हेर वनजङ्गलमा रमायो। २. चैते हुरी चल्दैछ खडेरी लागेको वनमा हुरुरु आगो बल्दैछ । ३. न्याउली रुन्छ वनमा परदेशीको सम्झना झलझली विरह जाग्यो मनमा । ✍️
साप्ताहिक झिल्का लेखन अभ्यासको ११ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ११ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, आइपुग्यो ऋतुराज वसन्त अनुपम बोकेर सौन्दर्यको रहिरहोस् रनबन अनन्त । २, झोलाभन्दा ज्ञान घोके पेट पालिन्थ्यो आफैँ पार्टीभन्दा व्यक्ति बोके । ३, लहडबाजीले ज्यान जान्छ परिवार ठुलो नठानेमा सपारभन्दा बिगारले तान्छ ।
म्यामराज राई, भोजपुर … १, उमङ्ग खुसीयाली अनन्त भित्रिएको छ बोकी आहा ! ऋतुराज वसन्त । २, कुहुकुहु वनमा कोइली रुखमा पलाए पालुवा झरेर पुराना ओइली । ३, हेर्दै लोभलाग्दो मनोहर छ जताततै हरियाली साँच्चिकै प्रकृति सुन्दर ।
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, मनमा भावहरू आउॅंछन् हाँसो या रुवाइ पीडा पनि पाउॅंछन् । २, नसालु स्पर्शमा बोल्छौ यौवनमै तिमी डुब्दा मझेरीको पर्दा खोल्छौ । ३, राम्रोले पाठ सिकाउॅंछ फरक छुट्याउन तिमीमा अनुभवले ज्ञान दिलाउॅंछ।
केन्टरमेश क्षेत्रीय, रोल्पा … १, कोरेका ती सीमारेखा गलत आफैँले तोडेर भोग्नुछ कर्मको लेखा ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, सौन्दर्य वसन्त आगमन सुनमा सुगन्ध थपिॅंदै हरियाली मन झन । २, वसन्तको बहार आयो दुःख पीडा भुलाएर मनमा खुसी छायो । ३, कोइली गीत गाउँदै कुहुकुहु गरेर मिठो वसन्तको वनमा रमाउँदै ।
केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम, (हाल भारत) … १, खोक्रा भाषण गर्छौ जालझेलले चुनाव जितेपछि कुर्सीमा दङदास पर्छौ । २, गर्छौ चिप्ला कुरा स्वार्थ पूरा नभए चलाउॅंछौ पछाडिबाट छुरा । ३, एउटा कुरा सुन जसरी भए पनि छुनैपर्छ आकाशको जून ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा । … १, वसन्तले ल्यायो खुसीयाली उमङ्गको लहर आयो सारा भरेर हरियाली २, कुहुकुहु कोइली वनमा वसन्तमा हरियाली छायो आनन्द आयो मनमा ३, चारैतिर सुनसान फाँट सबैतिर मात्र रोदन मान्छेले चीत्कार घाट
बेदु न्यौपाने … १, आयो वसन्त उर्लेर कोइलीको आवाज उस्तै फर्केर त्यतै हेर। २, कोइली कराउॅंछ वनमा पालुवा फेर्दा रुखले आनन्द लाग्छ मनमा। ३, कति आनन्दको बेला प्रकृति सुन्दर सॅंगसॅंगै किसानको हातमा ठेला ।
अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति-१(हालः-अमेरिका,बोस्टन) … १, वसन्त ऋतु आयो पालुवा पलायो बनमा सबैमा उमङ्ग छायो । २, गाउँछन् पंक्षी गीत फूल फुल्छन् बनमा लगाउँछन् आपसमा मित । ३, जीवजन्तु सबैको प्यारो बस्ती गाउँ झिलमिल कतै हुँदैन कालो ।
सुरेशकुमार पाण्डे, दाङ घोराही – १८ … १, सुरम्य ऋतुराज आई निराश कोही नबनेर बाँचौँ एकअर्कामा मायालाई। २, अघाउँछन् पालुवा खाई चराचुरुङ्गीमा मस्ती देखिन्छ खुसी जीवन पाई। ३, हुरी आउँछ, नाँच्दै जाडो जान्छ टरेर पवन रुख भाँच्दै।
तेजप्रसाद खनाल, लमही दाङ। … १, वसन्तले ल्यायो हरियाली कोइलीले गीत गाउँदा उमङ्गले छायो खुसीयाली । २, सुन्दर दृश्य देखिने रुखले पालुवा फेर्दा निराशापन सबै मेटिने। ३, नेपाली भै बाँचेको स्वर्गको टुक्रा नेपाल गौरव गर्दै नाँचेको।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर … १, पालेर सत्बुद्धि मनमा जीवन जिउन सके हुन्न कष्ट तनमा | २, सबैको भलो चिताऔॅं भगवान्को भक्ति गरेर अमूल्य चोला बिताऔॅं ।
सरिता सेढाई, धादिङ … १, कोइलीले गीत गायो बिहानीमा झकझकायो मलाई वसन्तको बहार आयो ।
भगवती दवाडी … १, चल्छ प्रक्रिया अनन्त प्राकृतिको नियम यो फेरि आयो वसन्त ! २, रहर लाग्ने मनमा गीत गाउँदै रम्ने कोइलीझैँ पारि वनमा।
दीपा समभाव, खोटाङ्ग … १, निष्पक्ष कानुन भएन नेता न्यायाधीशको पेवा जनताको पक्षमा गएन । २, ऐन कानुन बराबरी पैसाले न्याय मारियो सबै जनता सराबरी । ३, हेर्नुहोस् सबैले देशमा जनताका समस्या उस्तै नेताहरू भ्रष्टाचारको केसमा ।
चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ … १, फूल्दछन् अनेक फूलहरू वसन्त ऋतुको उपहार उमारेर पानीका मूलहरू । २, फूल फुलाउँछ बोटले हेर्दा लोभलाग्दो गरेर फूल झर्छ चोटले । ३, फूल टिपी चढाई बनाई आनन्दित मन गरिन्छ आफ्नै बढाई ।
जी.वि.कश्यप घोराही उमनपा -१४, दाङ … १, सुवासित बास्ना छरी छाए ऋतुराज वसन्त अनन्त धरती भरी । २, प्रफुल्ल सुन्दर जता फुलेफलेका झपक्क परी वाटिका वृक्ष लता । ३, परी वासन्ती सुन्दरी नयन सर मार्छिन् प्रेमिल मन हरी !
विवश पारदर्शी, झापा … १, वसन्त छायो प्रकृतिमा लाग्यो नयाँ पालुवाहरू रमणीयता ल्यायो सृष्टिमा । २, खिल्छ मनमा उमङ्ग आत्माविभोर बन्दै नाच्दछु जगायो आनन्दको तरङ्ग । ३, रहरहरू फुल्छन् प्रकृतिसित हरियाली वसन्तको आगमनमा लगाउँछु फूलहरूसित प्रीत ।
दिल ठकुरी दार्जिलिङ, टिस्टा भेल्ली। … १, ऋतुले निभायो धर्म, कोइली वन रन्काउॅंदै, गाउँछ उसले मर्म। २, भए पहाडहरू सुरम्य , आँखै नअघाउने रङ्ग , गुराँस फुलेर रातम्य । ३, पालुवा पलाउँदा वनमा बेहुली सजिए जस्तो, आनन्द आउँछ मनमा ।
मनोहरी पौडेल, गैडाकोट १ … १, झिल्काले उज्यालो बनायो अँध्यारो ठाउँमा जताततै झलमल्ल प्रकाश खनायो ।
देवी पन्थी … १, तिम्रै सहारा माग्दछ पलाए वसन्तका मुना नभाँच्नु पाप लाग्दछ । २, ब्वाँसाहरू सहर पस्दैछन् निभ्दैछ समृद्धिको दियो जनता कुटुरो कस्दैछन् । ३, गोठालालाई अघि सारियो लुटिॅंदैछ इज्जत इमान देशभक्तलाई पछि पारियो ।
ऋजु दिल्पाली, इटहरी १ सुनसरी … १, मनले धुन बजाउँदा जीवन सुगन्धित हुनेछ मधुर सङ्गीत सजाउँदा । २, मनले मन रोज्दा अपार माया भेटिनेछ एकार्काले समीप खोज्दा । ३, देशको ढिकुटी चुहायौ अमनचयन आफू गरी धुरुक्क जनतालाई रुवायौ ।
प्रेम थापा “मन”, बागलुङ … १, वसन्त प्यारो आयो उमङ्ग उत्सव मनाउँदै पन्छी गीत गायो , २, गुलाब पल्लवित बने मञ्जरी खुल्न लाग्यो समीरले चञ्चलता खने । ३, प्रणय अनेकौँ बढायो उन्माद यहाँ हर्षले सुनौलो वसन्त आयो!
कमल प्रसाद बगाले, वालिङ्ग बजार स्याङ्जा … १, कोइली चरी करायो वसन्तको भयो आगमन जाडो पनि हरायो। २, खुले सबै बाटो यात्रा भए सहज तातियो उर्वर माटो।
तोया नाथ चापागाईं, दमक, झापा … १, भोटको बजारको नोट कहिलेकाहीँ यी मनहरू नेताको कालो कोट । २, कस्ती छौ मायालु मरेपछि डुमै राजा नबन तिमी रिसालु । ३, किताबको बन ज्ञानी सागर शान्त रहन्छ सेवक बनौँ हामी।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, वसन्तमा गुराँस दङ्ग हरियाली पनि चारैतिर छायो हर्ष उमङ्ग।
गोकर्ण दयाल गौरव, मेलौली ७ बैतड़ी … १, हेर वसन्त आइसकेछ मुस्काएछन् नयाँ पालुवा , कोइलीले गीत गाइसकेछ । २, स्वागत छ ऋतुराज उमङ्ग लिई आयौ नव पल्लवका साथ ।
शम्भु गजुरेल … १, सोचमा भए सच्चरित्र कर्म तेस्तै गर भगवान् छ आफैँभित्र ।
देवकृष्ण काफ्ले … १, भोगाइ यो जिन्दगीको अनुभव रह्यो खास पासो एउटा बन्धकीको । २, डढेलोले खायो वनलाई पीडा छटपटी एउटै कसैले खायो मनलाई । ३, मनमा रापले भतभती सम्झनाले सताउँदा झन् मनभित्र धुवाँले पतपती।
घनश्याम पन्त, हरिवन, सर्लाही … १, खोक्रा भाषण चाहिँदैन हेक्का राख नेताहरूले जनता ठग्न पाइॅंदैन । २, झिँजाले मुढो पोल्छ औकातमा बस साथी अब माटो बोल्छ । ३, प्रकृतिको रित जनाउँछ विकृति विसङ्गति विरुद्धमा झिल्काले ज्वाला बनाउँछ ।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा … १, फूलले सुगन्ध छरे उदाहरण जीवनको दिँदै ओइलेर भुईॅंमा झरे । २, सोचेपछि एक अतुल्य होस् पुर्याउनु साथी ! जिन्दगी छ अमूल्य । ३, एकदिन सबै गल्नेछ थकित जीवनको प्रतिस्पर्धामा समय निरन्तर चल्नेछ ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, जिन्दगी साँचेर आउनु भोकभोकै बाँच्ने कसरी ? दिमाग धेरै चलाउनु ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, नेपालको कानुन मानून् किन बराबर छैन ? बनाउनेले पनि जानून् । २, मौनताको सिमाना कसरी ? बढ्ने अगि तोडेर समानता ल्याउने जसरी । ३, राहदानीमा नाम लेखेर युवाशक्ति पलायन हुँदै आकासे फल देखेर ।
संगीता खरेल, चन्द्रगिरी – ८, काठमाडौँ … १, चारैतिर हरियाली छायो खुसी उमङ्ग लिएर नयाँ वर्ष आयो । २, उड्यो चरी माथि नयाँ वर्षमा मिलेर घुम्न जाऔॅं साथी । ३, मनको मैलो झिकौँ नगरौँ अर्काको देखासिकी आफ्नैमा रमाउन सिकौँ।
अनिता भण्डारी, ताप्लेजुङ … १, परिश्रम हामीले गर्नुपर्ने कस्तो समाज यो व्यर्थैमा फेरि मर्नुपर्ने ! २, कसको लागि गरिएको पिरले मन छताछुल्ल आत्मा किन भरिएको ? ३, गरेर दु:ख जहाँ छुटकारा पाउन मुस्किल परेको छ त्यहाँ !
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि । … १, पुराना पत्कर फालेर छायो वसन्त बनमा नवीन पालुवा हालेर । २, अनेक रङ्गीबिरङ्गी फूलमा मिठास खोज्दैछन् चरीले उडेर एउटै हुलमा । ३, उमङ्ग पलायो मनमा पातले काँचुली फेरेर महक थपियो वनमा ।
नागेन्द्रप्रसाद यादव … १, सरकारी कुर्सी जलायो स्वदेशको आफन्त त्यागेर श्रमिक विदेशमा पठायो २, शिरमा कुराहरू मिलाएछ सरकारी बजेट बाँडेर जनताको आवाज सिलाएछ ३, वसन्त ऋतुराज आयो सौन्दर्यताको अनुपम बोकी मनुष्यको चाहाना छायो।
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १, एसइई परीक्षाको घाउ अभिभावकलाई पढिदिने शिक्षार्थी खन्चुवालाई सोहोर्ने दाउ । २, पैसा बटुल्न मेल गल्तीफल्ती लेख्यो लेखायो बाँडफाँमा देखियो झेलैझेल । ३, वर्षभर पढ्यो पढायो कस्तो थिति बसेछ चोरी गर्यो गरायो ।
नन्दलाल आचार्य, बेलका २, उदयपुर, हाल- एनेलकुटी, सिरहा … १, फाट्ला तुवाँलोको जाल मौसम जीवन हेर्दा उस्तै जिन्दगीको हाल ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, रहेछ सङ्ख्या उमेर आजभोलि हो भन्दै गएछ कहाँ घुमेर । २, भनिदिएँ मेरो उमेरलाई एकैछिन त पर्खन सँगै यात्रा गर्नलाई । ३, आउने बाटो कता कहाँ होला जाने बिसाई बस यता ।
फूलमाया कुलुङ, सोलुखुम्बु … १, काफलले मुखै रसाउने पहाडी चैतको फल कस्तो बनै बसाउने ? २, कोइलीको कुहु सुरले प्रफुल्ल हुन्छ मन बन गुन्जन्छ घुरले । ३, प्रेमिल जोडी घुम्ने कस्तो राम्रो बन पालुवाले शिखरै चुम्ने ।
धनमाया चौधरी, कैलाली … १, बाँझो भयो पाटो त्यतिकै गयो खेर सारा उर्वर माटो । २, पिँजडामा छन् चरी स्वतन्त्रता भनेर मात्र हुँदैन व्यवहार नगरी ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, मनमा वसन्तले छायो हर्ष उमङ्गमा अचेल , नयाँ वर्ष आयो । २, मनमा खुसी हर्ष राम्रो सोचविचार बोकेर आयो नयाँ वर्ष ! ३, जिन्दगीमा दु:ख सहनु रहर बाध्यता आएपछि , संसारमा एक्लै रहनु ।
श्रीकृष्ण धामी – बझाङ … १, सत्यको बाटो चालेर सत्कर्मको बिउ रोपौँ अधर्मको मैला फालेर। २, मनको मैला फालिन्छ सभ्य समाजको निर्माणले सत्यको मार्ग चालिन्छ। ३, गर्यो मान्छेको जातले भेदभाव ल्याएर समाजमा सभ्यता मेटायो हातले।
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ। … १ , देखिन्छ भरोसा कसको ? यहाँ फित्ताबिनाको जुत्ता छामियो मुटु स्वजनको । २ , भरोसाको अनमोल टेकोभित्र लाग्यो धमिरा असङ्ख्य देखियो मित्रको सचित्र ।
हरिगोपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार … १, गरेर सत्य काम बाँचेर सुन्दर धरामा अमर हुन्छ नाम ! २, हेरेर शान्त गागर कञ्चन सिर्जना कला गागरमा हुन्छ सागर ! ३, प्रकृतिको सौम्य चरा सौन्दर्य देखेर रमाउने मेरो अनुपम धरा !
आर्त अकुलीन … १, वचनले नघोच अब तोडिदेऊ सम्बन्धहरू सबै पराई सम्झन्छौ जब । २, सम्हाल आफ्नो जोवन विश्वास नगर्नु कसैको गर्दै आफ्नो दोमन ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, पीडाको आगो नबाल जलेर आज भित्रभित्रै जिन्दगी चाहिँ नफाल । २, आवेशमा निर्णय नगर सहि गलत नबुझी कसैको भर नपर। ३, हिॅंड्दा हिॅंड्दै बिलायौ बाटो मोडेर तिमीले नरित्तिने आँसु पिलायौ।
कला ढकाल झापा … १, वासन्ती मेला वनैमा कोइलीको कुहु सुनेर आनन्द आयो मनैमा ।
सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल … १, सजिन्छौ तिमी शृङ्गारले छोपी वास्तविक रूप , झुल्किन्छौ नयाँ अनुहारले। २, हरायो विकासको दियो खोजौं नेपाली मिलेर , थाम्नुछ देशको मियो । ३, जनता छॅंदैछौ सघाउने इमानी बस्छन् मौन , फस्टाए सत्य दबाउने।
सुस्मिता अधिकारी, काठमाडौँ … १, कोइली कुहुकुहु गर्छ फेरिन्छ ऋतु अनि, वसन्तले सौन्दर्य छर्छ । २, जङ्गल हाम्रो धन प्रकृतिको दृश्यले सधैँ , लोभ्याउँछ हाम्रो मन । ३, नदीनाला सबै बेचियो जनतालाई दुःख दिई, आफूले सुविधा लियो ।
सीमा कार्की समर्पण, मेलोचोक पर्सा … १, वसन्तले भित्रायो हरियाली प्रकृतिको सुन्दरता देखेर मनमा छायो खुसीयाली । २, नयाँ रूप पायो बोट अनि बिरुवाले धरती जगमग बनायो । ३, फूलमा रमाएर घुस्न पुतली बथान झुम्मिए फूलको रस चुस्न ।
सरला माझी … १, वसन्तको बहार आएछ ऋतु फेरिएको बेला प्रकृतिले मित लाएछ । २, प्रकृतिको स्वरूप फेरियो यो समयको प्रारूपसॅंगै जताततै फूल बेरियो । ३, आहा आनन्दको रूप यामसॅंगै प्रकृति बद्लिएपछि मन रमाउॅंछ खुब ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, पिरतीको आभाष पाएर प्रफुल्लित बन्दैछ मन कोइलीले गीत गाएर । २, बगैँचामा फूल फुल्यो प्रकृतिको रूप फेरियो वसन्तमा मन भुल्यो । ३, बगानमा फूल फुलेर रौनकता छाएको बेला भँवरा मौरी डुलेर ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा। … १, आहा वसन्त आयो, सबैतिर देखियो हरियाली, छुट्टै उमङ्ग छायो । २, गुराँस बनै भरी बिहान उदाउँदा सूर्य, देखिन्छ साँच्चै परी । ३, लगाउँने बेला बाली समयले साथ दिए, फलाउँछु टन्न यसपालि ।
पुष्पा राई, खोटाङ । … १, गरौँ नित्य पूजा आत्मालाई शान्ति दिलाएर तनाव पारौँ धुजा l २, सन्तुष्ट राखौँ मन लालसा जाग्यो भने तनमन गर्दछ दहन l ३, नौ शब्दको माला उनेर झिल्का बनाऔँ उघारी भावको ताला l
बाबुराम गौतम, गुल्मी … १, चारैतिर देख्छु हरियाली वसन्त ॠतुको आगमनले फूलको नुहियो डाली । २, राम्रो काम गरेर हिॅंड्यौ भने हामी नाम रहन्छ मरेर । ३, हातमा हात दिॅंदै लेखौँ झिल्का कविता ज्ञान पनि लिॅंदै ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, बनमा फु्ल्यो प्याउली आहा!मिठो भाकामा गाउँछे वन चरी । २, झित्र्याउॅंदै किसानले बाली नयाँ वर्षबाट भरियोस् सबको मनमा खुसियाली। ३, वसन्तसॅंगै अब रमाउॅंला दु.खमा साथ दिॅंदै एकअर्काको हात समाउॅंला ।
मन्जु बोहरा बझाङ, देउलेख … १, सत्य बाटो रोज्नुपर्छ सत्कर्मको मार्ग पहिल्याउँदै नवीन कार्य खोज्नुपर्छ । २, वसन्त आगमन भयो उजाड बनजङ्गलहरू पनि हरियाली हुँदै गयो । ३, खोक्रो भाषण गर्छन् जनतालाई भुलाउँदै नेता आफ्नै भुँडी भर्छन्।
दुर्गा भट्टराई, मोरङ … १, रमाउॅंदै बाँड्दै हर्ष वसन्तको सुगन्ध छर्दै फेरि आयो नववर्ष। २, झुल्कियो झुलुक्क घाम जोस जाँगर लिई गर्नलाई पुर्ख्यौली काम। ३, दिनरात गरेर कर्म मुस्किल जहान पाल्नै कसले बुझिदेला मर्म।
बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु … १, मनमा गुने हिसाब न्याय हुन्छ पक्कै मेरै पक्षमा इन्साफ । २, पर्खेर बस भने बसेँ मानेर वचन आएनन् किन धने । ३, ओखलढुङ्गा रामपुर टार घरबार जोडिएन त्यता कोसिस गर्दा हजार ।
दिपक प्रसाद दाहाल, सुनपा ४ दधिकोट, भक्तपुर … १, संस्कार जब मासिन्छ तकनिकी ज्ञानको होडमा मानवता पनि नासिन्छ। २, पार्थक्य केही रहेन मान्छे अनि पशुमा प्रकृतिले पनि सहेन। ३, घोर अन्याय भयो भाषण शासन रासन सबै अभिशाप भयो।
पेम्वा यल्मो,दार्जीलिङ,भारत … १, ऋतुहरूको राजा वसन्त चारैतिर छर्दछ सुन्दरता खोज्न पर्दैन अन्त ।
बाबुराम पाण्डे, अर्घाखाँची … १, सत्य बाटो हिँडौँ सफलता प्राप्त गर्न दिनरात मिहिनेतमा भिडौँ । २, वसन्त ऋतु आयो सबैतिर रङ्गीचङ्गी फूलले मनमा उमङ्ग छायो । ३, चरीले गीत गाउँदा वनै भयो रमाइलो ऋतु वसन्त आउँदा ।
उर्मिला के.शी., धनकुटा … १, शिशिरको झरीमा रुझी कोइली करायो वनमा वसन्तको आगमन बुझी । २, जताततै हरियाली छायो ऋतुराज वसन्तको आगमनसँगै नयाँ वर्ष आयो।
कोपिला अधिकारी, गोरखा सिरानचोक … १, जबैले जगाउनु भावना फेरिएका दिनहरु सम्झेर नव वर्षको शुभकामना । २, नगर्नु कसैलाई हेला अन्त्यमा शरण उसैको परिन्छ एकदिन फेला।
दुर्गा आचार्य, मोरङ … १, चन्द्रमाझैँ तिमी देखिन्छौ किरिम पाउडर घसेपछि कसको भागमा लेखिन्छौ। २, शब्द पल्टाएर गजल तिम्रो रूप देखेपछि लोभिन्छु म फजल। ३, पापी नजर सल्बलाउँछ रूप तिम्रो देखेपछि सपनीमा मन बर्बराउँछ।
घनश्याम पन्त, हरिवन, सर्लाही … १, जनताले नायक बनाएको बनायौ उपनाम भ्रष्टाचारी कति विधि गन्हाएको । २, फुर्ती लगाउने सुशासन व्यवहार सबै विकृति कामकारबाई भने दुशासन । ३, गणतन्त्रलाई ढाल बनाई देश जनताको दोहन सत्तामा बसेर कमाइ ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, हातमा कलम बोकी ज्ञानको ज्योति छर्नलाई चालौँ पाइला नरोकी । २, अरूमा ज्ञान छरेर बालेर हिँडौँ दियो मनमा शान्ति भरेर । ३, खुल्नेछ आँखा जब भनेर असल मान्छे चिन्नेछन् सबैले तब।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचख्पन नपा – ६ संखुवासभा … १, बोकेर पिरको भारी बाँचेको छु अझै मनका रहर मारी । २, आमाकै गर्वमा बरु मरेको भए आज दुःख हुँदैनथ्यो अरू । ३, आफ्नैबाट धोका पाएँ लेखाजोखा छैन मेरो ठक्कर कति खाएँ ।
लालिता सिन्धुली, हाल काठमाडौं … १, आऊ सँगै जाऊॅं एकैक्षण चौतारीमा बसेर सितल हावा खाऊॅं २, फूलको बास्ना आयो चारैतिर हरियाली देखेर हावासँगै सुवास मगमगायो । ३, मनले चाहेको मान्छे सम्झँदा आनन्द आउँछ सपनी उतै जान्छे ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, नयाँ पालुवा वसन्तमा छायो वनमा खुसियाली चैत्र महिनाको अन्तमा । २, फलहरू मिठा फल्ने हुनेछ जगको भलो सुकर्मले दुःख ढल्ने ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, खुसियाली छायो मनमा चारैतिर वसन्त ऋतु कोइली करायो वनमा।। २, गरेर सेवामूलक काम बस्नु यही समाजमा राखौँ अमर नाम।
सहयात्री शोभा अर्याल, रुपन्देही … १, रमाउँछु घुम्छु सहरमा आजसम्म जीवन चल्दैछ आफ्नो रहरै रहरमा। २, सिक्ने र सिकाउने कविता लेखनमा अब कति समय टिकाउने । ३, लेख्न कोसिस गर्छु धेरै अग्रज हुनुहुन्छ म शरण पर्छु ।
लक्ष्मण देउवा डोटी, हाल भारत … १, वसन्त ऋतुको आगमन सबैजना सतर्क रहौँ तहसनहस होला जीवन । २, वसन्त ऋतु आयो हरेक मानिसको मनमा जोस जाँगर छायो ।
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२८ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२८ डाडुपन्यु उनकै हातमा उनी परे भान्छे भोकै छु भन्न हुने नहुने आफू सानो मान्छे । वसन्त अनुभव
सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] धेरैबेर बसेँ र्याल काढ्दै टुलुटुलु हेरी अघाएपछि देलाँ भनेको खानथाल्यो फेरि । -वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२] उँचाे अझै माथि चढ्याे सबै उसकाे हातमा थिचिएर मर्न लाग्याे निचाे अनेक बातमा । -ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३] खान एक्लै पल्केकाले अरूलाई दिन्थ्यो किन ? यस्तै मोजमस्ती टिक्छ होला भन हरदिन । -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[४] डाडुपन्यु आफ्नै हातमा चढेँ आफैँ माथि हेर्या हेर्यै नै सबै भए अरू धेरै साथी।
-बेदु न्यौपाने 🇳🇵
[५] आफ्नै हातमा भएपछि ढुकुटीको साँचो अरूले जेसुकै खाऊन् मलाई केको खाँचो । -डम्बर थामी ‘अनुपम ‘
कालिन्चोक गा. पा. -६, दोलखा ।
[६] डाडुपन्यु हातमा भए पनि भोकभोकै भान्छे आफूलाईभन्दा अरूलाई सोच्ने संस्कारी मान्छे।
-प्रेम सुनार दैलेख
[७] हातमा डाडुपन्यु भएर भाेकै भान्छे धेरै दयालु हुन्छन् अरूकाे साेच्ने मान्छे । -केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।
[८] गरे जस्तै गर्छन् नेताहरू चोखो व्यवहार, त्यसैको आडमा गर्छन् उनी खुब भ्रष्टाचार। -सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[९] उमेर हेरेर दिँदा हुनेथियो भान्छेले तब त चिन्थ्यो राम्रो भनेर अरू मान्छेले। -अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[१०] डाडुपन्युको सहारामा आफूआफैँ नै बाँचेका भोक लाग्यो भन्न नसकेर रोएका न हाँसेका। -अम्बिका अधिकारी
झापा बिर्तामोड
[११] भान्सामा डाडुपन्यु आफ्नै हातमा पार्छु मीठा मीठा खानेकुरा तर पनि मार्छु । -रचना मोक्तान “यात्री”
नमोबुद्ध न. पा.-५, काभ्रे ।
[१२] डाडुपन्यु साथमा राखेरै पुगेको छु यहाँसम्म मैले कुर्सी पाउनैहुन्न, किन पर्छन् अरू अचम्म । -राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[१३] आज तिमी बनेका छौ भान्से भोकै नरहून् कुनै मानिस हौँ हामी तिमी जस्तो खाँदैनौँ धातु सुनै।
-भगवती दवाडी
[१४] जहाँ पनि जसरी पनि बन्न खोजेर भान्छे देवता बन्ने होडमा राक्षस बन्दैछ मान्छे ! -दीपा समभाव
खोटाङ्ग
[१५] उही जगन्नाथ डाडुपन्यु पर्छ जसको हात भोको छु म भन्नै हुन्न रे पेटमा मारिन्छ लात ! -विवश पारदर्शी
झापा,
[१६] डाडुपन्यु जसको हातमा उसले मात्रै पेट भर्ने खान दिन्छ भनी पर्खेर बस्ने जति भाेकै बस्नु पर्ने। -राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[१७] सबथाेक तिमीसँगै छ जिवनका हरपलमा पाल या फाल अधरकाे चिन्तन छैन याे थलमा। -हिरालाल न्याैपाने
सल्यान, बानपा ८
[१८] यस्तै हो यहाँ जे पनि आफू आफू गर्ने सोचिरहेका हुन्छन् कसरी पेट भर्ने । -प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
[१९] बेमौसमी देशको ढिकुटी पस्कन थाल्छौ जब तिम्रै घ्याम्पे भराऊ, दु:खीलाई नहेर भो अब ।
-प्रेम थापा “मन”बागलुङ
[२०] दोबाटोमा एक्लाएक्लै हुन किन आउनु तिम्ले बाटो मोडेपछि बेकार के धाउनु।
-घनश्याम पन्त, हरिवन सर्लाही
[२१] सरकारले गल्ती गर्यो, गर्छन् मन्त्रीकै कुरा नगरिकन चक्काजाम, हुँदैन इच्छा पूरा ।
-अजय कुमार झा, महोत्तरी, जलेश्वर
[२२] सानाे मान्छे हाे भन्दैमा के खाना खानै नपाउने मासु जति तिमी खाने हड्डीमात्रै म चपाउने। -भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[२३] मह काढ्ने हात चाट्ने नियमै छ बारे दोष मात्रै नफलाक्नु सके चाट प्यारे !
-कमला देवकोटा, पाल्पा
[२४] आफ्नै मान्छे गतिला छन् सबैतिर मेरा उनी बस्ने महलमा छैन मेरो डेरा। -होम प्रसाद नेउपाने
धरान,सुनसरी।
[२५] रोइलो गरेर के गर्नु अधिकार उनैले लिए अभाव भोकमरी सधैँ उपहार सम्झेर दिए ! -नील हरि काफ्ले
सिन्धुली (हाल काठमाडौँ)
[२६] ठुलालाई चैन छ यहाँ सास्ती छ गरिब दु:खीलाई सामन्तहरू फुर्ती लाउँछन् समानताको गीत गाई । -बाबुराम पाण्डे
अर्घाखाँची ।
[२७] यहाँ जहिले पनि हुन्छ गरिबलाई सास्ती हुनेखाने ठुलाबडालाई हुन्न नाइँनास्ती ।
-अनिता भण्डारी ताप्लेजुङ
[२८] पैसा र पद सबैथोक देख्दा भयो यो गति नेताको हर्कतले नि सुध्रिने भएन मति ।
-पद्मा काश्यप पाण्डे, मोरङ
[२९] भरोसाको खेतीमा भ्रमको आगो जलाई सास्ती बाहेक के दियौ र खै सत्ता चलाई । -संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं
[३०] सिकेका छन् मान्छेले पनि बकुल्लोको ध्यान खोला झोलामा हाल्दाको कायदा पायो ज्ञान । -कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[३१] रुम मिलाएँ मैले ऊ त अन्तै गयो आफ्नोमान्छे आजभोलि अर्कैको भयो ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १४९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] सिकारी बन्दै सिकार यही वास्तविक संसार ! ✍️ वसन्त अनुभव
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५४औँ) शृङ्खलालाई होली विशेष गराएका छौँ । जसमा लघुकथाकार अवधेश सिंहको लघुकथा ‘होलिका दहन’, लघुकथाकार रमेन्द्र कोइरालाको लघुकथा ‘होली’ र लघुकथाकार गंगा खड्काको लघुकथा ‘परिवर्तन’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
१. होलिका दहन
प्रा. अवधेश सिंह हिजो, फागुन पूर्णिमाको रात । होलिका दहनका लागि गाउँको चोकमा दाउराको थुप्रो लगाइएको थियोे । एउटा विशेष काठमा होलिकाको आवाहन र प्राणप्रतीष्ठा गरेर त्यसलाई दाउराको थुप्रोमाथि उभ्याइको थियोे । डम्फु, ढोलक, झ्याली, मञ्जिराको तालमा मान्छेहरू होलीको गीतसँगै गाउँदै नाँच्दै भगवान् विष्णु र त्यस दाउराको थुप्रोको पूजा गर्दै थिए । प्रसाद लिएर आउनेहरूले त्यस दाउराको थुप्रोमाथि प्रसाद चढाउँदै थिए ।
पूजा सकियो । होलिका दहन गर्ने शुभ मुहूर्त आयो । दाउराको थुप्रोमा आगो सल्काउन थालियो । आगो सल्किएन । घ्यू हालेर आगो सल्काउने प्रयास गरियो । आगो सल्किएन । आगो सल्काउने सत्पात्र भएन कि भनेर पात्र फेरियो । एक होइन, अनेक पात्र फेरिए । आगो सल्किँदै सल्किएन ।
यी सब हेरिरहेको एक युवकले एक बोतल पेट्रोल ल्याएर दाउरामाथि खन्यायो र आगो सल्कायो । आगो दनदनी बल्यो । पेट्रोल ह्वार्ह्वार्ती जलेर सिद्धियो । आगो फेरि निभ्यो । होलिका दहन भएन ।
होलीको गीत बन्द भयोे । मानिसहरूको उमङ्ग चिसियोे । अनिष्टको आशङ्काले मानिसहरू संत्रस्त भए । तिनीहरूले सोध्न थाले, -“आगो किन सल्किन सकेन ? होलिकाको दहन किन हुन सकेन ?”
दाउराको थुप्रोमाथि ठडिएको काठबाट आवाज आयो, -“ए मनुवाहरू हो ! मलाई जलाउन यो दाउराको थुप्रोमा आगो सलकाउन सक्ने सत्पात्र तिमीहरू मध्ये कोही पनि छैनौ । अनि तिमीहरूले नै बनाएका विधाताहरूबाट रक्षा कवच चुनरीको वरदान प्राप्त छ मलाई । जबसम्म तिमीहरू कामी, लोभी, अहङ्कारी्, अन्यायी, अत्याचारी, दुराचारी, भ्रष्टाचारी, विश्वासघातीहरूलाई विधाता बनाइरहन्छौ; तबसम्म म सुरक्षित रहनेछु, हिरण्यकश्यपुको साम्राज्य फैलिरहने छ र प्रह्लादहरू प्रताडित भइरहनेछन् ।”
लक्ष्मीपुर गा. पा. ४, ब्रह्मपुरी, सिराहा हाल नागार्जुन न.पा. २, साकेत मार्ग , शान्ति टोल, काठमाडौं २०८०/१२/१२
२. होली
रमेन्द्र कोइराला उसले पर्सबाट उनको तस्बिर निकाल्यो । तस्बिर हेर्दाहेर्दै ऊ स्मृतिको सागरमा पौडिन थाल्यो । उनको भाग्दै गरेको चित्र प्रष्ट आउन थाल्यो । मानौँ उनी चित्रबाट बाहिरी संसारमा आएकी हुन् ।
वास्तवमा उनी खेतमा भाग्दै थिइन् । ऊ चाहिँ हातमा रङ, अबिर लिएर पछ्याउँदै थियो । उनी भाग्दाभाग्दै खेतबाट टाढा जङ्गलतिर पुगिन् । केही दूरीमा ऊ पनि रङ दल्न लखेट्दै थियो । केही क्षणमा उसले भेटिकनै छाड्यो । एकछिन दुवैले सास नियन्त्रित गरे । भेट्न सकेकोमा दुवै एकअर्कालाई हेर्दै हाँस्न थाले ।
मौका पारेर उसले रङ, अबिर दल्न थाल्यो । उनले पनि दल्न थालिन् । दुवैले इच्छा बमोजिम रङ, अबिर दले । खुब मजा आयो । दुवै आनन्दित भए । करीब दुई घण्टा त्यतै बिताएपछि कहिले नछुट्टिने भनेर वाचाबन्धन पनि गरे ।
आज होलीको दिन बिहानैदेखि त्यो दृश्य शूल बनेर उसको ह्र्दयमा गढेको थियो । किनभने त्यसैदिन बेलुका उनको कुरा अर्कैसँग छिनिएको रहेछ । कारण ऊ आफू तल्लो जातको थियो ।
इनरुवा -९ बबिया, सुनसरी ०८०/१२/१२
३. परिवर्तन
गंगा खड्का भरतको आँगनभरि होली खेल्नेको रमझम थियो । रङले पोतिएर प्रायः मान्छे रङ्गीबिरङ्गी भएका थिए । कोही नाचमा मस्त थिए भने कोही रङसँगै आफ्ना सपनालाई रङ्गीन बनाउँदै थिए । भुमिका भने आँखाबाट खसेका आँसुको रङलाई झन्झन् बेरङको बनाउँदै थिइन् । -“अन्टी !” भुमिकालाई जेठाजुकी छोरी अंशुको आवाजले झसङ्ग बनायो ।
-” हजुर !” उनले यतिमात्रै के बोलेकी थिइन् , अंशुले उनलाई तान्दै बसेको ठाउँबाट उठाइन् । उनलेे थालभरि राखेका थरीथरीका रङमध्ये रातोतर्फ हात लम्काइन् । गम्म मुठ्ठाएर रङ हजुरआमालाई दिँदै भनिन् -“हजुरआमा ! लिनुहोस् रङ अनि उमेरमै सिउँदो उजाडिएकी अन्टीको फुङ्ग उडेको अनुहारमा दलिदिनुहोस् । नारीप्रति हुने सकारात्मक परिवर्तन घरबाटै सुरु हुनुपर्छ ।”
साताका उत्कृष्ट झिल्का कविताको ९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ९ का लागि झिल्काकार त्रय सुरेशकुमार पाण्डे, मोती सुब्बा र मुग्लानको खबरका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~
[१] १. झिल्का खुब लेखौँ अभ्यासले नै निख्रिन्छ नयाँ शब्द देखौँ ! २. शब्दले देश दरिलो समाजमा छुट्टै आभास पढेर हौस् भरिलो ! ३. स्वार्थी मानव संसार गर्नखोज्छ आफ्नो मुठ्ठीमा दुनियाँ गर्दै अहङ्कार ! ✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही१८
[२] १. भएन मलाई चयन संसार शुन्य लाग्यो फर्केछ तिम्रो नयन ! २. सहारा दिनु जहिले तिमीले बुझेनौ व्यथा एक्लो भए अहिले । ३. वसन्तको सुन्दर डोलीमा फागुको पदचाप आँगन लिएर हौसला झोलीमा ! ✍️
मोती सुब्बा
[३] १. आफू लाउँदैन जनै लगाऊ भन्छ अरूलाई कहाँ मान्छन् झनै ? २. संस्कार या बोझ किन बन्छौ तागाधारी बाध्यता कि मोज ? ३. उम्लेको दुध पोखिन्छ होइन औसत मापले मान्छे इमानले जोखिन्छ । ✍️