झिल्का लेखन अभियानको ८९ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————– १) ————– क) नबनुन् कोही महीपुत्र रोकिउन् हत्या, हिंसा हातमा बाँधी रक्षासूत्र ! ख) आँखामा खुसी भरोस् पावन यस रक्षाबन्धनले निरन्तर सुरक्षा गरोस् ! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ २) ————– राख्नू गरेर जतन दिदीबहिनीको हातबाट बाँधिएको पवित्र त्यो रक्षाबन्धन ! ✍️श्रीकृष्ण धामी ३) ————– पुगोस् सबैको चाहना चिन्ता पिर हटुन् रक्षाबन्धनको यही शुभकामना ! ✍️जनक बिसी दक्षिणभारत कोचिनबाट ४) ————– दिलले राखी पायो अतीतको मीठो सम्झना फेरि याद आयो । ✍️नीमा छिरिङ भोटिया जलढका कालेबुङ ५) ————– रक्षाबन्धन एउटा पर्व दाज्युभाइलाई लगाउन पाउँदा सदा गर्छौ गर्व ! ✍️रमा गुरुङ सालुगडा सिलीगुडी ६) ————– क) सुरक्षित रहने सत्यता हिन्दुहरूको महान संस्कृति रक्षाबन्धन हुन्छ जतातता ! ख) पवित्र कर्ममा निष्टता हृदयदेखिको पुण्य कर्म रक्षाबन्धन हाम्रो विशिष्टता ! ✍️घनश्याम पन्त हरिवन सर्लाही ७) ————– आयाे पर्व रक्षाबन्धन बाहुनले बाँध्छन् धागाे जनैकाे गरौँ जतन ! ✍️नवराज भट्ट कञ्चनपुर ८) ————– क) बाँधियोस् सम्बन्धको बन्धन कहिल्यै नटुट्ने गरी गर्दै भातृत्वको गन्थन ! ख) बन्धनले रक्षा गरोस् आशीर्वाद सबै मिलेपछि वैरी सारा मरोस् । ग) राक्षसी प्रवृत्ति हटोस् चेलीको रक्षामा माइती दिनरात नभनी खटोस् ।ल! ✍️ राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ ९) ————– क) रक्षाबन्धन हाम्रो पर्व हामी सबैकाे चाहाना बढाेस् सबैमा गर्व ! ख) जनै परोस् काँधमा नारीमा बाँधेको रक्षाबन्धनले कसैलाई नराखोस् दोसाँधमा ! ✍️त्रिलाेचन भण्डारी मेचीनगर,झापा १०) ————– क) धर्मकाे प्रतीक जनाउँछ भाइबहिनीमा यसले सदा सम्बन्ध कसिलो बनाउँछ । ख) हिन्दुहरूकाे संस्कृति राम्रो चल्दै आएको पहिलेबाट रक्षाबन्धन आहा हाम्रो ! ग) रक्षाबन्धन हाम्रो पर्व बहिनीकाे हातबाट लगाउँदा भाइकाे मनमा गर्व ! ✍️केसर बाेहरा ( आदर्श ) सुदूरपश्चिम अछाम हाल भारतबाट ११) ————– क) सद्भावकाे डाेराे गाँसेर रक्षाबन्धन पर्व मनाउने चेलीको साथमा हाँसेर ! ग) क्वाँटी खाई रमाउला ममता पाउदै अवश्य मायाकाे पाेकाे थमाउला ! ✍️श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर १२) ————– क) रक्षाबन्धन नेपालीको पर्व हातमा राखी बाँधेर नेपालीले गर्छन् गर्व ! ख) विकृति कुसंस्कार मासेर साथ लिएर चेलीबेटी रक्षाबन्धन मनाओैँ हाँसेर ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर । १३) ————– क) आयो रक्षाबन्धन पर्व सबैले मनाउँदै मनमा यसको गरौँ गर्व ! ख) मिल्दछ ईश्वरको प्रसाद सदैव सुखशान्ति ल्याउने थापौँ चेलीको आशीर्वाद ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। १४) ————– क) रातोसेतो लिएर चन्दन आयो सबैका आँगनमा पवित्र पर्व रक्षाबन्धन ! ख) गोसाइँकुण्डमा हुन्छ लर्को रक्षाबन्धन मनाउन यात्रु मोलेर जोखिम चर्को ! ✍️ चुडामणी देबकोटा सिन्धुली मरिणखोला जखनी हाल थानेटार पुरानोनैकाप काठमाण्डौ १५) ————– रक्षाबन्धन चाड मानेर बाँधिदिए रक्षासूत्र हातमा दाजुभाइ माइती जानेर ! ✍️ भाेलामान बर्देवा बैरागिमाईलाे बु,नि,,क,५ काठमाण्डाै १६) ————– लगाउँछ जोगीले चन्दन प्रेम दाजु बहिनीको हो यो रक्षाबन्धन ! ✍️ दीप गोले तामाङ रौतहट १७) ————– रक्षाबन्धन हिन्दुत्वको शान प्रभुको आशिष मिल्ने गरौँ सबैको सम्मान ! कार्की डिबी माकुम सुनवल-४ १८) ————– क) चेली माइतीको सम्बन्ध रक्षाबन्धनले बलियो बनोस् कहिले नहोस् मन्द ! ख) राखेर सद्भाव माइतीको अहिले बाँध्नू रक्षाबन्धन तिहारमा चाहिँ भाइटीको ! ✍️ कोपिला समीक्षा खार्पा खोटाङ १९) ————– क) छन् किम्बदन्ती अनेक जनैपूर्णिमा पर्वको महिमा सत्कर्ममा लाग्नु भरथेग ! ख) रक्षा प्रेमको अवसर मेलमिलाप होस् आपसी रहुन् सद्भाव परस्पर ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे २०) ————– क) सनातनीलाई हाे चन्दन नास्तिकलाई ज्ञान कहाँ रक्षासूत्र हाे रक्षाबन्धन ! ख) हिन्दुत्वकाे एक आधार यज्ञाेपवित ओै रक्षासूत्र बन्दैछ राखी व्यापार ! ✍️ प्रमोद नेपाल काठमाडौँ -५ २१) ————– क) रक्षाबन्धन दिदीभाइको पर्व प्रेम बढाउँछ आपसमा गरौँ सबैले गर्व ! ख) रक्षा गरोस् रक्षाडोरीले आशीर्वाद लागोस् दिदीको माइत आउन छोरीले ! ✍️ धनमाया चौधरी कैलाली २२) ————– दान ईन्द्राे महाबल रक्षाबन्धन हातमा बाँधी रक्षामा सदा चल ! ✍️ शलिकराम दाहाल चा न पा ३ झाैखेल भक्तपुर २३) ————– स्वच्छ राखौँ तनमन जनैपूर्णिमा सँगसँगै सबैको खुसीमय बनोस् रक्षाबन्धन ! ✍️ बेल थोकर तामाङ बकैया_८/ बस्तिपुर / मकवानपुर २४) ————– क) रक्षाबन्धन बाँधौँ दिदीबहिनी दाजुभाइको दीर्घजीवन बनोस् टीका रक्तचन्दन किनी ! ✍️ एवाइ प्रभात धनकुटा २५) ————– क) रक्षाबन्धन हाम्रो चाड आउँछ वर्षमा एकैचोटी सबैलाई प्रेम बाँड ! ख) भातृत्वको प्रतीक रक्षाबन्धन माया कसिलो कसौँ नटुटोस् सम्बन्ध विस्फोटन ! ✍️ देबिका सुब्बा खवास कदमतला, सिलगढी २६) ————– क) आयो रक्षाबन्धन पर्व पुरोहित बाँध्छन् धागो गरौँ सबैले गर्व ! ख) राखेर मनमा गर्व आउँछन् टाढाका माइती चेलीसँग मनाउन पर्व ! ✍️ बिबा तामाङ दार्जिलिङ २७) ————– क) गर्नु हुँदैन अबेर जागाैँ लागाैँ सबै भई सत्कर्ममा लागेर ! ख) सुरक्षाकवच यो रक्षाबन्धन बाँधौँ सबैले मिली नगराैँ असभ्य प्रपञ्चन ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ २८) ————– क) सुरक्षा खोज्छौ धागोमा सम्बन्धको हात समाई नडढोस् प्रेम आगोमा ! ख) अपेक्षा रक्षाको गरिन्छ विश्वासको नटुटोस् डोरो नत्र सङ्कटमा परिन्छ । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । २९) ————– क) माया मनमा साँधेर दाजु बहिनीको प्रेम जोगाऔँ राखी बाँधेर ! ख) हलुका हुन्छ मन दाजु बहिनीको लागि आउँदा यो रक्षाबन्धन ! ग) मायाले जित्नुछ संसार पवित्र हाम्रो नातामा केही चाहिँदैन उपहार ! ✍️ खडक आर सी मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट ३०) ————– सनातन हिन्दु धर्म मान्नु पर्छ हामीले नछोडौँ आफ्नो कर्म ! ✍️ सरिता सेढाई धादिङ ३१) ————– क) छन् संस्कार अनेक जनैपूर्णिमा पर्व आयो मनाउनू खाई हरेक ! ख) हुन्छ सुरक्षा तन्त्रले रोग ब्याधी हटाउदै डाेरी बाँध्नु मन्त्रले । ✍️ दुर्गा भट्टराई मोरङ ३२) ————– क) शिरमा राम्रो चन्दन खुसी साट्ने हामीले फेरि आयो रक्षाबन्धन ! ख) होओस् सुखशान्ति सबैमा पवित्र पर्व दिदीभाइको दुःख नहोस् कसैमा ! ✍️ चन्द्रिका रिमाल न्यौपाने ३३) ————– क) हिमाल पहाड तराई आफ्नो आफ्नो तरिकाले मनाउछौँ हामी जनैपूर्णिमालाई ! ख) मनाऔँ जनैपूर्णिमा रमाई हातमा रक्षाबन्धन बाँधेर खिर, क्वाँटी खाई ! ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके ३४) ————– क) आयो राखी चाड सम्बन्ध चेली माइतीमा नहोस् कदापि खेलवाड ! ख) रक्षाबन्धन हरेक वर्षमा आउँछ धागो बोकेर बित्दछन् दिनहरू हर्षमा ! ✍️ सरोजा बान्तवा पीयूष गीत खोला, भारत ३५) ————– क) थालमा राखी सजाई चन्दन लगाउँदै रक्षाबन्धनमा खुवाउने गर्छन् मिठाई ! ख) सुस्वास्थ्य दीर्घायुको कामना गर्दछ्न् बाँध्दै रक्षाबन्धन अटुट प्रेमको चाहना ! ✍️ रुना कर्माचार्य दाहाल चितवन ३६) ————– के रक्षाबन्धन परदेशमा ? आमा रुँदै होलिन् कुना बसेर घरदेशमा ! ✍️ सुजाता डि सी हाल दोहा कतार ३७) ————– क) बैनीलाई खुवाउनु प्रसाद रक्षाबन्धनको सबै सबैलाई मेरो तर्फबाट आशीर्वाद ! ख) नहोस् निधार खाली हातमा रक्षासूत्र लगाउनू परिवारमा छाउँछ खुसियाली ! ✍️ सुरेश बि सी शिखर ११ डोटी ३८) ————– क) मनको सुन्दर भावना चाड यो दिदीभाइको सबैमा छ शुभकामना ! ख) चेली माइतीको बन्धन जन्म जन्मको साइनो छरियोस् सुवासित चन्दन ! ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ ३९) ————– क) दाजुभाइ दिदीबहिनीको प्यार प्रगाढ भएमा आपसमा जित्न सकिन्छ संसार ! ख) चाड दाजुभाइ दिदीबहिनीको रक्षा गर्ने रक्षाबन्धनले याद दिलाउँछ जीवनभरिको ! ✍️ साहित्य प्रेमी सुशील धनगढी ४०) ————– भाइबहिनीको अटुट बन्धन मनाउने सबै मिलिजुली लगाएर टीका, चन्दन ! ✍️ नागेन्द्रप्रसाद यादव ४१) ————– क) फुकाई वेदना मनभरिको प्रगाढ बनाउँछ रक्षाबन्धनले सम्बन्ध दाजुभाइ, दिदीबहिनीको ! ख) यही गर्छु कामना सम्पूर्ण दाजुभाई, दिदीबहिनीको पूरा होऊन् चाहना ! ✍️ साबित्री प्याकुरेल धादिङ्ग ४२) ————– क) बहिनीले बाँधिन् राखी दाजु मुस्कुराउँदै हाँसे देवता राखेर साखी ! ख) शुभबिहानी शुभदिन आयो रक्षासूत्र बाँध्दै थिइन् पवित्र बन्धनले सजायो ! ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ हाल चनपा ६ मातातीर्थ। ४३) ————– क) क्वाँटी पर्वको कामना मनाउँ हामी रम्दै बनाई शुद्ध मनोभावना ! ख) रक्षाबन्धन पर्व मनाउन जनै लगाउँ काँधमा संस्कार हाम्रो जोगाउन । ✍️ सुनिता निरौला पौडेल राधे राधे, भक्तपुर । हाल-अष्ट्रेलिया ४४) ————– क) पवित्र बाँधियोस् जनै जनैपूर्णिमालाई हेला नगरौँ स्वच्छ बनोस् मनै ! ख) श्रीकृष्णले चलाएको रित बाधौँ रक्षाबन्धन दाजुभाइमा संस्कार रहोस् जीवित ! ग) दिदीबहिनीलाई दाजुभाइको चाहना रक्षाबन्धनले सम्बन्ध सुधारोस् सबैमा हार्दिक शुभकामना ! ✍️ वेदु न्यौपाने ४५) ————– क) रक्षाबन्धन चाड हाम्रो संस्कारले महान् छौँ चाडपर्व सबै राम्रो ! ख) भाइको जीवन उज्यालो रक्षाबन्धनले बोध गराउँछ बहिनीको माया प्यारो ! ग) रक्षाबन्धनको धागो बलियो आपसी समझदारी बढाउने संवेदनाले चेतना भरियो । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ४६) ————- क) खुसी भयो मन जब आयो जनैपूर्णिमा नयाँ नाम रक्षाबन्धन ! ✍️ भुपेन्द्र राना मगर धादिङ ४७) ————– क) पहेलो डोरी चन्दन महान पर्व जनैपूर्णिमा हाम्रो यो रक्षाबन्धन ! ख) उत्कृष्ट हाम्रो संस्कृति रक्षाबन्धन पावन पर्व मनपर्ने गर्दछ अति ! ✍️ जानुका बाँस्कोटा काठमाण्डौ ४८) ————– क) पुरुषहरूको पर्व रक्षाबन्धन मनाऔँ रमाइलो गरी हटोस् जिन्दगीको क्रन्दन ! ख) रक्षाबन्धनको पवित्र डोरो एकदिन लगाएर फ्याँक्छ आजको आधुनिक छोरो ! ✍️ बिपी लामिछाने दमक, झापा ४९) ————– क) सप्तर्षिकाे पूजा गरिन्छ श्रावण शुक्ल पूर्णिमामा रक्षाबन्धन नाडीमा धरिन्छ । ख) नूतन याेज्ञाेपवीत धारण सनातन धर्मकाे माैलिकता प्रभुले गराउने तारण ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ५०) ————– आयो रक्षाबन्धन पर्व मनाउँछौँ बाँधेर धागो नेपाली हुनुमा गर्व ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ५१) ————– क) हातमा बाँधौँ रक्षासूत्र धार्मिक महत्व बुझी काँधमा लगाउँ ब्रह्मसूत्र ! ख) आस्था घट्दैछ नेपालमा हाम्रा धार्मिक पर्वहरूको बढ्दैछ महत्व विदेशमा ! ✍️ ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) ईटहरी- १ हलगडा सुनसरी ५२) ————– क) यज्ञोपवीत धारण गरी ऋषितर्पणी पर्व मनाऔँ हात डोरीले भरी ! ख) यज्ञसूत्र डोरो लगाई रमौँ जनैपूर्णिमा पर्वमा बजारबाट क्वाँटी मगाई ! ✍️ हरिप्रसाद तिमल्सिना त्रिपुरा सुन्दरी- ४ धादिङ ५३) ————– क) तागाधारीहरूको महान् पर्व जनैपूर्णिमाको पावन अवसरमा रक्षाबन्धन गरिन्छ सगर्व ! ख) आत्मियता बनाउनलाई कन्चन दिदीबहिनीको हातबाट बर्सेनी गरिन्छ दाजुभाइलाई रक्षाबन्धन ! ✍️ बाबुराम गौतम गुल्मी ५४) ————– वैदिक विधि रक्षाबन्धन उपज हिन्दु संस्कारको शान्ति दिलाऔँ स्पन्दन ! ✍️ हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की ५५) ————– क) आयाे हाम्रो चाडपर्व क्वाँटी खाएर मनाऔँ गर्नुपर्छ संस्कृतिमा गर्व ! ख) स्वच्छ राखाैँ मनै कम्तीमा एक वर्षमा फेर्नु हाेला जनै ! ✍️ कल्पना भण्डारी ५६) ————– रक्षाबन्धन वार्षिक पर्व सबै मिलेर मनाऔँ गरौँ नेपालीले गर्व ! ✍️ रवि पाैडेल दक्षिण भारत पाण्डेचरी ५७) ————– क) यो रक्षाबन्धनको आस सम्बन्ध दाजु बहिनीको रमाइलो बन्दछ खास ! ख) रक्षाबन्धन धार्मिक पर्व परम्परा अनुसार मनाउँदा सारै लाग्छ गर्व ! ✍️ सतीश सिकारु तनहुँ चुँदी ५८) ————– क) सहभागीता पूरा जनाई संस्कार संस्कृति जोगाऔँ रक्षाबन्धन पर्व मनाई ! ख) आफ्नो संस्कार पर्व माइतीलाई राखी बाँधी चेलीले गर्छन् गर्व ! ✍️ अम्बिका गिरी विराटनगर ५९) ————– क) मन्त्रणा गरेको रक्षाबन्धन पर्व मनाउँदै सबैले गरौँ विज्ञानमा मन्थन ! ख) सम्बन्धको सूत्र धागो रक्षा कवच बनेर निभाउँछ अहङ्कारको आगो ! ✍️ विवश पारदर्शी झापा ६०) ————– क) यम यमुनाले मनाएका रक्षाबन्धनको पावन पर्व त्यही रीति जनाएका ! ख) हातमा डोरी बाँधिने भाइबहिनीको यो चाडले सम्बन्ध दह्रो साँधिने ! ग) जनैपूर्णिमा पर्व जानिने पवित्र पर्व हामीहरूको हरेक घरमा मानिने ! ✍️ ज्योतिका क्षेत्री सुकुना सिलगढी भारत ६१) ————– क) हातमा बाँधेर रक्षाबन्धन सांस्कृतिक पर्व मनाऔँ प्रसन्न रहन्छ मन ! ख) सधैँ माया बाँडेर जिउनु पर्छ खुसीले अमर नाता ठानेर ! ✍️ कृष्ण बहादुर बजगाई भक्तपुर ६२) ————– क) मानौँ चाड रक्षाबन्धन दिदीबहिनीबाट धागो बाँध्दा प्रसन्न रहन्छ मन ! ख) दिदीबहिनीमा रहोस् आत्मियता चाडपर्वले हामी सबैलाई बनाओस् बलियो एकता ! ✍️ अर्जुन प्रसाद चौलागाई हाल: अमेरिका, बोस्टन ६३) ————– क) हटोस् मनका क्रन्दन संस्कृति थाती राख्दै मनाऔँ चाड रक्षाबन्धन ! ख) एउटा सच्चा कर्म रीति परम्परा थाम्नु सबैको अमूल्य धर्म ! ✍️ विष्णु पंगेनी (पाण्डे ) वालिङ् -स्याङ्जा ६४) ————– नपरोस् कालो छाया पवित्र बन्धनले बाँधिँदै भाइबहिनीको अनन्त माया ! ✍️ देव स्याङ्देन कालेबुङ ६५) ————– क) उठाउँ सनातन संस्कार देशलाई रक्षासूत्रले बाँधी हटाउँ विकृत व्यवहार ! २) ब्रम्हा, विष्णु, महेश्वर ज्ञान, कर्म, याेगकाे रक्षा विधानको भर ! ✍️ ईश्वर लामिछाने धरान, सुनसरी ६६) ————– क) बाँधेर धागो जताइन् प्यार बहिनीले सधैँ मीठो व्यवहारले बताइन् ! ख) भाइ बहिनीको बन्धन अथाह विश्वासको हो जोडिएको हुन्छ मन ! ग) दिनुहोस् अबको पालो बहिनीलाई समान अवसर चिरेर समाजको जालो ! ✍️ सुरेशकुमार पाण्डे ६७) ————– क) रक्षाबन्धन फेरि आयो दाजु, बहिनीको सम्बन्ध प्रगाढ यसले बनायो । ख) गरेर प्रेमको साटासाट सुखदु:ख गरी मनाऔँ चाडपर्व निकाली आँट ! ✍️ पदमराज न्यौपाने रामारोशन ४ अछाम ६८) ————– क) हातमा राखी बाँधेर चेली माइतीको सम्बन्ध गाढा मनभित्र राखेर ! ख) नेपाली परम्परा बचाऔँ हामी सबैले मिलेर विदेशी संस्कार भगाऔँ । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ६९) ————– क) हिन्दुको धेरै पहिचान जोगाउन कठिन भयो प्रहार हुँदैछ जानाजान ! ख) विश्वासमा टिकेको पर्व विज्ञानसम्मत भएकै कारणले हामीमा लाग्दछ गर्व ! ✍️ मनोहरी पौडेल गैडाकोट १ २०८२/४/२२ ७०) ————– क) आत्मशुद्धि शुद्धताको पर्व रक्षाबन्धनले बढाउँछ भाइचारा सप्तऋषि पुजनमा गर्व ! ख) उपाकर्म रक्षाबन्धन लगाउने सनातन हाम्रो हिन्दुत्वको पवित्र आत्मा जगाउने ! ✍️ हिरालाल न्यौपाने बानपा ८ कोटमौला सल्यान ७१) ————– आइरहोस् रक्षाबन्धन पर्व भेट हुँदा भाइबहिनीको लाग्छ मनमा गर्व ! ✍️ गंगाराम यादव औराबनि, सुनसरी ७२) ————– क) नाडीमा बाँधेर सूत्र गरौँ धर्मको रक्षा सबै व्यवहारमा उत्र ! ख) दिदिबहिनी सबैलाई शुभकामना रक्षा गरुन् कुलदेवताले सबैको पुगोस् चाहना ! ग) रक्षा गरुन् रविले दाहिना परुन् कुलदेव लेख्नु दुनियाँ कविले ! ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ७३) ————– सम्बन्ध कहिल्यै नटुटोस् उठोस् रिस जतिसुकै हात कसैमाथि नउठोस् ! ✍️ पशुपति राई ७४) ————– क) फेरेर वर्षेनी रक्षासूत्र बचाऔँ आफ्नो संस्कृति भएर ब्राह्मणको पुत्र ! ख) दिदीबहिनीको असीम अनुराग रक्षाबन्धनको पवित्र फेरो रहोस् जहाँतहीँ पुष्पपराग ! ✍️तोया नाथ चापागाईं दमक,झापा,नेपाल ७५) ————– क) प्रगाढ नाता बनोस् हातमा बाँधेर राखी सम्बन्ध फराकिलो खनोस् ! ख) तागाधारीले जनै फेर्ने दिदिबहिनी बाँधेर राखी ममताले दाजुभाइ हेर्ने । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ७६) ————– क) रङ्गीचङ्गी धागो तानिन्छ सम्बन्धको साँचो जस्तो मनको आँगन बानिन्छ । ख) जनै काँधमा सर्छ गुरु अघिल्तिर झुकी श्रद्धाले मन भर्छ । ख) सपनाको ज्योति हाल्छु मनभित्रका सबै कुठाराघात यसै दिनमा फाल्छु । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ७७) ————– क) संस्कृति जाेगाउने कर्म निरन्तर लागि परेपछि हाेला मानवीय धर्म ! ख) आयो रक्षाबन्धन पर्व सम्बन्ध गाढा बनाेस् जगाई मनमा गर्व ! ✍️ काेपिला अधिकारी गाेरखा ७८) ————– क) ठूलो दाजुभाइको गोल दिदीबहिनीद्वारा बाँधिने राखीको नगरौँ कुनै मोलतोल ! ख) हटाउन बाधा अड्चन निश्वार्थ भावनाले दाजुभाइलाई चेलीबेटीद्वारा लगाइदिने रक्षाबन्धन ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ ७९) ————– क) चेली माइतीको सम्बन्ध सुमधुर रहोस् सदा नआओस् फाटोको दुर्गन्ध ! ख) क्वाँटी खाएर मनाऔँ सद्भाव राखौँ सबैमा संस्कार संस्कृति जोगाऔँ ! ✍️ राधा चाम्लिङ खोटाङ ८०) ————– क) रक्षाबन्धन पर्व आयो दिदीबहिनी नहुँदा हेर दाजुभाइको आँखा रसायो । ख) प्रेम, विश्वासको पर्व हातमा डोरी बाँधेर रक्षाबन्धनको गरौँ गर्व । ✍️ कला झापाली ८१) ————– क) बहिनीको हातले बाँधेर रक्षाको बलियो डोरी बाँच्नेछु सँगै हाँसेर ! ख) सुस्वास्थ्यको गर्दै कामना लम्बियोस् आयु दाजुभाइको नहोस् कठिनाइको सामना ! ✍️ शब्दको खेलाडी (बिसु हाङ राई) विराटनगर मोरङ नेपाल ८२) ————– पीर मनमा भए कसरी बाँध्नु राखी दाजु परदेश गए । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ८३) ————– क) मौलिक पर्व रक्षाबन्धन बाँधेर हातमा डोरो गरौँ संस्कृतिको संरक्षण ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ। ८४) ————– क) तनमनको विकार हटाई स्वस्थ जीवन बिताएर जनैपूर्णिमाको डोरो लगाई ! ख) संस्कृति नेपाली राम्रो हिमाल पहाड तराई जीवन नेपाली हाम्रो ! ✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ ८५) ————– रक्षाबन्धन फेरि आयो त्रिवेणीमा जनैको मेला हिन्दुको मन रमायो । ✍️ चिरञ्जीवी ढकाल ८६) ————– जनैपूर्णिमा भव्य मनाऔँ रक्षासूत्र हातमा लगाएर सनातन भनी जनाऔँ । ✍️ सविता भट्टराई जनकपुरधाम ८७) ————– क) विघ्नबाधासँग गर्दै सामना मधुरम् सम्बन्ध होओस् रक्षाबन्धनको छ शुभकामना ! ख) बनुन् सम्बन्ध सघन आपसमा जाेडोस् आत्मीयताले मधुर प्रेमको रक्षाबन्धन ! ग) चाहना हाेउन् पूरा अधुरो नहाेस् रक्षाबन्धन बिर्सनू पुराना कुरा ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ८८) ————– क) दिदीभाइको सम्बन्ध राम्रो रक्षाबन्धनको यो डोरोले कसियोस् सम्बन्ध हाम्रो ! ख) चाडपर्व मौलिक संस्कृति ठानेर समाजको ऐना हटाऔँ गलत प्रवृति ! ✍️ जयनारायण नेपाल बालकोट ,भक्तपुर ८९) ————– मन पवित्रताको पर्व सौम्य भाइबहिनीको माया अनुपम हर्षले गर्व ! ✍️ आर्त अकुलीन ९०) ————– संस्कार संस्कृति हाम्रो रक्षाबन्धन हातमा बाँधी जनै फेर्नु राम्रो ! ✍️ ममता पौडेल बुढीगङ्गा- २ मोरङ ९१) ————– रक्षाबन्धनको हार्दिक शुभकामना आज दिनभर तड्पिरहेँ आउँदा दिदीबहिनीको सम्झना ! ✍️ कबिताहरी सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ ९२) ————– संस्कृतिको सान हाम्रो जगेर्नाको नाम लिँदैमा विकृतिको लेउ नराम्रो ! ✍️ कमला देवकोटा ९३) ————– क) रक्षाबन्धनको यो दिन हुन्छ मिलन भाइबहिनीको दु:खपिर बिर्सिई एकछिन ! ख) अटुट रहने बन्धन दुबोझैँ सदा मौलाइरहोस् हटेर मनका क्रन्दन ! ✍️ यशोदा रेग्मी चम्लागांई तुमीन नमराङ पुर्व सिक्किम। ९४) ————– हातमा बाँधी डाेरी रक्षाबन्धन भन्दै यहाँ गर्छन् कर्म चाेरी ! ✍️ जी.वि. चिन्तन घाेराही, दाङ ९५) ————– क) विश्वास हो रक्षाबन्धन फलुन् फुलुन् माइती लगाई निधारमा चन्दन ! ख) रक्षाबन्धनको महिमा अपार हार्दिकताको भावना हृदयदेखि स्वीकार्छु, मान्दिनँ हार ! ग) डोरीजस्तै रङ्गीन बनोस् रक्षाबन्धनको छ शुभकामना सम्बन्ध मिठो रहोस् ! ✍️ मीना खड्का हेटौडा -१९ बस्तीपुर ९६) ————– क) भाइबहिनीको यो माया अटुट बनिरहोस् सधैँ नपरोस् कहिल्यै छाया। ख) सम्बन्ध मनले मानौँ आफ्नो र पराई सधैँ भावनाले जानौँ । ✍️ दुर्गा आचार्य मोरङ ————–
झिल्का लेखन अभियानको ८१ औँ शृङ्खला (राष्ट्रिय धान दिवस एवम् दही चिउरा खाने दिन विषयक) यही असार १५ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
~~~~~~~~<•>~~~~~~~ १. पाइँदैन बीउ मल बाँझै छन् खेतबारी कसले देला हल ! २. खाएर दही चिउरा असार पन्ध्र मनाऔँ पछ्याई संस्कृति पूरा ! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ ~~~~~~~~<•>~~~~~~~ १. पन्ध्र असार आयो धान रोपी किसानले दही चिउरा खायो । २. असार पन्ध्र सहरमा धान रोप्ने गर्दछन् गमला राखी लहरमा ! ✍️ रचना शर्मा प्रतीक्षा काठमाडौँ ~~~~~~~~<•>~~~~~~~ बचाउनु छ संस्कृति पश्चिमी खराब तत्वबाट फैलाई सर्वत्र जागृति ! ✍️ उपकार व्लग ~~~~~~~~<•>~~~~~~~ पानी छैन खेतमा सुकेर गए व्याडहरू प्रचण्ड धूप तेजमा ! ✍️ दुर्गा आचार्य मोरङ ~~~~~~~~<•>~~~~~~~ १. आयो है फेरि असार पन्ध्र नबसौँ किसानहरू हो हेरी ! २. असारे गीत गाएर खुसी हुँदै साटौँला दही चिउरा खाएर । ✍️ दीप गोले तामाङ रौतहट ~~~~~~~~<•>~~~~~~~ १. असार पन्द्र मनाउनू दही चिउरा खाएर आफ्नो संस्कृति जनाउनू । २. पावन यो चाड मनाऊ नेपाली जनहरू खुसी सबैमा बाँड ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~~~~~~~<•>~~~~~~~ १. धान दिवस आयो हरेक वर्षमा जस्तै विवशता बोकी ल्यायो । २. खेतबारी बाँझै छन् मलखादको चिन्ताले गर्दा कृषक पीडित झन् ! ✍️ पदमराज न्यौपाने रामारोशन ४ अछाम ~~~~~~~~<•>~~~~~~~ रोपाइँको छ चटारो समयमा मल पाइँदैन सरकार लाजको पसारो ! ✍️ सरिता सेढाई धादिङ ~~~~~~~~<•>~~~~~~~ १. असार पन्ध्र आयो खेतमा व्यस्त किसान सबैमा हर्ष छायो । २. मुरी फलाउने मानाको प्रभुको महिमा हुनेछ खुसी असारे गानाको ! ✍️ कार्की डिबी माकुम सुनवल-४, न.प. ~~~~~~~~<•>~~~~~~~ १. पन्ध्र असार आयो असारे गीत गाउँदै दही चिउरा खायो । २. ओठमा हाँसो छाउँछ छिचोल्दै हिले यात्रा श्रमले चारो जुटाउँछ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ हाल चनपा ६ मनतातीर्थ ~~~~~~~~<•>~~~~~~~ १. फलाउने बेला आयाे मानाे राेपी मुरी अभावले जाँगर हरायो । २. किसानकाे परिश्रम अतुलनीय खराब व्यवस्था मलको नहाेस् अवस्था दयनीय । ✍️ प्रमोद नेपाल काठमाडौँ -५ ~~~~~~~~<•>~~~~~~~ १. धान दिवस मनाऔँ कृषिप्रधान यो देशमा बजेट बढी खनाऔँ । २. दही चिउरा खाएर धान राेप्न जाऔँ असारे गीत गाएर ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा ~~~~~~~~<•>~~~~~~~ असार पन्ध्र आयो रोपाइँको चटारो छ दही चिउरा खायो । ✍️ बिबा तामाङ दार्जिलिङ ~~~~~~~~<•>~~~~~~~ हिलोआली असारको झरी धान रोप्छन् किसानले पाक्ला खाउँला वर्षभरि ! ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी ~~~~~~~~<•>~~~~~~~ १. असार पन्ध्र मनाउँछन् रोपेर गमलामा धान असली कृषक जनाउँछन् । २. पाइँदैन समयमा मल किसानको समस्या सुल्झाउने छैन सरकारी पहल ! ३. आफ्नो संस्कृति जनाऔँ खाएर दही चिउरा असार पन्ध्र मनाऔँ । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ~~~~~~~~<•>~~~~~~~ असार पन्ध्रको बेला किसानलाई किन जहिल्यै सरकारको हुन्छ हेला ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछपः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~~~~~~~~<•>~~~~~~~ असारमा धान राेपाैँ नराखौँ खेतबारी बाँझो श्रम पसिनाले छोपौँ । ✍️ रवि पाैडेल दक्षिण भारत पाण्डेचरी ~~~~~~~~<•>~~~~~~~ राेप्नुपर्छ सबैले धान असार पन्ध्र आयो माटोको गर्दै सम्मान ! ✍️ जगदिश अधिकारी तारकेश्वर, काठमाण्डाैं ~~~~~~~~<•>~~~~~~~ १. गमलामा धान रोपी देखाउँछन् आफूलाई ठुलाबडा बाँझो जमीन छोपी ! २. दही चिउरा खाएर असार पन्ध्र मनाऔँ खेतमा धान लगाएर ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ~~~~~~~~<•>~~~~~~~ १. छैन असार मास बाँझै छन् खेतबारी बालीको के आस ? २. चर्चा टिकटके खेतीको सोध्छन् अझै उनैले खेत छैन तपाईँको ? ✍️ मनोहरी पौडेल गैडाकोट १ ~~~~~~~~<•>~~~~~~~ १. मानाे पाथीकाे चल्याे समयमा राेपाइँ गर्दा धान मजाले फल्याे । २. खान अन्न चाहिन्छ नत्र कसरी बाँच्ने यसैबाट शक्ति पाइन्छ । ✍️ नवराज भट्ट कञ्चनपुर ~~~~~~~~<•>~~~~~~~ धान दिवस आयो दही चिउरा खाने बाध्यताले पो सतायो । ✍️ सुशीला पौडेल ~~~~~~~~<•>~~~~~~~ १. दिवस मनाउनु कति श्रमजीवी किसानकाे घरमा मर्यो खुसी जति ! २. किसानले बाेक्छ हलाे धान दिवस मनाउँदैमा श्रमिकको हुँदैन भलाे ! ३. दही चिउरा खाएर छैन मन खुसी जिम्वालकाे खेत धाएर ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर । ~~~~~~~~<•>~~~~~~~ १. नरोपौँ गमलामा धान हरेक वर्षको जस्तै सदनमा बस्नेले जान । २. दही चिउरा खाएर कृषिप्रधान हाम्रो देशमा रोप्छन् धान रमाएर ! ✍️ कला ढकाल झापा ~~~~~~~~<•>~~~~~~~ दही चिउरा खाएर खेतमा धान रौपौँ असारे गीत गाएर ! ✍️ सान्नानी ~~~~~~~~<•>~~~~~~~ १. रोपाई गरौँ आएर असार पन्द्रमा साथी दही चिउरा खाएर ! २. सारा काम छोपेर मुरी उब्जाउनु पर्छ माना बीउ रोपेर ! ✍️ जानुका बास्कोटा काठमाण्डौ ~~~~~~~~<•>~~~~~~~ दही चिउरा खाने असार पन्ध्रमा मिलेर धान रोप्न जाने ! ✍️ साबित्री प्याकुरेल धादिङ्ग ~~~~~~~~<•>~~~~~~~ मनमा खुसी जागेनँ खेत देखेर बाँझो असारे पन्ध्र लागेनँ । ✍️ सविता भट्टराई जनकपुरधाम ~~~~~~~~<•>~~~~~~~ १. असार महिना रुझाउने रोपाइँको मौसम आयो मन कसरी बुझाउने ? २. खेतको गरा आली छुपुछुपु धान रोपेको सम्झना भयो खाली ! ३. धानलाई चाहिने जल मलिलो माटो भएमा सप्रन्छ आफैँ फसल ! ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ ~~~~~~~~<•>~~~~~~~ १. खेतमा राेपाइँ गरेर असार पन्ध्र मनाऔँ छेउ भित्ता भरेर ! २. परिश्रमी हात बढाऔँ ऎँचाेपैँचो पर्मा तिरेर शिरमा फूल चढाऔँ । ३. धानको राेपाइँ गर्नुछ मानो छरेर मुरी उब्जाई भकारी भर्नुछ । ✍️ श्रीबहादुर केसी शैलुङ्गे दुवाकाेट, भक्तपुर ~~~~~~~~<•>~~~~~~~ १. यसपालि पानी परेन असार पन्द्रको दिनमा रोपेको धान सरेन । २. रहोस् मङ्गल भावना असार पन्द्रको सबैमा छ सबैलाई शुभकामना ! ✍️ दुर्गा भट्टराई मोरङ ~~~~~~~~<•>~~~~~~~ १. झरीको मौसम आयो सहरेले अरूलाई देखाउन हलो कोदालो समायो । २. धान रोप्न नभुलौँ गरीब छौँ हामी बेकामी भई नडुलौँ । ३. आकाशमा उज्यालो चन्द्रको शुभकामना छ मेरो सबैलाई असार पन्द्रको ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ~~~~~~~~<•>~~~~~~~ आलस्य सबै छोपौँ कुनाकानी सम्याई खेतको असारमा धान रोपौँ । ✍️ साहित्य प्रेमी सुशील धनगढी ~~~~~~~~<•>~~~~~~~ धानको बीउ हातैमा लिई लहरै रोपाहार रोप्छन् धान साथैमा ! ✍️ डा.पुष्पा भण्डारी पोखरा-१९ ~~~~~~~~<•>~~~~~~~ मिलाई गरेमा मलजल असारे खेतमा अहिले धान हुनेछ हलहल ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ~~~~~~~~<•>~~~~~~~ १. बीउ, मल पाए धान धेरै फल्छ समयमै खेतमा लगाए ! २. गमलामा होइन धान खेतमा लगाऔँ हामी माटोको हुन्छ सम्मान ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~~~~~~~~<•>~~~~~~~ दही चिउरा खानलाई कुर्दै होलिन् आमाले परेँ तयार जानलाई ! ✍️ सञ्जना शर्मा ~~~~~~~~<•>~~~~~~~ १. ट्र्याक्टरको जमाना आयो खेताला भेटिँदैनन् कतै हलो बिस्तारै हरायो । २. धान रोप्ने असार हाहाकार मल बीउको सरकार छ लम्पसार ! ✍️ चुडामणी देबकोटा सिन्धुली, मरिणखोला, जखनी हाल थानेटार, पुरानोनैकाप, काठमाण्डौ ~~~~~~~~<•>~~~~~~~ १. भन्डारे परेछन् कमिना कसरी गर्नु रोपाइँ ? आवश्यक पर्ने मलविना ! २. खुल्दैन नेताको चेत फाँट ठान्छन् गमलालाई बाँझैँ राखेर बेँसीखेत ! ३. धान दिवस आयो अहिले पनि सरकारले अधिकांश किसानलाई रुवायो ! ✍️ बाबुराम गौतम गुल्मी ~~~~~~~~<•>~~~~~~~ १. राेपाइँमा उपस्थिति जनाऔँ पन्ध्र असारको दिन धान दिवस मनाऔँ । २. घरमै छ हल गरौँला धान खेती मिलाई बीउ मल ! ✍️ काेपिला अधिकारी सिरानचाेक-७, गाेरखा ~~~~~~~~<•>~~~~~~~ १. असार पन्द्र आयो दही चिउरा खाँदै हिलोमा किसान रमायो । २) जीवन बितोस् रमाई आत्मैदेखि छ सम्मान शुभकामना सबै किसानलाई ! ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बाँके ~~~~~~~~<•>~~~~~~~ १. धान मुख्य अन्न मल बीउ नपाउँदा छैनन् कृषक प्रशन्न ! २. गजेट बजेट भएको समस्या जिउँका तिउँ किसानमा छैन गएकाे ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कठुञ्जे ~~~~~~~~<•>~~~~~~~ १. खेलौँ असारे हिलो रोप्दै धान खेतमा नगरी रत्तिभर ढिलो ! २. खेलाई बीउ हातमा असार पन्ध्र मनाऔँ किसान लौ मेलापातमा ! ✍️ विवश पारदर्शी झापा ~~~~~~~~<•>~~~~~~~ १. घन्किन्छ असारे गीत हिलाम्मे खेतमा जाँदै माटोसँग लगाउँदै मीत ! २. पानीमा भिजेर रमाउँला हिलोमा लड्न लागे मायालुको हात समाउँला ! ✍️ रुना कर्माचार्य दाहाल चितवन ~~~~~~~~<•>~~~~~~~ १. परेन यहाँ पानी सुख्खा छ खेत यस्तै छ जिन्दगानी ! २. जताततै बाढी पहिरो अनाथ धेरै बने पीडा छ गहिरो ! ✍️ कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा ~~~~~~~~<•>~~~~~~~ फलाऔँ दु:खले मुरी नछोडौँ बाँझो जमिन गर्नु पर्दैन मजदुरी ! ✍️ राधा चाम्लिङ खोटाङ ~~~~~~~~<•>~~~~~~~ १. किसानलाई भयो हतार दही चिउरा खाने चटारो पन्ध्र असार ! २. मनाए धान दिवस गमलामा धान रोपी किसान सधैँ विवश ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल ~~~~~~~~<•>~~~~~~~ १. जवानहरू सहर पसे असार पन्ध्रको दिन खेतबारी बाँझै बसे ! २. असारे गीत गाएर धान दिवस मनाऔँ दही चिउरा खाएर ! ✍️ देव स्याङ्देन कालेबुङ ~~~~~~~~<•>~~~~~~~ १. हातमा कोदालो बीउ झरीको छ रमाइलो हिलोमा खेल्दैछ जीउ ! २. धान हाम्रो सान हिलोमा फुल्छ सपना अन्न बन्छ पहिचान ! ✍️ नन्दा धामी नौगाड दार्चुला ~~~~~~~~<•>~~~~~~~ १. असार पन्ध्र घरघरमा पर्म खेल्दै रमाउँछन् बाली काट्दै प्रहरमा ! २. रुझेर भिजेर रोप्दैछन् हृदयमा कान्छी बसेकी आशाको किरण छोप्दैछन् । ✍️ देबिका सुब्बा खवास चिरियाँ मोड, कदमतला सिलगढी, प० ब० ~~~~~~~~<•>~~~~~~~ १. धान दिवस मनाइन्छ असार पन्ध्र जनाउँदै असारे गीत गाइन्छ । २. गमलामा धान रोपेर कृषिप्रधान देश नेपालमा नबसौँ मुख छोपेर ! ३. पूर्णिमा उज्यालो चन्द्रको खेतमा रोपाइँ जनाउँदै शुभकामना असार पन्ध्रको ! ✍️ वेदु न्यौपाने ~~~~~~~~<•>~~~~~~~ बीउ मलको अभाव असारे झरीमा पर्यो धान खेतीमा प्रभाव ! ✍️ कमला देवकोटा पाल्पा ~~~~~~~~<•>~~~~~~~ १. असार महिना लाग्यो धान रोपौँ खेतमा वर्षाको बैँस जाग्यो । २. नौमती बाजा बजाउँछन् लगाउँदै बेठी असारमा खेतलाई हरियाली बनाउँछन् । ३. असारमा रोपेको धान झुल्छन् बाला कार्तिकमा भित्र्याउने मङ्सिरमा जान ! ४. असारको हिलोमा जाऊँ दही चिउरा खाँदै धान दिवस मनाऊँ । ✍️ यशोदा रेग्मी चम्लागांई नामराङ पूर्व सिक्किम ~~~~~~~~<•>~~~~~~~ १. दहीचिउरा खाने दिन असार पन्ध्र आयो कसैलाई नलागोस् रिन ! २. खेतबारी बाँझै राखी सहरको गमलामा रोप्छन् झोला च्याप्दै काखी ! ✍️ धनमाया चौधरी कैलाली ~~~~~~~~<•>~~~~~~~ राष्ट्रिय धान दिवस दही चिउरा खानुपर्नेमा भोकै बस्न विवश ! ✍️ रमेश मानन्धर ~~~~~~~~<•>~~~~~~~ १. छन् खुसी किसान असारे पन्ध्र मनाउँदै सबैले रोप्छन् धान ! २. रोपेर खेतमा धान गोडमेल गरे राम्ररी पालिन्छ आफ्नो जहान ! ✍️ कोपिला समीक्षा खार्पा खोटाङ ~~~~~~~~<•>~~~~~~~ आयाे असार मास पन्ध्रमा विशेष गरी मानिन्छ है खास ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ ~~~~~~~~<•>~~~~~~~ १. यो महिना असार धान रोप्न थाले छन् बीउको पसार ! २. पुगोस् सबैको चाहना कोही नरहुन् भोको असार पन्द्रको शुभकामना ! ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी ~~~~~~~~<•>~~~~~~~ १. जसोतसो रोपेँ धान मलविना सकिन्न होला उत्पादन गरेर खान ! २. कोठामै रोप्छन् धान असारको पन्ध्र भन्दै थाले दहीचिउरा खान ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~~~~~~~<•>~~~~~~~ १. धान रोपेर छुपुछुपु बुढाबुढी सँगसँगै बसेर खाउला भात कुपुकुपु ! २. धान दिवसको महिमा प्रशस्त धान फलोस् हुनेछ शुभकामना सहीमा ! ✍️ हिरालाल न्यौपाने बागचौर नपा, ८ कोटमौला सल्यान ~~~~~~~~<•>~~~~~~~ रोपेर गमलामा धान खोइ के बढ्ला ? देशको इज्जत मान ! ✍️ जयनारायण नेपाल बालकोट, भक्तपुर ~~~~~~~~<•>~~~~~~~ १. असार पन्ध्र आउँदा निरुत्साहित छन् किसान बीउ मल नपाउँदा ! २. कसले बुझ्छ मर्म रोप्छन् धान वर्षेनी बुझी आफ्नो कर्म ! ✍️ चन्द्रिका रिमाल न्यौपाने काठमाडौँ बालाजु ~~~~~~~~<•>~~~~~~~ १. आकाशको के भर ब्याडमा बीउ सुक्यो मल पाउँदैनन् नर ! २. गरिरहन्छ कृषक कर्म प्रवाह नगरी मौसमको निभाउँछ्न् आफ्नो धर्म ! ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ~~~~~~~~<•>~~~~~~~ १. धान दिवस मनायौँ दही चिउरा खाएर असार पन्ध्र जनायौँ । ✍️ पुष्पा राई, बादेल, खोटाङ । ~~~~~~~~<•>~~~~~~~ १. असार पन्ध्रको दिन दही चिउरा बोक्दै आमा रुन्छिन् किन ? २. आकाशले गाए गीत यो खडेरीको बेला हुन्थ्यो किसानको जीत ! ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर ~~~~~~~~<•>~~~~~~~ १. कृषि क्रान्ति भन्थे गमलामा धान रोपेर देश बनाए मगन्ते ! २. फुर्सद् मिलाऊँ एकैछिनको असार पन्ध्रको शुभकामना आज दहीचिउरे शुभदिनको ! ✍️ गुणनिधि घिमिरे पाँतथर खान्द्रोङ्ग हालः- अमेरिका ~~~~~~~~<•>~~~~~~~ १. बगाई पसिना खलल जोगाउन अस्तित्व मानवको उब्जाउँछन् कृषकले फसल ! २. सधैँकाे असार पन्ध्र हिलो धूलाेमा धसिनु उत्पादन हो मूलमन्त्र ! ✍️ हितमान छन्त्याल (सहाेदर) पाेखरा, कास्की ~~~~~~~~<•>~~~~~~~ धान दिवस मनाएका दही चिउरा खाएर चाडको महिमा जनाएका ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~~~~~~~~<•>~~~~~~~
झिल्का लेखन अभियानको ७३ औँ शृङ्खला (नववर्ष विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका नववर्ष विशेष उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————– १// बोकेर उमङ्ग हर्ष आशाको नयाँ किरणसँगै आयो हेर नववर्ष ! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही २// आयाे नयाँ वर्ष समानुपातिक साेच बनाेस् मनमा हाेस् हर्ष ! ✍️ रवि पाैडेल दक्षिण भारत, पाण्डेचरी ३// छैन मनमा हर्ष बनोस् अब रमाइलो आउने नयाँ वर्ष ! ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ४// फुर्ती रहोस् तनमा नयाँ वर्षमा अब शान्ति होस् मनमा ! ✍️ सरिता सेढाई धादिङ ५// नयाँ वर्ष आयो सारा नेपालीमा हर्षोल्लास शान्ति खुसी छायो । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ६// नवीन वर्षले ल्याओस् शान्ति अनि समृद्धि जताततै खुसी छाओस् ! ✍️ भविश्वर पंगेनी वालिङ ९ स्याङ्जा ७// गएकाे वर्ष सम्झेर आफ्नो मनलाई यसै खिन्न नपार्नू हेर ! ✍️ भाेलामान बर्देवा(बैरागि माईलाे) धरान ८ सुनसरि ८// मनभरि खुसी छाओस् एकासीका गल्ती बिर्सेर बयासीमा बहार आओस् ! ✍️ चुडामणी देबकोटा पुरानो नैकाप, काठमाण्डौ ९// उच्चातिउच्च रहोस् भावना आओस् समृद्धिको बहार सम्पूर्णमा नववर्षको शुभकामना ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा १०// आयो नयाँ वर्ष भुलेर पुराना पिरहरू मनाऔँ सबैले हर्ष ! ✍️ अरुण कुमार भुजेल गोरूबथान ११// शुभ रहून् दिनहरू हर्ष छाओस् मनमा केही चाहिन्न अरू ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा १२// शुभकामना नयाँ वर्षको दिएर आजै सबैलाई खुसी साटौँ हर्षको ! ✍️ सञ्जना शर्मा लमही, दाङ १३// स्विकार्दै गल्ती सहर्ष सच्याए अवगुण आफ्नो सुनौलो बन्छ नववर्ष ! ✍️ किराती हाङ तिम्रो ( बिसु हाङ राई ) विराटनगर मोरङ १४// आयो नयाँ वर्ष नेपालीको घरघरमा आयो उमङ्ग अनि हर्ष ! ✍️ कला ढकाल झापा १५// दुःख कष्ट हरोस् आउने नयाँ वर्षले घाउमा मलम भरोस् ! ✍️ ज्योतिका क्षेत्री सिलगडी, भारत १६// गलत प्रवृत्तिकाे सामना गर्न नपराेस् कसैलाई नयाँ वर्षको शुभकामना ! ✍️ प्रमाेद नेपाल काठमाडौँ-५ १७// पूरा हुन् चाहना सबै नेपाली जनहरूलाई नयाँ वर्षको शुभकामना ! ✍️ साबित्री प्याकुरेल धादिङ्ग १८// आउने नयाँ वर्षमा दु:खपिर सबै हटुन् दिन बितोस् हर्षमा ! ✍️ कपिल किशोर घिमिरे १९// नयाँ वर्ष आयो भिरको चिन्डो देख्छु सन्देह मनमा छायो । ✍️ दिलचन्द छेत्री २०// नयाँ वर्षको शुभकामना सुख, समृद्धि, सुस्वास्थ्य सारा जनमनको चाहना ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे २१// मनको कुरा मनमा जवानीको जोश कस्तो जीवन गयो धनमा ! ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ २२// जताततै छाओस् उमङ्ग आसन्न नयाँ वर्षले गरोस् विभेदको क्रमभङ्ग ! ✍️ बाबुराम गौतम गुल्मी २३// आयो नयाँ वर्ष खुसीयाली बोकेर सबैमा ल्यायो पुन: हर्ष ! ✍️ साहित्य प्रेमी सुशील धनगढी २४// नववर्षको गुणगान गाऊँ स्वागत गरौँ खुब धर्ममा चित्त लगाऊँ ! ✍️ यशोदा रेग्मी चम्लागाई तुमीन नामराङ २५// उच्च रहोस् भावना देशविदेशमा रहनुहुने जनप्रति नववर्षकाे हार्दिक शुभकामना ! ✍️ अम्बिका गिरी विराटनगर २६// उच्च रहाेस् भावना प्रगतिले छलाङ माराेस् सम्पूर्णमा नववर्षकाे शुभकामना ! ✍️ काेपिला अधिकारी गाेरखा, सिरानचाेक २७// आउँछ जान्छ साल बोकेर सन्देश शुभकामनाको झुपडीमा रित्तो थाल ! ✍️ बिके मुखिया वाङ्दे, दार्जिलिङ, भारत २८// ल्याओस् सुखशान्ति नववर्षले शुभकामना आफन्त जनहरूमा बितुन् दिनहरू हर्षले ! ✍️ हिरालाल न्यौपाने बानपा ८ कोटमौला सल्यान २९// फेरियोस् नयाँ वर्ष मनको मुस्कान ओठमा भरियोस् है हर्षैहर्ष ! ✍️ होमप्रसाद नेउपाने धरान, सुनसरी ३०// पूरा होउन् चाहना सुखशान्ति एवम् समृद्धिको सबैमा हार्दिक शुभकामना ! ✍️ रुना कर्माचार्य दाहाल चितवन ३१// पुगोस् सदिच्छा चाहना सकल जनता हाँसुन् नयाँ वर्षको शुभकामना ! ✍️ जिज्ञासु पन्त लमजुङ ३२// घुम्दै आयो नववर्ष सबैकाे मनमा पलाओस् उमङ्ग अनि हर्ष ! ✍️ केसर बाेहरा ( आदर्श ) सुदूरपश्चिम अछाम । हाल भारत ३३// आयो नयाँ वर्ष सारा नेपाली जनमा बोकेर खुसी हर्ष ! ✍️ चक्र लोहोरुङ ३४// नववर्षमा प्रेरणा जागोस् हरेक व्यक्तिको मनमा मानवताले बास पाओस् ! ✍️ सतीश पण्डित चुँदी, तनहुँ ३५// तमाम देशमा रहनुहुने सम्पूर्ण मित्रहरूमा शुभकामना दुःख कष्ट सहनुहुने ! ✍️ बिपी लामिछाने दमक, झापा ३६// पुगोस् सबैको चाहना छाओस् सर्वत्र हर्षोल्लास नयाँ वर्षको शुभकामना ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ्, स्याङ्जा ३७// नववर्षले समृद्धि ल्याओस् एकअर्कामा सद्भाव बढाउँदै चारैतिर सुखशान्ति छाओस् ! ✍️ देव स्याङ्देन कालेबुङ ३८// सत्य रहोस् मनोभावना विश्वभर रहनुभएका सबैलाई नववर्षको हार्दिक शुभकामना ! ✍️ गुणनिधि घिमिरे अमेरिका ३९// सबैमा उमङ्ग छाओस् नपरोस् दु:ख कसैलाई सुखमय भाग्य पाओस् ! ✍️ भुपेन्द्र राना मगर धादिङ ४०// सुखशान्ति र हर्ष सबै नेपालीको मनमा छाओस् नयाँवर्षकाे उत्कर्ष ! ✍️ श्रीबहादुर केसी शैलुङ्गे दुवाकाेट भक्तपुर ४१// मनमा खुसी हर्ष वसन्त ऋतुको उमङ्गसँगै आयो नयाँ वर्ष ! ✍️ श्रीकृष्ण धामी देउलेख, बझाङ ४२// मान्नुपर्ने भएन हर्ष बढ्दैछ देशमा अशान्ति सुधार होस् नववर्ष ! ✍️ शंकर कार्की थाहा ३ मकवानपुर ४३// हर्षोल्लासको छ चाहना मनमस्तिष्कमा सधैँ छाओस् नववर्षको सबैमा शुभकामना ! ✍️ कोपिला समीक्षा खार्पा, खोटाङ ४४// आन्तरिक हृदयको चाहना जगमा समृद्धि छाइरहोस् नयाँ वर्षको शुभकामना ! ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ ४५// विगतझैँ नहोस् नववर्षमा देशमा समृद्धि भई खुसीयाली छाओस् सबमा ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हाल अमेरिका, बोस्टन ४६// बढेर सकारात्मक सोचाइ नववर्षको हार्दिक शुभकामना खुसी रहोस् स्थायी ! ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके ४७// नववर्ष समृद्धि ल्याओस् सम्पूर्णमा यही शुभकामना हर्षले निष्कर्ष पाओस् ! ✍️ प्रेम थापा “मन” बागलुङ ४८// आयो नयाँ वर्ष भुलाएर दु:ख जति ल्याओस् सबैमा हर्ष ! ✍️ देवकृष्ण काफ्ले ४९// आगामी नयाँ वर्षले सबैलाई खुसी देउन् रमाइलो गरौँ हर्षले ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ५०// खुसी उमङ्गले बेर्दै आयो हजुर नववर्ष नयाँ पालुवा फेर्दै ! ✍️ अनिता भण्डारी ताप्लेजुङ ५१// आयो बयासी साल परस्पर सद्भाव बढोस् समृद्धि छाओस् मालामाल ! ✍️ छ्न्त्याल हित ५२// सारा नेपालीको भावना आओस् शान्ति श्रीवृद्धि नयाँ वर्षको शुभकामना ! ✍️ शोभाकान्त रेग्मी वालिङ स्याङ्जा ५३// पल्लव नयाँ अङ्कुरायो वसन्तको आगमनले हेर मुलुकभर खुसी छायो । ✍️ साजन पौडेल ५४// स्वागत नयाँ वर्षलाई नौलो उमङ्गले आऊँ आनन्दमा निश्चिन्त गराई ! ✍️ मनोहरी पौडेल गैडाकोट १ ५५// नववर्षको उज्ज्वल सपना अनेकौँ हर्षोल्लासको साथ सम्पूर्णलाई हार्दिक शुभकामना ! ✍️ रमा गुरुङ्ग सालुगडा, सिलीगुडी ५६// नयाँ वर्षको शुभकामना सुखशान्ति र समृद्धिको पूरा होओस् चाहना ! ✍️ कृष्ण बजगाई खोटाङ ५७// गरौँ शत्रुको सामना सुखद बनोस् नववर्ष सबैमा हार्दिक शुभकामना ! ✍️ वेदु न्यौपाने ५८// पुगोस् सबैको चाहना समस्याहरू हल होउन् नयाँ वर्षको शुभकामना ! ✍️ धनमाया चौधरी कैलाली ५९// जीवनमा खुसी हर्ष बोकेर नेपाली घरघरमा आयो नयाँ वर्ष ! ✍️ सानु जाेशी सुदुरपश्चिम, दार्चुला ६०// शुभकामना नयाँ वर्षकाे छाओस् सबैमा खुसीयाली पाइयाेस् फल सङ्घर्षको ! ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ६१// शान्तिको आवाज लिएर आऊ नववर्ष तिमी क्रान्तिको नारा दिएर ! ✍️ विवश पारदर्शी झापा ६२// पात्रो फेरियो घरमा रुखमा पात फेरिए नयाँ वर्षको साथमा ! ✍️ समुन्द्रा शर्मा ६३// स्वच्छ हाेस् भावना सुख र शान्तिकाे लागि नयाँ वर्षकाे शुभकामना ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ । हाल भक्तपुर ६४// उच्च शिखरको भावना मनमा सजिएर जाओस् नयाँ वर्षको शुभकामना ! ✍️ दुर्गा आचार्य मोरङ ६५// सुखशान्तिको छ चाहना भयरहित बाँच्न पाऊँ आउँदो वर्षको शुभकामना ! ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर ६६// छाओस् खुसी हर्ष दु:ख पीडा हटोस् उमङ्ग ल्याओस् नववर्ष ! ✍️ राधा चाम्लिङ खोटाङ ६७// नयाँ वर्ष आयाे साथमा वसन्त बहार मनमा खुसी छायाे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ ६८// कालयुक्त संवत्सर गयाे नयाँ वर्षको शुभकामना उज्यालो साैरमान भयाे । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ६९// नयाँपनको यहाँ खाँचो जीवजगतमा प्रेम बढोस् शान्ति बनोस् साँचो ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ७०// घरघरमा खुसी आओस् जोस, जाँगर, आँटमा नववर्षको उमङ्ग छाओस् ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल ७१// सबैमा उज्यालो छाओस् दुखीहरूको मुहारमा पनि नयाँ उमङ्ग ल्याओस् ! ✍️ संगीता खरेल काठमाडौँ ७२// दुःख नासिएर जाओस् सुखशान्ति समृद्धि लिएर नयाँ साल आओस् ! ✍️ सीमा कार्की समर्पण मेलचोक, पर्सा ७३// घुमेर आयो नववर्ष सम्पूर्णमा शुभकामना भन्दै छाओस् मनमा हर्ष ! ✍️ सुनगाभा पोखरेल कपिलवस्तु ७४// घुमेर आयो नववर्ष बोकेर उमङ्ग शान्ति खुसी अनि हर्ष ! ✍️ डा. जानुका न्यौपाने दोलखा ७५// छैन मनमा हर्ष नहोस् एकासी जस्तो आउँदो नयाँ वर्ष ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ७६// विगतझैँ आयो नववर्ष भुलौँ सारा पिरहरू लिएर मनमा हर्ष ! ✍️ विवा तामाङ ७७// नेपालीहरूमा प्रगति उत्कर्षकाे सम्पूर्ण उत्पीडित दुःखीहरूमा शुभकामना छ नववर्षकाे ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ७८// देशमा खुसी आओस् हटुन् नारा जुलुस नेपालमा शान्ति छाओस् ! ✍️ प्रेम शर्मा “एकान्त प्रेमी” कालेबुङ ७९// नवीन उत्साह लिई आओस् नयाँ वर्ष शान्तिको मद पिई ! ✍️ पदमराज न्यौपाने रामारोशन ४ अछाम ८०// आयो नयाँ वर्ष सर्वत्र खुसी छाओस् उमङ्ग अनि हर्ष ! ✍️ जनक बिसी दक्षिण भारत, कोचिन ८१// घर अनि आँगनमा नयाँ वर्ष आयो खुसी छायो मनमा ! ✍️ जानुका बास्कोटा काठमाण्डौ ८२// बनोस् उल्लासमय वर्ष हटोस् हृदयको तुवाँलो जनमनमा होओस् हर्ष ! ✍️ घनश्याम पन्त हरिवन सर्लाही ८३// पवित्र फूलझैँ फुलेर नववर्ष मनाउनु सबले दु:खपिर सबै भुलेर ! ✍️ बेल थोकर तामाङ ८४// पूरा होउन् मनोकामना जोस जाँगर थपियोस् नयाँ वर्षको शुभकामना ! ✍️ नन्दा धामी नौगाड, दार्चुला ८५// भित्रियाे आँगनमा नववर्ष धरती वसन्तले सजियाे खुल्याे मधुमास सहर्ष ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा १४ ८६// सुस्वागतम् नयाँ वर्षलाई हटाई मनको मैलो हाँसीखुसी बसौँ रमाई ! ✍️ सविता भट्टराई जनकपुरधाम ८७// अशान्ति हरोस् भावना हरेक दैलोमा नववर्षले समृद्धि छरोस् शुभकामना ! ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५, जुम्ला ८८// रिसराग सबै हटाई खुसीको वर्ष बनोस् हर्ष उमङ्ग बढाई ! ✍️ नागेन्द्रप्रसाद यादव ८९// मीठो फुरोस् रचना नयाँ साल बयासीको सबैलाई छ शुभकामना ! ✍️ ध्रुव श्रेष्ठ खोटाङ ९०// उच्च रहोस् भावना हरेक नेपालीको मनभित्र नयाँ वर्षको शुभकामना ! ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ ९१// स्वागतम् नयाँ वर्ष हटोस् सबैका पीडा छाओस् अथाह हर्ष ! ✍️ पुष्पा राई खाेटाङ । हाल- बसुन्धरा, काठमाडौँ ९२// नयाँ समयहरू बिताई सुनौलो नयाँ उमङ्गहरूले नववर्ष मनमा सजाई ! ✍️ नेत्रबहादुर श्रेष्ठ सिन्धुपाल्चोक -१३ ९३// अनेकौँ हुन्छन् चाहना पूरा हाेओस् सबैको नयाँ वर्षकाे शुभकामना ! ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ९४// नयाँ वर्षको रसरङ्ग सर्वत्र सुखशान्ति फैलियोस् नपरुन् भयले झसङ्ग ! ✍️ देव मगर तिनाउ~१,कचल, पाल्पा ९५// खुसीले भरियोस् आँगन हिमाल पहाड तराईको समृद्ध बनोस् जनजीवन ! ✍️ सुरेशकुमार पाण्डे ९६// सबैले मनाऔँ नववर्ष जोगाउँदै मौलिक परम्परा मनमा बोकेर हर्ष ! ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान ९७// सम्पूर्ण नेपालीलाई शुभकामना सुखशान्ति अनि समृद्धिकाे सम्पूर्णमा मेरो सद्भावना ! ✍️ शम्भु गजुरेल ९८// नयाँ पात पलायो पुरानो पात्रो बेकाम वर्षले अङ्क बढायो । ✍️ म्यामराज राई भोजपुर ९९// पूरा होउन् चाहना आउँदै गरेको नववर्षको सबैमा हार्दिक शुभकामना ! ✍️ हरिभक्त सिग्देल महेश मण्डिखाटार, काठमाडौँ १००// आयो नयाँ वर्ष मुहारमा छाओस् सबको खुसी अनि हर्ष ! ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा १०१// मनको पीडा हटाई आऊ नयाँ वर्ष खुसी उमङ्ग सजाई ! ✍️ बिमल पोखरेल धरान -१७, पटनाली १०२// आयाे नयाँ वर्ष पलाए नयाँ पालुवा छायाे मनमा हर्ष ! ✍️ जगदिश अधिकारी तारकेश्वर, काठमाण्डाै १०३// नववर्ष आयो भन्छन् एकदिन शुभकामना दिएर वर्षभरि खोइरो खन्छन् । ✍️ डा. देवी पन्थी १०४// गरिबको पेट भरियोस् नयाँ वर्ष बयासीमा उमङ्ग खुसी छरियोस् ! ✍️ तेजप्रसाद खनाल दाङ १०५// भरियोस् मनमा उमङ्ग नयाँ वर्ष आउँदा हुन्छौँ सबै दङ्ग ! ✍️ सुस्मिता अधिकारी काठमाडौँ १०६// कठिनाइको गरेर सामना जुटाैँ अघि बढाैँ नयाँ वर्षको शुभकामना ! ✍️ जयनारायण नेपाल बालकोट, भक्तपुर १०७// सम्पूर्ण कुकृत्य फालेर नववर्ष तिमी आऊ समृद्धिको दियो बालेर ! ✍️ ऋजु दिल्पाली १०८// भित्रिरहेकाे नयाँ वर्ष छर्न सकोस् शुभावना ल्याओस् सबैमा हर्ष ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा १०९// घुम्दै फिर्दै आयो नयाँ साल फेरि आशा उमङ्ग छायो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ११०// मनमा छाओस् हर्ष सधैँ खुसी बनोस् अबको नयाँ वर्ष ! ✍️ ललिता गिरी सुनकोसी ५, सिन्धुली १११// शुद्ध रहोस् भावना उत्साह, उमङ्गकाे साथ नयाँ वर्षको शुभकामना ! ✍️ सुनिता निरौला पौडेल राधे राधे, भक्तपुर ११२// आयो नयाँ साल तर जताततै देख्छु उही पुरानो ताल ! ✍️ दीपा गुरुङ समभाव ११३// शुभकामना छ नववर्षको खुसी छाओस् नेपालीहरूमा शान्ति सुशासन हर्षको ! ✍️ एवाइ प्रभात धनकुटा ११४// तिमी नयाँ वर्ष आऊ खुसीलाई बोकी मनमा पलाओस् हर्ष ! ✍️ चन्द्रिका रिमाल न्यौपाने ११५// नयाँ उमङ्ग जागोस् सुखशान्ति होस् सर्वत्र समृद्धि उकालो लागोस् ! ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । ११६// नूतन वर्ष आओस् ऊर्जाशील कदम चाल्दै पोहोरको फोहोर लैजाओस् ! ✍️ लक्ष्मी रिजाल कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ११७// आयो नवीन वर्ष हटाएर सारा पीडा छायो मनमा हर्ष ! ✍️ आर्त अकुलीन ११८// शुभकामना छ नववर्षकाे सबैमा शान्तिको कामना माहोल बनोस् हर्षकाे ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ~<•>~~
झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ११० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————– १) १. सद्भावको रङ्गहरू घोली मिलीजुली मनाऔँ सबैले सांस्कृतिक पर्व होली ! २. जोगाउन मौलिक संस्कृति मर्यादामा रही मनाऔँ फैलाउँदै मुलुकभर जागृति ! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ —————<•>————– २) रङहरूको रङ्गीन पर्व नलिई द्वेषभाव मनमा गरौँ संस्कारमाथि गर्व ! ✍️ सुनगाभा पोखरेल कपिलवस्तु —————<•>————– ३) होली आयो होली मौलिक संस्कृति जोगाउन मिलेर खेलौँ भोलि ! ✍️ बिबा तामाङ दार्जिलिङ। —————<•>————– ४) होलीको गर्व लाग्छ मिलेर रमाइलो गरौँ आफ्नो संस्कृति जाग्छ । ✍️ साहित्य प्रेमी सुशील धनगढी —————<•>————– ५) खेलौँ मन खोली आयो रङ्गहरूको पर्व उमङ्ग बोकी होली ! ✍️ संगीता खरेल काठमाडौँ —————<•>————– ६) १. होली पर्व आयो रङ्गहरू खेल्ने हुनाले खुसीयाली मनमा छायो । २. मनाऔँ सद्भाव, उमङ्गले संस्कार, संस्कृति जोगाउन थाल्नुपर्छ सबै जनले ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। —————<•>————– ७) होलीको उमङ्ग आउँदैछ रंगहरूको रङ्गीन वर्षातसँगै गाउँघरमा खुसी छाउँदैछ । ✍️ किराती हाङ तिम्रो —————<•>————– ८) १. हाेली राष्ट्रिय पर्व समान रूपमा हामीले मनबाटै गर्नुपर्छ गर्व ! २. फागुनमा हाेली आयाे सम्पूर्ण दाजुभाइकाे मनमा हर्ष, उमङ्ग छायाे । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। —————<•>————– ९) १. होली आयो होली यसपालि पनि लौ छ्यापौँ रङ्गहरू घोली ! २. एकसाथ ल्याउने चाड भलो चाहन सबैको भन्दैन तराइ पहाड । ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 —————<•>————– १०) १. आयो होली आयो मौलिक संस्कृति जोगाऔँ रङ्गले संसार छायो । २. आऊ कान्छी होलीमा जोगाउनु छ संस्कार लाइन बसौँ टोलीमा ! ✍️ एवाइ प्रभात खाल्स छेन्ताङ सहिदभुमि धनकुटा —————<•>————– ११) १. रङ्गीन पर्व होली सबै नेपालीले खेलौँ मन पूरा खोली ! २. नेपालीहरूको राष्ट्रिय पर्व उनेर एउटै मालामा मनाऔँ लिएर गर्व ! ✍️ बिपी लामिछाने दमक – झापा —————<•>————– १२) १. आयो एकासीको होली हिमाल पहाड तराईमा खेलौँ हृदय खोली ! २. रङ्ग जोरजबर्जस्ती नदलौँ लुगा च्यात्दै आवेगमा मदिरा खाएर नढलौँ । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्ड़ौ —————<•>————– १३) नेपालीको पर्व होली खुसीको साथ खेलौँ सातै रङ्गहरू घोली ! ✍️ वेल थोकर तामाङ मकवानपुर —————<•>————– १४) १. लिनुपर्छ हामीले गर्व विविध चाडपर्व मध्येको आयो होली पर्व ! २. होली खुसीमा खेल्नुपर्ने इच्छा विपरित भएमा हुनसक्छ लफडा झेल्नुपर्ने ! ✍️ शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर —————<•>————– १५) १. रङ्गहरूको पर्व होली हाँसखेल गरी मनाऔँ केही होला भोलि ! २. सबैसँग मिलेर मनाउँ मनका कटुता बिर्सेर होलीमा मजाले रमाउँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————– १६) इतिहास ब्युँझाउने हाेली विसङ्गतिलाई बढावा दिँदै नखेलाैँ अनेकथरी घाेली ! ✍️ खुनराज काेइराला सिद्धलेक-३ धादिङ —————<•>————– १७) १. होलिकाको दहन भएर सुरुआत भयो होलीको मनाऔँ सबै मिलेर ! २. रङको उचित प्रयोग मनाउनुपर्छ हामी सबैले जुर्छ वर्षमा सन्जोग ! ✍️ रिता खराल रूपन्देही —————<•>————– १८) एक पर्व होली उमेर समूहको मनोरञ्जन रमाऔँ दिल खोली ! ✍️ प्रेम थापा “मन” बागलुङ —————<•>————– १९) १. आयो पर्व होली प्रेम भातृत्व स्नेहको मिठो सन्देश बोली ! २. गर्दै मनाऔँ गर्व विविध रङ्गहरू बोकी आयो होली पर्व ! ✍️ अनिता भण्डारी ताप्लेजुङ —————<•>————– २०) १. रमाएर मनाऔँ होली पालैपालो एउटै पर्व आज कसैले भोलि ! २. रङ्गको पर्व मनाऔँ एकताको दियो बाल्दै सभ्य भव्य बनाऔँ । ✍️ कला ढकाल झापा —————<•>————– २१) १. चढेर वसन्तको डोली खुसीयाली बोकेर आयो रङ्गहरूको पर्व होली ! २. खेलौँ साथी होली दु:ख सारा भुल्दै रङ्ग पानीमा घोली ! ✍️ बिके मुखिया दार्जिलिङ,भारत —————<•>————– २२) मिलेर होली खेलौँ कायम गर्दै भाइचारा जबर्जस्ती रङ नठेलौँ । ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————– २३) १. होली पर्व मनाऔँ इन्द्रेणी रङ्ग होलीमा मौलिकता सद्भाव जगाऔँ । २. वैमनश्यताको भावना भुलेर दिऔँ सन्देश भाइचाराको होलीको रङ्गमा खुलेर ! ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ —————<•>————– २४) १. रङको तिहार होली मनाऔँ हर्ष उमङ्गले आत्मियताको रस घोली ! २. सद्भाव सबैमा बढोस् होलीको रङसँगै हेर मायाको रङ चढोस् ! ✍️ अन्मोल राई —————<•>————– २५) १. खेल्छौँ होली पर्व भाइचारा सद्भावना बोकी गर्छौंँ सदैव गर्व ! २. हरेक वर्ष आउँछ रङ्गको पर्व होली हृदयमा उमङ्ग छाउँछ । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ —————<•>————– २६) १. नेपालीको पर्व हाेली मेचीदेखि महाकालीसम्म खेलौँ आपसमा मन खाेली ! २. मनाऔँ होली पर्व सद्भाव भाइचारा बाेकी आपसमा गरौँ गर्व ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर —————<•>————– २७) १. रङको पर्व होली मनाऔँ सद्भाव बाँडेर आत्मीयता साटौँ खोली ! २. रङ्गीन जीवनको भावना आपसमा भातृत्व साटौँ होलीको अपार शुभकामना ! ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला —————<•>————– २८) संस्कार संस्कृति मनाउने वर्ष दिनको पर्वमा सदाचार भई जनाउने ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————– २९) १. खेलौँ सबैले होली संस्कार संस्कृति मनाऔँ सबैले हृदय खोली ! २/ सबैले मिलेर खेलौँ होली पर्व मनाउँदा कसैलाई नि नपेलौँ ! ✍️ वेदु न्यौपाने —————<•>————– ३०) उर्जाशील दिन भोलिको उमङ्गको राज्य होओस् सबैमा शुभकामना होलीको ! ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । —————<•>————– ३१) बस्तीमा मनाइन्छ होली रमाई उमङ्गले चौपट्टै छचल्किन्छ रङ्गीन खोली ! ✍️ हितमान छन्त्याल (सहोदर ) पोखरा,कास्की । —————<•>————– ३२) आयो हजुर होली रातो निलो पहेलो रङ्गियो तिम्रो चोली ! ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी “ —————<•>————– ३३) १. रङ्गको पर्व हाेली आपसमा सद्भाव बाड्दै खेलाैँ मन खाेली ! २. हाेलीकाे उमङ्ग छायाे मित्रवत् हात बढाउँदा मनले शान्ति पायाे । ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर —————<•>————– ३४) होली आयो हेर खराब नहौँ हामी जबर्जस्ती रङ छ्यापेर ! ✍️ जनक बिसी दक्षिण भारत कोचिन —————<•>————– ३५) १. संस्कार संस्कृति जोगाऔँ एकापसमा सद्भाव राखेर होली पर्व मनाऔँ । २. जबर्जस्ती हुँदैन लगाउन आत्मसम्मानमा चोट पुर्याई विकृति विसङ्गति फैलाउन ! ✍️ साबित्री प्याकुरेल धादिङ्ग —————<•>————– ३६) १. रक्ताम्य भयाे खाेली परिवर्तित समाजका लागि खुसीयालीमा मनाऔँ हाेली ! २. मिठासपूर्ण मित्रताकाे बाेली खुसियालीकाे संज्ञा दिने मिश्रित रङ्गहरूकाे हाेली ! ✍️ काेपिला समिक्षा खार्पा खाेटाङ —————<•>————– ३७) रङ्गको पर्व आयो होली हाम्रै आँगनमा सबैमा हर्ष छायो ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —————<•>————– ३८) १. आयाे रङ्गहरूकाे पर्व संस्कार र संस्कृतिको गराैँ सबैले गर्व ! २. नआओस् विकृति हाेलीमा रमाइलो गराैँ सबैले संस्कार नफालाैँ खाेलीमा ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————– ३९) १. आयो फागुनमा होली मन खोलेर मनाऔँ माया विश्वास घोली ! २. हटोस् मनको मैलो रङ्गहरूमा रमाउ सबै खाेली भाइचाराकाे दैलाे ! ✍️ सुशील शिखा काठमाडौँ —————<•>————– ४०) १. रङ्गमा ढङ्ग घाेली आपसमा सबै मिलेर रमेर खेलाैँ हाेली ! २. पर्वमा षट्कर्म छाउँ मर्मले सर्म चाेख्याइ हाेलीकाे महिमा उजिल्याउँ । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ —————<•>————– ४१) शुभकामना सबैलाई होलीको आफ्नो समाजमा सबैले प्रभाव छाडौँ बोलीको ! ✍️ सञ्जना शर्मा लमही दाङ —————<•>————– ४२) होली पर्व आयो गाउँ सहर जताततै सबैको मन रमायो । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। —————<•>————– ४३) असत्य नहोस् बोलीको शुद्ध बनाउँ मनलाई शुभकामना आगामी होलीको ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी दार्जिलिङ —————<•>————– ४४) १. होलीको रसरङ्ग घोली जीवन सफल बनाऔँ सुन्दर शान्त भोलि ! २. नहोस् वैमनश्य कतै मन बनोस् पवित्र फैलोस सद्भाव जताततै ! ✍️ विवश पारदर्शी झापा —————<•>————– ४५) १. जीवन रङ्गीन बनोस् होलीको रङ्गहरू जस्तै सबैले आहा भनोस् ! २. खोलेर मनको झोली संस्कार संस्कृति अनुसार मनाऔँ सबैले होली ! ✍️ अरुण कुमार भुजेल गोरूबथान, भारत —————<•>————– ४६) रङ्गको पर्व आयो तराई पहाड हिमाल रमाउने बहाना ल्यायो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————– ४७) रमाएर सद्धभावपूर्ण ढङ्गले खेल्छौँ हामी होली विभिन्न थरिका रङ्गले ! ✍️ सुस्मिता अधिकारी काठमाडौँ —————<•>————– ४८) १. आयाे हाेली पर्व खेलाैँ सबै मिली उमङ्ग र गर्व ! २. संस्कार संस्कृति हाम्रो साथीभाइ मिलेर हाेली खेलेकाे कति राम्रो ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————– ४९) होली पर्व हाम्रो रङ्गबिरङ्गको मेला रङ्गिन मिलेर खेलेको राम्रो ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————– ५०) १. हाेली पर्वकाे मूल्य यसमा सबै समुदायकाे हुनुपर्छ समान घुल्य ! २. रङ्गीन सुन्दर रीति एकताबद्ध गराउँछ हाेलीले सबैले माने नीति ! ✍️ राजेन्द्र भुसाल (डिल्ली) अर्घाखाँची —————<•>————– ५१) १. आयो फेरि होली खेलौँ हामी मिलेर सातै रङ्ग घोली ! २. हामी सबैको पर्व होली रमाउँदै खेलौँ मानेर भोलि गर्व ! ✍️ जानुका बास्कोटा काठमाण्डौ —————<•>————– ५२) १. आयो घुमेर होली परम्परा संस्कृतिलाई समाल्दै नहान्नू लुकेर लोली ! २. वर्षदिनको होली पर्व मनाउँदा हुन्छ सबैमा खुसी अनि गर्व ! ✍️ दुर्गा भट्टराई माेरङ —————<•>————– ५३) नेपालीको महान् पर्व मनाऔँ हामी राजीखुसी गरौँ संस्कृतिमा गर्व ! ✍️ खडक आर सी मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट —————<•>————– ५४) हदभन्दा पनि माथि गएर होली पर्व नमनाऔँ है साथी ! ✍️ सरिता सेढाई धादिङ —————<•>————– ५५) होली नखेल बेकारको सरकारले खेल्छ होली बन्दुक गोली तरबारको ! ✍️ देवी पन्थी —————<•>————– ५६) घरआँगनमा छायो उमङ्ग मज्जाले खेलौँ होली बनोस् दुनियाँ दङ्ग ! ✍️ सुरेश विश्वकर्मा डोटी —————<•>————– ५७) हाेली रमाइलाे चाड सचेत भई मनाऔँ नगरौँ कदापि खेलवाड ! ✍️ भाेलामान बर्देवा(बैरागिमाईलाे) धरान ८ सुनसरि —————<•>————– ५८) खेलौँ रङको होली चाडपर्व मनाऔँ हामीले पूरा हृदय खोली ! ✍️ यशोदा रेग्मी —————<•>————– ५९) १. विविध रङहरू छरी मनाऔँ होली पर्व सद्भाव नखल्बलिने गरी ! २. मिलाउँदा फागुमा लोली मर्यादाको ख्याल गर्दै खेलौँ आपसमा होली ! ✍️ बाबुराम गौतम गुल्मी —————<•>————– ६०) इच्छा, चाहना खोली रङ्गहरूको पर्व मनाऔँ खेलेर साथी होली ! ✍️ रुना कर्माचार्य दाहाल चितवन —————<•>————– ६१) १. वसन्तको चाड आयो रङ्गीन पर्व होली सबैमा खुसीयाली छायो । २. गरेर सद्भाव पेश खुसीले मनाऔँ होली जाओस् एकताको सन्देश ! ✍️ देव स्याङ्देन कालेबुङ —————<•>————– ६२) भनिन्छ भक्त भगवान् नरसिँह अवतारको कृपा प्रह्लाद बने महान् ! ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान, भारत —————<•>————– ६३) १. भक्त प्रल्लादको भक्ति दनदनी जलिन् होलिका हिरण्यकश्यपुको अद्भुत शक्ति ! २. खेलौँ मिलेर होली ईर्ष्या, द्वेष भुलेर अनमनको गाँठो खोली ! ✍️ ज्योतिका छेत्री —————<•>————– ६४) १. होलीका रङ्गीचङ्गी रङ्गहरू सबैमा खुसी छाओस् सदा सप्रिउन् ढङ्गहरू ! २. मित्रताको गाँठो कसिलो रङले रङ्गिएको होली भावना खुलोस् रसिलो ! ✍️ हिरालाल न्यौपाने बानपा ८ कोटमौला,सल्यान —————<•>————– ६५) १. होली रङ्गको पर्व दिल खोलेर खेलौँ सबैले मानेर गर्व ! २. हिमाल, पहाड, तराई खेलौँ दाजुभाइ सबै कोही छैनन् पराइ ! ✍️ अम्बिका गिरी विराटनगर —————<•>————– ६६) १. आयाे पर्व हाेली रङ्गीबिरङ्गी बनाउँदै सहर बगाई रङ्गको खोली ! २) हिमाल, पहाड, तराई मनाइन्छ रङ्गको पर्व नठानी कसैलाई पराइ ! ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम —————<•>————– ६७) कति मिठो बोली रङ्गैरङ्गको सप्तरङ्गी फागु पर्व हो होली ! ✍️ दीप गोले तामाङ रौतहट —————<•>————– ६८) स्वच्छ रहाेस् भावना जोगाऔँ मौलिक सँस्कृति हाेली पर्वकाे शुभकामना ! ✍️ काेपिला अधिकारी गाेरखा —————<•>————– ६९) १. रङ्ग लगाउने चाहना रङ्गीन बनोस् जीवन यही छ शुभकामना ! २. रङ्गहरूको पर्व होली खेलौँ सद्भावले सबै असल भाव खोली ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल —————<•>————– ७०) १. नारी दहनको जनश्रूति होलीको रूपमा मनाउनु नराम्रो लाग्छ अनुभूति ! २. विकृत नहोस् चाडपर्व असभ्य नबनाऔँ होली शिष्टतामा गर्नुपर्छ गर्व ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————– ७१) १. रङ्गको पर्व होली संस्कृति जोगाऔँ सबैले मनाऔँ दिल खोली ! २. रङ्ग खेल्ने चाहना बनोस् पर्व रङ्गिन होली पर्वको शुभकामना ! ✍️ धनमाया चौधरी कैलाली —————<•>————– ७२) रङहरूको आयो पर्व संस्कृतिलाई थाती राख्दा मिल्छ हामीलाई गर्व ! ✍️ विष्णु पंगेनी (पाण्डे) वालिङ् -स्याङ्जा —————<•>————– ७३) १. रमाएर खेलौँ होली संस्कृतिको संरक्षण गरेर साथीसँग मीठो बोली ! २. पानीसँग रङ्ग घोलेर मनाउँछन् पर्व होली खेल्छन् दिल खोलेर ! ✍️ चन्द्रिका रिमाल न्यौपाने काठमाडौँं —————<•>————– ७४) खुसी अनि उमङ्ग एकदिन होली पर्वमा हुनेगर्छ मन दङ्ग ! ✍️ कविता गुरुङ रोल्पा —————<•>————– ७५) १. असत्यमाथि सत्यको जित हर्षोल्लासको पर्व हाेली वर्षेनि मनाउने रित ! २. फालाैँ मनकाे कालो बालाैँ ज्ञानको ज्याेति हट्छ भ्रमको जालो ! ✍️ जगदिश अधिकारी तारकेश्वर, काठमाण्डाै —————<•>————– ७६) मिलेर खेलौँ होली रङमा रङ मिलाएर मनमा मन घोली ! ✍️ टिकाराम पुन टिपु —————<•>————– ७७) १. रङ्गको पर्व आयो मनाऔँ सबै मिलेर मनमा उमङ्ग छायो । २. आफ्नो संस्कृति जोगाऔँ मनाऔँ हैसियत अनुसार भड्किलाे देखासीकी हटाऔँ । ✍️ राधा चाम्लिङ खोटाङ —————<•>————– ७८) १. वसन्तमा पन्छीको बोली सुन्दर हरियाली जङ्गल आगमन भइरहेछ होली ! २. रङ्गहरूको पर्व होली छ हर्षोल्लास जताततै रङ्गीबिरङ्गी रङ्गहरू घोली ! ✍️ शान्ति भुजेल —————<•>————– ७९) १. होली मनाऔँ मिलेर रङ्गोलीको साथमा हामी खुसीसाथ सबै खिलेर ! २. होली पर्व आयो चारैतिर रङ्ग छर्दै भाँङ धतुरो खायो ! ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी —————<•>————– ८०) १. विभिन्न रङ्ग लगाई आऊ खेलौँ होली मौलिक संस्कृति झल्काई ! २. रङ्गीन होली पर्व स्वागत गरी सप्तरङ्गले संस्कृतिमा गरौँ गर्व ! ✍️ नन्दा धामी नौगाड, दार्चुला —————<•>————– ८१) आँगनमा आयो हाेली रमाऔँ सबै मिलेर खुसी भएर भाेलि ! ✍️ सानु जाेशी सुदुरपश्चिम दार्चुला —————<•>————– ८२) १ विभिन्न रङको पर्व नाँच्दै गाउँदै आँगनमा गर्दछन् होलीकै गर्व ! २. हिमाल पहाड तराई होलीकै रमझम हेर औधी मनपर्छ मलाई ! ✍️ देव मगर तिनाउ~१,कचल,पाल्पा —————<•>————– ८३) आयाे फागुनकाे हाेली वृन्दावनमा श्याम रमाए गाेपीसँग दिल खाेली ! ✍️ नवराज भट्ट कञ्चनपुर —————<•>————– ८४) दलेर रङ्ग होलीमा फागुन पूर्णिमा मनाउन रमाइलो हुन्छ टोलीमा ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाकाई ४ झापा —————<•>————– ८५) फागुन मास आयो आपसी सद्भाव बढाउन होलीको रङ छायो । ✍️ सन्तु खत्री —————<•>————– ८६) पावन हाेलीकाे पर्व दलेर सप्तरङ्गी रङ्गहरू मनाऔँ गरेर गर्व ! ✍️ शालिकराम दाहाल —————<•>————– ८७) १. खेलौँ होली रमाई रङको वर्षा गरेर हातमा हात समाई ! २. रङ्गीन यो पर्वले दिलाओस् आँट सबैमा जीउन सकुन् गर्वले ! ✍️ विवश पारदर्शी झापा —————<•>————– ८८) १. ईश्वर हुन्छन् काममा नफैलाऔँ विकृति कसैले यी चाडपर्वको नाममा ! २. रङ्गको पर्व रमाइलो खेलेर होली सबैले बनाऔँ पर्व घमाइलो ! ✍️ जानुका बास्कोटा काठमाण्डौ —————<•>————– ८९) १. रङ्गहरूकाे पर्व हाेली मिलीजुली खेल्नुपर्छ मित्र आज हाेइन भाेलि ! २. इच्छा चाहाना भावना सम्पूर्णमा छ मनैदेखि हाेली पर्वकाे शुभकामना ! ✍️ श्रीकृष्ण धामी बझाङ —————<•>————– ९०) मान्नै पर्दछ होली नभए पनि बिउ विदेशमा थापौँला झोली ! ✍️ लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर जिल्ला:- पर्वत —————<•>————– ९१) रङ्गहरूको पर्व होली सबै मिलेर मनाऔँ प्रेमको रङ्ग घोली ! ✍️ समुन्द्रा शर्मा —————<•>————– ९२) १. खुसीयाली बोकी मनभरि आयो होली पर्व रमाउँदै सबैको वरिपरि ! २. रङ्गको पर्व होली मिलेर गरौँ रमाइलो बनाई सुन्दर टोली ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ सङ्खुवासभा —————<•>————– ९३) १. रङ्गहरूको पर्व होली बाँडौँ खुसी आपसमा भित्रि मन खोली ! २. रङ्गको यो पर्व मनाउन पाउँदा कसलाई नहोला र गर्व ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————– ९४) १. रङ्गहरूको पर्व होली संस्कृति झल्काउन आयो मिलेर मनाऔँ भोलि ! २. फागु पूर्णिमा राम्रो रङ्गीविरङ्गी रङहरूमा झुम्दै संस्कृति जोगाऔँ हाम्रो ! ✍️ विकास क्षेत्री अञ्जान कैजले,बिजनबारी, दार्जिलिङ —————<•>————– ९५) रङ्ग खेलेर होली साँस्कृतिक पर्व भन्छन् विकृत देखिन्छन् टोली ! ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । —————<•>————– ९६) १. होलीको रङ्ग प्यारो सबै मिलेर मनाऊँ खेलौँ नगरौँ उधारो ! २. ग्रन्थ होलीका धार्मिक अखण्ड देशको लागि नगरौँ कसैको सिक ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————– ९७) १. पीडा छ मनभरि फेरि होली आयो मनाउँ के गरी ? २. होली रङ्गैरङ्गको पर्व हासौँ अनि रमाऔँ सबैले मानेर गर्व ! ✍️ ललिता गिरी सिन्धुली —————<•>————– ९८) मनाऔँ आज होली खुसीको रङ्ग साटेर सबैले दिल खोली ! ✍️ ध्रुव श्रेष्ठ खोटाङ —————<•>————– ९९) रङ्गमा उमङ्ग घोलेर खेलौँ आज होली सबैले मन खोलेर ! ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा —————<•>————– १००) सद्भावपूर्ण खेलाैँ हाेली अबिर लगाई एकापसमा बनाउँदै मीठाे बाेली ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर झापा —————<•>————– १०१) रङ्गहरूको पर्व होली समझदारी गरी खेल्ने छलछामले नरङ्गियोस् चोली ! ✍️ भगवती दवाडी झापा —————<•>————– १०२) १. रङ्गको पर्व होली खेलौँ मिलेर सबै मनको खुसी खोली ! २. होली पर्व आयो हिन्दुहरूको एउटा संस्कृति मिलेर खुसी छायो । ✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ —————<•>————– १०३) सद्भाव रहोस् सधैँभरि शान्ति समृद्धि छाओस् होलीमा रमाऔँ बेसरी ! ✍️ पुष्पा राई खाेटाङ —————<•>————– १०४) खेलौँ होली मस्केर आपसी सद्भाव नबिर्सी नहिडुन् कोही झस्केर ! ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके —————<•>————– १०५) हाेली पर्व सनातन सम्मान गरेर खेलौँ नदुखाई कसैको मन ! ✍️ हरिभक्त सिग्देल महेश —————<•>————– १०६) रङ्गहरूकाे पर्व हाेली सद्भाव प्रेम मेलमिलाप बढाओैँ हृदयलाई खाेली ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ —————<•>————– १०७) खुसी उमङ्गको होली नाच्दै गाउँदै झुम्दै मिठासपूर्ण होस् बोली ! ✍️ कबिताहरी सुन्दरहरैंचा १ मोरङ —————<•>————– १०८) रङ्गको संसार होली जथाभावी नखेलौँ है जीवन नरहला भोलि ! ✍️ एवाइ प्रभात —————<•>————– १०९) १. रङ्गीचङ्गी पर्व होलीमा आपसमा मित्रता अनन्य सद्भावना रहोस् बोलीमा ! २. एकतामा अनेकताको सौरव आँगनहरू रङ्गीन सबैको सम्पूर्णमा रहिरहोस गौरव ! ✍️ घनश्याम पन्त हरिवन सर्लाही —————<•>————– ११०) रङ्गीन चाड होली खुसी भई मनाऔँ मिलेर सप्तरङ्ग घोली ! ✍️ जयनारायण नेपाल बालकोट, भक्तपुर —————<•>————–
झिल्का लेखन अभियानको ६६ औँ शृङ्खला (अन्तर्राष्ट्रिय नारी दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
~~~~~~~<•>~~~~~~~~ ०) १. बोकेर अनेकन् जिम्मेवारी हाँस्दछिन् दबाएर आँसु सहनशीलताको प्रतिमूर्ति नारी ! २. नारी देवी कर्ताधर्ता रोप्छिन् आफूभित्र जीवन बनेर एक सृष्टिकर्ता ! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ ~~~~~~~<•>~~~~~~~~ १) बोकेर काँधमा जिम्मेवारी अब्बल बन्दै यात्रामा अघि बढुन् नारी ! ✍️ संगीता खरेल काठमाडौँ ~~~~~~~<•>~~~~~~~~ २) १. सबैको मनमा इमान्दारी पहिलो खुड्किला रहन्छ सदैव ममतामयी नारी ! २. इज्जत गरौँ नारीको विश्वमा उठाउँछिन् कदम जहिल्यै आफ्नो जिम्मेवारीको ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ~~~~~~~<•>~~~~~~~~ ३) १. पृथ्वी हुन् नारी जिम्मेवार बनी घरको बोक्छिन् शिरमा भारी ! २. उठाउनु पर्दछ नारीलाई भागबन्डा लगाई सबैमा चौतारीमा सुस्ताऊ भारीलाई ! ✍️ टिकाराम पुन टिपु ~~~~~~~<•>~~~~~~~~ ४) १. बाेकेर काँधमा जिम्मेवारी सगरमाथाकाे शिखर चुमुन् पाइलाहरू चाल्दै नारी ! २. महान् हुन् नारी विश्वले प्रशंसा गर्छ हामी बनौँ आभारी ! ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ~~~~~~~<•>~~~~~~~~ ५) १. नारी उज्यालो किरण बन्दछ उनी बिना अधुरो धरती गगन ! २. नारी हुन् सन्सार सम्मान देऊ उनलाई आउँछ जीवनमा बहार ! ✍️ सतीश पण्डित भानु६ मातातीर्थ । हाल चनपा ६ मातातीर्थ ~~~~~~~<•>~~~~~~~~ ६) १. सृष्टिकर्ता हुन् नारी धेरै छ काँधमा यो देशको जिम्मेवारी ! २. बस्नुहुन्न सहेर वेदना अब फैलाउनु संसारभरि नारी मुक्तिको चेतना ! ✍️ भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व ~~~~~~~<•>~~~~~~~~ ७) १. आमा हुन् नारी चमत्कार देखाउछिन् सदा खुसीको ढोका उघारी ! २. नारीविना सृष्टि हुँदैन जिम्मेवारी आउँछ फेरि तर खुसीले छुँदैन । ✍️ एवाइ प्रभात खाल्स छेन्ताङ सहिदभुमि धनकुटा ~~~~~~~<•>~~~~~~~~ ८) १. नारी हुन् सागर उनको हात नचल्दा रित्तो हुन्छ गागर ! २. नसम्झ नारीलाई दासी काँधमा जिम्मेवारी बोक्छिन् हुँदा पनि तासी ! ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ~~~~~~~<•>~~~~~~~~ ९) १. अन्तर्राष्ट्रिय नारी दिवश क्रान्तिको दिशामा लागौँ नबनौँ असहाय विवश ! २. लुकाएर आँसु नेत्रमा नारीले साहसीलो भूमिका देखाउँछिन् हरेक क्षेत्रमा ! ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ ~~~~~~~<•>~~~~~~~~ १०) १. राष्ट्रियता छ कता बताइदेऊ न मलाई ज्ञात भएमा पता ! २) अस्मिता खतरामा पर्दैछ यहाँ आमा दिदीबहिनीको राष्ट्रको राष्ट्रियता मर्दैछ । ✍️ विवश पारदर्शी झापा ~~~~~~~<•>~~~~~~~~ ११) मनाऔँ नारी दिवश सम्मान गरौँ सबैले नपारौँ कुनै विवश ! ✍️ प्रेम थापा “मन” बागलुङ ~~~~~~~<•>~~~~~~~~ १२) १. मुख्य भूमिका खेल्छन् जतिसुकै आओस् विघ्नबाधा नारीले सहजै झेल्छन् । २. कानुनी संरक्षण हुँदैन घरेलुु हिंसामा परेका नारीको कुराले छुँदैन । ✍️ कला ढकाल झापा ~~~~~~~<•>~~~~~~~~ १३) १. कमजोर नठानौँ महिला आधा आकाश ओगट्ने बुझौँ सबैले पहिला ! २. अनेक हुन्छन् रुप नारी रूपकै खानी दुनियाँ हुन्छ चुप ! ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी ~~~~~~~<•>~~~~~~~~ १४) १. घरकी लक्ष्मी नारी नारी पुरुष समान नहुन् कहिल्यै भारी ! २. नारी सहनशील पात्र अब्बल हरेक क्षेत्रमा नबनौँ कमजोर मात्र ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~~~~~~~<•>~~~~~~~~ १५) १. सबैलाई पछाडि पारी भृकुटी सिता धेरैधेरै जन्मिउन् नेपाली नारी ! २. नेपालमा अग्रस्थानमा नारी न्यायाधीश राष्ट्रपति चलाए पुरुषहरूलाई पछाडि पारी ! ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ~~~~~~~<•>~~~~~~~~ १६) १. बोक्नुपर्छ सृष्टिको भारी खिन्चित खाँदैनन हार सङ्घर्षमा महान् नारी ! २. सक्छन् गर्न सामना नारी हुन् देवी सबैमा छ शुभकामना ! ✍️ शंकर कार्की थाहा ३ मकवानपुर ~~~~~~~<•>~~~~~~~~ १७) १. जिम्मेवारी छ जारी विचलित हुन्नन् कहिल्यै सृष्टिकर्ता यी नारी ! २. हरचाेकबाट उपस्थिति जनाऔँ अन्तराष्ट्रिय नारी दिवस भव्य रूपले मनाऔँ ! ✍️ काेपिला अधिकारी गाेरखा ~~~~~~~<•>~~~~~~~~ १८)
सबैलाई तिमी चाहियो फेरि किन घृणा बदनाम किन पाइयो । ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ ~~~~~~~<•>~~~~~~~~ १९) १. साेचौँ असल भावना अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा हार्दिक शुभकामना ! २. बुझ्नू आफ्नो जिम्मेवारी घरलाई दिई सुन्दरता बन्नू असल नारी ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर । ~~~~~~~<•>~~~~~~~~ २०) बोकेर सबै जिम्मेवारी बयान गर्न सकिन्न घरको छानो नारी ! ✍️ भुपेन्द्र राना मगर धादिङ ~~~~~~~<•>~~~~~~~~ २१) १. सृष्टिकर्ता हुन् नारी कुरा बुझ्नु पर्छ बस्दिनन् हिम्मत हारी ! २. चेत आफ्नै खाेल्नू मरिलानु के छ सभ्य शिष्ट बाेल्नू ! ✍️ जी.वि. घाेराही-१४ दाङ ~~~~~~~<•>~~~~~~~~ २२) १. दुर्गाको स्वरूप नारी पराक्रमी, साहसी हुन्छिन् सक्षम सम्हाल्न जिम्मेवारी ! २. हरेक क्षेत्रमा अगाडि नारी बढ्दै छन् रत्तिभर हिम्मत नहारी ! ✍️ देव स्याङ्देन कालेबुङ ~~~~~~~<•>~~~~~~~~ २३) १. बोकेर काँधमा जिम्मेवारी बढ्नुपर्छ अगाडि सधैँ एकजुट भएर नारी ! २. नाचौँ गाऔँ रमाऔँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य तरिकाले मनाऔँ । ✍️ अनिता भण्डारी ताप्लेजुङ ~~~~~~~<•>~~~~~~~~ २४) कम छैनन् नारी समान अवसर पाए बढ्छन् अवरोध सारी ! ✍️ पुष्पा राई खाेटाङ ~~~~~~~<•>~~~~~~~~ २५) १. सभामा भाषण गर्दैमा नारीको उत्थान हुँदैन टाउके अगाडि सर्दैमा ! २. महिला घरमै छन् भएर आफ्नैबाट पीडित ती स्वतन्त्र छैनन् ! ✍️ धनमाया चौधरी कैलाली ~~~~~~~<•>~~~~~~~~ २६) १. सृष्टिकर्ता हुन् नारी सम्मान गरौँ सबैले बनिरहुन् सबैकी प्यारी ! २. सम्मान गरौँ तिनलाई नारीविनाको घरमा हजुर बस्दैन कोही रमाई ! ✍️ अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन ~~~~~~~<•>~~~~~~~~ २७) नजर तिम्रो कता ? सरकार नजर लगाऊ पीडित छन् यता ! ✍️ जनक बिसी दक्षिणभारत कोचिन ~~~~~~~<•>~~~~~~~~ २८) छोरा छोरी बराबरी महिला दिवस मनाऔँ सधैँ मिलेर यसैगरी ! ✍️ सुरेशकुमार पाण्डे ~~~~~~~<•>~~~~~~~~ २९) १. नारी हुन् धर्तीमाता सम्मान गर्न सिकौँ सम्झी आफ्नै जन्मदाता ! २. नारी शक्ति नहारौँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य सफल पारौँ ✍️ अम्बिका गिरी विराटनगर ~~~~~~~<•>~~~~~~~~ ३०) १. नमान्ने नारीलाई मानव देखिन्छ घर जगतमा पशुभन्दा नीच दानव ! २. नारीको धैर्य सहजता कमजोरी ठानेमा जगत् बिग्रेर जान्छ सभ्यता ! ✍️ मनोहरी पौडेल गैडाकोट १ ~~~~~~~<•>~~~~~~~~ ३१) १. मिलीजुली एक भएर नारी दिवस मनाऔँ आऊ खुसी रहेर ! २. राष्ट्रिय पर्व मानेर सगौरव मिलेर सबै मानौँ आफ्नै ठानेर ! ✍️ भगवती दवाडी झापा ~~~~~~~<•>~~~~~~~~ ३२) १. नारी दिवसको शुभकामना विश्वले मानेको दिनलाई राखौँ दिलभित्र सम्झना ! २. नारी हुन् धर्ती ज्ञानगुनकी अद्भुत सागर सुनौँ यिनको अर्ती ! ✍️ सुनगाभा पोखरेल कपिलवस्तु ~~~~~~~<•>~~~~~~~~ ३३) १. सधैँ धर्तीझैँ बनेर अगाडि बढ्छ्न् नारी मन नदुखोस् भनेर ! २. जगाऔँ सम्मानको भावना ममताका खानी नारीलाई सधैँ हार्दिक शुभकामना ! ✍️ दुर्गा आचार्य मोरङ ~~~~~~~<•>~~~~~~~~ ३४) कष्ट सहेर जन्माउँछिन् आफ्नो काखमा राखी सङ्घर्ष गर्दै हुर्काउँछिन् । ✍️ साहित्य प्रेमी सुशील धनगढी ~~~~~~~<•>~~~~~~~~ ३५) १. नारी हुन् भगवान् सधैँ जिउछिन् अरूकानिम्ति छिन् साँच्चिकै महान् ! २. नारीलाई बनाएर खसी दोषी देखाइन्छ भाग्य सराप्दै लेख्ने मसी ! ✍️ दीपा गुरुङ समभाव दुबेकोल खोटाङ ~~~~~~~<•>~~~~~~~~ ३६) १. सम्हाल्छन् घरको जिम्मेवारी सहदै अनेकन् लान्छना अश्रुधारा बगाउँदै नारी ! २. घरकी लक्ष्मी नारी सम्मान गर्ने गराैँ बिसाई मनमा भारी ! ✍️ श्रीकृष्ण धामी बझाङ ~~~~~~~<•>~~~~~~~~ ३७) १. दीप्ति हुन् नारी उनिविना कुनै घरमा हुँदैन खुसीको सवारी ! २. नारी हुन् महान् व्यवहारले बनाउँछ उनलाई नीरिह अनि बलवान् l ✍️ बाबुराम गौतम गुल्मी ~~~~~~~<•>~~~~~~~~ ३८) १ काँधमा बोकेर जिम्मेवारी पुरुषसरह खट्छन् मैदानमा हिजोआजका शिक्षित नारी ! २) मनाऔँ नारी दिवस विश्वभरि कतै छैन हुन नपरोस् विवश ! ✍️ अरुण कुमार भुजेल दार्जिलिङ ,भारत ~~~~~~~<•>~~~~~~~~ ३९) १. पाए शिक्षाको प्रकाश सबल भए नारी गर्छन् देशको विकास ! २. माया, प्रेमको पुजारी घरपरिवार सिँगार्ने जहिल्यै सहनशीलताको प्रतिमूर्ति नारी ! ✍️ रुना कर्माचार्य दाहाल चितवन ~~~~~~~<•>~~~~~~~~ ४०) १. जिउन नपार भारी तिमी छौ सहनशील सृष्टिकी मुहान नारी ! २. आफ्नो इच्छा मारी परिवार समाली बस्ने कति महान् नारी ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा ~~~~~~~<•>~~~~~~~~ ४१) १. उठाैँ अब नारी पूरा गर्नु छ देशको सबै जिम्मेवारी ! २. समानताको दिन छाउन उठाैँ नारीजगत् सबै आफ्नाे अधिकार पाउन ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ~~~~~~~<•>~~~~~~~~ ४२) १. घरबार जाेगाउने नारी हिँड्छिन् सधैँ बोकेर काँधमा पुरै जिम्मेवारी ! २. आफू भाेकाे रहेर पेट भर्छिन् सन्तानको अनेक दु:ख सहेर ! ✍️ ईश्वर साउद (भिक्षु) रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम ~~~~~~~<•>~~~~~~~~ ४३) भारतीय सभ्य समाज ! सम्मान गर्यो महिलाको पहिर्याई राष्ट्रपतिको ताज ! ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान, भारत ~~~~~~~<•>~~~~~~~~ ४४) सृष्टिको सर्वोत्कृष्ट उपहार ममता लुटाउने नारी रिसाए गर्छिन् संहार ! ✍️ ज्योतिका छेत्री ~~~~~~~<•>~~~~~~~~ ४५) १. शुभकामना नारी दिवसको चल्दै छ जताततै छलफल नारी बहसको ! २. जहाँ नारी पुजिन्छ फेर्दछ काँचुली देशले नत्र देशै भुटिन्छ । ✍️ देव मगर तिनाउ~१,कचल,पाल्पा ~~~~~~~<•>~~~~~~~~ ४६) नारीकाे जन्म अब्बल नमन आमाको ममतालाई सिङ्गो विश्वमा सफल ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ~~~~~~~<•>~~~~~~~~ ४७) अनेक स्वरूपमा नारी संहाल्छिन् आफ्नो परिवार सोच्दिनन् कहिल्यैँ भारी ! ✍️ सुस्मिता अधिकारी काठमाडौँ ~~~~~~~<•>~~~~~~~~ ४८) अन्तर्राष्ट्रिय नारी दिवस मनाऔँ सभ्य तरिकाले गरेर अधिकारमा बहस ! ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके ~~~~~~~<•>~~~~~~~~ ४९) १. नारीको अस्मिता लुट्नेलाई छोड्नु हुन्न आजीवन कुकर्ममा सधैँ जुट्नेलाई ! २. नारीको गर कदर होइन भेदभाव, हेयले सत्कर्मको गर सदर ! ✍️ राधा चाम्लिङ खोटाङ ~~~~~~~<•>~~~~~~~~ ५०) १. राष्ट्रका सुन्दर गहना नारी कोमल हृदयकी राख्छिन् सुन्दर भावना ! २. सृष्टीलाई सुन्दर बनाउन फुल्छिन् हरेक घरमा झुक्छिन् शान्ति जनाउन ! ✍️ चन्द्रिका रिमाल न्यौपाने काठमाडौं बालाजु ~~~~~~~<•>~~~~~~~~ ५१) आधा आकाश नारी घरकी लक्ष्मी हुन् बनेकी सबकी प्यारी ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~~~~~~<•>~~~~~~~~ ५२) १. आफ्नै पौरखमा बाँच आधा धरती ढाकी सृष्टिको अस्तित्व साँच ! २. जय जयकाली भनेर एकतामा जुट नारी सृजनाको मूल बनेर ! ✍️ ऋजु लिल्पाली ईटहरी १ सुनसरी ~~~~~~~<•>~~~~~~~~ ५३) अमर नारी शक्ति गृहिणी बहिनी आमा गरौँ मनले भक्ति ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~~~~~~~<•>~~~~~~~~ ५४) नारी दिवस मनाउनु सबै नारी मिलेर आफ्नो हक जोगाउनु ! ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि ~~~~~~~<•>~~~~~~~~ ५५) १. काँधमा जिम्मेवारीको भारी थाकेर कहिल्यै नाथाक्ने अदम्य शक्तिशाली नारी ! २. देवी, धरती, माता नारीका अनेक रूप पूज्य सबैका विधाता ! ✍️ शुक्रराज कुँवर धरान १० ~~~~~~~<•>~~~~~~~~ ५६) जननी सृष्टिकर्ता नारी आधा धर्ती पृथ्वीकाे पुज्ने हाम्राे जिम्मेवारी ! ✍️ खुनराज काेइराला सिद्धलेक-३, धादिङ ~~~~~~~<•>~~~~~~~~ ५७) १. नारी हुन् देवता नगरौँ कुनै विभेद सधैँ राखौँ समता ! २. कोमल हुन्छ बानी बिझाउन यिनलाई आउँदैन सबैका आँखाकी नानी ! ✍️ नन्दा धामी नौगाड, दार्चुला ~~~~~~~<•>~~~~~~~~ ५८) १. आँसुको घुट्को पिएर पीडामा मुस्कुराउन जान्दछिन् ओँठमा मुस्कान लिएर ! २. चुलोचौकोका यी नारी अगाडि पाइला बढाउँदै हिँड्छन् घुम्टो उतारी ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल ~~~~~~~<•>~~~~~~~~ ५९) १. जनसंख्या वृद्धिको मुहान पीडा खपे पनि नारीको आफ्नै शान ! २. गन्तव्यमा नपुगी छुटिन्छन् कति घरका नारीहरू दिवसकै दिन कुटिन्छन् । ✍️ ललिता गिरी सिन्धुली ~~~~~~~<•>~~~~~~~~ ६०) बढाएर अझ समझदारी विश्वास राखी नारीमा सुम्पिऔँ ठूल्ठूला जिम्मेवारी ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा ~~~~~~~<•>~~~~~~~~ ६१) छुट्टयाउ सत्य झुठ नअल्झ फोस्रो जालमा जागरुक बनेर उठ ! ✍️ समुन्द्रा शर्मा ~~~~~~~<•>~~~~~~~~ ६२) नर र नारी एउटै रथका पाङ्ग्रा नबस्ने जीवनमा हारी ! ✍️ लक्ष्मी रिजाल कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ~~~~~~~<•>~~~~~~~~ ६३) १. महिला पुरुष हाराहारी गराैँ सम्मान आदर महान् हुन्छिन् नारी ! २. गर्नु साेचेर विचारी बिग्रन्छ आफ्नो घर हेला हुँदा नारी ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ~~~~~~~<•>~~~~~~~~ ६४) पूरा होओस् चाहना यही छ मेरो नारी दिवसको शुभकामना ! ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ~~~~~~~<•>~~~~~~~~ ६५) १. बोकेर बोझको भारी आँट र भरोसासँगै शिखर चुम्छिन् नारी ! २. देशलाई माया गर्ने एक सच्चा नागरिक राष्ट्रको निमित्त मर्ने ! ✍️ बिबा तामाङ दार्जिलिङ ~~~~~~~<•>~~~~~~~~ ६६) १. अनेकौँ कष्ट सहेर नारी हुन्छ सदा कोमल भावना बोकेर ! २. अन्तर्राष्ट्रिय दिवस मनाऔँ सुन्दर भावना लिएर जिन्दगी अगाडि बढाऔँ । ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी ~~~~~~~<•>~~~~~~~~ ६७) १. देवी शोभाभगवती नारीहरू द्रौपदीको जस्तै आजभोलि तानिँदैछन् अझै सारीहरू ! २. हत्याहिंसा बलात्कार हटेन नारीका पीडाहरू लेख्नलाई बहादुरी कलमहरू चलेन ! ✍️ घनश्याम पन्त हरिवन सर्लाही ~~~~~~~<•>~~~~~~~~ ६८) १. नारी धरतीकी फूल सिङ्गार उनको गहना सहनशीलताकी हुन् मूल ! २. बिहानीको झुल्के घाम नारी हुन् आमा काख सुरक्षीत ठाम ! ✍️ जानुका बास्कोटा काठमाण्डौ ~~~~~~~<•>~~~~~~~~ ६९) नारी तिमी खास ममताकी सागर हौ तिमीमै छ विश्वास ! ✍️ हन्नाह छेत्री दार्जिलिङ ~~~~~~~<•>~~~~~~~~ ७०) ए आजका नारी जाग्यौ फेरि जाग विकृत सोचलाई दुत्कारी ! ✍️ ध्रुव श्रेष्ठ खोटाङ ~~~~~~~<•>~~~~~~~~ ७१) देशमा छन् बलत्कारी सुरक्षा देऊ सरकार सुरक्षित छैनन् नारी ! ✍️ काजल न्यौपाने भोजपुर ~~~~~~~<•>~~~~~~~~ ७२) नारीलाई नगराैँ हेला चेतना फैलाउदैँ जाने सबैजना भएर भेला ! ✍️ सानु जाेशी शुदुरपश्चिम दार्चुला ~~~~~~~<•>~~~~~~~~ ७३) १. नारी सिर्जनाका खानी प्रतिमूर्ति हुन् सहनशीलताको हुन् प्रकृतिकी रानी ! २. नारी प्रकृतिकी वरदान तिमी जानिलेऊ देवीको उपमा कम्तिको नठान ! ✍️ वेदु न्यौपाने
झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) —————<•>————— १. सपना मनको चाह कल्पनाको एक पराकाष्ठा जीवन जिउने राह ! २. सपना तारा चुम्ने यथार्थता जिन्दगीको अलग गरीबी चक्रमा घुम्ने ! -वसन्त अनुभव घोराही उमनपा- १४, दाङ २) —————<•>————— १. सपना सारा चुम्ने काेसिस गरेपछि सपना हाम्रो वरिपरि घुम्ने ! २. इतिहासमा नाम लेख्ने रातदिन परिश्रम गरेपछि असल सपना देख्ने ! -श्रीकृष्ण धामी – बझाङ ३) —————<•>————— १. सपना धेरै हुन्छ पुरा गर्न नसक्दा मनमा पीडाले छुन्छ । २. सुनौलो भविष्यको रहर गर्दछन् सबै युवाहरू बनाउने सपनाको सहर ! -विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ ४) —————<•>————— सपना निद्रामा आउँदछ आहा आन्नद कति विपनामा सबै हराउँदछ । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ५) —————<•>————— १. सपना देखेर बाँचिन्छ पुरा भयो भने मज्जा सङ्गले नाँचिन्छ । २. पालैपालो गरि आउँछौ सपनामा अनि कल्पनामा रहर बनी छाउँछौ । -दीपा समभाव दुबेकोल खोटाङ्ग ६) —————<•>————— १. हजारौँ सपना देख्ने रहरहरू पुरा गर्दै इतिहासमा नाम लेख्ने ! २. असल सपना देखौँ राम्रो काम गर्दै विश्वमा नाम लेखौँ ! -बेदु न्यौपाने ७) —————<•>————— सपना सबैले देख्नुपर्छ बिर्सन सकिन्छ बिउँझदा त्यसैले तुरुन्त लेख्नुपर्छ । -देवी पन्थी ८) —————<•>————— १. सपमा देखेँ मैले थाले रहरहरू पलाउन तिमीसँग भेटुँ कहिले ? २. मनका यी रहरहरू खुसीका ती पल मुर्झाए कसाे गरूँ ? -सुशिलाा शिखा कगेश्वोरी काठमाडौँ ९) —————<•>————— १. लास कुर्छ कुरीले सपना ती साँच्दासाँच्दै उडायो आज हुरीले ! २. मायाले ज्यानै लियो यो जीवनभरि तिमीसँगै बाँच्ने सपना थियोे । -दीप गोले तामाङ रौतहट १०) —————<•>————— १. सपना देखिने अति ती पूरा हुँदैनन् बाँकी रहन्छन् कति ! २. सपना देखिन्छ निदाएर सबै मनको कल्पना शून्य केही नपाएर ! -अर्जुन प्रसाद चौलागाई अमेरिका,बोस्टन। ११) —————<•>————— १. सुकुम्बासी सपनाको घर खोलामा पर्यो कठैबरी अन्तरकुन्तर लाग्छ डर ! २. नेताहरू पुगे माथि जनता छन् खोलातिर सपना लाग्दैन साथी ! -विवश पारदर्शी झापा १२) —————<•>————— १. सपना धेरै थियो झोला बोकेर हिँडे समयले धोका दियो । २. सपना अनगिन्ती थियो घर छोडेर भागेँ जवानीले सातो लियो । -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ १३) —————<•>————— १. नहोस् सपना अधुरो कसैको देख्न नपरोस् भविष्य अब मधुरो ! २. धेरैले सपना साँचेका साकार बनुन् जहिले आशा लिएर बाँचेका ! -अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ १४) —————<•>————— १. बोकेर मनभरी डर कसरी बाँच्नु यहाँ छैन कसैको भर ! २. देशको हौँ शान यसैले त यहाँ राखौँ सबले मान ! -निमा छिरिङ भोटिया जलढका कालेबुङ १५) —————<•>————— १. जिन्दगीमा सपना देखेर यत्तिँकै मरिने भाे साहित्य सृजना लेखेर ! २. हुँदैनन् सपनाहरू पूरा चाहनाहरू छन् धेरै रहरहरू रहे अधुरा ! -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । १६) —————<•>————— भविष्यको हुँदैन आकार गरेर परिश्रम कडा पार्नुपर्छ सपना साकार ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा १७) —————<•>————— १. मरेपछि नाम पाउन सत्कर्म आज गरौँ तारा बनेर उदाउन ! २. जीवन लाग्छ अधुरा जहिल्यै पाइने हन्डर सपना नहुने पूरा ! ३. सोचेको पुरा नहुँदा समालिन गाह्रो पर्छ मन भकानिएर रुँदा ! -सीमा कार्की समर्पण मेलचोक पर्सा १८) —————<•>————— १. जीवन बगर नहोस् सपना हराभरा बनाउने शान्ति सौम्य बनोस् । २. बहिष्कारको सूचीमा दबाब हिंसाको सिकार नहुने निर्मुल होस् भेदभाव ! -पृथक प्रकृति ,झापा १९) —————<•>————— सपना ननिदाई देख लक्ष्य राख उचालिने मीठाे लाग्ने लेख ! -दीपक दाहाल २०) —————<•>————— सपना अधुरो भयो पूरा गर्न नपाएर जिन्दगी त्यसै गयो । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा २१) —————<•>————— १. सपनाको महल राम्रो ब्युझेर सम्झदा त्यहाँ हुन्छ कस्तो चाम्राे ! २. जीवनसँगै सपना साँचेर पर्खिरहन्छन् सधैँ मानिसहरू सुनेको आधारमा बाँचेर ! -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी २२) —————<•>————— भविष्यको सपना देख्नू सबैले सम्झने छन् ऎतिहासिक नाम लेख्नू । -प्रेम थापा “मन”, बागलुङ २३) —————<•>————— सपनाकाेे अनेकाैँ आकार अन्तिम प्रहरमा देखेका हुन्छ भनिन्छ साकार ! -काेपिला अधिकारी गाेरखा २४) —————<•>————— १. सपना थियो घेरो उडी चन्द्र छुने हावाले उडायो मेरो ! २. विकासका योजना बग्यो भ्रष्टाचार छलकपटले नेपालीका सपनाहरू सबै लग्यो । -शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ २५) —————<•>————— १. सपना पूरा गर्नू सोचेर सम्झेर हेर अरूको भर नपर्नू ! २. डराएर पूरा हुँदैन मनमा भए भरोसा असफलताले नै छुँदैन । -अम्बिका अधिकारी झापा बिर्तामोड २६) —————<•>————— १. सपना पूरा गर्न हुँदैन गरेर अल्छी सक्नुपर्छ अघि सर्न ! २. सपनाको अनेक आकार सङ्घर्ष गर्दछ जसले उसकै उदेश्य साकार ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व २७) —————<•>————— १. जीवन एउटा सपना सपना देख्ने जिन्दगी अधुरै रहन्छन् कल्पना ! २. मानिस सपना बुनेर दौडिन्छ उफ्रिन्छ सधैँ आशाको बाजा सुनेर ! -होमप्रसाद नेउपाने धरान,सुनसरी । २८) —————<•>————— १. नेताका सपना पूरा जनताले सहने मात्र पोख्दै दुःखका कुरा ! २. एकजुट हामी भएर नेपाललाई शिखरमा पुर्याऔँ न्यायको बाटोमा गएर ! -सुस्मिता अधिकारी ,काठमाण्डौं २९) —————<•>————— १. भ्रष्टाचार निर्मुल देश हेर्ने रहर मेरो चारैतिर विकासे परिवेश ! २. काँधमा काँध मिलाई पुरा गर्नुछ चाहना पौरखी नङ्ग्रा खियाई । -बिमल पोखरेल धरान -१७,पटनाली ३०) —————<•>————— १. सपना सुन्दर सजाउनू त्यसलाई साकार पार्न आफूलाई नित्य कजाउनू । २. फोस्रो सपनाले हुन्न कर्म गरिएन भने सफलताले कहिले छुन्न । -अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ३१) —————<•>————— १. पुग्दैन सपना देखेको जिन्दगीमा त्यही हुन्छ निधारमा भावीले लेखेको ! २. गरौँ सबैले कामना अवश्य पुग्नेछ एकदिन हामीले देखेका सपना ! -अनिता भण्डारी, ताप्लेजुङ ३२) —————<•>————— भुलायो सपना देखाई जनताको दुःख बुझेन झुक्यायो कसम खाई ! -समुन्द्रा शर्मा ३३) —————<•>————— १. खुराफाती नेताको अब चकनाचुर भयो सपना जनता जागिसके सब ! २. ढोङ्गीहरूले खोक्रो बनाएर हाम्रो सपनाहरू सबै उडाए डाँडा कटाएर ! -सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया ३४) —————<•>————— मीठो सपना देखाई केही गरेनन् पूरा जनताको सामु आई ! -भाेलामान बर्देवा धरान ८ सुनसरी ३५) —————<•>————— १. आशाको बेलो चुनेर दौडिन्छ मानिस सधैँ सुन्दर सपना बुनेर ! २. सपना साकार पार्न सक्नु पर्दछ सबैले लाछी तनलाई बटार्न ! -बाबुराम गौतम, गुल्मी ३६) —————<•>————— बुझ्नेलाई हुन्छ शिक्षा सपनाले केही दिन्छ अनाहक हुन्न दीक्षा ! -जी.वि. कश्यप घाेराही, दाङ ३७) —————<•>————— १. सपनाहरू आफैँले रेटियो भित्रभित्रै गुम्सिएको चाहना आफ्नै हातले मेटियो । २. काधमा बोकेर जिम्मेवारी अल्झियो जीवनको यात्रामा सपना भयो भारी । -रुना कर्माचार्य दाहाल चितवन ३८) —————<•>————— १. कल्पनाभित्रकाे मीठो रहर प्रतिविम्बित हुन्छ सपनामा गर्नुपर्नेछ जपनाकाे कदर ! २. सपना कल्पनाको सागर बिउँझेपछि हुन्छ फुस्सा अल्छीकाे हुन्न जाँगर ! -प्रद्युम्न चालिसे ३९) —————<•>————— १. सपना रह्यो अधुरो आश अझै मेटिएन घाम पनि मधुरो ! २. आश मर्ने भए के बुन्नु सपना पात झर्दै गए । -राजेश्वरी राजोपाध्याय ललितपुर ४०) —————<•>————— सपना जीवनको कोर्नू सोचेर भविष्य बनाउने पसिनाले हिरा फोर्नू ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ४१) —————<•>————— १. सपना बेच्ने सहरमा आएको हजुर कमाउन सुनौलो भविष्यको रहरमा ! २. कस्तो नमिठो देखेछु दिउँसै मृत्युको सपना यसर्थ झिल्का लेखेछु । शब्दको खेलाडी ( विशु हाङ राई) विराटनगर मोरङ नेपाल ४२) —————<•>————— १. लाग्दैन बेर छुट्न सम्बन्ध कच्चा भए अनायास सपना टुट्न ! २. सानो खुसीमा फुल्छ जीवन अस्थिर रहे रनवन मन डुल्छ । -पुष्पा राई, बादेल, खाेटाङ ४३) —————<•>————— सपनाको संसारमा रमाएर हुँदैन कहिले पूरा अरूको हात समाएर ! -ललिता गिरी, सिन्धुली ४४) —————<•>————— १. सपना सजाएर राखेको खल्ती मोटो देखेर अरूकै मोह चाखेको ! २. सपना उच्च लिए विपनाले आकाश छुन्छ यति सुझाव दिएँ। -विनोद खाती, मिरिक ४५) —————<•>————— नपरौँ सपनाको भर बजाऔँ पाखुरी आफैँले परौँ कर्ममा भर ! -बिबा तामाङ लापपञ्चर सिटोङ खरसाङ ४६) —————<•>————— भगवानको याद गर्नुहोस् सपनाहरू साकार पार्न पाखुरीमा हिम्मत भर्नुहोस् । ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान, भारत ४७) —————<•>————— १. ब्युँझिए सपना देखेर राम्रो भएन कहिल्यै भावीले नराम्रो लेखेर ! २. सपना ठूलो देख्नू यथार्थ नलुकोस् कहिल्यै त्यसैको कथा लेख्नू ! -राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ ४८) —————<•>————— १. मनमा सोचेका कुरा देखेका सपना हुन्छन् एकदिन हुनेछ पूरा ! २. नेताको देखाउँछन् आस विकास सपना सबै पूरा हुँदैनन् पास ! -कृष्ण बजगाई, भक्तपुर ४९) —————<•>————— रातको सपना विकार सत्यता हुन्छ दिनको भविष्य सुधार्ने आधार ! -दिल ठकुरी, दार्जिलिङ ५०) —————<•>————— १. गरेर मनमा जपना पूरा नहोलान् तथापि देख्नू ठूलै सपना ! २. सुनेनन् मेरा कुरा वैरी भैदिँदा आफ्नै सपना रहे अधुरा ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>—————
झिल्का लेखन अभियानको ४० औँ शृङ्खला (महिला हिंसा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) —————<•>————— १. रातोदिन हेर कामैकाम मेसिनझैँ खट्छ्न् महिला एकछिन छैन आराम ! २. वस्तुझैँ चल्छ व्यापार दिनदहाडै हुन्छ नारीको हत्या हिंसा बलात्कार ! -वसन्त अनुभव, दाङ २) —————<•>————— बाँच्नु अब देऊ अधिकार छ बराबर यसैले साथ लेऊ ! -निमा छिरिङ भोटिया जलढका कालेबुङ ३) —————<•>————— महिला हिंसा नगरौँ अपराध रोक्न गाह्रो राज्यको भर नपरौँ -अम्बिका अधिकारी ४) —————<•>————— १. महिला हिंसा भयाे छन् धेरै पीडित कतिको ज्यान गयाे । २. उठाै नारी जगाऔँ महिला हिंसा गर्नेलाई ठाउँ ठाउँबाट भगाऔँ ! -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी । ५) —————<•>————— जति शिक्षित भए तर किन महिला पछाडि पर्दै गए । -शोभा आचार्य गौतम काठमाडौँ ६) —————<•>————— १. समानताको चेतना छरौंँ महिला हिंसा हटाउन मिलीजुली लागि परौँ । २. महिला पुरुष बराबर एकताको माला उनौँ कतै नरोकी सरासर ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व ७) —————<•>————— जिन्दावाद नारी शक्तिको महिला हिंसा किन ? निरादर हुनेझैँ भक्तिको ! -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ८) —————<•>————— महिला हिंसा हटाऔँ सबैमा प्रेम गरेर सवैको मनमा अटाऔँ । -प्रेम थापा “मन” बागलुङ ९) —————<•>————— बढ्दैछ हिंसा बलात्कार खुलेर विरोध गरौँ नसही कुनै अत्याचार ! -विष्णु पंगेनी(पाण्डे ) वालिङ -स्याङ्जा १०) —————<•>————— १. गर्नुपर्ने चुल्हो चौको बनेर हेलाको पात्र कस्तो रित अनौठो ! २. समाजको बुझाई कस्तो महिला मारा चालचलन अचानोलाई खुकुरी जस्तो ! -खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट ११) —————<•>————— हिंसाको नबनाऔँ सिकार पुज्नेछ संस्कार नारीलाई हटाऔँ कलुषित विकार ! -राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला १२) —————<•>————— १. जसले छेड्छ बारबार समाज बटुलेर उसलाई पार चेली नाङ्गेझार ! २. महिला हिंसा रोकौँ हरेक सचेत वर्गले सामाजिक दायित्व बोकौँ ! -बाबुराम गौतम, गुल्मी १३) —————<•>————— १. बिहानी भएर उठ सबै नारीहरू मिलीजुली हिंसाकाे विरुद्धमा जुट ! २. लक्ष्मी हुन् नारी संसार उज्यालो पार्ने सम्पूर्ण मनका आभारी ! -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। १४) —————<•>————— १. हिंसा रोकौँ महिलाको घरकी लक्ष्मी सम्झेर छोडौँ चलन पहिलाको ! २. किन महिलाको व्यापार ? सृष्टिकर्ता हुन् तिनै संसार देखाउँने आधार ! -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। १५) —————<•>————— नारी उठ जाग धेरै ढिला भइसक्यो पूरा गराऊ माग ! -तेजप्रसाद खनाल, दाङ १६) —————<•>————— सत्य घटना लेख्छु शिक्षित परिवारमा धेरै महिला हिंसा देख्छु । २ दिदीबहिनी असुरक्षित भए भएकोले धेरै स्वतन्त्रता कुलतमा फस्दै गए । -कला ढकाल झापा १७) —————<•>————— जागौँ उठौँ जुटौँ महिला हिंसाको विरुद्ध आपसमा कहिल्यै नफुटौँ । २. नियमले मात्र हुँदैन व्यवहार सफा गरौँ कागजले मन छुँदैन । -सुरेशकुमार पाण्डे दाङ घोराही १८ १८) —————<•>————— १. बढ अगाडि सरासर तोडेर महिला हिंसा अधिकार लेऊ बराबर ! २. सम्मान व्यवहार गरौँ महिला हिंसा होइन मनमा प्रेम भरौँ ! -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । १९) —————<•>————— बराबर हुन्छ अधिकार महिला हिंसा नगरौँ जगाऔँ प्रेमील आधार ! -भुपेन्द्र राना मगर धादिङ २०) —————<•>————— जुटौँ नारी ममतामा हत्या हिंसा बलात्कारको प्रतिकार गर्दै समतामा ! -भगवती दवाडी ,झापा २१) —————<•>————— महिला हिंसा अत्याचार त्यागौँ हामी सबैले गरिने दुष्कर्म व्यवहार ! -ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची । २२) —————<•>————— १. अति भयो अत्याचार एक्काइसौँ शताब्दीमा पनि हत्या, हिंसा बलात्कार ! २. सबै नारी उठेर अत्याचारको विरोध गरौँ सङ्घर्षको मैदानमा जुटेर ! -रिमा छन्त्याल, बाग्लुङ २३) —————<•>————— १. चेतनाले ज्ञान भरौँ रथका दुईपाङ्ग्रा हामी महिला हिंसा नगरौँ ! २. विकृति विसंगतिले गल्दैछ बलात्कार घरेलु हिंसा आज पनि चल्दैछ । -दीप गोले तामाङ – रौतहट २३) —————<•>————— १. झुटाे आरोप लगाउने कोही पुरुष गर्छन् आफूले आफैँलाई बचाउने । २. अक्सर गर्छन् बलात्कार मान्छे नगन्ने महिलालाई बन्द गर अत्याचार ! -पृथक प्रकृति ,झापा २४) —————<•>————— १. किन हुन्छ बारम्बार महिला माथि सधैँ हत्या, हिंसा बलात्कार ! २. सबै अघि सरौँ अन्त्य गर्न हिंसा हामी लागि परौँ ! -अनिता भण्डारी, ताप्लेजुङ २५) —————<•>————— शोषकले शोषण गर्छन् भित्र बाहिर जताततै समताको भाषण छर्छन् । -नागेन्द्रप्रसाद यादव २६) —————<•>————— हुन्छ हिंसा जताततै विभिन्न रूपमा देखिन्छ सुरक्षा छैन कतै । -दीपा समभाव दुबेकोल खोटाङ्ग २७) —————<•>————— नारीमाथि अन्याय अत्याचार बढिरहेका छन् समाजमा किन होला बारम्बार ? -बाबुराम पाण्डे अर्घाखाँची २८) —————<•>————— बदल्नु पर्छ साेच मानिसले जहिले पनि त्यागी सङ्कीर्ण खाेच । -जी.वि. घाेराही,दाङ २९) —————<•>————— १. नारी पुरुष बराबरी महिला हिंसा महापाप बुझ सबले सरासरी । २. हत्या हिंसा बलात्कार आमा र दिदीबहिनीमा गर्नु हुँदैन अत्याचार ! -विवश पारदर्शी झापा ३०) —————<•>————— १. महिला हिंसाको विरुद्ध डटेर सामना गरेमा बन्दछ सामाज समृद्ध ! २. नारी पुरुष बराबर काँधमा काँध मिलाई अगाडि बढौँ सरासर ! -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल ३१) —————<•>————— हिंसा हुन्छ घरैबाट नारी सुरक्षित छैनन् देखे लुक्छन् परैबाट ! -धनमाया चौधरी, कैलाली ३२) —————<•>————— राम्रो देख्दैनन् कहिल्यै जति गर काम हेला गर्छन् जहिल्यै । -अनिता कार्की पाँचथर ३३) —————<•>————— १. परम्परा मानिन्छ गलत हिंसा महिलाको हुने संस्कार भन्दै फगत ! २. महिलामा छाप गहिरो पारेर पितृसत्तात्मक सोचको महिलाकै जीवनमा पहिरो ! -मनोहरी पौडेल गैडाकोट १ ३४) —————<•>————— १. सृष्टिको अस्तित्वलाई चिन चल्दैन संसार महिलाबिना फेरि हिंसा किन ? २. हत्या, हिंसा नगरौँ आऊ सृष्टिकर्ता नारीको सुरक्षामा अघि सरौँ ! -अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ३५) —————<•>————— १. हत्या हिंसा बढ्दैछ सत्ताको आडमा हत्यारा नीति माथि चढ्दैछ । २. गुड्दैन एकल पाङ्ग्राले कानुनी कारवाही नभएमा बढाउँछन् हिंसा डाङ्ग्राले ! -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ३६) —————<•>————— १. महिलामा जागरण आओस् पुरुषबाट अत्याचार भए कठोर सजाय पाओस् ! २. महिला नहिँड कुबाटो कमजोरी आफूबाट हुँदा आफैँलाई हुनेछ घाटो ! -होमप्रसाद नेउपाने धरान,सुनसरी ३७) —————<•>————— १. सहर अनि गाउँमा महिला हिंसा कायमै छैनन् निर्णायक ठाउँमा ! २. दिएजस्तो गरेर देखायो भाषणमा चिप्लो घसेर आफ्नो नाम लेखायो । -समुन्द्रा शर्मा सुनसरी ३८) —————<•>————— अँध्यारोमा ज्योति छरौँ महिला हिंसा बढ्यो यसलाई बन्द गरौँ । -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ३९) —————<•>————— १. महिलाबिना सृष्टि चल्दैन किन कुटेको स्वास्नी पुरुषको नाडी गल्दैन ? २. हिंसा गर्न अगाडि पुरुष देखिए यहाँ रहन्छन् महिला पछाडि ! -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ४०) —————<•>————— १. गर्छन् अन्याय अत्याचार ती विवश नारीलाई एकचोटी होइन बारम्बार ! २. बलात्कारका सिकार हुन्छिन् पिछडिएका वर्गमा धेरै पीडित नारी रुन्छिन् । -सञ्जीवराज जोशी विवस कञ्चनपुर गुलरिया ४१) —————<•>————— महिलामाथि विभेदपूर्ण व्यवहार शारीरिक, मानसिक शोषणको अन्त्य होस् सरकार ! -रुना कर्माचार्य दाहाल चितवन ४२) —————<•>————— १. नारी हिंसा बढ्दैछ अन्याय अत्याचारको विरोधमा एकजुट भएर लड्दैछ । २. जनतामा चेतना भरौँ नारीलाई मुक्ति दिलाउन शिक्षाको सन्देश छरौँ ! -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ४३) —————<•>————— १. ज्ञान चेतनाको अभाव नारी हिंसा कार्यकारण समाजमा पर्दैछ प्रभाव ! २. नारी पुरुष बराबरी लैंगिक हिंसा रोक्नलाई देऊ शिक्षा सराबरी ! -जयनारायण नेपाल सूर्य विनायक २ बालकोट ,भक्तपुर ४४) —————<•>————— १. जिउँदो देवीको रूपमा सजाएर राखौँ नारीलाई नदिऔँ अनेकौँ उपमा ! २. महिलाले खेपेको भार तर कहिले पाउँदिनन् सुखले बाँच्ने आधार ! -ललिता गिरी, सिन्धुली ४५) —————<•>————— १. खुसी छैन मन बढ्दैछ महिला हिंसा सुरक्षित छैन तन ! २. विभेदको याे पारा आखिर चल्छ कहिलेसम्म दुखित छन् सारा ! -सुशीला शिखा कागेश्वरी काठमाडौँ ४६) —————<•>————— १. देख्नै नसक्ने मानसिकता अपराधी बलत्कारीको लर्को हराएर गयो सामाजिकता ! २. खुँडा खुकुरीले सेर्नुपर्छ चेलीहरू एकतामा उभिई बलात्कारी सबैलाई घेर्नुपर्छ । -घनश्याम पन्त, हरिवन सर्लाही ४७) —————<•>————— अपमान तिरस्कार पनि महिला हिंसा हुन् नहेप्नु निमुखा भनी ! -पुष्पा राई, बादेल, खाेटाङ ४८) —————<•>————— १. हिंसा नगराैँ महिलाको अहिले सबै समान कुरा छाैडाैँ पहिलाको ! २. महिला पुरुष बराबरी नगरी कसैलाई हिंसा रथलाई चलाओैँ सरासरी ! -रामप्रसाद पुरी, बादेल,खाेटाङ ४९) —————<•>————— १. नारी हुन् सृष्टि राख्नुपर्छ करुणाको भाव आमा समान दृष्टि ! २. नारीलाई गर अर्चमान हामी बनाैँ संस्कारी हट्दै जान्छ व्यवधान ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ५०) —————<•>————— महिला हिंसा बढ्दै सरकार मौन बस्छ चिल्लो गाडी चढ्दै । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ५१) —————<•>————— हिंसाकाे एक पाटाे नपुरिने रहेछ कहिल्यै पापीले खनेकाे बाटाे ! -दीपक दाहाल ५२) —————<•>————— फसेको चेलीलाई हेर कुविचार सबै हटाऊ मनलाई करुणाले बेर ! -बिबा तामाङ, लापपञ्चर खरसाङ। ५३) —————<•>————— १. इज्जत गरौँ महिलाको हिंसा नहोस् नारीको बानी छौडौँ पहिलाको ! २. सोच राखौँ राम्रो महिला हुन् सृष्टिकर्ता जन्म दिने हाम्रो ! -अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ५४) —————<•>————— १. ममताकी खानी नारी आफ्नो खुसी लुकाई बोक्छिन् दु:खको भारी ! २. जताततै गिद्धे नजर सुरक्षित छैनन् नारी गाउँघर या सहर ! -बिमल पोखरेल धरान -१७,पटनाली ५५) —————<•>————— नारी हुन् माता हिंसा जसले गर्छ उसको कस्नुपर्छ पाता ! -अम्बिका गिरी,विराटनगर ५६) —————<•>————— १. देखिन्छ धेरैजसो ठाउँमा पुरुषहरू पीडित भएको डिभोर्स दिने नाउँमा ! २. अधिकार चाहियो भन्दछन् दायित्व बिर्सिदै गएर स्वतन्त्रताको क्षेत्र गन्दछन् । -सुस्मिता अधिकारी ,काठमाण्डौ ५७) —————<•>————— मिलेर बस घरमा फरक के छ नारी र नरमा ! -भाेलामान बर्देवा धरान ८ सुनसरी ५८) —————<•>————— १. विकट पहाडी गाउँमा अनाहकमा मारिन्छन् नारी छाउ बार्ने नाउँमा ! २. सृष्टि चलाउने नारी सम्मानजनक व्यवहार गरौँ नठानौँ उनलाई भारी ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ५९) —————<•>————— १. वस्तुझैँ चल्छ व्यापार हिंसा गरिन्छ नारीको हत्या अनि बलात्कार ! २. नारीहरू बराबर हुन्छन् किन गर्छौ हेला यिनैले शिखर छुन्छ्न् । -बेदु न्यौपाने ६०) —————<•>————— विकृति कसरी फैलियो महिला परे हिंसामा हेर समाज मैलियो ! -सञ्जना शर्मा लमही दाङ ६१) —————<•>————— १. कानुन पालना गरेमा महिला हिंसा हुँदैन सबै नियममा बसेमा ! २. नगर्नू पापको कर्म हिंसा अपराध हो बुझ्नु पर्छ मर्म ! -कृष्ण बजगाई, भक्तपुर ६२) —————<•>————— १. महिला हिंसा नगरौँ धर्ती हुन् यिनी भ्रममा कोही नपरौँ ! २. अपुरो छ सृष्टि यहाँ महिलाबिना हेर लगाऔँ सोचमा दृष्टि ! -शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ६३) —————<•>————— १. महिला हिंसा घटाउनू हामी सबै मिलेर कुरीति कुसंस्कार हटाउनू । २. महिला शिक्षित भए शिक्षित हुँदा पनि हिंसामा पर्दै गए ! -श्रीकृष्ण धामी, बझाङ ६४) —————<•>————— १. महिला हिंसा रोकौँ प्रत्येक घरबाट निस्केर हातमा मशाल बोकौँ । २. पुरुष महिला समान भन्ने नारा लगाउँदै खोलौँ सबका कान ! -पुष्पा सुवेदी नेपालगन्ज, बॅाके ६५) —————<•>————— शिक्षित प्रौढ नारी तर किन हजुर सताउँछे अबला बुहारी ? -ध्रुव श्रेष्ठ खोटाङ ६६) —————<•>————— १. वचन लाउँछ धारिलो सहनै नसक्ने गरि घाम छैन पारिलो ! २. घरेलु हिंसामा पर्दा सहनु है भन्छन् अविरल आँसु झर्दा ! -राजेश्वरी राजोपाध्याय ललितपुर —————<•>—————
झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) —————<•>————— १. नघटोस् जीवनको नुर स्वास्थ्यको ख्याल राखौँ भगाऔँ चिन्तालाई दूर ! २. बाइबल, कुरान, गीतामा मानवधर्ममा लगाऔँ मन चिन्ताले लान्छ, चितामा ! -वसन्त अनुभव, दाङ २) —————<•>————— चिन्ताले दुब्लाउँदै गएँ रोगले कि शोकले दोधार आफैँ भएँ । -सङ्गीता खरेल काठमाडौँ ३) —————<•>————— नघटोस् कसैको आयु स्वस्थ रहौँ सबै स्वच्छ राखेर वायु ! -कविता गुरुङ रोल्पा ४) —————<•>————— १. तड्पियो मन मुटु छोरो परदेश गयो ज्यान खायो कुटुकुटु ! २. आनन्द कहाँ खोज्नु चिन्ताले सताको बेला खुसी कसरी रोज्नु ? -अम्बिका अधिकारी झापा बिर्तामोड ५) —————<•>————— मीठाे बाेल्ने धेरै छन् विश्वासघाती वरपर जरो काट्छ्न् मेरै ! -सानु जाेशी सुदुर पश्चिम दार्चुला ६) —————<•>————— १. चिन्ता गरेर रोग निम्त्याउनु हुन्छ मुर्खता पर्छ अकस्मात् शोक ! २. निस्की चिन्ताबाट झट्ट हलुका हुनु राम्रो नत्र परिन्छ चौपट्ट ! -मनोहरी पौडेल गैडाकोट १ ७) —————<•>————— १. जिन्दगीमा चिन्ता नलेऊ आत्मा सन्तुष्ट गर आत्मा कसैलाई नदेऊ ! २. चलन अनुसार चल्नुपर्छ नबुझी कहिल्यै नबोल उज्यालो हुँदै बल्नुपर्छ । -बेदु न्यौपाने ८) —————<•>————— १. चिन्ता हो शत्रु रातोदिन पालेर राख्दा जीवन हुन्छ पत्रु । २. चिन्ताको छैन उपचार मर्ने जीवन सम्झदा गर्नु हामीले बेकार ! -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन। ९) —————<•>————— नगर्नू चिन्ता भोलिको कटेर जान्छ समय सीमा राख्नु बोलीको । -पुष्पा राई, बादेल, खोटाङ १०) —————<•>————— चिन्ताले पिरोलिएर नबसौँ हुने कुरा मेटिँदैन खाल्डोमा आफैँ नपसौँ ! -रमेश दियाली शेल्पू सिटोंग, दार्जिलिङ ११) —————<•>————— सन्तोष हुन्न धनबाट नगरौँ कहिले चिन्ता खुसी हटाएर मनबाट ! -दीप गोले तामाङ – रौतहट १२) —————<•>————— १. आउँछ यसरी भोलि याद गर मनमा नगर नमीठो बोली ! २. कति सफा वायु मनको पीरलाई लाने भयो छोटो आयु । -निमा छिरिङ भोटिया जलढका कालेबुङ १३) —————<•>————— १. चिन्ताले पुर्याउँछ चितामा मनन् गर्नुपर्छ सबैले लेखिएको छ गीतामा ! २. हुने हुनामी टर्दैन व्यर्थमा चिन्ता नगर्नू टाउको दुखाउनु पर्दैन । -अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत १४) —————<•>————— १. मनमा खुसी पालेर जोगाउँदै थिएँ याद हावामा दीप बालेर ! २) समयको रोकिँदैन गति किन दिइरहन्छ दु:ख फसाएर चिन्तामा अति ! -होमप्रसाद नेउपाने धरान, सुनसरी १५) —————<•>————— चिन्ता लिनु हुँदैन भन्छन् मान्छे सबै रोगले शरीर छुँदैन ! -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा १६) —————<•>————— जीवनको गरौँ सदुपयोग नकारात्मक सोच्छ जसले उसैलाई चिन्ताको रोग ! -प्रेम थापा “मन”बागलुङ १७) —————<•>————— १. चिन्ताले पुर्याउने चिता हुनेहुनामी हुन्छ नै खानु मज्जाले सीता ! २. राम्राे कर्ममा जुट्नू आएको समस्यालाई भुलेर जीवनको आनन्द लुट्नू ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे १८) —————<•>————— मनमा कुटुकुटु खान्छ खबरदारी गरे मनको कता भागेर जान्छ । -दुर्गा आचार्य मोरङ १९) —————<•>————— १. चिन्ताले धेरै सतायो बाटोमा साथी भेटेँ बल्ल खुसी छायो । २. चिन्ता गर्नु हुँदैन भगवान्मा विश्वास गर्नू छायाले कहिल्यै छुँदैन । -बिधुत गुरुङ, गोरुबथान २०) —————<•>————— आउँछ दिन गनी मेरो मनमा चिन्ता लिन्न भन्दा पनि ! -हिरामाया श्रेष्ठ २१) —————<•>————— कस्को मन रुँदैन सबैलाई हुन्छ पीडा चिन्ता लिनु हुँदैन । -सरिता सेढाई, धादिङ २२) —————<•>—————- १. नचाहिने विचार घटाऔँ सकारात्मक राखी सोच मनको चिन्ता हटाऔँ ! २. आफैँ बुझाउँ मन अरूले त जानाजानी दुखाइ दिन्छन् कोट्याइकन ! -पशपती राई, खोटाङ २३) —————<•>————— चिन्ताले स्वास्थ्य बिगार्ने प्रभुको चिन्तन गरौँ गर्छ यसैले सपार्ने ! -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी २४) —————<•>————— १. लाग्छ चिन्ता मलाई कतै शङ्काको हुरीले कोर्न सक्छ सलाइ ! २. तिम्रो मायाले गलायो प्रियतम नजाऊ छोडी हृदय मेरो जलायो ! -विवश पारदर्शी झापा २५) —————<•>————— चिन्ताले शरीर गलाउँछ मन स्वच्छ राखौँ आशाको दियो पलाउँछ । -भुपेन्द्र राना मगर धादिङ २६) —————<•>————— १. चिन्ताले छोएको पल आखाँमा आँसु छल्किने जीवन लाग्ने खलखल । २. चिन्ताले ज्यान सुकाउने वसन्त ऋतुको बेलामा मनमा उदासी छाउने । -सीमा कार्की समर्पण मेलचोक पर्सा २७) —————<•>————— जुकाझैँ पो ! टाँसिन्छ चिन्ताले जीवन मान्छेको रोग शोकमा भाँसिन्छ । -रुना कर्माचार्य दाहाल चितवन २८) —————<•>————— नलिउँ चिन्ता कसैले बिताउँ जीवन हाँसेर हाँसी, खुसी सबैले ! -नागेन्द्रप्रसाद यादव २९) —————<•>————— १. चिन्ता नलिनू मनमा मानसिक विश्राम लिनू स्फूर्ती जगाई तनमा स्फूर्ति ! २. चिन्ताको औषधी हुँदैन छट्पटी बढ्छ मनमा खुसीले ठ्याक्कै छुँदैन । -मोती योन्जन सुब्बा, दार्जिलिङ ३०) —————<•>————— देशको गति सम्झेर चिन्ता लाग्छ मलाई अनि बस्छु गम्केर ! -कमल थापा ३१) —————<•>————— १. चिन्ता हो अभिशाप चितामा पुर्याउन सक्छ गरौँ मनदेखि सखाप ! २. हुँदैन चिन्ताको नाप गलाउँदै लान्छ शरीर मानेर हुन्न पश्चाताप ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५, जुम्ला ३२) —————<•>————— सकिन्छ खुसी हुन त्याग्न सकेमा चिन्ता स्वस्थ भइन्छ सुन ! -सुस्मिता अधिकारी ,काठमाणडौँ ३३) —————<•>————— कमजोर बनाउँछ चिन्ताले भन्छन् पुर्याउँछ चितामा समयमै मनबाट नफाले ! -अनिता भण्डारी, ताप्लेजुङ ३४) —————<•>————— भयो हरे छिन्नभिन्न देशको हालत गिर्यो चिन्ताले शान्ति दिन्न । -सन्तु खत्री ३५) —————<•>————— १. छोरीलाई अनमाउँदा पीर लागेको रुन्चे भतेरमा पकाएर खुवाइयो खीर ! २. जन्तीको थिएन ताँती एकदमै कम आएर हामीलाई भयो जाती ! -भगवती दवाडी ३६) —————<•>————— चिन्ताले खान्छ ज्यान चिन्तामुक्त बनेर बसौँ बचाउँ जीवनको शान ! -देवकृष्ण काफ्ले ३७) —————<•>————— १. हाँसेर जीवन बिताऔँ दुई दिनकाे जिन्दगीमा सबैकाे भलाे चिताऔँ २. हटाइदिनु मनकाे मैलाे अन्धकार भैदिन्छ आखिर लक्ष्मीकाे आँगन दैलाे । – नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ३८) —————<•>————— नलिनू चिन्ता कहिले दुःखकष्ट विपद परेमा खुसी रहनु जहिले ! -समुन्द्रा शर्मा ३९) —————<•>————— १. चिन्ताले मदिरा पिएँ तिम्रो यादहरुमा दिल खोली जिएँ । २. चिन्ता शत्रु हाम्रो नलिनु सधैँ मनमा खुसी हुनु राम्रो ! -प्रेम शर्मा ” एकान्त प्रेमी ” कालेबुङ ४०) —————<•>————— १) चिन्ता लिनु हुन्न यसले पुर्याउँछ चितामा धामीले पनि छुन्न । २. हुने घटना हुन्छ चिन्ता लिने नगर्नु विधातालाई कस्ले छुन्छ । -शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ४१) —————<•>————— लिन्न भन्दा आइलाग्ने रोग रहेछ चिन्ता तन सुकाउन जाइलाग्ने ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा ४२) —————<•>————— १) समस्या सबैमा आउँछ समाधान हुन्छ बिस्तारै हुन्छ खुसी आनन्द छाउँछ ! २. दु:ख आउँछ जान्छ पिर लिन हुँदैन चिन्ताले जिउ खान्छ ! -उर्मिला के.शी., धनकुटा ४३) —————<•>————— आफूलाई निर्धो ठानी चिन्ता नगरौँ हरदम चिन्ताले गर्छ हानी ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ४४) —————<•>————— १. पिर चिन्ताले छोड्दैन दुःखी गरीब भएपछि आफन्तले सम्बन्ध जोड्दैन । २. बलेको आगो ताप्छन् गाउँघर जताततै सबैले धन सम्पत्ति नाँप्छन् । -कला ढकाल, झापा ४५) —————<•>————— १. नलिए चिन्ता मनमा कसरी बनिन्छ सफल नगाडे र्याल धनमा ? २. चिन्ताले चिन्तनशील बनाउला अनावश्यक चिन्ताले मान्छेलाई फेरि चितामा पुर्याउला ! -सतीश पण्डित भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ ४६) —————<•>————— १. चिन्ताको रोग लागेर पुग्दछ मान्छे चितामा सक्दैन उम्किन भागेर ! २. मनमा शान्ति पाउन गरेमा सेवा दुखीको पर्दैन मन्दिर धाउन ! ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ४७) —————<•>————— १. नगर्नू चिन्ता बेकार घट्छ जीउ चिन्ताले मान्छ मनले हार ! २. नलिनू धेरै चिन्ता सफलता कहाँ मिल्छ मिहिनेत नगरी हिँड्दा ! -खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट ४८) —————<•>————— चिन्ता राम्रो हुँदैन चितामा पुर्याउला यसले बसेमा टाढा छुँदैन । -सरस्वती श्रेष्ठ (४९) —————<•>————— १. चिन्ता भयानक रोग आफैँमा उब्जिन्छ यो हटाउनु उत्तम योग । २. चिन्ताले आगो बल्छ समालिन नसके मान्छे मुटुदेखि सारा जल्छ । -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ ५०) —————<•>————— चिन्ता हो सलाइ जीउँदै मार्न सक्छ यसले भित्रभित्रै जलाई ! -दीपा समभाव दुबेकोल खोटाङ्ग ५१) —————<•>————— १. गुम्स्याएर राखेको कुरो चिन्ता बन्न पुग्छ राख्न हुँदैन अधुरो ! २. त्याग चिन्ता पीर सकिन्छ आँट गर्दा मन हुन्छ स्थिर ! -अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 ५२) —————<•>————— १. व्याख्या गरौँ यसको नेतृत्वमा बस्नेहरूले नै चिन्ता गर्दैनन् देशको । २. खुसीको रङ्ग छरौँ सहजै जिउन जिन्दगी चिन्ता कम गरौँ ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व ५३) —————<•>————— चिन्ताले चितामा पुर्याउँछ नसोच्नू अरू केही झन् जीवन तुर्याउँछ । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । ५४) —————<•>————— १. चिन्ताले जिन्दगी बन्दैन समस्या बुझे पनि कसैले बिचरा भन्दैन ! २ जब चिन्तामा पर्छ मानसिक सन्तुलन गुमाई देहत्याग नै गर्छ । -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ५५) —————<•>————— १. चिन्ता गरेरै मर्यो नगर भन्दा मानेन बिचरा ठहरै पर्यो । २. भन्छन् चिन्ता रोग कतिलाई बुझाउनु यहाँ बरू भगवान् ढोग ! -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ५६) —————<•>————— १. चिन्ताले जीवन जान्छ नलिनू तनाव व्यर्थै अकालै कालले लान्छ । २. चिन्ताले मन जलाउँछ सुन्दर जीवन पनि जलाएर खरानी बनाउँछ । -कृष्ण बजगाई, भक्तपुर ५७) —————<•>————— १. आएको समस्या झेल्नुपर्छ हिम्मत जुटाऔँ सबैले जीवनको गाडी ठेल्नुपर्छ । २. बगर बनाएर दामी दु:खद परिस्थिति छिचोल्दै अघिअघि जाऔँ हामी ! -पृथक प्रकृति ,झापा ५८) —————<•>————— १. देशको चिन्ता छैन भ्रष्ट हुनाले नेता खोसियो जनताको चैन ! २. राज्यकोष बाँडेर खाए जनताको मौलिक हकमा पुरै अङ्कुस लगाए । -बाबुराम गौतम, गुल्मी ५९) —————<•>————— १. चिन्ता राेगकाे बीउ आफैँ उब्जिएर मनमा सारै गलाउँछ जीउ । २. भाेक निद्रा भगाउन खप्पिस हुन्छ चिन्ता शरीरमा राेग लगाउन ! -काेपिला अधिकारी गाेरखा ,सिरानचाेक ६०) —————<•>————— १. हुनेहार दैव नतार भन्ने उखान सुन्छु नलिउँ चिन्ता धुवाधार ! २. नियति सकाराैँ सबै भागेर कहाँ जानु नलिउँ चिन्ता कबै ! -हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ ६१) —————<•>————— १. अराजकताको बीउ जाग्याे चिन्ता देशको भविष्यको सुनिन्छ नेताहरू भाग्याे । २. सम्झिन्छु जनयुद्धको तर्क गतिविधिले लाग्छ चिन्ता पुरानै बाटोमा फर्क । -रामप्रसाद पुरी, बादेल, खाेटाङ ६२) —————<•>————— १. गल्तीले शिर झुकाउँछ सोचेर बोलौँ सधैँ चिन्ताले शरीर सुकाउँछ । २. रोग चिन्ताले भेटायो खुसी आएन मेरो ईश्वरले लेख्दै मेटायो । -अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ६३) —————<•>————— बगिरहोस् जीवनको धारा सकारात्मक सोच ल्याऊँ सकिनेछ दु:ख सारा ! -नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर ६४) —————<•>————— चिन्ता गरौँ बाआमाको भगवान् हुन् हाम्रा नगर तीर्थ धामाको ! -सविता, भट्टराई, जनकपुरधाम ६५) —————<•>————— चिन्ताले ग्रसित भयो उपचारमै उठ्यो बास सारा खेतबारी गयो । -बिरेन्द्र कुमार चौधरी इटहरी, सुनसरी ६६) —————<•>————— पागल हुन्छ मन चिन्तालाई स्थान दिए गल्दै जान्छ तन ! -नन्दा धामी नौगाड दार्चुला ६७) —————<•>————— खाइरहन्छ भित्र कुटुकुटु जतिबेला हुन्छौ टाढा चल्दैन तिमिबिना मुटु ! -सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया ६८) —————<•>————— १. चिन्ताले चिता ल्याउँछ पीरमर्का दिएर सधैँ ज्यान गलाएर सताउँछ । २. सधैँ सताउने गर्छौ अमिट्य चोट दिई फेरि आफैँ डर्छौ । -सञ्जीवराज जोशी विवस, कञ्चनपुर ६९) —————<•>————— चिन्ता लिई नथाक्नू हुने भएरै छोड़छ मनको चोट ढाक्नू ! -बिबा तामाङ लाटपञ्चर सिटोङ खरसाङ ७०) —————<•>————— १. चिन्ताले पुर्याउँछ चितामा मुक्ति पाउन समस्याबाट समर्पित हुनू गीतामा ! २. चिन्तनले अध्यात्मतर्फ डोहोर्याउँछ व्यर्थको चिन्ताले व्यक्तिलाई सिधैँ चितामा सुताउँछ । -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ७१) —————<•>————— १. महिला हिंसा बढेछ नजर यता लगाऔँ समाज कता ढलेछ ? २. रूप छन् धेरै समाजमा महिला हिंसाका बसेका छन सहेरै ! -देव मगर तिनाउ-१,,कचल,पाल्ला ७२) —————<•>————— १. विचारबाट मनमा पसेर दुःख दिन्छ चिन्ताले हरेक पलपलमा डसेर ! २. बेलैमा नगरे निदान भित्रभित्रै खोक्रो बनाई लिन्छ चिन्ताले ज्यान ! -पुष्पा सुवेदी नेपालगन्ज,बॅाके ७३) —————<•>————— १. चिन्ता भएमा मनमा पिरोल्छ भित्रभित्रै हरदम लाग्दैन घाम तनमा ! २. समस्या समाधान हुँदैन बोकेर चिन्ताको भारी बाहिरी वातावरणले छुँदैन । -घनश्याम पन्त, हरिवन सर्लाही ७४) —————<•>————— १. चिन्ताले पिरोलेको मन सुखले बस्दैन कहिले दुख्दछ भित्रसम्म तन ! २. चिन्ता विषकाे भाँडो कतिले जानेर पिउँछन् लगाई घाँटी ठाडो ! -विनोद खाती, मिरिक ७५) —————<•>————— १. मनमा भयो पिर छैन लहर खुसीको फुट्न खोज्छ शिर ! २. चिन्ताले बाधा टर्दैन दुःख लाग्छ खाली आफैँलाई मन पर्दैन ! -श्रीकृष्ण धामी – बझाङ —————<•>—————
झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका एकादशी र तुलसी विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) १. जडिबुटी यत्रतत्र पाइने हुन्छ अत्यन्त उपयोगी जिउँदा, मर्दा चाहिने । २. टाउको दुखाइ खरोमा चिया बनाई खानसकिन्छ रुघाखोकी र जरोमा ! -वसन्त अनुभव, दाङ —————<•>————— २) रोपौँं तुलसी घरमा जानेर यसको महत्त्व नपर्नु अरूको भरमा । -नागेन्द्रप्रसाद यादव —————<•>————— ३) १. एकादशी तिथि पवित्र तुलसीकाे पूजा गरेर अध्यात्मिक काम मित्र । २. रुघाखाेकी ज्वराे आएमा पकाएर खाऊ बिहान आराममा बस्ने खाएमा । -जि.बि.चिन्तन घाेराही, दाङ —————<•>————— ४) १. तुलसीको मठ घरमा रोपी राख सबैले नपर कतै भरमा । २. दिन भयो घमाइलो गर काम समयमा अनि गर रमाइलो । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— ५) दल राखी छोपेर महत्व कार्तिक महिनाको तुलसी मठमा रोपेर । -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— ६) १. तुलसी आँगनीको छेउ दबाईकाे काम गर्छ हुर्काउन पानी देऊ । २. एकादशी भाेकै बसाैँ पेट खाली राख्न पटुकी राम्ररी कसाैँ । -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी —————<•>————— ७) १. असारमा तुलसी रोपेर माला लगाई पूजौँ मठलाई चट्ट पोतेर । २. हेर्दा राम्रो झट्टै सधैँ प्रयोग गरे रोग हुन्छ चट्टै । -अनिता भण्डारी ताप्लेजुङ —————<•>————— ८) अन्धविश्वासी भएर हैन गुणकारी मानिन्छ तुलसी जानिकन नोक्सान छैन । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— ९) आज ठुली एकदशी चिन्तन गरौँ तुलसीको मोठको छेउमा बसी । -तोयानाथ चापागाईं दमक,झापा —————<•>————— १०) १. तुलसीको पत्ता खानु रुघाखाेकी लागेमा हेर पर्दैन अस्पताल जानु । २. ओैषधीकाे गर्छ काम थाहा पाइरहनु सदा तुलसी हाे नाम । -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर —————<•>————— ११) तुलसी अति राम्रो जानी राखौँ सबैले बचाउँछ जिवन हाम्रो । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा —————<•>————— १२) १. स्वास्थ्यमा सुधार आउँछ तुलसी पानी खानाले लागेको रुघाखोकी हराउँछ । २. रोग शरिरको जन्जिर गुणकारी तुलसी खाँदा स्वस्थ बन्छ शरीर । -सीमा कार्की समर्पण मेलचोक पर्सा —————<•>————— १३) गरौँ तुलसीको पूजा नित्य बिहान सधैँ खालीपेट नखाई भुजा ! -जनक बिसी, दक्षिण भारत कोचिनबाट —————<•>————— १४) १. विष्णुले श्राप पाए झार हुनु भनेर त्यसैले मठमा आए ! २. तुलसी औषधी हुनाले मान्छेले मास्छन् भनेर पौराणिक कथा हाले । -गुणनिधि घिमिरे अमेरिका —————<•>————— १५) १. विभिन्न ठाउँका मेला एकादशीमा गरौँ रमाइलो एकसाथ भएर भेला ! २. पाईन्छ वरपर हाम्रो चिसोले स्वास्थ्य बिगारे तुलसी खानु राम्रो । -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व —————<•>————— १६) एकादशीमा तुलसीको विवाह धूप दिप नैवेद्यले जीवनको पुग्दछ चाह । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १७) १. हरिबोधिनी एकादशी जानौँ तुलसी पुजा गर्दै आयुर्वेदिक औषधी मानौँ । २. रुघाखोकी निको पार्छ उमालेर तुलसी खाएमा सानातिना समस्या टार्छ । -बेदु न्यौपाने —————<•>————— १८) सुन साथी सवाई तुलसी रोप्नु घरमा हुन्छ ठुलो दबाई । -दीपा समभाव दुबेकोल खोटाङ्ग —————<•>————— १९) असारमा तुलसी रोपिन्छ हिन्दु परम्परा अनुसार पूजा गरी पोतिन्छ । -कला ढकाल, झापा —————<•>————— २०) मठमा रोप्न काइदा रुघाखोकी र ज्वरोमा तुलसीले गर्छ फाइदा । -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— २१) व्रत हरिबाेधनी एकादशीकाे समस्त हिन्दुहरूले गर्छन् दामाेदरसँग विवाह तुलसीकाे । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— २२) तुलसी रोपौँ राम्रो सबैको घरहरूमा हेर जीवन बचाउछ हाम्रो । -प्रेम शर्मा ” एकान्त प्रेमी” —————<•>————— २३) आज हरिबोधनी एकादशी तुलसी साँची राखेर घोटौँ कर्मको कसी । -चिरञ्जीवी श्रेष्ठ धनकुटा । —————<•>————— २४) १. तुलसी सर्वोत्तम बुटी हरेक घरमा रोपौँ महल अथवा कुटी । २. तुलसीको मठमा सर्दा मोक्ष भइन्छ भन्छन् अन्तिम यात्रा गर्दा l -बाबुराम गौतम, गुल्मी —————<•>————— २५) १. रोपौँ तुलसी घरमा अमर कोही छैन रहौँ ईश्वरकै भरमा । २. परापूर्वदेखि चलन चलेको ईश्वरमा आस्था राख्नु तर किन छलेको ? -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— २६) १. मेटिन्छ हाम्रो दशा सबैको घर घरमा रोप्नुहोस है तुलसा । २. उपयुक्त जडिबुटी मानेर खुवाउँछौ मात्रा मिलाई निको हुने ठानेर । -हिरामाया श्रेष्ठ गजुरी १ धादिङ —————<•>————— २७) १. तुलसीकाे पुजा गरेँ राेग विनाश हुन्छ माताकाे शरणमा परेँ । २. मनमा मिल्दछ शान्ति तुलसीकाे पूजा गरेँ घरमा हुँदैन क्रान्ति । -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट । —————<•>————— २८) हरिबोधनी एकादशीको महत्व विष्णुको अवतार तुलसी मानिन्छ बहुगुणी तत्व ! -चुडामणी देवकोटा पुरानोनैकाप काठमाडौँ —————<•>————— २९) तुलसीको पूजा गरेर वातावरण स्वच्छ बनाउँला धार्मिक आस्था भरेर ! -पुष्पा राई, बादेल, खोटाङ । —————<•>————— ३०) समाऔँ साहित्यको रसी स्रष्टाज्यूहरूलाई शुभकामना छ मनाउँदै हरिबोधनी एकादशी ! -प्रेम थापा “मन”बागलुङ —————<•>————— ३१) एकादशीको महिमा बुझेर सुखशान्तिको कामना गराैँ पवित्र तुलसी पुजेर ! -जयनारायण नेपाल बालकोट ,भक्तपुर —————<•>————— ३२) १. आज पर्व एकादशी तुलसीको पूजा आराधना हृदयमा शुद्धता कसी । २. भन्छन् विष्णु सहचरी आँगन मठ लिपपोत तुलसीको पूजा गरी ! -मोती योन्जन सुब्बा, दार्जिलिङ —————<•>————— ३३) १. रोपौँ तुलसी आँगनमा शुभ लक्षण देखिन्छ सकारात्मक सोचे मनमा । २. बनाई सफा मन रोप्दा घरमा तुलसी पाइन्छ सदा अक्सिजन ! -खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट —————<•>————— ३४) तुलसा औषधी हुँदा सम्हालेर राख्छौँ यो सबैको मन छुँदा । -सुरेशकुमार पाण्डे —————<•>————— ३५) हरिबोधनी एकादशी आज साक्षी राखेर तुलसी हुनेछन् राम्रो काज ! -कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ —————<•>————— ३६) धर्म, संस्कृति जोगाऊँ शान्ति मिल्छ सबैलाई अध्यात्ममा मन लगाऊ ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा —————<•>————— ३७) १. तुलसीको पूजा गरेर मन शान्ति बनाए भजन स्तोत्र जपेर ! २. तुलसीको गुण बुझेर जताततै रोपे वातावरण शुद्धिकरण हुन्छ खुलेर ! -भगवती दवाडी ,झापा —————<•>————— ३८) वनस्पति भगवान्का रूप आज ठुली एकादशी पुजेर बालौँ धूप ! -अम्बिका गिरी —————<•>————— ३९) १. कहिलेकाही व्रत बसेर हुन्छ स्वास्थ्यलाई फाइदा धर्मको गहिराइमा पसेर ! २. तुलसी औषधीमा जाती झनै विशेष हरिबोधनी फूल तार्नेको ताँती ! -सुस्मिता अधिकारी ,काठमाडौँ —————<•>————— ४०) १. एकादशीको महिमा बुझेर सुख समृद्धिले भरौँ तुलसीको पूजा गरेर । २. तुलसीको जपन गरौँ अज्ञानतालाई हटाएर अब श्रद्धाको भक्तिमा परौँ ! ✍️ विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ —————<•>————— ४१) तुलसीकाे पूजा गर आज एकादशी हाे मरेपछि स्वर्गमा सर ! -नवराज भट्ट कञ्चनपुर —————<•>————— ४२) भोकै व्रत बसी पूजा गरेर मोठमा मनाइयो तुलसी एकादशी ! -अमृत कोइराला पोखरा —————<•>————— ४३) हरिबोधिनी एकादशी आज तुलसी विवाहको दिन प्रचुर अक्सिजनको राज ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला —————<•>————— ४४) १. गर्दछ राम्रो काम खाइन्छ रुघाखोकी लाग्दा तुलसी यसको नाम । २. देवीको रूपमा पुजेर सम्मान दिने परम्परा औसधिको महत्त्व बुझेर ! -पृथक प्रकृति ,झापा —————<•>————— ४५) १. औषधीय गुणले युक्त दैनिक सेवन गरेमा रुघाखोकीबाट भइन्छ मुक्त ! २. उज्यालो देखिन्छ आँगन भगाउँन रोग टाढा गरौँ तुलसी रोपन ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— ४६) तुलसी धेरै उपयोगी एक उत्तम औषधी तन्दुरुस्त पार्छ रोगी ! -बिबा तामाङ दार्जिलिङ —————<•>————— ४७) एकादशीको महिमा अपरम्पार मनै आनन्द हुन्छ बुझ्दा तुलसीको सार ! -शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —————<•>————— ४८) १. तुलसीको विवाह गरियो दुलाहा शालिग्राम प्रभुलाई कन्यादान दिनेमा परियो । २. आज उपवास बसियो हरिबोधिनी एकादशीको दिन काममा कम्मर कसियो । -अरुण कुमार भुजेल , दार्जीलिङ भारत। —————<•>————— ४९) बुझाैँ आयुर्वेदिक महत्व हुन्छ तुलसीकाे विरुवामा एन्टी ब्याक्टेरियल तत्व ! -काेपिला अधिकारी सिरानचाेक,गाेरखा —————<•>————— ५०) बहुगुण औषधीय तत्त्व भरिपूर्ण हुन्छ तुलसी आयुर्वेदिक वैज्ञानिक महत्त्व ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— ५१) १ एकादशी तुलसीको महिमा पौराणिक महत्त्व रहेकोले संस्कृतिको बढाउँछ गरिमा ! २. तुलसीको सुवास हरर फैलिन्छ चल्दा हावा मीठो सुगन्ध सरर ! -कृष्ण बजगाई, भक्तपुर —————<•>————— ५२) १. तुलसी देन प्रकृतिको उपयोग गरौँ अधिक पहिचान हिन्दु संस्कृतिको ! २. पूजेर दिपक जलाउनु घरमा तुलसी लगाएर दुषित जिवाणु भगाउनु ! -मनोहरी पौडेल गैडाकोट १ —————<•>————— ५३) १. एकादशी महिमा अपार निराहार बसेर एकदिन आफ्नो जीवन सपार ! २. आयुर्वेदिक औषधी तुलसी स्वस्थ रहला वायुमण्डल रमाउनेछन् रातमा शशी ! -होमप्रसाद नेउपाने धरान, सुनसरी —————<•>————— ५४) एकादशी व्रत बस्दै आमा दिदीबहिनी आज तुलसीमा माला कस्दै ! -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— ५५) कात्तिक शुक्ल एकादशी गरियो पूजा तुलसीको भक्तिभावले व्रत बसी ! -सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————— ५६) १. बस्नु व्रत एकदशी पूजा गरि तुलसीको भक्ति घरैमा बसी ! २. गुणयुक्त तुलसीलाई पूजेर राेपौँ घरघरमा सबैले वातावरण शुद्ध बुझेर ! -दुर्गा भट्टराई मोरङ —————<•>————— ५७) १. तुलसी बहुगुणी तत्त्व सबैले घरघरमै रोपौँ बुझेर यसको महत्त्व ! २. तुलसी विष्णुको अवतार अत्यावश्यक विरुवा भएकोले रोप्न गरौँ हतार ! -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन —————<•>————— ५८) पर्व एकादशी ठूलो तुलसी रोप्दाखेरि हेर हुन्छ उत्तम ओखतीमूलो ! -सरिता सेढाई, धादिङ —————<•>————— ५९) व्रत एकादशी बसेर घुम्न गए साधुसन्त मुखमा खरानी घसेर ! -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>—————
झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका ठन्डी मौसम विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) समय नआकौँ कम पर्नसक्छ स्वास्थ्य समस्या ठन्डीको छ मौसम ! -वसन्त अनुभव, दाङ —————<•>————— २) बढ्यो ठन्डीको मौसम काप्दैछ थरथर शरीर आगोले भएन कम ! -हरिनारायण चौधरी —————<•>————— ३) १) लगाइदिनु तेल तताएर बालक अनि वृद्धलाई नमरुन् ठन्डीले सताएर ! २) गाँस अनि बासमा उचित ध्यान पुर्याउनु अबको चार मासमा ! -हिरामाया श्रेष्ठ गजुरी १ धादिङ —————<•>————— ४) बढ्दैछ ठन्डीकाे याम स्वास्थमा पर्छ असर ताप्नु बिहानको घाम ! -भाेलामान बर्देवा (बैरागि माईलाे) धरान ८ सुनसरी —————<•>————— ५) १) ठन्डी बढेकाे याम ख्याल गरेर बस्नु ताप्दै रापिलो घाम ! -जी.वि. चिन्तन घाेराही,दाङ —————<•>————— ६) ठन्डी मौसमको बेला झोलिलो तातो खानु नगर्नु स्वास्थ्यसँग रेला । -अरुण कुमार भुजेल दार्जीलिङ्ग,भारत —————<•>————— ७) १) तात्तातो सुप खाऊँ न्यानो कपडा लगाएर आफूलाई चिसोबाट जोगाऊँ ! २) व्यथाले हामीलाई सताउँछ बेलैमा बुद्धि नपुराए चिसोले शरीर गलाउँछ । -सीमा कार्की समर्पण मेलचोक पर्सा —————<•>————— ८) १) तराईमा चल्छ शीतलहर हिमालमा पर्छ हिउँ जीवन जिउन कहर । २) गाउँ वा सहर आयो ठन्डी मौसम गरीबलाई तातोको रहर ! -सतीश पण्डित भानु६ चुँदी तनहुँ हाल चनपा ६ मातातीर्थ —————<•>————— ९) चिसो चिसो रातमा तातो तातो हुन चाहिन्छ कोही साथमा । -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— १०) चिसो ठन्डीको याम अब हुन्छ प्यारो न्यानो तातो घाम । -सरिता सेढाई धादिङ —————<•>————— ११) १) मौसम बदलिएर आयो सबै बनौँ होसियार चिसोले साह्रै सतायो । २) अब ठन्डी जाग्छ न्यानो लुगा लगाऔँ आफैँ चिसो भाग्छ । -बेदु न्यौपाने —————<•>————— १२) १) चिसोमा न्यानो लगाऊँ यसबाट बँच्नका लागि तातो झोझिलो खाऊँ । २) ठण्डी मौसमको बेला न्यानो कपडा लगाउनुपर्छ नगरौँ स्वास्थ्यमा खेला ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व —————<•>————— १३) १) तात्ताताे खाना खाऔँ चिसाे माैसमबाट हामीले आफ्नो शरीर बचाऔँ । २) बचौँ ठन्डीकाे बेला हाेइन भने हामीलाई राेगकाे हुन्छ झमेला ! -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट —————<•>————— १४) १) बुढापाकालाई बढ्छ दम ख्याल गरौँ सबैले आयो चिसो मौसम । २) तात्तातो खानेकुरा खाऊँ न्यानो लुगा लगाउँदै स्वस्थ भएर रमाऊँ ! -अनिता भण्डारी ताप्लेजुङ —————<•>————— १५) ठन्डी मौसम आयो स्वयम् ख्याल गरौँ कुहिरो चारैतिर छायो । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १६) १) जाडो मौसम आयो जोगिएर बस्नु सबैले चिसोले ज्यान खायो । २) तातोपानी खाना खाऊँ घाम तापौँ आँगनीमा न्यानो लुगाफाटो लगाऊँ ! -दुर्गा आचार्य मोरङ —————<•>————— १७) पटुकीले कम्मर कस्नु मौसम छ ठन्डी तातो खाई बस्नु । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा —————<•>————— १८) जाडो बिस्तारै बढ्दैछ ख्याल गर्नु सबैले कपडाको मोल चढ्दैछ ! -धनमाया चौधरी, कैलाली —————<•>————— १९) १) ठन्डी यो मौसमभरि न्यानो लुगा लगाऔँ शरीरको सुरक्षा गरी ! -लक्ष्मण देउवा डोटी —————<•>————— २०) १) शीतल छ सहर चिसोले गलेको हुँदा तातोको छ रहर ! २) जाडोको फैलियो लहर काँप्दै गरीबको जीवनले घामको गर्यो रहर ! -लक्ष्मी रिजाल कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी —————<•>————— २१) बिस्तारै बढ्दैछ ठन्डी खोज्दैछ शरीरले पनि तातो न्यानो मन्डी ! -शंकर कार्की, मकवानपुर —————<•>————— २२) ठन्डी बढेछ धेरै कसो गर्ने होला फाट्यो चोली मेरै ! -सञ्जना शर्मा लुम्बिनी प्रदेश नेपाल लमही दाङ —————<•>————— २३) चिसो मौसमबाट बचौँ सबैमा सौहार्दता बाँडेर झिल्का कविता रचौँ ! -प्रेम थापा “मन”बागलुङ —————<•>————— २४) पुसको महिना फुस्स बालक बुढाबुढीलाई चिसो जाडोले बनायो झुस्स ! -चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ —————<•>————— २५) १) चिसो मौसम आयो धेरैजसो बाआमा केटाकेटीलाई साह्रै नै सतायो ! २) न्यानो कपडा लगाऊँ चिसोबाट बँच्न हेर झोलिलो तातो खाऊँ । -कला ढकाल, झापा —————<•>————— २६) १) टल्किन्छ शीतको थोपा प्रतिविम्ब ठन्डी मौसमको आहा ! न्यानो कनछोपा । २) न्यानो राख्नु जीउलाई ठन्डी मौसमले सताउला बरफिलो सिरेटो आई ! -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— २७) १) ठन्डी मौसम आयो गाउँ, सहर जताततै आफ्नो आधिपत्य जमायो । २) आफ्नो ख्याल गर्नुहोला आवालवृद्ध ती सबैजनालाई चिसोले पार्ला कोलाकोला ! -बाबुराम गौतम, गुल्मी —————<•>————— २८) १) जाडोमा चिया लिनु कुरा भन्नेहरूको पनि सोचेर तिमी भनिदिनु । २) तातो कुरो खाऊँ यो जाडोको मौसममा छिट्टै घर जाऊँ । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत —————<•>————— २९) १) आकाश खुलेको रात बिहानीपख हुँदा सधैँ धर्तीभरि हुन्छ तुषारापात ! २) जाडोले शरीर कमाउने न्यानो लुगा छैन ज्यान कसरी बचाउने ? -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । —————<•>————— ३०) १) तातो कपडा लगायो चिसो मौसममा चट्ट तात्तातो कुरा खायो । २) तातो खाना खाऊँ चिसो शुरू भयो दिनमा घुम्न जाऊँ । -प्रेम शर्मा ” एकान्त प्रेमी “ कालेबुङ —————<•>————— ३१) १) आउँदैछ ठन्डी मौसम मिलाउनु छ चाँजोपाँजो बढ्दछ खोकी, दम । २) हुनेले लुगाफाटा लगाउँला नहुनेले घाम आगो तापेर जाडो भगाउँला ! -मोती योन्जन सुब्बा दार्जिलिङ। —————<•>————— ३२) १) ठन्डी माैसम आयो परिवर्तन भयो समय शीतलहरको कहर छायो । २) न्यानो घाम ताप्नु ठन्डी मौसमको बेला शरीरको तापक्रम नाप्नु ! -कृष्ण बजगाई, भक्तपुर —————<•>————— ३३) १) चिसो हुँदैछ भयानक दीर्घ रोगीले विशेष ध्यान राखौँ एकपटक ! २) बाक्लो कपडा लगाऔँ ताजा खानेकुरा खाई सजिलै जाडो भगाऔँ । -खडक आर सि मिलन छेडागाड नगरपा२ साल्मा जाजरकोट —————<•>————— ३४) १) ठन्डी मौसमको आगमन जोगिऔँ हामी सबै स्वस्थ राखौँ तन ! २) पानी पर्याप्त पिउनु व्यायाम गर्नु दिनहुँ न्यानो लुगा सिउनु । -सुस्मिता अधिकारी ,काठमाडौँ —————<•>————— ३५) ठन्डी मौसमको जाडो फर्केर आई हेर पातलो लुगा घाँडो ! -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— ३६) जीवनले दुःख पायो सबै सतर्क बनौँ जाडोको मौसम आयो । -दीप गोले तामाङ 🏠️चन्द्रपुर -१, पौराई, रौतहट —————<•>————— ३७) १) ठन्डी बढ्न थाल्यो राखौँ स्वास्थ्यमा ख्याल रोगले कदम चाल्यो । २) मौसम अँध्यारो कालो धान काटेर खेतैभरि झ्यार् पानीको पालो । -भगवती दवाडी ,झापा —————<•>————— ३८) १) ताताे खानेकुरा खाऊँ चिसाे बढ्दै गयाे न्यानाे लुगा लगाऊँ । २) बाक्ला लुगा लगाऊँ शरीर न्यानाे राखी चिसाे सबै भगाऊँ । -सानु जाेशी सुदुर पश्चिम दार्चुला —————<•>————— ३९) हिँड्नु पर्छ खोजी ठन्डीले जीउ कठ्याङ्ग्रिदा बस्नुपर्छ घाम रोजी ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला —————<•>————— ४०) १) रुघामार्कीले नाक छोयो तुषारापात परेको मन उनलाई सम्झेर रोयो । २) डाँडापारी घाम झर्ला मायालु बिर्सियौ भने चिसोले कठ्याङ्ग्रिनु पर्ला ! -होमप्रसाद नेउपाने धरान, सुनसरी । —————<•>————— ४१) १) मौसम आयो चिसो होसियार रुघाखोकी लाग्छ फेरि हुनसक्छ लिसो । २) सर्दीमा जोगिएर जिउनु जिरा, अदुवा उमालेर चिया जस्तो पिउनु । -पृथक प्रकृति ,झापा —————<•>————— ४२) गर्मीलाई विदा गरी चिसो ल्यायो मौसमले सेताम्मे हिउँ परी ! -नन्दा धामी नौगाड, दार्चुला —————<•>————— ४३) मौसम आयो ठन्डीको पीडा सधैँ गरीबलाई अभाव खड्किन्छ मन्डीको ! -बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु —————<•>————— ४४) माैसम छ ठन्डा नेता छन् मस्त जनतालाई देखाउँदै डन्डा । -जयनारायण नेपाल बालकोट ,भक्तपुर । —————<•>————— ४५) १) चिसो बढेको बेला रुघाखोकीले सताउन सक्छ नठानौँ कसैले रेला । २) चिसोले धेरै सताउँछ शीतलहर चल्दा तराईमा सब कोहीलाई अत्याउँछ । -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— ४६) १) ठन्डी मौसमको बेला तातो घाम प्यारो गर्मीमा त्यही हेला ! २) चिसोमा हिउँ पर्छ तात्तातो कपडा किन्नु ज्यानमा गर्मी भर्छ । -राजेश्वरी राजोपाध्याय ललितपुर —————<•>————— ४७) १) न्यानो लुगा लगाऔँ चिसो लाग्न सक्छ खोकी, ज्वरो भगाऔँ । २) न्यानो लुगाको बजार जसरी पनि किन्नुपर्ने लाइनमा मान्छे हजार ! -शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं —————<•>————— ४८) १) मौसम फेरिने मौका रुघाखोकीले सताउँछ निकै हान्छ यसले चौका । २) उठ्नै नसकिने कस्तो ? ज्वरो निरन्तर आएर यसैले लैजान्छ जस्तो । -मनोहरी पौडेल गैडाकोट १ —————<•>————— ४९) १) आयाे माैसम ठन्डी सुरक्षित रहनुपर्छ सबैले ओढ्नु हजुर मन्डी । २) बेलाकाे हाेसियारी राम्राे माैसमअनुकूल पहिरनले धर्नु ज्यान सुरक्षित हाम्राे । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— ५०) चिसो मौसमको बेला न्यानो कपडा लगाउनु नगर्नु स्वास्थ्यमा खेला । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— ५१) १) ताताे चियाकाे प्याला फाइदा गर्छ त्यसले फुटाउँदै ठन्डीको ताला ! २) ऊनी लुगा लगाऊँ ठन्डी मौसम बुझेर चिसाे तह लगाऊँ । -हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ —————<•>————— ५२) घुमेर आयाे फेरि ठन्डीको माैसम हेर आकाश जमिन घेरी ! -काेपिला अधिकारी गाेरखा —————<•>————— ५३) १) गर्मीको समय गयो चिसो बल्झेर अझै जाडो जवान भयो । २) बाँचौँ बचाउँ नेपालीपन प्रकृतिको नियम गतिलो सबै हामी सज्जन । -घनश्याम पन्त, हरिवन सर्लाही —————<•>————— ५४) १) चिसो माैसम आयो चाहियो तातो लुगा कपडाले भाउ पायो । २) धनाढ्य अकुत पैसावाला जस्तो होइन गरीब लाउन नपाउँदै जाला ! -रामप्रसाद पुरी, बादेल, खाेटाङ। —————<•>————— ५५) १) कतै छ हिउँ कतै पर्छ शीतलहर न्यानो कपडा दिउँ । २) छ चिसाे लहर देशैभरि अहिले पनि सबैलाई छ कहर । -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————— ५६) १) जाडोको जवानी चढ्यो गाउँघरदेखि सहरसम्म नै धुमधामले अघि बढ्यो । २) मनतातो पानी खाऔँ बाक्लो लुगा लगाएर मात्र बाहिर जाऔँ । -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन —————<•>————— ५७) ठन्डी मौसम आयो दिन भए घमाइला रात्रिमा चिसो छायो । -पुष्पा सुवेदी नेपालगन्ज,बॅाके —————<•>————— ५८) १) लाग्यो मौसम ठन्डीको बजारमा न्यानो लुगाहरू बिक्न थाले मन्डीको । २) भन्छन् जाँडो माघमा गरीबलाई ठन्डीले सताउँछ छैन लुगा ताकमा । -दिल ठकुरी, दार्जिलिङ —————<•>————— ५९) १) जाडोमा चिसो पिउनु गर्मीमा तातो चाहिन्छ स्वस्थ भएर जिउनु । २) चिसोबाट तात्ने हुन्छ सेलाएर जान्छ तातो अनि जाडोले छुन्छ । -गुणनिधि घिमिरे, अमेरिका —————<•>————— ६०) १) मौसम जाडोको आयो थेग्न नसक्ने शरीर पीडाले झन् छ्ट्पटायो । २) नसक्ने जाडो थाम्न आएछ समय अचेल शरीर थाल्यो काम्न ! -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— ६१) १) ठन्डी मौसम आयो शरीरले न्यानोपन खोज्न तातो कपडा पायो । २) चारैतिर शीतको लहर सबेरै उठ्न सकिँदैन पर्खिनु घामको प्रहर ! -विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ —————<•>————— ६२) ठन्डी गोजीमा हात पकाउ आमा तातो खाइहाल्छु म भात ! -बिबा तामाङ दार्जिलिङ —————<•>————— ६३) तात्तातो जहाँ पाइन्छ ठन्डी मौसमको बेला पौष्टिक आहार खाइन्छ । -मोती सुब्बा —————<•>————— ६४) गुणकाे मूल तुलसी अक्सिजनकाे राम्राे स्राेत प्रयोग गरौँ रोपी ! -हरिगाेपाल न्हुच्छेँपणरधान काभ्रे, साँगाबजार बनेपा १४ । —————<•>————— ६५) न्यानो लुगा लगाऊँ लौ यसपालिको जाडो सबै मिली भगाऊँ ! -दीप गोले तामाङ, रौतहट —————<•>————— ६६) न्यानो भएर बस्नुपर्छ बड्दैछ ठन्डी मौसम हातखुट्टामा तेल घस्नुपर्छ । -सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया —————<•>————— ६७) स्विटर लगाएर जिउनु चिसो माैसम आएपछि तातोपानी सधैँ पिउनु । -श्रीकृष्ण धामी, बझाङ —————<•>—————