झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न

  • ३० फाल्गुन २०८१, शुक्रबार ००:०९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ११० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १)
    १.
    सद्भावको रङ्गहरू घोली
    मिलीजुली मनाऔँ सबैले
    सांस्कृतिक पर्व होली !
    २.
    जोगाउन मौलिक संस्कृति
    मर्यादामा रही मनाऔँ
    फैलाउँदै मुलुकभर जागृति !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    —————<•>————–
    २)
    रङहरूको रङ्गीन पर्व
    नलिई द्वेषभाव मनमा
    गरौँ संस्कारमाथि गर्व !
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    —————<•>————–
    ३)
    होली आयो होली
    मौलिक संस्कृति जोगाउन
    मिलेर खेलौँ भोलि !
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ।
    —————<•>————–
    ४)
    होलीको गर्व लाग्छ
    मिलेर रमाइलो गरौँ
    आफ्नो संस्कृति जाग्छ ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी
    —————<•>————–
    ५)
    खेलौँ मन खोली
    आयो रङ्गहरूको पर्व
    उमङ्ग बोकी होली !
    ✍️
    संगीता खरेल
    काठमाडौँ
    —————<•>————–
    ६)
    १.
    होली पर्व आयो
    रङ्गहरू खेल्ने हुनाले
    खुसीयाली मनमा छायो ।
    २.
    मनाऔँ सद्भाव, उमङ्गले
    संस्कार, संस्कृति जोगाउन
    थाल्नुपर्छ सबै जनले !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>————–
    ७)
    होलीको उमङ्ग आउँदैछ
    रंगहरूको रङ्गीन वर्षातसँगै
    गाउँघरमा खुसी छाउँदैछ ।
    ✍️
    किराती हाङ तिम्रो
    —————<•>————–
    ८)
    १.
    हाेली राष्ट्रिय पर्व
    समान रूपमा हामीले
    मनबाटै गर्नुपर्छ गर्व !
    २.
    फागुनमा हाेली आयाे
    सम्पूर्ण दाजुभाइकाे मनमा
    हर्ष, उमङ्ग छायाे ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    —————<•>————–
    ९)
    १.
    होली आयो होली
    यसपालि पनि लौ
    छ्यापौँ रङ्गहरू घोली !
    २.
    एकसाथ ल्याउने चाड
    भलो चाहन सबैको
    भन्दैन तराइ पहाड ।
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    —————<•>————–
    १०)
    १.
    आयो होली आयो
    मौलिक संस्कृति जोगाऔँ
    रङ्गले संसार छायो ।
    २.
    आऊ कान्छी होलीमा
    जोगाउनु छ संस्कार
    लाइन बसौँ टोलीमा !
    ✍️
    एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    —————<•>————–
    ११)
    १.
    रङ्गीन पर्व होली
    सबै नेपालीले खेलौँ
    मन पूरा खोली !
    २.
    नेपालीहरूको राष्ट्रिय पर्व
    उनेर एउटै मालामा
    मनाऔँ लिएर गर्व !
    ✍️
    बिपी लामिछाने
    दमक – झापा
    —————<•>————–
    १२)
    १.
    आयो एकासीको होली
    हिमाल पहाड तराईमा
    खेलौँ हृदय खोली !
    २.
    रङ्ग जोरजबर्जस्ती नदलौँ
    लुगा च्यात्दै आवेगमा
    मदिरा खाएर नढलौँ ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्ड़ौ
    —————<•>————–
    १३)
    नेपालीको पर्व होली
    खुसीको साथ खेलौँ
    सातै रङ्गहरू घोली !
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर
    —————<•>————–
    १४)
    १.
    लिनुपर्छ हामीले गर्व
    विविध चाडपर्व मध्येको
    आयो होली पर्व !
    २.
    होली खुसीमा खेल्नुपर्ने
    इच्छा विपरित भएमा
    हुनसक्छ लफडा झेल्नुपर्ने !
    ✍️
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    —————<•>————–
    १५)
    १.
    रङ्गहरूको पर्व होली
    हाँसखेल गरी मनाऔँ
    केही होला भोलि !
    २.
    सबैसँग मिलेर मनाउँ
    मनका कटुता बिर्सेर
    होलीमा मजाले रमाउँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>————–
    १६)
    इतिहास ब्युँझाउने हाेली
    विसङ्गतिलाई बढावा दिँदै
    नखेलाैँ अनेकथरी घाेली !
    ✍️
    खुनराज काेइराला
    सिद्धलेक-३ धादिङ
    —————<•>————–
    १७)
    १.
    होलिकाको दहन भएर
    सुरुआत भयो होलीको
    मनाऔँ सबै मिलेर !
    २.
    रङको उचित प्रयोग
    मनाउनुपर्छ हामी सबैले
    जुर्छ वर्षमा सन्जोग !
    ✍️
    रिता खराल
    रूपन्देही
    —————<•>————–
    १८)
    एक पर्व होली
    उमेर समूहको मनोरञ्जन
    रमाऔँ दिल खोली !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    —————<•>————–
    १९)
    १.
    आयो पर्व होली
    प्रेम भातृत्व स्नेहको
    मिठो सन्देश बोली !
    २.
    गर्दै मनाऔँ गर्व
    विविध रङ्गहरू बोकी
    आयो होली पर्व !
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    —————<•>————–
    २०)
    १.
    रमाएर मनाऔँ होली
    पालैपालो एउटै पर्व
    आज कसैले भोलि !
    २.
    रङ्गको पर्व मनाऔँ
    एकताको दियो बाल्दै
    सभ्य भव्य बनाऔँ ।
    ✍️
    कला ढकाल
    झापा
    —————<•>————–
    २१)
    १.
    चढेर वसन्तको डोली
    खुसीयाली बोकेर आयो
    रङ्गहरूको पर्व होली !
    २.
    खेलौँ साथी होली
    दु:ख सारा भुल्दै
    रङ्ग पानीमा घोली !
    ✍️
    बिके मुखिया
    दार्जिलिङ,भारत
    —————<•>————–
    २२)
    मिलेर होली खेलौँ
    कायम गर्दै भाइचारा
    जबर्जस्ती रङ नठेलौँ ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>————–
    २३)
    १.
    होली पर्व मनाऔँ
    इन्द्रेणी रङ्ग होलीमा
    मौलिकता सद्भाव जगाऔँ ।
    २.
    वैमनश्यताको भावना भुलेर
    दिऔँ सन्देश भाइचाराको
    होलीको रङ्गमा खुलेर !
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ
    —————<•>————–
    २४)
    १.
    रङको तिहार होली
    मनाऔँ हर्ष उमङ्गले
    आत्मियताको रस घोली !
    २.
    सद्भाव सबैमा बढोस्
    होलीको रङसँगै हेर
    मायाको रङ चढोस् !
    ✍️
    अन्मोल राई
    —————<•>————–
    २५)
    १.
    खेल्छौँ होली पर्व
    भाइचारा सद्भावना बोकी
    गर्छौंँ सदैव गर्व !
    २.
    हरेक वर्ष आउँछ
    रङ्गको पर्व होली
    हृदयमा उमङ्ग छाउँछ ।

    राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    —————<•>————–
    २६)
    १.
    नेपालीको पर्व हाेली
    मेचीदेखि महाकालीसम्म खेलौँ
    आपसमा मन खाेली !
    २.
    मनाऔँ होली पर्व
    सद्भाव भाइचारा बाेकी
    आपसमा गरौँ गर्व !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
    —————<•>————–
    २७)
    १.
    रङको पर्व होली
    मनाऔँ सद्भाव बाँडेर
    आत्मीयता साटौँ खोली !
    २.
    रङ्गीन जीवनको भावना
    आपसमा भातृत्व साटौँ
    होलीको अपार शुभकामना !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>————–
    २८)
    संस्कार संस्कृति मनाउने
    वर्ष दिनको पर्वमा
    सदाचार भई जनाउने !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>————–
    २९)
    १.
    खेलौँ सबैले होली
    संस्कार संस्कृति मनाऔँ
    सबैले हृदय खोली !
    २/
    सबैले मिलेर खेलौँ
    होली पर्व मनाउँदा
    कसैलाई नि नपेलौँ !
    ✍️
    वेदु न्यौपाने
    —————<•>————–
    ३०)
    उर्जाशील दिन भोलिको
    उमङ्गको राज्य होओस्
    सबैमा शुभकामना होलीको !
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    —————<•>————–
    ३१)
    बस्तीमा मनाइन्छ होली
    रमाई उमङ्गले चौपट्टै
    छचल्किन्छ रङ्गीन खोली !
    ✍️
    हितमान छन्त्याल (सहोदर )
    पोखरा,कास्की ।
    —————<•>————–
    ३२)
    आयो हजुर होली
    रातो निलो पहेलो
    रङ्गियो तिम्रो चोली !
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    —————<•>————–
    ३३)
    १.
    रङ्गको पर्व हाेली
    आपसमा सद्भाव बाड्दै
    खेलाैँ मन खाेली !
    २.
    हाेलीकाे उमङ्ग छायाे
    मित्रवत् हात बढाउँदा
    मनले शान्ति पायाे ।
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>————–
    ३४)
    होली आयो हेर
    खराब नहौँ हामी
    जबर्जस्ती रङ छ्यापेर !
    ✍️
    जनक बिसी
    दक्षिण भारत कोचिन
    —————<•>————–
    ३५)
    १.
    संस्कार संस्कृति जोगाऔँ
    एकापसमा सद्भाव राखेर
    होली पर्व मनाऔँ ।
    २.
    जबर्जस्ती हुँदैन लगाउन
    आत्मसम्मानमा चोट पुर्‍याई
    विकृति विसङ्गति फैलाउन !
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ्ग
    —————<•>————–
    ३६)
    १.
    रक्ताम्य भयाे खाेली
    परिवर्तित समाजका लागि
    खुसीयालीमा मनाऔँ हाेली !
    २.
    मिठासपूर्ण मित्रताकाे बाेली  
    खुसियालीकाे संज्ञा दिने
    मिश्रित रङ्गहरूकाे हाेली !
    ✍️
    काेपिला समिक्षा
    खार्पा खाेटाङ
    —————<•>————–
    ३७)
    रङ्गको पर्व आयो
    होली हाम्रै आँगनमा
    सबैमा हर्ष छायो !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>————–
    ३८)
    १.
    आयाे रङ्गहरूकाे पर्व
    संस्कार र संस्कृतिको
    गराैँ सबैले गर्व !
    २.
    नआओस् विकृति हाेलीमा
    रमाइलो गराैँ सबैले
    संस्कार नफालाैँ खाेलीमा !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>————–
    ३९)
    १.
    आयो फागुनमा होली
    मन खोलेर मनाऔँ
    माया विश्वास घोली !
    २.
    हटोस् मनको मैलो
    रङ्गहरूमा रमाउ सबै
    खाेली भाइचाराकाे दैलाे !
    ✍️
    सुशील शिखा
    काठमाडौँ
    —————<•>————–
    ४०)
    १.
    रङ्गमा ढङ्ग घाेली
    आपसमा सबै मिलेर
    रमेर खेलाैँ हाेली !
    २.
    पर्वमा षट्कर्म छाउँ
    मर्मले सर्म चाेख्याइ
    हाेलीकाे महिमा उजिल्याउँ ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    —————<•>————–
    ४१)
    शुभकामना सबैलाई होलीको
    आफ्नो समाजमा सबैले
    प्रभाव छाडौँ बोलीको !
    ✍️
    सञ्जना शर्मा
    लमही दाङ
    —————<•>————–
    ४२)
    होली पर्व आयो
    गाउँ सहर जताततै
    सबैको मन रमायो ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    —————<•>————–
    ४३)
    असत्य नहोस् बोलीको
    शुद्ध बनाउँ मनलाई
    शुभकामना आगामी होलीको !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी दार्जिलिङ
    —————<•>————–
    ४४)
    १.
    होलीको रसरङ्ग घोली
    जीवन सफल बनाऔँ
    सुन्दर शान्त भोलि !
    २.
    नहोस् वैमनश्य कतै
    मन बनोस् पवित्र
    फैलोस सद्भाव जताततै !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>————–
    ४५)
    १.
    जीवन रङ्गीन बनोस्
    होलीको रङ्गहरू जस्तै
    सबैले आहा भनोस् !
    २.
    खोलेर मनको झोली
    संस्कार संस्कृति अनुसार
    मनाऔँ सबैले होली !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, भारत
    —————<•>————–
    ४६)
    रङ्गको पर्व आयो
    तराई पहाड हिमाल
    रमाउने बहाना ल्यायो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>————–
    ४७)
    रमाएर सद्धभावपूर्ण ढङ्गले
    खेल्छौँ हामी होली
    विभिन्न थरिका रङ्गले !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>————–
    ४८)
    १.
    आयाे हाेली पर्व
    खेलाैँ सबै मिली
    उमङ्ग र गर्व !
    २.
    संस्कार संस्कृति हाम्रो
    साथीभाइ मिलेर हाेली
    खेलेकाे कति राम्रो !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>————–
    ४९)
    होली पर्व हाम्रो
    रङ्गबिरङ्गको मेला रङ्गिन
    मिलेर खेलेको राम्रो !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>————–
    ५०)
    १.
    हाेली पर्वकाे मूल्य
    यसमा सबै समुदायकाे
    हुनुपर्छ समान घुल्य !
    २.
    रङ्गीन सुन्दर रीति
    एकताबद्ध गराउँछ हाेलीले
    सबैले माने नीति !
    ✍️
    राजेन्द्र भुसाल (डिल्ली)
    अर्घाखाँची
    —————<•>————–
    ५१)
    १.
    आयो फेरि होली
    खेलौँ हामी मिलेर
    सातै रङ्ग घोली !
    २.
    हामी सबैको पर्व
    होली रमाउँदै खेलौँ
    मानेर भोलि गर्व !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    —————<•>————–
    ५२)
    १.
    आयो घुमेर होली
    परम्परा संस्कृतिलाई समाल्दै
    नहान्नू लुकेर लोली !
    २.
    वर्षदिनको होली पर्व
    मनाउँदा हुन्छ सबैमा
    खुसी अनि गर्व !
    ✍️
    दुर्गा भट्टराई
    माेरङ
    —————<•>————–
    ५३)
    नेपालीको महान् पर्व
    मनाऔँ हामी राजीखुसी
    गरौँ संस्कृतिमा गर्व !
    ✍️
    खडक आर सी मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>————–
    ५४)
    हदभन्दा पनि माथि
    गएर होली पर्व
    नमनाऔँ है साथी !
    ✍️
    सरिता सेढाई
    धादिङ
    —————<•>————–
    ५५)
    होली नखेल  बेकारको
    सरकारले खेल्छ होली
    बन्दुक गोली तरबारको !
    ✍️
    देवी पन्थी
    —————<•>————–
    ५६)
    घरआँगनमा छायो उमङ्ग
    मज्जाले खेलौँ होली
    बनोस् दुनियाँ दङ्ग !
    ✍️
    सुरेश विश्वकर्मा
    डोटी
    —————<•>————–
    ५७)
    हाेली रमाइलाे चाड
    सचेत भई मनाऔँ
    नगरौँ कदापि खेलवाड !
    ✍️
    भाेलामान बर्देवा(बैरागिमाईलाे)
    धरान ८ सुनसरि
    —————<•>————–
    ५८)
    खेलौँ रङको होली
    चाडपर्व मनाऔँ हामीले
    पूरा हृदय खोली !
    ✍️
    यशोदा रेग्मी
    —————<•>————–
    ५९)
    १.
    विविध रङहरू छरी
    मनाऔँ होली पर्व
    सद्भाव नखल्बलिने गरी !
    २.
    मिलाउँदा फागुमा लोली
    मर्यादाको ख्याल गर्दै
    खेलौँ आपसमा होली !
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    —————<•>————–
    ६०)
    इच्छा, चाहना खोली
    रङ्गहरूको पर्व मनाऔँ
    खेलेर साथी होली !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>————–
    ६१)
    १.
    वसन्तको चाड आयो
    रङ्गीन पर्व होली
    सबैमा खुसीयाली छायो ।
    २.
    गरेर सद्भाव पेश
    खुसीले मनाऔँ होली
    जाओस् एकताको सन्देश !
    ✍️
    देव स्याङ्देन
    कालेबुङ
    —————<•>————–
    ६२)
    भनिन्छ भक्त भगवान्
    नरसिँह अवतारको कृपा
    प्रह्लाद बने महान् !
    ✍️
    संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    —————<•>————–
    ६३)
    १.
    भक्त प्रल्लादको भक्ति
    दनदनी जलिन् होलिका
    हिरण्यकश्यपुको अद्भुत शक्ति !
    २.
    खेलौँ मिलेर होली
    ईर्ष्या, द्वेष भुलेर
    अनमनको गाँठो खोली !
    ✍️
    ज्योतिका छेत्री
    —————<•>————–
    ६४)
    १.
    होलीका रङ्गीचङ्गी रङ्गहरू
    सबैमा खुसी छाओस्
    सदा सप्रिउन् ढङ्गहरू !
    २.
    मित्रताको गाँठो कसिलो
    रङले रङ्गिएको होली
    भावना खुलोस् रसिलो !
    ✍️
    हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला,सल्यान
    —————<•>————–
    ६५)
    १.
    होली रङ्गको पर्व
    दिल खोलेर खेलौँ
    सबैले मानेर गर्व !
    २.
    हिमाल, पहाड, तराई
    खेलौँ दाजुभाइ सबै
    कोही छैनन् पराइ !
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    —————<•>————–
    ६६)
    १.
    आयाे पर्व हाेली
    रङ्गीबिरङ्गी बनाउँदै सहर
    बगाई रङ्गको खोली !
    २)
    हिमाल, पहाड, तराई
    मनाइन्छ रङ्गको पर्व
    नठानी कसैलाई पराइ !
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>————–
    ६७)
    कति मिठो बोली
    रङ्गैरङ्गको सप्तरङ्गी फागु
    पर्व हो होली !
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    —————<•>————–
    ६८)
    स्वच्छ रहाेस् भावना
    जोगाऔँ मौलिक सँस्कृति
    हाेली पर्वकाे शुभकामना !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>————–
    ६९)
    १.
    रङ्ग लगाउने चाहना
    रङ्गीन बनोस् जीवन
    यही छ शुभकामना !
    २.
    रङ्गहरूको पर्व होली
    खेलौँ सद्भावले सबै
    असल भाव खोली !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    —————<•>————–
    ७०)
    १.
    नारी दहनको जनश्रूति
    होलीको रूपमा मनाउनु
    नराम्रो लाग्छ अनुभूति !
    २.
    विकृत नहोस् चाडपर्व
    असभ्य नबनाऔँ होली
    शिष्टतामा गर्नुपर्छ गर्व !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>————–
    ७१)
    १.
    रङ्गको पर्व होली
    संस्कृति जोगाऔँ सबैले
    मनाऔँ दिल खोली !
    २.
    रङ्ग खेल्ने चाहना
    बनोस् पर्व रङ्गिन
    होली पर्वको शुभकामना !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    —————<•>————–
    ७२)
    रङहरूको आयो पर्व
    संस्कृतिलाई थाती राख्दा
    मिल्छ हामीलाई गर्व !
    ✍️
    विष्णु पंगेनी (पाण्डे)
    वालिङ् -स्याङ्जा
    —————<•>————–
    ७३)
    १.
    रमाएर खेलौँ होली
    संस्कृतिको संरक्षण गरेर
    साथीसँग मीठो बोली !
    २.
    पानीसँग रङ्ग घोलेर
    मनाउँछन् पर्व होली
    खेल्छन् दिल खोलेर !
    ✍️
    चन्द्रिका रिमाल न्यौपाने
    काठमाडौँं
    —————<•>————–
    ७४)
    खुसी अनि उमङ्ग
    एकदिन होली पर्वमा
    हुनेगर्छ मन दङ्ग !
    ✍️
    कविता गुरुङ
    रोल्पा
    —————<•>————–
    ७५)
    १.
    असत्यमाथि सत्यको जित
    हर्षोल्लासको पर्व हाेली
    वर्षेनि मनाउने रित !
    २.
    फालाैँ मनकाे कालो
    बालाैँ ज्ञानको ज्याेति
    हट्छ भ्रमको जालो !
    ✍️
    जगदिश अधिकारी
    तारकेश्वर, काठमाण्डाै
    —————<•>————–
    ७६)
    मिलेर खेलौँ होली
    रङमा रङ मिलाएर
    मनमा मन घोली !
    ✍️
    टिकाराम पुन टिपु
    —————<•>————–
    ७७)
    १.
    रङ्गको पर्व आयो
    मनाऔँ सबै मिलेर
    मनमा उमङ्ग छायो ।
    २.
    आफ्नो संस्कृति जोगाऔँ
    मनाऔँ हैसियत अनुसार
    भड्किलाे देखासीकी हटाऔँ ।
    ✍️
    राधा चाम्लिङ
    खोटाङ
    —————<•>————–
    ७८)
    १.
    वसन्तमा पन्छीको बोली
    सुन्दर हरियाली जङ्गल
    आगमन भइरहेछ होली !
    २.
    रङ्गहरूको  पर्व  होली
    छ हर्षोल्लास जताततै
    रङ्गीबिरङ्गी रङ्गहरू घोली !
    ✍️
    शान्ति भुजेल
    —————<•>————–
    ७९)
    १.
    होली मनाऔँ मिलेर
    रङ्गोलीको साथमा हामी
    खुसीसाथ सबै खिलेर !
    २.
    होली पर्व आयो
    चारैतिर रङ्ग छर्दै
    भाँङ धतुरो खायो !
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    —————<•>————–
    ८०)
    १.
    विभिन्न रङ्ग लगाई
    आऊ खेलौँ होली
    मौलिक संस्कृति झल्काई !
    २.
    रङ्गीन होली पर्व
    स्वागत गरी सप्तरङ्गले
    संस्कृतिमा गरौँ गर्व !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    —————<•>————–
    ८१)
    आँगनमा आयो हाेली
    रमाऔँ सबै मिलेर
    खुसी भएर भाेलि !
    ✍️
    सानु जाेशी
    सुदुरपश्चिम दार्चुला
    —————<•>————–
    ८२)

    विभिन्न रङको पर्व
    नाँच्दै गाउँदै आँगनमा
    गर्दछन् होलीकै गर्व !
    २.
    हिमाल पहाड तराई
    होलीकै रमझम हेर
    औधी मनपर्छ मलाई !
    ✍️
    देव मगर
    तिनाउ~१,कचल,पाल्पा
    —————<•>————–
    ८३)
    आयाे फागुनकाे हाेली
    वृन्दावनमा श्याम रमाए
    गाेपीसँग दिल खाेली !
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>————–
    ८४)
    दलेर रङ्ग होलीमा
    फागुन पूर्णिमा मनाउन
    रमाइलो हुन्छ टोलीमा !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाकाई ४ झापा
    —————<•>————–
    ८५)
    फागुन मास आयो
    आपसी सद्भाव बढाउन
    होलीको रङ छायो ।
    ✍️
    सन्तु खत्री
    —————<•>————–
    ८६)
    पावन हाेलीकाे पर्व
    दलेर सप्तरङ्गी रङ्गहरू
    मनाऔँ गरेर गर्व !
    ✍️
    शालिकराम दाहाल
    —————<•>————–
    ८७)
    १.
    खेलौँ होली रमाई
    रङको वर्षा गरेर
    हातमा हात समाई !
    २.
    रङ्गीन यो पर्वले
    दिलाओस् आँट सबैमा
    जीउन सकुन् गर्वले !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>————–
    ८८)
    १.
    ईश्वर हुन्छन् काममा
    नफैलाऔँ विकृति कसैले
    यी चाडपर्वको नाममा !
    २.
    रङ्गको पर्व रमाइलो
    खेलेर होली सबैले
    बनाऔँ पर्व घमाइलो !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    —————<•>————–
    ८९)
    १.
    रङ्गहरूकाे पर्व हाेली
    मिलीजुली खेल्नुपर्छ मित्र
    आज हाेइन भाेलि !
    २.
    इच्छा चाहाना भावना
    सम्पूर्णमा छ मनैदेखि
    हाेली पर्वकाे शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी
    बझाङ
    —————<•>————–
    ९०)
    मान्नै पर्दछ होली
    नभए पनि बिउ
    विदेशमा थापौँला झोली !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर जिल्ला:- पर्वत
    —————<•>————–
    ९१)
    रङ्गहरूको पर्व होली
    सबै मिलेर मनाऔँ
    प्रेमको रङ्ग घोली !
    ✍️
    समुन्द्रा शर्मा
    —————<•>————–
    ९२)
    १.
    खुसीयाली बोकी मनभरि
    आयो होली पर्व
    रमाउँदै सबैको वरिपरि !
    २.
    रङ्गको पर्व होली
    मिलेर गरौँ रमाइलो
    बनाई सुन्दर टोली !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ सङ्खुवासभा
    —————<•>————–
    ९३)
    १.
    रङ्गहरूको पर्व होली
    बाँडौँ खुसी आपसमा
    भित्रि मन खोली !
    २.
    रङ्गको यो पर्व
    मनाउन पाउँदा कसलाई
    नहोला र गर्व !
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>————–
    ९४)
    १.
    रङ्गहरूको पर्व होली
    संस्कृति झल्काउन आयो
    मिलेर मनाऔँ भोलि !
    २.
    फागु पूर्णिमा राम्रो
    रङ्गीविरङ्गी रङहरूमा झुम्दै
    संस्कृति जोगाऔँ हाम्रो !
    ✍️
    विकास क्षेत्री अञ्जान
    कैजले,बिजनबारी, दार्जिलिङ
    —————<•>————–
    ९५)
    रङ्ग खेलेर होली
    साँस्कृतिक पर्व भन्छन्
    विकृत देखिन्छन् टोली !
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>————–
    ९६)
    १.
    होलीको रङ्ग प्यारो
    सबै मिलेर मनाऊँ
    खेलौँ नगरौँ उधारो !
    २.
    ग्रन्थ होलीका धार्मिक
    अखण्ड देशको लागि
    नगरौँ कसैको सिक !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>————–
    ९७)
    १.
    पीडा छ मनभरि
    फेरि होली आयो
    मनाउँ के गरी ?
    २.
    होली रङ्गैरङ्गको पर्व
    हासौँ अनि रमाऔँ
    सबैले मानेर गर्व !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>————–
    ९८)
    मनाऔँ आज होली
    खुसीको रङ्ग साटेर
    सबैले दिल खोली !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ
    —————<•>————–
    ९९)
    रङ्गमा उमङ्ग घोलेर
    खेलौँ आज होली
    सबैले मन खोलेर !
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा
    —————<•>————–
    १००)
    सद्भावपूर्ण खेलाैँ हाेली
    अबिर लगाई एकापसमा
    बनाउँदै मीठाे बाेली !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर झापा
    —————<•>————–
    १०१)
    रङ्गहरूको  पर्व  होली
    समझदारी गरी खेल्ने
    छलछामले नरङ्गियोस् चोली !
    ✍️
    भगवती दवाडी
    झापा
    —————<•>————–
    १०२)
    १.
    रङ्गको पर्व होली
    खेलौँ मिलेर सबै
    मनको खुसी खोली !
    २.
    होली पर्व आयो
    हिन्दुहरूको एउटा संस्कृति
    मिलेर खुसी छायो ।
    ✍️
    नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    —————<•>————–
    १०३)
    सद्भाव रहोस् सधैँभरि
    शान्ति समृद्धि छाओस्
    होलीमा रमाऔँ बेसरी !
    ✍️
    पुष्पा राई
    खाेटाङ
    —————<•>————–
    १०४)
    खेलौँ होली मस्केर
    आपसी सद्भाव नबिर्सी
    नहिडुन् कोही झस्केर !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके
    —————<•>————–
    १०५)
    हाेली पर्व सनातन
    सम्मान गरेर खेलौँ
    नदुखाई कसैको मन !
    ✍️
    हरिभक्त सिग्देल महेश
    —————<•>————–
    १०६)
    रङ्गहरूकाे  पर्व हाेली
    सद्भाव प्रेम मेलमिलाप
    बढाओैँ हृदयलाई खाेली !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    —————<•>————–
    १०७)
    खुसी उमङ्गको होली
    नाच्दै गाउँदै झुम्दै
    मिठासपूर्ण होस् बोली !
    ✍️
    कबिताहरी
    सुन्दरहरैंचा १ मोरङ
    —————<•>————–
    १०८)
    रङ्गको संसार होली
    जथाभावी नखेलौँ है
    जीवन नरहला भोलि !
    ✍️
    एवाइ प्रभात
    —————<•>————–
    १०९)
    १.
    रङ्गीचङ्गी पर्व होलीमा
    आपसमा मित्रता अनन्य
    सद्भावना रहोस् बोलीमा !
    २.
    एकतामा अनेकताको सौरव
    आँगनहरू रङ्गीन सबैको
    सम्पूर्णमा रहिरहोस गौरव !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>————–
    ११०)
    रङ्गीन चाड होली
    खुसी भई मनाऔँ
    मिलेर सप्तरङ्ग घोली !
    ✍️
    जयनारायण नेपाल
    बालकोट, भक्तपुर
    —————<•>————–