नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार नर पल्लवलाई ‘नमस्ते झिल्का पुरस्कार- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चद्वारा प्रकाशित लघुकथा कृतिहरूमध्ये सर्वोत्कृष्ट बन्न सफल कृतिका कृतिकारलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार सर्वोकृष्ट बन्न सफल लघुकथा कृति ‘विरूपाक्ष’ का लागि कृतिकार नर पल्लवलाई पुरस्कृत गरिएको मञ्चले आफ्नो आधिकारिक फेसबुकमार्फत जनाएको छ ।
वि.सं. २०८१ सालमा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा आयोजना गरिने लघुकथा साहित्यिक महोत्सवमा प्रदान गर्ने गरिन्छ। संस्थाद्वारा आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा नगद रू. २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार राशी सहित प्रमाणपत्र (ताम्र- पत्रमा) प्रदान गरिने मञ्चले जनाएको छ।
नगरपालिकामा आयोजना गरिने दुईदिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव- २०८३’मा नगद पुरस्कार रू. २२,२२२/- (बाइस हजार दुई सय बाइस) सहित ताम्र- पत्रमा पुरस्कार प्रमाण-पत्र समर्पण गरिनेछ । आफ्नो पहिलो लघुकथाकृति ‘विरूपाक्ष’ ले लघुकथाकै सर्वोत्कृष्ट पुरस्कार पाउन सफल भएकोमा वरिष्ठ साहित्यकार नर पल्लवज्यूलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौँ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको ‘लघुकथालय पुरस्कार- २०८३ बाट च्यातिएको जुत्ता लघुकथा कृतिलाई पुरस्कृत गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर आधिकारिक फेसबुक मार्फत भारत, तुमिन, पूर्वसिक्किम, गान्तोकका लघुकथाकार एवम् साहित्यकार हेमराज अधिकारीद्वारा लिखित उक्त लघुकथा कृतिलाई पुरस्कार समर्पण गर्ने घोषणा गरेको हो।
वि.सं. २०८० सालमा स्थापना गरेको उक्त पुरस्कार प्रदान गर्नका लागि संस्थाले वि.सं. २०८२ मा प्रकाशित लघुकथा कृतिहरू बजार तथा कृतिकार स्वयमबाट सङ्कलन गरी निर्णायक समिति मार्फत मूल्याङ्कन गर्न लगाएको थियो र निर्णायक समितिको निर्णयानुसार नै उक्त कृति उत्कृष्ट भई पुरस्कृत हुन सफल भएको मञ्चले जनाएको छ ।
रुपैयाँ ११ हजार १ सय ११ नगद राशीको उक्त पुरस्कार एवम् प्रमाणपत्र (ताम्र पत्रमा) सहित आगामी कार्तिक महिनामा संस्थाद्वारा चितवनमा आयोजना हुने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा प्रदान गरिने पनि मञ्चले उल्लेख गरेको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८३’ सक्रिय स्रष्टा नारायण नाथ योगी(मनोज खनाल)लाई समर्पण गर्ने भएको छ। संस्थाले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर आधिकारिक फेसबुक पेजमार्फत उक्त घोषणा गरेको हो।
संस्थाले वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै विशुद्ध र कालजयी रचनाहरू प्रेषित गर्ने एक स्रष्टालाई उक्त सम्मान समर्पण गर्दै आएको छ ।
रुपैयाँ ७ हजार नगद पुरस्कार राशीको उक्त पुरस्कार सम्मान संस्थाले आगामी कार्तिक महिनामा चितवनमा आयोजना गर्ने दोस्रो लघुकथा महोत्सवमा समर्पण गरिने बताइएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको हेमलता स्मृति लघुकथा सम्मान भारत असममा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रहेर लघुकथा सृजनामा लाग्नुभएका लघुकथाकार रेवतीरमण सापकोटालाई प्रदान गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सव कार्यक्रमको अवसर आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी गराएको हो।
कीर्तिशेष लघुकथाका सक्रिय स्रष्टा हेमलता उप्रेतीको स्मृतिमा मञ्चले यस सम्मानको स्थापना गरेको थियोे। लघुकथाका कुनै पनि कृति ननिकालिसकेका तर लघुकथा लेखनमा निरन्तर लागिपरेका ६० वर्ष उमेर नकटेका सक्रिय एक पुरुष र एक नारी गरी दुई लघुकथा स्रष्टाहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष प्रदान गरिँदै आएको यस सम्मानलाई मञ्चले अबदेखि हरेक २/२ वर्षमा आयोजना गरिने लघुकथा साहित्यिक महोत्सवमा दिने निर्णय गरिएकाे जनाएको छ । साथै उक्त सम्मान एकपटक नेपाली नव स्रष्टालाई र अर्कोपटक नेपालीभाषी विदेशी नवस्रष्टालाई दिइने पनि निर्णय गरिएको जनाइएको छ ।
साथै यस वर्षदेखि नवस्रष्टाले ‘हेमलता स्मृति लघुकथा सम्मान’ पाउने वर्षमै पहिलो लघुकथाकृति प्रकाशन गरेको भए पनि त्यस्ता सष्टालाई पनि यस्तो सम्मान दिन सकिने संस्थाले उल्लेख गरेको छ । आगामी कार्तिक महिनामा संस्थाद्वारा चितवनमा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ र ताम्र पत्र सहित उक्त सम्मान तथा पुरस्कार समर्पण गरिने संस्थाले जनाएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा समालोचक डा. हरिप्रसाद सिलवाललाई ‘लघुकथाश्री समालोचक सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी गराएको हो। नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा समालोचना तथा लेखनका क्षेत्रमा विशिष्ट याेगदान पुर्याउनुभएवापत उहाँलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो। उहाँले संस्थामा समर्पित रहेर वर्षभरि लघुकथा समालोचनामा योगदान पुर्याउनुभएको संस्थाले जनाएको छ । आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’मा नगद रू. ११,१११/- (एघार हजार एक सय एघार) र ताम्र पत्र सहित उक्त सम्मान समर्पण गरिने मञ्चले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर वरिष्ठ साहित्यकार एवम् अग्रज लघुकथा स्रष्टा महेश प्रसाईंलाई ‘विजय स्मृति अग्रज लघुकथा- स्रष्टा सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त कुराको जानकारी गराएको हो ।
कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा मञ्चले २०८२ सालमा यस सम्मानको स्थापना गरेको हो ।
आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’मा नगद रू.११,१११/- (एघार हजार एकसय एघार रुपैयाँ) सहित सम्मान पत्र (ताम्र-पत्रमा) समर्पण गरिने मञ्चले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर प्रा.डा. कृष्णहरि बराल र प्रा.डा. देवी नेपाललाई अभिनन्दन- २०८३ द्वारा अभिनन्दन गर्ने भएको छ। प्रत्येक वर्ष नेपाली साहित्यमा विशिष्ट योगदान दिनुहुने स्रष्टाहरूलाई अभिनन्दन गर्दै आएको मञ्चले यसवर्ष उहाँहरूलाई गर्न लागेको कुरा मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएको छ ।
लामाे समयदेखि आख्यान अनुसन्धान तथा समालाेचना एवम् साहित्यका विभिन्न विधा तथा उपविधामा साधनारत रही नेपाली साहित्यमा अतुलनीय याेगदान पुर्याए वापत वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णहरि बराल र प्रा.डा. देवी नेपाललाई ‘आख्यान अनुसन्धान तथा समालोचना पुरुष’ले अभिनन्दन गर्न लागेको जनाएको छ । साथै उक्त अभिनन्दन संस्थाद्वारा आगामी कार्तिक महिनामा राप्ती नगरपालिका, चितवनमा आयोजना गर्ने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’ कार्यक्रममा प्रदान गरिने पनि जनाएको छ ।
अभिनन्दित व्यक्तित्वहरूलाई दोसल्ला, माला, ताम्र-पत्रमा अभिनन्दन-पत्रका साथै रू. ११,१११/-(एघार हजार एक सय एघार) नगद सहितविशिष्ट अभिनन्दन गरिने संस्थाले जनाएको छ।
घाेराही, जेठ ३१। साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँया र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गरेका थिए।
कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताए। उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राखे।
उनले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताए। दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्ष उजागर गरेको उनको भनाइ थियो।
समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उनले पुर्याएको योगदानको समेत चर्चा गरे। उनले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गरे।
कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे। उनले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताए।
उनले साहित्य, भाषा र संस्कृतिको महत्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गरे। आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताए।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। उनले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने विश्वास व्यक्त गरे।
उनले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताए। परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।
कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। साहित्यिक सृजनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उनले बताए।
कार्यक्रममा बाेल्दै अन्य वक्ताहरूले ‘मनका उद्गार’ कृतिले परिवार, पुर्खा, संस्कार, शिक्षा र सामाजिक मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। कृतिले लेखक माधवप्रसाद न्यौपानेका जीवनअनुभव र भावनालाई समेट्दै नयाँ पुस्तालाई सकारात्मक सन्देश दिएको उल्लेख गर्दै वक्ताहरूले लेखकलाई बधाई तथा आगामी साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयनब्बेऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९०———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०२/१८
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग::०१
सुन्दर संसार सजाउन मन छ
नराम्रोको पाता बजाउन मन छ
बाहिर आफू राम्रो देखिन खोज्नेको,
दिमागको गिदी भजाउन मन छ
सदैव काममा कजाउन मन छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०३
जीवन जिउन घाँस दाउरा गर्नु पर्छ सानू
मेलाे अघि बढ्न त! अर्मपर्म भर्नु पर्छ सानू
स्वाभिमानमा बाँच्नलाई त!कर्ममा जम्नु साथी
खुसी साट्न जीवन सम्झाैतामा सर्नु पर्छ सानू
दु:खसुख सिक्काकाे दुई पाटा हर्नु पर्छ सानू । -प्रद्युम्न चालिसे भक्तपुर कठुञ्जे ।
पञ्चाङ्ग:०३ जिन्दगीमा कुनै बेला गल्ती हुँदोरहेछ रोजगारी छैन रित्तो खल्ती हुँदोरहेछ खान लाउन पाए मात्र धर्मकर्म हुने, गोजीभरि हुँदा मान्छे चल्ती हुँदोरहेछ विनाधन मुटु मन जल्ती हुँदोरहेछ । गुणनिधि घिमिरे पाँचथर खान्द्रोङ्ग हालः- अमेरिका
पञ्चाङ्ग-०५ बजार जति नै ठुलो होस् साँचो माया कहिल्यै बिक्न सक्दैन हृदयमा बसिसकेपछि माया जो कसैले झिक्न सक्दैन पाउनको लागि होइन समर्पणको लागि गरिन्छ माया, सम्झौतामा गरिएको माया केही छिन पनि टिक्न सक्दैन साँचो माया गर्न नजान्नेले जिन्दगी कहिल्यै सिक्न सक्दैन।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकान्नौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०२/२१
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५२[एकसयबाउनौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग::०१
धरतीमा रङ्गीन फूल फुलेको छ
सबैको खुसी त्यतैतिर झुलेको छ
सुन्दर बिहानी घामले ल्यायो खुसी,
खुसीले गर्दा दुःख जति भुलेको छ
सुन्दर दृश्यले अशान्ति घुलेको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२ प्रकृतिमा फुलेको फूल देखे माहुरी हुन्छ दङ्ग साथी हिमालयबाट आएका दुई नदि मिलेर सङ्ग साथी सृष्टि विचित्रको छ एउटै बगैँचमा फूल रङ्गिचङ्गी, फूल जति सुन्दर त्यति नै चाँडो रूप हुन्छ भङ्ग साथी जीवमा श्रेष्ठ मनुष्यले कदापि गर्न हुन्न जङ्ग साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग::०३ रङ्गिन फूलमा बस्न मन छ काम गर्दै घुँडा धस्न मन छ हेर्दै सुन्दर लाग्ने फूल कस्तो, स्वच्छ फूल लिन पस्न मन छ फूलको बीचमा खस्न मन छ। -ह्यारिस
पञ्चाङ्ग-०४ फूल पनि मुस्कुराउदै छ तिम्रो जवानी देखेर सुवास छर्दै हावामा तिम्रो चंचले बानी देखेर जवानी भन्दा पनि झन् जवानीको हेराई राम्रो अरे, लट्ठियो ऊ नशाले झैं तिम्रो आँखाको नानी देखेर अर्पित भो तिमीमा अपार मायाको खानी देखेर । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग-०५ फूलै फूलको बारी छ हिउँ पहाड पारी छ सुन्दर छ देश मेरो, कर्मठ हात नारी छ विशाल छ यो भारी छ। -भवानी घिमिरे ( सद्भावना ) सर्लाही ।