
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४५
जिउँदोमा मात्र किन मर्दा पनि त गर्नुपर्यो विभेद
संस्कार प्रचलन जोगाउँदा नि जनाउनु पर्छ खेद ?
वसन्त अनुभव~<•>~

सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~
जनताहरू अबुझ छन् केही बुझ्दैनन् कुरा
अग्रगामी कदमको नि ! गर्छन् विरोध पूरा ।
✍️
वसन्त अनुभव
घोराही, दाङ~<•>~
अग्रगामी सरकार हाम्राे भइरहन्छ विभेद
धनीलाई छ मान सम्मान गरिबलाई निखेद ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी~<•>~
दैवको पनि अनौठाको लीला
मुटुमा रोप्यो फलामको किला ।
✍️ सतीश पण्डित
भानु ६ चुदी तनहूँ हाल चनपा ६ मातातीर्थ~<•>~
जब कानुनमा नै छ त जन थिचोमिचो
प्रचलित संस्कार किन नहोस् उँचो निचो ।
✍️ इन्दु श्रेष्ठ, चितवन~<•>~
दैवले बजारेको लाठी सहनु जनताले कति ?
त्यत्रा मानिसको ज्यान जाँदा मन पोल्यो भतभती ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।~<•>~
नेपालीमै कति हुन्छन् जहाज क्रस, कति पल्टिन्छन् बस
मृतक परिवारको चित्कारले, मुटु पोल्छ चस चस ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ~<•>~
यस्तै छ जताततै भन्छन् सबै चलिआएको रित
राम्रो गरेपनी नबुझेपछि हुन्न रहेछ हित ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा . ६ संखुवासभा ।~<•>~
केही भन्न खोज्छु बोल्न हिम्मत आँट जुट्दैन
आँसु झर्छ मलाई केही बोल्न बोली फुट्दैन ।
✍️ चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ~<•>~
धेरै मानिसको अकालमा ज्यान जान्छ खेर
हाम्रो देशमा लासमाथि विभेद हुन्छ हेर ।
✍️ अनिता भण्डारी ताप्लेजुङ~<•>~
जताततै देखिन्छ अचेल सांसारिक भेद
आखिर सबै पढ्दा रहेछन् देखावटी वेद ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ~<•>~
व्यवहार अलग छ, गुलिया छन् भाषण
आफ्नो बिरानो छुट्याउँदै हान्ने गर्छन् वाण ।
✍️ प्रेम थापा “मन”बागलुङ~<•>~
नेपालीको जिब्रोमै झुन्डिएको छ विरोध गर्ने चलन
सत्य तथ्य के हाे नुबुझी रिसले सधैँ नै हुन्छ जलन।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।~<•>~
मेरो मृत्युको खबरको , तमाम छ न्यूज
त्यही खबर सुनेर, लाखौं आउँछ भ्यूज ।
✍️ नागेन्द्रप्रसाद यादव~<•>~
यहाँ मानिस मानिसमा पनि भेदभाव भयाे
एयरपाेर्ट अनि त्रिशूली दुवैमा ज्यान गयाे ।।
✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी~<•>~
विभेदमै जकडियो हाम्रो देश
खै कल्ले पो बदल्ने हो परिवेश ?
✍️ कमला देवकोटा ,पाल्पा~<•>~
सरकारले हामीलाई जनता मान्दैन
न कानुन न सरकार हाम्रो कोही छैन ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।~<•>~
काेही हराए आकाशबाटै काेही त्रिशूलीमा खसे
त्यत्राे घटना घट्दा नेता कानमा तेल हाली बसे।
✍️ भवानी पाेखरेल ( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु~<•>~
जिउँदोलाई मात्र हैन मुर्दालाई पनि गर्छन् अपमान
समृद्ध देशका अशिक्षित जनता यति कुरा तिमी जान ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा~<•>~
आफ्नै छ सुर ताल
यी मानिसको जाल !
✍️ आर्त अकुलीन~<•>~
केरा पाएर पुग्नअघि सत्तामा मुख मिठ्याउँदै मुस्कायाै
अरुकाे झैँ ठानेर काम गर्ने बेलामा आफ्नै धाेती खुस्कायाै ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।~<•>~
जिन्दगी आखिर दैवकाे रहेछ भगवान् लिला
मुटुमा राेप्छ उसले हेर्नेहाेस् त फलामे किला ।
✍️ श्रीकृष्ण धामी – बझाङ~<•>~
कति गर्छौ आनाकानी भ्रष्टाचारले देश मासिँदैछ
बाटोघाटोको बिकासमा कन्जुस्याइँ माटो भासिँदैछ ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड~<•>~
कहिल्यै पनि फेरिएन जनताप्रतिको तिम्रो नियत
मृत्युमा पनि विभेद गरी देखायौ आफ्नो असलियत l
✍️ बाबुराम गौतम, गुल्मी~<•>~
यहाँ मानिसको आँखाले गर्छ भेदभाव
नपत्याउने कुरा गर्छ देखाउछ ख्वाव ।
✍️ दीप गोले तामाङ
चन्द्रपुर-१, रौतहट~<•>~
उड्दा भुइँमा खस्ने गुड्दा नदीभित्र पस्ने
जागौँ कहिलेसम्म रमिता हेरेर बस्ने ?
✍️ बिके मुखिया
दार्जीलिङ भारत।~<•>~
आमाकाे माया भगवान छन् दायाँ धेरै राम्रा दिन
कुनै पनि बेला नगर्नु है हेला आमा सधै चिन ।
✍️ डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर,अर्घाखाँची~<•>~
सवार नगरी नहुने दैवकाे लेखाले सास अन्त्य हुने
सिजन नै यसै उडे पनि गुडे पनि पार्दछ हेर रुने ।
✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि~<•>~
दिन बिग्रेपछि कसैले सहयोग नगर्ने
सरकार त के त्यहाँ दैव नै छेउ नपर्ने ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹~<•>~
यात्रा आखिर यात्रा नै हाे उड या गुड
दशा बिग्रे केही लाग्दैन हात्तीको सुँड ।
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगा बजार।~<•>~
न्यायमूर्तिले आँखा छोपे जताततै हुने विभेद
भतेरो पाउने बेला आयो भने थन्क्याउँछ वेद ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे~<•>~
उडेर होस् या गुडेर एकै हो त्यो मरण
झन्डा झुक्ने उड्न्यालाई कस्तो चिरहरण ।
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरि- ५,जुम्ला~<•>~
मान्छे मान्छे एउटै हो , भन्छन् विभेद गर्नु हुँदैन
दलितको मरेको लासलाई कोही किन छुदैन ?
✍️ वेल थोकर तामाङ
बकैया_८ // बस्तिपुर // मकवानपुर~<•>~
रोपेको बोटले फल दियो भनेर मान्नुपर्छ
दिएको भोटले गरेको करामत ठान्नुपर्छ ।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ~<•>~
यहाँ हरेक काण्डमा विभेद झल्किन्छ
चलेको यो संस्कार जोगाउन पल्किन्छ ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ~<•>~
किन गर्नु पर्यो विभेदरहित व्यवहार ?
आफ्नो नौका पुगेपछि सुरक्षित नदी पार ।
✍️ अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ,भारत।~<•>~
महान यदि बन्नु छ भने सुकर्मकै बाटाे राेजाै ।
पीडा बाेक्ने जनहरुकाे उद्दारकै उपाय खाेजाै ।
✍️ हिरालाल न्याैपाने,बानपा ८,काेटमाैला, सल्यान~<•>~
हिँड्दा पनि काल सँगसँगै छ अघिपछि हेर्दै तर्केर
समय कति निष्ठुरी यात्रामा आउँदै छ काल पर्खेर ।
✍️ घनश्याम पन्त
हरिवन सर्लाही~<•>~
जन्म अनि मृत्युमा समेत गर्छ राज्यले भेदभाव
छुट्याउन सक्दैन कुन हो असल कुन हो खराव ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची~<•>~
कतिखेर समाप्त हुन्छ जीवन कसले छ देखेकाे ?
आफैँ मेटाएर मेटिन्न निधारमा भावीले लेखेकाे ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम । हाल भारतबाट~<•>~
लेखिन्छ कहाँ भाग्यकाे रेखा काेर्ने हाे आफैले
नासिन्छ दिमाग जहिले नि खाेजेमा नाफैले ।
✍️ जी.वि.कश्यप घाेराही,दाङ ।~<•>~
पुरानो नै यो छ चलन
मान्छेले गर्दछ जलन ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ~<•>~
जनताले नेतालाई ठुल्ठालु आदरणीय मान्छ
उसले मरेको लासमाथि पनि कमिशन खान्छ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ।~<•>~
मर्दा विभेद स्वीकार छ भन्दछु दाइलाई
बाँच्दा विभेद गर्न नसिकाऊ है भाइलाई ।
✍️ नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।~<•>~
धनी अनि गरिब बीच खाडल खनिरहन्छन्,
देखादेखि विभेद गरि तगाराे बनिरहन्छन् ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा~<•>~
बाँच्ने रहर हुँदाहुँदै आइपुग्यो काल लिन
लासमा पनि भेदभाव हुने कस्तो आयो दिन ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत~<•>~
विभेदैकाे खानीमै डुबेर समय गयो
रमाउदै भन्दा जिन्दगी रुदै जाने भयाे ।
ईश्वर अछाम~<•>~
कहिल्यै कसैलाई नगरौँ विभेद नेपालमा
आआफ्नो गरेर खान्छन् सबैले भएको भाग्यमा ।
✍️लक्ष्मी रिजाल
कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।~<•>~
विधिवत् देशमा शासन चलेन, यसमा गहिरो खेद
मृत्यु जस्तो संवेदनशील अवस्थामा समेत विभेद ?
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।~<•>~
सरकारी व्यक्ति सबै नेताकै भरमा चल्न थाले
जनताको चयन खुसी खोसी नेताले सबै फाले ।
✍️ सुनगाभा पोखरेल
हाल : नेपालगन्ज~<•>~
लेखौँ त के लेखौँ पैसाको दममा बिकाउ बन्यौँ सरकार
विरोध गरौँ त गाँस बास कपास नै खोसिन्छ बारम्बार ।
✍️बिकास छेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।







