साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९७

  • १९ आश्विन २०८१, शनिबार ०६:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सन्तानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/१०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९७[सन्तानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सगरमाथाको शिखर चुम्न मन छ।
    त्यहाँ पुगेर वरिपरि घुम्न मन छ।
    यो हाम्रो विश्रको एउटा पहिचान हो,
    विदेशीहरू ल्याई सँगै झुम्न मन छ।
    नवीन साथीहरूसँगै गुम्न मन छ ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    मलाई सुन्दर लाग्छ हिमाली धरामा
    मेरा मन अति जाग्छ हिमाली धरामा
    यस्ता ठाउँहरू सबै देशमा पाइन्न
    हिउँ हेर्दा दु:ख भाग्छ हिमाली धरामा
    हिउँले आँखामा दाग्छ हिमाली धरामा

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०३
    प्रकृतिमा अति रम्न मन छ मलाई।
    यसमै लीन भै जम्न मन छ मलाई।
    कति निस्वार्थ प्रेम छ यसको सबैमा,
    फूलसँग निकै गम्न मन छ मलाई।
    समय पर्खन थम्न मन छ मलाई।
    ह्यारिस

    पञ्चाङ्ग०४
    “विश्वमा अग्लाे सगरमाथा पहिचान छ साथी
    बुद्धकाे जन्मभूमि हुँदा देशकाे मान छ साथी
    नेपालकाे नागरिक हुनुमा लाग्छ गर्व अति
    संसारका वीर हुन् नेपालीकाे आहान छ साथी
    सुरम्य प्रकृतिले दिएकाे वरदान छ साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०५
    मेरो गाउँबाट हिमाल प्रष्ट रुपमा देखिन्छ हेर
    हाम्रो देश नेपाल सुन्दर प्रकृतिमा लेखिन्छ हेर
    जहाँ जहाँ जान्छौ आफ्नो देशको माया
    सुन्दरताको चित्रण गर्न अनि फुल भेटिन्छ हेर
    सुन्दरता आफैंमा चम्किएको पुरा मेटिन्छ हेर
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    पञ्चाङ्ग:०६
    कति सुन्दर हिमाल पारीको देश हाम्रो
    ढाकाटोपीअनि चौबन्दी चोलो भेष हाम्रो
    सान अनि मान सगै प्रकृति हाँसेको छ
    त्यसैले छिटको सारीमा चुल्ठी केस हाम्रो
    डन्डी बियो र कबडी राष्ट्रिय रेस हाम्रो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग,:०७


    हिमाल पहाड तराई फाँटमा छ
    बर्षातले बिनाश गर्ने छाँटमा छ
    प्रकृतिले त सबै बिगार्यो बिगार्यो
    युवाहरु चैँ बिदेशिने आँटमा छ
    मर्नेहरु जति मसान घाटमा छ


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०८
    त्याे तराईको माथि खुलेको हिमाल हाँसेकाे छ
    सुन्दर, शान्त प्रकृति र हाम्रो मायाँ गाँसेकाे छ
    त्याे गाउँ अनि ति पाखा पखेरा कति रमाइलो
    डाँफे,मुनाल पनि यिनैकाे काखमा नाँचेकाे छ
    पाहुना बनि त्याे ठाउँमा घुम्न जान साँचेकाे छ

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग-:०९
    हिमालको काखमा मेरो सानो गाउँ छ
    यै सानो गाउँको विश्वमा ठुलो नाउँ छ
    ऋषि – महर्षिले तप गरेको भुमि यो
    आउनु है हेर्न कति सुन्दर ठाउँ छ
    एकैचोटी हेरे कस्तो मोहनी लाउँछ।
    -पशपती राई खोटाङ ।

    Leave a Reply