• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२१

  • ८ चैत्र २०८१, शनिबार १४:५२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसएक्कसीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/११/२९ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२१[एकसयएक्काइसऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    होली विशेष पञ्चाङ्ग

    पञ्चाङ्ग:०१
    पवित्र मन लिएर खेलाैं हाेली।
    खुशीकाे रस पिएर खेलाैं हाेली।
    मनकाे तुस हटाइ, सबैसँग,
    प्रेमिल रङ्ग दिएर खेलाैं हाेली ।
    मीठो सम्बन्ध जिएर खेलाैं हाेली।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    साथीसङ्गीहरू माझ मिठाे बाेलेर हाेली मनाउनु
    रङ्गहरूकाे पर्व हाे रङ्ग घाेलेर हाेली मनाउनु
    एक अर्कामा आक्षेप नहुनेगरी नियमपूर्वक
    र हाँसीहाँसी त्यो भित्री दिल खाेलेर हाेली मनाउनु
    गाजा,भाङ ,धतुराे मज्जाले माेलेर हाेली मनाउनु

    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    पञ्चाङ्ग:०३

    वर्ष दिनको पर्व आयो रमाउदै होली,
    हातमा रङ्गहरु छान्दै समाउदै होली।
    संस्कार अनि संस्कृति जोगाउनु कर्तव्य ,
    ताल तालको धुन सँग जमाउदै होली,
    खेल्नु पर्छ आफ्नो इज्जत कमाउदै होली।

    दुर्गा आचार्य
    मोरङ
    ॐ
    पञ्चाङ्ग०४


    सबैकाे मिठाे बाेली आहा राम्राे।
    संस्कृति पर्व हाेली आहा राम्रो।
    संस्कार हाम्रो मुख्य पहिचान ,
    झरनापछि खाेली आहा राम्रो।
    प्रेमिका प्रेम झाेली आहा राम्राे।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०५

    सबैको हात हातमा रङ्ग देख्छु आज
    आलस्य नै नभएको चङ्ग देख्छु आज
    प्रेमभाव आपसमा घाेलियाे हाेलीमा ,
    साथी सँगै हाँसखेल दङ्ग देख्छु आज
    सानाठूला जतासुकै जङ्ग देख्छु आज ।
    भवानी घिमिरे
    सर्लाही

    पञ्चाङ्ग-०६
    दलिएका रङहरु खेर नजाओस् होली
    यहाँ रङैरङले जीवन सजाओस् होली
    दर्शन बनी डोर्याओस् समाजलाई सधैं
    असत्यलाई सधैं सत्यले कजाओस् होली
    विकृति र विसंगति त्यसै लजाओस् होली।
    -पशपती राई खोटाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    राप्ती साहित्य परिषद् दाङ शाखाद्वारा सष्टा सम्मान तथा पुरस्कृत गरिने

  • ५ चैत्र २०८१, बुधबार २३:३३ मा प्रकाशित
  • चैत, ६ दाङ
    राप्ती साहित्य परिषद् दाङ शाखाले विगतका वर्षझैँ यस वर्ष पनि वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान एवम पुरस्कृत तथा काव्य उत्सव गर्ने भएको छ ।
    यस वर्ष पुरस्कार छनाैट समि तिले गरेकाे निर्णय अनुसार मनाेज वुढाथाेकिद्धारा स्थापित “यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार”बाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, लालबहादुर अार.सी लगायत रावत परिवारद्धारा स्थापित “वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार”बाट गायक प्रकाश रेग्मी र कृष्णप्रसाद अधिकारी (कृष्ण-गायत्री प्रतिष्ठान)द्धारा स्थापित “कृष्ण गायत्री प्रज्ञा पुरस्कार”बाट कवि एवम् समालोचक, अनुसन्धान कर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत एवम् सम्मानित गरिने भएको छ । सो प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा ‘समीर’ संयाेजक तथा सदस्यमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा, वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिवमा परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी रहनुभएको थियो ।

    त्यसैगरी यस वर्ष परिषद् दाङ शाखाकाे भर्खरै सम्पन्न बैठकले तीनजना अग्रज स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेकाे छ । सम्मानित हुनेहरूमा साहित्यकार एवम समाजसेवी विनोद पाेख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा ‘समीर’ रहनुभएको छ । यही चैत १६ गते हाेटेल मालाइन घाेराही दाङमा “बहुभाषिक काव्य उत्सव”का बीच स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरिने छ भने चैत २३ गते हुने भनिएको सत्रौँ वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान, पुरस्कृत तथा बहुभाषिक काव्य उत्सव विषेश कारणबस चैत १६ गते शनिबारका दिन सारिएको राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले बताउनुभएकाे छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्य

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५९ सम्पन्न

  • ३ चैत्र २०८१, सोमबार १०:०५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    प्यारभन्दा प्यार प्यार
    चलन बढ्यो यहाँ,
    मानौँ, तिनै उपहार ।
    २,
    सम्मानमा चड्कन हान्यो
    तिम्रो मूल्याङ्कन ठिक,
    यात्राको दूरता धान्यो ।
    ३,
    पाखुरी चलाऊ, भरमौदुर
    प्रविधिको सदुपयोग गर्दै,
    गन्तव्य नजिकिन्छ पुरापुर ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    धेरै अल्छी नहुनू
    सफलता प्राप्त गर्न
    उडी आकाश छुनु !
    २,
    फेल भइन्छ बारबार
    उठ्नुपर्छ लडे पनि
    मान्नुहुन्न कदापि हार !
    ३,
    धनको तराजुले नाप्ने
    स्वार्थी दुनियाँले गर्दछ
    बलेको  आगो  ताप्ने !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, घोराही
    …
    १,
    मायामा नाटक गर्ने
    निःस्वार्थ मन भएका
    हुन् अकालमै मर्ने।
    २,
    पाखुरी बजार्न सिक
    बढ्छ मान मर्यादा
    त्यसैमा हुन्छ ठीक ।
    ३,
    प्रतिष्ठाको कदर गर
    सम्मानित हुन आफैँमा
    पर्दैन कसैको भर ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    आँटे हुन्छ काम
    काम गर्न नसक्दा
    त्यसै हुन्छ बदनाम ।
    ✍️ ताराप्रसाद चापागाईँ
    …
    १,
    मायाले पुग्दैन खाना
    गर्ने आफ्नै पाखुरी
    जिन्दगीको यस्तै पाना
    २,
    अदृश्य माया कस्तो ?
    नगरी बसौँ चुलबुली
    जिन्दगी हुन्छ सस्तो।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    ताराझैँ मन चम्किन्छ
    गन्तव्य चुम्नका लागि
    लमकलमक गर्दै लम्किन्छ।
    २,
    बसौँला दिन गनेर
    आउँछ्यौ कि तिमी !
    शीतल पाइला बनेर।
    ३,
    जसले इज्जत दिन्छ
    सच्चा ठहरिन्छ त्यही
    जसले समाज बदलिन्छ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ )
    …
    १,
    हार कहिल्यै नखाऊ
    अघि बढ्न सिक
    नजान्ने ठाउँ नजाऊ!
    २,
    मायाले संसार चल्दैन
    चिन्ने गर दुनियाँ
    आगो नफुकी बल्दैन।
    ३,
    कर्मको फल पाइन्छ
    अब डोर्‍याएसम्म भाग्यले
    अगाडि बढ्दै हिॅंडिन्छ।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    संसारको यही रित
    मेहनत गर्छ जसले
    हुन्छ उसकै जित।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    मैदानमा झर्ने हिम्मत
    हुन्छ मानिसमा भए
    अजय विजय शतप्रतिशत।
    ✍️सुरेशकुमार पाण्डे
    …
    १,
    गरौँ कर्ममा रमाउने
    फलको आस नगरी
    सत्मार्ग सदैव समाउने ।
    २,
    सत्यको जित हुन्छ
    न्याय जीवित भए
    खुट्टा कसले धुन्छ ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी – ५, जुम्ला
    …
    १,
    झिल्का काव्यशाला आयो
    निरन्तर साहित्यको खेतीमा
    मनमा खुसियाली छायो ।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    …
    १,
    म भुइँको धुलो ,
    मै धुलो हुनाले
    तिमी बन्यौ ठुलो ।
    २,
    ठुलो या सानो
    दुवैको हुन्छ काम
    पाथी या मानो ।
    ३,
    जुन स्थायी हुँदैन
    त्यतै तानिन्छ मान्छे
    भनेको कुराले छुँदैन ।
    ✍️दीपा गुरुङ ‘समभाव’
    दुबेकोल, खोटाङ
    …
    १,
    भरसक नपरोस् छुट्नु
    हिॅंड्दै गरेको पाइला
    हुँदैन कहिले टुट्नु।
    २,
    सॅंगसँगै जीवन कटाउॅंला
    दु:ख पीडा अभाव
    मिलेर नै घटाउॅंला ।
    ३,
    उकाली ओराली गर्दै
    हिॅंड्न रमाइलो हुन्छ
    चौतारीमा सुस्केरा छर्दै ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    छोडेर नराम्रो बानी
    असल काम गरेर
    बन्नु छ स्वाभिमानी ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत
    …
    १,
    अरूलाई कहिल्यै नरुवाउनु
    आफूलाई जस्तै सबैलाई
    महॅंगो आँसु नचुहाउनु।
    २,
    चिसोले कठ्याङ्ग्रियो हात
    जाडो हरायो भनेको
    मौसमले गर्‍यो घात।
    ✍️चुडामणि देवकोटा
    पुरानोनैकाप, काठमाडौँ
    …
    १,
    समय बित्यो सोचेर
    तितो पलको यादले
    दुखाउँछ काँडाझैँ घोचेर ।
    २,
    आफ्नो पराई चिनायो
    कठिन परिस्थिति आएपछि
    वारपारको निसाफ छिनायो ।
    ३,
    कमजोर मनस्थितिले हारिन्छ
    आफैसँग गर्न मुकाबिला
    हरेक अवसरलाई सारिन्छ।
    ✍️ पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    युवाहरू छ भागिरहेको
    सुनको कचौरो बोकेर
    नेताहरू आज मागिरहेको ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    पूर्वाग्रहको बनायौ दुलो
    काममा योजनाविहीन छ
    कसरी मान्नु ठुलो ?
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    देशको अवस्था देखेर
    आधुनिकताको नाममा विकृति
    चेतना ख‌ै पढेर।
    २,
    अनुदानले चलाउॅंछ देश
    देशभित्रको आय भ्रष्टाचारमा
    नेपालमा यस्तो परिवेश।
    ✍️एवाइ प्रभात
    खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा
    …
    १,
    मन राम्रो खुलेको
    नराम्रो व्यर्थ चिन्तामा
    नित्य प्रभु भुलेको।
    २,
    बचौँ इर्ष्या फालेर
    नराखौँ कसैले यहाँ
    घमण्डको डङ्गुर पालेर ।
    ३,
    नराम्रो मान्छे फुलेको
    पवित्र मन यहाँ
    गङ्गामा सधैँ धुलेको ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    काममा बाधा भयो
    सोचेको कति भएन
    अधुरै रहेर गयो ।
    ✍️कमला देवकोटा
    पाल्पा
    …
    १,
    रोजी सही बाटो
    हिॅंड्नुपर्छ सधैँ हामीले
    मिल्नेछ सफलताको पाटो।
    २,
    नगरे कसैलाई छल
    मेहनत गरेमा सधैँ
    मिल्छ मिठो फल।
    ३,
    मरिन्छ भन्ने डर
    यहाँ कोही कसैको
    पर्नु हुन्न भर।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    परिश्रमीलाई पारिन्छ तल
    सोचेर बस्छ ठगाहा
    बिनाकाम हरेक पल ।
    २,
    खरानी अथवा धुलो
    जीवन यो जगत्मा
    प्रेम रहेछ ठुलो ।
    ३,
    मान्छेले गरिरहन्छ खती
    प्रकृति थपेर दिन्छिन्
    मासेर गर्छ प्रगति ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    छ अरू कुन
    बा आमा भनेका
    जिउँदा देवता हुन |
    २,
    वृद्धाश्रममा नछोड लगेर
    आशीर्वाद मिल्नेछ सदा
    सेवा जाँदैन खेर |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    मनमा अनेक तरङ्ग,
    पृथ्वीको गतिले होला,
    जीवन पार्छ भरङ्ग।
    २,
    कहिले बाढी  पहिरो,
    कहिले भूकम्प आउँछ,
    पार्छ चोट गहिरो ।
    ३,
    भौतिक संरचना महङ्गा,
    नबनाउनु पसिना पोखी,
    हुन्छ हृदय चङ्गा ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट – १
    …
    १,
    सभ्य प्राणी मानव
    किन तिमी आजभोलि ?
    बन्दै गयौ दानव।
    २,
    सत्य नसुन्ने कस्तो
    मान्छेको दुई कान
    बन्यो च्याउ जस्तो ।
    ✍️बिके मुखिया, वाङदे
    दार्जिलिङ, भारत
    …
    १,
    छोडेर जान्छ समय
    अवसर पर्खेर नबस्ने
    पुगिन्छ बगाउॅंदै भय ।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    हृदयमा सजाऔॅं झिल्कालाई
    मिठा भावना भरेर
    सुन्दर दिव्य बनाई।
    २,
    मिलेर कविता लेखौँ
    पवित्र माया जोडी
    अरूलाई आफ्नै देखौँ।
    ✍️कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार, स्याङ्जा
    …
    १,
    शिवरात्रिमा मन्दिर जाऊ
    ईश्वरको दर्शन गरेर ,
    शुद्ध खाना खाऊ ।
    २,
    बेलपत्र ईश्वरलाई चढाऔॅं
    राम्रो हुन्छ तिमीलाई ,
    भस्मको टीका लगाऔॅं ।
    ३,
    शिवरात्रिमा मन्दिर धाई
    इश्वरलाई खुसी पारौँ ,
    गाजा धतुरो चढाई ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    कुरा अरूको सुन्नु
    निर्णय गर्नु पर्दा
    आफ्नै मनले गुन्नु ।
    २,
    स्वार्थी लम्पट देखिने
    असुर हुन् अजिङ्गर
    भ्रष्ट्र नाम लेखिने ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    प्रदूषणमा नाम लेखायौ
    छेपारालेझैँ रङ्ग फेरेर
    आफ्नो चरित्र देखायौ !
    ✍️आर्त अकुलीन
    …
    १,
    शत्रुलाई मित्र ठान्नुपर्छ
    विष होइन अमृत
    सबैतिर छर्न जान्नुपर्छ।
    २,
    लगिॅंदैन केही मरेर
    सबका सहयोगी बन्नु
    असल कर्म गरेर।
    ३,
    फलेको हाँगो नुहिन्छ
    नचढ घमन्डको धुरी
    विनाशको खाल्डोमा पुगिन्छ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    समय छ बलवान्
    समयमै गरौँ फत्ते
    हात आफ्नै महान् ।
    २,
    उमेरमै पाखुरी चलाऊ
    बुढेसकालमा सकिन्न गर्न
    समयमै अघि बढाऊ।
    ३,
    दूर छ फल
    टिप्न थालौँ समयमै
    गरेर हुन्न अलमल।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका, बोस्टन
    …
    १,
    आएछ कस्तो याम
    रहेन विश्वास कसैमाथि
    पलपलमा हुन्छ बेइमान ।
    ✍️विष्णु पंगेनी पाण्डे
    वालिङ, स्याङ्जा
    …
    १,
    शुभ बिहानीको प्रभात
    उज्ज्वल भविष्यको कामना
    सङ्घर्षको रहोस् बात ।
    २,
    आँशुले माग्दैन नासो
    जति दुःखी होस्,
    बचत गरेर हाँसो ।
    ३,
    कोरेर एउटा पत्र
    प्रेमको नाउँमा तिमिलाई
    देख्छु सपनीमा यत्रतत्र ।
    ✍️किराती हाङ तिम्रो ( बिसु हाङ राई )
    विराटनगर
    …
    १,
    सत्यको बाटो तगारो
    झुट बोल्ने बानीले
    जीवन बन्छ अँध्यारो।
    २,
    सम्बन्ध सुमधुर बनाउनु,
    काँधमा काँध मिलाई
    सहयात्री बनी रमाउनु।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    ठण्डी मौसम हराउॅंदैछ
    वातावरण हुँदैछ न्यानो
    आकाश खुलेर रमाउॅंदैछ।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    सङ्कटमा काँध हालेको
    सजिलोसँग भुल्दा रहेछन्
    चिसो चुल्हो बालेको ।
    २,
    अरूलाई खराब सोच्ने
    तिम्रो बानी रहेछ
    सत्य नबुझी कोच्ने ।
    ३,
    रहेन सम्बन्ध हाम्रो
    मतलब छैन मलाई
    जतिसुकै बने चाम्रो ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    मन मिले चमत्कार
    प्राण नै सुम्पिन्छन्
    खटपट भए बलात्कार ।
    ✍️खुनराज कोइराला
    सिद्धलेक-३, धादिङ
    …
    १,
    कस्तो रहेछ गाँठो
    बेसी नबोल है
    भन्ला सबले बाठो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका, कालेबुङ
    …
    १,
    सङ्गीतले कसलाई छुन्न?
    झ्याउरेभन्दा पनि मिठो
    अरू भाका हुन्न।
    २,
    सिकारुका हुन् सिर्जना
    जानी नजानी कोर्दैछु
    मेट्न मनको तिर्सना ।
    ३,
    जात धर्म भनेर
    लड्दैछन् हेर दाजुभाइ
    गोटी अर्कैको बनेर ।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    आगो लागे हुरुरु
    आफ्नो अर्का नभनी
    कुदेर जाउँ खुरुरु।
    ✍️ज्योतिका क्षेत्री
    सिलगडी, भारत
    …
    १,
    नहुँदोरहेछ मात्र कुराले,
    व्यवहारमा उतार्नको लागि
    काट्नुपर्छ जाली छुराले।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी –  २, देउपुर, पर्वत
    …
    १,
    हेर साथमा गएर
    सबै हराउने मायामा
    जातपातमा त्रास भएर ।
    २,
    जन्म आमाको कोखमा
    आकाश यो धर्ती
    नगर हेला स्वदेशमा ।
    ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
    मादी – ५, सङ्खुवासभा ( हाल धरान ८ सुनसरी )
    …
    १,
    पकाऊ सब्जी छिटोछिटो,
    नुनखुर्सानी, बेसार हाल ,
    खाउँ बनाई मिठैमिठो ।
    ✍️बुद्धिप्रसाद सापकोटा
    गैँडाकोट – ७, नवलपुर
    …
    १,
    फरक देखियो चाल
    हिजोआज उसको हिॅंडाइको
    आफन्तीमा गरिने सवाल ।
    २,
    आकाश र धरती
    माया लाग्छ उस्तै
    उही दया चरीप्रति ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका – ६, अछाम
    …
    १,
    भ्रष्टहरूले देश लुटे
    जनता ऋणको बोझमा
    दीनदु:खी मज्जाले भुटे ।
    २,
    गरीब देश हैन
    नेताले सुशासन नदिॅंदा
    जनताले पाएनन् चैन ।
    ३,
    पिण्ड खानेहरूको शासन
    खोक्रा नारामा देखिएन
    जनता बचाउने रासन।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    सूर्यले किरण छर्‍यो
    अन्धकार भाग्यो पर
    आलस्य भुइँमा झर्‍यो ।
    २,
    नयनको गहिराइमा लुकेको
    सपना बनेर आउँदा
    शिर छैन झुकेको ।
    ३,
    बाधा आयो अगाडि
    फाइदा उठाउन लाग्छन्
    आफन्त नै पछाडि ।
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    स्वार्थले मात्र देख्यो
    आफ्नो अनि पराई
    खोटो भविष्य लेख्यो ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    देखेर काम गरौँ
    छ सबै अधुरो
    समाजमा सन्देश भरौँ ।
    २,
    देश बिग्रॅंदै गयो
    भष्ट्राचार र गरिबीले
    राज्य दलाली भयो ।
    ✍️रवि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    बसे लेउ लाग्छ
    आराम नगर्नू, धेरै
    श्रमले भाग्य जाग्छ।
    २,
    कसैको भर नपर्नु
    आफैँलाई विश्वास गरी
    सधैँ अगाडि सर्नु।
    ✍️अरुण कुमार भुजेल
    दार्जिलिङ, भारत
    …
    १,
    आफैँ जस्तो सोचेर
    मिथ्या नबोल्नु कतै
    नभन्नु कसैलाई घोचेर ।
    २,
    विकासको नाममा विनाश
    छैन अपराधीलाई कारबाही
    प्रजातन्त्रको नगरौँ आस  ।
    ३,
    अतिक्रमणले सीमा नाघेर
    अस्तित्व बचाउन अब
    खोस्नुपर्छ हुँदैन मागेर  ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    वासन्ती हावा भुरूरू
    पटझर याम मेटाउॅंदै
    गुराँस फुल्छ खुरूरू।
    २,
    रमाउन्दै गाउॅंछन् वनचरी
    वसन्ती हावा चुमेर
    छम्छमी नाच्छन् मनपरी।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा – १४
    …
    १,
    हिमाल पहाड तराई
    राख्नु भाइचाराको सम्बन्ध
    यसैमा सबैको भलाइ ।
    २,
    सपना छन् हजार
    जिन्दगीको छैन भरोसा
    सफरमा मरुभूमि बगर ।
    ✍️सुरेश विश्वकर्मा
    डोटी
    …
    १,
    रोगले च्याप्यो अति
    हरेस खाएको छैन
    भएपनि कछुवाको गति।
    २,
    कसैको दाँजोमा नलागौँला
    तर रोकिने छैन
    कलम समाउने औँला।
    ३,
    भमरा लोभ्याउने फूल
    बन्न नसके पनि
    डुल्छन् पुतलीका हुल।
    ✍️कोपिला अधिकारी
    गोरखा
    …
    १,
    बनेर पुनीत बेलपत्र
    छरिन चाहन्छु भोला
    तिम्रो पाउको यत्रतत्र l
    २,
    गरेर सोमबारे उपासना
    तिम्रो आलयमा गएर
    निरन्तर गर्छु आराधना l
    ३,
    प्रणाम गर्दछु बारबार
    अप्ठ्यारो परिस्थितिमा गर्नुहोला
    झर्को नमानी उद्धार l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    रात छिप्पिएपछिक‍ो बात
    एकान्तको फाइदा उठाउन
    दिएर गयो आघात।
    २,
    कतिपय जालसाजहरूले लुटेर
    लग्यो सम्पूर्ण कमाएको
    मृत्युको धम्कीले धुतेर ।
    ३,
    देखाउॅंछन् लालचको कुरा
    मन दौडिन्छ उतैतिर
    चलाउँछ भित्री छुरा ।
    ✍️दिल ठकुरी
    दार्जिलिङ
    …
    १,
    समय कति बलवान्
    महोदय ! पर्खॅंदैन कसैलाई
    समाजमा देखाऊ महान् ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई – ४, झापा
    …
    १,
    यो धर्ती कर्मथलो
    इमानदारसँग गरौँ सेवा
    हुन्छ सबैको भलो।
    २,
    बुझेर त्यो मर्म
    सबै एकजुट भएर
    गरौँ असल कर्म।
    ३,
    बदली हाम्रो फेस
    जुटेर परिश्रम गरौँ
    बन्छ आफ्नै देश ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६, सङ्खुवासभा
    …
    १,
    लक्ष्मीले दुःख भेटिए
    वैदेशिक रोजगारले गर्दा
    मनका अशान्ति मेटिए ।
    २,
    मातृस्नेहले घर मन्दिर
    गुरुसँगको साहित्य सिर्जनाले
    जीवन नहुने जन्जिर ।
    ३,
    लोकगीत नेपालीको चिनारी
    आफ्नै संस्कृति पर्वमा
    रमाउँदा हुन्न अँध्यारी ।
    ✍️भगवती दवाडी
    झापा
    …
    १,
    अभावले गाँजेर आउने
    बढ्ने कसरी अगाडि ,
    सम्झॅंदा दु:ख लाउने ।
    २,
    यता हावापानी आएर
    बिगार्न लाग्यो बाली
    मानका दु:ख लाएर ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    घमण्ड नगर धनको
    खरानी हुन सक्छ
    बन असल मनको ।
    २,
    झुटो वचन टिक्दैन
    बाँचिरहन्छ सत्य जहाँ
    इमान्दार रुपैयाँमा बिक्दैन ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    अरूको गल्ती देख्नेले
    लुकाए आफ्ना पार्टीको
    सच्चिएका भनी लेख्नेले ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    हाम्रो अनन्त यादगार
    खुट्टा छुनुहोस् बुजुर्गका
    गरेर सादर नमस्कार  ।
    ✍️संगमानंद पत्रकार
    चूरु, राजस्थान, भारत
    …
    १,
    सुध्रेन बानी कचरो
    मूर्खले शासन चलाए
    देश भयो अभमरो ।
    २,
    तितेकरेलो हुन्छ गुणकारी
    ओखती गुणले भरिपूर्ण
    भ्रष्टाचारी देशलाई भारी।
    ३,
    फर्सी देख्दा राम्रो
    खोक्रो आदर्श जस्तै
    शासन व्यवस्था हाम्रो।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    नदेउ ओठे जबाफ
    विवेक बन्धक भए
    देखिन्छ केवल रबाफ ।
    २,
    बाँचौँ भई स्वाभिमान
    कमाउन इज्जत प्रतिष्ठा
    त्यागौँ सर्वत्र अभिमान ।
    ३,
    परोपकार पवित्र कर्म
    निष्काम सेवा गर्नु
    हो मानव धर्म ।
    ✍️जयनारायण नेपाल
    इलाम ( हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर )
    …
    १,
    बचाऔँ हाम्रो धरा
    रोपेर बिरुवा वरपर
    सबैतिर बनाऔँ हराभरा ।
    २,
    सफासुग्घर छैन कतै
    वातावरण प्रदूषित हुन्छ
    फालेपछि फोहोर जताततै ।
    ३,
    अचम्म देख्नु परेको
    सहयोग गर्दा मान्छे
    सम्झिन्छ चाकरी गरेको ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    नरुवाऊ है आमालाई
    मेहनत गरी देखाऊ
    खुसी मिल्छ मामालाई।
    २,
    आमाको वचन नकाट
    बुझेर पाइला चाल्नु
    दिएको चिनो नसाट।
    ३,
    फुटेको भाँडा नचलाउनु
    फेरि टुक्रेला नि
    मन कसैको नगलाउनु।
    ✍️राजेश्वरी  राजोपाध्याय
    ललितपुर
    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    सगरमाथा साहित्य प्रतिष्ठानले वार्षिकोत्सव मनायो

  • २ चैत्र २०८१, आईतवार १७:०७ मा प्रकाशित
  • वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ युएईमा कार्यरत केही जुझारू युवा साहित्यकर्मीहरूद्वारा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो ११औँ स्थापना दिवस एक भव्य समारोह बिच काठमाण्डौमा मनाएको छ !

    कविन्द्र कलानिधी दाहालको प्रमुख आतिथ्य, साहित्यकार हरिभक्त सिग्देल/हातेमालो समाजका अध्यक्ष सुनिल अधिकारी एवं साहित्यकार मिना श्रेष्ठको विशेष आतिथ्य तथा संस्थाका प्रवक्ता राजेशराज गड्तौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीन जना स्रस्टाहरू झापाका विवेक दुलाल क्षेत्री ‘दमक’ लाई ‘सगरमाथा स्रस्टा सम्मान – २०८१’ र चितवनकी यमुना न्यौपाने अधिकारी तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई ‘सगरमाथा वर्ष पुरस्कार’ नगद १०५०५’ बाट सम्मान गरिएको थियो !

    कार्यक्रममा संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन हुनुका साथै ‘सगरमाथा अक्षयकोष’ का लागि संस्थालाई सहयोग गर्नुहुने दाताहरू नुवाकोटकी सुमित्रा सुमी, ललितपुरकि चन्द्राकुमारी राई, भक्तपुरका दीपक दाहाल एवं मकवानपुरका कपिल ढुङ्गानालाई संस्थाको आजिवन सदस्यता सहित सम्मान पत्र प्रदान गरिएको थियो !

    हिजो चैत्र २ गते शनिबार आयोजित सो कार्यक्रमलाई सम्मानित व्यक्तित्व, विशेष अतिथि, प्रमुख अतिथि लगायतले सम्बोधन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने विशेष अतिथिद्वय हरिभक्त सिग्देल र मिना श्रेष्ठले संस्थाले स्थापना गरेको अक्षयकोषका लागि पाँच-पाँच हजार रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो !

    स्मरण रहोस्, संस्थाका तत्कालीन अध्यक्ष जीवित खड्का मगरको पहलमा शुरु भएको दस लाख रूपैयाँको ‘सगरमाथा अक्षयकोष’ ले त्यसपछिका अध्यक्ष अजित उत्सवका समयमा निरन्तरता प्राप्त गर्दै वर्तमान अध्यक्ष समर चेम्जोङ आभासको कार्यकालमा मूर्त रूप लिएको हो ! यस वर्ष दुई जना स्रस्टालाई प्रथम पटक प्रदान गरिएको ‘सगरमाथा वर्ष पुरस्कार’ आगामी वर्षदेखि रकम बढाएर एक जना स्रस्टालाई मात्रै प्रदान गर्ने योजनामा संस्था रहेको जानकारी कार्यक्रमको सभापतित्व गरेका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले दिएका छन् !

    सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाकी उपाध्यक्ष भैरवी भूगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका नेपाल शाखा ईञ्चार्ज अमन एकलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल शाखाकी सदस्य सुशीला शर्मा तथा रूपा थापाले अतिथिहरूलाई खादा र मालाले स्वागत गरेका थिए !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १७८ सम्पन्न

  • २ चैत्र २०८१, आईतवार ००:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-

    १//
    रङ भनी फोहोर छ्याप्दै आउनोस् खेलौँ होली
    आज त !  मस्ती नगरिहुन्न चाहे जे होस् भोलि ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    २//
    मस्तिमा चल्छ जीवन फाेहाेरी खेल खेलेर
    चाेख्याउने शक्ति हुँदा बढ्छन् कानुन पेलेर ।
    ✍️ ताराप्रसाद चापागाईँ
    ३//
    आज रमाऔँ रङ्ग दलेर हाेली
    चिन्ता नलिऔँ जे पर्ला पर्ला भाेलि ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    ४//
    मनमस्तिष्क गर होलीको रङ्ग खेलेर
    जिन्दगी धान्नु छ सुखदु:ख सबै झेलेर ।
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    ५//
    रङ्ग छर्नुस् है मजाले याे हाे पर्व हाेली
    फरक केही पर्दैन जति भिजाेस् चाेली।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    ६//
    कानुन  विपरीत  भए  भन्दिउँला होली
    आझै गरौँ मोजमस्ति कुर्नु पर्दैन भोलि ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    ७//
    भोलिको परवाह नगरी गर्दा मस्ती रमाइलो
    त्यही रमाइलो पछि गएर हुनसक्छ बाइलो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    ८//
    जम्मा भई साथीभाइ गर्ने हो आज मस्ति
    रमाउन पाइएको छैन है हिजो अस्ती  ।
    ✍️ सरिता सेढाई धादिङ
    ९//
    होलीको निहुँ खेल्ने घोटुवा पिई रङ फालेर
    मस्ती गर्ने मौका मिल्दैन भोलि ढुकुटी छानेर ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    १०//
    होली भन्दैमा फोहरी रङ छ्याप्दा, आफ्नै बेइज्जत होला
    राजनीतिमा चतुरो तिमी, छिनमा मासा छिनमा तोला ।
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ११//
    पुर्खादेखि नै आएको पर्व होली चलेर
    इच्छाको हो, हुन्न जबर्जस्ती रङ दलेर ।
    ✍️ शंकर कार्की, मकवानपुर
    १२//
    छरेर खुसीको रङ्ग
    मानिस भएका दङ्ग !
    ✍️ आर्त अकुलीन
    १३//
    फाेहाेर रङ मिसाएर हान्छौ अबिर लाेला
    आपसमा झगडा गर्दा बेइज्जत पाे हाेला ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
       ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    १४//
    हाेलीमा रङ्ग र फाेहर सबै खेल्ने गर्छन्
    माैकापरस्तबाट निर्धा पेलाइमा पर्छन्  ।
    ✍️ प्रमोद नेपाल
    वीरगञ्ज । हालः काठमाडौँ  -५
    १५//
    होलीसँगै नफेरियोस् जीवनको रङ्ग
    सधैँ बनी बस्नुपर्छ  हामी एकै अङ्ग ।
    ✍️
    विष्णु पंगेनी (पाण्डे )
    वालिङ् -स्याङ्जा
    १६//
    हाम्रो धर्म संस्कृति भन्दै सबले गर्थे गर्व
    यस्ताले गर्दा हो बनेको यो विकृतिको पर्व ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    १७//
    कुनै रङ्ग छैन हातमा खेलिन होली मैले
    उमेरले होला सायद बिरक्त लाग्छ ऐले ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    १८//
    आलिसान महलमा मस्ती गर्दै छलकपटमा नखेलौँ होली
    मानव जीवन यो बुझ्ने गरौँ बाच्नुपर्छ है हामी सबैले भोलि ।
    ✍️ वेदु न्यौपाने
    १९//
    होली रङ्गको सनातनी पर्व
    सत्यको जीतमा नै मानौँ गर्व ।
    ✍️ कार्की डिबी माकुम
    २०//
    अब के नै बाँकी रह्यो र यी रङ्गिन बनिसके
    छिमेकीले पनि चरित्रहिन नेता भनिसके ।
    ✍️ कोपिला समिक्षा
    खार्पा खोटाङ
    २१//
    कृष्णजीको उपहार होली मानेर नगरौँ  फोहोर
    आदरणीय लाग्दछ आज पनि, हुनुहुन्थ्यो पोहोर ।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
    २२//
    अचेल हेर कस्तो विकृत भैदियो होली
    होली खेल्ने निहुँ पारी झगडा गर्छन् टोली ।
    ✍️ बेल थोकर तामाङ
    बकैया , ८ / बस्तिपुर // मकवानपुर
    २३//
    रङ्गमा बेरङ्ग कसैले नि नभरौँ
    संस्कृति संस्कारमा विकृति नछरौँ ।
    ✍️ कला ढकाल, झापा
    २४//
    जताततै होलीको, रङ्ग खेल्ने टोली
    के देख्छन् के सुन्छन् ठेगान छैन बोली ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २५//
    कसलाई थाहा सुन्दर रङ्गमा कस्तो पानी घोलेँ
    काम जे गरे पनि जनताका मनकै कुरा बोलेँ ।
    ✍️ पुष्पा राई, खाेटाङ
    २६//
    रमाइलोको नाम गर्दै नहान्नु कसैलाई लोला
    जबर्जस्ती रङ्ग दलेमा कानुनको फन्दामा होला ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    २७//
    रङको पर्व सद्भाव बाँडेर मनाइने  होली
    रूप बदलेर कुरूप नै पो भयो आजभोलि ।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    २८//
    फोहोर हान्यौ रङ्ग दल्यौ मस्तसँग खेल्यौ
    गठबन्धन ठूलो दल पेल्नसम्म पेल्यौ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २९//
    यो होली पर्व सबैको दिलमा भरौँ
    मायाको परिभाषा सबैलाई छरौँ ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ३०//
    नेपालीहरूलाई विषाक्त शब्द घाेली धाेका दिन्छन् नेता आजभाेलि
    राजनीति गर्नेहरू राष्ट्रिय धनकाे जनता  खेल्छन्  रङ्गको हाेली ।
    ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
    ३१//
    अश्लीलता झन् बढ्दै गएको देखिन्छ आजभोलि
    रङ्गहीन बन्दै गयो रङ्गहरूको पर्व होली ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    ३२//
    स्वेच्छापूर्वक विभिन्न रङ रेलेर
    तनाव कम गरियो होली खेलेर l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ३३//
    दिल खोली खेलौँ होली, मरिलानु के नै छ र भोलि ?
    प्रेमको भिख मागी फैलाउँ झोली भिजे भिजोस् चोली ।
    ✍️ विवश पारदर्शी
    झापा
    ३४//
    मनै फुरुङ्ग भएर खेलौँ हामी होली
    साथीसँग आजै भेटौँ खै के हुन्छ भोलि ?
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ३५//
    यो मनले आफ्नोपन र मायाको पो  हो नि सधैँ खोजी गरेको
    चाहिँदैन कोही देखावटी  मुस्कान र मनमा स्वार्थ भरेको ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ३६//
    होली खेली आज देश बनाए पछाडि
    जनतालाई मारी बने आफू  अगाडि ।
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ३७//
    नेपाली संस्कृतिलाई जोगाउँदै खेलौँला होली
    कतिबेला कसलाई के हुन्छ थाहा छैन भोलि ।
    ✍️ सुनगाभा पोखरेल
    कपिलवस्तु
    ३८//
    अचम्मै छ मान्छेको मन जहाँ पनि घुम्ने
    भोलिको भर हुन्न हजुर, आजै हो झुम्ने ।
    ✍️ दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    ३९//
    यो हाम्रो जिन्दगी त आज हो कि भोलि
    वर्षदिनमा आउने पर्व हो होली !
    ✍️ दीप गोले तामाङ – रौतहट
    ४०//
    बाहिर बाहिर एउटा कुरा
    भित्रबाट हान्ने रहेछ छुरा ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४१//
    नेपालीहरूको संस्कार संस्कृति रीतिरिवाज राम्रो
    मानिस बहकिँदै भावना बिग्रिएको छ आज हाम्रो ।
    ✍️ घनश्याम पन्त हरिवन सर्लाही
    ४२//
    गयो होली यसपालिको रङ्गमा रमेर
    अर्को साल फेरि आउँला रङ्गमै जमेर ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ
    ४३//
    भोलिको यहाँ छैन है राम्रोसँग टुङ्गो
    अगुवा नै त्यस्तै हुन् कि हामी लाटोबुङ्गो ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ४४//
    यसपालि खडेरी लाग्यो सुकिसके पूरा खोच
    फोहोर छ्यापेर मस्ति गर्ने अपूर्ण होला सोच ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ४५//
    होलीको रङ्गोलीमा सबै नै मस्त भएर
    सारा संसार बिर्सी भाँङ धतुरो खाएर ।
    ✍️ रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ४६//
    सद्भाव राखी एक अर्कामा खेल्नुपर्ने होली
    विकृतिकै पो राज हुँदैछ आजभन्दा भोलि ।
    ✍️ त्रिलोचन भण्डारी
    ४७//
    गाउँ वा सहर सबैतिर छायो होलीको उमङ्ग
    हिजोको बित्यो भोलि था छैन अहिले ल्यायो तरङ्ग
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तजहूँ । हाल चनपा६ मातातीर्थ
    ४८//
    रङ्गको हाेलीमा झगडा नगर्नु छ पाेलिसकाे गस्ती
    दुई जनालाई लाठीचार्ज नै गरे देखेनाै र अस्ति ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी ।
    ४९//
    खेल्ने हो जीउ मायामार यसपालि होली
    वर्ष दिनको पर्व बरु भिझेँ भिझोस् चोली ।।
    ✍️ भगवती दवाडी ,झापा
    ५०//
      बोकेर हिँड्न परे परोस् झोली
    धमिलो पानीमा खेल्ने हो होली ।
    ✍️ साबित्री प्याकुरेल ,धादिङ्ग।
    ५१//
    भाङ खाएर नखेल्नू होली
    शरीर बिसन्चो होला भोलि ।
    ✍️ देव स्याङ्देन,
    कालेबुङ
    ५२//
    संस्कृति मानौँ हामी सद्भाव र प्रेम छरेर
    मनाऔँ होली पर्व थरीथरी रङ्ग भरेर ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ५३//
    होलीले सिकायो एक हर्ष
    समानता ल्यायोस् यसै वर्ष ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ५४//
    देखाउने एउटा गर्ने गर्छन् अर्को
    छलछामको खेलले लगायो झर्को ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी
    ५५//
    रङ्ग लगाउदा नगरौँ कसैलाई दुर्व्यवहार
    मनाऔँ फागुपूर्णिमा सभ्य भएर हुन्छ यो सार ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ५६//
    बोसो भएकोले मोसो लिएर आए पनि
    सहर्ष स्वीकार गर्यौँ रङ्गको पर्व भनी ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान  , भारत
    ५७//
    लुकीलुकी किन हान्छौ लोला फोहोर पानीमा रङ्ग घोली
    सांस्कृतिक पर्वमा विकृति आए के जवाफ दिने भोलि ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १९९ सम्पन्न

  • १ चैत्र २०८१, शनिबार २२:३९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    उदक अभ्यास १९९ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –


    [१]
    होली
    इन्द्रेणी रङ्ग
    दुनियाँ दल्दै दङ्ग !

    • वसन्त अनुभव
      [२]
      हाेली
      बढाउने सद्भाव
      रङ्गको मीठो बाेली !
    • प्रमाेद नेपाल
      वीरगञ्ज, हालः काठमाडौँ -५
      [३]
      होली
      पानीको बर्बादी
      खेल्नुहोस् सूक्खा होली !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [४]
      हाेली
      रङ्गहरूकाे पर्व
      सबैलाई लाग्छ गर्व !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [५]
      रङ्ग
      होली पर्ब
      यसैमा लाग्छ गर्व !
    • रमा पन्त, न्युजिलैन्ड
      [६]
      रङ्गमहल
      रङ्गिन दुनिया
      रङ्गदार रमाइलाे जीवन !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [७]
      होली
      खानु सर्वत
      उठेको होलीको पर्वत !
    • बिबा तामाङ, दार्जिलिङ
      [८]
      हाेली
      रङ्गीन पर्व
      खेलेर गर्छन् गर्व !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
      [९]
      हाेली
      रङ्ग लगाउनु
      मिठाे गरी बाेली !
    • नवराज भट्ट
      [१०]
      होली
      रङ घोली
      खेलौँ मिलाइ लोली !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [११]
      होली
      रङको रङ्गोली
      खेल्यौँ हृदय खोली !
    • सुरेशकुमार पाण्डे
      [१२]
      संस्कार
      होलिको उमङ्ग
      हाँसौ नाँचौ सद्भावसँग !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१३]
      फागु
      रङ्गको पर्व
      होलिका दोहनमा गर्व !
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [१४]
      रङ्ग
      महलमा दुनियाँ
      होली खेल्दै दङ्ग !
    • वेदु न्यौपाने
      [१५]
      रङ्ग
      खुसी उमङ्ग
      देखेर सम्पूर्ण दङ्ग !
    • आर्त अकुलीन
      [१६]
      हाेली
      भएको खुसी
      संस्कृतिमा लाग्याे ढुसी !
    • राजेन्द्र भुसाल (डिल्ली), अर्घाखाँची
      [१७]
      होली
      रङ्गीन पर्व
      आफ्नै संस्कृतिमा गर्व !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [१८]
      होली
      रङ्गको संसार
      पानीसगं नखेलौं मोली !
    • एवाइ प्रभात
      खाल्स छेन्ताङ, सहिदभूमि, धनकुटा
      [१९]
      होली
      सबैको पर्व
      जमेर खेल्छन् आजभोलि !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौ
      [२०]
      होली
      साथी मिलेर
      खेलौॅ मन खोली !
    • घनश्याम पौडेल, पोखरा
      [२१]
      होली
      अनेकौँ रङ्ग
      जीवनमा छाओस् उमङ्ग !
    • कार्की डिबी माकुम
      [२२]
      होली
      मित्रताको हात
      नगरौँ हामी कुठाराघात !
    • कमला देवकोटा, पाल्पा
      [२३]
      होली
      रङ्गसँगै उमङ्ग
      खेलौ बनेर दङ्ग !
    • संगीता खरेल, काठमाडौँ
      [२४]
      होली
      सप्तरङ्ममा रमाउँदै
      जोस जाँगर जमाउँदै !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [२५]
      होली
      रिसराग मासी
      खेलौँ सम्बन्ध गाँसी !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [२६]
      होली
      खेलौँ रमेर
      मनको घृणा त्यागेर !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
      [२७]
      हाेली
      आज भाेलि
      खेल्छन् रङ्ग घाेली !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [२८]
      होली
      रङ्गको होली
      खेलौँ मन खोली !
    • कला ढकाल, झापा
      [२९]
      होली
      खेलेर रङ्ग
      देखियो जगत् दङ्ग !
    • विवश पारदर्शी, झापा
      [३०]
      होली
      रङ्गिन पर्व
      गर्नु पर्छ गर्व !
    • धनमाया चौधरी, कैलाली
      [३१]
      होली
      रङ्गको खेल
      हटाउछ सबै बेमेल !
    • रिता खराल, रूपन्देही
      [३३]
      रङ
      होली पर्व
      बसन्त ऋतुको आगमन !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३४]
      होली
      खेलेर होली
      पश्चाताप नहोस् भोलि !
    • राज बहादुर बडुवाल
      कनकासुन्दरी-५, जुम्ला
      [३४]
      होली
      आज पहाड
      भोलि हुन्छ तराई !
    • सविता के.सी.
      [३५]
      होली
      खेलौं रमेर
      बोकेर सद्भावको झोली !
    • पशपती राई, खोटाङ
      [३७]
      फागु
      होलीको पर्व
      बनाऊ खुसीको उमङ्ग !
    • सुरेश न्यौपाने
      [३८]
      होली
      रङ्गको पर्व
      इतिहासमा गरौँ गर्व !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३९]
      मदनाेत्सव
      संस्कृतिक पर्व
      हर्ष उमङ्ग गर्व ।
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४०]
      हाेली
      बिर्सेर भाेलि
      पैसा बगायाे खाेली !
    • नीरज काेइराला
      [४१]
      होली
      पहाड तराई
      नाता जोड्छ पराइ !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४२]
      होली
      कतै रमाइलो
      कतै थपेको पीडा !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४३]
      हाेली
      रङ्गको पर्व
      देखेर सारा दङ्ग
    • बलराज गिरी, कैलाली
      [४४]
      होली
      रङ्गिन पर्व
      मनाऔँ सबैले मिलीजुली !
    • देव स्याङ्देन, कालेबुङ
      [४५]
      रङ्ग
      खेल्दै होली
      लगाईन्छ हृदय खोली !
    • चक्र शाही, लम्की, कैलाली
      [४६]
      होली
      दिल खोली
      वचन मिठो बोली !
    • कविता आचार्य, कैलाली
      [४७]
      हाँस्दै
      आयो गयो
      खुरुखुरु सुरुसुरु लुरुलुरु !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [४८]
      रङ्ग
      फागु पूर्णिमा
      हर्ष उल्लास उमङ्ग !
    • शारदा दीप्ता
      [४९]
      रङ्ग
      मिलेर खेल्ने
      संस्कारलाई नपार भङ्ग !
    • दुर्गा आचार्य, मोरङ
      [५०]
      होली
      खेल्दछन् दुनियाँ
      सप्त रङ्गिन टोली !
    • भगवती दवाडी
      [५१]
      होली
      खेल्दा फ़ेरि
      भिज्यो मेरो चोली !
    • दीपा गुरुङ समभाव
      दुबेकोल, खोटाङ
      [५२]
      रङ्गियोस्
      रङ्गीचङ्गी पर्वले
      सबैका मनहरू चम्कियोस्् !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [५५]
      हाेली
      रमाइलो चाड
      नगराैँ कसैले तँछाडमछाड !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [५४]
      हाेली
      सप्त रङ्गमा
      बितोस् जीवन उमङ्गमा !
    • दुर्गा भट्टराई, मोरङ
      [५५]
      होली
      रङ्गको पर्व
      असत्यमाथि सत्यको विजय !
    • सरिता काफ्ले, कोहलपुर-८, पिपिरी, बाँके
      [५६]
      फागुको
      चाड हाेली
      नाचाैँ दिल खाेली !
    • टीकाराम जाेशी, टीकापुर
      [५७]
      जीवन
      अनेकौं रङ्ग
      होली जस्तै जीवन !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [५८]
      होली
      रङ्गको पर्व
      संस्कृतिमा गर्छौं गर्व !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५९]
      फागु
      साँचेमा कालले
      आउँछ रङ्ग भोलि !
    • कण्ठराज गिरी, टीकापुर, कैलाली
      [६०]
      होली
      रमाइलो पर्व
      खेलौँ साथीभाइ आफन्त !
    • सावित्री प्याकुरेल, धादिङ्ग
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    ‘अखबार’ र ‘मरजाद’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १ चैत्र २०८१, शनिबार २२:१३ मा प्रकाशित
  • काठमाडौँ, चैत २ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘अखबार’ र ‘मरजाद’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

    ‘अखबार’ लघुकथासङ्ग्रह, लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको दोस्रो लघुकथा कृति हो । उहाँको यसभन्दा पहिले एउटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ ।
    त्यस्तै ‘मरजाद’ लघुकथासङ्ग्रह लघुकथाकार अवधेश सिंहको पहिलो लघुकथा कृति हो ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक गोपाल अश्कले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो ।
    उहाँले मरजाद शब्दको अर्थ मर्यादा मात्र नभएर तराईमा बिहेमा गरिने एक संस्कृति भएको र जुन आजकल बिस्तारै हराउँदै गएको बताउनुभयो ।
    ‘आजका परिचर्चाकारले खास परिचर्चा नगरी प्रभावी परिचर्चा मात्र गर्नुभयो । कम्तिमा परिचर्चाकारले सर्जकको शैली, राम्रा पक्षको उजागरसँगै सुधार गर्नुपर्ने कुराहरू पनि राख्नुपर्ने थियोे’ प्रमुख अतिथि अश्कले भन्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार एवम् समालोचक ध्रुव मधिकर्मीले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको लघुकथा कृति ‘अखबार’को परिचर्चा गर्दै लघुकथासङ्ग्रह अखबारमा विविध विषयवस्तुहरू समेटिएका ३० उत्कृष्ट लघुकथाहरू रहेकोे बताउनुभयो । ‘साहित्यका विविध विधाहरूमा कलम चलाई तत् तत् विधामा आफ्नो दह्रो उपस्थिति जनाउनुभएकी लघुकथाकार पौडेलले ‘अखबार’मा पनि आफ्नो बलियो उपस्थिति जनाउनुभएको छ ।’ उहाँले भन्नुभयो । सङ्ग्रहका लघुकथाहरूमा कोरोनाकालमा भोग्नुपरेका दु:ख, पीडा एवम् तीता भोगाइदेखि वर्तमान समयको चित्रण, समाजमा विद्यमान भेदभाव एवम् सामाजिक कुरीति, विकृति आदिप्रति व्यङ्ग्य पाउन सकिन्छ । साथै ‘अखबार’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको एउटा लघुकथालाई बीज विन्दु मानेर लघुकथाहरू सङ्ग्रहित रहेकोे बताउनुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार अवधेश सिंहको लघुकथा कृति ‘मरजाद’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ समालोचक एवम् कृति सम्पादक डा.विदुर चालिसेले लघुकथाकार सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’भित्र पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘नाटक’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँका लघुकथाहरूमा स्थान वैशिष्ठ्यता रहेको र तराईको माटोको सुगन्ध रहेको बताउनुभयो । उहाँको लघुकथाको शीर्षकले नै पाठकको ध्यान आकृष्ट गर्ने, कौतुहलता, जिज्ञासा पैदा गर्ने खालको भएको उल्लेख गर्नुभयो । समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने लगायत प्रश्न उठाउने पनि काम गरेको बताउनुभयो ।

    कार्यक्रममा ‘अखबार’ लघुकथासङ्ग्रहको तर्फबाट बोल्नु हुँदै कृतिकार एवम् लघुकथाकार गङ्गा कर्माचार्य पौडेलले छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।

    त्यस्तै कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘मरजाद’ लघुकथासङ्ग्रहका कृतिकार अवधेश सिंहले आफू लघुकथाको सामान्य विद्यार्थी रहेको उल्लेख गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले निकालेका लघुकथाको सुगन्ध स्मारिका हेरेर पढेर लघुकथा लेखनमा सुधार गर्दै आएको बताउनुभयो । परिचर्चाकारले दिएका सुझावहरूलाई सहर्ष स्वीकार गर्दै उहाँले परिचर्चा कार्यक्रमको आयोजना गरिदिनुभएकोमा आयोजकप्रति आभार प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा गोपाल अश्क, ध्रुव मधिकर्मी, गङ्गा कर्माचार्य पौडेल, अवधेश सिंह, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, डा.विदुर चालिसे, वसन्त अनुभव, हिमलाल श्रेष्ठ, ललिता दोषी, डा.शेखर कुमार श्रेष्ठ, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, कर्ण दयाल, इन्दिरा चापागाईँ, म्यामराज राई, कुमार काफ्ले, निर्मला, चन्द्रा न्यौपाने, कमल पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, लघुकथा समीक्षा

    झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न

  • ३० फाल्गुन २०८१, शुक्रबार ००:०९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ११० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १)
    १.
    सद्भावको रङ्गहरू घोली
    मिलीजुली मनाऔँ सबैले
    सांस्कृतिक पर्व होली !
    २.
    जोगाउन मौलिक संस्कृति
    मर्यादामा रही मनाऔँ
    फैलाउँदै मुलुकभर जागृति !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    —————<•>————–
    २)
    रङहरूको रङ्गीन पर्व
    नलिई द्वेषभाव मनमा
    गरौँ संस्कारमाथि गर्व !
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    —————<•>————–
    ३)
    होली आयो होली
    मौलिक संस्कृति जोगाउन
    मिलेर खेलौँ भोलि !
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ।
    —————<•>————–
    ४)
    होलीको गर्व लाग्छ
    मिलेर रमाइलो गरौँ
    आफ्नो संस्कृति जाग्छ ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी
    —————<•>————–
    ५)
    खेलौँ मन खोली
    आयो रङ्गहरूको पर्व
    उमङ्ग बोकी होली !
    ✍️
    संगीता खरेल
    काठमाडौँ
    —————<•>————–
    ६)
    १.
    होली पर्व आयो
    रङ्गहरू खेल्ने हुनाले
    खुसीयाली मनमा छायो ।
    २.
    मनाऔँ सद्भाव, उमङ्गले
    संस्कार, संस्कृति जोगाउन
    थाल्नुपर्छ सबै जनले !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>————–
    ७)
    होलीको उमङ्ग आउँदैछ
    रंगहरूको रङ्गीन वर्षातसँगै
    गाउँघरमा खुसी छाउँदैछ ।
    ✍️
    किराती हाङ तिम्रो
    —————<•>————–
    ८)
    १.
    हाेली राष्ट्रिय पर्व
    समान रूपमा हामीले
    मनबाटै गर्नुपर्छ गर्व !
    २.
    फागुनमा हाेली आयाे
    सम्पूर्ण दाजुभाइकाे मनमा
    हर्ष, उमङ्ग छायाे ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    —————<•>————–
    ९)
    १.
    होली आयो होली
    यसपालि पनि लौ
    छ्यापौँ रङ्गहरू घोली !
    २.
    एकसाथ ल्याउने चाड
    भलो चाहन सबैको
    भन्दैन तराइ पहाड ।
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    —————<•>————–
    १०)
    १.
    आयो होली आयो
    मौलिक संस्कृति जोगाऔँ
    रङ्गले संसार छायो ।
    २.
    आऊ कान्छी होलीमा
    जोगाउनु छ संस्कार
    लाइन बसौँ टोलीमा !
    ✍️
    एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    —————<•>————–
    ११)
    १.
    रङ्गीन पर्व होली
    सबै नेपालीले खेलौँ
    मन पूरा खोली !
    २.
    नेपालीहरूको राष्ट्रिय पर्व
    उनेर एउटै मालामा
    मनाऔँ लिएर गर्व !
    ✍️
    बिपी लामिछाने
    दमक – झापा
    —————<•>————–
    १२)
    १.
    आयो एकासीको होली
    हिमाल पहाड तराईमा
    खेलौँ हृदय खोली !
    २.
    रङ्ग जोरजबर्जस्ती नदलौँ
    लुगा च्यात्दै आवेगमा
    मदिरा खाएर नढलौँ ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्ड़ौ
    —————<•>————–
    १३)
    नेपालीको पर्व होली
    खुसीको साथ खेलौँ
    सातै रङ्गहरू घोली !
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर
    —————<•>————–
    १४)
    १.
    लिनुपर्छ हामीले गर्व
    विविध चाडपर्व मध्येको
    आयो होली पर्व !
    २.
    होली खुसीमा खेल्नुपर्ने
    इच्छा विपरित भएमा
    हुनसक्छ लफडा झेल्नुपर्ने !
    ✍️
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    —————<•>————–
    १५)
    १.
    रङ्गहरूको पर्व होली
    हाँसखेल गरी मनाऔँ
    केही होला भोलि !
    २.
    सबैसँग मिलेर मनाउँ
    मनका कटुता बिर्सेर
    होलीमा मजाले रमाउँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>————–
    १६)
    इतिहास ब्युँझाउने हाेली
    विसङ्गतिलाई बढावा दिँदै
    नखेलाैँ अनेकथरी घाेली !
    ✍️
    खुनराज काेइराला
    सिद्धलेक-३ धादिङ
    —————<•>————–
    १७)
    १.
    होलिकाको दहन भएर
    सुरुआत भयो होलीको
    मनाऔँ सबै मिलेर !
    २.
    रङको उचित प्रयोग
    मनाउनुपर्छ हामी सबैले
    जुर्छ वर्षमा सन्जोग !
    ✍️
    रिता खराल
    रूपन्देही
    —————<•>————–
    १८)
    एक पर्व होली
    उमेर समूहको मनोरञ्जन
    रमाऔँ दिल खोली !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    —————<•>————–
    १९)
    १.
    आयो पर्व होली
    प्रेम भातृत्व स्नेहको
    मिठो सन्देश बोली !
    २.
    गर्दै मनाऔँ गर्व
    विविध रङ्गहरू बोकी
    आयो होली पर्व !
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    —————<•>————–
    २०)
    १.
    रमाएर मनाऔँ होली
    पालैपालो एउटै पर्व
    आज कसैले भोलि !
    २.
    रङ्गको पर्व मनाऔँ
    एकताको दियो बाल्दै
    सभ्य भव्य बनाऔँ ।
    ✍️
    कला ढकाल
    झापा
    —————<•>————–
    २१)
    १.
    चढेर वसन्तको डोली
    खुसीयाली बोकेर आयो
    रङ्गहरूको पर्व होली !
    २.
    खेलौँ साथी होली
    दु:ख सारा भुल्दै
    रङ्ग पानीमा घोली !
    ✍️
    बिके मुखिया
    दार्जिलिङ,भारत
    —————<•>————–
    २२)
    मिलेर होली खेलौँ
    कायम गर्दै भाइचारा
    जबर्जस्ती रङ नठेलौँ ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>————–
    २३)
    १.
    होली पर्व मनाऔँ
    इन्द्रेणी रङ्ग होलीमा
    मौलिकता सद्भाव जगाऔँ ।
    २.
    वैमनश्यताको भावना भुलेर
    दिऔँ सन्देश भाइचाराको
    होलीको रङ्गमा खुलेर !
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ
    —————<•>————–
    २४)
    १.
    रङको तिहार होली
    मनाऔँ हर्ष उमङ्गले
    आत्मियताको रस घोली !
    २.
    सद्भाव सबैमा बढोस्
    होलीको रङसँगै हेर
    मायाको रङ चढोस् !
    ✍️
    अन्मोल राई
    —————<•>————–
    २५)
    १.
    खेल्छौँ होली पर्व
    भाइचारा सद्भावना बोकी
    गर्छौंँ सदैव गर्व !
    २.
    हरेक वर्ष आउँछ
    रङ्गको पर्व होली
    हृदयमा उमङ्ग छाउँछ ।
    ✍
    राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    —————<•>————–
    २६)
    १.
    नेपालीको पर्व हाेली
    मेचीदेखि महाकालीसम्म खेलौँ
    आपसमा मन खाेली !
    २.
    मनाऔँ होली पर्व
    सद्भाव भाइचारा बाेकी
    आपसमा गरौँ गर्व !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
    —————<•>————–
    २७)
    १.
    रङको पर्व होली
    मनाऔँ सद्भाव बाँडेर
    आत्मीयता साटौँ खोली !
    २.
    रङ्गीन जीवनको भावना
    आपसमा भातृत्व साटौँ
    होलीको अपार शुभकामना !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>————–
    २८)
    संस्कार संस्कृति मनाउने
    वर्ष दिनको पर्वमा
    सदाचार भई जनाउने !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>————–
    २९)
    १.
    खेलौँ सबैले होली
    संस्कार संस्कृति मनाऔँ
    सबैले हृदय खोली !
    २/
    सबैले मिलेर खेलौँ
    होली पर्व मनाउँदा
    कसैलाई नि नपेलौँ !
    ✍️
    वेदु न्यौपाने
    —————<•>————–
    ३०)
    उर्जाशील दिन भोलिको
    उमङ्गको राज्य होओस्
    सबैमा शुभकामना होलीको !
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    —————<•>————–
    ३१)
    बस्तीमा मनाइन्छ होली
    रमाई उमङ्गले चौपट्टै
    छचल्किन्छ रङ्गीन खोली !
    ✍️
    हितमान छन्त्याल (सहोदर )
    पोखरा,कास्की ।
    —————<•>————–
    ३२)
    आयो हजुर होली
    रातो निलो पहेलो
    रङ्गियो तिम्रो चोली !
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    —————<•>————–
    ३३)
    १.
    रङ्गको पर्व हाेली
    आपसमा सद्भाव बाड्दै
    खेलाैँ मन खाेली !
    २.
    हाेलीकाे उमङ्ग छायाे
    मित्रवत् हात बढाउँदा
    मनले शान्ति पायाे ।
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>————–
    ३४)
    होली आयो हेर
    खराब नहौँ हामी
    जबर्जस्ती रङ छ्यापेर !
    ✍️
    जनक बिसी
    दक्षिण भारत कोचिन
    —————<•>————–
    ३५)
    १.
    संस्कार संस्कृति जोगाऔँ
    एकापसमा सद्भाव राखेर
    होली पर्व मनाऔँ ।
    २.
    जबर्जस्ती हुँदैन लगाउन
    आत्मसम्मानमा चोट पुर्‍याई
    विकृति विसङ्गति फैलाउन !
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ्ग
    —————<•>————–
    ३६)
    १.
    रक्ताम्य भयाे खाेली
    परिवर्तित समाजका लागि
    खुसीयालीमा मनाऔँ हाेली !
    २.
    मिठासपूर्ण मित्रताकाे बाेली  
    खुसियालीकाे संज्ञा दिने
    मिश्रित रङ्गहरूकाे हाेली !
    ✍️
    काेपिला समिक्षा
    खार्पा खाेटाङ
    —————<•>————–
    ३७)
    रङ्गको पर्व आयो
    होली हाम्रै आँगनमा
    सबैमा हर्ष छायो !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>————–
    ३८)
    १.
    आयाे रङ्गहरूकाे पर्व
    संस्कार र संस्कृतिको
    गराैँ सबैले गर्व !
    २.
    नआओस् विकृति हाेलीमा
    रमाइलो गराैँ सबैले
    संस्कार नफालाैँ खाेलीमा !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>————–
    ३९)
    १.
    आयो फागुनमा होली
    मन खोलेर मनाऔँ
    माया विश्वास घोली !
    २.
    हटोस् मनको मैलो
    रङ्गहरूमा रमाउ सबै
    खाेली भाइचाराकाे दैलाे !
    ✍️
    सुशील शिखा
    काठमाडौँ
    —————<•>————–
    ४०)
    १.
    रङ्गमा ढङ्ग घाेली
    आपसमा सबै मिलेर
    रमेर खेलाैँ हाेली !
    २.
    पर्वमा षट्कर्म छाउँ
    मर्मले सर्म चाेख्याइ
    हाेलीकाे महिमा उजिल्याउँ ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    —————<•>————–
    ४१)
    शुभकामना सबैलाई होलीको
    आफ्नो समाजमा सबैले
    प्रभाव छाडौँ बोलीको !
    ✍️
    सञ्जना शर्मा
    लमही दाङ
    —————<•>————–
    ४२)
    होली पर्व आयो
    गाउँ सहर जताततै
    सबैको मन रमायो ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    —————<•>————–
    ४३)
    असत्य नहोस् बोलीको
    शुद्ध बनाउँ मनलाई
    शुभकामना आगामी होलीको !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी दार्जिलिङ
    —————<•>————–
    ४४)
    १.
    होलीको रसरङ्ग घोली
    जीवन सफल बनाऔँ
    सुन्दर शान्त भोलि !
    २.
    नहोस् वैमनश्य कतै
    मन बनोस् पवित्र
    फैलोस सद्भाव जताततै !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>————–
    ४५)
    १.
    जीवन रङ्गीन बनोस्
    होलीको रङ्गहरू जस्तै
    सबैले आहा भनोस् !
    २.
    खोलेर मनको झोली
    संस्कार संस्कृति अनुसार
    मनाऔँ सबैले होली !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, भारत
    —————<•>————–
    ४६)
    रङ्गको पर्व आयो
    तराई पहाड हिमाल
    रमाउने बहाना ल्यायो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>————–
    ४७)
    रमाएर सद्धभावपूर्ण ढङ्गले
    खेल्छौँ हामी होली
    विभिन्न थरिका रङ्गले !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>————–
    ४८)
    १.
    आयाे हाेली पर्व
    खेलाैँ सबै मिली
    उमङ्ग र गर्व !
    २.
    संस्कार संस्कृति हाम्रो
    साथीभाइ मिलेर हाेली
    खेलेकाे कति राम्रो !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>————–
    ४९)
    होली पर्व हाम्रो
    रङ्गबिरङ्गको मेला रङ्गिन
    मिलेर खेलेको राम्रो !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>————–
    ५०)
    १.
    हाेली पर्वकाे मूल्य
    यसमा सबै समुदायकाे
    हुनुपर्छ समान घुल्य !
    २.
    रङ्गीन सुन्दर रीति
    एकताबद्ध गराउँछ हाेलीले
    सबैले माने नीति !
    ✍️
    राजेन्द्र भुसाल (डिल्ली)
    अर्घाखाँची
    —————<•>————–
    ५१)
    १.
    आयो फेरि होली
    खेलौँ हामी मिलेर
    सातै रङ्ग घोली !
    २.
    हामी सबैको पर्व
    होली रमाउँदै खेलौँ
    मानेर भोलि गर्व !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    —————<•>————–
    ५२)
    १.
    आयो घुमेर होली
    परम्परा संस्कृतिलाई समाल्दै
    नहान्नू लुकेर लोली !
    २.
    वर्षदिनको होली पर्व
    मनाउँदा हुन्छ सबैमा
    खुसी अनि गर्व !
    ✍️
    दुर्गा भट्टराई
    माेरङ
    —————<•>————–
    ५३)
    नेपालीको महान् पर्व
    मनाऔँ हामी राजीखुसी
    गरौँ संस्कृतिमा गर्व !
    ✍️
    खडक आर सी मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>————–
    ५४)
    हदभन्दा पनि माथि
    गएर होली पर्व
    नमनाऔँ है साथी !
    ✍️
    सरिता सेढाई
    धादिङ
    —————<•>————–
    ५५)
    होली नखेल  बेकारको
    सरकारले खेल्छ होली
    बन्दुक गोली तरबारको !
    ✍️
    देवी पन्थी
    —————<•>————–
    ५६)
    घरआँगनमा छायो उमङ्ग
    मज्जाले खेलौँ होली
    बनोस् दुनियाँ दङ्ग !
    ✍️
    सुरेश विश्वकर्मा
    डोटी
    —————<•>————–
    ५७)
    हाेली रमाइलाे चाड
    सचेत भई मनाऔँ
    नगरौँ कदापि खेलवाड !
    ✍️
    भाेलामान बर्देवा(बैरागिमाईलाे)
    धरान ८ सुनसरि
    —————<•>————–
    ५८)
    खेलौँ रङको होली
    चाडपर्व मनाऔँ हामीले
    पूरा हृदय खोली !
    ✍️
    यशोदा रेग्मी
    —————<•>————–
    ५९)
    १.
    विविध रङहरू छरी
    मनाऔँ होली पर्व
    सद्भाव नखल्बलिने गरी !
    २.
    मिलाउँदा फागुमा लोली
    मर्यादाको ख्याल गर्दै
    खेलौँ आपसमा होली !
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    —————<•>————–
    ६०)
    इच्छा, चाहना खोली
    रङ्गहरूको पर्व मनाऔँ
    खेलेर साथी होली !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>————–
    ६१)
    १.
    वसन्तको चाड आयो
    रङ्गीन पर्व होली
    सबैमा खुसीयाली छायो ।
    २.
    गरेर सद्भाव पेश
    खुसीले मनाऔँ होली
    जाओस् एकताको सन्देश !
    ✍️
    देव स्याङ्देन
    कालेबुङ
    —————<•>————–
    ६२)
    भनिन्छ भक्त भगवान्
    नरसिँह अवतारको कृपा
    प्रह्लाद बने महान् !
    ✍️
    संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    —————<•>————–
    ६३)
    १.
    भक्त प्रल्लादको भक्ति
    दनदनी जलिन् होलिका
    हिरण्यकश्यपुको अद्भुत शक्ति !
    २.
    खेलौँ मिलेर होली
    ईर्ष्या, द्वेष भुलेर
    अनमनको गाँठो खोली !
    ✍️
    ज्योतिका छेत्री
    —————<•>————–
    ६४)
    १.
    होलीका रङ्गीचङ्गी रङ्गहरू
    सबैमा खुसी छाओस्
    सदा सप्रिउन् ढङ्गहरू !
    २.
    मित्रताको गाँठो कसिलो
    रङले रङ्गिएको होली
    भावना खुलोस् रसिलो !
    ✍️
    हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला,सल्यान
    —————<•>————–
    ६५)
    १.
    होली रङ्गको पर्व
    दिल खोलेर खेलौँ
    सबैले मानेर गर्व !
    २.
    हिमाल, पहाड, तराई
    खेलौँ दाजुभाइ सबै
    कोही छैनन् पराइ !
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    —————<•>————–
    ६६)
    १.
    आयाे पर्व हाेली
    रङ्गीबिरङ्गी बनाउँदै सहर
    बगाई रङ्गको खोली !
    २)
    हिमाल, पहाड, तराई
    मनाइन्छ रङ्गको पर्व
    नठानी कसैलाई पराइ !
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>————–
    ६७)
    कति मिठो बोली
    रङ्गैरङ्गको सप्तरङ्गी फागु
    पर्व हो होली !
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    —————<•>————–
    ६८)
    स्वच्छ रहाेस् भावना
    जोगाऔँ मौलिक सँस्कृति
    हाेली पर्वकाे शुभकामना !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>————–
    ६९)
    १.
    रङ्ग लगाउने चाहना
    रङ्गीन बनोस् जीवन
    यही छ शुभकामना !
    २.
    रङ्गहरूको पर्व होली
    खेलौँ सद्भावले सबै
    असल भाव खोली !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    —————<•>————–
    ७०)
    १.
    नारी दहनको जनश्रूति
    होलीको रूपमा मनाउनु
    नराम्रो लाग्छ अनुभूति !
    २.
    विकृत नहोस् चाडपर्व
    असभ्य नबनाऔँ होली
    शिष्टतामा गर्नुपर्छ गर्व !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>————–
    ७१)
    १.
    रङ्गको पर्व होली
    संस्कृति जोगाऔँ सबैले
    मनाऔँ दिल खोली !
    २.
    रङ्ग खेल्ने चाहना
    बनोस् पर्व रङ्गिन
    होली पर्वको शुभकामना !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    —————<•>————–
    ७२)
    रङहरूको आयो पर्व
    संस्कृतिलाई थाती राख्दा
    मिल्छ हामीलाई गर्व !
    ✍️
    विष्णु पंगेनी (पाण्डे)
    वालिङ् -स्याङ्जा
    —————<•>————–
    ७३)
    १.
    रमाएर खेलौँ होली
    संस्कृतिको संरक्षण गरेर
    साथीसँग मीठो बोली !
    २.
    पानीसँग रङ्ग घोलेर
    मनाउँछन् पर्व होली
    खेल्छन् दिल खोलेर !
    ✍️
    चन्द्रिका रिमाल न्यौपाने
    काठमाडौँं
    —————<•>————–
    ७४)
    खुसी अनि उमङ्ग
    एकदिन होली पर्वमा
    हुनेगर्छ मन दङ्ग !
    ✍️
    कविता गुरुङ
    रोल्पा
    —————<•>————–
    ७५)
    १.
    असत्यमाथि सत्यको जित
    हर्षोल्लासको पर्व हाेली
    वर्षेनि मनाउने रित !
    २.
    फालाैँ मनकाे कालो
    बालाैँ ज्ञानको ज्याेति
    हट्छ भ्रमको जालो !
    ✍️
    जगदिश अधिकारी
    तारकेश्वर, काठमाण्डाै
    —————<•>————–
    ७६)
    मिलेर खेलौँ होली
    रङमा रङ मिलाएर
    मनमा मन घोली !
    ✍️
    टिकाराम पुन टिपु
    —————<•>————–
    ७७)
    १.
    रङ्गको पर्व आयो
    मनाऔँ सबै मिलेर
    मनमा उमङ्ग छायो ।
    २.
    आफ्नो संस्कृति जोगाऔँ
    मनाऔँ हैसियत अनुसार
    भड्किलाे देखासीकी हटाऔँ ।
    ✍️
    राधा चाम्लिङ
    खोटाङ
    —————<•>————–
    ७८)
    १.
    वसन्तमा पन्छीको बोली
    सुन्दर हरियाली जङ्गल
    आगमन भइरहेछ होली !
    २.
    रङ्गहरूको  पर्व  होली
    छ हर्षोल्लास जताततै
    रङ्गीबिरङ्गी रङ्गहरू घोली !
    ✍️
    शान्ति भुजेल
    —————<•>————–
    ७९)
    १.
    होली मनाऔँ मिलेर
    रङ्गोलीको साथमा हामी
    खुसीसाथ सबै खिलेर !
    २.
    होली पर्व आयो
    चारैतिर रङ्ग छर्दै
    भाँङ धतुरो खायो !
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    —————<•>————–
    ८०)
    १.
    विभिन्न रङ्ग लगाई
    आऊ खेलौँ होली
    मौलिक संस्कृति झल्काई !
    २.
    रङ्गीन होली पर्व
    स्वागत गरी सप्तरङ्गले
    संस्कृतिमा गरौँ गर्व !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    —————<•>————–
    ८१)
    आँगनमा आयो हाेली
    रमाऔँ सबै मिलेर
    खुसी भएर भाेलि !
    ✍️
    सानु जाेशी
    सुदुरपश्चिम दार्चुला
    —————<•>————–
    ८२)
    १
    विभिन्न रङको पर्व
    नाँच्दै गाउँदै आँगनमा
    गर्दछन् होलीकै गर्व !
    २.
    हिमाल पहाड तराई
    होलीकै रमझम हेर
    औधी मनपर्छ मलाई !
    ✍️
    देव मगर
    तिनाउ~१,कचल,पाल्पा
    —————<•>————–
    ८३)
    आयाे फागुनकाे हाेली
    वृन्दावनमा श्याम रमाए
    गाेपीसँग दिल खाेली !
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>————–
    ८४)
    दलेर रङ्ग होलीमा
    फागुन पूर्णिमा मनाउन
    रमाइलो हुन्छ टोलीमा !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाकाई ४ झापा
    —————<•>————–
    ८५)
    फागुन मास आयो
    आपसी सद्भाव बढाउन
    होलीको रङ छायो ।
    ✍️
    सन्तु खत्री
    —————<•>————–
    ८६)
    पावन हाेलीकाे पर्व
    दलेर सप्तरङ्गी रङ्गहरू
    मनाऔँ गरेर गर्व !
    ✍️
    शालिकराम दाहाल
    —————<•>————–
    ८७)
    १.
    खेलौँ होली रमाई
    रङको वर्षा गरेर
    हातमा हात समाई !
    २.
    रङ्गीन यो पर्वले
    दिलाओस् आँट सबैमा
    जीउन सकुन् गर्वले !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>————–
    ८८)
    १.
    ईश्वर हुन्छन् काममा
    नफैलाऔँ विकृति कसैले
    यी चाडपर्वको नाममा !
    २.
    रङ्गको पर्व रमाइलो
    खेलेर होली सबैले
    बनाऔँ पर्व घमाइलो !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    —————<•>————–
    ८९)
    १.
    रङ्गहरूकाे पर्व हाेली
    मिलीजुली खेल्नुपर्छ मित्र
    आज हाेइन भाेलि !
    २.
    इच्छा चाहाना भावना
    सम्पूर्णमा छ मनैदेखि
    हाेली पर्वकाे शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी
    बझाङ
    —————<•>————–
    ९०)
    मान्नै पर्दछ होली
    नभए पनि बिउ
    विदेशमा थापौँला झोली !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर जिल्ला:- पर्वत
    —————<•>————–
    ९१)
    रङ्गहरूको पर्व होली
    सबै मिलेर मनाऔँ
    प्रेमको रङ्ग घोली !
    ✍️
    समुन्द्रा शर्मा
    —————<•>————–
    ९२)
    १.
    खुसीयाली बोकी मनभरि
    आयो होली पर्व
    रमाउँदै सबैको वरिपरि !
    २.
    रङ्गको पर्व होली
    मिलेर गरौँ रमाइलो
    बनाई सुन्दर टोली !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ सङ्खुवासभा
    —————<•>————–
    ९३)
    १.
    रङ्गहरूको पर्व होली
    बाँडौँ खुसी आपसमा
    भित्रि मन खोली !
    २.
    रङ्गको यो पर्व
    मनाउन पाउँदा कसलाई
    नहोला र गर्व !
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>————–
    ९४)
    १.
    रङ्गहरूको पर्व होली
    संस्कृति झल्काउन आयो
    मिलेर मनाऔँ भोलि !
    २.
    फागु पूर्णिमा राम्रो
    रङ्गीविरङ्गी रङहरूमा झुम्दै
    संस्कृति जोगाऔँ हाम्रो !
    ✍️
    विकास क्षेत्री अञ्जान
    कैजले,बिजनबारी, दार्जिलिङ
    —————<•>————–
    ९५)
    रङ्ग खेलेर होली
    साँस्कृतिक पर्व भन्छन्
    विकृत देखिन्छन् टोली !
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>————–
    ९६)
    १.
    होलीको रङ्ग प्यारो
    सबै मिलेर मनाऊँ
    खेलौँ नगरौँ उधारो !
    २.
    ग्रन्थ होलीका धार्मिक
    अखण्ड देशको लागि
    नगरौँ कसैको सिक !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>————–
    ९७)
    १.
    पीडा छ मनभरि
    फेरि होली आयो
    मनाउँ के गरी ?
    २.
    होली रङ्गैरङ्गको पर्व
    हासौँ अनि रमाऔँ
    सबैले मानेर गर्व !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>————–
    ९८)
    मनाऔँ आज होली
    खुसीको रङ्ग साटेर
    सबैले दिल खोली !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ
    —————<•>————–
    ९९)
    रङ्गमा उमङ्ग घोलेर
    खेलौँ आज होली
    सबैले मन खोलेर !
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा
    —————<•>————–
    १००)
    सद्भावपूर्ण खेलाैँ हाेली
    अबिर लगाई एकापसमा
    बनाउँदै मीठाे बाेली !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर झापा
    —————<•>————–
    १०१)
    रङ्गहरूको  पर्व  होली
    समझदारी गरी खेल्ने
    छलछामले नरङ्गियोस् चोली !
    ✍️
    भगवती दवाडी
    झापा
    —————<•>————–
    १०२)
    १.
    रङ्गको पर्व होली
    खेलौँ मिलेर सबै
    मनको खुसी खोली !
    २.
    होली पर्व आयो
    हिन्दुहरूको एउटा संस्कृति
    मिलेर खुसी छायो ।
    ✍️
    नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    —————<•>————–
    १०३)
    सद्भाव रहोस् सधैँभरि
    शान्ति समृद्धि छाओस्
    होलीमा रमाऔँ बेसरी !
    ✍️
    पुष्पा राई
    खाेटाङ
    —————<•>————–
    १०४)
    खेलौँ होली मस्केर
    आपसी सद्भाव नबिर्सी
    नहिडुन् कोही झस्केर !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके
    —————<•>————–
    १०५)
    हाेली पर्व सनातन
    सम्मान गरेर खेलौँ
    नदुखाई कसैको मन !
    ✍️
    हरिभक्त सिग्देल महेश
    —————<•>————–
    १०६)
    रङ्गहरूकाे  पर्व हाेली
    सद्भाव प्रेम मेलमिलाप
    बढाओैँ हृदयलाई खाेली !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    —————<•>————–
    १०७)
    खुसी उमङ्गको होली
    नाच्दै गाउँदै झुम्दै
    मिठासपूर्ण होस् बोली !
    ✍️
    कबिताहरी
    सुन्दरहरैंचा १ मोरङ
    —————<•>————–
    १०८)
    रङ्गको संसार होली
    जथाभावी नखेलौँ है
    जीवन नरहला भोलि !
    ✍️
    एवाइ प्रभात
    —————<•>————–
    १०९)
    १.
    रङ्गीचङ्गी पर्व होलीमा
    आपसमा मित्रता अनन्य
    सद्भावना रहोस् बोलीमा !
    २.
    एकतामा अनेकताको सौरव
    आँगनहरू रङ्गीन सबैको
    सम्पूर्णमा रहिरहोस गौरव !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>————–
    ११०)
    रङ्गीन चाड होली
    खुसी भई मनाऔँ
    मिलेर सप्तरङ्ग घोली !
    ✍️
    जयनारायण नेपाल
    बालकोट, भक्तपुर
    —————<•>————–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १३८ सम्पन्न

  • २९ फाल्गुन २०८१, बिहीबार १७:२२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयअठतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३८—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/११/२६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    अर्कैले गाली बेइज्जत गरे पछि सम्झेर के हुन्छ?
    दुःख र पीडाको समय टरे पछि सम्झेर के हुन्छ?
    आफ्नो मान्छे जहिले दुःख रआपतको बेला चाहिन्छ,
    दुःखमा वचन बाण नै छरे पछि सम्झेर के हुन्छ?
    धर्तीमा बाँच्न नसकेर मरे पछि सम्झेर के हुन्छ?
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    तिम्रो लागि फूलको माला बुनेको छु
    रङ्गी बिरङ्गी फूलहरु चुनेको छु
    तिमी बिना दिन पनि रात सरह,
    भोलि पर्सि आउँछौ भन्ने सुनेको छु
    खोर भित्रका मुर्गा पनि थुनेको छु ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    साँचो माया गर्नेहरुले जिन्दगी लुटाएका छन्
    दिनको भोक रातको निद चैन छुटाएका छन्
    सम्झनाले सताउँदा लेखी गजल विरहका
    पन्नामा जसोतसो भरेर पनि जुटाएका छन्,
    पिउँदै मदिरा साथीभाइबाट कुटाएका छन्।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    रातो सेतो कालो निलो गनेर रङ लगायो
    होलीको माहोल भनेर रङ लगायो
    अघिल्ला गल्ती समाप्त गर्दै बिर्सने दिनमा
    इतिहासको कहानी खनेर रङ लगायो
    संस्कृतिको पालक नै बनेर रङ लगायो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग०५
    जति गले पनि अरु कसैलाई डाकिन कहिल्यै
    गह्रौं भारी आफैं बोके अरुलाई ताकिन कहिल्यै
    उभिदा उभिदा नसै चुडिएछ खुट्टाको हजुर
    दुखेकै खुट्टाले उभिरहे अझ थाकिन कहिल्यै
    तैपनि कुनैपनि देवी – देवता भाकिन कहिल्यै ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२०

  • २९ फाल्गुन २०८१, बिहीबार १४:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसबिसौऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/११/२२गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२०[एकसयबिसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    आकाशकाे शीतल जून छुन मन छ।
    यी बगेका आँसुकाे साथी हुन मन छ।
    विश्वासघात गर्नेहरू धेरै छन् यहाँ,
    एकान्तमा बसेर एक्लै रुन मन छ।
    हृदयकाे पीडा हाँसाेले धुन मन छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आज तिमी टाउको समाएको छौ
    बिदेशी धन धेरै कमाएको छौ
    धनले शान्ति नमिल्दो रहेछ है ,
    त्यो मुटु अर्कालाई थमाएको छौ
    कसरी घरबार जमाएको छौ ??
    -धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग-:०३
    चिन्ताग्रस्त छ मन शान्ति पो कहाँ होला नि
    शान्ति खोज्ने मन आफैं भाग्छ खोलैखोला नि
    स्थिर राख्न सके शान्ति आफैं आउँथी भेट्न
    भागिरहने मनलाई कस्ले पो छोला नि
    आफ्नो मन आफैंले नछोइ गयो चोला नि।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४

    सबै जान्नेछन् नजान्ने कमै हाेलान्
    सबै मान्नेछन् नमान्ने कमै हाेलान्
    आफ्नो दुनो साेझ्याउन अर्कालाई ,
    तान्ने रित्याएर नतान्ने कमै हाेलान्
    आफू जस्तै च्यापु नठान्ने कमै हाेलान् ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P