आफ्नो बच्चाको खुशीको लागि एउटी आमाले जे पनि गर्न सक्छिन् भन्ने उदाहरण हैम्पशायरमा देखिएको छ । यहाँ एक आमाले आफ्नो सन्तानलाई क्रिसमसको उपहार दिन आफैले आफैलाई बिक्रि गरेकी छिन् । मेगन क्लारा सिंगल आमा हुन् र उनले सानो सानो काम गर्दै हप्तामा ८० पाउन्ड कमाउने गर्छिन् ।
थोरै आम्दानीले सबैको इच्छा पुर्याउन गाह्रो हुन्छ त्यस्तै उनलाई पनि गाह्रो भएकोले उनले यस्तो गर्न बाध्य भएकी हुन् । अरु धनाढ्यको छोरा छोरीको मंहगो उपहार देखेर आफ्नो बच्चाले झगडा गर्ने गरेकाले दुखी भएर उनी आफै पोर्न स्टार बनेकी हुन् । अहिले भने क्लारा व्यस्क फिल्ममा काम गर्छिन् जुन कामबाट एक सिनको ५ सय पाउण्ड पाउँछिन् । यसरी पैसा कमाएको जम्मा गरेर क्लाराले आफ्नो छोरालाई १५ सय पाउण्डको शानदार उपहार दिएकी छिन् ।
उनले आफुले कमाएको पैसा धुम्रपान , रक्सीमा खर्च नगरी आफ्नो बच्चाको लागि खर्च गर्न चाहेको बताएकी छिन् । उनले भनेकी छिन् । आफ्नो छोरालाई धेरै माया गर्छु म परफेक्ट छैन तर असल आमा बन्न पुुरै कोशिश गर्नेछु ।
🖊️रमाकान्त शर्मा भगवान गाैतम बुद्ध काे पवित्र जन्मस्थल लुम्बिनी सारा संसारलाई थाहा भएकाे नेपालकाे एउटा अभिन्न अंग हाे। ” लुम्बिनी ” लुम्बिनीवासी काे मात्र नभएर सम्पूर्ण नेपाली काे गाैरव हाे । लुम्बिनीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा एउटा छुट्टै पहिचान गराएको छ । याे विश्वमा यस्ता धेरै मान्छेहरु छन् जुन नेपाललाई मात्र लुम्बिनीले गर्दा चिनेका छन तर बडाे दु:खकाे साथ लेख्नु परी रहेकाे छ कि अाज हाम्राे जनप्रतिनिधिहरु यसकाे महत्त्व बुझेकाे छैनन् । लुम्बिनी विश्वमै प्रसिद्ध भए पनि शिक्षाकाे क्षेत्रमा धेरै पछाडि रहेकाे देखिन्छ । यहां शिक्षाकाे अवस्था निकै नै दयनीय रहेकाे छ । हामीलाई लुम्बिनीवासी हुनुमा गर्व लाग्छ तर प्रत्येक बर्ष यहाँबाट हजाराैं विद्यार्थी युवाहरु प्रबिधिक शिक्षा, अाई.एस.सी.,बी.एस.सी , अादि पढ्नाकाे लागि बाध्य भएर भैरहवा वुटवल वा अन्य सहरमा कलेज काे शुल्क भन्दा धैरे काेठा भाडा तिरेर अध्ययन गर्न बाध्य भएकाे देखेर मन लज्जित हुन पुग्छ। जुन गाैतम बुद्धले ज्ञानकाे ज्याेति सारा संसारमा जलाए अाज उनकै जन्मभूमि लुम्बिनीबाट प्रत्येक बर्ष हजाराैं विद्यार्थी युवाहरु शिक्षण संस्था तथा गुणस्तरीय शिक्षाकाे अभावले गर्दा बहिरा अध्ययन गर्न जानू चिन्ता काे बिषय हाे । धनीवर्ग का विद्यार्थीहरु सहरमा चर्काे पैसा खर्च गरेर अध्ययन गर्दै छन् भने गरिबवर्गका विद्यार्थीहरु पैसाकाे अभावमा शिक्षाबाट बञ्चित भएर खाडी मुलुकमा गएर श्रम गर्न बाध्य भएका छन्। लुम्बिनीमा यस्ता क्याैं विद्यालहरु छन जुन वि.स.२०२० साल तिर स्थापन गरिएकाे हुन तर अाज वि.सं. २०७७ साल लाग्दा पनि उनीहरुकाे अवस्थामा खासै परिवर्तन देखिदैन । धेरै विद्यालयहरु छन् जुन भाैतिक रुपले सम्पन्न भए पनि व्यवस्थापन काे अभावमा गुणस्तरीय शिक्षा प्रदान गर्नबाट टाढा छन् । लुम्बिनी सत्ता फेरियो नेता फेरिए तर अवस्था फेरिएको छैन् । शिक्षाकाे अवस्था जुन ५० बर्ष पहिला थियाे अधिकांश त्यही अवस्था अहिले पनि कायमै छ। चुनावकाे बेलामा धेरै नेताहरुले शिक्षा काे बारेमा भाषण बाजी गरेकाे सुनियो । हिजाे विद्यार्थीकाे हक हितका कुरा गर्ने नेताहरु अाज नचिनेको जस्तै गर्छन । यहाँ अधिकांश युवाहरुले भने काे सुन्छु , ” कसरी पढ्नु न त पैसा छ न त पढ्ने वातावरण” शिक्षा जस्ताे पवित्र स्थल राजनीतिकाे अखाडा बन्दै गइरहेको छ । विद्यार्थीहरु कयाम्पसमा राजनीति काे फाेहारी खेलबाट प्रताडित छन। राजनीतिक उद्देश प्राप्तिकाे लागि विद्यार्थी हकहितकाे नारालाई माध्यम मात्र बनाइएको देखिन्छ ।विद्यार्थी कल्याण तथा गुणस्तरीय शिक्षाकाे विकास सम्बन्धमा जे जस्ता नारा अघि सारिए पनि व्यवहारमा केही लागु हुने सकेको छैन । नेताहरूले अाफ्ना छाेराछाेरीलाई सहरकाे सुविधा सम्पन्न विद्यालय तथा कयाम्पसमा भर्ना गराउंछन तर गरिबवर्ग का विद्यार्थीहरुले पढ्ने विद्यालय तथा कयाम्पसलाई सत्तामा पुग्न वा कुर्सी जाेगाउन सजिलाे हाेस भन्ने चाहनाले मात्र प्रयाेग गरेकाेे देखिन्छ । लुम्बिनी यसरी नै शिक्षाकाे क्षेत्रमा अघि बढ्ने हाेे भने भबिष्यमा पनि यही दुर्गती वेहाेर्नुपर्ने अवस्था रहने सम्भावना छ। हाम्रा जनप्रतिनिधिहरु शिक्षा क्षेत्रमा निति नियम बनाउन निकै कमजाेर सबित हुँदै गइरहेको छन। नेताहरु ले गुणस्तरीय शिक्षाकालगि अाेठे भाषण मात्र गरेकाे सुनियाे। विद्यार्थीले पढ्ने हरेक सरकारी विद्यालयमा राजनीति घुसिरहेकाेे छ । लुम्बिनी बनाउने हुंकार गर्नेहरु अाफ्ना-अाफ्ना छाेराछाेरीहरु लाई सुविधा सम्पन्न निजी शिक्षालयमा पढाइ रहेकाे छन अनि सरकारी क्याम्पसलाई राजनीतिकाे अखाडा बनाई रहेकाे छन।सरकारी विद्यालय तथा क्याम्पसहरु राजनीतिक दललाई सत्तामा पुर्याइ दिने माध्यम र झण्डा बाेक्ने दास बनाइएका छन। यस्तो अवस्था काे अन्त्य हुनुपर्छ । शिक्षा नै धन हाे यसले देशभक्त, चेतनशील, उत्पादनशील र दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। शिक्षा क्षेत्रमा मजबुत नीति नियम बनाउनु पर्छ। गरिबका छाेराछाेरीलाई भेडा बनाउने काम अबदेखि हटाउन सकेमा मात्र लुम्बिनीले सही निकास पाउथ्याे हाेला। शिक्षामा सबैकाे लागि पहुच,गुणस्तर र समानता कायम राखेर मात्र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने सपना साकार हुन सक्छ। त्यसैमा नेताहरु तथा सम्पूर्ण लुम्बिनीबासी काे जय हुनेछ ।
विवाह जातीय कुरा होइन। विवाह लैंगिक कुरा हो। जात समाजले बनाएको कुरा हो। विवाह गर्न जात चाहिँदैन, लैंगिकता चाहिन्छ। एक अर्का संग विवाह गर्न इच्छुक दुई व्यक्ति चाहिन्छ। ति दुई व्यक्तिको स्वस्थ मन चाहिन्छ। त्यसैले विवाहलाई टिकाउँछ। बाँकी सबै फजुल कुरा हुन् ।
एउटा मान्छेले अर्को मान्छेलाई छोएमा पानी नचल्ने, जात जाने यो प्रचलन नेपाल र भारतको हिन्दु समुदाय बाहेक विश्वको कुनै पनि मुलुकमा भएको पाइदैन। जातीय व्यवस्था नेपालमा १९६३ मा समाप्त भयो। नेपालको संविधान २०७२ मा कुनै पनि सार्वजनिक या निजी स्थान र क्षेत्रमा जातजातिकै नाममा विभेद, छुवाछूत व्यवहार गर्न नपाइने र गरेमा कानुनी कारबाही हुने स्पष्ट व्यवस्था छ। यदपि यी कानुनी प्रावधानहरूको बाबजुद पनि दलितहरूले निरन्तर भेदभाव र हिंसाको सामना गरिरहेछन्। त्यसमाथि, बिडम्बना रुकुम पश्चिम जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भइसकेको छ । तर, अझै पनि वास्तविक रुपमा दलित समुदायले न्यायको प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् । आजपनि जातीय विभेदकै कारण दलितहरूले ज्यान गुमाउनु परेको छ भने विभेदको अन्त्यका लागि अगाडि ल्याइएका नीतिहरूको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन । अझै न्यायका लागि कति बलिदानी गर्नुपर्ने हो ? यो प्रश्न अनुत्तरित छ ।
यस्ता प्राय छुवाछूतका घटनाहरु चलिआएको परम्पराको नाममा विवादित दुई पक्ष बीच मिलापत्र गरि टुङ्ग्याइने गरेको छ। त्यसैले सक्षम न्यायको आशा अझ परै छ । यसरी जातियता जोडिएका गम्भीर प्रकृतिका कसुर अपराधमा समेत विवादित विषयलाई सक्षम निकाय समक्ष पुग्न नदिई पिडितलाई अस्थाही न्यायिक प्रत्याभूति दिलाउन समाजका अगुवा कहलिने व्यक्तित्वहरुनै कुमार्गदर्शक बनि लागिपरेका छन्।
अझ रुकुम पश्चिमको नवराज विक समेतको युवाको हत्यामा समाजको गन्यमान्य भनिनेहरुको पनि संलगनता भएको हुनसक्ने कुराले समाजलाई स्तब्ध, दुखित र लज्जित बनाएको छ। धिक्कार छ त्यस्ता मानव रुपी दानाबहरुलाई, तिनीहरुको चेतनाको स्थरले तिनीहरु केवल एउटा घृणाको पात्र मात्र भएका छन। वास्तविक रुपमा हाम्रो समाजमा कुनै परिवार कम शिक्षित, कम प्रगतिशील र कम सिप भएका परिवार मध्यको किन नहोस तर सामाजिक जातीय वर्णानुक्रममा त्यस्ता परिवारले आफूलाई ब्राह्मण परिवारमा जन्मेको कारणले गर्दा मात्र उच्च स्थानमा रहनु पर्ने भनठान्छन् ।
के तपाईंले कहिल्यै यस्तो खबर सुन्नुभएको छ वा पढ्नुभएको छ जहाँ कुनै दलित महिला वा तल्लो जातको महिलासँग विवाह गरेको कारण ब्राह्मण पुरुषको हत्या भएको छ? किन ब्राह्मण पुरुषसँग बिहे गर्ने कुनै पनि गैर ब्राह्मण महिलाको परिवारले ब्राम्हण दुलाहाको हत्या गर्ने हदसम्म कुनै प्रपन्च रच्दैन?
हामीले यो बुझन जरुरी छ कि दलित शरणार्थी होइनन्, अप्रवासी होइनन् र दास पनि होइनन। यी पनि नेपाल आमाका सन्तति हुन् र नेपालका इमान्दार, देश भक्त, कला, कौशल र सिपले भरिपुर्ण नागरिक हुन् जसको देश विकास र समाजमा शान्ति सुनिश्चित गर्नको निम्ति उल्लेखनिय योगदान रहेको छ। एउटा मानवले अर्को मानवलाई अछुत भन्नु भनेको हाम्रो परम्परागत रुडिवादी संस्कारको नकारात्मक प्रभावको असर हो। यधपी यहाँ परिवर्तनशील समयको माग संगै सामाजिक मान्यताहरू पनि परिवर्तन भएपछि, हिन्दू समाज पनि प्रेम विवाह प्रति आफ्नो दृष्टिकोण र व्यवाहर परिमार्जन गर्न बाध्य भयो। तर यसले महिला र पुरुषको प्रेम विवाह गर्नको निम्ति संसोदित जातीय शर्त पेश गर्यो, जहाँ पुरुष वा महिला उही जातको हुनुपर्ने छ । मानिसले आफुले रोजेको व्यक्ति संग विवाह गर्न पाउनु उसको अहरणीय नैसर्गिक अधिकार भित्र पर्दछ। तसर्थ कसैको निजि जीवनमा हस्तक्षेप गर्ने अधिकार कसैको पनि हुदैन।
यहाँ एउटा पुरुष जसले एउटी नारीलाई स्वछ प्रेम गरि आदर र सम्मानका साथ जिन्दगि भरि साथ दिनको लागि उनलाई विवाह गर्न जादा जातियता कै कारण मारिनु पर्यो। तर यहि हाम्रो समाजले एउटी नारीको अस्मिता लुटी बलात्कार गरि उनको जिन्दगि संग खेल्दा समेत चुप लागेर बस्छ । अहिले सम्म एउटा त्यस्तो घटना जहाँ बलात्कारी वा महिला माथि हिंसा गर्नेलाई समाजका मान्छे मिलि कुटेर मारेको भनि सुनेको छैन । यस्तो जघनिय अपराध हुदा कहाँ हुन्छन समाजका मान्छेहरु, किन मौन बस्छन? ६ वर्षको बच्ची देखि ६०/७० वर्षको बृद्द सम्म बलात्कार गर्ने मानिसलाई सजाय गर्न नसक्नेले एउटा निर्दोष प्रेमीलाई मार्नु कदापी उचित काम होइन।
जात भन्नाले एउटा कार्य दक्षयता र क्षमताको आधारमा विभाजन गरिएको मानविय समूह हो । यसमा छुवाछुत र निच र उच्च भन्ने मान्यता चाही हाम्रो अज्ञानताको कारणले दिमागमा डेरा जमाएको कुसंस्कार मात्र हो। एउटा बिश्वोकर्माले बनाएको मुर्तिलाई हामी पुजा कोठामा भगवान मानी पुजा गर्छौ, त्यो देउताको आकृति सिर्जना गर्ने मान्छे कसरि अछुत भयो उसको दर्जा त सामान्य मान्छेको भन्दा माथि हुनुपर्छ। मान्छेको पेशालाई जात संग जोडने हो भने हामीले आफ्नो पेशा अनुसार आफुलाई कुन वर्णमा राखने भनि आफै मूल्यांकन गर्न सक्छौ। अझै पनि हाम्रो मानसपटलमा यस्तो अन्धबिश्वास गढेको छ कि पेशाको आधारमा छुट्याइएको व्यवास्थालाई हामी एकछिन पनि मनन नगरी जातियताको आधार लिएर छुवाछुत प्रथालाई कायम राखी रहेका छौ ।
वर्तमान परिवेशमा नेपालको कानुनमा दलितको हक हित संरक्षण र सुनिश्चित गर्नको निम्ति कानुनले बलियो आधारहरु बनाएको छ। प्रचलित नेपालको संविधान, २०७२ को धारा १८ मा कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने व्यवास्था छ। साथै, धारा २४ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाकोआधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भन्ने पनि व्यवास्था छ । अर्को महत्वपूर्ण प्रावधान धारा ४० मा रहेको छ जसले राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ । त्यसैगरी नेपालको संविधान २०७२ को धारा २१५ को उपधारा ४ मा दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्य समेत गाउँ कार्यपालिकाको सदस्य हुनेछन् भन्ने व्यवास्था छ । त्यस्तै संविधानको धारा २१६ को उपधारा ४ मा पनि दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेको तीनजना सदस्य समेत नगर कार्यपालिकाको सदस्य हुनेछन भनिएको छ।
यसरी कानुनले राज्यको सम्पूर्ण निकायमा अल्पसंख्यक दलित वर्गको उपस्थिति र हक अधिकारको सुनिश्चितताको अक्षररुपी प्रत्याभूति गरिएका सुन्दर कानुनी व्यवास्था र सिद्धान्तहरुको रचना गरिएता पनि हाल व्यवहारत: पश्चिम रुकुममा घटेको जातीय आपराधको घटनाले केवल कानुनी दस्तावेजमा अक्षर, शब्द, वाक्य, वा अनुछेद परिवर्तन गरिएता पनि समाजको “जात”उपर रहेको रुडिवादी मनोविज्ञान र संस्कृति परिवर्तन हुन नसक्दा कानुन निर्माता र कार्यन्वयन कर्ता समेत गरेर पुरै राज्य संयन्त्र माथि प्रश्न चिन्ह खडा गरेको छ। यसर्थ, कानुन दात बिनाको बाघ सरह नहोस ।
वास्तवमा नेपालमा दलित, आदिवासी र मधेसी लगायत कुनैपनि जनजातीले जातीय विभेद चाहदैन । तर कथाकथित उच्च जातिका समुदायहरुले यसलाई निरन्तरता दिइरहेका छन् । यस्ता सोघोसित उच्च जातिले पिछाडी पारिएका वर्ग वा जातिलाई सकारात्मक विभेद गर्न सक्ने चेतना र साहसको निर्माण गराउन नीतिगत कार्यक्रमहरु तत्काल नै लागु गर्न सक्नु पर्दछ । सामाजिक भूमिका निर्बाह गर्ने कुनै पनि व्यक्तिले अमानवीय व्यवहारलाई चिन्न सक्नुपर्यो र आफू पनि मानव हुने र अरुलाई पनि मानव ठान्ने, मान्ने र त्यही अनुरुप व्यवहार गर्ने प्रवृत्तिको विकास हुनुपर्यो अनि मात्र विभेदको अन्त्य गर्न सकिन्छ। तसर्थ, त्यसरी जातियताको आधारमा मानिसलाई तुलना गरि ज्यान लिने सम्मको कसुर गर्नेलाई तुरुन्तै कानुनी कठघरामा ल्याई निष्पक्ष छानबिन गरि सत्यतथ्यलाई प्रकाशमा ल्याई कसुरदारहरुलाई कडा भन्दा कडा कारवाही गर्न जरुरि देखिन्छ ।
कसुरदारहरुबाट पीडितलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति समेत भराई दिन अतिआवश्यक छ। जातियता र छुवाछुतको समस्या राता-रात समाधान हुन सक्दैन। तर समाजमा यस्ता अमानविय घटनाहरु पुन घट्न नदिनको निम्ति दलितहरू उपर हुने विभेद विरुद्धको कानूनको जनस्थरिय कार्यान्वयन गरिनु पर्दछ र दलितहरुको आर्थिक, सामाजिक र मनोवैज्ञानिक स्थरको उत्थानका लागि सरकारी तथा गैरसरकारी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्दछ।
नेपालमा संचार आतंकले पराकाष्ठा नाघेको छ । डलर खाएर हुर्केका ती संचारमाध्यमलाई घटनाको वास्तविकता भन्दा समाजमा जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक द्वैष कसरी फैलाउने भन्ने निहुँ चाहिएको हुन्छ ।
२० वर्ष भन्दा मुनिका बालिकासँग विहे गर्नु/गराउनु कानूनी अपराध मानिएको र सरकारले जारी गरेको “सामाजिक दूरी सहितको बन्दाबन्दी (लकडाउन)” को समयमा पनि २० जनाको ग्यांग लिएर नाबालिकाको अपहरण गर्ने शैलीमा आएकाहरूलाई कुन चाहिँ समाज, बाबुआमा र समुदायले फूलमालाले स्वागत गर्छ ?
२० औं जनाको हुल बनाएर एक जना १७ वर्षीय नाबालिकालाई अपहरणको सैलिमा पुगेका जत्थाका नाइके अभिभावक र स्थानीयसँगको प्रतिकारमा मारिन्छ ।
सो घटनालाई डलरबाट पोषित समाजका केहि उच्छृंखल तत्व र मीडियाले गइराईसम्म पुग्दै नपुगी “दलित भएकै कारण मारिए” भनेर हाइलाइट गरिन्छ । त्यही समाचारलाई आधार बनाएर सारा देश, मीडियाले जातीय आगोमा हावा दिने काम गरिन्छ । यसतर्फ हाम्रो ध्यान खै ?
राज्यबाट छोरीचेलीको भरपर्दो सुरक्षा नभैरहेकैले गर्दा वर्षेनी “निर्मला काण्ड” भैरहेका दृष्टान्तहरू बढ्दो छ, कुनै गिरावट छैन । एसिड प्रहार गर्ने र बलात्कार, हत्या गर्ने घटना बढ्दै गएको समयमा आफ्ना छोरी चेलीको सुरक्षा प्रति गम्भीर नहुने बाबुआमा को होलान र ?
निर्मला काण्ड र त्यस्तै प्रकृतिको अपराधमा यस्तै प्रतिकार भएको भए धेरै चेलीहरु यतिखेर यतिखेर जीवित नै हुन्थे की ?
कुनै पनि घटना, दुर्घटनालाई भावनामा बगेर, जतिवादको चश्माले एकतर्फी नहेरौं नत्र अपराधी हौसिन्छन्, हाम्रा छोरी चेलीहरु असुरक्षित भैरहन्छन् ।
सानो पाइलाले आज देखी उपचारत बिरामीलाई शुरू गरेको पोसिलो नास्ता
उमेश कुशवाहा, बीरगंज
बीरगंज उपचाररत कोरोना संक्रमित बिरामीलाई सानो पाईलाले आज देखि खाना र खाजा खुवाउन शुरु गरेको छ ।
नारायणी अस्पताल र सिद्धार्थ स्कुलमा कोभिड-१९ उपचारत बिरामी भएकाहरुलाई आईसुलेशनमा दिने नास्ता र खाना पहिले र अहिलेमा दिने खाना र नास्तामा निकै भिन्नता र पोसिलो खाना भएको छ।
आज बिहान दिएको नास्ता पोसिलो युक्त समेत रहेको छ।
सानोपाईले आज बिहानको खाजामा दुईवटा रोटी ,आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ , अगुंर र एक गिलास दुध खुवाएको छ ।
खाना र नास्ता गुणस्तरहिन भएको भन्दै विभिन्न सन्चारमाध्यमहरुबाट यसको बिरोध भएपछि निजि स्तरसङ्ग समन्वय गरि गैर सरकारी संस्था सानो पाईलाले आज देखी नास्ता र खाना दिने सुरु गरेको छ ।
अब सरसफाइ र स्वास्थ्यकर्मीहरुले समय समयमा अस्पतालमा पुगि सरसफाइ गने र स्वास्थ्यकर्मीहरु समय समयमा पुगि स्वास्थ्य उपचारमा ध्यान दिनु आवस्यक देखिन्छ ।
बिरामीहरु चार टाईम खाना पाउने सानो पाईलाले जनाएको छ । बिरामीहरुलाई बिहान ७:३० बजे नास्ता, दिउँसो १२ बजे खाना, मध्यान्न ४ बजे खाजा र राति ८ बजे खानाको व्यवस्था गरिएको छ ।
नारायणी अस्पतालमा ७१ र सिद्धार्थ माविमा २६ जना संक्रमित उपचाररत रहेका छन् ।
बीरगंजमा संक्रमित बिरामिलाइ पहिला दिएको नास्ता
पोसिलो खाजा पाए पछि आइसोलेशनमा रहेका बिरामीहरु खुशी भएको नारायणी अस्पतालमा उपचार गराई रहनुभएका नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिनुभयो।
पहिलाको नास्ता
यसबारे आवाज उठाउने विभिन्न सन्चारकर्मीहरु र सानो पाईलालाई उपचाररत कोरोना संक्रमित बिरामीले धेरै धेरै धन्यवाद समेत दिएका हुन।
कोबिड-१९ ले ल्याएको बिश्वब्यापी विषम परिस्थितिलाई नियाल्दा विश्वका अधिकाम्श देशहरुका, देश हाक्ने भेटेरान नेताहरु डराइरहेको अवस्था छ, यसले धेरै राष्ट्रहरुलाई आर्थिक हिसाबले ठुलो क्षति बनाउदै छ, पर्यटन तथा हस्पिटालिटी, एयरलाइन्स ब्यबशाय सबै भन्दा धेरै चपेटामा परेको देखिन्छ !
विश्वका बैज्ञानिकहरु रातोदिन यसैको निरकरणको खोजीमा तल्लिन भैरहदा पनि, कतै संकेत सम्म नदेखिनु र यसले आफ्ना लक्षणहरु फेर्दै जानु आदि कारणले यो विषम परिस्थिति तत्काल नियन्त्रणमा आउने छाट छन्द अहिले सम्म देखिएको छैन र यदि केहि भैहाल्यो उपाय, समाधान, उपचार हुने सम्भाबना भयो भने पनि मानब मनस्थिति पुरानै परिस्थितिमा फर्कन केहि बर्ष लाग्न सक्छ!
कुनै सरकारले अत्यधिक प्रभावित ब्यबशायहरुलाई प्राथमिकताको आधारमा आर्थिक सहुलियत दिएर केहि समय यथास्थितिमा राख्ने प्रयास गरेपनि यसको निरन्तरता सम्भब छैन | आर्थिक व्ययभारलाई थेग्न नसक्ने ब्यबशायहरु पूर्ण रुपमा बन्द हुन सक्छन् | कयौं को रोजगारी गुम्न सक्छ, आश्रित परिवार आर्थिक अभाव, गास बास तथा कपासको चपेटामा पर्न सक्छ ! यसको लक्षण हरु बिस्तारै विश्व श्रम बजारमा देखिदै गएका छ र बढ्दो क्रममा छ !
हामी नेपालीहरु सरकारी आकडा अनुसार पनि ३५ देखि ४० लाखको हाराहारीमा बैदेशिक रोजगारीकै शिलशिलामा देश बाहिर छौ ! रोजगारी गुम्नु र आर्थिक समस्या हामी नेपालीहरुलाई नै टट्कारोरुपमा आइ पर्दैछ | हामी सहित रेमिटेन्स ले धानिएको हाम्रो देशको अर्थतन्त्र (जीडीपी को झन्डै एक तिहाइ योगदान रेमिटेन्स को छ) र रेमिटेन्समै आश्रित हाम्रो परिवार ठुलो आर्थिक समस्यामा पर्ने देखिन्छ !
त्यहि हामीले पठाएको रेमिटेन्सको पैसा, नेपालि जनताले तिरेको चर्को कर नेतृत्व वर्ग तथा नीतिनिर्माण तहमा रहनेहरुले विभिन्न सेवा शिर्षकमा आफु र आफ्ना आसेपासेलाइ भागबण्डा पालन पोषण गरि बचेखुचेको केहि चुहिदै -तुर्किदै हामी जनता समक्ष बिकाशको नाममा पुग्ने हो !
यसरीनै बर्षौदेखि हाम्रो देश चलिरहेको छ | सत्ता, पद र पावरमा हुनेहरुले त्यहि रेमिटेन्स मात्रै देखे त्यसैमा र्याल चुहाए, रेमिटेन्स पठाउनेहरु हाम्रा नागरिक हुन् भन्ने कहिले सोचेका रहेनछन, हामीले पठाएको नोट चाहिने, हामि नचाहिने रहेछौ ,यो कुराको तथ्य, सहि जानकारी तथा ऐहसास यो कोभिड-१९ ले हामीलाई गराएको छ | स्मरण रहोस्, सरकारी तथ्यांक अनुसार आर्थिक बर्ष २०७४/७५ मा झन्डै ७ खर्ब रुपैयाँ रेमिटेन्स बाट देश भित्रिएको थियो | हाम्रा देश हाक्ने नेताहरुमा मानबीय संबेदनाको कमि रहेछ ,हामी बबुराले बल्ल बुझ्दै छौ, यत्ति भनौ |
समस्या आफैमा अवसर भएर पनि आउछ यदि राष्ट्रको नेतृत्व गर्ने, नीति निर्माण गर्नेहरुले बुद्दि र बिबेकको प्रयोग गर्न जान्ने हो भने | स्वाभिमानी, स्वाबलम्बी भइ देशको बिकास गर्दै आर्थिक उन्नति गर्ने अत्यन्त उपयुक्त समय हो यो , कोभिड -१९ ले हामीलाई समस्या मात्रै होइन अवसर पनि दिएको छ ,हामीले यो अवसरलाई चुकाउनु हुदैन |
हामी नेपाल बाट अधिकांश अदक्ष कामदार हरु खाडी लगायत विश्वका विभिन्न मुलुकमा आएर काम गर्दै दक्षता हासिल गरेका छौ | हामी नेपालीले २० बर्षमा खाडी का अधिकांश मुलुकमा ठुलो भौतिक बिकाश गरि यहाका देशलाई कायापलट गरेका छौ |
बिदेशमा आफ्नो पसिना बगाएका, देश प्रतिको अगाध माया ममता सहित अदक्ष बाट दक्ष भएर श्रम गर्ने पौरखी हातहरु स्वदेश फर्कदै छन् , यो रास्ट्रको लागि महत्वपूर्ण अवसर पनि हो, नेपाल सरकारले उच्च मुल्यांकन र सम्मानका साथ बिदेशमा सिकेको श्रम को उचित प्रयोग र राष्ट्रलाई फाइदा हुने किसिमले रास्ट्र निर्माणमा हामीलाई सहभागी गराओस !
सरकारी तथ्यांक अनुसार आर्थिक बर्ष ७४/७५ मा ३९ अर्ब २ करोड ५९ लाख रुपैयाँको खाद्यान्न र १७ अर्ब ९५ करोड ८१ लाख रुपैयाँको फलफुल तथा तरकारी विदेशबाट आयात भएको छ । प्लाटिंग ले बाझो भएको उर्भर जमिन, गाउ छोडेर शहर बजारमा बस्नेहरुको गाउमा बाझै छोडिएका जमिनहरुलाई स्थानीय तहको सिफारिसमा न्युनतम मुल्यमा बैदेशिक रोजगार बाट फर्केको जनशक्तिलाइ आधुनिक खेतीको प्रयोजनको लागि उपलब्ध गराउने !सामुहिक एकीकृत पशुपालन र उन्नत खेति को लागि प्राबिधिक सहयोग तथा प्रयोग बिहिन व्यक्तिगत तथा सरकारी जमिन उपलब्ध गराउने हो भने यो आयात लाइ धेरै हद सम्म हामीले कम गर्न सक्छौं ! कृषि प्रधान देशमा कृषि बाटै हामी मुलुकको कायापलट गर्न सक्छौं , बिदेशमा आठ घण्टा खटिएर काम गर्नु पर्छ, भोलि बिहान काममा जानु छ भनि सिरानीमा आलाराम लगाएर सुत्ने कर्मठ पौरखीले नेपाल बनाउने छन् , दुख के रहेछ, विदेश केहो, आफ्नो राष्ट्र र राष्ट्रियता भनेको के रहेछ बुझेका छन्, आत्मसात गरेका छन् !
सडक विभागको हालैको तथ्यांक अनुसार राष्टिय राजमार्ग / सडक (पक्की) को कुल लम्बाई ५२६४ किलोमिटर छ ( डाटामा २० किलोमिटर भन्दा माथीका सडकहरु मात्रै समाबेश गरिएको छ)| यसमा मध्य- पहाडी लोकमार्ग, काली गण्डकी करिडोर लगायतका सम्पन्न भैनसकेका ठुला राजमार्गहरु उल्लेख गरिएका छैनन् | ५२६४ किलोमिटर मध्ये अनुमानित झन्डै ६५ % बजार इलाका, भिर पहरा भएको र सडक किनारा उपयोग गर्न नसकिने हुन सक्छ बाकि ३५ % राजमार्गको भागमा अधिकाश ठाउहरुमा राजमार्गको दुवै पट्टि आप लिची अम्बा लगायत का ठाउ अनुसारका उपयुक्त फलफुल लगाउन सकिन्छ |
जसमा हाम्रा कृषि प्राबिधिक लाइ प्रयोग गरि माटो जाच गरि कुन ठाउमा कुन फलफुल उपयुक्त हुन्छ सिफारिस गर्न लगाउने साथै आबश्यक बिरुवा उपलब्ध गराउने व्यवस्था गर्ने | सडकको १८४२ किलोमिटर मा यदि फलफुल खेति गर्न सक्यौ भने साच्चिनै हामी आप लिची लगायत का फलफूलमा आत्म निर्भर बन्न सक्छौ |
सरकारी तथ्यांक अनुसार आप, सुन्तला र लिची मात्रै हामीले बार्षिक झन्डै ७ करोडको आयात गर्ने गरेका छौ, पोखरा, स्याङ्जा लगायतका राजमार्गको दुवै पट्टि सुन्तला खेति गर्न सकिन्छ भने तराइका धेरै जसो भागमा राजमार्गको दुवै तर्फ आप, लिची तथा अम्बा लगायतका आय आर्जन का खेति गर्न सकिन्छ | यसले पर्यावरण सुद्धिकरण, मानब स्वाथ्य, राजमार्गको सौन्दर्यता मात्रै होइन राजमार्गको अतिक्रमण, भू-क्षय लगायत आर्थिक आम्दानी, कर्मठ जनशाक्तिलाइ रोजगार, फलफुल तथा खाद्ध्यान्नमा आत्मनिर्भरता साथै राष्ट्रिय अर्थतन्त्रलाइ नै टेवा दिन सकिन्छ |
सडक विभागको तथ्यांक मिरपुरखास् – हैदराबाद हाइवे (नमुनाको लागि)
यो अवसर नेपाल सरकारले बैदेशिक रोजगारबाट फर्केका दक्ष जनशक्तिलाई देओस्, यो रास्ट्रको लागि पनि अवसर र हामी स्वदेश फर्कनेहरूका लागि पनि अवसर हो | राष्ट्र बन्न धेरै समय लाग्दैन, उदाहरण हामी नै छौ जसले मात्रै २० बर्षमा खाडीका सबैजसो देशलाई चरम बिकशित देश बनायो | सरकारले बेलैमा सोचोस् ,कार्ययोजना तयार गरोस् र विदेशबाट फर्किएका पौरखी हात हरुलाई रास्ट्रको हितमा प्रयोग गर्ने व्यवस्था गरोस् , अस्तु |
बिरगंजमा एक स्वास्थ्यकर्मीलाई सेनाले निर्घात कूटपिट गरेका छन।
निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै बीरगन्ज महानगरपालिकाका एक स्वास्थ्यकर्मीलाई सेनाले कुटेको छ ।
वीरगञ्ज महानगरपालिका अन्तर्गत वडा नं. २४ मा रहेको रामगढवा स्वास्थ्यचौकीमा काम सकेर घर फर्किदै गरेका स्वास्थ्यकर्मी एचए विवेक कुमार चौरसियालाई नेपाली सेनाका जवानले कुटपिट गरेका हुन् ।
हाल वीरगञ्ज ११ रानीघाट निवासी पिडित चौरसियाले भने “दिउँसो ३ बजे म काम सकेर पैदल नै घर फर्कदैं थिए, रानीघाट हनुमान मन्दिर धर्मशालानिर रहेका सेनाका दुई जवानले मलाई रोके, महानगरपालिकाको परिचय पत्र पनि लगाएकै थिए ।”
“बाहिर निस्कनु हुदैंन थाहा छैन, स्वास्थ्यचौकीमै बस्नुस, त्यहीं पकाउनुस्, त्यहीं खानुस्” सेनाका ती जवानले भनेको चौरसियाले बताए ।
एक जनासँग कुराकानी गर्दागर्दै अर्का जवानले जो भए पनि मतलब छैन भन्दै आएर अन्धाधुन्द कुटेको पिडित चौरसियाले बताए ।
यता, जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञामा भने स्वास्थ्यकर्मीलाई भने सेवा प्रदान गर्न कुनै रोक नलगाइएको जनाएको छ ।
निषेधाज्ञाको बुदाँ नं. १ को (क) मा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर ननिस्कने भनिएको छ । त्यस्तै, बुदाँ (ख) मा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने भनिएको छ । यसैगरी, बुदाँ (ग) मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने भनिएको छ ।
निषेधाज्ञामा स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न रोक नलगाइएको प्रस्ट हुदाँहुँदै पनि नेपाली सेनाका जवानले स्वास्थ्यकर्मीलाई कुटेका छन् ।
कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाली सेना समेत परिचालन गरेको स्थानीय प्रशासनले निषेधाज्ञाबारे स्पष्ट नपारी सेनालाई परिपत्र गरेको देखिन्छ।
दिनरात आफ्नो ज्यानको जोखिममा पारी जन सहयोग र बिरामीलाई सेवा प्रदान गरिरहेका छौ। तब पनि हामीलाई सेनाले कूटनु कतिको ज्याज हो भने स्वास्थ्यकर्मी एचए विवेक कुमार चौरसियाले गुनासो पोखे।
अहिले मानबिय बिपत्ति, कोभिड -१९ बाट विश्व आक्रान्त छ, तुरुन्तै यसको निराकरणको उपाय पनि देखिएको अवस्था छैन | बिकशीत देशहरु आफ्ना नागरिक बिदेशमा समस्यामा नपरुन भन्ने मनशायले मानवीय सदाशयता राख्दै स्वदेश फिर्ता हुन चाहाने आफ्ना सबै नागरिकहरुलाई कतिपय देशहरुले फिर्ता गरिसकेको र कतिपय देशहरुले गर्दै आइरहेका छन् | यसको अर्थ, सामान्य रुपमा पनि यो परिस्थिति छिट्टै समाधान हुन गारो छ, भ्याक्सिन पत्तालगाएर समस्याको उपचार हुन सक्ने अवस्था आयो भनेपनि औषधिको सर्वसुलभता, राष्ट्रको अर्थतन्त्र, रोजगारी को स्थिति आदि बिषयहरु तत्काल सामान्य अबस्थामा आउन केहि समय लाग्न सक्छ भन्ने बुझ्नु पर्ने हुन्छ | हाम्रो देश नेपाल अपार जलश्रोत,प्राकृतिक सम्पदा र सौन्दर्यता आदि धेरै कुराले धनि हुदाहुदै पनि आर्थिक रुपले हामी बिपन्न छौ, लामो समय देखि देशको बागडोर सम्हालिरहेका नेतृत्व तह, नीतिनिर्माण तहमा बस्नेहरु, कार्ययोजना बनाउने, गर्ने, गराउनेहरुबाट उपयुक्त र सहि निर्णय तथा कार्यान्वयन गर्न सक्ने क्षमता नभएर हो वा नजानेर हो हाम्रो देशले आर्थिक उन्नतिको बाटो समाउन सकेन, हामि सधैँ गरिबीको र विपन्नताको पर्यबाची भैरह्यौ | बैदेशिक रोजगारीमा रहने तमाम् हामीहरु त झनै पिडित छौ नै | अन्यदेशको हामी प्रतिको धारणा, हेर्ने दृष्टिकोण, देश हेरेर गरिने मुल्यांकन, देश हेरेरै निर्धारण गरिने हाम्रो सुबिधा र तलबमान तथा देश हेरेरै गरिने हाम्रो विज्ञता र कार्य दक्षताको मुल्यांकन ले हामीलाई झनै दुखित् तुल्याउछ | यी यावत कुराको बाबजुद आफ्नो परिवारको गास बास र कपासको लागि हामि खाडी लगायत विश्वका धेरै देशहरुमा सस्तो श्रम बेचिरहेका छौ |
स्वदेशमा रोजगारीको अन्य कुनै उपाय नभएर नै हाम्रों पौरखी युवा शक्ति बिदेशिएका हो, स्वदेशको बिकाश गर्नु पर्ने पौरखी हातले विदेशको बिकाश गरिरहेको छ | यहि परिवेश परिस्थितिमा जेनतेन चलिरहेको यो हाम्रो रोजिरोटि पनि अब अधिकाम्सले गुमाउदै छौ यहि कोरोना कहर को कारणले | कतिको ज्यानै गुमिसक्यो, कति अस्पतालको बेडमा छटपटाइ रहनुभएको छ | रोजगारी गुमाउनु भएका, असुरक्षित अबस्था रहनुभएका, काम बन्द भएर खाना बस्न को पनि अभाबमा रहनु भएका र समस्यामा पर्नु भएका नेपालीहरु दिनानुदिन बढ्दै हुनुहुन्छ | निकट भविष्यमा अरु धेरैले रोजगारीबाट हात धुनु पर्ने अवस्था देखिएको छ | नेपाल सरकारले पिडामा हुनुभएका, तत्कालै गास बास र कपासको समस्यामा पर्नु भएका नेपालीहरुलाई सकेसम्म छिट्टै स्वदेश फिर्तीको पहल गर्नु पर्ने देखिन्छ, यो प्रक्रिया यदि केहि दिन लम्बियो भने झन् बिकराल परिस्थिति आउन सक्छ, हामि जस्तै बैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकहरुलाई भारत, पाकिस्तान बंगलादेश, फिलिपिन्स, श्रीलंका जस्ता राष्ट्रहरुले दुखमा भएका र रोजगारी खोसिएका नागरिकलाई प्राथमिकताको आधारमा फिर्ता लैजान शुरु गरि सकेका छन् | यहाको अवस्था अब जति ढिला गर्यो त्यति रोजगारदाता कम्पनीहरु बन्द हुदै छन्, दैनिक रुपमा पिडितको संख्या बढ्दै जाने छ | अहिलेकै अबस्थामा छिटो भन्दा छिटो स्वदेश फिर्ता लैजाने व्यवस्था गर्न सके प्राय धेरै रोजगार दाताले हवाई टिकट, तलब तथा उपादान (सर्भिस मनि ) दिन सक्छन् |
स्वदेश फिर्ता गर्नुपर्ने हवाई टिकट लगायतको आर्थिक भार नेपाल सरकारलाई तत्काल पर्दैन तर यदि कुरै कुरामा अल्मलिएर काम सुरु नगर्ने हो भने कम्पनि टाट पल्टने, न हवाई टिकट, न तलब, न उपादान पाउने अबस्था आउदैन भन्न सकिन्न |श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बैदेशिक रोजगार बोर्डको सचिबालय द्वारा तयार पारिएको रिपोर्ट अनुसार विभिन्न समस्यामा परी तत्काल फर्कनु पर्ने एक लाख सत्ताइस हजार साथै रोजगारी गुमाएर फर्कन सक्ने दुइ लाख असि हजार गरि जम्मा चार लाख सात हजार नेपालीहरु बिलम्ब नगरी स्वदेश फर्काउन पहल गर्नु पर्ने अवस्था छ |
नेपालले अझै कसरि क्वारिन्टिनको व्यवस्था गर्न सकिन्छ भनेर छलफल र गृहकार्य गर्दै छ भन्ने समाचार मात्रै सुनिएको छ आजको मिति सम्म कुनै ठोस योजना बनाएको, भए गरेको देखिदैन | यो विषम परिस्थितिमा नेपालि सेना र शसस्त्र प्रहरी लाइ परिचालित गरि सामुदायिक तथा सरकारी स्कुल र निजि स्कुलहरुमा क्वारिन्टिनमा बस्नको लागि आधारभूत ब्यबस्ता गर्ने साथै आफ्नै खर्चले व्यक्तिगत तवरमा जान चाहाने कोहि व्यवशायिक व्यक्तिहरु हुनुहुन्छ भने आफ्नै व्यक्तिगत खर्चमा होटलको ब्यबस्था गर्ने गरि तयारि गर्ने ब्यबस्था मिलाउने |
एउटा प्लेनको सरदर यात्रु संख्या २५० का दरले दैनिक ४ ओटा प्लेन मार्फत एक हजार यात्रुहरुलाई व्यवस्था गर्ने गरि १५ ओटा क्वारिन्टिन शिबिर बनाउने, दैनिक एक हजारको दरले यात्रु विदेशबाट लैजादै गर्दा १५ दिनमा १५ हजार यात्रु नेपाल पुगिसक्छन्, १४ औ दिनमा शुरुमा क्वारिन्टिनमा बसेकाहरु घर फिर्ती हुन्छन, एकदिन उनीहरु बसेको ठाउलाई सेनिटाइज गर्ने र फेरी नयालाई ब्यबस्थापन गर्ने हो भने मात्रै पन्ध्र हजार क्षमताको क्वारिन्टिन मा रहने बासस्थानाले हरेक दिन १००० जनाको आगमन लाइ व्यवस्था गर्न सक्छ, एक महिनामा तीस हजार छ महिनामा एकलाख असि हजार नेपालीहरुलाई घर फिर्तीमा सहजीकरण गर्न सकिन्छ र यो ब्यबस्थापन गर्न कुनै समस्या पर्छ जस्तो पनि लाग्दैन, यदि यो क्षमतालाई तिस हजारको लागि बृद्दिगर्न सकियो र दैनिक दुइ हजार नेपालीलाई ब्यबस्थापन गर्न सकियो भने छ महिनामा नै तीनलाख साठी हजारलाइ स्वदेश फिर्ता गरि व्यबस्थापन गर्न सकिन्छ झन्डै चार देखि पाच लाखको हाराहारीमा नेपालि हरु फर्कने आकलन छ र यसरि सहजै यो समस्याको समाधान हुनसक्छ भन्ने लाग्दछ | नेपाली सेनाको र शसस्त्र प्रहरीको बलले अनुशासित रुपले यो ब्यबस्था गर्न सक्छ पनि , सरकारले नेपालि सेना लाइ र शसस्त्र प्रहरीलाई यो विषम परिस्थितिमा बिपदामा परेका हामी नेपालीलाइ स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस् |
निजामति कर्मचारी लागायत अन्य बाट यो सम्भब छैन, अन्यत्र नसोची अनाबश्यक बहस तथा छलफलमा समय खर्च नगरी यथासक्य छिटो सरकारले जिम्मा दिने काम गरोस | हामी तमाम् बिदेशमा रहेका पिडितहरु छिट्टै स्वदेश फर्कन पाउँ |
राकेश कुमार शर्मा लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है । विश्लेषण गर्ने हो भने लकडाउन पश्चात पनि कोरोना भाइरसको संक्रमितहरु झन देखिन थाल्यो । लकडाउनले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकेन । हाम्रो मुलुकको सन्दर्भमा छिमेकी मुलुक भारतबाट चोरी बाटोहरु भएर नेपाल प्रवेश गर्ने हरु नै कोरोना संक्रमित देखिएकोले कोरोना भाइरसको प्रभाव नेपालमा फेला पर्न शुरुआत भएको छ ।
अमेरिका, स्पेन, इटाली र फ्रान्स आदि आदि जस्ता मुलुकहरुमा कोरोना भाइरसले उच्च रक्तचाप मुटु रोगी, सुगर रोगी, आत्मबल कमजोर र डिप्रेसनका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ । यसकारण लकडाउन मात्र समस्याको समाधान होईन ।
नेपालको संवेदनशील क्षेत्र भनेको नै भारतको चोरी नाकाहरु बाट नेपालको भित्री भागहरुको प्रवेशमा रोकथाम कसरी गर्न
सकिन्छ त्यतातिर ध्यानाकर्षण हुन जरुरी छ ।
१. खुल्ला सीमाका कारण पुरै सेनाको संगठन, सशस्त्र संगठन र प्रहरीको संगठन हरुलाई खटाए पनि नेपालमा लकडाउनले मात्र कोरोना भाइरस रोकथाम र नियन्त्रण हुन सक्दैन ।
२. कोरोना भाइरसको लागी पुरै सेनाको संगठन, सशस्त्रको संगठन र प्रहरीको संगठन जति जनशक्ति भएपनी सीमानाको सुरक्षाको लागि अपुग हुन जान्छ ।
३. कोरोना भाइरस नियन्त्रणका लागि नेपालको सीमाना कहाँ सम्म हो भन्ने यकिन नभईकन तार बार लगाउन पनि असम्भव छ । प्रष्ट रूपमा नेपालको सीमानाको यकिन हुन जरुरी छ । सीमाना सम्बन्धि समाधान जुनसुकै सरकार आएपनि गर्न सक्दैन । सीमाना सम्बन्धि समाधान अन्तर्राष्ट्रिय मुद्दा बन्न जान्छ । अन्तर्राष्ट्रिय मुद्दा बन्दैमा समस्या समाधान र हल हुन्छ भन्ने छैन ?
४. कोरोना भाइरसको नियन्त्रणका लागि सीमानाको रक्षा गर्न सेनाहरु र सशस्त्र प्रहरीहरु आफै जान पाउने होइन सेनाको संगठन र सशस्त्रको संगठनलाई सरकारले खटाउनका लागी पत्रचार गर्नुपर्ने हुन्छ । सीमाना सुरक्षाको लागी खटाउन नेपालको सरकारमा आँट र साहस हुन पनि जरुरी छ ।
५. कोरोना भाइरसको औषधि ननिस्कुनजेल मास्क, सेनिटाइजरको प्रयोग र दुरी कायम बनाएर यात्रा र आवत जावत गर्न दिनु नै सुरक्षित उपाय हो । अब मुलुकलाई टाट पल्टाउने हो भने मात्र लकडाउन बढाउँदै लगे हुन्छ ।लकडाउनलाई बिस्तारै बिस्तारै खुकुलो पार्न तर्फ ध्यान दिन जरुरी छ ।
कोरोना को कारण तपाई रहेको देशमा नेपाली श्रमिक हरुको अबस्था कस्तो छ ?
साउदी अरबमा कोरोनाको अवस्था दिनानु दिन बढ्दो छ, आज मात्र १६४५ जना नया संक्रमण भेटिएका छन्, अहिले सम्म कुल २८६५६ कोरोना संक्रमन पाईएको छ भने १९१ जनाको मृत्यु भएको तथ्य छ I साउदीअरबमा ३० जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ भने ४ जना निको भइसक्नुभएको जानकारी छ ?
2.नेपाली दुतावासले नेपाली श्रमिक हरुलाई कोरोना को बारेमा जनचते ना, मनोवैज्ञाननक परामशश तथा रोकथाम सचेतनाको लागी के कस्ता प्रयासहरु गरीरहेका छन् ?
नेपाली राजदुतावास रियाद र महाबाणिज्य जेद्दाले दैनिक सामाजिक संजाल मार्फत कोरोना सम्बन्धित जनचेतनाहरु सम्प्रेषण गर्ने गरेका छन् I समस्यामा परेका नेपालीहरुको विवरण टेलिफोन बाट समेत लिने गरि हटलाइन नम्वर ०५०००३१७०५, ०५०००३४७८६ व्यवस्था गरेको छ I साथै दुतावास कै पहलमा नेपाली डा. अननरूद्र पाठक लाई परामर्श गर्न सकिने गरि नम्वरः ०५४६३५६०२३ imo र WhatsApp उपलब्ध गरेको छ .
3.कोरोनको रोकथाम, उपचारको लागि तपाईहरु रहनुभएको देशको सरकारलेके कस्तो भूमिका खेलेको छ ?
*कोरोना संक्रमण बिरामीहरुलाई यहाँ निकै उच्च स्तरीय स्वास्थ्य सेवा दिईरहेको छ I यो महामारीमा पर्नगयको आर्थिक असरको लागि यहाका बासिन्दा र कम्पनीका लागि लगभग ३२ मिलियन डलर राहत प्याकेज ल्याउने उद्घोष पनि गरेको छ !
4.सम्बन्धित देशका नागरीक र बिदेशी श्रमिकहरुको उपचारमा कुनै भेदभाब छ छैन ?
*छैन, साउदी सरकारले आफ्नै नागरीक सरह प्रवासी कामदारहरुलाई कोरोना बिरुदको अौषधि उपचारमा भेदभाव नगर्ने जानकारी गरेको छ I
5.साउदीमा कोरोनाका कारण नेपाली कामदारहरुको रोजगारीमा कत्तिको प्रभावित भएका छन् र उनिहरुको अवस्थामा कस्तो छ ?
सानो तथा मझौला कम्पनीहरु लगभग बन्द नै भएको अवस्था छ I थुप्रै नेपाली श्रमिकहरु बिना तलब बसिरहेको छन्I राजदुतावासले अहिलेको अवस्थामा कमसेकम खान र बस्नको लागि प्रबन्ध गरिदिन कम्पनीहरु संग आग्रह गरेको जानकारी छ I बिसेशगरि म्यानपावर सप्लाई कम्पनी रहेका कामदारको अवस्था अत्यन्त नाजुक छ !
6. रोजगारी गुमाई बिचल्लीमा परेकाहरुलाई नेपाल सरकारलेकेकस्तो सहयोग गरीरहेको अबस्था छ ?
*बिचल्लीमा परेका धेरै श्रमिकहरु दुतावासको सम्पर्कमा छन्, यदपि
राजदुतावास वाट कम मात्र सहयोग प्राप्त हुने जन गुनासो छ I दुतावासले यहा रहेका
विभिन्न दल, संघसंस्थाहरु संग साइवर बैठक गर्दै पिडित उद्दार सहयोगमा साथ दिन
अनुरोध गरेको छ I
७. साउदीमा संक्रमन अनुपात र महामारी बढ्दै गएमा यसले कति ठुलो रुप लिन्छ होला ?
*संक्रममत अनुपात र महामारी बढ्दै गए अवस्था भयावह नहोला भन्न सकिदैन I कामदारहरुको मनसाय घर फर्किने मात्र हुनेछ, अब नेपाल सरकारले पुर्व तयारी गदै कवारेंटाइनमा राख्न स्रोत साधनको ब्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै सबै प्रवासीको विवरण , रास्ट्रिय डाटाबेसमा संकलन गदै उनीहरुलाई सरकारी रुपमा उपलब्ध हुने रोजगारीमा सीप बमोजिन रोजगारी दिने ध्यानआकर्षण गर्दछु
८. कोरोनाको संक्रमण बढ्दै गए पछि एस बाट हुने श्रमिक समस्या बारे नेपाल सरकार वाट केकस्तो – अपेक्षाहरु छन् ?
*सरकारले घर फर्किन चाहने प्रवासी नेपालीहरुलाई सहज घरकर्तीको बाताबरण बनाईदिनुपर्छ, उहाहरुको सिपको आधारमा नेपाल मै रोजगार तथा उधमशीलताको बाताबरण बनाईदिनुपर्यो
९.अन्तमा त्यहा कार्यरत नेपालीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
यो विपदमा कत्ति पनि नआति लकडावनको र कर्फुको पालन गर्न, सामाजिक दुरी
कायम गने, मास्क- पन्जाको प्रयोग गने, साबुन पानीले निरन्तर हात धुने गर्ने, बाहिर
गइसके पछि कोठा फर्किदा लुगा तत्काल धुलाउने गरे संक्रमण वाट बच्न सकिन्छ I
मुख्य कुरा नेपाली राजदुतावासको प्रतक्ष्य सम्पर्कमा रहन अनुरोध गर्दछु इ