- कोरोना को कारण तपाई रहेको देशमा नेपाली श्रमिक हरुको अबस्था कस्तो छ ?
- साउदी अरबमा कोरोनाको अवस्था दिनानु दिन बढ्दो छ, आज मात्र १६४५ जना नया
संक्रमण भेटिएका छन्, अहिले सम्म कुल २८६५६ कोरोना संक्रमन पाईएको छ भने १९१
जनाको मृत्यु भएको तथ्य छ I साउदीअरबमा ३० जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ
भने ४ जना निको भइसक्नुभएको जानकारी छ ?
- 2.नेपाली दुतावासले नेपाली श्रमिक हरुलाई कोरोना को बारेमा जनचते ना, मनोवैज्ञाननक परामशश
तथा रोकथाम सचेतनाको लागी के कस्ता प्रयासहरु गरीरहेका छन् ?
- नेपाली राजदुतावास रियाद र महाबाणिज्य जेद्दाले दैनिक सामाजिक संजाल मार्फत
कोरोना सम्बन्धित जनचेतनाहरु सम्प्रेषण गर्ने गरेका छन् I समस्यामा परेका नेपालीहरुको
विवरण टेलिफोन बाट समेत लिने गरि हटलाइन नम्वर ०५०००३१७०५, ०५०००३४७८६
व्यवस्था गरेको छ I साथै दुतावास कै पहलमा नेपाली डा. अननरूद्र पाठक लाई परामर्श गर्न सकिने गरि नम्वरः ०५४६३५६०२३ imo र WhatsApp उपलब्ध गरेको छ .
- 3.कोरोनको रोकथाम, उपचारको लागि तपाईहरु रहनुभएको देशको सरकारलेके कस्तो भूमिका
खेलेको छ ?
*कोरोना संक्रमण बिरामीहरुलाई यहाँ निकै उच्च स्तरीय स्वास्थ्य सेवा दिईरहेको छ I
यो महामारीमा पर्नगयको आर्थिक असरको लागि यहाका बासिन्दा र कम्पनीका लागि लगभग ३२
मिलियन डलर राहत प्याकेज ल्याउने उद्घोष पनि गरेको छ !
4.सम्बन्धित देशका नागरीक र बिदेशी श्रमिकहरुको उपचारमा कुनै भेदभाब छ छैन ?
*छैन, साउदी सरकारले आफ्नै नागरीक सरह प्रवासी कामदारहरुलाई कोरोना बिरुदको अौषधि उपचारमा भेदभाव नगर्ने जानकारी गरेको छ I
5.साउदीमा कोरोनाका कारण नेपाली कामदारहरुको रोजगारीमा कत्तिको प्रभावित भएका छन् र उनिहरुको अवस्थामा कस्तो छ ?
- सानो तथा मझौला कम्पनीहरु लगभग बन्द नै भएको अवस्था छ I थुप्रै नेपाली
श्रमिकहरु बिना तलब बसिरहेको छन्I राजदुतावासले अहिलेको अवस्थामा कमसेकम खान
र बस्नको लागि प्रबन्ध गरिदिन कम्पनीहरु संग आग्रह गरेको जानकारी छ I बिसेशगरि
म्यानपावर सप्लाई कम्पनी रहेका कामदारको अवस्था अत्यन्त नाजुक छ !
- 6. रोजगारी गुमाई बिचल्लीमा परेकाहरुलाई नेपाल सरकारलेकेकस्तो सहयोग गरीरहेको अबस्था छ ?
*बिचल्लीमा परेका धेरै श्रमिकहरु दुतावासको सम्पर्कमा छन्, यदपि
राजदुतावास वाट कम मात्र सहयोग प्राप्त हुने जन गुनासो छ I दुतावासले यहा रहेका
विभिन्न दल, संघसंस्थाहरु संग साइवर बैठक गर्दै पिडित उद्दार सहयोगमा साथ दिन
अनुरोध गरेको छ I
७. साउदीमा संक्रमन अनुपात र महामारी बढ्दै गएमा यसले कति ठुलो रुप लिन्छ होला ?
*संक्रममत अनुपात र महामारी बढ्दै गए अवस्था भयावह नहोला भन्न सकिदैन I
कामदारहरुको मनसाय घर फर्किने मात्र हुनेछ, अब नेपाल सरकारले पुर्व तयारी गदै कवारेंटाइनमा राख्न स्रोत साधनको ब्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै सबै प्रवासीको विवरण ,
रास्ट्रिय डाटाबेसमा संकलन गदै उनीहरुलाई सरकारी रुपमा उपलब्ध हुने रोजगारीमा सीप
बमोजिन रोजगारी दिने ध्यानआकर्षण गर्दछु
८. कोरोनाको संक्रमण बढ्दै गए पछि एस बाट हुने श्रमिक समस्या बारे नेपाल सरकार वाट केकस्तो –
अपेक्षाहरु छन् ?
*सरकारले घर फर्किन चाहने प्रवासी नेपालीहरुलाई सहज घरकर्तीको बाताबरण
बनाईदिनुपर्छ, उहाहरुको सिपको आधारमा नेपाल मै रोजगार तथा उधमशीलताको बाताबरण
बनाईदिनुपर्यो
९.अन्तमा त्यहा कार्यरत नेपालीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
- यो विपदमा कत्ति पनि नआति लकडावनको र कर्फुको पालन गर्न, सामाजिक दुरी
कायम गने, मास्क- पन्जाको प्रयोग गने, साबुन पानीले निरन्तर हात धुने गर्ने, बाहिर
गइसके पछि कोठा फर्किदा लुगा तत्काल धुलाउने गरे संक्रमण वाट बच्न सकिन्छ I
मुख्य कुरा नेपाली राजदुतावासको प्रतक्ष्य सम्पर्कमा रहन अनुरोध गर्दछु इ



समाचारका लागि हृदय देखि हार्दिक धन्यवाद हिमालयन दृष्टि परिवारलाई
जानकारीको लागी धेरै धन्यवाद